Genesis 7
Genesis 7:2
कुन प्रजातिको ७ भाले र पोथी जहाजमा जानुपर्थ्यो ?
हरेक शुद्ध जीव-जन्तु र चराचुरुङ्गीहरूका ७ भाले र पोथी जहाजमा जानुपर्थ्यो ।
Genesis 7:4
कति समयसम्म पृथ्वीमा लगातार पानी परिरहनेछ भनी परमेश्वरले भन्नुभयो ?
परमेश्वरले चालिस दिन र चालिस रातसम्म लगातार पानी परिरहनेछ भनी भन्नुभयो ।
Genesis 7:6
पृथ्वीमा जलप्रलय आउँदा नोआ कति वर्षका थिए ?
पृथ्वीमा जलप्रलय आउँदा नोआ छ सय वर्षका थिए ।
Genesis 7:9
नोआले जहाजभित्र जीव-जन्तुहरू कसरी ल्याए ?
जीव-जन्तुहरू नोआकहाँ आए र जहाजभित्र पसे ।
Genesis 7:11
कुन २ वटा मुहानबाट जलप्रलयका पानीहरू आए ?
पानी विशाल अगाधका मूलहरूबाट र आकाशबाट आयो ।
Genesis 7:16
सबै मानिसहरू र जीव-जन्तुहरू जहाजमा पसिसकेपछि जहाजको ढोका कसले बन्द गरिदियो ?
उनीहरू भित्र पसेपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो ।
Genesis 7:20
पृथ्वीमा पानी कति माथिसम्म आयो ?
पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो ।
Genesis 7:21
जलप्रलयको कारण पृथ्वीमा के मरे ?
सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे ।
Genesis 7:23
पृथ्वीमा जीवित मानिसहरू को मात्र रहे ?
नोआ र उनीसँग जहाजमा भएकाहरू मात्र जीवित रहे ।