यो निर्देशन पुस्तिकाले अनुवादको सिद्धान्तको बारेमा र अन्य भाषाहरूको (अ.भाहरू) लागि एउटा असल अनुवाद कसरी बनाउने भनेर सिकाउँछ । यस निर्देशन पुस्तिकामा भएका अनुवादका केही सिद्धान्तहरू गेटवे भाषा अनुवादमा पनि लागु हुन्छ । गेटवे भाषाहरूको लागि भएका अनुवादका साधनहरूको सङ्ग्रहलाई कसरी अनुवाद गर्ने भनेर निर्दिष्ट निर्देशन पाउनका लागि, कृपया गेटवे भाषा निर्देशन पुस्तिकालाई हेर्नुहोस् । कुनै पनि प्रकारको अनुवादको काम थालनी गर्नुभन्दा अगाडि यी थुप्रै भागहरूको अध्ययन गर्नु चाहिँ धेरै सहयोगी हुन सक्छ । अन्य भागहरू, जस्तै कि व्याकरणको बारेमा भएकाहरू चाहिँ “चाहिएको समयमा” पढ्नलाई मात्रै आवश्यक हुन्छन् ।
अनुवाद निर्देशन पुस्तिकामा भएका केही प्रमुख कुराहरूः
टिपोटः यी यस निर्देशन पुस्तिकामा प्रयोग गरिएका शब्दहरू हुन् । अनुवादको निर्देशन पुस्तिकालाई प्रयोग गर्नका लागि अनुवादकले यी शब्दहरू बुझ्न आवश्यक हुन्छ ।*
पदावली - एउटा शब्द वा वाक्यांश जसले कुनै कुरा, विचार, वा कार्यलाई जनाउँछ । उदाहरणका लागि, कसैको मुखमा तरल पदार्थ खन्याउने कुराको लागि अङ्ग्रेजीमा भएको शब्द चाहिँ “पिउनु” हो । कसैको जीवनको महत्त्वपूर्ण फड्कोलाई अङ्कित गर्ने उत्सवलाई जनाउने पदावली “यात्राको संस्कार” हो । पदावली र शब्दको बीचमा भएको भिन्नता यो हो कि पदावलीमा थुप्रै शब्दहरू हुन सक्छन् ।
खण्ड - खण्ड भनेको केही त्यस्तो कुरा हो जुन वक्ताले वा लेखकले कुनै श्रोता वा पाठकलाई भाषाको माध्यमद्वारा प्रवाह गरिरहेको छ । वक्ता वा लेखकको मनमा केही कुरा हुन्छ, त्यसैले त्यो अर्थलाई व्यक्त गर्नका लागि उसले वा उनले भाषाको कुनै प्रारूपलाई छान्छन् ।
सन्दर्भ - प्रश्नमा परेको शब्द, वाक्यांश, वा वाक्यको वरिपरि रहेका शब्दहरू, वाक्यांशहरू, वाक्यहरू, र हरफहरू । सन्दर्भ भनेको तपाईंले जाँच गरिरहनुभएको खण्ड अंशको वरिपरि रहेको खण्ड हो । एकल शब्दहरू र वाक्यांशहरूको अर्थ तिनीहरू विभिन्न सन्दर्भहरूमा भएअनुसार बदलिन सक्छ ।
प्रारूप - भाषाको संरचना जसरी त्यो पृष्ठमा देखिन्छ वा जसरी त्यो बोलिन्छ । “प्रारूप”ले त्यो भाषा कसरी मिलाइएको छ भन्ने कुरालाई जनाउँछ-यसले शब्दहरू, शब्द क्रम, व्याकरण, वाक्पद्धतिहरू, र खण्डको संरचनाको अन्य कुनै पनि विशेषताहरूलाई समावेश गर्छ ।
ब्याकरण - वाक्यहरूलाई कुनै भाषामा एकसाथ राखिने तरिका । यसले विभिन्न भागहरूको क्रमसँग सरोकार राख्छ, जस्तो कि यदि कुनै क्रियापद अगाडि वा अन्तिममा वा बीचमा रहन्छ ।
नामपद - एक प्रकारको शब्द जसले एक व्यक्ति, स्थान, वा थोकलाई जनाउँछ । एउटा उचित नामपद भनेको व्यक्ति वा स्थानको नाउँ हो । भाववाचक नामपद भनेको त्यस्तो कुनै कुरा हो जसलाई हामी देख्न वा छुन सक्दैनौँ, जस्तो कि “शान्ति” वा “एकता ।” यसले कुनै विचार वा केही कुरा हुनुको अवस्थलाई जनाउँछ । केही भाषाहरूले भाववाचक नामपदको प्रयोग गर्दैनन् ।
क्रियापद - एक प्रकारको शब्द जसले कुनै कार्यलाई जनाउँछ, जस्तै, “हिँड्नु” वा “आइपुग्नु ।”
परिमार्जक - एक प्रकारको शब्द जसले अर्को शब्दको बारेमा केही कुरा बताउँछ । विशेषणहरू र क्रियाविशेषणहरू दुवै परिमार्जकहरू हुन् ।
विशेषण - एक प्रकारको शब्द जसले नामपद शब्दको बारेमा केही कुरा भन्छ । उदाहरणको लागि, “अग्लो” शब्दले नामपद शब्द “मानिस”को बारेमा यहाँ दिइएको वाक्यमा केही बताउँछ । म एउटा अग्लो मानिसलाई देख्छु ।
क्रियाविशेषण - एक प्रकारको शब्द जसले क्रियापदको बारेमा केही कुरा भन्छ । उदाहरणको लागि, “ठूलो आवाजमा” भन्ने शब्दले क्रियापद शब्द “बोल्यो”को बारेमा यहाँ दिइएको वाक्यमा केही कुरा बताउँछ । त्यस मानिसले मानिसहरूको भीडको सामु ठूलो आवाजमा बोल्यो ।
वाक्पद्धति - एउटा अभिव्यक्ति जसले थुप्रै शब्दहरूलाई प्रयोग गर्छ र जसले ती शब्दहरूलाई छुट्टाछुट्टै प्रयोग गर्दा तिनीहरूले दिन अर्थभन्दा एकसाथ राखिँदा समग्रमा केही फरक अर्थ दिन्छ । वाक्पद्धतिहरूलाई अक्षरशः अनुवाद गर्न सकिँदैन, अर्थात्, एक-एक शब्दहरूको अर्थका साथ अनुवाद गर्न सकिँदैन । उदाहरणको लागि, “उसले बाल्टिनलाई लात हान्यो” भनेको अङ्ग्रेजीमा भएको एउटा वाक्पद्धति हो जसले अर्थ “ऊ मर्यो” भन्ने हुन्छ ।
अर्थ - खण्डले पाठकलाई वा श्रोतालाई प्रवाह गर्न कोसिस गरिरहेको मूलभूत विचार वा अवधारणा । वक्ता वा लेखकले भाषाका विभिन्न प्रारूपहरूलाई प्रयोग गरेर उही अर्थलाई प्रवाह गर्न सक्छन्, र विभिन्न मानिसहरूले उही भाषाको प्रारूपलाई सुनेर वा पढेर विभिन्न अर्थहरू बुझ्न सक्छन् । यसरी तपाईंले देख्न सक्नुहुन्छ कि प्रारूप र अर्थ एउटै कुरा होइनन् ।
अनुवाद - कुनै लेखकवा वक्ताले स्रोत भाषाको प्रारूपमा व्यक्त गरेको उही अर्थलाई लक्षित भाषाको प्रारूपमा व्यक्त गर्ने प्रक्रिया ।
स्रोत भाषा - त्यो भाषा जसबाट अनुवाद गरिँदै छ ।
स्रोत खण्ड- त्यो खण्ड जसबाट अनुवाद गरिँदै छ ।
अक्षित भाषा - त्यो भाषा जसमा अनुवाद गरिँदै छ ।
अक्षित खण्ड- अनुवादकद्वारा बनाइँदै गरिएको खण्ड जसै उसले वा उनले अर्थलाई स्रोत खण्डबाट अनुवाद गर्छन् ।
मूल भाषा - त्यो भाषा जसमा बाइबलको खण्डलाई सुरुमा लेखिएको थियो । नयाँ करारको मूल भाषा ग्रीक हो । अधिकांश पुरानो करारको मूल भाषा हिब्रू हो । तापनि, दानिएल र एज्राका केही भागहरूको मूल भाषा आरमेइक हो । कुनै भाषाबाट कुनै खण्डलाई अनुवाद गर्नका लागि मूल भाषा सधैँ नै सबैभन्दा ठ्याक्कै मिलेको भाषा हो ।
वृहत बोलचालको भाषा - एउटा भाषा जुन कुनै विशाल क्षेत्रमा र धेरै मानिसहरूद्वारा बोलिन्छ । अधिकांश मानिसहरूका लागि, यो तिनीहरूको पहिलो भाषा हुँदैन, तर तिनीहरूको भाषा समुदाय बाहिर रहेका मानिसहरूसँग कुरा गर्न तिनीहरूले प्रयोग गर्ने भाषा हुन्छ । केही मानिसहरूले यसलाई व्यापारको भाषा भन्छन् । अधिकांश बाइबलहरू वृहत बोलचालको भाषालाई स्रोत भाषाको रूपमा प्रयोग गरेर अनुवाद हुनेछन् ।
अक्षरशः गरिइको अनुवाद - एउटा अनुवाद जसले परिणामस्वरूप अर्थ बदलिन गएपनि स्रोत खण्डमा भएको प्रारूपलाई लक्षित खण्डमा पुनरुत्पादन गर्न ध्यानकेन्द्रित गर्छ ।
अर्थमा आधारित अनुवाद (वा परिवर्तनशील अनुवाद) - एउटा अनुवाद जसले परिणामस्वरूप प्रारूप बदलिन गएपनि स्रोत खण्डमा भएको अर्थलाई लक्षित खण्डमा पुनरुत्पादन गर्न ध्यानकेन्द्रित गर्छ ।
पाठ्यांश - बाइबलको एउटा खण्ड जसको बारेमा कुरा गरिँदैछ । यो एउटा पद जत्तिकै सानो हुन सक्छ, तर सामान्यतया यो थुप्रै पदहरू हुन्छ जसको समग्रमा एउटा विषय हुन्छ वा एउटा कथा बताउँछन् ।
गेटवे भाषा - गेटवे भाषा (जीएल) भनेको वृहत बोलचालको भाषा हो जसमा हामीले हाम्रा सबै अनुवादका साधनहरूलाई अनुवाद गर्नेछौँ भनेर हामीले पहिचान गरेको भाषाहरूमध्येमा एउटा हो । गेटवे भाषाहरूको सङ्ग्रह चाहिँ सबैभन्दा सानो सङ्ख्याका भाषाहरू हुन् जसद्वारा दोभाषे वक्ताहरूद्वाराको अनुवादबाट सामग्रीलाई संसारको अरू हरेक भाषामा प्रदान गर्न सकिन्छ ।
अरू भाषा - अरू भाषाहरू (ओएलहरू) भनेका संसारका सबै भाषाहरू हुन् जुन गेटवे भाषाहरू होइनन् । हामी हाम्रा बाइबल अनुवादहरूलाई गेटवे भाषाहरूमा अनुवाद गर्छौँ ताकि मानिसहरूले बाइबललाई अरू भाषाहरूमा अनुवाद गर्नका लागि ती साधनहरूको प्रयोग गर्न सकून् ।
अन्तिम-प्रयोगकर्ताको बाइबल - यो एउटा बाइबल हो जसले लक्षित भाषामा स्वभाविक ढङ्गमा बताउन सक्ने गरेर मानिसहरूले अनुवाद गरेका छन् । यो मण्डलीहरू र घरहरूमा प्रयोग गर्नका लागि बनाइएको हो । त्यसको विपरीतमा, यूएलटी र यूएसटी चाहिँ बाइबलहरू हुन् जुन अनुवादका साधनहरू हुन् । तिनीहरूले कुनै पनि भाषामा स्वभाविक ढङ्गमा बताउँदैनन्, किनभने यूएलटी एउटा अक्षरशः गरिएको अनुवाद हो र यूएसटीले वाक्पद्धतिहरू र भाषाका अलङ्कारहरू प्रयोग गर्दैन, जसलाई एउटा स्वभाविक ढङ्गमा बताउने अनुवादले प्रयोग गर्ने थियो । यी अनुवादका साधनहरूको प्रयोग गरेर, एक अनुवादकले अन्तिम-प्रयोगकर्ताको बाइबल उत्पादन गर्न सक्छ ।
सहभागी - एक सहभागी भनेको वाक्यमा भएका अभिनेताहरूमा कुनै एउटा हो । यो चाहिँ कार्य गरिरहेको व्यक्ति हुन सक्छ, वा त्यो कार्य प्राप्त गरिरहेको व्यक्ति हुन सक्छ, वा कुनै किसिमले सहभागिता जनाइरहेको भनेर उल्लेख गरिएको व्यक्ति हुन सक्छ । एक सहभागी कुनै एउटा वस्तु पनि हुन सक्छ जसलाई वाक्यको कार्यमा सहभागिता जनाइरहेको भनेर बताइएको छ । उदाहरणको लागि, यहाँ दिइएको वाक्यमा, सहभागीहरूलाई रेखाङ्कन गरिएको छः जन र मेरीले एन्ड्रिउलाई एउटा पत्र पठाए । कहिलेकाहीँ सहभागीहरूलाई उल्लेख नगरिकनै छोडिन्छ, तर तिनीहरू अझै पनि कार्यको हिस्सा हुन् । यस्तो खण्डमा, सहभागीलाई आफैँ बुझिएको हुन्छ । उदाहरणको लागि, यहाँ दिइएको वाक्यमा, त्यहाँ केवल दुई सहभागीहरूलाई मात्र उल्लेख गरिएको छः एन्ड्रिउले एउटा पत्र प्राप्त गरे । पठाउनेहरू, जन र मेरी आफैँ बुझिएका छन् । केही भाषाहरूमा, स्वतः बुझिएका सहभागीहरूलाई उल्लेख गर्नैपर्छ ।
अनुवाद भनेको एउटा प्रक्रिया हो जुन विभिन्न भाषाहरूको बीचमा गरिन्छ जसलाई लेखक वा वक्ताले स्रोत भाषामा मूल पाठकवर्गलाई प्रवाह गर्न अभिप्राय गरेको अर्थलाई बुझ्न, र त्यसपछि त्यही अर्थलाई लक्षित भाषामा एउटा फरक पाठकवर्गकहाँ व्यक्त गर्नका एउटा व्यक्ति (अनुवादक) चाहिन्छ ।
अनुवादले अधिकांश समय यसरी काम गर्नुपर्छ भनेर मानिन्छ, तर कहिलेकाहीँ केही अनुवादहरूका अन्य लक्ष्यहरू हुन्छन्, जस्तो कि स्रोत भाषाको प्रारूपलाई पुनरुत्पादन गर्नु, जसरी हामी तल देख्नेछौँ ।
त्यहाँ मूलभूत रूपमा दुई प्रकारका अनुवादहरू हुन्छन्ः अक्षरशः र परिवर्तनशील (वा अर्थमा आधारित) ।
यूएलटीलाई अक्षरशः गरिएको अनुवाद हुने गरी निर्माण गरिएको छ, ताकि ओएल अनुवादकले मूल बाइबलीय भाषाहरूका प्रारूपहरूलाई देख्न सकून् । यूएसटीलाई परिवर्तनशील अनुवाद हुने गरी निर्माण गरिएको छ, ताकि बाइबलमा भएका यी प्रारूपहरूको अर्थलाई ओएल अनुवादकले बुझ्न सकून् । यी स्रोतहरूको अनुवाद गर्दा, कृपया यूएलटीलाई अक्षरशः हुने गरेर अनुवाद गर्नुहोस् र यूएसटीलाई परिवर्तनशील ढङ्गले अनुवाद गर्नुहोस् । यी स्रोतहरूको बारेमा थप जानकारीको लागि, गेटवे भाषा निर्देशन पुस्तिका लाई हेर्नुहोस् ।
अनुवाद भनेको विभिन्न भाषाहरूको बीचमा गरिने एउटा प्रक्रिया हो जसले एउटा व्यक्तिलाई (अनुवादकलाई) कुनै लेखक वा वक्ताले मूल पाठकवर्गलाई स्रोत भाषामा प्रवाह गर्न खोजेको अर्थ बुझ्न, र त्यसपछि त्यही अर्थलाई लक्षित भाषामा कुनै फरक पाठकवर्ग समक्ष व्यक्त गर्न जरुरी बनाउँछ ।
अनुवादकहरूसँग तिनीहरूको काम गर्नलाई सामान्य रूपमा विभिन्न कारणहरू हुन्छन् । तिनीहरूका कारणहरू तिनीहरूले अनुवाद गरिरहेको लेखमा, अनि तिनीहरूलाई अनुवाद गर्नलाई भन्ने व्यक्तिका आवश्यकताहरूमा भर पर्छन् । बाइबलको अनुवादमा चाहिँ, मानिसहरूले सामान्यतया तिनीहरूको काम गर्छन् किनभने बाइबलीय खण्डहरूका मूल पाठकहरू र श्रोताहरूलाई प्रभाव परे जस्तै गरेर बाइबलका अवधारणाहरूले लक्षित भाषाका पाठकहरूलाई प्रभाव पारोस् भनेर तिनीहरू चाहन्छन् । किनभने बाइबलमा भएका परमेश्वरका विचारहरूले हामीलाई येशू ख्रीष्टद्वारा उहाँसँगको अनन्त जीवनमा डोहोर्याउँछ, लक्षित भाषाका श्रोताहरूले पनि उहाँका विचारहरू जानेका अनुवादकहरू चाहन्छन् ।
स्रोत पाठ्यखण्डमा भएका अवधारणाहरूलाई हामीले थुप्रै तरिकाहरूमा प्रतिनिधित्व गर्न सक्छौँः हामीले तिनीहरूलाई सूचीमा राख्न सक्छौँ, पृष्ठमा धेरै कम ठाउँ ओगटेर हामीले तिनीहरूको सारांश निकाल्न सक्छौँ, हामीले तिनीहरूलाई सरलीकरण गर्न सक्छौँ (जसरी हामीले बालकहरूको बाइबल कथा पुस्तकहरूमा र अन्य बालबलका सहयोगी सामग्रीहरूमा धेरैपटक गर्छौँ), अथवा हामीले तिनीहरूलाई नक्साहरूमा वा रेखाचित्रहरूमा पनि राख्न सक्छौँ । तापनि, बाइबलका अनुवादकहरूले सामान्यतया बाइबलीय अवधारणाहरूलाई सम्भव भएसम्म पूर्ण रूपमा प्रस्तुत गर्न कोसिस गर्छन् । यसको अर्थ यो पनि हो कि तिनीहरूले अनुवादमा मूल लेखहरू जस्तै उस्तै किसिमका लेखहरू बनाउने कोसिस गर्छन् (अगमावाणीको लागि अगमावाणी, पत्रको लागि पत्र, इतिहासको पुस्तकको लागि इतिहासको पुस्तक , इत्यादि ... ) साथै, तिनीहरूले अनुवादमा उही प्रकारका तनावहरू पनि पुनः निर्माण गर्न खोज्छन् जुन स्रोत पाठ्यखण्डमा पाइन्छन् ।
तनावको उदाहरण तब आउँछ जब एउटा पाठकले कथाका सहभागीहरूलाई अब त्यसपछि के हुन्छ भनेर विचार गर्छ, अथवा पाठकले पत्रको लेखकको वा खण्डमा बताइएको संवादको कुनै तर्क, हौसला, र चेतावनीहरूलाई पछ्याउँछ । एउटा पाठकलाई भजन पढ्दै गर्दा तनावको अनुभव हुन सक्छ, किनकि परमेश्वरका प्रशंसाहरूले भजन गाउनेलाई विभिन्न तवरले असर गर्छन् । पुरानो करारको अगमवाणीको पुस्तक पढ्दै गर्दा, पाठकलाई तनाव बढ्दै गरेको अनुभव हुन सक्छ जसै अगमवक्ताले मानिसहरूलाई तिनीहरूको पापको लागि दोषी ठहराउँछन्, वा जसै उनले तिनीहरूलाई परमेश्वरतर्फ फर्कनलाई चेतावनी दिन्छन् । भविष्यको लागि भएका परमेश्वरका प्रतिज्ञाहरूका बारेमा पढ्दा पनि तनावको अनुभव हुन सक्छ, जसै कोही व्यक्तिले परमेश्वरले ती प्रतिज्ञाहरू कहिले पूरा गर्नुभयो, वा उहाँले ती कहिले पूरा गर्नुहुनेछ भनेर विचार गर्छ । असल अनुवादकहरूले स्रोत लेखहरूमा भएका तनावका किसिमहरूको अध्ययन गर्छन्, र लक्षित भाषामा ती तनावहरूलाई पुनः सिर्जना गर्ने कोसिस गर्छन् ।
स्रोत पाठ्यखण्डमा भएका तनावहरूलाई पुनः सिर्जना गर्ने बारेमा कुरा गर्ने अर्को तरिका भनेको अनुवादले लक्षित पाठकवर्गमा उही प्रभाव पार्नुपर्छ जुन स्रोत पाठ्यखण्डले मूल पाठकवर्गमा पारेको थियो भनी भन्नु हो । उदाहरणको लागि, यदि स्रोत पाठ्यखण्ड चाहिँ मूल पाठकवर्गलाई गरिएको कुनै हप्की हो भने, लक्षित पाठकवर्गले पनि अनुवादलाई हप्कीको रूपमा अनुभव गर्नुपर्छ । लक्षित भाषाले हप्कीहरूलाई अनि अन्य किसिमका अभिव्यक्तिहरूलाई कसरी व्यक्त गर्छ भनेर अनुवादकले सोच्न जरुरी हुनेछ, ताकि अनुवादले लक्षित पाठकवर्गमा ठीक किसिमको प्रभाव पार्न सकोस् ।
अनुवादक एउटा शिकारी जस्तै हो, यदि उसले जनावरलाई हान्न चाहन्छ भने, उसको बन्दुको निशाना जनावरतिर लगाउनु पर्छ । कस्तो प्रकारको जानवारलाई शिकार गर्न लागेको हो त्यो उसले थाह पाउनै पर्छ, किनकि एउटा शिकारीले हरिणहरूलाई मार्नको लागि जुन प्रकारको गोलिको प्रयोग गर्छ त्यही प्रकारको गोलि चराहरू मार्नको लागि प्रयोग गर्न सक्दैन।
अनुवाद हामी अरु मानिसहरूसँग बोले जस्तै हो । हामी एउटा वयस्क मानिससँग बोल्न जुन शब्दहरू प्रयोग गर्छौँ ठीक त्यसरी नै साना बच्चाहरूसँग बोल्न सक्दैनौँ । देशको राष्ट्रपति वा शासकसँग जसरी बोल्छौं त्यसरी हाम्रा साथीहरूसँग बोल्न सक्दैनौँ ।
यी सबै अवस्थाहरूमा, हामीले फरक शब्दहरू र अभिव्यत्तिहरू प्रयोग गर्ने निर्णय गर्छौ । उदाहरणको लागि, यदि मैले एउटा बच्चासँग सुसमाचार बाँड्दै छु भने, मैले उसलाई "पश्चाताप गर, र परमेश्वरले तिमीलाई उहाँको अनुग्रह दिनुहुने छ ।" भन्नुको साटो, मैले यस्तै प्रकारको अरु केही भन्नुपर्छ, "तिमीले गरेका खराब कुराहरूप्रति दुःखित होऊ, र येशूलाई भन, कि तिमी दुःखी छौ ।" त्यसपछि उहाँले तिमीलाई स्वागत गर्नुहुने छ, किनकि उहाँले तिमीलाई प्रेम गर्नुहुन्छ ।"
यसको अलावा, भाषाहरू रुखहरू जस्तै हुन् जसले नयाँ पातहरू उमार्छन् र पुराना पातहरू गुमाउछन् । नयाँ शब्दहरूले जहिले पनि भाषाहरू निर्माण गरिरहेका हुन्छन्, र केही शब्दहरू जहिले पनि लोप हुने क्रममा हुन्छन् । पातहरू जसरी मर्छन् र खस्छन् त्यसरी नै ती शब्दहरू पनि मर्छन् र लोप हुनछन् ।
वयस्कहरूले प्रयोग गर्ने शब्दहरू बच्चाहरूले प्रयोग गर्दैनन् । पुराना पुस्ता समाप्त भएपछि, पुराना शब्दहरू भाषामा प्रयोग हुने छैनन् । उदाहरणको लागि ती पुराना शब्दहरू शब्दकोषमा लिखित रुपमा लेखिए तापनि, जस्तो तिनीहरू हुनुपर्छ त्यसरी साना मानिसहरूले सम्भवत फेरि प्रयोग गर्ने छैनन् ।
यी कारणहरूले गर्दा बाइबल अनुवादकहरूले कुन वर्ग समुदायका मानिसहरूको लागि अनुवाद गर्न लागेको हो त्यसको लक्ष बनाउनुपर्छ र सोहि अनुसारको निर्णय गर्नैपर्छ। अनुवादकका लागि अनुवादका केही विकल्पहरू यस प्रकारका छन्:
अनुवादकहरूले आफ्नो अनुवादको लक्ष्य लक्षित भाषा बोल्ने जवान आमाहरू र तिनहरूका बच्चाहरूमा बनाउनुपर्छ किनकि यिनले उनीहरूको भाषाको भविष्यको प्रतिनीधित्व गर्छन् । यदि अनुवादकले यसरी अनुवाद गर्दा बच्चाहरूले नसिकेका पुराना शब्दहरूको प्रयोगलाई हटाउँछन् । यसको साटो, तिनीहरूले सम्भव भएसम्म साधारण र प्रत्येक दिन प्रयोगमा आउने शब्दहरू प्रयोग गर्ने छन् । यस्ता अनुवादकहरूले तल दिइएका यस्तै नियमहरूको पालना गर्ने छन् ।
१. तिनीहरूले अरु भाषाहरूबाट लक्षित भाषामा बाइबलका साधारण शब्दहरूलाई हुबहु अनुवाद गर्ने प्रयास गर्दैनन् । उदाहरणको लागि, बाइबलको शब्द “synagogue” लाई“sinagog” वा अरु यस्तै केहीमा रुपान्तरण गर्ने प्रयास गर्ने छैनन् र यसको अर्थको बारेमा मानिसहरूलाई सिकाउने प्रयास गर्ने छैनन् । तिनीहरूले बाइबलको शब्द “angel” लाई “enjel” जस्तै अरु केहीमा रुपान्तरण गर्ने प्रयास गर्ने छैनन् र यसको अर्थ के हो भनेर लक्षित भाषाका पाठकहरूलाई सिकाउने प्रयास गर्ने छैनन् । २. तिनीहरूले बाइबलमा भएको विचार बुझाउनको लागि नयाँ शब्दहरूको निर्माण गर्ने प्रयास गर्दैनन् । उदाहरणको लागि यदि लक्षित भाषामा "अनुग्रह" वा "पवित्र" जस्ता कुराहरूलाई बुझाउने शब्द छैन भने अनुवादकहरूले तिनीहरूको लागि नयाँ शब्दहरूको सृजना गर्दैनन् । बरु आफूले काम गरिरहेको बाइबल खण्डको मूख्य भागको शब्दको अर्थ व्यक्त गर्ने उपयूक्त वाक्यांशहरू प्रयोग गर्छन् । ३. तिनीहरूले थाह भएका शब्दहरूलाई लक्षित भाषामा लगेर नयाँ अर्थ नदिने कुरालाई ख्याल राख्छन् । यदि तिनीहरूले यस्तो प्रयास गरे भने मानिसहरूले नयाँ अर्थलाई सजिलै बेवास्ता गर्ने छन् भन्ने तिनीहरूलाई थाहा छ । परिणामस्वरुप पाठले संचार गर्न खोजेको अर्थलाई मानिसहरूले गलत बुझ्नेछन् । ४. तिनीहरूले बाइबलीय विचारहरूलाई स्पष्ट र स्वभाविक तरिकाले व्यक्त गर्ने कुरामा ध्यान दिन्छन् । (हेर्नुहोस्: स्पष्ट अनुवादको सृजना, स्वभाविकअनुवादको सृजना )
जब अनुवादकहरूले यी नियमहरू पालना गर्छन्, यसको परिणामलाई हामी साझा भाषा संस्करण भन्छौँ। यदि तपाईंले पहिलो बाइबलको निम्तकि भाषा उपलब्ध गराउनको लागि काम गरिरहनु भएको छ भने तपाईंले यी मार्गदर्शनहरूको अनुसरण गर्नुहोस् । अङ्ग्रेजीका सामान्य भाषा संस्करणहरूमा आजको अङ्ग्रेजी संस्करण र सामान्य अङ्ग्रेजी बाइबल समावेश गरिएको छ । तपाईंको लक्षित भाषाले अङ्ग्रेजी संस्करणहरूभन्दा फरक तरिकाले विचारहरू प्रस्तुत गर्ने चाहना राख्नसक्छ भन्ने कुरा ख्याल राख्नुहोस् ।
अनुवादकहरूले नयाँ ख्रीष्टियानहरूले भन्दा गहिरो तरिकाले बाइबल अध्ययन गर्न चाहने ख्रीष्टियानहरूलाई आफ्नो अनुवादको लक्ष्य बनाउन सक्छन् । यदि लक्षित भाषामा पहिल्यै नै राम्रो बाइबल छ र विश्वास नगर्ने र नयाँ विश्वासीहरूले यसलाई राम्ररी बुझ्छन् भने अनुवादकहरूले यसो गर्ने निर्णय लिन सक्छन् । यदि अनुवादकहरूले यसरी काम गर्ने हो भने निम्न कुराहरूको निर्णय लिनुपर्ने हुन्छः
१. तिनीहरूले बाइबलीय भाषाहरूमा भएका व्याकरणीय ढाँचाको अनुकरण गर्ने प्रयास गर्ने । उदाहरणको लागि, जब बाइबलले भन्छ, "परमेश्वरको प्रेम," अनुवादकले त्यो अभिव्यत्तिलाई अस्पष्ट छोड्ने निर्णय गर्नसक्छ । यदि तिनीहरूले यस्तो गरे भने, तिनीहरूले यसको अर्थ "परमेश्वरलाई मानिसले गर्ने प्रेम" वा "परमेश्वरले मानिसलाई गर्ने प्रेम" कुन हो भन्ने कुराको निर्णय गर्दैनन् । बाइबलमा भएको, "येशू ख्रीष्टमा हाम्रो प्रेम" का अर्थहरू "येशू ख्रीष्टको कारणले" वा "येशू ख्रीष्टमा जोडिएको" कुरा नबताउने निर्णय अनुवादकहरूले गर्न सक्छन् । २. अनुवादमा विभिन्न अभिव्यक्तीहरूमा ग्रीक वा हिब्रू शब्दहरू के हुन् भन्ने कुरा बताउन कोसिस गर्ने । उदाहरणको लागि, तिनीहरूले यिनीहरूलाई पादटिप्पणीमा राख्न सक्छन् । ३. बाइबलीय शब्दहरूको भन्दा बेग्लै अर्थ बोकेका नयाँ अभिव्यत्तिहरू पत्ता लागाउन प्रयास गर्ने । यसो गर्दा अनुवादकहरू लक्षित भाषामा सृजनशील हुन्छन् ।
लक्षित भाषामा पहिले नै भएको बाइबलको अनुवादले स्पष्ट र स्वभाविक तरिकाले संचार गर्दैन भने यो दोस्रो तरिका अपनाउनको निम्ति हामी सिफारिस गर्दैनौँ ।
एउटा असल अनुवादका चार प्रमुख विशेषताहरू हुन्छन् । त्यो हुनुपर्छः
हामी यी चारै विशेषताहरूलाई चार-खुट्टे कुर्सीको खुट्टाको रूपमा विचार गर्न सक्छौँ । हरेक जरुरी छ । यदि एउटा छैन भने, कुर्सी बस्नेछैन । त्यसैगरी, कुनै एउटा अनुवाद मण्डलीको लागि उपयोगी र विश्वासयोग्य हुनका लागि त्यसमा यी हरेक विशेषताहरू हुनुपर्छ ।
बुझाइको सबैभन्दा माथिल्लो तह प्राप्त गर्नका लागि आवश्यक भएको कुनै पनि भाषा संरचनाहरूको प्रयोग गर्नुहोस् । मूल अर्थलाई सम्भव भएसम्म ठ्याक्कै मिल्ने गरेर प्रवाह गर्नका लागि यसले अवधारणाहरूलाई सरल बनाउने, पाठ्यखण्डको स्वरूपलाई पुनः मिलाउने, र आवश्यक भएअनुसार धेरै वा थोरै शब्दहरूको प्रयोग गर्ने कुरालाई समावेश गर्छ । कसरी स्पष्ट अनुवादहरू बनाउने भन्ने बारेमा जान्नलाई, हेर्नुहोस् स्पष्ट अनुवादहरू बनाउनुहोस् ।
भाषाका ती ढाँचाहरूलाई प्रयोग गर्नुहोस् जुन प्रभावकारी छन् र जसले सम्बन्धित सन्दर्भहरूमा तपाईंको भाषाको प्रयोग गरिने तरिकालाई झल्काउँछन् । स्वभाविक अनुवादहरू कसरी बनाउने भन्ने बारेमा जान्नलाई, हेर्नुहोस् स्वभाविक अनुवादहरू बनाउनुहोस् ।
मूल खण्डको अर्थबाट नघटाइकन, त्यसलाई परिवर्तन नगरिकन, वा त्यसमा नथपिकन ठ्याक्कै मिल्ने गरेर अनुवाद गर्नुहोस्, जुन अर्थ मूल श्रोताहरूद्वारा बुझिने थियो । मनमा पाठ्यखण्डको अर्थलाई राखेर अनुवाद गर्नुहोस् र अन्तर्निहित जानकारी, नजानिएका अवधारणाहरू, र भाषाका अलङ्कारहरूलाई ठ्याक्कै मिल्ने गरेर प्रवाह गर्नुहोस् । ठ्याक्कै मिलेका अनुवादहरू कसरी बनाउने भन्ने बारेमा जान्नलाई, हेर्नुहोस् ठ्याक्कै मिलेका अनुवादहरू बनाउनुहोस् ।
यदि कुनै अनुवाद स्पष्ट, स्वभाविक, र ठ्याक्कै मिलेको छ, तर मण्डलीले त्यसलाई अनुमोदन गर्दैन वा त्यसलाई स्वीकार्दैन भने, तब त्यसले मण्डलीलाई सुधार गर्ने त्यसको आखिरी लक्ष्य प्राप्त गर्दैन । यो महत्त्वपूर्ण छ कि मण्डली अनुवादमा, जाँचको काममा, र अनुवादको वितरणमा संलग्न भएको होस् । मण्डली-अनुमोदित अनुवादहरू कसरी बनाउने भन्ने बारेमा जान्नलाई, हेर्नुहोस् मण्डली-अनुमोदित अनुवादहरू बनाउनुहोस् ।
स्पष्ट, स्वभाविक, ठ्याक्कै मिलेको, र मण्डली-अनुमोदित हुनुको थपमा, महान् अनुवादहरू यस्ता पनि हुनुपर्छः
एउटा स्पष्ट अनुवादले पाठकहरूलाई सजिलोसँग त्यो पढ्न र बुझ्नलाई सहायता गर्नका लागि आवश्यक परेको कुनै पनि भाषा संरचनाहरूलाई प्रयोग गर्नेछ । यसले खण्डलाई भिन्नै प्रारूप वा व्यवस्थामा राख्ने र मूल अर्थलाई सम्भव भएसम्म स्पष्टसँग प्रवाह गर्नका लागि आवश्यक भएअनुसार धेरै वा थोरै शब्दहरूको चयन गर्ने कुरालाई समावेश गर्छ ।
यी मार्गदर्शकहरू अन्य भाषाका अनुवादहरूका लागि हुन्, गेटवे भाषाको अनुवादको लागि होइन । यूएलटीलाई गेटवे भाषामा अनुवाद गर्ने क्रममा, तपाईंले यी परिवर्तनहरू गर्नु हुँदैन । यूएसटीलाई गेटवे भाषामा अनुवाद गर्दा यी परिवर्तनहरू गर्न आवश्यक छैन, किनभने ती पहिले नै गरिएका छन् । स्रोतमा दिइएको खण्डबाट स्पष्ट अनुवाद बनाउनका लागि यहाँ केही उपायहरू दिइएका छन्ः
तपाईंले स्रोत खण्डमा भएका सर्वनामहरूलाई जाँच गर्न र प्रत्येक सर्वनामले कसलाई वा के कुरालाई जनाउँछ भनेर स्पष्ट बनाउन आवश्यक हुन्छ । सर्वनामहरू ती शब्दहरू हुन् जुन नाउँ वा नामपद वाक्यांशको ठाउँमा आउँछन् । तिनले केही त्यस्तो कुरालाई जनाउँछन् जुन पहिले नै उल्लेख भइसकेको छ ।
प्रत्येक सर्वनामले कसलाई वा के कुरालाई जनाउँछ भनेर स्पष्ट छ भनेर सधैँ ध्यान दिएर जाँच गर्नुहोस् । यदि स्पष्ट छैन भने, सर्वनामको साटोमा व्यक्ति वा चीजको नाउँलाई नै राख्न आवश्यक हुन सक्छ ।
अर्को चाहिँ तपाईंले कुनै काम कसले गरिरहेको छ भनेर बुझ्न आवश्यक हुन्छ । एउटा स्पष्ट अनुवादले सहभागीहरूको पहिचान गर्नेछ । कुनै घटनामा भएका सहभागीहरू भनेका ती मानिसहरू वा चीजहरू हुन् जसले त्यस घटनामा भाग लिन्छन् । त्यो काम गरिरहेको कर्ता र त्यस कामले गरेको वस्तु चाहिँ मुख्य सहभागीहरू हुन् । कुनै घटनाको अवधारणालाई क्रियापदको रूपमा पुनः व्यक्त गर्ने क्रममा, त्यस घटनामा सहभागीहरू को र के हुन् भनेर बताउन धेरैपटक जरुरी हुन्छ । सामान्यतया यो कुरा सन्दर्भबाट स्पष्ट हुनेछ ।
घटनाका थुप्रै अवधारणाहरू गेटवे भाषामा नामपदहरूको रूपमा आउन सक्छन् । एउटा स्पष्ट अनुवादले यी घटनाका अवधारणाहरूलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न जरुरी हुन सक्छ ।
अनुवाद गर्नलाई तयारी गर्ने बेलामा, खण्डमा भएका कुनै पनि घटनाका अवधारणाहरू खोज्न सहयोगी हुन सक्छ, विशेषगरी ती जुन क्रियापदभन्दा बाहेक अन्य प्रारूपमा व्यक्त गरिएका हुन्छन् । तपाईंले घटनाको अवधारणालाई व्यक्त गर्नका लागि कुनै क्रियापदको प्रयोग गरेर अर्थलाई पुनः व्यक्त गर्न सक्नुहुन्छ कि भनेर हेर्नुहोस् । यदि, तरैपनि, तपाईंको भाषाले घटनाका अवधारणाहरूलाई व्यक्त गर्नका लागि नामपदहरूलाई पनि प्रयोग गर्छ र घटना वा कार्य नामपदको रूपमा बढी स्वभाविक सुनिन्छ भने, तब नामपदको स्वरूपलाई प्रयोग गर्नुहोस् । हेर्नुहोस् भाववाचक नामपदहरू
प्रत्येक घटनाको अवधारणा बुझिएको छ भनेर पक्का हुनलाई तपाईंले त्यसलाई कर्तृ वाच्यमा प्रयोग हुने पदावलीमा परिवर्तन गर्नुपर्ने हुन सक्छ ।
एउटा स्पष्ट अनुवादले कुनै पनि कर्म वाच्यमा प्रयोग हुने क्रियापदहरूलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदहरूमा परिवर्तन गर्नुपर्ने हुन सक्छ । हेर्नुहोस् कर्तृ वाच्य वा कर्म वाच्य
**कर्तृ वाच्यमा **मा लेख्दा, वाक्यको कर्ता नै त्यो व्यक्ति हो जसले काम गर्छ । कर्म वाच्यमामा लेख्दा, वाक्यको कर्ता भनेको त्यो व्यक्ति वा चीज हो जसमा काम गरिन्छ । उदाहरणको लागि, “जनले बिललाई हिर्काए” भनेको कर्तृ वाच्य हो । “बिल जनद्वारा हिर्काइए” भनेको कर्म वाच्य हो ।
थुप्रै भाषाहरूमा कर्म वाच्य हुँदैन, केवल कर्तृ वाच्य मात्रै हुन्छ । यस्तो खण्डमा, कुनै वाक्यलाई कर्म वाच्यबाट कर्तृ वाच्यमा लैजान आवश्यक हुन्छ । केही भाषाहरूले, तापनि, कर्म वाच्यलाई प्रयोग गर्न रुचाउँछन् । अनुवादकहरूले ती किसिमहरूलाई प्रयोग गर्नुपर्छ जुन लक्षित भाषामा सबैभन्दा बढी स्वभाविक हुन्छन् ।
स्पष्ट अनुवाद बनाउनका लागि, “को” वाक्यांशद्वारा जोडिएका नामपदहरूको बीचमा भएको सम्बन्धको अर्थलाई पहिचान गर्नका लागि तपाईंले प्रत्येक “को” वाक्यांशलाई हेर्न पनि आवश्यक हुनेछ । थुप्रै भाषाहरूमा, “को” वाक्यांशका संरचनाहरू बाइबलको मूल भाषाहरूमा भए जत्तिकै आइरहँदैनन् । हरेकको अर्थलाई पढ्नुहोस् र “को” वाक्यांशलाई यसरी पुनः व्यक्त गर्नुहोस् जसले भागहरूको बीचमा भएको सम्बन्धलाई स्पष्ट बनाउँछ ।
तपाईंले यी कुराहरूको जाँच गर्नुभएपश्चात र तपाईंको अनुवादलाई सम्भव भएसम्म स्पष्ट बनाउनुभएपछि, तपाईंको भाषा बोल्ने मानिसहरूलाई त्यो स्पष्ट छ वा छैन भनेर हेर्नका लागि तपाईंले तिनीहरूलाई पढेर सुनाउन जरुरी हुन्छ । यदि त्यहाँ त्यस्ता भागहरू छन् जुन तिनीहरूले बुझ्दैनन् भने, त्यो शायद त्यो भाग नै स्पष्ट नभएको कारणले हुन सक्छ । एकसाथमा, त्यस भागलाई बताउनका लागि तपाईंले अझ बढी स्पष्ट तरिकाको बारेमा सोच्न सक्नुहुन्छ । अनुवादलाई थुप्रै मानिसहरूसँग जाँच गरिरहनुहोस् जबसम्म त्यो सबै स्पष्ट हुँदैन ।
याद गर्नुहोस्ः अनुवाद भनेको सम्भव भएसम्म ठ्याक्कै मिल्ने गरेर, मूल सन्देशको अर्थलाई लक्षित भाषामा प्रस्ट र स्वभाविक रूपमा फेरि बताउने काम हो ।
तपाईंले आफैँलाई यी प्रश्नहरू सोध्नाले पनि तपाईंलाई स्पष्टसँग प्रवाह हुने अनुवाद बनाउनमा सहयोग गर्न सक्छः
बाइबललाई अनुवाद गर्न ताकि त्यो स्वभाविक होस् भन्नुको अर्थ हुन्छः
अनुवाद लक्षित समूहबाटको कुनै सदस्यद्वारा लेखिएको जस्तै सुनिन्छ - कुनै विदेशीद्वारा होइन । स्वभाविक अनुवादहरू बनाउनलाई यहाँ केही उपायहरू दिइएका छन्ः
कुनै अनुवाद स्वभाविक सुनिनलाई, कहिलेकाहीँ लामा, जटिल वाक्यहरूबाट छोटा, बढी सरल वाक्यहरू बनाउन आवश्यक हुन्छ । ग्रीक भाषामा प्रायः लामा, व्याकरणको हिसाबले जटिल वाक्यहरू हुन्छन् । केही बाइबल अनुवादहरूले ग्रीक संरचनालाई धेरै पछ्याउँछन् र तिनीहरूको अनुवादमा यी लामा वाक्यहरूलाई राख्छन्, तब पनि जब यो लक्षित भाषामा स्वभाविक सुनिँदैन वा अलमल्याउने किसिमको हुन्छ ।
अनुवाद गर्न तयारी गर्दा, लामा वाक्यहरूलाई छोटा वाक्यहरूमा फुटाउँदै खण्डलाई पुनः लेख्दा धेरैपटक सहयोगी हुन्छ । यसले तपाईंलाई अर्थलाई अझ बढी स्पष्ट रूपमा देख्न र अझ राम्ररी अनुवाद गर्नलाई सहायता गर्न सक्छ । थुप्रै भाषाहरूमा, छोटा वाक्यहरू राख्नु, वा जब वाक्यहरू लामा हुन्छन्, जटिल वाक्यहरूलाई आउन नदिनु चाहिँ असल शैली मानिन्छ । त्यसैले लक्षित भाषामा अर्थलाई पुनः व्यक्त गर्दा, मूल स्रोतमा भएका लामा वाक्यहरूलाई थुप्रै छोटा वाक्यहरूमा तोड्न कहिलेकाहीँ आवश्यक हुन्छ । किनभने थुप्रै भाषाहरूले केवल एउटा वा दुईवटा मात्रै पदावलीहरूको समूह भएका वाक्यहरूलाई प्रयोग गर्छन्, छोटा वाक्यहरूले स्वभाविकपनाको अनुभव दिनेछन् । छोटा वाक्यहरूले पाठकहरूलाई अज राम्रो बुझाइ पनि दिनेछन्, किनभने अर्थ अझ बढी प्रस्ट हुनेछ । नयाँ, छोटा पदावलीहरू र वाक्यहरूका बीचमा स्पष्ट सम्बन्ध भएका शब्दहरू समावेश गर्नलाई पक्का हुनुहोस् ।
लामा, बढी जटिल वाक्यहरूबाट छोटा वाक्यहरू बनाउनका लागि, वाक्यमा एक अर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका, अर्थात्, जसले एकसाथ मिलेर कुनै पदावली निर्माण गर्छन्, त्यस्ता शब्दहरूको पहिचान गर्नुहोस् । सामान्यतया, प्रत्येक क्रियापद वा क्रियालाई बुझाउने शब्दको दुवैतिर शब्दहरू हुन्छन् जसले क्रियापदको क्रियालाई नै जनाउने वा त्यसतर्फ सङ्केत गर्ने काम गर्छन् । शब्दहरूको यस किसिमको समूह जुन आफैँमा खडा भएर रहन सक्छ त्यसलाई आत्मनिर्भर पदावली वा कुनै सरल वाक्यको रूपमा लेख्न सकिन्छ । शब्दहरूका ती प्रत्येक समूहहरूलाई एकसाथ राख्नुहोस् र त्यस किसिमले वाक्यलाई थुप्रै विचारहरू वा भागहरूमा विभाजन गर्नुहोस् । नयाँ बनेका वाक्यहरूले अझै पनि अर्थ दिन्छन् भनेर पक्का गर्नका लागि तिनलाई पढ्नुहोस् । यदि त्यहाँ कुनै समस्या छ भने, तपाईंले लामा वाक्यहरूलाई कुनै फरक तरिकाले भाग गर्नुपर्ने हुन सक्छ । जब तपाईंले नयाँ वाक्यहरूको सन्देशलाई बुझ्नुहुन्छ, स्वभाविक लम्बाइ भएका वाक्यहरू बनाउँदै र तिनलाई स्वभाविक ढङ्गमा जोड्दै लक्षित भाषामा अनुवाद गर्नुहोस् । तब तपाईंको अनुवाद स्वभाविक सुनिन्छ वा सुनिँदैन भनेर हेर्नका गर्नका लागि त्यस भाषा समुदायको कुनै सदस्यलाई त्यो पढेर सुनाएर जाँच गर्नुहोस् ।
बाइबलको खण्ड वा अध्यायलाई पढ्नुहोस् र आफैँलाई सोध्नुहोस्, “यो कस्तो प्रकारको सन्देश हो ?” तब तपाईंको भाषाले त्यस किसिमको सन्देशलाई प्रवाह गर्ने तरिकामा त्यस खण्ड वा अध्यायलाई अनुवाद गर्नुहोस् ।
उदाहरणका लागि, यदि सन्देश चाहिँ भजनसङ्ग्रमा भएको जस्तो कुनै कविता हो भने, तब तपाईंका मानिसहरूले त्यसलाई कविता हो भनेर बुझ्ने ढाँचामा त्यसलाई अनुवाद गर्नुहोस् । अथवा यदि सन्देश चाहिँ जीवन जिउने ठीक तरिकाको बारेमा बताउने कुनै अर्ती हो भने,जस्तो खालको चाहिँ नयाँ करारका पत्रहरूमा छन्, तब तपाईंको भाषाका मानिसहरूले एक अर्कालाई अर्ती दिने ढाँचामा त्यसलाई अनुवाद गर्नुहोस् । अथवा यदि खण्ड चाहिँ कसैले केही कुरा गरेको बारेमा भएको कुनै कथा हो भने, तब त्यसलाई कथाको (जुन वास्तवमै भयो) ढाँचामा अनुवाद गर्नुहोस् । बाइबलमा यस किसिमका प्रशस्तै कथाहरू छन्, र यी कथाहरूका अंशका रूपमा मानिसहरूले एक अर्कालाई कुराहरू भन्छन् जसको पनि आफ्नै ढाँचा छ । उदाहरणका लागि, मानिसहरूले धम्की दिन्छन्, चेतावनी दिन्छन्, र एक अर्कालाई प्रशंसा वा गाली गर्छन् । तपाईंको अनुवादलाई स्वभाविक बनाउनका लागि, तपाईंले यी हरेक कुराहरूलाई तपाईंको भाषाका मानिसहरूले धम्की दिने, चेतावनी दिने, एक अर्कालाई प्रशंसा वा गाली गर्ने तरिकामा नै अनुवाद गर्नुपर्छ ।
यी विभिन्न कुराहरू कसरी लेख्ने भन्ने बारेमा जान्नलाई, तपाईंको वरिपरिका मानिसहरूले के भन्छन् भन्ने कुरालाई तपाईंले सुन्नुपर्ने हुन सक्छ, र मानिसहरूले भन्ने र गर्ने विभिन्न कुराहरूलाई लेख्ने अभ्यास गर्नुपर्ने हुन सक्छ, ताकि मानिसहरूले यी विभिन्न उद्देश्यहरूका लागि प्रयोग गर्ने ढाँचा र शब्दहरूसँग तपाईं परिचित बन्नुभएको होस् ।
एक असल अनुवादले लक्षित वर्गका मानिसहरूले सामान्यतया प्रयोग गर्ने शब्दावली र अभिव्यक्तिहरूको नै प्रयोग गर्नेछ । त्यो तिनीहरूको लागि पढ्न र त्यसलाई सुन्न सजिलो हुनुपर्छ । त्यहाँ कुनै अप्ठेरा वा अनौठा वाक्यांशहरू हुनुहुँदैन । अनुवाद चाहिँ कुनै घनिष्ठ मित्रको पत्र जस्तै सजिलै पढिन सकिने हुनुपर्छ ।
यो खण्ड यूएलटी र यूएसटीका गेटवे भाषा अनुवादहरूको लागि होइन । यी ती बाइबलहरू हुन् जुन त्यस्ता विशेषताहरू हुने गरेर बनाइएका हुन् जसले तिनलाई लक्षित भाषामा स्वभाविक तवरको हुनबाट रोक्छ । तिनीहरू बाइबल अनुवादका साधनहरू हुन्, अन्तिममा प्रयोगकर्ताको हातमा पर्ने बाइबलहरू होइनन् । यसको बारेमा थप जानकारीको लागि, गेटवे भाषा निर्देशन-पुस्तिकामा भएको “यूएलटीको अनुवाद” अनि “यूएसटीको अनुवाद”लाई हेर्नुहोस् ।
बाइबलको ठ्याक्कै मिलेका अनुवादहरू बनाउनुको अर्थ यो हो कि अनुवादले स्रोतले दिएको एउटै सन्देशलाई नै प्रवाह गर्छ । यहाँ केही अनुसरण गर्नुपर्ने कदमहरू दिइएका छन्ः
सर्वप्रथम, अर्थ थाहा गर्नका लागि हरेक खण्डलाई केही पटक पढ्नुहोस् । ट्रान्सलेसन स्टुडियोमा उपलब्ध बाइबलका दुई फरक संस्करणहरूलाई प्रयोग गर्नुहोस्ः अनफोल्डिङ्ग वोर्डको सामान्यीकरण गरिएको पाठ्यखण्ड अनि अनफोल्डिङ्ग वोर्डको अक्षरशः रहेको पाठ्यखण्ड । । साथै अनुवादका शब्दहरू र अनुवादका टिप्पणीहरूका परिभाषाहरूलाई पनि पढ्नुहोस् ।
पहिला अनफोल्डिङ्ग वोर्डको अक्षरशः रहेको पाठ्यखण्डलाई पढ्नुहोस्ः
जुन पनि सहरमा तिमीहरू प्रवेश गर्छौ, र तिनीहरूले तिमीहरूलाई ग्रहण गर्छन्, तिमीहरूको अगि राखिएको कुरा खाओ, र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूको नजिक आइपुगेको छ ।’ (लूका १०:८-९ यूएलटी)
अनुवादका सहयोगहरूमा अनफोल्डिङ्ग वोर्डको सामान्यीकरण गरिएको पाठ्यखण्डलाई हेर्नुहोस्ः
जब पनि तिमीहरू कुनै सहरमा प्रवेश गर्छौ र त्यहाँ भएका मानिसहरूले तिमीहरूलाई स्वागत गर्छन्, तिनीहरूले तिमीहरूका लागि प्रदान गर्ने कुनै पनि भोजन खाओ । त्यहाँ भएका मानिसहरूलाई निको पार जो बिरामी छन् । तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य ठीक यहीँ तपाईंहरूको नजिकै छ ।’ (लूका १०:८-९ यूएसटी)
के तपाईंले भिन्नताहरूलाई ख्याल गर्नुभयो ? प्रत्येक बाइबलको संस्करणले प्रयोग गर्ने शब्दहरूमा केही भिन्नताहरू हुन्छन् ।
अर्थ एउटै छ भनेर के तपाईंले थाहा गर्नुभयो ? दुवै संस्करणहरूमा येशूले निर्दिष्ट निर्देशनहरू दिइरहनुभएको छ, र तिनीहरू एउटै निर्देशनहरू हुन् । दुवै संस्करणहरू ठ्याक्कै मिलेका अनुवादहरू हुन् ।
तब, खण्डको अर्थलाई थाहा गरिसकेपछि, तपाईंले प्रमुख अवधारणालाई पहिचान गर्नुपर्छ ।
आफैँलाई प्रश्न गर्नुहोस्, “लेखकले किन यो लेखिरहेका छन्, र यी कुराहरूको बारेमा तिनले कस्तो महसुस गर्छन् ?”
लूका १० को खण्डलाई फेरि हेर्नुहोस् । लेखकले यो किन लेखिरहेका छन् भनेर तपाईं के सोच्नुहुन्छ ? आफूले लेखेका कुराहरूको बारेमा लेखकले कस्तो महसुस गर्छन् भन्ने बारेमा तपाईं के विचार गर्नुहुन्छ ? तपाईं के विचार गर्नुहुन्छ ? तपाईंले खण्डलाई थुप्रै पटक पढ्नुभएपछि, यी प्रश्नहरूको उत्तर दिनुहोसः
अन्ततः स्रोतमा भएको खण्डलाई ठ्याक्कै मिल्ने गरेर अनुवाद गर्ने कामको एउटा भाग चाहिँ मूल पाठकहरू र लेखकको सन्देशको बारेमा विचार गर्नु हो ।
पाठकले जानून् भन्नका लागि लेखकसँग केही खास कुराहरू थिए भनेर के तपाईं सोच्नुहुन्छ ? लेखकका प्रमुख अवधारणाहरू के-के थिए भनेर हामीले विचार गरेका थियौँ ? प्रमुख अवधारणाहरू यी थिएः
यो मूल पाठकहरूको लागि भएको सन्देश हो । यही सन्देशलाई लक्षित गरिएको भाषामा तपाईंको हृदयमा प्रस्ट रूपमा आउन दिनुहोस् ।
खण्डलाई हेर्नुहोस् र तपाईंले त्यसलाई तपाईंको आफ्नो भाषामा कसरी फेरि भन्नुहुने थियो भनेर विचार गर्नुहोस् । यो सुरुको अनुवादलाई लेखेर राख्नुहोस् । तपाईंको भाषामा मिल्ने कुनै अक्षरलाई प्रयोग गर्नुहोस् ।
याद गर्नुहोसःअनुवाद भनेको सम्भव भएसम्म ठ्याक्कै मिल्ने गरेर, मूल सन्देशको अर्थलाई लक्षित भाषामा प्रस्ट र स्वभाविक रूपमा फेरि बताउने काम हो ।
असल अनुवादको प्रथम तीन गुणहरू भनेका प्रस्ट (हेर्नुहोस् स्पष्ट अनुवादहरू बनाउनुहोस्), स्वभाविक (हेर्नुहोस् स्वभाविक अनुवादहरू बनाउनुहोस्), र ठ्याक्कै मिलको (हेर्नुहोस् ठ्याक्कै मिलेका अनुवादहरू बनाउनुहोस्) हुन् । यी तीन सबैले अनुवादमा प्रयोग गरिएका शब्दहरू तथा वाक्यांशहरूलाई प्रत्यक्ष रूपमा असर गर्छन् । यदि कुनै अनुवाद यी तीनमध्ये कुनै एउटा होइन भने, सामान्य रूपमा शब्दहरूलाई बदल्दा वा पुनः क्रम मिलाएर राख्दा समस्या हल हुन सक्छ । चौथो गुण, जुन चाहिँ मण्डली-अनुमोदित हुनुपर्ने भन्ने हो, यसले चयन गरिएका शब्दहरूसँग कम सरोकार राख्छ र चलाइएको प्रक्रियासँग बढी सरोकार राख्छ ।
बाइबलीय सामग्रीको अनुवादको लक्ष्य भनेको केवल उच्च गुणस्तरको अनुवादको उत्पादन गर्ने मात्रै होइन, तर एउटा उच्च गुणस्तरको अनुवाद उत्पादन गर्ने हो जुन मण्डलीद्वारा प्रयोग गरिन्छ र मन पराइन्छ । उच्च गुणस्तरका अनुवादहरू प्रस्ट, स्वभाविक, र ठ्याक्कै मिलेका हुनुपर्छ । तर कुनै अनुवाद मण्डलीद्वारा प्रयोग गरिन र मन पराइनका लागि, त्यो मण्डली-अनुमोदित हुनुपर्छ ।
मण्डली-अनुमोदित अनुवाद बनाउने काम भनेको अनुवादको प्रक्रिया, जाँच, र वितरणको बारेमा नै हो । यी प्रक्रियाहरूमा जति धेरै मण्डलीका सञ्जालहरू संलग्न हुन्छन्, त्यति नै धेरै त्यस अनुवादलाई तिनीहरूले अनुमोदन गर्नेछन् ।
अनुवादको कामलाई सुरु गर्नुभन्दा अगाडि, सम्भव भएसम्मको धेरैभन्दा धेरै मण्डलीका सञ्जालहरूलाई सम्पर्क गरिनुपर्छ र अनुवादको हिस्सा हुनका लागि र अनुवादको टोलीको भाग हुनलाई तिनीहरूका केही मानिसहरूलाई पठाउनलाई पनि प्रोत्साहन गरिनुपर्छ । तिनीहरूको परामर्श लिइनुपर्छ र अनुवादको काममा, त्यसका लक्ष्यहरूमा, र त्यसको प्रक्रियामा तिनीहरूको योगदानको लागि अनुरोध गरिनुपर्छ ।
मण्डलीले सक्रिय रूपमा अनुवादलाई डोहोर्याउन र सबै प्रयत्नहरूलाई मिलाउन जरुरी छैन, तर यो जरुरी छ कि जसले अनुवादलाई डोहोर्याइरहेको छ सो व्यक्ति मण्डली सञ्जालहरूद्वारा अनुमोदित छ, तिनीहरूले सुरु गर्नुभन्दा पनि पहिला नै यसो भएको रुचाइन्छ ।
कुनै अनुवादको मण्डली-अनुमोदनको आवश्यकता चाहिँ स्पष्टसँग चरणहरूको जाँचमा झल्किन्छ । वास्तवमा, मण्डलीले अनुवादलाई कति फराकिलो ढङ्गमा अनुमोदन गर्छ भन्नका लागि धेरै हदसम्म चरणहरूको जाँच नै मापन हो ।
प्रत्येक चरणमा, अनुवादलाई डोहोर्याइरहेका मानिसहरूले मण्डली सञ्जालहरूबाटको सहभागिता र योगदानलाई प्रोत्साहन गर्नुपर्छ । यस प्रक्रियालाई प्रयोग गरेर, सम्भव भएसम्म धेरैभन्दा धेरै मण्डली सञ्जालहरूका माझमा अनुवादलाई मण्डलीले अपनत्व गर्ने कुराको हामी आशा गर्छौँ । यस अनुमोदनको साथमा, मण्डलीलाई बलियो बनाउन र उत्साह दिनलाई प्रयोग गरिनका लागि अनुवादलाई अवरोध गर्ने कुरा केही पनि नहुनुपर्ने हो ।
बाइबलप्रति विश्वासयोग्य रहेको अनुवाद बनाउनका लागि, तपाईंले आफ्नो अनुवादमा कुनै पनि राजनीतिक, साम्रदायिक, वैचारिक, सामाजिक, सांस्कृतिक, वा ईश्वरशास्त्रीय पूर्वाग्रह आउन दिनुहुँदैन । मूल बाइबलीय भाषाहरूको शब्दावलीप्रति विश्वासयोग्य रहेका शब्दहरूलाई चयन गर्नुहोस् । परमेश्वर पिता र परमेश्वर पुत्रको बीचमा भएको सम्बन्धलाई वर्णन गर्ने बाइबलीय शब्दहरूको लागि भाषाका समान खालका चलिआएका शब्दहरू प्रयोग गर्नुहोस् । यिनीहरूलाई पादटिप्पणीहरूमा वा अन्य अतिरिक्त सामग्रीहरूमा आवश्यक भएअनुसार स्पष्ट बनाउन सकिन्छ ।
बाइबल अनुवादकको रूपमा तपाईंको लक्ष्य भनेको बाइबलको मूल लेखकले प्रवाह गर्न चाहेको उही सन्देशलाई प्रवाह गर्नु हो । यसको अर्थ हो कि तपाईंले तपाईंको आफ्नै सन्देशलाई, वा बाइबलले भन्नुपर्छ भनेर तपाईंले विचार गर्नुहुने सन्देशलाई, वा बाइबलले भन्नुपर्छ भनेर तपाईंको मण्डलीले विचार गर्ने सन्देशलाई प्रवाह गर्न खोज्नुहुँदैन । कुनै पनि बाइबलको खण्डको लागि, तपाईंले त्यसले भनेको कुरालाई, त्यसले भनेको सबैकुरालाई, र त्यसले भनेको कुरालाई मात्र सञ्चार गर्नुपर्छ । तपाईंको आफ्नै उल्थाहरू वा सन्देशहरूलाई बाइबलमा राख्ने वा बाइबलको खण्डमा नभएको अर्थ सन्देशमा थप्ने परीक्षालाई तपाईंले विरोध गर्नैपर्छ । (बाइबलको खण्डको सन्देशले अन्तर्निहित जानकारीलाई समावेश गर्छ । हेर्नुहोस् अनुमानित ज्ञान र अन्तर्निहित जानकारी ।)
तपाईंले ती प्रमुख शब्दहरूलाई पनि चयन गर्नैपर्छ जुन मूल बाइबलीय भाषाहरूको शब्दावलीप्रति विश्वासयोग्य छन् । तपाईंले यी शब्दहरूका अर्थहरूलाई बुझ्नुहुन्छ भनेर पक्का गर्नका लागि अनुवादका शब्दहरूका परिभाषाहरूलाई पढ्नुहोस् । यी प्रमुख शब्दहरूका उही अर्थहरू हुने गरेर अनुवाद गर्नुहोस्, र केवल तपाईंको पास्टर, तपाईंको गाउँका अगुवाहरू, वा तपाईं आफैँलाई खुशी पार्नका लागि मात्र तिनलाई फरक तरिकामा अनुवाद नगर्नुहोस् ।
सधैँ विश्वासयोग्य तवरमा अनुवाद गर्न निम्न दिइएका कारणहरूले गर्दा कठिन हुन सक्छः
१. तपाईंको मण्डलीले केही बाइबलका खण्डहरूलाई उल्था गर्ने तरिकामा तपाईंलाई बानी लागिसकेको हुन सक्छ, र त्यहाँ अरू पनि उल्थाहरू छन् भनेर थाहा नभएको हुन सक्छ ।
२. तपाईंलाई बाइबलको कुनै खण्डलाई त्यो लेखिँदाखेरी त्यसको अर्थ के थियो भन्ने कुराअनुसारको साटोमा, तपाईंको संस्कृतिमा मिल्ने गरेर अनुवाद गर्न इच्छा लाग्न सक्छ ।
३. तपाईंलाई बाइबलले भनेको केही कुरा मन नपर्न सक्छ, र त्यसलाई परिवर्तन गर्न परीक्षा हुन सक्छ ।
४. बाइबलले के भन्छ भन्ने बारेमा भएको विश्वासयोग्य अनुवादलाई तपाईंका गाउँमा भएका अरूहरूले पढे भने तिनीहरूले के सोच्लान् वा गर्लान् भनेर तपाईंलाई डर हुन सक्छ ।
५. तपाईंले अनुवाद गरिरहनुभएको बाइबलको खण्डको बारेमा तपाईंलाई केही अतिरिक्त कुरा थाहा हुन सक्छ जुन तपाईंको अनुवादमा थप्न तपाईंलाई इच्छा लाग्न सक्छ ।
यी पूर्वाग्रहहरूलाई हटाउनका लागि, विशेषगरी तिनलाई जसको बारेमा तपाईं सचेत नभएको हुन सक्नुहन्छ, तपाईंले अनुवादका टिप्पणीहरू (हेर्नुहोस् http://ufw.io/tn/), अनुवादका शब्दहरू (हेर्नुहोस् http://ufw.io/tw/) र अनफोल्डिङ्ग वोर्डको सामान्यीकरण गरिएको पाठ्यखण्ड (हेर्नुहोस् http://ufw.io/udb/), साथै तपाईंसँग भएका अन्य अनुवादका सहयोगी सामग्रीहरू पढ्नैपर्छ । त्यसरी बाइबलको खण्डको अर्थ के हो भनेर तपाईंलाई थाहा हुनेछ, र त्यसलाई तपाईंले पूर्वाग्रही भएर, अविश्वासयोग्य तवरमा अनुवाद गर्ने कुरा कम सम्भाव्य हुन्छ ।
(तपाईंले http://ufw.io/guidelines_faithful मा भएको दृश्य सामग्रीलाई हेर्न पनि इच्छा गर्न सक्नुहुन्छ ।)
पुरानो करारमाः
यहवे, उहाँ परमेश्वर हुनुहुन्छ; त्यहाँ अरू कुनै परमेश्वर छैन ! (१ राजा ८:६० यूएलटी)
नयाँ करारमाः
येशूले भन्नुभयो, ... “अनन्त जीवन यो होः कि तिनीहरूले तपाईंलाई जानून्, एकमात्र साँचो परमेश्वर” । (यूहन्ना १७:३ यूएलटी)
(यसलाई पनि हेर्नुहोस्ः व्यवस्था ४:३५, एफिसीहरू ४:५-६, १ तिमोथी २:५, याकूब २:१९)
परमेश्वरले स्वर्गहरू बनाउनुभयो ... परमेश्वरको आत्मा यताउता गरिरहनुभएको थियो ... “आऔँ हामी मानिसलाई हाम्रै स्वरूपमा बनाऔँ ।” (उत्पत्ति १:१-२ यूएलटी)
परमेश्वर हामीसँग पुत्रद्वारा बोल्नुभएको छ ... उहाँद्वारा उहाँले ब्रह्माण्ड पनि बनाउनुयो । उहाँको पुत्र उहाँको महिमाको चमक हुनुहुन्छ, उहाँको सारतत्त्वको खास चरित्र ... पुत्रको बारेमा उहाँले भन्नुहुन्छ, “आदिमा, हे प्रभु, तपाईंले पृथ्वीको जग बसाल्नुभयो; स्वर्गहरू तपाईंको हातका काम हुन् ।” (हिब्रूहरू १:२-३, अनि ८-१० यूएलटी भजनसङ्ग्रह १०२:२५ को उद्धरण)
येशूले भन्नुभयो, “ ... तिनीहरूलाई पिताको, पुत्रको, अनि पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ ।” (मत्ती २८:१९ यूएलटी)
परमेश्वरले उहाँको पुत्र पठाउनुभयो , एक स्त्रीबाट जन्मनुभएको, ... परमेश्वरले उहाँको पुत्रको आत्मा हाम्रा हृदयहरूमा पठाउनुभयो, जसले, “अब्बा, पिता भनेर बोलाउनुहुन्छ ।” (गलातीहरू ४:४-६ यूएलटी)
यसलाई पनि हेर्नुहोस्ः यूहन्ना १४:१६-१७, १ पत्रुस १:२
परमेश्वरको हरेक व्यक्ति पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ र बाइबलमा “परमेश्वर” कहलाइनुहुन्छ ।
तापनि हाम्रो लागि लागि एकमात्र परमेश्वर पिता ... हुनुहुन्छ (१ कोरिन्थीहरू ८:६ यूएलटी)
थोमाले जवाफ दिए र उहाँलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर ।” येशूले तिनलाई भन्नुभयो, “किनभने तिमीले मलाई देखेका छौ, तिमीले विश्वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन्, तापनि विश्वास गरेका छन् ।” (यूहन्ना २०:२८-२९ यूएलटी)
तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झूट बोल्न र जमिनको दामको अंश आफैँसँग राख्न शैतानले तिम्रो हृदय किन भरिदिएको छ ? ... तिमीले मानिसहरूसँग झूट बोलेका छैनौ, तर परमेश्वरसँग झूट बोलेका छौ ।” (प्रेरितहरू ५:३-४ यूएलटी)
हरेक व्यक्ति अरू दुई व्यक्तिहरूबाट भिन्नै पनि हुनुहुन्छ । सबै तीन व्यक्तिहरू एकै समयमा छुट्टाछुट्टै देखा पर्न सक्नुहुन्छ । तल दिइएका पदहरूमा, परमेश्वर आत्मा तल ओर्लनुहुँदा परमेश्वर पुत्रको बप्तिस्मा हुन्छ र परमेश्वर पिताले स्वर्गबाट बोल्नुहुन्छ ।
उहाँको बप्तिस्मा भइसकेपछि, येशू पानीबाट माथि आउनुभयो ... उहाँले परमेश्वरको आत्मालाई तल आउँदै गर्नुभएको देख्नुभयो, र स्वर्गबाट एउटा आवाज [पिताको] यसो भन्दै आयो, “यिनी मेरा प्रिय पुत्र हुन् ... ” (मत्ती ३:१६-१७ यूएलटी)
डोर फोर्टी थ्रीले ती बाइबल अनुवादहरूलाई समर्थन गर्छ जसले परमेश्वरलाई जनाउँदा यी अवधारणाहरूलाई प्रतिनिधित्व गर्छ।
“पिता” र “पुत्र” भनेका परमेश्वरले बाइबलमा आफैँलाई बोलाउनुहुने नाउँहरू हुन्।
बाइबलले देखाउँछ कि परमेश्वरले येशूलाई उहाँको पुत्र भन्नुभयोः
उहाँको बप्तिस्मा भइसकेपछि, येशू तुरुन्तै पानीबाट माथि आउनुभयो, र …स्वर्गबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्। म यिनीसँग धेरै प्रसन्न छु।” (मत्ती ३:१६-१७ यूएलटी)
बाइबलले देखाउँछ कि येशूले परमेश्वरलाई उहाँको पिता भन्नुभयोः
येशूले भन्नुभयो, “म तपाईंको प्रशंसा गर्छु, हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, … पिताले बाहेक कसैले पनि पुत्रलाई जान्दैन, र पुत्रले बाहेक कसैले पनि पितालाई जान्दैन” (मत्ती ११:२५-२७ यूएलटी) (यसलाई पनि हेर्नुहोस्ः यूहन्ना ६:२६-५७)
ख्रीष्टिएनहरूले पाएका छन् कि “पिता” र “पुत्र” भनेका अवधारणाहरू हुन् जसले मुख्य रूपमा त्रिएकको पहिलो र दोस्रो व्यक्तिको एक अर्काको बीचमा भएको अनन्त सम्बन्धलाई वर्णन गर्छन्। बाइबलले वास्तवमा तिनलाई विभिन्न तरिकाहरूमा जनाउँछ, तर कुनै पनि अरू शब्दहरूले यी व्यक्तिहरूको बीचमा भएको अनन्त प्रेम र घनिष्ठतालाई झल्काउँदैन, नता उहाँहरूको बीचमा भएको अन्तरनिर्भर अनन्त सम्बन्धलाई झल्काउँछ।
येशूले परमेश्वरलाई निम्न दिइएका शब्दहरूद्वारा जनाउनुभयोः
तिनीहरूलाई पिताको, पुत्रको, र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। (मत्ती २८:१९ यूएलटी)
पिता र पुत्रको बीचमा भएको घनिष्ठ, प्रेमी सम्बन्ध अनन्त हो, ठीक जसरी उहाँहरू अनन्त हुनुहुन्छ।
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ। (हेर्नुहोस् यूहन्ना ३:३५-२६; ५:१९-२० यूएलटी)
म पितालाई प्रेम गर्छु, म पिताले मलाई अह्राउनुभएको कुरा गर्छु, जस्तो उहाँले मलाई आज्ञा दिनुभएको छ। (यूहन्ना १४:३१ यूएलटी)
पिताले बाहेक पुत्र को हुनुहुन्छ भनेर कसैले पनि जान्दैन, र पुत्रले बाहेक पिता को हुनुहुन्छ भनेर कसैले पनि जान्दैन। (लूका १०:२२ख यूएलटी)
“पिता” र “पुत्र” शब्दहरूले पिता र पुत्र एउटै सारतत्त्वको हुनुहुन्छ भन्ने सन्देश पनि प्रवाह गर्छ; उहाँहरू दुवैजना अनन्त परमेश्वर हुनुहुन्छ।
येशूले भन्नुभयो, “पिता, पुत्रलाई महिमित गर्नुहोस् ताकि पुत्रले तपाईंलाई महिमित गरोस् … मैले तपाईंलाई पृथ्वीमा महिमित पारेको छु, … अब पिता, संसारको सृष्टि हुन अगि तपाईंको सामु मसँग भएको महिमाले मलाई महिमित पार्नुहोस्।” (यूहन्ना १७:१-५ यूएलटी)
तर यी अन्तिम दिनहरूमा, उहाँले [परमेश्वर पिताले] पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराहरूको उत्तराधिकार हुन नियुक्त गर्नुभयो। उहाँद्वारा नै परमेश्वरले ब्रह्माण्डलाई पनि बनाउनुभयो। उहाँ परमेश्वरको महिमाको चमक हुन्छ, उहाँको सारतत्त्वको खास चरित्र। उहाँले सबैथोकलाई उहाँको शक्तिको वचनले एकसाथ सम्हाल्नु पनि हुन्छ। (हिब्रू १:२-३क यूएलटी)
येशूले उहाँलाई भन्नुभयो, “म तिमीसँग यति लामो समय रहेको छु र अझै पनि तिमीले मलाई चिन्दैनौ, फिलिप? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ। तिमीले कसरी भन्न सक्छौ, ‘हामीलाई पिता देखाउनुहोस्’? (यूहन्ना १४:९ यूएलटी)
मानव पिताहरू र पुत्रहरू सिद्ध हुँदैनन, तर पनि बाइबलले पिता र पुत्र, जो सिद्ध हुनुहुन्छ, उहाँहरूको लागि ती शब्दहरूलाई प्रयोग गर्छ।
आज जस्तै, बाइबलका समयहरूमा पनि बाबु-छोराका सम्बन्धहरू येशू र उहाँको पिताको बीचमा भएको सम्बन्ध जस्तै प्रेमी वा सिद्ध कहिल्यै पनि थिएन। तर यसको अर्थ यो होइन कि अनुवादकले पिता र पुत्रका यी अवधारणाहरूलाई नकार्नुपर्छ। धर्मशास्त्रले यी शब्दहरूलाई परमेश्वर, सिद्ध पिता र पुत्र, साथै पापपूर्ण मानव बाबुहरू र छोराहरूलाई जनाउनका लागि प्रयोग गर्छ। परमेश्वरलाई पिता र पुत्रको रूपमा जनाउँदा, तपाईंको भाषामा भएका ती शब्दहरूलाई चयन गर्नुहोस् जुन मानव “पिता” र “पुत्र”लाई जनाउन व्यापक रूपमा प्रयोग गरिन्छ। यसरी तपाईंले सन्देश दिनुहुनेछ कि परमेश्वर पिता र परमेश्वर पुत्र मूलभूत रूपमा एउटै हुनुहुन्छ (उहाँहरू दुवैजना परमेश्वर हुनुहुन्छ), ठीक जसरी मानव बाबु र छोरा मूलभूत रूपमा एउटै हुन्छन्, दुवै मानव हुन् र एउटै गुणहरू बोकेका हुन्छन्।
(१) “पुत्र” र “पिता” शब्दहरूलाई अनुवाद गर्नका लागि तपाईंको भाषामा भएका सबै सम्भाव्यताहरूको बारेमा विचार गर्नुहोस्। ईश्वरीय “पुत्र” र “पिता”लाई तपाईंको भाषामा कुन शब्दहरूले सबैभन्दा उत्तम तवरमा प्रतिनिधित्व गर्छ भनेर निधो गर्नुहोस्।
(२) यदि तपाईंको भाषामा “पुत्र”को लागि एउटाभन्दा बढी शब्दहरू छन् भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् जसको “एकमात्र पुत्र” (वा यदि आवश्यक हुन्छ भने “पहिलो पुत्र”) भन्ने कुरासँग सबैभन्दा नजिकको अर्थ हुन्छ।
(३) यदि तपाईंको भाषामा “पिता”को लागि एउटाभन्दा बढी शब्दहरू छन् भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् जसको “धर्मपुत्रको रूपमा ग्रहण गर्ने पिता”भन्दा पनि “जन्म दिने पिता” भन्ने कुरासँग सबैभन्दा नजिकको अर्थ हुन्छ।
(“पिता” र “पुत्र”लाई अनुवाद गर्नमा सहायता गर्नका लागि अनुवादका शब्दहरू मा भएका परमेश्वर पिता र परमेश्वर पुत्रका सम्बन्धमा भएका पृष्ठहरूलाई हेर्नुहोस्।)
आधिकारिक बाइबल अनुवाद भनेको त्यो हो जुन बाइबलीय सामग्रीको अर्थका लागि सर्वोच्च अधिकारको रूपमा मूल भाषाहरूमा भएका बाइबलीय खण्डहरूमा आधारित छ । जब पनि बाइबलका दुई वा सोभन्दा बढी अनुवादहरू बाइबलको कुनै खण्डको अर्थलाई लिएर एक आपसमा बाझिन्छन्, तब मूल भाषाहरू नै हो जससँग अर्थ पहिल्याउनका लागि आखिरी अधिकार हुन्छ । कहिलेकाहीँ मानिसहरू तिनीहरूलाई पढ्ने बानी भएको बाइबलका अनुवादहरूलाई धेरै अनुसरण गर्ने हुन्छन्, र तिनीहरूले अरू मानिसहरूसँग विवाद गर्न सक्छन् जो भिन्दै बाइबलको अनुवादलाई अनुसरण गर्छन् । तर तीमध्ये कुनै पनि बाइबल अनुवादहरू सर्वोच्च अधिकार होइनन्, किनभने तिनीहरू केवल मूल कुराको अनुवादहरू मात्र हुन् । मूल भाषाहरूसँगको तुलनामा सबै अनुवादहरू अधिकारमा द्वितीय हुन् । त्यसैकारण बाइबललाई कसरी अनुवाद गर्ने भनेर निर्णय गर्दा हामीले सधैँ मूल बाइबलीय भाषाहरूलाई हेर्नुपर्छ ।
किनकि अनुवाद गर्ने सबै टोलीमा त्यस्तो सदस्य हुँदैन जसले बाइबलको मूल भाषाहरूलाई पढ्न सक्छ, बाइबललाई अनुवाद गर्दा बाइबलीय भाषाहरूलाई हेर्न सधैँ सम्भव हुँदैन । बरु, अनुवादको टोलीले ती अनुवादहरूमा भर पर्नुपर्ने हुन्छ जुन तिनीहरूले पढ्न सक्छन्, र जुन चाहिँ बाइबलीय भाषाहरूमा नै आधारित गरिएका छन् । यूएलटी लगायत गरेर, गेटवे भाषाहरूमा भएका धेरैजसो अनुवादहरू बाइबलीय भाषाहरूबाट अनुवाद गरिएका थिए, तर केही चाहिँ अनुवादहरूका अनुवादहरू हुन् । अनुवादलाई मूल कुराबाट दुई वा तीन कदम पर हटाइँदा त्रुटिहरू आउन सजिलो हुन्छ ।
यो समस्या हुन नदिनलाई सहायता गर्नका लागि अनुवादको टोलीले तीनवटा कुराहरू गर्न सक्छः
१. अनुवादको टोलीले अनुवादका टिप्पणीहरू, अनुवादका शब्दहरू, र तिनीहरूलाई उचित तरिकाले अनुवाद गर्नलाई सहायता गर्ने तिनीहरूसँग भएका अन्य कुनै पनि अनुवादका सहयोगी कुराहरूको प्रयोग गर्नैपर्छ । यी अनुवादका सहयोगी कुराहरू बाइबलका विद्वानहरूद्वारा लेखिएका थिए जसले मूल बाइबलीय भाषाहरू जान्दछन् । २. तिनीहरूले तिनीहरूका अनुवादहरूले अरूहरूले झैँ एउटै सन्देश प्रवाह गरिरहेको छ भनेर पक्का गर्नका लागि तिनलाई तिनीहरूले सकेको जति थुप्रै अरू भरपर्दा अनुवादहरूसँग तुलना गर्नुपर्छ । ३. अनुवाद ठ्याक्कै मिलेको छ वा छैन भनेर पक्का गर्नका लागि बाइबलीय भाषाहरूको अध्ययन गरेको कोही व्यक्तिले त्यसलाई हेर्नुपर्छ । यो व्यक्ति मण्डली अगुवा, पास्टर, अध्यापन गराउने प्राध्यापक, वा व्यवासायिक रूपमा बाइबलको अनुवाद गर्ने मानिस हुन सक्छ ।
कहिलेकाहीँ बाइबलका अनुवादहरू एक आपसमा मेल खाँदैनन् किनभने बाइबलमा भएका केही खण्डहरू मूल बाइबलीय भाषाहरूमा नै अस्पष्ट हुन्छन् वा अनेकार्थी हुन्छन् । त्यस्तो खण्डमा, अनुवादको टोलीले बाइबलका विद्वानहरूले अनुवादका टिप्पणीहरू, अनुवादका शब्दहरू, यूएसटी, र अन्य अनुवादका सहयोगी सामग्रीहरूमा भनेका कुराहरूमा आधारित भएर आपसमा चुनाउ गर्नुपर्छ ।
(“धर्मशास्त्रको अनुवाद - संस्कृति” भन्ने दृश्य सामग्रीलाई http://ufw.io/trans_culture मा हेर्नुहोस् ।)
एउटा ऐतिहासिक परिभाषाको अनुवादले ऐतिहासिक घटनाहरू र तथ्यहरूलाई ठ्याक्कै मिलाएर सञ्चार गर्छ । मूल सामग्रीका मूल प्रापकहरूको जस्तो एउटै परिवेश र संस्कृति नभएका मानिसहरूकहाँ ठ्याक्कै मिल्ने गरेर भन्न खोजिएको सन्देशलाई सञ्चार गर्नका लागि आवश्यक भएअनुसार थप जानकारी प्रदान गर्छ ।
ऐतिहासिक कुराँग मेल खुवाएर सञ्चार गर्नका लागि, तपाईंले दुईवटा कुराहरू सम्झन आवश्यक हुन्छः
१. बाइबल एक ऐतिहासिक दस्तावेज हो । बाइबलमा भएका घटनाहरू इतिहासमा विभिन्न समयहरूमा त्यसरी नै घटे जसरी बाइबलले वर्णन गर्छ । त्यसैकारण, जब तपाईंले बाइबललाई अनुवाद गर्नुहुन्छ, यी घटनाहरू घटे भनेर तपाईंले सञ्चार गर्नुपर्छ, र भएका कुराहरूको कुनै पनि विस्तृत विवरणलाई परिवर्तन नगर्नुहोस् । १. बाइबलका पुस्तकहरू इतिहासमा खास समयहरूमा कुनै खास संस्कृतिका मानिसहरूलाई लेखिएका थिए । यसको अर्थ हो कि बाइबलमा भएका केही कुराहरू जुन मूल श्रोताहरू वा पाठकहरूलाई निकै प्रस्ट थिए सो कुराहरू तिनीहरूलाई प्रस्ट हुनेछैन जसले फरक समयहरूमा र फरक संस्कृतिहरूमा बाइबललाई पढ्छन् । यो किनभने लेखक र पाठकहरू दुवै लेखकले लेखेका थुप्रै अभ्यासहरूका बारेमा निकै परिचित थिए, र त्यसैले लेखकले ती व्याख्या गर्न जरुरी थिएन । हामी, अरू समयहरू र संस्कृतिहरूबाट आएकाहरू, यी कुराहरूसँग परिचित छैनौँ, र त्यसैले गर्दा कसैले ती हामीलाई व्याख्या गरिदिन हामीलाई आवश्यकता हुन्छ । यस किसिमको जानकारीलाई “अन्तर्निहित (वा अर्थ लगाइएको) जानकारी” भनिन्छ । (हेर्नुहोस् अनुमानित ज्ञान र अन्तर्निहित जानकारी)
अनुवादकरूको रूपमा, हामीले ऐतिहासिक विवरणहरूलाई ठ्याक्कै मिलाएर अनुवाद गर्नुपर्छ, तर केही व्याख्या पनि प्रदान गर्नुपर्छ जब हामीलाई लाग्छ कि हाम्रा पाठकहरूलाई त्यसको आवश्यकता हुन्छ ताकि तिनीहरूले अनुवाद केको बारेमा हो भनेर बुझ्न सकून् ।
पाठ्यखण्डमा केही व्याख्या समावेश गर्न सकिन्छ, जबसम्म त्यो संक्षिप्तमा छ र खण्डको मूल कुराबाट पाठकलाई अलमल्याउँदैन ।
हामी यूएलटी र यूएसटीबाट १ कोरिन्थीहरू १०:१ लाई तुलना गरौँ ।
“म तिमीहरूले जानेको चाहन्छु, भाइहरू र बहिनीहरू कि हाम्रा पूर्खाहरू सबै बादलमुनि थिए सबै समुद्रबाट भएर गए ।” (यूएलटी)
“म तिमीहरूले सम्झेको चाहन्छु, भाइहरू र बहिनीहरू, कि प्रस्थानको समयमा लामो समयअगाडि, हाम्रा यहूदी पूर्खाहरूले परमेश्वरलाई पछ्याइरहेका थिए, जसले तिनीहरूलाई दिनको समयमा बादलको रूपमा डोहोर्याउनुभयो, जसै तिनीहरू सुक्खा जमिनमा लाल समुद्रबाट भएर गए ।” (यूएसटी)
याद गर्नुहोस् कि यूएसटीले थुप्रै कुराहरूलाई स्पष्ट बनाउँछः ‘पूर्खाहरू सबै बादलमुनि थिए’ भन्ने कुराले त्यो समयको बारेमा बताउँछ जब परमेश्वरले यहूदी पूर्वजहरूलाई बादलको रूपमा डोहोर्याउनुभयो । ‘हाम्रा पूर्खाहरू समुद्रबाट भएर गए’ भन्ने भनाइ पनि ‘प्रस्थानको समयमा लाल समुद्रबाट भएर गएको’ बारेमा हो । यूएसटीको अनुवादकले ऐतिहासिक घटनाहरूलाई स्पष्टसँग वर्णन गर्ने निर्णय गरे । यो ऐतिहासिक घटनाहरूलाई अनुवाद गर्ने एउटा तरिका हो जुन पुरानो करारको इतिहासको कम ज्ञान भएकाहरूका लागि बढी अर्थपूर्ण छ ।
मूल लेखकद्वारा भन्न खोजिएको आवश्यक अन्तर्निहित जानकारीलाई समावेश गर्नुहोस् वा त्यसलाई जनाउनुहोस् जुन लेखिएको कुरा बुझ्नका लागि तपाईंको समुदायलाई आवश्यक हुनेछ ।
सन्देशको ऐतिहासिक मेललाई बनाइराख्नुहोस् । बाइबलका समयहरूमा नभएका थोकहरू र घटनाहरूलाई उल्लेख गर्ने काम नगर्नुहोस् । तपाईंको अनुवादलाई त्यो आजको दिनको घटना जस्तै सुनिने नबनाउनुहोस् ।
याद गर्नुहोस्ः
एउटा समान अनुवादले स्रोत भाषाबाटको भावनाहरू व्यक्त गर्ने कुनै पनि अर्थलाई लक्षित भाषामा समान रूपमा सञ्चार गर्छ । विशेषगरी स्रोत भाषामा भएका ती ढाँचाहरूलाई हेर्नुहोस् जसले कुनै किसिमका संवेगहरूलाई सञ्चार गर्छ अनि लक्षित भाषामा भएका ती ढाँचाहरूलाई छान्नुहोस् जसले त्यही किसिमका संवेगहरूलाई सञ्चार गर्छ । यस्ता ढाँचाहरूका केही उदाहरणहरू यहाँ दिइएका छन् ।
भाषा - वाक्पद्धति भनेको शब्दहरूको एउटा समूह हो जसको अर्थ कोही व्यक्तिले ती प्रत्येक शब्दलाई छुट्टाछुट्टै बुझ्नेभन्दा फरक हुन्छ । वाक्पद्धतिहरू, उखानहरू, र भाषाका अलङ्कारहरूको अर्थ पहिल्याउनुहोस् र तिनलाई तपाईंको भाषामा भएका अभिव्यक्तिहरूले अनुवाद गर्नुहोस् जसका उही अर्थ हुन्छन् ।
विवरण - सामान्यतया वाक्पद्धतिहरूलाई अर्को भाषामा अक्षरशः अनुवाद गर्न सकिँदैन । वाक्पद्धतिको अर्थलाई अर्को भाषामा स्वभाविक हुने किसिमले व्यक्त गरिनुपर्छ ।
यहाँ प्रेरितहरू १८:६ को तीनवटा अनुवादहरू दिइएका छन्, र सबैको अर्थ एउटै लाग्छः
यी सबै गल्तीका आरोपहरू हुन् । केहीले “रगत” वा “हराएका” जस्ता शब्दहरू भएका वाक्पद्धतिहरू प्रयोग गरिरहेका छन् भने तेस्रोले चाहिँ “दण्ड दिनुहुन्छ” भन्ने शब्दहरू प्रयोग गरेर बढी सीधा तवरमा बोलेको छ । तपाईंको अनुवाद समान हुनका लागि, त्यसले पनि आरोपलाई एउटा भावनात्मक रूपमा व्यक्त गर्नुपर्छ, र कुनै वाक्पद्धतिको प्रयोग गर्न सक्छ, जबसम्म आरोपको ढाँचा र वाक्पद्धति दुवै लक्षित भाषा र संस्कृतिमा सुहाउँदो हुन्छ ।
भाषा - भाषाको अलङ्कार भनेको ध्यान खिँच्नलाई वा भनिएको कुराको बारेमा कुनै संवेगलाई व्यक्त गर्नका लागि केही कुरा भन्ने एउटा विशेष तरिका हो ।
विवरण - भाषाको अलङ्कारको समग्रमा भएको अर्थ चाहिँ छुट्टाछुट्टै शब्दहरूको सामान्य अर्थभन्दा फरक हुन्छ ।
यहाँ केही उदाहरणहरू दिइएका छन्ः
प्रत्येक भाषाले विभिन्न भाषाका अलङ्कारहरूको प्रयोग गर्छ । यो पक्का गर्नुहोस् कि तपाईंले निम्न उल्लिखित कुराहरू गर्न सक्नुहुन्छः
सम्पूर्ण भाषाको अलङ्कारको खास अर्थ नै हो जुन तपाईंको भाषामा अनुवाद गरिनुपर्छ, छुट्टाछुट्टै शब्दहरूको अर्थ होइन । एकपटक तपाईंले खास अर्थ बुझिसक्नुभएपछि, तपाईंले लक्षित भाषामा भएको कुनै अभिव्यक्तिलाई छान्न सक्नुहुन्छ जसले उही अर्थ र संवेगलाई सञ्चार गर्छ ।
(थप जानकारीको लागि, हेर्नुहोस् भाषाका अलङ्कारहरू को जानकारी ।)
भाषा - आलङ्कारिक प्रश्नहरू भनेको वक्ताले पाठककको ध्यान खिँच्ने अर्को तरिका हो ।
विवरण - आलङ्कारिक प्रश्नहरू एक प्रकारको प्रश्न हो जसले कुनै उत्तरको अपेक्षा गर्दैन वा जानकारी माग्दैन । तिनीहरूले सामान्यतया कुनै किसिमको संवेगलाई व्यक्त गर्छन् र तिनलाई कुनै हप्की, चेतावनी, आश्चर्य व्यक्त गर्न, वा अन्य कुनै कुराको रूपमा प्रयोग गर्न सकिन्छ ।
उदाहरणको लागि, हेर्नुहोस्, मत्ती ३:७: “तिमीहरू विषालु सर्पका सन्तानहरू हो, कसले तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्नलाई चेतावनी दियो ?”
यहाँ कुनै उत्तरको अपेक्षा गरिएको छैन । वक्ताले जानकारीको लागि माग गरिरहेका छैनन्; उनले आफूलाई सुन्नेहरूलाई हप्काइरहेका छन् । यी मानिसहरूलाई परमेश्वरको क्रोधको बारेमा चेतावनी दिएर कुनै फाइदा छैन, किनभने तिनीहरूले उम्कने एउटै बाटोलाई इन्कार गर्छन्ः तिनीहरूका पापहरूको पश्चात्ताप गर्नु ।
यदि तपाईंको भाषाले आलङ्कारिक प्रश्नहरूलाई यस किसिमले प्रयोग गर्दैन भने, तपाईंले यस आलङ्कारिक प्रश्नलाई कथनको रूपमा पुनः व्यक्त गर्नुपर्ने हुन सक्छ । तर याद गर्नुहोस्, उही उद्देश्य र अर्थलाई कायम गर्ने, मूल आलङ्कारिक प्रश्नमा भएकै भावानालाई प्रवाह गर्ने बारेमा पक्का हुनुहोस् । यदि तपाईंको भाषाले आलङ्कारिक प्रश्नको उद्देश्य, अर्थ, र भावनालाई कुनै फरक किसिमको भाषाको अलङ्कारद्वारा प्रवाह गर्छ भने, तब त्यस भाषाको अलङ्कारलाई प्रयोग गर्नुहोस् ।
(हेर्नुहोस् आलङ्कारिक प्रश्नहरू)
भाषा - भाषाहरूले भावनालाई प्रवाह गर्नका लागि विस्मयादिबोधक भनाइहरूको प्रयोग गर्छन् । कहिलेकाहीँ विस्मय जनाउने शब्द वा शब्दहरूको संवेगलाई व्यक्त गर्नुभन्दा बाहेक कुनै अर्थ हुँदैन, जस्तै अङ्ग्रेजीमा भएका “एल्यास” वा “वाउ” जस्ता शब्दहरू ।
उदाहरणको लागि, हेर्नुहोस्, १ शमूएल ४:८: हामीलाई धिक्का होस् ! यी शक्तिशाली देवताहरूको सामर्थ्यबाट हामीलाई कसले रक्षा गर्नेछ ? (यूएलटी)
यहाँ धिक्कार” शब्दको रूपमा अनुवाद गरिएको हिब्रू शब्दले केही नराम्रो कुरा हुने बारेमा भएको कडा भावनालाई व्यक्त गर्छ । यदि सम्भव हुन्छ भने, तपाईंको भाषामा भएको कुनै विस्मयादिबोधक भनाइलाई पत्ता लगाउने कोसिस गर्नुहोस् जसले यही भावनालाई प्रवाह गर्छ ।
भाषा - कविताको एउटा उद्देश्य भनेको केही कुराको बारेमा भएको भावनालाई व्यक्त गर्नु हो ।
विवरण - कविताले यो कुरा थुप्रै विभिन्न तरिकाहरूद्वारा गर्छ जुन विभिन्न भाषाहरूमा फरक-फरक हुन सक्छ । यी तरिकाहरूमा अहिलेसम्म कुरा गरिएका सबै कुराहरूलाई समावेश गर्न सक्छन्, जस्तै कि भाषाका अलङ्कारहरू र विस्मयादिबोधक भनाइहरू । भावनालाई प्रवाह गर्नका लागि, कविताले व्याकरणलाई सामान्य बोलीभन्दा फरक ढङ्गले पनि प्रयोग गर्न सक्छ, वा शब्दको खेल वा शब्दहरूलाई उस्तै सुनिने शब्दहरू वा कुनै लयमा प्रयोग गर्न सक्छ ।
उदाहरणको लागि, हेर्नुहोस्, भजनसङ्ग्रह ३६:५: तपाईंको करारको विश्वसनीयता, हे यहवे, स्वर्गसम्मै [पुग्छ]; तपाईंको सत्यनिष्ठापन बादलहरूसम्मै [पुग्छ] । (यूएलटी)
कविताको यस पदले एउटै अवधारणालाई दुई पङ्क्तिहरूमा दोहोर्याउँछ, जुन चाहिँ कविता लेख्ने असल हिब्रू शैली हो । साथै, मूल हिब्रू भाषामा कुनै पनि क्रियापदहरू छैनन्, जुन सामान्य बोलीले प्रयोग गर्नेभन्दा फरक व्याकरणको प्रयोग हो । तपाईंको भाषामा हुने कवितामा फरक कुराहरू हुन सक्छन् जसले त्यसलाई कविताको रूपमा अङ्कित गर्छ । जब तपाईंले कवितालाई अनुवाद गरिरहनुभएको हुन्छ, तपाईंको भाषाका ती ढाँचाहरूलाई प्रयोग गर्ने कोसिस गर्नुहोस् जसले तो कविता हो भनेर पाठकलाई सन्देश दिन्छ, र स्रोत भाषामा भएको कविताले प्रवाह गर्न खोजिरहेको भावनाहरूलाई नै प्रवाह गर्छ ।
याद गर्नुहोस्ःमूल पाठ्यांशका संवेगहरू र आचरणहरूलाई प्रवाह गर्नुहोस् । तिनलाई ती ढाँचाहरूमा अनुवाद गर्नुहोस् जसले तपाईंको भाषामा उस्तै प्रकारले प्रवाह गर्छ । त्यो अर्थ कसरी लक्षित भाषामा ठ्याक्कै मिलाएर, स्पष्टसँग, समान रूपमा, र स्वभाविक ढङ्गमा व्यक्त गर्न सकिन्छ भन्ने बारेमा विचार गर्नुहोस् ।
बाइबलका अनुवादहरू जुन समन्वयमा गरिएका छन्, ती चाहिँ एउटै भाषा बोल्ने वक्ताहरूको समूहद्वारा अनुवाद गरिएका हुन् । तपाईंको अनुवाद सबैभन्दा उच्च गुणस्तरको छ भनेर पक्का गर्नका निमित्त, तपाईंको भाषा बोल्ने अन्य विश्वासीहरूसँग अनुवाद गर्न, जाँच गर्न, र अनुवाद भएको सामग्रीलाई वितरण गर्नलाई एकसाथ काम गर्नुहोस् ।
अनुवादको गुणस्तरको सुधार गर्नलाई सहायता गर्न अरूहरूलाई लगाउनका लागि यहाँ केही तरिकाहरू दिइएका छन् ।
तपाईंले अनुवादलाई अझ वृहत पाठकहरूको माझमा वितरण गर्नुभन्दा अगाडि आफ्नो अनुवादमा परिवर्तनहरू गर्नुहोस् ।
याद गर्नुहोस्, यदि सम्भव भएमा, तपाईंको भाषा बोल्ने अन्य विश्वासीहरूसँग अनुवाद गर्न, जाँच गर्न, र अनुवाद भएको सामग्रीलाई वितरण गर्न एकसाथ काम गर्नुहोस्, यो पक्का गर्दै कि त्यो सबैभन्दा उच्च गुणस्तरको छ र सकेसम्म धेरैभन्दा धेरै मानिसहरूले त्यसलाई बुझ्न सक्छन् ।
(तपाईंले http://ufw.io/guidelines_collab मा भएको दृश्य सामग्री पनि हेर्न इच्छा गर्न सक्नुहुन्छ ।)
बाइबल अनुवादहरू निरन्तर अगाडि बढिरहने हुनुपर्छ । अरूहरूले सन्देशको अर्थलाई बुझ्छन् वा बुझ्दैनन् भनेर हेर्नका लागि अनुवादलाई अरूहरूको सामु बाँड्नुहोस् । तिनीहरूको प्रतिक्रिया लिएर तपाईंको अनुवादलाई सुधार्नुहोस् । बुझाइ बढाउनलाई र अझ धेरै ठ्याक्कै मिलेको बनाउनलाई कुनै अनुवादलाई फेरि जाँच्नु भनेको सधैँ एक असल उपाय हो । जब पनि कसैसँग अनुवादलाई अझ असल बनाउनका लागि कुनै असल उपाय हुन्छ, त्यो परिवर्तनलाई समावेश गर्नका लागि तपाईंले अनुवादलाई सम्पादन गर्नुपर्छ । जब तपाईंले ट्रान्सलेसन स्टुडियो वा अन्य विद्युतीय पाठ सम्पादकहरूको प्रयोग गर्नुहुन्छ, तपाईंले पुनः जाँच गर्ने र सुधार्ने यस प्रक्रियालाई निरन्तर अगाडि बढाइरहन सक्नुहुन्छ ।
याद गर्नुहोस्, अनुवादलाई अझ असल बनाउनका लागि मानिसहरूलाई त्यसलाई पुनः जाँच गर्न र तपाईंलाई तिनीहरूका विचारहरू दिनलाई उत्साह दिनुहोस् । यी विचारहरूको बारेमा अरू मानिसहरूसँग कुरा गर्नुहोस् । जब थुप्रै मानिसहरू यी असल विचारहरू हुन् भनेर सहमत हुन्छन्, तब अनुवादमा यी परिवर्तनहरू बनाउनुहोस् । यसरी, अनुवाद अझ राम्रो अनि अझ राम्रो हुँदै जानेछ ।
(तपाईंले http://ufw.io/guidelines_ongoing मा भएको दृश्य सामग्रीलाई हेर्न पनि इच्छा गर्न सक्नुहुन्छ ।)
अनुवादमा दुईवटा कुराहरू गर्नुपर्ने हुन्छः
१. स्रोत भाषामा भएको खण्डलाई थाहा गर्ने (हेर्नुहोस्ः खण्डको अर्थलाई थाहा गर्ने) २. त्यो अर्थलाई लक्षित भाषाको अनुवादमा पुनः बताउने (हेर्नुहोस्ः अर्थलाई पुनः बताउने)
अनुवादका लागि भएका निर्देशनहरूले कहिलेकाहीँ यी दुई कुराहरूलाई स-साना कदमहरूमा भाग गर्छ । तल दिइएको दृश्यचित्रले यी दुई कुराहरू अनुवादको प्रक्रियामा कसरी मिल्छन् भनेर देखाउँछ ।
पाठको अर्थ पत्ता लगाउने अर्थात् पाठले भन्न खोजेको कुरा बुझ्ने धेरै तरिकाहरू छन् । केही सुझावहरू तल दिइएका छन्ः
१. अनुवाद गर्नु अगाडि सम्पूर्ण खण्डलाई पढ्नुहोस् । अनुवाद गर्नु अगाडि सम्पूर्ण खण्डको मुख्य विषयलाई बुझ्नुहोस् । यदि यो येशूका आश्चर्यकर्मजस्तो कुनै एक कथनात्मक खण्ड हो भने वास्तविक अवस्थाको मानसिक चित्र तयार गर्नुहोस् । आफूलाई त्यहीँ भएको कल्पना गर्नुहोस् । मानिसहरूले कस्तो महसुस गरे भन्ने कल्पना गर्नुहोस् । २. बाइबलको अनुवाद गर्दा स्रोत पाठको रूपमा कम्तिमा पनि दुई संस्करणका बाइबलको प्रयोग गर्नुहोस् । दुई संस्करणलाई तुलना गर्ने कार्यले अर्थ बुझ्न मदत मिल्छ, त्यसपछि कुनै एउटा संस्करणका शब्दहरूलाई शाब्दिक रूपमा पच्छ्याए पुग्छ । दुई संस्करणहरू निम्नानुसार हुनुपर्छः
३. तपाईंलाई थाहा नभएका शब्दहरूको बारेमा जान्नको निम्ति शब्दहरूको अनुवाद स्रोतको प्रयोग गर्नुहोस् । कहिलेकाहीँ शब्दहरूका एकभन्दा बढी अर्थ हुनसक्छन् । त्यसैले तपाईंले खण्डमा प्रयोग भएका शब्दहरूको अर्थ बुझ्नुपर्छ । ४. युएलटी बाइबलसँग भएका अनुवाद टिप्पणीहरूको पनि प्रयोग गर्नुहोस् । यी टिप्पणीहरू अनुवाद स्टुडियो र डोर४३ वेभसाइटमा पाइन्छन् । यिनले खण्डमा स्पष्ट नभएका कुराहरूको वर्णन गर्छन् । सम्भव हुन्छ भने बाइबलका अन्य संस्करणहरू, बाइबल शब्दकोश, बाइबल टिप्पणीजस्ता अन्य सन्दर्भ पुस्तकहरूको प्रयोग गर्नुहोस् ।
क्रमैसँगको कदमहरूलाई यहाँ दिइएको छ । यी कदमहरूको उद्देश्य भनेको अनुवादकलाई त्यस्तो एउटा अनुवाद बनाउनलाई मदत गर्ने हो जुन स्वभाविक, बुझ्न सकिने, र ठ्याक्कै मिलेको हुन्छ । अनुवाककको सबैभन्दा बढी हुने गल्ती भनेको मिलेको खण्ड निर्माण गर्नका लागि लक्षित भाषामा भएका स्वभाविक प्रारूपहरूलाई प्रयोग गर्नलाई चुक्नु हो । यी कदमहरूलाई पछ्याएर, अनुवादकले अझ बढी स्वभाविक र अझ बढी बुझ्न सकिने अनुवाद निर्माण गर्नेछ ।
१. स्रोत भाषामा छानिएको खण्डलाई पूरै पढ्नुहोस् । खण्ड चाहिँ एउटा हरफ वा कथामा भएको कुनै एउटा कुरा, वा जम्मै खण्ड पनि हुन सक्छ (केही बाइबलहरूमा, एउटा शीर्षकदेखि अर्को शीर्षकसम्म भएका सबैकुरा) । कुनै अप्ठेरो पाठ्यखण्डमा, खण्ड चाहिँ केवल एउटा वा दुईवटा पदहरू मात्र पनि हुन सक्छ । २. स्रोत भाषामा भएको खण्डलाई नहेरिकन, त्यसलाई लक्षित भाषामा मौखिक रूपमा भन्नुहोस् । तपाईंले केही भाहगहरूलाई बिर्सन सक्ने भएतापनि, तपाईंले सम्झनुहुने कुरालाई अन्त्यसम्मै भनिरहनुहोस् । ३. फेरि, स्रोत भाषाको खण्डलाई हेर्नुहोस् । अब फेरि लक्षित भाषामा सबैकुरा भन्नुहोस् । ४. स्रोत भाषाको खण्डलाई फेरि पनि हेर्दै, तपाईंले बिर्सनुभएको कुरामा मात्रै ध्यान लगाउनुहोस्, अनि त्यसपछि त्यो सबैलाई स्मरणबाट नै लक्षित भाषामा पुनः भन्नुहोस् । ५. पूरा खण्डलाई याद गरिसकेपछि, तपाईंले स्मरणबाट पुनः भनेका कुरालाई नै ठ्याक्कै लेख्नुहोस् । ६. एकपटक लेखिसकेपछि, तपाईंले कुनै कुरालाई छुटाउनुभएको छ कि भनेर थाहा गर्नका लागि स्रोत भाषालाई हेर्नुहोस् । त्यस्तो कुनै पनि कुरालाई सबैभन्दा बढी स्वभाविक स्थानमा राख्नुहोस् । ७. यदि तपाईंले स्रोत खण्डमा भएको कुनै कुरालाई बुझ्नु हुँदैन भने, अनुवादमा ‘[नबुझिएको]’ भनेर लेख्नुहोस् र बाँकीको खण्ड लेख्नमा निरन्तरता दिनुहोस् । ८. अब, तपाईंले के लेख्नुभयो भनेर पढ्नुहोस् । त्यसलाई तपाईंले बुझ्नुहुन्छ वा हुँदैन भनेर जाँच गर्नुहोस् । सुधार हुनुपर्ने भागलाई मिलाउनुहोस् । ९. अर्को खण्डमा जानुहोस् । त्यसलाई स्रोत भाषामा पढ्नुहोस् । कदम २ दखि कदम ८ लाई कडाइका साथ पछ्याउनुहोस् ।
अनुमतिद्वारा प्रयोग गरिएको, © २०१३, एसआइएल इन्टरनेशनल, हाम्रो आफ्नो जातीय संस्कृतिलाई बाँड्दै, पृ. ५९ ।
"संचरना" र "अर्थ" कुनै पाठको अनुवादमा प्रयोग गरिने मुख्य शब्दहरू हुन् । बाइबलको अनुवादमा यी शब्दहरूको प्रयोग विशेष किसिमले गरिन्छ । यिनीहरूको परिभाषा तल दिइएको छः
सामान्य जीवनबाट एउटा उदाहरण लिऔँ । मानौँ तपाईंको एकजना मित्रले तल दिइएको नोट तपाईंलाई पठाउँछन्ः
तपाईंको मित्रले किन यो नोट पठाएका हुन्? के उनको हप्ता कसरी बित्यो भनेर बताउनलाई मात्र हो? सायद होइन । उनले भन्न खोजेको कुरा यही हो किः
प्रेषकले तपाईंसँग संचार गर्न खोजेको प्राथमिक अर्थ यही हो । यो प्रतिवेदन नभइकन एउट अनुरोध हो । केही संस्कृतिमा मित्रसँग सिधै पैसा माग्नु अशिष्ट कुरा हो । यसैले उनले आफ्नो आवश्यकतालाई बुझाउन नोटको संचरनालाई परिवर्तन गरेका छन् । उनले आफ्नो संस्कृतिमा सही लाग्ने किसिमले सहायता मागेका छन् तर तपाईँले जसरी पनि जवाफ दिनुपर्छ भनेर कर लगाएका छैनन्। उनले उनीसँग किन पैसा छैन भनेर वर्णन गरेका छन् (उनकी आमा बिरामी भएर), उनको आवश्यकता अस्थायी मात्र हो (तलब नआउञ्जेलसम्म) र उनको अवस्था नाजुक छ (खाना छैन) । अरू संस्कृतिमा यही अर्थलाई संचार गर्नको निम्ति सिधा अनुरोध गर्ने गरिन्छ ।
यस उदाहरणमा, नोटको सम्पूर्ण पाठ नै संरचना हो । अर्थचाहिँ "मलाई पैसा देऊ!" हो ।
हामी पनि यी शब्दहरूलाई यसरी नै प्रयोग गर्छौँ । संरचनाले हामीले अनुवाद गरिरहेको पदमा भएका सबै पाठलाई जनाउँछ । अर्थले त्यस पाठले संचार गर्न खोजेको विचारलाई जनाउँछ । कुनै एउटा अर्थलाई संस्कृति र भाषा अनुसार फरक-फरक तरिकाले सञ्चार गरिन्छ ।
पाठको अर्थ सबैभन्दा महत्त्वपूर्ण तत्व हो । तथापि पाठको संरचना पनि धेरै महत्त्वपूर्ण हुन्छ । यो अर्थको "भण्डार" भन्दा पनि बढी हो । यसैले संचरना मात्रैको पनि अर्थ हुन्छ ।
उदाहरणको निम्ति, भजनसंग्रह ९:१-२ को दुई अनुवादका फरकहरू हेरौँः
नयाँ जीवन संस्करणबाटः
मेरो पूरा हृदयले म परमप्रभुको प्रशंसा गर्ने छु । तपाईंले गर्नुभएका सबै आश्चर्यकर्महरूको वर्णन म गर्ने छु । म तपाईंको कारण रमाउने छु र उल्लसित हुने छु । हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँको म स्तुति गाउने छु ।
न्यु रिभाइज्ड स्टान्डर्ड भर्जनबाट
मेरो पूरा हृदयले म परमप्रभुको प्रशंसा गर्ने छु,
तपाईंले सबै आश्चर्यकर्महरूको वर्णन म गर्ने छु ।
म तपाईंमा रमाउने छु र उल्लसित हुने छु,
हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँको म स्तुति गाउने छु ।
पहिलो संस्करणको संचरना कथाको जस्तो छ, भजनका हरेक पङ्क्तिहरूलाई फरक-फरक वाक्यमा लेखिएको छ ।
दोस्रो संस्करणमा पाठलाई लक्षित संस्कृतिमा कवितालाई जसरी मिलाएर राखिन्छ त्यसैगरी राखिएको छ । कविताका हरेक पङ्क्ति पृष्ठको फरक पङ्क्तिहरूमा लेखएको छ । दोस्रो हरफमा अगाडि खाली ठाउँ छोडिएको छ । यसैगरी पहिला दुई हरफहरूलाई अल्पविरामले जोडिएको छ भने दोस्रो हरफको अगाडि अलिकति खाली ठाउँ छोडिएको छ । यसले ती दुई हरफहरू एकअर्कामा सम्बन्धित छन् र तिनले एउटै कुरा बताउँछन् भन्ने बताउँछ । तेस्रो र चौथो हरफमा पनि यस्तै गरिएको छ ।
यसको संरचनाको कारण दोस्रो संस्करणको पाठककले यो भजन एउटा कविता वा लामो गीत हो भन्ने बुझ्छ । तर पहिलो संस्करणको पाठकले यस्तो नबुझ्न सक्छ, किनकि यसको संरचनाले यसको बारेमा बताउँदैन । पहिलो संस्करणको पाठक झुक्किन सक्छ किनकि भजन भनेको गीत हो तर त्यसलाई गीतको संचरना अनुसार राखिएको छैन । शब्दहरूले हर्षित भावनालाई अभिव्यक्त गरिरहेका छन् । अनुवादकको रूपमा तपाईंले तपाईंको भाषामा हर्षको गीतलाई अभिव्यक्त गर्ने संचरनाको प्रयोग गर्नुपर्छ ।
२ शमूएल १८:३३ख को संचरना पनि हेर्नुहोस्ः
“हाय मेरो छोरो! मेरो छोरो अब्शालोम, मेरो छोरो अब्शालोम! तेरो सट्टामा मै मरेको भए त हुनेथियो! हाय अब्शालोम, मेरो छोरो, मेरो छोरो!””
कसैले पदको यस खण्डको अर्थ यसरी निकाल्न सक्छ, "मेरो छोरो अब्शालोमको ठाउँमा म मरेको भए हुन्थ्यो ।" यसले वचनको अर्थको सारांश बताउँछ । तर संचरनाले त्योभन्दा धेरै बताउँछ । "मेरो छोरो" लाई यति धेरै पटक दोहोर्याउनु, यसैगरी "अब्शालोम" लाई दोहोर्याउनु, "हाय" को प्रयोग गर्नु, "हुनेथियो" क्रियापदको प्रयोग गर्नुले छोरा गुमाएको पितामा भएको गहिरो वेदनालाई प्रकट गर्दछ । अनुवादकको रूपमा तपाईंले शब्दहरूको अर्थलाई मात्र होइन तर संचरनाको अर्थलाई पनि ध्यान दिनुपर्छ । १ शमूएल १८:३३ख मा मूल भाषाको संचरनामा भएको भावनालाई समेट्ने गरी अनुवाद गर्नुपर्छ ।
यसैले हामीले बाइबलीय पाठमा प्रयोग गरिएको संचरनाको जाँच गर्नुपर्छ र उक्त संचरनाको नै प्रयोग किन गरिएको हो र त्यसको ठाउँमा अर्को संचरनाको प्रयोग किन गरिएन भन्ने प्रश्न आफैँलाई सोध्नुपर्छ । यसले कुन मनोवृत्ति वा भावनाको संचार गरिरहेको छ? संरचनाको अर्थ बुझ्नलाई मदत गर्ने अन्य प्रश्नहरूः
जब हामीले संरचनाको अर्थ बुझ्छौँ, तब लक्षित भाषा र संस्कृतिमा त्यही अर्थ लाग्नेगरी अनुवाद गर्न सक्छौँ ।
संचरनाको अर्थको निर्धारण संस्कृतिले गर्छ । त्यही संचरनाले विभिन्न संस्कृतिमा फरक-फरक अर्थ दिनसक्छ । अनुवाद गर्दा अर्थ उही रहनुपर्छ, यसमा संरचनाको अर्थ पनि सामेल हुन्छ । यसको अर्थ यही हो कि पाठको संरचनालाई संस्कृतिसँग मेल खानेगरी परिवर्तन गर्नुपर्छ । संचरनामा पाठको भाषा, यसको क्रम, दोहोर्याइ, वा "हाय" जस्ता स्वरको नक्कल गर्ने शब्दहरू पनि पर्छन् । तपाईंले यी सबै कुराको जाँच गरेर तिनीहरूको अर्थ थाहा गर्नुपर्छ र लक्षित भाषा र संस्कृतिमा त्यसलाई अभिव्यक्त गर्ने उत्तम तरिकाको खोजी गर्नुपर्छ ।
एउटा असल अनुवादमा चाहिएको कुरा भनेको लक्षित भाषामा भएको अर्थ स्रोत भाषामा भएको जस्तै एउटै हुनु हो ।
बाइबलसहित गरेर, कुनै पनि पाठ्यखण्डमा भएको अर्थको थुप्रै विभिन्न तहहरू हुन्छन् । यी तहहरू हुन्ः
खण्डको अर्थ शब्दहरूमा हुन्छ भनेर सोच्न हामी बानी भएका छौँ । तर यो अर्थ हरेक शब्द कुन सन्दर्भमा छ भन्ने कुराद्वारा नियन्त्रित हुन्छ । अर्थात्, एकल शब्दहरूको अर्थलाई वाक्यांशहरू, वाक्यहरू, र हरफहरूसमेत गरेर त्यसभन्दा माथिका तहहरूद्वारा नियन्त्रित गरिएको हुन्छ । उदाहरणको लागि, “दिनु” जस्तो एकल शब्दको निम्न सम्भावित अर्थहरू हुन सक्छन्, जुन सन्दर्भमा (माथिल्ला तहहरू) भर पर्छः
हरेक शब्दको हरेक सन्दर्भमा के अर्थ हुन्छ भनेर अनुवादकले निधो गर्नुपर्छ, अनि त्यसपछि त्यही अर्थलाई अनुवादित खण्डमा पुनरुत्पादन गर्नुपर्छ । त्यसको अर्थ हो कि शब्दहरूलाई एक्लाएक्लै अनुवाद गर्न सकिँदैन, तर वाक्यांशहरू, वाक्यहरू, हरफहरू, र अध्यायहरू, जसको ती शब्दहरू एक हिस्सा हुन्छन्, तिनमा भएका अन्य शब्दहरूसँग तिनीहरू जोडिँदा खेरी तिनीहरूले दिएको अर्थको साथमा मात्रै अनुवाद गर्न सकिन्छ । यसै कारणले गर्दा अनुवादकले त्यसलाई अनुवाद गर्नु थाल्नु पूर्व पूरै हरफ, अध्याय, वा पुस्तक पढ्नै पर्छ । अझ ठूला तहहरू पढेर, हरेक तल्ला तहहरू पूर्णतामा कसरी मिल्छन् भनेर उसले बुझ्नेछ, अनि हरेक भागलाई त्यसरी अनुवाद गर्नेछ जसले माथिल्ला तहहरूमा सबैभन्दा बढी मिल्ने बुझाइ आउने गरेर अर्थलाई प्रवाह गर्नेछ ।
अक्षरशः गरिएको अनुवादले स्रोत पाठ्यखण्डको प्रारूपलाई, सम्भव भएसम्म, पुनरुत्पादन गर्ने कोसिस गर्छ ।
अक्षरशः गरिएका अनुवादहरूलाई यसो पनि भनिन्छः
अक्षरशः गरिएको अनुवाद भनेको त्यो हो जसले अर्थ बदलिए पनि, वा परिणामस्वरूप बुझ्नलाई कठिन बने पनि, स्रोत पाठ्यखण्डको प्रारूपलाई लक्षित भाषामा पुनरुत्पादन गर्नमा ध्यान लगाउँछ । अक्षरशः गरिएको अनुवादको एउटा चरम संस्करण चाहिँ खासमा अनुवाद नै हुँदैन—त्यसमा स्रोत भाषाको झैँ उही अक्षरहरू र शब्दहरू हुने थियो । त्यसको सबैभन्दा नजिकैको अर्को कदम भनेको स्रोत भाषामा भएको प्रत्येक शब्दलाई लक्षित भाषाबाट त्यससँग मिल्ने शब्दले प्रतिस्थापन गर्ने हो । भाषाहरूको बीचमा भएको व्याकरणको भिन्नताहरूको कारणले गर्दा, लक्षित भाषाका पाठकहरूले सम्भवतः यस किसिमको अनुवादलाई बुझ्नेछैनन् । केही बाइबलका अनुवादकहरू गलत विश्वास गर्छन् कि तिनीहरूले स्रोत पाठ्यखण्डको शब्द क्रमलाई लक्षित पाठ्यखण्डमा कायम राख्नुपर्छ र केवल स्रोत भाषाका शब्दहरूको ठाउँमा लक्षित भाषाका शब्दहरू राख्नुपर्छ । तिनीहरूले गलत विश्वास गर्छन् कि यसो गर्नाले स्रोत पाठ्यखण्डलाई परमेश्वरको वचनको रूपमा आदर देखाउँछ । तर वास्तवमा यस किसिमको अनुवादले मानिसहरूलाई परमेश्वरको वचन बुझ्नबाट वञ्चित गर्छ । मानिसहरूले उहाँको वचन बुझेको परमेश्वर चाहनुहुन्छ, त्यसैले मानिसहरूले बुझ्न सक्ने गरेर बाइबललाई अनुवाद गर्नाले बाइबल र परमेश्वरलाई सबैभन्दा महान् आदर देखाउँछ ।
अक्षरशः गरिएका अनुवादहरूमा सामान्यतया निम्न दिइएका समस्याहरू हुन्छन्ः
अक्षरशः एउटै रहेको अनुवाद गर्ने एकमात्र समय भनेको गेटवे भाषा सामग्रीहरूको अनुवाद गर्ने बेलामा हो, जस्तो कि यूएलटी, जुन अन्य भाषा अनुवादकहरूद्वारा प्रयोग गरिनेछ । यूएलटीको उद्देश्य भनेको अनुवादकलाई मूल खण्डमा के छ भनेर देखाउनु हो । तब पनि, यूएलटी कडाइका साथ अक्षरशः छैन । यो परिवर्तित अक्षरशः अनुवाद हो जसले लक्षित भाषाको व्याकरणलाई प्रयोग गर्छ ताकि पाठकहरूले त्यसलाई बुझ्न सकून् (हेर्नुहोस् पाठ परिवर्तित अक्षरशः अनुवाद) । ती ठाउँहरूमा जहाँ यूएलटीले बाइबलमा भएका मूल अभिव्यक्तिहरूलाई प्रयोग गर्छ जुन बुझ्नलाई कठिन हुन सक्छ, हामीले तिनको व्याख्या गर्नका लागि अनुवादका टिप्पणीहरू प्रदान गरेका छौँ ।
शब्दको लागि शब्दको प्रतिस्थापन भनेको सबैभन्दा बढी अक्षरशः गरिएको अनुवादको प्रारूप हो । असल अनुवादहरू गर्नका लागि यो उत्तम छनोट होइन । शब्दको लागि शब्दको अनुवादले सामान्य रूपमा स्रोत भाषामा भएको प्रत्येक शब्दलाई लक्षित भाषाबाट मिल्ने शब्दले प्रतिस्थापन गर्छ ।
शब्दको लागि शब्दको प्रतिस्थापन गर्ने कुराले पढ्नलाई अनौठो हुने अनुवादहरू निकाल्छ । तिनीहरू धेरैपटक अलमल्याउने किसिमको हुन्छ र गलत अर्थ दिन वा कुनै अर्थ नदिन पनि सक्छ । तपाईंले यस किसिमको अनुवादलाई पन्साउनुपर्छ । यहाँ केही उदाहरणहरू छन्ः
यहाँ यूएलटीमा भएको लूका ३:१६ को एउटा उदाहरण दिइएको छः
यूहन्नाले तिनीहरू सबैलाई यसो भनेर जवाफ दिए, “मैले चाहिँ, म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर कोही आउँदै हुनुहुन्छ जो मभन्दा बढी शक्तिशाली हुनुहुन्छ, र म उहाँको जुत्ताको फित्ता खोल्न पनि योग्यको छैन । उहाँले तिनीहरूलाई पवित्र आत्माले र आगोले बप्तिस्मा दिनुहुनेछ ।”
अनुवाद स्पष्ट र बुझ्नलाई सजिलो किसिमको छ । तर मानिलिनुहोस् कि अनुवादकहरूले शब्दको लागि शब्दको पद्धतिको प्रयोग गरेका थिए । अनुवाद कस्तो किसिमको हुने थियो ?
यहाँ मूल ग्रीकमा भएको एउटै क्रममा शब्दहरूलाई अङग्रजीमा अनुवाद गरेर राखिएको छ ।
जवाफ दिए लाई सबै त्यो यूहन्ना म वास्तवमा सँग पानी बप्तिस्मा तिमीहरू उहाँ आउनुहुन्छ तर बढी शक्तिशाली भन्दा म को जसको छैन म छु योग्य खोल्न त्यो फित्ता को त्यो जुत्ताहरू को उहाँलाई उहाँ तिमीहरू हुनेछ बप्तिस्मा सँग आत्मा पवित्र र आगो
यो अनुवाद अनौठो छ र अङ्ग्रेजीमा केही अर्थ दिँदैन ।
माथिको यूएलटीको संस्करणलाई फेरि पनि हेर्नुहोस् । यूएलटीको अङग्रजी अनुवादकहरूले मूल ग्रीक शब्द क्रमलाई कायम राखेनन् । अङग्रजी व्याकरणसँग मिलाउनका लागि तिनीहरूले वाक्यमा भएका शब्दहरूलाई यताउता सारे । तिनीहरूले केही वाक्यांशहरूको प्रयोगलाई पनि बदले । उदाहरणको लागि, “यूहन्नाले सबैलाई यसो भन्दै जवाफ दिए” भन्नुभन्दा अङग्रजी यूएलटीले भन्छ, “यूहन्नाले तिनीहरू सबैलाई यसो भनेर जवाफ दिए ।”खण्डलाई स्वभाविक किसिमको सुनाउनका लागि तिनीहरूले विभिन्न शब्दहरूलाई विभिन्न क्रममा प्रयोग गरे ताकि त्यसले मूल अर्थलाई सफलतापूर्वक प्रवाह गर्न सकोस् ।
अनुवादले ग्रीक खण्डले झैँ उही अर्थलाई प्रवाह गर्नुपर्छ । यस उदाहरणमा, शब्दको लागि शब्दको अनौठो संस्करणभन्दा यूएलटी धेरै उत्तम अङग्रजी अनुवाद हो ।
त्यसमाथि, शब्दको लागि शब्दको प्रतिस्थापनले सामान्यतया यो कुराको ख्याल राख्दैन कि सबै भाषाहरूमा भएका अधिकांश शब्दहरूले विभिन्न अर्थहरू बोक्न सक्छन् । कुनै पनि एउटा खण्डमा, सामान्यतया लेखकको मनमा तीमध्ये केवल एउटा अर्थ हुन्छ । कुनै अर्को फरक खण्डमा, उनको मनमा कुनै फरक अर्थ भएको हुन सक्छ । तर शब्दको लागि शब्दको अनुवादहरूमा, सामान्यतया केवल एउटा अर्थलाई छानिन्छ र अनुवादभरी त्यसैलाई प्रयोग गरिन्छ ।
उदाहरणको लागि, ग्रीक शब्द “अग्लेओस्”ले मानव सन्देशवाहक वा कुनै एउटा स्वर्गदूतलाई जनाउन सक्छ ।
“यिनी उनी नै हुन् जसको बारेमा लेखिएको छ, ‘हेर, म मेरो सन्देशवाहक तिम्रो अघि पठाउँदै छु, जसले तिम्रो अगि तिम्रो बाटो तयार गर्नेछ ।’ (लूका ७:२७)
यहाँ “अग्लेओस्” शब्दले मानव सन्देशवाहकलाई जनाउँछ । येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा कुरा गरिरहनुभएको थियो ।
स्वर्गदूतहरू तिनीहरूबाट स्वर्गमा गएका थिए (लूका २:१५)
यहाँ “अग्लेओस्” शब्दले स्वर्गबाटका स्वर्गदूतहरूलाई जनाउँछ ।
त्यो शब्द दुई फरक किसिमका प्राणीहरूलाई जनाउनका लागि प्रयोग भएको भएतापनि, शब्दको लागि शब्दको अनुवादको प्रक्रियाले दुवै पदहरूमा एउटै शब्दलाई प्रयोग गर्न सक्छ । यो चाहिँ पाठककको लागि अलमल्याउने किसिमको हुनेछ ।
अन्ततः, शब्दको लागि शब्दको अनुवादमा भाषाका अलङ्कारलाई ठीक तरिकाले नदिइएको हुन सक्छ । भाषाका अलङ्कारहरूको अर्थ तिनमा भएका एकल शब्दहरूको भन्दा फरक हुन्छ । जब तिनीहरूलाई शब्दको लागि शब्दको तरिकाले अनुवाद गरिन्छ, भाषाको अलङ्कारको अर्थ गुम्छ । यदि तिनीहरूलाई लक्षित भाषाको सामान्य शब्द क्रमलाई पछ्याएर अनुवाद गरे पनि, पाठकहरूले तिनीहरूको अर्थ बुझ्नेछैनन् । तिनीहरूलाई कसरी ठीक तरिकाले अनुवाद गर्ने भनेर सिक्नका लागि भाषाका अलङ्कारहरू मा भएको पृष्ठलाई हेर्नुहोस् ।
अक्षरशः गरिएका अनुवादहरूले स्रोत पाठ्यखण्डको प्रारूपलाई लक्षित खण्डमा कायम राख्छन् । केही अनुवादहरूलाई यसो गर्न इच्छा हुन सक्छ किनभने, जसरी हामीले “प्रारूपको महत्त्व” भन्ने शिक्षण भागमा देख्यौँ, खण्डको प्रारूपले खण्डको अर्थलाई असर गर्छ । तापनि, हामीले याद राख्नुपर्छ कि विभिन्न समाजबाटका मानिसहरूले प्रारूपहरूको अर्थलाई फरक-फरक ढङ्गले बुझ्छन् । विभिन्न समाजहरूमा, एउटै प्रारूपलाई निकै फरक तरिकाहरूमा बुझिन सक्छ । त्यसैकारण मूल प्रारूपलाई कायम राखेर अर्थलाई परिवर्तन हुन नदिन सम्भव छैन । अर्थलाई जोगाउने एउटै मात्र तरिका भनेको मूल प्रारूपलाई एउटा नयाँ प्रारूपमा बदल्नु हो जसले पुरानो प्रारूपले पुरानो समाजमा प्रवाह गरेको उही अर्थलाई नै नयाँ समाजमा प्रवाह गर्छ ।
यदि तपाईंले आफ्नो अनुवादमा स्रोत शब्द क्रमलाई कायम राख्नुभयो भने, तपाईंको भाषा बोल्ने मानिसहरूका लागि त्यो बुझ्ने धेरै अप्ठेरो हुनेछ, र कहिलेकाहीँ असम्भव हुनेछ । तपाईंले लक्षित भाषाको स्वभाविक शब्द क्रमलाई प्रयोग गर्नैपर्छ ताकि मानिसहरूले खण्डको अर्थ बुझ्न सकून् ।
हरेक भाषाको त्यसको आफ्नै वाक्पद्धतिहरू र अन्य अभिव्यक्तिहरू हुन्छन्, जस्तो कि, शब्दहरू जसले आवाजहरू वा भावनाहरूलाई प्रतिनिधित्व गर्छन् । यी कुराहरूको अर्थलाई व्यक्त गर्नका लागि, तपाईंले एउटा वाक्पद्धति वा अभिव्यक्ति छान्नुपर्छ जसको लक्षित भाषामा उही अर्थ हुन्छ, केवल हरेक शब्दलाई अनुवाद मात्रै गर्ने होइन । यदि तपाईंले हरेक शब्दलाई अनुवाद मात्रै गर्नुभयो भने, वाक्पद्धति वा अभिव्यक्तिले गलत अर्थ दिनेछ ।
बाइबलमा त्यस्ता कुराहरूका लागि थुप्रै शब्दहरू छन् जुन कुराहरू अब छैनन्, जस्तो कि प्राचीन वजनहरू (स्टेडिया, क्यूबिट), पैसा (दिनारीअस, स्टेटर) अनि नापहरू (हिन, एफा) । धर्मशास्त्रमा उल्लेख गरिएका जनावरहरू संसारका केही भागहरूमा नभएका हुन सक्छन् (फ्याउरो, ऊँट) । अरू शब्दहरू केही समाजहरूमा नजानिएका हुन सक्छन् (हिउँ, खतना) । त्यस्ता अवस्थाहरूमा यी शब्दहरूका लागि सामान्य रूपमा मिल्ने शब्दहरू राख्न सम्भव हुँदैन । मूल अर्थलाई प्रवाह गर्नका लागि अनुवादकले अर्को तरिका भेट्टाउनुपर्ने हुन्छ ।
धर्मशास्त्रको गवाही आफैँले नै देखाउँछ कि तिनीहरू बुझियोस् भनेर लेखिएका थिए । बाइबल तीनवटा भाषाहरूमा लेखिएको थियो किनभने परमेश्वरका जनहरूले प्रयोग गर्ने भाषा विभिन्न समयहरूमा फरक-फरक थियो । जब यहूदीहरू निर्वासनबाट फर्केर आए र हिब्रू भाषा याद थिएन, पूजाहारीहरूले पुरानो करारका लेखहरूलाई आइमेकमा अनुवाद गरे ताकि तिनीहरूले बुझ्न सकून् (नहेमिया ८:८) । पछि, जब नयाँ करार लेखियो, त्यो साझा क्वाइनी ग्रीकमा लेखिएको थियो, जुन चाहिँ त्यस समयमा अधिकांश मानिसहरूले बोल्ने भाषा थियो, र हिब्रू वा आरमेइक वा पुरानो ग्रीकमा लेखिएको थिएन, जुन बुझ्न सामान्य मानिसहरूलाई बढी कठिन हुने थियो ।
यी र अन्य कारणहरूले देखाउँछन् कि परमेश्वरले उहाँको वचन मानिसहरूले बुझेको चाहनुहुन्छ । त्यसैले हामी जान्दछौँ कि हामीले बाइबलको अर्थलाई अनुवाद गरेको उहाँ चाहनुहुन्छ, प्रारूपलाई पुनरुत्पादन गरेको होइन । धर्मशास्त्रको अर्थ चाहिँ प्रारूपभन्दा बढी महत्त्वपूर्ण छ ।
हामीले शब्दानुवादलाई नजिकबाट नियाल्यौँ । अब हामी भावानुवादलाई नियाल्ने छौँ । यी अनुवादहरूलाई यसो पनि भनिन्छः
स्रोत पाठको संरचनालाई नभइ अर्थलाई प्राथमिकता दिनु नै यसको प्रमूख विशेषता हो । यसर्थ, यसमा अर्थलाई स्पष्ट बनाउन पाठको संरचनालाई परिवर्तन गर्न सकिन्छ । भावानुवादमा गरिने परिवर्तनहरू निम्नानुसार छन्ः
भावानुवाद कस्तो देखिन्छ? उही पदलाई भिन्न संस्करणहरूले कसरी अनुवाद गरेका छन् ती हेरौँ ।
लूका ३:८ मा बप्तिस्मा दिने यूहन्नाले बप्तिस्मा लिन आएका आफैँलाई धर्मी ठान्ने मानिसहरूलाई हप्काउँछन् ।
पदको पहिलो आधा खण्डको ग्रीक पाठलाई तल दिइएको छ ।
Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας
हरेक ग्रीक शब्दको त्यही क्रममा विकल्पसहितको नेपाली अनुवाद तल दिइएको छ ।
गर/बनाओ/फलाओ त्यसैले फलहरू मिल्दो/सुहाउँदो को पश्चाताप
शब्दानुवादमा शब्दको क्रमलाई सकेसम्म ग्रीक भाषाको क्रमको आधारमा राखिन्छ ।
यस्तो फलहरू फलायो जुन पश्चातापका योग्य छन् । (लूका ३:८ यूएलटी)
परिवर्तित शब्दानुवादमा "फलहरू" र "पश्चाताप" शब्दहरूलाई जस्ताको तस्तै राखिएको छ । शब्दको क्रम पनि ग्रीकसँग लगभग मिल्छ । मूल पाठमा के छ भन्ने कुरा अनुवादकलाई देखाउनको निम्ति युएलटीको निर्माण गरिएको हो । तर यही अर्थलाई तपाईंको भाषामा यसरी व्यक्त गर्नु स्वभाविक नहुन सक्छ ।
भावानुवादमा अर्थलाई स्पष्ट पार्नको निम्ति अनुवाददकले शब्दको क्रमलाई परिवर्तन गर्न सक्छ । तल दिइएका तिन भावानुवादलाई हेर्नुहोस्ः
लिभिङ् बाइबलबाटः
…योग्य कामहरू गरेर पापबाट फर्केको प्रमाणित गर ।
न्यु लिभिङ् अनुवादबाटः
तिमीहरू आफ्ना पापहरू फर्केर परमेश्वरतिर फर्केका छौ भन्ने कुरालाई आफ्नो जीवनबाट प्रमाणित गर ।
अनफोल्डिङ् सिम्प्लिफाइड टेक्टस्बाट
तिमीहरूका पापमय व्यवहारबाट साँच्चै नै फर्केका छौ भन्ने कुराहरू देखाउने कुराहरू गर !
माथि दिइएका अनुवादकहरूमा नेपाली भाषामा स्वभाविक वहावको निम्ति शब्दको क्रमलाई परिवर्तन गरिएको छ । "फलहरू" भन्ने शब्दको पानि प्रयोग गरिएको छ । लिभिङ् बाइबल अनुवादमा युएलटी अनुवादमा प्रयोग गरिएका कुनै पनि शब्दको प्रयोग गरिएको छैन । "फलहरू" को साटोमा भावानुवादमा "कामहरू" वा "तिमीहरूको जीवन" को प्रयोग गरिएको छ । पदमा प्रयोग गरिएको "फलहरू" शब्दलाई कुनै मानिसले गर्ने कार्यको रूपकको रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस् रूपक।)
यी अनुवादहरूले अर्थलाई ध्यान दिएका छन्, शब्दहरूलाई मात्र होइन । यिनमा "पश्चाताप" को साटो "पापहरूबाट फर्केर" वा "पापमय व्यवहारबाट फर्केका" बोधगम्य वाक्यांशहरूको पनि प्रयोग गरिएको छ वा "आफ्ना पापहरूबाट परमेश्वरतिर फर्केका" को प्रयोग गरिएको छ । भावानुवादमा अर्थ थप स्पष्ट पारिएको छ ।
बाइबल लेख्ने मानिसहरूसँग परमेश्वरबाटका सन्देशहरू थिए जुन मानिसहरूले बुझेका परमेश्वरले चाहनुहुन्थ्यो । यी मूल लेखकहरूले तिनीहरूका मानिसहरूले बोल्ने भाषालाई प्रयोग गरे ताकि तिनीहरू र तिनीहरूका मानिसहरूले परमेश्वरका सन्देशहरू बुझ्न सकून् । ती नै सन्देशहरू आजका मानिसहरूले पनि बुझेका परमेश्वर चाहनुहुन्छ । तर आजका मानिसहरूले लामो समयअगाडि बाइबल लेखिएको भाषा बोल्दैनन् । त्यसैले आजका मानिसहरूले बोल्ने भाषाहरूमा बाइबललाई अनुवाद गर्ने काम परमेश्वरले हामीलाई दिनुभएको छ ।
परमेश्वरका सन्देशहरू प्रवाह गर्नमा मानिसहरूले प्रयोग गर्ने कुनै खास भाषा महत्त्वपूर्ण छैन । प्रयोग गरिएका खास शब्दहरू महत्त्वपूर्ण छैनन् । महत्त्वपूर्ण कुरा चाहिँ ती शब्दहरूले प्रवाह गर्ने अर्थ हो । अर्थ चाहिँ सन्देश हो, शब्दहरू वा भाषा होइनन् । त्यसैले हामीले, तब अनुवाद गर्नुपर्ने कुरा भनेको स्रोत भाषाहरूका शब्दहरू वा वाक्यहरूका प्रारूपहरू होइनन्, तर अर्थ हो ।
तक दिइएका वाक्यहरूको जोडिहरूलाई हेर्नुहोस् ।
तपाईंले देख्न सक्नुहुन्छ कि वाक्यहरूको हरेक जोडिले भिन्न शब्दहरूको प्रयोग गरेतापनि तिनीहरूको अर्थ एउटै छ । यस किसिमले यो एउटा असल अनुवादमा पर्छ । हामी स्रोत खण्डमा भएकाभन्दा भिन्न शब्दहरूलाई प्रयोग गर्नेछौँ, तर हामी अर्थलाई एउटै राख्नेछौँ । हामी हाम्रा मानिसहरूले बुझ्ने शब्दहरू प्रयोग गर्नेछौँ र तिनलाई हाम्रो भाषाको लागि स्वभाविक हुने किसिमले प्रयोग गर्नेछौँ । स्रोत खण्डको जस्तै एउटै अर्थलाई प्रस्ट र स्वभाविक ढङ्गमा प्रयोग गर्नु नै अनुवादको लक्ष्य हो ।
बाइबल अनुवाद गर्ने कार्य वृहत र कठिन कार्य हो, यस काममा धेरै मानिसहरूको आवश्यकता पर्न सक्छ । यस मोड्युलमा बाइबल अनुवाद समूहका सदस्यहरूको निम्ति आवश्यक सिपहरू र ती व्यक्तिहरूको जिम्मेबारीहरूको बारेमा छलफल गरिन्छ । केही व्यक्तिहरूसँग धेरै सिपहरू र जिम्मेबारीहरू हुन्छन्, र अन्य व्यक्तिहरूका थोरै सिप र जिम्मेबारीहरू हुन्छन् । तर बाइबल अनुवाद समूहमा यो यी सिपहरू भएका जिम्मेबारीहरू पूरा गर्न सक्ने गरी प्रयाप्त मानिसहरू समेट्नु जरूरी छ ।
अनुवाद परियोजना सुरु गर्नु अगाडि सकेसम्म बढी मण्डली सञ्जालहरूसँग सम्पर्क गरेर तिनीहरूलाई यस परियोजनामा भाग लिन र अनुवाद समूहमा सामेल हुनको निम्ति मानिसहरूलाई पठाउन हौसला प्रदान गर्नुपर्छ । अनुवाद परियोजना, यसका लक्ष्यहरू र यसको प्रक्रियामा तिनीहरूको राय-सल्लाह लिनुपर्छ ।
अनुवादको यस कामलाई मार्गनिर्देश गर्न, अनवुादकहरू छनौट गर्न, समस्याहरूको समाधान गर्न, र मण्डलीहरूलाई यस कामको निम्ति प्रार्थना र यस कामलाई मदत गर्नको निम्ति आह्वान गर्नको निम्ति मण्डली र मण्डली सञ्जालहरूका अगुवाहरूले एउटा समिति गठन गर्नु राम्रो हुन्छ ।
यस समितिले तह २ र ३ मा अनुवादको शुद्धता जाँच्नको निम्ति मानिसहरू छान्न सक्छन् ।
समय आएपछि यस समितिले अनुवादको ढाँचाको निर्णय गर्न, यसको वितरण र अनुवादित धर्मशास्त्रलाई मण्डलीमा प्रयोग गर्नको निम्ति प्रोत्साहन दिन सक्छ ।
यी मानिसहरूले अनुवादको खेस्रा तयार गर्ने छन् । तिनीहरूको नियुक्ति अनुवाद समितिले गर्ने छ । लक्षित भाषा तिनीहरूको मातृभाषा हुनुपर्छ, तिनीहरूले स्रोत भाषा (गेटवे भाषा) राम्ररी पढ्न सक्नुपर्छ, यसको साथै तिनीहरू आफ्ना ख्रीष्टियान चरित्रको कारण समुदायमा सम्मानित हुनुपर्छ । यसको बारेमा विस्तृत जानकारीको निम्ति अनुवादकका योग्यता हेर्नुहोस् ।
यिनीहरूको काम पहिलो ख्रेस्रा तयार गर्नुका साथै, समूह निर्माण गरेर एकअर्काको कामको जाँच गर्नु, भाषा समुदायमा अनुवादको जाँच गर्नु र तह २ र ३ का जाँचकीहरूबाट सल्लाहहरू लिनु पनि हो । हरेक समीक्षा वा जाँच सत्रपछि अनुवादमा आवश्यक परिमार्जन गर्नु अनुवादकहरूको काम हो ताकि अनुवादले उत्तम तरिकाले भन्न खोजेको कुरा सञ्चार गर्न सकोस् । यसरी तिनीहरूले अनुवादलाई धेरैभन्दा धेरै पटक संशोधन गर्नुपर्छ ।
अनुवादकहरू आफैले अनुवादको खेस्रालाई कम्प्युटर वा ट्याबमा टाइप गर्ने अवस्था नभएमा समूहबाट कसैले त्यो काम गर्नुपर्छ । त्यस्तो व्यक्ति धेरै गल्ती नगर्ने किसिमको हुनुपर्छ । उक्त व्यक्तिले विराम चिन्हहरूको प्रयोग ठीक तरिकाले गर्न जानेको हुनुपर्छ । हरेक जाँचपछि समीक्षाहरू र सुधारहरूलाई टाइप गर्ने काम पनि त्यही व्यक्तिको हो ।
केही व्यक्तिहरूले भाषा समुदायमा अनुवादको जाँच गर्नुपर्छ ताकि अनुवाद लक्षित भाषामा स्पष्ट र स्वभाविक सुनियोस् । यो काम प्रायः गरेर अनुवादकले नै गर्छन् तर अरू व्यक्तिले पनि यो काम गर्न सक्छन् । यी जाँच गर्ने व्यक्तिले मानिसहरूको सामु अनुवादलाई पढेर सुनाउँछन् र उनीहरूले बुझे नबुझेको हेर्छन् । यस कार्यको विवरणको लागि अन्य तरिकाहरूहेर्नुहोस् ।
अनुवादको शुद्धता जाँच गर्ने व्यक्तिहरू स्रोत भाषामा बाइबललाई राम्ररी बुझेका व्यक्तिहरू हुनुपर्छ । तिनीहरू स्रोत भाषामा राम्ररी पढ्न सक्ने हुनुपर्छ । अनुवादले स्रोत बाइबलमा भएका सबै कुराको सञ्चार गरे नगरेको जाँच गर्नको निम्ति तिनीहरूले अनुवादलाई स्रोत भाषासँग तुलना गर्ने छन् । यी व्यक्तिहरू अनुवादमा रूची भएका र राम्ररी जाँच गर्न सक्ने हुनुपर्छ । तिनीहरूले लक्षित भाषा प्रयोग गर्ने र अनुवादित बाइबलको प्रयोग गर्ने विभिन्न मण्डली समूहका सदस्यहरूलाई सामेल गर्न सके असल हुन्छ । तह २ का परीक्षकहरू व्यक्तिहरू स्थानीय मण्डलीका अगुवाहरू हुनुपर्छ । तह ३ का परीक्षकहरू मण्डली समूहहरूको अगुवा वा लक्षित भाषा समूहमा चर्चित व्यक्ति हुनुपर्छ । धेरै मानिसहरू व्यस्त भएको कारण फरक पुस्तकहरू वा खण्डहरू विभिन्न मानिसहरूलाई पठाउनु उचित हुन्छ, यसो गर्दा एक वा दुई व्यक्तिलाई सम्पूर्ण अनुवादको भारबाट बचाउन सकिन्छ ।
अनुवादन टोलीका सदस्यहरू हुने मानिसहरू चुन्ने समयमा अनुवादमा संलग्न हुने मण्डली सञ्जालका अगुवाहरूले निम्न दिइएका प्रश्नहरूलाई मनन गर्नुपर्छ । बाइबल वा खुला बाइबल कथाहरूलाई सफलतापूर्वक अनुवाद गर्नमा मण्डली र समुदायका अगुवाहरूले चुनेका मानिसहरू सक्षम हुनेछन् वा छैनन् भनेर थाहा गर्नमा यी प्रश्नहरूले तिनीहरूलाई सहायता गर्नेछन् ।
१. के उक्त व्यक्ति लक्षित भाषाको अति उत्तम वक्ता हुन् भनेर जानिएको छ ? उक्त व्यक्तिले लक्षित भाषालाई धेरै राम्ररी बोल्न जान्नु महत्त्वपूर्ण हुन्छ ।
२. के उक्त व्यक्तिसँग स्रोत भाषाको धेरै राम्रो बुझाइ छ ?
३. के उक्त व्यक्ति समुदायमा ख्रीष्टको एक अनुयायीको रूपमा सम्मानित छन् ? अरूहरूबाट उसको वा उसनको अनुवादको काम सम्बन्धि दिइएका सुझावहरू र सुधारहरू सुन्नलाई नम्र र इच्छुक हुनुपर्छ । सो व्यक्ति सधैँ अरूहरूबाट सिक्नका लागि राजी हुनुपर्छ ।
अनुवादकहरूले केही समय काम गरेपश्चात, तिनीहरूले राम्ररी काम गरिरहेका छन् भनेर अनुवाद समितिले सुनिश्चित गर्न जरुरी हुनेछ । तिनीहरूले निम्न कुरा सोध्न सक्छन्ः
कुनै विन्दुमा, अनुवाद टोलीले पहिला केको अनुवाद गर्नुपर्छ भनेर तिनीहरूले निधो गर्नुपर्ने हुनेछ, वा, यदि तिनीहरूले पहिला नै केही अनुवाद गरिसकेका छन् भने, त्यसपछि केको अनुवाद गर्ने भनेर निधो गर्नुपर्ने हुनेछ । त्यहाँ थुप्रै कारक तत्त्वहरू छन् जसको बारेमा विचार गरिनुपर्छः
यी प्रश्नहरूका निम्ति भएका उत्तरहरू सबै महत्त्वपूर्ण हुन्छन् । तर यो याद गर्नुहोस्ः
अनुवाद भनेको एउटा सीप हो जुन अनुभवसँगै बढ्छ ।
किनभने अनुवाद चाहिँ बढ्दै जाने एउटा सीप हो, कम जटिल रहेका सामग्रीको अनुवाद गर्न सुरु गर्नु बुद्धिमानी हो ताकि सामान्य कुराको अनुवाद गर्दै गर्दा अनुवादकहरूले त्यो सीप सिक्न सकून् ।
विक्लिफ बाइबल अनुवादकहरूले बाइबलका विभिन्न पुस्तकहरूको अनुवाद गर्ने कठिनाइलाई आँकडा गर्ने अङ्क दिएका छन् । तिनीहरूको आँकडा गर्ने अङ्क दिने प्रणालीमा, अनुवाद गर्नलाई सबैभन्दा जटिल पुस्तकहरूले कठिनाइको तह ५ पाउँछन् । अनुवाद गर्नलाई सबैभन्दा सजिला पुस्तकहरू तह १ मा छन् ।
सामान्य रूपमा, अमूर्त, कविताको शैलीमा भएका, र ईश्वरशास्त्रीय अवधारणाले भरिएका पदावलीहरू र विचारहरू भएका पुस्तकहरूको अनुवाद गर्न बढी कठिन हुन्छन् । बढी कथाको शैलीमा भएका र ठोस कुराहरूको बारेमा भएका पुस्तकहरू सामान्यतया अनुवाद गर्नलाई सजिला हुन्छन् ।
हुन त खुला बाइबल कथाहरूलाई यस आँकडा अङ्क दिने प्रणालीद्वारा जाँच गरिएको थिएन, यो कठिनाइ तह १ पर्नुपर्छ । तपाईंले खुला बाइबल कथाहरूको अनुवाद गर्नदेखि सुरु गर्नुहोस् भनेर हामी सुझाव दिन्छौँ । खुला बाइबल कथाहरूलाई अनुवाद गरेर सुरु गर्नुका धेरै असल कारणहरू छन्ः
तपाईंले चाहनुभएको कुनै पनि क्रमअनुसार तपाईंले कथाहरूमा काम गर्न सक्नुहुन्छ, तर हामीले पाएका छौँ कि #३१ को कथा (हेर्नुहोस् http://ufw.io/en-obs-31) अनुवाद गर्नलाई एउटा असल कथा हो किनकि यो छोटो र बुझ्नलाई सजिलो छ ।
अन्ततः, मण्डलीले निर्णय गर्नुपर्छ कि तिनीहरूले केको अनुवाद गर्न चाहन्छन् र कुन क्रममा गर्न चाहन्छन् । तर किनभने अनुवाद चाहिँ प्रयोग गर्दै गर्दा सुधार हुँदै जाने सीप हो, र किनभने खुला बाइबल कथाहरूको अनुवाद गरेर अनुवाद गर्ने र जाँच गर्ने टोलीले बाइबल अनुवाद सम्बन्धि धेरै कुराहरू सिक्न सक्छन्, र किनभने अनुवाद भएको खुला बाइबल कथाहरूले स्थानीय मण्डलीलाई अहम् मूल्यका कुराहरू दिन्छ, तपाईंले आफ्नो अनुवादको कामलाई खुला बाइबल कथाहरूबाट सुरु गर्नुहोस् भनेर हामी विशेष सुझाव दिन्छौँ ।
खुला बाइबल कथाहरूको अनुवाद गरिसकेपछि, सबैकुरा कसरी सुरु भयो (उत्पत्ति, प्रस्थान) भन्ने कुरालाई लिएर वा येशूको बारेमा (नयाँ करारको सुसमाचार) भएको कुरालाई लिएर सुरु गर्नु बढी फाइदाजनक हुनेछ भन्ने विषयमा मण्डलीले निर्णय गर्न जरुरी हुनेछ । दुवै खण्डमा, कठिनाइ तह २ र ३ का पुस्तकहरूलाई (जस्तो कि उत्पत्ति, रूथ, र मर्कुस) लिएर बाइबल अनुवाद थालनी गर्नलाई हामी सुझाव दिन्छौँ । अन्ततः, अनुवाद टोलीले थुप्रै अनुभव हासिल गरेपछि, तिनीहरूले कठिनाइ तह ४ र ५ का पुस्तकहरूको (जस्तो कि यूहन्ना, हिब्रूहरू, र भजनसङ्ग्रह) अनुवाद गर्न सुरु गर्न सक्छन् । यदि अनुवाद टोलीले यस कार्यतालिकालाई पछ्याउँछन् भने, तिनीहरूले निकै कम त्रुटिका साथ बढी उत्तम अनुवादहरू बनाउनेछन् ।
स्रोत खण्डको छनोट गर्दा, त्यहाँ थुप्रै कुराहरू छन् जसको विचार गरिनुपर्छः
यो महत्त्वपूर्ण छ कि भाषा समूहमा भएका मण्डलीहरूका अगुवाहरूले त्यो स्रोत खण्ड राम्रो हो भन्ने कुरामा सहमत होऊन् । खुला बाइबल कथाहरू थुप्रै स्रोत भाषाहरूमा http://ufw.io/stories/ मा उपलब्ध छन् । त्यहाँ अनुवादका लागि स्रोतहरूको रूपमा प्रयोग गरिनलाई अङ्ग्रेजीमा बाइबलका अनुवादहरू पनि छन्, र साथै अरू भाषाहरूमा पनि चाँडै हुनेछन् ।
कुनै स्रोत खण्डबाट अनुवाद गर्नलाई त्यसको छनोट गर्ने बेलामा, प्रतिलिपि अधिकार/अनुमतिपत्रको विषयमा विचार गर्न दुईवटा कारणका लागि महत्त्वपूर्ण हुन्छ । पहिलो, यदि तपाईंले प्रतिलिपि अधिकार कायम गरिएको कामबाट सुरुमा अनुवाद नलिइकन अनुवाद गर्नुभयो भने, तपाईंले कानुन तोड्दै हुनुहुन्छ किनभने अनुवाद चाहिँ त्यस सामग्रीको धनीको अधिकारमा संरक्षित गरिएको छ । केही ठाउँहरूमा, प्रतिलिपि अधिकारको उल्लङ्घन आपराधिक कार्य हो र प्रतिलिपि अधिकार भएको व्यक्तिको सहमति बिना नै सरकारद्वारा मुद्दा लाग्न सक्छ ! दोस्रो, जब प्रतिलिपि अधिकार सुरक्षित गरिएको कामबाट अनुवाद गरिन्छ, अनुवाद चाहिँ स्रोत भाषाको प्रतिलिपि अधिकार प्राप्त व्यक्तिको बौद्धिक धन बन्छ । तिनीहरूले अनुवादका सबै हकहरूलाई कायम राख्छन् जसरी तिनीहरूले स्रोत खण्डको लागि गर्छन् । यी र अन्य कारणहरूको लागि, अन्फोल्डिङ्ग वोर्डले ती अनुवादहरूलाई मात्र वितरण गर्नेछ जसले यी प्रतिलिपि अधिकारको कानुनलाई उल्लङ्घन गर्दैनन् ।
अन्फोल्डिङ्ग वोर्डद्वारा प्रकाशित सबै सामग्रीहरू क्रियटिभ कमन्स एट्रिब्यूसन-शेयरअलाइक ४.० लाइसेन्स (सीसी बीवाइ-एसए) अन्तर्गत ल्याइन्छ (हेर्नुहोस् http://creativecommons.org/licenses/by-sa/4.0/) । हामी विश्वास गर्छौँ कि यो अनुमतिपत्र मण्डलीको लागि सबैभन्दा ठूलो सहयोग हो किनभने यसमा अनुवाद गर्न दिन र त्यसबाट अन्य कुराहरू उत्पादन गर्नका लागि पर्याप्त अनुमति छ, तर त्यति पनि अनुमति भएको छैन कि ती उत्पादित कुराहरूलाई निषेधात्मक अनुमतिपत्र अन्तर्गत थुनेर राख्न सकियोस् । यस विषयमा पूरा छलफलको लागि, क्रिस्टिएन कमन्सलाई पढ्नुहोस् (हेर्नुहोस् http://thechristiancommons.com/) ।
यदि स्रोत खण्डहरू सार्वजनिक अधिकार क्षेत्रमा छन् वा यहाँ दिइएका अनुमतिपत्र अन्तर्गत छन् भने तिनीहरूलाई प्रयोग गर्न सकिन्छ, जुन अनुमतिपत्रले अनुवादित कामलाई क्रियटिभ कमन्स एट्रिब्यूसन-शेयरअलाइक लाइसेन्स अन्तर्गत ल्याउन स्वीकृति दिन्छः
प्रश्न लागेका अन्य सबै कामहरूका लागि, कृपया [email protected]मा सम्पर्क गर्नुहोस् ।
रिपोटः
विशेष गरेर अन्फोल्डिङ्ग वोर्ड जस्तो खुला काममा, प्रकाशित संस्करणहरूको अभिलेख राख्न महत्त्वपूर्ण हुन्छ । यो महत्त्वपूर्ण हुन्छ किनभने अनुवादहरू (अनि स्रोत खण्डहरू) बारम्बार परिवर्तन भइरहन्छन् । प्रत्येक संस्करणलाई पहिचान गर्न सक्नुले कुन पुनरावृत्तिको बारेमा कुरा भइरहेको छ भनेर स्पष्टता ल्याउनलाई सहायता पुर्याउँछ । सबै अनुवादहरू सबैभन्दा पछिल्लो आएको स्रोत खण्डमा आधारित हुनुपर्छ भन्ने कुराको कारणले गर्दा पनि संस्करण सङ्ख्याहरू महत्त्वपूर्ण हुन्छन् । यदि स्रोत खण्ड परिवर्तन हुन्छ भने, अनुवादलाई पनि अन्ततः सबैभन्दा पछिल्लो आएको संस्करणसँग मेल खुवाउनलाई अद्यावधिक गरिनुपर्छ ।
कुनै अनुवादको काम थालनी गर्नुभन्दा पहिले, तपाईंसँग स्रोत खण्डको सबैभन्दा पछिल्लो आएको संस्करण छ भनेर कृपया पक्का गर्नुहोस् ।
कुनै काम बाहिर आएपछि मात्र संस्करण सङ्ख्याहरू दिइन्छ, तिनीहरूको सम्पादन हुँदा होइन । परिमार्जनको अभिलेखलाई डोर फोर्टी थ्रीमा राखिन्छ, तर यो चाहिँ कुनै कामलाई संस्करण सङ्ख्या दिनेभन्दा बेग्लै कुरा हो ।
हरेक स्रोत खण्डलाई प्रत्येक पटक त्यो ल्याइँदा एउटा पूर्ण सङ्ख्या दिइन्छ (संस्करण १, २, ३, इत्यादि ... ) । त्यस स्रोत खण्डमा आधारित भएको कुनै पनि अनुवादले त्यस स्रोत खण्डको संस्करण सङ्ख्यालाई लिनेछ र .१ थप्नेछ (अङ्ग्रेजी ओबीएस संस्करण ४ बाटको कुनै पनि खण्ड ४.१ हुनेछ) । त्यो बीचको अनुवादमा आधारित रहेको कुनै पनि अर्को थप अनुवादले त्यो जुन संस्करण सङ्ख्याबाट बनाइएको हो त्यसमा अर्को .१ थप्नेछ (उदाहरणको लागि ४.१.१) । यी कुनै पनि खण्डहरूका नयाँ वितरणहरूले तिनीहरूको “दशमलव सङ्ख्या”लाई १ ले बढाउनेछ ।
कृपया थप विस्तृत विवरणको लागि http://ufw.io/versioning लाई हेर्नुहोस् ।
डोर फोर्टी थ्रीको सूचीपत्रमा भएका स्रोतहरूका सबैभन्दा पछिल्ला आएका प्रकाशित संस्करणहरूलाई https://door43.org/en/?user=Door43-Catalog मा गएर इन्टरनेटमा हेर्न सकिन्छ । अन्फोल्डिङ्ग वोर्डको अङ्ग्रेजी स्रोत खण्ड पनि विभिन्न फर्म्याटमा https://unfoldingword.bible/content/ बाट उपलब्ध छ । टिपोटः ट्रान्सलेसन कोर, ट्रान्सलेसन स्टुडियो अनि अन्फोल्डिङ्ग वोर्डका मोबाइल एपमा सबैभन्दा पछिल्ला आएका संस्करण सधैँ हुँदैनन् किनकि सामग्रीलाई अद्यावधिक गर्ने कुरा स्वचालित रूपमा हुँदैन (सबैभन्दा पछिल्ला आएका संस्करणहरू पाउनलाई यी हरेक मोबाइल एपहरूमा भएको स्रोत खण्डलाई अद्यावधिक गर्ने चुनाउलाई तपाईंले प्रयोग गर्न सक्नुहुनेछ) ।
कुनै भाषा पहिलो पटक लेख्दा सबै लेखिएका भाषाहरूका निश्चित विशेषताहरूलाई कसरी संकेत गर्ने भन्ने कुराको निर्णय अनुवादकहरूले लिनुपर्छ ।
यी प्रश्नहरूले अनुवादकहरूले स्थानीय भाषाका केही क्षेत्रहरू विशेषगरी पूर्ण विराम, हिज्जे र बाइबलमा भएका नामहरू लेख्नको लागि बनाइएका प्रारम्भिक नियमहरूबुझ्नको लागि सहायता गर्दछन् । यो कसरी गर्ने भनेर अनुवाद समूह र समुदाय सहमत हुनुपर्छ ।
यदि तपाईंको भाषा लिखित रूपमा छैन भने, तपाईंले त्यसलाई लेख्नको लागि वर्णमाला सृजना गर्न सक्नुहुन्छ । वर्णमालाको सृजना गर्दा धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ, अझ एउटा राम्रो वर्णमाला सृजना गर्न झन धेरै कठिन हुनसक्छ । यदि वर्णमाला तयार गर्न धेरै कठिन हुने अवस्था आयो भने, तपाईंले लिखित अनुवादको साटो श्रव्य अनुवाद गर्न सक्नुहुन्छ ।
तपाईंको भाषाका प्रत्येक फरक आवाजको एउटा अक्षर हुनु राम्रो वर्णमालाको लक्ष्य हो ।
यदि छिमेकी भाषाको वर्णमाला पहिले नै छ र त्यो भाषाको आवाज तापाईंको भाषासँग मिल्छ भने, तपाईंले सामान्यतया तिनीहरूको वर्णमाला सापटी लिनसक्नुहुन्छ र यसले राम्रोसँग काम गर्नसक्छ । यदि छैन भने सबैभन्दा उत्तम कुरा भनेको तपाईंले विद्यालयमा सिकेको राष्ट्रिय भाषाबाट वर्णमाला सापटी लिनु हो । कहिलेकाहीँ तपाईंको भाषामा भएको आवाज राष्ट्रिय भाषामा नहुन सक्छ र तपाईंको भाषाका सबै आवाजको प्रतिनिधित्व गर्नका लागि यसको प्रयोग गर्नु कठिन हुन्छ । यस्तो अवस्थामा तपाईंको भाषाका प्रत्येक आवाजहरूको बारेमा विचार गर्नु राम्रो हुन्छ । राष्ट्रिय भाषाका वर्णमाला माथि देखि तलसम्म एउटा कागजको टुक्रामा लेख्नुहोस् । त्यसपछि प्रत्येक अक्षरको पछाडि तापाईंको भाषाका आवाजबाट सुरु हुने वा आवाज भएका शब्दहरू लेख्नुहोस् । प्रत्येक शब्दहरूमा आवाज दिने अक्षरलाई रेखांकन गर्नुहोस् ।
तपाईंको भाषामा प्रयोग नहुने वर्णमाला राष्ट्रिय भाषाको वर्णमालामा प्रयोग हुन पनि सक्छ । अब यस्ता शब्दहरूमा भएका तपाईंले नपाएका लेख्नलाई कठिन आवाजहरू वा शब्दहरूको बारेमा विचार गर्नुहोस् । यदि तपाईंले पत्ता लगाउनु भएको एउटा अक्षरको आवाज ती शब्दहरूको आवाजसँग समान छ भने, तपाईंले त्यो अक्षरलाई तपाईंको प्रयोगको लागि प्रतिनिधित्व गर्ने अर्को आवाजमा परिमार्जन गर्न सक्नुहुन्छ । उदाहरणको लागि, यदि तपाईंको भाषामा “s” ले प्रतिनिधित्व गर्ने आवाज छ र त्यस्तै समान आवाजलाई अनुवाद गर्ने अक्षर छैन भने, तपाईंले त्यो अक्षरलाई समान आवाजले यसको माथि निशाना लगाउन सक्नुहुन्छ, जस्तै ‘ वा ^ वा ~ । यदि तपाईंले राष्ट्रिय भाषाका आवाजहरूसँग मिल्ने फरक आवाजहरूको समूह भएको पउनुभयो भने त्यो समूहका अक्षरहरूलाई त्यही तरिकाले परिमार्जन गर्नु राम्रो हुन्छ ।
यदि एकएटक यो अभ्यास सम्पन्न गरिसक्नु भएको छ र तपाईंको भाषामा अर्को थप आवाज सोच्न सक्नुहुन्न भने, एउटा कथा लेख्न कोशिस गर्नुहोस् वा त्यस्तो घटनाको बारेमा लेख्नुहोस् जुन हालसालै घटेको छ । त्यो लेख्दै गर्दा सम्भवत तपाईंले पहिले कहिल्यै नसोचेका आवाजहरू पत्ता लगाउनु हुने छ । अक्षरहरूलाई निरन्तर परिमार्जन गर्नुहोस् ताकि यी आवाजहरू तपाईंले लेख्न सक्नुहोस् । यी आवाजहरूलाई पहिले नै तपाईंले बनाउनु भएको सूचीमा थप गर्नुहोस् ।
तपाईंले तयार पारेको आवाजहरूको सूची लिनुहोस् र तपाईंको भाषा साथै राष्ट्रिय भाषा पनि बोल्ने र उनीहरूले यो सूचीको बारेमा के विचार गर्छन् भन्ने थाहा पाउने मानिसहरूसँग जानुहोस् । हुनसक्छ उनीहरूले केही अक्षरहरूलाई पढ्नको लागि सरल वा सजिलो होस् भनेर परिमार्जनको लागि फरक सल्लाह दिनसक्छन् । तपाईंले लेख्नुभएको कथा अरु मानिसहरूलाई पनि देखाउनुहोस् र उनीहरूलाई तपाईंले तयार पारेको शब्दहरू र आवाजहरूको सूचीको सन्दर्भ दिएर पढ्न सिकाउनुहोस् । यदि उनीहरूले पढ्न सजिलै सिके भने, तपाईको वर्णमाला ठिक छ। यदि यो कठिन छ भने यसका केही भागहरू अझै सरल बानाउनको लागि काम गर्नुपर्ने हुनसक्छ, वा केही आवाजहरूको लागि अक्षरहरू पत्ता लगाउनु पर्ने हुनसक्छ, वा त्यहाँ एउटै अक्षरद्वारा प्रतिनिधित्व फरक आवाजहरू हुनसक्छन्, वा त्यहाँ अक्षरहरू पत्ता लगाउनु पर्ने केही आवाजहरू पनि हुनसक्छन् ।
तपाईंको भाषाका राष्ट्रिय भाषाका राम्रा पाठकहरूसँगै रहेर निरन्तर यो वर्णमालामा काम गर्नु राम्रो हो । तपाईंले विभिन्न आवाजहरूका बारेमा छलफल गर्न सक्नुहुन्छ र तिनीहरूलाई उत्तम तरिकाले सँगसँगै प्रस्तुत गर्न सक्नुहुन्छ ।
यदि राष्ट्रिय भाषाले रोमन वर्णमाला बाहेक अन्य लेखन प्रणालीको प्रयोग गर्दछ भने, विभिन्न चिन्हरूको बारेमा सोच्नुहोस् जुन तपाईंले संकेतहरूलाई परिमार्जन गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंको भषालाई प्रतिनिधित्व गर्छन् । यदि संकेतहरूलाई कम्पुटरमा उतार्न सकिने प्रकारले चिन्ह लागाउन सकेमा यो उत्तम हुन्छ । (तपाईंले वर्ड प्रोसेसर वा अनुवाद किवोर्डसँगै अनुवाद किवोर्डमा लेखन प्रणालीसँगै परिक्षण गर्न सक्नुहुन्छ http://ufw.io/tk/) यदि तपाईंलाई किवोर्ड सृजना गर्न सहयोगको आवश्यकता पर्छ भने [email protected] मा अनुरोध गरेर इमेल पठाउनुहोस् । जब तपाईंले कम्पुटर किवोर्डमा टाइप गर्न सकिने प्रतिकहरू प्रयोग गर्नुहुन्छ तब तपाईको अनुवाद भण्डारण हुन सक्छ, प्रतिलिपि बानाउन सकिन्छ, र विधुतीय प्रणालीद्वारा वितरण गर्न सकिन्छ, त्यसपछि मानिसहरूले यसलाई ट्यावलेटहरू र मोवाईल फोनहरूमा बिना पैसा पढ्न पाउन सक्छन् ।
शब्दहरूका परिभाषाहरू तल दिइएका छन् जसको प्रयोग हामी मानिसहरूले कसरी शब्दहरूमा रूपान्तरण हुने आवाजहरू निकाल्छन् भन्ने बारेमा थाह पाउनलाई गर्दछौ र यिनीहरू शब्दहरूका भागहरूलाई इङ्कित गर्ने परिभाषाहरू पनि हुन् ।
यिनीहरू मानिसहरू बोल्ने क्रममा फोक्सोबाट स्वास बाहिर निस्कदा बाधा उत्पन्न भएर वा जिब्रो, दाँत वा ओठहरूको स्थिति सिमित भएको अवस्थामा मानिसहरूले निकल्ने आवाजहरू हुन् । वर्णमालाका धेरैजसो अक्षरहरू व्यञ्जनवर्ण हुन् । धेरैजसो व्यञ्जनवर्णहरूमा एउटै मात्र आवाज हुन्छ ।
श्वास मुखबाट बाहिर बहने क्रममा दाँतहरू, जिब्रो, वा ओठहरूको रोकावटबिना नै मुखद्वारा निस्कने आवाजहरू स्वरवर्ण हुन् (अङ्ग्रेजीमा स्वरवर्णहरू, a, e, i, o, u र कहिलेकाहीँ y हुन् ।)
एउटा शब्दको भाग जहाँ व्यञ्जनवर्णसँग वा व्यञ्जनवर्णबिना एउटा मात्र स्वरवर्ण आवाज हुन्, । केही शब्दहरूमा एउटा मात्र शब्दांश हुन्छ ।
केही चिज एउटा शब्दमा जोड्दा शब्दको अर्थमा परिवर्तन आउँछ । यो शब्दको सुरुमा, वा अन्तमा, वा एउटा शब्दको जुनसुकै भागमा पनि हुन सक्छ ।
शब्दको सबैभन्दा आधारभुत भाग; सबै प्रत्यय र परसर्ग हटाउँदा जे बाँकी रहन्छ त्यो नै धातु हो ।
एउटा शब्द वा शब्दको भाग जसको एक अर्थ हुन्छ र जुन सबैभन्दा सानो अंश जहाँ त्यो भन्दा सानो अर्थ भएको भाग समावेश हुदैन् । (अङ्ग्रेजीमा उदाहरणको लागि, “syllable” मा ३ वटा शब्दांशहरू हुन्छन्, तर एउटा मात्र पदग्राम हुन्छ, जहाँ “syllables” मा ३ वटा शब्दांशहरू हुन्छन्, र दुईवटा पदग्राम हुन्छ (syl-lab-les). (अन्तको “s” एउटा पदग्राम हो जसले "बहुवचन" लाई जनाउँछ ।)
प्रत्येक भाषामा आवाजहरू हुन्छन् जुन शब्दांशहरू निर्माण गर्नमा समायोजन हुन्छन् । एउटा शब्दको परसर्ग वा शब्दको धातुमा एउटा मात्र शब्दांश हुनसक्छ, वा यसमा धेरै संख्यामा शब्दहरू हुन पनि सक्छन् । आवाजहरू शब्दांशहरू बन्नको लागि संयोजन हुन्छन् जो पदग्रामहरू हुनलाई पनि जोडिन्छन् । पदग्रामहरूले अर्थपूर्ण शब्दहरू बनाउनको लागि सगँसगै काम गर्दछन् ।
तपाईंको भाषामा शब्दांशहरू कसरी बन्छन् र ती शब्दांशहरूले हिज्जेका नियमहरू निर्माण गर्नको निम्ति एकले अर्कालाई कसरी प्रभावित पार्दछन् र मानिसहरूले तपाईंको भाषा सजिलैसँग पढ्न सिक्छन् भन्ने कुरा थाहा पाउनु अति महत्वपूर्ण छ ।
शब्दांशहरूका आधारभुत भागहरू भनेका स्वरवर्ण हुन् । अङ्ग्रेजीमा पाँच वटा मात्र स्वरवर्ण हुन्छन्, “a, e, i, o, u”,तर ११ वटासम्म पनि स्वरवर्णहरू हुन्छन् जुन स्वरवर्णको संयोजनमा र अरु धेरै तरिकाले लेखिएका हुन्छन् । व्यत्तिगत अङ्ग्रेजी स्वरवर्णहरू शब्दहरूमा पनि पाइन सक्छन् जस्तै, “beat, bit, bait, bet, bat, but, body, bought, boat, book, boot.”
[चित्रको माध्यमबाट चित्रण]
अंग्रजीका भाषाका स्वरवर्णहरू
मुखको अवस्था अगाडि – मध्य – पछाडि गोलाकार (असमान) (असमान) (गोलाकार) जिब्रोको उचाई उच्च i “beat” u “boot” मध्यम उच्च i “bit” u “book” मध्य e “bait” u “but” o “boat” तल मध्य e “bet” o “bought” तल a “bat” a “body”
(अन्तर्राष्ट्रिय फोनेटिक वर्णमालामा प्रत्येक स्वरवर्णहरूका आ-आफ्नै प्रतिक हुन्छन् ।)
प्रत्येक शब्दांशको बीचमा स्वरवर्णहरू बन्छन्, र व्यञ्जनवर्णहरू स्वरवर्णहरूको अगाडि र पछाडि आउँदछन् ।
उच्चारण हामी जसलाई बोलीको रूपमा थाहा गर्दछौँ त्यो आवाज उत्पादन गर्दा मुख वा नाकबाट श्वास कसरी बाहिर आउँछ भन्ने कुराको व्याख्या नै उच्चारण हो ।
उच्चारण हुने बिन्दुहरू मुख वा घाँटीका त्यस्ता ठाउँहरू हुन् जहाँ आवाज निकाल्दा श्वासमा अवरोध आउँछ वा यसको बहाव रोकिन्छ । ओष्ठय, दन्त्य, वत्सर्य/दन्तमुलीय, तालव्य, मूर्धन्य, कन्ठ्य तालव्य र कन्ठ्य उच्चारणका साझा स्थानहरू हुन् ।
उच्चारक मुखका चलिरहने भागहरू हुन् जसले विशेषगरी जिब्रोका भागहरू जसले हामी बोल्दा हावाको वहावलाई कम गराउँछन् । जिब्रोका भागहरू; जिब्रोको जरा, पछाडिको भाग, छेउको भाग, र टुप्पो हुन जसले हामी बोल्दा हावाको वहावलाई कम गराउन सक्छन् । जिब्रोको प्रयोगबिना पनि मुखद्वारा ओठहरूले हावाको बहावलाई काम गर्न सक्छन् । व्यञ्जनवर्ण आवाजहरू जस्तै “b,” “v,” र “m.” ओठहरूबाट निर्माण हुन्छन् ।
उच्चारण हामीहरूले आवाज निकाल्दा कसरी हावाको बहाव कम हुन्छ भन्ने कुराको व्याख्या गर्दछन् । यो पूर्ण रोकावटसँग पनि आउन सक्छ (जस्तै “p” वा “b”, जसलाई रोकिने व्यञ्जनवर्ण वा रोकावट भनिन्छ,), यिनीहरूमा ठूलो घर्षण हुन्छ (जस्तै “f” वा “v,” हुन यिनलाई सङ्घर्षि भनिन्छ, वा थोरै प्रतिबन्धनात्मक मात्र हुन्छन् (जस्तै “w” वा “y,”जसलाई अर्ध श्वरवर्णहरू भनिन्छ, किनकि तिनीहरू प्रायजसो श्वरवर्णहरू जस्तै स्वतन्त्र हुन्छन् । )
घोषध्वनी भोकल कर्डहरूबाट आवाज निकाल्दा जब हावा तिनीहरूबाट बाहिर निस्कन्छ त्यो समयमा भोकल कर्डहरूले कम्पन गरेका छन् वा छैनन् भन्ने देखाउँछ । धेरैजसो श्वरवर्णहरू, जस्तै “a, e, i, u, o” भोकल कर्डहरू कम्पन हुने आवाजहरू हुन् । व्यञ्जनवर्णहरू पनि भोकल कर्डहरू कम्पन हुने आवाजहरू जस्तै +v “b,d,g,v,” वा कम्पन नहुने आवाजहरू(-v) जस्तै “p,t,k,f हुनसक्छन् ।” यिनीहरू उच्चारण हुने उही बिन्दु र पहिले व्यक्त गरिएका व्यञ्जनवर्णसँग निर्माण हुन्छन् । “b,d,g,v” र “p,t,k,f” को एउटै मात्र फरक भनेको (+v र –v) घोषध्वनी हुन् ।
अंग्रेजी भाषाका व्यञ्जनवर्णहरू
उच्चारण हुने बिन्दुहरू ओष्ठय दन्त्य वत्सर्य/दन्तमुलीय वत्सर्य/दन्तमुलीय तालव्य मूर्धन्य कन्ठ्य घोषध्वनी -v/+v -v/+v -v/+v -v/+v -v/+v -v/+v -v/+v उच्चारक - शैली ओष्ठय - रोकावट p / b ओष्ठय - सङ्घर्षी f / v जिब्रोको टुप्पो - रोकावट t / d तरल / l / r जिब्रोको छेउ - सङ्घर्षी ch/dg जिब्रोको पछाडि - रोकावट k / g जिब्रोको फेद - अर्ध श्वरवर्ण / w / y h / नाके-व्यञ्जनवर्ण / m / n
आवाजको नामाकरण तिनीहरूको विशेषताहरू हेरेर । “b” लाई द्विपक्षीय आवाज भनिन्छ दुईवटा ओठहरूमा रोकावट हुन्छ । “f” लाई आवाजबिहिन वत्सर्य/दन्तमुलीय सङ्घर्षी भनिन्छ । “n” लाई वत्सर्य/दन्तमुलीय भनिन्छ ।
आवाजहरूलाई साङ्केतिकरण गर्नु दुई प्रकारले गर्न सकिन्छ । यात अन्तर्राष्ट्रिय फोनेटिक वर्णमालामा प्राप्त हुने आवाजको सङ्केत प्रयोग गरेर, वा पाठकले जानेको वर्णमालाको परिचित सङ्केत प्रयोग गरेर ।
व्यञ्जनवर्ण तालिका – एउटा व्यञ्जनवर्ण सङ्केत तालिका उच्चारकको उल्लेखविना नै देखाईएको छ । जसै तपाईंले घोषध्वनी सुनेर र आवाज निकाल्दा जिब्रो र ओठको अवस्थाको महसुस गरेर आफ्नो भाषाको आवाजको खोजीख गर्नुहुन्छ, तब ती आवाजहरूको प्रतिनिधित्व गरेर यो तालिकामा भर्न सक्नुहुन्छ ।
उच्चारण हुने बिन्दुहरू ओष्ठय दन्त्य वत्सर्य/दन्तमुलीय, तालव्य मूर्धन्य कन्ठ्य तालव्य कन्ठ्य घोषध्वनी -v/+v -v/+v -v/+v -v/+v -v/+v -v/+v -v/+v शैलि रोकावट p/ b t/ d k/ g सङ्घर्षी f/ v ch/dg तरल /l /r अर्ध श्वरवर्ण /w /y h/ नाके /m /n
अनुवादको धेरैजसो भागचाहिँ भाषा, शब्द र वाक्यहरूसँग सम्बन्धित छन् तथापि अनुवादका प्राविधिक पक्ष पनि छन् । वर्णमालाको सृजना, टाइप गर्ने, ढाँचा तयार गर्ने, प्रकाशन गर्ने र वितरण गर्ने कामहरू अनुवादका प्राविधिक पक्ष हुन् ।
धेरै वर्षसम्मा बाइबल अनुवादको ढाँचाको रूपमा युएसएफएम (USFM) अर्थात् युनिफाइड स्ट्यान्डर्ड ढाँचाको प्रयोग भयो । हामीले पनि यही ढाँचाको प्रयोग गरेका छौँ ।
युएसएफएम (USFM)ले पाठलाई कुन ढाँचामा राख्ने हो भनेर कम्प्युटरलाई बताउँछ । उदाहरणको निम्ति, हरेक अध्यायलाई यसरी जनाइन्छ ‘‘\c 1’’ or ‘‘\c 33’’. र पदहरूलाई यसरी जनाइन्छ‘‘\v 8’’ or ‘‘\v 14’’। अनुच्छेदहरूलाई यसरी जनाइन्छ ‘‘\p’’। विशेष अर्थ भएका यस्ता धेरै चिन्हहरू छन् । यसैले यूहन्ना १:१-२लाई युएसएफएम (USFM) ढाँचामा प्रयोग गर्दा यस्तो देखिन्छः
\c 1 \p \v 1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। \v 2 उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो ।
जब युएसएफएम (USFM)लाई पढ्न सक्ने कम्प्युटरले यसलाई देख्छ यसले अरु सबै अध्याय र पदहरूलाई यही ढाँचामा राख्छ ।
हामीले प्रयोग गर्न मिल्ने किसिमका बाइबल अनुवादहरू यही ढाँचामा हुनुपर्छ
युएसएफएम (USFM)नोटेसनको बारेमा थप जानकारीको लागि http://paratext.org/about/usfm पढ्नुहोस् ।
धेरै मानिसहरू युएसएफएम (USFM) मा लेख्न जान्दैनन् । यसै कारण हामीले ट्रान्स्लेशनस्टुडियो (http://ufw.io/ts/) को निर्माण गरेका हौँ । यो वर्ड प्रोसेसर जस्तै देखिन्छ । तर ट्रान्स्लेशनस्टुडियोले भित्र भित्र पाठलाई युएसएफएम (USFM)को ढाँचामा राखिरहेको हुन्छ र विभिन्न ढाँचामा तत्कालै प्रकाशन गर्न सकिन्छ ।
युएसएफएम (USFM)मात्र अनुवाद गर्ने उत्साह दिन्छौँ तथापि संयोजक युएसएफएम (USFM)बिना पनि अनुवाद गरिन्छ । यी अनुवादहरूमा युएसएफएम (USFM)चिन्हहरू थप्नुपर्छ । अनुवादलाई ट्रान्स्लेशनस्टुडियोमा सारेर पद चिन्हहरू राख्नु एउटा तरिका हो । यसपछि अनुवादलाई युएसएफएम (USFM)मा सार्न सकिन्छ । यो धेरै नै कठिन कार्य हो, त्यसैले तपाईंको अनुवादलाई सुरुदेखि नै ट्रान्स्लेशनस्टुडियोमा वा युएसएफएम (USFM)को प्रयोग गर्ने अन्य प्रोग्रामहरूको प्रयोग गर्नु उचित हुन्छ ।
इन्टरनेटमा धेरै ठाउँमा मार्कअप भाषाको रूपमा मार्कडाउनको प्रयोग गरिन्छ । कुनै पाठमा मार्कडाउनको प्रयोग गर्ने हो भने त्यसलाई विविध ढाँचाहरूमा (उदाहरणको निम्ति वेभपेज, मोबाइल एप, पिडिएफ आदि) प्रयोग गर्न सजिलो हुन्छ।
मार्कडाउनले मोटो र छडके दुवैमा समर्थन गर्छ, यसलाई यसरी लेखिन्छः
मार्कडाउनले मोटो र छडके दुवैमा समर्थन गर्छ ।
मार्कडाउनले शीर्षकलाई पनि समर्थन गर्छ, यसलाई यसरी लेखिन्छः
मार्कडाउनले लिङ्कहरूलाई पनि समर्थन गर्छ । लिङ्कहरू यस्ता देखिन्छन् https://unfoldingword.bible र तिनलाई यसरी लेखिन्छः
लिङ्कमा प्रयोग गरिने शब्दहरूलाई पनि यसले समर्थन गर्छ, उदाहरणको लागिः
मार्कडाउनमा HTML पनि प्रयोग गर्न सकिन्छ । मार्कडाउनको पूर्ण सूचीको निम्ति http://ufw.io/md हेर्नुहोस् ।
युएसएफएम र मार्कडाउनबाट सामाग्रीलाई सबैभन्दा सजिलो तरिकाले मार्कअप गर्न सकिन्छ । यदि वर्ड प्रोसेसर वा टेक्स्ट एडिटरको प्रयोग गर्ने हो भने चिन्हहरूलाई आफै हाल्नुपर्छ ।
कुन सफ्टवेयरको प्रयोग गर्ने निर्णय गर्नु अगाडि अनुवाद गर्ने काममा शब्दहरू मात्र पर्दैनन् भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यसको लागि धेरै प्राविधिक पक्षहरूमा पनि ध्यान दिनुपर्छ । जुनसुकै सफ्टवेयरको प्रयोग गरेता पनि बाइबल अनुवादलाई युएसएफएममा राख्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ र सबै कुराहरूलाई मार्कडाउनमा राख्नुपर्छ ।
अनुवादकहरूलाई सम्भव भएसम्मको सर्वोत्तम अनुवाद गर्न मदत गर्नलाई, अनुवादका टिप्पणीहरू, अनुवादका शब्दहरू, अनि अनुवादका प्रश्नहरू बनाइएका छन् ।
अनुवादका टिप्पणीहरू चाहिँ ठ्याक्कै मिल्ने गरेर अनुवाद गर्न अनुवादकलाई आवश्यक पर्ने सांस्कृतिक, भाषागत, र व्याख्यात्मक टिप्पणीहरू हुन् जसले बाइबलका केही पृष्ठभूमिलाई वर्णन गर्न व्याख्या गरन मदत गर्छन् । अनुवादकहरूले एउटै अर्थलाई कुन-कुन विभिन्न तरिकाहरूमा व्यक्त गर्न सक्छन् भनेर अनुवादका टिप्पणीहरूले तिनीहरूलाई जानकारी पनि दिन्छ । हेर्नुहोस् http://ufw.io/tn/ ।
अनुवादका शब्दहरू चाहिँ खुला बाइबल कथाहरू र बाइबलमा पाइने प्रमुख शब्दहरू हुन् जुन ठीक तरिकाले अनुवाद गर्नलाई महत्त्वपूर्ण छन् । यी हरेक शब्दहरू वा वाक्यांशहरूमा त्यसको वरिपरि सानो घेराउ लगाइएको छ र साथै खुला बाइबल कथाहरू वा बाइबलमा अन्य कुन स्थानहरूमा त्यो शब्दको प्रयोग गरिएको छ भनेर ती स्थानहरू पनि उल्लेख गरिएको छ । यो चाहिँ अनुवादको शब्दलाई प्रयोग गरिएको अन्य तरिकाहरू अनुवादकलाई देखाउन र ती स्थानहरूमा पनि त्यो ठीक तरिकाले अनुवाद भएको छ भनेर पक्का गर्नलाई हो । हेर्नुहोस् http://ufw.io/tw/ ।
अनुवादका प्रश्नहरू भनेका बुझाइ दिने प्रश्नहरू हुन् जुन तपाईंको अनुवादको स्व-जाँच गर्नका लागि प्रयोग गर्न सकिन्छ । यदि तपाईंले लक्षित भाषाको अनुवादलाई मात्र प्रयोग गरेर अनुवादका प्रश्नहरूको ठीक उत्तर दिन सक्नुहुन्छ भने, तब त्यो ठ्याक्कै मिलेको अनुवाद हो । अनुवादका प्रश्नहरू लक्षित भाषा समुदायमा जाँच गर्नलाई प्रयोग गर्नका निमित्त एउटा असल साधन पनि हुन् । हेर्नुहोस् http://ufw.io/tq/ ।
तपाईंले एकपटक अनुवादका टिप्पणीहरू, अनुवादका शब्दहरू अनि अनुवादका प्रश्नहरू हेरिसक्नुभएपछि, तपाईं सर्वोत्तम अनुवाद गर्नलाई तयार हुनुहुन्छ ।
तपाईंको अनुवाद गर्नुहुँदा अनुवादका टिप्पणीहरू र अनुवादका शब्दहरूलाई कृपया हेर्नुहोस् !
परिभाषा - मूल भाषा भनेको त्यो भाषा हो जसमा बाइबलको पाठ्यखण्ड सुरुमा लेखिएको थियो ।
विवरण - नयाँ करारको मूल भाषा ग्रीक हो । पुरानो करारको अधिकांश भागको मूल भाषा हिब्रू हो । तापनि, दानिएल र एज्राका पुस्तकहरूका केही भागहरूको मूल भाषा चाहिँ आरमेइक हो । कुनै भाषाबाट कुनै खण्डलाई अनुवाद गर्नका लागि मूल भाषा नै सधैँ सबैभन्दा बढी मिलेको भाषा हुन्छ ।
स्रोत भाषा भनेको त्यो भाषा हो जसबाट कुनै अनुवाद गरिराखिएको हुन्छ । यदि कुनै अनुवादकले बाइबललाई मूल भाषाहरूबाट अनुवाद गरिरहेको छ भने, उसको अनुवादको लागि मूल भाषा र स्रोत भाषा एउटै हो । तापनि, मूल भाषालाई अध्ययन गर्नमा धेरै वर्ष बिताएका मानिसहरूले तिनलाई बुझ्न सक्छन् र तिनलाई स्रोत भाषाको रूपमा प्रयोग गर्न सक्छन् । त्यस कारणले गर्दा, अधिकांश अनुवादकहरूले वृहत बोलचालको भाषामा अनुवाद गरिएका बाइबलहरूलाई तिनीहरूको स्रोत भाषाको पाठ्यखण्डको रूपमा प्रयोग गर्छन् ।
यदि तपाईंले वृहत बोलचालको भाषाबाट अनुवाद गरिरहनुभएको छ भने, एउटै अर्थ छ भनेर पक्का गर्नका लागि मूल भाषाको अध्ययन गरेको कोही व्यक्तिलाई लक्षित भाषामा भएको अर्थलाई मूल भाषामा भएको अर्थसँग तुलना गर्न दिनु चाहिँ असल विचार हो । लक्षित भाषामा भएको अनुवाद ठ्याक्कै मिलेको छ भनेर पक्का गर्ने अर्को तरिका भनेको अनुवादलाई मूल भाषा जानेका मानिसहरूद्वारा लेखिएका अनुवादका सहयोगी सामग्रीहरूले जाँच्नु हो । यिनमा बाइबलका टिप्पणीहरू र शब्दकोशहरू, साथै अन्फोल्डिङ्ग वोर्ड अनुवादका टिप्पणीहरू, अनुवादका शब्दहरूका परिभाषाहरू, र उत्तरहरू सहितका अनुवादका प्रश्नहरू पर्छन् ।
यदि अनुवादकले मूल भाषालाई बुझ्दैन भने, उनले वृहत बोलचालको भाषालाई स्रोत भाषाको रूपमा प्रयोग गर्नुपर्नेछ । स्रोतमा भएको अर्थ ठीक हुन सक्छ जुन मूल भाषाबाट त्यो कति होशियारीका साथ अनुवाद भएको थियो भन्ने कुरामा भर पर्छ । तर त्यो अझै पनि अनुवाद नै हो, त्यसैले मूल भाषाबाट त्यो एक कदम पर पर्छ र ठ्याक्कै एउटै हुँदैन । केही खण्डहरूमा, स्रोत पनि मूल भाषाबाट अनुवाद हुनुको साटोमा अर्को स्रोतबाट अनुवाद भएको हुन सक्छ जसले त्यसलाई मूल भाषाबाट दुई कदम पर सार्छ ।
यहाँ दिइएको उदाहरणलाई विचार गर्नुहोस् । एकजना अनुवादकले स्वाहिली नयाँ करारलाई नयाँ लक्षित भाषाको अनुवादको लागि स्रोतको रूपमा प्रयोग गर्छन् । तापनि, उनले प्रयोग गरिरहेको त्यो स्वाहिली बाइबल संस्करण वास्तवमा अङ्ग्रेजीबाट अनुवाद भएको थियो — सीधै ग्रीकबाट (न.क. को मूल भाषा) होइन । त्यसैले यो सम्भव छ कि मूल भाषाबाट लक्षित भाषाहरूमा अनुवाद गर्ने क्रममा केही अर्थ परिवर्तन भएको छ ।
अनुवाद सम्भव भएसम्म ठ्याक्कै मिलेको छ भनेर पक्का गर्ने एउटै मात्र तरिका भनेको नयाँ अनुवादलाई मूल भाषाहरूसँग तुलना गर्ने हो । जहाँ यो सम्भव हुँदैन, यूएलटीलाई मूल भाषाहरूबाट अनुवाद गरिएका अन्य बाइबल अनुवादहरूसँगै स्रोत खण्डको रूपमा प्रयोग गर्नुहोस् ।
बाइबल थुप्रै सयौँ वर्षअगाडि परमेश्वरका अगमवक्ताहरू र प्रेरितहरूद्वारा परमेश्वरले तिनीहरूलाई त्यो लेख्नलाई निर्देशन गर्नुभएअनुसार लेखिएको थियो । इस्राएलाका मानिसहरूले हिब्रू बोल्थे, त्यसैले अधिकांश पुरानो करारका पुस्तकहरू हिब्रूमा लेखिएका थिए । जब तिनीहरू अश्शूर र बेबिलोनमा परदेशीहरूको रूपमा बसोबास गरे, तिनीहरूले आरमेइक भाषा बोल्न सिके, त्यसैले पुरानो करारका केही पछिल्ला भागहरू आरमेइकमा लेखिएका थिए ।
ख्रीष्ट आउनभन्दा तीन हजार वर्षअगाडि, ग्रीक चाहिँ वृहत् बोलचालको भाषा बन्यो । यूरोप र मध्य पूर्वमा भएका धेरै मानिसहरूले ग्रीकलाई दोस्रो भाषाको रूपमा बोल्थे । त्यसैले पुरानो करारलाई ग्रीकमा अनुवाद गरिएको थियो । जब ख्रीष्ट आउनुभयो, संसारको ती क्षेत्रमा भएका थुप्रै मानिसहरूले अझै पनि ग्रीकलाई दोस्रो भाषाको रूपमा बोल्थे, र नयाँ करारका सबै पुस्तकहरू ग्रीकमा लेखिएका थिए ।
त्यो समयमा कुनै छाप्ने उपकरणहरू थिएनन्, त्यसैले लेखकहरूले ती पुस्तकहरू हातैले लेखे । तिनीहरू नै मूल पाण्डुलिपिहरू हुन् । जसले यी पाण्डुलिपिहरूलाई सारे तिनीहरूले पनि हातैले लेखेर सारे । यिनीहरू पनि पाण्डुलिपिहरू थिए । यी पुस्तकहरू असाध्यै महत्त्वपूर्ण छन्, त्यसैले सार्ने व्यक्तिहरूले खास तालिम पाउँथे र तिनीहरूलाई ठ्याक्कै मिल्ने गरेर सार्नमा धेरै होशियार थिए ।
सयौँ वर्षको कालखण्डमा, मानिसहरूले बाइबलका पुस्तकहरूका हजारौँ प्रतिहरू बनाए । लेखकहरूले सुरुमा लेखेका पाण्डुलिपिहरू सबै हराइसकेका छन् वा नष्ट भएका छन्, त्यसैले ती हामीसँग छैनन् । तर हामीसँग थुप्रै त्यस्ता प्रतिहरू छन् जुन लामो समयअगाडि हातले लेखिएका थिए । यीमध्ये केही प्रतिहरू सयौँ र हजारौँ वर्षहरूदेखि पनि हुँदै आएका छन् ।
बाइबल ६६ वटा "पुस्तकहरू" मिलेर बनेको छ । यद्यपि तिनीहरूलाई "पुस्तकहरू" भनिएता पनि, तिनीहरू लामोमा कुनै धेरै लामा र कुनै धेरै छोटा एक वा दुई पृष्ठका पनि छन् । बाइबलमा दुईवटा मुख्य भगहरू छन् । पहिलो भाग पहिले लेखिएको थियो र यसलाई पुरानो करार भनिन्छ । दोस्रो भाग पछि लेखिएको थियो र यसलाई नयाँ करार भनिन्छ । पुरानो करारमा ३९ वटा पुस्तकहरू छन् र नयाँ करारमा २७ वटा पुस्तकहरू छन् । (नयाँ करारमा भएका केही पुस्तकहरू मानिसहरूलाई लेखिएका पत्रहरू हुन् ।)
प्रत्येक पुस्तकहरू दुई पाठहरूमा विभाजन गरिएका छन् । धेरैजसो पुस्तकहरूमा एक भन्दा धेरै पाठहरू छन्, तर ओबदिया, फिलेमोन, २ यूहन्ना, ३ यूहन्ना, र यहूदामा जम्मा एउटा मात्र अध्याय छन् । प्रत्येक अध्यायहरू पदहरूमा विभाजन गरिएका छन् ।
पदलाई जनाउनको निम्ति पहिले हामी पुस्तकको नाम, त्यसपछि अध्याय, र त्यसपछि पद लेख्छौं । उदाहारणको लागि, "यूहन्ना ३:१६ को अर्थ यूहन्नाको पुस्तक, अध्याय ३, पद १६ ।
जब हामी दुई वा धेरै पदहरू एक पछि अर्को इङ्गित गर्छौँँ, हामी तिनीहरूको बिचमा रेखा राख्दछौं । "यूहन्ना ३:१६-१८" को अर्थ यूहन्ना, अध्याय ३, पदहरू १६, १७, र १८ ।
जब हामी त्यस्ता पदहरू इङ्गित गर्छौँ जो एक पछि अर्को मिलेका छैनन्, तिनीहरूलाई अलग गर्न हामीहरूले अल्प विराम प्रयोग गर्छौँ । "यूहन्ना ३: २, ६, ९" को अर्थ यूहन्ना अध्याय ३, पदहरू २, ६, र ९ ।
अध्याय र पद संख्याहरूको पछि, हामीले प्रयोग गरेका बाइबल अनुवादको लागि छोटो रूप राख्दछौं । तलको उदाहारणमा “यूएलटी” ले अनफोल्डिङ्गवर्ड लिटरल टेक्टलाई जनाउँछ ।
धर्म शास्त्रका खण्डहरू कहाँबाट आएका हुन भनेर भन्नको लागि हामीले अनुवाद एकेडेमीमा यस प्रणाली प्रयोग गर्छौँ । यद्यपि, यसको अर्थ यो होइन कि सबै पद वा पदहरूको समूह देखाइन्छ । तल दिइएको पाठ न्यायकर्ताहरू, अध्याय ६, पद २८ बाट हो, तर यो पूरै पद होइन । पदकको अन्तमा धेरै छ । अनुवाद एकेडेमीमा, हामीले जे बारेमा कुरा गर्न चाहेका छौं त्यस भागलाई मात्र देखाउछौँ ।
जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्काइएको देखे... (न्यायकर्ताहरू ६:२८ यूएलटी)
बाइबलका पुस्तकहरू लेखिएको समयमा अध्याय र पदहरू छुट्याइएको थिएन । मानिसहरूले यिनीहरूलाई पछि थपेका हुन् र अरूले बाइबलका कुनै खण्डलाई खोजी गर्न सजिलो होस् भनेर अध्याय र पदको सङ्ख्या तोकेका हुन् । यो काम एउटै मानिसले मात्र नगरेको कारणले फरक-फरक अनुवादमा फरक-फरक किसिमका सङ्ख्या प्रणालीको प्रयोग गरिएको छ । तपाईंले प्रयोग गर्ने बाइबल र युएलटीको सङ्ख्या प्रणाली फरक पाउनुभयो भने तपाईंले प्रयोग गरेको बाइबलको सङ्ख्या प्रणालीको प्रयोग गर्ने तपाईंको इच्छा हुन सक्छ ।
तपाईंको भाषा प्रयोग गर्ने मानिसहरूले अर्को भाषामा लेखिएको बाइबलको पनि प्रयोग गर्न सक्छन् । यदि तिनीहरूले प्रयोग गर्ने बाइबल र तपाईंले अनुवाद अनुवाद गरेको बाइबलमा फरक सङ्ख्या प्रणालीको प्रयोग गरिएको रहेछ भने उनीहरूले अध्याय र पद सङ्ख्याको कुरा गर्दा कुन अध्याय र पदको कुरा गरेको हो भन्ने कुरा छुट्याउन कठिन पर्छ ।
१४ तर तिमीलाई चाँडै भेट्ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला । १५ तिमीलाई शान्ति मिलोस्। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ । (३ यूह्ना १:१४-१५ यूएलटी)
३ यूहन्नामा एक मात्र अध्याय भएको कारण केही संस्करणहरूमा अध्यायको सङ्ख्या प्रयोग गरिएको छैन । युएलटी र युएसटीमा यसलाई अध्याय १ भनेर लेखिएको छ । यसैगरी केही संस्करणहरूमा १४ र १५ पदहरूलाई दुई पदहरूमा विभक्त गरिएको छैन । यी सबैलाई १४ पद भनेर उल्लेख गरिएको छ ।
आफ्नो छोरो अब्शालोमदेखि भाग्दा दाऊदको भजन ।
१ हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्! मेरो विरुद्धमा उठ्नेहरू धेरै छन्। (भजनसंग्रह ३:१ यूएलटी)
कुनै भजनहरूको अगाडि ती भजनहरूको वर्णन गरिएको पाउँछौँ । कुनै भजनमा ती भजनलाई पद सङ्ख्या दिइएको छैन भने अन्यमा पद १ भनेर पद दिइएको हुन्छ र वास्तविक भजन पद २ बाट सुरु हुन्छ ।
... अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा त्यो राज्य लिए। (दानिएल ५:३१ यूएलटी)
केही संस्करणहरूमा हो दानिएल ५ को अन्तिम पद हो । अन्य संस्करणहरूमा यो दानिएल ६ को पहिलो पद हो ।
१. यदि तपाईंको भाषा बोल्ने मानिसहरूले अर्को बाइबलको प्रयोग गर्ने गरेका छन् भने सोही अनुसारको अध्याय र पद सङ्ख्या प्रयोग गर्नुहोस् । पदहरूलाई कसरी उल्लेख गर्ने भन्ने सम्बन्धमा थप जानकारीको लागि अनुवाद स्टुडियो अनुप्रयोग (APPS) मा हेर्नुहोस् ।
यदि तपाईंको भाषा बोल्ने मानिसहरूले अर्को बाइबलको प्रयोग गर्ने गरेका छन् भने सोही अनुसारको अध्याय र पद सङ्ख्या प्रयोग गर्नुहोस् ।
तल दिइएको उदाहरण ३ यूहन्ना १ बाट लिइएको हो । केही बाइबलहरूमा यसलाई पद १४ र १५ भनेर जनाइएको छ भने केहीमा पद १४ भनेर जनाइएको छ । तपाईंले अन्य बाइबलमा जसरी जनाइएको छ त्यसरी नै जनाउन सक्नुहुन्छ ।
१४ तर तिमीलाई चाँडै भेट्ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला । १५ तिमीलाई शान्ति मिलोस्। सबै मित्रहरूबाट तिमीलाई अभिवादन । मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ । (३ यूह्ना १:१४-१५ यूएलटी)
१४ तर तिमीलाई चाँडै भेट्ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला । तिमीलाई शान्ति मिलोस्। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ । (३ यूह्ना १:१४-१५)
अर्को उदाहरण भजनसंग्रह ३ बाट लिइएको छ । केही बाइबलमा भजनको सुरुमा भएको वर्णनलाई पदको रूपमा उल्लेख गरिएको छ । तपाईंले अर्को बाइबलमा प्रयोग गरिएको तरिका अनुसार पद सङ्ख्यालाई जनाउनुहोस् ।
आफ्नो छोरो अब्शालोमदेखि भाग्दा दाऊदको भजन ।
१ हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन् !
मेरो विरुद्धमा उठ्नेहरू धेरै छन्। (भजनसंग्रह ३:१ यूएलटी)
२ मेरो विषयमा धेरैले भनिरहेछन्,
“परमेश्वरले त्यसलाई सहायता गर्नुहुने छैन।” सेला
पाठ्यखण्डमा भएको जानकारी त्यसको वरिपरि भएको कुरासँग कसरी सम्बन्धित छ भनेर देखाउनका लागि अन्फोल्डिङ्ग वर्ड अक्षरशः रहेको पाठ्यखण्ड (यूएलटी) अनि अन्फोल्डिङ्ग वर्ड सामान्यीकरण गरिएको पाठ्यखण्डले (यूएसटी) शब्दहरूलाई हटाएको अङ्कित गर्ने चिन्हहरू, लामा धर्काहरू, कोष्ठकहरूको प्रयोग गर्छन्, र शब्हरूको अगाडि खाली ठाउँ राख्ने गर्छन् ।
परिभाषा- शब्दहरूलाई हटाएको अङ्कित गर्ने चिन्हहरूलाई (...) कि त कोही व्यक्तिले आफूले सुरु गरेको वाक्यलाई पूरा गरेन, वा लेखकले कोही व्यक्तिले भनेको कुरा सबै उद्धरण गरेनन् भनेर देखाउनका लागि प्रयोग गरिन्छन् ।
मत्ती ९:४-६ मा, शब्दहरूलाई हटाएको अङ्कित गर्ने चिन्हले देखाउँछ कि येशूले शास्त्रीहरूलाई भन्नुभएको उहाँको वाक्यलाई पूरा गर्नुभएन जब उहाँले आफ्नो ध्यान पक्षघाती मानिसतर्फ फर्काउनुभयो र उसलाई भन्नुभयोः
हेर, केही शास्त्रीहरूले तिनीहरूका आपसमा भने, “यस मानिसले ईश्वरनिन्दा गरिरहेको छ ।” येशूले तिनीहरूका विचारहरू जान्नुभयो र भन्नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन दुष्ट कुरा सोचिरहेका छौ ? किनकि कुन भन्न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्न वा ‘उठ र हिँड’ भन्न ? तर पृथ्वीमा मानिसको पुत्रसँग पापहरू क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भनेर, ...” उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “उठ, तिम्रो गुन्द्री बोक, अनि तिम्रो घर जाऊ ।” (यूएलटी)
मर्कुस ११:३१-३३ मा, शब्दहरूलाई हटाइएको अङ्कित गर्ने चिन्हले देखाउँछ कि त धार्मिक अगुवाहरूले तिनीहरूका वाक्यलाई पूरा गरेनन्, वा तिनीहरूले भनेका कुरालाई मर्कुसले लेख्न सकाएनन् ।
तिनीहरूले आफ्ना माझमा छलफल गरे र तर्क गरे अनि भने, “यदि हामीले भनौँ, ‘स्वर्गबाट’, उनले भन्नेछन्, ‘तब तिमीहरूले किन उनलाई विश्वास गरेनौ ?’ तर हामीले भनौँ, ‘मानिसहरूबाट’, ...” तिनीहरू मानिसहरूसँग डराउँथे, किनकि यूहन्ना एक अगमवक्ता थिए भनेर तिनीहरू सबैले मान्थे । तब तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामी जान्दैनौँ ।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “नता म पनि कुन अधिकारद्वारा म यी कुराहरू गर्दछु भनेर भन्नेछु ।” (यूएलटी)
परिभाषा - लामा धर्काहरूले (—) त्यसभन्दा अघि आएको कुरासँग तत्पश्चात रूपमा सम्बन्धित रहेको जानकारीलाई परिचय गराउँछन् । उदाहरणको लागिः
तब दुई मानिसहरू खेतमा हुनेछन् — एकजना लगिनेछ, र एकजना पछाडि छोडिनेछ । दुई स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन् — एउटी लगिनेछे, र एउटी छोडिनेछे । त्यसकारण जागा रहो, किनकि कुन दिनमा तिमीहरूको प्रभु आउनुहुनेछ भनेर तिमीहरू जान्दैनौ । (मत्ती २४:४०-४१ यूएलटी)
परिभाषा - कोष्ठकहरूले “( )” देखाउँछन् कि केही जानकारी व्याख्या गरिएको वा पछि थप गरिएको विचार हो ।
पाठकलाई त्यसको वरिपरि भएको सामग्री बुझ्नलाई सहायता गर्नका लागि त्यो चाहिँ लेखकले त्यस ठाउँमा राखेको पृष्ठभूमि जानकारी हो ।
यूहन्ना ६:६ मा, येशूलाई आफूले के गर्न गइरहनुभएको थियो भनेर पहिले नै थाहा थियो भनेर व्याख्या गर्नका लागि यूहन्नाले उनले लेखिरहेका कथालाई बीचमा रोके । यसलाई कोष्ठकहरूमा राखिएको छ ।
५जब येशूले हेर्नुभयो र आफूतर्फ एउटा ठूलो भीड आउँदै गरेको देख्नुभयो, उहाँले फिलिपलाई भन्नुभयो, “हामी कहाँ रोटी किन्न गइरहेका छौँ ताकि यिनीहरूले खान सकून् ?” ६ (अब यो कुरा येशूले फिलिपको जाँच गर्न भन्नुभयो, किनकि उहाँ आफैँ जान्नुहुन्थ्यो कि उहाँले के गर्न गइरहनुभएको थियो ।) ७फिलिपले उहाँलाई जवाफ दिए, “यी हरेकलाई थोरै मात्र दिनलाई पनि दुई सय दिनारी बराबरको रोटी यथेष्ट हुने थिएन ।” (यूहन्ना ६:५-७ यूएलटी)
तलपट्टि कोष्ठकहरूमा भएका शब्दहरू येशूले भनिरहनुभएको कुरा होइनन्, तर मत्तीले पाठकलाई भनिरहेको कुरा हो, तिनीहरूलाई सचेत गराउन कि येशूले ती शब्दहरूको प्रयोग गरिरहनुभएको थियो जसको बारेमा तिनीहरूले सोच्न वा उल्था गर्न आवश्यक हुने थियो ।
“त्यसकारण, जब तिमीहरूले विनाशको घृणित थोकलाई, जसको बारेमा दानिएल अगमवक्ताद्वारा भनिएको थियो, पवित्र स्थानमा उभिरहेको देख्छौ” (पाठकले बुझोस्), “यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्, घरको कौशीमा हुनेले उसको घरमा भएको कुनै पनि कुरा निकाल्नलाई तल नजाओस्, अनि खेतमा हुनेले आफ्नो खास्टो लिनलाई नफर्कोस् ।” (मत्ती २४:१५-१८ यूएलटी)
परिभाषा - जब कुनै पाठ्यखण्डमा भएका शब्दहरूको अगाडि खाली ठाउँ राखिन्छ, यसको अर्थ हो कि ती शब्दहरू भएको पङ्क्ति त्यसभन्दा माथि वा तलपट्टिका भएका र अगाडि खाली ठाउँ नराखिएका शब्दहरूको पङ्क्तिभन्दा दायाँपट्टि केही पर गएर सुरु हुन्छ ।
यो चाहिँ कविता र केही सूचीहरूको लागि गरिन्छ, यो देखाउन कि अगाडि खाली ठाउँ छोडेर सुरु गरिएका पङ्क्तिहरूले अगाडि खाली ठाउँ नछोडिकन सुरु गरिएका त्यसभन्दा माथिका पङ्क्तिहरूको कुनै हिस्सा निर्माण गर्छ । उदाहरणको लागिः
५ यी ती अगुवाहरूको नाउँहरू हुन् जसले तिमीहरूसँगै लड्नुपर्छः रूबेनको कुलबाट, शदेऊरको छोरो एलीसूर; ६ शिमियोनको कुलबाट, सूरीशद्दैको छोरो शलूमीएल; 7 यहूदाको कुलबाट, अम्मीनादाबको छोरो नहशोन; (गन्ती १:५-७ यूएलटी)
अनुवाद टिप्पणीहरूमा प्रयोग गरिने लिङ्कहरू दुई प्रकारका हुन्छन्ः एउटाले अनुवाद ऐकेडेमी शीर्षक पृष्ठमा लिङ्क गर्छ र अर्कोले त्यहि पुस्तक भित्रका दोहोरिएका शब्दहरू वा वाक्यांशहरूलाई सम्पर्क गर्छ।
अनुवाद ऐकेडेमी शीर्षकहरू हरेकलाई हरेक ठाउँमा बाइबलका मुलभूत कुराहरूलाई उनीहरूको आफ्नै भाषामा कसरी अनुवाद गर्न सकिन्छ भनी सक्षम गराउन अभिप्रेरित हुन्छन् । तिनीहरू वेब साईट र अफलाइन मोबाइल भिडियो मार्फत सिक्ने समयमा उच्च लचकताको लागि अभिप्रेरित हुन्छन् ।
प्रत्येक अनुवाद टिप्पणीहरूले यूएलटीका वाक्यांशलाई पालना गर्छन् र त्यो वाक्यांशलाई कसरी अनुवाद गर्ने भनी तत्कालको लागि सहायता गर्छन् । कहिलेकाहीँ अनुवादको लागि सुझाबको अन्तमा दिईएको कोष्ठकमा जानकारी दिईएको हुन्छ जुन यस प्रकारको देखिनसक्छः (हेर्नुहोस् रुपक) । हरियोमा दिइएका शब्द वा शब्दहरू अनुवाद ऐकेडेमी शीर्षकमा भएका लिङ्क हुन् । शीर्षकको बारेमा धेरै जान्नको लागि लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ ।
अनुवाद ऐकेडेमी शीर्षक जानकारी पढ्नुका विविध कारणहरू छन्:
कहिलेकाहीँ एउटा पुस्तकमा धेरै पटक वाक्यांशको प्रयोग गरिन्छ । यस्तो अवस्थामा अनुवाद टिप्पणीहरूमा एउटा अध्याय र पद संख्याहरू भएको लिङ्क हरियो रङमा हुन्छ, त्यहाँ तपाईंले क्लिक गर्न सक्नुहुन्छ जसले तपाईंलाई वाक्यांशहरूको पहिले अनुवाद गर्नुभएको स्थानमा पुर्याउँछ । पहिले अनुवाद गरिएका शब्द वा वाक्यांशको अनुवाद भएको ठाउँमा जाने विविध कारणहरू हुन्छन् ।
तपाईंले पहिले प्रयोग गरेको वाक्यांशको अनुवाद उस्तै अर्को नयाँ प्रसङ्गमा नमिल्न पनि सक्छ, यसरी नमिलेको खण्डमा तपाईंले यसलाई फरक तरिकाले अनुवाद गर्ने बारेमा सोच्नुपर्छ । यस्तो अवस्थामा तपाईंले यसको टिप्पणी बनाएर अनुवाद समूहका सदस्यहरूसँग यस विषयमा छलफल गर्नुपर्छ ।
यी लिङ्कहरूले तपाईंलाई तपाईंले काम गरिरहेको पुस्तकका टिप्पणीहरूमा लैजाने काम मात्र गर्छन् ।
अनुवाद टिप्पणीहरू यूएलटीबाट साभार गरी व्याख्या गरिएका शब्दहरू वा वाक्यांशहरू हुन् । अंग्रेजीमा यूएलटीलाई व्याख्या गर्ने हरेक टिप्पणी उस्तै तरिकाले सूरू हुन्छ । बुदाँ बुलेट प्वाइन्टमा हुन्छन्, यूएलटी पाठ ड्यासपछि मोटो अक्षरमा लेखिएको हुन्छ र त्यहाँ अनुवादकका लागि अनुवाद सुझावहरू र जानकारी हुन्छन् । टिप्पणीहरूमा प्रयोग गरिने ढाँचाः
अनुवाद टिप्पणीहरूमा धेरै प्रकारका टिप्पणीहरू दिइएका हुन्छन् । प्रत्येक टिप्पणीहरूले गर्ने व्याख्या फरक हुन्छन् । अनुवादकलाई टिप्पणीका विभिन्न प्रकारहरू थाहा भयो भने तिनीहरूलाई बाइबलका पाठलाई आफ्ना भाषामा अनुवाद गर्ने उत्तम तरिका छनौट गर्नमा सहायता गर्छ ।
अनुवादका निम्ति सुझावहरू विभिन्न किसिमका हुन्छन्ः
कहिलेकाँही टिप्पणीहरूको सूचीको शीर्ष स्थानमा सम्बन्धवाचक अभिव्यक्ति वा सामान्य जानकारी टिप्पणीहरू हुन्छन् ।
सम्बन्धवाचक अभिव्यक्ति ले धर्मशास्त्रको कुनै एउटा खण्ड त्यो भन्दा पहिलेको अर्को खण्डसँग कसरी सम्बन्धित छ भन्ने कुरा देखाउँछ । सम्बन्धवाचक अभिव्यक्तिमा भएका केही जानकारी यस प्रकार दिइएका छन् ।
सामान्य जानकारी टिप्पणीले एक भन्दा धेरै वाक्यांशलाई समेट्ने कुनै एउटा खण्डमा भएका विषयहरूको बारेमा बताउँछ । तल दिइएका केही सुचनाका प्रकारहरू हुन जुन सामान्य जानकारी विवरणमा देखिन्छन् ।
दुबै प्रकारका टिप्पणीहरूले खण्ड राम्रोसँग बुझ्न र अनुवादका सवालहरूलाई सम्बोधन गर्न सचेत गराउँछन् ।
१ आफ्ना बाह्रै जना चेलाहलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसकेपछि उहाँ गालिलको शहरहरूतिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो । २ बप्तिसमा दिने यूहन्ना कैदमा थिए । ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने । अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशू कहाँ पठाए । ३ यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउनुहुनेछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?” (मत्ती ११:१-३)
यो टिप्पणीले एउटा कथाको नयाँ भागको शुरुवातको जानकारी गराउँदछ जसले अनुवाद सम्बन्धित नयाँ घटनाहरू र सवालहरूको बारेमा अधिक जानकारी दिने पृष्ठको जानकारी दिन्छ ।
१७"किनकि ऊ हामी मध्येको एक भएको थियो । र यहि सेवामा त्यसले हिस्सा पाएको थियो ।" १८ (त्यस मानिसले अर्धमको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुण्टो भई खस्यो र त्यसको भुँडी फुँट्यो, र त्यसको सबै आन्द्रा भुँडी निस्के । १९ यो कुरा यरूशलेमका बासिन्दाहरू सबैलाई थाह भयो । त्यो जग्गाको नाउँ तिनीहरूको आफनो भाषामा आखेल्दामा राखियो, अर्थात रगतको खेत।) (प्रेरित १:१७-१९)
पद १७ मा पत्रुस अझै बोलिरहेका छन् भन्ने कुरा टिप्पणीले बताउँछ । त्यसकारण तपाईंले त्यसलाई आफनो भाषामा ठिक तरिकाले यसलाई जनाउनुहोस् ।
२० र यशैयाले साहसपूर्वक भन्दछन्, "मलाई नखोज्नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन् तिनीहरूकहाँ मैले आफैलाई प्रकट गरेको छु ।" २१ तर इस्राएलको विषयमा तिनी भन्दछन्, "दिनभरि नै अटेरी र बिरोधि मानिसहरूप्रति मैले मेरो हात पसारेको छु ।" (रोमी १०:२०-२१)
यस टिप्पणीले सर्वनामले उल्लेख गरेको कुरा के हो भन्ने जानकारी तपाईंलाई गराउँदछ । यशैयाले आफैँउलाई नभइ परमेश्वरलाई जनाउनको निम्ति यसको प्रयोग गरेका हुन् भन्ने कुरा जनाउनलाई यो सर्वनामको प्रयोग गरेका हुन् भन्ने जनाउनलाई तपाईंले केही थप्नुपर्ने हुनसक्छ ।
२६"परमेश्वरका एकजना दुतले फिलिपलाई भने,“झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ । त्यहाँ मरुभुमिको बाटो छ ।" २७ अनि फिलिप उठेर गए र एक इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाअिधकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए । उनी यरूशलेमा आराधना गर्न गएका थिए । ( प्रेरित ८:२६-२८)
यो टिप्पणीले एउटा कथाको नयाँ भागको शुरुवात र केही पृष्ठभूमिको बारेमा जानकारी गराउँदछ । ताकि तपाईं यी कुराहरूको बारेमा सचेत हुनुहोस् र यिनीहरूलाई आफ्नाो भाषामा प्रयोग गरेर देखाउन सक्नुहोस् । तपाईंले यस्ता प्रकारका जानकारीको अनुवाद गर्ने बारेमा जान्न सक्नुभएको होस् भनेर यस टिप्पणीमा पृष्ठभूमिको लिङ्क पनि समावेश गरिएको हुन्छ ।
कहिलेकाँही यूएलटीमा भएको कुनै शब्दको अर्थ तपाईंलाई थाहा नहुनसक्छ । यस्तो अवस्थामा अर्थ बुझ्नको लागि सजिलो होस् भनेर टिप्पणीमा उक्त शब्द वा वाक्यांशको परिभाषा वा विवरण दिइएको हुनसक्छ ।
शब्द वा वाक्यांशका सरल परिभाषाहरू वा भनाइहरू वाक्यका स्वरुपबिना नै राखिएका हुन्छन् । केही उदाहरणहरूः
यो बजारमा केटाकेटीहरू खेलेजस्तै हो, जो बस्छन् र एकले अर्कोलाई बोलाउँछन् र भन्छन् , "हामीले तपाईंको लागि बाँसुरी बजायौँ" ” (मत्ती ११:१६-१७)
मानिसहरू जो सुन्दर वस्त्र पहिरिएका हुन्छन् र विलासितामा जिउँछन् तिनीहरू राजदरबारमा हुन्छन् (लूका ७:२५ )
तपाईंको भाषामा थाहा नभएका शब्दहरू अथवा वाक्यांशहरूको अनुवाद गर्नको लागि थप जानकारीलागि अज्ञात कुराहरूको अनुवाद हेर्नुहोस् ।
कहिलेकाहीँ यूएलटीमा कुनै शब्द वा वाक्यको अर्थ थाह नहुन पनि सक्छ र यूएसटीमा पनि यस्तै हुनसक्छ । यस्तो अवस्थामा यसलाई टिप्पणीहरूमा व्याख्या गरिएको हुन्छ, यी व्याख्याहरूले शब्द वा वाक्यको अर्थ बुझ्न सहायता गर्छन् । यी व्याख्याहरूलाई बाइबलमा अनुवाद नगर्नुहोस् तर तिनीहरूलाई अर्थ बुझ्नको लागि मात्र प्रयोग गर्नुहोस् ताकि बाइबलको पाठलाई ठीक तरिकाले अनुवाद गर्न सकियोस् ।
शब्दहरू वा वाक्यहरूको बारेमा साधारण व्याख्याहरू पूर्ण वाक्यहरूमा लेखिएका हुन्छन् । तिनीहरू ठूला अक्षरबाट सुरू हुन्छन् र एउटा अवधिसँगै अन्त हुन्छन् ("।")
जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसिरहेका थिए (लूका ५:२)
यदि माझीहरूले जालहरू माछा पक्रनको लागि प्रयोग गरेका थिए भन्ने कुरा बुझिएन भने, माझीहरूले किन आफ्ना जालहरू सफा गरिरहेका थिए भन्नेमा अचम्म लाग्नसक्छ । यो व्याख्याले “धोइरहेका थिए” र “जालहरू” बुझ्नको लागि ठिक शब्दहरू वा वाक्यहरू छनौट गर्नलाई सहायता गर्छ ।
तिनीहरूले अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरे (लूका ५:७)
यो टिप्पणीले मानिसहरूले कस्ता प्रकारका इशारा गर्छन् भन्ने बुझ्नलाई सहायता गर्छ । यो मानिसहरूले टाढैबाट देख्न सक्ने एउटा इशारा थियो र यसले "इशारा" शब्द बुझ्नको निम्ति असल शब्द वा वाक्य छनौट गर्नलाई सहायता गर्छ ।
तिनी आमाको गर्भमा हुँदा नै , पवित्र आत्माले भरिपूर्ण हुने छन् । (लूका १:१४)
यो टिप्पणीले दिइएको वाक्यमा “नै” शब्दको अर्थ के हो भन्ने बुझ्नलाई सहायता गर्छ, ताकि तपाईंले यो कति अचम्मको थियो भनी देखाउने तरिका थाहा पाउन सक्नुहुन्छ ।
केही टिप्पणीहरूले यूएलटीबाट साभार गरिएका शब्द वा वाक्यांशलाई प्रतिस्थापन गर्नको निम्ति सल्लाह प्रदान गर्छन् । यी प्रतिस्थापनहरूले वाक्यको अर्थ परिवर्तन गर्दैनन् । यिनीहरू पर्यायवाची र समानार्थी वाक्यांशहरू हुन् र दोहोरो उद्धरणमा लेखिएका हुन्छन् । यिनीहरूको अर्थ यूएलटीमा पाठको अर्थसँग मेल खान्छ । यूएलटीमा भएको शब्द वा वाक्यांश तपाईंको भाषामा स्वभाविक वा समान नदेखिएको अवस्थामा यस प्रकारको टिप्पणीले त्यहि कुरालाई फरक तरिकाले व्यक्त गर्ने कुरा सोच्न तपाईंलाई मदत गर्छ ।
परमप्रभुको मार्ग तयार पार, (लुका ३:४)
यो उदाहरणमा, "बाटो" वा "सडक" शब्दहरूले यूएलटीमा भएको शब्द "मार्ग" लाई प्रतिस्थापन गर्न सक्छ । "बाटो", "सडक" वा "मार्ग" तपाईंको भाषामा स्वभाविक छ या छैन तपाईंले निर्णय गर्न सक्नुहुन्छ ।
त्यसै गरी, डिकनहरू, दुई- जिब्रे होइन, गम्भीर हुनुपर्छ । (१ तिमोथी ३:८ )
यो उदाहरणमा, शब्दहरू "समान तरिकाले, डिकनहरू" वा "डिकनहरू निरीक्षक जस्तै" लाई यूएलटीमा "त्यसै गरी डिकनहरू" शब्दले प्रतिस्थापन गर्न सकिन्छ । तपाईंको भाषामा कुन स्वभाविक हुन्छ सोही अनुसार तपाईंले अनुवादकको हैसियतले निर्णय गर्न सक्नुहुन्छ ।
वैकल्पिक अनुवाद लक्षित भाषामा फरक ढाँचाको आवश्यक्ता परेको अवस्थमा यूएलटी को ढाँचा परिवर्तण गर्ने एउटा सम्भावित तरिका हो । यूएलटी को बनावटले गलत वा अस्पष्ट वा अप्राकृतिक अर्थ दिने अवस्थामा वैकल्पिक अनुवादको प्रयोग गरिन्छ ।
वैकल्पिक अनुवादमा सुझाव समावेश हुनसक्छ, उदाहरणको लागि अप्रत्यक्ष जानकारी स्पसष्टसँग बताउनलाई, कर्म वाच्यलाई कर्तृ वाच्यमा परिवर्तण गर्दा, वा आलंकारिक प्रश्नहरूलाई अभिव्यत्तिहरूमा परिवर्तण गर्नको निम्ति यसको प्रयोग हुन्छ । विषयलाई व्याख्या गर्ने वैकल्पिक अनुवाद र पृष्टमा लिङ्क किन राखिन्छ भन्ने कुराको व्याख्या टिप्पणीले गर्छ ।
"वैकल्पिक अनुवाद" ले यो संकेत गर्दछ कि यो एउटा वैकल्पिक अनुवाद हो । केहि उदाहरणहरूः २३
अन्तर्निहित जानकारी स्पष्ट बनाउनलाई
मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बदल्न सकिँदैन । (दानियल ६:१५)
यहाँ थप वाक्यले राजाका मानिसहरूले राजालाई सम्झना गराएको कुरा देखाउँदछ, कुनै पनि आदेश वा उर्दी बदल्न सकिँदैन भन्ने राजाले बुझून् भन्ने कुरा वक्ताले चाहन्छन् । वक्ताले उल्लेख नगरेको वा अप्रत्यक्ष राखेको जानकारीलाई स्पष्ट पार्ने काम केहि कुरा अनुवादकले स्पष्ट उल्लेख गर्नुपर्ने पनि हुनसक्छ ।
कर्मबाट कर्तृमा
जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, । त्यसलाई क्षमा हुने छैन (लुका १२:१०)
अनुवादकहरूको भाषामा कर्म वाक्यहरूको प्रयोग नभएको अवस्थामा कर्म वाच्यमा भएको वाक्यलाई अनुवाद गर्ने तरिकाको उदाहरण यो टिप्पणीले दिन्छ ।
आलंकारिक प्रश्नहरू
"शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?" (प्रेरित ९:४)
कुनै भाषामा कसैलाई सुधार गर्नको लागि आलंकारिक प्रश्नको प्रयोग गरिन्न भने उक्त भाषामा आलंकारिक प्रश्नलाई अनुवाद गर्ने तरिकाको बारेमा सुझाव दिइएको हो ।
कहिलेकाहीँ टिप्पणीले यूएसटी अनुवादबाट सल्लाह प्रदान गर्छ । त्यस्तो अवस्थामा यूएसटीबाट ल्याईएको पाठको पछाडि “(यूएसटी)” लेखिन्छ ।
उहाँ जो स्वर्गमा विराजमान हुनुहुन्छ तिनीहरूको उपहास गर्नुहुन्छ ।(भजनसंग्रह २:४)
जो स्वर्गमा विराजमान हुनुहुन्छ तिनीहरूप्रति हाँस्नुहुन्छ । (भजनसंग्रह २:४)
यस पदको सम्बन्धमा टिप्पणीले यसो भन्छः
यहाँ वाक्यांशको अनुवादको लागि दुई प्रकारका सुझाव दिइएका छन् ‘स्वर्गमा विराजमान हुनुहुन्छ’ पहिलोले "स्वर्गमा को विराजमान हुनुहुन्छ" भन्ने कुरा स्पष्टसँग व्यक्त गरेको छ, दोस्रोले शासन गर्ने व्यक्तिको बारेमा संकेत गर्दै उहाँ "सिंहासनमा" बस्नुहुन्छ भन्ने कुरालाई स्पष्टसँग बताउँदछ । यो सल्लाह यूएसटी बाट लिइएको हो ।
जब उसले येशूलाई देख्यो, ऊ घोप्टो पर्यो । (लूका ५:१२)
जब उसले येशूलाई देख्यो, उसले घोप्टो परी बिन्ती गर्यो । (लूका ५:१२)
यो पदको लागि टिप्पणीले भन्छः
यहाँ यूएसटीका शब्दहरू प्रयोग गरेर अर्को अनुवादको लागि सुझाव दिएका छन् ।
वैकल्पिक अर्थहरूले बाइबल विद्वानहरूमा एउटा शब्द वा वाक्यांशको बुझाइमा आएको भिन्नतालाई जनाउँछन् ।
टिप्पणीमा यूएलटी पाठ दिइन्छ र त्यसपछि "सम्भाव्य अर्थहरू" भनेर त्यसको व्याख्या गरिएको पाइन्छ । अर्थहरू धेरै हुन्छन्, पहिलो चाहिँ बाइबल विद्वानहरूले ठिक मानेको अर्थ दिइएको हुन्छ । अनुवादको निम्ति प्रयोग गर्न सकिने अर्थलाई उद्धरण चिन्हमा राखिएको हुन्छ ।
अनुवादको कुन अर्थ अनुवाद गर्ने भन्ने निर्णय अनुवादकले लिन आवश्यक छ। अनुवादकहरूले पहिलो अर्थ छनौट गर्नसक्छन्, वा उनीहरूले कुनै अर्को एउटा अर्थ छनौट गर्नसक्छन् । यदि उनीहरूका समुदायका मानिसहरूले बाइबलको अर्को संस्करणलाई सम्मान र आदर गर्छन् भने त्यसलाई प्रयोग गर्न सक्छन् ।
तर तैँले कपालको एउटा केही भाग लिएर आफ्नो लुगामा बाँधेर राख् । (इजकिएल ५:३ यूएलटी)
यो टिप्पणीमा तीनवटा सम्भाव्य अर्थहरूले पछ्याएको यूएलटी पाठ छ । "लुगामा बाँधेर राख्" भनेर अनुवाद गरिएका शब्दहरूले कपडाको खुकुलो भागलाई जनाउँछ । धेरैजसो विद्वानहरूले यो विश्वास गर्छन् कि यसले बाहुलालाई जनाउँछ, तर यसले यहाँ तलको खुकुलो भागलाई पनि जनाउँछ पेटीको वरिपरिको बिचको भागलाई पनि यसले जनाउँछ ।
तब सिमोन पत्रुसले यो देखे, येशूको पाउमा घोप्टो परे' (लूका ५:८ यूएलटी)
यो टिप्पणीले "येशूको अगाडि घुँडा टेक्नु" भनेको के हुन सक्छ भन्ने कुराको वर्णन गर्छ । पहिलो अर्थ सबैभन्दा ठिक हुन्छ, तर अरू अर्थहरूको पनि सम्भावना हुन्छ । यदि तपाईंको भाषामा यस्ता कुराहरू जनाउने सामान्य अभिव्यक्ति छैन भने तपाईंले यी मध्ये एक सम्भावित अर्थ छान्नु पर्ने हुन्छ जसले सिमोन पत्रुसले गरेको कुराको वर्णन गर्छ । सिमोन पत्रुसले यसो किन गरे र तपाईंको संस्कृतिमा नम्रता र आदर जनाउनको निम्ति कस्तो क्रियाकलाप गर्नुपर्छ भन्ने बारेमा सोच्नु पनि लाभदायक हुन्छ ।
कहिलेकाहीँ बाइबलका विद्वानहरू बाइबलमा भएका निश्चित वाक्यांश वा वाक्यले भन्न खोजेको के हो भन्ने कुरामा निश्चित हुँदैनन्, वा यसको अर्थमा सहमत हुँदैनन् । यसका केही कारणहरू यस प्रकार छन्ः
१. प्राचीन बाइबलका पाठहरूमा साना-साना फरकहरू हुन्छन् । २. एउटा शब्दको एकभन्दा धेरै अर्थ वा प्रयोग हुन्छ । ३. कुनै एउटा निश्चित वाक्यांशमा एउटा शब्द (जस्तै एउटा सर्वनाम) ले के जनाउँछ गर्छ भन्ने कुराको स्पष्ट नहुन सक्छ ।
धेरै विद्वानहरूले एउटा शब्द वा वाक्यांशको अर्थ एउटा र अरु धेरैले विद्वानहरूले अरु कुनै हो भन्ने गर्छन् । तिनीहरूले दिने अर्थहरू मध्ये सबेभन्दा साझा अर्थ हामी देखाउँछौं । यस्तो अवस्थामा हाम्रा टिप्पणीहरूको सुरुवात "सम्भावित अर्थ" बाट हुन्छ र त्यसपछि सङ्ख्यात्मक सूची दिइएको हुन्छ । हामी तपाईंलाई दिइएका अर्थहरूमध्ये पहिलो अर्थ प्रयोग गर्ने सिफारिस गर्छौं । यद्यपि तपाईंका समुदायका मानिसहरूसँग सम्भावित अर्थहरू मध्ये कुनै अर्थको प्रयोग भएको अर्को बाइबलको उपलब्धता छ र तपाईंले त्यो अर्थ प्रयोग गर्न उत्तम ठान्नुभयो भने त्यसको प्रयोग गर्ने लागि निर्णय तपाईंले गर्न सक्नुहुन्छ ।
तब सिमोन पत्रुस, यो देखेपछि, येशूको पाउमा घोप्टो परेर भने, "हे प्रभु, मबाट जानुहोस्, किनकि मा पापी मानिस हुँ ।" (लुका ५:८)
१. यसलाई यस्तो तरिकाले अनुवाद गर्नुहोस् कि पाठकहरूले दुबै अर्थलाई सम्भावनाको रूपमा बुझ्न सकून् । २. यदि तपाईंको भाषामा यो गर्न सम्वभ छैन भने एउटा अर्थ छान्नुहोस् र त्यही अर्थ प्रयोग गरी अनुवाद गर्नुहोस् । ३. यदि एउटा अर्थ नछानेको कारणले पाठकहरूलाई सामान्य रूपमा खण्ड बुझ्नको लागि यसले कठिन बनाउँछ भने एउटा अर्थ छान्नुहोस् र त्यहि अर्थ प्रयोग गरी अनुवाद गर्नुहोस् ।
शाब्दिक अर्थ दिने शब्दहरूको प्रयोग नगरी कुनै कुरा व्यक्त गर्नको निम्ति प्रयोग गरिने तरिकालाई अलङ्कार भनिन्छ । अलङ्कार सिधा अर्थ दिने शब्दभन्दा फरक हुन्छ । अलङ्कार विभिन्न प्रकारका हुन्छन् ।
खण्डमा प्रयोग गरिएको अलङ्कारको अर्थ अनुवाद टिप्पणीहरूमा व्याख्या गरिएको हुन्छ । कहिलेकाहीँ वैकल्पिक अनुवाद पनि दिइएको हुन्छ । जसलाई “वैकल्पिक अनुवाद” भनेर लेखिएको हुन्छ । अनुवाद एकेडेमी (अनुवाद एकेडेमी) पृष्ठमा जाने लिङ्क पनि हुन्छ जसले यस्ता अलङ्कारको थप जानकारी र अनुवाद रणनीतिहरू उपलब्ध गराउँछ ।
अर्थलाई अनुवाद गर्नको लागि तपाईंले अलङ्कारलाई पहिचान गर्न सक्षम हुनुपर्छ र स्रोत भाषामा यसको अर्थ के हुन्छ भनी थाहा पाउनुपर्छ । त्यसपछि लक्षित भाषामा अनुवाद गर्दा उस्तै अर्थ दिनको लागि अलङ्कारको प्रयोग गर्ने वा सिधा अर्थ संचार गर्ने भन्ने कुराको छनौट गर्न सकिन्छ ।
मेरो नाउँमा धेरै जना आउने छन् र भन्ने छन्, ‘म उहि नै हुँ,’ र तिनीहरूले धेरैलाई भ्रममा पार्ने छन् । (मर्कूस १३:६)
यस टिप्पणीमा अलङ्कारलाई लक्षणाात्मक भनिन्छ । "मेरो नाउँमा" वाक्यांशले वक्त्ताको नाउँलाई (येशू) इङ्कित गर्दैन, तर उहाँको व्यक्तित्व र अधिकारलाई जनाउँछ । यो पाठमा टिप्पणीले दुईवटा वैकल्पिक लक्षणात्मक अनुवादहरू दिएर व्याख्या गर्दछ । लक्षणाको बारेमा अनुवाद एकेडेमी पृष्ठमा लिङ्क दिइएको हुन्छ । लक्षणाको बारेमा थप जानकारी र लक्षणाको अनुवादसम्बन्धि रणनीतिहरूको लागि लिङ्कमा क्लिक गर्नुहोस् । किनकि यो वाक्यांश एउटा साझा वाक्पद्धति हो । टिप्पणीमा अनुवाद एकेडेमी पृष्ठको सम्पर्क समावेश गरिएको हुन्छ, जसले वाक्पद्धतिको व्याख्या गर्दछ ।
““ए सर्पका बच्चा हो,! तिमीहरूलाई आइलाग्ने क्रोधबाट भाग्न कसले चेताउनी दियो? (लुका ३:७)
यस टिप्पणीमा भएको अलङ्कारलाई लक्षणा भनिन्छ । टिप्पणीले रूपकको व्याख्या गर्दछ र दुईवटा वैकल्पिक अनुवादहरू दिन्छ । त्यसपछि रूपकहरूको बारेमा अनुवाद एकेडेमी पृष्ठमा लिङ्क हुन्छ । रूपकहरूको बारेमा र तिनीहरू अनुवाद गर्ने सामान्य रणनीतिहरूका बारेमा सिक्नको लागि लिङ्कमा क्लिक गर्नुहोस् ।
उद्धरण दुई प्रकारका हुन्छन्ः प्रत्यक्ष उद्धरण र अप्रत्यक्ष उद्धरण । एउटा उद्धरणलाई अनुवाद गर्दा प्रत्यक्ष उद्धरण वा अप्रत्यक्ष उद्धरण कुनमा अनुवाद गर्ने भन्ने कुरा अनुवादकले विचार गर्नुपर्छ । (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष उद्धरणहरू )
यदि ULT मा प्रत्यक्ष वा अप्रत्यक्ष उद्धरण छ भने, टिप्पणीहरूमा यसलाई अर्को किसिमको उद्धरणमा अनुवाद गर्ने विकल्प हुनसक्छ । अनुवाद सुझावको शुरूवात यसरी हुनसक्छ "यसलाई प्रत्यक्ष उद्धरणको रूपमा पनि अनुवाद गर्न सकिन्छः" वा "अप्रत्यक्ष उद्धरणको रूपमा पनि अनुवाद गर्न सकिन्छः" यसपछि त्यस किसिमको उद्धरण दिइएको हुन्छ । यसपछि "प्रत्यक्ष वा अप्रत्यक्ष उद्धरणहरू" दिइएको लिङ्क आउँछ ।
कुनै एउटा उद्धरणको भित्र अर्को उद्धरण भएको अवस्थामा प्रत्यक्ष र अप्रत्यक्ष उद्धरणहरूको टिप्पणीले अलमलमा पार्न सक्छ । कुनै-कुनै भाषाहरूमा यी मध्ये एउटा उद्धरणलाई प्रत्यक्ष उद्धरणमा र अर्कोलाई अप्रत्यक्ष उद्धरणमा अनुवाद गर्नु धेरै स्वभाविक हुनसक्छ । जानकारी पृष्ठको सम्पर्कसँगै टिप्पणी समाप्त हुन्छ जसलाई उद्धरण भित्रको उद्धरणभनिन्छ ।”
उहाँले तिनलाई कसैलाई नभन्ने निर्देशन दिनुभयो । (लुका ५:१४)
यहाँ अनुवाद टिप्पणीले लक्षित भाषामा अर्थ अझ स्पष्ट वा स्वभाविक देखिने पार्नको निम्ति अप्रत्यक्ष उद्धरणलाई प्रत्यक्ष उद्धरणमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने देखाउँछ ।
फसलको समयसम्म ।कटनी गर्नेहरूलाई भन्ने छु, 'पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँचाहिँ मेरो ढुकुटीमा राख ।” (मत्ती १३:३०)
अनुवाद टिप्पणीले लक्षित भाषामा अझ स्पष्ट वा स्वभाविकअर्थ देखिने भएमा प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने देखाउँछ ।
कहिलेकाहीँ वाक्यांश र त्यस वाक्यांशको केही भागको लागि छुट्टाछुट्टै टिप्पणीहरू दिइएका हुन्छन् । यस्तो अवस्थामा लामो वाक्यांशको व्याख्या पहिले र यसका भागहरूको व्याख्या पछि गरिन्छ ।
तर तिम्रो कठोर र अपश्चात्तापी हृदयमा तिमीले आफ्नो निम्ती त्यस क्रोधका दिनको लागि क्रोध थुपारिरहेछौ । (रोमी २:५)
तर तिम्रो कठोर र अपश्चात्तापी हृदयमा - पावलले परमेश्वरको आज्ञा पालन गर्न इन्कार गर्नेलाई बुझाउन केही कडा , ढुङ्गा जस्तै वस्तुसँग तुलना गर्नको निम्ति रुपकको प्रयोग गर्छन् । पावले लक्षणापनि प्रयोग गरेका छन् यहाँ एउटा व्यक्तिलाई प्रस्तुत गर्न उनले "हृदय" को प्रयोग गरेका छन् । वैकल्पिक अनुवाद: "किनकि तिमीले सुन्न र पश्चात्ताप गर्न इन्कार गरेका छौ" (हेर्नुहोस्: रुपक and लक्षणा)
कठोर र अपश्चात्तापी हृदय - वाक्यांश "अपश्चात्तापी हृदय" ले ""कडापन शब्दलाई व्याख्या गर्दछ । (हेर्नुहोस्: उस्तै अर्थ दिने दुई शब्दहरू)
यी उदाहारणहरूमा पहिलो टिप्पणीले रुपक र लक्षणाको व्याख्या गर्दछ र दोस्रोले त्यहि खण्डको प्रतिरुपलाई व्याख्या गर्दछ ।*
अनुवादकले अनुवाद गरेका प्रत्येक बाइबलका खण्डहरूले उक्त बाइबल खण्डको लेखकले संचार गर्न चाहे अनुसारको अर्थ दिन्छन् भन्ने कुराको निश्चित गर्नु अनुवादकको कर्तव्य हो । यसो गर्नको लागि उसले बाइबलका विद्वानहरूले तयार पारेको शब्दहरू अनुवाद सहितको अनुवाद सहयोग पढ्नु पर्ने छ ।
शब्दहरूको अनुवाद प्रयोग गर्नको लागि तल दिइएका चरणहरू अपनाउनुहोस्ः
१. कुनैपनि स्रोत पाठमा भएका महत्वपूर्ण शब्दहरू र हरेक अस्पष्ट वा बुझ्नलाई कठिन शब्दहरू पहिचान गर्नुहोस् । २. "शब्दहरू अनुवाद" भनिने खण्डमा हेर्नुहोस् । ३. तपाईंले पहिचान गरेका महत्वपूर्ण वा कठिन शब्दहरू पत्ता लगाउनुहोस् र पहिलोमा क्लिक गर्नुहोस् । ४. शब्दहरूको अनुवादमा दर्ता गरिएको उक्त शब्द पढ्नुहोस् । ५. परिभाषा पढिसकेपछि, शब्दहरू अनुवादमा तपाईंले जुन परिभाषा पढ्नु भएको थियो त्यो परिभाषाको बारेमा सोचेर बाइबल खण्डलाई फेरि पढ्नुहोस् । ६. त्यो शब्द तपाईंको भाषामा अनुवाद गर्नको लागि बाइबलको प्रसङ्गसँग र परिभाषासँग मेल खाने अनुवादका सम्भावित तरिकाहरू सोच्नुहोस् । तपाईंको भाषामा समान अर्थ दिने शब्द र वाक्यांशहरू तुलना गरेर प्रयोग गर्नु उपयोगी हुन्छ । ७. तपाईंले उत्तम ठान्नुभएको एउटा छान्नुहोस् र त्यसलाई लेख्नुहोस् । ८. तपाईंले पहिचान गरेका अरु शब्दहरू अनुवादको लागि माथिका चरणहरू दोहोर्याउनुहोस् । ९. जब प्रत्येक शब्दहरू अनुवादको लागि तपाईंसँग राम्रो तयारी हुन्छ त्यसपछि पूरै खण्ड अनुवाद गर्नुहोस् । १०. तपाईंले अनुवाद गर्नुभएको खण्ड अरुलाई पढ्न लगाएर परीक्षण गर्नुहोस् । जुन ठाउँमा खण्डको अर्थ अरूले बुझ्दैनन् त्यहाँ फरक शब्द वा वाक्यांशहरू राख्नुहोस् ।
एउटा शब्द अनुवादको लागि राम्रो अनुवाद पाएपछि तपाईंले यस अनुवादलाई अनुवाद अवधिभर लगातार प्रयोग गर्नुपर्छ । तपाईंले गरेको अनुवाद मेल खाएन भने पूरै प्रक्रियालाई फेरि सोच्नुहोस् । उस्तै अर्थ भएको शब्द नयाँ प्रसङ्गमा अझ राम्रोसँग मिल्न पनि सक्छ । तपाईंले प्रयोग गरेको हरेक शब्द अनुवादको जानकरी अनुवाद समूहमा हरेकलाई उपलब्ध गराउनको लागि त्यसको लगत राख्नुहोस् । यसले अनुवादमा कुन शब्द प्रयोग गर्नुपर्छ भन्ने कुरा जान्नको लागि अनुवाद समूहमा हरेकलाई सहयोग गर्ने छ ।
कहिलेकाहीँ शब्द अनुवादले लक्षित भाषामा थाहा नभएको कुरालाई बताउँछ । यस्तो अवस्थामा वाक्यांशको व्याख्या गर्नु, केही उस्तै विकल्प दिने शब्द लेख्नु, अर्को भाषाको शब्द लेख्नु, एकदम साधारण शब्द प्रयोग गर्नु, वा धेरै विशिष्ट शब्दहरू प्रयोग गर्नु संभावित समाधान हो । अधिक जानकरीको लागि अज्ञात अनुवादहेर्नुहोस् ।
यहूदी र इसाई धार्मिक विश्वासहरू र वस्तुहरूलाई जनाउने 'थाह नभएका विचार' हुन् । केही थाह नभएका साझा विचारहरू यस प्रकार छन्ः
ठाउँका नामहरू जस्तै:
एउटा कार्यलयमा मानिसहरूले पाएको पदहरू जस्तै:
बाइबलका मुख्य अवधारणाहरू जस्तै:
(यी सबै घटनाहरूलाई प्रतिनिधित्व गर्ने नामहरू हुन्, त्यसकारण तिनीहरूलाई क्रियाको अनुवाद गर्नुपर्ने हुनसक्छ ।)
तिनीहरूलाई अनुवाद गर्ने उत्तम अनुवादका तरिका पत्ता लगाउनको लागि तपाईंले अरू अनुवाद समूहका सदस्यहरू, मण्डली वा गाउँका मानिसहरूसँग यी शब्दहरू अनुवादको परिभाषाहरूको बारेमा छलफल गर्नुपर्ने हुनसक्छ ।
आफूले अनुवाद गरेका प्रत्येक बाइबल खण्डको अर्थ आफ्नो खुबीले भ्याएसम्म त्यस बाइबल खण्डको लेखकले संचार गर्न खोजे अनुसारको छ भन्ने कुराको निश्चित गराउन सक्नु अनुवादकको कर्तव्य हो । यसो गर्नको लागि उसले बाइबल विद्वानहरूले तयार पारेका अनुवाद प्रश्नहरू सहितका अनुवाद सहयोगीहरूको अध्ययन गर्नुपर्छ ।
अनुवाद प्रश्नहरू ( अनुवाद प्रश्न ) यूएलटीको पाठमा आधारित हन्छन्, तर तिनीहरू हरेक बाइबल अनुवादलाई जाँच गर्न प्रयोग हुन सक्छन् । अनुवाद प्रश्नहरूले बाइबलका विषयवस्तुहरूको बारेमा प्रश्नहरू गर्छन् । यिनीहरू विभिन्न भाषाहरूमा अनुवाद गरिएका हन्छन् र यिनलाई परिवर्तन गर्न गर्नुहुँदैन । अनुवाद प्रश्नले प्रश्नहरूको साथै उक्त प्रश्नको लागि उत्तर सहितको सुझाब उपलब्ध गराउँछ । तपाईंले यी प्रश्न र उत्तरहरूका संग्रहहरूलाई आफ्नो अनुवादको शुद्धता जाँच गर्नको निम्ति प्रयोग गर्न सक्नुहुन्छ । तिनको प्रयोग भाषा समुदायका सदस्यहरूसँग पनि गर्न सक्नुहुन्छ ।
समुदायले गर्ने जाँचको अवधिमा अनुवादले लक्षित भाषामा ठिक कुरा स्पष्टसँग संचार गरिएको छ कि छैन भनेर जाँच गर्नको लागि अनुवाद प्रश्नले अनुवादकलाई सहायता गर्छ । समुदायका सदस्यले बाइबल पाठको अनुवाद सुनिसकेपछि प्रश्नहरूको ठिक जवाफ दिए भने अनुवाद स्पष्ट र ठिक हुन्छ ।
अनुवाद प्रश्न प्रयोग गरेर अनुवादको जाँच आफैं गर्नको लागि, तल दिइएका चरणहरूको पालना गर्नुहोस्ः
१. बाइबलको एउटा खण्ड वा पाठ अनुवाद गर्नुहोस् । २. “प्रश्नहरू” भन्ने खण्डमा हेर्नुहोस् । ३. त्यो खण्डको लागि राखिएका प्रश्नहरूको लगत पढ्नुहोस् । ४. उक्त अनुवादबाट त्यसको उत्तर सोच्नुहोस् । अन्य बाइबल अनुवादहरूबाट तपाईंले जानेको कुराको आधारमा जवाफ दिने प्रयास नगर्नुहोस् । ५. उत्तर थाह पाउनको लागि प्रश्नमा क्लिक गर्नुहोस् । ६. यदि तपाईंको उत्तर ठिक छ भने तपाईंको अनुवाद राम्रो हुनसक्छ । तर सम्झनुहोस्, यसले अन्य व्यक्तिहरूलाई पनि उही अर्थ संचार गरेको छ कि छैन भनेर हेर्नको लागि तपाईंले यसलाई सम्वन्धित भाषाका समुदायसँग जाँच गर्नुपर्छ ।
समुदायमा गरिने जाँचमा अनुवाद प्रश्नहरूको प्रयोगको निम्ति तल दिइएका चरणहरू पालना गर्नुहोस्ः
१. भर्खरै अनुवाद सम्पन्न गरेको बाइबलको पाठ समुदयका एक वा धेरै सदस्यहरूलाई पढेर सुनाउनुहोस् । २. स्रोताहरूले बाइबलका अन्य अनुवादबाट थाह पाएको अर्थ होइन तर तिनीहरूले सुनेका अनुवादहरूबाट मात्र बुझेका प्रश्नहरूको उत्तर दिनलाई भन्नुहोस् । यो जाँच मानिसहरूको होइन तर अनुवादको हो । यस्तो जाँच गर्दा बाइबलको बारेमा धेरै ज्ञान नभएका मानिसहरूसँग अनुवादको जाँच गर्नु धेरै लाभदायक हुन्छ । ३. “प्रश्नहरू” भन्ने खण्डमा हेर्नुहोस् । ४. त्यो खण्डको लागि राखिएको पहिलो प्रश्नको लगत पढ्नुहोस् । ५. समुदायका सदस्यहरूलाई प्रश्नको उत्तर सोध्नुहोस् । उनीहरूलाई अनुवादबाट मात्र उत्तर सोच्नको लागि सम्झना दिलाउनुहोस् । ६. देखाइएको उत्तर थाह पाउनको लागि प्रश्नमा क्लिक गर्नुहोस् । यदि समुदयका सदस्यहरूले दिएको उत्तर र देखाइएको उत्तरमा धेरै समानता छ भने अनुवादले स्पष्टसँग ठिक कुराको संचार गरिरहेकको छ । तर व्यक्तिले प्रश्नको उत्तर ठिक तरिकाले दिन सक्दैन वा गलत उत्तर दियो भने अनुवादले राम्रोसँग संचार गरेको नहुनसक्छ र परिवर्तन गर्नुपर्ने हुनसक्छ । ७. पाठका अन्य प्रश्नहरूको पनि निरन्तर त्यसरी नै जाँच गर्न सकिन्छ ।
हजारौँ वर्षअगाडि, मानिसहरूले बाइबलका पुस्तकहरू लेखे । त्यसपछि अरू मानिसहरूले तिनलाई हातले सारे र तिनको अनुवाद गरे । तिनीहरूले यो काम धेरै होशियारीका साथमा गरे, र थुप्रै वर्षहरूको अवधिमा धेरै मानिसहरूले हजारौँ प्रतिहरू निकाले । तापनि ती हेर्ने मानिसहरूले पछि देखे कि तिनीहरूको बीचमा स-साना भिन्नताहरू थिए । सार्ने व्यक्तिहरूले अन्जानमा केही शब्दहरूलाई छुटाए, र केहीले एउटा शब्दलाई त्यो जस्तै देखिने अर्को शब्द ठानी गलत सारे । कहिलेकाहीँ तिनीहरूले अन्जानमा, वा तिनीहरूले केही कुराको व्याख्या गर्न चाहेका कारण, शब्दहरू र पूरा वाक्यहरू नै पनि थपे । आजका नयाँ बाइबलहरू पुराना प्रतिहरूका अनुवादहरू हुन् । केही नयाँ बाइबलहरूमा थपिएका यी केही वाक्यहरू छन् । यूएलटीमा, यी थपिएका वाक्यहरूलाई सामान्यतया पादटिप्पणीमा लेखिएका हुन्छन् ।
बाइबलका विद्वानहरूले थुप्रै पुराना प्रतिहरू पढेका छन् र तिनीहरूको एक अर्कासँग तुलना गरेका छन् । बाइबलमा भएको हरेक स्थानमा जहाँ एउटा भिन्नता थियो, कुन शब्दहरूको प्रयोग चाहिँ ठीक भएको सबैभन्दा बढी सम्भाव्य हुनुपर्छ भनेर तिनीहरूले पत्तो पाएका छन् । यूएलटीका अनुवादकहरूले यूएलटीलाई विद्वानहरूले सबैभन्दा सम्भाव्य रूपमा ठीक भनेका शब्द चयनमा आधारित गरे । किनभने यूएलटीको प्रयोग गर्ने मानिसहरूसँग अन्य बाइबलहरू भएको हुन सक्छ जुन अन्य प्रतिहरूमा आधारित छन्, यूएलटीका अनुवादकहरूले पादटिप्पणीहरू राखेका छन् जसले यी केही भिन्नताहरूको बारेमा भन्छन् ।
अनुवादकहरूलाई यूएलटीमा भएको खण्डलाई अनुवाद गर्न र यूएलटीमा गरिएको जस्तै गरी, थपिएका वाक्यहरूको बारेमा पादटिप्पणीहरूमा लेख्नलाई प्रोत्साहन गरिन्छ । तापनि, यदि स्थानीय मण्डलीले ती वाक्यहरू मुख्य खण्डमा नै समावेश भएको साँच्चै चाहन्छ भने, अनुवादकहरूले तिनलाई खण्डमा नै राख्न सक्छन् र तिनको बारेमा एउटा पादटिप्पणी दिन सक्छन् ।
मत्ती १८:१०-११ यूएलटीले पद ११ को बारेमा एउटा पादटिप्पणी राखेको छ ।
१०ख्याल गर कि तिमीहरूले यी सानामध्ये कसैलाई पनि हेला गर्दैनौ । किनकि म तिमीहरूलाई भन्दछु कि स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गमा हुनुहुने मेरा पिताको मुहार सधैँ हेर्छन् ।११[१]
[१] धेरै आधिकारिक निकायहरूले, जसमा केही प्राचीन छन्, प. ११ लाई हाल्छन् । किनकि मानिसको पुत्र हराएकाहरूलाई बचाउन आयो ।
यूहन्ना ७:५३-८:११ सर्वोत्तम र सबैभन्दा प्राचीन पाण्डुलिपिहरूमा छैन । यसलाई यूएलटीमा समावेश गरिएको छ, तर यसलाई सुरुमा र अन्तमा ठूला कोष्ठक चिन्हहरूले ([ ]) अङ्कित गरेर राखिएको छ, र पद ११ पछि त्यहाँ एउटा पादटिप्पणी छ ।
५३[तब हरेक मानिस उसको आफ्नो घर गयो ... ११त्यसले भनी, “प्रभु, कसैले दिएन ।” येशूले भन्नुभयो, “नता म पनि तिमीलाई दोष लगाउँछु । तिम्रो बाटो जाऊ; अबदेखि फेरि पाप नगर ।”][२]
[२]सर्वोत्तम र सबैभन्दा प्राचीन पाण्डुलिपिहरूमा यूहन्ना ७:५३-८:११ छैन ।
जब खण्डमा भिन्नताहरू आउँछन्, तपाईंले यूएलटी वा तपाईंको पहुँचमा भएको अन्य कुनै पनि अर्को संस्करणलाई पछ्याउनलाई छान्न सक्नुहुन्छ ।
१. यूएलटीले अनुवाद गरेका पदहरूलाई अनुवाद गर्नुहोस् र यूएलटीले प्रदान गरेको पादटिप्पणीलाई समावेश गर्नुहोस् । २. अर्को संस्करणले अनुवाद गरेको जसरी पदहरूलाई अनुवाद गर्नुहोस् र पादटिप्पणीलाई बदल्नुहोस् ताकि त्यो यस अवस्थासँग मिलोस् ।
अनुवादका रणनीतिहरूलाई मर्कुस ७:१४-१६ यूएलटीमा लागु गरिएको छ, जससँग पद १६ को बारेमा पादटिप्पणी छ ।
१. यूएलटीले अनुवाद गरेका पदहरूलाई अनुवाद गर्नुहोस् र यूएलटीले प्रदान गरेको पादटिप्पणीलाई समावेश गर्नुहोस् ।
२. अर्को संस्करणले अनुवाद गरेको जसरी पदहरूलाई अनुवाद गर्नुहोस्, र पादटिप्पणीलाई बदल्नुहोस् ताकि त्यो यस अवस्थासँग मिलोस् ।
केही दुर्लभ खण्डहरूमा, तपाईंले अन्फोल्डिङ्ग वोर्ड अक्षरशः रहेको खण्ड (यूएलटी) वा अन्फोल्डिङ्ग वोर्ड सामान्यीकरण गरिएको खण्ड (यूएसटी) मा देख्नुहुनेछ कि दुई वा सोभन्दा बढी पद सङ्ख्याहरू जोडिएका हुन्छन्, जस्तै, १७-१८ । यसलाई पदको पुल भनिन्छ । यसको अर्थ हो कि पदहरूमा भएको जानकारीलाई पुनः मिलाएर राखिएका छन् ताकि कथा वा सन्देश बढी सजिलो रूपमा बुझ्न सकियोस् ।
२९ होरीहरूका कुलहरू यी नै थिएः लोतान, शोबाल, र सिबोन, र अना, ३० दीशोन, एसेर, दीशानः सेइरको भूमिमा भएका तिनीहरूका कुलहरूका सूचीअनुसार होरीहरूका कुलहरू यी नै थिए । (उत्पत्ति ३६:२९-३० यूएलटी)
२९-३० मानिसहरूका समूहहरू जो होरका सन्तानहरू थिए, तिनीहरू सेइरको भूमिमा बस्थे । मानिसहरूका समूहहरूका नाउँहरू लोतान, शोबाल, र सिबोन, अना, दीशोन, एसेर, र दीशान हुन् । (उत्पत्ति ३६:२९-३० यूएसटी)
यूएलटीको खण्डमा, २९ र ३० का पदहरू अलग्गै छन्, र मानिसहरू सेइरमा बसिरहेको कुराको बारेमा भएको जानकारी चाहिँ पद ३० को अन्तमा छ । यूएसटीको खण्डमा, पदहरूलाई जोडिएको छ, र तिनीहरू सेइरमा बसिरहेको कुराको बारेमा भएको जानकारी चाहिँ सुरुमै छ । धेरै भाषाहरूको लागि यस्तो चाहिँ अझ बढी बुझाइ आउने जानकारीको क्रम हो ।
कहिलेकाहीँ यूएलटीमा छुट्टाछुट्टै पदहरू हुन्छन् भने यूएसटीमा चाहिँ पदको पुल हुन्छ ।
४ तापनि, तिमीहरूका माझमा कोही पनि गरिब हुनुहुँदैन (किनकि यहवेले तिमीहरूले अधिकार गर्नलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा तिमीहरूलाई निश्चय नै आशिष् दिनुहुनेछ), ५ यदि आज मैले तिमीहरूलाई आदेश दिइरहेका यी सबै आज्ञाहरूको पालना गर्न, तिमीहरूले यहवे तिमीहरूका परमेश्वरको आवाजलाई दिलोज्यानले ध्यान मात्रै दियौ भने, (व्यवस्था १५:४-५ यूएलटी)
४-५ यहवे हाम्रा परमेश्वरले तिमीहरूलाई दिइरहनुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ । यदि तिमीहरूले यहवे हाम्रा परमेश्वर र आज मैले तिमीहरूलाई दिइरहेका सबै आदेशहरूको पालना गर्यौ भने, त्यहाँ तिमीहरूको माझमा कोही गरिब मानिसहरू हुनेछैनन् । (व्यवस्था १५:४-५ यूएसटी)
यूएलटीमा पनि थोरै पदका पुलहरू छन् ।
१७-१८ एज्राका छोराहरू येतेर, मेरेद, एपेर, र यालोन थिए । मेरेदको मिश्री पत्नीले मिरियम, शम्मै, एश्तमोकाका पिता यिश्बहलाई जन्माइन् । यिनीहरू फारोकी छोरी, बित्याहका छोराहरू थिए जसलाई मेरेदले विवाह गरेका थिए । मेरेदको यहूदी पत्नीले येरेदलाई जन्माइन्, जो गदोरका पिता भए; हेबेरलाई जन्माइन्, जो सोखोका पिता भए; अनि यकूतीएललाई जन्माइन्, जो जानोहका पिता भए । (१ इतिहास ४:१७-१८ यूएलटी)
बित्याहका छोराहरू कुन थिए भनेर अझ बढी प्रस्ट ढङ्गले देखाउनका लागि यूएलटीले रेखाङ्कन गरिएको वाक्यलाई पद १८ बाट पद १७ मा सार्यो । खास क्रम यहाँ दिइएको छ, जुन धेरै पाठकहरूको लागि अलमल्याउने किसिमको छः
१७ एज्राका छोराहरूः येतेर, मेरेद, एपेर, र यालोन । तिनले गर्भधारण गरिन् र मिरियम, शम्मै, र एश्तमोकाका पिता यिश्बहलाई जन्माइन् । १८ अनि उनकी यहूदी पत्नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर, र जानोहका पिता यकूतीएललाई जन्माइन् । यिनीहरू फारोकी छोरी, बित्याहका छोराहरू थिए जसलाई मेरेदले विवाह गरेका थिए । (१ इतिहास ४:१७-१८ टीएनके)
जानकारीलाई तपाइंको पाठकहरूको लागि प्रस्ट हुने क्रममा राख्नुहोस् ।
१. यदि तपाईंले कुनै पदबाटको जानकारीलाई त्यभन्दा अघिल्लो पदबाटको जानकारीभन्दा अगाडि राख्नुभयो भने, दुई पदका सङ्ख्याहरूका बीचमा धर्सा कोर्नुहोस् । २. यदि यूएलटीमा पदको पुल छ, तर तपाईंले हेर्नुहुने अर्को बाइबलमा छैन भने, तपाईंले आफ्नो भाषामा सबैभन्दा उत्तम तवरमा मिल्ने क्रमलाई छान्न सक्नुहुन्छ ।
ट्रान्सलेसन स्टुडियो एपमा पदहरूलाई कसरी अङ्कित गर्ने भनेर हेर्नुहोस् ।
१. यदि तपाईंले कुनै पदबाटको जानकारीलाई त्यभन्दा अघिल्लो पदबाटको जानकारीभन्दा अगाडि राख्नुभयो भने, दुई पदका सङ्ख्याहरूका बीचमा धर्सा कोर्नुहोस् ।
२. यदि यूएलटीमा पदको पुल छ, तर तपाईंले हेर्नुहुने अर्को बाइबलमा छैन भने, तपाईंले आफ्नो भाषामा सबैभन्दा उत्तम तवरमा मिल्ने क्रमलाई छान्न सक्नुहुन्छ ।
लेखनहरू विभिन्न प्रकारका हुन्छन् र हरेक प्रकारका लेखनका आ-आफ्नै उद्देश्य हुन्छन् । यी उद्देश्यहरू फरक फरक भएका हुनाले विभिन्न प्रकारका लेखन विभिन्न तरिकाले संगठित गरिएका हुन्छन् । मानिसहरू र वस्तुहरूलाई जनाउनको निम्ति विभिन्न क्रियापद र वाक्यहरूको प्रयोग गरिन्छ । यी भिन्नताले पाठकहरूलाई तुरुन्तै लेखनकको उद्देश्य जान्नको लागि सहायता गर्छन् र तिनले लेखकले संचार गर्न चाहेको अर्थलाई उत्तम तरिकाले संचार गर्ने काम गर्छन् ।
प्रत्येक भाषामा निम्न लिखित चार आधारभूत लेखनहरू अवस्थित हुन्छन् । प्रत्येक प्रकारका लेखनको उद्देश्य फरक हुन्छन् ।
प्रत्येक भाषामा विभिन्न प्रकारका लेखहरूलाई संगठित गर्ने आफ्नै तरिकाहरू हुन्छन् । अनुवादकले आफूले अनुवाद गर्न लागेको लेखनको प्रकार बुझ्नु आवश्यक छ, यो स्रोत भाषामा कसरी संगठित छ, र उसको भाषाले यस्ता प्रकारका लेखनलाई कसरी संगठित गर्छ भनेर पनि बुझ्नु पर्छ । अनुवादलाई मानिसहरूले ठिक प्रकारले बुझून् भनेर अनुवादकले लेखनलाई आफ्नो भाषामा जुन तरिकाले लेखिन्छ त्यही तरिकाले लेख्नुपर्छ । प्रत्येक अनुवादमा जुन तरिकाले शब्दहरू, वाक्यहरू, र अनुच्छेदहरू मिलाएर लेखिएका हुन्छन् त्यही अनुसार मानिसहरूले अर्थ बुझ्छन् ।
माथिका चार आधारभूत प्रकारहरूसँग मिल्ने लेखनका तल दिइएका छन् । यी लेखन शैलीहरूले अनुवादमा अक्सर चुनौतिहरू प्रस्तुत गर्दछन् ।
एउटा भाषामा विभिन्न प्रकारका लेखनहरूको विविधताहरूलाई तिनीहरूको लेखाइका विशेषताहरू भन्न सकिन्छ । एउटा निश्चित पाठकको उद्देश्यमा कस्ता प्रकारका लेखाइका विशेषताहरू प्रयोग गरिएको छ भन्ने कुराले प्रभाव पार्न सक्छ । उदाहारणको लागि, वर्णनात्मक लेखनमा निम्न प्रकारका लेखाइका विशेषताहरू समावेश गरिन्छः
भाषाहरूमा लेखाइका विशेषताहरू प्रयोग गर्ने तरिकाहरू फरक-फरक हुन्छन् । अनुवादकले आफ्नो भाषामा यिनीहरू यी हरेक कुराहरूमा यसको प्रयोग कसरी गरिएको छ भन्ने कुराको अध्ययन गर्नुपर्छ अनि मात्र उसले स्पष्ट र स्वभाविक तरिकाले संचार गर्न सक्छ । अर्को प्रकारको लेखनमा अर्को लेखाइका विशेषतााहरू हुन्छन् ।
१. नयाँ घटनाको परिचय - "एक दिन" वा “यो त्यस्तै भयो” वा "यस्तो हुन आयो" वा “त्यसपछि” जस्ता वाक्यांशहरूले नयाँ घटना भन्न बाँकी नै भन्ने बुझाउँछन् । २. नयाँ र पुराना सहभागीहरूको परिचय - भाषासँग नयाँ मानिसहरूलाई परिचय गर्ने र ती मानिसहरूलाई फेरि जनाउने तरिका हुन्छ ।
३. पृष्ठभुमि जानकारी - एउटा लेखकले धेरै कारणहरूले प्रयोग पृष्ठभुमि जानकारी गर्न सक्छः १) कथामा रोचकता थप्न, २) कथा बुझाउनको लागि जानकारी दिन, ३) केही कुरा कथामा किन महत्त्वपूर्ण छन् भनी व्याख्या गर्न । ४. सर्वनामहरू- कति बेला प्रयोग गर्ने - सर्वनामहरू- कति पटक प्रयोग गर्ने भन्ने भाषाका आफ्नै शैलीहरू हुन्छन् । यदि ती शैलीहरू प्रयोग गरिएन भने गलत अर्थ लाग्छ । ५. कथाको समापन - कथाहरू विभिन्न प्रकारका जानकारीहरू सहित समापन हुन सक्छन् । ती जानकारीहरू कथासँग कसरी सम्बन्धित छन् भनेर देखाउने विभिन्न तरिकाहरू भाषासँग हुन्छन् । ६. उद्धरण र उद्धरण मार्जिन - भाषासँग कसैले भनेका कुरा देखाउने विभिन्न तरिकाहरू हुन्छन् । ७. संयोजक शब्दहरू - संयोजक शब्दहरू कसरी प्रयोग गर्ने भन्ने भाषाको शैली हुन्छ ।(जस्तै "र", "तर", वा "त्यसपछि") ।
जब मानिसहरूले एउटा कथा भन्छन्, सामान्यतया घटना घटेको क्रम अनुसार भन्दछन् । घटनाहरूको क्रमले कहानी बनाउँछ । कहानी कार्य क्रियापदहरूले भरिएका हुन्छन् जसले कथालाई समयसँगै गतिशिल बनाउँछन् । तर कहिलेकाहिँ लेखकहरूले कहानीबाट विश्राम लिन सक्छन् र उनीहरूका स्रोताहरूलाई कथा रोम्रोसँग बुझ्न सजिलो होस् भनेर केही जानकारी दिन्छन् । यस्तो प्रकारको जानकारीलाई पृष्ठभूमिको जानकारी भनिन्छ । पृष्ठभूमिको जानकारी कथामा भनिएभन्दा पहिले घटेको हुनसक्छ । यो लेखकले कथामा भनेको भन्दा पहिले घटेका घटना वा पछि घट्ने घटनाहरूको बारेमा पनि हुनसक्छ ।
उदाहारण -तल दिइएको कथाका रेखाङ्कित वाक्यहरू सबै पृष्ठभूमि जानकारी हुन् ।
पिटर र जोन शिकार गर्नको लागि गए किनभने तिनीहरूको गाउँमा अर्को दिन भोज हुन गइरहेको थियो । पिटर गाउँको सबैभन्दा राम्रो शिकारी थियो । उसले एक पटक एकै दिन तिनवटा जङ्गली सुङ्गुरहरू मारेको थियो ! तिनीहरू एउट जङ्गली सुङ्गुरको आवाज नसुनेसम्म झाडीहरूमा हिँडे । सुङ्गुर भाग्यो, तर पनि तिनीहरूले सुङ्गुरलाई हानेर मार्न सफल भए । त्यसपछि त्यो सुङ्गुरका खुट्टाहरू आफूसँगै ल्याएको डोरीले बाँधे उनीहरूले खम्बामा बोकेर घरतिर लगे । जब तिनीहरूले त्यसलाई गाउँमा लगे, पिटरको भतिजाले त्यो सुङ्गुरलाई देख्यो र महसुस गर्यो कि त्यो उसको आफ्नै सुङ्गुर थियो । पिटरले उसको भतिजाको सुङ्गुरलाई भुलबस मारेको थियो ।
पृष्ठभूमि जानकारीले प्रायजसो पहिले नै घटेको घटनाको बारेमा वा पछि घट्ने घटनाको बारेमा बताउँछ । "तिनीहरूको गाउँले अर्को दिन भोजको आयोजना गर्न गइरहेको थियो," जो तिनीहरूले तिनीहरूसँग ल्याएका थिए," र "पिटरले भुलबस उसको भतिजाको सुङ्गुर मारेको थियो" यसका उदाहरणहरू हुन् ।
प्रायजसो पृष्ठभूमि जानकारीले कार्य क्रियापदहरू भन्दा पनि "थियो", र "थिए" जस्ता "हुनु" क्रियापदहरूको प्रयोग गर्छ । यिनीहरूका उदाहरणहरू "पिटर गाउँको सबैभन्दा राम्रो शिकार गर्ने मानिस थियो र "त्यो उसको आफ्नै सुङ्गुर थियो"
कुनै जानकारी कथाको घटनाको भाग होइन भन्ने जनाउने शब्दहरूको प्रयोग गरेर पनि पृष्ठभूमि जानकारीलाई जनाउन सकिन्छ । यो कथामा प्रयोग भएका केही त्यस्ता शब्दहरू "किनभने" "एक पटक" र "थियो" हुन् ।
हागारले अब्रामको निम्ति इश्माएल जन्माउँदा अब्राम छयासी वर्ष पुगेका थिए। (उत्पत्ति १६:१६ यूएलटी)
पहिजो वाक्यले दुईवट घटनाहरू बताउँछ । हागारले जन्म दिइन् र अब्रामले उसको छोराको नाम राखे । दोस्रो वाक्य अब्राम यी घटनाहरू घट्दा कति वर्षका थिए भन्ने बारेमा जानकारी दिनको लागि पृष्ठभूमि जानकारी हो ।
येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्थ्यो । मानिसहरू उहाँ योसेफका छोरा हुन् भन्ठान्थे। (लुका ३:२३ यूएलटी)
यो पदले येशूले कहिले बप्तिष्मा लिनु भएको थियो भन्ने बारेमा पहिले बताउँछ । यो वाक्यले येशूको उमेर र पुर्खाहरूको बारेमा पृष्ठभूमि जानकारीको परिचय गराउँदछ । यो कथा फेरी ४ अध्यायमा सुरु हुन्छ जहाँ येशू उजाड स्थानमा गैरहेको बारेमा बताउँछ ।
अहिले यो शबाथ दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदैहुनुहुन्थ्यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्दै खान लागे । तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने,... (लुका ६:१-२क यूएलटी)
यी पदहरूले कथाको सेटिंगको बारेमा बताउँछन् । यो घटना शबाथको दिनमा अन्नको खेतमा घटेको थियो । येशू, उहाँका चेलाहरू र केही फरिसीहरू त्यहाँ थिए, यशूका चेलाहरूले चेलाहरूले अन्न टिपेर हातमा माड्दै खान लागे । यो कथामा मुख्य कार्य "तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने," भन्ने वाक्यबाट सुरु हुन्छ ।
अनुवादहरूलाई स्पष्ट र स्वभाविक बनाउन तपाईको भाषामा मानिसहरूले कसरी कथाहरू भन्छन् भनेर अध्ययन गर्नु आवश्यक छ । तपाईंको भाषाले कसरी पृष्ठभूमि जानकारीलाई संकेत गर्छ भनेर अवलोकन गर्नुहोस् । यो अध्ययन गर्नको लागि तपाईले केही कथाहरू लेख्नुपर्ने हुनसक्छ । पृष्ठभूमि जानकारीको लागि तपाईंको भाषामा कस्ता प्रकारका क्रियापदहरू प्रयोग गर्छन्, र पृष्ठभूमि जानकारीको लागि कस्ता प्रकारका शब्दहरू वा अरू संकेतहरू प्रयोग गर्छन् अवलोकन गर्नुहोस् । तपाईंले अनुवाद गरेका त्यस्तै छन् भने, तपाईंले गरेको अनुवाद स्पष्ट र स्वभाविक छ र मानिसहरूले यसलाई सजिलै बुझ्न सक्छन् । १. कुनै जानकारी पृष्ठभूमि जानकारी हो भनेर देखाउने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् । २. पहिले घटेका घटनाहरू पहिले व्यक्त गर्ने गरी जानकारीहरूलाई पुनः क्रममा मिलाउनुहोस् । (पृष्ठभूमि जानकारी धेरै लामो भएको बेलामा यसो गर्नु सम्भव हुँदैन ।)
१. कुनै जानकारी पृष्ठभूमि जानकारी हो भनेर देखाउने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् ।
२. पहिले घटेका घटनाहरू पहिले व्यक्त गर्ने गरी जानकारीहरूलाई पुनः क्रममा मिलाउनुहोस् ।
एउटा कथाको अन्तमा दिन सकिने विभिन्न प्रकारका जानकारीहरू हुन्छन् । प्रायः यो पृष्ठभुमि जानकारी हुन्छ । यो पृष्ठभूमि जानकारी हुन्छ । यो पृष्ठभूमि जानकारी कथा निर्माण गर्ने मुख्य भागका कार्यहरूभन्दा फरक हुन्छ । बाइबलको एउटा पुस्तक प्रायः साना-साना कथाहरूले बनेको छ जुन पुस्तको ठुलो कथाका हिस्साहरू हुन् । उदाहरणको लागि, येशूको जन्म लूकाको पुस्तकमा भएको ठुलो कथाको भाग हो । यी प्रत्येक कथाहरू चाहे साना हुन् वा ठुला यसको अन्तमा पृष्ठभूमि जानकारी हुन्छ ।
विभिन्न भाषाहरूमा यस प्रकारका जानकारी प्रस्तुत गर्ने विभिन्न तरिकाहरू हुन्छन् । यदि तपाईं (अनुवादक)ले आफ्नो भाषाको प्रस्तुत गर्ने तरिका प्रयोग गर्नु भएन भने, पाठकहरूले नबुझ्न सक्छन्ः
त्यसपछि बाँकी रहेकाहरू केहीलेचाहिँ फल्याकहरूमा र जहाजका अन्य वस्तुहरूमा पारि जानू भने । यो यसरी भयो कि हामी सबैलाई सुरक्षितसाथ जमिनमा ल्याइयो । (प्रेरित २७:४४ यूएलटी)
तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आफ्ना-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्ने जलाइदिए । त्यसपछि तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो । यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो । (प्रेरित १९:१९-२० यूएलटी)
अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ ।" अनि मरियम तिनीसँग प्राय: तीन महिना बसिन् र त्यसपछि आफ्नो घर फर्किन्। (लुका १:४६-४७, ५६ यूएलटी)
गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै उनीहरूले भनेका कुराले आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन् । (लुका २:१८-१९ यूएलटी)
“तिमीहरू यहूदी व्यवस्थाका विशेषज्ञाहरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिएका छौ; तिमीहरू आफै पनि भित्र प्रवेश गर्दैनौ, र अरू प्रवेश गरिरहेकाहरूलाई पनि बाधा दिन्छौ ।” जब उहाँ त्यहाँबाट जानुभयो, तब शास्त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्न र धेरै विषयहरूमा उहाँको विरुद्ध बहस गर्न थाले, र उहाँको मुखबाट निस्केका कुरामा नै उहाँलाई फसाउने दाउमा बसे । (लुका ११:५२-५४ यूएलटी)
"यदि सूर्य चम्किन छाड्यो भने...", "सूर्य चम्किन छाड्यो भने के होला...", मानौँ सूर्य चम्किन छाड्यो...", "सूर्य चम्मिक नछाडेको भए...।" हामी यस्ता अभिव्यक्तिहरूको प्रयोग काल्पनिक अवस्थालाई जनाउन प्रयोग गर्छौँ । यस्ता अभिव्यक्तिहरूको प्रयोग के हुनसक्थ्यो वा भविष्यमा के हुन सक्छ तर सायद हुँदैन होला भन्ने कुराहरूको कल्पना गर्नको निम्ति प्रयोग गरिन्छ । पश्चाताप वा इच्छाहरू व्यक्त गर्नको निम्ति पनि यिनीहरूको प्रयोग गरिन्छ । बाइबलमा यस्ता कुराहरू अक्सर पाइन्छन् । यिनीहरूको अनुवाद गर्दा यी कुराहरू वास्तवमा भएका थिएनन् र उक्त घटनाको बारेमा कल्पना गरिएको हो भन्ने कुरा मानिसहरूले थाहा पाउने किसिमले गर्नुपर्छ ।
काल्पनिक अवस्थाहरू वास्तविक होइनन् । यिनीहरू भूत, वर्तमान वा भविष्यत् तीनै कालमा हुन सक्छन् । भूत र वर्तमानका काल्पनिक अवस्थाहरू भएका हुँदैनन् र भविष्यका अवस्थाहरू पनि हुने आशा गरिएको हुँदैन ।
मानिसहरू कहिलेकाहीँ सर्तका कुराहरू गर्छन् र ती सर्तहरू पूरा भए भने के हुन्छ भनेर बताउँछन्, तर तिनीहरूलाई ती कुराहरू भएका छैनन् र सायद हुने पनि छैनन् भन्ने तिनीहरूलाई थाहा हुन्छ । ( सर्तहरू "यदि" बाट सुरु हुने वाक्यांशहरू हुन् ।)
मानिसहरूले कहिलेकाहीँ नभएका वा हुनको लागि आशा नगरिएका कुराहरूको बारेमा आफ्नो इच्छा व्यक्त गर्छन् ।
मानिसहरूले कहिलेकाहीँ नभएका वा हुनको लागि आशा नगरिएका कुराहरूको बारेमा आफ्नो पछुतोहरू व्यक्त गर्छन् ।
१. भूतकालका काल्पनिक परिस्थितिहरू
““धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्नेथिए ।” (मत्ती ११:२१ )
मत्ती ११:२१ मा येशूले यदि प्राचिन सहर टुरोस र सीदोनमा बस्ने मानिसहरूले उहाँले गर्नुभएका शक्तिशाली कामहरू देखेका भए, तिनीहरूले धेरै पहिले नै पश्चाताप गरिसक्नेथिए भनेर भन्नुभयो । वास्तवमा टुरोस र सीदोनका मानिसहरूले उहाँका शक्तिशाली कामहरू देखेनन् र पश्चाताप गरेनन् । उहाँका शक्तिशाली कामहरू देखेर पनि पश्चाताप नगर्ने खोराजीन र बेथसेदाका मानिसहरूलाई हप्काउनको निम्ति उहाँले यसो भन्नुभयो ।
मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन ।” (यूहन्ना ११:२१ )
मार्थाले येशू चाँडो आउनुभएको भए हुन्थ्यो भन्ने आफ्नो इच्छा व्यक्त गर्नलाई यसो भनिन् । तर येशू चाँडो आउनुभएन र तिनको भाइ मर्यो ।
२. वर्तमानका काल्पनिक परिश्थितिहरू
कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता नयाँ मद्यले छाला फाट्छ, र दाखमद्य पोखिन्छ, र मशक पनि नष्ट हुन्छ । (लूका ५:३७ )
यदि कुनै व्यक्तिले पुरानो छालाको मशकमा नयाँ दाखमद्य हाल्यो भने के हुन्छ भनेर येशूले भन्नुभयो । तर कसैले पनि यसो गर्दैनन । कुनै समयमा नयाँ कुराहरूसँग पुरानो कुराहरू मिसाउनु बुद्धिमानी हुँदैन भन्ने कुराको उदाहरण दिनको निम्ति उहाँले यस्तो काल्पनिक अवस्थाको बारेमा बताउनुभयो । अरू मानिसहरूले परम्मपरागत रूपमा बस्ने गरेको उपवास येशूका चेलाहरूले किन बसेनन् भन्ने कुरा बुझाउन उहाँले यसो भन्नुभयो ।
येशूले तिनीहरूलाई भन्नुभयो, "यदि तिमीहरूमध्ये कसैको एउटा मात्र भेडा छ र शबाथमा त्यो खाल्डोमा पर्यो भने, के तिमी त्यसलाई समातेर बाहिर निकाल्दैनौ र? (मत्ती १२:११ )
येशूले धार्मिक अगुवाहरूलाई शबाथमा तिनीहरूको भेडा खाल्डोमा खस्यो भने तिनीहरूले के गर्छन् भनेर सोध्नुभयो । उहाँले तिनीहरूको भेडा खाल्डोमा पर्छ भन्नुभएको होइन । उहाँले शबाथमा मानिसहरूलाई निको पारेको कार्यको बारेमा न्याय गरेर तिनीहरूले गलत गरे भन्ने कुरा देखाउनलाई उहाँले यो बिम्बको प्रयोग गर्नुभयो ।
३. भविष्यका काल्पनिक परिस्थितिहरू
ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्नेथिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइने छन् । (मत्ती २४:२२ )
येशूले धेरै खराब कुराहरू हुनसक्ने भविष्यको समयको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । ती संकष्टका दिनहरू लामो समयसम्म रहने हो भने के हुन सक्छ भनेर येशूले भन्नुभयो । ती दिनहरू कति खराब हुने छन् - यति खराब कि कोही पनि बाँच्ने छैन भन्ने देखाउनलाई उहाँले यसो भन्नुभयो । तर त्यसपछि परमेश्वरले ती दिनहरू छोट्याइदिनु हुने छ भनेर उहाँले प्रष्ट पार्नुभयो, ताकि चुनिएका (उहाँले छान्नुभएका) मानिसहरू बाँच्ने छन् ।
४. काल्पनिक परिस्थितिहरूको बारेमा भावना व्यक्त गर्ने
पछुतो र इच्छाहरू धेरै हदसम्म उस्तै हुन्छन् ।
अनि इस्राएलीहरूले तिनीहरूलाई भने, "हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं । त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुने थियो । तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड-स्थानमा ल्याउनुभएको छ ।" (प्रस्थान १६:३ )
उजाड-स्थानमा भोकले सताइएर मर्ने छौँ भनेर इस्राएलीहरू डराएको हुनाले उनीहरूले बरू मिश्रमा नै बसेर पेटभर खाएर मर्न पाएको भए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरे । तिनीहरूले नभएको कुराको गुनासो गरेर पछुतो व्यक्त गरिरहेका थिए ।
मलाई तिम्रा कामहरू थाहा छ । तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुने थियो । (प्रकाश ३:१५ )
मानिसहरू चिसो कि तातो भए हुने थियो भनेर येशूले इच्छा व्यक्त गर्नुभयो, तर तिनीहरू दुबै छैनन् । उहाँले तिनीहरूलाई हप्काएर क्रोध व्यक्त गर्नुभएको थियो ।
तपाईंको भाषा बोल्ने मानिसहरू निम्न कुराहरू कसरी व्यक्त गर्छन् थाहा गर्नुहोस्ः
तपाईंको भाषामा यी कुराहरू कसर व्यक्त गरिन्छ देखाउनुहोस् ।
तपाईंले http://ufw.io/figs_hypo मा भएको भिडियो हेर्ने सक्नुहुन्छ ।
मानिसहरूले कथा भन्दा एउटा घटना वा घटनाका श्रृंखलाको बारेमा भन्छन् । तिनीहरूले निश्चित जानकारीहरूलाई प्रायः कथाको सुरुवातमा राख्दछन् जस्तै; कथा कसको बारेमा छ, यो कहिले भयो र कहाँ भयो । लेखकले यो जानकारी कथाको सुरु हुनुभन्दा अगाडि नै दिन्छन्, यसलाई कथाको परिवेश भनिन्छ । कथाको केही नयाँ घटनाहरूमा पनि परिवेश हुन्छ किनभने तिनमा नयाँ मानिसहरू, नयाँ समय, र नयाँ स्थानहरू समावेश गरिएको हुनसक्छ । कुनै भाषामा कुनै घटना आफूले देखेको हो वा अरु कसैबाट सुनेको हो भन्ने कुरा पनि व्यक्त गर्छन् ।
तपाईंका मानिसहरूले घटनाहरूको बारेमा बताउँदा सुरुवातमा के जानकारी दिन्छन्? के तिनीहरूले त्यसलाई कुनै निश्चित क्रममा राखेका छन्? तपाईंले अनुवाद गर्दा कथा वा घटनाको बारेमा नयाँ जानकारीहरू प्रस्तुत गर्दा स्रोत भाषाको होइन तर तपाईंको आफ्नो भाषाको तरिकाको अनुसरण गर्नुपर्छ । यसो गर्नाले तपाईंको अनुवाद स्वभाविक देखिन्छ र यसले तपाईंको भाषामा स्पष्ट संचार गर्छ ।
यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो । (लुका १:५ यूएलटी)
माथि दिईएको पदले जकरियाको कथाको बारेमा परिचय दिन्छ । पहिलो रेखाङ्कित वाक्यांशले यो कहिले भएको थियो भनेर बताउँछ र अरु दुईवटा रेखाङ्कित वाक्यांशहरूले मुख्य मानिसहरूको परिचय दिन्छन् । अरु दुईवटा वाक्यांशहरूले एलीशिबा र जकरिया वृद्व थिए र उनीहरूका एउटा पनि छोराछोरी थिएनन् भन्ने कुराको वर्णन गरेका गर्छन् । यो सबै कथाको परिवेश हो । त्यसपछि लुका १:८ मा भएको वाक्यांश "एक दिन" ले कथामा भएको पहिलो घटनाको परिचय दिन्छः
एक दिन जब जकरिया आफ्नो जिम्मेवारीको क्रममा परमेश्वरसामु पुजारीको रूपमा आफ्नो काम गरिरहेका थिए, पुजारीहरूले तिनीहरूको रीति-रिवाज अनुसरण गरे र उनलाई परमप्रभुको मन्दिरमा धूप बाल्नको निम्ति धेरै छनौट गरे। (लुका १:८-९ यूएलटी)
येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो (मत्ति १:१८ यूएलटी)
माथिको रेखाङ्कित वाक्यले यो स्पष्ट पार्दछ कि येशूको बारेमा कथा प्रस्तुत भइरहेको छ। कथाले येशूको जन्म कसरी भयो भनेर बताउँदछ।
हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो , पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,... (मत्ति २:१ यूएलटी)
माथिका रेखाङ्कित वाक्यांशले येशूको जन्म पछि ज्ञानी मानिसहरूसँग भएका घटनाहरू देखाउँदछ।
ती दिनहरूमा बप्तिस्मा दिने यूहन्ना यहूदियाको मरूभूमिमा प्रचार गर्न आए,... (मत्ति ३:१-२२ यूएलटी)
माथिका रेखाङ्कित वाक्यांशले देखाउँदछ कि बप्तिस्मा दिने यूहन्ना अघिल्लो घटनाहरू भएको को समयदेखि प्रचार गर्दै आएका थिए । यो सायद धेरै सामान्य हुनसक्छ र येशू नासरतमा बस्नुहुँदाको समयलाई संकेत गर्दछ ।
तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो । (मत्ति ३:१३ यूएलटी)
"तब" भन्ने शब्दले येशू अघिल्लो पदहरूमा भएको घटनाहरू भएको केही समयपछि यर्दन नदीमा आउनुभयो भनेर देखाउँछ ।
फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्य थिए । यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन ।” (यूहन्ना ३:१-२ यूएलटी)
लेखकले पहिले नयाँ व्यक्ति परिचय दिए र त्यसपछि उनले के गरे र कहिले गरे भन्ने बारेमा बताए । केही भाषाहरूमा यो पहिलेको बारेमा बताउनु अधिक स्वभाविक हुन सक्छ।
६नोआ छ सय वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। ७ नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। (उत्पत्ति ७:६-७ यूएलटी)
पद ६ अध्याय ७ को बाँकी घटनाहरूमा हुने घटनाहरूको सारांश हो । अध्याय ६ ले परमेश्वरले नोआलाई जलप्रलय हुने छ र नोआले यसको लागि कसरी तयारी गरे भनेर बताउनुभयो । अध्याय ७ पद ६ मा कथाको अंश प्रस्तुत गरिएको छ जसले नोआ र उसको परिवार र जनावरहरू जहाजमा छिर्ने, वर्षाको शुरूआत, र पानीले पृथ्वीलाई बाढी आउने बारेमा बताउँछ । केही भाषाहरूमा कि यस पदले घटनाको परिचय मात्र दिन्छ भनेर यसलाई स्पष्ट पार्नु आवश्यक पर्दछ वा यो पदलाई ७ पद पछि सार्नुपर्छ । पद ६ कथाको घटनाहरूमध्ये एक होइन । मानिसहरू बाढी आउनुभन्दा पहिले पानीजहाज भित्र गए ।
यदि नयाँ घटनाको सुरुमा दिईएको जानकारी तपाईंका पाठकहरूको लागि स्पष्ट र स्वभाविक छ भने, यसलाई यूएलटी वा UST मा भए अनुसार अनुवाद गर्नुहोस् । यदि होईन भने यीमध्ये एउटा रणनीति प्रयोग गर्नुहोस् ।
१. तपाईंका मानिसहरूले कुनै पनि घटनाको परिचय जसरी दिन्छन् जानकारीहरूलाई त्यसरी नै राख्नुहोस् । २. यदि पाठकहरूले बाइबलमा नभएको केही निश्चित जानकारीको अपेक्षा गर्छन् भने त्यस जानकारी दिनको लागि "अर्को समय" वा "कोही" जस्ता अनिश्चित शब्द वा वाक्यांश प्रयोग गर्ने विचार गर्नुहोस् । ३. यदि परिचय सम्पूर्ण घटनाको सारांश हो भने यो सारांश हो भन्ने देखाउने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् । ४. यदि लक्षित भाषामा घटनाको सुरुमा सारांश दिनु अनौठो हुन्छ भने उक्त घटना कथामा पछि हुन्छ भनेर देखाउनुहोस् ।
१. तपाईंका मानिसहरूले कुनै पनि घटनाको परिचय जसरी दिन्छन् जानकारीहरूलाई त्यसरी नै राख्नुहोस् ।
२. यदि पाठकहरूले बाइबलमा नभएको केही निश्चित जानकारीको अपेक्षा गर्छन् भने त्यस जानकारी दिनको लागि "अर्को समय" वा "कोही" जस्ता अनिश्चित शब्द वा वाक्यांश प्रयोग गर्ने विचार गर्नुहोस् ।
३. यदि परिचय सम्पूर्ण घटनाको सारांश हो भने यो सारांश हो भन्ने देखाउने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् ।
४. यदि लक्षित भाषामा घटनाको सुरुमा सारांश दिनु अनौठो हुन्छ भने उक्त घटना कथामा पछि हुन्छ भनेर देखाउनुहोस् ।
कथामा पहिलो पटक उल्लेख गरिएका व्यक्ति वा वस्तुहरू **नयाँ सहभागीहरू हुन् **। त्यसपछि, जब-जब तिनीहरूलाई उल्लेख गरिन्छन्, तिनीहरू पुराना सहभागीहरू हुन्छन् ।
अब त्यहाँ एकजना फरिसी थिए जसको नाम निकोदेमस थियो... यो मानिस रातको समयमा येशूकहाँ आयो... येशूले उसलाई जवाफ दिनुभयो र भन्नुभयो (यूहन्ना ३:१, २क, ३क)
गाढा बनाइएको पहिलो वाक्यांशले निकोदेमसलाई नयाँ सहभागीको रूपमा प्रस्तुत गर्दछ । त्यसपछि उनलाई एक पुरानो सहभागीको रूपमा "यो मानिस" र "उसलाई" भनेर उल्लेख गरिन्छ ।
तपाईंको अनुवादलाई स्पष्ट र स्वाभाविक बनाउनको लागि सहभागीहरू नयाँ हुन् भने मानिसहरूले जान्ने छन् वा उनीहरूका बारे पढिसकेका सहभागीहरू हुन् भन्ने तरिकाले सहभागीहरूलाई उल्लेख गर्नु आवश्यक हुन्छ । विभिन्न भाषाहरूमा यसो गर्ने विभिन्न तरिकाहरू हुन्छन् । तपाईंले स्रोत भाषाको तरिका होइन, आफ्नो भाषाको तरिका अप्नाउनुपर्छ ।
प्रायः सबैभन्दा महत्त्वपूर्ण नयाँ सहभागीलाई उसको अस्तित्व दर्शाउने एउटा वाक्यांशको साथ प्रस्तुत गरिन्छ, जस्तै तलको उदाहरणमा जस्तै "त्यहाँ एक जना मानिस थिए ।" "त्यहाँ थिए"ले हामीलाई यो मानिस अस्तित्वमा थिए भनी हामीलाई बताउँछ । "एक" वा "एक मानिस" शब्दले लेखक उनको बारेमा पहिलो पटक बोल्दैछन् भनी हामीलाई बताउँदछ । बाँकी वाक्यले त्यो मानिस कहाँबाट आएको थियो, परिवार को थियो, र उसको नाम के थियो भनी बताउँछ ।
दानको कुलका सोरामा बस्ने एक जना मानिस थिए, जसको नाउँ मानोह थियो, (न्यायकर्ताहरू १३:२क यूएलटी)
धेरै महत्त्वपूर्ण नभएको नयाँ सहभागीलाई पहिले नै उल्लेख गरिएको बढी महत्त्वपूर्ण व्यक्तिको सम्बन्धमा चिनाइन्छ । तलको उदाहरणमा, मानोहकी श्रीमतीलाई "उनकी पत्नी" भनेर मात्र सम्बोधन गरिएको छ । यो वाक्यांशले मानोहसँग ती स्त्रीको सम्बन्ध देखाउँछ ।
दानको कुलका सोरामा बस्ने एक जना मानिस थिए, र उनको नाउँ मानोह थियो, उनकी श्रीमती बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन (न्यायकर्ताहरू १३:२ यूएलटी)
कहिलेकाहीँ नयाँ सहभागीलाई नामद्वारा मात्र प्रस्तुत गरिन्छ किनभने त्यो कुन व्यक्ति हुन् सो पाठकहरूलाई थाहा छ भन्ने लेखकले ठान्छन् । १ राजाहरूको पहिलो पदमा राजा दाऊद को हुन् सो उनका पाठकहरूलाई थाहा छ भन्ने लेखकले ठान्छन्, त्यसैले उनी को हुन् भनेर व्याख्या गर्न आवश्यक पर्दैन ।
अब दाऊद राजा वृद्ध भइसकेका थिए, तिनको उमेर ढल्किसकेको थियो, र तिनलाई लुगा ओढाइदिन्थे, तर तिनलाई पर्याप्त न्यानो भएन । (१ राजाहरू १:१ यूएलटी)
कथामा पहिले नै ल्याइएको व्यक्तिलाई त्यसपछि सर्वनामले जनाउन सकिन्छ । तल दिइएको उदाहरणमा, मानोहलाई सर्वनाम "उनको" ले जनाइन्छ, र उनकी श्रीमतीलाई सर्वनाम "उनले" ले जनाइन्छ ।
उनकी श्रीमती गर्भवती हुन सकेकी थिइनन् त्यसकारण उनले बच्चा जन्माउन सकेकी थिइनन् । (न्यायकर्ताहरू १३:२ यूएलटी))
कथामा के हुँदैछ भन्ने कुरालाई मध्यनजर गरेर पुराना सहभागीहरूलाई अन्य तरिकाबाट पनि उल्लेख गर्न सकिन्छ । तल दिइएको उदाहरण छोरा जन्माउने बारे छ, र मानोहकी पत्नीलाई “स्त्री” भनेर जनाइएको छ ।
परमप्रभुका दूत ती स्त्रीकहाँ देखा परेर तिनलाई भने... (न्यायकर्ताहरू १३:३क यूएलटी))
यदि पुरानो सहभागीलाई केही समयको लागि उल्लेख गरिएको छैन, वा यदि त्यहाँ सहभागीहरू बिच भ्रम पैदा हुन सक्छ भने त्यस्तो अवस्थामा लेखकले सहभागीको नाम फेरि पनि प्रयोग गर्न सक्दछ । तल दिइएको उदाहरणमा, मानोहलाई उसको नामले जनाइएको छ, जसलाई लेखकले पद २ बाट प्रयोग गरेका छैनन् ।
तब मानोहले परमेश्वरसँग प्रार्थना गरे । (न्यायकर्ताहरू १३:८क यूएलटी))
केही भाषाहरूमा कर्ताको बारे केही बताउन क्रियामा विभक्ति लगाउछन् । केही भाषाहरूमा मानिसहरूले पुरानो सहभागीहरूलाई कर्ताको रूपमा प्रयोग गरिएको बेला सदैव संज्ञा वाक्यांश वा सर्वनाम प्रयोग गर्दैनन् । क्रियामा प्रयोग गरिएको सङ्केतले नै कर्ता को हो भनी बुझ्न श्रोतालाई पर्याप्त जानकारी दिन्छ । (क्रियाहेर्नुहोस्)
१. यदि सहभागी नयाँ छ भने नयाँ सहभागीहरूलाई प्रस्तुत गर्ने तपाईंको भाषाको एउटा तरिका प्रयोग गर्नुहोस् ।
२. यदि सर्वनामले कसलाई जनाउँछ भन्ने स्पष्ट छैन भने संज्ञा वाक्यांश वा नाम प्रयोग गर्नुहोस् ।
३. यदि नाम वा संज्ञा वाक्यांशले एउटा पुरानो सहभागीलाई जनाइन्छ र त्यो नयाँ सहभागी हो कि भनी मानिसहरूअलमलमा पर्छन् भने त्यसको सट्टामा सर्वनामको प्रयोग गर्ने कोसिस गर्नुहोस् । यदि मानिसहरूले सन्दर्भबाट नै स्पष्ट बुझ्छन् र सर्वनामको आवश्यकता पर्दैन भने सर्वनामको प्रयोग नगर्नुहोस् ।
१. यदि सहभागी नयाँ छ भने नयाँ सहभागीहरूलाई प्रस्तुत गर्ने तपाईंको भाषाको एउटा तरिका प्रयोग गर्नुहोस् ।
अब जन्मको हिसाबले साइप्रस देशको लेवी योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो),** (प्रेरित ४:३६-३७ यूएलटी) — उनको परिचय नदिइकन नै जोसेफको नाउँबाट वाक्य सुरू गर्नु केही भाषाहरूमा अन्योल सृजना गर्ने कुरो हुन सक्छ ।
त्यहाँ साइप्रसका एक जना मानिस थिए जो लेवी कुलका थिए । उनको नाउँ योसेफ थियो, र प्रेरितहरूले उनको नाउँ बारनाबास राखेका थिए (जसको अर्थ उत्साहको पुत्र हो) । त्यहाँ एक जना साइप्रस देशका लेवी थिए जसको नाम योसेफ थियो । प्रेरितहरूले उनलाई बारनाबास भनी नाउँ राखेका थिए , जसको अर्थ उत्साहको पुत्र हो ।
२. यदि सर्वनामले कसलाई जनाउँछ भन्ने स्पष्ट छैन भने संज्ञा वाक्यांश वा नाम प्रयोग गर्नुहोस् ।
यसो भयो कि उहाँले अमुक ठाउँमा प्रार्थना गरिरहनुहुँदा, जब उहाँ रोकिनुभयो, उहाँ चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस् ।” (लुका ११ः१ यूएलटी) — यो अध्यायको पहिलो पद भएकोले "उनी"ले कसलाई जनाउँछ भनी पाठकहरू अलमलमा पर्न सक्छन् ।
यसो भयो येशूले अमुक ठाउँमा प्रार्थना गरिरहनुहुँदा , उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस् ।"
३. यदि नाम वा संज्ञा वाक्यांशले एउटा पुरानो सहभागीलाई जनाइन्छ र त्यो नयाँ सहभागी हो कि भनी मानिसहरूअलमलमा पर्छन् भने त्यसको सट्टामा सर्वनामको प्रयोग गर्ने कोसिस गर्नुहोस् । यदि मानिसहरूले सन्दर्भबाट नै स्पष्ट बुझ्छन् र सर्वनामको आवश्यकता पर्दैन भने सर्वनामको प्रयोग नगर्नुहोस् ।
योसेफका मालिकले योसेफलाई लगे र उनलाई राजाका कैदीहरू थुनिने झ्यालखानमा हालिदिए, र योसेफ त्यही झ्यालखानमा रहे । (उत्पत्ति ३९:२० यूएलटी) — योसेफ कथाको मुख्य व्यक्ति भएकोले केही भाषाहरूले सर्वनामलाई नै रुचाउन सक्छन् ।
योसेफका मालिकले उनलाई लगे र उनलाई राजाका कैदीहरू थुनिने झ्यालखानमा हालिदिए र उनी त्यही झ्यालखानमा रहे ।
दृष्टान्त एउटा छोटो कथा हो, जसले केही सत्यता सिकाउँछ र बुझ्न सजिलो, बिर्सन कठिन हुने किसिमले शिक्षा दिन्छ ।
दृष्टान्त केही सत्यता सिकाउन भनिने एउटा छोटो कथा हो । दृष्टान्तका घटनाहरू हुन सके पनि तिनीहरू वास्तवमा भएका हुँदैनन् । श्रोताले बुझ्नुपर्ने शिक्षा(हरू) दिन तिनीहरू भनिन्छ । दृष्टान्तमा कुनै अमुक व्यक्तिको नाम विरलै मात्र हुन्छ । (यसले तपाईंलाई दृष्टान्त के हो र वास्तविक घटनाको विवरण के हो पहिचान गर्न सहायता गर्न सक्छ ।) दृष्टान्तमा [उपमा] (../figs-simile/01.md) र रूपक जस्ता अलङ्कारको प्रयोग गरिन्छ ।
अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “अन्धा मानिसले अन्धा मानिसलाई डोर्याउन सक्दैन, सक्छ र? के तिनीहरू दुवै खाडलमा पर्दैनन् र?” (लूका ६:३९ यूएलटी )
यदि कुनै व्यक्तिसँग आत्मिक समझ छैन भने उसले अरू कसैलाई आत्मिक कुराहरू बुझ्न सहायता गर्न सक्दैन भन्ने कुरा यो दृष्टान्तले सिकाउँछ ।
न त मानिसहरूले बत्ती बाल्छन् र यसलाई पाथीले छोप्छन्, तर, बरु, सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति यसले उज्यालो दिन्छ । यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् । (मत्ती ५:१५-१६ यूएलटी)
हामीले परमेश्वरको निम्ति जसरी जिउँछौँ सो अन्य मानिसहरूबाट लुकाउनु हुँदैन भनी यो दृष्टान्तले सिकाउँछ ।
त्यसपछि शूले तिनीहरूलाई अर्को दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो । त्यो बीउहरूमा सबैभन्दा सानो हुन्छ । तर जब यो बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठुलो हुन्छ र रूख नै भइहाल्छ, त्यसैले आकाशका चराचुरुङ्गीहरू आउँछन् र त्यसका हाँगाहरूमा गुँड लाउँछन् ।” (मत्ती १३:३१-३२ यूएलटी)
परमेश्वरको राज्य सुरुमा सानो देखिन सक्छ, तर त्यो बढेर सारा संसारमा फैलने छ भनी यो दृष्टान्तले सिकाउँछ ।
१. यदि दृष्टान्तमा थाहा नभएका वस्तुहरू प्रयोग गरिएको कारण यसलाई बुझ्न कठिन हुन्छ भने तपाईंले ती अज्ञात वस्तुहरूको सट्टामा आफ्नो संस्कारका मानिसहरूले जान्ने वस्तुहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ । यद्यपि, शिक्षा उही रहोस् भन्ने कुरामा सावधान हुनु होला ।
२. यदि दृष्टान्तको शिक्षा स्पष्ट छैन भने, यसले सिकाउन खोजेको कुरालाई परिचयमा राख्नुहोस्, जस्तै "येशूले यो कथा दयालु हुनेबारे बताउनुभएको हो ।"
१. यदि दृष्टान्तमा थाहा नभएका वस्तुहरू प्रयोग गरिएको कारण यसलाई बुझ्न कठिन हुन्छ भने तपाईंले ती अज्ञात वस्तुहरूको सट्टामा आफ्नो संस्कारका मानिसहरूले जान्ने वस्तुहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ । यद्यपि, शिक्षा उही रहोस् भन्ने कुरामा सावधान हुनु होला ।
येशूले तिनीहरूलाई भन्नुभयो, “बत्ती पाथीमुनि वा खाटमुनि राख्न भित्र ल्याइँदेैन, ल्याइन्छ त? के सामदानमाथि राख्न भनेर होइन र? “** (मर्कूस ४:२१ यूएलटी)
यदि मानिसहरूले सामदान भनेको बुझ्दैनन् भने घरमा उज्यालो दिनलाई बत्ती राख्न प्रयोग गरिने अर्को बुझिने शब्द प्रयोग गर्नुहोस् ।
येशूले तिनीहरूलाई भन्नुभयो, “बत्तीलाई बालेर पाथीमुनि वा खाटमुनि राख्न ल्याइँदैन, होइन र? के यसलाई अग्लो आलमारी माथि राख्न भनेर होइन र?
त्यसपछि शूले तिनीहरूलाई अर्को दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो । त्यो बीउहरूमा सबैभन्दा सानो हुन्छ । तर जब यो बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठुलो हुन्छ र रूख नै भइहाल्छ, त्यसैले आकाशका चराचुरुङ्गीहरू आउँछन् र त्यसका हाँगाहरूमा गुँड लाउँछन् ।” (मत्ती १३:३१-३२ यूएलटी)
बीउ छर्नुको अर्थ फ्याँक्नु हो ताकि तिनीहरू जमिनभरि छरिऊन् । यदि मानिसहरू छर्ने कुरासँग परिचित छैन भने, तपाईंले यसलाई रोप्नु भनी लेख्न सक्नुहुन्छ ।
येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो । त्यो बीउहरूमा सबैभन्दा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठुलो हुन्छ र रूख नै भइहाल्छ । आकाशका चराचुरुङ्गीहरू आउँछन् र यसको हाँगाहरूमा गुँड लाउँछन् । ”
२. यदि दृष्टान्तको शिक्षा स्पष्ट छैन भने, यसले सिकाउन खोजेको कुरालाई परिचयमा राख्नुहोस्, जस्तै "येशूले यो कथा दयालु हुनेबारे बताउनुभएको हो ।"
येशूले तिनीहरूलाई भन्नुभयो, “बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्न भित्र ल्याइँदैन, ल्याइन्छ र? के यसलाई सामदानमाथि राख्न भनेर होइन र?** (मर्कूस ४:२१ यूएलटी)
तिनीहरूले किन खुला रूपमा गवाही दिनुपर्छ भन्ने कुरा सिकाउन तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्न भित्र ल्याइँदैन, ल्याइन्छ र? के यसलाई सामदानमाथि राख्न भनेर होइन र?** (मर्कूस ४:२१ यूएलटी)
त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले लगेर आफ्नो बारीमा छर्यो । त्यो बीउहरूमा सबैभन्दा सानो हुन्छ, तर जब बढ्छ, तब यो बगैँचाका बिरूवाहरूभन्दा ठुलो हुन्छ । यो रूख हुन्छ, त्यसैले आकाशका चराचुरुङ्गीहरू आउँछन् र यसका हाँगाहरूमा गुँड लाउँछन् ।** (मत्ती १३:३१-३२ यूएलटी)
त्यसपछि स्वर्गको राज्य कसरी वृद्धि हुन्छ भन्ने बारे येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले लगेर आफ्नो बारीमा छर्यो । त्यो बीउहरूमा सबैभन्दा सानो हुन्छ, तर जब बढ्छ, तब यो बगैँचाका बिरूवाहरूभन्दा ठुलो हुन्छ । यो रूख हुन्छ, त्यसैले आकाशका चराचुरुङ्गीहरू आउँछन् र यसका हाँगाहरूमा गुँड लाउँछन् ।
मानिसहरूका उनीहरूका भाषामा शब्द र ध्वनीहरू प्रयोग गरेर उनीहरूको बोली र लेखनलाई सुन्दर तरिकाले कडा भावनाहरू प्रस्तुत गर्ने एउटा तरिका कविता हो । मानिसहरूले सामान्य गैर कविताको माध्यमबाट भन्दा कविता को माध्यमबाट गहिरो भावनाहरूलाई संचार गर्न सक्छन् । कविताले सत्यको अभिव्यक्तिहरूलाई अधिक तौल र भव्यता दिन्छ, जस्तै उखानहरू साधारण बोली भन्दा सम्झन पनि सजिलो छ।
हे उहाँका सारा स्वर्गीय सेना, उहाँका प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर। **(भजनसङ्ग्रह १४८:२-३ यूएलटी)
म छक्क पर्छु देखि तिम्रो पारा ।”
उही आवाज धेरै पटक दोहोर्याइएको
१. गीतहरू, विशेष गरी पुराना गीतहरू वा बच्चाहरूको खेलहरूमा प्रयोग गरिने गीतहरू २. धार्मिक समारोह वा पुजारी वा धामी झाक्रीहरूको मन्त्रहरूमा ३. प्रार्थना, आशिष्, र श्राप ४. पुरानो किंवदन्तीहरू
रमणीय वा काल्पनीक बोली कवितासँग मिल्दोजुल्दो हुन्छ किनकि यसले सुन्दर भाषा प्रयोग गर्दछ, तर यसले कविताका भाषाका सबै विशेषताहरू प्रयोग गर्दैन र यसले कविताले जति तिनको प्रयोग गर्दैन । भाषामा लोकप्रिय वक्ताहरू अक्सर रमणीय बोली प्रयोग गर्दछन्, र तपाईंको भाषामा के ले बोलीलाई रमणीय बनाउँदछ भन्ने कुरा अध्ययन गर्नका लागि यो पाठको सबैभन्दा सजिलो स्रोत हो।
बाइबलले गीत, शिक्षण र भविष्यवाणीका लागि कविता प्रयोग गर्दछ । पुरानो नियमका प्रायः सबै पुस्तकहरूमा कविता छन् र धेरै जसो पुस्तकहरू पूर्ण कविताहरू हुन्।
किनभने तपाईंले मेरो कष्ट देख्नु भएको छ।; मेरो प्राणको वेदना तपाईंले जान्नुभयो । (भजनसङग्रह ३१:७ यूएलटी)
उदाहरण उस्तै अर्को अर्थसँग समानान्तरता दुईवटा लाइनहरू हुन्छन् जसको अर्थ उही हुन्छ ।
हे परमप्रभु, जातिहरूका न्याय गर्नुहोस्; हे परमप्रभु, मलाई न्याय गर्नुहोस्, किनभने म धर्मी छु र म निर्दोष छु।
समानान्तरताको यो उदाहरणले दउदले परमेश्वरको उसको लागि के गरेको चाहन्छ र परमेश्वर अधर्मी राष्ट्रहरूलाई के गर्न चाहनुहुन्छ भन्ने कुराको बिचको भिन्नता देखाउँछ। (हेर्नुहोस् समानान्तरता)
आफ्नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्नुहोस्; तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्। (भजनसङग्रह १९:१३ यूएलटी)
व्यक्तित्वकरणको यो उदाहरणले भन्दछ कि पापहरू बोल्छन् मानौं उनीहरूले कुनै व्यक्तिमाथि शासन गर्न सक्दछन्। (हेर्नुहोस् व्यक्तित्वकरण)
हे परमप्रभुलाई धन्यबाद देओ! उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करार सदासर्वदा रहिरहन्छ। हे प्रभुहरूका पनि प्रभुलाई धन्यबाद देओ, उहाँको करार विश्वसनीयता सधैंभरि रहिरहन्छ, हे, प्रभुहरूका पनि प्रभुलाई धन्यबाद देओ, उहाँको करार विश्वसनीयता सदासर्वदा रहिरहन्छ । (भजनसङग्रह १३६:१-३ यूएलटी)
यस उदाहरणले "धन्यवाद दिनुहोस्" र "उहाँको करार विश्वसनीयता सदासर्वदा रहिरहन्छ" भन्ने वाक्यांशलाई दोहोर्याउँछ।
यदि स्रोत पाठमा प्रयोग भएको कविता शैली स्वभाविक हुन्छ र तपाईंको भाषामा सही अर्थ दिन्छ भने, यसलाई प्रयोग गर्नुहोस् । यदि होईन भने, यसलाई अनुवाद गर्ने केही अन्य तरिकाहरू छन्ः
१. तपाईंको आफ्नै भाषाको कविताको एक शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् । २. आफ्नै रमाईलो भाषणको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् । ३. आफ्नै सामान्य बोलीको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
यदि तपाई कविता प्रयोग गर्नुहुन्छ भने यो धेरै सुन्दर हुन सक्छ ।
यदि तपाईं सामान्य बोलीचालीको भाषा प्रयोग गर्नुहुन्छ भने यो अधिक स्पष्ट हुन सक्छ।
त्यो मानिस धन्यको हो, जो दुष्टको सल्लाहमा हिंड्दैन, वा पापीहरूको साथ बाटोमा खडा हुदैन् वा गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन् । तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ ।(भजनसङग्रह १:१,२ यूएलटी)
तल दिइएका उदाहरणहरूले मानिसहरूले भजनसङग्रह १:१,२ लाई कसरी अनुवाद गर्न सक्छन् भन्ने हो
१. तपाईंको आफ्नै भाषाको कविताको एक शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
“धन्य हो त्यो मानिस जो जो उत्साहित हुदैन् गर्न पाप परमेश्वरको अनादर हुने कर्मबाट लिन खोज्दैन उसले लाभ परमेश्वरमा ठट्टा गर्नेहरूसँग हुँदैन हाम्रो कुनै साथ परमेश्वर सदावहार हुनुहुन्छ उसकोखुशी गर्छ उसले ठिक त्यही भन्नुहुन्छ परमेश्वरलेउही धन्यबादी हुन्छ उ परेमेश्वरमा हर्षित सधैरही
२. आफ्नै रमाईलो भाषणको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
यो त्यस्तो व्यक्ति हो जो साँचो रूपमा आशिषित छ: जो दुष्टको सल्लाहलाई मान्दैन, वा पापीहरूसँग कुरा गर्न बाटोमा रोकिदैन, वा परमेश्वरको उपहास गर्नेहरूको समूहमा सामेल हुँदैन। बरु ऊ परमप्रभुको व्यवस्थामा ठूलो आनन्द लिन्छ, र उसले दिन रात त्यसमाथि मनन गरिरहन्छ ।
३. आफ्नै सामान्य बोलीको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
हितोपदेश छोटो भनाइहरू हुन् जसले बुद्धि दिन्छ वा सत्यता सिकाउँछ । मानिसहरू हितोपदेशमा आनन्द लिन्छन् किनकि यिनीहरूले थोरै शब्दहरूमा धेरै ज्ञान दिन्छन्। बाइबलमा उखानहरू प्रायः रूपक र समानन्तरता प्ररिएका छन्।
घृणाले कलह उत्पन्न गराउँछ,
तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ। (हितोपदेश १०:१२ यूएलटी)
हितोपदेशको अर्को उदाहरण.
ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन् त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ। (हितोपदेश ६:६-८ यूएलटी)
प्रत्येक भाषामा हितोपदेशलाई भन्ने आफ्नै तरिका हुन्छ। बाइबलमा थुप्रै हितोपदेशहरू छन्। तपाईंको भाषामा कसरी हितोपदेशहरू बोलिन्छ त्यही तरिकामा तिनको अनुवाद गर्न आवश्यक छ, ताकि मानिसहरूले तिनीहरूले सिकाएको कुरालाई हितोपदेशको रूपमा पहिचान गर्न सकून्।
धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ,
सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो। (हितोपदेश २२:१ यूएलटी)
यसको मतलब यो छ कि धेरै पैसा हुनु भन्दा राम्रो ब्यक्ति हुनु र राम्रो प्रतिष्ठा हुनु उत्तम हो।
सिर्काले दाँत कुँडिए र धूवाँले आँखा पिरिएझैँ,
अल्छी गर्ने मानिस आफूलाई पठाउनेको निम्ति त्यस्तै हुने छ। (हितोपदेश १०:२६ यूएलटी)
यसको मतलब यो हो कि अल्छी मान्छे उसलाई केही गर्न पठाउनेको लागि धेरै कष्टप्रद हुन्छ।
परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो,
तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो। (हितोपदेश १०:२९ यूएलटी)
यसको मतलब यो हो कि परमप्रभुले राम्रो काम गर्ने मानिसहरूलाई जोगाउनु हुन्छ, तर दुष्ट मानिसहरूलाई उहाँले नष्ट गर्नु हुन्छ।
यदि हितोपदेशको शाब्दिक अनुवाद गर्नु स्वभाविक हुन्छ र तपाईको भाषामा सही अर्थ दिन्छ भने त्यसो गर्नुहोस्। यदि होईन भने, यहाँ केही विकल्पहरू छन्:
१. तपाईंको भाषामा मानिसहरूले कसरी हितोपदेश भन्छन् पत्ता लगाउनुहोस्, र तीमध्ये एउटा तरिका प्रयोग गर्नुहोस्।
२. यदि हितोपदेशमा केही वस्तुहरू तपाईंको भाषा समूहमा धेरै व्यक्तिहरूलाई थाहा छैन भने तिनीहरूलाई तपाईंको भाषामा समान काम गर्ने र मानिसहरूले बुझ्ने वस्तुहरूको प्रयोग गर्नुहोस्।
३. बाइबलको उखानसँग मिल्ने तपाईंको भाषामा भएको उखान प्रतिस्थापन गर्नुहोस्।
४. उही शिक्षा दिनुहोस् तर हितोपदेशको रूपमा हैन।
१. तपाईंको भाषामा मानिसहरूले कसरी हितोपदेश भन्छन् पत्ता लगाउनुहोस्, र तीमध्ये एउटा तरिका प्रयोग गर्नुहोस्।
मानिसहरूले उनीहरूको भाषामा हितोपदेश भन्न सक्ने केही उपायहरू यस प्रकार छन्ः
२. यदि हितोपदेशमा केही वस्तुहरू तपाईंको भाषा समूहमा धेरै व्यक्तिहरूलाई थाहा छैन भने तिनीहरूलाई तपाईंको भाषामा समान काम गर्ने र मानिसहरूले बुझ्ने वस्तुहरूको प्रयोग गर्नुहोस्।
मूर्खलाई सम्मान दिनु सुहाउँदैन। (हितोपदेश २६:१ यूएलटी)
३. बाइबलको उखानसँग मिल्ने तपाईंको भाषामा भएको उखान प्रतिस्थापन गर्नुहोस्।
४. उही शिक्षा दिनुहोस् तर हितोपदेशको रूपमा हैन।
त्यो एक पुस्ता हो जो उनीहरूको आफ्नै आँखामा शुद्ध छ, तर तिनीहरूका ती फोहरहरू धोइएका छैनन्। (हितोपदेश ३०:११-१२ यूएलटी)
बोली र लेखनमा प्रयोग गरिने प्रतीकात्मक भाषा भनेको अरू चीजहरू र घटनाहरूको प्रतिनिधित्व गर्नको निम्ति प्रतीकहरूको प्रयोग गर्नु हो । प्रतीकात्मक भाषा बाइबलमा भएका भविष्यवाणी र कवितामा अधिक देखिन्छ, विशेष भविष्यमा हुने घट्ने घटनाहरू जुन दर्शनहरू र सपनाहरू हुन् । यद्यपि मानिसहरूलाई प्रतीकको अर्थ तुरून्तै थाहा नहुन पनि सक्छ तर पनि यसलाई अनुवादमा राख्नु महत्त्वपूर्ण छ।
"यो मुट्ठो खा । तब गएर इस्राएलको घरानालाई भन्।” (इजकिएल ३:१ यूएलटी)
यो एउटा सपनामा थियो । मुट्ठो खानु भनेको पुस्तकमा के लेखिएको थियो त्यो राम्ररी पढ्न र बुझ्नको लागि प्रतीक हो, र यी परमेश्वरका वचनहरू आफैंमा स्वीकार गर्नु हो।
आज बाइबल पढ्ने मानिसहरूलाई भाषा साङ्केतिक हो भनेर थाहा पाउन गाह्रो हुन सक्छ र तिनीहरूलाई प्रतीकले के जनाउँछ भनेर थाहा नहुन सक्छ।
“त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्दो र अत्यन्तै शक्तिशाली चौथो पशु थियो। यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्यसले आफ्नो शिकारलाई चकनाचूर पारी खाइदिन्थ्यो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्थ्यो। अघिका पशुहरूभन्दा त्यो फरक थियो र त्यसका दश वटा सीङहरू थिए। (दानिएल ७:७ यूएलटी)
रेखांकित प्रतीकहरूको अर्थको वर्णन तल दानियल २:२३-२४ देखाइएको छ। जनावरहरूले राज्यलाई प्रतिनिधित्व गर्छन्, फलामका दाँतहरूले शक्तिशाली सेनाको प्रतिनिधित्व गर्छन्, र सीङ्हरूले शक्तिशाली नेताहरूलाई प्रतिनिधित्व गर्छन्।
तिनले मलाई यसरी बताए: चौथो जनावरचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। योचाहिँ अरू राज्यहरूभन्दा फरक हुनेछ र समस्त पृथ्वीलाई कुल्चीमिल्ची पारी निल्ने छ । दश सीङहरू त्यस राज्यबाट आएका दश राजाहरू हुन्। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खडा हुने छ । उसले तीन राजाहरूलाई दबाउने छ। (दानिएल ७:२३-२४ यूएलटी)
मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्केँ। फर्केर हेर्दा सात वटा सुनका सामदान देखेँ । र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो… उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू, पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो…। मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य यो हो: सात तारा सात मण्डलीका स्वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्डलीहरू हुन् ।” (प्रकास १:१२, १६, २० यूएलटी)
यो परिच्छेदले सात बत्तीहरू र सात ताराहरूको अर्थ बुझाउँदछ। दुईधारे तरवारले परमेश्वरको वचन र न्यायको प्रतिनिधित्व गर्दछ।
१. पाठलाई प्रतिकहरूसहित अनुवाद गर्नुहोस्। अक्सर वक्ता वा लेखकले पछि अनुच्छेदमा अर्थको व्याख्या गर्दछन्।
२. प्रतीकहरूसहित पाठलाई अनुवाद गर्नुहोस्। त्यसपछि पाद टिप्पणीहरूमा प्रतीकहरूको वर्णन गर्नुहोस्।
१. पाठलाई प्रतिकहरूसहित अनुवाद गर्नुहोस् । अक्सर वक्ता वा लेखकले पछि अनुच्छेदमा अर्थको व्याख्या गर्दछन् ।
२. प्रतीकहरूसहित पाठलाई अनुवाद गर्नुहोस्। त्यसपछि पाद टिप्पणीहरूमा प्रतीकहरूको वर्णन गर्नुहोस्।
अगमवक्ताले अरु मानिसहरूलाई भनुन् भनेर परमेश्वरले अगमवक्तालाई दिएको समाचार साङ्केतिक अगमवाणी हो । परमेश्वरले भविष्यमा के गर्नुहुने छ भन्ने थाहा दिनको लागि ती समाचारहरूमा प्रतिबिम्ब वा साङ्केतहरूकको प्रयोग गरिएका हुन्छन् ।
अगमवाणीहरू भएका मुख्य पुस्तकहरू यशैया, इजकिएल, दानिएल, जकरीया, र प्रकाश हुन् । साङ्केतिक अगमवाणीका छोटा उदाहारणहरू अरु पुस्तकहरूमा पनि पाईन्छन्, जस्तै मत्ती २४, मर्कूश १३, र लुका २१ । प्रत्येक समाचार परमेश्वरले कसरी दिनुभयो र समाचार के थियो भन्ने कुरा बाइबलले बताउँछ । परमेश्वरले समाचार कहिले दिनुभयो, कहिलेकाहिँ परमेश्वरले अचम्म तरिकाले समाचार दिनुभएको छ, जस्तै सपनाहरू दर्शनहरू । ("सपना" र "दर्शन" अनुवाद गर्न सहायताको लागि हेर्नुहोस् सपना र दर्शन जब अगमवक्ताहरूले सपनाहरू र दर्शनहरू देखे, अक्सर गरी तिनीहरूले परमेश्वरले र स्वर्गको बारेका प्रतिबिम्ब र सङ्केतहरू देखे । जस्तै काँडा, सुनौलो सामदान, सेतो कपाल र कपडा सहितको एउटा शक्तिशाली मानिस, र आगो जस्ता आखाँ र काँस जस्ता खुट्टाहरू । यिनीहरूमध्ये केही प्रतिबिम्बहरू एक भन्दा धेरै अगमवक्ताहरूले देखेका थिए ।
संसारको बारेमा पनि केही निश्चित प्रतिबिम्ब र सङ्केतहरू सहितका अगमवाणीहरू छन् । उदाहारणको लागि, केही अगमवाणीहरूमा बलिया जनावरहरूले राज्यहरूको प्रतिनिधित्व गर्दछन्, सिङहरूले राजाहरू वा राज्यहरूलाई प्रतिनिधित्व गर्छन्, अजिङ्गर वा सर्पले सैतानको प्रतिनिधित्व गर्छन्, समुन्द्रले राष्ट्रहरूको प्रतिनिधित्व गर्छ, हप्ताहरूले लामो समय अवधिलाई प्रतिनिधित्व गर्छन् । केही प्रतिबिम्बहरू एकभन्दा धेरै अगमवक्ताहरूले देखेका थिए । परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ, पापलाई सजाय दिनुहुन्छ, र परमेश्वरले आफूले सृजना गरेको नयाँ संसारमा आफ्नो धार्मिकता कसरी स्थापित गर्नुहुन्छ भन्ने कुरा पनि अगमवाणीहरूले बताउँछन् । तिनीहरूले स्वर्ग र नर्कमा के हुने छ भनेर पनि अगमवाणीहरूले बताउँछन् ।
बाइबलमा धेरैजसो अगमवाणीहरू कविताको रूपमा प्रस्तुत गरिएका छन् । यदि कुनै कुरा कविताको रूपमा व्यक्त गरिएको छ भने ती सत्य वा महत्त्वपूर्ण नहुन सक्छन् भन्ने मान्यता कुनै कुनै सस्कृतिहरूमा मानिसहरूले राख्दछन् । बइबलका अगमवाणीहरू कविता वा गैर कविता जसरी प्रस्तुत गरिएता पनि ती सत्य र महत्त्वपूर्ण छन् ।
कहिलेकाहिँ विगतमा घटेका घटनालाई जनाउनको लागि यी पुस्तकहरूमा भुतकालको प्रयोग गरिएको छ । कहिलेकाहिँ भविष्यमा घट्ने घटनाहरूलाई जनाउनको लागि पनि भूतकालको प्रयोग गरिएका छन् । यो किन भएको भन्ने जानकारीको लागि यहाँ दुई कारणहरू दिइएका छन् । अगमवक्ताहरूले सपना वा दर्शनमा देखेका अगमवाणीहरू बताउँदा प्रायजसो उनीहरूले भूतकालको प्रयोग गरेका छन्, किनकि तिनीहरूको सपना विगतमा थियो । भूतकालको प्रयोग गर्नुको अर्को कारण भनेको भविष्यमा घट्ने घटनाहरू निश्चित रूपमा घट्छन् भनेर महत्त्व दिनलाई हो । घटनाहरू घट्ने कुरा यति निश्चित थियो कि त्यो पहिले नै घटे बराबर थियो । यो दोस्रो भूतकालको प्रयोगलाई हामी भविष्यवाणीयुक्त भूत" भन्दछौं । हेर्नुहोस् भविष्यवाणीयुक्त भूत।
यीमध्ये केही घटनाहरू अगमवक्ताहरूले भनिसकेपछि घट्छन्, र केही संसारको अन्तपछि मात्र घट्छन् ।
तलको खण्डहरूले इजकिएल दानिएल र यूहन्नाले देखेका शक्तिशाली मानिसहरूको बारेमा व्याख्या गर्दछन् । यी दर्शनहरूमा आएका प्रतिबिम्बहरू; ऊन जस्तो सेतो कपाल, धेरै पानी जस्तो आवाज, सुनौलो फाँट र पित्तलले पालिस गरेजस्ता खुट्टाहरू वा पैतलाहरू । यद्यपि अगमवक्ताहरूले धेरै प्रकारका विवरणहरू देखेका छन्, ती विवरणहरू जस्ता छन् त्यसरी नै अनुवाद गर्नु राम्रो हुन्छ । प्रकाशको पुस्तकमा भएका रेखाङ्कित वाक्यंशहरू दानिएल र इजकिएलको खण्डहरूमा पनि छन् ।
र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखे । उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए। उहाँका पाउहरू टल्काएका काँसजस्ता थिए आगोको भट्टीमा खारेर टल्काएका काँसजस्ता र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो । उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो । (प्रकाश १:१३-१६ यूएलटी)
जसै मैले हेरेँ, सिंहासनहरू तयार पारिएका थिए ।, र प्राचीन दिनहरूले उसको स्थान लियो । उसका कपडा हिउँजस्तै सेता थिए, र उसको टाउकोको कपाल शुद्व ऊनजस्तै थियो . (दानिएल ७:९ यूएलटी)
मैले माथि हेरें र मेरो अगि कम्मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें। तिनको शरीर पीतमणिजस्तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्कन्थ्यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्काइएको काँसोजस्तै थियो र तिनको स्वर ठूलो भीड़को स्वरझैँ थिए। (दानिएल १०:५-६ यूएलटी)
इस्राएलका परमेश्वरको महिमा पूर्वबाट आइरहेको थियो; उहाँको सोर उर्लेर आएका पानीहरूको गर्जनजस्तो थियो र पृथ्वी उहाँको महिमाले चम्क्यो । (इजकिएल ४३:२ यूएलटी)
तल दिइएको खण्डले विगतका घटनाहरूको बारेमा बताउनको लागि भूतकालको प्रयोग गरिएको देखिन्छ । रेखाङ्कित क्रियापदहरूले विगतका घटनाहरूलाई इङ्गित गर्दछन् ।
आमोजका छोरा यशैयाले यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा दर्शन देखे । हे आकाश, सुन् ! हे पृथ्वी, कान थाप् ! किनकि परमप्रभुले भन्नुभएको छ : “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर र हुर्काएँ, , तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन् । (यशैया १:१-२ यूएलटी)
तल दिइएको खण्डले भविष्यत्काल र भूतकालका विभिन्न प्रयोगको बारेमा बताउँछन् । रेखाङ्कित क्रियापदहरूले भविष्यवाणीयुक्त भूतका उदाहरणहरू हुन्, जहाँ घटनाहरू घट्ने निश्चित नै छ भन्ने देखाउनलाई भूतकालको प्रयोग गरिएको छ ।
संकष्टमा भएकाको निराशा हटाइने छ । सुरुको समयमा ऊ अपमानीत हुने छ । जबूलूनको देश र नप्तालीको देशलाई तर भविष्यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्यजातिहरूको गालीललाई सम्मानित तुल्याउनुहुने छ। अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ । (यशैया ९:१-२ यूएलटी)
अङ्ग्रेजी भाषाको सबैभन्दा सामान्य वाक्य संरचनामा एउटा कर्ता र एउटा क्रिया हुन्छ । नेपालीमा पनि यही नियम लागु हुन्छ ।
कर्ताले वाक्य कसको र केको बारेमा छ भन्ने जनाउँछ । तल दिइएका वाक्यहरूमा कर्तालाई रेखाङ्कन गरिएको छः
कर्ताहरू नाम वा सर्वनामहरू हु्न्छन् । (हेर्नुहोस् शब्दवर्ग) माथि दिइएका उदाहरणहरूमा, "केटो" नाम हो, र "ऊ" सर्वनाम हो ।
धेरै भाषाका आज्ञार्थक वाक्यहरूमा कर्ता सर्वनामको प्रयोग हुँदैन । मानिसहरूले कर्ताको ठाउँमा "तिमी" छ भन्ने कुरा बुझ्छन् ।
कर्ताको बारेमा बताउने वाक्यको भागलाई विधेय भनिन्छ । विधेयमा क्रियापद पनि पर्छ । (हेर्नुहोस्: क्रियापद) तल दिइएका वाक्यहरूमा "मानिस" र "ऊ" कर्ताहरू हुन् । विधेयहरूलाई रेखाङ्कन गरिएको छ र क्रियापद मोटो अक्षरमा दिइएको छ ।
कुनै एउटा वाक्य एकभन्दा धेरै वाक्यहरू मिलेर बन्नसक्छ । तल दिइएका दुई पङ्कतिहरूमा कर्ता र विधेय छन् र दुबै पूर्ण वाक्यहरू हुन् ।
तल दिइएको संयुक्त वाक्यमा माथिका दुबै वाक्यहरू छन् । अङ्ग्रेजी र नेपाली भाषामा संयुक्त वाक्यहरूमा "र", तर वा 'वा' जस्ता संयोजकहरूको प्रयोग गरिन्छ ।
वाक्यहरूमा उपवाक्यहरू र वाक्यांशहरू हुन्छन् । उपवाक्यहरूमा पनि कर्ता र विधेय हुने भएकोले वाक्यहरूजस्तै हुन्, तर तिनीहरू एक्लै आउँदैनन् । उपवाक्यहरूका केही उदाहरणहरू तल दिइएका छन् । कर्तालाई मोटो अक्षरमा लेखिएका छन् र विधेयलाई रेखाङ्कन गरिएको छ ।
वाक्यमा धेरै उपवाक्यहरू हुनसक्छन्, यसैले तिनीहरू लामा र जटिल पनि हुन्छन् । तर हरेक वाक्यमा कम्तिमा एउटा स्वतन्त्र उपवाक्य (एक्लै वाक्यको रूपमा प्रयोग गर्न मिल्ने उपवाक्य) हुन्छ । वाक्यको रूपमा प्रयोग गर्न नमिल्ने अन्य उपवाक्यहरूलाई अधीन उपवाक्यहरू भनिन्छ । अधीन उपवाक्यहरूले अर्थ दिनको निम्ति स्वतन्त्र उपवाक्यमा भर पर्नुपर्छ । तल दिइएका वाक्यहरूमा अधीन उपवाक्यहरूलाई रेखाङ्कन गरिएको छ ।
तलका उपवाक्यहरू आफैमा पूर्ण वाक्यहरू हुन् । यी माथिका वाक्यमा प्रयोग भएका स्वतन्त्र उपवाक्यहरू हुन् ।
केही भाषाहरूमा उपवाक्यहरू वाक्यमा प्रयुक्त नामसँगै प्रयोग गरिन्छन् । तिनलाई सापेक्ष उपवाक्यहरू भनिन्छ ।
तल दिइएको वाक्यमा "तयार भएको मकै" सम्पूर्ण वाक्यको विधेयको भाग हो । सापेक्ष उपवाक्य "तयार भएको" नाम "मकै" सँग आएर कुनचाहिँ मकै टिपिएको हो भनेर बताउँछ ।
तल दिइएको वाक्यमा "आफ्नी आमा, जो धेरै रिसाइन्" सम्पूर्ण वाक्यको विधेयको भाग हो । सापेक्ष उपवाक्य "जो धेरै रिसाइन्" मकै नपाउँदा उनकी आमाले कस्तो महसुस गरिन् भन्ने देखाउनको निम्ति नाम "मकै" सँगै प्रयोग गरिएको छ ।
फरक भाषाहरूका वाक्य गठन प्रक्रिया फरक-फरक हुन्छन् । अङ्ग्रेजीमा कर्ता सुरुमा आउँछ, त्यसपछि क्रियापद, त्यसपछि कर्म र अन्य परिमार्जकहरू आउँछन् । तर नेपालीको वाक्य गठन प्रक्रिया फरक हुन्छ । कर्ता, कर्म र अन्तमा क्रियापद । उदाहरणको लागिः
हिजो पत्रुसले उसको घरमा रङ्ग लगायो ।
अन्य भाषाहरूमा यो वाक्य गठन फरक हुन्छ । उदाहरणको लागि अङ्ग्रेजीमाः
पत्रुसले रङ्ग लगायो उसको घरमा हिजो ।
सबै भाषाहरूका वाक्य गठन प्रक्रिया फरक भए तापनि वक्ता वा लेखकले आफूले दिन खोजेको जानकारी अनुसार यसलाई बदल्न पनि सक्छन् । मानौं कसैले "पत्रुसले हिजो केमा रङ्ग लगायो?" भन्ने प्रश्नको जवाफ दिने हो भने प्रश्नकर्तालाई कर्ता "उसको घरमा" बाहेकका सबै जानकारी थाहा छ । त्यसैले यो नै जानकारी सबैभन्दा महत्त्वपूर्ण भाग बन्छ र नेपालीमा यसको जवाफ दिने व्यक्तिले यसो भन्नसक्छः
उसको घरमा पत्रुसले (हिजो) रङ्ग लगायो ।
यसमा सबैभन्दा महत्त्वपूर्ण जानकारीलाई सुरुमा राखिएको छ, नेपालीमा यसो गर्नु सामान्य हो । केही भाषामा सबैभन्दा महत्त्वपूर्ण जानकारीलाई अन्तिममा राख्ने गरिन्छ । पाठकको लागि सबैभन्दा महत्त्वपूर्ण जानकारी नै पाठकको लागि नयाँ जानकारी बन्नजान्छ । केही भाषाहरूमा नयाँ जानकारी सुरुमा र अन्य भाषाहरूमा अन्तमा राखिन्छ ।
अनि सबैले खाए, र तृप्त भए । (मर्कूस ६:४२ )
यो वाक्यका भागहरूको क्रम मूल ग्रीक भाषामा फरक थियो । तिनीहरूको क्रम यस्तो थियोः
नेपालीमा यसको अर्थ हुन्छ तिनीहरूले हरेक कुरा खाए । तर अर्को पदले तिनीहरूले उब्रिएका बार डाला बटुले भन्छ । यसलाई अलमलमा नपार्ने बनाउन अनुवादकलले यसलाई फरक तरिकाले लेखेका छन् ।
अब दिन ढल्कन लाग्यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीडलाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं ।” (लूका ९:१२ )
यो पदमा चेलाले येशूलाई भनेको कुरामा महत्त्वपूर्ण जानकारीलाई सुरुमा राखिएको छ - भिडलाई बिदा दिनुहोस् । तर महत्त्वपूर्ण जानकारीलाई अन्तमा राखिने भाषाहरूमा मानिसहरूले भिडलाई जान दिने कारणलाई फरक तरिकाले बुझ्छन् - निर्जन ठाउँमा छौँ - भन्ने वाक्यांशचाहिँ चेलाहरूले येशूलाई भन्न खोजेको जानकारीको रूपमा बुझ्छन् । त्यस ठाउँमा भएका आत्माहरूसँग चेलाहरू डराएको कारण मानिसहरूलाई खाना किन्न पठाएर आत्माहरूदेखि जोगाउन खोजेका हुन् भन्ने बुझ्न सक्छन्, जुन गलत सन्देश हो ।
धिक्कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे । (लूका ६:२६ )
यो पदमा महत्त्वपूर्ण जानकारीलाई सुरुमा राखेर - मानिसहरूले गरेको कामलाई "धिक्कार" भनिएको छ । यो चेतावनी दिनुको कारण अन्तमा राखिएको छ । महत्त्वपूर्ण जानकारीहरूलाई अन्तमा राखिने भाषा बोल्ने मानिसहरूले यसलाई गलत बुझ्न सक्छन् ।
१. तपाईंको भाषाको वाक्य गठन अध्ययन गर्नुहोस् र त्यस क्रमलाइ आफ्नो अनुवादमा प्रयोग गर्नुहोस् । २. तपाईंको भाषामा महत्त्वपूर्ण वा नयाँ जानकारीलाई कहाँ राखिन्छ त्यो अध्ययन गर्नुहोस् र शब्दहरूको क्रमलाई त्यही क्रममा राख्नुहोस् ।
१. तपाईंको भाषाको वाक्य गठन अध्ययन गर्नुहोस्, र त्यस क्रमलाइ आफ्नो अनुवादमा प्रयोग गर्नुहोस् ।
मूल ग्रीकमा यो पदलाई यस क्रममा राखिएको छ । यसलाई नेपालीमा निम्नानुसार राखिएको छः
त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनुभयो । उहाँका चेलाहरू उहाँको पछि लागे । (मर्कूस ६:१ )
२. तपाईंको भाषामा महत्त्वपूर्ण वा नयाँ जानकारीलाई कहाँ राखिन्छ त्यो अध्ययन गर्नुहोस् र शब्दहरूको क्रमलाई त्यही क्रममा राख्नुहोस् ।
अब दिन ढल्कन लाग्यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीडलाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं ।” (लूका ९:१२ )
यदि तपाईंको भाषामा महत्त्वपूर्ण जानकारीलाई अन्तमा राखिन्छ भने तपाईंले पदको क्रमलाई परिवर्तन गर्न सक्नुहुन्छः
धिक्कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे । (लूका ६:२६ )
यदि तपाईंको भाषामा महत्त्वपूर्ण जानकारीलाई अन्तमा राखिन्छ भने तपाईंले पदको क्रमलाई परिवर्तन गर्न सक्नुहुन्छः
एउटा पूर्ण विचार व्यक्त गर्ने शब्दहरूको समूहलाई वाक्य भनिन्छ । वाक्यका आधारभूत प्रकारहरू तिनका कार्यसहित तल दिइएका छन् ।
यी वाक्यका प्रकारहरूका मुख्य कार्यहरूका उदाहरणहरू तल दिइएको छ ।
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । (उत्पत्ति १:१ )
अभिव्यक्तिहरूका अन्य कार्यहरू पनि हुन्छन् । (हेर्नुहोस् अभिव्यक्तिहरू - अन्य प्रयोगहरू)
तलका वक्ताहरूले जानकारी प्राप्त गर्नको निम्ति यी प्रश्नहरूको प्रयोग गरेका छन् र तिनीहरूले प्रश्न सोधेका मानिसहरूले तिनको जवाफ पनि दिएका छन् ।
येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।”(मत्ती ९:२८ )
उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुने छ— तपाईं र तपाईंका परिवारले ।" (प्रेरित १६:२९-३१ )
प्रश्नहरूका अन्य कार्यहरू पनि हुन सक्छन् ।(हेर्नुहोस् आलङ्कारिक प्रश्नहरू)
आज्ञार्थ वाक्यहरू विभिन्न प्रकारका छन्ः आज्ञा दिने, निर्देशन दिने, सल्लाह दिने, निमन्त्रणा दिने, अनुरोध गर्ने, इच्छा व्यक्त गर्ने ।
आज्ञाद्वारा वक्ताले आफ्नो अधिकारको प्रयोग गर्छ र कसैलाई काम गर्न लगाउँछ ।
ए बालाक, उठेर सुन्, ए सिप्पोरको छोरो, मेरो कुरामा कान थाप् । (गन्ती २३:१८ )
निर्देशनद्वारा वक्ताले कुनै कुरा कसरी गर्नुपर्छ भनेर कसैलाई बताउँछ ।
...तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर । ... तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्ने छौ । (मत्ती १९:१७, २१ )
सल्लाहद्वारा वक्ताले कसैलाई केही कुरा कुरा गर्ने कि नगर्ने भनेर बताउँछ जसले त्यस मानिसलाई मदत गर्न सक्छ । तल दिइएको उदाहरणहरूमा दुबै अन्धा मानिसले अर्कोलाई अगुवाइ नगरेको राम्रो भनेर बताइएको छ।
एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन हुँदैन । यसो गरेमा दुवै खाडलमा पर्छन् ।( लूका ६:३९)
वक्ताहरू त्यसको सल्लाह दिएबमोजिम गर्ने समूहमा सामेल हुन चाहन्छन्। उत्पत्ति ११ मा मानिसहरूले सबै मिलेर इँट बनाउँदा राम्रो हुन्छ भनिरहेका छन् ।
तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं ।” (उत्पत्ति ११:३ )
निमन्त्रणाद्वारा कुनै व्यक्तिले चाहन्छ भने कुनै कुरा गर्न सक्छ भनेर वक्ताले नम्रता र मित्रवत रूपमा सल्लाह दिन्छ । यो कार्य गर्दा सुन्ने व्यक्ति पक्कै रमाउँछ भन्ने वक्ताले सोचेको हुन्छ ।
तपाईं पनि हामीसितै आउनुहोस्, हामी तपाईंलाई हित नै गर्ने छौं । (गन्ती १०:२९)
अनुरोधद्वारा वक्ताले कुनै व्यक्तिलाई कुनै काम नम्रताका साथ भन्छ । यो आज्ञा नभइ अनुरोध भन्ने कुरालाई स्पष्ट पार्नको निम्ति यसमा 'कृपया' शब्दको प्रयोग पनि गर्न सकिन्छ । यसले प्रायः वक्ताको भलाइ गर्छ ।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस् । (मत्ती ६:११ )
म बिन्ती गर्दछु, मलाई माफी होस् । (लूका १४:१८ )
कुनै कुरा भए हुन्थ्यो भन्ने कुरा व्यक्त गर्नको निम्ति इच्छाको प्रयोग गरिन्छ । अङ्ग्रेजीमा यी वाक्यहरू "may” वा “let” बाट सुरु हुन्छन् ।
उत्पत्ति २८ मा याकूबको निम्ति परमेश्वरबाट चाहना गरेका छन् ।
सर्वशक्तिमान् परमेश्वरले तँलाई आशिष् देऊन्, र तँलाई फल्दो-फुल्दो गराएर तेरो वृद्धि गराऊन् । (उत्पत्ति २८:३ )
उत्पत्ति ९ मा नोआले कनानको विषयमा चाहना व्यक्त गरेका छन् ।
श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुने छ ।” (उत्पत्ति ९:२५ )
उत्पत्ति २१ मा हागारले आफ्नो छोरो मरेको देख्न नचाहेको कुरा बताएकी छिन् र ऊ मरेको हेर्न नपरोस् भनेर टाढा गएकी छिन् ।
मैले यो बालक मरेको हेर्नु नपरोस् । (उत्पत्ति २१:१६ )
आज्ञार्थ वाक्यका अन्य कार्यहरू पनि हुन्छन् । हेर्नुहोस् आज्ञार्थ - अन्य प्रयोगहरू)
विस्मयादिबोधकले गहिरो अनुभूति व्यक्त गर्छ । युसएटीमा यसलाई जनाउनको निम्ति अन्तमा विस्मयादिबोधक चिन्हको (!) प्रयोग गरिएको छ ।
“बचाउनुहोस् प्रभु; हामीहरू नष्ट हुन लाग्यौं ! (मत्ती ८:२५ )
( विस्मयादिबोधकको बारेमा थप जानकारी प्राप्त गर्न र तिनीहरूलाई अनुवाद गर्ने तरिकाहरूको लागि विस्मयादिबोधक हेर्नुहोस् ।)
१. वाक्यको कार्यलाई जनाउने तपाईंको भाषाको तरिकाको प्रयोग गर्नुहोस् । २. बाइबलको कुनै एउटा वाक्यको प्रकार तपाईंको भाषामा प्रयोग गरिन्न भने, अनुवादका रणनीतिहरूको लागि तलका पृष्ठहरू हेर्नुहोस् ।
सामान्यतया अभिव्यक्तिहरू जानकारी दिनको निम्ति प्रयोग गरिन्छन्। तर बाइबलमा कहिलेकाहीँ
अन्य प्रयोजनको निम्ति पनि प्रयोग गरिन्छन्।
केही भाषाहरूमा कुनै प्रयोजनका निम्ति बाइबलमा प्रयोग गरिएका अभिव्यक्तिहरू प्रयोग नगरिन सक्छन्।
सामान्यतया अभिव्यक्तिहरू जानकारी प्रदान गर्नको निम्ति प्रयोग गरिन्छन्। तल दिइएका अभिव्यक्तिहरू यूहन्ना १:६-८ मा प्रयोग गरिएका अभिव्यक्तिहरू हुन् र तिनको कार्य जानकारी प्रदान गर्नु हो।
परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो। उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए। उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए (यूहन्ना १:६-८ यूएलटि)
अभिव्यक्तिको प्रयोग आज्ञा दिनको लागि पनि प्रयोग गरिन्छ। यसले कसैलाई के गर्नुपर्ने हो सो बताउँछ। तल दिइएको उदाहरणमा मूख्य पुजारीले मानिसहरूले गर्नुपर्ने कुराको आज्ञा दिनको निम्ति “गर्ने” अर्थ लाग्ने किसिमका अभिव्यक्तिका प्रयोग गरेका छन्।
तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू जो तीन दलमा शबाथको काम गर्न जान्छौ— तिमीहरूमध्ये एक-तिहाइले चाहिँ राजमहलको रक्षा गर्ने*,* एक-तिहाइ सूर ढोकामा बस्ने, र मन्दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा बस्ने ” (२ राजाहरू ११:५ यूएलटि)
अभिव्यक्तिको प्रयोग निर्देशनहरू दिनको निम्ति पनि गर्न सकिन्छ। तल दिइएको उदाहरणमा वक्ताले योसेफले भविष्यमा गर्ने कुरामा मात्र नभइ, तिनले गर्नुपर्ने कुरा पनि व्यक्त गरेका छन्।
तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्ने छौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ। (मत्ती १:२१ यूएलटि)
अभिव्यक्तिको प्रयोग अनुरोध गर्नको निम्ति पनि गर्न सकिन्छ। कुष्ठरोगीले येशूले गर्न सक्ने कुरा मात्र नभइ उहाँसँग आफ्नो चङ्गाइको आशा गरिरहेको छ।
एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।” (मत्ती ८:२ यूएलटि)
अभिव्यक्तिको प्रयोग कुनै कार्य सम्पन्न गर्न को निम्ति पनि गर्न सकिन्छ। आदमलाई तिनको कारण भूमि श्रापित भएको छ भन्दा, परमेश्वरले साँच्चै नै त्यसलाई श्राप दिनुभएको कुरा बुझिन्छ।
… भूमि तेरो कारण श्रापित भएको छ; (उत्पत्ति ३:१७ख यूएलटि)
त्यस मानिसलाई तिम्रा पापहरू क्षमा भएका छन् भनेर येशूले त्यसका पापहरू क्षमा गरिदिनुभयो।
येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, "ए छोरा, तिम्रा पापहरू क्षमा भए।” (मर्कूस २:५ यूएलटि)
(१) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्न भने त्यस कार्यलाई व्यक्त गर्ने अभिव्यक्तिको प्रकारको प्रयोग गर्नुहोस्।
(२) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्न भने त्यस कार्यलाई व्यक्त गर्ने अभिव्यक्तिको प्रकार थप गर्नुहोस्।
(३) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्न भने त्यस कार्यलाई व्यक्त गर्ने क्रियापद प्रयोग गर्नुहोस्।
(१) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्न भने त्यस कार्यलाई व्यक्त गर्ने अभिव्यक्तिको प्रकारको प्रयोग गर्नुहोस्।
(२) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्न भने त्यस कार्यलाई व्यक्त गर्ने अभिव्यक्तिको प्रकार थप गर्नुहोस् ।
(३) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्न भने त्यस कार्यलाई व्यक्त गर्ने क्रियापद प्रयोग गर्नुहोस्।
मुख्यतः नै इच्छा वा आकांक्षा व्यक्त गर्न आज्ञार्थक वाक्यहरू प्रयोग गरिन्छ । कहिलेकाहीँ बाइबलमा प्रयोग गरिएका आज्ञार्थक वाक्यका अन्य प्रयोगहरू पनि छन् ।
केही कार्यहरूका निम्ति बाइबलमा प्रयोग गरिएका आज्ञार्थक वाक्यहरू केही भाषाहरूमा प्रयोग गरिँदैन ।
वक्ताहरूले प्रायः आफ्ना श्रोताहरूलाई केही बताउन वा गर्न लगाउन आज्ञार्थक वाक्यहरू प्रयोग गर्छन् । उत्पत्ति २६ मा, परमेश्वर इसहाकसँग बोल्नुभयो र तिनलाई मिश्रमा नजान तर परमेश्वरले जहाँ भन्नुहुन्छ त्यहाँ नै बस्नू भन्नुभयो ।
परमप्रभु तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, “मिश्रमा नजा; मैले तँलाई भनेकै ठाउँमा ** तँ बस्** । (उत्पत्ति २६:२ यूएलटी )
कहिलेकाहीँ बाइबलमा प्रयोग गरिएका आज्ञार्थक वाक्यहरूका अन्य प्रयोगहरू हुन्छन्ः
घटेका घटनाहरूलाई परमेश्वरले आज्ञा गरेर हुन लगाउन सक्नुहुन्छ । मानिस निको होस् भनेर आज्ञा गरेर येशूले एकजना मानिसलाई निको पार्नुभयो । त्यस मानिसले आज्ञा पालन गर्न केही गर्न सकेन, तर येशूले आज्ञा गरेर त्यसलाई निको पार्नुभयो । ( यस सन्दर्भमा, "शुद्ध होऊ" को अर्थ "निको होऊ" हुन्छ, ताकि वरिपरिका अन्य मानिसहरूले यो मानिसलाई छुँदा केही हुँदेैन भन्ने जानून् ।)
“म इच्छा गर्छु, तिमी निको भइजाऊ ।” तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो । (मत्ती ८:३ख, यूएलटी )
उत्पत्ति १ मा परमेश्वरले उज्यालो होस् भनेर आज्ञा गर्नुभयो र आज्ञा गरेर नै उहाँले उज्यालोलाई अस्तित्वमा ल्याउनुभयो । बाइबलको हिब्रू जस्तै केही भाषाहरूमा आज्ञाहरू तृतीय पुरुषमा हुन्छन् । अङ्ग्रेजीमा त्यस्तो छैन, त्यसैले तृतीय पुरुषमा भएको आज्ञालाई द्वितीय पुरुषमा परिवर्तन गर्नुपर्छ । उदाहरणः
परमेश्वरले भन्नुभयो, “उज्यालो होस्” तब उज्यालो भयो । (उत्पत्ति १:३ यूएलटी )
आज्ञामा तृतीय पुरुष प्रयोग गरिने भाषाहरूले मौलिक हिब्रूलाई अनुशरण गर्न सक्छन्, जसलाई अंग्रेजीमा "उज्यालो हुनुपर्छ" अनुवाद गरिन्छ ।
बाइबलमा परमेश्वरले मानिसहरूलाई आशिष् दिन आज्ञार्थक वाक्यहरू प्रयोग गर्नुहुन्छ । यसले तिनीहरूको निम्ति उहाँको इच्छा के हो सो जनाउँछ ।
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८ यूएलटी)
केही कुराको मातहतमा रहेर हुने सर्त बताउन पनि आज्ञार्थक वाक्य प्रयोग गर्न सकिन्छ । हितोपदेशले जीवन र अक्सर गरेर हुने कुराहरूको बारेमा बताउँछ । हितोपदेशहरूले जीवन र प्रायः जसो हुने कुराहरूबारे बताउँछन् । तल दिइएका हितोपदेश ४:६ को उद्देश्य आज्ञा दिनु होइन, तर यदि मानिसहरूले बुद्धिलाई प्रेम गरे भने तिनीहरूले तिनीहरूको जीवनमा के हुन सक्छ भन्ने अपेक्षा गर्न सक्छन् भनी सिकाउनु हो ।
बुद्धिलाई नत्याग्, र त्यसले तँलाई सुरक्षित राख्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँमाथि हेरचाह गर्ने छ । (हितोपदेश ४:६ यूएलटी )
तल दिइएको हितोपदेश २२:६ को उद्देश्यचाहिँ मानिसहरूले आफ्ना छोराछोरीलाई उनीहरूले हिँड्नुपर्ने बाटो सिकाउँदा के हुन्छ भनेर अपेक्षा गर्न सक्छन् भनी सिकाउनु हो ।
बालकलाई ऊ हिँड्नुपर्ने बाटो सिकाऊ र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन । (हितोपदेश २२:६ यूएलटी )
१. यदि मानिसहरूले बाइबलमा भएकाहरूमध्ये कुनै एउटा कार्यको निम्ति आज्ञार्थक वाक्य प्रयोग गर्दैनन् भने, यसको सट्टामा कथन प्रयोग गर्नुहोस् ।
२. यदि कुनै वाक्यलाई केही कुरा गराउन प्रयोग गरिएको हो भनी मानिसहरूले बुझ्दैनन् भने जे भनिएको थियो त्यसको परिणामस्वरूप भएको थियो भन्ने देखाउन "त्यसैले" संयोजक शब्द थप्नुहोस् ।
३. यदि मानिसहरूले आज्ञालाई सर्तको रूपमा प्रयोग गर्दैनन् भने, यसलाई "यदि" र "अतः" सँगै कथनको रूपमा यसलाई अनुवााद गर्नुहोस् ।
१. यदि मानिसहरूले बाइबलमा भएकाहरूमध्ये कुनै एउटा कार्यको निम्ति आज्ञार्थक वाक्य प्रयोग गर्दैनन् भने, यसको सट्टामा कथन प्रयोग गर्नुहोस् ।
शुद्ध होऊ । (मत्ती ८:३ यूएलटी)
“अब तिमी शुद्ध भयौ ।” “अब म तिमीलाई शुद्ध पार्छु ।” परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो । (उत्पत्ति १:३ यूएलटी)
परमेश्वरले भन्नुभयो, “यहाँ अब उज्यालो छ।” तब उज्यालो भयो ।
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।” (उत्पत्ति १:२८ यूएलटी)
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूकोा निम्ति मेरो इच्छाचाहिँ तिमीहरू फल्दै-फुल्दै जाओ, वृद्धि होओ, पृथ्वीमा भरिँदै जाओ र त्यसलाई वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर भन्ने म चाहन्छु।”
२. यदि कुनै वाक्यलाई केही कुरा गराउन प्रयोग गरिएको हो भनी मानिसहरूले बुझ्दैनन् भने जे भनिएको थियो त्यसको परिणामस्वरूप भएको थियो भन्ने देखाउन "त्यसैले" संयोजक शब्द थप्नुहोस् ।
परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो । (उत्पत्ति १:३ यूएलटी)
परमेश्वरले भन्नुभयो, 'उज्यालो होस् ,' त्यसैले उज्यालो भयो । परमेश्वरले भन्नुभयो, “उज्यालो हुनुपर्छ,” फलस्वरूप उज्यालो भयो ।
३. यदि मानिसहरूले आज्ञालाई सर्तको रूपमा प्रयोग गर्दैनन् भने, यसलाई "यदि" र "अतः" सँगै कथनको रूपमा यसलाई अनुवााद गर्नुहोस् ।
बालकलाई ऊ हिँड्नुपर्ने बाटो सिकाऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाने छैन (हितोपदेश २२:६ यूएलटी)
यसरी अनुवाद रगरिन्छः
“यदि तिमीले बालकलाई ऊ हिँड्नुपर्ने बाटो सिकायौ भने, अतः ऊ वृद्ध हुँदा त्यस शिक्षाबाट तर्किएर जाने छैन ।”
जसले आश्चर्य, खुसी, डर वा रिसजस्ता गहिरा भावनाहरू व्यक्त गर्ने शब्दहरू वा वाक्यहरूलाई विस्मयादि भनिन्छ । यसको लागि शब्द वा वाक्यको अन्त्यमा(!) चिन्हको प्रयोग गरिएको हुन्छ । हो चिन्हले विस्मयादि जनाउँछ । परिस्थिति र अर्थले मानिसहरूले व्यक्त गरेको भावनालाई बुझ्न मदत गर्छ । तल दिइएको मत्ती ८ को उदाहरणमा वक्ताहरू धेरै डराएका थिए । मत्ती ९ को उदाहरणमा कहिले नदेखेको कुरा देखेर वक्ताहरू छक्क परेका थिए ।
बचाउनुहोस् प्रभु! हामीहरू नष्ट हुन लाग्यौं। (मत्ती ८:२५)
भूत निकालिएपछि त्यो गूँगो बोल्यो। अनि “इस्राएलमा कहिल्यै यस्तो देखिए!” भन्दै भीड छक्क पर्यो। (मत्ती ९:३३)
कुनै वाक्यले गहिरो भावना व्यक्त गरेको छ भन्ने कुरा व्यक्त गर्ने विभिन्न भाषाहरूका फरक तरिकाहरू हुन्छन् ।
केही विस्मयादिहरूमा कुनै एउटा शब्दले भावना व्यक्त गर्छ । तल दिइएका वाक्यहरूमा "आहा" र "हाय" शब्दहरू प्रयोग गरिएको छ । "आहा" शब्दले वक्ता अचम्भित भएको देखाउँछ ।
आहा !, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो ! उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने! (रोमी ११:३३)
तल प्रयोग गरिएको "हाय" शब्दले गिदोन डराएका थिए भन्ने देखाउँछ ।
तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए, र भने, “हाय, परमप्रभु परमेश्वर यो त साँच्चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें ।”(न्यायकर्ताहरू ६:२२)
केही विस्मयादिहरू "कति" वा "किन" जस्ता प्रश्नवाचक शब्दबाट सुरु हुन्छन् । तल दिइएकाो वाक्यले लेखक परमेश्वरका इन्साफहरूको अगमता देखेर छक्क परेको कुरा व्यक्त गर्छ ।
उहाँका इन्साफहरू कति अगम! (रोमी ११:३३)
बाइबलमा भएका केही विस्मयादिहरूमा मुल क्रियापद छैनन् । तल दिइएको वाक्यमा लेखकले घृणा व्यक्त गरेका छन् ।
तँ मूर्ख! (मत्ती ५:२२)
१. यदि तपाईंको भाषामा विस्मयादिसँग क्रियापदको आवस्यकता पर्छ भने त्यो थप्नुहोस् । "हो" वा "हुन्" सँग सम्बन्धित क्रियापदहरू लाभदायक हुन्छन् । २. तपाईंको भाषामा गहिरो भावना व्यक्त गर्ने विस्मयादि शब्दको प्रयोग गर्नुहोस् । ३. भावना व्यक्त गर्ने वाक्यमा भएको विस्मयादि शब्दको अनुवाद गर्नुहोस् । ४. गहिरो भावना व्यक्त गर्ने वाक्यको भागमा त्यस्तो शब्दको प्रयोग गर्नुहोस् । ५. यदि लक्षित भाषामा व्यक्त गरिएको गहिरो भावना स्पष्ट छैन भने उक्त व्यक्तिले गरेको अनुभवलाई स्पष्ट पारिदिनुहोस् ।
१. यदि तपाईंको भाषामा विस्मयादिसँग क्रियापदको आवस्यकता पर्छ भने त्यो थप्नुहोस् । "हो" वा "हुन्" सँग सम्बन्धित क्रियापदहरू लाभदायक हुन्छन् ।
२. तपाईंको भाषामा गहिरो भावना व्यक्त गर्ने विस्मयादि शब्दको प्रयोग गर्नुहोस् । तल प्रयोग गरिएको "आहा" शब्दले तिनीहरू छक्क परेको कुरा व्यक्त गर्छ । त्यसैगरी "बाफरे" शब्दले डरलाग्दो घटना घटेको छ भन्ने कुरालाई व्यक्त गर्छ ।
३. भावना व्यक्त गर्ने वाक्यमा भएको विस्मयादि शब्दको अनुवाद गर्नुहोस् ।
४. गहिरो भावना व्यक्त गर्ने वाक्यको भागमा त्यस्तो शब्दको प्रयोग गर्नुहोस् ।
५. यदि लक्षित भाषामा व्यक्त गरिएको गहिरो भावना स्पष्ट छैन भने उक्त व्यक्तिले गरेको अनुभवलाई स्पष्ट पारिदिनुहोस् ।
व्याकरणका दुई मूख्य भागहरू हुन्छन्ः शब्दहरू र संचरना । वाक्यांश, उपवाक्य र वाक्यहरू निर्माण गर्नको निम्ति शब्दहरूलाई मिलाएर राख्ने कुरा संरचनाभित्र पर्छ ।
शब्दवर्ग - कुनै एक भाषामा प्रयोग हुने सबै शब्दहरू शब्दवर्गभित्र पर्छन् । (हेर्नुहोस् शब्दवर्ग)
वाक्यहरू - हामीले बोल्दा हाम्रा विचारहरूलाई वाक्यहरूमा व्यक्त गर्छौँ । एउटा वाक्यमा प्रायः कुनै एक घटना वा अवस्था वा कुनै कुराको अस्तित्वको बारेमा पूर्ण विचार हुन्छ । (हेर्नुहोस् वाक्य संरचना)
सम्बन्धवाचक - यसले दुई नाम बिचको सम्बन्धलाई देखाउँछ । अङ्ग्रेजीमा यसलाई जनाउन 'of' वा "'s" को प्रयोग गरिन्छ जसलाई नेपालीमा 'को' भनेर अनुवाद गरिन्छ । उदाहरणको लागि, "the love of God (परमेश्वरको प्रेम)" वा "God's love (परमेश्वरको प्रेम)" । अङ्ग्रेजीमा सम्बन्धवाचक जनाउनको निम्ति "'s" को प्रयोग पनि गरिन्छ । सम्बन्धवाचक सर्वनामको प्रयोग गरेर पनि यसलाई व्यक्त गर्न सकिन्छ । उदाहरण, “his love (उहाँको प्रेम) ।” (हेर्नुहोस् सम्बन्धवाचक)
कथनहरू - अरू कसैले व्यक्त गरेको कुरालाई रिपोर्ट गर्दा कथनको प्रयोग हुन्छ ।
भाववाचक नामले प्रवृत्तिहरू, गुणहरू, घटनाहरू, परिस्थितिहरू र यी विचारहरू बीचको सम्बन्धलाई जनाउँछ। यि कुराहरूलाई भौतिक रूपमा देख्न र छुन सकिन्न। उदाहरणको निम्ति, खुशी, तौल, चोट, एकता, मित्रता, स्वास्थ र कारण। यो अनुवादको विषय हो किनकि केही भाषाहरूले कुनै एक विचारलाई भाववाचक नामको प्रयोग गरेर व्यक्त गरिन्छ भने अरू भाषामा यसलाई फरक तरिकाले व्यक्त गरिन्छ।
याद गर्नुहोस कि नामहरूले कुनै व्यक्ति, ठाउँ, चिज वा विचार हरूलाई जनाउँछ। भाववाचक नामले विचारहरूलाई जनाउँछन्। यी प्रवृत्तिहरू, गुणहरू, घटनाहरू, परिस्थितिहरू वा साथै विचारहरू बीचको सम्बन्ध हुन सक्छन्। यिनीहरूलाई भौतिक रूपमा हेर्न र छुन सकिन्न, उदाहरणको लागि, आनन्द, शान्ति, सृष्टि, भलाइ, सन्तुष्टि, न्याय, सत्यता, स्वतन्त्रता, बदला, ढिलाइ, लम्बाइ, तौल र अन्य थुप्रै।
केहि भाषाहरु, जस्तै बाइबलीय ग्रीक र अंग्रजीहरूले भाववाचक नामहरु थुप्रै मात्रामा प्रयोग गरेका छन्। तिनीहरूले कार्य वा गुणहरूलाई नाम दिने तरिका प्रदान गर्छन्। यी भाषा बोल्नेहरूले नामहरूद्दारा कुनैपनि चिजहरूको अवधारणाहरू बताउँन सक्छन् यद्यपि तिनिहरू चीजहरू हुन्। उदाहरणका लागि, भाववाचक नामहरू प्रयोग गरिने भाषाहरूमा मानिसहरूले भन्न सक्छन् कि "म पापको क्षमामा विश्वास गर्छु।" तर केहि भाषाहरूले भाववाचक नामहरू बढी मात्रामा प्रयोग गर्दैनन्। यी भाषाहरूमा, वक्ताहरूको निम्ति दुईवटा भाववाचक नामहरू "क्षमा" र "पाप" उपलब्ध नहुन सक्छ तर तिनिहरूको अर्थ एउटै हुनसक्छ। उदाहरणको लागि, तिनिहरू व्यक्त गर्न सक्छन् "म विश्वास गर्छु कि परमेश्वर मानिसहरूलाई क्षमा गर्न इच्छुक हुनुहुन्छ।यसको लागि नामहरूको सट्टामा क्रिया वाक्यांशहरू प्रयोगगरि।
तपाईंले अनुवाद गर्ने बाइबलमा केही निश्चित विचारहरू व्यक्त गर्नको निम्ति भाववाचक नामको प्रयोग गरिएको हुन सक्छ। तपाईंको भाषामा ती भाववाचक नामको प्रयोग नहुन सक्छ, यसको बदलामा ती विचारलाई व्यक्त गर्नको निम्ति वाक्यांशहरूको प्रयोग भएको हुन सक्छ। ती वाक्यांशहरूमा भाववाचक नामको अर्थ दिनको निम्ति विशेषणहरू, क्रियाहरू वा क्रिया विशेषणहरूको प्रयोग गरिएको हुनसक्छ। उदाहरुणको लागि, "यसको तौल कि हो?" यसरि पनि व्यक्त गर्न सकिन्छ जस्तो "यसको तौल कति छ?" वा, "यो कति भारि छ?"
…तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ … (२ तिमोथी ३:१५ युएलटि)
यहाँ भाववाचक नाम "बाल्यकाल" ले कोही बालक हुँदाको कुरालाई जनाउँछ।
सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। (१ तिमोथी ६:६ युएलटि)
भाववाचक नामहरू “धर्मी ” र “सन्तुष्टि” ले धर्मी र सन्तुष्ट हुनुलाई जनाउँछन्। भाववाचक नाम "लाभ" ले कसैलाई फाइदा पुर्याउने वा मदत गर्ने कुरालाई जनाउँछ।
आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्। (लूका १९:९ युएलटि)
भाववाचक नाम “मुक्ति” ले मुक्त हुनुलाई जनाउँछ।
आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलाइ गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न (२ पत्रुस ३:९ युएलटि)
भाववाचक नाम “ढिलाइ” ले कुनै कुरा ढिलो गर्नुलाई बुझाउँछ।
उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुने छ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुने छ। (१ कोरिन्थी ४:५ख युएलटि)
भाववाचक नाम “अभिप्रायहरू” ले मानिसहरूले गर्न चाहेको र तिनको कारणलाई बुझाउँछ।
भाववाचक नामले तपाईंको भाषामा स्वभाविक र सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस्। यदि दिँदैन भने यसको विकल्प तल दिइएको छः
(१) भाववाचक नामको अर्थ दिने गरी वाक्यमा अर्को शब्दको प्रयोग गर्नुहोस्। भाववाचक नामले व्यक्त गरेको विचारलाई व्यक्त गर्नको निम्ति नामको सट्टामा क्रिया, क्रिया विशेषण, वा विशेषणको प्रयोग गर्न सक्नुहुन्छ।
(१) भाववाचक नामको अर्थ दिने गरी वाक्यमा अर्को शब्दको प्रयोग गर्नुहोस्। भाववाचक नामले व्यक्त गरेको विचारलाई व्यक्त गर्नको निम्ति नामको सट्टामा क्रिया, क्रिया विशेषण, वा विशेषणको प्रयोग गर्न सक्नुहुन्छ, वा विशेषणद्दारा भाववाचकको विचार व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादहरू धर्मशास्त्रबाट तल उल्लेख गरिएको छ।
… तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ … (२ तिमोथी ३:१५क युएलटि)
तिमी बालक हुँदा देखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ।
तर सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो (१ तिमोथी ६:६ युएलटि)
तर सन्तुष्ट र भक्ति हुने कुरा फाइदाजनक हुन्छ। तर जब हामी सन्तुष्टि र भक्ति हुन्छौ तब हामीलाई धेरै फाइदा हुन्छ। तर जब हामी परमेश्वरलाई आदर गर्छौ र आज्ञाकारी हुन्छौ र हामीसँग भएका कराहरूसँग खुशी हुन्छौ तब हामी अधिकतमरूपले फाइदाजनक हुन्छौ।
आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा हुन्। (लूका १९:९ युएलटि)
आज यस घरका मानिसहरू बचाइएका छन्,… आज परमेश्वरले यस घरका मानिसहरूलाई बचाउनु भएको छ…
आफ्नो प्रतिज्ञाहरुको बारेमा प्रभु ढिलाइ गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न (२ पत्रुस ३:९क युएलटि)
आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न।
उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुने छ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुने छ। (१ कोरिन्थी ४:५ख युएलटि)
उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुने छ, र मानिसहरूले गर्न चाहेका र ति कुराहरू किन तिनिहरू गर्न चाहन्छन् भन्ने कारण पनि प्रकट गरिदिनुहुने छ।
कुनै भाषाहरूमा कर्तु र कर्म दुबै वाक्हुयहरू हुन्छन्। कर्तु वाक्यहरूमा, कर्ताले कार्य गर्छ। कर्म वाक्यहरूमा, कर्ताले कार्य प्राप्त गर्दछ। तल केही उदाहरणहरू दिइएका छन्, जहाँ कर्तालाई कालो रङ्ग गरिएको छ।
अनुवादकहरूको भाषामा कर्म वाच्य छैन भने बाइबलमा भएका कर्म वाक्यहरूलाई कसरी अनुवाद गर्ने जान्नु आवश्यक छ। अन्य अनवादकहरूले कर्म र कर्तृ वाक्यहरूको प्रयोग कहाँ गर्ने भन्ने जान्नुपर्छ।
केही भाषाहरूमा कर्तृ र कर्म दुबै वाक्यहरू हुन्छन्।
तल दिइएका उदाहरणहरूमा कर्तालाई कालो रङ्ग गरिएको छ।
सबै भाषामा कर्तृ वाच्य हुन्छ। कर्म वाच्य भने कुनै भाषामा हुन्छ र कुनैमा हुँदैन। जुन भाषामा कर्म वाच्य हुन्छ तिनमा पनि एउटै उद्देश्यको निम्ति यसको प्रयोग गरिन्न।
त्यहाँ काँड चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड चलाए, र राजाका कति मानिसहरूलाई मारियो। साथै हजूरको दास हित्ती उरियाह पनि मारियो।” (२ शमूएल ११:२४ युएलटि)
यसको अर्थः शत्रुका काँड चलाउनेहरूले काँड चलाए र उरियाह सहित राजाका केही मानिसहरूलाई मारे। राजाका मानिसहरू र उरियाहलाई के भयो मूख्य कुरा हो, कसले हान्यो महत्त्वपूर्ण कुरा होइन। राजाका मानिसहरू र उरियाहलाई महत्त्व दिनु यहाँ प्रयोग गरिएको कर्म वाच्यको उद्देश्य हो।
जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्काइएको देखे (न्यायकर्ताहरू ६:२८क युएलटि)
त्यस शहरका मानिसहरूले बालको वेदीलाई के भएको थियो त्यो देखे, तर कसले यसो गर्यो तिनीहरूलाई थाहा भएन। नगरवासीहरूको तर्फबाट घटनालाई प्रस्तुत गर्नु यहाँ प्रयोग गरिएको कर्म वाच्यको उद्देश्य हो।
त्यसको गलामा जाँतोको एउटा पाटा झुण्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ। (लूका १७:२क युएलटि)
कुनै व्यक्तिको गलामा जाँतोको एउटा पाटा झुण्ड्याएर समुद्रमा फालिने अवस्थालाई यसले जनाउँछ। उक्त व्यक्तिलाई के हुन्छ भन्ने बुझाउनु यहाँ प्रयोग गरिएको कर्म वाच्यको उद्देश्य हो। यी कुराहरू गर्ने व्यक्ति महत्त्वपूर्ण छैन।
यदि तपाईहरूको भाषामा कर्म वाच्यको प्रयोग नगरिकन कुनै वाक्यको अनवुाद गर्नु उचित लाग्छ भने तपाईंले तल दिइएका रणनीतिहरू प्रयोग गर्न सक्नुहुन्छ।
(१) कर्तृ वाच्यमा उही क्रियापद प्रयोग गर्नुहोस् र कार्य गर्ने व्यक्ति वा वस्तुको बारेमा बताउनुहोस्। यसो गर्दा जसमाथि काम गरिन्छ उक्त व्यक्तिमा केन्द्रित हुनुहोस्। (२) कर्तृ वाच्यमा उही क्रियापद प्रयोग गर्नुहोस् र कसले कार्य गर्यो भनेर नबताउनुहोस्। यसको साटो 'तिनीहरू' वा "मानिसहरू' वा 'कोहि" जस्ता सामान्य अभिव्यक्तिहरूको प्रयोग गर्नुहोस्। (३) फरक क्रियापदको प्रयोग गर्नुहोस्।
(१) कर्तृ वाच्यमा उही क्रियापद प्रयोग गर्नुहोस् र कार्य गर्ने व्यक्ति वा वस्तुको बारेमा बताउनुहोस्। यसो गर्दा जसमाथि काम गरिन्छ उक्त व्यक्तिमा केन्द्रित हुनुहोस्।
(२) कर्तृ वाच्यमा उही क्रियापद प्रयोग गर्नुहोस् र कसले कार्य गर्यो भनेर नबताउनुहोस्। यसको साटो, "तिनीहरू" वा "मानिसहरू" वा "कोहि" जस्ता सामान्य अभिव्यक्तिहरूको प्रयोग गर्नुहोस्।
(३) कर्तृ वाच्यमा फरक क्रियापदको प्रयोग गर्नुहोस्।
केही भाषाहरूमा नामलाई परिवर्तन गर्ने वाक्यांशहरू दुई उद्देश्यका निम्ति प्रयोग गरिन्छन्। तिनले नामलाई अन्य त्यस्तै शब्दहरूबाट भिन्न देखाउँछन् वा तिनले नामको बारेमा थप जानकारी दिन्छन्। कतिपय पाठकहरूको लागि त्यो जानकारी नयाँ हुन सक्छ वा त्यसले पाठकले पहिले नै जानेको कुराको स्मरण गराउने काम गर्छ। केही भाषाहरूले नामलाई अन्य शब्दहरूबाट फरक देखाउनको निम्ति नामलाई परिवर्तन गर्ने किसिमका वाक्यांशहरूको प्रयोग गर्छन्। ती भाषा बोल्ने मानिहरूले नामलाई परिवर्तन गर्ने वाक्यांश सुनेपछि नामलाई अर्को त्यस्तै शब्दबाट फरक देखाउनको निम्ति प्रयोग गरिएको हो भन्ने कुरा छुट्याउन सक्छन्।
कुनै भाषाहरूमा उस्तै लाग्ने शब्दहरू बिचमा भेद देखाउन र कुनै कुराको बारेमा थप जानकारी दिनको निम्ति अल्पविरामको प्रयोग गर्ने गरिन्छ। अल्पविरामको प्रयोग बिना नै तल दिइएको वाक्यले भिन्नता देखाएको छ भन्ने कुराको सञ्चार गर्छः
यस वाक्यमा अल्पविरामको प्रयोग गर्ने हो भने यसले अझ धेरै जानकारी दिन्छः
(यसले सामान्यतया अनुवादमा कुनै समस्या उत्पन्न गर्दैन।)
पर्दाले पवित्र स्थानलाई महाँ पवित्र स्थानबाट अलग गर्नु हो। (प्रस्थान २६:३३ख यूएलटि)
"पवित्र" र "सबैभन्दा पवित्र" शब्दहरूले दुई फरक ठाउँहरूलाई एकअर्काबाट र कुनै पनि ठाउँबाट छुट्याएका छन्।
मूर्ख छोरा आफ्नो बुबाको लागि शोक हो, र उहाँलाई जन्म दिने स्त्रीको लागि तीतोपन हो। (हितोपदेश १७:२५ यूएलटि)
"कसले उहाँलाई जन्म दियो" भन्ने वाक्यांशले छोरा कुन स्त्रीप्रति तीतो छ भनी छुट्याउछ। उहाँ सबै महिलाहरूको लागि तीतो छैन, तर आफ्नी आमाको लागि।
(यी भाषाहरूको लागि अनुवाद मुद्दा हो जुन यी प्रयोग गर्दैनन्।)
… किनकि तपाईंका धार्मिक न्यायहरू असल छन्। (भजनसंग्रह ११९:३९ख यूएलटि)
"धर्मी" शब्दले हामीलाई परमेश्वरका न्यायहरू सही छन् भनी सम्झाउँछ। यसले उहाँका धार्मिक न्यायहरूलाई उहाँका अधार्मिक न्यायहरूबाट फरक पार्दैन, किनभने उहाँका सबै न्यायहरू सही छन्।
साराले कसरी छोरा जन्माउन सक्छिन् जो ९० वर्षकी छिन्? (उत्पत्ति १७:१७ख यूएलटि)
"जो ९० वर्षको छ" भन्ने वाक्यांशले साराले छोरा जन्माउन सक्छिन् भनेर अब्राहामले सोचेनन्। उसले सारा नामकी एउटी महिलालाई सारा नाम गरेको अर्की महिलाबाट भिन्नता दिइरहेको थिएन, जो फरक उमेरकी थियो, र उसले कसैलाई आफ्नो उमेरको बारेमा नयाँ कुरा बताइरहेको थिएन। त्यति बूढो भएकी महिलाले बच्चा जन्माउन सक्छिन् भनी उनले सोचेकै थिएनन्।
मैले पृथ्वीको सतहबाट सृष्टि गरेको मानिसजातिलाई म नष्ट गर्नेछु। (उत्पत्ति ६:७ यूएलटि)
"जसलाई मैले सृष्टि गरेको छु" भन्ने वाक्यांशले परमेश्वर र मानिसजाति बीचको सम्बन्धको सम्झना गराउँछ। यही कारणले गर्दा मानिसजातिलाई मेटाउने अधिकार परमेश्वरसँग थियो। परमेश्वरले सृष्टि नगरेको अर्को मानव जाति छैन।
यदि पाठकहरूले संज्ञाको साथ वाक्यांशको उद्देश्य बुझ्दछन् भने, वाक्यांश र संज्ञा सँगै राख्ने विचार गर्नुहोस्। एउटा वस्तुलाई अर्कोबाट छुट्याउनको लागि संज्ञासहितका शब्द वा वाक्यांशहरू प्रयोग गर्ने भाषाहरूका लागि, यहाँ वाक्यांशहरू अनुवाद गर्नका लागि केही रणनीतिहरू छन् जुन सूचना वा सम्झाउन प्रयोग गरिन्छ।
(१) वाक्यको अर्को भागमा जानकारी राख्नुहोस् र यसको उद्देश्य देखाउने शब्दहरू थप्नुहोस्। (२) यो भर्खर थपिएको जानकारी हो भनी व्यक्त गर्नको लागि आफ्नो भाषाको एउटा तरिका प्रयोग गर्नुहोस्। यो सानो शब्द थपेर वा आवाज सुन्ने तरिका परिवर्तन गरेर हुन सक्छ। कहिलेकाहीँ आवाजमा भएका परिवर्तनहरू कोष्ठक वा अल्पविराम जस्ता विराम चिह्नहरू देखाउन सकिन्छ।
(१) वाक्यको अर्को भागमा जानकारी राख्नुहोस् र यसको उद्देश्य देखाउने शब्दहरू थप्नुहोस्।
म व्यर्थ मूर्तिहरूको सेवा गर्नेहरूलाई घृणा गर्छु (भजनसंग्रह ३१:६ यूएलटि)
“व्यर्थका मूर्तिहरू” भनी दाऊदले सबै मूर्तिहरूबारे टिप्पणी गर्दै थिए र तिनीहरूको सेवा गर्नेहरूलाई घृणा गर्ने आफ्नो कारण बताइरहेका थिए। तिनले मूल्यहीन मूर्तिहरू र मूल्यहीन मूर्तिहरू छुट्याइरहेका थिएनन्।
मूर्तिहरू व्यर्थका हुनाले तिनीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु।
… किनकि तपाईंका धार्मिक न्यायहरू असल छन्। (भजनसंग्रह ११९:३९ख यूएलटि)
… किनकि तपाईंका न्यायहरू असल छन् किनभने तिनीहरू धार्मिक छन्।
के ९० वर्षकी साराले छोरा जन्माउन सक्छिन् ? (उत्पत्ति १७:१७ख यूएलटि)
वाक्यांश "जो ९० वर्षको छ" साराको उमेरको सम्झना हो। अब्राहामले किन प्रश्न सोधिरहेका थिए भनेर यसले बताउँछ। त्यति बूढो भएकी महिलाले बच्चा जन्माउन सक्छिन् भन्ने उसले सोचेको थिएन।
के ९० वर्षकी साराले छोरा जन्माउन सक्छिन् ? (उत्पत्ति १७:१७ख यूएलटि)
म परमप्रभुलाई पुकार्नेछु, जो प्रशंसाको योग्य हुनुहुन्छ। (२ शमूएल २२:४ ए यूएलटी) त्यहाँ एक मात्र यहवे हुनुहुन्छ। "प्रशंसा गर्न योग्यको" भन्ने वाक्यांशले यहवेलाई पुकार्नुको कारण दिन्छ।
म परमप्रभुलाई पुकार्नेछु, किनभने उहाँ प्रशंसाको योग्य हुनुहुन्छ
(२) यो भर्खर थपिएको जानकारी हो भनी व्यक्त गर्नको लागि आफ्नो भाषाको एउटा तरिका प्रयोग गर्नुहोस्।
तिमी मेरो छोरा हौ, जसलाई म माया गर्छु। म तिमीसँग खुसी छु। (लूका ३:२२ यूएलटि)
तिमी मेरो छोरा हौ। म तिमीलाई माया गर्छु र म तिमीसँग खुसी छु।
मेरो माया पाएर तिमी मेरो छोरा हौ। म तिमीसँग खुसी छु।
एउटा वाक्यमा दुई वटा नकारात्मक अर्थ दिने शब्दहरू भएको वाक्यलाई दोहोरो नकारात्मक शब्द भएका वाक्य भनिन्छ। फरक भाषाहरूमा दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूले फरक फरक अर्थ दिन्छन्। दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूको सही र स्पष्ट तरिकाले अनुवाद गर्नको निम्ति बाइबलमा दोहोरो नकारात्मक शब्द भएका वाक्यहरूले के अर्थ दिन्छन् र तिनलाई तपाईंको आफ्नो भाषामा कसरी व्यक्त गर्न सकिन्छ भन्ने बुझ्नुपर्छ।
"होइन" भन्ने अर्थ दिने शब्दहरू नै नकारात्मक शब्दहरू हुन्। उदाहरणको लागि, "हुन्न," "होइन,", "कुनै पनि होइन," "कोही पनि होइन," "केही पनि होइन," "कहिँ पनि होइन," "कदापि होइन," "न त," र "बाहेक"। केही शब्दहरूमा प्रत्यय र उपसर्ग लागेर पनि नकारात्मक शब्द बन्छन्। तल दिइएका उदाहरणमा रेखांकित शब्दहरू यस्ता शब्दहरू हुन्ः “बेखुशी,” “असम्भव,” र “बेकार।”
एउटा वाक्यमा दुई वटा नकारात्मक अर्थ दिने शब्दहरू भएको वाक्यलाई दोहोरो नकारात्मक शब्द भएका वाक्य भनिन्छ।
सहायता पाउने हाम्रो हक नभएर हामीले यो गरेको होइन … (२ थेसलोनिकी ३:९क युएलटि)
अनि योचाहिँ विनाशपथ भएको होइन। … (हिब्रू ७:२०क युएलटि)
दुष्टहरू दण्डविना उम्कने छैनन् (हितोपदेश ११:२१क युएलटि)
दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूले फरक भाषाहरूमा फरक अर्थ दिन्छन्।
स्पेनिशजस्ता केही भाषाहरूमा नकारात्मकलाई जोड दिन दोहोरो नकारत्मकको प्रयोग गरिन्छ। तल दिइएको स्पानिस् वाक्य No ví a nadie को अर्थ “मैले कोही पनि होइनलाई देखिन " हो। यसमा कोही पनि होइन र देखिन दुबै नकारात्मक अर्थ दिने शब्दको प्रयोग भएको छ । स्पानिस् भाषामा दुई वटै नकारात्मक शब्दहरू मिलेका देखिन्छन् र त्यसको अर्थ हो, "मैले कसैलाई पनि देखिन।"
केही भाषाहरूमा दोस्रो नकारात्मक शब्दले पहिलो नकारात्मक शब्दलाई रद्द गर्छ र त्यसले सकारात्मक अर्थ दिन्छ। यसैले "ऊ अविवेकी छैन" को अर्थ "ऊ विवेकी छ " हुन्छ।
केही भाषाहरूमा दुई वटा नकारात्मक शब्दहरूले सकारात्मक शब्दको सृजना गर्छन् तर त्यो कमजोर वाक्य बन्छ। "ऊ अविवेकी छैन" को अर्थ "ऊ केही विवेकी छ" हुन्छ।
बाइबलमा प्रयोग गरिएजस्ता केही भाषाहरूमा दोहोरो नकारात्मक शब्दले सकारात्मक वाक्यको सृजना गर्छ र यसले वाक्यलाई बलियो बनाउँछ । यसैले "ऊ अविवेकी छैन" को अर्थ "ऊ विवेकी छ" वा " ऊ धेरै विवेकी छ" बन्छ।
दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूलाई सही र स्पष्टसँग अनुवाद गर्नको निम्ति बाइबलमा दोहोरो नकारात्मक शब्द भएका वाक्यहरूले के अर्थ दिन्छन् र तिनलाई तपाईंको आफ्नो भाषामा कसरी व्यक्त गर्न सकिन्छ भन्ने बुझ्नुपर्छ।
यूहन्ना १५:५ को ग्रीकले भन्छ:
χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν
म बिना तिमी केहि गर्न सक्दैनौ
हामी यो दोहोरो नकारात्मकलाई अंग्रेजी यूएलटि मा पुन: उत्पादन गर्न सक्दैनौं किनभने अंग्रेजीमा, क्लजमा दोस्रो नकारात्मकले पहिलोलाई रद्द गर्दछ। अङ्ग्रेजीमा, र सायद तपाईको भाषामा, हामीले नकारात्मक मध्ये एउटा मात्र रोज्नुपर्छ र या त भन्नुपर्छ:
म बिना, तिमी केहि गर्न सक्दैनौ।
अथवाः
म बिना, तिमी केहि गर्न सक्दैनौ।
… निष्फल नहोस् भनेर। (तीतस ३:१४ख यूएलटि)
यसको अर्थ "फलदायी हुनको लागि।"
एक अगमवक्ता सम्मान बिना हुँदैन (मर्कुस ६:४ यूएलटि)
यसको अर्थ "अगमवक्तालाई सम्मान गरिएको छ।"
म तिमीलाई अज्ञानी बन्न चाहन्न। (१ कोरिन्थी १२:१)
यसको अर्थ "म तिमीलाई ज्ञानी बन्न चाहन्छु।"
दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरू तपाईंको भाषामा स्वभाविक सुनिन्छन् र तिनले सकारात्मक अर्थ दिन्छन् भने तिनको प्रयोग गर्नुहोस्। यदि होइन भने, तल दिइएका रणनीतिहरूको प्रयोग गर्न सक्नुहुन्छः
(१) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य सकारात्मक कथन गर्नु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मकहरू हटाउनुहोस् ताकि यो सकारात्मक होस्।
(२) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य नकारात्मक कथन गर्नु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मक मध्ये एउटा हटाउनुहोस्।
(3) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य अझ बलियो नकारात्मक कथन बनाउनु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मक मध्ये एउटा हटाउनुहोस् र बलियो शब्द थप्नुहोस्।
(१) यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्ति दिनु मात्र हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दलाई हटाएर सकारात्मक बनाउनुहोस् ।
किनकि हाम्रा कमजोरीहरूप्रति सहानुभूति देखाउन नसक्ने प्रधान पुजारी हामीसँग छैन। (हिब्रू ४:१५क यूएलटि)
"किनकि हामीसँग हाम्रा कमजोरीहरूप्रति सहानुभूति महसुस गर्न सक्ने प्रधान पुजारी छन्।"
… निष्फल नहोस् भनेर। (तीतस ३:१४ख यूएलटि)
"… ताकि तिनीहरू फलदायी हुन सकून्।"
(२) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य नकारात्मक कथन गर्नु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मक मध्ये एउटा हटाउनुहोस्।
χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν
म बिना तिमीहरू केहि गर्न सक्दैनौ (यूहन्ना १५:५)
म बिना तिमीहरू केहि गर्न सक्दैनौ
अथवा:
म बिना, तिमीहरू केहि गर्न सक्दैनौ।
(३) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य अझ बलियो नकारात्मक कथन बनाउनु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मक मध्ये एउटा हटाउनुहोस् र बलियो शब्द थप्नुहोस्।
…ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου (मत्ती ५:१८)
कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।
कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।
अथवा:
कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।
एक शब्दलोप तब हुन्छ जब एक वक्ता वा लेखकले एक वा धेरै शब्दहरू छोड्छ जुन सामान्यतया वाक्यमा हुनुपर्छ। वक्ता वा लेखकले यस्तो गर्छ किनभने उसलाई थाहा छ कि श्रोता वा पाठकले वाक्यको अर्थ बुझ्छ र त्यहाँ भएका शब्दहरू सुन्दा वा पढ्दा उसको दिमागमा शब्दहरू आपूर्ति गर्दछ। उदाहरणका लागि:
… दुष्टहरू न्यायको दिनमा टिक्ने छैनन्, न पापीहरूले धर्मीहरूको सभामा। (भजनसंग्रह १:५ यूएलटि)
दोस्रो भागमा शब्दलोप छ किनभने "न त धर्मीहरूको सभामा पापीहरू" पूर्ण वाक्य होइन। अघिल्लो खण्डबाट कार्य भरेर पापीहरूले धर्मीहरूको सभामा के गर्दैनन् भन्ने कुरा श्रोताले बुझ्नेछ भनी वक्ताको अनुमान छ। भरिएको कार्यको साथ, पूर्ण वाक्य पढ्नेछ:
त्यसैले दुष्टहरू न्यायमा खडा हुनेछैनन्, न त पापीहरू धर्मीहरूको सभामा खडा हुनेछन्।
[१] अङ्ग्रेजीमा विराम चिन्ह छ जसलाई शब्दलोप पनि भनिन्छ। यो तीनवटा थोप्लाहरू (…) को शृङ्खला हो जुन कुनै शब्द, वाक्यांश, वाक्य वा पाठबाट यसको मौलिक अर्थ परिवर्तन नगरी जानाजानी छोडेको संकेत गर्न प्रयोग गरिन्छ। यो लेख अनुवाद विराम चिन्हको बारेमा होइन, तर सामान्यतया वाक्यमा हुनु पर्ने शब्दहरू हटाउने अवधारणाको बारेमा हो।
दुई प्रकारका शब्दलोप
अनुवादका बिषयहरू हुनुका कारण
अपूर्ण वाक्य वा वाक्यांशहरू हेर्ने पाठकहरूलाई थाहा नहुन सक्छ कि त्यहाँ जानकारी हराइरहेको छ जुन लेखकले भर्ने अपेक्षा गर्दछ। वा पाठकहरूले त्यहाँ जानकारी हराइरहेको छ भनेर बुझ्न सक्छन्, तर उनीहरूलाई थाहा नहुन सक्छ कि कुन जानकारी हराइरहेको छ किनभने उनीहरूलाई मूल थाहा छैन। बाइबलीय भाषा, संस्कृति, वा अवस्था मूल पाठकहरूले गरे जस्तै। यस अवस्थामा, तिनीहरूले गलत जानकारी भर्न सक्छ। वा पाठकहरूले आफ्नो भाषामा शब्दलोपको प्रयोग नगर्ने हो भने शब्दलोपलाई गलत बुझ्न सक्छ।
बाइबलबाट उदाहरणहरू
रिलेटिभ शब्दलोप
उसले लेबनानलाई बाछो झैं र सिरियोनलाई साँढेझैँ छाडिदिन्छ। (भजनसंग्रह १९:६ युएलटि)
लेखक आफ्नो शब्द थोरै होस् र राम्रो कविता बनाउन चाहन्छन्। भरिएको जानकारी सहितको पूर्ण वाक्य यस्तो हुनेछ:
उसले लेबनानलाई बाछो झैँ र सिरियोनलाई साँढेजस्तै छाडिदिन्छ।
त्यसकारण, तपाईं कसरी हिँड्नुहुन्छ, होसियारीसाथ हेर्नुहोस्—मूर्खजस्तो होइन तर बुद्धिमान्जस्तो। (एफिसी ५:१५ख युएलटि)
यी वाक्यको दोस्रो भागमा पाठकले बुझ्नुपर्ने जानकारी पहिलो भागबाट भर्न सकिन्छ:
होशियारीपूर्वक हेर्नुहोस्, तसर्थ, कसरी हिँड्नुपर्छ—मुर्खजस्तो होइन तर बुद्धि मानिसको रूपमा हिँड,
निरपेक्ष शब्दलोप
त्यसपछि जब उहाँ नजिक आउनुभयो, उहाँले उहाँलाई सोध्नुभयो, "तिमी म तिम्रो लागि के गर्न चाहनुहुन्छ?" अनि उसले भन्यो, "प्रभु, म मेरो दृष्टि फर्काउन सकूँ।" (लूका १८:४०ख-४१ यूएलटि)
"हे प्रभु, म चाहन्छु कि तपाईंले मलाई निको पारिदिनुहोस् ताकि म मेरो दृष्टि प्राप्त गर्न सकूँ।"
तितसलाई, हाम्रो साझा विश्वासमा साँचो छोरा। परमेश्वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट अनुग्रह र शान्ति। (तीतस १:४ यूएलटि)
लेखकले मान्छन् कि पाठकले आशीर्वाद वा इच्छाको यो सामान्य रूपलाई पहिचान गर्नेछ, त्यसैले उसले पूर्ण वाक्य समावेश गर्न आवश्यक छैन, जुन हुनेछ:
तीतसलाई, हाम्रो साझा विश्वासमा साँचो छोरा। तपाईंले परमेश्वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट अनुग्रह र शान्ति पाउनुहुनेछ।
अनुवादका रणनितिहरू
यदि शब्दलोप प्राकृतिक हो र तपाईंको भाषामा सही अर्थ दिन्छ भने, यसलाई प्रयोग गर्ने विचार गर्नुहोस्। यदि होइन भने, यहाँ अर्को विकल्प छ:
(१) छुटेका शब्दहरू अपूर्ण वाक्यांश वा वाक्यमा थप्नुहोस्।
लागू गरिएका अनुवाद रणनीतिहरूका उदाहरणहरू
(१) छुटेका शब्दहरू अपूर्ण वाक्यांश वा वाक्यमा थप्नुहोस्।
त्यसैले दुष्टहरू न्यायमा खडा हुनेछैनन्, र पापीहरू धर्मीहरूको सभामा खडा हुनेछैनन्। (भजनसंग्रह १:५ यूएलटि)
त्यसपछि जब उहाँ नजिक आउनुभयो, उहाँले उहाँलाई सोध्नुभयो, "तिमी म तिम्रो लागि के गर्न चाहनुहुन्छ?" अनि उसले भन्यो, "प्रभु, म मेरो दृष्टि फर्काउन सकूँ।" (लूका १८:४०ख-४१ युएलटि)
त्यसपछि जब उहाँ नजिक आउनुभयो, उहाँले उहाँलाई सोध्नुभयो, "तिमी म तिम्रो लागि के गर्न चाहनुहुन्छ?" अनि उसले भन्यो, "प्रभु, म मेरो दृष्टि फर्काउन सकूँ।"
उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्तै, र सिरिओन पर्वतलाई जङ्गली साँढेजस्तै उफार्नुहुन्छ। (भजनसंग्रह २९:६ यूएलटि)
उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्तै, र सिरिओन पर्वतलाई जङ्गली साँढेजस्तै उफार्नुहुन्छ।
केही भाषाहरूमा "तिमी" ले कति जना मानिसहरूलाई जनाउँछ भन्ने कुराको आधारमा "तिमी" को निम्ति एउटाभन्दा बढी शब्दको प्रयोग गरिन्छ। एकवचनले एक जना मानिसलाई जनाउँछ भने बहुवचनले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ। कुनै भाषामा दुई जनालाई जनाउने रूप का साथै तिन वा चार जनालाई जनाउने रूप पनि हुन्छ।
यसको निम्ति http://ufw.io/figs\_younum मा रहेको भिडियो पनि हेर्न सक्नुहुन्छ।
कहिलेकाहिँ बाइबलमा कुनै वक्ताले भिडलाई सम्बोधन गरेको भएता पनि "तिमी" को एकवचन नै प्रयोग गरेको पाउँछौँ।
केही भाषाहरूमा वक्ता र श्रोता बिचको सम्बन्धको आधारमा "तिमी" का एकभन्दा धेरै रूपहरूको प्रयोग गरिन्छ। आफूभन्दा ठूला वा नचिनेका व्यक्तिहरूलाई जनाउनको निम्ति "तिमी" को औपचारिक रूप "तपाईं" वा "हजुर" को प्रयोग गरिन्छ भने नजिकको साथी वा परिवारको मानिस वा आफूभन्दा सानो व्यक्तिलाई सम्बोधन गर्नको लागि अनौपचारिक रूप "तिमी" वा "तँ" को प्रयोग गरिन्छ।
यसको निम्ति http://ufw.io/figs\_youform मा रहेको भिडियो पनि हेर्न सक्नुहुन्छ।
यसलाई अनुवाद गर्ने कार्यमा मदतको निम्ति तल दिइएको जानकारी पढ्नुहोस्।
केही भाषाहरूमा एक जनालाई मात्र जनाउदा "तिमी"को एकवन रूप हुन्छ र एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउदा "तिमी"को बहुवचन रूप हुन्छ । केही भाषाहरूमा दुई व्यक्तिलाई मात्र जनाउदा "तिमी" को द्वैत रूप पनि हुन्छ । यी भाषाहरूमध्ये एउटा भाषा बोल्ने अनुवादकले वक्ताले के भन्न खोजेको हो भन्ने कुरा बुझ्नुपर्छ ताकि उनीहरूले आफ्नो भाषामा "तिमी" को उचित रूप चुन्न सकून् । अङ्ग्रेजीजस्ता अरू भाषाहरूमा जति धेरै मानिसहरू जनाउन पनि एउटा मात्र रूप हुन्छ ।
बाइबल पहिले हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो । यी सबै भाषाहरूमा "तिमी" को एकवचन रूप र "तिमी"को बहुवचन रूप छ। हामीले ती भाषाहरूमा बाइबबल पढ्दा "तिमी" शब्दले एक जनालाई मात्र वा धेरै जनालाई जनाउँछ भन्ने सर्वनामहरू र क्रियाको रूपहरूले देखाउँछन् । यद्यपि, तिनीहरूले दुई जनालाई मात्र वा दुई जनालाई भन्दा बढीलाई जनाउँछन् भनी हामीलाई देखाउँदैनन् । "तिमी"ले कति मानिसहरूलाई जनाउँछ भनी सर्वनामहरूले हामीलाई नदेखाउँदा, वक्ताले कति धेरै मानिसहरूसँग कुरा गरिरहेका थिए भनी हेर्न हामीले सन्दर्भलाई हेर्नुपर्छ ।
"तिमी" ले एक जना व्यक्तिलाई वा धेरैलाई जानउँछ भन्ने कुरा प्रायः सन्दर्भले प्रष्ट पार्छ । यदि तपाईंले वाक्यका अन्य सर्वनामहरूलाई हेर्नुभयो भने, वक्ताले कति जना मानिसहरूलाई सम्बोधन गरिरहेका छन् भन्ने कुरा जान्न तिनीहरूले सहायता गर्ने छन् ।
त्यसपछि, जब्दियाका दुई छोराहरू, याकूब र यूहन्ना उहाँकहाँ आएर भने, “गुरुज्यू, हामी तपाईंसँग जे माग्छौं सो तपाईंले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हामी चाहन्छौँ ।” ३६ त्यसैले उहाँ [येशू] ले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका निम्ति म के गरिदिऊँ भन्ने तिमीहरूको चाहन्छौ?” (मर्कूस १०:३५-३६ यूएलटी)
येशूले याकूब र यूहन्ना दुई जनालाई तिनीहरूले के चाहन्छन् भनेर सोध्दै हुनुहुन्छ । यदि लक्षित भाषामा "तिमी" को द्वैत रूप छ भने त्यो प्रयोग गर्नुहोस् । यदि लक्षित भाषामा द्वैत रूप छैन भने बहुवचन रूप प्रयोग गर्नु उचित हुन्छ ।
येशूले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “हामीहरूका सामुन्नेको गाउँमा जाओ, र तिमीहरू त्यहाँ पस्ने बित्तिकै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढेको एउटा गधाको बछेडो बाँधेको भेट्टाउने छौ । त्यसलाई फुकाएर मकहाँ ल्याओ । (मर्कूस ११:१ख-२ यूएलटी)
येशूले दुई जना व्यक्तिहरूलाई सम्बोधन गरिरहनुभएको छ भन्ने कुरा सन्दर्भले स्पष्ट पार्छ । यदि लक्षित भाषामा "तिमी" को द्वैत रूप छ भने त्यो प्रयोग गर्नुहोस् । लक्षित भाषामा द्वैत रूप छैन भने बहुवचन रूप प्रयोग गर्नु उचित हुन्छ ।
परमेश्वर र प्रभु येशू ख्रीष्टको सेवक याकूबबाट, ठाउँ-ठाउँमा छरपष्ट भएका बाह्र कुललाई, अभिवादन । मेरा भाइ हो, तिमीहरू माथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ । तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ । (याकूब १:१-३ यूएलटी)
याकूबले यो पत्र धेरै मानिसहरूलाई लेखेका हुन्, यसैले "तिमीहरू"ले धेरै मानिसहरूलाई जनाउँछ । यदि लक्षित भाषामा "तिमी" को बहुवचन रूप छ भने, यहाँ त्यो प्रयोग गर्नु उत्तम हुन्छ ।
१. "तिमी" ले एक जनालाई वा एक जनाभन्दा बढीलाई जनाउँछ भनी थाहा पाउन अनुवाद-टिप्पणी हेर्नुहोस् ।
२. "तिमी" ले एक जनालाई वा एक जनाभन्दा बढीलाई जनाउँछ भनी यसले बताउँछ भनी थाहा पाउन युएसटी हेर्नुहोस् ।
३. यदि तपाईंसित एकवचन र बहुवचनलाई स्पष्टसँग छुट्याउने भाषाको बाइबल छ भने, उक्त वाक्यमा "तिमी" को कुन रूप छ भनी हेर्नुहोस् ।
४. वक्ताले कोसँग कुरा गर्दैछन् र त्यसको जवाफ कसले दियो भनी थाहा पाउन सन्दर्भ हेर्नुहोस् ।
http://ufw.io/figs_youdual मा भएको भिडियो हेर्न सक्नुहुन्छ ।
केही भाषाहरूमा एकवचनले एक जना मानिसलाई जनाउँछ भने बहुवचनले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ। यी भाषा बोल्ने अनुवादकहरूले वक्ताले भन्न खोजेको कुरालाई बुझेर "तिमी" को सही रूप प्रयोग गर्नुपर्छ। अङ्ग्रेजी जस्ता अरु भाषाहरूमा एउटा मात्र रूपको प्रयोग हुन्छ।
बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो। ती भाषाहरूमा "तिमी" को एकवचन रूपले एक जना व्यक्तिलाई र बहुवचन रूपले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ। तर कहिलेकाहिँ एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउनको निम्ति एकवचन को प्रयोग पनि गरिएको छ। हामी जब ती भाषाहरूमा बाइबललाई पढ्छौँ तिनमा प्रयोग गरिएका सर्वनाम र क्रियापदले "तिमी" ले एक व्यक्तिलाई जनाउँछ कि धेरैलाई भन्ने कुरा स्पष्ट पार्छन्। यद्यपि तिनीहरूले दुई व्यक्तिलाई जनाउँछन् कि एकभन्दा बढीलाई भन्ने कुरा भने स्पष्ट पार्दैनन्। यदि सर्वनामले कति जना मानिसलाई जनाउँछ भन्ने कुरा स्पष्ट छैन भने वक्ताले कति जना मानिसहरूसँग कुरा गर्दैछन् भन्ने कुरा जान्नको निम्ति सन्दर्भलाई हेर्नुपर्ने हुन्छ।
"तिमी" ले एक जना व्यक्तिलाई जनाउँछ कि धेरैलाई भन्ने कुरा प्रायः सन्दर्भबाट थाहा हुन्छ । वाक्यमा प्रयोग गरिएका अन्य सर्वनामहरूले वक्ताले कति जना मानिसहरूसँग कुरा गरिरहेका छन् भन्ने कुरा जान्न मदत गर्छन् । कहिलेकाहिँ ग्रीक र हिब्रू वक्ताहरूले मानिसहरूको समूहलाई सम्बोधन गर्नको निम्ति "तिमी" को एकवचन रूप नै प्रयोग गर्छन्। "तिमी" का रूपहरू - भिडलाई जनाउनको निम्ति एकवचनको प्रयोग
तिनले भने, “यी सब त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।” यो सुनेपछि येशूले तिनलाई भन्नुभयो, “तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएका जे जति छन् ती सबै बेचेर गरीबहरूलाई बाँडिदेऊ, र तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ, र मेरो पछि लाग।” (लूका १८:२१, २२ यूएलटि)
"म" भनेर शासकले आफैलाई जनाएका हुन् । येशूले "तिमी" भनेर एक जनालाई मात्र जनाउनुभएको हो भन्ने यसले देखाउँछ । यसैले एकवचन र बहुवचन दुवै भएका भाषामा यहाँ एकवचनको प्रयोग गर्नुपर्छ।
स्वर्गदूतले तिनलाई भने, “तिम्रा लुगा लगाऊ, र जुत्ता लाऊ।” तब तिनले त्यसै गरे। उनले तिनलाई भने, “तिम्रो खास्टो ओढेर मेरो पछिपछि लाग।” (प्रेरित १२:८, यूएलटि)
स्वर्गदूतले एकजनासँग कुरा गरिरहेका छन् भन्ने कुरा सन्दर्भबाट थाहा हुन्छ । यसैले एकवचन र बहुवचन दुवै भएका भाषामा यहाँ एकवचनको प्रयोग गर्नुपर्छ। यदि एकवचन र बहुवचनलाई जनाउने क्रियापद फरक हुन्छ भने "तिमी" को एकवचन रूपसँग मिल्ने क्रियापदको प्रयोग गर्नुपर्छ।
एउटै विश्वासमा भएको मेरो साँचो बालक तीतसलाई … यसैकारण मैले तिमीलाई क्रेटमा छोडेँ, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्यहाँ अपूरा कुराहरू पूरा गर्नू र हरेक सहरमा एल्डरहरू नियुक्त गर्नू । … तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ। (तीतस १:४,५; २:१ यूएलटि)
पावलले यो पत्र एक व्यक्ति तीतसलाई लेखेका हुन्। यस पत्रमा प्रयोग गरिएको "तिमी" धेरैजसो तीतसलाई मात्र जनाउँछ।
(१) "तिमी" ले एक जनालाई जनाउँछ कि त्योभन्दा बढीलाई भन्ने कुरा जान्नको लागि टिप्पणी हेर्नुहोस्।
(२) "तिमी" ले एक जनालाई जनाउँछ कि त्योभन्दा बढीलाई भन्ने कुरा जान्नको लागि युएसटी हेर्नुहोस्।
(३) एकवचन र बहुवचनलाई स्पष्टसँग छुट्याउने बाइबल प्रयोग गर्नुहुन्छ भने उक्त वाक्यमा "तिमी" को प्रयोग कुन सन्दर्भमा प्रयोग गरिएको छ भन्ने हेर्नुहोस्।
(४) वक्ताले कोसँग कुरा गर्दैछन् र त्यसको जवाफ कसले दिएको छ भन्ने थाहा पाउनको निम्ति सन्दर्भ हेर्नुहोस्।
http://ufw.io/figs\_youdual मा भएको भिडियो हेर्न सक्नुहुन्छ।
नाम प्रयोग भएका सामान्य वाक्यांशहरूले कुनै व्यक्तिगत मानिसहरू वा चिजहरूलाई नभइ सामान्य रूपमा मानिस वा चिजहरूलाई जनाउँछ । यस्तो हामी अक्सर गरेर हितोपदेशको पुस्तकमा पाउँछौं किनकि हितोपदेशले आम मानिसहरूको बारेमा भएका सत्य कुराहरू बताउँछ ।
जलिरहेका भुङ्ग्रामा कुनै मानिस हिँड्यो भने के त्यसका खुट्टा पोल्दैनन् र? अर्काकी पत्नीसित सुत्ने मानिस त्यस्तै नै हुन्छ, तिनलाई छुने कुनै पनि मानिस दण्ड नपाई उम्कने छैन ।(हितोपदेश ६:२८ )
माथि दिइएका रेखाङ्कित वाक्यांशहरूले कुनै विशेष मानिसलाई जनाउँदैन । तिनले त्यस्तो काम गर्ने हरेक व्यक्तिलाई जनाउँछ ।
विभिन्न भाषाहरूमा सामान्य रूपमा केही कुरालाई जनाउने संज्ञात्मक वाक्यांशहरूलाई व्यक्त गर्ने फरक शैलीहरू हुन्छन् । अनुवादकहरूले यी सामान्य विचारहरूलाई आफ्नो भाषामा स्वभाविक लाग्ने तरिकाले अनुवाद गर्नुपर्छ ।
धर्मी मानिस सङ्कष्टबाट बचाइन्छ, अनि त्यसको साटो दुष्टमाथि नै त्यो आइपर्छ । (हितोपदेश ११:८ )
माथि दिइएका रेखाङ्कित वाक्यांशहरूले कुनै विशेष मानिसलाई जनाउँदैन । तिनले कुनै पनि धर्मी र दुष्ट मानिसलाई जनाउँछन् ।
अन्न लुकाएर भण्डार भर्नेलाई मानिसहरूले सराप्छन्, तर स्वेच्छाले बिक्री गर्ने व्यक्ति आशिष्ले भरपूर हुने छ । (हितोपदेश ११:२६ )
यसले कुनै विशेष व्यक्तिलाई नभइ अन्न बिक्री नगर्ने जुनसुकै व्यक्तिलाई जनाउँछ ।
असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुने छ । (हितोपदेश १२:२ )
"असल मानिस" वाक्यांशले कुनै विशेष व्यक्तिलाई नभइ सामान्य रूपमा जुनसुकै असल व्यक्तिलाई जनाउँछ । यसरी नै "धुर्त" ले पनि कुनै विशेष धुर्त व्यक्तिलाई नभइ जुनसुकै धुर्त व्यक्तिलाई जनाउँछ ।
यदि तपाईंको भाषामा मानिसहरू र चिजहरूलाई विशेष रूपमा नभइ सामान्य रूपमा जनाउने उस्तै शब्दहरूको प्रयोग हुन्छन् भने ती शब्दहरूको प्रयोग गर्नुहोस् । तपाईंको लागि केही रणनीतिहरू दिइएको छ ।
१. संज्ञात्मक वाक्यांशसँग "एउटा" प्रयोग गर्नुहोस् । २. "कुनै व्यक्ति" मा जस्तै "कुनै" शब्दको प्रयोग गर्नुहोस् । ३. "मानिहरू" शब्दमा जस्तै बहुवचन शब्दको प्रयोग गर्नुहोस् । ४. तपाईंको भाषामा स्वभाविक लाग्ने अर्को कुनै तरिकाको प्रयोग गर्नुहोस् ।
१. संज्ञात्मक वाक्यांशसँग "एउटा" प्रयोग गर्नुहोस् ।
२. "कुनै व्यक्ति" मा जस्तै "कुनै" शब्दको प्रयोग गर्नुहोस् ।
३. "मानिहरू" शब्दमा जस्तै बहुवचन शब्दको प्रयोग गर्नुहोस् ।
४. तपाईंको भाषामा स्वभाविक लाग्ने अर्को कुनै तरिकाको प्रयोग गर्नुहोस् ।
"जानु" वा "आउनु" मध्ये कुनचाहिँको प्रयोग गर्ने भन्ने बारेमा फरक-फरक भाषाहरूका फरक-फरक तरिकाहरू छन् र गतिको बारेमा कुरा गर्दा "लानु" वा "ल्याउनु" मध्ये कुन प्रयोग गर्ने भन्नने बारेमा पनि आ-आफ्नै तरिका छन्। उदाहरणको लागि, अङ्ग्रेजी बोल्नेहरूले आफूलाई बोलाउने व्यक्ति भएको ठाउँमा पुग्नै लाग्दा "म आउँदैछु" भन्छन् तर स्पानिस् भाषा बोल्नेहरूले "म जाँदैछु" भन्छन्। "आउनु" वा "जानु" ("लैजानु" र "ल्याउनु") को अनुवाद गर्दा आफ्ना पाठकहरूले बुझ्ने गरी गर्नुहोस्।
फरक भाषाहरूले गतिलाई फरक तरिकाले व्यक्त गर्छन्। "जानु" र "आउनु" वा "लैजानु" र "ल्याउनु" को प्रयोग गर्ने तरिका बाइबलीय भाषा वा स्रोत भाषा र तपाईंको भाषामा फरक पर्न सक्छ। यदि यी शब्दहरूको अनुवाद गर्दा तपाईंको भाषामा स्वभाविक लाग्दैन भने तपाईंका पाठकहरू अलमलमा पर्न सक्छन्।
तब परमप्रभुले नोआलाई भन्नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ।(उत्पत्ति ७:१ यूएलटि)
केही भाषाहरूमा परमेश्वर जहाजभित्र हुनुहुन्थ्यो भन्ने अर्थ पनि लाग्न सक्छ।
जब तँ मेरो कुटुम्बकहाँ आउने छस् तब मेरो यस शपथबाट छुट्ने छस्। अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट तँ छुट्ने छस्। (उत्पत्ति २४:४१ यूएलटि)
अब्राहाम आफ्नो नोकरसँग कुरा गर्दै थिए। अब्राहामका कुटुम्बहरू अब्राहाम र नोकर उभिएको ठाउँबाट टाढा बस्थे, त्यसैले तिनी आफ्नो नोकर तिनी भएको ठाउँमा आएको होइन, तिनीहरूकहाँ गएको चाहन्थे।
परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा आएर त्यो अधिकार गरी त्यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्यौ भने … (व्यवस्था १७:१४क यूएलटि )
मोशा उजाडस्थानमा आफ्ना मानिसहरूसँग कुरा गरिरहेका छन्। तिनीहरू परमेश्वरले तिनीहरूलाई दिनुभएको देशमा पुगेका थिएनन्। केही भाषाहरूमा यसलाई, परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा गएर… भन्नु अझ अर्थपूर्ण हुन्छ।
योसेफ र मरियमले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरूशलेममा ल्याए। (लूका १:२२ यूएलटि)
केही भाषाहरूमा, योसेफ र मरियमले उहाँलाई लगे भन्नु अर्थपूर्ण हुन्छ।
याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे, (लूका ८:४१ यूएलटि)
येशूसँग कुरा गर्दा याइरस आफ्नो घरमा थिएनन्। येशू आफ्नो घर गएको तिनी चाहन्थे।
यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म सार्वजनिक रूपमा बाहिर गइनन्। (लूका १:२४ यूएलटि)
केही भाषाहरूमा, एलीशिबा बाहिर आइनन् भन्नु उपयुक्त हुन्छ।
यदि प्रयोग गरिएको शब्द स्वभाविक लाग्छ र सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस्। यदि यसो होइन भने, अन्य रणनीतिहरू तल दिइएका छन्।
(१) तपाईंको भाषामा "जानु," "आउनु," वा "ल्याउनु," वा "लैजानु" कुन शब्दको प्रयोग स्वभाविक हुन्छ, त्यसैको प्रयोग गर्नुहोस्।
(२) सही अर्थ दिने अर्को शब्दको प्रयोग गर्नुहोस्।
१. तपाईंको भाषामा "जानु," "आउनु," वा "ल्याउनु," वा "लैजानु" कुन शब्दको प्रयोग स्वभाविक हुन्छ, त्यसैको प्रयोग गर्नुहोस् ।
२. सही अर्थ दिने अर्को शब्दको प्रयोग गर्नुहोस् ।
केही भाषामा विशेषणको प्रयोग उक्त विशेषणले वर्णन गर्ने वस्तुहरूको वर्गलाई जनाउनको लागि प्रयोग गरिन्छ। यस्तो अवस्थामा यसले नामको कार्य गर्छ। उदाहरणको लागि "धनी" विशेषण हो। "धनी" शब्द विशेषण हो भन्ने दुई उदाहरणहरू यस प्रकार छन्ः
धनी मानिसका धेरै भेडाबाख्राका बगाल र गाई-गोरुका बथान थिए (२ शमुएल १२:२ यूएलटि)
"धनी" शब्द "मानिस" को अगाडि आएर यसले "मानिस"को वर्णन गरेको छ।
त्यो अब उप्रान्त धनी हुने छैन, र उसको सम्पत्ति रहने छैन। (अय्यूब १५:२९ क यूएलटि)
विशेषण "धनी" क्रियापद "हुने" को पछि आएको छ र यसले सर्वनाम "त्यो" को वर्णन गरेको छ।
तल दिइएको शब्द "धनी" ले नामको पनि काम गरेको छ।
धनीले आधा-शेकेलभन्दा बढी र गरीबले त्यसभन्दा कम नदेओस्। (प्रस्थान ३०:१५ ख यूएलटि)
प्रस्थान ३०:१५ मा भएको "धनी" शब्दले नामको काम गरेको छ र यसले धनी मानिसहरूलाई जनाएको छ। "गरीब" शब्दले पनि नामको काम गरेको छ र गरीब मानिसहरूलाई जनाएको छ।
दुष्टहरूको राजदण्ड धर्मीका निम्ति राखिएको देशमा रहने छैन, (भजनसंग्रह १२५:३क यूएलटि)
यहाँ प्रयोग गरिएको "धर्मी" शब्दले कुनै एक धर्मी व्यक्तिलाई नभइ धर्मी मानिसहरूलाई जनाउँछ।
धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउने छन्। (मत्ती ५:५क यूएलटि)
यहाँ प्रयोग गरिएको "नम्र" शब्दले नम्र मानिसहरूको समूहलाई जनाउँछ।
यदि तपाईंको भाषामा विशेषणलाई नामको रूपमा प्रयोग गरिन्छ भने त्यसको प्रयोग गर्नुहोस्। यदि यसको प्रयोग गर्दा अनौठो सुनिन्छ वा सन्देश स्पष्ट हुँदैन भने अर्को विकल्प यहाँ दिइएको छः
(१) उक्त विशेषणलाई व्याख्या गर्ने नामसँग विशेषणको प्रयोग गर्नुहोस्।
(१) उक्त विशेषणलाई व्याख्या गर्ने नामसँग विशेषणको प्रयोग गर्नुहोस्।
बाइबलका घटनाहरूलाई सधैँ तिनीहरू घटेकै क्रमअनुसार बताइएका छैनन् । कहिलेकहीँ लेखकले आफूले भर्खरै बताएका घटनाभन्दा अगाडि नै घटेका घटनाहरूका बारे कुरा गर्न चाहन्छन् । यसले पाठकलाई अन्योलमा पार्न सक्छ ।
पाठकहरूले घटनाहरू बताइएकै क्रममा भएका हुन् भन्ने सोच्न सक्छन् । उनीहरूलाई घटनाहरूको सही क्रम बुझ्न सहायता गर्नु महत्त्वपूर्ण हुन्छ ।
उहाँले उनीहरू सबैलाई यो थप्नुभयोः उनले यूहन्नालाई झ्यालखानमा थुने । यस्तो भयो, जब सबै मानिसहरूलाई बप्तिस्मा दिइयो, तब येशूलाई पनि बप्तिस्मा दिइयो । (लूका ३ः२०-२१ ULT)
यहाँ यूहन्नालाई झ्यालखानमा थुनेपछि यूहन्नाले येशूलाई बप्तिमा दिएका थिएजस्तो लाग्न सक्थ्यो, तर यूहन्ना झ्यालखानमा पर्नअघि नै उनले येशूलाई बप्तिस्मा दिएका थिए ।
यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)
यो यहोशूले फौज अघि बढ्न थालेपछि भनेका थिए जस्तो लाग्न सक्छ, तर तिनले यो आदेश उनीहरू अघि बढ्न अघि नै दिएका थिए ।
मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्यको को छ? (प्रकाश ५ः२ ULT)
यो उक्त व्यक्तिले पहिले मुट्ठो खोल्नुपर्ने र त्यसपछि मोहोर तोड्नुपर्ने जस्तो लाग्न सक्छ, तर त्यो मुट्ठो फुकाउन अघि त्यसलाई बन्द गर्ने मोहोर तोड्नुपर्छ ।
(१) यदि तपाईंको भाषामा पहिले नै उल्लेख गरिएको घटनाभन्दा अघि नै घटेको घटना देखाउने वाक्यांश वा समयसूचक शब्दहरू छन् भने, तिनीहरूमध्ये कुनैलाई प्रयोग गर्न सक्नुहुन्छ ।
(२) यदि तपाईंको भाषामा पहिले नै घटेको घटनाभन्दा अघि नै घटेको घटना देखाउने क्रियापदको काल वा रूप छ भने त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ । (क्रियाहरू को "रूप"को खण्ड हेर्नु होला ।)
(३) यदि तपाईंको भाषामा घटनाहरूलाई ती घटेकै क्रममा उल्लेख गर्न उपयुक्त हुन्छ भने घटनाहरूलाई पुनःक्रममा मिलाएर राख्न सक्नुहुन्छ ताकि तिनीहरू सही क्रममा होऊन् । यसको निम्ति दुई वा सोभन्दा बढी पदहरूलाई सँगै मिलाएर राख्नुपर्ने हुन सक्छ (जस्तै ५-६)। (पद सम्बन्धहरू हेर्नु होला ।)
(१) यदि तपाईंको भाषामा पहिले नै उल्लेख गरिएको घटनाभन्दा अघि नै घटेको घटना देखाउने वाक्यांश वा समयसूचक शब्दहरू छन् भने, तिनीहरूमध्ये कुनैलाई प्रयोग गर्न सक्नुहुन्छ ।
२० उहाँले उनीहरू सबैलाई यो पनि थप्नुभयोः उनले यूहन्नालाई झ्यालखानमा थुने । यस्तो भयो, जब सबै मानिसहरूलाई बप्तिस्मा दिइयो, तब येशूलाई पनि बप्तिस्मा दिइयो । (लूका ३ः२०-२१, ULT)
२० तर त्यसपछि हेरोदले... यूहन्नालाई झ्यालखानमा थुने । २१ यूहन्नालाई झ्यालखानमा थुन्नअघि, यूहन्नाले सबै मानिसहरूलाई बप्तिस्मा दिइरहँदा, येशूलाई पनि बप्तिस्मा दिइयो ।
मुट्ठो खोल्न र यसको मोहोर तोड्न योग्य को छ? (प्रकाश ५ः२ख, ULT)
यसको मोहोर तोडे **पछि ** मुट्ठो खोल्न योग्य को छ?
(२) यदि तपाईंको भाषामा पहिले नै घटेको घटनाभन्दा अघि नै घटेको घटना देखाउने क्रियापदको काल वा रूप छ भने त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।
यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)
८ यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए, उनीहरू अघि बढ्दा, उनीहरूले तुरही बजाए १० तर यहोशूले, "नकराओ । मैले कराओ नभनेसम्म तिमीहरूका मुखबाट एक शब्द पनि निस्कनु हुँदैन । त्यसपछि मात्र तिमीहरू कराउन सक्छौ" भनी मानिसहरूलाई आदेश दिएका थिए ।
(३) यदि तपाईंको भाषामा घटनाहरूलाई ती घटेकै क्रममा उल्लेख गर्न उपयुक्त हुन्छ भने घटनाहरूलाई पुनःक्रममा मिलाएर राख्न सक्नुहुन्छ ताकि तिनीहरू सही क्रममा होऊन् । यसको निम्ति दुई वा सोभन्दा बढी पदहरूलाई सँगै मिलाएर राख्नुपर्ने हुन सक्छ (जस्तै ५-६)।
८ यहोशूले मानिसहरूलाई भने झैँ, सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र तुरही बजाए, र उनीहरूको पछि-पछि परमप्रभुको करारको सन्दुक थियो । तर यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ न त तिमीहरूको कुनै आवाज नै सुनिओस्, न मैले कराओ नभनेसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कोस् । त्यसपछि तिमीहरू कराउनुपर्छ ।" (यहोशू ६ः८, १०, ULT)
८, १० यहोशूले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, "नकराओ । मैले कराओ नभनेको दिनसम्म तिमीहरूको मुखबाट कुनै शब्द निस्कनु हुँदैन । त्यसपछि मात्र तिमीहरू कराउनुपर्छ ।" त्यसपछि यहोशूले भने झैँ सात जना पुजारीहरूले भेडाको सिङको तुरही बोकेर परमप्रभुको अघि-अघि गए र उनीहरू अघि बढ्दै गर्दा तुरही बजाए... ।
मुट्ठा खोल्न र यसको मोहोर तोड्न योग्य को छ? (प्रकाश ५ः२ख, ULT)
मोहोर तोड्न र मुट्ठालाई खोल्न योग्य को छ?
तपाईंले https://ufw.io/figs\_events भिडियो पनि हेर्न सक्नुहुन्छ ।
शब्दहरूको वर्गीकरणलाई शब्दवर्ग भनिन्छ । वाक्यमा फरक शब्दवर्गहरूको कार्य फरक-फरक हुन्छन् । सबै भाषाहरूमा शब्दवर्ग हुन्छन् र सबै शब्दहरू कुनै न कुनै शब्दवर्गमा अन्तर्गत पर्छन् । धेरै भाषाहरूमा निम्न आधारभूत शब्दवर्गहरू हुन्छन् र कुनैमा यीभन्दा पनि बढी वर्गहरू हुन्छन् । यो सूची आफैँमा पूर्ण छैन तर यसले आधारभूत वर्गीकरणलाई भने समेट्छ ।
क्रियापदहरूले कुनै कार्य (जस्तै आउनु, जानु, खानु) वा हुनुको भाव (हो, हुन्, थियो) लाई जनाउँछ । यसको बारेमा थप जानकारी क्रियापदहरूमा पाउन सकिन्छ । नामपदहरूले कुनै व्यक्त, ठाउँ, वस्तु वा विचारलाई जनाउँछन् । जातिवाचक नामपदहरूले कुनै विशेष नामलाई जनाउँदैन (मान्छे, सहर, देश) । व्यक्तिगत नामले कुनै निश्चित नामलाई जनाउँछ (पत्रुस, येरूशलेम, मिश्र) । (थप जानकारीको लागि नामहरूको अनुवाद कसरी गर्नेहेर्नुहोस् ।)
नामको ठाउँमा प्रयोग गरिने ऊ, उनी, यो, ऊ, तिनीहरू र हामीजस्ता शब्दहरूलाई सर्वनामहरू भनिन्छ । सर्वनामहरूको बारेमा थप जानकारी भएको पृष्ठको लागि सर्वनामहरूहेर्नुहोस् ।
संयोजकहरूले वाक्यांश वा वाक्यहरूलाई जोड्ने काम गर्छन् । उदाहरणः र, वा, तर, किनकि, या आदि । केही संयोजकहरूलाई जोडीमा प्रयोग गरिन्छः दुबै/र, या त/कि त, मात्र/तर यसको बारेमा थप जानकारी जोड्ने शब्दहरू मा पाउन सकिन्छ ।
नामयोगीहरूले कुनै एउटा नाम, सर्वनाम, वा विशेषणको बारेमा थप जानकारी दिन्छ । उदाहरणको लागि, "केटी आफ्नो बुबातिर दौडिई । यहाँ प्रयोग गरिएको शब्द "तिर" नामयोगी हो जसले बुबालाई आधार मानेर त्यो केटी दौडिएको दिशालाई जनाउँछ । अर्को उदाहरण, येशुको वरिपरिको भिड बढ्यो । यहाँ वरिपरिले येशूलाई आधार मानेर भिड कतापट्टि थियो भन्ने देखाउँछ । नामयोगीका उदाहरणहरूः तिर, भरि, पश्चात्, नजिक, झैँ, सम्म, समेत, सँग, बिना, निम्ति, सट्टा आदि ।
प्रयोग वक्ताले इङ्गित गरेको कुरा नामलाई श्रोता वा पाठकले पहिचान गरून् भन्ने चाहेको छ कि छैन भन्ने कुरा जनाउनको निम्ति निश्चय वा अनिश्चयसूचक शब्दहरूको गरिन्छ । अङ्ग्रेजी भाषामा 'a, an र the' निश्चय वा अनिश्चयसूचक शब्दहरू (articles) को प्रयोग गरिन्छ । a र an ले एउटै अर्थ दिन्छन् । यदि वक्ताले “a dog," भन्यो भने उसले कुन कुकुरको बारेमा कुरा गरिरहेको छ भन्ने कुरा श्रोतालाई थाहा हुँदैन, यसले पहिलो पटक उक्त कुकुरको बारेमा कुरा गरेको हुनसक्छ । तर वक्ताले the dog भन्यो भने उसले कुनै निश्चित कुकुरको बारेमा कुरा गरिरहेको हुन्छ र श्रोताले पनि उसले कुन कुकुरको कुरा गरेको भनेर बुझून् भन्ने चाहन्छ । अङ्ग्रेजी भाषा बोल्ने मानिसहरूले कुनै कुरालाई सामान्यकृत गर्नको लागि पनि the को प्रयोग गर्छन् । उदाहरणको लागि तिनीहरूले हात्तीहरूलाई सामान्यकृत ढंगबाट जनाउनुपर्यो भने The elephant को प्रयोग गर्छन्, तिनीहरूले कुनै निश्चित हात्तीलाई जनाउनलाई यसो भनेका होइनन् । यसको बारेमा थप जानकारी नाम प्रयोग भएका सामान्य वाक्यांशहरूपाइन्छ ।
विशेषणहरूले नामपदहरूको वर्णन गर्छन् र तिनीहरूको मात्रा, आकार, रङ्ग वा उमेरको बारेमा बताउँछन् । कहिलेकाहीँ विशेषणहरूले केही कुराको बारेमा थप जानकारी दिन्छन् भने कुनै एक कुरालाई अर्को कुरादेखि पृथक देखाउनको निम्ति पनि यसको प्रयोग गर्ने गरिन्छ । उदाहरणको लागि, मेरो वृद्ध पिता मा वृद्ध शब्दले पिताको बारेमा थप जानकारी दिएको छ । तर मेरो जेठी दिदी मा जेठी शब्दले कुन दिदी हो भनेर देखाउँछ र यसले तोकिएको दिदी र अन्य दिदीमा भिन्नता देखाउँछ । थप जानकारीको लागि जानकारी दिने वा सम्झाउने तथा भिन्नता छुट्याउने।
क्रियाविशेषणले क्रियापद वा विशेषणहरूको वर्णन गर्छन् र कति, कहिले, कसरी, कहाँ, किनजस्ता कुराहरूको बारेमा बताउँछन् । अङ्ग्रेजी भाषामा क्रियाविशेषणहरू ly मा अन्त्य हुन्छन् । केही उदाहरणहरूः बिस्तारै, राम्ररी, अति, हिजो आदि ।
सामान्यतया "स्वामित्व" ले कुनै कुरा प्राप्त गर्नु वा कुनै व्यक्तिसँग भएको कुरालाई जनाउँछ । यसलाई व्याकरणमा "को" प्रयोग गरेर वा स्वामित्व जनाउने सर्वनाम (नेपालीमा यस्तो सर्वनाम छैन) व्यक्त गरिन्छ ।
हिब्रू, ग्रीक, अङ्ग्रेजी र नेपालीमा विभिन्न परिस्थितिमा स्वामित्वको प्रयोग गरिन्छ ।
स्वामित्व - तल दिइएको उदाहरणले पैसा छोराको स्वामित्वमा छ भन्ने देखाउँछ ।
… कान्छो छोरो ... त्यहाँ भोग-विलासमा आफ्नो सम्पत्ति उडायो । (लूका १५:१३)
सामाजिक सम्बन्ध - तल दिइएको उदाहरणले चेलाहरूलाई यूहन्नाबाट सिक्ने व्यक्तिहरू हुन् भन्ने देखाउँछ ।
तब यूहन्नाका चेलाहरू उहाँकहाँ आए, (मत्ती ९:१४ )
पदार्थ - तल दिइएको उदाहरणमा मुकुट बनाउनको निम्ति सुनको प्रयोग गरिएको छ ।
तिनीहरूका शिरमा सुनका मुकुटजस्ता केही थिए । (प्रकाश ९:७)
सामाग्रीहरू - तल दिइएको उदाहरणमा, कचौरामा पानी छ ।
जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा पानीको कचौरा पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले कुनै किसिमले आफ्नो इनाम गुमाउने छैन । (मर्कूस ९:४१ )
कुनै पूर्ण कुराको भाग: - तल दिइएको उदाहरणमा ढोका महलको एक भाग थियो ।
तर उरियाह आफ्नो घरमा गएन, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्यो (२ शमुएल ११:९ )
समूहको भाग - तल दिइएको उदाहरणमा "हामी" ले पूर्ण समूहलाई जनाउँछ र "हरेक" ले समूहका हरेक सदस्यहरूलाई जनाउँछ ।
तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ (एफिसी ४:७ )
कहिलेकाहीँ कुनै एक वा दुबै नामहरूले भाववाचक नामको रूपमा कुनै घटना वा कार्यलाई जनाउँछन् । तल दिइएका उदाहरणहरूमा, भाववाचक नामहरूलाई मोटो अक्षरहरूमा लेखिएको छ । दुई नामहरूमध्ये कुनै एक नामले कुनै घटनालाई जनाउँदा ती दुई नामका बिचमा हुने केही सम्बन्धहरूलाई तल दिइएको छ ।
कर्ता - कहिलेकाहीँ "को" पछाडि आउने शब्दले पहिलो नामले बताएको काम कसले गर्छ भन्ने कुरा बताउँछ । तल दिइएको उदाहरणमा यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए ।
यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ ।”(मर्कूस ११:३०)
तल दिइएको उदाहरणमा ख्रीष्टले हामीलाई प्रेम गर्नुहुन्छ ।
कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? (रोमी ३:३५)
कर्म - कहिलेकाहीँ "को" पछाडि आउने शब्दले कुनै कुरा कसलाई र के हुन्छ भन्ने बताउँछ ।
किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड हो । (१ तिमोथी ६:१० )
सामाग्री - कहिलेकाहीँ "को" पछाडि आउने शब्दले कुनै कुरा कसरी हुन्छ भन्ने कुरा बताउँछ । तल दिइएका उदाहरणमा परमेश्वरले तरबार लिएका शत्रुहरू पठाएर मानिसहरूलाई दण्ड दिनुहुने छ ।
तपाईंहरू तरवारदेखि होशियार रहनुहोस्, किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउने छ (अय्यूब १९:२९ )
प्रतिनिधित्व - तल दिइएको उदाहरणमा यूहन्नाले पापको पश्चाताप गर्ने व्यक्तिहरूलाई बप्तिस्मा दिइरहेका थिए । तिनीहरूले आफूले पश्चाताप गरिरहेका छौँ भन्ने देखाउन बप्तिस्मा लिए । तिनीहरूको बप्तिस्माले तिनीहरूको पश्चातापको प्रतिनिधित्व गर्यो ।
बप्तिस्मा-दिने यूहन्ना पापमोचनको लागि पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै उजाड-स्थानमा देखा परे । (मर्कूस १:४ )
१. दुई नामहरूको बिचको सम्बन्धको बारेमा बुझ्नलाई ती नाम वरिपरि भएका पदहरूलाई हेर्नुहोस् । २. यूएसटी मा भएका पदहरू पढ्नुहोस् । कहिलेकाहीँ यसले सम्बन्धलाई स्पष्टसँग देखाउँछ । ३. टिप्पणीमा त्यसको बारेमा के लेखिएको छ त्यो हेर्नुहोस् ।
दुई नाम बिचको सम्बन्ध देखाउनको निम्ति स्वामित्वको प्रयोग गर्नु स्वभाविक हुन्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि यो अनौठो देखिन्छ र यसलाई बुझ्न कठिन हुन्छ भने तल दिइएका विकल्पहरूको प्रयोग गर्नुहोस् ।
१. एउटा नामले अर्को नामको वर्णन गर्छ भन्ने देखाउन विशेषणको प्रयोग गर्नुहोस् । २. दुई नामहरूको सम्बन्ध देखाउन क्रियापदको प्रयोग गर्नुहोस् । ३. यदि तीमध्ये एक नामले कुनै घटनालाई जनाउँछ भने त्यसलाई क्रियापदको रूपमा अनुवाद गर्नुहोस् ।
१. एउटा नामले अर्को नामको वर्णन गर्छ भन्ने देखाउन विशेषणको प्रयोग गर्नुहोस् । विशेषणलाई मोटो अक्षरमा लेखिएको छ ।
२. दुई नामहरूको सम्बन्ध देखाउन क्रियापदको प्रयोग गर्नुहोस् । तलको उदाहरणमा थपिएको क्रियापद मोटो अक्षरमा लेखिएको छ ।
३. यदि तीमध्ये एक नामले कुनै घटनालाई जनाउँछ भने त्यसलाई क्रियापदको रूपमा अनुवाद गर्नुहोस् । तल दिइएको उदाहरणमा क्रियापद मोटो अक्षरमा लेखिएको छ ।
कुनै कार्य र घटना वा कुनै कुराहरूको वर्णन गर्न वा तिनको पहिचानको निम्ति प्रयोग गरिने शब्दहरू नै क्रियापदहरू हुन् ।
उदाहरणहरू तलका उदाहरणहरूमा क्रियापदहरूलाई रेखाङ्कन गरिएको छ ।
एउटा क्रियापदले प्रायजसो कुनै व्यक्ति वा वस्तुको बारेमा बताउँछ । माथि दिइएका उदाहरण वाक्यहरूले यूहन्नाको बारेमा बताउँछन् । ती वाक्यहरूको निम्ति "यूहन्ना" कर्ता हो । अँग्रेजी र नेपालीमा कर्ता क्रियापदभन्दा अगाडि आउँछ ।
संयोजक क्रियापदसँग अर्को व्यक्ति वा वस्तु जोडिएर आउँछ । तल दिइएको उदाहरणमा रेखाङ्कन गरिएको शब्द क्रियापद हो, र मोटो अक्षरमा दिइएको शब्दचाहिँ कर्महो । अँग्रेजीमा कर्म प्रायः क्रियापद पछि आउँछ भने नेपालीमा क्रियापदभन्दा अगाडि आउँछ ।
केही क्रियापदका कर्म हुँदैनन् ।
अँग्रेजी र नेपालीमा महत्त्वपूर्ण नभएको कर्मलाई नलेख्न पनि सकिन्छ ।
केही भाषाहरूमा कर्मको आवश्यकता पर्ने क्रियापदहरूको निम्ति त्यो त्यति महत्त्वपूर्ण नभए पनि अनिवार्य रूपमा कर्मको प्रयोग गरिन्छ । त्यस्तो भाषा बोल्ने मानिसहरूले माथिका वाक्यहरूलाई यसरी व्यक्त गर्न सक्छन् ।
केही भाषाहरूमा क्रियापदसँग आउने कर्ता र कर्मको आधारमा क्रियापदमा केही फरक हुनसक्छ । उदाहरणको निम्ति, अँग्रेजीमा "कर्ता" एकवचन भएको बेलामा क्रियापदसँग "s" जोडिएर आउँछ । अरु भाषाहरूमा कर्ता "म", "तिमी", वा "ऊ", एकवचन, बहुवचन, पुरुष, स्त्री, मानवीय वा अमानवीय आदि भएको आधारमा क्रियापद फरक पर्छ ।
घटना भन्नाले भूत, वर्तमान र भविष्यत्कालमा घटेका घटनालाई जनाउँछ । यसको लागि "हिजो', "आज" वा "भोली" शब्दको प्रयोग गरिन्छ ।
केही भाषाहरूमा समयलाई जनाउनको लागि क्रियापदमा परिवर्तन गरिन्छ । यसलाई क्रियापदमा जनाउने प्रक्रियालई काल भनिन्छ । अँग्रेजीमा क्रियाको अन्तमा "ed" राखेर भूत कालमा घटेको घटनालाई जनाइन्छ । केही भाषाहरूका क्रियापद योभन्दा फरक हुन्छन् ।
केही भाषाहरूमा समय बुझाउनको लागि शब्द राखिन्छ । अङ्ग्रेजीमा भविष्यत्काल जनाउनको निम्ति "केही भाषाहरूमा समय बुझाउनको लागि शब्द राखिन्छ । अङ्ग्रेजीमा भविष्यत्काल जनाउनको निम्ति "will" को प्रयोग गरिन्छ ।
संयोजक कुनै समयको घटनाको बारेमा बताउनुपर्दा त्यो समयको कुन खण्डमा भएको हो वा त्यो घटना अर्को घटनासँग कसरी सम्बन्धित छ भन्ने कुरा स्पष्ट पार्नुपर्छ । यसलाई पक्ष भनिन्छ । अँग्रेजीमा वर्तमान समयको एउटा घटना अर्को घटनासँग कसरी सम्बन्धित छ भन्ने कुरा देखाउनको निम्ति “is” वा “has” को प्रयोग गरिन्छ वा क्रियापदमा s,” “ing,” वा “ed” जोडिन्छ । त्यस्तै नेपालीमा 'छ', वा 'हो' को प्रयोग गरिन्छ वा क्रियापदमा 'दै/तै', 'एको/एकी', 'रहेको' जोडिन्छ ।
बाइबलका केही खण्डहरूमा "मानिस", "दाजुभाइहरू" र "छोराहरू" ले पुरुषलाई मात्र जनाउँछ। अन्य खण्डहरूमा भने ती शब्दहरूले पुरुष र स्त्री दुबैलाई जनाउँछ। जहाँ लेखकले पुरुष र स्त्री दुबैलाई जनाएका छन् त्यसलाई अनुवाद गर्दा पुरुषलाई मात्र जनाउने गरी गर्नुहुन्न।
कुनै भाषाहरूमा पुरुषलाई जनाउने शब्दलाई पुरुष र स्त्री दुबैलाई जनाउनको लागि प्रयोग गरिन्छ। उदाहरणको लागि, कहिलेकहिँ बाइबलमा प्रयोग गरिएको भाइहरू शब्दले दाजुभाइहरू र दिदीबहिनीहरू दुबैलाई जनाउँछ।
यसैगरी केही भाषाहरूमा पुलिङ्गी "ऊ" र "उसलाई" शब्द स्त्री र पुरुष दुबैलाई जनाउनको निम्ति प्रयोग गरिन्छ । उदाहरणको निम्ति, तल उदाहरणमा दिइएको "उसको" शब्द पुरुषमा मात्र सिमित छैन।
बुद्धिमान् छोराले उसको बुबालाई खुशी तुल्याउँछ,
तर मूर्ख छोराले उसकी आमालाई पिरोल्छ। (हितोपदेश १०:१ यूएलटि)
यदि अनुवाद पुरुष र स्त्री दुबैमा लागु हुन्छ भने यसलाई अनुवाद गर्दा दुबैलाई लागु हुने गरी गर्नुहोस्।
भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं। (२ कोरिन्थी ८:१ यूएलटि)
यो पदले कोरिन्थमा भएका विश्वासीहरूलाई सम्बोधन गरेको छ, पुरुषहरूलाई मात्र होइन तर पुरुषहरू र स्त्रीहरू दुबैलाई ।
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले उसलाई इन्कार गरोस् र उसको क्रूस उठाएर मेरो पछि लागोस्।” (मत्ती १६:२४ यूएलटि)
यहाँ येशूले पुरुषको बारेमा मात्र होइन पुरुष र स्त्री दुबैको बारेमा बोल्नुभएको हो।
चेतावनी: कहिलेकहिँ पुलिङ्गी शब्दहरू पुरुषलाई मात्र जनाउनको निम्ति प्रयोग गरिन्छ। तिनको अनुवाद गर्दा स्त्रीलाई पनि समेट्ने गरी अनुवाद नगर्नुहोस्। तल रेखाङ्कन गरिएका शब्दहरूले पुरुषलाई मात्र जनाउँछन्।
मोशाले हामीलाई लेखिदिएका छन्, कि कसैको दाजु मर्यो र निस्सन्तान भएर पत्नीलाई छोडिराख्यो भने, उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र उसको दाजुको निम्ति सन्तान खडा गर्नुपर्छ।' (मर्कूस १२:१९ यूएलटि)
पुलिङ्गी शब्दहरू "मानिस", "भाइ" र "ऊ" भित्र स्त्रीलाई पनि समावेश गर्दा मानिसहरूले बुझ्छन् भने तिनको प्रयोग गर्न सक्नुहुन्छ । नत्र, तल दिइएका अन्य विकल्पहरू प्रयोग गर्नुहोस्ः
(१) स्त्री र पुरुष दुबैलाई जनाउने नाम शब्दको प्रयोग गर्नुहोस्।
(२) पुरुषलाई जनाउने एउटा शब्द र स्त्रीलाई जनाउने अर्को शब्दको प्रयोग गर्नुहोस्।
(३) स्त्री र पुरुष दुबैमा प्रयोग गरिने सर्वनामको प्रयोग गर्नुहोस्।
१. स्त्री र पुरुष दुबैलाई जनाउने नाम शब्दको प्रयोग गर्नुहोस्।
(२) पुरुषलाई जनाउने एउटा शब्द र स्त्रीलाई जनाउने अर्को शब्दको प्रयोग गर्नुहोस्।
(३) स्त्री र पुरुष दुबैमा प्रयोग गरिने सर्वनामको प्रयोग गर्नुहोस्।
धेरैजसो भाषाहरूमा वाक्यका शब्दहरूलाई क्रममा राख्ने प्रक्रिया सामान्य नै हुन्छ । सबै भाषामा एउटै तरिकाले शब्दलाई क्रममा राखिँदैन । अनुवादकहरूले आफ्नो भाषाको शब्दयोजनाको बारेमा थाहा पाउनुपर्छ ।
धेरैजसो वाक्यहरूमा तीन महत्त्वपूर्ण भागहरू हुन्छन्ः कर्ता, कर्म र क्रिया । कर्ता र कर्म प्रायः नामहरू (अर्थात्, व्यक्ति, ठाउँ वा विचार) वा सर्वनामहरू हुन्छन् । क्रियाहरूले काम वा कुनै कुरा हनुलाई जनाउँछ ।
वाक्य केको बारेमा हो त्यो बताउने काम कर्ताले गर्छ । यसले कुनै कार्यलाई जनाउँछ । कर्ता सक्रिय हुनसक्छ र यसले काम गर्छ उदाहरण, गाउनु, काम गर्नु वा सिकाउनु ।
यदि कुनै व्यक्ति, ठाउँ र विचारको निम्ति केही गरिन्छ भने त्यो पनि कर्ता नै हो ।
कर्ताको वर्णन गर्न सकिन्छ वा यो कुनै अवस्था को रूपमा पनि आउनसक्छ, उदाहरणको लागि, खुसी, दुःखी, वा रिस ।
कर्ताले जसको निम्ति कुनै कुरा गर्छ त्यसलाई कर्म भनिन्छ ।
क्रियाले कार्य वा हुनुको भावलाई जनाउँछ ।
सबै भाषाका आफ्नै प्राथमिक शब्दयोजना हुन्छ । तल दिइएको "पत्रुसले हान्छ भकुण्डो" मा कर्ता, क्रिया र कर्मको शब्दयोजनाको प्रयोग गरिएको छ । केही अङ्ग्रेजी लगायतका केही भाषाहरूमा यो क्रमको प्रयोग गरिन्छ ।
नेपाली लगायत अन्य भाषामा यो क्रम फरक (कर्ता-कर्म-क्रिया) हुन्छ ।
अन्य केही भाषाहरूमा क्रिया-कर्ता-कर्म हुन्छ ।
निम्न अवस्थामा शब्दयोजना परिवर्तन हुनसक्छः
निम्न अवस्थामा पनि शब्दयोजना परिवर्तन हुनसक्छ
कसैले केही भन्यो भन्दा, बोल्ने को हो, उनीहरू कोसँग बोलेको र उनीहरूले के भने भनी हामीले अक्सर बताउँछौँ । कसले बोलेको र तिनीहरू कोसँग बोलेका भन्ने बारेको जानकारीलाई नै "विवरणी भनाइ(वाक्य)" भनिन्छ। व्यक्तिले भनेको कुरो नै कथन हो । (यसलाई उद्धरण पनि भनिन्छ।) केही भाषाहरूमा "विवरणी भनाइ(वाक्य)" सुरुमा, अन्तिममा, वा कथनको दुई भागको बिचमा पनि आउन सक्छ।
विवरणी भनाइ(वाक्य)हरूलाई तल गाढा बनाइएका छन् ।
साथै, केही भाषाहरूमा, विवरणी भनाइ(वाक्य)का एक भन्दा बढी क्रिया अर्थात् "भन्यो" हुन सक्छ।
तर उनकी आमाले जवाफ दिइन् र भनिन्, “होइन । बरु, त्यसको नाउँ यूहन्ना राखिने छ।” (लुका १:६० यूएलटी)
कसैले केही भन्यो भनी लेख्दा, केही भाषाहरूमा कथन (जे भनिएको छ सो)लाई उद्धरण चिन्ह (" ") भित्र राखिन्छ । केही भाषाहरूले कथनको छेउछेउमा « » जस्ता अन्य चिन्हहरू प्रयोग गर्छन् ।
तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बुढो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” (लुका १:१८ यूएलटी)
तब कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्यू, हामीले के गर्ने? (लुका ३:१२ यूएलटी)
त्यसैले तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्दा बेसी नलेओ ।” (लुका ३:१३ यूएलटी)
यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुने छैन,” परमप्रभुले भन्नुभयो। (आमोस ७:३ यूएलटी)
“म तिनीहरूबाट आफ्नो मुख लुकाउने छु," उहाँले भन्नुभयो,"अनि तिनीहरूको अन्त के हुने छ, म हेर्ने छु; किनकि तिनीहरू भ्रष्ट पुस्ता हुन्, विश्वासघाती सन्तानहरू हुन् ।" (व्यवस्था ३२:२० यूएलटी)
"हेर, यस्ता दिनहरू आउँदैछन" — परमप्रभु परमेश्वर घोषण गर्नुहुन्छ—जब म मेरा प्रजा इस्राएल र यहूदाको सुदिन पुनर्स्थापना गर्ने छु । (यर्मिया ३०:३क यूएलटी)
१. विवरणी भनाइ(वाक्य) कहाँ राख्ने निर्णय गर्नुहोस् ।
२. "भन्यो" अर्थ दिने शब्द एक वा दुई वटा प्रयोग गर्ने भनी निर्णय गर्नुहोस् ।
१. विवरणी भनाइ(वाक्य) कहाँ राख्ने निर्णय गर्नुहोस् ।
उनेल भने, "यसकारण तिमीहरूमध्येका नेताहरू हाम्रो साथमा जानुपर्छ । यदि त्यस मानिसमा केही खराबी छ भने त्यहाँ उनीहरूले त्यसलाई अभियोग लगाऊन् ।" (प्रेरित २५ः५, यूएलटी)
"यसकारण तिमीहरूमध्येका सक्नेहरू हाम्रो साथमा जानुपर्छ" उनेल भने, "यदि त्यहाँ त्यस मानिसमा केही खराबी छ भने उनीहरूले त्यसलाई अभियोग लगाऊन् ।"
"यसकारण तिमीहरूमध्येका सक्नेहरू हाम्रो साथमा जानुपर्छ ।" यदि त्यहाँ त्यस मानिसमा केही खराबी छ भने उनीहरूले त्यसलाई अभियोग लगाऊन्" उनेल भने।
"यसकारण तिमीहरूमध्येका सक्नेहरू," उनेल भने ,"हाम्रो साथमा जानुपर्छ ।" यदि त्यहाँ त्यस मानिसमा केही खराबी छ भने उनीहरूले त्यसलाई अभियोग लगाऊन् ।"
२. "भन्यो" अर्थ दिने शब्द एक वा दुई वटा प्रयोग गर्ने भनी निर्णय गर्नुहोस् ।
तर उसकी आमाले जवाफ दिइन् र भनिन, “होइन, बरु, त्यसलाई यूहन्ना भनिने छ ।” (लुका १:६० यूएलटी)
तर उसकी आमाले जवाफ दिइन्, “होइन, बरु, त्यसलाई यूहन्ना भनिने छ ।”
तर उसकी आमाले भनिन्, “होइन, बरु, त्यसलाई यूहन्ना भनिने छ ।”
तर उसकी आमाले यसरी जवाफ दिइन् ।, “होइन, बरु, त्यसलाई यूहन्ना भनिने छ ” उनले भनिन् ।
दुई प्रकारका कथनहरू हुन्छन्: प्रत्यक्ष र अप्रत्यक्ष ।
कसैले अर्को व्यक्तिले भनेको कुरालाई मूल वक्ताको दृष्टिमा व्यक्त गर्दा **प्रत्यक्ष कथन (उक्ति)**को प्रयोग हुन्छ । यस कथनमा मूल वक्ताले बोलेका शब्दहरूलाई हुबहु भनिनुपर्छ भन्ने आशा गरिन्छ । तल दिइएको उदाहरणमा, यूहन्ना आफैँले भन्नु परेको भए "म" नै भन्ने थियो त्यसैले यूहन्नाले भनेको कुरालाई सुनाउने व्यक्तिले पनि "म" शब्द नै प्रयोग गरेको छ । यी शब्दहरू यूहन्नाले नै बोलेको हो भन्ने देखाउनको लागि धेरै भाषाहरूमा यसलाई "उद्धरण चिन्ह" भित्र राखिन्छ ।
वक्ताले मूल वक्ताको कुरालाई आफ्नो तर्फबाट बताउँदा अप्रत्यक्ष कथनको प्रयोग हुन्छ । यस्तो कथनमा सर्वनामलाई परिवर्तन गरिन्छ । केही भाषाहरूमा समय, शब्द छनौट र लम्बाइको पनि परिवर्तन गरिन्छ । तल दिइएको उदाहरणमा सुनाउने व्यक्तिले यूहन्नालाई "ऊ" भनेर सम्बोधन गरेको छ र "ने छ" लाई "ने थियो" मा परिवर्तन गरिएको छ ।
केही भाषाहरूमा उक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष गरी दुई तरिकाले व्यक्त गरिन्छ । अन्य भाषाहरूमा दुईमध्ये कुनै एउटाको प्रयोग स्वभाविक देखिन्छ वा एउटाले अर्को भन्दा फरक अर्थ दिन्छ । त्यसैले हरेक उक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष कुन कथनमा अनुवाद गर्ने हो भन्ने कुराको निर्णय अनुवादकले गर्नुपर्छ ।
तल उदाहरणमा दिइएका पदहरूमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै कथनहरूको प्रयोग गरिएको छ । तलका पदहरूमा कथनहरूलाई रेखाङ्कन गरिएको छ ।
उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पुजारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्ति भेटी चढाऊ।” (लूका ५:१४ )
परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो, "परमेश्वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्नेछन्, 'हेर, यहाँ छ!' अथवा 'त्यहाँ छ!' किनभने हेर, परमेश्वरको राज्य तिमीहरूकै बिचमा छ ।” (लूका १७:२०-२१ )
यदि स्रोत पाठमा प्रयोग गरिएको कथनले तपाईंको भाषामा पनि काम गर्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि कुनै सन्दर्भमा प्रयोग गरिएको कथन स्वभाविक लाग्दैन भने तल दिइएका रणनीतिहरू प्रयोग गर्नुहोस् ।
१. यदि प्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने अप्रत्यक्ष कथनमा बदल्नुहोस् । २. यदि अप्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने प्रत्यक्ष कथनमा बदल्नुहोस् ।
१. यदि प्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने अप्रत्यक्ष कथनमा बदल्नुहोस् ।
२. यदि अप्रत्यक्ष कथनले तपाईंको भाषामा सही कार्य गर्दैन भने प्रत्यक्ष कथनमा बदल्नुहोस् ।
http://ufw.io/figs_quotations मा रहेको भिडियो पनि हेर्न सक्नुहुन्छ ।
केही भाषाहरूमा बाँकी पाठहरूबाट उद्धरण चिन्हलाई हटाउनको निम्ति उद्धरण चिन्हको प्रयोग गरिन्छ ।
अप्रत्यक्ष कथनमा उद्धरण चिन्हको प्रयोग गरिन्न ।
कुनै कथनभित्र अन्य कथनहरू पनि भएको अवस्थामा कसले के भनिरहेको छ भनेर छुट्याउन पाठकलाई कठिन हुन्छ । अङ्ग्रेजी भाषामा सबैभन्दा बाहिरको कथनमा दोहोरो उद्धरण चिन्हको प्रयोग हुन्छ र भित्रको कथनमा एउटा उद्धरण चिन्हको प्रयोग गरिन्छ । त्यसभित्र रहेको अर्को कथनमा भने दोहोरो उद्धरणको प्रयोग गरिन्छ ।
केही भाषाहरूमा अन्य प्रकारका उद्धरण चिन्हहरूको प्रयोग गरिन्छः केही उदाहरणहरूः ‚ ‘ „ “ ‹ › « » ⁊ — .
बाइबलमा प्रयोग गरिएका उद्धरण चिन्हका केही उदाहरणहरू तल दिइएका छन् ।
प्रत्यक्ष कथनको पहिलो तहमा दोहोरो उद्धरण चिन्हको प्रयोग गरिएको छ।
तिनीहरूले जवाफ दिए, “तिनी भुत्लाका लुगा लगाएका र कम्मरमा छालाको पेटी बाँधेका मानिस थिए। ” (२ राजा १:८ख यूएलटि)
प्रत्यक्ष कथनको दोस्रो तहमा एउटा उद्धरण चिन्ह हुन्छ । तपाईंलाई हेर्न सजिलो होस् भनेर हामीले त्यस वाक्यांशलाई रेखाङ्कन गरेका छौँ ।
तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई 'ओछ्यान बोकेर हिँड' भन्ने मानिस को हो?” (यूहन्ना ५:१२ यूएलटि)
… उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउने छौ, जसमाथि अहिलेसम्म कोही मानिस चढेको छैन । त्यसलाई फुकाएर यहाँ ल्याओ । कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्नू।” (लूका १९:२९-३१ यूएलटि)
तेस्रो तहको कथनमा दोहोरो उद्धरण चिन्हको प्रयोग हुन्छ ।
अबीमेलेकले फेरि अब्राहामलाई भने, “के सम्झेर तपाईंले मसित यस्तो काम गर्नुभयो?” अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, 'यस ठाउँमा परमेश्वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्नीको कारण मार्ने छन्।' यो कुरो सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्। र तिनी मेरी पत्नी भइन्। अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोडेर परदेशी भएर यताउता घुमिहिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्” भन्नू है’।” (उत्पत्ति २०:१०-१३ यूएलटि)
चौथो तहको कथनमा एउटा उद्धरण चिन्हको प्रयोग हुन्छ। देख्न सजिलो होस् भनेर हामीले यसलाई कालो रङ्ग गरेका छौँ।
तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्नुहुन्छ: 'के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदैछस् । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्’। “ ‘ “ (२ राजा १:५-६ यूएलटि)
पाठकहरूले उद्धरण चिन्हको सुरु कहाँ हुन्छ र त्यसको अन्त्य कहाँ हुन्छ भन्ने कुरा थाहा पाऊन् भनेर केही नियमहरू बनाइएका छन्।
(१) दुई प्रकारका उद्धरण चिन्हलाई पालोपालो प्रयोग गर्नुहोस्। अङ्ग्रेजीमा एकोहोरो र दोहोरो उद्धरण चिन्हलाई पालैपालो प्रयोग गरिन्छ।
(२) थोरै मात्र उद्धरण चिन्हको प्रयोगको लागि एउटा वा केही कथनलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस्। (हेर्नुहोस् प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
(३) यदि कुनै एउटा उद्धरण धेरै लामो र धेरै तहको छ भने मूल कथनको अगाडि अलिकति खाली ठाउँ छोडेर (indent) त्यसभित्र भएका प्रत्यक्ष कथनमा मात्र उद्धरण चिन्हको प्रयोग गर्नुहोस्।
(१) दुई प्रकारका उद्धरण चिन्हलाई पालोपालो प्रयोग गर्नुहोस्।
तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्नुहुन्छ: 'के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदैछस्। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्’। “ ‘ “ (२ राजा १:६ यूएलटि)
(२) थोरै मात्र उद्धरण चिन्हको प्रयोगको लागि एउटा वा केही कथनलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । तल दिइएको उदाहरणमा दूतले राजालाई भनेको कुरा अप्रत्यक्ष कथनमा लेखिएको छ।
तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्नुहुन्छ: 'के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदैछस्। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्’। “ ‘ “ (२ राजा १:६ यूएलटि)
(३) यदि कुनै एउटा उद्धरण धेरै लामो र धेरै तहको छ भने मूल कथनको अगाडि अलिकति खाली ठाउँ छोडेर त्यसभित्र भएका प्रत्यक्ष कथनमा मात्र उद्धरण चिन्हको प्रयोग गर्नुहोस्।
तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्नुहुन्छ: 'के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदैछस्। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्’। “ ‘ “ (२ राजा १:६ यूएलटि)
कुनै कथनभित्र अर्को कथन हुन सक्छ र अरू कथनहरूभित्र भएका कथनभित्र पनि कथनहरू हुन सक्छन् । कुनै कथनभित्र अरू कथनहरू हुँदा, हामीले यसलाई कथनहरूको "तहहरू" भन्छौँ र ती हरेक कथन एउटा तह हो । कथनहरूभित्र कथनहरूका धेरै तहहरू हुँदा, यसो हुँदा कसले के भनिरहेको छ भनी पाठक र श्रोतालाई बुझ्न गाह्रो हुन सक्छ । केही भाषाहरूले यसलाई अलि सरल बनाउन प्रत्यक्ष कथन र अप्रत्यक्ष कथनलाई समायोजन गरेर प्रयोग गर्छन् ।
१. कुनै कथनभित्र अर्को कथन हुँदा, सर्वनामहरूले कसलाई जनाउछन् भनी सुन्ने व्यक्तिहरूले जान्नुपर्छ । उदाहरणको लागिः यदि कथनभित्रको कथनमा "म" शब्द छ भने, "म"ले भित्री कथनको वा बाहिरी कथनको वक्तालाई जनाउँछ भनी सुन्ने व्यक्तिहरूले बुझ्नुपर्छ । २. कथनभित्रका उद्धरण भएको अवस्थामा केही भाषाहरूले फरक-फरक किसिमका कथन चिन्हहरू प्रयोग गरेर यसलाई स्पष्ट बनाउँछन् । उनीहरूले केहीको निम्ति प्रत्यक्ष र अरूहरूको निम्ति अप्रत्यक्ष कथनहरू प्रयोग गर्छन् । ३. केही भाषाहरूले अप्रत्यक्ष कथनहरू प्रयोग गर्दैनन् ।
तर पावलले भने, “यद्यपि म जन्मसिद्ध रोमी नागरिक हुँ ।” (प्रेरित २२:२८ यूएलटी)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई नबहकाओस् । तिनीहरूले भन्ने छन्, ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउने छन् ।” (मत्ती २४:४-५ यूएलटी)
बाहिरी तहमा भएको कुरो येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको हो । दोस्रो तहमा भएको कुरो अन्य व्यक्तिहरूले भनेका हुन् ।
येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ ।” (यूहन्ना १८:३७ यूएलटी)
बाहिरी तहमा भएको कुरो येशूले पिलातसलाई भन्नुभएको हो । दोस्रो तहमा भएको कुरो पिलातसले येशूको बारे भनेका हुन् ।
अब्राहामले भने, "...मैले तिनलाई भने, 'पत्नीको भएको नाताले तिमीले मलाई यो विश्वासयोग्यता देखाउनुपर्छः हामी जाने हरेक ठाउँमा, मेरो बारे यसो भन, "उनी मेरा दाजु हुन् ।"" (उत्पत्ति २०:१०-१३ यूएलटी)
सबैभन्दा बाहिरको तह अब्राहमले अबीमेलेकलाई भनेका कुरो हो । दोस्रो तह अब्राहमले आफ्नी पत्नीलाई भनेका कुरो हो । तेस्रो तह तिनकी पत्नीले भन्नुपर्छ भन्ने अब्राहमले चाहेका कुरो हो । (हामीले तेस्रो तहलाई स्पष्ट पारेका छौँ ।)
तिनीहरूले तिनलाई भने, “हामीलाई भेट्न एक जना मानिस आए जसले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई भन, “परमप्रभु यसो भन्नुहुन्छ: 'के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तैँले एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदै छस्? यसैकारण तँ उक्लेको ओछ्यानबाट निस्कने (ओर्लने) छैनस्, बरु, तँ निश्चय नै मर्ने छस्’।" ‘ “ (२ राजा १:६ यूएलटी)
सबैभन्दा बाहिरी तह दूतहरूले राजालाई भनेको कुरो हो । दोस्रो तह दूतहरूलाई भेट्ने मानिसले भनेका कुरो हो । तेस्रो तह दूतहरूले राजालाई भनून् भन्ने त्यो मानिसले चाहेको कुरो हो । चौथोचाहिँ परमप्रभुले भन्नुभएको कुरो हो । (हामीले चौथो तहलाई स्पष्ट पारेका छौँ ।)
केही भाषाहरूले प्रत्यक्ष कथन मात्र प्रयोग गर्छन् । अरू भाषाहरूले प्रत्यक्ष र परोक्ष कथनहरू समायोजन गर्छन् । यदि प्रत्यक्ष कथनहरूका धेरै तहहरू छन् भने ती भाषाहरूमा अनौठो लाग्न सक्छ र सायद अन्योपपूर्ण पनि हुन सक्छ ।
१. सबै कथनहरूलाई प्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् ।
२. एउटा वा केही कथनहरूलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । (हेर्नुहोस् प्रत्यक्ष र अप्रत्यक्ष उद्धरणहरू)
१. सबै कथनहरूलाई प्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । तलको उदाहरणमा यूएलटीमा हामीले अप्रत्यक्ष कथनहरूलाई स्पष्ट बनाएका छौँ र तलका कथनहरूलाई हामीले प्रत्यक्षमा परिवर्तन गरेका छौँ ।
**फेस्तसले पावलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे, “फेलिक्सले कैदीको रूपमा छोडेका एक जना मानिस यहाँ छ । त्यसैले यस मामलामा अलमल्लमा परेँ । त्यो कतै यरूशलेममा नै गएर त्यहाँ नै यी कुराहरू बारे फैसला भएको चाहन्छ कि भनी मैले सोधेँ । तर पावलले **सम्राट्को फैसलाको निम्ति हिरासतमै राख्नुहोस् ** भनी अपिल गरेको हुँदा, मैले **त्यसलाई कैसरकहाँ नपठाउञ्जेल पहरामा राख्ने ** हुकुम दिएँ **।” (प्रेरित २५:१४-२१ यूएलटी)
फेस्तसले पावलको मुद्दा राजाको सामुन्ने पेश गरे । तिनले भने, “फेलिक्सले कैदीको रूपमा एक जना मानिसलाई यहाँ छोडेर गएका थिए । यस विषयमा म अलमल्ल परेँ । त्यसलाई , 'यी कुराहरू सम्बन्धी फैसलाको निम्ति तिमी यरूशलेम जान्छौ?' भनी सोधेँ । तर पावलले भने, 'सम्राट्को फैसलाको निम्ति मलाई हिरासतमै राखिओस,' मैले पहरेदारलाई भने, 'मैले त्यसलाई कैसरकहाँ पठाउन नसकेसम्म त्यसलाई हिरासतमा नै राख्नू ।' "
२. एउटा वा केही कथनहरूलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । अङ्ग्रेजी भाषाको "that” शब्द अर्थात् नेपाली भाषाको "कि" अप्रत्यक्ष कथनअघि आउन सक्छ । तलको उदाहरणमा यसलाई स्पष्ट पारिएको छ । अप्रत्यक्ष कथनको कारणले परिवर्तन गरिएको सर्वनामलाई पनि स्पष्ट पारिएको छ ।
परमप्रभु मोशासँग यसो भन्दै बोल्नुभयो, “इस्राएलका सन्तानहरूका गनगन मैले सुनेको छु । तिनीहरूसँग कुरा गर् र भन्, ‘बेलुकी तिमीहरूले मासु खाने छौ, र बिहान तिमीहरू रोटीले तृप्त हुने छौ । अनि म परमप्रभु तिमीहरूका परमेश्वर रहेछु भन्ने तिमीहरूले थाहा पाउने छौ’।”** (प्रस्थान १६:११-१२ यूएलटी)
परमप्रभु मोशासँग बोल्नुभयो र भन्नुभयो, “इस्राएलका सन्तानहरूका गनगन मैले सुनेको छु । तिनीहरूलाई भन् ** कि** बेलुकी तिनीहरूले मासु खाने छन्, र बिहान तिनीहरू रोटीले तृप्त हुने छौ। अनि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ भन्ने तिनीहरूले थाहा पाउने छन् ।”
तिनीहरूले तिनलाई जवाफ दिए, “हामीलाई भेट्न एक जना मानिस आए जसले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई भन, “परमप्रभु यसो भन्नुहुन्छ: 'के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तैँले एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदैछस् । यसैकारण, तँ उक्लेको ओछ्यानबाट तँ निस्कने (ओर्लने) छैनस्, बरु, तँ निश्चय नै मर्ने छस्’।” ' " (२ राजा १:६ यूएलटी)
तिनीहरूले तिनलाई भने कि तिनीहरूलाई भेट्न एक जना मानिस आएका थिए र तिनले तिनीहरूलाई भने, "तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई भन कि परमप्रभु यसो भन्नुहुन्छ: 'के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदैछस् । यसैकारण तँ उक्लेको ओछ्यानबाट निस्कने (ओर्लने) छैनस्, बरु, तँ निश्चय नै मर्ने छस्’।”
कुनै व्यक्ति वा वस्तुलाई जनाउनको निम्ति नामको सट्टामा प्रयोग गरिने शब्दहरूलाई सर्वनामहरू भनिन्छ। उदारहणको लागिः म, हामी, तिमी, तपाईं, हजुर, ऊ, उहाँ, यो, त्यो, कोही। व्यक्तिवाचक (पुरुषवाचक) सर्वनाम धेरै प्रयोग हुने सर्वनाममा पर्छ।
वक्ताले कुरा गर्ने व्यक्ति, कुरा गरिने व्यक्ति वा कुरा गरिएको व्यक्तिमध्ये कसलाई जनाएको हो भन्ने बुझाउने सर्वनामलाई व्यक्तिवाचक सर्वनाम भनिन्छ । व्यक्तिवाचक सर्वनामले निम्न कुरा जनाउँछन्। यसैगरी अन्य प्रकारका सर्वनामका प्रयोगहरू पनि तल दिइएका छन्।
निजवाचक सर्वनामहरू ले उही वाक्यमा भएको अर्को नाम वा सर्वनामलाई जनाउँछन्ः आफैँ, स्वयम्, आफू।
प्रश्नवाचक सर्वनामहरूले कुनै वस्तु वा व्यक्तिको बारेमा प्रश्न गर्छन्। यस्तो सर्वनामको प्रयोग हो वा होइन भन्ने जवाफको आशा नगरिएको अवस्थामा गरिन्छः को, के, कुन, कसले आदि।
सम्बन्धवाचक सर्वनामहरूले एउटा उपवाक्यसँग अर्को उपवाक्यको सम्बन्ध देखाउँछन्। यिनीहरूले वाक्यको मूख्य भागको बारेमा थप कुरा बताउँछन्ः जो, जे, जुन।
दर्शक सर्वनामहरूले निकट वा टाढा रहेका व्यक्ति तथा पदार्थलाई तोकेर देखाउँछन्ः यो, यी, त्यो, ती।
अनिश्चितवाचक सर्वनामहरूले कुनै अनिश्चित नामलाई जनाउँछन्ः जोसुकै, जेसुकै, कोही, केही, कसै ।
अन्तिम उदाहरणमा, "तिनीहरू" र "तपाई" ले सामान्य रूपमा मानिसहरूलाई बुझाउँछ।
सामन्यतया बोल्ने व्यक्तिले आफैलाई 'म' भनेर सम्बोधन गर्छ र जोसँग ऊ बोल्छ उसलाई 'तँ/तिमी/तपाईं/हजुर' भनेर सम्बोधन गर्छ । बाइबलमा कहिलेकहिँ बोल्ने व्यक्तिले आफैंलाई र आफू जोसँग बोल्दै छ उक्त व्यक्तिलाई 'म' वा 'तँ/तिमी/तपाईं/हजुर' भनेर सम्बोधन नगरेको पाउँछौं ।
कहिलेकहिँ बाइबलमा लेखक वा वक्ताले आफैंलाई वा आफूले बोलिरहेको व्यक्तिलाई तेस्रो पुरुषको रूपमा सम्बोधन गरेको पाइन्छ । पाठकहरूले वक्ताले अर्कै व्यक्तिलाई सम्बोधन गरेको ठान्न सक्छन् । तिनीहरूले त्यसको अर्थ 'म' वा तँ/तिमी/तपाईं/हजुर' हो भनेर नबुझ्न सक्छन् ।
कहिलेकहिँ मानिसहरूले 'म' वा 'मेरो' को सट्टामा आफैलाई बुझाउनको निम्ति तेस्रो पुरुषको प्रयोग गरेको पाइन्छ ।
तर दाऊदले शाऊललाई भने, “हजूर, तपाईंको दासले उसका पिताका भेडाहरूको हेरचाह गर्थ्यो ।” (१ शमूएल १७:३४)
दाऊदले यहाँ आफैंलाई तेस्रो पुरुषको रूपमा 'तपाईंको दास' र 'उसका' भनेर सम्बोधन गरे । तिनले शाऊलको अगाडि आफ्नो नम्रता देखाउनलाई आफैंलाई शाऊलको दास भने ।
तब परमप्रभुले आँधीबेहरीबाट अय्यूबलाई फेरि यसो भनेर जवाफ दिनुभयो, “… के तेरो पाखुरा परमेश्वरको पाखुराजस्तै छ? के उहाँको सोरजस्तै तँ गर्जन सक्छस्? (अय्यूब ४०:६, ९)
परमेश्वरले आफैंलाई 'परमेश्वरको' र 'उहाँको' भनेर तेस्रो पुरुषको प्रयोग गर्नुभयो । उहाँले आफू परमेश्वर र शक्तिशाली हुनुहुन्छ भन्ने कुरालाई जोड दिन यसो गर्नुभयो ।
कहिलेकहिँ मानिसहरूले आफूले बोलिरहेको व्यक्तिलाई सम्बोधन गर्नको निम्ति 'तँ/तिमी/तपाईं/हजुर' वा 'तेरो/तिम्रो/तपाईंको/हजुरको' को साटो तेस्रो पुरुषको प्रयोग गर्छन् ।
अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु । (उत्पत्ति १८:२७)
अब्राहाम परमप्रभुसँग बोल्दै थिए र तिनले परमप्रभुलाई 'तपाईंसँग' नभनी 'मेरो परमप्रभुसँग' भनेर सम्बोधन गरे । तिनले परमप्रभुको अगाडि आफ्नो नम्रता प्रदर्शन गर्न यसो गरे ।
तिमीहरू हरेकले उसको आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुने छ । (मत्ती १८:३५)
'तिमीहरू हरेकले' भनिसकेपछि येशूले 'तिमीहरूको' नभनी 'उसको आफ्नो' भन्नुभयो ।
यदि 'म' वा 'तँ/तिमी/तपाईं/हजुर' को साटो तेस्रो पुरुषको प्रयोग गर्दा तपाईंको आफ्नो भाषामा स्वभाविक सुनिन्छ र सही अर्थ दिन्छ भने त्यसकै प्रयोग गर्नुहोस् । यदि दिँदैन भने अन्य विकल्पहरू छन् ।
१. 'म' वा 'तँ/तिमी/तपाईं/हजुर' सँगै तेस्रो पुरुषको पनि प्रयोग गर्नुहोस् । २. तेस्रो पुरुषको साटो प्रथम पुरुष ('म') वा दोस्रो पुरुष ('तँ/तिमी/तपाईं/हजुर') कै प्रयोग गर्नुहोस् ।
१. 'म' वा 'तँ/तिमी/तपाईं/हजुर' सँगै तेस्रो पुरुषको पनि प्रयोग गर्नुहोस् ।
२. तेस्रो पुरुषको साटो प्रथम पुरुष ('म') वा दोस्रो पुरुष ('तँ/तिमी/तपाईं/हजुर') कै प्रयोग गर्नुहोस् ।
केही भाषाहरूमा "हामीः" का एकभन्दा बढी रूप हुन्छन्। "म र तँ/तिमी/तपाईं/हजुर" लाई जनाउनेलाई समावेशी र "म र अरू कोहीलाई जनाउने तर "तँ/तिमी/तपाईं/हजुरलाई" नजाउनेलाई असमावेशी भनिन्छ। असमावेशीले जोसँग बोलिन्छ उसलाई समावेश गर्दैन। समावेशीले जोसँग बोलिन्छ उसलाई र अन्यलाई पनि समेट्छ। "हामी," र "हाम्रो," मा पनि यही कुरा लागु हुन्छ। केही भाषाहरूमा यी सबैका समावेशी र असमावेशी दुबै रूप हुन्छन्। समावेशी र असमावेशी दुबै फरक भएका भाषामा अनुवाद गर्नुपर्ने अनुवादकहरूले वक्ताले भन्न खोजेको कुरा बुझेर कुन रूपको प्रयोग गर्ने भन्ने निर्णय गर्नुपर्छ।
तस्बिरहरू हेर्नुहोस्। वक्ता दायाँ तर्फ दिइएका मानिसहरूसँग बोलिरहेका छन्। पहेंलो हाइलाइटले समावेशी "हामी" र असमावेशी "हामी" ले बुझाउने व्यक्तिलाई जनाउँछ।
बाइबललाई सुरुमा हिब्रू, अरामाइक र ग्रीक भाषाहरूमा लेखिएको थियो। अंग्रेजींमा जस्तो यी भाषाहरूमा "हामी" का फरक फरक समावेशी र असमावेशी छैनन्। भाषामा समावेशी र असमावेशी दुबै रूप भएका अनुवादकहरूले वक्ताले भन्न खोजेको कुरा राम्ररी बुझ्न जरूरी छ, ताकि "हामी" को कुन रूप प्रयोग गर्ने हो सो स्पष्ट हुन सकोस्।
तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्नुपर्ला। (लूका ९:१३ यूएलटि)
पहिलो उपवाक्यमा, चेलाहरूले तिनीहरूसँग भएको खानेकुराको बारेमा येशूलाई बताउँदै छन्, यसैले यहाँ प्रयोग भएको "हामी" समावेशी र असमावेशी दुबै हुन सक्छ। दोस्रो उपवाक्यमा तिनीहरूमध्ये केही खानेकुरा किन्न जाने कुरा छ, यसैले यहाँ प्रयोग भएको "हामी" "असमावेशी" हो, किनकि येशू तिनीहरूसँग जानुहुने थिएन।
यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो। (१ यूहन्ना १:२ यूएलटि)
यूहन्नाले आफूले र अरू प्रेरितहरूले देखेका तर अरूले नदेखेका येशूको बारेमा मानिसहरूलाई बताइरहेका छन्। असमावेशी रूप प्रयोग गरिने भाषाहरूमा "हामी" र "हामीसँग" का असमावेशी रूपको प्रयोग गर्न सकिन्छ।
गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।” (लूका २:१५ख यूएलटि)
गोठालाहरू एकापसमा कुरा गरिरहेका थिए। यहाँ तिनीहरूले "हामी" शब्दको प्रयोग गर्दा तिनीहरूले कुरा गरिरहेका मानिसहरूलाई पनि समेटेका थिए।
एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढी जानुभयो। (लूका ८:२२ यूएलटि)
येशूले "हामी" भनेर आफू र आफूले कुरा गरिरहनु भएका चेलाहरूलाई जनाउनुभयो, यसैले यो समावेशी रूप हो।
तपाईंले https://ufw.io/figs_youform मा उपलब्ध भिडियो हेर्न सक्नुहुन्छ ।
केही भाषाहरूले "तिमी"को औपचारिक रूप र "तिमी"को अनौपचारिक रूप बिच भिन्नता छुट्टाउँछन् । यो पृष्ठ विशेषतः यसरी भिन्नता छुट्टाउने भाषाको निम्ति हो ।
केही संस्कारहरूमा, आफूभन्दा ठुलो वा उच्च अधिकार भएको व्यक्तिसँग कुरा गर्दा औपचारिक "तपाईं, हजुुर" रूप र आफ्नै उमेरको वा आफूभन्दा सानो वा कम अधिकार भएको व्यक्तिसँग कुरा गर्दा अनौपचारिक "तिमी, तँ" रूप हुन्छन् । अरू संस्कारहरूमा चाहिँ, नचिनेका मानिसहरूसँग कुरा गर्दा औपचारिक "तपाईं, हजुर" रूप प्रयोग गर्छन् र आफ्नो परिवार र नजिकका साथीहरूसँग कुरा गर्दा अनौपचारिक "तिमी, तँ" रूप प्रयोग गर्छन् ।
परमप्रभुले मानिसलाई बोलाउनुभयो र त्यसलाई भन्नुभयो, "तँ कहाँ छस्?" (उत्पत्ति ३ः९ यूएलटी)
मानिसमाथि परमेश्वरको अधिकार छ, त्यसैले "तिमी"को औपचारिक र अनौपचारिक रूपमा भएका भाषाहरूले यहाँ सम्भवत अनौपचारिक रूपमा प्रयोग गर्छन् ।
सम्माननीय थियोफिलस, सुरुदेखि नै सबै थोकको सावधानीपूर्वक अनुसन्धान गर्न, तपाईंलाई एउटा क्रमबद्ध विवरण लेख्न मलाई पनि असल लाग्यो, ताकि तपाईंलाई सिकाएका कुराहरूका बारे तपाईंलाई यथार्थता थाहा होस् । (लूका १ः३-४ यूएलटी)
लूकाले थियोफिसलाई "सम्माननीय" भने । थियोफिलस सम्भवत लूकाले अत्यन्त आदर गर्ने उच्च ओहदामा रहेका व्यक्ति थिए भन्ने कुरा यसले दर्शाउँछ । "तिमी"को औपचारिक रूपमा भएका भाषा बोल्नेहरूले सम्भवत त्यो रूप यहाँ प्रयोग गर्छन् ।
'हे स्वर्गमा हुनुहुने हाम्रो पिता, तपाईंको नाउँ पवित्र होस् ।' (मत्ती ६ः९ख यूएलटी)
यो खण्ड येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थनाको खण्ड हो । परमेश्वर अधिकारमा रहनुभएको हुनाले केही संस्कारहरूमा "तिमी"को औपचारिक रूप प्रयोग गरिन्छ । केही संस्कारमा "तिमी"को अनौपचारिक रूप प्रयोग गरिन्छ किनभने परमेश्वर हाम्रो पिता हुनुहुन्छ ।
"तिमी"को औचारिक र अनौपचारिक रूप भएका भाषाहरूका अनुवादकहरूले उनीहरूको भाषामा "तिमी"को उपयुक्त रूप चुन्नको निम्ति दुई वक्ताहरू बिचको सम्बन्ध बुझ्नुपर्ने हुन्छ ।
१. वक्ताहरू बिचका सम्बन्दहरूलाई ध्यान दिनु ।
२. यदि तपाईंसँग भएको बाइबल "तिमी"को औपचारिक र अनौपचारिक रूप भएको भाषाको हो भने, यसले कुन रूप प्रयोग गर्छ सो हेर्नुहोस् । स्मरण रहोस्, त्यो भाषाका नियमहरू तपाईंको भाषाका नियमहरूभन्दा फरक हुन सक्छन् ।
अंग्रेजीमा "तिमी"को औपचारिक र अनौपचारिक रूपहरू छैन, त्यसैले अंग्रेजीमा "तिमी"को औपचारिक र अनौपचारिक रूपहरू प्रयोग गरेर कसरी अनुवाद गर्ने भनी हामीले देखाउन सक्दैनौँ । कृपया, माथि दिइएका उदाहरणहरू हेर्नुहोस् र छलफल गर्नुहोस् ।
बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो । यी भाषाहरूमा एक जनालाई जनाउँदा "तिमी"को रूप एकवचन र एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउदा बहुवचन हुन्छ । तर कहिलेकाहीँ बाइबलका वक्ताहरूले मानिसहरूका समूहसँग बोल्दा पनि "तिमी"को एकवचन रूप नै प्रयोग गरेका छन् । अङ्ग्रेजी बाइबल पढ्दा यो त्यति स्पष्ट देखिन्न किनकि अङ्ग्रेजीमा "तिमी" कहाँ एकवचन र कहाँ बहुवचन हुन्छ भनी देखाउन फरक-फरक रूप हुँदैन । तर फरक-फरक रूप भएका भाषामा बाइबल पढ्दा तपाईंले यसलाई स्पष्ट देख्न सक्नुहुन्छ ।
साथै पुरानो करारका वक्ता वा लेखकहरूले पनि बहुवचन सर्वनाम "तिनीहरू वा उनीहरू" भन्दा एकवचन सर्वनाम "तिनी वा उनी" प्रयोग गरेर नै प्रायः मानिसहरूको समूहलाई जनाएका छन् ।
अन्तमा, पुरानो करारका वक्ता र लेखकहरूले खास पूरा समूहले काम गर्दा र समूहको हिस्साको रूपमा काम गर्दा पनि यसलाई "म वा मैले" भनेर उल्लेख गर्छन् ।
१ “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई तिमीहरूका धर्मकार्य नगर । नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ । २ “यसकारण जब तिमी दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाऊ, जस्तो ढोंगीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन् । साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । (मत्ती ६:१-२ यूएलटी)
येशूले यो भिडलाई भन्नुभएको हो । पहिलो पदमा उहाँले "तिमी" को बहुवचन रूप प्रयोग गर्नुभयो र पद दुईको पहिलो वाक्यमा "तिमी" को एकवचन रूपको प्रयोग गर्नुभयो । त्यसपछि अन्तिम वाक्यमा फेरि बहुवचन रूप नै प्रयोग गर्नुभयो ।
यी सब कुरा परमेश्वरले भन्नुभयो: “म परमप्रभु तिम्रा परमेश्वर हुँ, जसले तिमीलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ । “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू ।” (प्रस्थान २०:१-३ यूएलटी)
यो परमेश्वरले इस्राएलका सबै मानिसहरूलाई भन्नुभएको हो । उहाँले तिनीहरू सबैलाई मिश्रबाट ल्याउनुभएको थियो र तिनीहरू सबैले उहाँको आज्ञा पालन गरून् भन्ने उहाँले चाहनुभयो, तर उहाँले तिनीहरूसँग कुरा गर्नुहुँदा यहाँ तिमीको एकवचन रूप प्रयोग गर्नुभयो ।
परमप्रभु यसो भन्नुहुन्छ, “एदोमका तीन पापहरू, अथवा चारै वटा पापहरूका निम्ति, म दण्डलाई हटाउने छैनँ । त्यसले त्यसको भाइलाई तरवारले खेदेको र कुनै दया नदेखाएको हुनाले उहाँको रिस निरन्तर दन्किरह्यो, र उहाँको क्रोध सदासर्वदा रहिरह्यो ।” (आमोस १:११ यूएलटी)
परमप्रभुले यी कुराहरू एउटा मानिसको बारे मात्र होइन, एदोम जातिको निम्ति भन्नुभएको हो ।
अनि म राति उठेँ र म आफैँ र मसँगै केही मानिसहरू पनि । म राति बेँसीबाट उक्लेर गइरहेको थिएँ र मैले पर्खाललाई उत्सुकतापूर्वक हेरिरहेको थिएँ । अनि म फर्कें र म बेँसीको प्रवेशद्वारबाट प्रवेश गरेँ र म फर्किआएँ । (नहेम्याह २ः१२क, १५ यूएलटी)
यरूशलेमको पर्खाल निरिक्षण गर्ने यात्रामा नहेम्याहले अरू मानिसहरूले ल्याएको कुरा प्रष्ट पार्छन् । तर तिनले उक्त यात्रालाई "मैले" यस्तो र उस्तो गरेँ भनी वर्णन गर्छन् ।
१. यदि मानिसहरूको समूहलाई जनाउदा एकवचन सर्वनाम प्रयोग स्वभाविक हुन्छ भने त्यसको प्रयोग गर्नुहोस् ।
१. यदि मानिसहरूको समूहलाई जनाउदा एकवचन सर्वनाम स्वभाविक हुँदैन भने वा यसले पाठकहरूलाई अन्योलमा पार्छ भने सर्वनामको बहुवचन रूप प्रयोग गर्नुहोस् ।
परमप्रभु यसो भन्नुहुन्छ, “एदोमका तीन पापहरू, अथवा चारै वटा पापहरूका कारण, म दण्ड हटाउने छैनँ, त्यसले आफ्नो भाइलाई तरवारले खेदेको, र कुनै दया नदेखाएको हुनाले उहाँको रिस निरन्तर दन्किरहेको र उहाँको क्रोध सदासर्वदा रहिरहनेछ ।" (आमोस १:११ यूएलटी)
परमप्रभु यसो भन्नुहुन्छ, “एदोमका तीन पापहरू, अथवा चारै वटा पापहरूका कारण, म दण्ड हटाउने छैनँ । तिनीहरूले तिनीहरूका भाइलाई तरवारले खेदेका, र कुनै दया नदेखाला हुनाले, तिनीहरूको रिस निरन्तर दन्किरहेको, र तिनीहरूको क्रोध सदासर्वदा रहिरहन्छ ।"
अनि म राति उठेँ र म आफैँ र मसँगै केही मानिसहरू पनि । म राति बेँसीबाट उक्लेर गइरहेको थिएँ र मैले पर्खाललाई उत्सुकतापूर्वक हेरिरहेको थिएँ । अनि म फर्कें र म बेँसीको प्रवेशद्वारबाट प्रवेश गरेँ र म फर्किआएँ । (नहेम्याह २ः१२क, १५ यूएलटी)
अनि म राति उठेँ र म आफैँ र मसँगै केही मानिसहरू पनि । हामी राति बेँसीबाट उक्लेर गइरहेको थियौँ र हामीले पर्खाललाई उत्सुकतापूर्वक हेरिरहेको थियौँ । अनि हामी फर्क्यौँ र हामी बेँसीको प्रवेशद्वारबाट प्रवेश गर्यौँ र हामी फर्किआयौँ ।
उही व्यक्तिले एउटा वाक्यमा दुई फरक-फरक भूमिका खेलेको देखाउने सबै भाषाका आ-आफ्नै तरिकाहरू हुन्छन् । अङ्ग्रेजी र नेपाली भाषामा यसको निम्ति निजवाचक सर्वनामहरूको प्रयोग गरिन्छ । यी सर्वनामहरूले वाक्यमा पहिले नै उल्लेख गरिएका व्यक्ति वा वस्तुलाई जनाउँछन् । नेपाली भाषामा निजवाचक सर्वनामहरू निम्न छन्ः मआफैँ, तिमीआफैँ, ऊआफैँ, तिनीआफैँ, त्योआफैँ, हामीआफैँ र तिनीहरूआफैँ । अरू भाषामा यसलाई व्यक्त गर्ने अरू नै शैलीहरू हुन सक्छन् ।
उही व्यक्ति वा वस्तुले एउटा वाक्यमा दुई फरक-फरक भूमिकाहरू खेलेको छ भन्ने देखाउन निजवाचक सर्वनामहरूको प्रयोग गरिन्छ ।
यदि मैले आफ्नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन । (यूहन्ना ५:३१ यूएलटी)
यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई** शुद्ध पार्न भनी निस्तार-चाडको आरम्भ हुन अघि यरूशलेममा गए । (यूहन्ना ११:५५ यूएलटी)
वाक्यमा एक व्यक्ति वा वस्तुलाई जोड दिन निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।
येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिइरहेका थिए । (यूहन्ना ४:२ यूएलटी)
त्यसैले येशू डुङ्गामा हुनुहुँदा उनीहरूले भिड़लाई छोडेर उहाँलाई उनीहरूसँगै लगे । उहाँको साथमा अरू डुङ्गाहरू पनि थिए । अनि त्यहाँ ठुलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, त्यसैले डुङ्गा पानीले भरिसकेको थियो । येशू आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाउनुभएको थियो । (मर्कूस ४:३६-३८ यूएलटी)
कुनै व्यक्तिले कुनै कुरा एकलै गरेको जनाउन निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।
तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि आफू एकलै डाँडामा जानुभयो । (यूहन्ना ६:१५ यूएलटी)
कोही व्यक्ति वा केही कुरा एकलै थियो भन्ने देखाउन निजवाचक सर्वनाम प्रयोग गरिन्छ ।
तिनले त्यहाँ मलमलका कपडाहरू र उहाँको शिरमा बाँधिएका कपडाहरू पडिरहेका देखे । यो मलमलका कपडाहरूसँग थिएन, तर आफैँ एक ठाउँमा पट्याएर राखिएको थियो । (यूहन्ना २०:६ख-७ यूएलटी)
यदि तपाईंको भाषामा निजवाचक सर्वनामको प्रयोग त्यही प्रयोजनको निम्ति गरिन्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि गरिन्न भने अन्य केही रणनीतिहरू तल दिइएका छन्ः
१. केही भाषाहरूमा क्रियापदको कर्म र कर्ता उही हो भन्ने देखाउन क्रियापदमा केही थपिन्छ । २. केही भाषाहरूमा वाक्यको कुनै विशेष ठाउँमा यसलाई उल्लेख गरेर कुनै व्यक्ति वा वस्तुलाई जोड दिन्छन् । ३. केही भाषाहरूमा त्यो शब्दमा कुनै कुरा जोडेर वा त्यसमा अर्को शब्द थपेर कुनै व्यक्ति वा वस्तुलाई जोड दिन्छन् । ४. केही भाषाहरूमा कुनै कुरा कुनै व्यक्तिले एकलै गरेको देखाउन "एकलै" शब्द प्रयोग गरिन्छ । ५. केही केही भाषाहरूमा कुनै थोक एकलै थियो भन्ने देखाउन त्यो कहाँ थियो भनेर बताइन्छ ।
१. केही भाषाहरूमा क्रियापदको कर्म र कर्ता उही भनी देखाउन क्रियापदलाई रूपान्तरण गर्छन् ।
यदि मैले आफ्नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन । (यूहन्ना ५:३१ यूएलटी) “यदि म स्वयम्ले गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन ।”
यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न निस्तार-चाडको आरम्भ हुनअघि नै यरूशलेम गए । (यूहन्ना ११:५५)
“यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना स्वयम् शुद्ध हुन निस्तार-चाडको आरम्भ हुनअघि यरूशलेम गए ।”
२. केही भाषाहरूमा वाक्यको कुनै विशेष ठाउँमा यसलाई उल्लेख गरेर कुनै व्यक्ति वा वस्तुलाई जोड दिन्छन् ।
उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो । (मत्ती ८:१७ यूएलटी)
उहाँ जसले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो । ”
उहाँ आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे । (यूहन्ना ४:२)
"येशू होइन तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे ।”
३. केही भाषाहरूमा त्यो शब्दमा कुनै कुरा जोडेर वा त्यसमा अर्को शब्द थपेर कुनै व्यक्ति वा वस्तुलाई जोड दिन्छन् ।
तर येशूले फिलिपलाई जाँच गर्न यो भन्नुभएको थियो, किनभने उहाँ आफैले जे गर्न लाग्नुभएको थियो, सो उहाँलाई थाहा थियो । (यूहन्ना ६:६)
४. केही भाषाहरूमा कुनै कुरा कुनै व्यक्तिले एकलै गरेको देखाउन "एकलै" शब्द प्रयोग गरिन्छ ।
तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि आफैँ डाँडामा जानुभयो । (यूहन्ना ६:१५)
“तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि आफू एकलै डाँडामा जानुभयो ।”
५. केही केही भाषाहरूमा कुनै थोक एकलै थियो भन्ने देखाउन त्यो कहाँ थियो भनेर बताइन्छ ।
तिनले त्यहाँ मलमलका कपडाहरू र उहाँको शिरमा बाँधिएका कपडाहरू पडिरहेका देखे । यो मलमलका कपडाहरूसँग थिएन, तर आफैँ एक ठाउँमा पट्याएर राखिएको थियो । (यूहन्ना २०:६ख-७ यूएलटी)
तिनले त्यहाँ मलमलका कपडाहरू र उहाँको शिरमा बाँधिएका कपडाहरू पडिरहेका देखे । यो मलमलका कपडाहरूसँग थिएन, तर यसको आफैँ ठाउँमा पट्याएर राखिएको थियो ।
जब हामी कुनै कुरा गर्छौं वा लेख्छौं, मानिसहरू र वस्तुहरूको नामलाई नदोहोर्याइ तिनलाई जनाउने सर्वनामहरू प्रयोग गर्छौं। सामान्यतया कसैलाई कथामा पहिलो पटक इङ्गित गर्नुपर्दा हामी वर्णनात्मक वाक्यांश वा नामको प्रयोग गर्दछौं। अर्को पटक साधारण संज्ञा वा नामद्वारा उक्त व्यक्तिलाई उल्लेख गर्न सक्छौं। त्यसपछि उसलाई सर्वनामले सम्बोधन गर्न सक्छौं, जबसम्म हाम्रा श्रोताहरूले सर्वनामले इङ्गित गरिएका मानिस वा वस्तुहरूलाई सजिलैसँग बुझ्न सक्छन् भन्ने हामीलाई लाग्छ तबसम्म सर्वनाम प्रयोग गर्न गर्छौं।
त्यहाँ एकजना फरिसी थिए जसको नाम निकोदेमस थियो, तिनी यहूदीहरूका महासभाका एक सदस्य थिए। यो मानिस येशूकहाँ आयो…येशूले उसलाई जवाफ दिनुभयो (यूहन्ना ३:१, २क, ३क यूएलटि)
यूहन्ना ३ मा, पहिलो पटक निकोदेमसलाई संज्ञा वाक्यांश र उनको नाम उल्लेख गरिएको छ। त्यसपछि उसलाई “यो मानिस” भन्ने संज्ञा दिइन्छ। त्यसपछि "उसलाई" सर्वनाम प्रयोग गरिन्छ।
सामान्य व्यक्ति र चीजहरूलाई इङ्गित गर्ने तरिकामा प्रत्येक भाषामा यसका नियम र अपवादहरू हुन्छन्।
तलको उदाहरण अध्यायको सुरूमा देखा पर्दछ। केही भाषाहरूमा सर्वनामले कसलाई संकेत गर्छ त्यो स्पष्ट हुन सक्दैन।
फेरि उहाँ सभाघरमा पस्नुभयो र त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो। उहाँले त्यसलाईशबाथ-दिनमा निको पार्नुहुन्छ कि भनेर। तिनीहरूले उहाँलाई हेरे। (मर्कूस ३:१-२ यूएलटि)
तलको उदाहरणमा दुई व्यक्तिको नाम पहिलो वाक्यमा राखि एको छ। यो दोस्रो वाक्यमा "ऊ" ले कसलाई संकेत गर्छ भन्ने कुरा स्पष्ट नहुन सक्छ।
केही दिन बितेपछि, फेस्तसलाई अभिवादन गर्न राजा अग्रिपास र बरनिकी कैसरियामा आइपुगे। तिनी त्यहाँ निकै दिन बसेपछि फेस्तसले पावलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे (प्ररित २५:१३-१४ यूएलटि)
येशू मत्तीको पुस्तकको प्रमूख पात्र हुनुहुन्छ, तर तलका पदहरूमा उनलाई चार पटक नामले उल्लेख गरिएको छ। यसलाई केही भाषाहरूका वक्ताले येशू प्रमूख पात्र हुनुहुन्न भनेर सोच्न सक्छन्। यो कथामा येशू नाम गरेको एक भन्दा बढी व्यक्तिहरू छन् भन्ने तिनीहरूलाई लाग्न सक्छ। त्यहाँ कुनै प्रकारको कुरालाई जोड दिएको नभएता पनि उहाँमा कुनै प्रकारको जोड दिइएको छ भन्ने लाग्न सक्छ।
त्यस समयमा येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँकाका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे तर फरिसीहरूले यो देखेर येशूलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्।"
तर येशूले तिनीहरूलाई भन्नुभयो, भयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ?"
त्यसपछि येशू त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो। (मत्ती १२:१-९ यूएलटि)
(१) यदि तपाईंका पाठकहरूलाई सर्वनामले कसलाई वा केलाई इङ्गित गर्छ भन्ने स्पष्ट हुँदैन भने संज्ञा वा नाम प्रयोग गर्नुहोस्।
(२) यदि कुनै संज्ञा वा नाम दोहोर्याउँदा प्रमूख पात्र प्रमूख पात्र होइन वा लेखकले त्यो नामको प्रयोग गरेर एकभन्दा बढी व्यक्तिको बारेमा कुरा गर्दैछ वा कसैलाई अनावश्यक जोड दिएको जस्तो लागेमा यसको सट्टा सर्वनामको प्रयोग गर्नुहोस्।
(१) यदि तपाईंका पाठकहरूलाई सर्वनामले कसलाई वा केलाई इङ्गित गर्छ भन्ने स्पष्ट हुँदैन भने संज्ञा वा नाम प्रयोग गर्नुहोस्।
- फेरि उहाँ सभाघरमा पस्नुभयो र त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो। उहाँले त्यसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनेर। तिनीहरूले उहाँलाई हेरे। (मर्कूस ३:१-२ यूएलटि)
- फेरि येशू सभाघरमा पस्नुभयो र त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो। उहाँले त्यो मानिसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनेर केही फरिसीहरूले येशूलाई हेरे।
(२) यदि कुनै संज्ञा वा नाम दोहोर्याउँदा प्रमूख पात्र प्रमूख पात्र होइन वा लेखकले त्यो नामको प्रयोग गरेर एकभन्दा बढी व्यक्तिको बारेमा कुरा गर्दैछ वा कसैलाई अनावश्यक जोड दिएको जस्तो लागेमा यसको सट्टा सर्वनामको प्रयोग गर्नुहोस्।
त्यस समयमा येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे तर फरिसीहरूले यो देखेर येशूलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्।"
तर येशूले तिनीहरूलाई भन्नुभयो, भयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ?" त्यसपछि येशू त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो। (मत्ति १२:१-३,९ यूएलटि)
यसलाई निम्न रूपमा अनुवाद गर्न सकिन्छ:
त्यस समयमा येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे तर फरिसीहरूले यो देखेर येशूलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्।"
तर येशूले तिनीहरूलाई भन्नुभयो, भयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ?" त्यसपछि येशू त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो।
म सिंह, अञ्जीरको रूख, पहाड, पूजाहारी, वा मन्दिर जस्ता शब्दहरूको कसरी अनुवाद गर्न सक्छु जब मेरो समाजमा भएका मानिसहरूले यी कुराहरू कहिल्यै देखेका छैनन् र हामीसँग तिनीहरूको लागि शब्द नै छैन ?
अज्ञात कुराहरू भनेका स्रोत खण्डमा आउने ती कुराहरू हुन् जुन तपाईंको समाजका मानिसहरूलाई ज्ञात छैन । अनुवादका शब्दहरूका पृष्ठहरूले र अनुवादका टिप्पणीहरूले ती के हुन् भनेर बुझ्नका लागि तपाईंलाई सहायता गर्न सक्छन् । तपाईंले तिनलाई बुझिसक्नुभएपछि, ती कुराहरूलाई जनाउनका लागि तपाईंले तरिकाहरू पत्ता लगाउनुपर्ने हुनेछ जसले गर्दा ती के हुन् भनेर तपाईंको अनुवाद पढ्ने मानिसहरूले बुझ्नेछन् ।
हामीसँग यहाँ पाँच रोटीहरू र दुई माछा छन् (मत्ती १४:१७ यूएलटी)
रोटी भनेको अन्नका दानाहरूलाई तेलमा मसिनो हुने गरेर पिसेर, र त्यसपछि मिश्रणलाई सुक्खा होउञ्जेल पकाएर बनाइएको एक प्रकारको खानेकुरा हो । (दानाहरू चाहिँ एक प्रकारको घाँसका बिउहरू हुन् ।) केही समाजहरूमा मानिसहरूसँग रोटी भन्ने नै हुँदैन वा त्यो के हो भनेर थाहा हुँदैन ।
अनुवादको विषय हुनुको कारण
म यरूशलेमलाई भत्केको थुप्रोमा, स्यालहरू लुक्ने ठाउँमा बदल्नेछु (यर्मिया ९:११ यूएलटी)
स्यालहरू कुकुर जस्तै जङ्गली पशुहरू हुन् जो संसारको केही भागहरूमा मात्रै बस्छन् । त्यसैले तिनका बारेमा धेरै ठाउँहरूमा जानिएको हुँदैन ।
झूटा अगमवक्ताहरूदेखि होशियार होओ, तिनीहरू जो भेडाको भेषमा आउँछन्, तर वास्तवमा भोकले खरिएका ब्वाँसाहरू हुन् । (मत्ती ७:१५ यूएलटी)
यदि अनुवाद पछि पढिने ठाउँमा ब्वाँसाहरू बस्दैनन् भने, पाठकहरूले चाल नपाउन सक्छन् कि ती हिंस्रक, कुकुर जस्तै देखिने जङ्गली पशुहरू हुन्, जसले भेडाहरूलाई आक्रमण गर्छन् र खान्छन् ।
तब तिनीहरूले येशूलाई मूर्र मिसिएको दाखमद्य दिने कोसिस गरे । तर उहाँले त्यो पिउन इन्कार गर्नुभयो । (मर्कुस १५:२३ यूएलटी)
मानिसहरूलाई मूर्र के हो र त्यो औषधीको रूपमा प्रयोग गरिन्थ्यो भनेर थाहा नहुन सक्छ ।
उहाँलाई जसले विशाल ज्योतिहरू बनाउनुभयो (भजनसङ्ग्रह १३६:७ यूएलटी)
केही भाषाहरूमा सूर्य र आगो जस्ता, प्रकाश दिने थोकहरूका लागि शब्दहरू त हुन्छन्, तर तिनीहरूसँग ज्योतिहरूका लागि मूलभूत शब्दहरू हुँदैनन् ।
तिमीहरूका पापहरू ... हिउँ जस्तै सेता हुनेछन् । (यशैया १:१८ यूएलटी)
संसारका धेरै भागका मानिसहरूले हिउँलाई देखेका छैनन्, तर तिनीहरूले तिनलाई चित्रहरूमा देखेका हुन सक्छन् ।
यहाँ केही तरिकाहरू छन् जसअनुसार तपाईंको भाषामा अज्ञात रहेको कुनै शब्दलाई तपाईंले अनुवाद गर्न सक्नुहुन्छः
१. एउटा वाक्यांशलाई प्रयोग गर्नुहोस् जसले अज्ञात कुरा के हो भनेर, वा अनुवाद भइरहेको पदको लागि त्यस अज्ञात कुराको बारेमा महत्त्वपूर्ण कुरा के छ भनेर वर्णन गर्छ । २. यदि तपाईंको भाषाबाटको केही समान कुरा राख्नाले कुनै ऐतिहासिक तथ्यलाई गलत तरिकाले प्रतिनिधित्व गर्दैन भने त्यसो गर्नुहोस् । ३. अर्को भाषाबाटको शब्दलाई सार्नुहोस्, र मानिसहरूलाई त्यो बुझ्नका लागि मदत गर्नलाई कुनै मूलभूत शब्द वा वर्णनात्मक वाक्यांश थप्नुहोस् । ४. मूलभूत अर्थ दिने कुनै शब्दलाई प्रयोग गर्नुहोस् । ५. बढी निर्दिष्ट अर्थ दिने कुनै शब्द वा वाक्यांशलाई प्रयोग गर्नुहोस् ।
१. एउटा वाक्यांशलाई प्रयोग गर्नुहोस् जसले अज्ञात कुरा के हो भनेर, वा अनुवाद भइरहेको पदको लागि त्यस अज्ञात कुराको बारेमा महत्त्वपूर्ण कुरा के छ भनेर वर्णन गर्छ ।
यहाँ “भोकले खरिएका ब्वाँसाहरू” चाहिँ एउटा अलङ्कार हो, त्यसैले यो अलङ्कार बुझ्नका लागि पाठकले जान्न जरुरी छ कि तिनीहरू भेडाहरूको लागि धेरै खतरनाक हुन्छन् । (यदि भेडाहरू पनि अज्ञात छन् भने, तब तपाईंले भेडाहरूलाई अनुवाद गर्नलाई पनि कुनै एउटा अनुवादका रणनीतिहरू प्रयोग गर्न जरुरी हुनेछ, वा अलङकारहरूको लागि भएको कुनै अनुवादको रणनीति प्रयोग गरेर, अलङ्कारलाई केही अरू कुरामा बदल्न आवश्यक पर्नेछ । हेर्नुहोस् अलङ्कारहरूको अनुवाद ।)
२. यदि तपाईंको भाषाबाटको केही समान कुरा राख्नाले कुनै ऐतिहासिक तथ्यलाई गलत तरिकाले प्रतिनिधित्व गर्दैन भने त्यसो गर्नुहोस् ।
३. अर्को भाषाबाटको शब्दलाई सार्नुहोस्, र मानिसहरूलाई त्यो बुझ्नका लागि मदत गर्नलाई कुनै मूलभूत शब्द वा वर्णनात्मक वाक्यांश थप्नुहोस् ।
४. मूलभूत अर्थ दिने कुनै शब्दलाई प्रयोग गर्नुहोस् ।
५. बढी निर्दिष्ट अर्थ दिने कुनै शब्द वा वाक्यांशलाई प्रयोग गर्नुहोस् ।
कहिलेकाहीँ बाइबलले ती कुराहरू समावेश गर्छ जुन तपाईंको संस्कृतिको हिस्सा हुँदैनन् र जसको लागि तपाईंको भाषामा शब्द नहुन सक्छ । यसले ती मानिसहरू र स्थानहरूलाई पनि समावेश गर्छ जसको लागि तपाईंको भाषामा नाउँहरू नहुन सक्छ ।
त्यसो हुँदा तपाईंले परिचित भाषामा बाइबलबाट शब्द "सापटी" लिन सक्नुहुन्छ र तपाईंले यसलाई आफ्नै भाषाको आफ्नै अनुवादमा प्रयोग गर्न् सक्नुहुन्छ । यसको अर्थ तपाईंले मूलभुत रूपमा त्यसलाई जुन भाषाबाट लिनुभएको उही नै हुन्छ । शब्दहरू “सापटी” कसरी लिने भनेर यस पृष्ठले बताउँछ । (तपाईंको भाषामा नभएका शब्दहरूलाई अनुवाद गर्ने अरू तरिकाहरू पनि छन् । हेर्नुहोस् अज्ञात कुराहरूको अनुवाद.)
उहाँले बाटो छेउमा एउटा अञ्जीरको रूख देख्नुभयो, उहाँ त्यतातिर जानुभयो । (मत्ती २१:१९ ULT)
यदि तपाईंको भाषा बोलिने क्षेत्रमा कुनै पनि अञ्जीरका रूखहरू छैनन् भने, यस किसिमको रूखको लागि तपाईंको भाषामा नाउँ नहुन सक्छ ।
उहाँको मास्तिर सराफहरू खड़ा थिए— प्रत्येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेको थिए, र दुई वटाले उडिरहेका थिए । (यशैया ६:२ ULT)
यस किसिमको प्राणीको लागि तपाईंको भाषामा नाउँ नभएको हुन सक्छ ।
एउटा ईश्वरवाणी मलाकीद्वारा इस्राएललाई परमप्रभुको वचन: 2“मैले तिमीहरूलाई प्रेम गरें,” परमप्रभु भन्नुहुन्छ। (मलाकी १:१ ULT)
मलाकी चाहिँ तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने नाउँ नहुन सक्छ ।
अर्को भाषाबाट शब्दहरू सापटी लिँदा सचेत हुनुपर्ने थुप्रै कुराहरू छन् ।
विभिन्न भाषाहरूले विभिन्न लिपीहरू प्रयोग गर्छन्, जस्तो कि हिब्रू, ग्रीक, ल्याटिन, सिरिल्लिक, देवनागरी, र कोरियन लिपीहरू । यी लिपीहरूले तिनीहरूको वर्णमालाहरू दर्शाउन विभिन्न आकारहरू प्रयोग गर्छन् ।
एउटै लिपीको प्रयोग गर्ने भाषाहरूले त्यस लिपीमा भएका अक्षरहरूलाई फरक किसिमले उच्चारण गर्न सक्छन् । उदाहरणको लागि, अङ्ग्रेजी बोल्ने मानिसहरूले “वाइ” अक्षरलाई उच्चारण गरेजस्तै गरी जर्मन बोल्ने मानिसहरूले “जे” अक्षरलाई उच्चारण गर्छन् ।
सबै भाषाहरूमा एउटै आवाजहरू वा आवाजहरूको संयोजनहरू हुँदैनन् । उदाहरणको लागि, धेरै भाषाहरूमा अङ्ग्रेजी शब्द “थिन्क”मा भएको “थ”को नरम आवाज हुँदैन, र केही भाषाहरूले “स्टप” शब्दमा भएको जस्तो “स्ट” भन्ने आवाजहरूको संयोजनबाट कुनै शब्दलाई सुरु गर्न सक्दैनन् ।
शब्द सापटी लिने थुप्रै तरिकाहरू छन् ।
१. यदि तपाईंले जुन भाषाबाट अनुवाद गरिरहनुभएको छ त्यसभन्दा भिन्नै लिपी तपाईंको भाषामा प्रयोग गरिन्छ भने, तपाईंले हरेक अक्षरको निम्ति तपाईंको भाषाको लिपीको सोही अक्षरलाई प्रतिस्थापन गर्न सक्नुहुन्छ । २. तपाईंले अर्को भाषाले त्यसको हिज्जे लेखेजस्तै गरेर लेख्न सक्नुहुन्छ, र ती अक्षरहरूलाई सामान्य रूपमा तपाईंको भाषामा जसरी उच्चारण गरिन्छ त्यसरी नै उच्चारण गर्न सक्नुहुन्छ । ३. अर्को भाषाले उच्चारण गरेजस्तै किसिमले तपाईंले पनि त्यो शब्दलाई उच्चारण गर्न सक्नुहुन्छ, र तपाईंको भाषाको नियमहरूसँग मिल्ने गरी हिज्जेलाई मिलाउन सक्नुहुन्छ ।
१. यदि तपाईंले जुन भाषाबाट अनुवाद गरिरहनुभएको छ त्यसभन्दा भिन्नै लिपी तपाईंको भाषामा प्रयोग गरिन्छ भने, तपाईंले हरेक अक्षरको निम्ति तपाईंको भाषाको लिपीको सोही अक्षरलाई प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
צְפַנְיָ֤ה - हिब्रू अक्षरहरूमा एउटा मानिसको नाउँ । > > “सपन्याह” - रोमन अक्षरहरूमा त्यही नाउँ ।
२. तपाईंले अर्को भाषाले त्यसको हिज्जे लेखेजस्तै गरेर लेख्न सक्नुहुन्छ, र ती अक्षरहरूलाई सामान्य रूपमा तपाईंको भाषामा जसरी उच्चारण गरिन्छ त्यसरी नै उच्चारण गर्न सक्नुहुन्छ ।
सपन्याह - यो एउटा मानिसको नाउँ हो । > > “Zephaniah” - यो अङ्ग्रेजीमा हिज्जे भएको नाउँ हो, तर तपाईंले यसलाई तपाईंको भाषाको नियमहरूअनुसार उच्चारण गर्न सक्नुहुन्छ ।
३. अर्को भाषाले उच्चारण गरेजस्तै किसिमले तपाईंले पनि त्यो शब्दलाई उच्चारण गर्न सक्नुहुन्छ, र तपाईंको भाषाको नियमहरूसँग मिल्ने गरी हिज्जेलाई मिलाउन सक्नुहुन्छ ।
सपन्याह - यदि तपाईंको भाषामा “जेट” छैन भने, तपाईंले “एस”लाई प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईंको लेखन प्रणालीले “पीएच”लाई प्रयोग गर्दैन भने, तपाईंले “एफ”लाई प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले “आइ”लाई कसरी उच्चारण गर्नहुन्छ त्यसैअनुसार तपाईंले “आइ” वा “एआइ” वा “एवाइ”संग मिल्ने गरी उल्लेख गर्न सक्नुहुन्छ ।
“सेफनिया”
“सेफनइया”
“सेफनाया”
बाइबलमा धेरै मानिसहरू, मानिसहरूका समूहहरू, र स्थानहरूका नाउँहरू छन्। यीमध्ये केही नाउँहरू अनौठा सुनिन सक्छन् र भन्न गाह्रो हुन सक्छ। कहिलेकाहीँ कुनै नाउँले के जनाउँछ भनेर पाठकहरूलाई थाहा नहुन सक्छ, अनि कहिलेकाहीँ कुनै नाउँको अर्थ के हुन्छ भनेर तिनीहरूले बुझ्न जरुरी हुन सक्छ। यी नाउँहरूलाई तपाईंले कसरी अनुवाद गर्न सक्नुहुन्छ भनेर र तिनको बारेमा मानिसहरूले के जान्न जरुरी हुन्छ भनेर तिनीहरूले बुझ्नलाई तपाईंले तिनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ भनेर देख्नमा यस पृष्ठले तपाईंलाई सहयोग गर्नेछ।
बाइबलमा भएका अधिकांश नाउँहरूको अर्थ हुन्छ। धेरैजसो समय, बाइबलमा भएका नाउँहरू सामान्य रूपमा मानिसहरू र ठाउँहरूको पहिचान गर्नका लागि नै हो जसलाई ती नाउँहरूले जनाउँछन्। तर कहिलेकाहीँ नाउँको अर्थ खास गरेर महत्त्वपूर्ण हुन्छ।
यो यिनै मल्कीसेदेक थिए, शालेमा राजा, सर्वोच्च परमेश्वरको पूजाहारी, जसले राजाहरूलाई मारेर फर्केका अब्राहामलाई भेटे र उनलाई आशिष् दिए। (हिब्रू ७:१ यूएलटी)
यहाँ लेखकले “मल्कीसेदेक” नाउँलाई मुख्य गरी त्यस नाउँ भएको मानिसलाई जनाउन प्रयोग गर्छन्, र “शालेमका राजा” भन्ने शीर्षकले हामीलाई भन्छ कि उनले कुनै एउटा सहरमाथि राज गर्थे।
उनको “मल्कीसेदेक” नाउँको अर्थ “धार्मिकताको राजा”, र साथै “शालेमको राजा” भन्ने हुन्छ, अर्थात्, “शान्तिको राजा।” (हिब्रू ७:२ख यूएलटी)
यहाँ लेखकले मल्कीसेदेकका नाउँ र शीर्षकका अर्थहरूलाई व्याख्या गर्छन्, किनभने ती कुराहरूले हामीलाई त्य व्यक्तिको बारेमा अझ बढी भन्छन्। अरू समयहरूमा, लेखकले कुनै नाउँको अर्थलाई व्याख्या गर्दैनन् किनभने पाठकले अघिबाटै अर्थ बुझेको उनले अपेक्षा गर्छन् । यदि खण्डलाई बुझ्नका लागि नाउँको अर्थ महत्त्वपूर्ण छ भने, तपाईंले अर्थलाई खण्डमा वा कुनै पादटिप्पणीमा राख्न सक्नुहुन्छ।
तिमीहरूले यर्दन तर्यौ अनि यरीहोमा आयौ। यरीहोका अनुवाहरूले अमोरीहरूका साथमा तिमीहरूको विरुद्धमा लडे। (यहोशू २४:११ यूएलटि)
पाठकहरूलाई थाहा नहुन सक्छ कि “यर्दन” एउटा नदीको नाउँ हो, “यरीहो” एउटा सहरको नाउँ हो, अनि “अमोरीहरू” मानिसहरूको एउटा समूहको नाउँ हो।
तिनले भनिन्, “के म साँच्चै अझै देख्दैछु, उहाँले मलाई देख्नुभएपछि पनि ?” त्यसैकारण त्यस इनारको नाउँ बेअरलहैरोइ राखियो; (उत्पत्ति १६:१३-१४ यूएलटि)
“बेअरलहैरोइ”को अर्थ “जीवित हुनुहुनेको इनार जसले मलाई देख्नुहुन्छ” हो भनेर पाठकहरूलाई थाहा भएन भने तिनीहरूले दोस्रो वाक्यलाई नबुझ्न सक्छन्।
तिनले उनलाई मोशा नाउँ दिइन् र भनिन्, “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ।” (प्रस्थाम २:११ यूएलटि)
हिब्रूमा मोशा नाउँ चाहिँ “बाहिर निकाल्नु” भन्ने हिब्रू शब्दहरू जस्तो सुनिन्छ भनेर पाठकहरूलाई थाहा भएन भने तिनले किन यसो भनिन् भनेर तिनीहरूले नबुझ्न सक्छन्।
शाऊल उनको मृत्युमा सहमत थिए। (प्रेरित ८:१क यूएलटि)
यसो हुन आयो कि आइकोनियममा पावल र बारनाबास सभाघरमा एकसाथ प्रवेश गरे। (प्रेरित १४:१ यूएलटि)
शाऊल र पावल नाउँहरूले एउटै व्यक्तिलाई जनाउँछन् भनेर पाठकहरूलाई थाहा नहुन सक्छ।
(१) यदि कुनै नाउँले कुन प्रकारको कुरालाई जनाउँछ भनेर पाठकहरूले सन्दर्भबाट सजिलैसँग बुझ्न सक्दैनन् भने, स्पष्ट बनाउनका लागि तपाईंले एउटा शब्द थप्न सक्नुहुन्छ।
(२) यदि कुनै नाउँको बारेमा के भनिएको छ भनेर बुझ्नका लागि पाठकहरूले त्यसको अर्थ बुझ्न आवश्यक हुन्छ भने, त्यो नाउँलाई सार्नुहोस् र कि त पाठ्यखण्डमा वा कुनै पादटिप्पणीमा त्यसको अर्थको बारेमा बताउनुहोस्।
(३) अथवा यदि कुनै नाउँको बारेमा के भनिएको छ भनेर बुझ्नका लागि पाठकहरूले त्यसको अर्थ बुझ्न आवश्यक हुन्छ भने, र त्यो नाउँ एकपटक मात्र प्रयोग गरिएको छ भने, त्यो नाउँलाई सार्नको साटोमा त्यसको अर्थलाई अनुवाद गर्नुहोस्।
(४) यदि कुनै व्यक्ति वा स्थानको दुईवटा भिन्न नाउँहरू छन् भने, अधिकांश समय एउटा नाउँलाई प्रयोग गर्नुहोस् र अर्को नाउँलाई तब मात्रै प्रयोग गर्नुहोस् जब पाठ्यखण्डले एउटाभन्दा बढी नाउँ भएको व्यक्ति वा स्थानको बारेमा बताउँछ अथवा जब त्यसले त्यो व्यक्ति वा स्थानलाई त्यो नाउँ किन दिइएको थियो भन्ने बारेमा केही कुरा बताउँछ। पाठ्यखण्डले कम प्रयोग भएको नाउँलाई प्रयोग गरेको समयमा पादटिप्पणी लेख्नुहोस्।
(५) अथवा यदि कुनै व्यक्ति वा स्थानको दुई फरक नाउँहरू छन् भने, स्रोत पाठ्यखण्डमा दिइएको कुनै पनि नाउँलाई प्रयोग गर्नुहोस्, र अर्को नाउँ दिने पादटिप्पणी थप्नुहोस्।
(१) यदि कुनै नाउँले कुन प्रकारको कुरालाई जनाउँछ भनेर पाठकहरूले सन्दर्भबाट सजिलैसँग बुझ्न सक्दैनन् भने, स्पष्ट बनाउनका लागि तपाईंले एउटा शब्द थप्न सक्नुहुन्छ।
(२) यदि कुनै नाउँको बारेमा के भनिएको छ भनेर बुझ्नका लागि पाठकहरूले त्यसको अर्थ बुझ्न आवश्यक हुन्छ भने, त्यो नाउँलाई सार्नुहोस् र कि त पाठ्यखण्डमा वा कुनै पादटिप्पणीमा त्यसको अर्थको बारेमा बताउनुहोस्।
(३) अथवा यदि कुनै नाउँको बारेमा के भनिएको छ भनेर बुझ्नका लागि पाठकहरूले त्यसको अर्थ बुझ्न आवश्यक हुन्छ भने, र त्यो नाउँ एकपटक मात्र प्रयोग गरिएको छ भने, त्यो नाउँलाई सार्नको साटोमा त्यसको अर्थलाई अनुवाद गर्नुहोस्।
(४) यदि कुनै व्यक्ति वा स्थानको दुईवटा भिन्न नाउँहरू छन् भने, अधिकांश समय एउटा नाउँलाई प्रयोग गर्नुहोस् र अर्को नाउँलाई तब मात्रै प्रयोग गर्नुहोस् जब पाठ्यखण्डले एउटाभन्दा बढी नाउँ भएको व्यक्ति वा स्थानको बारेमा बताउँछ अथवा जब त्यसले त्यो व्यक्ति वा स्थानलाई त्यो नाउँ किन दिइएको थियो भन्ने बारेमा केही कुरा बताउँछ। पाठ्यखण्डले कम प्रयोग भएको नाउँलाई प्रयोग गरेको समयमा पादटिप्पणी लेख्नुहोस्। उदाहरणको लागि, पावललाई प्रेरितहरू १३ भन्दा अगाडि “शाऊल” भनिएको छ र प्रेरितहरू १३ पछाडि “पावल” भनिएको छ। तपाईंले प्रेरितहरू १३:९ मा बाहेक, उनको नाउँलाई सबै समय “पावल” भनेर अनुवाद गर्न सक्नुहुन्छ, जहाँ उनको दुवै नाउँहरू भएको बारेमा बताइएको छ।
(५) अथवा यदि कुनै व्यक्ति वा स्थानको दुई फरक नाउँहरू छन् भने, स्रोत पाठ्यखण्डमा दिइएको कुनै पनि नाउँलाई प्रयोग गर्नुहोस्, र अर्को नाउँ दिने पादटिप्पणी थप्नुहोस्। उदाहरणको लागि, तपाईंले “शाऊल” भनेर लेख्न सक्नुहुन्छ जहाँ स्रोत पाठ्यखण्डमा “शाऊल” छ अनि “पावल” लेख्न सक्नुहुन्छ जहाँ स्रोत पाठ्यखण्डमा “पावल” छ।
अनुमानित ज्ञान भनेको वक्ताले बोल्नु अघि आफ्ना श्रोताहरूलाई थाहा पाएर उनीहरूलाई कुनै प्रकारको जानकारी दिनुहुन्छ भनेर अनुमान लगाउँछ। वक्ताले श्रोताहरूलाई यो जानकारी दिनुहुन्न किनभने उहाँ विश्वास गर्नुहुन्छ कि उनीहरूले यो पहिले नै थाहा पाएका छन्।
जब वक्ताले श्रोतालाई जानकारी दिन्छ, उसले त्यसो दुई तरिकामा गर्न सक्छ। वक्ताले स्पष्ट जानकारी दिन्छ जुन उसले प्रत्यक्ष रूपमा भनेको छ। निहित जानकारी भनेको वक्ताले सीधै नभनेको कुरा हो किनभने उसले आफ्ना श्रोताहरूलाई उसले भनेको अन्य कुराहरूबाट सिक्न सक्षम भएको आशा गर्दछ।
कसैसँग कुनै निर्दिष्ट जानकारी छ र त्यो मानिसहरूले जानून् वा त्यसको बारेमा सोचून् भन्ने चाहेर कसैले बोल्छ वा लेख्छ भने उसले त्यसलाई प्रत्यक्ष रूपमा व्यक्त गर्छ। यसैलाई प्रत्यक्ष जानकारी भनिन्छ।
व्यक्त गरिएको जानकारीलाई बुझ्नको लागि पाठक वा श्रोताहरूसँग केही पूर्व जानकारी छ भन्ने वक्ता वा लेखकलाई लाग्छ भने उसले त्यसलाई ती कुराहरूलाई व्यक्त गर्दैन किनकि त्यो उनीहरूलाई पहिले नै थाहा हुन्छ। यसलाई अन्तर्निहित ज्ञान भनिन्छ।
वक्ता वा लेखकले जुन कुरा पाठक वा श्रोताहरूले जानून् भन्ने चाहेको हुन्छ त्यो कुरा सधैं व्यक्त गर्दैन। आफूले व्यक्त नगरे पनि पाठक वा श्रोताहरूले जानून भन्ने आशा राखेको जानकारीलाई अप्रत्यक्ष जानकारी भनिन्छ।
प्रायः पाठकहरूले अप्रत्यक्ष जानकारी जानकारीलाई लेखकले प्रत्यक्ष रूपमा व्यक्त गरेको जानकारी प्रत्यक्ष जानकारीलाई आफूले पहिले नै जानकेो कुरासँग (अन्तर्निहित ज्ञान) सँग जोडेर बुझ्छन्।
तीनै किसिमका जानकारीहरू लेखकका सन्देशका भागहरू हुन्। तीमध्ये कुनै एक जानकारी छुट्यो भने पाठकले सन्देश बुझ्दैन। लक्षित भाषा स्रोत भाषाभन्दा फरक भएको र तिनका पाठकहरूको समय र ठाउँ पनि फरक भएको कारण सन्देशमा अन्तर्निहित ज्ञान वा अप्रत्यक्ष जानकारी छुटेको हुनसक्छ। बाइबलका मूल पाठकहरूले जानेको कुरा अहिलेका आधुनिक पाठकहरूले नजान्न सक्छन्। सन्देश बुझ्नको लागि यी कुराहरू पाठकहरूले जान्न आवश्यक छ भने उक्त जानकारीलाई पाठमा वा पादटिप्पणीमा व्यक्त गर्न सकिन्छ।
एक जना शास्त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म तपाईंलाई पछ्याउने छु। ”येशूले तिनलाई भन्नुभयो, “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।” (मत्ती ८:१९-२० यूएलटि)
येशूले स्याल र चराचुरुङ्गीहरूले दुला र गुँड केका लागि प्रयोग गर्छन् भन्नुभएन किनकि शास्त्रीलाई स्याल जमिनमा भएका दुलामा र चराचुरुङ्गीहरू गुँडमा सुत्छन् भन्ने कुरा थाहा थियो भन्ने येशूलाई लागेको थियो। यसलाई अन्तर्निहित ज्ञान भनिन्छ।
येशुले "म मानिसको पुत्र हुँ" भनेर प्रत्यक्ष रूपमा भन्नुभएन। यदि शास्त्रीलाई यो जानकारी पहिले नै थाहा थिएन भने यो जानकारी अप्रत्यक्ष जानकारी हो, र येशूले आफूलाई यसरी चिनाएको हुनाले तिनले पछि सिक्नेथिए। येशूले आफू यात्रा गरिरहने र रातमा सुत्ने घर नभएको कुरा पनि स्पष्ट बताउनुभएन। यो अप्रत्यक्ष जानकारी हो, येशूले शिर ढल्काउने ठाउँ छैन भनेको बाट पनि शास्त्रीले यो कुरा जान्ने थिए।
“धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्ने थिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढी सहनीय हुने छ। (मत्ती ११:२१, २२ यूएलटि)
आफूले कुरा गरिरहनुभएका मानिसहरूलाई टुरोस र सीदोन दुष्ट थिए र न्यायको दिनमा परमेश्वरले हरेक मानिसको न्याय गर्नुहुने छ भन्ने कुराको जानकारी थियो भन्ने येशूले ठान्नुभयो। आफूले कुरा गरिरहनुभएका मानिसहरू असल छन् र तिनीहरूले पश्चात्ताप गर्नुपर्दैन भन्ने कुरा पनि तिनीहरूले विश्वास गर्थे भन्ने येशूले ठान्नुभयो। येशूले ती कुराहरू तिनीहरूलाई बताउनु जरुरी थिएन। यसलाई अन्तर्निहित ज्ञान
आफूले कुरा गरिरहनुभएका मानिसहरूले पश्चात्ताप नगरेका हुनाले तिनीहरूको न्याय टुरोस र सीदोनको भन्दा कडा हुन्छ भन्ने कुरा यसमा भएको अप्रत्यक्ष जानकारी हो।
“तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्।” (मत्ती १५:२ यूएलटि)
पुर्खाहरूको परम्परामध्ये पवित्र हुनको निम्ति खाना खानु अघि संस्कारको रूपमा हात धुने परम्परा एक थियो। धार्मिक ठहरिनको निम्ति रहनको निम्ति पुर्खाहरूले चलाएको हात धुने परम्परा चलाउनुपर्छ भन्ने मानिसहरूलाई लाग्थ्यो। येशूसँग कुरा गरिरहेका फरिसीहरूले यो अन्तर्निहित ज्ञान ज्ञान उहाँलाई थाहा हुनुपर्थ्यो भन्ने आशा राखे। चेलाहरूले परम्परा नपछ्याएर आफूलाई धर्मी ठहराएनन् भन्ने दोष फरिसीहरूले लगाए। यसो भनेर तिनीहरूले यो अप्रत्यक्ष जानकारी दिन चाहे।
यदि पाठकहरूसँग सन्देश बुझ्नको निम्ति प्रयाप्त अन्तर्निहित ज्ञान र प्रत्यक्ष जानकारीको साथमा अप्रत्यक्ष जानकारी छ भने, उक्त जानकारीलाई व्यक्त नगरेर अप्रत्यक्ष जानकारीलाई स्पष्ट पार्नु जरूरी छैन। यदि यीमध्ये कुनै कुरा छुटेको कारण पाठकले सन्देश बुझ्न सक्दैनन् भने तल दिइएका रणनीतिहरू अपनाउनुहोस्ः
(१) यदि पाठकहरूसँग अन्तर्निहित ज्ञानको अभाव भएको कारण सन्देश बुझ्नलाई कठिन भयो भने त्यो ज्ञानलाई प्रत्यक्ष जानकारीको रूपमा प्रस्तुत गर्नुहोस्।
(२) पाठकसँग अप्रत्यक्ष जानकारीको अभाव भएर सन्देश बुझ्न कठिन भयो भने त्यो जानकारीलाई स्पष्ट रूपमा व्यक्त गर्नुहोस् तर यसो गर्दा मूल पाठकहरूको उक्त जानकारी निम्ति नयाँ लाग्ने गरी नगर्नुहोस्।
(१) यदि पाठकहरूसँग अन्तर्निहित ज्ञानको अभाव भएको कारण सन्देश बुझ्नलाई कठिन भयो भने त्यो ज्ञानलाई प्रत्यक्ष जानकारीको रूपमा प्रस्तुत गर्नुहोस् ।
- येशूले तिनलाई भन्नुभयो**, “**स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन।” (मत्ती ८:२० यूएलटि)
अनुमानित ज्ञान थियो कि स्यालहरू आफ्नो प्वालमा सुत्छन् र चराहरू आफ्नो गुँडमा सुत्छन्।
येशूले उसलाई भन्नुभयो, "फ्यालहरू बस्नको लागि प्वालहरू छन्, र आकाशका चराहरू बस्नको लागि गुँडहरू छन्, तर मानिसको पुत्रलाई आफ्नो टाउको राखेर सुत्ने ठाउँ छैन।"
न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत बढी सहनीय हुने छ। (मत्ती ११:२२ यूएलटि)
अनुमान गरिएको ज्ञान थियो कि टायर र सिडोनका मानिसहरू धेरै, धेरै दुष्ट थिए। यो स्पष्ट रूपमा भन्न सकिन्छ।
न्यायको दिनमा, टायर र सिदोनका ती सहरहरूका लागि, जसका मानिसहरू धेरै दुष्ट थिए, यो तिमीहरूको लागि भन्दा बढी सहन योग्य हुनेछ। वा न्यायको दिनमा, ती दुष्ट सहरहरू, टायर र सिदोनका लागि तिमीहरूका लागि भन्दा बढी सहन योग्य हुनेछ।
तपाईका चेलाहरूले किन ठूलाहरूको परम्परालाई उल्लङ्घन गर्छन्? किनकि तिनीहरूले रोटी खाँदा हात धुँदैनन्। (मत्ती १५:२ यूएलटि)
अनुमानित ज्ञान यो थियो कि एल्डरहरूको परम्पराहरू मध्ये एक एउटा समारोह थियो जसमा मानिसहरूले खाना खानु अघि धार्मिक रूपमा सफा हुनको लागि आफ्नो हात धुने थिए, जुन उनीहरूले धर्मी हुनको लागि गर्नुपर्छ। यो रोगबाट बच्नको लागि तिनीहरूको हातबाट कीटाणुहरू हटाउन थिएन, जुन आधुनिक पाठकले सोच्न सक्छ।
तपाईका चेलाहरूले किन ठूलाहरूको परम्परालाई उल्लङ्घन गर्छन्? किनकि तिनीहरूले रोटी खाँदा धार्मिकताको औपचारिक हात धुने अनुष्ठानमा जाँदैनन्।
(२) यदि पाठकहरूले सन्देश बुझ्न सक्दैनन् किनभने उनीहरूलाई निश्चित अन्तर्निहित जानकारी थाहा छैन भने, त्यस जानकारीलाई स्पष्ट रूपमा बताउनुहोस्, तर यो जानकारी मूल दर्शकहरूको लागि नयाँ थियो भनेर संकेत नगर्ने तरिकामा गर्ने प्रयास गर्नुहोस्।
तब एकजना शास्त्री उहाँकहाँ आएर भने, “गुरुज्यू, तपाईं जहाँ गए पनि म तपाईंलाई पछ्याउनेछु।” येशूले उसलाई भन्नुभयो, "फ्यालहरूका प्वालहरू छन्, र आकाशका चराहरूको गुँडहरू छन्, तर मानिसको पुत्रको टाउको राख्ने ठाउँ छैन।" (मत्ती ८:१९-२० यूएलटि)
निहित जानकारी यो हो कि येशू आफै मानिसको पुत्र हुनुहुन्छ। अर्को निहित जानकारी यो छ कि यदि शास्त्रीले येशूलाई पछ्याउन चाहन्थे भने, येशूले जस्तै उसले पनि घर बिना नै बस्नु पर्ने थियो।
येशूले उसलाई भन्नुभयो, "फ्यालहरूका प्वालहरू छन्, र आकाशका चराहरूको गुँडहरू छन्, तर म, मानिसको पुत्रको आराम गर्ने कुनै घर छैन। यदि तपाईं मलाई पछ्याउन चाहनुहुन्छ भने, तपाईं म जस्तै बाँच्नुहुनेछ।"
यो न्यायको दिनमा टायर र सिडोनको लागि तपाईलाई भन्दा बढी सहन योग्य हुनेछ (मत्ती ११:२२ यूएलटि)
निहित जानकारी यो हो कि परमेश्वरले मानिसहरूको न्याय गर्नुहुने मात्र होइन; उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ। यो स्पष्ट गर्न सकिन्छ।
न्यायको दिनमा, परमेश्वरले टुरोस र सिदोनलाई दण्ड दिनुहुनेछ, ती सहरहरू जसका मानिसहरू धेरै दुष्ट थिए, उहाँले तपाईंलाई सजाय दिनुहुने भन्दा कम कठोर रूपमा।
अथवाः
न्यायको दिनमा, परमेश्वरले तिमिहरूलाई टुरोस र सिदोन शहरहरू भन्दा धेरै कठोर सजाय दिनुहुनेछ, जहाँ मानिसहरू धेरै दुष्ट थिए।
आधुनिक पाठकहरूलाई बाइबलका मानिसहरू र यसलाई पहिलो पटक पढेका मानिसहरूलाई थाहा भएको केही कुराहरू थाहा नहुन सक्छ। यसले तिनीहरूलाई वक्ता वा लेखकले भनेको कुरा बुझ्न र वक्ताले निहित छोडेका कुराहरू सिक्न गाह्रो बनाउन सक्छ। अनुवादकहरूले अनुवादमा केही कुराहरू स्पष्ट रूपमा बताउन आवश्यक हुन सक्छ जुन मूल वक्ता वा लेखकले अव्यक्त वा निहित छोडेका थिए।
.
केही भाषाहरूमा स्वभाविक लागेका कुराहरू अर्को भाषामा अनुवाद गर्दा अनौठा लाग्छन् । एउटा भाषामा प्रत्यक्ष रूपमा व्यक्त गरिने कुरो अर्को भाषामा अप्रत्यक्ष रूपमा व्यक्त गरिनु यसो हुनुका कारणहरूमध्ये एक हो ।
स्रोत भाषाबाट सबै प्रत्यक्ष जानकारीहरूलाई लक्षित भाषामा अनुवाद गर्दा प्रत्यक्ष रूपमा नै गरियो भने यो विदेशी, अस्वभाविक तथा अवौद्धिक लाग्न सक्छ । यसको साटो त्यस्ता जानकारीहरूलाई लक्षित भाषामा अप्रत्यक्ष नै राख्नु उचित हुन्छ ।
अनि अबीमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे । जब त्यस किल्लालाई आगोले जलाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए, (न्यायकर्ताहरू ९:५२)
बाइबलीय हिब्रू भाषामा वाक्यहरू बिचको सम्बन्ध देखाउनको निम्ति वाक्यहरूको सुरुवात "र" जस्ता संयोजकबाट गर्नु सामान्य कुरा थियो । अङ्ग्रेजीमा यसको गर्नु व्याकरणीय दृष्टिकोणले ठिक होइन, यसले पाठकलाई थकित बनाउँछ र यसले लेखक अशिक्षित रहेको भान पार्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा वाक्यहरू बिचको सम्बन्धलाई अप्रत्यक्ष नै छोडेर संयोजकहरूलाई अनुवाद नगर्नु असल हुन्छ ।
हिब्रूमा केही कुरा आगोले जल्यो भन्नु सामान्य थियो । अङ्ग्रेजीमा आगो बल्ने क्रियामा नै समावेश भएको हुन्छ, त्यसैले दुबै विचारलाई प्रत्यक्ष रूपमा व्यक्त गरिरहनु जरुरत पर्दैन । केही कुरा जल्यो भन्दा पुग्छ र आगोलाई अप्रत्यक्ष नै राख्दा ठिक हुन्छ ।
कप्तानले जवाफ दिएर भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ...…” (मत्ती ८:८ )
बाइबलमा प्रयोग गरिएको भाषाहरूमा प्रत्यक्ष कथनमउ दुई क्रियापदको प्रयोग गर्नु सामान्य थियो । एउटा क्रियापदले संबोधनको ढाँचालाई र अर्को क्रियापदले वक्ता वा लेखकका शब्दहरूलाई जनाउँछ । अङ्ग्रेजीमा बोल्ने व्यक्तिले यसो गर्दैन, यसैले दुई क्रियापदहरूको प्रयोगले अलमलमा पार्छ । अङ्ग्रेजी बोल्नेका लागि जवाफ दिनु भन्ने शब्दहरू भित्र नै बोल्नु भन्ने कुरा समावेश भएको हुन्छ । अङ्ग्रेजीमा दुई क्रियापदहरूको प्रयोगले दुई फरक अभिव्यक्तिहरूलाई जनाउँछ । यसैले अङ्ग्रेजीमा एउटै मात्र क्रियापदको प्रयोग गर्नु उचित हुन्छ ।
१. स्रोत भाषाको प्रत्यक्ष जानकारी लक्षित भाषामा अनुवाद गर्दा स्वभाविक लाग्छ भने त्यसलाई प्रत्यक्ष जानकारीको रूपमा अनुवाद गर्नुहोस् । २. तर स्रोत भाषाको प्रत्यक्ष जानकारी लक्षित भाषामा अनुवाद गर्दा स्वभाविक लाग्दैन र अलमलमा पार्ने जस्तो लाग्छ भने प्रत्यक्ष जानकारीलाई अप्रत्यक्ष रूपमा व्यक्त गर्नुहोस् । पाठकले जानकारीलाई सन्दर्भको सहायतामा बुझ्न सक्ने अवस्था छ भने मात्र यसो गर्नुहोस् । Iपाठकलाई पाठको बारेमा प्रश्न गरेर यसको जाँच गर्न सक्नहुन्छ ।
१. स्रोत भाषाको प्रत्यक्ष जानकारी लक्षित भाषामा अनुवाद गर्दा स्वभाविक लाग्छ भने त्यसलाई प्रत्यक्ष जानकारीको रूपमा अनुवाद गर्नुहोस् ।
२. तर स्रोत भाषाको प्रत्यक्ष जानकारी लक्षित भाषामा अनुवाद गर्दा स्वभाविक लाग्दैन र अलमलमा पार्ने जस्तो लाग्छ भने प्रत्यक्ष जानकारीलाई अप्रत्यक्ष रूपमा व्यक्त गर्नुहोस् । पाठकले जानकारीलाई सन्दर्भको सहायतामा बुझ्न सक्ने अवस्था छ भने मात्र यसो गर्नुहोस् । Iपाठकलाई पाठको बारेमा प्रश्न गरेर यसको जाँच गर्न सक्नहुन्छ ।
अङ्ग्रेजीमा यस पदमा "अनि" शब्दको प्रयोगविना नै व्यक्त गरिएको कार्य अगिल्लो पदको कार्यपछि आएको हो भन्ने स्पष्ट छ, यसैले यसलाई हटाइएको छ । यसैगरी "आगोले" हटाइएको छ, किनकि "जलाउनु" शब्दले आगोलाई पनि अप्रत्यक्ष रूपमा व्यक्त गर्दछ । "जनाउनु" को वैकल्पिक अनुवाद "आगो लगाउनु" पनि हुन्छ । "आगो" र "जलाउनु" दुबै शब्दको प्रयोग गर्नु स्वभाविक होइन, यसैले अङ्ग्रेजी अनुवादकले कुनै एउटा शब्दको छनौट गर्नुपर्छ । पाठकले बुझे नबुझेको जान्नको लागि तिनीहरूलाई "ढोका केले जल्छ?" भनेर सोध्नुहोस् यदि आगोले भन्ने जवाफ आयो भने तिनीहरूले अप्रत्यक्ष जानकारी बुझे भन्ने अर्थ लाग्छ । वा, दोस्रो विकल्प छान्नुभयो भने "आगो लगाउँदा ढोकालाई के हुन्छ?" भनेर सोध्नुहोस् यदि जवाफ "जल्छ" भन्ने आयो भने तिनीहरूले अप्रत्यक्ष जानकारी बुझेका हुन्छन् ।
अङ्ग्रेजीमा कप्तानले जवाफ दिएर भने भन्ने जानकारी "जवाफ दिए" मा नै समावेश भएको हुन्छ, त्यसैले "भने" लाई अप्रत्यक्ष रूपमा नै राख्दा हुन्छ । पाठकले बुझे नबुझेको जाँच्न "कप्तानले कसरी जवाफ दिए?" भनेर सोध्नुहोस्, यदि जवाफ बोलेर भन्ने आयो भने उक्त अप्रत्यक्ष जानकारीलाई पाठकले बुझ्छन् ।
कहिलेकहीँ कल्पित ज्ञान वा अव्यक्त जानकारीलाई स्पष्ट रूपमा व्यक्त नगर्नु नै उत्तम हुन्छ । कहिले यसो नगर्ने भन्ने बारे यो पृष्ठले निर्देशन दिन्छ ।
खानेबाट खानेकुरो निस्क्यो, बलियोबाट गुलियो कुरो निस्क्यो । (न्यायकर्ताहरू १४:१४ यूएलटी )
यो अड्को थियो । शिमशोनले आफ्ना शत्रुहरूलाई जान्न कठिन होस् भन्ने उद्देश्यले नै यसलाई यसरी भनेका थिए । खाने र बलियो सिंह थियो अनि गुलियो कुरो मह थियो भनेर यसलाई स्पष्ट नबनाउनुहोस् ।
येशूले तिनीहरूलाई भन्नुभयो, "ध्यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो ।" तिनीहरूले आपसमा बहस गर्ने लागे, "हामीहरूले रोटी ल्याएनौं..." (मत्ती १६:६,७ यूएलटी )
यहाँको केही सम्भावित अव्यक्त जानकारी भनेको चेलाहरू फरिसी र सदुकीहरूको झुटो शिक्षाबाट होशियार हुनुपर्छ भन्ने हो । तर येशूका चेलाहरूले यसलाई बुझेनन् । येशूले वास्तविक खमिर र रोटीको बारेमा कुरा गरिरहनुभएको थियो भन्ने तिनीहरूले ठाने । यसैले यहाँ प्रयोग गरिएको "खमिर" ले झुटो शिक्षालाई जनाउँछ भनी स्पष्ट पार्नु उपयुक्त हुँदैन । येशूले मत्ती १६:११ मा नबताएसम्म चेलाहरूले यसको अर्थ बुझेनन् ।
“मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्दैनौ? फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो ।" तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्नुभएको रहेछ । (मत्ती १६:११-१२ यूएलटी)
आफूले रोटीको बारेमा बताएको होइन भनेर येशूले बताएपछि मात्र उहाँले झुटो शिक्षाको बारेमा कुरा गरिरहनुभएको रहेछ भन्ने कुरा तिनीहरूले महसुस गरे । यसकारण, मत्ती १६:६ मा भएको अव्यक्त जानकारीलाई स्पष्ट रूपमा उल्लेख गर्नु गलत हुन्छ ।
यस किसिमको खण्डलाई अझ स्पष्ट पार्न परिवर्तन नगर्न हामीले अनुवादकहरूलाई सुझाव दिएका हुनाले यस पृष्ठमा कुनै अनुवादका रणनीतिहरू छैनन् ।
यस किसिमको खण्डलाई अझ स्पष्ट पार्न परिवर्तन नगर्न हामीले अनुवादकहरूलाई सुझाव दिएका हुनाले, यस पृष्ठमा अनुवादका रणनीतिहरूको प्रयोग गरिएको छैन ।
दुरी वा लम्बाइको नापको निम्ति बाइबलमा मौलिक रूपमा प्रयोग गरिएका शब्दावलीहरू तल दिइएका छन् । यिनीहरूमध्ये धेरैजसो हात वा बाहुलीको आकारमा आधारित छन् ।
तलको तालिकामा दिइएको नापका मानहरू बाइबलको नापको ठ्याक्कै नाप नभई सो सरहका हुन् । बाइबलीय नाप सम्भवत समय र स्थानअनुसार फरक पर्न सक्थ्यो । तल दिइएका समतुल्यताहरू औसत नाप दिने एउटा प्रयास हो ।
मौलिक नाप | मेट्रिक नाप |
---|---|
हत्केला | ८ सेन्टिमिटर |
बित्ता | २३ सेन्टिमिटर |
हात | ४६ सेन्टिमिटर |
“लामो हात" | ५४ सेन्टिमिटर |
स्टेडिया | १८५ मिटर |
१. बाइबलका मानिसहरूले मिटर, लिटर, र किलोग्रामजस्ता आधुनिक नापहरू प्रयोग गरेनन् । मौलिकल नापहरूको प्रयोग गर्दा बाइबल मानिसहरूले ती नापहरू प्रयोग गर्ने समयमा धेरै वर्ष अगाडि लेखिएको थियो भन्ने कुरा पाठकहरूलाई बुझ्न मदत मिल्छ । २. आधुनिक नापको प्रयोगले पाठकहरूलाई पाठ्यांशलाई अझ स्पष्टसँग बुझ्नलाई सहायता गर्न सक्छ । ३. जुनसुकै नापको प्रयोग गरे तापनि पनि पादटिप्पणीमा वा पाठ्यांशमा अर्को मापन प्रणालीलाई उल्लेख गर्नु राम्रो हुन्छ । ४. यदि तपाईंले बाइबलीय नापहरूको प्रयोग गर्नुहुन्न भने पाठकहरूलाई ती नापहरू सही छन् भन्ने भान पर्ने प्रयात्न नगर्नुहोस् । उदाहरणको निम्ति, यदि तपाईंले एक हातलाई "४६" मिटर वा ४६ सेन्टिमिटर भनेर अनुवाद गर्नुभयो भने पाठकहरूले त्यो मापन सही हो भन्ने सोच्न सक्छन् । यसको साटोमा "आधा मिटर," "४५ सेन्टिमिटर," वा "५० सेन्टिमिटर," भन्नु ठिक हुन्छ । ५. कहिलेकाहीँ नाप ठ्याक्कै होइन भन्ने जनाउन "लगभग" शब्द प्रयोग गर्नु उचित हुन्छ । लूका २४ः१३ मा इम्माउस यरूशलेमबाट साठी स्टाडिया टाढा थियो भनिएको छ । यसलाई यरूशलेमबाट "लगभग दश किलोमिटर" टाढा थियो भनेर पनि अनुवाद गर्न सकिन्छ । ६. जब परमेश्वरले केही वस्तु कति लामो हुनुपर्छ भनी मानिसहरूलाई भन्नुहुन्छ, र जब सोहीअनुसारको लम्बाइअनुसारको वस्तु मानिसहरूले बनाउँछन्, त्यस्तो अवस्थामा "लगभग" शब्द प्रयोग गर्नु हुँदैन । त्यस्तो भयो भने कुनै वस्तु ठ्याक्कै कति लामो हुनुपर्छ भन्ने कुरा परमेश्वरले ध्यान दिनुहुन्न भन्ने कुराको प्रभाव मानिसहरूमा पर्न सक्छ ।
१. युएलटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहुोस् । मौलिक लेखकहरूले प्रयोग गरेका नापहरू यिनै किसिमका नापहरू हुन् । तिनीहरूको उच्चारण वा आवाज युएलटीमा भएको जस्तै गरी गर्नुहोस् । (हेर्नुहोस् शब्दहरूको नक्कल वा सापटी शब्दहरू)
२. युएसटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । युएसटीका अनुवादकहरूले मापन प्रणालीलाई कसरी दर्शाउने भनी पहिले नै विचार गरिसकेका छन्।
३. तपाईंको भाषामा पहिलेदेखि नै प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक नापको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ र हरेक नाप तय गर्नुपर्छ ।
४. युएलटीको नापहरू प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्ने नापलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
५. तपाईंका मानिसहरूले जानेका नापहरू प्रयोग गर्नुहोस् र युएलटीका नापहरूलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
तल दिईएको प्रस्थान २५:१० मा सबै रणनीतिहरू प्रयोग गरिएका छन् ।
**तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाउनुपर्छ । त्यसको लम्बाइ दुई हात आधा, चौडाइ एक हात आधा र उचाइ एक हात आधाको होस् । ** (प्रस्थान २५:१० यूएलटी)
१. युएलटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहुोस् । मौलिक लेखकहरूले प्रयोग गरेका नापहरू यिनै किसिमका नापहरू हुन् । तिनीहरूको उच्चारण वा आवाज युएलटीमा भएको जस्तै गरी गर्नुहोस् । (हेर्नुहोस् शब्दहरूको नक्कल वा सापटी शब्दहरू)
“तिनीहरू बबुल काठको एउटा सन्दूक बनाउनुपर्छ । यसको लम्बाइ दुई हात आधा हुनुपर्छ; यसको चौडाइ एक हात आधा हुनुपर्छ ; र यसक उचाइ एक हात आधाको हुनुपर्छ ।
२. युएसटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । युएसटीका अनुवादकहरूले मापन प्रणालीलाई कसरी दर्शाउने भनी पहिले नै विचार गरिसकेका छन्।
“तिनीहरू बबुल काठको एउटा सन्दूक बनाउनुपर्छ । यसको लम्बाइ एक मिटर हुनुपर्छ; यसको चौडाइ दुई तिहाइ मिटर हुनुपर्छ; र यसको उचाइ दुई तिहाइ मिटर हुनुपर्छ ।"
३. तपाईंको भाषामा पहिलेदेखि नै प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक नापतौलको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ र हरेक नाप तय गर्नुपर्छ । उदाहरणको लागि, यदि तपाईंले गुणस्तर मिटर लम्बाइ प्रयोग गर्नुहुन्छ भने, तपाईंले यसलाई निम्नानुसार अनुवाद गर्न सक्नुहुन्छ ।
“तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाउनुपर्छ । यसको लम्बाइ एक मिटर हुनुपर्छ; यसको चौडाइ दुई तिहाइ मिटर हुनुपर्छ; र यसको उचाइ दुई तिहाइ मिटर हुनुपर्छ ।"
४. युएलटीको नापहरू प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्ने मापनलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तल उल्लेख गरिएको कुराले दुवै मापन पाठ्यांशमा छन् भन्ने देखाउँछ ।
“तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाउनुपर्छ । यसको लम्बाइ साढे दुई हात (एक मिटर ) हुनुपर्छ; यसको चौडाइ एक हात आधा ( दुई तिहाइ मिटर) हुनुपर्छ; र यसको उचाइ एक हातआधा (दुई तिहाइ मिटर) हुनुपर्छ।"
५. तपाईंका मानिसहरूले जानेका नापहरू प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तल दिइएका कुराले यूएलटी नापहरू टिप्पणीहरूमा छन् भन्ने देखाउँछ ।
तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाउनुपर्छ । यसको लम्बाइ एक मिटर १हुनुपर्छ; यसको चौडाइ २दुई तिहाइ मिटर हुनुपर्छ; र यसको उचाइ दुई तिहाइ मिटर हुनुपर्छ ।"
पादटिप्णीहरू यस्ता देखिन्छन्ः
तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाउनुपर्छ । यसको लम्बाइ एक मिटर १हुनुपर्छ; यसको चौडाइ २दुई तिहाइ मिटर हुनुपर्छ; र यसको उचाइ दुई तिहाइ मिटर हुनुपर्छ ।"
पादटिप्णीहरू यस्ता देखिन्छन्ः
[1] दुई हात आधा [2] एक हात आधा
तलका शब्दावलीहरू एउटा भाँडामा कति अटाउँछ भनी उल्लेख गर्न बाइबलमा प्रयोग गरिएका आयतनका प्रचलित एकाइहरू हुन् । भाँडाहरू र नापहरू तरल (जस्तै दाखमद्य) र ठोस (जस्तै अन्न) दुबैलाई जनाउनको लागि प्रयोग गरिएका छन् । मापीय नाप बाइबलीय नापसँग ठ्याक्कै मेल खाँदैनन् । बाइबलीय नाप सम्भवतः समय र ठाउँअनुसार फरक-फरक थिए । तल दिइएका समतुल्य नापहरू औसत मापन प्रदान गर्ने प्रयत्न हो ।
प्रकार | मौलिक नाप | लिटर |
---|---|---|
सुख्खा | ओमर | २ लिटर |
सुख्खा | एफा | २२ लिटर |
सुख्खा | होमेर | २२० लिटर |
सुख्खा | कोर | २२० लिटर |
सुख्खा | सिआ | ७.७ लिटर |
सुख्खा | लेथेक | ११४.८ लिटर |
तरल | मेट्रिट | ४० लिटर |
तरल | बाथ | २२ लिटर |
तरल | हिन | ३.७ लिटर |
तरल | केब | १.२३ लिटर |
तरल | लग | ०.३१ लिटर |
१. युएलटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहुोस् । यी नापहरू र मौलिक लेखकहरूले प्रयोग गरेका नापहरू उही हुन् । तिनीहरूको हिज्जे युएलटीमा भएको जस्तै गरी उल्लेख गर्नुहोस् वा उच्चाचरण गर्नुहोस् । (शब्दहरूको नक्कल वा सापटी शब्दहरू हेर्नुहोस्)
२. युएसटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । युएसटीका अनुवादकहरूले मापन प्रणालीका मात्रालाई कसरी उल्लेख गर्ने भनी पहिले नै सोचिसकेका हुन्छन् ।
३. तपाईंको भाषामा प्रयोग गरिसकिएका नापहरू प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापन प्रणालीसँग सम्बन्धित तपाईंको नापहरू जान्नुपर्छ र हरेक नाप तय गर्नुपर्छ ।
४. युएलटीका नापहरू प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्ने नापलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
५. तपाईंका मानिसहरूले जानेका नापहरू प्रयोग गर्नुहोस् र युएलटीका नापहरूलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
सबै रणनीतिहरू यशैया ५:१० मा प्रयोग गरिएका छन् ।
दश हल गोरुले जोत्ने दाखबारीले एक बाथ दाखमद्य, र एक होमर बीउले एक एफा अन्न मात्र उब्जाउने छ ।” (यशैया ५:१० यूएलटी)
१. युएलटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहुोस् । यी नापहरू र मौलिक लेखकहरूले प्रयोग गरेका नापहरू उही हुन् । तिनीहरूको हिज्जे युएलटीमा भएको जस्तै गरी उल्लेख गर्नुहोस् वा उच्चाचरण गर्नुहोस् । (शब्दहरूको नक्कल वा सापटी शब्दहरू हेर्नुहोस्)
“दश हल गोरुले जोत्ने दाखबारीले एक बाथ दाखमद्य, र एक होमेर बीउले एक एफा अन्न मात्र उब्जाउने छ ।”
२. युएसटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । युएसटीका अनुवादकहरूले मापन प्रणालीका मात्रालाई कसरी उल्लेख गर्ने भनी पहिले नै सोचिसकेका हुन्छन् ।
“दश हल गोरुले जोत्ने दाखबारीले २२ लिटर दाखमद्य र २२० लिटर बीउले २२ लिटर अन्न मात्र उब्जाउने छ ।”
“दश हल गोरुले जोत्ने दाखबारीले २२ पाथी दाखमद्य र १० पाथी बीउले १ पाथी अन्न मात्र उब्जाउने छ ।”
३. तपाईंको भाषामा प्रयोग गरिसकिएका नापहरू प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापन प्रणालीसँग सम्बन्धित तपाईंको नापतौलहरू जान्नुपर्छ र हरेक नाप तय गर्नुपर्छ ।
“दश हल गोरुले जोत्ने दाखबारीले ६ ग्यालन दाखमद्य र साढे ६ बुसेल बीउले **२० क्वार्ट" अन्न मात्र उब्जाउने छ ।”
४. युएलटीका नापहरू प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्ने नापलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तल दिइएका पाठ्यंशले दुवै नापहरू भएको कुरा देखाउँछ ।
“दश हल गोरुले जोत्ने दाखबारीले १ बाथ (६ ग्यालन) दाखमद्य र १ होमर (साढे ६ बुसेल) बीउले १ एफा (२० क्वार्ट) अन्न मात्र उब्जाउने छ ।”
५. तपाईंका मानिसहरूले जानेका नापहरू प्रयोग गर्नुहोस् र युएलटीका नापहरूलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तलको पाठ्यांशले पादटिप्णीहरूमा उल्लेख गरिएका यूएलटी नापहरू देखाउँछ ।
“दश हल गोरुले जोत्ने दाखबारीले २२ लिटर१ दाखमद्य र २२० लिटर२ बीउले २२ लिटर३ अन्न मात्र उब्जाउने छ ।”
पादटिप्पणीमा यस्तो देखिन्छः
[१]एक बाथ [२]एक होमर [३]एक एफा
कहिलेकाहीँ हिब्रूले आयतनको कुनै खास एकाइ निर्दिष्ट गर्दैन तर अंक मात्र प्रयोग गर्छ । यी अवस्थाहरूमा, युएलटी र युएसटी लगायतका धेरै अङ्ग्रेजी संस्करणहरूले "नाप" शब्द थप्छन् ।
तिमीहरू २० मुरी अन्नको थुप्रोमा आउँदा १० मुरी मात्र पायौ र दाखमद्यको कोलबाट ५० लिटर निकाल्न आउँदा २० लिटर मात्र पायौ। (हाग्गै २:१६ यूएलटी)
१. एकाइविनाको अंक मात्र प्रयोग गरेर शब्दिक रूपमा अनुवाद गर्नुहोस् ।
२. "नाप" वा "मात्रा" वा "परिमाण" जस्ता सामान्य शब्द प्रयोग गर्नुहोस् ।
३. भाँडाको उपयुक्त नाम प्रयोग गर्नुहोस्, जस्तै अन्नको निम्ति "पाथी" वा दाखमद्यको निम्ति "माना" ।
४. तपाईंको अनुवादमा पहिलेदेखि नै तपाईंले प्रयोग गरिरहनुभएको नापको एकाइ प्रयोग गर्नुहोस् ।
हाग्गै २:१६ मा सबै रणनीतिहरू प्रयोग गरिएका छन् ।
तिमीहरू २० मुरी अन्नको थुप्रोमा आउँदा १० मुरी मात्र पायौ र दाखमद्यको कोलबाट ५० लिटर निकाल्न आउँदा २० लिटर मात्र पायौ। (हाग्गै २:१६ यूएलटी)
१. एकाइविनाको अंक मात्र प्रयोग गरेर शब्दिक रूपमा अनुवाद गर्नुहोस् ।
तिमीहरू २० अन्नको थुप्रोमा आउँदा १० मात्र पायौ र दाखमद्यको कोलबाट ५० निकाल्न आउँदा २० मात्र पायौ।
२. "नाप" वा "मात्रा" वा "परिमाण" जस्ता सामान्य शब्द प्रयोग गर्नुहोस् ।
तिमीहरू २० मात्रा अन्नको थुप्रोमा आउँदा १० मात्रा मात्र पायौ र दाखमद्यको कोलबाट ५० मात्रा निकाल्न आउँदा २० मात्रा मात्र पायौ।
३. भाँडाको उपयुक्त नाम प्रयोग गर्नुहोस्, जस्तै अन्नको निम्ति "पाथी" वा दाखमद्यको निम्ति "माना" ।
तिमीहरू २० पाथी अन्नको थुप्रोमा आउँदा १० पाथी मात्र पायौ र दाखमद्यको कोलबाट ५० माना निकाल्न आउँदा २० माना मात्र पायौ।
४. तपाईंको अनुवादमा पहिलेदेखि नै तपाईंले प्रयोग गरिरहनुभएको नापको एकाइ प्रयोग गर्नुहोस् ।
तिमीहरू २० मुरी अन्नको थुप्रोमा आउँदा १० मुरी मात्र पायौ र दाखमद्यको कोलबाट ५० लिटर निकाल्न आउँदा २० लिटर मात्र पायौ।
तल दिइएका शब्दावलीहरू बाइबलमा तौलको निम्ति प्रयोग गरिएका प्रचलित एकाइहरू हुन् । "शेकेल" को अर्थ "तौल" हुन्छ र अन्य धेरे तौलहरूलाई शेकेलको हिसाबमा उल्लेख गरिएका छन् । यिनीहरूमध्ये केही तौलहरू रुपियाँ पैसाको निम्ति पनि प्रयोग गरिएका छन् । तलको तालिकामा दिइएका मापन प्रणालीहरू बाइबलीय मापनसँग हुबहु मिल्दैनन् । बाइबलीय मापन समय र ठाउँअनुसार फरक फरक थिए । तल दिइएका समतुल्य मापनहरू औसत मापन प्रदान गर्ने प्रयास मात्र हुन् ।
मौलिक मापन | शेकेल | ग्राम | किलोग्राम |
---|---|---|---|
शेकेल | १ शेकेल | ११ ग्राम | - |
बेका | १/२ शेकेल | ५.७ ग्राम | - |
पिम | २/३ शेकेल | ७.६ ग्राम | - |
गेरा | १/२० शेकेल | ०.५७ ग्राम | - |
मिना | ५० शेकेल | ५५० ग्राम | १/२ किलोग्राम |
तोडा | ३,००० शेकेल | - | ३४ किलोग्राम |
१. बाइबलका समयका मानिसहरूले मिटर, लिटर, र किलोग्रामजस्ता आधुनिक नापहरू प्रयोग गरेनन् । मौलिक नापहरू प्रयोग गर्दा मानिसहरूले ती नापहरू प्रयोग गर्ने लामो समयअघि बाइबल लेखिएको थियो भन्ने बुझ्न पाठकहरूलाई सहायता गर्न सक्छ । २. आधुनिक नापको प्रयोगले पाठ अझ स्पष्टसँग बुझ्न पाठकहरूलाई सहायता पुर्याउन सक्छ । ३. जुनसुकै नाप प्रयोग गरे तापनि पनि सम्भव भएमा पादटिप्पणीमा वा पाठ्यांशमा अर्को किसिमको मापन प्रणालीलाई उल्लेख गर्नु राम्रो हुन्छ । ४. यदि तपाईंले बाइबलीय नापहरू प्रयोग गर्नुहुन्न भने पाठकहरूलाई ती नापहरू सही छन् भन्ने भान नपार्नुहोस् । उदाहरणको लागि, यदि तपाईंले १ गेरालाई ".५७ ग्राम" भनी अनुवाद गर्नुहुन्छ भने, पाठकहरूले हुबहु यही हो भन्ने सोच्न सक्छन् । ५. नाप हुबहु होइन भनी देखाउन कहिलेकाहीँ "लगभग" शब्द प्रयोग गर्नु उपयुक्त हुन सक्छ । उदाहरणको लागि, २ शमूएल २१ः१६ ले भन्छ, गोल्यतको भालाको तौल ३०० शेकेल थियो भनी बताउँछ । यसलाई "३३०० ग्रम" वा "३.३ किलोग्राम" भनी अनुवाद गर्नुभन्दा, यसलाई "लगभग साढे ३ किलो ग्राम" भनी अनुवाद गर्न सकिन्छ ।
६. परमेश्वरले मानिसहरूलाई कुनै चिज कति तौलने भनी बताउनुहुँदा र मानिसहरूले आज्ञा पालन गरेर ती तौलहरू प्रयोग गर्दा, "लगभग" भनेर अनुवाद नगर्नुहोस् । नत्र, उनीहरूले खास कति तौल लिनुपर्ने भन्ने कुराको परमेश्वरले पर्वाह गर्नुहुन्न भन्ने छाप यसले छोड्ने छ ।
१. यूएलटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहुोस् । यी नापहरू र मौलिक लेखकहरूले प्रयोग गरेका नापहरू उही किसिमका छन् । तिनीहरूको उच्चारण वा हिज्जे यूएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (शब्दहरूको नक्कल वा सापटी शब्दहरूहेर्नुहोस् )
२. यूएसटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । यूएसटीका अनुवादकहरूले मापन पद्धतिका मात्राहरूलाई कसरी उल्लेख गर्ने भनी पहिले नै तय गरकेा छन् ।
३. तपाईंको भाषामा पहिले नै प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंका नापहरू मापीय प्रणालीसँग कसरी सम्बन्धित छन् सो तपाईंले जान्नु र हरेक नाप तय गर्नुपर्छ ।
४. यूएलटीका नापहरू प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूलाई थाहा भएका नापलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
५. तपाईंका मानिसहरूलाई थाहा भएका नापहरू प्रयोग गर्नुहोस् र यूएलटीका नापहरूलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
प्रस्थान ३८:२९ मा सबै रणनीतिहरू प्रयोग गरिएको छन् ।
डोलाइने बलिको काँसो ७० तोडा र २,४०० शेकेलको थियो । (प्रस्थान ३८:२९ यूएलटी)
१. यूएलटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहुोस् । यी नापहरू र मौलिक लेखकहरूले प्रयोग गरेका नापहरू उही किसिमका छन् । तिनीहरूको उच्चारण वा हिज्जे यूएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (शब्दहरूको नक्कल वा सापटी शब्दहरूहेर्नुहोस् )
डोलाइने बलिको काँसो ७० तोडा र २,४०० शेकेलको थियो ।
२. यूएसटीमा प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । यूएसटीका अनुवादकहरूले नाप पद्धतिका मात्राहरूलाई कसरी उल्लेख गर्ने भनी पहिले नै तय गरकेा हुन्छन् ।
“डोलाइने बलिको काँसो २,४०० किलोग्राम थियो ।”
३. तपाईंको भाषामा पहिले नै प्रयोग गरिएका नापहरू प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंका नापहरू मापीय प्रणालीसँग कसरी सम्बन्धित छन् सो तपाईंले जान्नु र हरेक नाप तय गर्नुपर्छ ।
“डोलाइने बलिको काँसो ५,३०० पाउण्ड थियो ।”
४. यूएलटीका नापहरू प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूलाई थाहा भएका नापलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तलको खण्डले पाठ्यांशमा दुवै नापहरू छन् भन्ने देखाउँछ ।
“डोलाइने बलिको काँसो ७० तोडा (२,३८० किलोग्राम) र २,४०० शेकेल(२६.४ किलोग्राम) थियो ।”
५. तपाईंका मानिसहरूलाई थाहा भएका नापहरू प्रयोग गर्नुहोस् र यूएलटीका नापहरूलाई पाठ्यांश वा टिप्पणीमा उल्लेख गर्नुहोस् । यूएलटी नापहरू टिप्पणीहरूमा छन् भन्ने देखाउँछ ।
“डोलाइने बलिको काँसो ७० तोडा र २,४०० शेकेल थियो ।१"
[१] यसको जम्मा तौल २,४०० किलोग्राम थियो ।
पुरानो करारको समयमा सुन र चाँदी जस्ता उनीहरूका धातुहरूलाई तौलन्थे र कुनै कुरा किन्नको निम्ति त्यसको निश्चित तौल दिन्थे । पछि मानिसहरूले खास धातुको सर्वस्वीकृत मात्रा भएका सिक्काहरू बनाउन थाले । तीमध्ये एउटा डेरिक थियो । नयाँ करारको समयमा मानिसहरूले चाँदी र तामाका सिक्काहरूको प्रयोग गर्थे ।
तल दिइएका दुई वटा तालिकामा पुरानो करार र नयाँ करारमा केही प्रचलित रुपियाँ पैसाका एकाइहरू दिइएका छन् । पुरानो करारको एकाइको तालिकाले कस्तो किसिमको धातु प्रयोग गरिएको थियो र त्यसको तौल कति थियो भन्ने देखाउँछ । नयाँ करारको एकाइको तालिकाले कस्तो किसिमको धातु प्रयोग गरिएको थियो र दिनको ज्यालाको हिसाबले त्यसको मूल्य कति थियो भनी देखाउँछ ।
पुरानो करारको एकाइ | धातु | तौल |
---|---|---|
डेरिक | सुनको सिक्का | ८.४ ग्राम |
शेकेल | विभिन्न किसिमका धातुहरू | ११ ग्राम |
तोडा | विभिन्न किसिमका धातुहरू | ३३ किलोग्राम |
नयाँ करारको एकाइ | धातु | १ दिनको ज्याला |
---|---|---|
दिनार/दिनारी | चाँदीको सिक्का | १ दिन |
ड्रेक्मा | चाँदीको सिक्का | १ दिन |
माइट | तामाको सिक्का | १/६४ दिन |
शेकेल | चाँदीको सिक्का | ४ दिनहरू |
तोडा | चाँदी | ६,००० दिनहरू |
आधुनिक रुपियाँ पैसाको मूल्य प्रयोग नगर्नुहोस् किनकि यिनीहरूको मूल्य वर्ष-वर्षमा बदलिरहन्छन् । यिनीहरूको प्रयोग गर्नाले बाइबलको अनुवादलाई पुरानो र गलत तुल्याउँछ ।
पुरानो करारको रुपियाँ पैसाको मूल्य त्यसको तौलमा आधारित थियो । त्यसैले पुरानो करारका तौलहरू अनुवाद गर्दा बाइबलीय तौल हेर्नु होला । नयाँ करारको रुपियाँ पैसाको मूल्यलाई अनुवाद गर्ने रणनीतिहरू तल दिइएको छन् ।
१. बाइबलको शब्द प्रयोग गर्नुहोस् र यसको उच्चारणसँग मिल्ने किसिमले हिज्जे पनि उल्लेख गर्नुहोस् । (शब्दहरूको नक्कल वा सापटी हेर्नुहोस्)
२. यो कस्तो किसिमको धातुले बनेको थियो र कति वटा सिक्काहरू प्रयोग गरिएका थिए त्यसको हिसाबले रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।
३. बाइबलको समयका मानिसहरूले एक दिन काम गर्दा आर्जन गर्न सक्ने ज्यालाको हिसाबमा रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।
४. बाइबलका शब्दहरू प्रयोग गर्नुहोस् र पाठ्यांश वा पादटिप्पणीमा सो सरहको परिमाण दिनुहोस् ।
५. बाइबलको शब्द प्रयोग गर्नुहोस् र पादटिप्पणीमा त्यसको व्याख्या गर्नुहोस् ।
अनुवादका रणनीतिहरूलाई लूका ७:४१ मा प्रयोग गरिएको छ ।
१. बाइबलको शब्द प्रयोग गर्नुहोस् र यसको उच्चारणसँग मिल्ने किसिमले हिज्जे पनि उल्लेख गर्नुहोस् । (शब्दहरूको नक्कल वा सापटी शब्दहरू हेर्नुहोस्)
“एउटाले ५०० दिनारी र अर्काले ५० दिनारी ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)
२. यो कस्तो किसिमको धातुले बनेको थियो र कति वटा सिक्काहरू प्रयोग गरिएका थिए त्यसको हिसाबले रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।
“एउटाले ५०० चाँदीको सिक्का र अर्काले ५० चाँदीको सिक्का ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)
३. बाइबलको समयका मानिसहरूले एक दिन काम गर्दा आर्जन गर्न सक्ने ज्यालाको हिसाबमा रुपियाँ पैसाको मूल्य बताउनुहोस् ।
“एउटाले ५०० दिनको ज्याला र अर्काले ५० दिनको ज्याला ऋण लिएका थिए ।”
४. बाइबलका शब्दहरू प्रयोग गर्नुहोस् र पाठ्यांश वा पादटिप्पणीमा सो सरहको परिमाण दिनुहोस् ।
“एउटाले ५०० दिनारी१ र अर्काले ५० दिनारी२ ऋण लिएका थिए । “
पादटिप्पणी यस्तो देखिन्छः
[१] ५०० दिनको ज्याला [२] ५० दिनको ज्याला
५. बाइबलको शब्द प्रयोग गर्नुहोस् र पादटिप्पणीमा त्यसको व्याख्या गर्नुहोस् ।
“एउटाले ५०० दिनारी१ र अर्काले ५० दिनारी ऋण लिएका थिए ।” (लूका ७:४१ यूएलटी)
[१] एक दिनार एक जना मानिसले एक दिनमा कमाउने चाँदीको मात्रा थियो ।
बाइबलमा प्रयोग गरिएको हिब्रू पात्रोमा बाह्र महिनाहरू छन् । पश्चिमी पात्रो जस्तो नभएर, यसको पहिलो महिना उत्तरी गोलार्द्धको वसन्तमा सुरु हुन्छ । कहिलेकाहीँ महिनालाई त्यसको नाउँद्वारा (आबीब, जीभ, सिभान) बोलाइन्छ, र कहिलेकाहीँ त्यसलाई हिब्रू पात्रोमा आउने क्रम सङ्ख्याद्वारा बोलाइन्छ (पहिलो महिना, दोस्रो महिना, तेस्रो महिना) ।
यो हिब्रू महिनाहरूको सूची हो जसलाई तिनीहरूको बारेमा भएको जानकारीसहित दिइएको छ जुन चाहिँ अनुवादमा सहयोगी हुन सक्छ ।
अबीब - (बेबिलोनमा निर्वासनपछि यस महिनालाई निसान भनिन्छ ।) यो हिब्रू पात्रोको पहिलो महिना हो । परमेश्वरले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याउनुहुँदाको समयलाई यसले अङ्कित गर्छ । यो वसन्त ऋृतुको सुरुवातमा पर्छ जब आखिरीको पानी पर्छ र मानिसहरूले तिनीहरूको बालीको कटनी गर्न थाल्छन् । यो पश्चिमी पात्रोहरूमा मार्चको अन्तिम भाग र अप्रिलको पहिलो भागको अवधिमा पर्छ । निस्तार चाडको उत्सव आबीब १० गते सुरु भएको थियो, अखमिरे रोटीको चाड ठीक त्यसपछि थियो, र कटनीको चाड त्यसको केही हप्तापछाडि थियो ।
जीभ - यो हिब्रू पात्रोको दोस्रो महिना हो । यो कटनीको समयमा पर्छ । यो पश्चिमी पात्रोहरूमा अप्रिलको अन्तिम भाग र मे महिनाको पहिलो भागको अवधिमा पर्छ ।
सिभान - यो हिब्रू पात्रोको तेस्रो महिना हो । यो कटनीको समयको अन्तिममा र सुक्खा मौसमको सुरुमा पर्छ । यो पश्चिमी पात्रोहरूमा मे महिनाको अन्तिम भाग र जुन महिनाको पहिलो भागमा पर्छ । साताहरूको चाडलाई सिभान ६ गते मनाइन्छ ।
** तम्मुज** - यो हिब्रू पात्रोको चौथो महिना हो । यो सुक्खा मौसममा पर्छ । यो पश्चिमी पात्रोहरूमा जुन महिनाको अन्तिम भाग र जुलाई महिनाको पहिलो भागमा पर्छ ।
एबि - यो हिब्रू पात्रोको पाँचौँ महिना हो । यो सुक्खा मौसममा पर्छ । यो पश्चिमी पात्रोहरूमा जुलाई महिनाको अन्तिम भाग र अगस्ट महिनाको पहिलो भागमा पर्छ ।
इलुल - यो हिब्रू पात्रोको छैटौँ महिना हो । यो सुक्खा मौसमको अन्त्यतिर र वर्षा हुने मौसमको सुरुतिर पर्छ । यो पश्चिमी पात्रोहरूमा अगस्ट महिनाको अन्तिम भाग र सेप्टेम्बर महिनाको पहिलो भागमा पर्छ ।
इथानिम - यो हिब्रू पात्रोको सातौँ महिना हो । यो वर्षा हुने मौसमको सुरुको समयतिर पर्छ जब वर्षाले जमिनलाई रोप्नका लागि नरम बनाइदिन्छ । यो पश्चिमी पात्रोहरूमा सेप्टेम्बर महिनाको अन्तिम भाग र अक्टुबर महिनाको पहिलो भागमा पर्छ । अन्न भित्र्याउने चाड र प्रायश्चितको दिन यही महिनामा मनाइन्छ ।
बुल - यो हिब्रू पात्रोको आठौँ महिना हो । यो वर्षाको मौसमको समयमा पर्छ जब मानिसहरूले तिनीहरूको खेतहरू जोत्छन् र बिउ छर्छन् । यो पश्चिमी पात्रोहरूमा अक्टुबर महिनाको अन्तिम भाग र नोभेम्बर महिनाको पहिलो भागमा पर्छ ।
किस्लेभ - यो हिब्रू पात्रोको नवौँ महिना हो । यो बिउ छर्ने मौसमको अन्त्यतिर र जाडो मौसमको सुरुतिर पर्छ । यो पश्चिमी पात्रोहरूमा नोभेम्बर महिनाको अन्तिम भाग र डिसेम्बर महिनाको पहिलो भागमा पर्छ ।
तेबेत - यो हिब्रू पात्रोको दशौँ महिना हो । यो जाडो मौसममा पर्छ जब पानी र हिउँ पर्न सक्छ । यो पश्चिमी पात्रोहरूमा डिसेम्बर महिनाको अन्तिम भाग र जेनेवरी महिनाको पहिलो भागमा पर्छ ।
सेबात - यो हिब्रू पात्रोको एघारौँ महिना हो । यो सालको सबैभन्दा बढी जाडो हुने महिना हो, र यो महिनामा मुसलधारे पानी पर्छ । यो पश्चिमी पात्रोहरूमा जेनेवरी महिनाको अन्तिम भाग र फेब्रुअरी महिनाको पहिलो भागमा पर्छ ।
अदर - यो हिब्रू पात्रोको बाह्रौँ र अन्तिम महिना हो । यो जाडो मौसमको समयमा पर्छ । यो पश्चिमी पात्रोहरूमा फेब्रुअरी महिनाको अन्तिम भाग र मार्च महिनाको पहिलो भागमा पर्छ । प्युरीम भनिने चाड अदरमा मनाइन्छ ।
तिमीहरू यस दिन मिश्रबाट बाहिर गइरहेका छौ, आबीबको महिनामा । (प्रस्थान १३:४ यूएलटी)
तिमीहरूले सालको पहिलो महिनामा चौधौँ दिनको साँझपखको समयदेखि त्यस महिनाको एक्काइसौँ दिनको साँझपखको समयसम्म अखमिरे रोटी खानुपर्छ । (प्रस्थान १२:१८ यूएलटी)
तपाईंले महिनाहरूका बारेमा भएको केही जानकारीलाई स्पष्ट बनाउनुपर्ने हुन सक्छ । (हेर्नुहोस् अनुमानित ज्ञान र अन्तर्निहित जानकारी)
१. हिब्रू महिनाको सङ्ख्या भन्नुहोस् । २. मानिसहरूलाई थाहा भएका महिनाहरूको प्रयोग गर्नुहोस् । ३. कुनै महिना कुन मौसममा परेको हो भनेर प्रस्टसँग भन्नुहोस् । ४. समयलाई महिनामा भन्दा पनि मौसमहरूमा जनाउनुहोस् । (यदि सम्भव हुन्छ भने, हिब्रू महिना र दिन देखाउनलाई पादटिप्पणीको प्रयोग गर्नुहोस् ।)
तल दिइएको उदाहरणहरूले यी दुई पदहरूको प्रयोग गर्छ ।
१. हिब्रू महिनाको सङ्ख्या भन्नुहोस् ।
२. मानिसहरूलाई थाहा भएका महिनाहरूको प्रयोग गर्नुहोस् ।
३. कुनै महिना कुन मौसममा परेको हो भनेर प्रस्टसँग भन्नुहोस् ।
४. समयलाई महिनामा भन्दा पनि मौसमहरूमा जनाउनुहोस् ।
बाइबलमा थुप्रै सङ्ख्याहरू छन् । तिनीहरूलाई शब्दहरूमा लेख्न सकिन्छ, जस्तो कि, “पाँच” वा अङ्कमा, जस्तो कि, “५ ।” केही सङ्ख्याहरू धेरै ठूला छन्, जस्तो कि “दुई सय” (२००), “बाइस हजार” (२२,०००), वा “दश करोड” (१०,००,००,००० ।) केही भाषाहरूमा यी सबै सङ्ख्याहरूको लागि शब्दहरू नै हुँदैनन् । अनुवादकहरूले सङ्ख्याहरूलाई कसरी अनुवाद गर्ने र तिनीहरूलाई शब्दहरूमा लेख्ने वा अङ्कमा लेख्ने भनेर निधो गर्न जरुरी हुन्छ ।
केही सङ्ख्याहरू ठ्याक्कै त्यही हुन्छन् भने केहीलाई नजिकको पूर्ण सङ्ख्यामा मिलाएर राखिएको हुन्छ ।
अब्राम छयासी वर्षका थिए जब हागारले अब्रामको लागि इश्माएललाई जन्माइन् । (उत्पत्ति १६:१६ यूएलटी)
छयासी (८६) ठ्याक्कै त्यति नै रहेको सङ्ख्या हो ।
त्यस दिन मानिसहरूमध्येमा करिब तीन हजार पुरुषहरू मरे । (प्रस्थान ३२:2२८ यूएलटी)
यहाँ तीन हजार नजिकको पूर्ण सङ्ख्या हो । त्योभन्दा केही बढी पनि हुन सक्छ वा त्योभन्दा केही कम पनि हुन सक्छ । “करिब” शब्दले देखाउँछ कि त्यो ठ्याक्कै त्यति नै रहेको सङ्ख्या होइन ।
अनुवादको विषय हुनुको कारण: केही भाषाहरूमा यीमध्ये केही सङ्ख्याहरूका लागि शब्दहरू नै हुँदैनन् ।
जब येरेदको उमेर १६२ वर्षको भएको थियो, उनी हनोकका पिता भए । उनी हनोकका पिता भएपछि, येरेद आठ सय वर्षसम्म बाँचे । उनी थप छोराहरू र छोराहरूका पिता भए । येरेद ९६२ वर्षसम्म बाँचे, अनि तिनी मरे । (उत्पत्ति ५:१८-२० यूएलटी)
१६२, आठ सय, र ९६२ भन्ने सङ्ख्याहरू ठ्याक्कै भनिएका सङ्ख्याहरू हुन् र सम्भव भएसम्म ती सङ्ख्याहरूसँग नजिकैको केही कुराले अनुवाद गरिनुपर्छ ।
हाम्री बहिनी, तिमी हजारौँ दश हजारका आमा होऊ (उत्पत्ति २४:६० यूएलटी)
यो नजिकैको पूर्ण सङ्ख्या मिलाएर राखिएको सङ्ख्या हो । तिनले कति धेरै सन्तान पाउनुपर्ने हो भनेर यसले बताउँदैन, तर त्यो तिनीहरूको ठूलो सङ्ख्या थियो ।
१. सङ्ख्याहरूलाई अङ्कहरूको प्रयोग गरेर लेख्नुहोस् । २. सङ्ख्याहरूलाई तपाईंको भाषाका शब्दहरूलाई प्रयोग गरेर वा ती सङ्ख्याहरूका लागि भएका गेटवे भाषाका शब्दहरूलाई प्रयोग गरेर लेख्नुहोस् । ३. सङ्ख्याहरूलाई शब्दहरूको प्रयोग गरेर लेख्नुहोस्, र तिनको पछाडि अङ्कहरूलाई कोष्ठकहरूमा राख्नुहोस् । ४. ठूला सङ्ख्याहरूको लागि शब्दहरूको संयोजन गर्नुहोस् । ५. नजिकैको पूर्ण सङ्ख्यामा मिलाएर राखिएका ठूला सङ्ख्याहरूको लागि सामान्य अभिव्यक्तिको प्रयोग गर्नुहोस् र अङ्कलाई पछि कोष्ठकहरूमा लेख्नुहोस् ।
हाम्रा उदाहरणहरूमा हामी निम्न पदलाई प्रयोग गर्नेछौँः
अब हेर्, धेरै प्रयत्न गरेर मैले यहवेको घरको लागि १,००,००० ट्यालेन्ट सुन, दश लाख ट्यालेन्ट चाँदी, अनि ठूला परिमाणहरूमा काँसा र फलाम तयार पारेको छु । (१ इतिहास २२:१४ यूएलटी) सङ्ख्याहरूलाई अङ्कहरूको प्रयोग गरेर लेख्नुहोस् ।
१. सङ्ख्याहरूलाई तपाईंको भाषाका शब्दहरूलाई प्रयोग गरेर वा ती सङ्ख्याहरूका लागि भएका गेटवे भाषाका शब्दहरूलाई प्रयोग गरेर लेख्नुहोस् ।
२. सङ्ख्याहरूलाई शब्दहरूको प्रयोग गरेर लेख्नुहोस्, र तिनको पछाडि अङ्कहरूलाई कोष्ठकहरूमा राख्नुहोस् ।
३. ठूला सङ्ख्याहरूको लागि शब्दहरूको संयोजन गर्नुहोस् ।
४. नजिकैको पूर्ण सङ्ख्यामा मिलाएर राखिएका ठूला सङ्ख्याहरूको लागि सामान्य अभिव्यक्तिको प्रयोग गर्नुहोस् र अङ्कलाई पछि कोष्ठकहरूमा लेख्नुहोस् ।
तपाईंका अनुवादहरूमा एकनासको हुनुहोस् । सङ्ख्याहरू वा अङ्कहरूको प्रयोग गर्दै, सङ्ख्याहरूको कसरी अनुवाद हुनेछ भनेर निधो गर्नुहोस् । एकनासको हुनलाई विभिन्न तरिकाहरू छन् ।
न्फोल्डिङ्ग वोर्ड अक्षरशः रहेको खण्ड* (यूएलटी) अनि अन्फोल्डिङ्ग वोर्ड सामान्यीकरण गरिएको खण्डले (यूएसटी) एउटा वा दुईवटा मात्रै शब्दहरू चाहिने सङ्ख्याहरूको (नौ, सोह्र, तीन सय) लागि शब्दहरूको प्रयोग गर्छन् । तिनीहरूले दुईवटाभन्दा बढी शब्दहरू भएका सङ्ख्याहरूको लागि अङ्कहरूको प्रयोग गर्छन् (“एक सय तीस”को साटोमा अङ्कहरू “१३०”) ।
जब आदम १३० वर्षका भएका थिए, उनी उनको आफ्नै स्वरूपमा भएको, उनकै प्रतिरूप पछिको छोराको बाबु बने, अनि उनले उसको नाउँ शेत राखे । आदम शेतको बाबु बनेपछि, उनी आठ सय वर्षसम्म बाँचे । उनी थप छोराहरू र छोरीहरूको बाबु बने । आदम ९३० वर्षसम्म बाँचे, अनि उनी मरे । (उत्पत्ति ५:३-५ यूएलटी)
बाइबलमा क्रमसङ्ख्याहरूलाई मुख्यतयाः सूचीमा भएका केही कुराहरूका स्थान बताउन प्रयोग गरिन्छन् ।
वास्तवमा, परमेश्वरले मण्डलीमा केहीलाई पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्यहरू गर्नेहरू नियुक्ति गर्नुभएको छ । (१ कोरिन्थीहरू १२:२८ यूएलटी)
यो परमेश्वरले मण्डलीलाई उनीहरूको आफ्नै क्रममा दिनुभएका कामदारहरूको सूची हो ।
अङ्ग्रेजीमा भएका अधिकांश क्रमसङ्ख्याहरूको अन्तमा “टीएच” थपिएको हुन्छ भने नेपालीमा शब्दको अन्तमा "औँ" जोडिन्छ ।
अंक | सङ्ख्या | क्रमसङ्ख्या |
---|---|---|
४ | चार | चौथो |
१० | दश | दशौँ |
१०० | एक सय | एक सयौँ |
१,००० | एक हजार | एक हजारौँ |
अङ्ग्रेजीमा भएका केही क्रम सङ्ख्याहरूले यो ढाँचा अप्नाउँदैनन् ।
अंक | सङ्ख्या | क्रम सङ्ख्या |
---|---|---|
१ | एक | पहिलो |
२ | दुई | दोस्रो |
३ | तीन | तेस्रो |
५ | पाँच | पाँचौँ |
१२ | बाह्र | बाह्रौँ |
केही भाषाहरूमा सूचीमा भएकाहरूका क्रम देखाउने विशेष अंकहरू हुँदैनन् । यसलाई मिलाउने विभिन्न तरिकाहरू छन् ।
पहिलो चिट्ठा यहोयारीबलाई पर्यो, दोस्रो यदायाहलाई, तेस्रो हारीमलाई, चौथो सोरीमलाई, ... तेइसौँ दलायाहलाई, अनि चौबीसौँ माज्याहलाई । (१ इतिहास २४:७-१८ यूएलटी)
मानिसहरूले चिट्ठा हाले र यी हरेक मानिसहरूलाई दिइएको क्रमअनुसार एउटा एउटा पर्यो ।
तैँले यसलाई बहुमूल्य पत्थरहरूको चार लहरमा राख्नुपर्छ । पहिलो लहरमा मानिक, पुष्पराज, र बेरूज हुनुपर्छ । दोस्रो लहरमा पन्ना, नीर, र हीरा हुनुपर्छ । तेस्रो लहरमा नीलमणि, हाकिक, र कटेला हुनुपर्छ । चौथो लहरमा पीतमणि, आनिक्स, र बिल्लौर हुनुपर्छ । तिनीहरूलाई सुनका बनावटहरूमा जडिनुपर्छ । (प्रस्थान २८:१७-२० यूएलटी)
यसले पत्थरहरूका चार लहरहरूको वर्णन गर्छ । पहिलो लहर सायद माथिको लहर हो, र चौथो लहर सायद सबैभन्दा तलको लहर हो ।
यदि तपाईंको भाषामा क्रमसङ्ख्याहरू छन् र तिनीहरूको प्रयोगले ठिक अर्थ दिन्छ भने, तिनीहरू प्रयोग गर्नुहोस् । यदि छैनन् भने, विचार गर्नुपर्ने केही रणनीतिहरू यहाँ छन्ः
१. पहिलो चिजको निम्ति “एउटा” बाँकीको निम्ति “अर्को” वा “त्यसपछिको” शब्द प्रयोग गर्नुहोस् ।
२. वस्तुहरूका कुल सङ्ख्या बताउनुहोस् अनि तिनीहरू वा तिनीहरूसँग सम्बन्धित वस्तुहरूको सूची दिनुहोस् ।
१. पहिलो चिजको निम्ति “एउटा” बाँकीको निम्ति “अर्को” वा “त्यसपछिको” शब्द प्रयोग गर्नुहोस् ।
पहिलो चिट्ठा यहोयारीबलाई गयो, दोस्रो यदायाहलाई, तेस्रो हारीमलाई, चौथो सोरीमलाई, ... तेइसौँ दलायाहलाई, अनि चौबीसौँ माज्याहलाई । (१ इतिहास २४:७-१८ यूएलटी)
त्यहाँ चौबीस वटा चिट्ठाहरू थिए । एउटा चिट्ठा यहोयारीबलाई गयो, अर्को यदायाहलाई, अर्को हारीमलाई, ... अर्को दलायाहलाई, अनि अन्तिमको माज्याहलाई गयो ।
त्यहाँ चौबीस वटा चिट्ठाहरू थिए । एउटा चिट्ठा यहोयारीबलाई गयो, त्यसपछिको यदायाहलाई, त्यसपछिको हारीमलाई, ... त्यसपछिको दलायाहलाई, अनि अन्तिमको माज्याहलाई गयो ।
एउटा नदी बगैँचा भिजाउनलाई अदनबाट बाहिर गएको थियो । त्यहाँबाट त्यो विभाजन भयो र चार नदीहरू भए । पहिलोको नाउँ पीशोन हो । यो त्यही हो जुन हवीलाको समस्त मुलुकबाट भएर बहन्छ, जहाँ सुन पाइन्छ । त्यस देशको सुन असल हुन्छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् । दोस्रोको नाउँ गीहोन हो । यो चाहिँ कूशको समस्त मुलुकबाट भएर बहन्छ । तेस्रोको नाउँ टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट भएर बहन्छ । चौथो नदी यूफ्रेटिस हो । (उत्पत्ति २:१०-१४ यूएलटी)
एउटा नदी बगैँचा भिजाउनलाई अदनबाट बाहिर गएको थियो । त्यहाँबाट त्यो विभाजन भयो र चार नदीहरू भए । एउटाको नाउँ पीशोन हो । यो त्यही हो जुन हवीलाको समस्त मुलुकबाट भएर बहन्छ, जहाँ सुन पाइन्छ । त्यस देशको सुन असल हुन्छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् । त्यसपछिको नाउँ गीहोन हो । यो चाहिँ कूशको समस्त मुलुकबाट भएर बहन्छ । त्यसपछिको नाउँ टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट भएर बहन्छ । अन्तिम नदी यूफ्रेटिस हो ।
२. वस्तुहरूका कुल सङ्ख्या बताउनुहोस् अनि तिनीहरू वा तिनीहरूसँग सम्बन्धित वस्तुहरूको सूची दिनुहोस् ।
पहिलो चिट्ठा यहोयारीबलाई गयो, दोस्रो यदायाहलाई, तेस्रो हारीमलाई, चौथो सोरीमलाई, ... तेइसौँ दलायाहलाई, अनि चौबीसौँ माज्याहलाई ।** (१ इतिहास २४:७-१८ यूएलटी)
तिनीहरूले २४ वटा चिट्ठाहरू हाले । चिट्ठाहरू यहोयारीब, यदायाह, हारीम, सोरीम, ... दलायाह, अनि माज्याहलाई गयो ।
भाग-सङ्ख्याहरू भनेका एक प्रकारको सङ्ख्या हुन् जसले कुनै थोकको बराबर रूपमा रहेका अंशहरूलाई अथवा मानिसहरूको वा थोकहरूको कुनै एउटा ठूलो समूहभित्र बराबर रूपमा रहेका समूहहरूलाई जनाउँछन् । कुनै चीज वा चीजहरूको समूहलाई दुई वा सोभन्दा बढी भागहरूमा वा समूहहरूमा बाँडिन्छ, र भाग-सङ्ख्याले ती अंशहरू वा समूहहरूमध्येमा कुनै एउटा वा त्यसभन्दा बढीलाई जनाउँछ ।
अर्घ-बलिको लागि, तैँले एक हिन दाखमद्यको एक तिहाइ भाग चढाउनुपर्छ । (गन्ती १५:७ यूएलटी)
हिन भनेको चाहिँ दाखमद्य वा अन्य तरल पदार्थहरूको नाप गर्नका लागि प्रयोग गरिने एउटा भाँडो हो । तिनीहरूले एक हिन भाँडोलाई तीन बराबर भागहरूमा विभाजन गर्ने र तीमध्ये केवल एउटालाई मात्र भर्ने हिसाबले सोच्नुपर्थ्यो, र त्यति जति चाहिँ चढाउनुपर्थ्यो । जहाजहरूका >एक तिहाइ जति नष्ट भए । (प्रकाश ८:९ यूएलटी)
त्यहाँ थुप्रै जहाजहरू थिए । यदि जहाजहरूका तीन बराबर समूहहरूमा ती सबै जहाजहरूलाई भाग गरिएको थियो भने, जहाजहरूको एउटा समूह चाहिँ नष्ट भएको थियो ।
अङ्ग्रेजीमा अधिकांश भाग-सङ्ख्याहरूमा सामान्य रूपमा सङ्ख्याको पछाडि अन्तिममा “-टीएच” अक्षरहरू थपिन्छ ।
सम्पूर्ण कुरालाई भाग लगाइएको अंशहरूको सङ्ख्या | भाग-सङ्ख्या |
---|---|
चार | चौथो |
दश | दशौँ |
एक सय | एक सयौँ |
एक हजार | एक हजारौँ |
अङ्ग्रेजीमा केही भाग-सङ्ख्याहरूले त्यो ढाँचालाई पछ्याउँदैनन् ।
सम्पूर्ण कुरालाई भाग लगाइएको अंशहरूको सङ्ख्या | भाग-सङ्ख्या |
---|---|
दुई | आधा |
तीन | तेस्रो |
पाँच | पाँचौँ |
अनुवादको विषय हुनुको कारणः केही भाषाहरूले भाग-सङ्ख्यालाई प्रयोग गर्दैनन् । तिनीहरूले सामान्य रूपमा भागहरू वा समूहहरूको रूपमा कुरा गर्न सक्छन्, तर तिनीहरूले कुनै एउटा भाग कति ठूलो छ वा कुनै समूहमा कति धेरै समावेश गरिएका छन् भनेर बताउनका लागि भाग-सङ्ख्याहरूको प्रयोग गर्दैनन् ।
अब मनश्शेको कुलको आधा भागलाई, मोशाले बाशानमा अंश प्रदान गरेका थिए, तर अर्को आधा भागलाई चाहिँ, यहोशूले तिनीहरूका दाजुभाइहरूको छेउमा यर्दनको पश्चिममा रहेको जमिनको अंश दिए । (यहोशू २२:७ यूएलटी)
मनश्शेको कुल दुई समूहहरूमा विभाजन भएको थियो । “मनश्शेको कुलको एउटा भाग” भन्ने वाक्यांशले ती समूहहरूमध्येको एउटालाई जनाउँछ । “अर्को आधा भाग” भन्ने वाक्यांशले चाहिँ अर्को समूहलाई जनाउँछ ।
ती चार दूतहरू जो त्यही घडी, त्यस दिन, त्यस महिना, र त्यस वर्षको लागि तयार पारिएका थिए, तिनीहरूलाई मानवजातिको एक तिहाइ जतिलाई मार्नका लागि छोडियो । (प्रकाश ९:१५ यूएलटी)
यदि सबै मानिसहरूलाई तीन बराबर समूहहरूमा बाँडिने हो भने, तब एउटा समूहमा भए जतिका मानिसहरू चाहिँ मारिने थिए ।
तैँले अर्घ-बलिको रूपमा एक हिन दाखमद्यको एक चौथो भाग जति पनि तयार गर्नुपर्छ । (गन्ती १५:५ यूएलटी)
तिनीहरूले एक हिन दाखमद्यलाई चार बराबर भागहरूमा बाँडिरहेको कल्पना गर्नुपर्थ्यो र तीमध्येमा एउटा भागमा हुने जति चाहिँ तयार गर्नुपर्थ्यो ।
यदि तपाईंको भाषामा भाग-सङ्ख्याले सही अर्थ दिनेछ भने, त्यसलाई प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् । यदि त्यसो होइन भने, तपाईंले यी रणनीतिहरूको बारेमा विचार गर्न सक्नुहुन्छ ।
१. कुनै थोकलाई विभाजन गरिने भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस्, र तब जनाउन खोजिएको भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस् । २. वजन र लम्बाइ जस्ता नापहरूको लागि, तपाईंका मानिसहरूलाई थाहा भएको हुन सक्ने कुनै एकाइलाई वा यूएसटीमा प्रयोग गरिएका एकाइलाई प्रयोग गर्नुहोस् । ३. नापहरूको लागि, तपाईंको भाषामा प्रयोग भएकाहरूलाई चलाउनुहोस् । त्यसो गर्नका लागि मापन प्रणालीसँग तपाईंका नापहरू कसरी सम्बन्धित छन् भनेर थाहा गर्न तपाईंलाई आवश्यक हुनेछ र हरेक नापको हिसाब गर्नुपर्नेछ ।
१. कुनै थोकलाई विभाजन गरिने भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस्, र तब जनाउन खोजिएको भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस् ।
२. नापहरूका लागि, यूएसटीमा दिइएका नापहरूलाई प्रयोग गर्नुहोस् । यूएसटीका अनुवादकहरूले परिमाणहरूलाई मापन प्रणालीमा कसरी जनाउने भनेर अघिबाटै हिसाब गरिसकेका छन् ।
३. नापहरूको लागि, तपाईंको भाषामा प्रयोग भएकाहरूलाई चलाउनुहोस् । त्यसो गर्नका लागि मापन प्रणालीसँग तपाईंका नापहरू कसरी सम्बन्धित छन् भनेर थाहा गर्न तपाईंलाई आवश्यक हुनेछ र हरेक नापको हिसाब गर्नुपर्नेछ ।
दशमलव बिन्दु वा दशमलव अल्प बिराम कुनै अङ्क पूर्ण सङ्ख्याको एउटा भाग हो भन्ने जनाउन उक्त सङ्ख्याको बायाँपट्टि प्रयोग गरिन्छ । उदाहरणको निम्ति .१ मिटर पूर्ण सङ्ख्या नभइकन एक मिटरको दशौँ भाग मात्र हो र .५ मिटर पाँच मिटर होइन, तर एक मिटरको दश भागको पाँच भाग हो । ३.५ मिटर एक मिटरको दशौँ भागको तिन र सात भाग हो । यस्ता सङ्ख्याहरूको प्रयोग युएसटी मा गरिन्छ ।
केही देशहरूमा दशमलव बिन्दुको प्रयोग गरिन्छ भने कति देशहरूमा दशमलव अल्प विरामको प्रयोग गर्नुहोस् । यसैले दशमलव अल्प विरामको प्रयोग गर्ने देशहरूले "३.७ मिटर" लाई "३,७ मिटर" लेख्छन् । केही संस्कृतिका मानिसहरूले भिन्नको प्रयोग गर्न रुचाउँछन् । (हेर्नुहोस् भिन्नहरू)
युएसटीमा सङ्ख्याका भागहरूलाई दशमलवमा वा भिन्नमा लेखिन्छ । मिटर, ग्राम, लिटर जस्ता नापतौलमा दशमलवको प्रयोग गरिन्छ ।
दशमलव | भिन्न | सामान्य भिन्न |
---|---|---|
.१ | एकको दशौँ भाग | |
.२ | दुईको दशौँ भाग | एकको पाचौँ भाग |
.३ | तिनको दशौँ भाग | |
.४ | चारको दशौँ भाग | दुईको पाचौँ भाग |
.५ | पाँचको दशौँ भाग | एक आधा |
.६ | छको दशौँ भाग | तिनको दशौँ भाग |
.७ | सातको दशौँ भाग | |
.८ | आठको दशौँ भाग | चारको पाचौँ भाग |
.९ | नौको दशौँ भाग | |
.२५ | पच्चिसको को एक सयौँ भाग | एक चौथाइ |
.७५ | पचहत्तरको एक सयौँ भाग | तिन चौथाइ |
सङ्ख्याका भागहरूको बारेमा बताउन युएलटीमा भिन्नको प्रयोग गरिएको छ र युएसटीमा दशमलवको प्रयोग गरिएको छ । नापतौलकोको बारेमा कुरा गर्दा बाइबलीय दुरीर बाइबलीय तौल, र बाइबलीय आयतनयुएलटी र युएसटी बिचको फरक भनेको नै तिनीहरूमा प्रयोग गरिएको फरक प्रणाली हो, ताकि युएलटी र युएसटीमा प्रयोग गरिएको सङ्ख्याको प्रणाली फरक होस् ।
तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाऊन् । त्यसको लमाइ दुई हात आधा, चौडाइ एक हात आधा र उचाइ एक हात आधाको होस् । (प्रस्थान २५:१० यूएलटी)
युएलटीमा "आधा" भनेर भिन्नको प्रयोग गरिएको छ । यसलाई दशमलवमा पनि लेख्न सकिन्छः .५ ।
तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाऊन् । त्यसको लमाइ एक मिटर, चौडाइ ०.७ मिटर र उचाइ ०.७ मिटरको होस् । (प्रस्थान २५:१० यूएसटी) )
युएसटीमा दशमलव ०.७ को प्रयोग गरिएको छ । यो सातको दशौँ भाग बराबर हो ।
दुई हात आधा लगभग एक मिटर जति हो ।
एक हात आधा लगभग ०.७ मिटर वा एक मिटरको सातको दशौँ भाग हो ।
१. यदि तपाईंले दशमलव र युएलटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएलटीमा भएको भिन्नलाई दशमलवमा परिवर्तन गर्नुहोस् । २. यदि तपाईंले भिन्न र युएसटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएसटीमा भएको दशमलवलाई भिन्नमा परिवर्तन गर्नुहोस् ।
१. यदि तपाईंले दशमलव र युएलटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएलटीमा भएको भिन्नलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।
२. यदि तपाईंले भिन्न र युएसटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएसटीमा भएको दशमलवलाई भिन्नमा परिवर्तन गर्नुहोस् ।
प्रतीकात्मक कार्य भनेको केही त्यस्तो कुरा हो जुन कसैले कुनै खास अवधारणालाई व्यक्त गर्नका लागि गर्छ। उदाहरणका लागि, केही समाजहरूमा मानिसहरूले “हो” भन्नका लागि टाउको माथि तल हल्लाउँछन् वा “होइन” भन्नका लागि टाउकोलाई यताउता फर्काउँछन्। प्रतीकात्मक कार्यहरूको अर्थ सबै समाजहरूमा एउटै हुँदैन। बाइबलमा, कहिलेकाहीँ मानिसहरूले प्रतीकात्मक कार्य गर्छन् र कहिलेकाहीँ तिनीहरूले प्रतीकात्मक कार्यलाई केवल जनाउँछन्।
कुनै कार्यको एउटा समाजमा एउटा अर्थ हुन सक्छ, र अर्को समाजमा फरक अर्थ वा बिल्कुलै कुनै अर्थ बिनाको हुन सक्छ। उदाहरणका लागि, केही समाजहरूमा आँखीभौँ उचाल्नुको अर्थ “म अचम्मित भएको छु” वा “तिमीले के भन्यौ?” भन्ने हुन्छ । अन्यमा यसको अर्थ “हो” भन्ने हुन्छ।
बाइबलमा मानिसहरूले त्यस्ता कार्यहरू गर्थे जसको तिनीहरूको संस्कारमा केही खास अर्थहरू हुन्थ्यो। जब हामीले बाइबललाई पढ्छौँ, यदि हामीले कार्यलाई त्यसको अर्थ हाम्रो आफ्नै समाजमा के हुन्छ भनेर उल्था गर्यौँ भने, कसैले के भन्न खोजेको थियो भनेर हामीले नबुझ्न सक्छौँ।
बाइबलमा भएका मानिसहरूले प्रतीकात्मक कार्यहरूको प्रयोग गर्दा तिनीहरूले के भन्न खोजेका थिए भनेर अनुवादकहरूले बुझ्न जरुरी हुन्छ। यदि त्यो कार्यको अर्थ तिनीहरूको आफ्नो समाजमा एउटै हुँदैन भने, त्यो कार्यले दिएको अर्थलाई कसरी अनुवाद गर्ने भनेर तिनीहरूले पत्ता लगाउनुपर्छ।
अनि हेर, एक जना मानिस आयो जसको नाउँ याइरस थियो, र ऊ सभाघरको शासक थियो। अनि येशूको पाउमा लडेर उसलाई आफ्नो घरमा आउन बिन्ती गरे। (लूका ८:४१ यूएलटि)
प्रतीकात्मक कार्यको अर्थः उनले येशूलाई महान् आदर देखाउनलाई यसो गरे।
हेर, म ढोकमा उभिन्छु र ढकढक्याउँछु। यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु, र उससँग भोजन खानेछु, र उसले मसँग खानेछ। (प्रकाश ३:२० यूएलटि)
प्रतीकात्मक कार्यको अर्थः जब मानिसहरूले कसैले तिनीहरूलाई आफ्नो घरमा स्वागत गरेको चाहन्थे, तिनीहरू ढोकामा उभिन्थे र त्यसमा ढकढक्याउँथे।
यदि कुनै प्रतीकात्मक कार्यले बाइबलमा भएका मानिसहरूलाई भनेको अर्थलाई मानिसहरूले ठीक तरिकाले बुझ्छन् भने, त्यसलाई प्रयोग गर्ने बारेमा विचार गर्नुहोस्। यदि त्यसो होइन भने, त्यसलाई अनुवाद गर्नका लागि यहाँ केही रणनीतिहरू दिइएका छन्।
(१) त्यो व्यक्तिले के गर्यो र उसले त्यो किन गर्यो भनेर बताउनुहोस्।
(२) त्यो व्यक्तिले के गर्यो भनेर नभन्नुहोस्, तर उसले भन्न खोजेको के थियो भनेर बताउनुहोस्।
(३) तपाईंको आफ्नै समाजबाटको कार्यलाई प्रयोग गर्नुहोस् जसको उही अर्थ हुन्छ। यस्तो चाहिँ कविता, दृष्टान्तहरू, र प्रवचनहरूमा मात्रै गर्नुहोस्। यस्तो तब नगर्नुहोस् जब त्यहाँ साँच्चै कोही व्यक्ति थियो जसले कुनै खास कार्य गर्यो।
(१) त्यो व्यक्तिले के गर्यो र उसले त्यो किन गर्यो भनेर बताउनुहोस्।
(२) त्यो व्यक्तिले के गर्यो भनेर नभन्नुहोस्, तर उसले भन्न खोजेको के थियो भनेर बताउनुहोस्।
(३) तपाईंको आफ्नै समाजबाटको कार्यलाई प्रयोग गर्नुहोस् जसको उही अर्थ हुन्छ।
अलङ्कारले हरेक शब्दहरूले दिने सामान्य अर्थभन्दा विशेष अर्थहरू दिन्छ । अलङ्कारहरू विभिन्न प्रकारका छन् । यस पृष्ठमा बाइबलमा प्रयोग गरिएका केही अलङ्कारहरूको सूची र तिनको परिभाषा दिइएको छ ।
आक्षरिकभन्दा फरक अर्थ दिने गरी शब्दहरूको प्रयोग गरिनुलाई अलङ्कार भनिन्छ । भन्नुको तात्पर्य, अलङ्कारले दिने अर्थ यसमा प्रयोग भएका शब्दहरूले दिने सोझो अर्थभन्दा फरक हुन्छ । अर्थलाई अनुवाद गर्नको लागि तपाईंले अलङ्कारलाई पहिचान गर्न सक्नुपर्छ र स्रोत भाषामा तिनको अर्थ थाहा पाउनुपर्छ । त्यसपछि तपाईंले अलङ्कारको प्रयोग गरेर वा सोझो अर्थ दिनेगरी लक्षित भाषामा अनुवाद गर्नुपर्छ ।
तल विभिन्न प्रकारका अलङ्कारहरूको सूची दिइएको छ । यदि तपाईंलाई थप जानकारी चाहिएमा रङ्गिन शब्दहरूमा क्लिक गर्नुहोस्, यसले तपाईंलाई हरेक अलङ्कारको परिभाषा, उदाहरणहरू र भिडियोहरू भएको पृष्ठमा लैजान्छ ।
परोक्ष सम्बोधन एक प्रकारको अलङ्कार हो, जहाँ वक्ताले आफ्ना श्रोताहरूबाट आफ्नो ध्यान मोडेर उसले बोलेको सुन्न नसक्ने व्यक्ति वा वस्तुसँग बोल्छ। उसले यसो गर्नुको कारण आफ्ना स्रोताहरूलाई एक कडाँसँग उसका सन्देशहरू र भावनाहरू व्यक्त गर्नका निम्ति हो।
थुप्रै भाषाहरूले परोक्ष प्रयोग गर्दैनन्, र श्रोताहरू यस कुराले भ्रमित हुन्छन्। तिनिहरूलाई वक्ता को हो भन्ने थाहा हुदैन वा, यो सोच्नछन्, कि वक्ताले बोलेका कुराहरू श्रोताहरूले बुझिरहेका हुदैनन्।
हे गिल्बोका डाँडाहरू हो, तिमिहरूमाथि शीत कि पानी नपरोस्, (२ शमूएल १:२१क युएलटि)।
गिल्बोका डाँडामा शाऊल राजा मारियो, र दाऊदले यसबारे एउटा दुखित गीत गाए। यी डाँडाहरूमाथि कुनै शीत कि पानी नपरोस्, भनि भन्दा उनी कति दुखित थिए भन्ने कुरा देखिन्छ।
यरूशलेम, ए यरूशलेम, तँ अगमवक्त्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस् (लूका १३:३४क युएलटि)।
येशूले आफ्ना चेलाहरू र फरिसीहरूको समूहको अगाडि यरूशलेमका मानिसहरूप्रति आफ्ना भावनाहरू व्यक्त गरिरहनुभएको थियो। यरूशलेमका मानिसहरूले उहाँलाई सुन्ने गरी सीधै बोलेर येशूले तिनीहरूको कत्ति गहिरो ख्याल राख्नुहुन्छ भनी देखाउनुभयो।
तिनले यहोवाको वचनद्वारा वेदीको विरुद्धमा कराएर भने: "वेदी, वेदी! परमप्रभु यसो भन्नुहुन्छ, ‘हेर,…तिनीहरूले तिमिमाथि मानव हड्डीहरू जलाउनेछन्।'" (१ राजा १३:२ युएलटि)
परमेश्वरको जनले वेदीले सुन्ने जस्तो गरी बोल्यो, तर त्यहाँ उभिरहेका राजाले उहाँको कुरा सुन्ने उहाँको चाहना थियो।
यदि परोक्ष प्राकृतिक हुनेछ र तपाईंको भाषामा सही अर्थ दिन्छ भने, यसलाई प्रयोग गर्ने विचार गर्नुहोस्। तर यदि बोल्ने यो तरिका तपाईका मानिसहरूलाई अलमल्लमा पार्ने हो भने, वक्ताले उहाँलाई सुन्न नसक्ने व्यक्तिहरू वा चीजहरूको बारेमा आफ्नो सन्देश वा भावनाहरू बताउँदै उहाँलाई सुनिरहेका मानिसहरूसँग बोलिरहनुहोस्। तलको उदाहरण हेर्नुहोस्।
हामीले "दोहोरो" शब्द प्रयोग गर्दैछौं दुई शब्द वा वाक्यांशहरूलाई सन्दर्भ गर्न जुन सँगै प्रयोग गरिन्छ र या त एउटै कुराको अर्थ हुन्छ वा एउटै कुराको धेरै नजिक हुन्छ। प्रायः तिनीहरू "र" शब्दसँग जोडिएका छन्। Hendiadys को विपरीत, जसमा एक शब्दले अर्कोलाई परिमार्जन गर्दछ, एक दोहोरोमा दुई शब्द वा वाक्यांशहरू बराबर छन् र दुई शब्द वा वाक्यांशहरूद्वारा व्यक्त गरिएको एक विचारलाई जोड दिन वा तीव्र पार्न प्रयोग गरिन्छ।
एक धेरै समान मुद्दा भनेको एउटै शब्द वा वाक्यांशको दोहोरिने जोड हो, सामान्यतया तिनीहरूको बीचमा कुनै अन्य शब्दहरू छैनन्। किनभने बोलीका यी आंकडाहरू धेरै समान छन् र एउटै प्रभाव छ, हामी तिनीहरूलाई यहाँ सँगै व्यवहार गर्नेछौं।
कुनै भाषाहरूमा उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग हुँदैन। वा तिनीहरूको प्रयोग हुन्छ तर विशेष परिश्थितिहरूमा मात्र। यसैले तिनीहरूको भाषामा उस्तै अर्थ दिने जोडी शब्दहरूले बाइबलका पदहरूमा अर्थ नदिन सक्छन्। यी दुबै अवस्थामा अनुवादकले उस्तै अर्थ दिने जोडी शब्दहरूलाई व्यक्त गर्नलाई अर्को तरिका अपनाउनुपर्छ।
उहाँसँग एक जना मानिस छरिएका छन् र मानिसहरूका बीचमा छरिएका छन् (एस्तर ३:८ युएलटि)
रेखाङ्कित शब्दहरूले एउटै अर्थ दिन्छन्। दुबै शब्द मिलेर "धेरै वृद्ध" भन्ने अर्थ दिन्छन्।
… त्यसले आफूभन्दा अझ असल र धार्मिक दुई जना निर्दोष मानिसहरूलाई … आक्रमण गर्यो… (१ राजा २:३२ख युएलटि)
यसको अर्थ तिनीहरू ऊभन्दा "धेरै" सोझा थिए भन्ने हुन्छ।
यो परिश्थिति बद्लिएला भन्ने आशाले मलाई भ्रम र दुष्ट कुरा गर्ने तिमीहरूले मतो गरेका छौ। (दानिएल २:९ख युएलटि)
यसले, तिनीहरूले "धेरै भ्रामक कुराहरू भन्ने" मतो गरेका भन्ने अर्थ दिन्छ।
… तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो … । (१ पत्रुस १:१९ख युएलटि)
यसले, एउटै पनि खोट नभएको थुमालाइ जनाउँछ।
तब तिनीहरू नजिक आए र उहाँलाई ब्यूँझाएर भने, “गुरु! गुरु! हामी नष्ट हुँदैछौं! ” (लूका ८:२४ युएलटि)
"गुरू" को पुनरावृत्तिको अर्थ चेलाहरूले येशूलाई तुरुन्तै र निरन्तर रूपमा बोलाए।
तपाईंको भाषामा उस्तै अर्थ दिने जोडी शब्दहरू स्वभाविक लाग्छन् र सही अर्थ दिन्छन् भने तिनको प्रयोग गर्नुहोस् । यदि यस्तो हुँदैन भने तल दिइएका रणनीतिहरू प्रयोग गर्नुहोस्।
(१) दुईमध्ये एउटा मात्र शब्दको अनुवाद गर्नुहोस्।
(२) यदि उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग अर्थलाई जोड दिनको लागि प्रयोग गरिएको भए, कुनै एउटा शब्दको अनुवाद गर्नुहोस् र जोड दिने शब्द "धेरै" वा "प्रशस्त" जस्ता शब्दहरू प्रयोग गर्नुहोस्।
(३) उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग अर्थलाई जोड दिनको लागि प्रयोग गरिएको छ भने तपाईंको भाषामा प्रयोग गरिने तरिका अपनाउनुहोस्।
(१) दुईमध्ये एउटा मात्र शब्दको अनुवाद गर्नुहोस्।
(२) यदि उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग अर्थलाई जोड दिनको लागि प्रयोग गरिएको भए, कुनै एउटा शब्दको अनुवाद गर्नुहोस् र जोड दिने शब्द "धेरै" वा "प्रशस्त" जस्ता शब्दहरू प्रयोग गर्नुहोस् ।
(३) उस्तै अर्थ दिने जोडी शब्दहरूको प्रयोग अर्थलाई जोड दिनको लागि प्रयोग गरिएको छ भने तपाईंको भाषामा प्रयोग गरिने तरिका अपनाउनुहोस्।
तब तिनीहरू नजिक आए र उहाँलाई ब्यूँझाएर भने, “गुरु! गुरु! हामी नष्ट हुँदैछौं! ” (लूका ८:२४ यूएलटि)
त्यसपछि तिनीहरू नजिक आए र उहाँलाई ब्युँझाए, तुरुन्तै कराए, “गुरु! हामी नष्ट हुँदैछौं! ”
मृत्यु वा निजी तवरले गरिने क्रियाकलापहरू जस्ता कुनै दुखद, लज्जास्पद, वा सामाजिक रूपमा अस्वीकार्य कार्यहरूलाई नम्र तरिकाले व्यक्त गर्दा व्यञ्जनाको प्रयोग हुन्छ ।
... उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा ढलेका भेट्टाए । (१ इतिहास १०:८)
यसको अर्थ शाऊल र तिनका छोराहरूलाई "मरेका भेट्टाए" हो । यहाँ व्यञ्जनाको प्रयोग गरिएको छ किनकि शाऊल र तिनका छोराहरू ढलेका थिए भन्ने कुरा महत्त्वपूर्ण होइन तर तिनीहरू मरेका थिए भन्ने कुराचाहिँ महत्त्वपूर्ण कुरा हो । कहिलेकहिँ मानिसहरूले मृत्युको बारेमा सिधा कुरा गर्दैनन् किनकि यो दुखद कुरा हो ।
विभिन्न भाषाहरूले व्यञ्जनाको प्रयोग भिन्न भिन्न तरिकाले गर्छन् । यदि लक्षित भाषामा स्रोत भाषामा जस्तो व्यञ्जनाको प्रयोग गरिन्न भने पाठकहरूले यसको अर्थ नबुझ्न सक्छन् र त्यसलाई शाब्दिक रूपमा मात्र बुझ्न सक्छन् ।
... शाऊल त्यस गुफामा आएर हल्का हुनलाई भित्र पसे । (१ शमूएल २४:३)
यहाँ पाठकहरूले शाऊल दिसा बस्नलाई गए भन्ने बुझ्थे तथापि लेखकले त्यसलाई शाऊलके गरे भनेर सिधै लेखेनन् ।
मरियमले स्वर्गदूतलाई भनिन्, "यो कसरी हुनसक्छ, किनकि म एक कन्या हुँ ।" (लूका १:३४)
नम्रताको खातिर, मरियमले कुनै मानिससँग यौनसम्बन्ध भएकै छैन भन्ने कुरा व्यक्त गर्नको निम्ति व्यञ्जनाको प्रयोग गर्छिन् ।
यदि तपाईंको भाषामा व्यञ्जनाको प्रयोग स्वभाविक छ र सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । नत्र अन्य विकल्पहरू तल दिइएका छन्ः
१. व्यञ्जनालाई आफ्नै तरिकाले प्रयोग गर्नुहोस् । २. यदि त्यसले कसैलाई असर पार्दैन भने व्यञ्जनाविना नै जानकारीलाई व्यक्त गर्नुहोस् ।
१. व्यञ्जना प्रयोग यसरी गर्नुहोस्
२. यदि त्यसले कसैलाई असर पार्दैन भने व्यञ्जनाविना नै जानकारीलाई व्यक्त गर्नुहोस् ।
“दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना” मा दुई शब्दहरूले सँगै काम गर्छन्। यस्तो अवस्थामा एउटा शब्दले प्राथमिक विचार व्यक्त गर्छ र अर्को शब्दले प्राथमिक शब्दको वर्णन गर्छ।
… उहाँको आफ्नै राज्य र महिमा राज्य र महिमा (१ थेसलोनिकी २:१२ख यूएलटि)
"राज्य" र "महिमा" दुबै नाम भएता पनि "महिमा" ले राज्यको वर्णन गर्छः यो महिमाको राज्य वा महिमित राज्य हो।
"र" द्वारा जोडिएका दुई वाक्यांशहरू एकल व्यक्ति, वस्तु वा घटनालाई जनाउँदा हेन्डियाडीस पनि हुन सक्छन्।
जब हामी धन्य आशा प्राप्त गर्न र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको उपस्थितिको लागि पर्खिरहेका छौं। (तीतस २:१३ख युएलटि)
तीतस २:१३ मा दुईवटा हेन्डियाडाइसेसहरू छन्। "धन्य आशा" र "महिमाको उपस्थिति" ले एउटै कुरालाई जनाउँछ र येशू ख्रीष्टको पुनरागमन धेरै प्रत्याशित र अद्भुत छ भन्ने विचारलाई बलियो बनाउन सेवा गर्दछ। साथै, “हाम्रा महान् परमेश्वर” र “मुक्तिदाता येशू ख्रीष्ट” ले एउटा व्यक्तिलाई जनाउँछ, दुई जना होइन।
अक्सर एक हेन्डियाडाइसेसहरू एक अमूर्त संज्ञा समावेश गर्दछ। केही भाषाहरूमा एउटै अर्थ भएको संज्ञा नहुन सक्छ।
धेरै भाषाहरूले हेन्डियाडाइसेसहरू प्रयोग गर्दैनन्, त्यसैले मानिसहरूले बुझ्न सक्दैनन् कि दोस्रो शब्दले पहिलो शब्दलाई थप वर्णन गरिरहेको छ।
धेरै भाषाहरूले हेन्डियाडाइसेसहरू प्रयोग गर्दैनन्, त्यसैले मानिसहरूले बुझ्न सक्दैनन् कि केवल एक व्यक्ति वा चीज भनेको दुई होइन।
*
किनभने म तिमीहरूलाई वचनहरू र बुद्धि दिनेछु, (लूका २१:१५क यूएलटि)
“वचनहरू” र “बुद्धि” नाम हुन्, तर यो शब्दवर्गमा "बुद्धि" ले "वचनहरू" लाई जनाउँछ।
… यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने… (यशैया १:१९क यूएलटि)
"राजी" र "आज्ञाकारी" विशेषणहरू हुन्, तर यसमा "राजी" ले "आज्ञाकारी" को वर्णन गर्छ।
यदि दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जनाको प्रयोग स्वभाविक लाग्छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस्। यदि यस्तो हुँदैन भने केही विकल्पहरू तल दिइएका छन्ः
(१) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस्।
(२) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस्।
(३) वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस्।
(४) एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्ने देखाउनुहोस्।
(५) यदि यो अस्पष्ट छ कि एउटा मात्र कुराको अर्थ हो भने, यो स्पष्ट होस् भनेर वाक्यांश परिवर्तन गर्नुहोस्।
(१) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने विशेषणको प्रयोग गर्नुहोस्।
(२) वर्णन गर्ने नामको ठाउँमा एउटै अर्थ दिने वाक्यांशको प्रयोग गर्नुहोस्।
(३) वर्णन गर्ने विशेषणको ठाउँमा एउटै अर्थ दिने क्रियाविशेषणको प्रयोग गर्नुहोस्।
(४) एउटै अर्थ दिने अर्को शब्दवर्गको प्रयोग गर्नुहोस् र एउटाले अर्को शब्दको वर्णन गर्छ भन्ने देखाउनुहोस्।
(४) र (५) यदि यो अस्पष्ट छ कि केवल एउटै कुराको अर्थ हो भने, वाक्यांश परिवर्तन गर्नुहोस् ताकि यो स्पष्ट होस्।
हामी धन्य आशा प्राप्त गर्न र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको उपस्थितिको लागि तत्पर छौं। (तीतस २:१३ख यूएलटि)
नाम "महिमा" लाई विशेषण "महिमा" मा परिवर्तन गर्न सकिन्छ कि येशूको उपस्थिति हामीले आशा गरेको कुरा हो भनेर स्पष्ट पार्न। साथै, "येशू ख्रीष्ट" लाई वाक्यांशको अगाडि सार्न सकिन्छ र "महान् ईश्वर र मुक्तिदाता" लाई एक व्यक्ति, येशू ख्रीष्टको वर्णन गर्ने सापेक्ष खण्डमा राख्न सकिन्छ।
हामी जे चाहिरहेका छौं, हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आशीर्वाद र महिमापूर्ण उपस्थिति प्राप्त गर्न हामी तत्पर छौं।
कुनै एउटा वक्ता वा लेखकले पूर्ण रूपमा सत्य कुरालाई व्यक्त गर्दा ती नै शब्दहरूको प्रयोग गरेर सामान्य सत्य कुरा वा अतिशयोक्ति जनाउन सक्छ। यही कारणले कुनै एउटा अभिव्यक्तिलाई कसरी बुझ्ने भन्ने निर्णय गर्न कठिन हुनजान्छ।
१. यदि यहाँ हरेक रात साँच्चै पानी पर्छ भने वक्ताले यसलाई सत्य कुराको रूपमा व्यक्त गरेको हुन्छ।
२. यदि यहाँ प्रायजसो रातहरूमा पानी पर्छ भने वक्ताले यसलाई सामान्यीकरण गरेको हुन्छ।
३. अरू समयमा भन्दा धेरै पानी परेको कुरा जनाउनलाई वक्ताले यसो भनेको हो भने उसले अतिशयोक्तिको प्रयोग गरेको हुन्छ। यसको प्रयोग परेको पानीप्रति गहिरो धारणा व्यक्त गर्नलाई गरिन्छ, उदाहरणको लागि पानी परेर धेरै खुसी वा दिक्दार लागेको।
अतिशयोक्ति
यो पदवर्गले अतिशयोक्ति को प्रयोग गर्छ। वक्ताले आफ्नो गहिरो अनुभव वा धारणा व्यक्त गर्नको निम्ति जानिबुझिकन कुनै कुरालाई अवास्तविक अभिव्यक्तिको प्रयोग गरेर वर्णन गर्छ। मानिसहरूले उसको अतिरञ्जनालाई बुझिदिऊन् भन्ने ऊ चाहन्छ।
एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिने छैन। (लूका १९:४४ख यूएलटि)
यो अतिशयोक्ति हो। यसको मतलब शत्रुहरूले यरूशलेमलाई पूर्ण रूपमा नष्ट गर्नेछन्।
मोशा मिश्रीहरूको सबै बुद्धिमा शिक्षित थिए। (प्रेरित ७:२२क यूएलटि)
यो अतिशयोक्तिको अर्थ हो कि उनले मिश्रको शिक्षाले प्रदान गर्न सक्ने सबै कुरा सिकेका थिए।
सामान्यीकरण
प्रायजसो सत्य हुने अवस्थामा यो अभिव्यक्तिको प्रयोग हुन्छ।
अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ। तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। (हितोपदेश १३:१८)
र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। (मत्ती ६:७)
यो सामान्यीकरणले अन्यजातिहरू कसरी परिचित थिए भन्ने बताउँछ। सायद धेरै अन्यजातिहरूले यसो गरेका हुनसक्छन्।
सामान्यीकरणमा "सबै," "सधैँ," "कोहीपनि," वा "कहिले पनि," जस्ता सुन्दा कडा लाग्ने शब्दहरूको प्रयोग भएता पनि तिनले साँच्चै "सबै," "सधैँ," "कोहीपनि," वा "कहिले पनि" भन्ने अर्थ दिन्छन् भन्ने छैन। यसले "धेरैजसो," वा "विरलै" अर्थ दिन्छ।
यो अनुवादको विषय हुनुको कारण
यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँडो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। (मर्कूस ९:४३क यूएलटि)
येशूले हात काट्ने कुरो गर्दा हामीले पाप नगर्नलाई हरसम्भव कार्य गर्नुपर्छ भन्नुभएको हो। उहाँले पाप गर्न छाड्ने कोशिस गर्नु कति महत्त्वपूर्ण हो भन्ने जनाउनको निम्ति यो अतिशयोक्तिको प्रयोग गर्नुभएको हो।
पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न जम्मा भए। उनीहरूसित ३,००० रथहरू र ६,००० रथ चालकहरू तथा समुद्रको किनारका बालुवा जतिकै अनगन्ती पैदल-सिपाहीहरू थिए। (१ शमूएल १३:५क यूएलटि)
कालो रङ्ग गरिएको वाक्यांश पलिश्ती सेना धेरै संख्यामा थियो भन्ने भावना व्यक्त गर्न को लागी एक अतिशयोक्ति हो। यसको मतलब पलिश्ती सेनामा धेरै, धेरै सिपाहीहरू थिए।
तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो। (१ यूहन्ना २:२७ख यूएलटि)
यो अतिशयोक्ति हो। हामीले जान्नुपर्ने सबै कुराहरूबारे परमेश्वरको आत्माले हामीलाई सिकाउनुहुन्छ भनी यसले आश्वासन दिन्छ। परमेश्वरको आत्माले हामीलाई थाहा पाउन सम्भव हुने सबै कुराको बारेमा सिकाउँदैन।
जब तिनीहरूले उहाँलाई भेट्टाए, तिनीहरूले उहाँलाई पनि भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।” (मर्कुस १:३७ यूएलटि)
चेलाहरूको मतलब सायद सहरका सबैले येशूलाई खोजिरहेका थिए भन्ने होइन, तर धेरै मानिसहरूले उहाँलाई खोजिरहेका थिए, वा त्यहाँ येशूका सबै नजिकका साथीहरू उहाँलाई खोजिरहेका थिए। यो भावना व्यक्त गर्न को लागी एक अतिशयोक्ति हो कि तिनीहरू र अरू धेरै उनको बारेमा चिन्तित थिए।
के नासरतबाट कुनै असल कुरा निस्कन सक्छ? (यूहन्ना १:४६ख यूएलटि)
यो व्याख्यात्मक प्रश्न नासरतमा केहि राम्रो छैन भन्ने सामान्यीकरण व्यक्त गर्न को लागी हो। त्यहाँका मानिसहरू अशिक्षित र कडा रूपमा धार्मिक नभएको भनेर प्रतिष्ठा थियो। अवश्य पनि, त्यहाँ अपवादहरू थिए।
तिनीहरूमध्ये एक, तिनीहरूका आफ्नै अगमवक्ताहरूले भनेका छन्, "क्रेटका मानिसहरू सधैं झूटा, दुष्ट जनावरहरू, अल्छी पेटहरू हुन्।" (तीतस १:१२ यूएलटि)
यो एक सामान्यीकरण हो जसको मतलब यो हो कि क्रेटान्सको यस्तो हुनको लागि प्रतिष्ठा थियो किनभने, सामान्यतया, क्रेटका मानिसहरूले यसरी व्यवहार गर्थे। यो सम्भव छ कि त्यहाँ अपवादहरू थिए।
अल्छी हातले मानिसलाई गरिब बनाउँछ, तर लगनशील मानिसको हातले धनी बनाउँछ। (हितोपदेश १०:४ यूएलटि)
यो सामान्यतया सत्य हो, र यसले अधिकांश मानिसहरूको अनुभवलाई प्रतिबिम्बित गर्दछ। यो सम्भव छ कि केहि परिस्थितिहरूमा अपवादहरू छन्।
… तिनीहरूले येशूलाई समुद्रमाथि हिँडेर डुङ्गाको नजिक आइरहनुभएको देखे … (यूहन्ना ६:१९ख यूएलटि)
यो अतिशयोक्ति होइन। येशू साँच्चै पानीमाथि हिँड्नुभयो। यो वास्तविक अभिव्यक्ति हो।
यहवे आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ,
र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्छ। (भजनसंग्रह १४५:१७ यूएलटि)
यहवे सधैँ धर्मी हुनुहुन्छ। यो पूर्ण रूपमा सत्य अभिव्यक्ति हो।
यदि अतिशयोक्ति वा सामान्यीकरण स्वभाविक लाग्छ र मानिसहरूले यसलाई झुटो सम्झँदैनन् भने यसको प्रयोग गर्नुहोस्। होइन भने केही विकल्पहरू तल दिइएका छन्।
(१) अर्थलाई अतिरञ्जनाको प्रयोग नगरी व्यक्त गर्नुहोस्।
(२) सामान्यीकरण प्रयोग गर्नु पर्ने अवस्थामा "सामान्य रूपमा" वा "प्रायजसो" भन्ने शब्दको प्रयोग गरेर उक्त वाक्यमा सामान्यीकरणको प्रयोग गरिएको छ भन्ने देखाउनुहोस् ।
(३) सामान्यीकरण प्रयोग गर्नु पर्ने अवस्थामा "धेरैजसो" वा "लगभग" शब्दको प्रयोग गरेर उक्त वाक्यमा सामान्यीकरण पूर्ण रूपमा उस्तै होइन भन्ने देखाउनुहोस्।
(४) सामान्यीकरण भएको ठाउँमा "सबै,", "सधैँ," वा "कहिले पनि," जस्ता शब्दहरू छन् भने तिनलाई हटाउनुहोस् ।
१. अर्थलाई अतिरञ्जनाको प्रयोग नगरी व्यक्त गर्नुहोस्।
- पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न जम्मा भए। उनीहरूसित ३,००० रथहरू र ६,००० रथ चालकहरू तथा धेरै मात्रामा सिपाहीहरू थिए।
२. सामान्यीकरण प्रयोग गर्नु पर्ने अवस्थामा "सामान्य रूपमा" वा "प्रायजसो" भन्ने शब्दको प्रयोग गरेर उक्त वाक्यमा सामान्यीकरणको प्रयोग गरिएको छ भन्ने देखाउनुहोस्।
अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ (हितोपदेश १३:१८क यूएलटि)
सामान्य रूपमा, अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ
जब प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। (मत्ती ६:७ यूएलटि)
- प्रार्थना गर्दा सामान्य रूपमाअन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्।
(३) सामान्यीकरण प्रयोग गर्नु पर्ने अवस्थामा "धेरैजसो" वा "लगभग" शब्दको प्रयोग गरेर उक्त वाक्यमा सामान्यीकरण पूर्ण रूपमा उस्तै होइन भन्ने देखाउनुहोस् ।
समस्त यहूदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। (मर्कूस १:५क यूएलटि)
प्रायजसो समस्त यहूदिया देश र यरूशलेमका प्रायजसो सबै बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए।
अथवाः
- धेरैजसो यहूदिया देश र यरूशलेमका धेरैजसो बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए।
(४) सामान्यीकरण भएको ठाउँमा "सबै," "सधैँ," वा "कहिले पनि," जस्ता शब्दहरू छन् भने तिनलाई हटाउनुहोस्।
समस्त यहूदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। (मर्कूस १:५क यूएलटि)
यहूदिया देश र यरूशलेमका बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए।
टुक्का शब्दहरू मिलेर बनेको आलङ्कार हो, यसले यसमा प्रायुक्त हरेक शब्दहरू दिने सामान्य अर्थभन्दा फरक अर्थ दिन्छ। यो भाषा बोल्ने मानिसले यसको अर्थ नबताएसम्म यो भाषा नबोल्ने मानिसले यसको वास्तविक अर्थ थाहा पाउन सक्दैन। हरेक भाषामा टुक्काको प्रयोग गरिन्छ। नेपालीका केही उदाहरणहरूः
टुक्का यस्तो वाक्यांश हो, जसले त्यही भाषा बोल्ने र प्रयोग गर्ने व्यक्तिलाई विशेष अर्थ दिन्छ। टुक्काले हरेक छुट्टाछुट्टै शब्दले दिने अर्थभन्दा फरक अर्थ दिन्छ।
उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभयो। (लुका ९:५१ख यूएलटि)
अँग्रेजी बाइबलमा प्रयोग भएका शब्दहरू "set his face" अङ्ग्रेजी टुक्का हो, यसको अर्थ "अठोट गर्नुभयो" हुन्छ।
कहिलेकाहीँ मानिसहरूले टुक्कालाई सामान्य तरिकाले बुझ्न सक्छन् तर त्यसको अर्थ अनौठो लाग्न सक्छ।
किनकि तपाईं मेरो छानामुनि (घरभित्र) प्रवेश गर्नुहुने योग्यको म छैनँ। (लूका ७:६ख यूएलटि)
"छानामुनि" वाक्यांशले "घरभित्र" भन्ने अर्थ दिन्छ।
“यी कुरा तिमीहरूका कानमा गडून्।” (लूका ९:४४क यूएलटि )
यो टुक्काको अर्थ "मैले भनेको कुरालाई ध्यान दिएर सुन र सम्झ" हुन्छ।
उद्देश्य: कुनै व्यक्तिले झुक्किएर कुनै कुरालाई अनौठो तरिकाले व्याख्या गर्दा टुक्काको सृजना भएको हुन सक्छ। तर जब त्यो अनौठो तरिकाले गरिएको व्याख्याले भन्न खोजेको कुरालाई झन् शक्तिशाली तरिकाले व्यक्त गर्छ, तब अन्य मानिसहरूले त्यसको प्रयोग गर्न सुरु गर्छन्। केही समयपछि यो नै सामान्य बन्न जान्छ।
यसपछि सारा इस्राएल जम्मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाडनाता हौं।” (१ इतिहास ११:१ यूएलटि)
यसको अर्थ हो, "हामी र तपाईं एउटै जाति र परिवारका हौँ।"
इस्राएलका सन्तानहरू साहससँग हिँडिरहेका थिए। (प्रस्थान १४:८ख ASV)
अङ्ग्रेजी टुक्का with a high hand (साहससँग) को अर्थ हो इस्राएलीहरू नडराइकन अटेर गरेर निस्केर गए।"
तर हे परमेश्वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ। भजनसंग्रह ३:३ख यूएलटि)
यसको अर्थ हो, "मलाई सहायता गर्ने"।
यदि तपाईंको भाषामा टुक्काहरूलाई सजिलै बुझ्न सकिन्छ भने तिनको प्रयोग गर्नुहोस्। यदि सकिन्न भने अरू विकल्पहरू तल दिइएका छन्।
(१) टुक्काको प्रयोग नगरिकन सामान्य अर्थको अनुवाद गर्नुहोस्।
(२) तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने उस्तै अर्थ दिने अर्को टुक्काको प्रयोग गर्नुहोस्।
(१) टुक्काको प्रयोग नगरिकन सामान्य अर्थको अनुवाद गर्नुहोस्।
(२) तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने उस्तै अर्थ दिने अर्को टुक्काको प्रयोग गर्नुहोस्।
वक्ताले भनेका शब्दहरूको शाब्दिक अर्थको ठिक विपरित अर्थ लाग्ने गरी अभिव्यक्त गरिने अलङ्कारलाई व्यङ्ग्य भनिन्छ। कहिलेकाहीँ कुनै व्यक्तिले अरूको शब्दलाई सापटी लिएर यसको प्रयोग गर्छ, तर उसले आफू त्यससँग सहमत छैन भन्ने कुरा सञ्चार गर्न खोजेको हुन्छ। मानिसहरूले कुनै कुरा हुनुपर्ने भन्दा कति फरक छ भन्ने कुरा जनाउलाई प्रयोग गर्छन् वा केही कुराप्रति कसैको विश्वास कति गलत वा मूर्ख छ भन्ने कुरा देखाउनलाई पनि यसको प्रयोग गरिन्छ।
तर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।” (लूका ५:३१-३२ यूएलटि)
येशूले "धर्मीहरू" भनेर साँच्चै धर्मीहरूलाई भन्नुभएको होइन, तर आफूलाई धर्मी ठान्नेहरूलाई भन्नुभएको हो। आफूलाई अरूभन्दा धर्मी ठानी पश्चाताप गर्नु आवश्यक छैन भन्ने सोच्नु गलत हो भन्ने देखाउनलाई येशूले व्यङ्ग्यको प्रयोग गर्नुभयो।
तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ (मर्कूस ७:९ख यूएलटि)
यहाँ येशूले फरिसीहरूले गरेको गलत कामलाई येशूले प्रशंसा गर्नुभएको छ। उहाँले व्यङ्ग्यको माध्यमद्वारा प्रशंसाको विपरित कुराको सञ्चार गर्नुहुन्छः उहाँले आज्ञाहरू पालन गर्ने कुरालाई गर्वको रूपमा लिने फरिसीहरूलाई तिनीहरूका परम्पराहरूले परमेश्वरको आज्ञालाई भङ्ग गरेका कारण तिनीहरू परमेश्वरदेखि धेरै टाढा छन् भन्ने कुराको सञ्चार गर्नुहुन्छ । व्यङ्ग्यको प्रयोगले फरिसीहरूका पापलाई स्पष्ट र सनसनीपूर्ण बनाइदिनुभयो।
“आफ्नो मुद्दा-मामिला पेश गर,” परमप्रभु भन्नुहुन्छ। “आफ्नो तर्क ल्याओ,” याकूबका महाराजाधिराज भन्नुहुन्छ। “जे हुन आउने छ सो बताइदिन तिमीहरूका मूर्तिहरूलाई ल्याओ । यसरी भइसकेका कुरा हामीलाई बताइदेओ, र हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्छ भनी हामी जान्न सकौं। अथवा हुन आउने कुरा हामीलाई बताइदेओ।” (यशैया ४१:२१-२२ यूएलटि)
मानिसहरूले आफ्ना मूर्तिहरूको पूजा यसरी गरे कि मानौँ ती मूर्तिहरूसँग ज्ञान वा शक्ति थियो, र परमेश्वर तिनीहरूको यस क्रियाकलापदेखि क्रोधित हुनुभयो। यसैले उहाँले व्यङ्ग्यको प्रयोग गरेर भविष्यमा के हुने हो सो कुरा बताउन तिनीहरूका मूर्तिहरूलाई चुनौति दिनुभयो। मूर्तिहरूले त्यसो गर्न सक्दैनन् भन्ने उहाँलाई थाहा थियो, तर तिनीहरूले सक्छन् झैं गरेर तिनीहरूलाई गिज्याउनुभयो। यसरी तिनीहरूको असक्षमतालाई उहाँले थप स्पष्ट पारिदिनुभयो र तिनीहरूको पूजा गरेको कारण मानिसहरूलाई हप्काउनुभयो।
के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्छस्?
र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?
नि:सन्देह तैंले यी सबै कुरा जान्दछस् होला, किनकि तँ जन्मिसकेको थिइस्! “तँ कति धेरै वर्ष बाँचिसकिस्!“ (अय्यूब ३८:२०-२१ यूएलटि)
अय्यूबले आफूलाई बुद्धिमानी सोचे। अय्यूब बुद्धिमानी छैनन् भन्ने देखाउनलाई परमेश्वरले व्यङ्ग्यको प्रयोग गर्नुभयो। माथि रेखाङ्कन गरिएका दुई वाक्यांशहरू व्यङ्ग्य हुन्। तिनीहरूले लेखिएको कुराभन्दा विपरित अर्थ दिन्छन्, किनकि यी वाक्यांशहरू झुटा हुन्। अय्यूबलाई ज्योतिको सृष्टिको बारेमा थाहा छैन किनकि तिनी धेरै-धेरै वर्षपछि जन्मिका थिए भन्ने कुरालाई यसले जोड दिएको छ।
तिमीहरू तृप्त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौं! (१ कोरिन्थी ४:८ यूएलटि)
कोरिन्थीका मानिसहरूले आफूलाई धेरै बुद्धिमानी, आफैँमा पूर्ण, र आफूलाई पावलका शिक्षाहरूको आवश्यकता नपर्ने ठाने। तिनीहरूले कति घमण्डका साथ नाटक गरिरहेका थिए र तिनीहरू बुद्धिमानी थिएनन् भन्ने कुरा देखाउनलाई पावलले व्यङ्ग्यको प्रयोग गरे।
यदि तपाईंको भाषामा व्यङ्ग्यलाई बुझिन्छ भने यसलाई जस्ताको तस्तै अनुवाद गर्नुहोस्। होइन भने केही रणनीतिहरू तल दिइएका छन्ः
(१) अरू कसैले के कुरा विश्वास गर्छ भन्ने कुरा वक्ताले बताउँदैन् भन्ने अर्थ लाग्ने गरी अनुवाद गर्नुहोस्।
(२) व्यङ्ग्यले भन्न खोजेको वास्तविक कुरालाई व्यक्त गर्ने किसिमले अनुवाद गर्नुहोस्। वक्ताले व्यक्त गरेको शब्दहरूमा वास्तविक अर्थ पाइन्नन्, वास्तविक अर्थ वक्ताले प्रयोग गरेका शब्दहरूको शाब्दिक अर्थको विपरित हुन्छ।
(१) अरू कसैले के कुरा विश्वास गर्छ भन्ने कुरा वक्ताले बताउँदैन् भन्ने अर्थ लाग्ने गरी अनुवाद गर्नुहोस् ।
(२) व्यङ्ग्यले भन्न खोजेको वास्तविक कुरालाई व्यक्त गर्ने किसिमले अनुवाद गर्नुहोस्।
र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ? नि:सन्देह तैंले यी सबै कुरा जान्दछस् होला, किनकि तँ जन्मिसकेको थिइस्! तँ कति धेरै वर्ष बाँचिसकिस्!“ (अय्यूब ३८:२०-२१ यूएलटि)
Litotes भाषण को एक आंकडा हो जसमा वक्ताले एक शब्द वा वाक्यांशलाई अस्वीकार गरेर बलियो सकारात्मक अर्थ व्यक्त गर्दछ जुन उसले चाहेको अर्थको विपरीत हो। उदाहरण को लागी, कसैले "नराम्रो छैन" को रूपमा वर्णन गरेर केहि धेरै राम्रो छ भनेर संचार गर्ने इरादा गर्न सक्छ। एक litotes र एक दोहोरो नकारात्मक बीचको भिन्नता यो हो कि एक litotes ले सकारात्मक अर्थलाई सादा सकारात्मक कथनले गर्न सक्ने भन्दा बढि बढाउँछ, र दोहोरो नकारात्मकले गर्दैन। माथिको उदाहरणमा, सादा डबल नकारात्मक रूपमा लिइएको "नराम्रो होइन," को शाब्दिक अर्थ "स्वीकार्य" वा "राम्रो" हुनेछ। तर यदि वक्ताले यसलाई लिटोट्सको रूपमा अभिप्रेरित गरे, तब अर्थ "धेरै राम्रो" वा "अत्यन्त राम्रो" हो।
केही भाषामा निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोग गरिन्न। ती भाषा बोल्ने मानिसहरूलाई निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोगले सकारात्मक अर्थलाई थप बलियो पार्छ भन्ने कुरा थाहा नहुन सक्छ। यसको प्रयोगले सकारात्मक अर्थलाई थप कमजोर पार्छ वा सकारात्मक अर्थलाई निषेध गर्छ भन्ने उनीहरूलाई लाग्न सक्छ।
भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ, (१ थेसलोनिकी २:१ यूएलटि)
निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोग गरेर पावलले तिनीहरूकहाँ उनको आगमन धेरै फाइदाजनक भएको कुरालाई जोड दिए।
उज्यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बिचमा लरतरो हलचल भएन। (प्रेरित १२:१८ युएलटि)
निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोग गरेर पत्रुसमा भएको कुराले सिपाहीहरूमा धेरै हलचल वा चिन्ता भएको कुरामा लूकाले जोड दिए। (पत्रुस झ्यालखानामा थिए, तिनलाई सिपाहीहरूले पहरा दिइरहेका थिए तथापि एकजना स्वर्गदूतको सहायतामा तिनी उम्कन सफल भए। त्यसैले तिनीहरू धेरै उत्तेजित भएका थिए।)
‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ,
तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्,
किनकि तँबाट एक जना शासक निस्किआउनेछन्,
जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्।” (मत्ती २:६ यूएलटि)
यहाँ निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिको प्रयोग गरेर अगमवक्ताले बेथलेहेम धेरै महत्त्वपूर्ण सहर हुने छ भन्ने कुरालाई जोड दिए।
यदि यहाँ निषेधात्मक वाक्यांशसँगै आउने वक्रोक्तिलाई तपाईंको भाषामा बुझ्न कठिन हुँदैन भने यसको प्रयोग गर्नुहोस्।
(१) यदि नकारात्मक शब्दको अर्थ स्पष्ट हुँदैन भने सकारात्मक अर्थलाई थप बलियो बनाएर प्रयोग गर्नुहोस् ।
(१) यदि नकारात्मक शब्दको अर्थ स्पष्ट हुँदैन भने सकारात्मक अर्थलाई थप बलियो बनाएर प्रयोग गर्नुहोस्।
भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन व्यर्थ नभएको तिमीहरू आफैलाई थाहा छ, (१ थेसलोनिकी २:१ यूएलटि)
भाइ हो, तिमीहरूकहाँ हाम्रो आगमन धेरै असल भएको तिमीहरू आफैलाई थाहा छ, (१ थेसलोनिकी २:१ यूएलटि)
उज्यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बिचमा लरतरो हलचल भएन। (प्रेरित १२:१८ यूएलटि)
- “उज्यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बिचमा धेरै हलचल भयो।”
- “उज्यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बिचमा धेरै चिन्तित भए।”
कुनै वस्तुका विल्कुलै विपरित दुई भागहरूको प्रयोग गरेर उक्त वस्तुको बारेमा बताउने अलङ्कारलाई मेरिज्म भनिन्छ। ती विल्कुलै विपरित दुई भागहरूको बिचमा भएका अन्य भागहरू पनि त्यसभित्र पर्छन्।
“अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुने छ।” (प्रकाश १:८ युएलटि)
“अल्फा र ओमेगा, पहिलो र अन्तिम, सुरु र अन्त्य म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुने छ। (प्रकाश २२:१३ युएलटि)
अल्फा र ओमेगा ग्रीक वर्णमालाका पहिलो र अन्तिम अक्षर हुन्। यसले सुरुदेखि अन्तसम्मका सबै कुरालाई समेट्छ। यसले अनन्तलाई जनाउँछ।
हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढाउँछु, …, (मत्ती ११:२५ यूएलटि)
स्वर्ग र पृथ्वी एउटा मेरिज्म हो जसले अस्तित्वमा रहेका सबै कुरालाई समेट्छ।
केही भाषाहरूमा मेरिज्मको प्रयोग गरिन्न। ती भाषा बोल्नेहरूले दिइएको वाक्यांशले उल्लेख गरिएका कुरालाई मात्र समेट्छ भन्ने बुझ्छन्। यसले दिइएका दुई कुरा र तिनका बिचमा पर्ने सबै कुरा समेट्छ भन्ने कुराको महसुस नगर्न सक्छन्।
सूर्योदयदेखि सूर्यास्तसम्मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ। (भजनसंग्रह ११३:३ यूएलटि)
कालो रंग गरिएको वाक्यांश मेरिज्म हो किनकी यसले पूर्वदेखि पश्चिमसम्मका सबै कुरालाई समेट्छ। यसको अर्थ "सबैतिर" हुन्छ।
ठूला र साना दुवै परमप्रभुका भय मान्नेहरूलाई उहाँले आशीर्वाद दिनुहुने छ। (भजनसंग्रह ११५:१३ युएलटि)
कालो रंग गरिएको वाक्यांश मेरिज्म हो किनकी यसले ठूला र साना अनि बिचमा पर्ने सबैलाई समेट्छ। यसको अर्थ "सबैजना" हुन्छ।
यदि तपाईंको भाषामा मेरिज्मको प्रयोग स्वभाविक छ र यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । होइन भने अन्य विकल्प तल दिइएका छन्ः
(१) दुई विपरित भागहरूको प्रयोग नगरिकन मेरिज्मले केलाई जनाउँछ पहिचान गर्नुहोस्।
(२) मेरिज्मले केलाई जनाउँछ भन्ने कुराको पहिचान गर्नुहोस् र ती भागहरूलाई पनि उल्लेख गर्नुहोस्।
(१) दुई विपरित भागहरूको प्रयोग नगरिकन मेरिज्मले केलाई जनाउँछ पहिचान गर्नुहोस्।
(२) मेरिज्मले केलाई जनाउँछ भन्ने कुराको पहिचान गर्नुहोस् र ती भागहरूलाई पनि उल्लेख गर्नुहोस्।
*
कुनै एउटा धारणालाई अर्को धारणाको निम्ति प्रयोग गरिने अलङ्कारलाई रूपक भनिन्छ, ती दुई धारणाहरूको बिचमा कम्तिमा पनि एउटा तुलनायोग्य कुरा हुनुपर्छ। अर्को शब्दमा भन्नुपर्दा कुनै दुई फरक कुराहरूको बारेमा बताएर ती दुई कुरा एउटै हुन् भन्ने कुरा बुझाउनको लागि यसको प्रयोग गरिन्छ । उदाहरणको लागि, कसैले भन्न सक्छः
यहाँ वक्ताले "मैले प्रेम गरेकी केटी" र "रातो गुलाब" बिचमा के कुरा समान् छन् भन्ने कुरा श्रोताहरूले सुनून् भन्ने चाहन्छन् । सायद तिनले ती दुबै सुन्दर छन् भन्न खोजेका होलान्।
माथिको उदाहरणले हामीलाई देखाउँछ कि रूपकको तीन भागहरू छन्। यस रूपकमा, वक्ताले "मैले माया गर्ने केटी" को बारेमा कुरा गरिरहेको छ। यो विषय हो। वक्ता श्रोताले उहाँ र “रातो गुलाब” मा के समान छ भनी सोचेको चाहनुहुन्छ। रातो गुलाब त्यो छवि हो जसमा उसले केटीलाई तुलना गर्छ। सायद, उहाँ श्रोताले विचार गर्न चाहनुहुन्छ कि तिनीहरू दुवै सुन्दर छन्। यो केटी र गुलाब दुबै साझा गर्ने विचार हो, र त्यसैले हामी यसलाई तुलनाको बिन्दु पनि भन्न सक्छौं।
प्रत्येक रूपकको तीन भागहरू छन्:
विषय, लेखक/वक्ताद्वारा तुरुन्तै छलफल भइरहेको वस्तु।
छवि, भौतिक वस्तु (वस्तु, घटना, कार्य, आदि) जसलाई वक्ताले विषय वर्णन गर्न प्रयोग गर्दछ।
विचार, अमूर्त अवधारणा वा गुण जुन भौतिक छविले श्रोताको दिमागमा ल्याउँछ जब उसले छवि र विषय कसरी समान छ भनेर सोच्दछ। प्रायः, रूपकको विचार बाइबलमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन, तर यो केवल सन्दर्भबाट निहित छ। श्रोता वा पाठकले सामान्यतया विचार आफैं सोच्न आवश्यक छ।
यी सर्तहरू प्रयोग गरेर, हामी भन्न सक्छौं कि एक रूपक भाषणको एक आकृति हो जसले वक्ताको शीर्षकमा अमूर्त विचार लागू गर्न भौतिक छवि प्रयोग गर्दछ।
वक्ताहरूले प्रायः आफ्नो सन्देशलाई बलियो बनाउन, आफ्नो भाषालाई अझ जीवन्त बनाउन, आफ्ना भावनाहरूलाई अझ राम्रोसँग व्यक्त गर्न, अरू कुनै तरिकाले भन्न गाह्रो भएको कुरा भन्न , वा मानिसहरूलाई उनीहरूको सन्देश सम्झन मद्दत गर्नको लागि रूपकहरू प्रयोग गर्छन्।
कहिलेकाहीँ वक्ताहरूले रूपकहरू प्रयोग गर्छन् जुन तिनीहरूको भाषामा धेरै सामान्य छन्। यद्यपि, कहिलेकाहीँ स्पिकरहरूले रूपकहरू प्रयोग गर्छन् जुन असामान्य छन्, र केही रूपकहरू पनि अद्वितीय छन्। जब एक रूपक भाषामा धेरै सामान्य भएको छ, प्रायः यो "निष्क्रिय" रूपक हुन्छ, असामान्य रूपकहरूको विपरित, जसलाई हामी "सक्रिय" भनी वर्णन गर्छौं। निष्क्रिय रूपकहरू र सक्रिय रूपकहरू प्रत्येकले फरक प्रकारको अनुवाद समस्या प्रस्तुत गर्दछ, जसलाई हामी तल छलफल गर्नेछौं।
एक निष्क्रिय रूपक एक रूपक हो जुन भाषामा यति धेरै प्रयोग गरिएको छ कि यसका वक्ताहरूले यसलाई अर्कोको लागि खडा भएको अवधारणाको रूपमा मान्दैनन्। भाषाविद्हरूले प्रायः यी "मृत रूपकहरू" बोलाउँछन्। निष्क्रिय रूपकहरू धेरै सामान्य छन्। अंग्रेजीमा उदाहरणहरूमा "टेबल खुट्टा," "पारिवारिक रूख", "पुस्तकको पात" (पुस्तकको पृष्ठको अर्थ), वा शब्द "क्रेन" (अर्थ भारी बोझ उठाउनको लागि ठूलो मेसिन) शब्दहरू समावेश छन्। अङ्ग्रेजी स्पिकरहरूले यी शब्दहरूलाई एकभन्दा बढी अर्थहरू भएको रूपमा मात्र सोच्छन्। बाइबलीय हिब्रूमा निष्क्रिय रूपकहरूका उदाहरणहरूमा "शक्ति" को प्रतिनिधित्व गर्न "हात" शब्द प्रयोग गर्नु, "उपस्थिति" लाई प्रतिनिधित्व गर्न "अनुहार" शब्द प्रयोग गर्नु र भावनाहरू वा नैतिक गुणहरू "लपडा" जस्तै बोल्नु समावेश छ।
रूपक बोलीका धेरै तरिकाहरू अवधारणाहरूको जोडीमा निर्भर हुन्छन्, जहाँ एक अन्तर्निहित अवधारणा प्रायः फरक अन्तर्निहित अवधारणाको लागि खडा हुन्छ। उदाहरणका लागि, अङ्ग्रेजीमा, दिशा "अप" (छवि) ले प्राय: "अधिक" वा "राम्रो" (विचार) को अवधारणाहरू प्रतिनिधित्व गर्दछ। अन्तर्निहित अवधारणाहरूको यो जोडीको कारणले गर्दा, हामी वाक्यहरू बनाउन सक्छौं जस्तै "पेट्रोलको मूल्य बढ्दै छ," "एक उच्च बौद्धिक मानिस," र यसको विपरीत प्रकारको विचार पनि: "तापमान तल गइरहेको छ," र "म। म धेरै कम महसुस गर्छु।"
अवधारणाहरूको नमूना जोडीहरू लगातार संसारका भाषाहरूमा रूपक उद्देश्यका लागि प्रयोग गरिन्छ किनभने तिनीहरूले विचारलाई व्यवस्थित गर्ने सुविधाजनक तरिकाको रूपमा सेवा गर्छन्। सामान्यतया, मानिसहरूले अमूर्त गुणहरू (जस्तै शक्ति, उपस्थिति, भावनाहरू, र नैतिक गुणहरू) को कुरा गर्न मन पराउँछन् मानौं तिनीहरू शरीरका अंगहरू हुन्, वा तिनीहरू देख्न वा राख्न सकिने वस्तुहरू हुन्, वा तिनीहरू घटनाहरू हुन्। तिनीहरूको रूपमा हेर्न सकिन्छ।
तल दिइएको रूपकमा वक्ताले स्त्रीलाई रातो गुलाबको रूपमा वर्णन गरेका छन् । उक्त स्त्री (उनकी "प्रेमिका") विषय हुन्, र "रातो गुलाब" बिम्ब हो । 'सुन्दरता र कोमलता' वक्ताले विषय र बिम्बका बिचमा भएको समानता जनाउनको निम्ति प्रयोग गरेका तुलनाको बिन्दु हुन् ।
"तातो बढाउनुहोस्।" थपको रूपमा बोलिएको छ।
"हाम्रो बहसलाई अगाडि बढाऔं।" जे योजना गरिएको थियो त्यसलाई हिड्ने वा अगाडि बढ्न भनिन्छ।
"तपाईले आफ्नो सिद्धान्तको राम्रोसँग रक्षा गर्नुहुन्छ।" तर्कलाई युद्ध भनिन्छ।
"शब्दहरूको प्रवाह।" शब्दहरू तरल पदार्थको रूपमा बोलिन्छन्।
अङ्ग्रेजी वक्ताहरूले यसलाई रूपक अभिव्यक्ति वा भाषणको आंकडाको रूपमा हेर्दैनन्, त्यसैले तिनीहरूलाई अन्य भाषाहरूमा अनुवाद गर्नु गलत हुनेछ जसले मानिसहरूलाई लाक्षणिक भाषणको रूपमा तिनीहरूलाई विशेष ध्यान दिनेछ। बाइबलीय भाषाहरूमा यस प्रकारको रूपकको महत्त्वपूर्ण ढाँचाहरूको विवरणको लागि, कृपया बाइबलीय रूपक— साझा ढाँचाहरू र यसले तपाईंलाई निर्देशन दिने पृष्ठहरू हेर्नुहोस्।
निष्क्रिय रूपकलाई अर्को भाषामा अनुवाद गर्दा, यसलाई रूपकको रूपमा व्यवहार नगर्नुहोस्। बरु, लक्ष्य भाषामा त्यो चीज वा अवधारणाको लागि उत्तम अभिव्यक्ति मात्र प्रयोग गर्नुहोस्।
यी रूपकहरू हुन् जसलाई मानिसहरूले एउटा अवधारणालाई अर्को अवधारणाको लागि खडा गर्ने, वा अर्को कुराको लागि एउटा कुराको रूपमा मान्यता दिन्छ। रूपकहरूले मानिसहरूलाई एक चीज कसरी अर्को चीज जस्तै छ भन्ने बारे सोच्न लगाउँदछ, किनकि धेरै जसो रूपमा दुई चीजहरू धेरै फरक छन्। मानिसहरूले सजिलैसँग यी रूपकहरूलाई सन्देशलाई बल र असामान्य गुणहरू दिने रूपमा चिन्न सक्छन्। यस कारणका लागि, मानिसहरूले यी रूपकहरूमा ध्यान दिन्छन्। उदाहरण को लागी,
तर मेरो नाउँको डर मान्ने तिमीहरूका निम्ति, धार्मिकताको सूर्य पखेटामा निको भएर उदाउनेछ। (मलाकी ४:२क यूएलटि)
यहाँ, परमेश्वरले आफ्नो मुक्तिको बारेमा बोल्नु भएको छ मानौं यो सूर्य उदाउने क्रममा आफ्ना किरणहरू उहाँलाई माया गर्ने मानिसहरूमा चम्काउनको लागि हो। उसले सूर्यको किरणहरू पनि पखेटाहरू जस्तै बोल्छ। साथै, उहाँले यी पखेटाहरूको बारेमा बोल्नुहुन्छ मानौं तिनीहरूले आफ्ना मानिसहरूलाई निको पार्ने औषधी ल्याइरहेका छन्। यहाँ अर्को उदाहरण छ:
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, "जाऊ र त्यो स्याललाई भन …" (लूका १३:३२क यूएलटि)
यहाँ, "त्यो स्याल" ले राजा हेरोदलाई बुझाउँछ। येशूको कुरा सुन्ने मानिसहरूले पक्कै बुझे कि येशूले हेरोदमा स्यालको केही विशेषताहरू लागू गर्न चाहनुभएको थियो। तिनीहरूले सायद बुझेका थिए कि येशूले हेरोद दुष्ट थियो भनेर संचार गर्न चाहनुभएको थियो, या त धूर्त तरिकामा वा विनाशकारी, हत्यारा, वा आफूसँग नभएका चीजहरू लिने वा यी सबैको रूपमा।
सक्रिय रूपकहरूलाई सही अनुवाद गर्न अनुवादकको विशेष हेरचाह चाहिन्छ। त्यसो गर्नको लागि, तपाईंले रूपकका भागहरू बुझ्न आवश्यक छ र तिनीहरूले अर्थ उत्पादन गर्न कसरी सँगै काम गर्छन्।
येशूले तिनीहरूलाई भन्नुभयो, “म जीवनको रोटी हुँ। जो मकहाँ आउँछ ऊ भोको हुनेछैन, र जसले ममाथि विश्वास गर्छ ऊ कहिल्यै तिर्खाउनेछैन।” (यूहन्ना ६:३५ यूएलटि)
यस रूपकमा, येशूले आफूलाई जीवनको रोटी भन्नुभयो। विषय "म" (अर्थात येशू आफै) र छवि "रोटी" हो। रोटी मुख्य खाना थियो जुन मानिसहरूले त्यो स्थान र समयमा खाए। रोटी र येशू बीचको समानता भनेको मानिसहरूलाई बाँच्न दुवै चाहिन्छ। जसरी मानिसहरूले भौतिक जीवन पाउनको लागि खाना खान आवश्यक छ, मानिसहरूले अनन्त जीवन पाउनको लागि येशूमा भरोसा गर्न आवश्यक छ। रूपकको विचार "जीवन" हो। यस अवस्थामा, येशूले रूपकको केन्द्रीय विचार बताउनुभयो, तर अक्सर विचार मात्र निहित हुन्छ।
रूपकको एउटा उद्देश्य भनेको उनीहरूलाई थाहा नभएको कुरा (विषय) बारे मानिसहरूलाई सिकाउनु हो जुन उनीहरूलाई पहिले नै थाहा भएको कुरा (छवि) जस्तो देखाएर।
अर्को उद्देश्य भनेको कुनै कुरा (विषय) को एक विशेष गुण (विचार) छ भन्ने कुरामा जोड दिनु वा त्यो गुणलाई चरम तरिकामा देखाउनु हो।
अर्को उद्देश्य भनेको मानिसहरूलाई विषयको बारेमा त्यस्तै महसुस गराउन नेतृत्व गर्नु हो जसरी उनीहरू छविको बारेमा महसुस गर्छन्।
एक रूपकको अर्थ लक्षित दर्शकहरूलाई स्पष्ट रूपमा बनाउनुहोस् जुन यो मूल दर्शकहरूलाई थियो।
एक रूपकको अर्थ लक्षित दर्शकहरूलाई अझ स्पष्ट नबनाउनुहोस् जुन तपाईं सोच्छु कि यो मूल दर्शकहरूलाई थियो।
हे बाशानका गाईहरू, यो वचन सुन, (आमोस ४:१ज यूएलटि)
यस रूपकमा आमोसले सामरियाका माथिल्लो वर्गका महिलाहरूलाई ("तपाईं," विषय) गाईहरू (छवि) जस्तै बोल्छन्। आमोसले यी महिला र गाईहरू बीच कस्तो समानता (हरू) चाहानुहुन्छ भनेर बताउँदैन। उहाँ पाठकले तिनीहरूको बारेमा सोच्न चाहनुहुन्छ, र उहाँ पूर्णतया आशा गर्नुहुन्छ कि उहाँको संस्कृतिका पाठकहरूले सजिलै त्यसो गर्नेछन्। प्रसङ्गबाट हेर्दा हामीले देख्न सक्छौं कि महिलाहरू गाईजस्तै हुन् जसमा उनीहरू मोटा हुन्छन् र आफूलाई खुवाउन मात्र रुचि राख्छन्। यदि हामीले भिन्न संस्कृतिबाट समानताहरू लागू गर्ने हो, जस्तै कि गाईहरू पवित्र छन् र पूजा गर्नुपर्छ, हामीले यस पदको गलत अर्थ पाउनेछौं।
नोट: आमोसले वास्तवमा महिलाहरू गाई हुन् भन्ने होइन। उहाँ तिनीहरूलाई मानव रूपमा बोल्नुहुन्छ।
तैपनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं। तपाईं हाम्रो कुमाले हुनुहुन्छ; र हामी सबै तपाईंको हातको काम हौं। (यशैया ६४:८ यूएलटि)
माथिको उदाहरणमा दुई सम्बन्धित रूपकहरू छन्। विषय(हरू) "हामी" र "तिमी" हुन् र छवि (हरू) "माटो" र "कुमाले" हुन्। कुमाले र परमेश्वर बीचको समानता यो तथ्य हो कि दुबैले आफ्नो सामग्रीबाट आफूले चाहेको कुरा बनाउँछन्। कुमालेले माटोबाट आफूले चाहेको कुरा बनाउँछ, र परमेश्वरले आफ्ना मानिसहरूबाट आफूले चाहेको कुरा बनाउनुहुन्छ। कुमालेको माटो र "हामी" बीचको तुलनाद्वारा व्यक्त गरिएको विचार भनेको माटो वा परमेश्वरका मानिसहरूलाई तिनीहरू के भइरहेको छ भनेर गुनासो गर्ने अधिकार छैन।
येशूले तिनीहरूलाई भन्नुभयो, "होशियार रहो र फरिसीहरू र सदुकीहरूको खमीरबाट होशियार रहो।" चेलाहरूले आपसमा तर्क गरे र भने, “हामीले रोटी खाएनौं।” (मत्ती १६:६-७ यूएलटि)
येशूले यहाँ एउटा रूपक प्रयोग गर्नुभयो, तर उहाँका चेलाहरूले यो बुझेनन्। जब उहाँले "खमीर" भन्नुभयो, तिनीहरूले सोचे कि उहाँले रोटीको बारेमा कुरा गर्दै हुनुहुन्छ, तर "खमीर" उनको रूपकमा छवि थियो, र विषय फरिसीहरू र सदुकीहरूको शिक्षा थियो। चेलाहरूले (मूल श्रोताहरू) ले येशूको अर्थ बुझेका थिएनन्, येशूले के भन्न खोज्नुभएको थियो भनेर यहाँ स्पष्ट रूपमा बताउन राम्रो हुनेछैन।
मूल पाठकहरूले बुझे जस्तै रूपकलाई मानिसहरूले बुझ्थे भने, अगाडि बढ्नुहोस् र प्रयोग गर्नुहोस्। मानिसहरूले यसलाई सही तरिकाले बुझेका छन् भनी सुनिश्चित गर्न अनुवादको परीक्षण गर्न निश्चित हुनुहोस्।
यदि मानिसहरूले यसलाई बुझ्दैनन् वा बुझ्दैनन् भने, यहाँ केही अन्य रणनीतिहरू छन्।
(१) यदि रूपक स्रोत भाषामा एक साझा अभिव्यक्ति हो वा बाइबलीय भाषामा अवधारणाहरूको एक नमूना जोडी व्यक्त गर्दछ (अर्थात, यो एक निष्क्रिय रूपक हो), त्यसपछि आफ्नो भाषा द्वारा मनपर्ने सरल तरिकामा विचार व्यक्त गर्नुहोस्।
(२) यदि रूपक एक सक्रिय रूपक जस्तो देखिन्छ भने, तपाईले यसलाई शाब्दिक रूपमा अनुवाद गर्न सक्नुहुन्छ यदि तपाई सोच्नुहुन्छ कि लक्षित भाषाले पनि यो रूपकलाई बाइबलमा जस्तै अर्थको रूपमा प्रयोग गर्दछ। यदि तपाईंले यो गर्नुभयो भने, भाषा समुदायले यसलाई सही रूपमा बुझेको छ भनी सुनिश्चित गर्न यसलाई परीक्षण गर्न निश्चित हुनुहोस्।
(३) यदि लक्षित दर्शकहरूले यो एक रूपक हो भनेर बुझ्दैनन् भने, तब रूपकलाई एक उपमामा परिवर्तन गर्नुहोस्। केही भाषाहरूले "जस्तै" वा "जस्ता" शब्दहरू थपेर यो गर्छन्। रूपक हेर्नुहोस्।
(४) यदि लक्षित दर्शकहरूलाई छवि थाहा छैन भने, त्यो छवि कसरी अनुवाद गर्ने भन्ने बारे विचारहरूको लागि अनुवाद अज्ञात हेर्नुहोस्।
(५) यदि लक्षित दर्शकहरूले त्यो अर्थको लागि त्यो छवि प्रयोग गर्दैनन् भने, यसको सट्टा आफ्नै संस्कृतिको छवि प्रयोग गर्नुहोस्। यो बाइबल समयमा सम्भव हुन सक्ने छवि हो भनी पक्का हुनुहोस्।
(६) यदि लक्षित श्रोतालाई विषय के हो थाहा छैन भने, विषय स्पष्ट रूपमा बताउनुहोस्। (यद्यपि, यदि मूल श्रोतालाई विषय के हो थाहा छैन भने यो नगर्नुहोस्।)
(७) यदि लक्षित श्रोतालाई विषय र छवि बीचको समानता (विचार) थाहा छैन भने, त्यसपछि स्पष्ट रूपमा बताउनुहोस्।
(८) यदि यी मध्ये कुनै पनि रणनीति सन्तोषजनक छैन भने, केवल एक रूपक प्रयोग नगरी विचारलाई स्पष्ट रूपमा बताउनुहोस्।
(१) यदि रूपक स्रोत भाषामा एक साझा अभिव्यक्ति हो वा बाइबलीय भाषामा अवधारणाहरूको एक नमूना जोडी व्यक्त गर्दछ (अर्थात, एक निष्क्रिय रूपक), त्यसपछि आफ्नो भाषा द्वारा मनपर्ने सरल तरिकामा विचार व्यक्त गर्नुहोस्।
तब, हेर, सभाघरका एकजना अगुवा, जसको नाउँ याइरस आयो, र उसलाई देखेर उहाँको पाउमा घोप्टो पर्यो। (मार्क ५:२२ यूएलटि)
त्यसपछि सभाघरका अगुवाहरूमध्ये एकजना याइरस नाउँ आए, र तिनलाई देखेर तुरुन्तै उहाँको सामु निहुरिए।
(२) यदि रूपक एक सक्रिय रूपक जस्तो देखिन्छ भने, तपाईले यसलाई शाब्दिक रूपमा अनुवाद गर्न सक्नुहुन्छ यदि तपाई सोच्नुहुन्छ कि लक्षित भाषाले पनि यो रूपकलाई बाइबलमा जस्तै अर्थको रूपमा प्रयोग गर्दछ। यदि तपाईंले यो गर्नुभयो भने, भाषा समुदायले यसलाई सही रूपमा बुझेको छ भनी सुनिश्चित गर्न यसलाई परीक्षण गर्न निश्चित हुनुहोस्।
तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको कठोर हृदयको कारणले गर्दा उहाँले तिमीहरूलाई यो आज्ञा लेख्नुभएको हो।” (मार्कुस १०:५ यूएलटि)
तिमीहरूको कठोर हृदयले गर्दा उहाँले तिमीहरूलाई यो व्यवस्था लेख्नुभएको हो।
हामीले यसमा कुनै परिवर्तन गरेका छैनौं, तर लक्षित दर्शकहरूले यो रूपकलाई सही रूपमा बुझ्छन् भनी सुनिश्चित गर्नको लागि यो परीक्षण गरिनुपर्छ।
(३) यदि लक्षित दर्शकहरूले यो एक रूपक हो भनेर बुझ्दैनन् भने, तब रूपकलाई एक उपमामा परिवर्तन गर्नुहोस्। केही भाषाहरूले "जस्तै" वा "जस्ता" शब्दहरू थपेर यो गर्छन्।
तैपनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं। तपाईं हाम्रो कुमाले हुनुहुन्छ; र हामी सबै तपाईंको हातको काम हौं। (यशैया ६४:८ यूएलटि)
तैपनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो जस्तै छौं। तपाईं कुमाले जस्तै हुनुहुन्छ; र हामी सबै तपाईंको हातको काम हौं।
(४) यदि लक्षित दर्शकहरूलाई छवि थाहा छैन भने, त्यो छवि कसरी अनुवाद गर्ने भन्ने बारे विचारहरूको लागि अनुवाद अज्ञात हेर्नुहोस्।
शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? एउटा गोडा विरुद्ध लात मार्न तपाईलाई गाह्रो छ। (प्रेरित २६:१४ख यूएलटि)
शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? एउटा निसानाको लट्ठीमा लात हान्न तपाईलाई गाह्रो छ।
(५) यदि लक्षित दर्शकहरूले त्यो अर्थको लागि त्यो छवि प्रयोग गर्दैनन् भने, यसको सट्टा आफ्नै संस्कृतिको छवि प्रयोग गर्नुहोस्। यो बाइबल समयमा सम्भव हुन सक्ने छवि हो भनी पक्का हुनुहोस्।
तैपनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं। तपाईं हाम्रो कुमाले हुनुहुन्छ; र हामी सबै तपाईंको हातको काम हौं। (यशैया ६४ः८ यूएलटि)
“अनि तैपनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी काठ हौं। तपाईं हाम्रो नक्काशी हुनुहुन्छ; र हामी सबै तपाईंको हातको काम हौं।
“अनि तैपनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी तार हौं। तिमी बुन्ने हौ; र हामी सबै तपाईंको हातको काम हौं।
(६) यदि लक्षित श्रोतालाई विषय के हो थाहा छैन भने, विषय स्पष्ट रूपमा बताउनुहोस्। (यद्यपि, यदि मूल श्रोतालाई विषय के हो थाहा छैन भने यो नगर्नुहोस्।)
यहवे जीवित हुनुहुन्छ; मेरो चट्टानको प्रशंसा होस्। मेरो मुक्तिको ईश्वर उच्च होस्। (भजनसंग्रह १८:४६ यूएलटि)
यहवे जीवित हुनुहुन्छ; उहाँ मेरो चट्टान हुनुहुन्छ। उहाँको प्रशंसा होस्। मेरो मुक्तिको ईश्वर उच्च होस्।
(७) यदि लक्षित दर्शकहरूलाई विषय र छवि बीचको समानता थाहा छैन भने, त्यसपछि स्पष्ट रूपमा बताउनुहोस्।
यहवे जीवित हुनुहुन्छ; मेरो चट्टानको प्रशंसा होस्। मेरो मुक्तिको ईश्वर उच्च होस्। (भजनसंग्रह १८:४६ यूएलटि)
यहवे जीवित हुनुहुन्छ; उहाँको प्रशंसा होस् किनभने उहाँ चट्टान हुनुहुन्छ जसको मुनि म मेरा शत्रुहरूबाट लुक्न सक्छु। मेरो मुक्तिको ईश्वर उच्च होस्।
शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? एउटा गोडा विरुद्ध लात मार्न तपाईलाई गाह्रो छ। (प्रेरित २६:१४ यूएलटि)
शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? तिमी मेरो विरुद्धमा लड्छौ र आफ्नो मालिकको लाठीमा लात हानेको गोरुले जस्तै आफैलाई चोट पुर्याउँछौ।
(८) यदि यी मध्ये कुनै पनि रणनीति सन्तोषजनक छैन भने, केवल एक रूपक प्रयोग नगरी विचारलाई स्पष्ट रूपमा बताउनुहोस्।
म तिमीलाई मानिसहरूको माछा मार्ने बनाउनेछु। (मार्कुस १:१७ख यूएलटि)
म तिमीलाई मानिसहरूलाई जम्मा गर्ने मानिसहरू बनाउनेछु।
अब माछा जम्मा गर। म तिमीलाई मानिसहरू भेला गराउनेछु।विशिष्ट रूपकहरूको बारेमा थप जान्नको लागि, बाइबलीय रूपकहरू — सामान्य ढाँचाहरू हेर्नुहोस्।
आफ्नै नामद्वारा नभइ यससँग नजिकबाट सम्बन्धित वस्तु वा विचारको नामद्वारा चिनिने अलङ्कारलाई लक्षणा भनिन्छ । लक्षणा आफूसँग सम्बन्धित कुनै अर्को वस्तु वा विचारको सट्टामा प्रयोग गरिएने एउटा शब्द हो।
. . . र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। (१ यूहन्ना १:७ख यूएलटि)
रगतले ख्रीष्टको मृत्युलाई जनाउँछ।
यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। (लूका २२:२० यूएलटि)
कचौराले कचौरामा भएको दाखरसलाई जनाउँछ।
बाइबलमा अक्सर गरेर लक्षणाको प्रयोग गरिएको छ। केही भाषा बोल्ने मानिसहरूले लक्षणाको प्रयोग नगरिने हुनाले तिनीहरूले त्यसलाई नचिन्न सक्छन्। यदि तिनीहरूले लक्षणाको प्रयोगलाई पहिचान गर्न सक्दैनन् भने खण्डले भन्न खोजेको कुरालाई बुझ्ने छैनन् वा खण्डलाई गलत तरिकाले बुझ्न पनि सक्छन् जुन झन् नराम्रो कुरा हो। लक्षणाको प्रयोग केलाई जनाउनको लागि गरिएको हो भन्ने कुरा मानिसहरूले बुझ्न जरुरी हुन्छ।
परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुने छ। (लूका १:३२ख यूएलटि)
यहाँ सिंहासनले राजाको अधिकारलाई जनाउँछ। "राजकीय अधिकारको", "शासन" वा "राज्यकाल" का निम्ति प्रयोग हुने लक्षणा "सिंहासन" हो। यसको अर्थ परमेश्वरले उहाँलाई दाऊद पछिका राजा बनाउनुहुने छ।
तुरुन्तै तिनको मुख खुल्यो (लूका १:६४क यूएलटि)
मुखले बोल्ने शक्तिलाई जनाउँछ। यसको अर्थ उनी फेरि बोल्न सक्ने भए हुन्छ।
आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेताउनी दियो? (लूका ३:७ख यूएलटि)
"दण्ड" को लक्षणा "क्रोध" वा "रिस" हो। परमेश्वर मानिसहरूसँघ अत्यन्तै क्रोधित हुनुभयो, यसैले उहाँले तिनीहरूले दण्ड दिनुहुने छ।
मानिसहरूले लक्षणालाई बुझ्छन् भने यसको प्रयोग गर्नुहोस्। यदि बुझ्दैनन् भने केही विकल्पहरू दिइएका छन्।
(१) लक्षणाको साथमा यसले जनाउने वस्तुको पनि प्रयोग गर्नुहोस्।
(२) लक्षणाले प्रतिनिधि गर्ने वस्तुको नामको मात्र प्रयोग गर्नुहोस्।
(१) लक्षणाको साथमा यसले जनाउने वस्तुको पनि प्रयोग गर्नुहोस्।
यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। (लूका २२:२० यूएलटि)
“यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो दाखरसको कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। ”
यस पदमा दोस्रो लक्षणा पनि छ: कचौरा, (यसमा रहेको दाखमद्यको प्रतिनिधित्व गर्दै) ख्रीष्टले हाम्रो लागि बगाउनुभएको रगतसँग गरिएको नयाँ करारलाई पनि प्रतिनिधित्व गर्दछ।
(२) लक्षणाले प्रतिनिधित्व गर्ने चीजको नाम प्रयोग गर्नुहोस्।
परमप्रभु परमेश्वरले तिनलाई तिनका पिता दाऊदको सिंहासन दिनुहुनेछ। (लूका १:३२ख यूएलटि)
"परमप्रभु परमेश्वरले तिनलाई तिनका बुबा दाऊदको राजाको अख्तियार दिनुहुनेछ।"
वा:
“परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा राजा दाऊदजस्तै राजा बनाउनुहुनेछ।” आउँदै गरेको क्रोधबाट भाग्न तिमीलाई कसले चेतावनी दियो? (लूका ३:७ख यूएलटि) “परमेश्वरको आउँदै गरेको दण्डबाट भाग्न कसले चेतावनी दियो?
केही सामान्य लक्षणाहरू बारे जान्नको लागि, बाइबलीय रूपकहरू— सामान्य लक्षणाहरू हेर्नुहोस्।
सादृष्यमा एकै किसिमका ढाँचा वा विचार भएका दुई वाक्यांश वा उपवाक्यहरूलाई एकसाथ प्रयोग गरिन्छ । सादृष्य विविध किसिमका हुन्छन् । यीमध्ये केहीलाई तल दिइएका छन्ः
१. दोस्रो उपवाक्य वा वाक्यांशले पहिलोको जस्तै अर्थ दिन्छ । यसलाई पर्यायवाची सादृष्य पनि भनिन्छ । २. पहिलोले दोस्रोलाई स्पष्ट पार्छ वा थप बलियो बनाउँछ । ३. दोस्रोले पहिलोलाई पूरा गर्छ । ४. दोस्रोले पहिलोभन्दा फरक कुरा गर्छ तर त्यही विचार व्यक्त गर्छ ।
सादृष्यको प्रयोग प्रायः पुरानो करारका भजनसङ्ग्रह तथा हितोपदेशजस्ता कविताहरूमा पाइन्छ । नयाँ करारको ग्रीकमा (सुसमाचारका चार पुस्तकहरू र प्रेरितहरूको पत्रहरूमा) पनि यसको प्रयोग पाइन्छ ।
मूल भाषाका कविताहरूमा प्रयोग गरिएको पर्यायवाची सादृष्यका (दुवै वाक्यांशको अर्थ एउटै हुने) विविध प्रभावहरू छन्ः
केही भाषामा पर्यायवाची सादृष्यको प्रयोग गरिँदैन । कुनै कुरा दोहोर्याएर भन्दा उनीहरूलाई अनौठो लाग्न सक्छ वा दुई वाक्यांशले फरक अर्थ दिन्छ भन्ने लाग्न सक्छ । तिनीहरूको निम्ति यसको प्रयोग सुन्दर लाग्नुको साटो अलमलमा पार्ने किसिमको हुन जान्छ ।
टिप्पणीः हामी उस्तै अर्थ दिने लामा वाक्यांश वा उपवाक्यहरूको निम्ति "पर्यायवाची सादृष्य" को प्रयोग गर्छौँ । एउटै अर्थ दिने शब्द वा छोटा वाक्यांशहरूको लागि हामी उस्तै अर्थ लाग्ने जोडी शब्दहरूको प्रयोग गर्छौँ ।
दोस्रो उपवाक्य वा वाक्यांशले पहिलोको जस्तै अर्थ दिन्छ । यसलाई पर्यायवाची सादृष्य पनि भनिन्छ ।
तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो । (भजनसङ्ग्रह ११९:१०५ )
वाक्यका दुबै भागहरू रूपक हुन् र तिनले मानिसहरूले कसरी जिउनुपर्छ भन्ने कुरा सिकाउँछन् ।
आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ । सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ; (भजनसङ्ग्रह ८:६ )
दुबै हरफहरूले परमेश्वरले मानिसलाई हरेक कुराहरूको शासक बनाउनुभएको कुरा गर्छन् ।
पहिलोले दोस्रोलाई स्पष्ट पार्छ वा थप बलियो बनाउँछ ।
परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ । (हितोपदेश १५:३ )
दोस्रो हरफले परमेश्वरले के कुरा हेर्नुहुन्छ भनेर बताउँछ ।
दोस्रोले पहिलोलाई पूरा गर्छ ।
म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ । (भजनसङ्ग्रह ३:४ )
पहिलो उपवाक्यमा मानिसले गरेको कुराको कारण परमेश्वरले के गर्नुहुन्छ भनेर दोस्रो हरफले बताउँछ ।
दोस्रोले पहिलोभन्दा फरक कुरा गर्छ तर त्यही विचार व्यक्त गर्छ ।
किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुने छ । (भजनसङ्ग्रह १:६ )
यसले धर्मी मानिस र दुष्ट मानिसहरलाई हुने फरकको बारेमा बताउँछ ।
नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रिस उठाउँछ । (हितोपदेश १५:१ )
यसले नम्र जवाफ दिने र कठोर जवाफ दिने बिचको फरकको बारेमा बताउँछ ।
प्रायः सादृष्यहरूमा दुबै उपवाक्य वा वाक्यांशहरूको अनुवाद गर्नु जरुरी हुन्छ। तपाईंको भाषा बोल्ने मानिसहरूले कुनै कुरालाई दुई पटक व्यक्त गर्दा अर्थमा थप जोड मिल्छ भन्ने कुरा बुझ्छन् भने पर्यायवाची सादृष्यका दुबै उपवाक्यहरूको अनुवाद गर्नु असल हुन्छ। यदि तपाईंको भाषा बोल्ने मानिसहरूले सादृष्यको प्रयोग यसरी गर्दैनन् भने तल दिएका अनुवादका रणनीतिहरू प्रयोग गर्नुहोस्ः
(१) दुबै उपवाक्यका विचारलाई जोडेर एउटै बनाउनुहोस्।
(२) कुनै कुरा वास्तवमा नै सत्य छ भन्ने कुरा देखाउनलाई उपवाक्यहरूको एकसाथ प्रयोग गरिएको छ भने त्यस सत्यलाई "साँच्चै" वा "वास्तवमा" प्रयोग गरेर उक्त सत्य कुरालाई जोड दिनुहोस्।
(३) यदि तिनमा भएको कुनै एक विचारलाई जोड दिनको लागि उपवाक्यहरूको प्रयोग गरिएको छ भने "धेरै", "पूर्णतया" वा "सबै" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
(१) दुबै उपवाक्यका विचारलाई जोडेर एउटै बनाउनुहोस्।
(२) कुनै कुरा वास्तवमा नै सत्य छ भन्ने कुरा देखाउनलाई उपवाक्यहरूको एकसाथ प्रयोग गरिएको छ भने त्यस सत्यलाई "साँच्चै" वा "वास्तवमा" प्रयोग गरेर उक्त सत्य कुरालाई जोड दिनुहोस्।
(३) यदि तिनमा भएको कुनै एक विचारलाई जोड दिनको लागि उपवाक्यहरूको प्रयोग गरिएको छ भने "धेरै", "पूर्णतया" वा "सबै" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस्।
कुनै पनि जटिल विचारलाई दुई वा दुईभन्दा धेरै तरिकाहरूबाट व्यक्त गर्ने काव्यात्मक शब्द चयनलाई उस्तै अर्थ दिने समानान्तरता भनिन्छ । दुई वाक्यांशहरूमा भएका उस्तै विचारलाई जोड दिनको निम्ति वक्ताहरूले यसको प्रयोग गर्छन् । यसलाई "पर्यायवाची समानान्तरता" पनि भनिन्छ ।
टिप्पणीः उस्तै अर्थ दिने लामा वाक्यांश वा उपवाक्यहरूलाई जनाउनको निम्ति "उस्तै अर्थ दिने समानान्तरता" को प्रयोग गरिन्छ । उस्तै अर्थ दिने र सँगै प्रयोग गरिने शब्दहरू वा धेरै छोटा वाक्यांशहरूलाई उस्तै अर्थ दिने जोडी शब्दहरू भनिन्छ ।
किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ, र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ । (हितोपदेश ५:२१ )
रेखाङ्कन गरिएको पहिलो र दोस्रो वाक्यांशले एउटै अर्थ दिन्छन् । यी दुवै वाक्यांशहरूले उही अर्थ दिन्छन् । "दृष्टिमा रहन्छ" भन्ने वाक्यांश "जाँच्नुहुन्छ" सँग, "चाल" "सबै मार्गहरू" सँग र "मानिस" चाहिँ "त्यसका" सँग मिल्छ ।
कवितामा प्रयोग गरिएको पर्यायवाची समानान्तरताका विभिन्न प्रभावहरू छन्ः
केही भाषा बोल्ने मानिसहरूलाई एउटै कुरालाई दुई पटक त्यही पनि फरक-फरक तरिकाले भन्नु त्यति उपयुक्त लाग्दैन । तिनीहरूको विचारमा दुई वाक्यांश वा दुई उपवाक्यहरूले फरक-फरक कुराहरू भन्नुपर्छ भन्ने लाग्न सक्छ । कुनै कुरा दोहोर्याउनुको अर्थ त्यसलाई जोड दिनु हो भन्ने कुरा तिनीहरूले बुझ्दैनन् ।
तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो ।(भजनसङ्ग्रह ११९:१०५ )
वाक्यका दुवै खण्डहरू परमेश्वरको मानिसहरूलाई वचनलाई जनाउने रूपकहरू हुन् जसले मानिसहरूलाई जिउन सिकाउँछन् । "बत्ती" र "उज्यालो" उज्यालोलाई नै जनाउने हुनाले दुवैले उस्तै अर्थ दिन्छन् त्यस्तै "मेरो गोडा" र "मेरो बाटो" दुवैले मानिसको हिँडाइलाई जनाउने हुनाले तिनले पनि उस्तै अर्थ दिन्छन् ।
हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको स्तुति गर । हे सबै जन हो, उहाँको जयजयकार गर (भजनसङ्ग्रह ११७:१ )
यस पदका दुवै खण्डहरूले सबैतिर भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नुपर्छ भनेर बताउँछन् । "स्तुति" र "जयजयकार" ले उस्तै अर्थ दिन्छन् अनि ""सबै जाति" र "सबै जन" ले पनि उस्तै अर्थ दिन्छन् ।
किनकि आफ्नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्छ । (मीका ६:२ )
पदका दुवै खण्डहरूले परमप्रभुको इस्राएलीहरूसँग गम्भीर रूपले असहमत हुनुहुन्छ भन्ने देखाउँछन् । यी दुई असहम वा दुई समूहका मानिसहरू होइनन् ।
तपाईंको भाषामा पनि बाइबलीय भाषामा जस्तै कुनै कुरालाई जोड दिनको निम्ति समानान्तरताको प्रयोग गरिन्छ भने त्यसको प्रयोग गर्नुहोस् । होइन भने तल दिइएकामध्ये कुनै एक रणनीतिको प्रयोग गर्नुहोस् ।
अनुवादका रणनीतिहरू.
१. दुवै उपवाक्यका विचारहरूलाई एउटै बनाउनुहोस् । २ कुनै कुरा वास्तवमा नै साँचो छ भन्ने देखकाउनको निम्ति उपवाक्यहरूको प्रयोग गरिएको छ भने "साँच्चै" वा "निश्चय नै" भन्ने शब्दको प्रयोग गर्नुहोस् । ३. प्रयोग गरिएका उपवाक्यहरूले कुनै विचारलाई जोड दिन्छन् भने "धेरै", "पूर्ण रूपमा" वा "सारा" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
१. दुवै उपवाक्यका विचारहरूलाई एउटै बनाउनुहोस् ।
२ कुनै कुरा वास्तवमा नै साँचो छ भन्ने देखकाउनको निम्ति उपवाक्यहरूको प्रयोग गरिएको छ भने "साँच्चै" वा "निश्चय नै" भन्ने शब्दको प्रयोग गर्नुहोस् ।
३. प्रयोग गरिएका उपवाक्यहरूले कुनै विचारलाई जोड दिन्छन् भने "धेरै", "पूर्ण रूपमा" वा "सारा" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
कुनै वस्तु वा विचारलाई जनावर वा मानिसलाई जस्तै गरी प्रस्तुत गर्ने अलङ्कारलाई व्यक्तिविधान भनिन्छ । हामीले देख्न नसकिने कुराको बारेमा कुरा गर्न सजिलो हुने हुनाले मानिसहरूले यसको प्रयोग गर्छन् ।
उदाहरणको लागि बुद्धिलाई लिन सकिन्छ;
के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? (हितोपदेश ८:१क यूएलटि )
वा पापलाई लिन सकिन्छः
पाप तेरो ढोकैमा ढुकिबस्छ । (उत्पत्ति ४:७ख यूएलटि )
धन, बुद्धिजस्ता कुराहरूसँग मानिसहरूको सम्बन्धलाई यसरी व्यक्त गर्दा सजिलो हुने हुनाले मानिसहरूले यसको प्रयोग गर्छन् ।
तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ । (मत्ती ६:२४ख यूएलटि)
प्रत्येक अवस्थामा, अवतारको उद्देश्य गैर-मानव चीजको निश्चित विशेषतालाई हाइलाइट गर्नु हो। रूपकमा जस्तै, पाठकले चीज एक निश्चित प्रकारको व्यक्ति जस्तै हो भनेर सोच्न आवश्यक छ।
तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ । (मत्ती ६:२४ख यूएलटि )
येशूले धनलाई मानिसहरूले सेवा गर्ने मालिकको रूपमा व्यक्त गर्नुभएको छ । पैसालाई प्रेम गरेर आफ्ना निर्णयहरू यसकै आधारमा गर्नु भनेको एउटा नोकरले आफ्ना मालिकको सेवा गरेझैँ सेवा गर्नु हो ।
के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्नो आवाज उच्च पार्दैन र? (हितोपदेश ८:१ यूएलटि)
यहाँ बुद्धि र समझशक्तिलाई मानिसहरूलाई सिकाउनको निम्ति आवाज दिने व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ । यसको अर्थ यही हो कि ती कुराहरू लुकेका नभइकन मानिसहरूले ध्यान दिनुपर्ने कुराहरू हुन्।
यदि व्यक्तिविधानलाई सजिलै बुझिन्छ भने तिनको प्रयोग गर्नुहोस्। यदि बुझिन्न भने अन्य तरिकाहरू तल दिइएका छन्ः
(१) यसलाई स्पष्ट बनाउनको निम्ति शब्दहरू वा वाक्यांशहरू थप गर्नुहोस्।
(२) ती वाक्यहरूलाई शाब्दिक रूपमा बुझ्नु हुँदैन भन्ने कुरा जनाउन "जस्तै" वा "झैँ" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस्।
(३) व्यक्तिविधान नगरी अनुवाद गर्ने तरिका खोज्नुहोस् ।
१. यसलाई स्पष्ट बनाउनको निम्ति शब्दहरू वा वाक्यांशहरू थप गर्नुहोस् ।
२. ती वाक्यहरूलाई शाब्दिक रूपमा बुझ्नु हुँदैन भन्ने कुरा जनाउन "जस्तै" वा "झैँ" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
३. व्यक्तिविधान नगरी अनुवाद गर्ने तरिका खोज्नुहोस् ।
टिप्पणी: हामीले "व्यक्तिविधान" को परिभाषालाई वृहत्तर बनाएर "वस्तु र विचारलाई प्राणीको रूपमा प्रस्तुत गर्ने अलङ्कार" र "मानवीकरण" लाई पनि समेटेका छौँ ।
भूतकालको प्रयोगद्वारा भविष्यमा हुने कुरालाई बताउने अलङ्कारलाई भविष्यवाणीयुक्त भूत भनिन्छ। कुनै कुरा पक्कै हुन्छ भन्ने बताउनलाई कहिलेकाहीँ भविष्यवाणीमा यसको प्रयोग गरिन्छ। यसलाई भविष्यवाणीयुक्त पूर्ण पक्ष पनि भनिन्छ।
यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्,
र तिनीहरूका उच्च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्यासले पीडित हुनेछन्। (यशैया ५:१३ यूएलटि)
माथिको उदाहरणमा, इस्राएलका मानिसहरू कैदमा परिसकेका थिएनन्, तर परमेश्वरले उक्त कैद पहिले नै भएको जस्तो गरेर भन्नुभयो किनकि तिनीहरू निश्चय नै कैदमा जाने छन् भनेर उहाँले निर्णय गर्नुभएको थियो।
भूत कालको प्रयोग गरेर भविष्यमा हुने घटनाहरूको बारेमा भविष्यवाणी गरिन्छ भन्ने कुरा थाहा नभएका पाठकहरू यसको प्रयोगले अलमलमा पर्न सक्छन्।
त्यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्यो। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।” (यहोशू ६:१-२ यूएलटि)
किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुने छ। (यशैया ९:६क यूएलटि)
माथि उल्लेख गरिएका उदाहरणहरूमा भविष्यमा हुने कुराहरूलाई परमेश्वरले पहिले नै भएको जस्तै गरी बताउनुभएको छ।
आदमदेखि सातौँ पुस्ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो, (यहूदा १:१४ यूएलटि)
हनोकले भविष्यमा हुने कुराको बारेमा बताइरहेका थिए तर उनले "परमप्रभु आउनुभयो" भनेर भूत कालको प्रयोग गरेका छन्।
यदि तपाईंको भाषामा भूतकालको प्रयोग स्वभाविक हुन्छ र त्यसले सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस्। यदि होइन भने अन्य विकल्पहरू तल दिइएका छन्ः
१. भविष्यको घटनाहरूलाई जनाउनको निम्ति भविष्य कालको प्रयोग गर्नुहोस्।
(२) यदि यसले चाँडै हुनेवाला भविष्यलाई जनाउँछ भने उक्त कुरा जनाउने शैलीको प्रयोग गर्नुहोस्।
(३) केही भाषाहरूमा चाँडै हुन आउने घटनालाइ जनाउन वर्तमानकालको प्रयोग गरिन्छ।
(१) भविष्यको घटनाहरूलाई जनाउनको निम्ति भविष्यत्कालको प्रयोग गर्नुहोस्।
(२) यदि यसले चाँडै हुनेवाला भविष्यलाई जनाउँछ भने उक्त कुरा जनाउने शैलीको प्रयोग गर्नुहोस् ।
(३) केही भाषाहरूमा चाँडै हुन आउने घटनालाइ जनाउन वर्तमानकालको प्रयोग गरिन्छ।
आलङ्कारिक प्रश्नले कुनै कुराप्रति वक्ताको मनोवृत्तिलाई दृढतासाथ प्रस्तुत गर्छ । प्राय गरेर यसमा वक्ताले कुनै जानकारी प्राप्त गर्न खोजेको हुँदैन, यदि जानकारी नै प्राप्त गर्न खोजेको हो भने पनि उक्त प्रश्नले सोधेको जानकारी नभइकन अर्कै जानकारी जान्न खोजेको हुन्छ । वक्ताको चासो जानकारी प्राप्त गर्नु नभइकन केही कुराप्रतिको आफ्नो मनोवृत्ति प्रकट गर्नु हो ।
अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्वरका प्रधान पुजारीको अपमान गर्छस्?” (प्रेरित २३:४ यूएलटि)
पावललाई यो प्रश्न गर्ने मानिसहरूले तिनले किन प्रधान पुजारीको अपमान गरेको भनेर जान्न चाहेका थिएनन्। तिनीहरूले प्रधान पुजारीको अपमान गरेको दोष देखाउन यो प्रश्नको प्रयोग गरेका हुन्।
बाइबलमा धेरै आलङ्कारिक प्रश्नहरू छन्। मानिसहरूलाई तिनीहरूले जानेको कुराको सम्झना गराएर कुनै नयाँ परिवेशमा त्यसको प्रयोग गर्न उत्साह दिँदै तथा आफूले कुरा गर्न खोजेको कुराको परिचय दिँदै मनोवृत्ति वा भावना व्यक्त गर्नु, मानिसहरूलाई हप्काउनु र केही कुरा सिकाउनु यी आलङ्कारिक प्रश्नहरूका केही उद्देश्यहरू हुन्।
इस्राएलमाथि राजा हुने तपाईं यसरी काम गर्नुहुन्छ? (१ राजा २१:७ख यूएलटि)
ईजेबेलले यो प्रश्नको प्रयोग राजा आहाबलाई पहिले नै थाहा भएको कुरा सम्झाउनको निम्ति प्रयोग गरेकी हुन्ः उनले त्यसबेला पनि इस्राएलमाथि शासन गरिरहेका थिए। आलङ्कारिक प्रश्नले रानी ईजेबेलले भन्न खोजेको कुरालाई जोड दिएको छ, यसले राजा स्वयम्लाई यो कुरा स्वीकार गर्न कर गर्छ। तिनले गरीब मानिसको सम्पत्ति हडप्न हिचकिचाएको कारण तिनलाई हप्काउनको निम्ति ईजेबेलले यसो गरिन् । तिनले आहाब इस्राएलका राजा हुन् र त्यस मानिसको सम्पत्ति हडप्ने शक्ति राजासँग भएको कुरालाई सङ्केत गरेकी हुन्।
के कुमारीले आफ्ना रत्नहरू, दुलहीले आफ्ना विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तर मेरो प्रजाले त मलाई गन्नै नसकिने दिनदेखि बिर्सिसक्यो। (यर्मिया २:३२ यूएलटि)
परमेश्वरले मानिसहरूलाई पहिले नै थाहा भएको कुराको सम्झना दिलाउनलाई माथिको प्रश्नको प्रयोग गर्नुभयोः कुमारीले आफ्ना रत्नहरू वा दुलहीले आफ्ना विवाहका गरगहनाहरू कहिले पनि बिर्सन सक्दिन। त्यसपछि ती सबैभन्दा महान् परमेश्वरलाई बिर्सेकोमा मानिसहरूलाई हप्काउनुभयो।
गर्भबाट निस्कनासाथ म किन मरिनँ? (अय्यूब ३:११ क यूएलटि)
अय्यूबले गहिरो भावना व्यक्त गर्नको निम्ति माथिको प्रश्नको प्रयोग गरे। जन्मने बित्तिकै नमरेकोमा अय्यूब कति दुखी थिए भन्ने कुरा यस आलङ्कारिक प्रश्नले देखाउँछ। तिनी नबाँचेको भए हुन्थ्यो भन्ने तिनको इच्छा थियो।
ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्? (लूका १:४३ यूएलटि)
प्रभुकी आमा तिनीकहाँ आएको कुरामा चकित र खुसी भएको कुरा व्यक्त गर्न एलीशिबाले यो प्रश्न गरेकी हुन्।
तिमीहरूमध्ये कुन मानिस होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? (मत्ती ७:९ यूएलटि)
मानिसहरूले पहिले नै जानेको कुराको सम्झना गराउन येशूले माथिको प्रश्न सोध्नुभयोः असल बुबाले आफ्नो छोरालाई खराब खानेकुरा दिँदैन। यस प्रश्नबाट यस कुराको परिचय दिएपछि परमेश्वरको बारेमा सिकाउन अर्को आलङ्कारिक प्रश्न सोध्नुभयोः
यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चीज दिनुहुनेछ? (मत्ती ७:११ यूएलटि)
परमेश्वरले उहाँसँग माग्नेहरूलाई असल कुराहरू दिनुहुन्छ भन्ने कुरालाई जोड दिएर भन्नको निम्ति येशूले यो प्रश्न गर्नुभयो।
तब उहाँले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? त्यसको तुलना म केसँग गरूँ? त्यो रायोको बीउको एउटा दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो, … (लूका १३:१८-१९ क यूएलटि)
आफूले सिकाउन गइरहनुभएको कुरा सुरु गर्नको निम्ति येशूले माथिको आलङ्कारिक प्रश्न गर्नुभयो। उहाँले परमेश्वरको राज्यलाई केही कुरासँग तुलना गर्न गइरहनुभएको थियो।
आलङ्कारिक प्रश्नहरूलाई ठिक तरिकाले अनुवाद गर्नको निम्ति तपाईंले अनुवाद गर्न लाग्नुभएको प्रश्न जानकारी लिनको निम्ति सोधिने प्रश्न नभइएकन आलङ्कारिक प्रश्न नै हो भन्ने बारेमा तपाईं निश्चित हुनुपर्छ। यसको लागि तपाईंले आफैँलाई यो प्रश्न सोध्नुपर्छ, "के प्रश्नकर्तालाई प्रश्नको जवाफ पहिले नै थाहा छ?" यदि थाहा छ भने यो आलङ्कारिक प्रश्न हो। यदि कसैले सो प्रश्नको जवाफ दिएन भने प्रश्नको जवाफ नपाएकोमा प्रश्नकर्ताले दिक्क मानेको छ कि छैन हेर्नुहोस्। यदि छैन भने त्यो आलङ्कारिक प्रश्न हो।
उक्त प्रश्न आलङ्कारिक रहेछ भन्ने थाहा पाएपछि त्यस प्रश्नको उद्देश्य थाहा गर्नुहोस्। त्यो प्रश्न केको लागि सोधेको होः उत्साह दिन वा हप्काउन वा लज्जाबोध गराउन। नयाँ विषय सुरु गर्नको लागि पो त्यसको प्रयोग भएको छ कि? कुनै कुरा गर्नलाई पो हो कि!
आलङ्कारिक प्रश्नको उद्देश्य थाहा भएपछि लक्षित भाषाको उक्त उद्देश्य अभिव्यक्त गर्ने सबैभन्दा स्वभाविक तरिकाको बारेमा सोच्नुहोस्। उक्त तरिका प्रश्न, वा अभिव्यक्ति वा विश्मयादिबोधक हुनसक्छ।
यदि आलङ्कारिक प्रश्नको प्रयोग तपाईंको भाषामा स्वभाविक सुनिन्छ र त्यसले सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस्। यदि होइन भने, केही विकल्पहरू तल दिइएका छन्ः
(१) प्रश्न पछाडि जवाफ जोड्नुहोस्।
(२) आलङ्कारिक प्रश्नलाई अभिव्यक्ति वा विश्मादिबोधक वाक्यमा परिवर्तन गर्नुहोस्।
(३) आलङ्कारिक प्रश्नलाई अभिव्यक्तिमा परिवर्तन गर्नुहोस् र त्यसपछि छोटो प्रश्न जोड्नुहोस्।
(४) प्रश्नको स्वरूप परिवर्तन गर्नुहोस् ताकि तपाईंको भाषामा मूल वक्ताले भनेको कुरा सही तरिकाले सञ्चार हुन सकोस्।
(१) प्रश्न पछाडि जवाफ जोड्नुहोस्।
(२) आलङ्कारिक प्रश्नलाई अभिव्यक्ति वा विश्मादिबोधक वाक्यमा परिवर्तन गर्नुहोस्।
(३) आलङ्कारिक प्रश्नलाई अभिव्यक्तिमा परिवर्तन गर्नुहोस् र त्यसपछि छोटो प्रश्न जोड्नुहोस् ।
(४) प्रश्नको स्वरूप परिवर्तन गर्नुहोस् ताकि तपाईंको भाषामा मूल वक्ताले भनेको कुरा सही तरिकाले सञ्चार हुन सकोस्।
दुई फरक वस्तुहरूको तुलना गर्नको निम्ति उपमाको प्रयोग गरिन्छ। ती दुईमा साझा रहेको गुणलाई ध्यान दिइन्छ र यसमा "जस्तै", "झैँ" वा "भन्दा" जस्ता शब्दहरूको प्रयोग गरिन्छ।
तर भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेडाहरूजस्तै हैरान र असहाय भएका थिए। (मत्ती ९:३६)
येशूले भीडहरूलाई गोठालाविनाका भेडाहरूसँग तुलना गर्नुभयो। आफूलाई सुरक्षित ठाउँहरूमा अगुवाइ गर्ने एउटा असल गोठालाको अभावमा भेडाहरू डराउँछन्। भीडहरू पनि त्यस्तै थिए किनकि तिनीहरूसँग असल धार्मिक अगुवाहरू थिएनन्।
हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ। (मत्ती १०:१६ यूएलटि)
येशूले आफ्ना चेलाहरूलाई भेडा र तिनीहरूका शत्रुहरूलाई ब्वाँसाहरूसँग तुलना गर्नुभयो। ब्वाँसाहरूले भेडालाई आक्रमण गर्छन् । येशूका शत्रुहरूले पनि उहाँका चेलाहरूलाई आक्रमण गर्ने थिए।
परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढी धारिलो हुन्छ। (हिब्रू ४:१२ क यूएलटि)
परमेश्वरको वचनलाई दुईधारे तरवारसँग तुलना गरिएको छ। दुईधारे तरवारले मानिसको शरीरलाई सजिले काट्न सक्छ। परमेश्वरको वचन मानिसको हृदय र विचारहरूलाई प्रकट गर्नको निम्ति प्रभावकारी हुन्छ।
ख्रीष्ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ। (२ तिमोथी २:३ यूएलटि)
यस उपमामा, पावलले दुःखलाई सिपाहीहरूले भोग्नुपर्ने कुरासँग तुलना गरेका छन् र तिमोथीलाई तिनीहरूको उदाहरण पच्छ्याउनको निम्ति उत्साह दिएका छन्।
किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुने छ। (लूका १७:२४ख यूएलटि)
यस पदले मानिसको पुत्र बिजुलीजस्तै हुनुहुने छ भनेर बताउँदैन। यस अगाडिका पदहरूको आधारमा हामीलाई के थाहा हुन्छ भने जसरी बिजुली अचानक चम्किन्छ र सबैले देख्छन्, त्यसरी नै मानिसको पुत्र पनि अचानक आउनुहुने छ र सबैले उहाँलाई देख्ने छन्। यसको बारेमा कसैले बताइरहनु पर्दैन।
यदि मानिसहरूले उपमाको सही अर्थ बुझ्छन् भने यसको प्रयोग गर्नुहोस्। यदि बुझ्दैनन् भने, केही रणनीतिहरू तल दिइएका छन्ः
(१) दिइएका दुई कुराहरू कसरी उस्तै छन् भन्ने कुरा मानिसहरूलाई थाहा छैन भने तिनीहरू कसरी उस्तै छन् भनेर बताउनुहोस् । यदि मूल पाठकहरूलाई त्यसको अर्थ स्पष्ट थिएन भने यसो नगर्नुहोस्। (२) यदि तुलना गरिएका कुराहरूको बारेमा मानिसहरूलाई थाहा छैन भने तपाईंकै सन्दर्भमा भएको वस्तुको प्रयोग गर्नुहोस्। यसो गर्दा बाइबलमा प्रयोग गर्न मिल्ने वस्तु हुनुपर्छ। (३) उक्त वस्तुलाई कुनै कुरासँग तुलना नगरी सामान्य रूपले वर्णन मात्र गर्नुहोस्।
(१) दिइएका दुई कुराहरू कसरी उस्तै छन् भन्ने कुरा मानिसहरूलाई थाहा छैन भने तिनीहरू कसरी उस्तै छन् भनेर बताउनुहोस्। यदि मूल पाठकहरूलाई त्यसको अर्थ स्पष्ट थिएन भने यसो नगर्नुहोस्।
(२) यदि तुलना गरिएका कुराहरूको बारेमा मानिसहरूलाई थाहा छैन भने तपाईंकै सन्दर्भमा भएको वस्तुको प्रयोग गर्नुहोस् । यसो गर्दा बाइबलमा प्रयोग गर्न मिल्ने वस्तु हुनुपर्छ।
(३) उक्त वस्तुलाई कुनै कुरासँग तुलना नगरी सामान्य रूपले वर्णन मात्र गर्नुहोस्।
कुनै वस्तुको एक भागको नामलाई सम्पूर्ण वस्तुलाई जनाउन वा कुनै वस्तुको एउटा भागलाई जनाउनको लागि प्रयोग गरिने अलङ्कारलाई उपलक्षण भनिन्छ।
मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ। (लूका १:४६ख यूएलटि)
परमप्रभुले गर्नुभएको कुरामा मरियम खुसी थिइन् त्यसैले तिनले आफूलाई सम्पूर्ण रूपमा जनाउनको निम्ति "मेरो प्राण" भनिन् यसको अर्थ उनको भित्री र भावनात्मक भाग हो।
फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्यही गर्दछन्?” (मर्कूस २:२४क यूएलटि)
त्यहाँ उभिएका सबै फरिसीहरूले एकै समयमा एउटै कुरा भनेनन्। सायद सम्पूर्ण समूहको प्रतिनिधित्व गरेर एक जना बोलेको हुनुपर्छ।
मेरा हातहरूले गरेका सबै कार्यहरू (उपदेशक २:११क यूएलटि)
"मेरा हातहरू" सम्पूर्ण व्यक्तिको लागि एक सिनेकडोक हो किनभने स्पष्ट रूपमा हातहरू र बाँकी शरीर र दिमाग पनि व्यक्तिको उपलब्धिहरूमा संलग्न थिए। हातहरू व्यक्तिको प्रतिनिधित्व गर्न छनौट गरिन्छ किनभने तिनीहरू शरीरका अंगहरू हुन् जुन काममा प्रत्यक्ष रूपमा संलग्न हुन्छन्।
उपलक्षणको प्रयोग स्वभाविक हुन्छ र सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस् नत्र भने अर्को विकल्प तल दिइएको छः
(१) उपलक्षणले जनाउने कुरालाई स्पष्ट उल्लेख गर्नुहोस्।
(१) उपलक्षणले जनाउने कुरालाई स्पष्ट उल्लेख गर्नुहोस्।
एउटा बिम्बलाई अर्को विचारसँग जोड्ने भाषालाई बिम्ब भनिन्छ । बिम्बले विचारको प्रतिनिधित्व गर्छ । यसमा रूपकहरू, उपमाहरू, लक्षणाहरू र सांस्कृतिक नमुनाहरू पर्छन् । भाषामा यीमध्ये धेरै कुराहरू बिम्बहरू र विचारहरूको सम्बन्धको बृहत्तर ढाँचाबाट उत्पन्न हुन्छन् भने केही यसरी उत्पन्न हुँदैनन् । बाइबलीय बिम्बविधानसम्बन्धि यी पृष्ठहरूले बाइबलमा भएका बिम्बविधानका ढाँचाहरूका बारेमा बताउँछन् ।
बाइबलमा भएका यी सम्बन्धका ढाँचाहरू प्रायः हिब्रू र ग्रीक भाषाहरूमा मात्र पाइन्छन् । तिनलाई कसरी अनुवाद गर्ने भन्ने बारेमा अनुवादकहरू बारम्बार समस्यामा पर्ने भएकोले यी ढाँचाहरूको पहिचान गर्नु उपयोगी कुरा हो । अनुवादकहरूले एकपटक अनुवादका यी चुनौतिहरूको समाधानको बारेमा सोचेपछि यस्तै किसिमका ढाँचाहरू सामना गर्न तिनीहरू तयार हुन्छन् ।
कुनै एउटा कुरालाई अर्कै कुराको रूपमा व्यक्त गर्दा रूपक को प्रयोग हुन्छ । वक्ताले पहिलो कुरालाई प्रभावकारी तरिकाले वर्णन गर्नको निम्ति यसो गर्छ । उदाहरणको लागि, "मेरी प्रेमिका रातो गुलाब हुन्" भन्ने एउटा अङ्ग्रेजी कविताको पङ्क्तिमा लेखकले आफूले प्रेम गरेकी स्त्रीलाई फूलझैं सुन्दर र कोमल छिन् भनेर वर्णन गर्छन् ।
उपमा पनि रूपकजस्तै हो, तर श्रोता तथा पाठकहरूलाई यो आलङ्कारिक हो भन्ने छनक दिनको निम्ति यसमा "जस्तै" वा "झैं" शब्दहरूको प्रयोग गरिन्छ । माथिको बिम्बमा उपमाको प्रयोग गर्दा "मेरी प्रेमिका रातो गुलाबजस्तै छिन्" हुन्छ ।"
"रूपकहरू र उपमाहरूमा विचारहरूलाई जोड्ने साझा ढाँचाहरूको पृष्ठहरूको लिङ्कहरूको लागि बाइबलीय बिम्बविधान - साझा ढाँचाहरू मा जानुहोस् ।"
कुनै वस्तु वा विचारलाई त्यसकै नामले नपुकारी त्यससँग सम्बन्धित अन्य नामले पुकार्दा लक्षणाको प्रयोग हुन्छ ।
"बाइबलमा भएका केही साझा लक्षणाहरूको सूचीको निम्ति बाइबलीय बिम्बविधान - साझा लक्षणाहरू हेर्नुहोस् ।"
सांस्कृतिक नमुनाहरू जीवन वा व्यवहारका पक्षहरूका मानसिक तस्बिरहरू हुन् । यी तस्बिरहरूले हामीलाई ती कुराहरूको बारेमा कल्पना गर्न र बातचित गर्न मदत गर्छन् । उदाहरणको निम्ति, अमेरिकीहरूले विवाह र मित्रताजस्ता धेरै कुराहरूलाई मेशिनहरूका रूपमा सोच्छन् । अमेरिकीहरूले यस्ता वाक्यहरूको प्रयोग गर्छन्, "उसको विवाह टुट्यो," वा "तिनीहरूको मित्रता तिब्र गतिमा बढिरहेको छ ।"
बाइबलले प्रायः परमेश्वरलाई गोठालो र उहाँका मानिसहरूलाई भेडाहरूको रूपमा प्रस्तुत गर्छ । यो सांस्कृतिक नमुना हो ।
परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन । (भजनसंग्रह २३:१)
उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूलाई झैँ बाहिर निकालिल्याउनुभयो, र उहाँले तिनीहरूलाई भेडाको बगाललाई झैँ उजाड-स्थानको बीचबाट अगुवाइ गर्नुभयो । (भजनसंग्रह ७८:५२)
बाइबलमा सांस्कृतिक नमुनाहरूको प्रयोग इस्राएलीहरूमा मात्र सिमित छैन, प्राचीन निकट पूर्वी संस्कृतिहरूमा पनि यसको प्रचुरता पाइन्छ ।
"बाइबलमा भएका सांस्कृतिक नमुनाहरूको सूचीको निम्ति बाइबलीय बिम्बविधान - सांस्कृतिक नमुना हेर्नुहोस् ।"
यो पृष्ठले एकापसमा सीमित रूपमा जोडिएका विचारहरूको बारेमा बताउँछ । (जटिल सम्बन्ध (जोड) को बारेमा थाहा पाउन यहाँ हेर्नुहोस् बाइबलीय बिम्बविधान - सांस्कृतिक नमुनाहरू)
सबै भाषाहरूमा रूपकहरू एउटा विचारलाई अर्को विचारसँग जोड्ने वृहत्तर ढाँचाहरूबाट उत्पन्न हुन्छन् । उदाहरणको निम्ति, केही भाषाहरूमा उचाइलाई "धेरै" र __होचो हुनु__लाई "थोरै" सँग जोडिएको पाइन्छ । केही कुराहरूलाई धेरै मात्रामा थुपारेर राख्दा त्यो अग्लो हुने हुनाले यसो भनिएको हुनसक्छ । किन्नु पर्ने कुराको मूल्य धेरै रहेछ भने केही भाषाहरूमा मूल्य उच्च रहेछ भनिन्छ वा कुनै शहरमा हुनुपर्ने भन्दा बढी जनसङ्ख्या भएको अवस्थामा मानिसहरूको सङ्ख्या उच्च भएछ भनिन्छ । यसैगरी कोही व्यक्तिले आफ्नो तौल घटाएर दुब्लो भयो भने तौल झरेछ भनिन्छ ।
बाइबलमा भएका यी सम्बन्धका ढाँचाहरू प्रायः हिब्रू र ग्रीक भाषाहरूमा मात्र पाइन्छन् । तिनलाई कसरी अनुवाद गर्ने भन्ने बारेमा अनुवादकहरू बारम्बार समस्यामा पर्ने भएकोले यी ढाँचाहरूको पहिचान गर्नु उपयोगी कुरा हो । अनुवादकहरूले एकपटक अनुवादका यी चुनौतिहरूको समाधानको बारेमा सोचेपछि यस्तै किसिमका ढाँचाहरू सामना गर्न तिनीहरू तयार हुन्छन् ।
उदाहरणको लागि, बाइबलमा हिंड्नुलाई "व्यवहार गर्नु" र बाटोलाई व्यवहारको एक प्रकारसँग जोडिएको पाइन्छ । भजनसंग्रह १:१ मा दुष्टको सल्लाहमा हिँड्नुले दुष्टहरूले भनेको कुरा गर्नुलाई जनाउँछ ।
धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन (भजनसंग्रह १:१)
यस्तो ढाँचा भजनसंग्रह ११९:३२ मा पनि पाइन्छ जहाँ परमेश्वरको मार्गमा दौडने कुरालाई परमेश्वरको आज्ञाअनुसार गर्नुलाई जनाउँछ । यहाँ दौडनुले पूर्ण हृदयले गर्नु भन्ने बुझाउनसक्छ ।
म तपाईंका आज्ञाहरूको मार्गमा दौडन्छु । (भजनसंग्रह ११९:३२)
यसलाई पहिचान गर्न चाहने व्यक्तिको लागि यस ढाँचामा तीनवटा चुनौतिहरू छन्ः
१. बाइबलमा प्रयोग भएका केही रूपकहरूमा एक विचारलाई कुन अर्को विचारसँग जोडिएको छ भन्ने कुरा पत्ता लगाउन सजिलो छैन । उदाहरणको लागि, परमेश्वरले ममाथि शक्ति पेटीको रूपमा लगाइदिनुहुन्छ भन्ने कुरालाई हेर्ने बित्तिकै बुझ्न सजिलो छैन । (भजनसंग्रह १८:३२) मा पहिरनलाई नैतिक गुणसँग जोडिएको छ । यहाँ शक्तिको निम्ति पेटीको बिम्ब प्रयोग गरिएको छ । (हेर्नुहोस्ः "पहिरनले नैतिक गुणको प्रतिनिधित्व गर्छ” बाइबलीय बिम्बविधान - मानव निर्मित वस्तुहरू)
२. कुनै अभिव्यक्तिलाई हेर्ने क्रममा त्यसले कुनै अर्को विचारको प्रतिनिधित्व गरेको छ कि छैन भनी अनुवादकले हेर्नुपर्छ । यसो गर्नको निम्त त्यस अभिव्यक्तिको अगाडि र पछाडि हेर्नुपर्ने हुन्छ । उदाहरणको लागि, "बत्ती" ले तेल र सलेदो भएको कुनै वस्तुलाई जनाउँछ कि बिम्बको रूपमा प्रयोग भएर जीवनलाई जनाउँछ भन्ने कुरा जान्नको निम्ति यस शब्दको अघि-पछि हेर्नुपर्ने हुन्छ । (हेर्नुहोस्ः “आगो वा बत्तीले जीवलाई जनाउँछ" बाइबलीय बिम्बविधान - प्राकृतिक घटनाहरू)
१ राजाहरू ७:५० मा सलेदाका चिम्टाहरूले साधारण बत्तीका सलेदा छोट्याउने चिम्टालाई जनाउँछ । २ शमूएल २१:१७ इस्राएलको प्रकाशले राजा दाऊदको जीवनलाई जनाउँछ । तिनका मानिसहरूले "इस्राएलको प्रकाश" निभ्ने छ" भन्ने चिन्ताले राजा दाऊद मारिएलान् कि भन्ने चिन्तालाई जनाउँछ ।
कञ्चन सुनका भाँडाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू (१ राजाहरू ७:५०)
इश्बी-बनोबले... दाऊदलाई मार्छु भनेको थियो । यसै बेला सरूयाहका छोरा अबीशै दाऊदलाई सहायता गर्नलाई आए। तिनले त्यस पलिश्तीलाई हिर्काएर मारे । तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्ने छ भन्ने डरले दाऊद तिनीहरूसँग लडाइँमा अब कहिल्यै जाने छैनन् भनी तिनको सामु शपथ खाए । (२ शमूएल २१:१६-१७)
३. यसरी जोडिने अभिव्यक्तिहरू प्रायः जटिल प्रकारले जोडिएका हुन्छन् । यस्ता अभिव्यक्तिहरू साझा लक्षणाहरू र सांस्कृतिक नमुनाहरूसँग जोडिएर बनेका हुन्छन् । (हेर्नुहोस्ः बाइबलीय बिम्बविधान - साझा लक्षणाहरू र बाइबलीय बिम्बविधान - सांस्कृतिक नमुनाहरू)
उदाहरणको लागि, तल दिइएको २ शमूएल १४:७ मा "आगोको भुङ्ग्रो" लाई मानिसहरूलाई आफ्नो पिताको सम्झना गराउने छोराको जीवनको बिम्बको रूपमा प्रयोग गरिएको छ । यसैले यहाँ दुई किसिमका सम्बन्धका ढाँचाहरू प्रयोग गरिएका छन्ः आगोको भुङ्ग्रोलाई छोराको जीवनसँग र छोरालाई उसको पिताको सम्झनासँग ।
मेरा सबै आफन्तहरू मेरो विरुद्धमा उठेर यसो भन्छन्, ‘आफ्नो भाइ मार्नेलाई हामीकहाँ सुम्पिदेऊ र त्यसले आफ्नै भाइको हत्या गरेको हुनाले हामी त्यसलाई मार्ने छौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिने छौं’। यदि तिनीहरूले त्यसो गरे भने मेरो एउटै बचेको आगोको भुङ्ग्रो पनि निभाइदिने छन्, र मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्तान बाँकी रहने छैन ।(२ शमूएल १४:७)
एउटा विचारलाई अर्को विचारसँग जोड्ने बिम्बसूचीहरूका लिङ्क तल दिइएको छ, जसमा बाइबलका उदाहरणहरू पनि दिइएको छ । तिनलाई बिम्बको प्रकारको आधारमा क्रम मिलाइएको छः
बाइबलमा प्रयोग गरिएका साझा लक्षणाहरू तल दिइएका छन् । सूचीमा प्रयोग भएका नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।
मेरो कचौरो भरिएर पोखिन्छ । (भजनसंग्रह २३:५)
कचौरोमा धेरै भएको कारण भरिएर पोखिएको हो ।
किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ । (१ कोरिन्थी ११:२६)
मानिसहरूले कचौरो होइन तर त्यसमा भएको कुरा पिउँछन् ।
मूर्खको मुख नै त्यसको सर्वनाश हो (हितोपदेश १८:७)
तर तपाईंहरूलाई उत्साह दिन म साहसको वचन बोल्नेथिएँ (अय्यूब १६:५)
तैंले मेरो विरुद्धमा घमण्ड गरिस्, र मेरो विरुद्धमा तैंले बोलिस् र मैले त्यो सुनें । (इजकिएल ३५:१३)
यी उदाहरणहरूमा मुखले उक्त व्यक्तिले बोलेको कुरालाई जनाउँछ ।
कुनै व्यक्तिको सम्झनाले त्यसका सन्तानहरूलाई जनाउँछ किनकि तिनीहरूले नै उक्त व्यक्तिको सम्झना र सम्मान गर्नुपर्छ । जब बाइबलले कसैको सम्झना मरेको कुरा गर्छ यसको अर्थ त्यसका सन्तानहरू हुने छैनन् वा सन्तानहरू मर्ने छन् भन्ने लाग्छ ।
जाति-जातिहरूलाई तपाईंले हप्काउनुभएको छ र दुष्टहरूलाई नष्ट पार्नुभएको छ । तपाईंले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनुभएको छ। शत्रुहरूमाथि अनन्त विनाश छाएको छ तिनीहरूका सहरहरू तपाईंले उखेल्नुभएको छ । तिनीहरूको नाउँनिशानै मेटिएको छ । (भजनसंग्रह ९:५-६)
पृथ्वीबाट त्यसको सम्झना लोप हुन्छ (अय्यूब १८:१७)
परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुने छ (भजनसंग्रह ३४:१६)
दुष्ट आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्दछ त्यसले लालची मानिसलाई आशीर्वाद दिन्छ र परमप्रभुलाई निन्दा गर्दछ । (भजनसंग्रह १०:३)
यसले कुनै एक दुष्ट व्यक्तिलाई मात्र नभइ सम्पूर्ण दुष्टहरूलाई जनाउँछ ।
गादमाथि एक दलले आक्रमण त गर्नेछ, तर त्यसले तिनीहरूलाई उल्टा खेद्दै हमला गर्नेछ । आशेरबाट उत्पन्न हुने अनाजहरू उत्तम हुनेछन्, र त्यसले राजकीय खाना बाँड़दिनेछ। नप्ताली फुकाइएकी मुडुली-मृग हो, जसले सुन्दर-सुन्दर पाठा-पाठी बियाउँछे । (उत्पत्ति ४९:१९-२१)
गाद, आशेर र नप्तालीले ती व्यक्तिहरूलाई मात्र नभएर तिनीहरूका सन्तानहरूलाई पनि जनाउँछ ।
जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहिछन् भनी देखे । (उत्पत्ति १२:१४)
यहाँ "अब्राम" ले अब्राम र तिनीसँग यात्रा गर्ने सबै मानिसहरूलाई बुझाउँछ । यहाँ अब्रामलाई महत्त्व दिइएको छ ।
उहाँको सासमा आकाश सफा भयो, वेगले भागिरहेको सर्पलाई उहाँको हातले छेड्नुभयो । (अय्यूब २६:१३)
यसको अर्थ उहाँले सर्प मार्नुभयो भन्ने हुन्छ ।
हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे । (प्रकाश १:७)
“जसले उहाँलाई घोचे" ले येशूलाई मार्नेहरूलाई जनाउँछ ।
परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ । (यशैया ५३:६)
यसले हामीमाथि आउने दण्ड परमप्रभुले उहाँमाथि हालिदिनुभयो भन्ने बुझाउँछ ।
एक विस्तारित रूपक भनेको एकै समयमा धेरै बिम्बहरू र धेरै विचारहरू प्रयोग गर्ने एउटा सुस्पष्ट रूपक हो । यो एकल बिम्ब र एकल विचार प्रयोग गर्ने एउटा [सरल रूपक] (../figs-simetaphor/01.md) भन्दा फरक हुन्छ । विस्तारित रूपकलाई लेखक/वक्ताले स्पष्ट रूपमा उल्लेख गर्छ तर जटिल रूपकलाई स्पष्ट रूपमा उल्लेख नगर्नु नै विस्तारित रूपक र [जटिल रूपक] (../figs-cometaphor/01.md) बिचको भिन्नता यो हो ।
एक रूपक प्रयोग गर्दा, लेखक/वक्ताले विषय र बिम्ब बिच कम्तिमा कुनै एउटा कुरासँग तुलना गर्न सकिने तत्कालीन विषयबारेको अमूर्त विचार व्यक्त गर्नको लागि कुनै भौतिक बिम्ब प्रयोग गर्छ। विस्तारित रूपकमा, लेखक/वक्ताले विषयलाई स्पष्ट रूपमा उल्लेख गर्छन् र त्यसपछि धेरै बिम्बहरूको वर्णन गर्छन् र धेरै विचारहरू बताउँछन् ।
यशैया ५:१ख-७ मा, अगमवक्ता यशैयाले दाखबारी (बिम्ब)लाई परमेश्वर र उनीहरूसँग उहाँको करारप्रति अविश्वासयोग्य भएका उहाँका मानिसहरूको रूपमा इस्राएल राष्ट्र (विषय) सँगको परमेश्वरको निराशा (विचार) व्यक्त गर्न प्रयोग गर्छन् । किसानहरूले आफ्नो बगैंचाको हेरचाह गर्छन्, र आफ्नो दाखबारीमा खराब फल फल्यो भने किसानहरू निराश हुन्छन्। यदि दाखबारीले लामो समयसम्म खराब फल मात्र फलाउँछ भने, किसानले अन्ततः यसको हेरचाह गर्न छोड्छ। हामी यसलाई विस्तारित रूपक भन्छौं किनभने अगमवक्ताले दाखबारीसँग सम्बन्धित धेरै बिम्बहरू साथै परमेश्वरको निराशाका धेरै पक्षहरूलाई विस्तृत रूपमा वर्णन गर्छन् ।
१ख मेरो प्रियको एउटा धेरै मलिलो डाँडामा दाखबारी थियो। २ उनले यसलाई खने, ढुङ्गाहरू हटाए र एउटा उत्कृष्ट जातको दाखको बोट रोपे। उनले यसको बिचमा एउटा मचान बनाए, र कोल पनि बनाए। ** यसले दाख फलाउँछ कि भनेर उनले पर्खे**, तर त्यसमा जङ्गली दाखहरू फल्यो**। ३ त्यसैले अब, यरूशलेमका बासिन्दा र यहूदाको मानिस हो; म र मेरो दाखबारीको बिचमा न्याय गरिदेओ। ४ मेरो दाखबारीको लागि यो भन्दा बढी के गर्न सकिन्थ्यो, जुन मैले यसको लागि गरेको छैन? जब मैले यसले दाख उत्पादन गरेको खोजेँ, यसले किन जङ्गली दाखहरू उत्पादन गर्यो? ५ अब म मेरो दाखबारीलाई के गर्ने छु, सो म तिमीहरूलाई बताउने छु; म बारबन्देज हटाउने छु; म त्यसलाई खर्कमा परिणत गर्ने छु; म त्यसको पर्खाल भत्काउने छु, र त्यसलाई कुल्चीमिल्ची गरिने छ। ६ म त्यसलाई नष्ट पार्ने छु, र त्यसलाई काँटछाँट गरिने छैन र खनजोत गरिने छैन। बरु, सिउँडी र काँडाहरू उम्रने छन्। म बादलहरूलाई पनि त्यसमा वर्षा नगर्न आज्ञा दिने छु। ७ किनकि सेनाहरूका परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको मनोहरपूर्ण रोपण हुन्। उहाँ न्यायको पर्खाइमा हुनुहुन्थ्यो, तर त्यसको सट्टा त्यहाँ मारकाट भयो धार्मिकताको प्रतीक्षा गर्नुभयो, तर, बरु, मद्दतको लागि हारगुहार गरियो**। (यशैया ५:१ख-७ ULT)
भजनसंग्रह २३ मा, परमेश्वर (विषय)ले आफ्ना मानिसहरूका निम्ति देखाउनुहुने सरोकार र हेरचाह (विचार) देखाउने तरिका वर्णन गर्न भजनसंग्रहका रचनाकारले गोठालोको भौतिक बिम्ब प्रयोग गर्छन् । गोठालाहरूले भेडाहरूका लागि गर्ने धेरै पक्षहरू (तिनीहरूलाई चरनमा र पानी खुवाउन लैजाने, तिनीहरूलाई सुरक्षा दिने, आदि) भजनसंग्रहका रचनाकारले वर्णन गर्छन्। परमेश्वरले त्यसलाई कसरी हेरचाह गर्नुहुन्छ (त्यसलाई जीवन, धार्मिकता, सान्त्वना दिने, आदि) भन्ने धेरै पक्षहरू भजनसंग्रहका रचनाकारले वर्णन गर्छन्। गोठालाहरूले भेडाहरूलाई आवश्यक पर्ने कुराहरू दिन्छन्, तिनीहरूलाई सुरक्षित ठाउँहरूमा लैजान्छन्, तिनीहरूको उद्धार गर्छन्, तिनीहरूलाई डोऱ्याउँछन् र तिनीहरूको सुरक्षा गर्छन्। परमेश्वरले आफ्ना मानिसहरूका निम्ति यी जस्तै कार्यहरू गर्नुहुन्छ।
१ परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई कुनै कुराको अभाव हुँदैन। २ उहाँले मलाई हरेियो खर्कमा लेटाउनुहुन्छ, उहाँले मलाई शान्त पानीको छेउमा **डोर्याउनुहुन्छ **। ३ उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई सही मार्गहरूमा डोर्याउनुहुन्छ। ४ मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्। (भजनसंग्रह २३:१-४ यूएलटी)
यदि तपाईंका पाठकहरूले यसलाई मौलिक पाठकहरूले बुझेकै किसिमले बुझ्न सक्छन् भने तपाईंले उही विस्तारित रूपक प्रयोग गर्न सक्नुहुन्छ। होइन भने, यहाँ केही अन्य रणनीतिहरू छन्:
(१) यदि लक्षित श्रोताहरूले बिम्बहरूलाई शाब्दिक रूपमा बुझ्नुपर्छ भन्ने सोच्छन् भने, "जस्तै" वा "जस्ता" शब्दहरू प्रयोग गरेर रूपकलाई उपमाको रूपमा अनुवाद गर्नुपर्छ । यो एक वा दुई वाक्यमा गर्नु नै पर्याप्त हुन सक्छ। (२) यदि लक्षित श्रोताहरूले बिम्बहरू जान्दैनन् भने, यसलाई अनुवाद गर्ने उपाय खोज्नुहोस् ताकि तिनीहरूले बिम्ब के हो भनी बुझ्न सकून्। (३) यदि लक्षित श्रोताले अझै बुझेनन् भने यसलाई स्पष्ट रूपमा उल्लेख गर्नुहोस् ।
(१) यदि लक्षित श्रोताहरूले बिम्बहरूलाई शाब्दिक रूपमा बुझ्नुपर्छ भन्ने सोच्छन् भने, "जस्तै" वा "जस्ता" शब्दहरू प्रयोग गरेर रूपकलाई उपमाको रूपमा अनुवाद गर्नुपर्छ । यो एक वा दुई वाक्यमा गर्नु नै पर्याप्त हुन सक्छ। उदाहरणको रूपमा भजनसंग्रह २३:१-२ हेर्नु होलाः
परमप्रभु मेरो गोठालो हुनुहुन्छ; मलाई कुनै कुराको अभाव हुनेछैन। उहाँले मलाई हरियो चउरमा लेटाउनुहुन्छ; उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। (यूएलटी)
यसरी अनुवाद गर्न सकिन्छ:
“परमप्रभु मेरो निम्ति गोठालो जस्तै हुनुहुन्छ, त्यसैले मलाई कुनै कुराको अभाव हुनेछैन। आफ्ना भेडाहरूलाई हरियो चउरमा लेटाउने र शान्त पानीको छेउमा डोर्याउने गोठालोले जस्तै, परमप्रभुले मलाई शान्तिपूर्वक आराम गर्न मद्दत गर्नुहुन्छ।”
(२) यदि लक्षित श्रोताहरूले बिम्बहरू जान्दैनन् भने, यसलाई अनुवाद गर्ने उपाय खोज्नुहोस् ताकि तिनीहरूले बिम्ब के हो भनी बुझ्न सकून्।
मेरो प्रियको एउटा धेरै मलिलो डाँडामा दाखबारी थियो। तिनले त्यसलाई खनजोत गरे, ढुङ्गाहरू हटाए र एउटा उत्तम जातको दाख रोपे। तिनले त्यसको बिचमा एउटा मचान बनाए, र एउटा कोल पनि बनाए। त्यसले दाख फलाउँछ कि भनी तिनले पर्खे, तर त्यसले जङ्गली दाख मात्रै फल्यो। (यशैया ५:१ख-२ यूएलटी)
यसरी अनुवाद गर्न सकिन्छ:
मेरो प्रियको धेरै मलिलो डाँडामा दाखको बगैचा थियो। तिनले बारी खने र ढुङ्गाहरू हटाए, र त्यसमा उत्तम दाखहरू रोपे। तिनले यसको बिचमा एउटा मचान बनाए, र एउटा ट्याङ्की पनि बनाए जहाँबाट तिनले दाखको रस निकाल्न सक्थे। त्यसले दाख फलाउँछ कि भनी तिनले पर्खे, तर त्यसले दाखमद्य बनाउनको लागि राम्रा नहुने जङ्गली दाखहरू फलायो ।
(३) यदि लक्षित श्रोताले अझै बुझेनन् भने यसलाई स्पष्ट रूपमा उल्लेख गर्नुहोस् ।
परमप्रभु मेरो गोठालो हुनुहुन्छ; मलाई कुनै कुराको अभाव हुनेछैन। (भजनसंग्रह २३:१ यूएलटी)
"आफ्ना भेडाहरूको हेरचाह गर्ने गोठालोले जस्तै परमप्रभुले मेरो वास्ता गर्नुहुन्छ, त्यसैले मलाई कुनै कुराको अभाव हुनेछैन।”
किनभने सेनाहरूका परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरूले उहाँको मनोहरपूर्ण रोपण हुन्; उहाँले न्यायको प्रतीक्षा गर्नुभयो, तर त्यसको सट्टा त्यहाँ काटमार भयो; धार्मिकताको लागि, तर, बरु, मद्दतको निम्ति हारगुहार गरियो । (यशैया ५:७ यूएलटि)
यसरी अनुवाद गर्न सकिन्छ:
किनकि सेनाहरूका परमप्रभुको दाखबारीले इस्राएलको घरानाको प्रतिनिधित्व गर्छ, अनि यहूदाका मानिसहरू उहाँका मनोहरपूर्ण रोपण जस्तै छन्; उहाँले न्यायको प्रतीक्षा गर्नुभयो, तर त्यसको सट्टा त्यहाँ काटमार भयो; धार्मिकताको, तर, बरु, मद्दतको लागि हारगुहार गरियो।
अथवा जस्तैः
**किसानले ** खराब फल फलाउने दाख बारी को हेेरचाह गर्न छोडे जस्तै, परमप्रभुले इस्राएल र यहूदाको रक्षा गर्न छोड्नुहुनेछ, किनभने तिनीहरूले जे सही सो गर्दैनन्। उहाँले न्यायको प्रतीक्षा गर्नुभयो, तर यसको सट्टा, त्यहाँ मारकाट भयो; धार्मिकताको, तर, बरु, मद्दतको लागि हारगुहार भयो।
बाइबलमा प्रयोग भएका शरीरका अङ्गहरू र मानवीय गुणहरूसम्बन्धि बिम्बहरूको सूची तल दिइएका छन् । शरीरका अङ्गहरू र मानवीय गुणहरूसम्बन्धि शब्दले विचारको प्रतिनिधित्व गर्छ । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।
तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक त्यसका अङ्गहरू हौ । (१ कोरिन्थी १२:२७)
बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुने छ र प्रेममा वृद्धि हुँदैजाने छ । (एफिसी ४:१५-१६)
यी पदहरूमा ख्रीष्टको शरीरले ख्रीष्टलाई पछ्याउने मानिसहरूको समूहको प्रतिनिधित्व गर्छ ।
के तिमीहरूले मेरो भय मान्नुपर्दैन?” परमप्रभु भन्नुहुन्छ। “के तिमीहरू मेरो उपस्थितिमा काम्नुपर्दैन? (यर्मिया ५:२२)
कसैको मुहारको अगाडि हुनु भनेको तिनीहरूको उपश्थितिमा वा तिनीहरूसँगै हुनु हो ।
यसकारण तिनीहरूसित कुरा गरेर तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जब इस्राएलका घरानाको कुनै पनि मानिसले आफ्नो हृदयमा मूर्तिहरू राख्दछ, र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामुन्ने राख्तछ, र पनि अगमवक्ताकहाँ जान्छ, तब त्यसको मूर्तिपूजाअनुसार म परमप्रभु आफै त्यसलाई जवाफ दिने छु' ।(इजकिएल १४:४)
कसैको अगाडि केही कुरा राख्नु भनेको ध्यान दिएर हेर्नु हो ।
धेरैले शासकसँग भेटघाट गर्न खोज्दछन्, (हितोपदेश २९:२६)
यदि कसैले अर्को व्यक्तिको मुहारको खोजी गर्छ भने उक्त व्यक्तिले ध्यान दिने छ भन्ने आशा राख्छ ।
तपाईं किन आफ्नो मुहार लुकाउनुहुन्छ, र हाम्रा दु:ख र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्छ?(भजनसंग्रह ४४:२४)
कसैदेखि मुहार लुकाउनु भनेको त्यस व्यक्तिलाई बेवास्ता गर्नु हो ।
सारा देशभरि अनिकाल पर्यो । (उत्पत्ति ४१:५६)
आफ्ना बादलहरू फैलाएर उहाँले पूर्णिमाको चन्द्रमालाई ढाक्नुहुन्छ । (अय्यूब २६:९)
नदीले त्यसको किनार भत्काएझैँ परमेश्वरले मेरो हातद्वारा मेरा शत्रुहरूको पङ्क्तिलाई भत्काइदिनुभयो । (१ इतिहास १४:११)
"परमेश्वरले मेरो हातद्वारा मेरा शत्रुहरूको पङ्क्तिलाई भत्काइदिनुभयो" को अर्थ "मेरा शत्रुहरूको पङ्क्तिलाई भत्काउनको निम्ति परमेश्वरले मेरो प्रयोग गर्नुभयो ।"
तपाईंकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई खोजिनिकाल्ने छ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रने छ । (भजनसंग्रह २१:८)
"तपाईंकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई पक्रने छ" को अर्थ "तपाईंको बाहुलीले तपाईंका सारा शत्रुहरूलाई पक्रनुहुने छ ।
निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन । (यशैया ५९:१)
“उहाँको हात छोटो भएको छैन" को अर्थ उहाँ कमजोर हुनुहुन्न हो ।
परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ ।(एफिसी १:२२)
पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस । किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ । (एफिसी ५:२२-२३)
कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्ने छ र अर्कालाई प्रेम गर्ने छ । अथवा त्यसले एउटाप्रति भक्ति राख्ने छ, र अर्कालाई त्यसले तुच्छ ठान्ने छ । तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ । (मत्ती ६:२४)
परमेश्वरको सेवा गर्ने उत्प्रेरणा परमेश्वरले दिनुहुन्छ । पैसाको सेवा गर्ने उत्प्रेरणा पैसाले दिन्छ ।
हजूरका परमेश्वरले हजूरका छोरा सोलोमनको नाउँ हजूरको भन्दा अझ प्रसिद्ध गराऊन्, र उहाँको सिंहासन हजूरको भन्दा पनि अझ प्रतापी बनाऊन् । (१ राजाहरू १:४७)
मेरो महान् नाउँमा म शपथ खाँदैछु, कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि "जीवित परमप्रभुको नाउँमा" भन्दै कहिल्यै मेरो नाउँमा शपथ खाने वा पुकारा गर्ने छैन ।" (यर्मिया ४४:२६)
यदि कसैको नाम महान् छ भन्ने कुराले उहाँ महान् हुनुहुन्छ भन्ने अर्थ दिन्छ ।
हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्, र तपाईंका नाउँको सम्मान गर्न प्रसन्न हुने तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस् । (नहेम्याह १:११)
कसैको नाउँको सम्मान गर्नु भनेको त्यही व्यक्तिलाई सम्मान गर्नु हो ।
तिमीहरूले मेरो पवित्र नाउँलाई आफ्ना उपहारहरू र मूर्तिहरूले फेरि कहिल्यै अपवित्र गर्ने छैनौ । (इजकिएल २०:३९)
परमेश्वरको नाउँलाई अपवित्र पार्नु भनेको उहाँको ख्यातिलाई अपवित्र पार्नु हो अर्थात् मानिसहरूको उहाँ बारेको सोचलाई अपवित्र पार्नु हो ।
म मेरो महान् नाउँको पवित्रता देखाउने छु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ... (इजकिएल ३६:२३)
परमेश्वरको नाउँ पवित्र पार्नु मानिसहरूलाई उहाँ पवित्र हुनुहुन्छ भन्ने कुरा देखाउनु हो ।
हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्त सुनेका छौं । (यहोशू ९:९)
ती मानिसहरूले परमेश्वरको बारेमा सुनेको कुरा बताउनुले यो कुरा देखाउँछ कि "परमेश्वरको नाउँको कारण" को अर्थ परमेश्वरको ख्यातिको कारण हो ।
हे परमप्रभु, तपाईंको हप्कीमा, र तपाईंको नाकबाट निस्केको श्वासको विस्फोटले समुद्रका तहहरू देखा परे, र पृथ्वीका जगहरू प्रकट भए । (भजनसंग्रह १८:१५)
तपाईंका नाकको सासले पानीको थुप्रो लाग्यो… । (प्रस्थान १५:८)
उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो... । (२ शमूएल २२:९)
…मेरो तातो रिस दन्कने छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ । (इजकिएल ३८:१८)
कसैको नाकबाट आउने सास वा धुँवाले उसको प्रचण्ड रिसलाई जनाउँछ ।
तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुने छ । (भजनसंग्रह १८:२७)
उठेका आँखाले मानिस अमण्डी छ भन्ने देखाउँछ ।
जब मानिसहरू होच्याइन्छन् र तपाईंले भन्नुहुने छ, ‘यिनीहरूलाई उचाल्नुहोस्,’र उहाँले होच्याइएकालाई बचाउनुहुने छ । (अय्यूब २२:२९)
झुकेका आँखाहरूले नम्र व्यक्तिलाई जनाउँछ ।
न त कुनै दुष्टताको छोराले त्यसलाई दु:ख दिने छ । (भजनसंग्रह ८९:२२ख)
दुष्टताको छोराले दुष्ट मानिसलाई जनाउँछ ।
कैदीहरूको करुण-क्रन्दन तपाईंको सामु पुगोस्, तपाईंको बाहुलीको शक्तिद्वारा मृत्युका सन्तानहरूको रक्षा गर्नुहोस् । (भजनसंग्रह ७९:११)
यहाँ अरूले मार्न योजना गरेका व्यक्तिहरूलाई मृत्युका सन्तानहरू भनिएको छ ।
तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं । (एफिसी २:३)
यहाँ क्रोधका सन्तानहरूले ती मानिसहरूलाई जनाउँछ जोसँग परमेश्वर रिसाउनुभएको छ ।
(अनुवाद रणनीतिहरूको निम्ति बाइबलीय बिम्बविधान - साझा ढाँचाहरू)हेर्नुहोस् ।
बाइबलमा भएका मानवीय व्यवहारसँग सम्बन्धित बिम्बहरूको सूची तल दिइएको छ । सूचीमा प्रयोग भएका मानवीय व्यवहारहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।
लडेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्छ । (भजनसंग्रह १४५:१४)
हे सियोनकी छोरी, प्रसववेदनामा परेकी स्त्रीझैँ पीडाले छटपटाऊ, किनकि अब तिमीले यो सहर छोड्नैपर्छ र खुल्ल्ला मैदानमा पाल खड़ा गर्नुपर्छ। अब तिमी बेबिलोनमा जाने छौ। त्यहाँ तिमी छुटाइने छौ। त्यहीँ नै परमप्रभुले तिमीलाई तिम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहुने छ। (मीका ४:१०)
किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्ने छ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुने छन् । तर यी सब त प्रसववेदनाको सुरु मात्र हो । (मत्ती २४:७-८)
मेरा साना बालक हो, ख्रीष्ट तिमीहरूमा नबनिनुभएसम्म म फेरि प्रसवपीडामा छु । (गलाती ४:१९)
किनकि तेरा सृष्टिकर्ता तेरा पति हुनुहुन्छ— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्छ। उहाँ सारा पृथ्वीका परमेश्वर कहलाइनुहुन्छ । (यशैया ५४:५ख)
उहाँ सारा पृथ्वीका परमेश्वर हुनुभएको कारण यसो भनिएको हो ।
हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ, र मिठा वचनहरूले शिक्षा बढाउँछन् । (हितोपदेश १६:२१a)
उहाँ विवेकशील हुनुभएकोले यसो भनिएको हो ।
उहाँ ... परमप्रधानका पुत्र कहलाइनुहुने छ । (लूका १:३२)
उहाव परमप्रधानका पुत्र हुनुभएकोले यसको भनिएको हो ।
यसैकारण जो जन्मनुहुने छ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुने छ । (लूका १:३५)
उहाँ वास्तविक रूपमा नै परमेश्वरका पुत्र हुनुभएको कारण यसको भनिएको हो ।
जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ, "पहिलो जन्मने हरेक जेठोचाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइने छ ।" (लूका २:२३)
उहाँलाई परमप्रभुको निम्ति नै समर्पण गरिने भएकोले यसो भनिएको हो ।
अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्येबाट लिई होमबलि चढाए । त्यसको मीठो बास्ना लिनुभएपछि... (उत्पत्ति ८:२०)
सातौँ दिनमा पुजारीले त्यसलाई फेरि जाँच गर्दा रोग मत्थर भएको छ र छालामा फैलिएको छैन भने, पुजारीले त्यसलाई शुद्धशुद्ध ठहराऊन् । त्यो खटिरो मात्र हो । त्यसले आफ्ना लुगा धोएर त्यो शुद्ध हुने छ । (लेवीहरू १३:६)
तब त्यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्ने त्यसको निम्ति प्रायश्चित गरोस्। अनि साँढे र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस् । रगतबाट आफ्नो औँलाले सात पल्ट त्यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस् । (लेवीहरू १६:१८-१९)
किनभने त्यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिन्छ । तब परमप्रभुको सामुन्ने सबै पापबाट तिमीहरू शुद्ध हुने छौ । (लेवीहरू १६:३०)
पशुहरूमध्ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्छ। तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन— अर्थात् ऊँट, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । (लेवीहरू ११:३-४)
यीमध्ये मरेको कुनै एउटा केही कुरामा पर्यो भने, त्यो थोक अशुद्ध हुन्छ, चाहे काठको थोक होस्, अथवा लुगा, छाला, भाङ्ग्रो, वा जुनसुकै कामको भाँडा होस् । त्यो पानीमा चोपल्नुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुने छ, त्यसपछि मात्रै त्यो चोखो हुन्छ । (लेवीहरू ११:३२)
कसैले कुनै अशुद्ध कुरो, अर्थात् अशुद्ध वन-पशु कि पाल्तु-पशु कि अशुद्ध घस्रने जन्तुको सिनु छोयो भने, त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो अशुद्ध भएको हुन्छ, र अशुद्ध ठहरिने छ । (लेवीहरू ५:२)
राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए । तिनी अलग्गै घरमा कोरी भएर बस्न लागे । परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन् । (२ इतिहास २६:२१)
तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो । त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुने छ । (प्रस्थान ३१:१४-१५)
त्यस दिन जसले आफूलाई इन्कार गर्दैन, त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस् । त्यस दिन कुनै किसिमको काम गर्ने मान्छेलाई त्यसका मानिसहरूमध्येबाट म नाश गर्ने छु । (लेवीहरू २३:२९-३०)
ऊ जीवितहरूको देशबाट अलग गरियो । (यशैया ५३:८)
तपाईंका मानिसहरू कति खुशी होलान्! तपाईंको सामुन्ने निरन्तर उभिने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी होलान्! (१ राजाहरू १०:८)
करारको विश्वासयोग्यता र विश्वस्तता तपाईंको अगि जान्छन् । (भजनसंग्रह ८९:१४)
यहाँ करारको विश्वासयोग्यता र विश्वस्ततालाई मानवीकरण पनि गरिएको छ ।(हेर्नुहोस्मानवीकरण)
धेरै मद्यले मानिसलाई कमजोर तुल्याउँछ र ऊ धरमरिन्छ । यसरी नै जब परमेश्वरले मानिसहरूको न्याय गर्नुहुन्छ तिनीहरू कमजोर हुन्छन् र धरमरिन्छन् । यसरी मद्यलाई परमेश्वरको न्यायको रूपमा लिइएको छ ।
तपाईंले आफ्नो प्रजालाई कठिन कुराहरू भोग्न लाउनुभएको छ, तपाईंले हामीलाई धरमराउने मद्य दिनुभएको छ । (भजनसंग्रह ६०:३)
भजनसंग्रहबाट अर्को उदाहरणः
तर परमेश्वरले नै न्याय गर्नुहुन्छ, उहाँले त्यो खन्याउनुहुन्छ, उहाँले एउटालाई होच्याउनुहुन्छ, र अर्कालाई उच्च पार्नुहुन्छ। परमेश्वरको बाहुलीमा एउटा कचौरा छ, जसमा मरमसला मिसाएको छ, फीँज भएको मद्य छ । अनि पृथ्वीका दुष्टहरू सबैले त्यसको थिग्रासम्मै पिउँछन् (भजनसंग्रह ७५:७,८)
प्रकाशबाट एउटा उदाहरणः
त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कडा मद्य पिउने छ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइने छ । (प्रकाश १४:१०)
परमेश्वरले तिनीहरू[इस्राएल]लाई मिश्रबाट निकालेर ल्याउनुभयो । तिनीहरूको शक्ति जङ्गली साँढेको जस्तै छ। तिनीहरूले आफ्ना विरोधी जातिहरूलाई निल्ने छन्,. र उनीहरूको हड्डी चूर पारेर फोर्ने छन्, आफ्ना बाणहरूले उनीहरूलाई छेडेर मार्ने छन् । (गन्ती २४:८)
"खानु" को अर्को शब्द निल्नु वा भस्म पार्नु हो ।
यसैकारण जसरी आगोको ज्वालाले पराललाई भस्म गर्दछ, र सुकेको घाँस ज्वालामा भस्म हुन्छ, त्यसै गरी तिनीहरूका जरा सडेर जाने छन्, र तिनीहरूका फूल धूलो उडेझैँ उडेर जाने छन् । (यशैया ५:२४)
यशैयाबाट अर्को उदाहरणः
तर परमप्रभुले तिनीहरूका विरुद्धमा रसीनका शत्रुहरूलाई बलिया तुल्याउनुभएको छ, र तिनीहरूका शत्रुहरूलाई सुर्याउनुभएको छ । अरामीहरूले पूर्वतिर र पलिश्तीहरूले पश्चिमतिरबाट मुख बाएर इस्राएललाई निलेका छन् . (यशैया ९:११-१२)
व्यवस्थाबाट एउटा उदाहरणः
म मेरा काँडहरूलाई रगतले मत्याउने छु, जब मेरो तरवारले मासु खाँदछ, मारिएका र कैदमा परेकाहरूको रगत, शत्रुहरूका नायकहरूका शिर! (व्यवस्था ३२:४२)
यसैकारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्येको एउटा निकाल्नुभई त्यसको ठाउँमा मासु भरिदिनुभयो । (उत्पत्ति २:२१)
के परमेश्वरको महामहिमाले तपाईंहरूलाई भयभीत पार्दैन र? के उहाँको भयले तपाईंहरूलाई विह्वल पार्दैन? (अय्यूब १३:११)
तब परमप्रभुका आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयो:… (इजकिएल ११:५)
अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्म घामको प्रकाश नदेख्ने भई अन्धो हुने छस् ।(प्रेरित १३:११)
तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वरलाई त्यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्ना वरिपरि बस्ने जातिहरूका देवताहरूलाई पछ्याए । तिनीहरू ती देवताहरूका सामुन्ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्याए । तिनीहरूले परमप्रभुलाई त्यागेर बाल र अश्तोरेत देवताहरूलाई पुजे । (न्यायकर्ताहरू २:१२,१३)
तिनी सीदोनीहरूकी अश्तोरेत देवी र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे । (१ राजाहरू ११:५)
तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्ने छैन । मलाई तिरस्कार गर्नेले त्यो कहिल्यै देख्ने छैन । तर मेरो दास कालेबमा अर्कै आत्मा छ, र त्यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ । यसैकारण त्यो पसेर आएको देशमा म त्यसलाई लैजाने छु र त्यसका सन्तानले त्यो अधिकार गर्ने छन् । (गन्ती १४:२३-२४)
हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुने छ । (यशैया ६२:११)
धार्मिकताचाहिँ उहाँको अगि अगि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ । (भजनसंग्रह ८५:१३)
तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्ने छ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर ।' (मत्ती २५:३४)
परमेश्वरको पूर्ण राज्यको आशिष् राजा जोसँग बोल्दै हुनुहुन्छ ती व्यक्तिहरूलाई सदाको लागि दिइएको छ ।
अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ । (१ कोरिन्थी १५:५०)
मानिसहरू आफ्नो नाशवान शरीरमा हुँदा तिनीहरूले पूर्ण भएको परमेश्वरको राज्यलाई सदाको निम्ति प्राप्त गर्न सक्दैनन् ।
कसैले सदाको लागि प्राप्त गर्ने कुरालाई उत्तराधिकार भनिन्छ
तपाईंले तिनीहरूलाई ल्याएर तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुने छ । (प्रस्थान १५:१७)
परमेश्वरको आराधना गरिने पर्वतलाई स्थायी सम्पत्तिको रूपमा हेरिएको छ ।
हाम्रा दुष्टता र पाप क्षमा गरेर हामीलाई आफ्नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस् । (प्रस्थान ३४:९)
इस्राएलीहरूलाई आफ्नो निज सम्पत्तिको रूपमा परमेश्वरले स्वीकार्नुभएको होस् भनेर अर्थात् सदाको लागि उहाँके हुनेगरी स्वीकार गर्नुभएको होस् भनेर मोशा बिन्ति गर्छन् ।
सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक । (एफिसी १:१८)
उहाँको निम्ति छुट्याइएका सबैलाई परमेश्वरले दिने अद्भुत कुराहरूलाई स्थायी सम्पत्तिको रूपमा हेरिएको छ ।
स्थायी रूपमा कुनै कुरा प्राप्त गर्ने व्यक्तिलाई उत्तराधिकारी भनिन्छ ।
संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो । (रोमी ४:१३)
अब्राहाम र तिनका सन्तानहरूले सारा संसारलाई सदाको निम्ति प्राप्त गर्ने छन् भन्ने प्रतिज्ञा थियो ।
पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो । (हिब्रू १:२)
परमेश्वरको पुत्रले सबै कुरा स्थायी सम्पत्तिको रूपमा प्राप्त गर्नुहुने छ ।
विश्वासद्वारा नोआले ... संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी । (हिब्रू ११:७)
नोआले स्थायी सम्पत्तिको रूपमा धार्मिकता पाए ।
जब तेरो दिन पूरा हुने छ, र तँ आफ्ना पित्रहरूसँग विश्राम गर्ने छस्, तब म तेरै सन्तानमध्येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउने छु, (२ शमूएल ७:१२)
तिनीहरूलाई भन्, ‘के तँ अरूभन्दा बढी निगाहको पात्र छस् र? तल जा, र खतना नभएकाहरूका साथमा पडिरह । तरवारले मारिएकाहरूसँगै तिनीहरू लोट्ने छन् । तरवार थुतिएको छ । त्यसका सारा सैन्य-दलहरूसँगै त्यो घिस्स्याएर लगिओस् । (इजकिएल ३२:१९-२०)
यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस् । (रोमी ५:२१)
यसकारण शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ । (रोमी ६:१२)
एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “हे मेरी छोरी, तिम्रो आफ्नै घरबार र राम्रो बन्दोबस्त भएर बसेको मैले हेर्न नपाउनू? (रूथ ३:१)
यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्ने छैनन् । (भजनसंग्रह ९५:११)
यो सदाकालको निम्ति मेरो विश्रामस्थान हो, म यहाँ सिंहासनमा बस्ने छु, किनकि मैले यही चाहेको छु । (भजनसंग्रह १३२:१४)
जाति-जातिहरू उहाँकहाँ भेला हुने छन्, र उहाँको विश्रामको स्थान महिमामय हुने छ । (यशैया ११:१०)
उठ्नुहोस् हामीलाई गुहार गर्नुहोस्, तपाईंको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस् । (भजनसंग्रह ४४:२६)
किनभने तपाईंले मेरो प्राणलाई चिहान देख्न दिनुहुने छैन ... (भजनसंग्रह १६:१०)
[इस्राएलीहरूलाई] [परमप्रभुले] अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । (न्यायकर्ताहरू ३:८)
प्रेममा एउटा सिंहासन स्थापित गरिने छ, त्यसमा दाऊदको घरानाबाट विश्वासयोग्यसाथ एक मानिस विराजमान हुनुहुने छ । (यशैया १६:५)
यसकारण दुष्टहरू न्यायको दिनमा खडा हुने छैनन् र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउने छैनन् । (भजनसंग्रह १:५)
धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन । (भजनसंग्रह १:१)
किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ । (भजनसंग्रह १:६)
छलपूर्ण मार्गबाट मलाई अलग्ग राखिदिनुहोस् । (भजनसंग्रह ११९:२९)
म तपाईंका आज्ञाहरूको मार्गमा दौडन्छु (भजनसंग्रह ११९:३२)
बाइबलमा प्रयोग गरिएका प्राकृतिक घटनाहरूसँग सम्बन्धित बिम्बहरू तल दिइएका छन् । सूचीमा प्रयोग भएका प्राकृतिक घटनाहरूसँग सम्बन्धित नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थिति भने अवश्य हुन्छ ।
हे परमप्रभु, तपाईंका मुहारको ज्योति हामीमाथि प्रकाशित गर्नुहोस्! (भजनसंग्रह ४:६)
उनीहरूले तरवारको बलले देश जितेका होइनन्, न त उनीहरूको बाहुबलले उनीहरूले विजय हासिल गरेका हुन्। तपाईंकै दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंका मुहारको प्रकाशले उनीहरू विजयी भएका थिए, किनभने तपाईंले उनीहरूलाई प्रेम गर्नुहुन्थ्यो । (भजनसंग्रह ४४:३)
मेरो उज्यालो अनुहार तिनीहरूका निम्ति बहुमूल्य हुन्थ्यो । (अय्यूब २९:२४)
तपाईंका मुहारको प्रकाशको उपस्थितिमा हिँड्छन् । (भजनसंग्रह ८९:१५)
तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुने छ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ! (मत्ती ६:२३)
तर तपाईंले हामीलाई चूर पारेर स्याल बस्ने पाखातुल्य बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो । (भजनसंग्रह ४४:१९)
दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जाने छ । (मत्ती २४:१२)
थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन (श्रेष्ठगीत ८:७)
किनकि मेरो रिसले एउटा आगो सल्काएको छ, जसले तल मृत्युको राज्यसम्मै जलाउँछ । (व्यवस्था ३२:२२)
इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो (न्यायकर्ताहरू ३:८)
जब परमप्रभुले तिनीहरूका कुरा सुन्नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, ; र याकूबको विरुद्धमा उहाँको आगो सल्क्यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्क्यो (भजनसंग्रह ७८:२१)
अब हेर्नुहोस्, मेरा सबै आफन्तहरू मेरो विरुद्धमा उठेर यसो भन्छन्, ‘आफ्नो भाइ मार्नेलाई हामीकहाँ सुम्पिदेऊ र त्यसले आफ्नै भाइको हत्या गरेको हुनाले हामी त्यसलाई मार्ने छौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिने छौं’। यदि तिनीहरूले त्यसो गरे भने मेरो एउटै बचेको आगोको भुङ्ग्रो पनि निभाइदिने छन्, र मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्तान बाँकी रहने छैन । २ शमूएल १४:७)
तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्ने छ भन्ने डरले दाऊद तिनीहरूसँग लडाइँमा अब कहिल्यै जाने छैनन् भनी तिनको सामु शपथ खाए । (२ शमूएल २१:१७)
मेरो नाउँ राख्नलाई चुनेको सहर यरूशलेममा मेरो सामुन्ने मेरो दास दाऊदको एउटा बत्ती बलिरहोस् भनेर एउटा कुलचाहिँ म त्यसको छोरालाई दिने छु । (१ राजाहरू ११:३६)
तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खडा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेममा तिनलाई एउटा बत्ती दिनुभयो । (१ राजाहरू १५:४)
दुष्टको बत्ती निभाइन्छ, त्यसको आगोबाट फेरि कुनै ज्वाला निस्कँदैन । यसको पालमा ज्योति अँध्यारो हुन्छ, त्यसको बत्ती निभ्छ । (अय्यूब १८:५-६)
हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ । (भजनसंग्रह १८:२८)
धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन् । (यशैया ४२:३)
मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो । उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो । (भजनसंग्रह १८:१८-१९)
मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोडा चिप्लनेछैनन् । (२ शमूएल २२:३७)
तपाईंले मानिसहरूलाई हाम्रा शिरमा चढ्न दिनुभयो, हामी आगो र पानीबाट भएर गयौं, तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो । (भजनसंग्रह ६६:१२)
हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस् । (भजनसंग्रह ४:१)
किनभने वेश्या एक गहिरो खाडल हो, र व्यभिचारिणी स्त्री एक साँघुरो इनार हो । (हितोपदेश २३:२७)
नदीले आफ्नो किनार भत्काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्क्तिलाई भत्काइदिनुभयो । (२ शमूएल ५:२०)
तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ । (नहूम १:८)
शोकले गर्दा मेरो प्राण पग्लन्छ, तपाईंको वचनअनुसार मलाई बलियो तुल्याउनुहोस् । (भजनसंग्रह ११९:२८)
म त पानीझैँ पोखिएको छु, (भजनसंग्रह २२:१४)
त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउने छु । (योएल २:२८)
अन्तस्करणमा मेरो मन उदास भएको छ । (भजनसंग्रह ४२:६)
हामीमाथि परमप्रभुको ठूलो क्रोध खनिएको छ । (२ इतिहास ३४:२१)
मुखाले पत्नी नित्य परिरहने तपतपे झरीजस्तै हो । (हितोपदेश १९:१३)
उहाँका ओठ मूर्रको रस चुहाउने लिली फूलहरूजस्ता छन् । (श्रेष्ठगीत ५:१३)
मेरा आर्तनादहरू पानी झैँ मबाट निस्कन्छन् । (अय्यूब ३:२४)
मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्बुले खोला हो । (हितोपदेश १८:४)
उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु, गहिरो पानीमा फसेको छु, बाढहरू ममाथि उर्लंदैछन् । (भजनसंग्रह ६९:२)
पानीको बाढले मलाई नछोपोस् (भजनसंग्रह ६९:१५)
उच्च स्थानबाट आफ्नो हात पसार्नुहोस्, र उर्लंदो बाढबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस् (भजनसंग्रह १४४:७)
परमप्रभुको भय जीवनको मूल हो । (हितोपदेश १४:२७)
हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र? (भजनसंग्रह १८:३१)
हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक (भजनसंग्रह १९:१४)
बाइबलमा भएका मानव निर्मित वस्तुहरूसँग सम्बन्धित बिम्बहरूको सूची तल दिइएको छ । सूचीमा प्रयोग भएका मानव निर्मित वस्तुहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपस्थितीचाहिँ अवश्य हुन्छ ।
उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन् । (भजनसंग्रह १८:३४)
हामी उनीहरूका साङ्लाहरू छिनालौं, र उनीहरूका बन्धनहरू फुकाऔं । (भजनसंग्रह २:३)
उनै परमेश्वर, जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ । (भजनसंग्रह १८:३२)
उहाँको पेटी धार्मिकता हुने छ, र उहाँको कम्मरको पटुका सत्यता हुने छ । (यशैया ११:५)
मलाई दोष लाउनेहरूले अपमानको वस्त्र लाएका हुने छन्, र आफ्नो शर्मको खास्टोले ढाकेका हुने छन् । (भजनसंग्रह १०९:२९)
म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउने छु, तर त्यसका शिरको मुकुट प्रकाशमय हुने छ ।(भजनसंग्रह १३२:१८)
निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढीबाट बचाउनुहुने छ। (भजनसंग्रह ९१:३)
मृत्युको बन्धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्यो । दु:ख र शोकले मलाई छोप्यो । (भजनसंग्रह ११६:३)
दुष्टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्यवस्थालाई बिर्सने छैनँ । (भजनसंग्रह ११९:६१)
दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, (भजनसंग्रह ११९:११०)
दुष्टहरूचाहिँ आफ्नै हातका कामको जालमा फसेका छन् । (भजनसंग्रह ९:१६)
तर तिनीहरू जाति-जातिहरूसँग मिसिए, र तिनीहरूका रीतिहरू अपनाए । तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे, र ती तिनीहरूका निम्ति पासो बने । (भजनसंग्रह १०६:३५-३६)
परमेश्वरले निश्चय तँलाई सदाको निम्ति नाश गर्नुहुने छ। उहाँले तँलाई तानेर तेरो निवासस्थानबाट निकाल्नुहुने छ (भजनसंग्रह ५२:५)
दुष्टको घर भत्काइने छ, तर ईमानदारको पालमा फलिफाप हुने छ । (हितोपदेश १४:११)
प्रेममा एउटा सिंहासन स्थापित गरिने छ, त्यसमा दाऊदको घरानाबाट विश्वासयोग्यसाथ एक मानिस विराजमान हुनुहुने छ। (यशैया १६:५)
बाइबलमा प्रयोग भएका खेतीसँग सम्बन्धित केही बिम्बहरूको सूची तल दिइएको छ । सूचीमा दिइएका खेतीसँग सम्बन्धित शब्दहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।
एउटा अत्यन्त मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो । तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके, र त्यसमा तिनले सबैभन्दा असल दाख रोपे । त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे । तब असल दाख फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाख पो फल्यो । (यशैया ५:१-२)
स्वर्गको राज्य जमिनको एक जना मालिकजस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो । (मत्ती २०:१)
कोही एक जना गृहस्थी थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे, र एउटा मचान बनाए । तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे । (मत्ती २१:३३)
यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका बाँझो भूमिमा डल्ला फोर, र काँढाहरूका बीचमा नछर । (यर्मिया ४:३)
जब कसैले राज्यको वचन सुन्छ, र सो बुझ्दैन ... बाटोतिर छरिएको बीउचाहिँ त्यही हो । ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो स्वीकार गर्दछ। ... काँढाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ .... असल जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, र बुझ्दछ । (मत्ती १३:१९-२३)
तिमीहरूको बाँझो बारी जोत । किनकि परमप्रभुलाई खोज्ने समय अहिले हो ... (होशे १०:१२)
मैले देखेको छु, कि अधर्म जोत्ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन् । (अय्यूब ४:८)
धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्ने छ। जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्ने छ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्ने छ। (गलाती ६:७-८)
किसानहरूले गहूँ र अन्य किसिमका अन्नहरू काटिसकेपछि खला, मा ल्याउँछन्, यो एउटा कडा जमिनमा बनाइएको सम्म परेको हुन्छ । त्यसपछि चक्का भएका वा नभएका गाडाहरू गोरूद्वारा अन्नमाथि तान्न लगाइन्छ र बाली झार्ने काम, गरिन्छ, यसो गर्दा अन्न बोटबाट अलग हुन्छ । त्यसपछि ठूला काँटाहरू वा नाङ्लाहरू लिएर अन्नलाई हावामा फ्यालिन्छ र निफनिन्छ । यसो गर्दा भुसचाहिँ उड्छ र असल अन्न खलामा झर्छ, तिनलाई जम्मा गरेर खानाको निम्ति प्रयोग गरिन्छ । ("बाली झार्ने" र "निफन्ने" शब्दहरू अनुवादमा सहायताको निम्ति अनुवाद शब्दहरू मा रहेको बाली झार्नु र निफन्नु पानाहरू हेर्नुहोस् । )
म तिनीहरूलाई देशका सहरहरूका मूल ढोकाहरूमा नाङ्लोले निफनेझैँ निफन्ने छु । म मेरो प्रजामाथि शोक र सर्वनाश ल्याउने छु, किनकि तिनीहरूले आफ्ना चाल बदली गरेनन् । (यर्मिया १५:७)
निफन्ने नाङ्लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुने छ, र गहूँ आफ्नो धनसारमा जम्मा गर्नुहुने छ, तर भुसचाहिँ उहाँले ननिभ्ने आगोमा जलाउनुहुने छ। (लूका ३:१७)
किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्नै निज जैतूनकै रूखमा झन् कति बढी कलमी बाँधिएलान् । भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु, कि अन्यजातिहरूको संख्या पूर्ण नभएसम्म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ । (रोमी ११:२४-२५)
...उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्टि खन्याउनुहुन्छ । (होशे १०:१२)
जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्ति खनजोत गरिएको छ, र तिनीहरूका निम्ति मन पर्ने अन्न-बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष् पाउँछ। तर त्यसैले काँढा र सिउँडीहरू उमार्यो भने त्यो बेकम्मा हुन्छ, र परमेश्वरको सराप पर्न सक्छ । अन्त्यमा त्यो जलाइन्छ । (हिब्रू ६:७-८)
यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ । (याकूब ५:७)
बाइबलमा प्रयोग भएका शरीरका अङ्गहरू र मानवीय गुणहरूका बिम्बहरूलाई अङ्ग्रेजी वर्णानुक्रम अनुसार तल सूचीबद्ध गरिएको छ । सूचीमा प्रयोग भएका अङ्गहरू र मानवीय गुणहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।
मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सीङ, मेरो गढ, मेरो शरणस्थान र मेरा उद्धारकर्ता हुनुहुन्छ । तपाईं मलाई हिंसात्मक मान्छेबाट बचाउनुहुन्छ। (२ शमूएल २२:३)
"मेरो उद्धारको सीङ" ले मेरो उद्धार गर्ने शक्तिशाली व्यक्ति भन्ने जनाउँछ ।
यहाँ म दाऊदको निम्ति एउटा सीङ उत्पन्न गर्ने छु, (भजनसंग्रह १३२:१७)
"दाऊदको सीङ" राजा दाऊदको सैन्य शक्ति हो ।
केही चराहरूलाई सजिलै जालमा पार्न सकिने हुनाले यसो भनिएको हो ।
विनाकारण भएका मेरा शत्रुहरूले मलाई चरालाई झैँ शिकार गरिहिँडे । (विलाप ३:५२)
शिकारीको हातबाट हरिण उम्केझैँ, व्याधाको पासोबाट चरा फुत्केझैँ तैंले आफूलाई मुक्त गर् । (हितोपदेश ६:५)
व्याधाले चराहरू समात्ने व्यक्तिलाई जनाउँछ, र पासोले सानो जाललाई जनाउँछ ।
शिकारीको पासोबाट चरा उम्केझैँ, हामी फुत्किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्क्यौं । (भजनसंग्रह १२४:७)
हबकूक र होशेमा इस्राएलीहरूलाई आक्रमण गर्ने शत्रुहरूलाई चीलसँग तुलना गरिएको छ ।
तिनीहरूका घोडचढीहरू टाढादेखि आउँछन् । तिनीहरू शिकार निल्नलाई वेग हानेर उड्ने गिद्धझैँ अगि बढ्छन् । (हबकूक १:८)
एउटा गरुड परमप्रभुको भवनमाथि उड्दैछ । ... जे भलो छ त्यो इस्राएलले इन्कार गरेको छ। एउटा वैरीले त्यसलाई खेद्ने छ । (होशे ८:१,३)
यशैयामा परमेश्वरले एउटा विदेशी राजालाई शिकारी चरा भन्नुहुन्छ किनकि त्यो चाँडो आउँछ र इस्राएलका शत्रुहरूलाई आक्रमण गर्छ ।
पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु । (यशैया ४६:११)
चराहरूले आफ्ना पखेटाहरू फैलाएर आफ्ना बचेराहरूको सुरक्षा गर्ने हुनाले यसो भनिएको हो ।
तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्नुहोस्। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस् ती दुष्टहरूबाट, जसले मलाई लुट्दछन्, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन् । (भजनसंग्रह १७:८-९)
पखेटाहरूले कसरी सुरक्षाको प्रतिनिधित्व गर्दछन् भन्ने जनाउने अर्को उदाहरणः
ममाथि कृपा गर्नुहोस्, हे परमेश्वर, ममाथि कृपा गर्नुहोस्, मेरो प्राणले तपाईंमा शरण लिन्छ। यो आपत् नहटुञ्जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिने छु । (भजनसंग्रह ५७:१)
भजनसंग्रहमा दाऊदले आफ्ना शत्रुहरूलाई सिंहहरू भनेका छन् ।
म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा सुत्दछु । मानिसहरू जसका दाँत बर्छा र बाण हुन्, जसका जिब्रा धारिला तरवारझैँ छन् । हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस् (भजनसंग्रह ५७:४)
पत्रुसले दुष्टलाई गर्जने सिंह भने ।
सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ । (१ पत्रुस ५:८)
मत्तीमा आफ्ना झुटहरूद्वारा मानिसहरूमाथि हानी पुर्याउने अगमवक्ताहरूलाई येशूले ब्वाँसाहरू भन्नुभयो ।
झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन् । (मत्ती ७:१५)
मत्तीमा झुटा कुराहरू सिकाएर हानी पुर्याउने धार्मिक अगुवाहरूलाई बप्तिस्मा दिने यूहन्नाले विषालु सर्पहरू भने ।
तर फरिसीहरू र सदुकीहरूमध्ये धेरै जनालाई बप्तिस्मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? (मत्ती ३:७)
जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस् । (भजनसंग्रह १०३:५)
परमप्रभु यसो भन्नुहुन्छ: "हेर त, एउटा गरुड मोआबमाथि आफ्नो पखेटा फिँजाएर वेगसित आउँदैछ।" (यर्मिया ४८:४०)
मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन् (यर्मिया ५०:६)
उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूलाई झैँ बाहिर निकालिल्याउनुभयो । (भजनसंग्रह ७८:५२)
इस्राएल त सिंहहरूले खेदेर छरपष्ट भएका भेडाको बगालझैँ छ। त्यसलाई पहिले अश्शूरको राजाले निल्यो, र सबैभन्दा पछि बेबिलोनको राजा नबूकदनेसरले त्यसका हड्डीहरू चूरचूर पार्यो । (यर्मिया ५०:१७)
हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ । तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिदिने छन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउने छन् । (मत्ती १०:१६,१७)
बाइबलमा प्रयोग गरिएका बोटबिरूवाहरूसँग सम्बन्धित बिम्बहरू तल दिइएका छन् । सूचीमा प्रयोग भएका बोटबिरूवाहरूसँग सम्बन्धित नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थिति भने अवश्य हुन्छ ।
तल दिइएको उदाहरणमा यशैयाले यिशैका सन्तान र यर्मियाले दाऊदा सन्तानको बारेमा लेखेका छन् ।
यिशैको ठुटाबाट एउटा टुसा निस्कने छ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउने छ । परमप्रभुका आत्मा उहाँमा रहनुहुने छ— बुद्धि र समझका आत्मा । (यशैया ११:१)
परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्ने छु । एक जना राजा जसले बुद्धिसित राज गर्ने छन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्ने छन् । (यर्मिया २३:५)
अय्यूबमा लेखिएको "त्यसका माथिका हाँगाहरू ओइलाउँछन्” ले त्यसका कुनै सन्तानहरू हुने छैनन् भन्ने अर्थ दिन्छ ।
त्यसका तलतिरका जराहरू सुक्छन्, त्यसका माथिका हाँगाहरू ओइलाउँछन् । पृथ्वीबाट त्यसको सम्झना लोप हुन्छ, संसारमा त्यसको नाउँनिशानै रहने छैन । (अय्यूब १८:१७)
परमेश्वरले निश्चय तँलाई सदाको निम्ति नाश गर्नुहुने छ। उहाँले तँलाई तानेर तेरो निवासस्थानबाट निकाल्नुहुने छ । (भजनसंग्रह ५२:५)
जसरी कुनै एक प्रकारको बीउले त्यस्तै किसिमको बोटबिरूवा बढ्ने कुरालाई जनाउँछ, त्यसरी नै कुनै एक किसिमको व्यवहारले त्यस्तै किसिमको परिणाम निम्त्याउँछ ।
पदहरूमा प्रयोग गरिएका भावना वा प्रवृत्तिलाई रेखांकित गरिएको छ ।
आफ्ना निम्ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर ।(होशे १०:१२)
मैले देखेको छु, कि अधर्म जोत्ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन् । (अय्यूब ४:८)
तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन् । (होशे ८:७)
तिमीहरूले त न्यायलाई विष र धार्मिकताका फललाई तीतोपन बनाएका छौ । (आमोस ६:१२)
अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? (रोमी ६:२१)
त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन । त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ । (भजनसंग्रह १:३)
मैले एक जना दुष्ट र अत्याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्तो थियो । (भजनसंग्रह ३७:३५)
मचाहिँ परमेश्वरको भवनमा हरियो जैतूनको वृक्षसमान छु । (भजनसंग्रह ५२:८)
सांस्कृतिक नमुनाहरू जीवन वा व्यवहारका पक्षहरूका मानसिक तस्बिरहरू हुन् । यी तस्बिरहरूले हामीलाई ती कुराहरूको बारेमा कल्पना गर्न र बातचित गर्न मदत गर्छन् । उदाहरणको निम्ति, अमेरिकीहरूले विवाह र मित्रताजस्ता धेरै कुराहरूलाई मेशिनहरूका रूपमा सोच्छन् । अमेरिकीहरूले यस्ता वाक्यहरूको प्रयोग गर्छन्, "उसको विवाह टुट्यो," वा "तिनीहरूको मित्रता तिब्र गतिमा बढिरहेको छ ।" यस उदाहरणमा, मानवीय सम्बन्धहरूलाई मेशिनको रूपमा लिइएको छ ।
बाइबलमा पाइने केही सांस्कृतिक नमुनाहरू वा मानसिक तस्बिरहरूको सूची तल दिइएको छ । सबैभन्दा पहिले परमेश्वरको निम्ति दिइएको नमुनाहरू, त्यसपछि मानव, वस्तुहरू र अनुभवहरूको लागि नमुनाहरू दिइएका छन् । सूचीमा प्रयोग भएका नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।
बाइबलले परमेश्वर मानिस हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट रूपमा इन्कार गरेता पनि उहाँ कार्यहरूलाई प्रायः मानिसले गर्ने कुराका रूपमा लिइएको पाइन्छ । तर परमेश्वर मानव हुनुहुन्न, त्यसैले बाइबलमा परमेश्वर बोल्नुभएको कुरा पढ्दा उहाँसँग ध्वनी उत्पन्न गर्ने स्वरयन्त्र छ भन्ने सोच्नुहुन्न । बाइबलमा उहाँको हातले केही कुरा गरेको कुरा बताउँदा उहाँसँग शारीरिक हात छ भन्ने सोच्नु हुन्न ।
यदि परमप्रभु हाम्रा परमेश्वरको सोर हामीले अझै सुन्यौं भनेता हामी मर्ने छौं! (व्यवस्था ५:२५)
परमप्रभु मेरा परमेश्वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरें । (एज्रा ७:२८)
यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्वरको हातले यहूदाका मानिसहरूलाई उक्साए । (२ इतिहास ३०:१२)
यहाँ प्रयोग गरिएको शब्द "हात" को प्रयोग परमेश्वरको शक्ति जनाउनको निम्ति लक्षणाको रूपमा गरिएको छ । (हेर्नुहोस्ः लक्षणा)
किनकि सारा पृथ्वीका राजा परमेश्वर नै हुनुहुन्छ । (भजनसंग्रह ४७:७)
किनभने राज्य त परमप्रभुकै हो, र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ । (भजनसंग्रह २२:२८)
हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हुने छ । (भजनसंग्रह ४५:६)
परमप्रभु यसो भन्नुहुन्छ, "स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो ।" (यशैया ६६:१)
परमेश्वर जाति-जातिहरूमाथि राज्य गर्नुहुन्छ, परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ । अब्राहामका परमेश्वरको प्रजाझैँ जाति-जातिका शासकहरू भेला भएका छन्, किनकि पृथ्वीका राजाहरू परमेश्वरकै हातमा छन् । उहाँ अति उच्च हुनुहुन्छ । (भजनसंग्रह ४७:८-९)
परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन । (भजनसंग्रह २३:१)
उहाँका मानिसहरू भेडा हुन् ।
किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेडाहरू हौं । (भजनसंग्रह ९५:७)
उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूलाई झैं अगुवाइ गर्नुहुन्छ ।
तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूलाई झैँ बाहिर निकालिल्याउनुभयो, र उहाँले तिनीहरूलाई भेडाको बगाललाई झैँ उजाड-स्थानको बीचबाट अगुवाइ गर्नुभयो । (भजनसंग्रह ७८:५२)
उहाँ आफ्ना भेडाहरूलाई बचाउनको निम्ति मर्न इच्छुक हुनुहुन्छ ।
म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु, अनि मेरा भेडाहरूले मलाई चिन्छन् । जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेडाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु । (यूहन्ना १०:१४-१५)
परमप्रभु नै योद्धा हुनुहुन्छ, (प्रस्थान १५:३)
परमप्रभु शक्तिशाली पुरुषझैँ निस्कनुहुने छ । एक जना योद्धालेझैँ उहाँले आफ्नो जोश देखाउनुहुने छ । उहाँ कराउनुहुने छ, र ठूलो सोरले युद्ध-ध्वनि उठाउनुहुने छ । उहाँ आफ्ना शत्रुहरूमाथि विजयी हुनुहुने छ । (यशैया ४२:१३)
हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा प्रतापी थियो, हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्यो । (प्रस्थान १५:६)
तर परमेश्वरले काँडहरूले तिनीहरूमाथि हान्नुहुने छ, तिनीहरू अचानक घायल हुने छन् । (भजनसंग्रह ६४:७)
किनभने तपाईंले तिनीहरूलाई भाग्न विवश पार्नुहुने छ, जब तपाईं ताँदो चढाएको धनुले तिनीहरूलाई ताक्नुहुने छ । (भजनसंग्रह २१:१२)
तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड र मासु हौं ।” अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लडाइँमा लाने र फर्काएर ल्याउने गर्नुहुन्थ्यो । अनि परमप्रभुले तपाईंलाई भन्नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुने छस् । तँ तिनीहरूको राजा हुने छस्’। (२ शमूएल ५:१-२)
परमप्रभु घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!” (यर्मिया २३:१ )
तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस् । पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस् । किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तपाईंहरूका माझमा पस्ने छन्, जसले बगालकालाई बाँकी राख्ने छैनन् । तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्ने मानिसहरू उठ्ने छन्, जसले चेलाहरूलाई आफ्ना पछि लैजाने छन् । (पत्रुस २०:२८-३०)
संसारका विभिन्न भागहरूमा यस नमुना र दुष्ट आँखाका नमुनाका विभिन्नताहरू पाइन्छन् । बाइबलमा प्रतिनिधित्व गरिएका उपचारसम्बन्धि कुराहरूमा यो नमुनाले तल दिइएका तत्वहरू समेटेको छः
मानिसहरूले कुनै वस्तुलाई ती वस्तु वरिपरी भएको प्रकाशको कारण नभइ ती व्यक्तिहरूका आँखाबाट ती वस्तुमा चम्कने प्रकाशको कारणले देख्छन् ।
आँखा शरीरको बत्ती हो । यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुने छ । (मत्ती ६:२२)
आँखाहरूबाट चम्कने यो प्रकाश हेर्ने व्यक्तिको गुणको बाहक हो ।
दुष्ट मानिसले खराबीको लालसा गर्छ, त्यसको छिमेकीले त्यसको आँखामा दया देख्दैन । (हितोपदेश २१:१०)
ईर्ष्या दुष्ट आँखा भएको व्यक्तिको प्राथमिक भावना हो । मर्कूस ७ मा भएको "ईर्ष्या" शब्द ग्रीकको "आँखा" शब्दबाट आएको हो, जसलाई यहाँ दुष्ट आँखा भनेर जनाइएको छ ।
उहाँले भन्नुभयो, “मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार ... ईर्ष्या … । (मर्कूस ७:२०-२२)
मत्ती २०:१५ को सन्दर्भलाई हेर्ने हो भने त्यहाँ ईर्ष्याको भावनालाई समेटेको पाइन्छ । “के तिम्रो आँखा दुष्ट छन्?” भन्नुको तात्पर्य “तिमी ईर्ष्यालु छौ?" हो ।
मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? (मत्ती २०:१५)
यदि कुनै एक व्यक्तिको आँखा दुष्ट छ भने त्यो व्यक्ति अर्को व्यक्तिको पैसामा ईर्ष्यालु हुन्छ ।
आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुने छ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुने छ । यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ! “कसैले दुई मालिकको सेवा गर्न सक्दैन । किनभने त्यसले एउटालाई घृणा गर्ने छ र अर्कालाई प्रेम गर्ने छ । अथवा त्यसले एउटाप्रति भक्ति राख्ने छ, र अर्कालाई त्यसले तुच्छ ठान्ने छ । तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ । (मत्ती ६:२२-२४)
ईर्ष्यालु आँखा हुने व्यक्तिले कुनै व्यक्तिलाई दुष्ट आँखाले हेरेर श्राप वा मोहनी लगाउने सम्भावना हुन्छ ।
हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्यो? (गलाती ३:१)
असल आँखा भएको मानिसले कसैलाई हेरेर आशिष् दिन सक्छ ।
तपाईंको निगाह ममाथि भए ... (१ शमूएल २७:५)
यस नमुनामा कुनै व्यक्ति वा जनावरको रगतले त्यसको जीवनको प्रतिनिधित्व गर्छ ।
तर मासु त्यसको प्राण दिने रगतसमेत नखाओ । (उत्पत्ति ९:४)
रगत बगाउनुले मारिनु भन्ने जनाउँछ ।
जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुने छ, (उत्पत्ति ९:६)
कसैले कुनै मानिसलाई भूलले मारेको भए सभाको सामु त्यसको न्याय नभएसम्म हत्याको बदला लिनेको हातबाट मर्न नपरोस् भनेर त्यो भागेर जानलाई, सारा इस्राएलीहरू र तिनीहरूसँगै प्रवास गर्ने परदेशीहरूका निम्ति ठहरिएका सहरहरू यी नै हुन् । (यहोशू २०:९)
रगत रूँदा मारिएको मानिसको बदला लिन प्रकृति आफैं रुन्छ । (यसमा मानवीकरण पनि पर्दछ, किनकि रगतलाई रूने व्यक्तिको रूपमा पनि लिइन्छ । हेर्नुहोस्ः मानवीकरण)
परमप्रभुले भन्नुभयो, “यो तैंले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ । (उत्पत्ति ४:१०)
तिनको मृत्यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्नो देवता तुल्याए । (न्यायकर्ताहरू ८:३३)
जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्रेम गरें, र मैले आफ्नो पुत्रलाई मिश्रदेशबाट बोलाएँ । (होशे ११:१)
तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन् । उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ । ऊ विवाह-मण्डपबाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझैँ, जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ । (भजनसंग्रह १९:४-५)
तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्वेच्छासाथ आफू-आफूलाई दिइहाल्ने छन् । तपाईं पवित्रताको वैभवमा सुशोभित भई, प्रभातको गर्भबाट तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्त गर्नुहुने छ । (भजनसंग्रह ११०:३)
यो हावा वा आकाशमा चल्ने कुराहरूमा यो मिल्न आउँछ ।
सूर्यलाई पखेटा भएको गोलाकार वस्तुको नमुनाको रूपमा लिइएको छ । जसले सूर्यलाई दिनमा पूर्वदेखि पश्चिमसम्म उड्न मदत गर्छ । भजनसंग्रह १३९ मा "बिहानका पखेटाहरू" ले सूर्यलाई जनाउँछ । मलाकी ४ मा परमेश्वरले आफैंलाई "धार्मिकताको सूर्यर" भन्नुभएको छ र सूर्यका पखेटा भएको कुरा गर्नुभएको छ ।
प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसें भने पनि ... (भजनसंग्रह १३९:९)
तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउने छ । (मलाकी ४:२)
हावा द्रुत गतिमा चल्छ र यसलाई पखेटा भएको कुनै वस्तुको नमुनाको रूपमा लिइएको छ ।
बतासका पखेटामा सवार भई माथि उड्नुभयो । (२ शमूएल २२:११)
उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो, र बतासका पखेटामा सवार भई माथि उड्नुभयो । (भजनसंग्रह १८:१०)
बतासका पखेटामाथि उहाँ सवार हुनुहुन्छ । (भजनसंग्रह १०४:३)
यस नमुनामा बतासले मूल्यहीन/बेकामका कुराहरूलाई बतासले उडाउँछ र ती हराउँछन् भन्ने कुरा बताउँछ ।
भजनसंग्रह १ र अय्यूब २७ ले दुष्ट मानिसहरू बेकामका हुन्छन् र लामो समय बाँच्ने छैनन् भन्ने देखाउँछन् ।
दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उडाएर लैजाने भुसजस्तै हुन्छन् । (भजनसंग्रह १:४)
पूर्वको बतासले त्यसलाई उडाएर लैजाने छ, र त्यसको नाउँ निशानै रहने छैन बतासले त्यसलाई त्यसको घरबाट टाढा उडाई लैजाने छ । (अय्यूब २७:२१)
उपदेशकका लेखकले सबै कुरा व्यर्थ छन् भन्छन् ।
व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ,सबै व्यर्थ हुन् ।, पूर्ण रूपमा व्यर्थ, मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ? (उपदेशक १:२-३)
अय्यूब ३०:१५ मा अय्यूबले आफ्नो सम्मान र समृद्धि गुमेको कुराको गुनासो गर्छन् ।
त्रासमाथि त्रासले मलाई घेर्छ, त्यसले मेरो गौरवलाई बतासले झैँ उडाएर लैजान्छ, मेरो सुरक्षाचाहिँ बादलझैँ हराइहाल्छ । (अय्यूब ३०:१५)
कुनै दुई राष्ट्रहरूबीचको युद्ध हुँदा ती देशका देवताहरू पनि युद्धमा सहभागी थिए भन्ने विश्वास मानिसहरूको थियो ।
त्यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्ना जेठा-जेठा सन्तानहरू गाड्न लागेका थिए । किनकि परमप्रभुले उनीहरूका देवताहरूको न्याय गर्नुभएको थियो । (गन्ती ३३:४)
अनि तपाईंको आफ्नै जाति इस्राएलजस्तो अरू को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान् डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो । (२ शमूएल ७:२३)
यसै बीचमा अरामका राजाका अधिकारीहरूले उनलाई यो सल्लाह दिए, “तिनीहरूका ईश्वरहरू त पहाडहरूका ईश्वरहरू हुन् । यसैकारण तिनीहरू हामीहरूका निम्ति साह्रै शक्तिशाली थिए । तर यदि हामीले तिनीहरूसित मैदानमा लडाइँ गर्यौं भने, हामी तिनीहरूभन्दा अझ शक्तिशाली हुने छौं । (१ राजाहरू २०:२३)
तल दिइएका पदहरूले वास्तविक भौतिक सिमानाहरूको बारेमा नभइ कठिनाइहरू वा जीवनमा भएका कठिनाइहरूको बारेमा बताउँछन् ।
उम्कन नसकोस् भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ । उहाँले मलाई गह्रुङ्गो साङ्लाले बाँध्नुभएको छ । (विलाप ३:७)
ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढो बनाइदिनुभएको छ । (विलाप ३:९)
सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन् । साँच्चै, मैले आनन्दमय पैतृक-सम्पत्ति पाएको छु । (भजनसंग्रह १६:६)
भजनसंग्रह ४ मा दाऊदले आफ्नो उद्धारको निम्ति परमेश्वरसँग पुकारा गर्छन् ।
हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस् । (भजनसंग्रह ४:१)
आफूमाथि आइपरेका दुखद परिस्थितिका कारण पिडामा पर्दा अय्यूबले आफू उजाड-स्थानमा भएको अनुभव गरेका छन् । उजाड-स्थानमा स्यालहरू र सुतुरमुर्गाहरू बस्छन् ।
मभित्रको हलचल कहिल्यै थामिँदैन, कष्टका दिनहरू मैले भोग्नुपर्छ । म कालो भई हिँड्छु तर सूर्यले ता होइन; सहायताको निम्ति बिन्ती गर्नलाई, म सभामा खडा हुन्छु । स्यालहरूको म भाइ भएको छु, लाटोकोसेराहरू मेरा साथी भएका छन् । (अय्यूब ३०:२७-२९)
कुष्टरोग एउटा रोग हो । यदि कसैलाई यो रोग लागेमा उक्त व्यक्ति असुद्ध भएको मानिन्थ्यो ।
एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँडा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ ।” उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, र भन्नुभयो, “म इच्छा गर्छु, तिमी निको भइजाऊ ।” तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयोछ । (मत्ती ८:२-३)
"अशुद्ध आत्मा" दुष्ट आत्मा हो ।
जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुलिहिँड्छ, तर कतै पाउँदैन । (मत्ती १२:४३)