Matthew 4

Matthew 4:1

दुष्‍टबाट परीक्षित हुन येशूलाई उजाड-स्थानमा कसले डोर्‍याउनुभयो ?

दुष्‍टबाट परीक्षित हुन येशूलाई उजाड-स्थानमा पवित्र आत्माले डोर्‍याउनुभयो । [४:१]

Matthew 4:2

येशू उजाड-स्थानमा कति समयसम्म उपवास बस्‍नुभयो ?

येशू उजाड-स्थानमा चालिस दिन र चालिस रातसम्म उपवास बस्‍नुभयो । [४:२]

Matthew 4:3

दुष्‍टले येशूलाई प्रस्तुत गरेको पहिलो परीक्षा कुन थियो ?

ढुङ्गालाई रोटीमा परिणत गर्न दुष्‍टले येशूलाई परीक्षा गर्‍यो । [४:३]

Matthew 4:4

पहिलो परीक्षामा येशूको उत्तर के थियो ?

येशूले भन्‍नुभयो, कि मानिस केवल रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनले जीवित रहन्छ । [४:४]

Matthew 4:5

दुष्‍टले येशूलाई प्रस्तुत गरेको दोस्रो परीक्षा कुन थियो ?

दुष्‍टले येशूलाई मन्दिरबाट हाम फाल्नको निम्ति परीक्षा गर्‍यो । [४:५-६]

Matthew 4:6

दुष्‍टले येशूलाई प्रस्तुत गरेको दोस्रो परीक्षा कुन थियो ?

दुष्‍टले येशूलाई मन्दिरबाट हाम फाल्नको निम्ति परीक्षा गर्‍यो । [४:५-६]

Matthew 4:7

दोस्रो परीक्षामा येशूको उत्तर के थियो ?

येशूले भन्‍नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू ।” [४:७]

Matthew 4:8

दुष्‍टले येशूलाई प्रस्तुत गरेको तेस्रो परीक्षा कुन थियो ?

यस संसारको सारा राज्यको बदलामा त्यसलाई दण्डवत् गर्नको निम्ति दुष्‍टले येशूलाई परीक्षा गर्‍यो । [४:८-९]

Matthew 4:9

दुष्‍टले येशूलाई प्रस्तुत गरेको तेस्रो परीक्षा कुन थियो ?

यस संसारको सारा राज्यको बदलामा त्यसलाई दण्डवत् गर्नको निम्ति दुष्‍टले येशूलाई परीक्षा गर्‍यो । [४:८-९]

Matthew 4:10

तेस्रो परीक्षामा येशूको उत्तर के थियो ?

येशूले भन्‍नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।” [४:१०]

Matthew 4:15

येशू गालीलको कफर्नहुममा जानुहुँदा के पुरा भयो ?

येशू गालीलको कफर्नहुममा जानुहुँदा गालीलका मानिसहरूले एउटा महान् ज्योति देख्‍नेछन् भन्‍ने यशैयाको भविष्यवाणी पुरा भयो । [४:१५-१६]

Matthew 4:16

येशू गालीलको कफर्नहुममा जानुहुँदा के पुरा भयो ?

येशू गालीलको कफर्नहुममा जानुहुँदा गालीलका मानिसहरूले एउटा महान् ज्योति देख्‍नेछन् भन्‍ने यशैयाको भविष्यवाणी पुरा भयो । [४:१५-१६]

Matthew 4:17

येशूले कुन सन्‍देश प्रचार गर्न सुरु गर्नुभयो ?

येशूले प्रचार गर्नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ ।” [४:१७]

Matthew 4:18

पत्रुस र अन्द्रियासले जीविकोपार्जनको निम्ति के गर्थे ?

पत्रुस र अन्द्रियास मछुवाहरू थिए । [४:१८]

Matthew 4:19

पत्रुस र अन्द्रियासलाई के बनाउनेछु भनी येशूले भन्‍नुभयो ?

पत्रुस र अन्द्रियासलाई मानिसहरूका मछुवाहरू बनाउनेछु भनी येशूले भन्‍नुभयो । [४:१९]

Matthew 4:21

याकूब र यूहन्‍नाले जीविकोपार्जनको निम्ति के गर्थे ?

याकूब र यूहन्‍ना मछुवाहरू थिए । [४:२१]

Matthew 4:23

त्यस समयमा सिकाउनको निम्ति येशू कहाँ जानुभयो ?

येशूले गालीलका सभाघरहरूमा सिकाउनुभयो । [४:२३]

Matthew 4:24

येशूकहाँ कस्ता मानिसहरूलाई ल्याइयो, र उहाँले तिनीहरूलाई के गर्नुभयो ?

बिरामी भएकाहरू र भूत लागेका मानिसहरू सबैलाई येशूकहाँ ल्याइयो, र येशूले तिनीहरूलाई निको पर्नुभयो । [४:२४]

Matthew 4:25

त्यस समयमा कति जना मानिसहरूले येशूलाई पछ्याइरहेका थिए ?

त्यस समयमा मानिसहरूको ठुलो भिडले येशूलाई पछ्याइरहेको थियो । [४:२५]