Matthew 18

Matthew 18:3

स्वर्गको राज्यमा प्रवेश गर्नलाई हामीले के गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो ?

स्वर्गको राज्यमा प्रवेश गर्नलाई हामीले पश्‍चात्ताप गर्नुपर्छ, र स-साना बालकहरूजस्‍ता हुनुपर्छ भनेर येशूले भन्‍नुभयो । [१८:३]

Matthew 18:4

स्वर्गको राज्यमा सबैभन्दा महान् को हुन्छ भनेर येशूले भन्‍नुभयो ?

जसले सानो बालकझैँ आफैँलाई नम्र बनाउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ भनेर येशूले भन्‍नुभयो । [१८:४]

Matthew 18:6

येशूमाथि विश्‍वास गर्ने सानाहरूमध्‍ये एउटैलाई पनि पाप गर्न लगाउनेलाई के हुन्छ ?

येशूमाथि विश्‍वास गर्ने सानाहरूमध्‍ये एउटैलाई पनि पाप गर्न लगाउनेको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याई त्यसलाई समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो । [१८:६]

Matthew 18:8

हामीलाई पाप गर्न लगाउने जुनसुकै कुरालाई हामीले के गर्नुपर्छ भनेर येशूले भन्‍नुभयो ?

हामीलाई पाप गर्न लगाउने जुनसुकै कुरालाई हामीले फ्याँक्‍नुपर्छ भनेर येशूले भन्‍नुभयो । [१८:८]

Matthew 18:10

हामीले सानाहरूमध्‍ये एक जनालाई पनि घृणा गर्नुहुँदैन भनेर येशूले किन भन्‍नुभयो ?

हामीले सानाहरूमध्‍ये एक जनालाई पनि घृणा गर्नुहुँदैन किनभने तिनीहरूका दूतहरूले सधैँ पिताको मुहार हेर्दछन् । [१८:१०]

Matthew 18:12

एउटा हराएको भेडालाई खोज्ने व्यक्‍ति कसरी स्वर्गमा हुनुहुने पिताझैँ हुन्छ ?

यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट होस् भन्‍ने स्‍वर्गमा हुनुहुने पिताको इच्‍छा हुँदैन । [१८:१२-१४]

Matthew 18:13

एउटा हराएको भेडालाई खोज्ने व्यक्‍ति कसरी स्वर्गमा हुनुहुने पिताझैँ हुन्छ ?

यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट होस् भन्‍ने स्‍वर्गमा हुनुहुने पिताको इच्‍छा हुँदैन । [१८:१२-१४]

Matthew 18:14

एउटा हराएको भेडालाई खोज्ने व्यक्‍ति कसरी स्वर्गमा हुनुहुने पिताझैँ हुन्छ ?

यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट होस् भन्‍ने स्‍वर्गमा हुनुहुने पिताको इच्‍छा हुँदैन । [१८:१२-१४]

Matthew 18:15

यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्दछ भने, तिमीले पहिला के गर्नुपर्छ ?

पहिले, तिमी जानुपर्छ र एकलै उसलाई आफ्नो गल्ती देखाइदिनुपर्छ । [१८:१५]

Matthew 18:16

यदि तिम्रो भाइले सुनेन भने, तिमीले गर्नुपर्ने दोस्रो कुरा के हो ?

दोस्रो, तिमीले आफ्‍नो साथमा अरू एक वा दुई जना भाइलाई साक्षीको रूपमा लैजानुपर्छ । [१८:१६]

Matthew 18:17

यदि तिम्रो भाइले अझै पनि सुनेन भने, तिमीले गर्नुपर्ने तेस्रो कुरा के हो ?

तेस्रो, तिमीले यस विषयलाई मण्डलीमा बताउनुपर्छ । [१८:१७]

यदि तिम्रो भाइले अझै पनि सुनेन भने, तिमीले के गर्नुपर्छ ?

अन्तमा, यदि उसले मण्डलीको कुरा पनि सुनेन भने, त्यसलाई एउटा गैरयहूदी र कर उठाउनेसरह व्यवहार गरिनुपर्छ । [१८:१७]

Matthew 18:20

जहाँ येशूको नाममा दुई वा तिन जना भेला हुन्छन्, त्यहाँ येशूले के कुराको प्रतिज्ञा गर्नुभयो ?

जहाँ दुई वा तिन जना येशूको नाममा भेला हुन्‍छन्‌, त्‍यहाँ तिनीहरूका माझमा म हुनेछु भनेर येशूले प्रतिज्ञा गर्नुभयो । [१८:२०]

Matthew 18:21

हामीले कतिपल्ट हाम्रो भाइलाई क्षमा दिनुपर्छ भनेर येशूले भन्‍नुभयो ?

हामीले हाम्रो भाइलाई सत्तरी गुणा सातपल्ट क्षमा दिनुपर्छ भनेर येशूले भन्‍नुभयो । [१८:२१-२२]

Matthew 18:22

हामीले कतिपल्ट हाम्रो भाइलाई क्षमा दिनुपर्छ भनेर येशूले भन्‍नुभयो ?

हामीले हाम्रो भाइलाई सत्तरी गुणा सातपल्ट क्षमा दिनुपर्छ भनेर येशूले भन्‍नुभयो । [१८:२१-२२]

Matthew 18:24

नोकरले आफ्नो मालिकलाई कति ऋण तिर्न बाँकी थियो, र के उसले आफ्नो मालिकलाई त्यो तिर्न सक्यो ?

नोकरले आफ्नो मालिकलाई दस हजार सुनका सिक्‍का तिर्न बाँकी थियो, र उसले त्यो तिर्न सकेन । [१८:२४-२५]

Matthew 18:25

नोकरले आफ्नो मालिकलाई कति ऋण तिर्न बाँकी थियो, र के उसले आफ्नो मालिकलाई त्यो तिर्न सक्यो ?

नोकरले आफ्नो मालिकलाई दस हजार सुनका सिक्‍का तिर्न बाँकी थियो, र उसले त्यो तिर्न सकेन । [१८:२४-२५]

Matthew 18:27

मालिकले आफ्नो नोकरको ऋण किन माफ गरिदियो ?

त्‍यस मालिक दयाले भरियो र उसले आफ्नो नोकरको ऋण माफ गरिदियो । [१८:२७]

Matthew 18:30

त्यस नोकरले एक सय दिनार तिर्न बाँकी आफ्नो सङ्गी नोकरलाई के गर्‍यो ?

त्यस नोकर धैर्य हुन इन्कार गर्‍यो, र उसले आफ्नो सङ्गी नोकरलाई झ्यालखानामा हालिदियो । [१८:३०]

Matthew 18:33

त्यस नोकरले आफ्नो सङ्गी नोकरलाई के गर्नुपर्ने थियो भनेर उसको मालिकले भन्यो ?

त्यस नोकरले आफ्नो सङ्गी नोकरलाई दया गर्नुपर्ने थियो भनेर उसको मालिकले भन्यो । [१८:३३]

Matthew 18:34

त्यसपछि मालिकले त्यो नोकरलाई के गर्‍यो ?

तब उसको मालिकले त्यस नोकरलाई ऋण चुक्ता नगरेसम्म सताउनेहरूका हातमा सुम्‍पिदियो । [१८:३४]

Matthew 18:35

यदि हामीले आफ्नो भाइलाई हृदयदेखि नै क्षमा दिएनौँ भने पिताले के गर्नुहुन्छ भनेर येशूले भन्‍नुभयो ?

यदि हामीले आफ्नो भाइलाई हृदयदेखि नै क्षमा दिएनौँ भने त्यस मालिकले आफ्नो नोकरलाई गरेजस्तै पिताले हामीसँग गर्नुहुनेछ भनेर येशूले भन्‍नुभयो । [१८:३५]