Matthew 24

Matthew 24:2

येशूले यरूशलेमको मन्दिरको विषयमा के अगमवाणी गर्नुभयो ?

मन्दिरको एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् भनेर येशूले अगमवाणी गर्नुभयो । [२४:२]

Matthew 24:3

मन्दिरको बारेमा गरिएको अगमवाणी सुनेपछि चेलाहरूले येशूसँग कुन कुरा सोधे ?

यी कुराहरू कहिले हुनेछन्‌, र उहाँको आगमन र यस युगको अन्‍त्‍यको चिन्‍ह के हुनेछ भनेर चेलाहरूले येशूलाई सोधे । [२४:३]

Matthew 24:5

कस्ता प्रकारका मानिसहरूले धेरैलाई भड्काउनेछन् भनेर येशूले भन्‍नुभयो ?

धेरै जना म नै ख्रीष्‍ट हुँ भनी आउनेछन्, र धेरैलाई भड्काउनेछन् भनेर येशूले भन्‍नुभयो । [२४:५]

Matthew 24:6

कुन-कुन घटनाहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो ?

युद्ध, अनिकाल र भूकम्पहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो । [२४:६-८]

Matthew 24:7

कुन-कुन घटनाहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो ?

युद्ध, अनिकाल र भूकम्पहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो । [२४:६-८]

Matthew 24:8

कुन-कुन घटनाहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो ?

युद्ध, अनिकाल र भूकम्पहरू प्रसव-वेदनाको सुरुवात मात्र हुन् भनेर येशूले भन्‍नुभयो । [२४:६-८]

Matthew 24:9

त्यस समय विश्‍वासीहरूमाझ के हुनेछ भनेर येशूले भन्‍नुभयो ?

विश्‍वासीहरूले सङ्कष्‍ट भोग्‍नेछन् र धेरैले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन् भनेर येशूले भन्‍नुभयो । [२४:९-१०]

Matthew 24:10

त्यस समय विश्‍वासीहरूमाझ के हुनेछ भनेर येशूले भन्‍नुभयो ?

विश्‍वासीहरूले सङ्कष्‍ट भोग्‍नेछन् र धेरैले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन् भनेर येशूले भन्‍नुभयो । [२४:९-१०]

Matthew 24:13

येशूले को बचाइनेछ भनेर भन्‍नुभयो ?

अन्तसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ भनेर येशूले भन्‍नुभयो । [२४:१३]

Matthew 24:14

अन्त्य आउनुभन्दा अगि सुसमाचारको अवस्था कस्तो हुनेछ ?

अन्त्य आउनुभन्दा अगि राज्‍यको सुसमाचार सारा संसारमा प्रचार गरिनेछ । [२४:१४]

Matthew 24:15

जब विश्‍वासीहरूले त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्‍दछन्, तब तिनीहरूले के गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो ?

विश्‍वासीहरू पहाडहरूतिर भाग्‍नुपर्छ भनेर येशूले भन्‍नुभयो । [२४:१५-१८]

Matthew 24:16

Matthew 24:17

Matthew 24:18

Matthew 24:21

ती दिनमा महासङ्कष्‍ट कति ठुलो हुनेछ ?

ती दिनमा धेरै ठुलो महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म सबैभन्दा ठुलो हुनेछ । [२४:२१]

Matthew 24:24

झुटा ख्रीष्‍टहरू र झुटा अगमवक्‍ताहरूले धेरैलाई कसरी भड्काउनेछन् ?

झुटा ख्रीष्‍टहरू र झुटा अगमवक्‍ताहरूले धेरैलाई भड्काउन ठुला-ठुला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌ । [२४:२४]

Matthew 24:27

मानिसका पुत्रको आगमन कस्तो हुनेछ ?

जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । [२४:२७]

Matthew 24:29

ती दिनको महासङ्कष्‍टपछि सूर्य, चन्द्र र ताराहरूलाई के हुनेछ ?

सूर्य र चन्द्रमा अँध्यारो हुनेछन्, र ताराहरू आकाशबाट खस्‍नेछन्‌ । [२४:२९]

Matthew 24:30

मानिसका पुत्रलाई शक्ति र महामहिमासाथ आइरहेको देख्‍दा पृथ्‍वीका सबै जातिले के गर्नेछन्‌ ?

पृथ्‍वीका सबै जातिले विलाप गर्नेछन्‌ । [२४:३०]

Matthew 24:31

मानिसका पुत्रले आफ्‍ना स्‍वर्गदूतहरूलाई चुनिएकाहरूलाई भेला गर्न पठाउनुहुँदा केको आवाज सुनिनेछ ?

स्‍वर्गदूतहरूले चुनिएकाहरूलाई भेला गर्दा तुरहीको ठुलो आवाज सुनिनेछ । [२४:३१]

Matthew 24:34

यी सबै कुरा पुरा नभएसम्म के बितिजानेछैन भनेर येशूले भन्‍नुभयो ?

यी सबै कुरा पुरा नभएसम्म यो पुस्ता बितिजानेछैन भनेर येशूले भन्‍नुभयो । [२४:३४]

Matthew 24:35

के कुरा बितेर जानेछ, र के कुरा कहिल्यै बितेर जानेछैन भनेर येशूले भन्‍नुभयो ?

स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर उहाँका वचन कहिल्यै बितेर जानेछैनन् भनेर येशूले भन्‍नुभयो । [२४:३५]

Matthew 24:36

यी घटनाहरू कहिले हुनेछन् भन्‍ने विषयमा कसले जान्दछ ?

यी घटनाहरू कहिले हुनेछन् भन्‍ने विषयमा पिताले मात्र जान्‍नुहुन्छ । [२४:३६]

Matthew 24:37

मानिसका पुत्रको आगमन जलप्रलय आउनुभन्दाअगि नोआका दिनहरूजस्‍तै कसरी हुनेछ ?

मानिसहरू आउनेवाला र तिनीहरूलाई टाढा लैजानेवाला इन्साफबारे अजान भएर खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै व्यस्त हुनेछन् । [२४:३७-३९]

Matthew 24:38

Matthew 24:39

Matthew 24:42

येशूको आगमनको विषयमा विश्‍वासीहरूले कस्तो विचार राख्‍नुपर्छ भनेर उहाँले भन्‍नुभयो, र किन ?

विश्‍वासीहरू सधैँ तयार हुनुपर्छ भनेर येशूले भन्‍नुभयो, किनभने प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन । [२४:४२]

Matthew 24:45

मालिक टाढा भएको समयमा विश्‍वासयोग्य र बुद्धिमान् नोकरले के गर्छ ?

मालिक टाढा भएको समयमा विश्‍वासयोग्य र बुद्धिमान् नोकरले मालिकको घरको हेरचाह गर्छ । [२४:४५-४६]

Matthew 24:46

मालिक टाढा भएको समयमा विश्‍वासयोग्य र बुद्धिमान् नोकरले के गर्छ ?

मालिक टाढा भएको समयमा विश्‍वासयोग्य र बुद्धिमान् नोकरले मालिकको घरको हेरचाह गर्छ । [२४:४५-४६]

Matthew 24:47

मालिक घर फर्केपछि त्यस विश्‍वासयोग्य र बुद्धिमान् नोकरलाई उसले के गर्नेछ ?

मालिक घर फर्केपछि त्यस विश्‍वासयोग्य र बुद्धिमान् नोकरलाई उसले आफ्‍ना सारा सम्‍पत्तिमाथि जिम्मा दिनेछ । [२४:४७]

Matthew 24:48

मालिक टाढा भएको समयमा दुष्‍ट नोकरले के गर्छ ?

मालिक टाढा भएको समयमा दुष्‍ट नोकरले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्‌छ र मतवालाहरूसँग खान्छ र पिउँछ । [२४:४८-४९]

Matthew 24:49

मालिक टाढा भएको समयमा दुष्‍ट नोकरले के गर्छ ?

मालिक टाढा भएको समयमा दुष्‍ट नोकरले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्‌छ र मतवालाहरूसँग खान्छ र पिउँछ । [२४:४८-४९]

Matthew 24:51

मालिक घर फर्केपछि उसले दुष्‍ट नोकरलाई के गर्नेछ ?

मालिक घर फर्केपछि उसले दुष्‍ट नोकरलाई टुक्रा-टुक्रा पारी काट्नेछ र जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ त्यसलाई त्यहाँ पठाइदिनेछ । [२४:५१]