Matthew 14

Matthew 14:2

हेरोदले येशू को हुनुहुन्थ्यो भन्‍ने विचार गरेका थिए ?

हेरोदले येशू मृतकहरूबाट जीवित भई उठेका बप्‍तिस्मा-दिने यूहन्‍ना हुनुहुन्थ्यो भन्‍ने विचार गरेका थिए । [१४:२]

Matthew 14:4

हेरोदले कुनचाहिँ अनुचित कार्य गरिरहेका थिए, जसको विषयमा बप्‍तिस्मा-दिने यूहन्‍नाले उनलाई बताए ?

हेरोदले आफ्नो भाइकी पत्‍नीलाई विवाह गरेका थिए । [१४:४]

Matthew 14:5

हेरोदले बप्‍तिस्मा-दिने यूहन्‍नालाई किन तुरुन्तै मृत्युदण्ड दिएनन् ?

हेरोदले बप्‍तिस्मा-दिने यूहन्‍नालाई तुरुन्तै मृत्युदण्ड दिएनन् किनभने तिनी मानिसहरूदेखि डराउँथे जसले यूहन्‍नालाई अगमवक्‍ता ठान्‍दथे । [१४:५]

Matthew 14:7

हेरोदियासकी छोरीले हेरोदको जन्मदिनको निम्ति नाचेपछि उनले के गरे ?

हेरोदले हेरोदियासकी छोरीले जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे । [१४:७]

Matthew 14:8

हेरोदियासकी छोरीले के मागी ?

हेरोदियासकी छोरीले बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर एउटा थालमा दिनुहोस्‌ भनेर मागी । [१४:८]

Matthew 14:9

हेरोदले किन हेरोदियासकी छोरीको माग पुरा गरे ?

हेरोदले आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा हेरोदियासकी छोरीको माग पुरा गरे । [१४:९]

Matthew 14:14

आफूलाई ठुलो भिडले पछ्याइरहेको देख्दा येशूको प्रतिक्रिया कस्तो थियो ?

येशू ती मानिसहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो । [१४:१४]

Matthew 14:16

येशूले उहाँका चेलाहरूलाई भिडको निम्ति के गर्नलाई चुनौती दिनुभयो ?

येशूले आफ्ना चेलाहरूलाई भिडको निम्ति केही खानेकुरा दिनलाई चुनौती दिनुभयो । [१४:१६]

Matthew 14:19

चेलाहरूले येशूकहाँ ल्याएका पाँच रोटी र दुईवटा माछालाई उहाँले के गर्नुभयो ?

येशूले स्‍वर्गतिर हेर्नुभयो, धन्‍यवाद दिनुभयो, र रोटीहरू भाँचेर मानिसहरूलाई दिनू भनेर चेलाहरूलाई दिनुभयो । [१४:१९]

Matthew 14:20

कति जना मानिसहरूले खाए, र कति रोटी उब्रिए ?

करिब पाँच हजार पुरुष, रस्‍त्रीहरू र बालबालिकाहरूले खाए, र त्यहाँ बाह्र डाला उब्रिए । [१४:२०-२१]

Matthew 14:21

कति जना मानिसहरूले खाए, र कति रोटी उब्रिए ?

करिब पाँच हजार पुरुष, रस्‍त्रीहरू र बालबालिकाहरूले खाए, र त्यहाँ बाह्र डाला उब्रिए । [१४:२०-२१]

Matthew 14:23

येशूले भिडलाई बिदा गर्नुभएपछि उहाँले के गर्नुभयो ?

येशू एकलै प्रार्थना गर्न डाँडामा उक्‍लनुभयो । [१४:२३]

Matthew 14:24

समुद्रको बिचमा चेलाहरूलाई के भइरहेको थियो ?

चेलाहरूको डुङ्गा आँधी र छालहरूले गर्दा अनियन्त्रित भइरहेको थियो । [१४:२४]

Matthew 14:25

येशू चेलाहरूकहाँ कसरी जानुभयो ?

येशू चेलाहरूकहाँ पानीमाथि हिँड्‌दै जानुभयो । [१४:२५]

Matthew 14:27

चेलाहरूले येशूलाई देखेपछि उहाँले तिनीहरूलाई के भन्‍नुभयो ?

येशूले आफ्ना चेलाहरूलाई साहस गर्न र नडराउन भन्‍नुभयो । [१४:२७]

Matthew 14:29

येशूले पत्रुसलाई आएर के गर भन्‍नुभयो ?

येशूले पत्रुसलाई आएर पानीमाथि हिँड भनेर भन्‍नुभयो । [१४:२९]

Matthew 14:30

पत्रुस पानीमा किन डुब्‍न थाले ?

जब पत्रुस डराए, तब उनी पानीमा डुब्‍न थाले । [१४:३०]

Matthew 14:32

येशू र पत्रुस डुङ्गाभित्र जानुभएपछि के भयो ?

जब येशू र पत्रुस डुङ्गाभित्र जानुभयो, तब बतास थामियो । [१४:३२]

Matthew 14:33

जब चेलाहरूले यो देखे, तिनीहरूले के गरे ?

जब चेलाहरूले यो देखे, तिनीहरूले उहाँलाई दण्‍डवत्‌ गरे, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर भने । [१४:३३]

Matthew 14:35

येशू र उहाँका चेलाहरू समुद्रको पारिपट्टि जानुभएपछि मानिसहरूले के गरे ?

येशू र उहाँका चेलाहरू समुद्रको पारिपट्टि जानुभएपछि मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्‍याए । [१४:३५]