Matthew 15

Matthew 15:4

फरिसीहरूले आफ्ना परम्पराहरूको खातिर परमेश्‍वरको वचनलाई कसरी बेकम्मा बनाएका छन् भनी देखाउन येशूले कुन उदाहरण दिनुभयो ?

आफ्ना आमाबुबाबाट पाएको पैसालाई “परमेश्‍वरलाई दिइएको उपहार” को रूपमा लिएर फरिसीहरूले बालबालिकाहरूलाई आफ्ना आमाबुबालाई सहायता गर्नबाट बन्चित गराए । [१५:४-६]

Matthew 15:5

Matthew 15:6

Matthew 15:7

यशैयाले फरिसीहरूका ओठ र हृदयको विषयमा के अगमवाणी गरे ?

यशैयाले यसरी अगमवाणी गरे, कि फरिसीहरूले आफ्ना ओठले परमेश्‍वरलाई आदर गर्छन्, तर तिनीहरूका हृदय परमेश्‍वरबाट धेरै टाढा छन् । [१५:७-८]

Matthew 15:8

यशैयाले फरिसीहरूका ओठ र हृदयको विषयमा के अगमवाणी गरे ?

यशैयाले यसरी अगमवाणी गरे, कि फरिसीहरूले आफ्ना ओठले परमेश्‍वरलाई आदर गर्छन्, तर तिनीहरूका हृदय परमेश्‍वरबाट धेरै टाढा छन् । [१५:७-८]

Matthew 15:9

परमेश्‍वरको वचन सिकाउनुको सट्टा फरिसीहरूले सिद्धान्तको रूपमा के सिकाए ?

मानिसहरूले आज्ञा गरेका कुराहरूलाई फरिसीहरूले सिद्धान्तको रूपमा सिकाए । [१५:९]

Matthew 15:11

के कुराले मानिसलाई अशुद्ध पार्दैन भनेर येशूले भन्‍नुभयो ?

जे मानिसले खान्छ त्यो कुराले उसलाई अशुद्ध पार्दैन भनेर येशूले भन्‍नुभयो । [१५:११]

के कुराले मानिसलाई अशुद्ध पार्छ भनेर येशूले भन्‍नुभयो ?

मानिसको मुखबाट जे बाहिर निस्‍कन्‍छ, त्‍यसले नै मानिसलाई अशुद्ध पार्छ भनेर येशूले भन्‍नुभयो । [१५:११]

Matthew 15:14

येशूले फरिसीहरूलाई के नाम दिनुभयो, र उहाँले तिनीहरूलाई के हुनेछ भन्‍नुभयो ?

येशूले फरिसीहरूलाई दृष्‍टिविहीन अगुवाहरूको नाम दिनुभयो, र तिनीहरू खाल्डोमा खस्‍नेछन् भनेर उहाँले भन्‍नुभयो । [१५:१४]

Matthew 15:19

मानिसलाई अशुद्ध तुल्याउने के-कस्ता कुराहरू हृदयबाट निस्कन्छन् ?

दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् । [१५:१९]

Matthew 15:23

कनानी स्‍त्रीले येशूलाई दयाको लागि पुकार्दा येशूले पहिले के गर्नुभयो ?

येशूले तिनलाई केही जवाफ दिनुभएन । [१५:२३]

Matthew 15:24

येशूले कनानी स्‍त्रीलाई सहायता नगर्नुभएको विषयलाई उहाँले के भनी व्याख्या गर्नुभयो ?

येशू इस्राएलको घरानाको हराएका भेडाहरूका निम्‍ति मात्र पठाइनुभएको हो भनेर उहाँले व्याख्या गर्नुभयो । [१५:२४]

Matthew 15:28

कनानी स्‍त्रीले आफैँलाई नम्र तुल्याउँदा येशूले तिनलाई के भन्‍नुभयो, र तिनको निम्ति के गर्नुभयो ?

ती स्‍त्रीको विश्‍वास महान् रहेछ भनेर येशूले भन्‍नुभयो, र उहाँले तिनको इच्छा पुरा गरिदिनुभयो । [१५:२८]

Matthew 15:30

गालीलमा येशूकहाँ आएका ठुला भिडहरूका निम्ति उहाँले के गर्नुभयो ?

येशूले गुँगाहरू, लुलाहरू, लङ्गडाहरू र दृष्‍टिविहीनहरूलाई निको पार्नुभयो । [१५:३०-३१]

Matthew 15:31

गालीलमा येशूकहाँ आएका ठुला भिडहरूका निम्ति उहाँले के गर्नुभयो ?

येशूले गुँगाहरू, लुलाहरू, लङ्गडाहरू र दृष्‍टिविहीनहरूलाई निको पार्नुभयो । [१५:३०-३१]

Matthew 15:34

भिडलाई खुवाउनको निम्ति चेलाहरूसँग कतिवटा रोटी र माछाहरू थिए ?

चेलाहरूसँग सातवटा रोटी र केही स-साना माछाहरू थिए । [१५:३४]

Matthew 15:36

येशूले रोटी र माछा लिएर के गर्नुभयो ?

येशूले रोटी र माछा लिनुभयो, धन्‍यवाद दिनुभयो, रोटी भाँच्नुभयो र ती चेलाहरूलाई दिनुभयो । [१५:३६]

Matthew 15:37

सबैले खाइसकेपछि कति खानेकुरा उब्रिए ?

सबैले खाइसकेपछि सात डालाभरि उब्रिए । [१५:३७]

Matthew 15:38

रोटी र माछा कति मानिसहरूले खाए र तृप्‍त भए ?

चार हजार पुरुष र स्‍त्रीहरू अनि बालबालिकाहरूले खाए, र तृप्‍त भए । [१५:३८]