येशू यहूदियाको बेथलेहेममा जन्मनुभएको थियो । [२:१]
पूर्वबाट आएका ज्ञानी मानिसहरूले येशूलाई “यहूदीहरूका राजा” भन्ने नाम दिए । [२:२]
ती ज्ञानी मानिसहरूले यहूदीहरूका राजाको तारा पूर्वमा देखेका थिए । [२:२]
जब हेरोद राजाले ती ज्ञानी मानिसहरूको खबर सुने, तब तिनी बेचैन भए । [२:३]
ख्रीष्ट बेथलेहेममा जन्मनुहुने थियो भन्ने भविष्यवाणीबारे तिनीहरूलाई थाहा थियो । [२:५-६]
पूर्वको तारा येशू जन्मनुभएको ठाउँमा पुगेर नअडिएसम्म त्यो उनीहरूको अगि-अगि गयो । [२:६]
पूर्वको तारा येशू जन्मनुभएको ठाउँमा पुगेर नअडिएसम्म त्यो उनीहरूको अगि-अगि गयो । [२:९]
ज्ञानी मानिसहरूये शूलाई भेट्न आउँदा उहाँ बालक हुनुहुन्थ्यो । [२:११]
ज्ञानी मानिसहरूले येशूलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू दिए । [२:११]
ज्ञानी मानिसहरू अर्कै बाटो भएर घर फर्के किनभने परमेश्वरले उनीहरूलाई हेरोदकहाँ नफर्कनू भनी सपनामा चेतावनी दिनुभएको थियो । [२:१२]
येशू र मरियमलाई लिएर मिश्रमा भागेर जानू भनी योसेफले सपनामा निर्देशन पाए, किनकि हेरोदले येशूलाई मार्न खोजिरहेका थिए । [२:१३]
येशू पछि मिश्रबाट फर्किनुहुँदा, “मैले आफ्नो पुत्रलाई मिश्रबाट बोलाएको छु” भन्ने भविष्यवाणी पुरा भयो । [२:१५]
हेरोदले बेथलेहेमका दुई वर्ष पुगेका र त्यस मुनिका सबै बालकलाई मारे । [२:१६]
योसेफले इस्राएलको भूमिमा फर्कनको निम्ति निर्देशन पाए । [२:१९-२०]
योसेफले इस्राएलको भूमिमा फर्कनको निम्ति निर्देशन पाए । [२:१९-२०]
योसेफ मरियम र येशूसँग गालीलको नासरतमा बसोबास गरे । [२:२२-२३]
योसेफ मरियम र येशूसँग गालीलको नासरतमा बसोबास गरे । [२:२२-२३]
ख्रीष्टलाई नासरी भनिनेछ भन्ने भविष्यवाणी पुरा भयो । [२:२३]