फरिसीहरू र सदुकीहरूले येशूको परीक्षा गर्न उहाँबाट स्वर्गको एउटा चिन्ह हेर्न चाहे । [१६:१]
येशूले फरिसीहरू र सदुकीहरूलाई योनाको चिन्ह दिन्छु भनेर भन्नुभयो । [१६:४]
येशूले आफ्ना चेलाहरूलाई फरिसी र सदुकीहरूको खमिरबाट होसियार रहन भन्नुभयो । [१६:६]
येशूले आफ्ना चेलाहरूलाई फरिसी र सदुकीहरूको शिक्षाबाट होसियार रहो भनेर बताइरहनुभएको थियो । [१६:१२]
येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन् ?” [१६:१३]
केही मानिसहरूले येशूलाई बप्तिस्मा-दिने यूहन्ना वा एलिया वा यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक भनी विचार गरे । [१६:१४]
पत्रुसले जवाफ दिए, “तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ ” । [१६:१६]
पत्रुसले येशूको प्रश्नको जवाफ थाहा पाए किनभने पिताले उनलाई प्रकट गर्नुभएको थियो । [१६:१७]
येशूले पत्रुसलाई स्वर्गको राज्यका साँचाहरू दिनुभयो, यसैले उनले पृथ्वीमा बाँधेका कुरा स्वर्गमा बाँधिनेछ र पृथ्वीमा फुकाएका कुरा स्वर्गमा फुकाइनेछ । [१६:१९]
उहाँ यरूशलेममा जानुपर्छ, धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी येशूले आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो । [१६:२१]
येशूले पत्रुसलाई भन्नुभयो, “ए शैतान, मेरो सामुन्नेबाट हटिजा ”! [१६:२३]
येशूको पछि लाग्न चाहने हरेकले आफैँलाई इन्कार गर्नुपर्छ, र आफ्नो क्रुस उठाउनुपर्छ । [१६:२४]
मानिसले सारा जगत् प्राप्त गरेर पनि आफ्नो जीवन गुमायो भने उसलाई केही लाभ हुँदैन । [१६:२६]
मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनुहुनेछ भनी येशूले भन्नुभयो । [१६:२७]
मानिसका पुत्र आउनुभएपछि उहाँले हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुनेछ । [१६:२७]
त्यहाँ खडा हुनेहरूमध्ये कोही-कोहीले मानिसका पुत्रलाई आफ्नो राज्यमा आइरहनुभएको देख्नेछन् भनेर येशूले भन्नुभयो । [१६:२८]