अनुवादले सञ्चार गर्नुपर्ने सन्देश स्पष्टसँग सञ्चार गरिरहेको छ भन्ने कुरालाई जोड दिनको निम्ती विभिन्न व्यक्तिहरूले अनुवादको जाँच गर्नु जरुरी हुन्छ । अनुवाद गर्न भर्खरै सुरु गरेका एक अनुवादकले एक पटक भने, "म मेरो भाषा एकदमै राम्ररी बोल्छु । अनुवाद त्यही भाषामा नै गर्ने हो । त्यो भन्दा बढी के चाहियो? उनले भनेको कुरा सही हो, तर ख्याल गर्नुपर्ने थप दुई कुराहरू छन् ।
एउटा कुरा उनले स्रोत भाषा स्पष्टसँग नबुझ्न सक्छन्, र त्यो भाषा बुझ्ने व्यक्तिले अनुवादलाई सच्याउन सक्छन् । उनले स्रोत भाषाको वाक्यांश वा अभिव्यक्ती नबुझेर यसो हुन सक्छ । यस्तो अवस्थामा स्रोत भाषा राम्ररी बुझ्ने व्यक्तिले अनुवादलाई सच्याउन सक्छन् ।
वा बाइबलले कुनै निश्चित ठाउँमा सञ्चार गर्न खोजेको कुरा तिनले नबुझेका हुनसक्छन् । यस्तो अवस्थामा, बाइबल शिक्षक वा बाइबल अनुवाद जाँच गर्ने व्यक्ती जस्ता बाइबललाई राम्ररी बुझेका व्यक्तिले अनुवादलाई सच्याउन सक्छन् ।
अर्को कुरा, अनुवादकले खण्डले के भन्नुपर्छ भन्ने कुरा राम्ररी जानेको भए तापनि उनको अनुवादले अर्को व्यक्तिलाई फरक अर्थ दिन सक्छ । अनुवादकले सञ्चार गर्न खोजेको कुराभन्दा फरक कुरा अन्य व्यक्तिले बुझ्न सक्छन् ।
एक व्यक्तिले लेखेको वाक्य अर्को व्यक्तिले पढ्दा यस्तो हुन्छ । लेखकले भन्न खोजेको भन्दा फरक कुरा अन्य व्यक्ती बुझ्छन् । उदाहरणको लागि तल दिइएको वाक्यलाई लिन सकिन्छ ।
यूहन्नाले पत्रुसलाई मन्दिर लगे र त्यसपछि तिनी घर गए ।
लेखकले यो कुरा लेख्दा पत्रुस घर गए भन्ने कुरा बताउन खोजेका हुन् तर पाठकले यूहन्ना घर गए भन्ने कुरा बुझ्न सक्छन् । यसलाई थप स्पष्ट पार्नको निम्ती यो वाक्यलाई परिवर्तन गर्नुपर्छ ।
अनुवाद समूह अनुवादमा डुबेको हुनाले अर्को व्यक्तिले देख्ने गल्ती उनीहरूले देख्न सक्दैनन् । यी कारणहरूले गर्दा अनुवादलाई थप शुद्ध र स्पष्ट पार्नको निम्ती अनुवादलाई अन्य व्यक्तिहरूले कसरी बुझ्छन् भन्ने जाँच गर्नु आवश्यक हुन्छ ।
जाँचको प्रक्रियालाई मार्गनिर्देशन गर्ने काम यस जाँच नियमावलीले गर्छ । यस नियमावलीले यी समस्याहरूलाई सच्याउनको निम्ती विविध किसिमका जाँचहरूद्वारा सहायता गर्छ । विभिन्न किसिमका जाँचहरूमा धेरै व्यक्तिहरू सामेल हुँदा जाँचको प्रक्रिया चाँडो हुन्छ, वृहत्तर मण्डली सहभागिता र स्वामित्व र राम्रो अनुवाद उत्पादन गर्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ ।
यस नियमावलीले अरू भाषाहरूमा बाइबलको अनुवादहरूको सही, स्पष्टता र स्वभाविकताको जाँच कसरी गर्ने भन्ने कुराको वर्णन गर्छ । यस नियमावलीले अनुवाद र अनुवादको प्रक्रियाको निम्ती भाषा क्षेत्रका मण्डली अगुवाहरूबाट स्वीकृती लिने कुरालाई पनि समेट्छ ।
यस नियमावलीको सुरुमा अनुवाद समूहहरूले एकअर्काको अनुवाद जाँच गर्दा प्रयोग गर्ने निर्देशनहरू दिइएको छ । यस जाँचमा सहपाठीसँग गरिने मौखिक जाँच र पाठको एक खण्डको मौखिक जाँच पनि समावेश गरिएको छ । त्यसपछि अनुवाद समूहले ट्रान्स्लेशन कोर सफ्टवेयरको सहायतामा जाँच गर्नको लागि निर्देशनहरू समेटिएको छ । यसमा शब्दहरूको अनुवाद र टिप्पणीहरूको अनुवादको जाँच पनि पर्छ ।
यसपछि अनुवाद समूहले भाषाको स्पष्टता र स्वभाविकताको निम्ती भाषा समुदायसँग जाँच गर्नुपर्ने छ । यसो गर्नु जरुरी छ किनकि भाषालाई अझ राम्रो तरिकाले अभिव्यक्त गर्ने तरिकाको सुझाव भाषा समुदायका सदस्यहरूले अनुवाद समूहलाई दिन सक्छन् जुन कुरा अनुवाद समूहले नसोचेको हुनसक्छ । कहिलेकहीँ स्रोत भाषाको अनुसरण गर्दा अनुवाद अनौठो हुनजान्छ । यसलाई सच्याउने काम उक्त भाषा बोल्ने अन्य व्यक्तिहरूले गर्न सक्छन् । अनुवाद समूहले गर्ने अर्को जाँच भनेको अर्को भाषा बोल्ने पास्टरहरूसँग गरिने जाँच हो । किनकि त्यो भाषा बोल्ने पास्टरहरू गेटवे भाषासँग परिचित हुन्छन् । तिनीहरूले गेटवे भाषाको आधारमा अनुवादको शुद्धता जाँच गर्न सक्छन् । तिनीहरूले अनुवाद समूहले देख्न नसकेका गल्तीहरू देख्न सक्छन् किनकि अनुवाद समूह अनुवादमा गहिरिएको बेला त्यो कुरा देख्न कठिन हुन्छ । अनुवाद समूहमा नभएका पास्टरहरूलाई भएका व्यक्तिहरूभन्दा बढी ज्ञान हुन सक्छ । यसरी बाइबल अनुवादलाई शुद्ध, स्पष्ट र स्वभाविक बनाउनको लागि सम्पूर्ण भाषा समुदायले मिलेर काम गर्न सक्छ ।
ट्रान्स्लेशनकोरमा भएको भाषा मिलाउने साधनको प्रयोगद्वारा बाइबल अनुवादको अर्को शुद्धता जाँच हो । यी सबै जाँचहरू सकिएर अनुवादलाई मिलाएपछि मण्डली सञ्जालका अगुवाहरूले अनुवादको समीक्षा गरेर समर्थन दिन सक्छन् । मण्डली सञ्जालमा रहेका धेरै अगुवाहरूले अनुवादको भाषा नबोल्ने र अनुवाद भएको बाइबललाई तिनीहरूले नबोल्ने भाषामा अनुवाद गर्ने निर्देशनहरू पनि दिएको छ ।
अनुवाद समूहलाई सही, स्वभाविक, स्पष्ट र मण्डलीद्वारा स्वीकृत अनुवादको सृजना गर्ने कार्यमा सहायता गर्नु नै जाँचको लक्ष्य्य हो । अनुवाद समूहले पनि यो लक्ष्य्य हासिल गर्न चाहन्छ । यो सहज देखिन्छ तर वास्तवमा यो अती कठिन कार्य हो । यसको लागि धेरै मानिसहरूको आवश्यकता पर्छ र अनुवादको निम्ती धेरै संशोधनहरूको आवश्यकता पर्छ । तसर्थ सही, स्वभाविक, स्पष्ट र मण्डलीद्वारा स्वीकृत अनुवादको सृजना गर्ने कार्यमा अनुवाद समूहलाई सहायता गर्ने कार्यमा जाँच समूहहरूको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ ।
पास्टरहरू, मण्डलीका अगुवाहरू र मण्डली सञ्जालमा रहेका अगुवाहरूका रूपमा रहेका जाँचकीहरूले शुद्ध वा सही अनुवादको उत्पादनमा मदत गर्ने छन् । तिनीहरूले अनुवादलाई स्रोत भाषासँग र सम्भव भए बाइबलका मूल भाषाहरूसँग तुलना गर्ने छन् । (शुद्ध अनुवादसँग सम्बन्धित थप जानकारीको लागि शुद्ध अनुवादको सृजनामा हेर्नुहोस्)
भाषा समुदायका सदस्यहरूका रूपमा रहेका जाँचकीहरूले अनुवादलाई स्पष्ट बनाउने काममा अनुवाद समूहलाई सहयोग गर्ने छन् । तिनीहरूले अनुवादलाई सुनेर आफूले नबुझेका र अर्थ नलाग्ने अनुवाद भएका ठाउँहरू औँल्याउँछन् । त्यसपछि अनुवाद समूहले सच्याएर स्पष्ट पार्न सक्छन् । (स्पष्ट अनुवादसँग सम्बन्धित थप जानकारीको लागि स्पष्ट अनुवादको सृजनाहेर्नुहोस् ।)
भाषा समुदायका सदस्यहरूका रूपमा रहेका जाँचकीहरूले अनुवादलाई स्वभाविक बनाउने काममा अनुवाद समूहलाई सहयोग गर्ने छन् । तिनीहरूले अनुवादलाई सुनेर अनौठो सुनिने र आफ्नो भाषामा कसैले त्यसलाई त्यसरी भन्दैन भन्ने लागेका ठाउँहरू औँल्याउँछन् । त्यसपछि अनुवाद समूहले सच्याएर स्वभाविक बनाउन सक्छन् (स्वभाविक अनुवादसँग सम्बन्धित थप जानकारीको लागि Create Natural Translationsहेर्नुहोस् ।)
भाषा समुदायका सदस्यहरूका रूपमा रहेका जाँचकीहरूले अनुवादलाई मण्डलीद्वारा अनुमोदित र स्वीकृत बनाउने काममा अनुवाद समूहलाई सहयोग गर्ने छन् । तिनीहरूले भाषा समुदायमा रहेका अन्य मण्डलीका सदस्य र अगुवाहरूसँग काम गरेर यो कार्य गर्ने छन् । भाषा समुदायका सदस्य र अगुवाहरू मिलेर अनुवाद असल छ भन्ने कुरामा सहमती जनाएपछि अनुवाद स्वीकृत हुन्छ र उक्त समुदायका मण्डलीहरूमा प्रयोग गरिन्छ । (मण्डलीद्वारा स्वीकृत अनुवादसँग सम्बन्धित थप जानकारीको लागि Create Church-Approved Translationsहेर्नुहोस् ।)
आफ्नो भाषामा बाइबल अनुवादको गुणस्तर राम्रो छ कि छैन भन्ने कुराको निर्णय गर्ने अधिकार हरेक समुदायको मण्डलीसँग हुन्छ । कुनै बाइबल अनुवादको जाँच गरी स्विकृति प्रदान गर्ने कुरा (यो स्थिर हुन्छ) बाइबल अनुवाद प्रक्रियाको जाँच गर्ने क्षमताभन्दा (यसलाई वृद्धि गर्न सकिन्छ) फरक कुरा हो । गुणस्तर निर्धारण गर्ने अधिकार मण्डलीमा निहित हुन्छ, यसमा तिनीहरूको हालको क्षमता, अनुभव वा बाइबल अनुवादको जाँच गर्नको निम्ति आवश्यक पर्ने स्रोत-साधनहरूमाथिको पहुँचले केही फरक पार्दैन । बाइबल अनुवादको जाँच गरेर स्विकृति प्रदान गर्नु कुनै भाषा समूहमा भएका मण्डलीको अधिकार हो भने ती मण्डलीको बाइबल अनुवादको गुणस्तर जाँच गर्ने क्षमता सुनिश्चित गर्नको निम्ति अनुवाद एकेडेमीजस्ता वचन प्रकटिकरण सामाग्रीहरूको निर्माण गरिएको छ ।
यस मोडेलले अनुवादको गुणस्तर जाँचको पुष्टिको निम्ति तीन तहको प्रक्रिया प्रस्ताव गर्छ, जसले मानिसहरूको समूहमा मण्डलीको तीन सामान्य तहहरूलाई प्रतिबिम्बित गर्छः
अनुवादको जाँच प्रक्रियाको वर्णन "जाँच प्रक्रिया" शीर्षक अन्तरगत गरिने छ ।
यस बिन्दुसम्म आइपुग्दा तपाईंको अनुवादको खेस्रा कसरी तयार गर्ने भन्ने कुरा थाहा पाइसक्नुभयो । अब तपाईंको अनुवाद अन्य व्यक्तिले जाँच गर्ने, समस्या र गल्ती पत्ता लगाउने र थप राम्रो बनाउने कुराको निम्ती तपाईं तयार हुनुहुन्छ । यसो गर्नको निम्ती दिइएका चरणहरू पालना गर्नुहोस् ।
शब्द अनुवादमा भएका सबै पदहरूको निम्ती छनौट गर्ने कार्य सकिएपछि उक्त शब्दको सूचीको समीक्षा गर्न सकिन्छन् । त्यसपछि दिइएका निर्देशनहरू समीक्षकहरू वा अनुवाद समूहका निम्ती हो ।
कुनै सन्दर्भमा शब्द अनुवादको निम्ती गरिएको अनुवाद सही छ कि छैन भन्ने कुरामा तपाईं निश्चित हुनुहुन्न भने अनुवाद समूहले अनुवादको क्रममा सृजना गरेको शब्द अनुवादको स्प्रेडसिटको सहारा लिनुहोस् । कठिन शब्दहरूको निम्ती अनुवाद समूहका अन्य व्यक्तिहरूको लिएर समस्याको समाधान गर्न सक्नुहुन्छ । कुनै सन्दर्भमा फरक शब्द प्रयोग गर्नुपर्ने हुनसक्छ वा शब्द अनुवादको संचार गर्ने अर्को तरिका अपनाउन वा लामो वाक्यांशको प्रयोग गर्न सक्नुहुन्छ ।
अनुवाद समूहले अनुवादको खेस्रा तयार गरी समूह मिलेर ट्रान्स्लेसनकोरमा जाँच गरेपछि उक्त अनुवाद लक्षितभाषा समुदाय जाँचको निम्ती तयार हुन्छ । यस कार्यको निम्ती अनुवाद समितिले समुदाय जाँच तालिम दिनको निम्ती व्यक्तिहरूको छनौट गर्छ । यी व्यक्तिहरू अनुवाद गरिरहेका व्यक्तिहरू पनि हुनसक्छन् ।
यी व्यक्तिहरूले सम्पूर्ण भाषा समुदायमा पुगेर अनुवादको जाँच गर्ने छन् । जवान र वृद्ध, महिला र पुरुष र भाषा बोल्ने क्षेत्रका विभिन्न व्यक्तिहरूसँग पुगेर जाँच गर्नु उत्तम हुन्छ । यसले अनुवादलाई सबै व्यक्तिहरूले बुझ्ने बनाउन मदत गर्छ ।
यसको निम्ती तपाईंले अनुवाद पढेर वा रेकर्डिङ् गरेको सुनाउनुपर्छ । अनुवाद पढेर वा रेकर्डिङ् गरेर सुनाउनुभन्दा पहिले सुन्ने व्यक्तिहरूले अनुवाद अस्वभाविक लागेको बेला हात उठाएर रोक्न लगाउनुपर्छ भनेर बताउनुहोस् । (अनुवादको स्वभाविकताको जाँच गर्ने सम्बन्धमा थप जानकारीको निम्ती (हेर्नुहोस् स्वभाविक अनुवाद) सुन्ने व्यक्तिहरूले हात उठाएर तपाईंलाई रोकेपछि के कुरा स्वभाविक लागेन भनेर सोध्नुहोस् र त्यसलाई स्वभाविक बनाउन तिनीहरूले कसरी भन्छन् भनेर सोध्नुहोस् । तिनीहरूको जवाफलाई लेख्नुहोस् वा रेकर्ड गर्नुहोस् र त्यो वाक्यांश कहाँको हो भन्ने जनाउन अध्याय र पद टिप्नुहोस् ताकि अनुवाद समूहले त्यसलाई अनुवादमा समेट्न सकून् ।
हरेक खुला बाइबल कथा का निम्ती प्रश्नहरू र उत्तरहरू दिइएका छन् जसलाई तपाईंले अनुवादको सञ्चार स्पष्ट बनाउनको निम्ती प्रयोग गर्न सक्नुहुन्च । (प्रश्नहरूको http://ufw.io/tq/ निम्ती हेर्नुहोस् ।)
यी प्रश्नहरूको प्रयोग गर्नको निम्ती तल दिइएका चरणहरू पालना गर्नुहोस्ः
१. अनुवाद गरिएको खण्ड भाषा समुदायका एक वा एकभन्दा धेरै व्यक्तिहरूलाई सुनाउनुहोस् र उनीहरूले जवाफ दिने छन् । भाषा समुदायका यी व्यक्तिहरू अनुवाद प्रक्रियामा सामेल नभएका हुनुपर्छ । अर्को शब्दमा, जसलाई यी प्रश्नहरू सोधिन्छ उनीहरूलाई यी प्रश्नहरूको जवाफ थाहा हुनुहुँदैन वा बाइबलको पूर्व-ज्ञान हुनुहुँदैन । तिनीहरूले खण्ड पढेको वा सुनेको आधारमा नै जवाफ दिएको हामी चाहन्छौँ । यसले कि अनुवादले स्पष्ट सञ्चार गरिरहेको छ कि छैन भन्ने हामीलाई हामीलाई थाहा हुन्छ । यसैले जवाफ दिँदा समुदायका सदस्यहरूले बाइबल हेर्नुहुँदैन ।
२. उक्त खण्डको निम्ती समुदायका सदस्यहरूलाई केही प्रश्नहरू सोध्नुहोस् एकपटकमा एउटा मात्र प्रश्न सोध्नुहोस् । समुदायका सदस्यहरूले अनुवाद राम्ररी बुझिरहेका छन् भने हरेक कथा वा अध्याको निम्ती सबै प्रश्नहरू सोध्नुपर्दैन ।
३. हरेक प्रश्नपछि समुदायको एक सदस्यले जवाफ दिन्छन् । यदि ती सदस्यले "हो" वा "होइन" भन्छन् भने प्रश्नकर्ताले थप प्रश्नहरू सोधेर अनुवादको सञ्चार सही छ कि छैन भन्ने जाँच्नुपर्छ । थप प्रश्नको नमुना यस्तो हुनसक्छ, "तिमीलाई यो कसरी थाहा भयो?" वा "अनुवादको कुन खण्डले तपाईंलाई यो कुरा बताउँछ?"
४. उक्त व्यक्तिले दिएको जवाफ लेख्नुहोस् वा रेकर्ड गर्नुहोस् साथमा बाइबल वा कथााको अध्याय र पद तथा खुला बाइबल कथा फ्रेम नम्बर लेख्नुहोस् । यदि उक्त व्यक्तिले दिएको जवाफ उपलब्ध गराइएको जवाफसँग मेल खान्छ भने अनुवादको सञ्चार स्पष्ट छ भन्ने थाहा लाग्छ । समुदायका सदस्यले दिएको जवाफ दिइएको जवाफसँग हुबहु मिल्नुपर्दैन तर जानकारी एउटै भए पुग्छ । कहिलेकहीँ दिएको उत्तर धेरै लामो हुन्छ । यदि जवाफ दिने व्यक्तिले जवाफको केही भाग मात्र जवाफको रूपमा दिए पनि सो जवाफ सही हुन्छ ।
५. यदि दिइएको जवाफभन्दा धेरै फरक जवाफ प्राप्त भयो वा उक्त व्यक्तिले जवाफ दिन सकेनन् भने अनुवाद समूहले सो ठाउँको अनुवादलाई परिवर्तन गर्नुपर्छ ताकि अनुवादको सञ्चार स्पष्ट होस् ।
६. अनुवाद समूहले खण्डको अनुवाद संशोधन गरिसकेपछि भाषा समुदायका सदस्यहरूलाई त्यही प्रश्न सोध्नुहोस्, प्रश्न सोध्दा अगाडि नै सोधिएको व्यक्तिलाई नसोध्नुहोस् । तिनीहरूले जवाफ दिन सकेमा अनुवादको सञ्चार सही भएको ठहर्छ ।
७. अनुवादको सञ्चार सही छ भन्ने प्रमाणित गर्नको निम्ती हरेक कथा वा बाइबलका अध्यायको बारेमा प्रश्न सोध्नु जरुरी हुन्छ । यसपछि अनुवाद पास्टरद्वारा गरिने शुद्धता जाँचको निम्ती तयार हुन्छ ।
८. समुदाय मुल्याङ्कन पृष्ठमा गएर प्रश्नहरूको जवाफ दिनुहोस् । (हेर्नुहोस् भाषा समुदाय मुल्याङ्कन प्रश्नहरू)
बाइबल स्पष्ट, पढ्नलाई सजिलो र सुन्नेहरूको लागि स्वभाविक छ कि छैन भन्ने कुराको जाँचका लागि प्रश्न सोध्ने तरिकाका साथै अन्य तरिकाहरूको पनि प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले प्रयोग गर्न सक्ने केही तरिकाहरू यहाँ दिएका छन्ः
पुनर्कथन विधि: तपाईंले खण्ड वा कथा पढ्न सक्नुहुन्छ र सुन्ने व्यक्तिलाई पुनर्कथन गर्न (आफ्नै शैलीले भन्न) लगाउन सक्नुहुन्छ । यदि त्यस व्यक्तिले खण्डलाई भन्न सक्छन् भने खण्ड स्पष्ट छ । उक्त व्यक्तिले छोडेको वा गलत तरिकाले भनेको कुराको टिप्पणी राख्नुहोस्, यसो गर्दा अध्याय र पद पनि लेख्नुहोस् । अनुवाद समूहले उक्त कुरालाई स्पष्ट पार्नको निम्ती संशोधन गर्नुपर्ने हुन्छ । अनुवादमा भएका कुराहरूलाई फरक तरिकाले भनिएका कुराहरूको पनि टिप्पणी राख्नुहोस् । अनुवादमा प्रयोग गरिएको भन्दा स्वभाविक लाग्ने शैलीहरू त्यहाँ हुन सक्छन् । अनुवादलाई स्वभाविक बनाउनको निम्ती फरक तरिकाले भनिएका कुराहरूको प्रयोग अनुवाद समूहले गर्न सक्छन् ।
पढ्ने विधि: अरूलाई पढ्न लगाउनुहोस् र सुनेर उक्त व्यक्ती रोकिएको ठाउँ वा गल्ती गरेको ठाउँको टिप्पणी लेख्नुहोस् । यसो गर्दा तपाईंले अनुवादलाई बुझ्न र पढ्न कती सजिलो वा अप्ठ्यारो छ कुरा थाहा लाग्छ । पढ्नलाई सहज बनाउन र बुझ्ने बनाउनको निम्ती अनुवाद समूहले अनुवादको संशोधन गर्नुपर्ने हुन्छ ।
वैकल्पिक अनुवाद प्रस्ताव गर्ने: केही स्थानहरूमा स्रोत शब्द वा वाक्यांशहरूलाई उत्तम तरिकाले अनुवाद गर्ने कुरा अनुवाद समूहलाई थाहा नहुन सक्छ । यस्तो अवस्थामा अन्य व्यक्तिहरूलाई उनीहरूले कसरी अनुवाद गर्छन् भनी सोध्नुहोस् । स्रोत भाषा नबुझ्ने व्यक्तिहरूलाई बुझाउनुहोस् र त्यसलाई उनीहरूले कसरी भन्छन् भनी सोध्नुहोस् । यदि फरक अनुवाद पहिलो अनुवाद जती नै राम्रो छ भने ती दुईमध्ये सबैभन्दा स्पष्ट अनुवाद छान्न लगाउनुहोस् ।
समीक्षकको योगदान: तपाईंले सम्मान गर्ने कुनै व्यक्तिलाई अनुवाद पढ्न लगाउनुहोस् । उनीहरूलाई नोट बनाउन लगाउनुहोस् र सुधार गर्ने ठाउँको बारेमा सोध्नुहोस् । राम्रो शब्द छनौटहरू, स्वभाविक अभिव्यक्तिहरू र हिज्जे समायोजनहरू खोज्नुहोस् ।
छलफल समूहरू: मानिसहरूको समूहमा कसैलाई अनुवाद पढ्न लगाउनुहोस् र स्पष्टताको लागि प्रश्नहरू सोध्न लगाउनुहोस् । तिनीहरूले प्रयोग गरेका शब्दहरूमा ध्यान दिनुहोस्, कठिन कुराहरूको बारेमा बताउनुपर्दा वैकल्पिक शब्दहरू प्रयोगमा आउँछन् र ती शब्दहरू अनुवादमा प्रयोग गरिएका शब्दहरू भन्दा असल हुनसक्छन् । तिनीहरूलाई अध्याय र पदसहित लेख्नुहोस् । अनुवाद समूहले अनुवादलाई सुधार्न सक्छन् । मानिसहरूले अनुवाद नबुझेका ठाउँलाई स्पष्ट पार्नको निम्ती टिप्पणी लेख्नुहोस् ।
अनुवादित सन्देश स्पष्ट छ कि छैन भनेर जाँच्नको लागि पढ्ने क्रममा आफैँलाई निम्न प्रश्नहरू सोध्नुहोस् । यो खण्डको जाँचको निम्ति नयाँ अनुवादलाई स्रोत अनुवादसँग तुलना नगर्नुहोस् । कुनै ठाउँमा समस्या देखापरे अनुवाद समूहसँग पछि छलफल गर्नको लागि त्यसको टिपोट बनाउनुहोस् ।
१. के अनुवादमा प्रयोग गरिएका शब्दहरू वा वाक्यांशहरूले सन्देशलाई बुझ्न सकिने बनाउँछन्? (शब्दहरू अलमलमा पार्ने किसिमका छन्, वा तिनले अनुवादकले भन्न खोजेको कुरा स्पष्ट रूपमा बताउँछन?) २. अनुवादमा प्रयोग गरिएका अभिव्यक्तिहरू तपाईंका समुदायका सदस्यहरूले प्रयोग गर्छन्, अर्थात् के अनुवादकले धेरै शब्दहरू राष्ट्रिय भाषाबाट सापट लिएका छन्? (तपाईंका समुदायका मानिसहरूले कुनै महत्त्वपूर्ण कुरा बताउँदा यही तरिका प्रयोग गर्छन्?) ३. के तपाईंले पाठलाई राम्ररी पढ्न सक्नुहुन्छ र त्यसपछि लेखकले के भन्लान् भन्ने कुरा बुझ्नुहुन्छ? (अनुवादकले कथा-वाचनको राम्रो शैली प्रयोग गरेका छन्? के तिनले अगाडि व्यक्त गरिएका र पछि आउने कुरासँग मिल्नेगरी अर्थपूर्ण तरिकाले आफ्नो कुरा व्यक्त गरेका छन्?)
थप सहायताः
बाइबलको अनुवाद विदेशी व्यक्तिले नभई लक्षितभाषाको सदस्यद्वारा गरिएको जस्तो लाग्ने गरी गरिएको अनुवादलाई बाइबलको स्वभाविक अनुवाद भनिन्छ ।
अनुवादको स्वभाविकताको जाँच गर्नको निम्ती यसलाई स्रोत भाषासँग तुलना गर्नु लाभदायक हुँदैन । स्वभाविकताको यस जाँचको बेला कसैले पनि स्रोत भाषाको बाइबल हेर्नुहुँदैन । शुद्धता जाँच जस्ता अन्य जाँचहरू गर्दा स्रोत भाषाको बाइबललाई हेर्नुपर्ने हुन्छ तर यहाँ होइन ।
अनुवादको स्वभाविकताको जाँच गर्ने क्रममा तपाईं वा भाषा समुदायको अर्को सदस्यले ठूलो स्वरले पढ्नुपर्छ वा रेकर्ड बजाउनुपर्छ । कागजमा लेखिएको अनुवादलाई हेरेर यसको स्वभाविकताको जाँच गर्न कठिन हुन्छ । जब मानिसहरूले यसलाई पढेको सुन्छन् उनीहरूले अनुवाद स्वभाविक छ कि छैन भनी थाहा पाइहाल्छन् ।
लक्षितभाषा बोल्ने व्यक्ती वा व्यक्तिको समूहको अघि पढेर सुनाउन सक्नुहुन्छ । पढ्न सुरु गर्नुअघि त्यो भाषा बोल्ने व्यक्तिहरूले बोलेजस्तो नसुनिएको बेला पढाइ रोक्नको लागि आग्रह गर्न लगाउनुहोस् । जब कसैले तपाईंलाई रोक्छ, त्यस अनुवादलाई स्वभाविक कसरी बनाउन सकिन्छ भन्ने कुरा छलफल गर्न सक्नुहुन्छ ।
तपाईंका गाउँका व्यक्तिहरूले अनुवादमा भएका कुराहरूजस्तै गरी बातचित गर्दा कस्तो सुनिन्छ होला भन्ने विषयमा सोच्नु लाभदायक हुन्छ । तपाईंले चिनेका व्यक्तिहरूले त्यस कुराको बारेमा बातचित गर्दा ठूलो स्वरले कुरा गरेको कल्पना गर्नुहोस् । त्यसरी कुरा गर्दा असल वा स्वभाविक सुनिन्छ भन्ने कुरामा अन्य व्यक्तिहरू सहमत हुन्छन् भने अनुवादमा त्यही शैलीको प्रयोग गर्नुहोस् ।
अनुवादको खण्डलाई धेरै पटक पढ्नु वा रेकर्डबाट सुन्नु लाभदायक हुन्छ । हरेक पटक सुन्दा मानिसहरूले फरक कुराहरू पत्ता लगाउँछन् - कुनै कुरालाई थप स्वभाविक तरिकाले व्यक्त गर्न सकिने कुराहरू पत्ता लगाउँछन् ।
नयाँ अनुवाद पढ्ने क्रममा आफैंलाई यी प्रश्नहरू सोध्नुहोस् । यी प्रश्नहरूले अनुवाद भाषा समुदायको लागि स्वीकार्य छ कि छैन भन्ने कुराको निर्क्यौल गर्न मदत गर्नेछन्ः
१. के यो अनुवाद भाषा समुदायका बालक र वृद्ध दुबैले सजिलै बुझ्न सकिने तरिकाले लेखिएको छ? (कुनै व्यक्तिले बोल्ने क्रममा बालक र वृद्ध दुबैले बुझ्ने गरी शब्द छनौट गर्न सक्छन् । के यो अनुवादमा बालक र वृद्ध दुबैले बुझ्ने शब्दहरूको प्रयोग गरिएको छ? २. यस अनुवादको शैली धेरै औपचारिक छ कि धेरै अनौपचारिक? (के यसको बोलाइको शैली स्थानीय समुदायले मन पराउने किसिमको छ, कि यसलाई कम औपचारिक वा अनौपचारिक बनाउनुपर्छ?) ३. यस अनुवादले अरु भाषाका शब्दहरू धेरै प्रयोग गरेको छ, अथवा के ती शब्दहरू भाषा समुदायको निम्ति स्वीकार्य छन्? ४. के लेखकले वृहत्तर भाषा समुदायको निम्ति स्वीकार्य भाषा शैलीको प्रयोग गरेका छन्? (के लेखक तपाईंको क्षेत्रमा बोलिने क्षेत्रीय भाषासँग परिचित छन्? के लेखकले सम्पूर्ण भाषा समुदायले बुझ्ने भाषा शैलीको प्रयोग गरेका छन्, कि एउटा सानो क्षेत्रमा मानिसले बुझ्ने किसिमको शैली प्रयोग गरेका छन्?
यदि अनुवादमा भाषा शैलीलाई गलत तरिकाले प्रयोग गरिएको पाउनुभयो भने, अनुवाद समूहसँग छलफलको निम्ति त्यसको टिपोट बनाउनुहोस् ।
यस पृष्ठलाई समुदायिक जाँचकीहरूले आफ्नो कार्यको कार्यसूचीको रूपमा प्रयोग गर्न सक्छन्, यसलाई प्रिन्ट गरेर अनुवाद समूह तथा समुदायका अगुवाहरूले भर्न सक्छन् र यसलाई अनुवाद जाँचको प्रक्रियाको अभिलेखको रूपमा राखिन्छ ।
हामी, अनुवाद समूहका सदस्यहरू, यो कुराको पुष्टि गर्छौँ कि हामीले भाषा समुदायका सदस्यहरूसँग मिलेर ________________ को अनुवाद जाँच गरेका छौँ ।
कृपया तलका प्रश्नहरूको पनि जवाफ दिनुहोस् । यी प्रश्नहरूको जवाफले लक्षित भाषा समुदायले अनुवादलाई स्पष्ट, सही र स्वभाविक ठानेका छन् भन्ने कुरा जान्न वृहत्तर ख्रीष्टियान समुदायमा रहेका व्यक्तिहरूलाई मदत गर्छ ।
समुदायका अगुवाहरूले आफ्ना जानकारीहरू पनि थप गर्न वा स्थानीय समुदायमा यो अनुवाद कतिको ग्रहणयोग्य छ भन्ने कुराको सारांश लेख्न सक्छन् । यस जानकारीमा वृहत्तर मण्डली नेतृत्वको पहुँच हुने छ र यसले स्थानीय ख्रीष्टियान समुदायले अनुमोदन गरेको अनुवालाई पास्टरीय तहबाट शुद्धता जाँच तथा जाँचको पुष्टि गर्ने व्यक्तिलाई मदत गर्छ ।
समुदायका सदस्यहरूले अनुवादको स्पष्टता जाँच गरेपछि मण्डलीका अगुवाहरूद्वारा यसको शुद्धता जाँच गरिन्छ । यस समूहमा लक्षित स्थानीय भाषा बोल्ने र स्रोत भाषामा भएको सामाग्रीलाई पनि बुझ्ने मण्डलीका कम्तिमा तीन सदस्यहरू रहन्छन् । ती व्यक्तिहरू अनुवाद समूहसँग सम्बन्धित वा नजिकका सम्बन्ध नभएका व्यक्तिहरू हुनुपर्छ । प्रायः यी समीक्षकहरू पास्टरहरू हुने छन् । यी अगुवाहरूले भाषा समुदायका फरक-फरक मण्डली सञ्जालको प्रतिनिधित्व गर्नुपर्छ । समुदाय ठूलो छ भने यो समूहमा तीन भिन्न मण्डली सञ्जालका मण्डली अगुवाहरू हुनुपर्छ भन्ने सिफारिस गर्दछौँ ।
यी समीक्षकहरूले निम्न चरणहरू अनुसरण गर्नुपर्छः
१. समीक्षा गर्ने क्रममा अनुवाद मार्गदिर्देशनहरू लाई पढ्नुपर्छ ताकि अनुवाद यससँग मेल खाएको होस् । २. अनुवादकका योग्यताहरूशीर्षकमा रहेका अनुवादक वा अनुवाद समूहसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुहोस् । ३. गरिएको अनुवाद लक्षित पाठकको निम्ति स्वीकार्य शैलीमा आधारित छ कि छैन भन्ने कुरा स्वीकार्य शैलीमा रहेका प्रश्नहरू सोधेर प्रमाणित गर्नुहोस् । ४. अनुवादले स्रोत पाठको अर्थलाई सही तरिकाले सञ्चार गरेको छ कि छैन भन्ने कुरा शुद्धताको जाँचमा दिइएका मार्गदिर्देशनहरूको आधारमा प्रमाणित गर्नुहोस् । ५. अनुवादको पूर्णतामा रहेका मार्गनिर्देशनहरूको आधारमा अनुवाद पूर्ण छ कि छैन भन्ने कुरा प्रमाणित गर्नुहोस् । ६. बाइबलका केही अध्यायहरू वा एउटा पुस्तकको समीक्षा गरिसकेपछि अनुवाद समूहसँग भेटेर हरेक समस्याको बारेमा सोध्नुहोस् । अनुवाद समूहले ती समस्याहरू कसरी समाधान गर्न सक्छन् भन्ने बारेमा सरसल्लाह गर्नुहोस् । अनुवाद समूहले अनुवादलाई सच्याएर समुदायमा जाँच गरेपछि फेरि अनुवाद समूहसँग भेट गर्नुहोस् । ७. अनुवाद समूहले समस्याहरूको समाधान गरेका छन् कि छैनन् भन्ने कुराको जाँच गर्नको लागि तिनीहरूसँग फेरि भेट गर्नुहोस् । ८. अनुवाद राम्रो छ भनेर पुष्टि गर्नुहोस् । यसको लागि तह दुई पुष्टि पानामा रहेको तह २ पुष्टि हेर्नुहोस् ।
नयाँ अनुवाद ठीक छ भन्ने कुराको निश्चित गर्नु नै यस खण्डको उद्देश्य हो । अर्को शब्दमा, के स्रोत अनुवादसँग तुलना गर्दा नयाँ अनुवादले त्यही अर्थ बुझाउँछ (त्यही शब्द वा क्रममा हुनुपर्छ भन्ने छैन)?
तह एकको शुद्धता जाँच्ने व्यक्तिहरू अनुवाद समूहका सदस्यहरूमध्येबाट पनि हुनसक्छन्, तर ती व्यक्तिहरूले आफूले अनुवाद गरेका कथा वा बाइबल खण्डहरूको शुद्धता भने जाँच्नु हुँदैन । ती व्यक्तिहरू अनुवाद समूहका सदस्य बाहेकका समुदायका अन्य कुनै सदस्य हुन सक्छन् । ती व्यक्तिहरूले अनुवाद भाषा बोल्ने, समुदायमा सम्मानित, र सम्भव हुन्छ भने, वृहत्तर सञ्चारमा प्रयोग गरिने भाषामा बाइबललाई राम्ररी जानेको हुनुपर्छ । यो चरणको उद्देश्य भनेको अनुवादले मूल कथा वा बाइबल खण्डको अर्थलाई सही तरिकाले सञ्चार गरोस् भन्ने कुरा निश्चित गर्नु हो । जाँचकीहरूले कथा वा बाइबल खण्डको अर्थलाई आफ्नो भाषामा अनुवाद गर्ने उत्तम तरिकाको बारेमा सोच्न अनुवादकहरूलाई मदत गरिरहेका हुन्छन् । कुनै एउटा कथा वा बाइबल खण्डको जाँच गर्ने व्यक्ति एक जना वा एकभन्दा बढी पनि हुनसक्छन् । एकभन्दा धेरै जाँचकीहरू हुनु फाइदाजनक हुनसक्छ, किनकि फरक-फरक जाँचकीहरूले फरक-फरक कुराहरू देख्छन् ।
तह दुई व तीनमा शुद्धता जाँच गर्ने काम अनुवाद समूहका सदस्यहरूबाट गरिनुहुन्न । ती व्यक्तिहरू सोही भाषा बोल्ने र स्रोत भाषामा बाइबललाई राम्ररी बुझेका मण्डलीका अगुवाहरू हुनुपर्छ । भाषाको सामुदायिक जाँच गर्ने समुदायका सदस्यहरूले भाषामा स्वभाविकपन र स्पष्टताको लागि अनुवादको जाँच गर्ने क्रममा स्रोत पाठलाई हेर्नुहुँदैन भन्ने कुरा सत्य हो । तर स्रोत पाठलाई नयाँ अनुवादसँग तुलना गर्न सकियोस् भनेर शुद्धता जाँच्ने व्यक्तिहरूले शुद्धताको जाँचको लागि स्रोत पाठलाई हेर्नुपर्छ ।
जाँच गर्ने व्यक्तिहरूले निम्न चरणहरूको अनुसरण गर्नुपर्छः
१. हरेक जाँचकीहरूले अनुवाद आफैँले पढ्नुपर्छ (वा रेकर्ड सुन्नुपर्छ), यसो गर्दा तिनीहरूले अनुवादलाई वृहत्तर समुदायको भाषाका बाइबल खण्डहरू वा कथालाई तुलना गर्नुपर्छ । जाँचकीले स्रोत बाइबल वा बाइबलहरू हेर्दै गर्दा अनुवादकले जाँचकीलाई पढेर सुनाउनु उपयोगी हुन्छ । जाँचकीले अनुवाद पढ्ने वा सुन्ने र स्रोतसँग तुलना गर्ने क्रममा जाँचकीले निम्न प्रश्नहरू मनमा राख्नुपर्छः
२. कुनै ठाउँमा समस्या छ वा सुधार्नु पर्ने ठाउँ छ भने जाँचकीले त्यसको टिपोट गर्नुपर्छ । हरेक जाँचकीले यी टिपोटहरूको बारेमा अनुवाद समूहसँग छलफल गर्ने छ ।
३. जाँचकीहरूले व्यक्तिगत रूपमा कुनै बाइबल कथा वा अध्यायको जाँच गरेपछि अनुवादक वा अनुवादक समूहसँग भेट गरी कथा वा बाइबल खण्डको समीक्षा गर्नुपर्छ । भेट भएपछि जाँचकीहरूले समस्याहरू वा प्रश्नहरूको टिपोट गर्छन्, जाँचकीहरूले आफ्ना प्रश्नहरू सोध्न सक्छन् वा सुधारको निम्ति सल्लाह दिन सक्छन् । जाँचकीहरू र अनुवाद समूहले प्रश्नहरू र सल्लाहहरूको बारेमा छलफल गर्ने क्रममा अन्य प्रश्नहरू वा कुनै कुरालाई नयाँ तरिकाले बताउने विषयमा सोच्न सक्छन् । जाँचकीहरू र अनुवाद समूह सँगै काम गर्दा परमेश्वरले कथा वा बाइबल खण्डको अर्थलाई उत्तम तरिकाले सञ्चार गर्न परमेश्वरले सहायता गर्नुहुने छ ।
४. जाँचकीहरू र अनुवाद समूहले परिवर्तन गर्नुपर्ने कुरामा सहमत जनाएपछि अनुवाद समूहले अनुवादलाई संशोधन गर्छ ।
५. अनवुाद समूहले अनुवादलाई संशोधन गरेपछि भाषामा स्वभाविकपन आओस् भन्ने कुरा निश्चित गर्नको निम्ति एकअर्कालाई वा भाषा समुदायका कुनै व्यक्तिलाई पढेर सुनाउनुपर्छ ।
६. अनुवादक (वा समूह) अझ पनि बुझ्नलाई कठिन भएका बाइबल खण्डहरू र जाँचकीहरूबाट सहायता चाहिने खण्डको टिपोट बनाउँछन् । अनुवादकहरूलाई अर्थ बुझेर अझ स्पष्टसँग सञ्चार गर्नलाई मदत गर्नको निम्ति तह दुई र तीनमा मण्डलीका अगुवाहरू र जाँचकीहरूले ती टिपोटहरूको प्रयोग गर्छन् ।
अनुवादमा हुन सक्ने असुद्धताहरू पत्ता लगाउनको निम्ति यी प्रश्नहरू उपयोगी हुन सक्छन्ः
हाम्रो भाषा समूहका हामी अगुवाहरू देहाय बमोजिमका कुराहरूको पुष्टि गर्छौँः
१. यो अनुवाद विश्वासको अभिव्यक्ती र अनुवाद मार्गनिर्देशन अनुरूप छ । २. यो अनुवाद लक्षितभाषामा सही र स्पष्ट छ । ३. यस अनुवादले भाषाको स्वीकार्य शैलीको प्रयोग गरेको छ । ४. यस अनुवादले उचित वर्णमाला र हिज्जे प्रणालीको प्रयोग गरेको छ । ५. यस अनुवादलाई समुदायले अनुमोदन गरेको छ । ६. समुदाय मूल्याङ्कन फाराम भरिएको छ ।
अनुवादमा केही समस्याहरू बाँकी रहेका छन् भने तह ३ का जाँचकीहरूको निम्ती यहाँ नोट बनाउनुहोस् ।
तह २ का जाँचकीहरूको नाम र पदः
१. तपाईंले जाँच गर्नु पर्ने कथा वा बाइबलको खण्डको बारेमा पहिले नै थाहा गर्नुहोस् । २. तपाईंले बुझ्ने भाषाका धेरै संस्करणबाट खण्डलाई पढ्नुहोस् सम्भव भए मूल भाषाहरू पनि समेट्नुहोस् । ३. ULT र UST मा भएको खण्ड पढ्नुहोस् साथै टिप्पणीहरू र शब्दअनुवाद पनि पढ्नुहोस् । ४. अनुवाद गर्द कठिन हुने कुनै खण्डहरू छन् भने त्यसको टिप्पणी बनाउनुहोस् । ५. अनुवाद सहयोगहरू र व्याख्याहरूको अनुसन्धान गर्नुहोस् र पत्ता लागेका कुराहरूको टिप्पणी बनाउनुहोस्
१. प्रश्न सोध्नुहोस्। अनुवादमा समस्या हुन सक्ने कुनै कुरा देख्नुभयो भने अनुवादकलाई यहाँ यो समस्या रहेछ भनेर नभन्नुहोस् । यदि तपाईं लक्षित भाषा बोल्नुहुन्न भने अनुवादमा भएको समस्या तपाईंलाई थाहा हुँदैन । तपाईंले त्यो ठाउँमा समस्या हुनसक्छ भन्ने आशंका मात्र गर्नुहुन्छ । यदि तपाईं लक्षित भाषा नै बोल्नुहुन्छ भने पनि यहाँ यो समस्या रहेछ भनेर भन्नुभन्दा प्रश्न गर्नु नै शिष्ट हुन्छ । "यसलाई यसरी भन्दा कसो होला?" भन्ने प्रश्न सोध्न सक्नुहुन्छ । त्यसपछि अनुवादको विकल्प दिन सक्नुहुन्छ । त्यसपछि अनुवादका फरक विचारहरूको बारेमा सँगै छलफल गर्न सक्नुहुन्छ र अनुवादको कुन विकल्प राम्रो छ भन्ने बारेमा आफ्नो राय दिन सक्नुहुन्छ । त्यसपछि अनुवाद समूहले कुन विकल्प उत्तम छ भन्ने निर्णय गर्न सक्छन् । २. लक्षित भाषा र संस्कृतिको अन्वेषण गर्नुहोस् । कुनै वाक्यांशको अर्थ लक्षित भाषामा के हुन्छ भन्ने कुरा पत्ता लगाउन प्रश्न सोध्नुहोस् । कुनै वाक्यांशको अर्थ के हुन्छ र कसरी प्रयोग गरिन्छ भन्ने कुराको बारेमा अनुवादकलाई सोच्न मदत गर्ने प्रश्न नै सबैभन्दा उत्तम प्रश्नहरू हुन् । "तपाईंको भाषामा कुन अवस्थामा यो वाक्यांशको प्रयोग गरिन्छ?" वा "यस्तो किसिमको कुरा कसले र किन गर्छ?" जस्ता प्रश्नहरू उपयोगी हुन्छन् । बाइबलमा भएको व्यक्तिको जस्तो परिश्थितिमा तपाईंको गाउँमा भएको कुनै व्यक्ति भएको भए उसले के भन्थ्यो भन्ने बारेमा अनुवादकलाई सोच्न लगाउनु उपयोगी हुन्छ । ३. अनुवादकलाई सिकाउनुहोस् । लक्षित भाषा र संस्कृतिमा कुनै वाक्यांशको अर्थको अन्वेषण गरेपछि स्रोत भाषा र संस्कृतिमा यो वाक्यांशको अर्थ यो हो भनेर बताउन सक्नुहुन्छ । त्यसपछि दुबैजना मिलेर अनुवादकले सोचेको अर्थ र अनुवादमा प्रयोग गरिएको वाक्यांशको अर्थ एउटै छ कि छैन भनेर निर्णय गर्न सक्नुहुन्छ ।
यदि तपाईं लक्षित भाषा बोल्नुहुन्छ भने तपाईंले अनुवाद पढ्न वा सुन्न सक्नुहुन्छ र सिधै अनुवाद समूहलाई यसको बारेमा कुरा गर्न सक्नुहुन्छ ।
यदि तपाईं लक्षित भाषा बोल्नुहुन्न भने तपाईँले बुझ्ने वापस अनुवाद प्रयोग गर्न सक्नुहुन्छ । यसलाई बेग्लै वा अन्तरापङ्क्तिको रूपमा लेख्न सक्नुहुन्छ । अन्तरापङ्क्तिको रूपमा लेखिएको वापस अनुवादले वापस अनुवादको तुलना गर्न सहज बनाउँछ र अलग्गै लेखिएको वापस अनुवादले अनुवाद पढ्न सहज बनाउँछ । हरेक विधिका आफ्नै सबल पक्षहरू छन् । वापस अनुवाद गर्ने व्यक्ति अनुवाद गर्ने कार्यमा संलग्न भएको हुनुहुँदैन् ।
१. सम्भव हुन्छ भने अनुवाद समूहसँग भेट हुनुअघि लिखित वापस अनुवादको समीक्षा गर्नुहोस् । यसो गर्नाले तपाईंलाई खण्डको बारेमा सोच्न र वापस अनुवादको कारण उत्पन्न हुने प्रश्नहरूमाथि अनुसन्धान गर्न समय मिल्छ । अनुवाद समूहसँग भेट गर्दा तपाईँलाई धेरै समय मिल्छ र अनुवादमा समस्या नभएका धेरै पाठहरूको बारेमा पनि छलफल गरिरहनु पर्दैन । तपाईँहरू भेट हुँदा समस्यामा मात्र केन्द्रित हुने हुँदा तपाईँहरूको भेटघाट उपलब्धिमुलक हुन्छ । २. वापस अनुवाद पढ्ने बेलामा अनुवादकलाई थप स्पष्ट बनाउनको निम्ति वा सम्भावित समस्याहरूमा अनुवादकलाई सहयोग गर्नको निम्ति सोध्ने प्रश्नको टिप्पणी बनाउनुहोस् । ३. अनुवादकसँग अनुवादको एक प्रति माग्नुहोस् (अन्तरापङ्क्ति अनुवाद नभएको अवस्थामा) यसले तपाईंलाई अनुवादलाई वापस अनुवादसँग तुलना गर्न र लक्षित अनुवादमा प्रयोग गरिएका तर वापस अनुवादमा प्रयोग नगरिएका योजकहरू र अन्य विशेषताहरूको बारेमा टिप्पणी बनाउन सक्नुहुन्छ । अनुवादलाई पहिले नै हेरियो भने वापस अनुवादले कुन ठाउँमा सही तरिकाले अनुवादको प्रतिनिधित्व गरेको छैन सो थाहा पाउन मदत गर्छ । उदाहरणको निम्ति, अनुवादमा प्रयोग गरिएका एउटै शब्दको वापस अनुवाद फरक परेका हुनसक्छन् । यस्तो अवस्थामा वापस अनुवादमा किन फरक पर्यो भनेर अनुवादकसँग सोध्न सक्नुहुन्छ र सुधार्नुपर्छ कि पर्दैन भन्ने निर्णय लिन सक्नुहुन्छ । ४. यदि अनुवादकलाई भेट्नुअघि अनुवाद हेर्ने मौका मिलेन भने भेट भएको बेला नै प्रश्नहरू सोधेर समाधान खोज्न सक्नुहुन्छ । अक्सर गरेर अनुवादलाई वापस अनुवादसँग तुलना गर्दा अनुवादकले अनुवादमा भएका समस्याहरू पत्ता लगाउन सक्छन् ।
लिखित वापस अनुवाद उपलब्ध नभएको खण्डमा लक्षित भाषा र तपाईंले बुझ्ने दुबै भाषाको ज्ञान भएको कुनै व्यक्तिलाई मौखिक वापस अनुवाद गर्न लगाउनुहोस् । उक्त व्यक्ति लक्षित भाषाको अनुवाद गर्ने काममा सामेल नभएको व्यक्ति हुनुपर्छ । मौखिक वापस अनुवाद सुन्ने क्रममा गलत अर्थ दिने शब्द वा वाक्यांशहरूको सूची बनाउनुहोस् । अनुवाद गर्ने व्यक्तिले छोटो खण्डको अनुवाद गर्नुपर्छ र खण्डको बिचमा रोकिनुपर्छ यसले तपाईंलाई प्रश्नहरू सोध्ने अवसर मिल्छ ।
केही प्रश्नहरू जाँचपछिको निम्ति राख्नुपर्छ । ती प्रश्नहरूको बारेमा छलफल गर्नको निम्ति भेटघाटको समय मिलाउनुहोस् । ती प्रश्नहरू तल दिइएका छन्ः
१. बाइबलीय शब्द वा वाक्यांशहरूको सही अर्थहरू वा बाइबलमा भएका व्यक्तिहरूको सम्बन्ध वा बाइबलमा प्रयोग भएका स्थानहरूको प्रकृतिजस्ता बाइबलीय पाठमा आधारित तपाईं वा अन्य कसैले अनुसन्धान गर्नुपर्ने वा पत्ता लगाउनुपर्ने प्रश्नहरू यसमा पर्छन् । २. लक्षित भाषा बोल्ने अन्य व्यक्तिलाई सोध्नुपर्ने प्रश्नहरू । यसो गर्नुको मूख्य कारण केही वाक्यांशहरूले सही तवरले संचार गरेका छन् कि छैनन् भन्ने कुराको जाँच वा लक्षित भाषामा प्रयोग भएका सांस्कृतिक शब्दहरूको बारेमा अनुसन्धान गर्नु हो । यी अनुवाद समूहले आफ्नो समुदायमा फर्किएपछि सोधिने प्रश्नहरू हुन् ।
अनुवाद समूहले अनुवादशब्दहरू (मूल शब्दहरू) को सूची बनाउनुपर्छ र यसको साथै लक्षित भाषामा ती शब्दहरूको अनुवादको रूपमा प्रयोग गरिने शब्दहरूको पनि सूची तयार गर्नुपर्छ । बाइबलको अनुवाद गर्ने क्रममा तपाईं र अनुवाद समूहले त्यो सूचीमा शब्दहरू थप्न वा परिवर्तन गर्नुपर्ने हुनसक्छ । मूल शब्दहरूको अनुवाद गर्ने क्रममा अनवुादशब्दहरूको सूचीको प्रयोग गर्नुहोस् । बाइबलमा भएको मूल शब्दको अनुवाद गर्दा त्यसको निम्ति छानिएको शब्दको प्रयोग गर्ने कुरामा ध्यान दिनुहोस् र त्यसले सही अर्थ दिन्छ कि दिँदैन भन्ने कुरा निश्चित गर्नुहोस् । यदि त्यसले सही अर्थ दिएन भने यसले किन अन्य ठाउँमा सही अर्थ दियो तर यस ठाउँमा दिएन भनेर छलफल चलाउनुहोस् । त्यसपछि तपाईंले छानिएको शब्दलाई परिवर्तन गर्नुपर्ने वा त्यस शब्दको निम्ति एकभन्दा बढी शब्दहरू प्रयोग गर्ने निर्णय गर्नुपर्ने हुनसक्छ । स्प्रेडसिटमा हरेक महत्त्वपूर्ण शब्दहरूको सूची बनाएर स्रोत भाषाको शब्द, लक्षित भाषाको शब्द र बैकल्पिक अनुवादको शब्दको निम्ति कोलमहरू निर्माण गर्नु उपयोगी हुन्छ । ट्रान्स्लेसनस्टुडियोको आगामी संस्करणहरूमा यो विशेषता सामेल हुने छ भन्ने आशा गर्छौँ ।
१. तपाईंलाई ठीक नलागेका सबै कुराहरूको बारेमा सोध्नुहोस् ताकि अनुवाद समूहले त्यसको बारेमा बताउन सकून् । यदि तपाईंलाई यो पनि ठीक लागेन भने तिनीहरूले आफ्नो अनुवादलाई परिवर्तन गर्न सक्छन् । सामान्य रूपमाः
१. स्रोत पाठमा नभएको कुनै कुरा थपिएको छ कि छैन त्यसको जाँच गर्नुहोस् । ध्यान दिनुहोस्, मूल अर्थमाअप्रत्यक्ष जानकारी पनि समावेश गरिएको हुन्छ । २. स्रोत पाठमा भएको तर अनुवादमा प्रयोग नभएर कुनै कुरा छुटेको भए त्यसको जाँच गर्नुहोस् । ३. स्रोत पाठको भन्दा फरक अर्थको प्रयोग भएको छ कि छैन त्यसको जाँच गर्नुहोस् ।
२. खण्डको मूल विचार वा विषय स्पष्ट छ कि छैन भन्ने कुराको जाँच गर्नुहोस् । अनुवाद समूहलाई खण्डले भनेको वा सिकाएको कुराको सारांश बताउन लगाउनुहोस् । यदि तिनीहरूले गौण बुँदालाई मूख्य बुँदाको रूपमा प्रयोग गरेका रहेछन् भने त्यसलाई सच्याउनुपर्छ । ३. कारणहरू, थपिएका कुराहरू, परिणामहरू, निष्कर्षहरूजस्ता खण्डका विभिन्न खण्डहरू लक्षित भाषामा सही तरिकाले जोडिएका छन् कि छैनन् जाँच गर्नुहोस् । ४. "अनुवाद जाँचका चरणहरू" मा उल्लेख गरिएजस्तै शब्दअनुवादमा एकरूपता छ कि छैन जाँच गर्नुहोस् । हरेक शब्दहरू कसले र कहिले प्रयोग गर्छ भनेर संस्कृतिमा तिनको प्रयोगको बारेमा सोध्नुहोस् । अन्य समान शब्दहरू र समान शब्दहरूबिचको फरकको बारेमा सोध्नुहोस् । यसले कुनै शब्दका अनावश्यक अर्थ छ कि छैन भन्ने कुरा थाहा पाउन अनुवादकलाई मदत मिल्छ र कुन शब्दको प्रयोग राम्रो हुन्छ वा फरक सन्दर्भमा फरक शब्दको प्रयोग गर्नको निम्ति पनि मदत मिल्छ । ५. अलङ्कारको प्रयोगको जाँच गर्नुहोस् । बाइबलको पाठमा अलङ्कारको प्रयोग गरिएको पाइएमा त्यसको अनुवाद कसरी गरिएको छ सो हेर्नुहोस् र त्यसले एउटै अर्थ दिन्छ कि दिँदैन सो हेर्नुहोस् । ६. प्रेम, क्षमा, आनन्द, रमाहटजस्ता अमूर्त विचारहरूलाई कसरी अनुवाद गरिएको छ सोको जाँच गर्नुहोस् । यीमध्ये धेरैजस्तो मूल शब्दहरू हुन् । ७. लक्षित संस्कृतिमा नभएका कुराहरू वा अभ्यासहरूको अनुवादको जाँच गर्नुहोस् । अनुवाद समूहलाई ती कुराहरूको तस्बिर देखाएर व्याख्या गर्नु उपयोगी हुन्छ । ८. आत्मिक संसारको बारेमा बताउने शब्दहरू र लक्षित भाषामा तिनलाई कसरी बुझिन्छ त्यसको बारेमा छलफल गर्नुहोस् । अनुवादमा प्रयोग गरिएका शब्दहरूले सही अर्थको संचार गरेका छन् कि छैनन् भन्ने कुराको निश्चित गर्नुहोस् । ९. बुझ्न र अनुवाद गर्न कठिन हुने कुराको जाँच गर्नुहोस् ।
यी सबै कुराको जाँच गरेर सच्याइसकेपछि भाषामा स्वभाविक बहावको निश्चित गर्नको निम्ति अनुवाद समूहलाई खण्डको सस्वर वाचन गर्न लगाउनुहोस् । सच्याएको अनुवाद अस्वभाविक सुनिएको खण्डमा अनुवादलाई थप मिलाउनुहोस् । अनुवादले लक्षित भाषामा स्पष्ट र स्वभाविक संचार नगरेसम्म जाँच र समीक्षाको प्रक्रियालाई दोहोर्याउनुहोस् ।
यी तह तीनका जाँचकीहरूले नयाँ अनुवाद पढ्ने क्रममा ध्यान दिनुपोर्ने प्रश्नहरू हुन् ।
अनुवादको केही अंश पढेपछि वा खण्डमा कुनै समस्या आइपरेमा यी प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ । पहिलो समूहमा भएका कुनै पनि प्रश्नहरूमा तपाईंको जवाफ "होइन/छैन" छ भने त्यसलाई विस्तारमा वर्णन गर्नुहोस्, तपाईंलाई ठीक नलागेको खण्डलाई समावेश गर्नुहोस् र अनुवाद समूहले त्यसलाई सच्याउनको लागि अनुवाद समूहलाई सिफारिस गर्नुहोस् ।
अनुवाद समूहको लक्ष्य्य भनेको स्रोत पाठको अर्थलाई लक्षितभाषामा स्वभाविक र स्पष्टसँग अभिव्यक्त गर्नु हो भन्ने कुरामा ध्यान दिनुहोस् । यसर्थ अनुवाद समूहले केही वाक्यांशको क्रमलाई पुनः मिलाउनु पर्ने हुनसक्छ र स्रोत भाषामा भएको एउटा शब्दको अर्थ बुझाउनको निम्ती लक्षितभाषामा धेरै शब्दहरू राख्नुपर्ने हुनसक्छ । अरू भाषाको अनुवादमा यी कुराहरूलाई समस्याको रूपमा लिइन्न । UST र ULT जस्ता गेटवे भाषाहरूमा मात्र यस्ता परिवर्तनहरू गर्नुहुँदैन । ULT को उद्देश्य बाइबलका मूल भाषाहरूले अर्थलाई कसरी व्यक्त गर्छन् भन्ने देखाउनु हो भने UST को उद्देश्य अरू भाषाहरूमा वाक्पद्धतिको प्रयोग गर्नु स्वभाविक लागे तापनि त्यही अर्थलाई सामान्य र स्पष्ट रूपमा व्यक्त गर्नु हो । गेटवे अनुवादकहरूले ती मार्गनिर्देशनहरू सम्झनु जरुरी छ । तर सदा स्वभाविक र स्पष्ट हुनु नै अरू भाषाका अनुवादकहरूको उद्देश्य हो ।
अनुवादकहरूले मूल पाठमा लेखकले खुलस्त नपारेका तर मूल सन्देशबाट त्यस समयका पाठकहरूले बुझ्ने किसिमा जानकारीहरू पनि समेटेका हुनसक्छन् । यदि यस्ता जानकारीहरू पाठकहरूको निम्ती खुलस्त पार्नुपर्ने भएमा तिनलाई समेट्नु जरुरी हुन्छ । यसको बारेमा थप जानकारीको निम्ति, प्रत्यक्ष र अप्रत्यक्ष जानकारी।
१. के यो अनुवाद विश्वासको अभिव्यक्ती र अनुवाद मार्गनिर्देशनहरूसँग मेल खान्छ? २. के अनुवाद समूहले स्रोत र लक्षितभाषा तथा संस्कृतिको राम्रो बुझाइ प्रदर्शन गरेका छन्? ३. अनुवाद स्पष्ट र स्वभाविक छ भन्ने कुराको पुष्टि भाषा समुदायले गर्छन्? ४. तलका मध्ये कुन अनुवाद शैलीको प्रयोग अनुवादकहरूले प्रयोग गरेका छन्?
१. शब्द-शब्दको अनुवाद, स्रोत अनुवादको नजिकमा रहेर गरिएको अनुवाद २. वाक्यांश-वाक्यांशको अनुवाद, स्वभाविक वाक्यांशको प्रयोग गरेर गरिने अनुवाद ३. अर्थमा जोड दिइएको अनुवाद, स्थानीय भाषा अभिव्यक्तिको स्वतन्त्रतालाई लक्ष्य्य मानेर गरिने अनुवाद
५. प्रश्न ४ मा उल्लेख गरिएका शैलीको अनुसरण समुदायको निम्ती सही छ भन्ने कुराको महसुस समुदायका अगुवाहरूले गरेका छन्? ६. अनुवादकहरूले प्रयोग गरिएको क्षेत्रीय भाषा भाषाको बृहत्तर समुदायले बुझ्ने किसिमको छ भन्ने कुराको महसुस समुदायका अगुवाहरूले गरेका छन्? उदाहरणको निम्ति, के अनुवादकहरूले प्रयोग गरेका अभिव्यक्तिहरू, वाक्यांश जोड्ने शब्दहरू र हिज्जेहरू भाषा समुदायका व्यक्तिहरूले बुझ्ने किसिमका छन्? ७. अनुवादलाई पढ्ने क्रममा अनुवादलाई कठिन बनाउने किसिमका स्थानीय समुदायमा भएका सांस्कृतिक विषयहरूको बारेमा सोच्नुहोस् । के त्यस्ता कुराहरूको अनुवाद गर्दा स्रोत पाठलाई स्पष्ट पार्ने किसिमले गरिएको र सांस्कृतिक विषयहरूको कारणले हुने असमझदारीलाई न्युनिकरण गरिएको छ? ८. यस्ता किसिमका कठिन खण्डहरूको अनुवाद गर्दा अनुवादकहरूले स्रोत पाठमा भएको सन्देशलाई बुझाउने किसिमले अनुवाद गरेका छन्? ९. तपाईंको मूल्याङ्कनमा अनुवादले स्रोत पाठको सन्देशलाई स्पष्ट सञ्चार गरेको छ? अनुवादको कुनै पनि खण्डमा तपाईंको जवाफ "छैन" आउँछ भने तल दिइएका प्रश्नहरूको जवाफ दिनुहोस् ।
तल दिइएका कुनै पनि एक प्रश्नको जवाफ यदि "छ" छ भने त्यसलाई विस्तृत रूपमा व्यक्त गर्नुहोस्, ताकि अनुवाद समूहले सच्याउने कुरा र त्यसलाई कसरी सच्याउनु पर्छ भन्ने जानकारी प्राप्त गर्न सकून् ।
१. अनुवादमा सिद्धान्तगत गल्तिहरू छन्? २. के राष्ट्रिय भाषा अनुवाद र ख्रिष्टियान समुदायको विश्वाससँग मेल नखाने किसिमका कुराहरू अनुवादमा पाउनुभयो? ३. के स्रोत भाषामा नभएका जानकारीहरू अनुवादक समूहले थपेका छन्? (ध्यान दिनुहोस्, मूल सन्देशमा प्रत्यक्ष जानकारी पनि पर्छ ।) ४. के अनुवाद समूहले स्रोत भाषामा भएका कुनै जानकारीहरू छुटाएका छन्?
अनुवादमा केही समस्याहरू भएमा ती समस्याहरू समाधानका लागि अनुवाद समूहसँग भेट गर्नुहोस् । उनीहरूसँगको भेटपछि अनुवादले सही सञ्चार गरेको छ कि छैन भन्ने कुराको जाँच गर्नको निम्ती अनुवाद समूहले समुदायका अगुवाहरूसँग भेट गर्नु जरुरी हुन्छ र त्यसपछि तिनीहरूले तपाईंसँग भेट गर्न सक्छन् ।
अनुवादको अनुमोदन गर्नको निम्ती तपाईं तयार भएपछि यहाँ जानुहोस्: तह ३ को अनुमोदन।
म, मण्डली सञ्जाल वा बाइबल अनुवाद संस्थाको नाम भर्नुहोस् मण्डली सञ्जाल वा बाइबल अनुवाद संस्थाको प्रतिनीधि भाषा समुदायको नाम भर्नुहसो् भाषा समुदायमा सेवा गर्ने व्यक्तिको रूपमा, अनुवादको अनुमोदन गर्छु र देहाय बनोजिमका कुराहरू पूर्ण भएका छन् भनी पुष्टि गर्छुः
१. यो अनुवाद विश्वासको अभिव्यक्ती तथा अनुवाद मार्गनिर्देशनहरूसँग सहमत छ । २. यो अनुवाद लक्षितभाषामा सही र स्पष्ट छ । ३. यस अनुवादमा भाषाको स्वीकार्य शैलीको प्रयोग गरिएको छ । ४. समुदायले अनुवादलाई स्वीकार गर्छ ।
अनुवाद समूहसँगको दोस्रो भेटघाटमा समाधान नभएका विषयहरू छन् भने यहाँ लेख्नुहोस् ।
हस्ताक्षरः यहाँ हस्ताक्षर गर्नुहोस्
पद: यहाँ तपाईंको पद लेख्नुहोस्
गेटवे भाषाहरूको निम्ती तपाईंले स्रोत पाठ प्रक्रियाको अनुसरण गर्नुपर्छ ताकि तपाईंको अनुवाद आफैंमा स्रोत पाठ बन्न सकोस् ।
स्थानीय भाषाबाट पुनः वृहत्तर संचारको भाषामा अनुवाद गर्ने कामलाई वापस अनुवाद भनिन्छ । स्थानीय भाषाको अनुवाद सृजना गर्ने प्रक्रियाको विपरित दिशातर्फ गरिने अनुवाद भएकोले यसलाई "वापस अनुवाद" भनिन्छ ।
वापस अनुवाद पूर्णतयाः स्वभाविक शैलीमा गरिन्छ तर यसको अनुवादको भाषा (वृहत्तर संचारको भाषा) मा स्वभाविकता ल्याउनु यसको लक्ष्य होइन । स्थानीय भाषा अनुवादका शब्द र अभिव्यक्तिहरूको प्रतिनिधित्व गर्नुो यसको लक्ष्य हो । यसो गर्दा वृहत्तर संचारको भाषामा प्रयोग गरिने व्याकरण र शब्दक्रमको प्रयोग गरिन्छ । यसरी अनुवाद जाँचकीले शब्दको अर्थ लक्षित भाषामा स्पष्टसँग देख्न सक्छन् र वापस अनुवादलाई राम्ररी बुझ्नका साथै चाँडो र सजिलै पढ्न सक्छन् ।
बाइबलीय सामाग्रीको परामर्शदाता वा जाँचकीले लक्षित भाषा नबुझे पनि तिनीहरूलाई लक्षित भाषाको अनुवाद कसरी गरिएको रहेछ भन्ने कुरा थाहा होस् भनेर वापस अनुवाद गरिन्छ । यसैले वापस अनुवादको भाषा वापस अनुवादक र जाँचकी दुबै जनाले राम्ररी बुझ्ने भाषामा हुनुपर्छ । यसको अर्थ यही हो कि वापस अनुवादकले स्रोत भाषामा प्रयोग गरिएको वृहत संचारको भाषा नै प्रयोग गर्नुपर्छ ।
बाइबल सामाग्रीहरू पहिले नै स्रोत भाषामा उपलब्ध भएको कारण यसो गर्नु जरुरी छैन भन्ने केही मानिसहरूको विचार छ । तर वापस अनुवादको उद्देश्यलाई ध्यान दिनुहोस्ः यसले जाँचकीलाई लक्षित भाषा अनुवादमा के छ भन्ने कुराको जानकारी दिन्छ । मूल स्रोत भाषाको पाठ पढेको आधारमा मात्र जाँचकीले लक्षित भाषा अनुवादमा के छ भन्ने कुरा थाहा पाउँदैनन् । यसैले वापस अनुवादकले लक्षित भाषाको अनुवादलाई मात्र आधार लिएर वृहत्तर संचारको भाषामा वापस अनुवाद गर्नुपर्छ । यसै कारण वापस अनुवाद गर्ने व्यक्तिले अनुवादको क्रममा स्रोत भाषाको पाठलाई होइन तर लक्षित भाषालाई मात्र हेर्नुपर्छ । यसरी जाँचकीले लक्षित भाषाको अनुवादमा भएको समस्यालाई पहिचान गरी अनुवादकसँग मिलेर उक्त समस्याको समाधान गर्न सक्छन् ।
लक्षित भाषाको अनुवादलाई जाँचकीले जाँच गर्नु अगाडि नै सुधार गर्नको निम्ति पनि वापस अनुवाद उपयोगी हुन्छ । जब अनुवाद समूहले वापस अनुवादलाई हेर्छन् उनीहरूले वापस अनुवाद गर्ने व्यक्तिले उनीहरूको अनुवादलाई कसरी बुझेका रहेछन् भन्ने कुरा थाहा पाउँछन् । कहिलेकाहीँ वापस अनुवादकले उनीहरूले चाहेभन्दा फरक तरिकाले तिनीहरूको अनुवादलाई बुझेका हुन्छन् । यस्तो अवस्थामा तिनीहरूले अनुवादलाई आफूले चाहेको कुरा बुझाउने किसिमले परिवर्तन गर्नसक्छन् । अनुवाद समूहले चाँचकीलाई दिनु अगाडि नै आफ्नो अनुवाद सुधार्नको निम्ति वापस अनुवादको प्रयोग गरेको खण्डमा तिनीहरूले आफ्नो अनुवादलाई धेरै मात्रामा सुधार गर्न सक्छन् । यदि यो कार्य अगाडि नै गरियो भने जाँचकीले आफ्नो काम द्रुत गतिमा गर्न सक्छन्, किनकि अनुवाद समूहले जाँचकीलाई भेट्नु अगाडि नै धेरै समस्याको समाधान गरिसकेका हुन्छन् ।
वापस अनुवाद गर्ने व्यक्तिसँग निम्न तीन योग्यताहरू हुनुपर्छः
१. वापस अनुवाद गर्ने व्यक्तिको मातृभाषा लक्षित भाषा हुनुपर्छ र तिनले वृहत्तर संचारको भाषा राम्ररी बोल्न सक्नुपर्छ । २. उक्त व्यक्ति आफूले वापस अनुवाद गर्न लागेको पाठलाई स्थानीय लक्षित भाषामा अनुवाद गर्ने कार्यमा सरिक भएको हुनुहुँदैन । स्थानीय लक्षित भाषामा अनुवाद गर्ने व्यक्तिलाई वापस अनुवाद गर्न लगायो भने तिनलाई अनुवाद गर्न लागेको पाठको अर्थ थाहा भएको हुनाले वापस अनुवाद गर्दा स्रोत भाषामा जस्तै गर्न सक्छन् । तर स्थानीय लक्षित भाषामा अनुवाद नगरेको व्यक्तिले अनुवादलाई फरक तरिकाले बुझ्न सक्छन् वा कुनै खण्डलाई पटक्कै नबुझ्न पनि सक्छन् । यस्तो अवस्थामा तिनले लक्षित भाषामा अनुवाद गर्ने व्यक्तिको सहायता लिन्छन् यसले सही अर्थलाई उचित तरिकाले बुझ्न मदत गर्छ । ३. वापस अनुवाद गर्ने व्यक्ति बाइबललाई राम्ररी नबुझेको व्यक्ति हुनुपर्छ । अर्को कुनै भाषाको बाइबल पढेको ज्ञानको आधारमा नभइ लक्षित भाषालाई मात्र हेरेर वापस अनुवाद गरियोस् भनेर यसो गरिएको हो ।
अनुवादकले वृहत्तर संचारको भाषामा अनुवाद जाँचकीलाई अनुवाद सुनाउनु नै मौखिक वापस अनुवाद हो । एक पटकमा एउटा वाक्य वा छोटो वाक्यहरू भएको अवस्थामा दुई वाक्यहरू सुनाउने गरिन्छ । कुनै समस्या छ जस्तो लागेमा अनुवाद जाँचकीले मौखिक वापस अनुवाद गर्ने व्यक्तिलाई रोकेर प्रश्न सोध्न सक्छन् । अनुवाद समूहका एक वा एकभन्दा धेरै सदस्यहरू उपस्थित हुँदा जवाफ दिन सजिलो हुन्छ ।
यसको फाइदा भनेको अनुवाद जाँचकीले वापस अनुवादकलाई तुरुन्तै प्रश्न सोध्न सक्छन् । वापस अनुवादकले अनुवादको निम्ति थोरै समय मात्र प्राप्त गर्ने हुनाले गरिएको अनुवाद उत्तम नहुनसक्छ । यस्तो अवस्थामा अनुवाद जाँचकीले धेरै प्रश्नहरू सोध्नुपर्ने हुनसक्छ । जाँचकीले पनि अनुवाद जाँचको निम्ति थोरै समय पाउँछन् । एउटा वाक्य सुनेपछि अर्को वाक्यमा जानु अगाडि केही सेकेन्ड मात्र समय पुग्छ । यसले गर्दा उसले सबै समस्याहरूको समाधान गर्ने समय पाउँदैन ।
लिखित वापस अनुवाद दुई किसिमका हुन्छन् । यी दुईका भिन्नताको बारेमा अर्को मोड्युलमा छलफल गरिन्छ । लिखित वापस अनुवादका फाइदाहरू मौखिकका भन्दा धेरै हुन्छन् । पहिको फाइदा, लिखित वापस अनुवादकले अनुवादलाई गलत तरिकाले बुझेका रहेछन् भने जाँचकीहरूले सजिलै पत्ता लगाउनसक्छन् । वापस अनुवादकले नै अनुवादलाई गलत तरिकाले बझेको अवस्था उक्त अनुवादलाई सुन्ने र पढ्ने पनि गलत नै बुझ्छन् । यसरी अनुवादकहरूले उक्त अनुवादलाइ पुनः अनुवाद गर्नसक्छन् ।
दोस्रो फाइदा, जाँचकीले अनुवाद समूहसँगको भेटघाट अगाडि नै लिखित वापस अनुवादलाई पढेर वापस अनुवादमा भएका प्रश्नहरूमाथि अनुसन्धान गर्न सक्छन् । जाँचकीहरूले अनुसन्धान नै गर्न नपरे पनि जाँचकीहरूले अनुवादको बारेमा सोच्ने समय पाउँछन् । सोच्ने समय धेरै पाउने हुनाले अनुवादमा भएका समस्याहरू पहिचान गरी असल समाधान निकाल्न सक्छन् ।
तेस्रो फाइदा, अनुवाद जाँचकीले अनुवाद समूहलाई भेट गर्नु अगाडि आफ्ना प्रश्नहरू लेख्नसक्छन् । भेटघाट गर्नु अगाडि समय भएको अवस्थामा जाँचकीले अनुवाद समूहलाई उक्त प्रश्नहरू पठाउन सक्छन् र अनुवादक समूहलेअनुवादलाई आवश्यक परिवर्तन गर्नसक्छन् । यसो गर्दा अनुवादक र जाँचकीको भेटघाटमा धेरैभन्दा धेरै बाइबलीय सामाग्रीहरूको समीक्षा गर्न सकिन्छ । भेटघाटको क्रममा बाँकी रहेका समस्याहरूमा केन्द्रित हुनलाई समय पुग्छ । अनुवादकले जाँचकीका प्रश्नहरूलाई बझेका छैनन् भने र जाँचकीले लक्षित भाषालाई नबुझेर अनुवादमा समस्या देखेको कुराहरूको बारेमा यस समयमा छलफल गर्न सक्छन् । यस्तो अवस्थामा जाँचकीले नबुझेको कुरा अनुवादकले बुझाउनसक्छन् ।
भेटघाट अगाडि नै प्रश्नहरू पठाउने समय नभए पनि जाँचकी तयारी भएको कारण भेटघाटको बेलामा धेरै सामाग्रीहरूको समीक्षा सम्भव हुन्छ । पहिले नै सबै कुरा तयारी भएको हुँदा सबै सामाग्री पढ्नु नपर्ने हुनाले काम छिटो हुन्छ ।
चौथो फाइदा, लिखित वापस अनुवादले अनुवाद जाँचकीले घण्टौँ सुनेर बुझ्नुपर्ने बाध्यताबाट छुटकारा दिन्छ । भेटघाट हल्लाखल्ला भएको ठाउँमा भयो भने जाँचकीलाई हरेक शब्दलाई बुझ्न कठिन हुन्छ । ध्यान केन्द्रित गर्न कठिन हुने हुनाले जाँचकीले समस्याहरू छोड्न सक्छन् र बाइबलीय सामाग्रीमा भएका समस्याहरूको समाधान गर्न कठिन हुनजान्छ । यसैले सम्भव भएसम्म लिखित वापस अनुवाद गर्ने सल्लाह दिन्छौँ ।
लिखित वापस अनुवाद दुई किसिमका छन्?
अन्तरापङ्ति वापस अनुवादमा वापस अनुवादकले लक्षित भाषाका हरेक शब्दको अनुवादलाई उक्त शब्दको मुनि लेख्छन् । यस्तो अनुवादमा लक्षित भाषा अनुवादको हरेक पङ्तिको मुनि वृहत्तर संचारको भाषाको पङ्ति राखिन्छ । जाँचकीले हरेको शब्दको अनुवाद कसरी गरिएको छ भन्ने कुरा थाहा पाउनु यसको फाइदा हो । तिनले लक्षित भाषाको हरेक शब्दको अर्थहरू देख्छन् र फरक परिवेशमा ती शब्दहरूलाई कसरी प्रयोग गरिएको छ भन्ने थाहा पाउँछन् । वृहत्तर संचारको भाषाका पङ्तिहरू हरेक शब्दको अनुवाद गरेर तयार गरिनु यसको बेफाइदा हो । यसले पाठलाई पढ्न र बुझ्न कठिन बनाउँछ । यसले जाँचकीको मनमा धेरै प्रश्नहरू र असमझदारी उत्पन्न गराउँछ । यही कारणले गर्दा बाइबलको अनुवाद गर्दा हरेक शब्द-शब्द गरेर अनुवाद नगर्न सुझाब दिन्छौँ ।
यस्तो वापस अनुवादमा वापस अनुवादकले लक्षित भाषाको अनुवादभन्दा फरक ठाउँमा अनुवाद गर्छन् । वापस अनुवाद लक्षित भाषाको अनुवादसँग हुबहु आधारित नहुनु यस विधिको बेफाइदा हो । वापस अनुवाद गर्दा पद सङ्ख्या उल्लेख गरेर यो बेफाइदालाई कम गर्न सकिन्छ । दुबै अनुवादमा एकै किसिमको पद सङ्ख्याको प्रयोग गर्दा जाँचकीले कुन पदको अनुवाद कहाँ गरिएको छ भन्ने कुरा थाहा पाउँछन् । वृहत्तर संचारको भाषामा प्रयोग गरिने व्याकरण र शब्दक्रमको प्रयोग गरिनु यस विधिको फाइदा हो । यसो गर्दा जाँचकीलाई अनुवाद पढ्न र बुझ्न सहज हुन्छ । वापस अनुवाद गर्दा वृहत्तर संचारको भाषामा प्रयोग गरिने व्याकरण र शब्दक्रमको प्रयोग भए तापनि वापस अनुवाद गर्दा शाब्दिक रूपमा नै गर्नुपर्छ । वापस अनुवाद गर्दा स्वतन्त्र वापस अनुवादको प्रयोग गर्ने सुझाब दिन्छौँ ।
यदि कुनै शब्दको एउटै मात्र आधारभुत अर्थ छ भने त्यस्तो अवस्थामा वापस अनुवाद गर्दा उक्त आधारभुत अर्थको प्रतिनिधित्व गर्ने वृहत्तर संचारमा प्रयोग गरिने भाषाको शब्द प्रयोग गर्नुपर्छ । यदि लक्षित भाषाको कुनै एक शब्दको अर्थ सन्दर्भ अनुसार फरकफरक छन् भने उक्त सन्दर्भलाई सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने शब्दको छनौट गर्नुपर्छ । अनुवादकले अन्य अर्थहरूलाई कोष्ठकमा दिन सक्छन् ताकि जाँचकीहरूले उक्त शब्दको एकभन्दा धेरै अर्थहरू रहेछन् भन्ने जान्न सकून् । उदाहरणको लागि अनुवादकले वापस अनुवादको क्रममा अगाडि कुनै शब्दको अनुवाद गर्दा "जानु" शब्दको प्रयोग गरेका छन् भने नयाँ सन्दर्भमा "आउनु (जानु)" भनेर लेख्न सक्छन् ।
यदि लक्षित भाषाको अनुवादमा वाक्पद्धतिको प्रयोग गरिएको छ र उक्त वाक्पद्धतिलाई अक्षरश अनुवाद गरेर कोष्ठकमा त्यसको अर्थ लेख्दा अनुवाद जाँच गर्ने व्यक्तिलाई सजिलो हुन्छ । यसले वाक्पद्धतिको प्रयोग उक्त ठाउँमा हुने रहेछ भन्ने कुरा जाँचकीलाई थाहा हुन्छ र त्यसको अर्थ पनि थाहा हुन्छ । उदाहरणको लागि वापस अनुवादकले "उसले माटो खायो (ऊ मर्यो)" भनेर अनुवाद गर्न सक्छ । यदि उक्त वाक्पद्धतिको प्रयोग एक वा दुईभन्दा धेरै पटक गरिएको छ भने अनुवादकले हरेक पटक त्यसको अर्थ लेख्नु जरुरी छैन । त्यसलाई अक्षरश अनुवाद गर्नसक्छ वा त्यसको अर्थ मात्र लेख्नसक्छ ।
वापस अनुवाद गर्दा लक्षित भाषाको शब्दवर्गलाई वृहत्तर भाषाको शब्दवर्ग अनुसार राख्नुहोस् । यसको अर्थ यो हो कि नामलाई नामको, क्रियालाई क्रियाको र परिमार्जकलाई परिमार्जकको प्रयोग गरेर अनुवाद गरिनुपर्छ । यसले लक्षित भाषाले कसरी काम गर्छ भन्ने कुरा जान्ने काममा अनुवाद जाँच गर्ने व्यक्तिलाई सहायता मिल्छ ।
वापस अनुवाद गर्दा अनुवादकले लक्षित भाषाका उपवाक्यहरूलाई वृहत्तर भाषाको उपवाक्यहरू अनुसार राख्नुहोस् । उदाहरणको लागि लक्षित भाषाको उपवाक्यमा आज्ञाको प्रयोग गरिन्छ भने अनुवादमा पनि आज्ञाको प्रयोग गर्नुपर्छ यसको साटो सल्लाह वा अनुरोधको प्रयोग गर्नु हुँदैन । अथवा लक्षित भाषाको उपवाक्यमा आलङ्कारिक प्रश्नको प्रयोग गरिन्छ भने वापस अनुवादमा पनि प्रश्नको नै प्रयोग गरिनुपर्छ, वाक्य वा अभिव्यक्तिको प्रयोग गर्नुहुन्न ।
वापस अनुवाद गर्दा अनुवादकले लक्षित भाषाका विराम चिन्हहरूलाई वृहत्तर भाषाको उपवाक्यहरू अनुसार राख्नुहोस् । उदाहरणको लागि लक्षित भाषामा अल्पविरामको प्रयोग गरिन्छ भने वापस अनुवादमा अल्पविरामको प्रयोग गर्नुहोस् । पूर्णविराम, विश्मयादिबोधक, उद्धरण चिन्ह र अन्य विराम चिन्हहरूलाई दुवै अनुवादमा एकै किसिमले राख्नुपर्छ । यसले गर्दा जाँचकीहरूलाई वापस अनुवादका कुन भागले लक्षित भाषाको कुन भागको प्रतिनिधित्व गर्छन् भन्ने कुरा थाहा हुन्छ । वापस अनुवाद गर्दा सबै अध्याय र पद सङ्ख्याहरू साविककै ठाउँमा हुनुपर्छ ।
कहिलेकाहीँ लक्षित भाषाका शब्दहरू वृहत्तर भाषाका शब्दभन्दा जटिल हुनसक्छन् । यस्तो अवस्थामा वापस अनुवाद गर्दा लक्षित भाषाको शब्दमा लामो वाक्यांश राख्नुपर्छ । अनुवादक जाँचकीले अर्थ बुझ्न सकून् । उदाहरणको लागि कुनै एक शब्दलाई लक्षित भाषामा अनुवाद गर्दा वृहत्तर भाषामा प्रयोग गरिने "विष्पोटन हुनु" वा "सुतिरहनु होस्" जस्ता वाक्यांशहरूको प्रयोग गर्नुपर्छ । कुनै भाषाका कुनै शब्दहरूले वृहत्तर भाषामा समान अर्थ दिने शब्दभन्दा धेरै अर्थ दिन्छन् । यस्तो अवस्थामा अनुवादकले थप जानकारी समेट्नु जरुरी हुन्छ, उदाहरणको लागि "हामी (समावेशी)" वा "तिमी (स्त्रीलिङ्गी)" ।
वासप अनुवाद गर्दा वाक्यको ढाँचालाई वृहत्तर भाषामा स्वभाविक लाग्ने गरी अनुवाद गर्नुपर्छ, लक्षित भाषाको ढाँचामा प्रयोग गरिने ढाँचाको पालना गर्नुहुँदैन । यसको अर्थ यही हो कि वापस अनुवादले वृहत्तर संचारको भाषामा प्रयोग गरिने शब्दक्रमको प्रयोग गरिनुपर्छ, लक्षित भाषाको शब्दक्रमलाई होइन । यसरी नै वाक्यांशलाई एकअर्कासँग सम्बन्धित गराउने शब्दहरूलाई पनि वृहत्तर भाषामा स्वभाविक लाग्ने किसिमले अनुवाद गर्नुपर्छ । यसो गर्दा वापस अनुवाद जाँचकीको निम्ति पढ्न र बुझ्नलाई सहज हुन्छ । यसले वापस अनुवादलाई जाँच गर्ने कामर्यलाई पनि तिव्रता दिन्छ ।
अनुवाद सहज होस्, राम्रो देखियोस् र पढ्नलाई सजिलो होस् भन्नाका खातिर बाइबलको कुनै एक पुस्तकको अनुवाद गर्नु अगाडि, अनुवादको क्रममा र पछि गरिने जाँचहरू व्यवस्था गरिएको छ । यस खण्डमा भएका मोड्युलहरूले निम्न शीर्षकहरूमा थप जानकारी दिन्छन् ।
अनुवाद सुरु गर्नु अगाडि अनुवाद समूहले निम्न विषयहरूमा निर्णय गर्नुपर्छ ।
१. वर्णमाला (हेर्नुहोस् उचित वर्णमाला) २. हिज्जे (हेर्नुहोस् हिज्जेमा एकरूपता) ३. विराम चिन्ह (हेर्नुहोस् विराम चिन्हमा एकरूपता)
केही अध्यायहरूको अनुवादपछि अनुवादको क्रममा पत्ता लागेका समस्याहरूको समाधानको लागि अनुवाद समूहले केही निर्णयहरूको केही निर्णयहरूको संशोधन गर्नुपर्ने हुन्छ । प्याराटेक्स्ट (ParaTExt) को मदतद्वारा हिज्जे र विराम चिन्हमा भएका सङ्गतिहरूको जाँच पनि गर्न सक्नुहुन्छ ।
कुनै एउटा पुस्तक सकेपछि सबै पदहरू छन् कि छैनन् भनेर निश्चित गर्नको लागि जाँच गर्न र खण्डको शीर्षकको बारेमा निर्णय लिन सक्नुहुन्छ । अनुवाद गर्ने क्रममा नै खण्डका शीर्षकहरू लेख्नु उपयोगी हुन्छ ।
१. पदहरूको विन्यास (see पदहरूको पूर्ण विन्यास) २. खण्डका शीर्षकहरू (see खण्डका शीर्षकहरू)
अनुवाद पढ्दा शब्दहरूको हिज्जेसम्बन्धि यी प्रश्नहरू सोध्नुहोस् । यी प्रश्नहरूले भाषाको ध्वनीलाई प्रतिनिधित्व गर्ने उपयुक्त वर्णमालाको प्रयोग भएको छ कि छैन र शब्दहरूलाई पढ्न सहज हुनेगरी एकरूपले लेखिएको छ कि छैन भन्ने कुराको निर्क्यौल गर्न मदत गर्छन् ।
१. नयाँ अनुवादको ध्वनीलाई प्रतिनिधि गर्नको निम्ति वर्णमाला उपयुक्त छ?(अर्थमा भिन्नता ल्याउने तर अर्को ध्वनीको निम्ति पनि त्यही संकेतको प्रयोग गर्नुपर्ने किसिमका कुनै ध्वनीहरू छन्? के यसले शब्दहरूलाई पढ्न कठिन बनाउँछ? ती अक्षरहरूलाई मिलाउनको निम्ति कुनै थप चिन्हहरू थपेर भिन्नता देखाउन सकिन्छ?) २. पुस्तकमा प्रयोग गरिएको हिज्जेमा एकरूपता छ? (भिन्न-भिन्न परिवेशमा शब्दहरू परिवर्तन हुन्छन् भन्ने कुरा देखाउनको निम्ति लेखकले अनुसरण गर्नुपर्ने कुनै नियमहरू छन्? अरूले भाषालाई सहज तरिकाले पढ्न र लेख्न सकून् भनेर तिनको वर्णन गर्न सकिन्छ?) ३. अनुवादकले भाषा समुदायका प्रायः सबैले बुझ्ने अभिव्यक्तिहरू, वाक्यांशहरू, संयोजकहरू र हिज्जेको प्रयोग गरेको छ?
वर्णमाला वा हिज्जेमा कुनै कुरा ठीक छैन भने अनुवाद समूहसँग छलफल गर्नको निम्ति टिपोट बनाउनुहोस् ।
पाठकले अनुवादलाई सजिलै पढ्न र बुझ्नको लागि हिज्जेमा एकरूपता हुन जरूरी छ । लक्षितभाषामा लेखाइ र हिज्जेको परम्परा नभएको अवस्थामा यो कार्य कठिन छ । फरक-फरक खण्डहरूको अनुवाद गर्ने काम विविध मानिसहरूले गर्दा यो काम गर्न कठिन हुन्छ । यसैले हिज्जेको प्रयोग कसरी गर्ने भन्ने कुरामा निर्णय गर्नको निम्ती अनुवाद समूह एक पटक भेट गर्नु जरूरी छ ।
हिज्जे गर्न कठिन शब्दहरूको बारेमा समूहमा छलफल गर्नुहोस् । यदि शब्दहरूका आवाजलाई जस्ताको तस्तै व्यक्त गर्न सजिलो भएन भने तपाईंले प्रयोग गर्ने लेखाइको प्रणालीलाई परिवर्तन गर्नुहोस् । (हेर्नुहोस् वर्णमाला/हिज्जे प्रणाली)। यदि शब्दका आवाजलाई फरक तरिकाले व्यक्त गर्न सकिन्छ भने तिनको हिज्जे प्रणालीलाई व्यक्त गर्ने तरिकाको बारेमा समूहमा छलफल गर्नुहोस् । सहमतमा आएका शब्दहरूको वर्णक्रम अनुसारको सूची बनाउनुहोस् । समूहका हरेक सदस्यहरूले अनुवादको लागि सूचीको एक-एक प्रती लिनुपर्छ । कठिन शब्दहरू आएमा सूचीमा थप्दै जानुहोस् तर सबै जनासँग त्यो सूची उपलब्ध हुनुपर्छ । हिज्जेको सूचीको लागि स्प्रेडसिटको प्रयोग गर्नुहोस् ।
बाइबलमा भएका मानिस र ठाउँका नाउँहरूको हिज्जे कठिन हुनसक्छ किनकि लक्षितभाषामा तिनको प्रयोग हुँदैन । तिनलाई आफ्नो सूचीमा समेट्न नभुल्नुहोस् ।
हिज्जे जाँच गर्नको निम्ती कम्प्युटरहरू धेरै उपयोगी हुन्छन् । यदि तपाईं गेटवै भाषामा काम गर्दै हुनुहुन्छ भने वर्ड प्रोसेसरमा पहिले नै शब्दकोश राखिएको हुन्छ । यदि तपाईंले अरू भाषामा अनुवाद गर्दै हुनुहुन्छ भने गलत हिज्जेहरूलाई सच्याउनको निम्ती खोजेर प्रतिस्थापन गर्ने (find and replace) सुविधाको प्रयोग गर्न सक्नुहुन्छ । प्याराटेक्समा पनि हिज्जे जाँच गर्ने सुविधा हुन्छ, जहाँ तपाईंले शब्दका फरक-फरक हिज्जेहरू पाउन सक्नुहुन्छ । यसले उपलब्ध गराएका हिज्जेहरूमध्ये बाट तपाईंलाई ठीक लागेको हिज्जे छान्न सक्नुहुन्छ ।
कुनै वाक्यलाई कसरी पढिनु वा बुझिनु पर्छ भन्ने जनाउने चिन्ह नै "विराम चिन्ह" हो । विरामलाई जनाउने अल्प विराम वा पूर्ण विराम तथा वक्ताका वास्तविक शब्दहरूलाई घेर्ने उद्धरण चिन्हलाई उदाहरणको रूपमा लिन सकिन्छ । पाठकहरूले अनुवादलाई सही तरिकाले पढ्न र बुझ्नको निम्ती तपाईंले विराम चिन्हको एकरूपता कायम राख्नुपर्छ ।
अनुवाद गर्नु अगाडि अनुवाद समूहले अनुवादमा प्रयोग गरिने विराम चिन्ह प्रयोग विधिको बारेमा निर्णय गर्नुपर्छ । राष्ट्रिय भाषामा प्रयोग गरिने विराम चिन्ह प्रयोग गर्नु वा राष्ट्रिय भाषामा लेखिएको बाइबल वा सम्बन्धित बाइबलहरूमा प्रयोग गरिएको विराम चिन्हको प्रयोग गर्नु सबैभन्दा सजिलो तरिका हुन सक्छ । फरक-फरक किसिमका विराम चिन्हहरूको सही प्रयोग विधिलाई उदाहरण सहित अनुवादकहरूलाई प्रदान गर्नु उपयोगी हुन्छ ।
विराम चिन्हको प्रयोग निर्देशिका पाएर पनि अनुवादकहरूले गल्ती गर्न सक्छन् । यसको निम्ती पुस्तकको अनुवाद सकिएपछि त्यसलाई प्याराटेक्समा राख्ने र त्यसमा भएका विभिन्न विराम चिन्हहरूको जाँच गर्ने सल्लाह दिन्छौँ । प्याराटेक्सले यसमा भएका विराम चिन्हका गल्तीहरू देखाइदिन्छ । त्यसपछि तपाईंले ती ठाउँहरूको समीक्षा गरेर गल्ती भए नभएको हेर्न सक्नुहुन्छ । यदि गल्ती रहेछ भने सच्याउन सक्नुहुन्छ । विराम चिन्हको जाँच गरेपछि तपाईंको अनुवादमा विराम चिन्हको सही प्रयोग गरिएको छ भन्ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ ।
यस खण्डको उद्देश्य अनुवाद पूर्ण रूपमा सकियो भन्ने कुराको निश्चितता प्रदान गर्नु हो । यस खण्डमा, नयाँ अनुवादलाई स्रोत अनुवादसँग तुलना गरिनुपर्छ । यी दुई अनुवादहरूको तुलना गर्दा आफैंसँग यी प्रश्नहरू सोध्नुहोस्ः
१. अनुवादमा केही भाग छुटेका छन्? अर्को शब्दमा, के यस अनुवादले अनुवाद गरिएको पुस्तकका सबै घटनाहरू समेटेको छ? २. के यस अनुवादले अनुवाद गरिएको पुस्तकका सबै पदहरू समेट्छ? (के स्रोत भाषा अनुवादका सबै पदहरू लक्षित भाषा अनुवादमा समेटिएका छन्?) कहिलेकहीँ पदहरूको संख्या अनुवादअनुसार फरक पर्छ । उदाहरणको लागि, केही अनुवादमा पदहरूलाई एउटै समूहमा राखिएको हुन्छ वा कुनै पदलाई पाद-टिप्पणीमा राखिएको हुन्छ । स्रोत अनुवाद र लक्षित अनुवादमा यस्ता फरकहरू भए तापनि त्यस्तो अनुवादलाई पूर्ण मान्न सकिन्छ । ३. अनुवाद गर्न छुटेका ठाउँहरू छन् वा स्रोत अनुवादमा भन्दा फरक सन्देश दिने ठाउँ छन्? (शब्द र शब्दक्रमहरू फरक पर्न सक्छ, तर तर अनुवादकले प्रयोग गरेका शब्दहरूले स्रोत अनुवादसँग मिल्दो सन्देश दिनुपर्छ ।)
यदि अनुवाद पूर्ण नभएको ठाउँ पाइएमा अनुवाद समूहसँग छलफल गर्नको निम्ति त्यसको टिपोट बनाउनुहोस् ।
स्रोत भाषाको बाइबलमा भएका सबै पदहरू लक्षितभाषाको अनुवादमा हुनु जरूरी छ । भुलवस कुनै पनि पदहरू नछुटून भन्ने हामी चाहन्छौँ । तर कुनै बाइबलमा भएका पदहरू अन्य बाइबलमा नहुनुमा असल कारणहरू छन् ।
१. पाठगत भिन्नताहरू - बाइबलमा भएका केही पदहरू मूल बाइबलमा थिएनन् तर पछि थपिएका हुन् भन्ने विश्वास केही विद्वानहरूको छ । त्यसैले केही बाइबलका अनुवादकहरूले ती पदहरूलाई समावेश नगरेर पाद टिप्पणीको रूपमा तिनलाई राख्छन् । (यसको बारेमा थप जानकारीको लागि पाठगत भिन्नताहरूहेर्नुहोस् ।) ती पदहरू समावेश गर्ने वा नगर्ने भन्ने कुराको निर्णय अनुवाद समूहले गर्नुपर्छ । २. फरक सङ्ख्या - केही बाइबलहरूले अन्य बाइबलभन्दा फरक किसिमका पद सङ्ख्या गर्छन् । (यसको बारेमा थप जानकारीको लागि अध्याय र पद सङ्ख्याहेर्नुहोस् ।) कुन प्रणालीको प्रयोग गर्ने निर्णय अनुवाद समूहले गर्नुपर्छ । ३. पदलाई जोड्ने पुलहरू - केही अनुवादहरूमा जानकारीहरूलाई तर्कसंगत र बुझ्नलाई सजिलो बनाउनको निम्ती दुई वा दुईभन्दा बढी पदहरूलाई फरक तरिकाले मिलाएर राखिएका हुन्छन् । यस्तो अवस्थआमा पद सङ्ख्याहरूलाई जोडेर लेखिन्छ, उदाहरणको लागि ४-५ वा ४-६ । UST मा केही ठाउँमा यस्तो गरिएको छ र ULT मा विरलै मात्रामा यसो गरिएको छ । पद सङ्ख्या जहाँ हुनुपर्थ्यो त्यहाँ नभएको वा उल्लेख नगरिएको कारण केही पदहरू छुटेको जस्तो लाग्न सक्छ तर पदमा हुनुपर्ने कुराहरू त्यहाँ उल्लेख गरिएका हुन्छन् । (यसको बारेमा थप जानकारीको लागि, पदलाई जोड्ने पुलहरू हेर्नुहोस् ।) पदलाई जोड्ने पुलहरूको प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा अनुवाद समूहले निर्णय गर्नुपर्छ ।
अनुवादको समाप्तिपछि अनुवादमा छुटेका पदहरूको जाँच गर्नको निम्ति अनुवादलाई प्याराटेक्समा सार्नुहोस् । त्यसपछि जाँचलाई "अध्याय/पद सङ्ख्या" को निम्ति सुचारू गर्नुहोस् । प्याराटेक्सले पुस्तकभर छुटेका पदहरूको सूची दिन्छ । त्यसपछि हरेक ठाउँमा गएर माथि दिइएका तीन कारणले पदहरू छुटेका छन् वा गल्तीको कारणले छुटेका छन् सो पत्ता लगाउनुहोस् । यदि गल्तीको कारण छुटेका रहेछन् भने फेरि अनुवाद गर्नुपर्छ ।
खण्डका शीर्षकहरू प्रयोग गर्ने कि नगर्ने भन्ने निर्णय अनुवाद समूहले गर्नु पर्ने निर्णयहरू मध्ये एउटा निर्णय हो । खण्डका शीर्षकहरू बाइबलमा नयाँ विषय सुरु हुँदा राखिने नयाँ शीर्षकहरू जस्तै हुन् । खण्डको शीर्षकले कुनै खण्ड केको बारेमा छ भन्ने कुराको जानकारी दिन्छ । केही बाइबल अनुवादमा तिनको प्रयोग गरिएको छ भने कतिमा छैन । तपाईंको राष्ट्रिय भाषामा धेरै मानिसहरूले प्रयोग गर्ने अभ्यासको अनुसरण गर्न सक्नुहुन्छ । भाषा समुदायको रुची अनुसार गर्न सक्नुहुन्छ ।
खण्डका शीर्षकहरू प्रयोग गर्दा थप काम गर्नुपर्ने हुन्छ, किनकि तपाईंले बाइबलमा भएका पाठहरू बाहेक पनि हरेक शीर्षकलाई कि त आफैं लेख्नुपर्छ कि त अनुवाद गर्नुपर्छ । यसले अनुवादको निम्ती लामो समय लाग्छ । तर खण्डका शीर्षकहरू तपाईंका पाठकहरूका निम्ती लाभदायक हुन्छ । खण्डका शीर्षकहरूले कुन ठाउँमा नयाँ कुरा सुरु हुन्छ भन्ने कुरा थाहा पाउन सहज हुन्छ । कसैले कुनै विशेष कुरा बाइबलमा खोजी गर्दा उसले खोजी गरेको कुरा समेट्ने खण्डका शीर्षकहरू हेरेर नै उक्त कुरा पत्ता लगाउन सक्छ । त्यसपछि उसले त्यो खण्ड पढ्न सक्छ ।
तपाईंले खण्डका शीर्षकहरू राख्ने निर्णय गर्नुभयो भने कस्ता किसिमका शीर्षकहरू प्रयोग गर्ने भन्ने कुराको निर्णय लिनुपर्छ । भाषा समुदायले कस्तो कसिमको शीर्षक मन पराउँछन् भन्ने कुरा पत्ता लगाउनु राम्रो हुन्छ, र राष्ट्रिय भाषामा प्रयोग गरिने शैलीको प्रयोग पनि गर्न सकिन्छ । प्रयोग गरिएको खण्डको शीर्षक खण्डको एउटा भाग होइन भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ । यो धर्मशास्त्रको भाग नभइ विभिन्न खण्डहरूको निम्ती मार्गनिर्देशन मात्र हो । यसलाई पृथक देखाउनको निम्ती खण्डको शीर्षक अघि र पछि ठाउँ छोड्न वा फरक फन्टको प्रयोग गर्न वा अक्षरका आकार फरक पार्न सकिन्छ । राष्ट्रिय भाषामा यसको प्रयोग कसरी गरिएको छ हेर्नुहोस् र भाषा समुदायमा फरक-फरक विधिहरूको जाँच गर्नुहोस् ।
खण्डका शीर्षकहरू विविध किसिमका हुन्छन् । ती विभिन्न किसिमका शीर्षक मर्कूस २: १-१२ मा प्रयोग गर्दा कस्तो देखिन्छ भन्ने उदाहरणहरू यहाँ दिइएको छः
तपाईंले देख्नुभयो खण्डका शीर्षकहरू विभिन्न किसिमका हुनसक्छन् तर तिनका उद्देश्य भने एउटै हुन्छ । ती सबैले बाइबलको खण्डमा भएको मूल सन्देशको जानकारी दिन्छन् । कुनै छोटा र कुनै लामा हुन्छन् । कुनैले थोरै मात्र जानकारी दिन्छनन् भने कुनैले धेरै जानकारी दिन्छन् । तपाईंले विभिन्न किसिमका शीर्षकहरूको परीक्षण गर्न सक्नुहुन्छ, र मानिसहरूले कुनलाई राम्रो मान्छन् भनेर सोध्न सक्नुहुन्छ ।
मण्डली आफैंले अनुवादको गुणस्तर जाँच गर्ने प्रक्रियाको बारेमा वर्णन गर्नु यस खण्डको उद्देश्य हो । तल दिइएको जाँचले सबै किसिमका जाँचहरूको बारेमा नबताइ सबैभन्दा महत्त्वपूर्ण तरिकाहरूको बारेमा बताउँछ । अन्ततः कुन किसिमको जाँचको प्रयोग गर्ने, कहिले गर्ने, कसले गर्ने जस्ता कुराहरू निर्णय गर्ने जिम्मा मण्डलीको हो ।
यस जाँच विधिमा दुई किसिमका अभिव्यक्तिहरूको प्रयोग गरिएको छ । केही "हो/होइन" जवाफ आउने किसिमका छन् जसमा नकारात्मक जवाफले समाधान गर्नुपर्ने समस्या छ भन्ने जनाउँछ । अन्य खण्डहरूमा अनुवाद समूहहरू र जाँचकीहरूका निम्ती वरावर भार भएका विधि सहितका अभिव्यक्तिहरू प्रयोग गरिन्छन् । जाँचकीले (यसको सुरुवात अनुवाद समूहले गर्छ) हरेक अभिव्यक्तिमा ०-२ सम्मका अङ्क प्रदान गर्नुपर्छः
० - असहमत
१ - केही सहमत
२ - पूर्ण सहमत
समीक्षाको अन्तमा सबै जवाफको कुललाई जोड्नुपर्छ । यदि जवाफहरूले अनुवादको अवस्थालाई सही तवरले जनाएको खण्डमा तिनले समीक्षकहरूलाई अनुदित खण्डको सम्भावित गुणस्तरको बारेमा जानकारी दिन्छन् । यो फाराम सरल तरिकाले डिजाइन गरिएको छ र यसले समीक्षकलाई अनुवादमा गल्ती भएका ठाउँहरूको जाँच गर्ने वस्तुगत विधि प्रदान गर्छ । उदहरणको लागि, यदि अनुवादको "शुद्धता" राम्रो छ तर "स्वभाविकता" र "स्पष्टता" राम्रो छैन भने अनुवाद समूहले सामुदायिक जाँच धेरै गर्नुपर्छ ।
यो फाराम अनुदित बाइबलीय सामाग्रीका हरेक अध्यायको निम्ती प्रयोग गरिनुपर्छ । अनुवाद समूहले अन्य जाँचहरू सकिएपछि हरेक अध्यायको जाँच गर्नुपर्छ, त्यसपछि तह २ का मण्डलीका जाँचकीहरूले फेरि जाँच गर्नुपर्छ । त्यसपछि तह ३ का जाँचकीहरूले जाँचसूचीको आधारमा अनुवादको जाँच गर्नुपर्छ । मण्डलीले हरेक तहमा वृहत्तर जाँच गरिसकेपछि हरेक अध्यायको पहिला चार खण्डहरू (अवलोकन, स्वभाविकता, स्पष्टता, शुद्धता) बाट अङ्कलाई अद्यावधिक गर्नुपर्छ, यसले मण्डली समुदायलाई अनुवादको सुधार कसरी भइरहेको छ भन्ने जानकारी दिन्छ ।
यस प्रक्रियालाई पाँच भागमा विभाजन गरिएको छः अवलोकन (अनुवादको बारेमा जानकारी), स्वभाविकता, स्पष्टता, शुद्धता, र मण्डलीको अनुमोदन।
होइन | हो यो अनुवाद अर्थमा आधारित अनुवाद हो र यसले मूल पाठको अर्थलाई स्वभाविक, स्पष्ट र शुद्धसँग लक्षितभाषामा व्यक्त गरेको छ ।
होइन | हो अनुवादको जाँच गर्ने व्यक्तिहरूले बोल्ने भाषा लक्षितभाषा नै हो ।
होइन | हो यस अध्यायको अनुवाद विश्वासको अभिव्यक्तिसँग मेल खान्छ ।
होइन | हो यस अध्यायको अनुवाद अनुवाद निर्देशिकासँग अनुरुप छ ।
सामुदायिक जाँच धेरै पटक गरेर यस खण्डलाई मजबुद बनाउन सकिन्छ । (हेर्नुहोस् भाषा समुदायले गर्ने जाँच)
० १ २ अध्याय सुनेपछि यस अनुवादमा सही भाषिक बनावटको प्रयोग गरिएको छ भन्ने कुरामा यो भाषा बोल्ने व्यक्तिहरू सहमत छन्?
० १ २ अध्यायमा प्रयोग गरिएका मूल शब्दहरू सांस्कृती रूपले स्वीकारयोग्य र सही छन् भन्ने कुरामा यस भाषा बोल्ने व्यक्तिहरू सहमत छन् ।
० १ २ अध्यायमा प्रयोग गरिएका उदाहरण वा कथाहरू यस भाषा बोल्ने व्यक्तिहरूले सजिलै बुझ्न सक्छन् ।
० १ २ अध्यायमा प्रयोग गरिएका वाक्य-विन्यास र पाठको क्रम स्वभाविक र सही छन् भन्ने कुरामा यस भाषा बोल्ने व्यक्तिहरू सहमत छन् ।
० १ २ अध्यायको स्वभाविकताको समीक्षा गर्ने समुदायका सदस्यहरू यस अध्यायको अनुवादमा प्रत्यक्ष रूपमा सहभागी भएका थिएनन् ।
० १ २ अध्यायको स्वभाविकताको समीक्षा गर्ने व्यक्तिहरू विश्वासी र अविश्वासी दुबै वा बाइबलसँग त्यती परिचित नभएका व्यक्तिहरू थिए ।
० १ २ अध्यायको स्वभाविकताको समीक्षा गर्ने व्यक्तिहरू उही भाषा बोल्ने विभिन्न उमेर समूहका व्यक्तिहरू थिए ।
० १ २ अध्यायको स्वभाविकताको समीक्षा गर्ने व्यक्तिहरू महिला र पुरुष दुबै थिए ।
सामुदायिक जाँच धेरै पटक गरेर यस खण्डलाई मजबुद बनाउन सकिन्छ । (हेर्नुहोस् भाषा समुदायले गर्ने जाँच)
० १ २ यस अध्यायको अनुवादमा मातृभाषा बोल्ने व्यक्तिहरूले सजिलै बुझ्ने भाषाको प्रयोग गरिएको छ ।
० १ २ अध्यायमा प्रयोग गरिएका नाम, ठाउँ, र क्रियापदहरू सही भन्ने कुरामा यस भाषा बोल्ने व्यक्तिहरू सहमत छन् ।
० १ २ अध्यायमा प्रयोग गरिएका अलङ्कारहरू यस संकृतिमा भएका मानिसहरूका निम्ती अर्थपूर्ण छन् ।
० १ २ अध्यायको ढाँचाले अर्थमा विचलन ल्याएको भन्ने कुरामा यस भाषा बोल्ने व्यक्तिहरू सहमत छन् ।
० १ २ अध्यायको स्पष्टताको समीक्षा गर्ने समुदायका सदस्यहरू यस अध्यायको अनुवादमा प्रत्यक्ष रूपमा सहभागी भएका थिएनन् ।
० १ २ अध्यायको स्पष्टताको समीक्षा गर्ने व्यक्तिहरू विश्वासी र अविश्वासी दुबै वा बाइबलसँग त्यती परिचित नभएका व्यक्तिहरू थिए ।
० १ २ अध्यायको स्पष्टताको समीक्षा गर्ने व्यक्तिहरू उही भाषा बोल्ने विभिन्न उमेर समूहका व्यक्तिहरू थिए ।
० १ २ अध्यायको स्पष्टताको समीक्षा गर्ने व्यक्तिहरू महिला र पुरुष दुबै थिए ।
शुद्धताको जाँच धेरै पटक गरेर यस खण्डलाई मजबुद बनाउन सकिन्छ । (हेर्नुहोस् शुद्धताको जाँच)
० १ २ अनुवादमा सबै शब्दहरू समावेश भएका छन् भन्ने कुराको निश्चितताको लागि स्रोत पाठमा भएका सबै महत्त्वपूर्ण शब्दहरूको सूचीको प्रयोग यस अध्यायमा गरिएको छ ।
० १ २ यस अध्यायका सबै महत्त्वपूर्ण शब्दहरूको अनुवाद सही तरिकाले गरिएको छ ।
० १ २ यस अध्यायमा र अन्य ठाउँका सबै महत्त्वपूर्ण शब्दहरूको अनुवादमा एकरूपता ल्याइएको छ ।
० १ २ सम्पूर्ण अध्यायमा अनुवादका सम्भावित समस्याहरूको पहिचान र समाधानको निम्ती टिप्पणी र शब्द अनुवादजस्ता व्याख्यात्मक स्रोतहरूको प्रयोग गरिएको छ ।
० १ २ अनुवादमा स्रोत पाठमा भएका नाम, ठाउँ तथा घटनाहरूजस्ता ऐतिहासिक विवरणहरू सुरक्षित गरिएको छ ।
० १ २ अनुदित अध्यायमा भएका हरेक अलङ्कारको अर्थलाई मूल पाठसँग तुलना गरेर मिलाइएको छ ।
० १ २ अनुवादमा समावेश नभएका मातृभाषीहरूसँग यस अनुवादको जाँच गरिएको छ र यस अनुवादले स्रोत पाठले चाहेको अर्थ सही तरिकाले व्यक्त गरेको छ भन्ने कुरामा तिनीहरू सहमत छन् ।
० १ २ यस अध्यायको अनुवादलाई कम्तिमा पनि दुई स्रोत पाठसँग तुलना गरिएको छ ।
० १ २ यस अध्यायमा रहेका अर्थ सम्बन्धित प्रश्न तथा असहमतीहरू समाधान गरिएका छन् ।
० १ २ शब्दका परिभाषाहरू र मूल पाठको उद्देश्य अनुरूपको रहे नरहेको कुरा जाँच गर्नको निम्ती यस अध्यायको अनुवादलाई हिब्रू, ग्रीक र आरामिक जस्ता स्रोत पाठहरूसँग तुलना गरिएको छ ,
होइन | हो यो अनुवादको जाँच गर्ने व्यक्तिहरू लक्षितभाषा बोल्ने व्यक्तिहरू हुन् र यसमा स्रोत भाषा राम्ररी बुझ्ने व्यक्ती पनि सहभागी गराइएको छ ।
होइन | हो भाषा समुदायमा भएका पुरुष र स्त्री, वृद्ध र बालक सबैले यस अनुवादको समीक्षा गरेका छन् र यो स्वभाविक र स्पष्ट छ भन्ने कुरामा सहमत छन् । (टिप्पणी: यसले तह २ को समुदायको जाँचलाई सम्बोधन गर्छ ।)
होइन | हो अध्यायको अनुवादको समीक्षा कम्तिमा पनि दुई फरक मण्डली सञ्जालका मण्डली अगुवाहरूले गरेका छन् र यो सही छ भन्ने कुरामा सहमत छन् ।*(यसले तह २ को अन्तिम पक्ष मण्डलीको जाँच)लाई सम्बोधन गर्दछ, *
होइन | हो कम्तिमा पनि दुई मण्डली समुदायका नेतृत्ववर्ग वा प्रतिनीधिहरूले यस अनुवादको समीक्षा गरेका छन् र यो अध्यायको अनुवाद विश्वासयोग्य छ भनी समर्थन गरेका छन् ।(यसले तह ३ लाई सम्बोधन गर्छ ।)