Matthew 26

Matthew 26:2

दुई दिनपछि यहूदीहरूको कुन चाड आउँदै छ भनेर येशूले भन्‍नुभयो ?

दुई दिनपछि निस्‍तार-चाड आउँदै छ भनेर येशूले भन्‍नुभयो । [२६:२]

Matthew 26:4

प्रधान पुजारीको दरबारमा मुख्‍य पुजारीहरू र एल्डरहरू भेला भएर के षड्यन्त्र गरिरहेका थिए ?

तिनीहरूले येशूलाई छलसित पक्रन र मार्न षड्यन्त्र गरिरहेका थिए । [२६:४]

Matthew 26:5

मुख्‍य पुजारीहरू र एल्डरहरू केसँग डराएका थिए ?

यदि तिनीहरूले चाडको बेलामा येशूलाई मारे भने, मानिसहरूमा खैलाबैला हुनेछ भनेर तिनीहरू डराएका थिए । [२६:५]

Matthew 26:6

जब स्‍त्रीले येशूको शिरमा महँगो अत्तर खन्याइन् तब चेलाहरूको प्रतिक्रिया कस्तो थियो ?

चेलाहरू रिसाए, र त्यो अत्तर बेचेर गरिबहरूलाई किन दिइएन भन्‍ने कुरा जान्‍न चाहे । [२६:६-९]

Matthew 26:7

जब स्‍त्रीले येशूको शिरमा महँगो अत्तर खन्याइन् तब चेलाहरूको प्रतिक्रिया कस्तो थियो ?

चेलाहरू रिसाए, र त्यो अत्तर बेचेर गरिबहरूलाई किन दिइएन भन्‍ने कुरा जान्‍न चाहे । [२६:६-९]

Matthew 26:8

जब स्‍त्रीले येशूको शिरमा महँगो अत्तर खन्याइन् तब चेलाहरूको प्रतिक्रिया कस्तो थियो ?

चेलाहरू रिसाए, र त्यो अत्तर बेचेर गरिबहरूलाई किन दिइएन भन्‍ने कुरा जान्‍न चाहे । [२६:६-९]

Matthew 26:9

जब स्‍त्रीले येशूको शिरमा महँगो अत्तर खन्याइन् तब चेलाहरूको प्रतिक्रिया कस्तो थियो ?

चेलाहरू रिसाए, र त्यो अत्तर बेचेर गरिबहरूलाई किन दिइएन भन्‍ने कुरा जान्‍न चाहे । [२६:६-९]

Matthew 26:12

ती स्‍त्रीले त्यो अत्तर येशूको शिरमा किन खन्याएकी थिइन् भनेर उहाँले भन्‍नुभयो ?

ती स्‍त्रीले त्यो अत्तर उहाँको दफनको निम्ति उहाँमा खन्याएकी थिइन् भनेर येशूले भन्‍नुभयो । [२६:१२]

Matthew 26:14

मुख्य पुजारीहरूको हातमा येशूलाई सुम्पिदिनको निम्ति यहूदा इस्करियोतलाई कति पैसा तिरिएको थियो ?

मुख्य पुजारीहरूको हातमा येशूलाई सुम्पिदिनको निम्ति यहूदा इस्करियोतलाई चाँदीका तिस सिक्‍का तिरिएको थियो । [२६:१४-१५]

Matthew 26:15

Matthew 26:21

साँझको भोजनको समयमा येशूले आफ्ना चेलाहरूमध्ये एक जनाको बारेमा के भन्‍नुभयो ?

चेलाहरूमध्ये एक जनाले उहाँलाई धोका दिनेछ भनेर येशूले भन्‍नुभयो । [२६:२१]

Matthew 26:24

येशूलाई धोका दिनेवाला चेलाको भविष्यको बारेमा उहाँले के भन्‍नुभयो ?

उहाँलाई धोका दिने मानिस नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो भनेर येशूले भन्‍नुभयो । [२६:२४]

Matthew 26:25

येशूलाई पक्राइदिने के यहूदा आफैँ नै हो भनेर उसले सोध्‍दा येशूले कसरी जवाफ दिनुभयो ?

येशूले जवाफ दिनुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।” [२६:२५]

Matthew 26:26

जब येशूले रोटी लिनुभयो, धन्यवाद दिनुभयो, त्‍यो भाँच्‍नुभयो र त्यो चेलाहरूलाई दिनुभयो तब उहाँले के भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।” [२६:२६]

Matthew 26:28

त्यसपछि येशूले चेलाहरूलाई दिनुभएको कचौराको विषयमा उहाँले के भन्‍नुभयो ?

धेरैका पापको क्षमादानको निम्ति बगाइएको यो करारमा भएको उहाँको रगत हो भनेर येशूले भन्‍नुभयो । [२६:२८]

Matthew 26:30

उहाँहरू जैतून डाँडामा हुँदा त्यो रात उहाँका सबै चेलाले के गर्ने थिए भनेर येशूले भन्‍नुभयो ?

त्यस रात उहाँको कारणले उहाँका सबै चेला पछि हट्ने थिए भनेर येशूले तिनीहरूलाई भन्‍नुभयो । [२६:३०-३१]

Matthew 26:31

उहाँहरू जैतून डाँडामा हुँदा त्यो रात उहाँका सबै चेलाले के गर्ने थिए भनेर येशूले भन्‍नुभयो ?

त्यस रात उहाँको कारणले उहाँका सबै चेला पछि हट्ने थिए भनेर येशूले तिनीहरूलाई भन्‍नुभयो । [२६:३०-३१]

Matthew 26:33

जब पत्रुसले येशूलाई उनी कहिल्यै पछि हट्नेछैनन् भनेर भने, तब उनले त्यो रात के गर्नेछन् भनेर येशूले भन्‍नुभयो ?

त्यस रात भाले बास्‍नुभन्दा अगि पत्रुसले येशूलाई तिन पल्‍ट इन्‍कार गर्नेछन् भनेर उहाँले भन्‍नुभयो । [२६:३३-३४]

Matthew 26:34

Matthew 26:37

येशूले प्रार्थना गर्नुहुँदा उहाँले पत्रुस र जब्‍दियाका दुई छोरालाई के गर्न भन्‍नुभयो ?

येशूले तिनीहरूलाई त्यहीँ बस्‍न र उहाँसँग जागा रहन भन्‍नुभयो । [२६:३७-३८]

Matthew 26:38

येशूले प्रार्थना गर्नुहुँदा उहाँले पत्रुस र जब्‍दियाका दुई छोरालाई के गर्न भन्‍नुभयो ?

येशूले तिनीहरूलाई त्यहीँ बस्‍न र उहाँसँग जागा रहन भन्‍नुभयो । [२६:३७-३८]

Matthew 26:39

येशूले प्रार्थनामा पितासँग के बिन्ती गर्नुभयो ?

सम्भव भए, त्यो कचौरा उहाँबाट हटोस्‌ भनेर येशूले बिन्ती गर्नुभयो । [२६:३९]

Matthew 26:40

येशू प्रार्थना गरेर फर्कनुहुँदा चेलाहरूले के गरिरहेका थिए ?

येशू प्रार्थना गरेर फर्कनुहुँदा चेलाहरू निदाइरहेका थिए । [२६:४०]

Matthew 26:42

येशूको आफ्नो इच्छा जस्तो भए तापनि कसको इच्छा पुरा होस् भनेर उहाँले प्रार्थना गर्नुभयो ?

येशूको आफ्नो इच्छा जस्तो भए तापनि पिताको इच्छा पुरा होस् भनेर उहाँले प्रार्थना गर्नुभयो । [२६:४२]

येशूले कति पटक चेलाहरूलाई छोडेर प्रार्थना गर्न जानुभयो ?

येशूले तिन पटक चेलाहरूलाई छोडेर प्रार्थना गर्न जानुभयो । [२६:४२-४४]

Matthew 26:43

येशूले कति पटक चेलाहरूलाई छोडेर प्रार्थना गर्न जानुभयो ?

येशूले तिन पटक चेलाहरूलाई छोडेर प्रार्थना गर्न जानुभयो । [२६:४२-४४]

Matthew 26:44

येशूले कति पटक चेलाहरूलाई छोडेर प्रार्थना गर्न जानुभयो ?

येशूले तिन पटक चेलाहरूलाई छोडेर प्रार्थना गर्न जानुभयो । [२६:४२-४४]

Matthew 26:47

येशूलाई पक्राउनको निम्ति चिनाउन यहूदाले भिडलाई के चिन्ह दियो ?

येशूलाई पक्राउनको निम्ति चिनाउन यहूदाले भिडलाई चिन्ह दिन येशूलाई चुम्बन गर्‍यो । [२६:४७-४८]

Matthew 26:48

येशूलाई पक्राउनको निम्ति चिनाउन यहूदाले भिडलाई के चिन्ह दियो ?

येशूलाई पक्राउनको निम्ति चिनाउन यहूदाले भिडलाई चिन्ह दिन येशूलाई चुम्बन गर्‍यो । [२६:४७-४८]

Matthew 26:51

येशू पक्राउ पर्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले के गरे ?

येशूका चेलाहरूमध्‍ये एक जनाले आफ्नो तरवार थुते, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गरी उसको कान काटिदिए । [२६:५१]

Matthew 26:53

यदि येशूले आफ्नो सुरक्षा गर्न चाहनुभएको भए, उहाँले के गर्न सक्‍नुहुन्थ्यो भनेर भन्‍नुभयो ?

उहाँले आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍नुहुन्थ्यो, जसले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टन पठाइदिनुहुने थियो भनेर येशूले भन्‍नुभयो । [२६:५३]

Matthew 26:54

यी घटनाहरूबाट के कुरा पुरा हुँदै छ भनेर येशूले भन्‍नुभयो ?

यी घटनाहरूबाट धर्मशास्‍त्र पुरा हुँदै छ भनेर येशूले भन्‍नुभयो । [२६:५४]

Matthew 26:56

त्यसपछि सबै चेलाले के गरे ?

त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे । [२६:५६]

Matthew 26:59

मुख्‍य पुजारी र सम्पूर्ण परिषद्ले येशूलाई मृत्‍युदण्‍ड दिनलाई के खोजिरहेका थिए ?

मुख्‍य पुजारी र सम्पूर्ण परिषद्ले येशूलाई मृत्‍युदण्‍ड दिनलाई उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए । [२६:५९]

Matthew 26:63

प्रधान पुजारीले येशूलाई जीवित परमेश्‍वरको नाउँमा के आज्ञा गरे ?

उहाँ परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ कि हुनुहुन्‍न भनेर तिनीहरूलाई बताउन प्रधान पुजारीले उहाँलाई आज्ञा गरे । [२६:६३]

Matthew 26:64

प्रधान पुजारीको आज्ञाप्रति येशूले के जवाफ दिनुभयो ?

येशूले तिनलाई भन्‍नुभयो, “त्यो तपाईं आफैँले नै भन्‍नुभएको छ ।” [२६:६४]

प्रधान पुजारीले के देख्‍नेछन् भनेर येशूले भन्‍नुभयो ?

प्रधान पुजारीले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नेछन् भनेर येशूले भन्‍नुभयो । [२६:६४]

Matthew 26:65

त्यसपछि प्रधान पुजारीले येशूको विरुद्धमा के अभियोग लगाए ?

प्रधान पुजारीले येशूको विरुद्ध ईश्‍वर-निन्‍दाको अभियोग लगाए । [२६:६५]

Matthew 26:67

तिनीहरूले येशूलाई अभियोग लगाएपछि उहाँलाई के गरे ?

तिनीहरूले उहाँको मुखमा थुके, उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए । [२६:६७]

Matthew 26:73

कसै-कसैले पत्रुसलाई तिनी येशूसँग थिए कि थिएनन् भनेर तिन पटक प्रश्‍न गर्दा उनले के उत्तर दिए ?

उनले येशूलाई चिन्दैनन् भनेर पत्रुसले जवाफ दिए । [२६:७३-७५]

Matthew 26:74

कसै-कसैले पत्रुसलाई तिनी येशूसँग थिए कि थिएनन् भनेर तिन पटक प्रश्‍न गर्दा उनले के उत्तर दिए ?

उनले येशूलाई चिन्दैनन् भनेर पत्रुसले जवाफ दिए । [२६:७३-७५]

पत्रुसले तेस्रो पटक उत्तर दिने बित्तिकै के भयो ?

पत्रुसले तेस्रो पटक उत्तर दिने बित्तिकै एउटा भाले बास्यो । [२६:७४]

Matthew 26:75

कसै-कसैले पत्रुसलाई तिनी येशूसँग थिए कि थिएनन् भनेर तिन पटक प्रश्‍न गर्दा उनले के उत्तर दिए ?

उनले येशूलाई चिन्दैनन् भनेर पत्रुसले जवाफ दिए । [२६:७३-७५]

पत्रुसको तेस्रो पटकको उत्तरपछि उनले के कुरा सम्झे ?

भाले बास्‍नुभन्दाअगि उनले येशूलाई तिन पटक इन्‍कार गर्ने थिए भनेर येशूले भन्‍नुभएको कुरा पत्रुसले सम्झे । [२६:७५]