Matthew 25

Matthew 25:3

निर्बुद्धि कन्याहरूले दुलहालाई भेट्न जाँदा के गरेनन् ?

निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरूको साथमा कत्ति पनि तेल लगेनन् । [२५:३]

Matthew 25:4

बुद्धिमती कन्याहरूले दुलहालाई भेट्न जाँदा के गरे ?

बुद्धिमती कन्याहरूले आफ्ना बत्तीहरूको साथमा तेलका भाँडाहरू लगे । [२५:४]

Matthew 25:5

दुलहा कुन समयमा आए, र के त्यो आशा गरिएको समय थियो ?

दुलहा मध्य रातमा आए, जुन आशा गरिएको समयभन्दा ढिलो थियो । [२५:५-६]

Matthew 25:6

दुलहा कुन समयमा आए, र के त्यो आशा गरिएको समय थियो ?

दुलहा मध्य रातमा आए, जुन आशा गरिएको समयभन्दा ढिलो थियो । [२५:५-६]

Matthew 25:10

जब दुलहा आए, तब ती बुद्धिमती कन्याहरूलाई के भयो ?

बुद्धिमती कन्याहरू दुलहासँग विवाहको भोजमा गए । [२५:१०]

जब दुलहा आए, तब ती निर्बुद्धि कन्याहरूलाई के भयो ?

ती निर्बुद्धि कन्याहरूलाई तेल किन्‍न जानुपर्ने भयो, र जब तिनीहरू फर्के तिनीहरूका निम्ति विवाहको भोजको ढोका बन्द गरियो । [२५:१०-१२]

Matthew 25:11

Matthew 25:12

Matthew 25:13

यी कन्याहरूको दृष्‍टान्तबाट विश्‍वासीहरूले के कुरा सिकेको येशूले चाहनुहुन्छ भनेर उहाँले भन्‍नुभयो ?

विश्‍वासीहरू जागा रहनुपर्छ, किनकि त्‍यो दिन र त्‍यो घडी तिनीहरूलाई थाहा छैन भनेर येशूले भन्‍नुभयो । [२५:१३]

Matthew 25:16

जब नोकरहरूका मालिक यात्रामा गए, तब पाँच सिक्‍का र दुई सिक्‍का पाउने नोकरहरूले ती सिक्‍काहरूलाई के गरे ?

पाँच सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का कमायो, र दुई सिक्‍का पाउने नोकरले पनि अरू दुई सिक्‍का कमायो । [२५:१६]

Matthew 25:18

जब एउटा सिक्‍का पाउने नोकरको मालिक यात्रामा गए, उसले त्यस एक सिक्‍कालाई के गर्‍यो ?

त्यस एक सिक्‍का पाउने नोकरले चाहिँ जमिनमा एउटा खाल्डो खन्यो र आफ्नो मालिकको पैसा त्यहीँ लुकायो । [२५:२८]

Matthew 25:19

मालिक कति समयको निम्ति यात्रामा गएका थिए ?

मालिक धेरै लामो समयको निम्ति यात्रामा गएका थिए । [२५:१९]

Matthew 25:20

मालिक यात्राबाट फर्केपछि पाँच सिक्‍का र दुई सिक्‍का पाउने नोकरहरूलाई उनले के गरे ?

मालिकले तिनीहरूलाई भने, “स्‍याबास, असल र विश्‍वासयोग्य नोकर !” र तिनीहरूलाई धेरै कुरामाथि अधिकार दिए । [२५:२०-२१]

Matthew 25:21

Matthew 25:26

मालिक यात्राबाट फर्केपछि एक सिक्‍का पाउने नोकरलाई उनले के गरे ?

मालिकले त्यसलाई भने, “ए दुष्‍ट, अल्‍छी नोकर”, र त्‍यसबाट त्यो एक सिक्‍का खोसे, र त्यसलाई बाहिरी अन्‍धकारमा फालिदिए । [२५:२६]

Matthew 25:31

जब मानिसका पुत्र आउनुहुनेछ र आफ्नो महिमामय सिंहासनमा बस्‍नुहुनेछ, तब उहाँले के गर्नुहुनेछ ?

मानिसका पुत्रले सबै जातिलाई भेला गर्नुहुनेछ र एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनुहुनेछ । [२५:३१-३२]

Matthew 25:32

Matthew 25:34

राजाको दाहिने हातपट्टि भएकाहरूले के पाउनेछन् ?

राजाको दाहिने हातपट्टि भएकाहरूले यस संसारको उत्‍पत्तिदेखि नै तिनीहरूका निम्‍ति तयार पारिएको राज्‍यलाई प्राप्‍त गर्नेछन् । [२५:३४]

Matthew 25:35

राजाको दाहिने हातपट्टि भएकाहरूले आफ्नो जीवनमा के गरे ?

राजाको दाहिने हातपट्टि भएकाहरूले आफ्नो जीवनमा भोकाएकाहरूलाई भोजन दिए, तिर्खाएकाहरूलाई पानी दिए, परदेशीहरूलाई आश्रय दिए, नाङ्गाहरूलाई वस्‍त्र पहिराइदिए, बिरामीहरूको वास्ता गरे, र झ्‍यालखानामा भएकाहरूलाई भेट्न गए । [२५:३५-३६]

Matthew 25:36

Matthew 25:41

राजाको देब्रे हातपट्टि भएकाहरूले के पाउनेछन् ?

राजाको देब्रे हातपट्टि भएकाहरूले दुष्‍ट र त्‍यसका दूतहरूका लागि तयार पारिएको अनन्‍तको आगोको दण्ड पाउनेछन् । [२५:४१]

Matthew 25:42

राजाको देब्रेपट्टि भएकाहरूले आफ्नो जीवनमा के गरेनन् ?

राजाको देब्रे हातपट्टि भएकाहरूले आफ्नो जीवनमा भोकाएकाहरूलाई भोजन दिएनन्, तिर्खाएकाहरूलाई पानी दिएनन्, परदेशीहरूलाई आश्रय दिएनन्, नाङ्गाहरूलाई वस्‍त्र पहिराइदिएनन्, बिरामीहरूको वास्ता गरेनन्, र झ्‍यालखानामा भएकाहरूलाई भेट्न गएनन् । [२५:४२-४३]

Matthew 25:43