Genesis 8

Genesis 8:1

परमेश्‍वरले पानी कसरी घटाइदिनुभयो ?

परमेश्‍वरले बतास चलाउनुभयो, पानीको मुल बन्द भयो र पानी पर्न रोकियो ।

Genesis 8:2

परमेश्‍वरले पानी कसरी घटाइदिनुभयो ?

परमेश्‍वरले बतास चलाउनुभयो, पानीको मुल बन्द भयो र पानी पर्न रोकियो ।

Genesis 8:4

जहाज कहाँ आएर अडियो ?

जहाज आरारातका पहाडहरूमा आएर अडियो ।

Genesis 8:9

Wपहिलो पटक नोआले जहाजबाट ढुकुर पठाउँदा के भयो ?

पहिलो पटक, ढुकुरले आफ्ना खुट्टा टेक्‍ने ठाउँ नपाएकोले त्यो नोआको जहाजमा नै फर्कियो ।

Genesis 8:11

नोआले दोस्रो पटक जहाजबाट ढुकुरलाई पठाउँदा के भयो ?

दोस्रो पटक, ढुकुर भद्राक्षको पात टिपेर फर्कियो ।

Genesis 8:12

तेस्रो पटक जहाजबाट ढुकुरलाई पठाउँदा के भयो ?

तेस्रो पटक, त्यो ढुकुर नोआकहाँ फर्किएन ।

Genesis 8:13

नोआले जहाजको छत उघारेर हेर्दा के देखे ?

नोआले जमिनको सतह सुख्खा देखे ।

Genesis 8:17

जब सबै जीवित प्राणीहरूले जहाज छाड्छन् , परमेश्‍वरले उनीहरू कहाँ गएको र के गरेको चाहनुहुन्थ्यो ?

परमेश्‍वरले सबै जीवित प्राणीहरू पृथ्वीमा फल्दै-फुल्दै र सङ्ख्यामा वृद्धि हुदैँ जाओस् भन्‍ने चाहनुहुन्थ्यो ।

Genesis 8:20

नोआले जहाजबाट निस्किएपछि के गरे ?

नोआले परमप्रभुको निम्ति वेदी बनाए र त्यसमा होमबलिहरू चढाए ।

Genesis 8:21

त्यस समयमा परमेश्‍वरले मानिस जातिसँग गर्नुभएको २ वटा प्रतिज्ञाहरू के थिए ?

परमेश्‍वरले पृथ्वीलाई फेरि नसराप्‍ने र सबै जीवित प्राणीलाई नाश नगर्ने प्रतिज्ञाहरू गर्नुभयो ।

परमेश्‍वरले बाल्यकालदेखि नै मानिसको स्वभाव के हो भनी भन्‍नुभयो ?

मानव-जातिको ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्‍ट थियो भनेर परमेश्‍वरले भन्‍नुभयो ।