पत्रुस, याकूब र यूहन्ना येशूसँगै अग्लो पहाडमा गए । [१७:१]
येशूको रूप परिवर्तन भयो र उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्त्र प्रकाशझैँ उज्यालो भयो । [१७:२]
त्यहाँ मोशा र एलिया देखा परेर उहाँसँग बातचित गरे । [१७:३]
पत्रुसले तिन जना मानिसका निम्ति तिनवटा बासस्थान बनाउने प्रस्ताव गरे । [१७:४]
बादलबाट आएको आवाजले यस्तो भन्यो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्न छु; यिनको कुरा सुन ।” [१७:५]
मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म त्यस दर्शनको विषयमा कसैलाई नभन्नू भनी येशूले चेलाहरूलाई आज्ञा गर्नुभयो । [१७:९]
“एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन्” भनी येशूले भन्नुभयो । [१७:११]
बप्तिस्मा-दिने यूहन्ना नै एलिया हुन्, जो पहिले नै आएका थिए, र मानिसहरूले उनलाई जे मन लाग्यो त्यही गरेका थिए भनेर येशूले भन्नुभयो । [१७:१२-१३]
बप्तिस्मा-दिने यूहन्ना नै एलिया हुन्, जो पहिले नै आएका थिए, र मानिसहरूले उनलाई जे मन लाग्यो त्यही गरेका थिए भनेर येशूले भन्नुभयो । [१७:१२-१३]
चेलाहरूले त्यस छारे रोग लागेको ठिटोलाई निको पार्न सकेका थिएनन् । [१७:१४-१६]
चेलाहरूले त्यस छारे रोग लागेको ठिटोलाई निको पार्न सकेका थिएनन् । [१७:१४-१६]
चेलाहरूले त्यस छारे रोग लागेको ठिटोलाई निको पार्न सकेका थिएनन् । [१७:१४-१६]
येशूले भूतात्मालाई हकार्नुभयो, र त्यो ठिटो त्यस घडीदेखि निको भयो । [१७:१८]
चेलाहरूको कमजोर विश्वासको कारण तिनीहरूले त्यस छारे रोग लागेको ठिटोलाई निको पार्न सकिरहेका थिएनन् । [१७:२०]
येशूलाई मानिसहरूका हातमा सुम्पिइनेछ, जसले उहाँलाई मार्नेछन्, र तेस्रो दिनमा उहाँ जीवित भई उठ्नुहुनेछ भनी येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो । [१७:२२-२३]
येशूलाई मानिसहरूका हातमा सुम्पिइनेछ, जसले उहाँलाई मार्नेछन्, र तेस्रो दिनमा उहाँ जीवित भई उठ्नुहुनेछ भनी येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो । [१७:२२-२३]
येशूले पत्रुसलाई समुद्रमा गएर बल्छी हान्नू र पहिले जुन माछा पर्छ त्यसलाई तान्नू, जसको मुखमा कर तिर्नको लागि सिक्का हुनेछ भनेर भन्नुभयो । [१७:२७]