Matthew 3

Matthew 3:2

बप्‍तिस्मा -दिने यूहन्‍नाले उजाड-स्थानमा प्रचार गरेको सन्देश के थियो ?

यूहन्‍नाले यसरी प्रचार गरे, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।” [३:२]

Matthew 3:3

बप्‍तिस्मा -दिने यूहन्‍ना के गर्न आउने थिए भनेर यशैयाको भविष्यवाणीले बताएको थियो ?

बप्‍तिस्मा-दिने यूहन्‍नाले येशूको मार्ग तयार पार्ने थिए भनेर भविष्यवाणीले बताएको थियो । [३:३]

Matthew 3:6

यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएपछि मानिसहरूले के गरे ?

यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएपछि मानिसहरूले आफ्ना पापहरू स्‍वीकार गरे । [३:६]

Matthew 3:8

बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई के गर्नू भनेर बताए ?

बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाउनू भनेर बताए । [३:८]

Matthew 3:9

बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई तिनीहरूका माझमा के नसोच्न चेतावनी दिए ?

बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई तिनीहरूका पिता अब्राहाम थिए भनेर आफ्ना माझमा नसोच्न चेतावनी दिए । [३:९]

Matthew 3:10

यूहन्‍नाका अनुसार असल फल नफलाउने हरेक रुखलाई के हुनेछ ?

यूहन्‍ना भन्दछन्, कि असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ र आगोमा फ्याँकिनेछ । [३:१०]

Matthew 3:11

यूहन्‍नापछि आउनुहुनेले कसरी बप्‍तिस्मा दिनुहुने थियो ?

यूहन्‍नापछि आउनुहुनेले पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुने थियो । [३:११]

Matthew 3:15

येशूले यूहन्‍नालाई के भन्‍नुभयो जुन कुराले येशूलाई बप्‍तिस्मा दिनको निम्ति यूहन्‍नालाई राजी गरायो ?

सबै धार्मिकता पुरा गर्नको निम्ति यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिन उचित छ भनेर येशूले भन्‍नुभयो । [३:१५]

Matthew 3:16

पानीबाट बाहिर आउनुभएपछि येशूले के देख्‍नुभयो ?

जब येशू पानीबाट बाहिर आउनुभयो, उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो । [३:१६]

Matthew 3:17

येशूले बप्‍तिस्मा लिनुभएपछि स्वर्गबाट आएको आवाजले के भन्यो ?

स्वर्गबाट आएको आवाजले यस्तो भन्यो,“यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु ।” [३:१७]