Genesis 1

Genesis 01 General Notes

Structure and formatting

This chapter presents the first account of God creating the world. There is a pattern to this account: "God said ... God saw that it was good ... This was evening and morning, the first day." Translators should preserve this pattern in their versions.

Special concepts in this chapter
The universe

This account of creation is told within the framework of ancient Hebrew ideas about the universe: the earth was resting with water around it and below it. Over the earth was something like a vast dome, called "an expanse between the waters" (1:6), on top of which was more water. Translators should try to keep these original images in their work, even though readers in their project language might have a completely different idea of what the universe is like.

Evening and morning

Genesis 1 presents the ancient Hebrew idea of a day: it begins with sunset, lasts through the night and continues through the daylight hours until the next sunset. This pattern should be preserved in translation, even if readers in the project language define "day" differently.

Other possible translation difficulties in this chapter
"God said, 'Let there be'"

This expression occurs often in this chapter. It can be difficult to translate, because God is not shown as talking to a particular person. If God is talking to a thing, it is something not yet in existence. Translators should find the most natural way in the project language to signal the idea that God spoke things into existence; he created the world and the things in it by simply commanding that they should exist.

| >>

Genesis 1:1

आदिमा परमेश्‍वरले आकाशमण्‍डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो ।

"यो आदिमा परमेश्‍वरले कसरी आकाशमण्‍डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो भन्‍ने बारेमा हो ।"यो भनाइले बाँकीका अध्‍यायको सारांश दिँदछ । कुनै भाषाकाहरूले यसलाई यसरी अनुवाद गर्छन्, " धेरै लामो समय अघि परमेश्‍वरले आकाशमण्‍डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो ।" यो साँच्‍चै नै भयो र यो केवल दन्‍त्‍य कथा होइन भन्‍ने झल्‍काउने तरिकाले यसलाई अनुवाद गर्नुहोस् ।"

आदिमा

यसले संसारको र त्‍यसमा भएका सबै थोकको प्रारम्‍भको संकेत गर्छ ।

आकाशमण्‍डल र पृथ्‍वी

"आकाश, जमीन र त्‍यसमा भएका सबैथोक"

आकाशमण्‍डल

यहाँ यसले आकाशको संकेत गर्छ ।

निराकार र शून्‍य

परमेश्‍वरले संसारलाई अझै ठिक ठाँउमा राख्‍नुभएको थिएन ।

समुद्र

"पानी" वा "गहिरो पानी" ( EN-UDB) वा "अथाह पानी"

शब्द अनुवाद

Genesis 1:3

उज्यालो होस्

यो एउटा आज्ञा हो । आज्ञा दिएर उज्यालो अस्तित्‍वमा आउनुपर्छ, परमेश्‍वरले त्यसलाई अस्‍तित्‍वमा ल्याउनुभयो । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्‍यो असल थियो ।

"परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो र त्‍योदेखि प्रशन्‍न हुनुभयो ।"यहाँ "असल" को अर्थ "प्रशन्‍न तुल्याउने" वा "योग्‍य" हुन्छ ।

उज्यालोलाई अन्धकारबाट छुट्‍याउनु

"उज्‍यालो र अन्धकारलाई अलग गर्नु" वा "एक समयमा त्यसलाई उज्यालो बनाउनु र अर्को समयमा अन्धकार बनाउनु ।"यसले परमेश्‍वरले दिन र रात सृष्‍टि गर्नुभएको संकेत गर्दछ ।

साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन

परमेश्‍वरले पहिलो दिनमा यी कुराहरू गर्नुभयो जुन ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आयो ।

साँझ ... र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं त्यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्छ, अर्को दिनको सुरु हुन्छ । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-merism)

शब्द अनुवाद

Genesis 1:6

एउटा क्षेत्र होस् र त्यसले ... विभाजन गरोस्

यी आज्ञाहरू हुन् । आज्ञा दिएर क्षेत्र अस्‍तित्‍वमा आउनुपर्छ र यसले पानीलाई अलग गर्छ, परमेश्‍वरले यो अस्‍तित्‍वमा ल्याउनुभयो र पानी अलग गर्नुभयो । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

क्षेत्र

"ठूलो खाली क्षेत्र"। यहूदीहरूले यो क्षेत्रलाई घरको छानोको भित्री भागजस्‍तै आकार भएको वा माथिल्लोलाई तल उल्ट्‍याइएको कचौराको भित्री भागजस्‍तै सोचे ।

पानीको बिचमा

"पानीमा"

परमेश्‍वरले त्यो क्षेत्र बनाएर ... पानीलाई विभाजन गर्नुभयो ।

" यसरी परमेश्‍वरले क्षेत्र बनाउनुभयो र पानी विभाजन गर्नुभयो ।" परमेश्‍वर बोल्‍नुहुँदा यो हुन आयो । यो वाक्‍यले परमेश्‍वरले बोल्नुहुँदा के भयो भन्‍ने व्‍याख्‍या गर्छ ।

तब त्यस्तै भयो

"यो त्यसरी नै भयो" वा "भएको त्यही हो" ।परमेश्‍वरले जस्‍तो हुनुपर्छ भनी आज्ञा गर्नुभयो विल्‍कुल त्‍यसतै भयो ।यो वाक्यांश सम्‍पूर्ण अध्‍यायमा देखापर्छ र जहाँ देखापरेतापनि यसको समान अर्थ हुन्छ ।

साँझ ... र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं त्यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्छ अर्को दिनको सुरु हुन्छ । १:५ मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-merism)

दोस्रो दिन

यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको दोस्रो दिनको संकेत गर्छ । उत्पत्ति १:५ मा "पहिलो दिन" लाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्‍यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:9

पानी ... जम्‍मा होस्

यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्‍छ । यो एउटा आज्ञा हो । पानी जम्मा होस् भनेर आज्ञा दिएर परमेश्‍वरले त्यसलाई एकसाथ जम्मा गर्नुभयो ।उदाहरणको लागि "पानी ... जम्मा गरियोस्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive/WA-Catalog/ne_tm?section=translate#figs-imperative)

ओभानो जमिन देखा परोस्

पानीले जमिन ढाकेको थियो । अब पानी एकातिर सर्नेछ र जमिनका केही भाग देखापर्नेछ । यो एउटा आज्ञा हो । ओभानो जमिन देखापर्नुपर्छ भनी आज्ञा दिएर परमेश्‍वरले यो देखापर्ने बनाउनुभयो । अर्को अनुवादः "ओभानो जमिन देखियोस्" वा " ओभानो जमिन छर्लङ्‍ग देखियोस्" वा "ओभानो जमिन नढाकियोस् ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

ओभानो जमिन

यसले पानीले नढाकिएको जमिनको संकेत गर्छ । यसले खेती गर्ने अति ओभानो जमिनको संकेत गर्दैन ।

तब त्यस्तै भयो

"यो त्यसरी नै भयो" वा "भएको त्यही हो" । परमेश्‍वरले जस्‍तो हुनुपर्छ भनी आज्ञा गर्नुभयो विल्‍कुल त्‍यसतै भयो यो वाक्यांश सम्‍पूर्ण अध्‍यायमा देखापर्छ र जहाँ देखापरेतापनि यसको समान अर्थ हुन्छ ।उत्‍पत्ति १:७ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पृथ्‍वी

"भूमि" वा "जमिन"

उहाँले हेर्नुभयो, र त्‍यो असल थियो

यहाँ "त्‍यो"ले जमिन र समुद्रलाई संकेत गर्छ । १:३ मा तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:11

पृथ्‍वीले ... वनस्‍पति ... उमारोस्

यो आज्ञा हो । पृथ्‍वीमा वनस्‍पति उमर्नुपर्छ भन्‍ने आज्ञा दिएर परमेश्‍वरले यसलाई उम्रने बनाउनुभयो । अर्को अनुवाद : "पृथ्‍वीमा वनस्‍पति उम्रोस् ।" वा " पृथ्‍वीमा वनस्‍पति बढोस् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

vवनस्‍पति... बिउ हुने बोट-बिरुवाहरू र ... फल-फलाउने रुखहरू

"वनस्‍पति, प्रत्‍येक बिरुवा जसको बिउ हुन्‍छ र प्रत्‍येक रुख जसले फल फलाउँछ" वा वनस्‍पति । बिउहरू दिने बोट-बिरुवाहरू होस् र फल दिने रुखहरू होस् ।" वनस्‍पतिलाई यहाँ सामान्‍य शब्दावलीको रुपमा प्रयोग गरिएको छ जसमा सबै बोट-बिरुवाहरू र रुखहरू समावेश छन् ।

बोट-बिरुवाहरू

यी यस्ता किसिमका वनस्‍पति हुन् जसका काठे डाँठहरू हुनको सट्टा नरम डाँठहरू हुन्छन् ।

फलभित्र बिउ हुने फल-फलाउने रुखहरू

रुखहरू जसले फलभित्र बिउहरू भएका फल फलाउँछन् ।"

आ-आफ्नो प्रजातिअनुसार

बिउहरूले बिरुवाहरू र रुखहरू उमार्नेछन् जुन जसबाट तिनीहरू आए त्यस्‍तै हुनेछ। यसरी बिरुवाहरू र रुखहरूले "आफैलाई उमार्नेछन्। ( EN-UDB)

तब त्यस्तै भयो

"यो त्यसरी नै भयो" वा "भएको त्यही हो" । परमेश्‍वरले जस्‍तो हुनुपर्छ भनी आज्ञा गर्नुभयो विल्‍कुल त्‍यसतै भयो यो वाक्यांश सम्‍पूर्ण अध्‍यायमा देखापर्छ र जहाँ देखापरेतापनि यसको समान अर्थ हुन्छ ।उत्‍पत्ति १:७ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

परमेश्‍वरले हेर्नुभयो, र त्‍यो असल थियो

यहाँ "त्‍यो" ले वनस्‍पति, बिरुवाहरू र रुखहरूलाई संकेत गर्छ । १:९ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

साँझ ... र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्‍छ, अर्को दिनको सुरु हुन्‍छ । १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-merism)

तेस्रो दिन

यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको तेस्रो दिनको संकेत गर्छ ।उत्पत्ति १:५ मा " पहिलो दिन" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:14

आकाशमा ज्‍योतिहरू होऊन्

यो एउटा आज्ञा हो । ज्योतिहरू अस्‍तित्‍वमा आउनुपर्छ भन्‍ने आज्ञा दिएर परमेश्‍वरले त्यसलाई अस्‍तित्‍वमा ल्याउनुभयो ।( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

आकाशमा ज्‍योतिहरू

" आकाशमा चम्‍कने वस्‍तुहरू" " आकाशमा उज्‍यालो दिने वस्‍तुहरू ।" यसले सूर्य,चन्द्रमा र ताराहरूलाई जनाउँछ ।

आकाशमा

"आकाशको विस्‍तारमा" वा " आकाशको ठूलो क्षेत्रमा"

दिनलाई रातबाट अलग गर्न

दिनलाई रातबाट छुट्‍याउनु" यसको अर्थ "दिन र रात बिचको भन्‍नता बताउन हामीलाई सहायता गर्न ।" सूर्यको अर्थ यो दिनको समय हो र चन्द्रमा र ताराहरूको अर्थ यो रातको समय हो ।

तिनीहरू... चिन्हहरू होऊन्

यो एउटा आज्ञा हो । त्यसले चिन्हहरूको रुपमा सेवा गर्नुपर्छ भन्‍ने आज्ञा दिएर परमेश्‍वरले त्यसलाई चिन्हहरूको रुपमा सेवा गर्न लगाउनुभयो । अर्को अनुवाद: "तिनीहरूले चिन्हहरूको रुपमा सेवा गरुन् ।" वा " तिनीहरूले देखाऊन् ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

चिन्हहरू

यहाँ यसको अर्थ कुनैपनि कुरा जसले प्रकट गर्छ वा कुनै कुरालाई देखाउँछ ।

ऋतुहरू

"ऋतुहरू" ले मानिसहरूले मनाउने चाडपर्वको लागि छुट्टाइएको समय र मानिसहरूले गर्ने अरू कुराहरूलाई जनाउँछ।

ऋतुहरू, दिनहरू र वर्षहरूका निम्‍ति

सूर्य, चन्द्रमा र ताराहरूले बितिरहेको समयलाई देखाउँछ । यसले प्रत्‍येक हप्ता, महिना वा वर्षमा हुने घटनाहरूको लागि कुन समय हो भनी थाहा पाउन हामीलाई सहायता गर्छ ।

पृथ्‍वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्‍योतिहरू होऊन् ।

यो एउटा आज्ञा हो । पृथ्‍वीमा तिनीहरू चम्‍कनुपर्छ भन्‍ने आज्ञा दिएर परमेश्‍वरले तिनीहरूलाई पृथ्‍वीमा ज्‍योति दिने बनाउनुभयो ।( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

पृथ्‍वीमाथि उज्यालो दिनलाई

"पृथ्‍वीमाथि ज्‍योति चम्‍काउनु" वा "पृथ्‍वीलाई प्रज्‍जवलित पार्नु ।"पृथ्‍वी आफै चम्‍कँदैन तर यसलाई जगमग पारिन्‍छ र यसले ज्योति प्रतिबिम्बित पार्छ ।

तब त्यस्तै भयो

"यो त्यसरी नै भयो" वा "भएको त्यही हो" । परमेश्‍वरले जस्‍तो हुनुपर्छ भनी आज्ञा गर्नुभयो विल्‍कुल त्‍यसतै भयो । यो वाक्यांश सम्‍पूर्ण अध्‍यायमा देखापर्छ र जहाँ देखापरेतापनि यसको समान अर्थ हुन्छ ।उत्‍पत्ति १:७ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:16

परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो

"यसरी परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो" । यो वाक्यले परमेश्‍वरले बोल्नुहुँदा के गर्नुभयो भन्‍ने कुरा वर्णन गर्छ ।

दुईवटा विशाल ज्योति

"दुईवटा ठूलो ज्‍योति" वा "दुईवटा उज्‍यालो ज्‍योति" । सूर्य र चन्द्रमा दुईवटा विशाल ज्योतिहरू हुन् ।

दिनमाथि प्रभुत्व गर्न

" जसरी एउटा शासकले मानिसहरूको समूहलाई निर्देशन दिन्‍छ त्‍यसरी नै दिनको समयलाई निर्देशन गर्ने" वा "दिनको समयलाई अंकित गर्ने" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-personification/WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

दिन

यसले केवल दिउँसोको समयलाई जनाउँछ ।

सानो चाहिँ

"सानो ज्‍योति" वा "मधुरो ज्‍योति"

आकाशमा

"आकाशमण्‍डलमा" वा "आकाशको खुल्‍ला ठाँउमा"

उज्यालोलाई अन्धकारबाट अलग गर्न

"उज्यालोलाई अन्धकारबाट छुट्‍याउनु" वा "एक समयमा त्यसलाई उज्यालो बनाउनु र अर्को समयमा अन्‍धकार बनाउनु" । उत्‍पत्ति १:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।

यहाँ "त्‍यो" ले सूर्य, चन्‍द्रमा र ताराहरूलाई जनाउँछ । उत्‍पत्ति १:४ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

साँझ ... र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्‍छ अर्को दिनको सुरु हुन्‍छ । उत्‍पत्ति १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-merism)

चौथो दिन

यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको चौथो दिनलाई जनाउँछ । उत्‍पत्ति १:५ मा " पहिलो दिन" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:20

पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्

यो एउटा आज्ञा हो । जीवित प्राणीहरूले पानी भर्नुपर्छ भन्‍ने आज्ञा दिंदै परमेश्‍वरले तिनीहरूलाई अस्‍तित्‍वमा ल्याउनुभयो । कुनै-कुनै भाषामा सबै किसिमका माछा र समुद्री जीवहरूलाई जनाउने एउटै शब्‍द पनि हुनसक्‍छ ।अर्को अनुवादः "पानी धेरै जीवित प्राणीहरूले भरिऊन्" वा "पौडिने धेरै जीवहरू सागरमा बसून् " ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

पक्षीहरू उडून्

यो आज्ञा हो ।पंक्षीहरू उड्नुपर्छ भन्‍ने आज्ञा दिएर परमेश्‍वरले तिनीहरूलाई उड्‍ने बनाउनुभयो । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

पक्षीहरू

"उड्‍ने जीवहरू" वा "उड्‍ने कुराहरू"

माथि आकाशमा

"आकाशको खुल्‍ला क्षेत्र" वा " आकाश"

परमेश्‍वरले ... सृष्‍टि गर्नुभयो

"यसरी परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।"

विशाल जलचरहरू

"समुद्रमा बस्‍ने ठूला जीवहरू"

आ-आफ्नो प्रजातिअनुसार

समान "प्रजाति"का जीवित कुराहरू, जसबाट तिनीहरू आए त्यस्‍तै हुन्छन् । उत्पत्ति १:११,१२ मा "प्रजाति" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पखेटा भएका सबै पक्षीहरू

"पखेटा भएका हरेक उड्‍ने कुराहरू" ।सबै चराहरूको पखेटा हुनेभएकोले यदि चराहरूको लागि कुनै शब्‍द प्रयोग गरिन्छ भने कुनै-कुनै भाषाहरूमा "हरेक चरा" भन्‍नु नै बढी स्‍वभाविक हुनसक्छ ।

परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।

यहाँ "त्‍यो" ले पक्षीहरू र माछालाई जनाउँछ। उत्‍पत्ति १:४ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:22

आशिष् दिनुभयो

"उहाँले बनाउनुभएका जनावरहरूलाई आशिष् दिनुभयो ।"

फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ

यो परमेश्‍वरको आशिष् हो । उहाँले समुद्री जीवहरूलाई तिनीहरूजस्‍तै धेरै समुद्री जीवहरू उत्‍पादन गर्न भन्‍नुभयो ताकि तिनीहरूजस्‍ता धेरै समुद्रमा हुनेछन् । "वृद्धि" शब्‍दले कसरी तिनीहरू "फल्दै-फुल्दै" जानुपर्छ भन्‍ने वर्णन गर्छ ।( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublet/WA-Catalog/ne_tm?section=translate#figs-idiom)

वृद्धि

"संख्‍यामा धेरै बढ्नु" वा "धेरै हुनु"

पक्षीहरू वृद्धि होऊन्

यो एउटा आज्ञा हो ।पंक्षीहरू वृद्धि हुनुपर्छ भन्‍ने आज्ञा दिंदै परमेश्‍वरले पंक्षीहरूलाई वृद्धि गर्नुभयो । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

पक्षीहरू

"उड्‍ने जीवहरू" वा "उड्‍ने कुराहरू"। उत्पत्ति १:२० मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

साँझ ... र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्‍छ अर्को दिनको सुरु हुन्‍छ । उत्‍पत्ति १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-merism)

पाँचौँ दिन

यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको पाँचौँ दिनको संकेत गर्छ । उत्‍पत्ति १:५ मा " पहिलो दिन" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:24

पृथ्‍वीले... जीवित प्राणीहरू...उत्‍पन्‍न गरोस् ।

"पृथ्‍वीले जीवित कुराहरू उत्‍पन्‍न गरोस्" वा " पृथ्‍वीमा धेरै जीवित जनावरहरू बसोबास गरोस् ।" यो आज्ञा हो ।पृथ्‍वीमा जीवित प्राणीहरू उत्‍पादन हुनुपर्छ भन्‍ने आज्ञा दिंदै परमेश्‍वरले पृथ्‍वीमा जीवित प्राणीहरू उत्‍पन्‍न गर्नुभयो । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-imperative)

आ-आफ्नो प्रजातिअनुसारको

"ताकि प्रत्‍येक जनावरहरूले आफ्नो प्रजातिजस्‍तै जन्‍माउनेछन्।"

पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू

परमेश्‍वरले सबै प्रजातिहरूलाई बनाउनुभयो भन्‍ने यसले देखाउँछ ।यदि तपाईंको भाषामा सबै जनावरहरूलाई समूहगत गर्ने अरू कुनै तरिका छ भने तपाईंले त्‍यो प्रयोग गर्न सक्‍नुहुन्‍छ वा तपाईंले यी समूहहरू प्रयोग गर्न सक्‍नुहुन्‍छ ।

पाल्तु पशुहरू

मानिसहरूले रेखदेख गर्ने जनावरहरू

घस्रने जन्तुहरू

"साना जनावरहरू"

पृथ्वीका जङ्गली जनावरहरू

" जङ्गली पशुहरू" वा " हिंस्रक जनावरहरू"

तब त्यस्तै भयो

"यो त्यसरी नै भयो" वा "भएको त्यही हो" । परमेश्‍वरले जस्‍तो हुनुपर्छ भनी आज्ञा गर्नुभयो विल्‍कुल त्‍यसतै भयो । यो वाक्यांश सम्‍पूर्ण अध्‍यायमा देखापर्छ र जहाँ देखापरेतापनि यसको समान अर्थ हुन्छ ।उत्‍पत्ति १:७ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

परमेश्‍वरले ... जङ्गली जनावरहरू...बनाउनुभयो

"यो तरिकाले परमेश्‍वरले जङ्गली जनावरहरू बनाउनुभयो ।"

उहाँले हेर्नुभयो, र त्‍यो असल थियो

यहाँ "त्‍यो" ले पृथ्‍वीका जीवित प्राणीहरूलाई जनाउँछ । १:४ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:26

हाम्रो ... बनाऔं

यहाँ "हाम्रो" शब्‍दले परमेश्‍वरलाई जनाउँछ। परमेश्‍वरले उहाँले गर्नलाग्‍नुभएको कुरा भन्‍दै हुनुहुन्‍थ्यो । "हाम्रो" सर्वनाम बहुवचन हो ।बहुवचनको प्रयोगका सम्भावित कारणहरू यी हुन्: १) बहुवचनले परमेश्‍वरले स्‍वर्गीय चोकमा रहेका स्‍वर्गदूतहरूसँग केही छलफल गर्दैहुनुहुन्छ भन्‍ने देखाउँछ । वा २) बहुवचनले पछिको नयाँ करारको परमेश्‍वर पवित्र त्रिएकतामा हुनुहुन्छ भन्‍ने अर्थलाई पूर्वसंकेत गर्छ ।कोहीले यसलाई "मेरो ... बनाउँछु" वा "मेरो ... बनाउँनेछु" भनेर अनुवाद गर्छन् ।यदि तपाईं यसो गर्नुहुन्छ भने पादटिप्पणीमा यो शब्‍द बहुवचन हो भन्‍नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

मानिस

"मानव जातिहरू" वा "मानिसहरू" यहाँ यो शब्‍दले केवल पुरुषलाई मात्र जनाउँदैन ।

हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा

यी दुई वाक्यांशले समान अर्थ दिन्छ र परमेश्‍वरले मानव जातिलाई उहाँजस्‍तै हुन बनाउनुभयो भन्‍ने कुरालाई जोड दिन्छ । यो पदमा परमेश्‍वरले कस्‍तो तरिकाले मानिसलाई उहाँ जस्‍तै बनाउनुभयो भनेर भन्‍दैन । परमेश्‍वरको शरीर छैन, त्‍यसैले यसको अर्थ मानिसको शरीर परमेश्‍वरको जस्‍तै देखिन्छ भन्‍ने होइन ।अर्को अनुवादः "पूर्ण रुपले हामीजस्‍तै हुन" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublet/WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

अधिकार गरून्

"शासन गर्नु" वा "प्रभुत्व गर्नु"

परमेश्‍वरले मानिसलाई ...सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई ... सृष्‍टि गर्नुभयो ।

यी दुई वाक्‍यहरूको अर्थ एउटै हो र परमेश्‍वरले मानिसलाई आफ्नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो भन्‍ने कुरालाई जोड दिन्छ । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

परमेश्‍वरले मानिसलाई ...सृष्‍टि गर्नुभयो ।

परमेश्‍वरले मानिसलाई बनाउनुभएको तरिका उहाँले अरू थोकहरूलाई बनाउनुभएको तरिका भन्‍दा भिन्‍न थियो ।अघिल्लो पदहरूमा भनेजस्‍तै उहाँले मानिसलाई केवल बोलेर नै सृष्‍टि गर्नुभयो भनेर उल्लेख नगर्नुहोस् ।

शब्द अनुवाद

Genesis 1:28

परमेश्‍वरले तिनीहरूलाई आशिष‍् दिनुभयो

"तिनीहरू" शब्‍दले परमेश्‍वरले सृष्‍टि गर्नुभएको नर र नारीलाई जनाउँछ ।

फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ

उहाँले नर र नारीलाई तिनीहरूजस्‍तै धेरै मानिसहरू जन्माउन भन्‍नुभयो ताकि तिनीहरूजस्‍ता धेरै हुनेछन् । "वृद्धि" शब्‍दले कसरी तिनीहरू "फल्दै-फुल्दै" जानुपर्छ भन्‍ने वर्णन गर्छ । उत्पत्ति १: २२ मा तपाईंले यो कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-doublet/WA-Catalog/ne_tm?section=translate#figs-idiom)

पृथ्वीमा भरिँदै जाओ

पृथ्‍वीलाई मानिसले भर ।

शब्द अनुवाद

Genesis 1:30

सामान्‍य जानकारी

परमेश्‍वर निरन्‍तर बोल्नुहुन्छ ।

आकाशका हरेक पक्षीहरू

"आकाशमा उड्‍ने सबै पंक्षीहरू"

जीवन भएका हरेक प्राणी

"जसले सास फेर्छ । (EN-UDB)"यो वाक्यांशले यी जनावरहरूको बोट- बिरुवाहरूको भन्दा भिन्‍न प्रकारको जीवन थियो भन्‍ने जोड दिन्छ । बोट- बिरुवाहरूले सास फेर्दैन र ती जनावरहरूको लागि खानाको रुपमा प्रयोग गरिनुपर्‍थ्‍यो ।यहाँ "जीवन"को अर्थ भौतिक जीवन हो ।

तब त्यस्तै भयो

"यो त्यसरी नै भयो" वा "भएको त्यही हो" । परमेश्‍वरले जस्‍तो हुनुपर्छ भनी आज्ञा गर्नुभयो विल्‍कुल त्‍यसतै भयो ।यो वाक्यांश सम्‍पूर्ण अध्‍यायमा देखापर्छ र जहाँ देखापरेतापनि यसको समान अर्थ हुन्छ ।उत्‍पत्ति १:७ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यो ज्यादै असल थियो

अहिले जब परमेश्‍वरले उहाँले बनाउनुभएको सबैथोक हेर्नुभयो, त्‍यो "ज्‍यादै असल" थियो । उत्पत्ति १:१० मा तपाईंले "त्‍यो असल थियो" कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

साँझ ...र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्‍छ अर्को दिनको सुरु हुन्‍छ । १:५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-merism)

छैटौँ दिन

यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको छैटौँ दिनको संकेत गर्छ । उत्‍पत्ति १:५ मा " पहिलो दिन" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् ।

शब्द अनुवाद