Other

“समाचारवाहक

परिभाषा:

समाचारवाहक” भन्‍ने शब्दले, अरूलाई सुनाउनको निम्ति संदेश पाएको व्यक्त्तिलाई जनाउँछ ।

  • प्राचीन कालमा, समाचारवाहकलाई युद्धको मैदानबाट सहरमा भएका मानिसहरूलाई जानकारी दिन सहर पठाइन्थ्यो ।
  • स्वर्गदूत विशेष प्रकारका समाचारवाहक हुन् जसलाई परमेश्‍वरले मानिसहरूलाई सन्देश दिन पठाउनुहुन्छ । कतिपय अनुवादहरूमा “स्वर्गदूत” लाई “समाचारवाहक” भनेर अनुवाद गरिएको पाइन्छ ।
  • अगमवक्त्ता, अरू मानिसहरूलाई परमेश्‍वरको शिक्षा, चेतावनी र अन्य प्रकारका सन्देशहरू दिने व्यक्त्ति हो ।
  • बप्‍तिस्मा दिने यूहन्‍ना येशू भन्दा अगि आउने समाचारवाहक थिए जसले मानिसहरूलाई मसीहको आगमनको बारेमा बताउन र उहाँलाई ग्रहण गर्न उनीहरूलाई तयार पार्न उहाँ भन्दा अगि आए ।
  • येशूका प्रेरितहरू उहाँका समाचारवाहकहरू थिए जसले अरू मानिसहरूकहाँ गएर परमेश्‍वरको राज्यको बारेमा सुसमाचार सुनाए ।

अचम्म, छक्‍क, दङ्ग परेको, आश्‍चर्यचकित परेको

परिभाषा:

यी सबै शब्दहरूले “केही अद्भूत कुरो भएकोले ज्यादै चकित” परेको अवस्थालाई जनाउँछन् ।

  • यी केही शब्दहरू ग्रिक टुक्‍काहरूका अनुवादहरू हुन्, जसको अर्थ हुन्छ, “आश्‍चर्यले रोकिनु” वा “... को बाहिर उभिनु ।” ज्यादै छक्‍क परेको वा दङ्ग परेको व्‍यक्‍तिले कसरी अनुभूति गर्दै थियो भनी यी टुक्‍काहरूले व्यक्त गर्छन् । यसलाई व्यक्त गर्न अरू भाषाहरूमा पनि यस्ता टुक्‍काहरू हुन सक्छन् ।
  • विस्मय वा छक्‍क पार्ने कुरो अक्सर आश्‍चर्यकर्म हुन्थ्यो । आश्‍चर्यकर्म भनेको त्यस्तो कुरो हो, जुन परमेश्‍वरले मात्र गर्न सक्‍नुहुन्छ ।
  • यी शब्दहरूको अर्थमा साधारणतया भ्रमका अनुभूतिहरू पर्छन्, किनकि जे भएको थियो, त्यो पूर्णतः अनपेक्षित थियो र त्यो साधारणतया हुनेभन्दा परको कुरो थियो ।
  • यी शब्दहरूलाई “अत्यन्तै छक्‍क परेको” वा “निकै दङ्ग परेको” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “विचित्रको” (उदेकको, अचम्मको), “विस्मय,” र “ताज्जुब” सम्बन्धित शब्दहरू हुन् ।
  • साधारण रूपमा भन्‍नुपर्दा, यी शब्दहरू सकारात्मक छन्, र घटेका घटनाहरूबारे मानिसहरू खुसी थिए भनी यिनले व्यक्त गर्छन् ।

अतल-कुण्ड

परिभाषा:

शब्द “अतल-कुण्ड” ले ज्यादै ठुलो र गहिरो खाडल वा पिँध नभएको दरारलाई जनाउँछ ।

  • बाइबलमा “अतल-कुण्ड” दण्डको स्थान हो ।
  • उदाहरणको लागि, येशूले एउटा मानिसबाट दुष्‍टात्माहरूलाई बाहिर निस्केर आउन आज्ञा दिनुहुँदा तिनीहरूलाई “अतल-कुण्ड” मा नपठाइयोस् भनी तिनीहरूले उहाँलाई बिन्ती गरे ।
  • “अतल-कुण्ड” लाई “पिँधविनाको खाडल” वा “गहिरो दरार” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “चिहान” वा “पाताल” वा “नरक” भन्दा फरक किसिमले अनुवाद गरिनुपर्छ ।

अधर्मी, अधार्मिकता

परिभाषा:

“अधर्मी” शब्दको अर्थ हुन्छ‒ पापिष्‍ठ र नैतिक रूपमा भ्रष्‍ट हुनु । “अधार्मिकता” ले पाप वा पापिष्‍ठ हुने अवस्थालाई जनाउँछ ।

  • यी शब्दहरूले खास गरी त्यस्तो जीवन यापनलाई उल्लेख गर्छन् जसले परमेश्‍वरका शिक्षा र आज्ञाहरूलाई उल्लङ्घन गर्छन् ।
  • अधर्मी मानिसहरू तिनीहरूका विचार र काममा अनैतिक हुन्छन् ।
  • कहिले काहीँ “अधर्मीहरू” ले येशूमा विश्‍वास नगर्ने मानिसहरूलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • यसलाई “धर्मी नभएको” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर यसलाई “दुष्‍ट” वा “अनैतिक” वा “परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने मानिसहरू” वा “पापिष्‍ठ” भनेर अनुवाद गर्न सकिन्छ ।
  • शब्द “अधर्मीहरू” लाई “अधर्मी मानिसहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • शब्द “अधार्मिकता” लाई “पाप” वा “दुष्‍ट विचार र कामहरू” वा “दुष्‍टता” भनी अनुवाद गर्न सकिन्छ ।
  • सम्भव भएसम्म यसलाई “धर्मी, धार्मिकता” को सम्बन्ध देखाउने गरी अनुवाद गर्नु उत्तम हुन्छ ।

(हेर्नुहोस्ः धर्मी, धार्मिकता, पाप, पापिष्‍ठ, पापी, पाप गरिरहने, अवैधानिक)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०६:९-११
  • १ यूहन्‍ना ०१:८-१०
  • १ यूहन्‍ना ०५:१६-१७
  • १ पत्रुस ०३:१८-२०
  • २ थेसलोनिकी ०२:८-१०
  • कलस्सी ०३:२२-२५
  • व्यवस्था १९:१५-१६
  • मलाकी ०२:५-७
  • रोमी ०१:२९-३१

अधीनमा रहनु, अधीनतामा

परिभाषा:

“अधीनमा रहनु” ले सामान्यतयाः स्वेच्छाले व्यक्‍ति वा सरकारको अधिकारमा रहनु भन्‍ने अर्थ लाग्‍छ ।

  • बाइबलले भन्छ येशूमा विश्‍वास गर्नेहरू उनीहरूका जीवनमा परमेश्‍वरको वा अन्य अधिकारहरूको अधीनमा रहनुपर्छ ।
  • “एक अर्काको अधीनमा रहनु” भन्‍ने निर्देशनको अर्थ सच्याएको कुरालाई विनम्रतासाथ स्वीकार गर्नु वा आफ्नोभन्दा अरूको खाँचाहरूमा बढी ध्यान दिनु भन्‍ने हुन्छ ।
  • “अधीनतामा जिउँनु” को अर्थ “कोही का केहीको अधीनतामा आफैँलाई राख्‍नु” भन्‍ने हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “अधीनतामा रहनु” लाई “को अधीनतामा राख्‍नु” वा “को नेतृत्वलाई मान्‍नु” वा “विनम्रतासाथ सम्मान दिनु र आदर गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “अधीनतामा जिउँनु” लाई “प्रति आज्ञाकारी हुनु” वा “आफैँलाई...को अधीनतामा राख्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “अधीनतामा हुनु” लाई “विनम्रतासाथ अधिकार स्वीकार गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पराधीनता, पराधीणतामा हुनु, को पराधीनता) बाइबलका खण्डहरूः

  • लूका १०:१७-२०

अध्यादेश

परिभाषा:

अध्यादेश भनेका सार्वजनिक नियम वा कानूनहरू हुन् जसले निश्‍चित समाजका मानिसहरूले पालना गर्नुपर्ने कुराहरूको निर्देशनहरू वा नियमहरू दिन्छन् ।

  • कहिलेकाँही अध्यादेशहरू हाम्रा रीतिरिवाजहरू हुन् जुन धेरै बर्षसम्मको अभ्यासले स्थापित भएको हुन्छ ।
  • बाइबलमा, अध्यादेश भनेको, गर्नुपर्ने कुराहरू सम्बन्धी परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको आज्ञा थियो । कुनै अवस्थामा वहाँले तिनीहरूलाई सँधैको निम्ति त्यो गर्न आज्ञा दिनुभयो ।
  • “अध्यादेश” भन्‍ने शब्दलाई “सार्वजनिक नियम” वा “नियमहरू” वा “कानूनहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

अनमोल

परिभाषा:

“अनमोल” शब्दले मानिसहरू वा चिजहरूलाई धेरै मूल्यवान, दुर्लव, वा महँगो ठानिएको बताउँछ ।

  • “अनमोल पत्थरहरू” वा “अनमोल गहनाहरु” ले तिनीहरूलाई रङ्गिन वा सुन्दर बनाउने अन्य गुणहरूलाई जनाउछ ।
  • अनमोल पत्थरहरूका उदाहरणमा हिराहरू, मोतीहरू, र पन्‍नाहरू पर्छन् ।
  • सुन र चाँदीलाई “बहुमूल्य धातुहरू” भनिन्छ ।
  • याह्वेह भन्‍नुहुन्छ उहाँका मानिसहरू उहाँको दृष्‍टिमा “अनमोल” छन् (यशैया ४३:४) ।
  • भद्र र शान्त आत्मा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुन्छ भनी पत्रुस लेख्छन् (१ पत्रुस ३:४) ।
  • यो शब्दलाई “मूल्यवान” वा “धेरै प्यारो” वा “मन पाराइएको” वा “अति मूल्यवान” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • दानिएल ११:३८-३९
  • लूका ०७:२-५

अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता

परिभाषा:

अधिकार प्राप्‍त व्‍यक्‍तिले आज्ञा गरेको वा भनेको कुरा नमान्‍नुलाई “अनाज्ञाकारी हुनु” भनिन्छ । जसले यस्तो गर्छ त्यस व्‍यक्‍तिलाई अनाज्ञाकारी भनिन्छ ।

  • कुनै व्‍यक्‍तिले नगर्नु भनेको कुरा गर्छ भने ऊ अनाज्ञाकारी हुन्छ ।
  • अनाज्ञाकारी हुनु भनेको गर्नु भनेर आदेश दिइएको कुरा नगर्नु हो ।
  • “अनाज्ञाकारी” भन्‍ने शब्द विद्रोह गर्ने वा भनेको नमान्‍ने गुण भएको व्‍यक्‍तिलाई जनाउन प्रयोग गरिन्छ । यसले उनीहरू पापी वा दुष्‍ट छन् भन्‍ने अर्थ लाग्छ ।
  • “आज्ञा पालन नगर्ने” वा “परमेश्‍वरले चाहेजस्तो व्यवहारको विरुद्धमा लाग्‍ने” कामलाई “अनाज्ञाकारिता” भनिन्छ ।
  • “अनाज्ञाकारी मानिसहरू” लाई “निरन्तररूपमा आज्ञापालन नगर्ने मानिसहरू” वा “परमेश्‍वरको आज्ञा नमान्‍ने मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

अनादर

परिभाषा:

कसैलाई अपमानपूर्वक कुनै कुरा भन्दा वा कसैलाई त्यस्तो व्यवहारले लज्जाजनक अवस्थामा पुर्याउँछ भने त्यसलाई “अनादर” भनिन्छ ।

  • छोराछोरीहरूले आफ्ना आमाबुबाको आदर गर्नुपर्छ । जब उनीहरूले आज्ञापालन गर्दैनन्, उनीहरूले उनीहरूको अनादर गर्छन् ।
  • इस्राएलीहरूले झुटो देवताहरूको आराधना गरेर र अनैतिक व्यवहार गरेर परमेश्‍वरको अनादर गरे ।
  • यहूदीहरूले येशूलाई भुतात्मा लागेको छ भनेर उहाँको अनादर गरे ।

अनार

परिभाषा:

अनार बाक्लो र कडा बोक्रा भएको खान योग्य रातो गुदीले ढाकेका बिउहरूले भरिएको एक प्रकारको फल हो ।

  • बाहिरको बोक्रा रातो रङ्गको हुन्छ, र बिउहरूलाई ढाक्‍ने गुदी टल्कने र रातो हुन्छ ।
  • अनारहरू साधारणतयः मिश्रमा र गर्मी र सुख्‍खा मौसम भएका देशहरुमा पनि उत्पादन गरिन्छ ।

(हेर्नुहोस्ः मिश्र, मिश्री) बाइबलका खण्डहरूः


अनिकाल

परिभाषा:

अनिकाल धेरै क्षेत्रफल ओगट्ने विपत्ति हो जसको कारण त्यस देशमा वा क्षेत्रमा खानेकुराको चरम अभाव हुने गर्छ ।

  • पानीको अभाव, कमजोर मौसम, बालीनालीमा लाग्‍ने रोगहरू र किराहरूजस्ता प्राकृतिक कारणले अन्‍नबाली असफल हुने गर्छ ।
  • युद्ध वा खराब सरकारको कारणले पनि खानेकुराको अभाव हुन्छ ।
  • बाइबलमा उल्लेख गरिए अनुसार मानिसहरूले उहाँको विरुद्ध । पाप गरेको कारण परमेश्‍वरले सजायको रूपमा अनिकाल पठाउनुभयो ।
  • आमोस ८:११ मा “अनिकाल” लाई आलंकारिक रूपमा प्रयोग गरिएको छ, जहाँ परमेश्‍वरले मानिससँग कुनै किसिमको कुराकानी नगरेर सजाय दिनुभएको थियो । यसलाई तपाईंको आफ्नै भाषामा “अनिकाल” वा “चरम अभाव” वा “बन्चित” भनेर अनुवाद गर्न सकिन्छ ।

अनुपयोगी

परिभाषा:

“अनुपयोगी” शब्दको अर्थ हुन्छ‒ उपयोगी नहुने ।

  • यसलाई “बेकम्मा” वा “अयोग्य” वा “काम नलाग्‍ने” वा “बेफाइदाजनक” भनी अनुवाद गर्न सकिन्छ ।

अनुसरण गर्नु, अनुसरण गर्ने

परिभाषा:

पदावलीहरू “अनुसरण गर्नु” र “अनुसरण गर्ने” ले कसैको नक्‍कल गर्ने अर्थात् त्यस व्यक्‍तिले जस्तै गर्ने कामलाई जनाउँछन् ।

  • येशूले झैँ परमेश्‍वरको आज्ञा पालन गरेर र अरूहरूलाई प्रेम गरेर येशू ख्रीष्‍टको अनुसार गर्न ख्रीष्‍टियानहरूलाई सिकाइएको छ ।
  • जसरी पावलले ख्रीष्‍टको अनुसरण गरे, त्यसै गरी आदि मण्डलीले तिनको अनुसरण गर्नुपर्छ भनी प्रेरित पावलले बताए ।

अनुवादका लागि सुझावहरूः

  • “अनुसरण गर्नु” लाई “उसले गरेका कुराहरूजस्तै गर्नु” वा “उसको उदाहरणलाई पछ्याउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • अभिव्यक्‍ति “परमेश्‍वरका अनुसरण गर्नेहरू होओ” लाई “परमेश्‍वरले झैँ गर्ने मानिसहरू होओ” वा “परमेश्‍वरले गर्नेजस्तै कुराहरू गर्नेहरू होओ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तिमीहरूले हाम्रो अनुसरण गर्‍यौ” लाई “तिमीहरूले हाम्रो उदाहरणलाई पछ्यायौ” वा “तिमीहरूले त्यही ईश्‍वरीय कुराहरू गरिरहेका छौ जुन तिमीहरूले हामीले गरेका देख्यौ” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • ३ यूहन्‍ना ०१:११-१२
  • मत्ती २३:१-३

अनुहार

परिभाषा:

टाउकोको अगाडिको भागलाई “अनुहार” भनिन्छ । यो शब्दका अनेकौं आलंकारिक अर्थ पनि छन् ।

  • “तपाईंको अनुहार” भन्‍ने शब्दले आलंकारिक रूपमा “तपाईं “शब्दलाई जनाउँछ । यसै गरी “मेरो अनुहार” भन्‍नाले “म” लाई बुझाउँछ ।
  • शारीरिक रूपमा भन्‍ने हो भने कोहीपट्टि अनुहार पार्नु भन्‍नाले त्यो व्‍यक्‍तितर्फ फर्कनु भन्‍ने अर्थ लाग्छ ।
  • एकअर्कातर्फ अनुहार फर्काउनु भन्‍नाले एक अर्कालाई प्रत्यक्ष हेर्नु भन्‍ने बुझिन्छ ।
  • यदि दुईजना व्‍यक्‍ति मुखामुख गर्दैछन् भने उनीहरू एकदमै नजिकबाट एकअर्कालाई हेर्दैछन् भन्‍ने बुझिन्छ ।
  • “येशूले यरूशलेम जाने निर्णय गर्नुभयो” भन्‍नाले उहाँ यरूशलेम जाने आफ्नो निर्णयमा कटिवद्ध हुनुहुन्थ्यो भन्‍ने बुझिन्छ ।
  • “कुनै व्‍यक्‍ति सहरको विरूद्धमा मुख फर्काउनु” भन्‍नाले त्यस सहर वा व्‍यक्‍तिलाई अबदेखि सहायता नगर्ने वा अस्वीकार गर्ने भन्‍ने बुझिन्छ ।
  • “धरातल” ले सम्पूर्ण पृथ्वीलाई बुझाउँछ । उदाहरणः अनिकालले सम्पूर्ण धर्तीलाई ढाकेको थियो भनेर सम्पूर्ण पृथ्वीलाई भनिएको हो, जसले यहाँ बसोबास गर्ने सम्पूर्ण मानिसहरूलाई असर पारेको थियो ।
  • “आफ्ना मानिसहरूबाट अनुहार नलुकाउनु” भन्‍ने अभिव्‍यक्‍तिले “आफ्ना मानिसहरूलाई अस्‍वीकार नगर्नु” वा “आफ्ना मानिसहरूलाई नत्याग्‍नु” वा “आफ्ना मानिसहरूको वास्ता गर्न नछोड्नु” भन्‍ने बुझाउँछ ।

अन्जिर

परिभाषा:

अन्जिर एउटा सानो गुलियो फल हो । मानिसहरूले यसलाई ताजा, पकाएर वा सुकाएर खाने गर्छन् । उनीहरूले अन्जिरलाई टुक्राटुक्रा बनाएर केक बनाउँथे र पछि खानको लागि राख्थे ।

  • अन्जिरको रूख ६ मिटरसम्म अग्लो हुन सक्छ र यसको ठुला-ठुला पातले सितल छहारी दिन्छ ।
  • इस्राएलीहरू कनान देशमा आउनुअगाडि अन्जिर यो देशको प्रमुख बाली थियो ।
  • बाइबलको समयमा अन्जिर खाना र आम्दानीको प्रमुख स्रोत थियो ।
  • बाइबलमा इस्राएलले उन्‍नति गरेको छ वा छैन भन्‍ने कुरा जनाउनको लागि अन्जिरको रूखलाई आलंकारिक रूपमा प्रयोग गरिएको पाइन्छ ( १ राजा ४:२५; यर्मिया ७:१७) ।

अन्धकार

परिभाषा:

“अन्धकार” शब्दको शाब्दिक अर्थ उज्यालोको अनुपस्थिति हो । यसका अन्य थुप्रै आलंकारिक अर्थहरू पनि छन् ।

  • रूपकको रूपमा प्रयोग गर्दा “अन्धकार” को अर्थ “अपवित्रता” वा “दुष्‍टयाँइ” वा “आत्मिक अन्धोपन” हुन्छ ।
  • यसले पाप र नैतिक पतनलाई पनि जनाउँछ ।
  • “अन्धकारको राज्य” ले शैतानले राज्य गरेका सबै दुष्‍ट कुराहरूलाई जनाउँछ ।
  • “अन्धकार” भन्‍ने शब्दले रूपक वा अलंकारको रूपमा मृत्युलाई पनि जनाउँछ ।
  • परमेश्‍वरलाई नचिनेका मानिसहरूलाई “अन्धकारमा जिउनेहरू” भनिन्छ, जसको अर्थ उनीहरूले धार्मिकतालाई बुझ्दैनन् वा धार्मिक जीवन जिउँदैनन् भन्‍ने हुन्छ ।
  • परमेश्‍वर साँचो (धार्मिक) हुनुहुन्छ र अन्धकार (दुष्‍ट) ले यो ज्योतिलाई हराउन सक्दैन ।
  • परमेश्‍वरलाई इन्कार गर्नेहरूलाई सजाय दिने ठाउँलाई कहिलेकहीँ “बाहिरी अन्धकार” भनेर जनाउने गरिन्छ ।

अन्‍न

परिभाषा:

“अन्‍न” शब्दले साधारणतया गहुँ, जौँ, मकै वा धानजस्ता खाना उत्पादन गर्ने बिरुवाहरूको बिउलाई जनाउँछ । यसले पुरै बिरुवालाई पनि जनाउन सक्छ ।

  • बाइबलमा उल्लेख भएका मुख्य अन्‍नहरू गहुँ र जौँ हुन् ।
  • अन्‍नका बालाहरू बिरुवाका भाग हुन्, जहाँ अन्‍न फल्छन् ।
  • ख्याल गर्नुहोस्, कि बाइबलका केही पुराना संस्करणहरूले साधारणतया अन्‍नलाई जनाउन “मकै” शब्दको प्रयोग गर्छन् । तर आधुनिक समयमा भने “मकै” ले एक किसिमको अन्‍नलाई मात्र उल्लेख गर्दछ ।

अन्‍न बलि

परिभाषा:

“अन्‍न बलि “परमेश्‍वरलाई चढाइने अन्‍नको दाना वा पिँधेर बनाइएको पिठोको बलि थियो ।

  • यसको अर्को नाम “अन्‍नको दानको बलि” थियो ।
  • प्राय अन्‍न बलि, होमबलिसँगै दिइन्थ्यो ।

अन्‍नबलि

परिभाषा:

अन्‍नबलि परमेश्‍वरलाई चढाइने गहुँ वा जौँको पिठोको भेटी थियो, जुन प्रायः होमबलिलगत्तै चढाइन्थ्यो ।

  • अन्‍नबलिको लागि प्रयोग गरिएको अन्‍नलाई मसिनो हुने गरी पिसिएको हुनुपथ्र्यो । कहिले काहीँ चढाइनुअगि यसलाई पकाइन्थ्यो, तर कहिलेकाहीँ भने नपकाईकनै लगिन्थ्यो ।
  • अन्‍नको पिठोमा तेल र नुन राखिन्थ्यो, तर खमिर र मह राख्‍ने अनुमति भने थिएन ।
  • अन्‍नबलिको एउटा भागलाई जलाइन्थ्यो भने अर्को भाग पूजाहारीहरूद्वारा खाइन्थे ।

अन्यायी, अन्यायपूर्वक, अन्याय

परिभाषा:

शब्दहरू “अन्यायी” र “अन्यायपूर्वक” ले मानिसहरूलाई पक्षपात र खास गरी हानि पुर्‍याउने तरिकाले व्यवहार गर्ने कुरोलाई जनाउँछन् ।

  • कुनै व्यक्‍तिले नसाँचेको खराबी उसलाई गरिन्छ भने त्यही नै “अन्याय” हो । यसले मानिसहरूलाई चोट पुर्‍याउने तवरले व्यवहार गर्ने कुरोलाई जनाउँछ ।
  • कसैलाई खराब तवरले व्यवहार गरिन्छ र अरूलाई चाहिँ राम्ररी व्यवहार गरिन्छ भने त्यहाँ पनि अन्याय भएको हुन्छ ।
  • अन्यायपूर्वक गतिविधि गर्ने व्यक्‍ति “पक्षपाती” वा “पूर्वाग्रही” हुँदै छ, किनकि उसले मानिसहरूलाई समान रूपमा व्यवहार गर्दै छैन ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “अन्यायी” लाई “पक्षपाती” वा “अधार्मिक” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “अन्यायीहरू” लाई “अन्यायी जनहरू” वा “अन्यायी मानिसहरू” वा “अरूलाई अनुचित तवरले व्यवहार गर्ने मानिसहरू” वा “अधार्मिक मानिसहरू” वा “परमेश्‍वरको आज्ञा नमान्‍ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “अन्यायपूर्वक” लाई “अनुचित तरिकाले” वा “गलत किसिमले” वा “पक्षपात गरेर” भनी अनुवाद गर्न सकिन्छ ।
  • “अन्याय” लाई “गलत व्यवहार” वा “अनुचित व्यवहार” वा “अनुचित तवरले गरिने काम” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः भाववाचक नामहरू)

(हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक, अधार्मिक, अधार्मिकता)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल १८:१६-१७
  • हिब्रू ०६:९-१०
  • लूका १८:६-८
  • मत्ती ०५:४३-४५

अपमान, अपमानजनक

परिभाषा:

मान र सम्मान हराउनुलाई “अपमान” भानिन्छ ।

  • जब कुनै मानिसले कुनै पापमय काम गर्छ, यसले उसलाई अपमानित अवस्थामा पुर्याउँछ ।
  • कुनै पनि पापपूर्ण काम वा त्यो गर्ने मानिसलाई जनाउनलाई “अपमानजनक” शब्दको प्रयोग गरिन्छ ।
  • कहिले काहीँ कुनै मानिसले राम्रो कुरा गर्दागर्दै पनि उसलाई अपमानित वा लाजमा पार्ने काम गरिन्छ ।
  • येशूको क्रूसको मृत्युलाई अपमानजनक मृत्युको रूपमा लिन सकिन्छ । येशूले यस्तो अपमानजनक मृत्यु भोग्‍नुपर्ने त्यस्तो कुनै नराम्रो काम गर्नुभएको थिएन ।
  • “अपमान” शब्दलाई “लज्जास्पद” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

अपराध, अपराधी

परिभाषा:

“अपराध” शब्दले साधारणतया त्यस्तो पापलाई जनाउँछ, जसमा देश वा राज्यको कानुन उल्लङ्घन गर्ने कुरा पर्छ । अपराध गर्ने व्‍यक्‍तिलाई “अपराधी” भनिन्छ ।

  • कुनै व्‍यक्‍तिलाई मार्नु वा कसैको सम्पत्ति चोर्नुजस्ता कुराहरू अपराधका किसिमहरू हुन् ।
  • साधारणतया अपराधीलाई पक्राउ गरी उसलाई झ्यालखानाजस्ता कैदखानामा बन्द गरिन्छ ।
  • बाइबलको समयमा केही अपराधीहरू भगुवा बने । अपराधको कारणले अरूले तिनीहरूलाई हानि पुर्‍याउने डरले तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा भाग्दै हिँड्थे ।

अपवित्र

परिभाषा:

अपवित्र पार्नु भनेको पवित्र कुरालाई अशुद्ध पार्ने, दूषित बनाउने वा अनादर गर्ने तरिकाले काम गर्नु हो ।

  • पवित्र वस्तु वा व्यक्‍ति अपवित्र हुँदैन; बरु यसलाई अनादर वा अवित्र तवरले व्यवहार गरिन्छ ।
  • अपवित्र व्यक्‍तिले अपवित्र र परमेश्‍वरको अनादर गर्ने तरिकाले काम गर्छ ।
  • क्रिया शब्द “अपवित्र पार्नु” लाई “अपवित्रझैँ व्यवहार गर्नु”, “प्रति अनादर्निय हुनु” वा “(पाप गरेर)परमेश्‍वरको अनादर गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार “अपवित्र” लाई एउटा क्रियाविशेषणको रूपमा “अनादर्निय” वा “इश्‍वरहीन” वा “अशुद्ध” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पवित्र, पवित्रता) बाइबल खण्डहरूः

  • २ तिमोथी ०२:१६-१८
  • मत्ती १२:५-६

अपवित्र

परिभाषा:

“अपवित्र” शब्दको शाब्दिक अर्थ हुन्छ‒ “पवित्र नभएको ।” यसले परमेश्‍वरलाई आदर नगर्ने व्यक्‍ति वा वस्तुको बयान गर्छ ।

  • परमेश्‍वरको विरुद्धमा विद्रोह गरी उहाँलाई अनादर गर्ने व्यक्‍तिको बयान गर्न यस शब्दको प्रयोग गरिन्छ ।
  • जे कुरो “अपवित्र” छ, त्यसलाई दूषित वा अशुद्ध भनेर पनि बयान गर्न सकिन्छ । यो परमेश्‍वरको हुन सक्दैन ।

अनुवादका लागि सुझावहरूः

  • यसलाई “पवित्र नभएको” वा “परमेश्‍वरको नभएको” वा “परमेश्‍वरलाई आदर नगर्ने” वा “ईश्‍वरीय नभएको” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही सन्दर्भहरूमा “अपवित्र” लाई “अशुद्ध” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पवित्र, पवित्रता, आदर, आदर गर्नु, दूषित, अशुद्ध)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ११:७-१०

अपवित्र वा बिटुलो पार्नु

परिभाषा:

“अपवित्र वा बिटुलो पार्नु” भनेको कुनै पनि पवित्र ठाउँ वा वस्तुलाई आराधनाको लागि अयोग्य हुने गरी नष्‍ट गर्नु वा दूषित पार्नु हो ।

  • कुनै कुरालाई बिटुलो पार्ने कामले त्यो कुराप्रति देखाइएको अनादरलाई देखाउँछ ।
  • मूर्तिपूजक राजाहरूले परमेश्‍वरको मन्दिरका विशेष भाँडाहरूलाई उनीहरूको राजमहलमा हुने भोजहरूमा प्रयोग गरेर बिटुलो पारेको कुरालाई उदाहरणको रूपमा लिन सकिन्छ ।
  • शत्रुहरूले मरेको मानिसका हाडहरू परमेश्‍वरको मन्दिरलाई बिटुलो पार्नको लागि प्रयोग गर्थे ।
  • यसलाई “अपवित्र पार्ने काम गर्नु” वा “अपवित्र पारेर अपमान गर्नु” वा “अपमानित तरिकाले अपवित्र पार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

अयहूदी (पेगेन्)

परिभाषा:

बाइबलको समयमा “अयहूदी” शब्द याह्वेको सट्टामा झुटा देवताहरू मान्‍ने मानिसहरूलाई जनाउन प्रयोग गरिन्थ्यो ।

  • मनिसहरुसँग सम्बन्धित कुनै पनि थोक जस्तै तिनीहरू पूजा गर्ने वेदी, तिनीहरूका धार्मिक विधिहरु, र तिनीहरूका विश्‍वासलाई “अयहूदी” भनिन्थ्यो ।
  • अयहूदी विश्‍वासमा प्रायः प्रकृति पूजा वा एक सत्य परमेश्‍वर यह्वेहको सट्टा धेरै देवताहरू पूजा पर्थ्यो ।
  • केही अयहूदी धर्महरूको आराधनामा अनैतिक यौन विधिहरू वा मानिसलाई मार्ने कुराहरू पनि पर्थ्यो ।

(हेर्नुहोस्ः झूटा देवता, विदेशी देवता, देवता, देवी, बलिदान, बलि) बाइबलका खण्डहरूः


अर्घ-बलि

परिभाषा:

वेदीमा दाखमद्य खन्याएर परमेश्‍वरको लागि बलिदान चढाउने कामलाई अर्घ-बलि भानिन्छ । यो प्राय गरेर होमबलि र अन्‍नबलि सँगै चढाइन्थ्यो ।

  • पावलले आफ्नो जीवनलाई अर्घ-बलिको रूपमा चढाइएको कुरा गर्छन् । उनको भनाइको अर्थ उनको जीवन परमेश्‍वरको सेवाको लागि पूर्ण रूपमा समर्पित भएको छ, चाहे येशूको बारेमा मानिसहरूसँग बोल्दा उनले मृत्युको सामना नै किन गर्नु नपरोस् ।
  • येशूको क्रूसारोहण अन्तिम अर्घ-बलि थियो, जहाँ उहाँको रगत बगेको थियो ।

अर्थ खोल्नु, अर्थ खोलाइ

परिभाषा:

शब्दहरू “अर्थ खोल्नु” र “अर्थ खोलाइ” ले प्रस्ट नभएको कुनै कुरोको अर्थलाई बुझ्‍ने र व्याख्या गर्ने कामलाई जनाउँछ ।

  • अक्सर बाइबलमा यी शब्दहरू सपना र दर्शनको अर्थको व्याख्यासित जोडिएर आएका छन् ।
  • बेबिलोनका राजाले अलमलमा पार्ने सपनाहरू देख्दा तिनको अर्थ खोली व्याख्या गर्न परमेश्‍वरले दानिएललाई मदत गर्नुभयो ।
  • सपनाको “अर्थ खोलाइ” भनेको सपनाको अर्थको “व्याख्या” हो ।
  • पुरानो करारमा भविष्यमा के हुने थियो भनी मानिसहरूलाई प्रकट गराउन कहिले काहीँ परमेश्‍वरले सपनाको प्रयोग गर्नुभयो । त्यसैले, ती सपनाहरूको अर्थ खोलाइ भविष्यवाणीहरू थिए ।
  • “अर्थ खोल्नु” ले अन्य कुराहरूको अर्थको निधो गर्नुलाई पनि जाहेर गर्छ, जस्तैः मौसम कति चिसो छ वा तातो छ वा कति हावादार छ वा आकाश कस्तो देखिन्छ भन्‍ने आधारमा मौसम कस्तो हुनेछ भनी निधो गर्नु ।
  • “अर्थ खोल्नु” लाई “को अर्थ निधो गर्नु” वा “व्याख्या गर्नु” वा “को अर्थ दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “अर्थ खोलाइ” लाई “व्याख्या” वा “अर्थ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, दानिएल, सपना, अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी, दर्शन)

बाइबलका सन्दर्भहरूः

  • लूका १२:५४-५६

अविश्‍वासयोग्य, अविश्‍वासयोग्यता

परिभाषा:

“अविश्‍वासयोग्य” शब्दले परमेश्‍वरले आज्ञा गर्नुभएका कुराहरूलाई पालन नगर्ने मानिसहरूको बयान गर्छ । अविश्‍वासयोग्य हुने अवस्था वा अभ्यास नै “अविश्‍वासयोग्यता” हो ।

  • जब इस्राएलीहरूले मूर्तिहरूको पूजा गर्न थाले र तिनीहरूले अन्य किसिमले पनि परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्न थाले, तब तिनीहरूलाई “अविश्‍वासयोग्य” भनियो ।
  • वैवाहिक जीवनमा व्यभिचार गर्ने व्यक्‍ति उसको पति वा पत्‍नीप्रति “अविश्‍वासयोग्य” हुन्छ ।
  • इस्राएलको अनाज्ञाकारी व्यवहारलाई बयान गर्न परमेश्‍वरले “अविश्‍वासयोग्यता” शब्दको प्रयोग गर्नुभयो । तिनीहरूले परमेश्‍वरको आज्ञा मान्दै थिएनन् वा उहाँलाई आदर दिएका थिएनन् ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “अविश्‍वासयोग्य” लाई “विश्‍वासयोग्य नभएको” वा “विश्‍वास नगर्ने” वा “अज्ञाकारी नहुने” वा “भक्‍त नहुने” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “अविश्‍वासयोग्यहरू” लाई “(परमेश्‍वरप्रति) विश्‍वासयोग्य नहुने मानिसहरू” वा “अविश्‍वासयोग्य मानिसहरू” वा “परमेश्‍वरको आज्ञा नमान्‍नेहरू” वा “परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “अविश्‍वासयोग्यता” लाई “अनाज्ञाकारिता” वा “विश्‍वास नगर्ने वा आज्ञा नमान्‍ने अवस्था” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा शब्द “अविश्‍वासयोग्य” “अविश्‍वास” सित सम्बन्धित हुन्छ ।

(हेर्नुहोस्ः व्यभिचार, व्यभिचारी, व्यभिचारिणी, अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता, विश्‍वासयोग्य, विश्‍वासयोग्यता, अविश्‍वासी, अविश्‍वास)

बाइबलका सन्दर्भहरूः

  • होशे ०५:५-७
  • न्यायकर्ता ०२:१६-१७
  • यर्मिया ०९:७-९
  • लेवी २६:४०-४२
  • लूका १२:४५-४६

अविश्‍वासी, अविश्‍वास

परिभाषा:

“अविश्‍वास” शब्दले कुनै व्यक्‍ति वा वस्तुमाथि विश्‍वास नगर्ने कुरोलाई जनाउँछ ।

  • बाइबलमा “अविश्‍वास” ले येशूलाई मुक्‍तिदाताको रूपमा भरोसा नगर्ने वा विश्‍वास नगर्ने कुरोलाई जनाउँछ ।
  • येशूमाथि विश्‍वास नगर्ने व्यक्‍तिलाई “अविश्‍वासी” भनिन्छ ।

अनुवादका लागि सुझावहरूः

  • “अविश्‍वास” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा “विश्‍वासको कमी” वा “विश्‍वास नगर्ने” भन्‍ने पर्छन् ।
  • शब्द “अविश्‍वासी” लाई “येशूमा विश्‍वास नगर्ने व्यक्‍ति” वा “येशूलाई मुक्‍तिदाताको रूपमा स्वीकार नगर्ने व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः विश्‍वासी, विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, भरोसा, भरोसायोग्य, भरोसायोग्यता)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०६:१-३
  • २ कोरिन्थी ०६:१४-१६
  • हिब्रू ०३:१२-१३
  • लूका ०९:४१-४२
  • मर्कूस ०६:४-६
  • रोमी ०३:३-४

अवैधानिक

परिभाषा:

व्यवस्था तोड्ने क्रियाकलापहरूलाई बयान गर्न “अवैधानिक” र “वैधानिक होइन” शब्दहरूको प्रयोग गरिन्छन् ।

  • नयाँ करारमा परमेश्‍वरको व्यवस्थालाई तोड्ने सम्बन्धमा मात्र नभई मानव निर्मित यहूदी व्यवस्थालाई तोड्ने सम्बन्धमा पनि शब्द “अवैधानिक” लाई अक्सर प्रयोग गरिएको छ ।
  • समयको गतिमा यहूदीहरूलाई परमेश्‍वरले दिनुभएको व्यवस्थामा तिनीहरूले थप्‍ने काम गरे । कुनै कुरो तिनीहरूको मानव निर्मित व्यवस्थासित मेल नखाएमा तिनीहरूले त्यसलाई “अवैधानिक” भन्थे ।
  • येशू र उहाँका चेलाहरूले शबाथ-दिनमा अन्‍न टिप्दा फरिसीहरूले तिनीहरूलाई “अवैधानिक” कुरो गरेको आरोप लगाए, किनकि त्यस दिनमा काम गर्नु भनेको यहूदी व्यवस्था तोड्नु थियो ।
  • पत्रुसले आफ्नो लागि अशुद्ध भोजन खानु “अवैधानिक” थियो भनी बताउँदा तिनको भनाइको अर्थ यही थियो, कि यदि तिनले ती भोजनहरू खाएका भए तिनले परमेश्‍वरले इस्राएलीहरूलाई नखानू भनी आदेश दिनुभएका भोजनको सम्बन्धमा भएको व्यवस्थालाई तोड्ने थिए ।

अनुवादका लागि सुझावहरूः

  • यसलाई त्यस्तो शब्द वा पदावलीको प्रयोग गरेर अनुवाद गरिनुपर्छ जसको अर्थ हुन्छ‒ “वैधानिक नभएको” वा “व्यवस्था तोड्ने ।”
  • “अवैधानिक” शब्दलाई “अनुमति नदिइएको” वा “परमेश्‍वरको व्यवस्थाअनुसार नभएको” वा “हाम्रो व्यवस्थासित मेल नखाने” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • पदावली “व्यवस्थाको विरुद्धमा” को अर्थ “अवैधानिक” सित समान छ ।

(हेर्नुहोस्ः वैधानिक, मोशा, शबाथ)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १०:२७-२९
  • मत्ती १२:१-२

अशुद्ध

परिभाषा:

बाइबलमा परमेश्‍वरका मानिसहरूका लागि छुन, खान र बलिदान चढाउन उहाँले अयोग्य भन्‍नुभएका कुराहरूलाई जनाउन यस शब्द “अशुद्ध” लाई प्रयोग गरिएको छ ।

  • कुन-कुन जनावरहरू “शुद्ध” थिए र कुन-कुन “अशुद्ध” थिए भन्‍ने विषयमा परमेश्‍वरले इस्राएलीहरूलाई निर्देशन दिनुभयो । अशुद्ध जनावरहरू खान र बलिदान चढाउनका लागि अनुमति थिएनन् ।
  • कुनै-कुनै छालाका रोग लागेका मानिसहरूले चङ्गाइ नपाएसम्म तिनीहरूलाई “अशुद्ध” ठानिन्थ्यो ।
  • इस्राएलीहरूले कुनै “अशुद्ध” कुरो छोएमा निश्‍चित समय अवधिको लागि तिनीहरूलाई पनि “अशुद्ध” मानिथ्यो ।
  • अशुद्ध कुराहरूलाई नछुने र नखाने विषयमा भएका परमेश्‍वरका आज्ञाहरूलाई मान्‍नाले इस्राएलीहरू परमेश्‍वरको सेवाको निम्ति अलग गरिन्थे ।
  • यो भौतिक र विधिसम्बन्धी अशुद्धता नैतिक अशुद्धताको पनि प्रतीक थियो ।
  • अर्को आलङ्कारिक अर्थमा “अशुद्ध आत्मा” ले दुष्‍टात्मालाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “अशुद्ध” लाई “शुद्ध नभएको” वा “परमेश्‍वरको दृष्‍टिमा अयोग्य” वा “भौतिक रूपमा अशुद्ध” वा “दूषित” भनी अनुवाद गर्न सकिन्छ ।
  • भूतात्मालाई अशुद्ध आत्माको रूपमा उल्लेख गर्दा “अशुद्ध” लाई “दुष्‍ट” वा “दूषित” भनी अनुवाद गर्न सकिन्छ ।
  • यस शब्दको अनुवादले आत्मिक अशुद्धतालाई पनि अनुमति दिनुपर्छ । परमेश्‍वरले छुन, खान र बलिदान चढाउनका लागि अयोग्य घोषणा गर्नुभएको कुनै पनि कुरोलाई यसले जनाउन सक्‍नुपर्छ ।

(हेर्नुहोस्ः शुद्ध, शुद्ध पार्नु, दूषित पार्नु, दूषित, भूतात्मा, दुष्‍टात्मा, अशुद्ध आत्मा, पवित्र, पवित्रता, बलिदान, भेटी, अपवित्र)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०४:७-८
  • प्रेरित ०८:६-८
  • प्रेरित १०:२७-२९
  • कलस्सी ०३:५-८
  • उत्पत्ति ०७:१-३
  • मत्ती २३:२७-२८

अशुद्ध पार्नु, अशुद्ध हुनु

परिभाषा:

“अशुद्ध पार्नु” र “अशुद्ध हुनु” भनेको प्रदूषित हुनु वा फोहोरी हुनु हो । कुनै पनि कुरा भौतिक, नैतिक वा धार्मिक रूपले अशुद्ध हुन सक्छ ।

  • परमेश्‍वरले इस्राएलीहरूलाई उहाँले “अपवित्र” र “अशुद्ध” ठहराउनुभएका कुराहरू खाएर आफैँलाई अशुद्ध नपार्नू भनेर चेताउनी दिनुभयो ।
  • मृत शरीर र सरुवा रोगहरूलाई परमेश्‍वरले अशुद्ध घोषणा गर्नुभयो र ती कुराहरू छुने मानिसहरू पनि अशुद्ध हुन्थे ।
  • परमेश्‍वरले इस्राएलीहरूलाई यौनसँग सम्बन्धित पापबाट टाढा रहने आज्ञा दिनुभयो । तिनीहरूले मानिसहरूलाई अशुद्ध पार्छन् र परमेश्‍वरले उनीहरूलाई स्वीकार गर्नु हुन्‍न ।
  • त्यस बेला केही विशेष प्रकारका शारीरिक प्रक्रियाहरू थिए जसले मानिसलाई केही समय सम्मको लागि शुद्ध पार्ने विधि पुरा नगरेसम्मको लागि अशुद्ध पार्थ्यो ।
  • नयाँ करारमा येशूले पापमय सोचाइ र कामले मानिसलाई अशुद्ध पार्छ भन्‍ने शिक्षा दिनुभयो ।

असल र खराब छुट्टयाउनु

परिभाषा:

“असल र खराब छुट्टयाउनु” भन्‍नाले कुनै कुराको बारेमा बुझ्‍नु र उक्त कुरा गलत वा सही के छ भनेर छुट्टयाउनु भन्‍ने बुझिन्छ ।

  • यो शब्दले कुनै पनि विषयलाई बुझ्‍नु वा त्यसको बारेमा असल निर्णय लिन सक्‍नु भन्‍ने बुझाउँछ ।
  • “असल र खराब छुट्टयाउनको लागि बुद्धिमत्ता र स्पष्‍ट आत्मिक दर्शनको आवश्‍यकता पर्दछन् ।

असिना

परिभाषा:

यस शब्दले साधारणतया बरफको रूपमा परिणत आकाशबाट खस्‍ने पानीको सानो या ठुलो ढिक्‍कालाई जनाउँछ ।

  • आकाशबाट खस्‍ने बरफको सानो डल्लो वा ढिक्‍कोलाई असिनाको गेडो पनि भनिन्छ ।
  • साधारणतय असिना सानो हुन्छ (केही सेन्टिमिटर मात्र चौडा), तर कहिले काहीँ असिना २० सेन्टिमिटर चौडा र एक किलोग्रामभन्दा बेसी तौल भएको पनि पाइएको छ ।
  • नयाँ करारमा प्रकाशको पुस्तकले ५० किलोग्राम तौल भएका विशाल असिनाहरूको उल्लेख गर्दछ । परमेश्‍वरले अन्त्यको समयमा मानिसहरूको दुष्‍टताको लागि तिनीहरूको न्याय गर्नुहुँदा उहाँले पृथ्वीमा यी असिनाहरू बर्साउनुहुन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

बाइबलका सन्दर्भहरूः

  • मत्ती २८:८-१०

अहङ्कारी

परिभाषा:

“अहङ्कारी” शब्दको अर्थ हुन्छ‒ घमन्डी वा अभिमानी । यसले आफूलाई असाध्यै उच्‍च ठान्‍ने व्‍यक्‍तिलाई जनाउँछ ।

  • अक्सर यसले परमेश्‍वरको विरुद्धमा पापमा लागिरहने व्‍यक्‍तिको घमन्डको व्याख्या गर्छ ।
  • साधारणतया अहङ्कारी व्‍यक्‍तिले आफ्नै बारेमा घमन्ड गर्छ ।
  • अहङ्कारी व्‍यक्‍ति मूर्ख हो, बुद्धिमान् होइन ।
  • यस शब्दलाई “घमन्डी” वा “हठी” वा “स्वार्थी” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आलङ्कारी अभिव्‍यक्‍ति “अहङ्कारी आँखा” लाई “हेराइको घमन्डी तरिका” वा “अरूलाई कम महत्त्वको रूपमा हेर्नु” वा “अरूलाई होच्याउने घमन्डी व्‍यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः हठ, हठी, घमन्ड, घमन्डी, अभिमानी)

बाइबलका सन्दर्भहरूः


आँगन, चोक

परिभाषा:

शब्दहरू “आँगन” र “चोक” ले बन्द नगरिएको क्षेत्रलाई जनाउँछ । यसको आकाश भने खुला हुन्छ, तर वरिपरि पर्खाहरूद्वारा घेरिएको हुन्छ ।

  • “चोक” शब्दले न्यायाधीशहरूले कानुनी र अपराधसम्बन्धी विषयहरूको निर्णय गर्ने ठाउँलाई पनि जनाउँछ ।
  • पवित्र वासस्थानको वरिपरि एउटा आँगन हुन्थ्यो, जुन आँगनलाई बाक्लो वस्‍त्रको पर्दाहरूबाट निर्मित पर्खालहरूद्वारा घेरिएको हुन्थ्यो ।
  • मन्दिरको संरचनामा तिनवटा भित्री आँगन हुन्थेः एउटा पूजाहारीहरूका लागि, एउटा यहूदी पुरुषहरूका लागि र एउटा यहूदी स्‍त्रीहरूका लागि ।
  • भित्री आँगनहरू थोरै उचाइ भएको पर्खालद्वारा घेरिएको हुन्थ्यो, जुन पर्खालले तिनलाई बाहिरी आँगनबाट अलग गथ्र्यो । यही बाहिरी आँगनमा नै गैरयहूदीहरूलाई आराधना गर्न अनुमति दिइएको थियो ।
  • घरको आँगन घरमा मध्य भागमा रहेको खाली क्षेत्र थियो ।
  • पदावली “राजाको आँगन” ले उसको दरबार वा उसले न्याय गर्ने दरबारको क्षेत्रलाई जनाउन सक्छ ।
  • अभिव्‍यक्‍ति “यहोवेको आँगन” यहोवेको बासस्थान वा मानिसहरू यहोवेलाई आराधना चढाउन जाने स्थानलाई जनाउने आलङ्कारिक तरिका हो ।

आगो

परिभाषा:

कुनै कुरा जलाउँदा उत्पन्‍न हुने ताप, प्रकाश र ज्वालालाई आगो भनिन्छ ।

  • काठलाई आगो लगाउँदा खरानीमा परिणत हुन्छ ।
  • आगो भौतिक रूपमा देखिने ज्वाला मात्र नभई बाइबलमा यसलाई शक्‍तिको संकेतको रूपमा पनि प्रयोग गरिएको छ ।
  • अविश्‍वासीहरूको अन्तिम न्याय नरकको आगोमा हुन्छ ।
  • आगोले धातुलाई शुद्ध गर्ने काम गर्छ । मानिसहरूको जीवनमा आइपर्ने विभिन्‍न कठिनाइहरूद्वारा उसलाई निखार्ने कामलाई जनाउनलाई पनि आगोको प्रयोग गरिन्छ ।

आज्ञा मान्‍नु, आज्ञाकारी, आज्ञाकारीता

परिभाषा:

“आज्ञा मान्‍नु” भनेको अधिकार प्राप्‍त व्‍यक्‍तिको आज्ञा वा आदेशलाई पालना गर्नु हो । आज्ञाकारी भन्‍ने शब्दले आज्ञा पालन गर्ने व्‍यक्‍तिको चरित्रलाई बर्णन गर्दछ ।

  • मानिसहरूले कुनै पनि देशको, प्रदेशको वा संस्थाको अगुवाहरूले बनाएको नियमलाई पालन गर्दछन ।
  • नानीहरूले आफ्नो बाबुआमाको आज्ञालाई पालन गर्दछन्, दासले आफ्नो मालिकको, मानिसले परमेश्‍वरको र नागरिकले आफ्नो देशको नियम पालन गर्दछन् ।
  • जब कुनै पनि अधिकार प्राप्‍त व्‍यक्‍तिले कुनै कुरा नगर्नु भनेर आज्ञा गर्छन् भने, मानिसहरूले त्यो नगरेर आज्ञा पालन गर्छन् ।
  • यस शब्दलाई “के कुरा आज्ञा गरिएको छ त्यो कुरा गर्नु” वा “आज्ञालाई मान्‍नु” वा “परमेश्‍वरले गर्नु भनेर भन्‍नुभएका कुराहरूलाई गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • नोआले परमेश्‍वरको आज्ञा पालन गरे । उनी र उनका तिन छोराहरूले परमेश्‍वरले भन्‍नुभए अनुसार नै डुंगा बनाए ।
  • अब्राहामले फेरि परमेश्‍वरको आज्ञा माने र उनको छोराको बलि चढाउनलाई तयारी गरे ।
  • “तैँले (अब्राहामले) मेरा आज्ञाहरू पालन गरेका हुनाले, संसारका सबै परिवारहरू तेरो परिवारद्वारा अशिषित हुनेछन् ।
  • तर मिश्रीहरूले परमेश्‍वर माथि विश्‍वास गरेनन् र वहाँको आज्ञा पालन गरेनन् ।
  • यदि मानिसहरूले यी व्यवस्थाका कुराहरू मानेमा, परमेश्‍वरले तिनीहरूलाई आशिषित गर्ने र तिनीहरूको सुरक्षा गर्ने प्रतिज्ञा गर्नुभयो ।

आतङ्क, आतङ्‍कित पार्नु

परिभाषा:

“आतङ्क” शब्दले कुनै कुरो वा कसैको अत्यधिक डर, त्रास वा गहन भयको भावनालाई जनाउँछ ।

  • आतङ्क कुनै कुरो वा व्यक्‍ति पनि हुन सक्छ, जसले बडो डर र त्रास उत्पन्‍न गराउँछ ।
  • अगाडि बढिरहेको, आक्रमण गर्ने सेनाले यसका शत्रुहरूमा आतङ्क उत्पन्‍न गराइदिन्छ ।
  • परमेश्‍वरको न्यायले कुनै दिन उहाँको अनुग्रहलाई इन्कार गर्ने अपश्‍चात्तापी मानिसहरूमा आतङ्क ल्याउनेछ ।
  • “यहोवेको आतङ्क” लाई “यहोवेको आतङ्कित पार्ने उपस्थिति” वा “यहोवेको भयभीत तुल्याउने न्याय” भनी अनुवाद गर्न सकिन्छ ।
  • कसैलाई “आतङ्कित पार्नु” को अर्थ हुन्छ‒ त्यस व्यक्‍तिलाई ज्यादै भयभीत तुल्याउनु ।
  • “आतङ्कित पार्ने” कुरोले डर र भय ल्याउँछ ।

(हेर्नुहोस्ः डर, भय)

बाइबलका सन्दर्भहरूः

  • लूका २१:७-९
  • मत्ती २८:५-७
  • मर्कूस ०६:४८-५०

आत्मा संयम

परिभाषा:

आत्मा संयम भनेको पाप गर्नबाट बच्‍नलाई कसैको व्यवहारलाई नियन्‍त्रण गर्ने खुबी हो ।

  • बाइबलमा आत्मा संयमले असल व्यवहारलाई जनाउँछ अर्थात् पापमय विचार, बोलीवचन र कार्यबाट बच्‍नु ।
  • आत्मा संयम प्रयोग गर्ने व्यक्‍तिले उनले गर्न चाहेका कुरा कुनै खराब कुरा गर्नबाट आफैँलाई रिक्‍न सक्षम हुनु हो ।
  • आत्मा संयम पवित्र आत्माले एउटा ख्रीष्‍टियनलाई प्रप्‍त गर्न सक्षम तुल्याउने फल वा विशेषता हो ।

बाइबलका खण्डहरूः

  • गलाती ०५:२२-२४

आनन्द

परिभाषा:

“आनन्द” शब्दले धेरै प्रसन्‍नता वा आनन्द उत्पन्‍न गर्ने (गराउने ? ) कुरालाई जनाउँछ ।

  • कुनै कुरामा “आनन्दित” हुनु भनेको “त्यसमा प्रसन्‍न हुनु” वा “त्यो कुरामा खुसी हुनु” हो ।
  • जब कुनै कुरा धेरै स्वीकारयोग्य वा सुखद हुन्छ, यसलाई “आनन्दमय” भनिन्छ ।
  • यदि कुनै मानिसको आनन्द कुनै कुरामा आधारित छ भने ऊ त्यस कुरामा धेरै रमाउँछ ।
  • “मेरो आनन्द परमेश्‍वरको व्यवस्थामा छ” भन्‍ने कुरालाई “परमेश्‍वरको व्यवस्थाले मलाई धेरै आनन्द दिन्छ” वा “परमेश्‍वरका आज्ञाहरू सुन्दा म खुसी हुन्छु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “कुनै कुरामा आनन्द नमनाउनु” र “कुनै कुरामा आनन्दित नहुनु” लाई “कुनै कुराबाट खुसी नहुनु” वा “कुनै कुरामा खुसी नहुनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “कोही मानिस केही कुरामा आनन्दित हुन्छ” भन्‍नुको अर्थ “ऊ कुनै कुरा गर्न मन पराउँछ” वा “ऊ कुनै मानिस वा कुरामा खुसी छ” भन्‍ने हुन्छ ।
  • “आनन्दित पार्छ” भन्‍ने शब्दावलीले कुनै मानिस केही कुरामा रमाउँछ भन्‍ने जनाउँछ । यसलाई “खुसी पार्छ” वा “आनन्द दिने कुराहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “मलाई तपाईंको इच्छा पुरा गर्दा आनन्द आउँछ” भन्‍ने अभिव्‍यक्‍तिलाई “म तपाईंको इच्छा पुरा गर्न मन पराउँछु” वा “मलाई तपाईंको आज्ञा पालन गर्दा खुसी लाग्छ भनेर अनुवाद गर्न सकिन्‍छ ।

आनन्द, आनन्दित

परिभाषा:

आनन्द परमेश्‍वरबाट आउने हर्ष वा गहन सन्तुष्‍टिको अनुभूति हो । सम्बन्धित शब्द “आनन्दित” ले त्यस्तो व्यक्‍तिको बयान गर्दछ जसले ज्यादै खुसी र गहन प्रसन्‍नताको भरपुरलाई महसुस गरेको हुन्छ ।

  • एउटा व्यक्‍तिले ज्यादै राम्रो कुरो अनुभव गरिरहेको बेलामा उसले आनन्दको महसुस गर्छ ।
  • परमेश्‍वरले नै मानिसहरूलाई साँचो आनन्द दिनुहुन्छ ।
  • आनन्द प्राप्‍त गर्ने कुरो रमाइला परिस्थितिहरूमा आश्रित हुँदैनन् । मानिसहरूका जीवनमा निकै कठिन कुराहरू आइपर्दा पनि परमेश्‍वरले तिनीहरूलाई आनन्द दिन सक्‍नुहुन्छ ।
  • कहिले काहीँ घर वा सहरजस्ता ठाउँहरूलाई पनि आनन्दमय भनी बयान गरिन्छ । यसको अर्थ हुन्छ, कि त्यहाँ बस्‍ने मानिसहरूले आनन्दको महसुस गरेका हुन्छन् ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “आनन्द” लाई “प्रसन्‍नता” वा “हर्ष” वा “बडो खुसी” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “आनन्दित होओ” लाई “रमाओ” वा “खुसी होओ” वा “परमेश्‍वरको भलाइमा ज्यादै खुसी होओ” भनी अनुवाद गर्न सकिन्छ ।
  • आनन्दित व्यक्‍तिलाई “ज्यादै खुसी भएको” वा “रमाएको” वा “ज्यादै प्रसन्‍न भएको” भनेर बयान गर्न सकिन्छ ।
  • पदावली “आनन्दले कराओ” लाई “तपाईं यसरी कराउनुहोस् कि तपाईं खुसी हुनुभएको देखियोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • “आनन्दित सहर” वा “आनन्दित घर” लाई “आनन्दित मानिसहरू बस्‍ने सहर” वा “आनन्दित मानिसहरूले भरिपूर्ण घर” वा “त्यो सहर जहाँका मानिसहरू निकै खुसी छन्” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः लक्षणा)

(हेर्नुहोस्ः आनन्द गर)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०१:६-७
  • ३ यूहन्‍ना ०१:१-४
  • गलाती ०५:२२-२४
  • यशैया ५६:६-७
  • याकूब ०१:१-३
  • यर्मिया १५:१५-१६
  • मत्ती ०२:९-१०
  • नहेम्याह ०८:९-१०
  • फिलेमोन ०१:४-७
  • भजनसंग्रह ४८:१-३
  • रोमी १५:३०-३२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (३३-०७) “चट्टानले बनेको जमिन त्यो व्यक्‍ति हो जसले परमेश्‍वरको वचन सुन्छ र त्यसलाई आनन्दसाथ स्वीकार गर्छ ।”
  • (३४-०४) “परमेश्‍वरको राज्य कसैले खेतमा लुकाएर राखेको गाडधनजस्तो हो । अर्को मानिसले त्यस गाडधानलाई फेला पारी त्यसलाई फेरि गाड्यो । त्यो आनन्दले भरियो र आफूसित भएको हरेक थोक बेचेर त्यस खेतलाई किन्‍न सबै रुपियाँ-पैसा लगानी गर्‍यो ।”
  • (४१-०७) स्‍त्रीहरू डर र बडो आनन्दले भरिए । चेलाहरूलाई शुभ खबर बताउन तिनीहरू दौडेर गए ।

आनन्दित हुनु

परिभाषा:

आनन्दित हुनु भनेको हर्ष र खुसीले पूर्ण हुनु हो । यसको अर्थ धेरै खुशी हुनु हो ।

  • यो शब्दले प्रायः परमेश्‍वरले गर्नुभएको असल थोकबारे धेरै खुशी हुनुलाई जनाउछ ।
  • यसलाई “धेरै खुशी हुनु” वा “धेरै हर्षित हुनु” वा “आनन्दले पूर्ण हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः आनन्द, आनन्दित) बाइबलका खण्डहरूः

  • १ थेसलोनिकी ०५:१५-१८
  • प्रेरित १६:३२-३४
  • लूका १५:६-७
  • लूका १९:३७-३८
  • मत्ती ०२:९-१०
  • मत्ती ०५:११-१२
  • मत्ती १८:१२-१४
  • फिलिप्‍पी ०२:१७-१८
  • फिलिप्‍पी ०४:१०-१३
  • रोमी ०५:१-२

आनन्दित हुनु, आनन्द

परिभाषा:

शब्दहरू “आनन्दित हुनु” र “आनन्द” ले सफलता वा विशेष आशिष्‌को कारणले निकै खुसी हुने अवस्थालाई जनाउँछन् ।

  • “आनन्दित हुनु” मा कुनै राम्रो कुराको उत्सव मनाउँदाको अनुभूति सामेल हुन्छ ।
  • एउटा व्यक्‍ति परमेश्‍वरको भलाइमा आनन्दित हुन सक्छ ।
  • शब्द “आनन्द” ले सफलता वा उन्‍नतिबारे भएको प्रसन्‍नताको अनुभूतिमा घमण्डी हुने अवस्थालाई पनि समावेश गर्न सक्छ ।
  • पदावली “आनन्दित हुनु” लाई “हर्षसाथ उत्सव मनाउनु” वा “बडो प्रसन्‍नतासाथ प्रशंसा गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर शब्द “आनन्द” लाई “विजयसाथ प्रशंसा गर्नु” वा “आत्म प्रशंसासाथ उत्सव मनाउनु” वा “घमण्डी” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

आर्तनाद

परिभाषा:

“आर्तनाद” शब्दले गहन, मधुरो आवाजको उच्‍चारणलाई जनाउँछ, जुन शारीरिक वा भावनात्मक पीडाको कारणले उदय हुन्छ । साधारणतया कुनै शब्दको उच्‍चारणविना नै आर्तनाद गरिन्छ ।

  • शोकको अनुभूति गरेकोले व्‍यक्‍तिले आर्तनाद गर्न सक्छ ।
  • डरलाग्दो, कठोर बोझको अनुभूतिले गर्दा आर्तनाद आउन सक्छ ।
  • “आर्तनाद” लाई “दर्दको मधुर आवाज” वा “गहन रूपमा गरिने शोक” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • नामको रूपमा यसलाई “विपत्तिको मधुर आवाज” वा “दर्दको गहन गनगन” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

आवाज

परिभाषा:

व्यक्‍तिले बोल्न आफ्नो आवाजलाई प्रयोग गर्छ । त्यसैले, बोलीवचन वा कुनै कुरोको सञ्‍चारको लागि “आवाज” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • मानव-जातिले जस्तै परमेश्‍वरले आवाज ननिकाल्नुभए तापनि उहाँले आफ्नो आवाज प्रयोग गर्नुहुन्छ भनी बताइएको छ ।
  • पुरै व्यक्‍तित्वलाई उल्लेख गर्न आवाजको प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि, “मरुभूमिमा यसो भन्‍ने आवाज सुनियो, ‘प्रभुको बाटो तयार पार’ ।” यसलाई “मरुभूमिमा एक जना व्यक्‍ति बोलेको सुनियो ... ।” भनी अनुवाद गर्न सकिन्छ ।
  • कहिले काहीँ “आवाज” शब्दलाई शाब्दिक रूपमा बोल्न नसक्‍ने वस्तुहरूको लागि पनि प्रयोग गरिन्छ । उदाहरणको लागि, परमेश्‍वरले सृजनुभएका उदेकका कुराहरूले उहाँका कामको घोषणा गर्छन् र तिनीहरूका “आवाज” ले उहाँ कति महान् हुनुहुन्छ भनी घोषणा गर्छन् भनी दाऊदले लेखे । यसलाई “तिनीहरूको ऐश्‍वर्यले परमेश्‍वर कति महान् हुनुहुन्छ भनी स्पष्‍ट रूपमा देखाउँछ” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • लूका ०१:४२-४५
  • लूका ०९:३४-३६
  • मत्ती ०३:१६-१७
  • मत्ती १२:१९-२१

इतिहास

परिभाषा:

“इतिहास” शब्दले समयको कालखण्डमा घटेका घटनाहरूको लिखित अभिलेखलाई जनाउँछ ।

  • पुरानो करारका दुईवटा पुस्तकलाई “इतिहासको पहिलो पुस्तक” र “इतिहासको दोस्रो पुस्तक” भनिन्छ ।
  • “इतिहास” भनिने यी पुस्तकहरूले इस्राएली मानिसहरूको इतिहासको भागलाई अभिलिखित गर्छन् । आदमदेखि हरेक पुस्ताका मानिसहरूको सूचीसँगै यी पुस्तकहरूको थालनी भएका छन् ।
  • “इतिहासको पहिलो पुस्तक” ले राजा शाऊलको जीवनको अन्त्य र राजा दाऊदको शासनका घटनाहरूलाई अभिलिखित गर्छ ।
  • “इतिहासको दोस्रो पुस्तक” ले राजा सोलोमन र अन्य केही राजाहरूको शासनलाई अभिलिखित गर्छ । यसमा मन्दिर निर्माण र दक्षिणी राज्य यहूदाबाट उत्तरी राज्य इस्राएलको विभाजनलाई पनि उल्लेख गरिएको छ ।
  • दोस्रो इतिहासको अन्त्यमा बेबिलोनी निर्वासनको थालनीको बयान गरिएको छ ।

इनाम

परिभाषा:

“इनाम” ले कुनै व्यक्‍तिले असल वा खराब कुरा गरे बापत प्राप्‍त गर्ने कुरालाई जनाउछ । कसैलाई “इनाम दिनु” भनेको कसैलाई उनलाई सुहाउँदो कुरा दिनु हो ।

  • कसैले राम्रो गर्दा वा परमेश्‍वरको आज्ञा पालन गर्दा व्‍यक्‍तिले पाउने इनाम असल वा सकरात्मक हुनसक्छ ।
  • कहिलेकहीँ इनामले खराब व्यवहारको नतिजाबाट आउने नकरात्मक नतिजाहरूलाई पनि जनाउँछ, जस्तै “दुष्‍टको इनाम” जस्ता कथनमा । यस सन्दर्भमा “इनाम” ले पापपूर्ण कार्यहरूको परिणाम स्वरूप आउने दण्ड वा नकरात्मक परिणामलाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार “इनाम” लाई “भुक्‍तानी” वा “कुनै सुहाउँदो थोक” वा “दण्ड” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “इनाम दिनु” लाई “वापस तिर्नु” वा “दण्ड दिनु” वा “सुहाउँदो कुरा दिनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • अनुवादले ज्यालालाई नजाओस् भन्‍ने कुरालाई ख्याल गर्नुहोस् । इनाम कामको रूपमा पैसा कामउने बारे होइन् ।

(हेर्नुहोस्ः दण्ड दिनु, दण्ड) बाइबलका खण्डहरूः

  • व्यवस्था ३२:५-६
  • यशैया ४०:९-१०
  • मत्ती ०५:११-१२
  • मत्ती ०६:३-४
  • मर्कूस ०९:४०-४१
  • भजनसंग्रह १२७:३-५
  • प्रकाश ११:१८

इनार, ट्याङ्की

परिभाषा:

“इनार” र “ट्याङ्की” भन्‍ने शब्दहरूले बाइबलको समयमा पानीका दुई भिन्‍न किसिमका स्रोतहरूलाई जनाउँथे ।

  • इनार चाँहि जमिनमा गहिरो खाल्डो खनेर बनाइन्थ्यो र जमिनमुनिबाट पानी बगेर त्यहाँ जम्मा हुन्थ्यो ।
  • ट्याङ्की पनि आकाशबाट परेको पानी जम्मा गर्नको निम्ति जमिनमा गहिरो खाल्डो खनेर बनाइन्थ्यो ।
  • ट्याङ्की चाँहि ढुङ्गे जमिनमा बनाइन्थ्यो र त्यसलाई प्लास्टर गरेर जमाइन्थ्यो र पानी त्यसमा जम्मा भइरहन्थ्यो । लगाइएको प्लास्टर चर्किएमा त्यो “टुटेको ट्याङ्की” हुन्थ्यो र पानी बाहिर चुइन्थ्यो ।
  • ट्याङ्कीहरू ६ मिटर गहिरो र माथिल्लो खुला भागमा १ मिटर चौँडा हुन्थे ।
  • मानिस र जीवजन्तुका लागि पानी धेरै महत्त्वपूर्ण भएका हुनाले, इनार कसले प्रयोग गर्ने भन्‍ने कुरामा विवाद र झगडा हुन्थे ।
  • कुनै फोहोर नपरोस् भनेर इनारहरू र ट्याङ्कीहरू दुवैलाई एउटा ठुलो ढुङ्गाले ढाकिन्थ्यो । पानी माथि ल्याउनको निम्ति त्यसमा प्रायः एउटा डोरी र बाल्टी गाँसिएको हुन्थ्यो ।
  • खाली ट्याङ्की कहिलेकाँही कसैलाई कैदमा राख्‍नको निम्ति प्रयोग गरिन्थ्यो, यस्तो योसेफ र यर्मियालाई भएको थियो ।

अनुवाद सुझावहरूः

  • “इनार” लाई “गहिरो पानीको खाल्डो” वा “भूमिगत जलको लागि गहिरो खाल्डो” वा “पानी जम्मा गर्नको निम्ति गहिरो खाल्डो” भनेर भिन्‍न तरिकामा अनुवाद गर्न सकिन्छ ।
  • “ट्याङ्की” लाई “ढुङ्गाको खाडल” वा “पानीको निम्ति गहिरो र साँगुरो खाडल” वा “पानी जम्मा गर्नको निम्ति जमिनमुनिको ट्याङ्की” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यी शब्दहरू अर्थमा समान छन् । यी दुईबिच मुख्य भिन्‍नता भनेको यो हो, कि इनारमा पानी जमिनमुनिबाट आउँछ भने ट्याङ्कीमा आकाशबाट परेको पानीबाट पानी आउँछ ।

इन्कार गर्नु

परिभाषा:

कसैलाई वा कुनै थोकलाई “इन्कार गर्नु” भनेको त्यो व्यक्‍ति वा त्यो कुरालाई स्वीकार गर्न इन्कार गर्नु हो । परमेश्‍वरलाई इन्कार गर्नु भनेको उहाँको आज्ञापालन गर्न इन्कार गर्नु हो ।

  • “इन्कार गर्नु” को अर्थ केही थोकमा “विश्‍वास गर्न इन्कार गर्नु” पनि हो ।
  • जब इस्राएलीहरूले मोशाको नेतृत्वलाई इन्कार गरे, तिनीहरूले वास्तवमा परमेश्‍वरलाई इन्कार गरिरहेका थिए ।
  • इस्राएलीहरूले झुटा देवताहरूको पूजा गर्नु, तिनीहरूले परमेश्‍वरलाई इन्कार गरिरहेका थिए भन्‍ने देखाउने प्रमुख तरिका थियो ।
  • “धकेलि पठाउनु” चाहिँ यो ग्रीक शब्दको शब्दिक अर्थ हो । अरु भाषाहरूमा कुनै थोक वा कसैलाई विश्‍वास गर्न इन्कार गर्ने अर्थ भएको त्यस्तै वाक्य-पद्धति हुनसक्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार “इन्कार गर्नु” लाई “स्वीकार नगर्नु” वा “सहायता गर्न रोक्‍नु” वा “आज्ञापालन गर्न इनकार गर्नु” वा “आज्ञापालन गर्न छोड्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “भवन निर्माण गर्नेहरुले रद्ध गरेका ढुङ्गा” लाई “तिनीहरूले प्रयोग गर्न इन्कार गरेका ढुङ्गा” वा “तिनीहरूले स्वीकार गर्न इन्कार गरेका ढुङ्गा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • मानिसहरूले परमेश्‍वरका आज्ञाहरू इन्कार गरेको सन्दर्भमा यसलाई उहाँका आज्ञाहरूलाई “आज्ञा पालन गर्न इन्कार गर्नु” वा परमेश्‍वरका व्यवस्थाहरूलाई “हठी भएर स्वीकार नगर्न चुन्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः आदेश, आज्ञा गर्नु, आज्ञा, अवज्ञा गर्नु, अनाज्ञाकारी, अनाज्ञाकारिता, आज्ञा पालन गर्नु, आज्ञाकारी, आज्ञाकारिता) बाइबलका खण्डहरूः

  • गलाती ०४:१२-१४
  • लूका ०६:२२-२३
  • मर्कूस ०७:८-१०

ईर्ष्या, लालच गर्नु

परिभाषा:

शब्द “ईर्ष्या” ले कुनै व्यक्‍तिले कुनै कुरो अधिकार गरेको कारणले वा उसका प्रशंसनीय योग्यताहरूको कारणले ऊप्रति डाही हुने अवस्थालाई जनाउँछ । पदावली “लालच गर्नु” को अर्थ कुनै व्यक्‍तिप्रति यसरी ईर्ष्या गर्नु हुन्छ कि उसले त्यो व्यक्‍तिको चीज लिन दृढतापूर्वक इच्छा गर्छ ।

  • ईर्ष्या साधारणतया अर्को व्यक्‍तिको सफलता, राम्रो भाग्य वा सम्पत्तिको कारणले उत्पन्‍न हुने प्रतिशोधको नकारात्मक अनुभूति हो ।
  • लालच अर्को व्यक्‍तिको सम्पत्ति मात्र नभएर पति वा पत्‍नीसमेत लिन खोज्ने दृढ इच्छा हो ।

ईश्‍वरविहीन, ईश्‍वरहीन, ईश्‍वरविहीनता, ईश्‍वरहीनता

परिभाषा:

शब्दहरू “ईश्‍वरविहीन” र “ईश्‍वरहीन” ले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने मानिसहरूको बयान गर्छन् । परमेश्‍वरलाई ठाउँ नदिई दुष्‍ट तरिकाले जिउनुलाई “ईश्‍वरविहीनता” वा “ईश्‍वरहीनता” भनिन्छ ।

  • यी शब्दहरूका अर्थहरू निकै समान छन् । तथापि “ईश्‍वरहीन” र “ईश्‍वरहीनता” ले अझै चरम अवस्थाको बयान गर्न सक्छन् जसमा मानिसहरू वा जातिहरूले तिनीहरूमाथि शासन गर्ने परमेश्‍वरको अधिकारलाई कत्ति पनि मानिलिँदैनन् ।
  • ईश्‍वरविहीन मानिसहरू र उहाँ र उहाँका मार्गहरूलाई इन्कार गर्ने हरेकमाथि परमेश्‍वरको न्याय र क्रोध पर्नेछ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर शब्द “ईश्‍वरविहीन” लाई “परमेश्‍वरलाई बेखुसी पार्ने” वा “अनैतिक” वा “परमेश्‍वरको आज्ञा नमान्‍ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्दहरू “ईश्‍वरहीन” र “ईश्‍वरहीनता” को शाब्दिक अर्थ हुन्छ‒ “परमेश्‍वरविनाका” वा “परमेश्‍वरको बारेमा नसोच्‍ने” वा “परमेश्‍वरलाई नमानिलिने तरिकाले कार्य गर्ने” मानिसहरू ।
  • “ईश्‍वरविहीनता” वा “ईश्‍वरहीनता” लाई “दुष्‍टता” वा “दुष्‍ट्याइँ” वा “परमेश्‍वरको विरुद्धमा गरिने विद्रोह” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः ईश्‍वरीय, ईश्‍वरभक्‍ति, दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता)

बाइबलका सन्दर्भहरूः

  • १ पत्रुस ०४:१७-१९
  • १ तिमोथी ०१:९-११
  • हिब्रू १२:१४-१७
  • अय्यूब २७:८-१०
  • यहूदा ०१:१४-१६
  • हितोपदेश ११:९-११

उच्‍च स्थानहरू

परिभाषा:

पदावली “उच्‍च स्थानहरू” ले मूर्तिहरूको पूजा गर्नको लागि प्रयोग गरिने वेदी र तीर्थ स्थलहरूलाई जनाउँछ । साधारणतया यस्ता स्थानहरू पहाड वा डाँडा काँडाजस्ता उच्‍च ठाउँहरूमा बनाइन्थे ।

  • यी उच्‍च स्थानहरूमा झुटा देवताहरूका वेदीहरू बनाएर इस्राएलका धेरै राजाहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे । यस्तो गतिविधिले मानिसहरूलाई गहन रूपमा मूर्तिहरूको पूजामा संलग्‍न हुनेतर्फ डोर्‍यायो ।
  • जब-जब इस्राएल र यहूदामा परमेश्‍वरको भय मान्‍ने राजाले शासन गर्न थाल्थे, यस्ता मूर्तिपूजाहरूलाई रोक्‍न तिनले अक्सर त्यस्ता उच्‍च स्थानहरू र वेदीहरूलाई हटाइदिन्थे ।
  • तथापि केही असल राजाहरू असावधान थिए, र तिनीहरूले उच्‍च स्थानहरूलाई हटाएनन् । परिणामतः सारा इस्राएल राज्य नै मूर्तिपूजाहरूमा लागिरह्‍य ो ।

अनुवादका लागि सुझावहरूः

  • यस पदावलीलाई “मूर्तिपूजाको लागि उठाइएको स्थान” वा “डाँडाका तीर्थ स्थलहरू” वा “मूर्तिको वेदीको आकृति” भनी अनुवाद गर्न सकिन्छ ।
  • यस पदावलीले मूर्तिका वेदीहरूलाई जनाउनुपर्छ, केवल ती वेदीहरू राखिने उच्‍च स्थानहरूलाई होइन भन्‍ने कुरोमा तपाईं निश्‍चित हुनुपर्छ ।

(हेर्नुहोस्ः वेदी, मूर्ति, मूर्तिपूजक, आराधना)

बाइबलका सन्दर्भहरूः


उच्‍च, उच्‍च ओहदाको व्‍यक्‍ति

परिभाषा:

“उच्‍च” भन्‍ने शब्दले कुनै उत्कृष्‍ट वा उच्‍च स्तरको कुरालाई जनाउँछ । “उच्‍च ओहदाको व्‍यक्‍ति” भनेको त्यस्तो व्‍यक्‍ति हो जो उच्‍च राजनैतिक वा सामाजिक समूहमा पर्छ ।

  • उच्‍च ओहदाको व्‍यक्‍ति भनेको राज्यको अधिकारी र राजाको नजिकको सेवक हुन्थे ।
  • “उच्‍च ओहदाको व्‍यक्‍ति” लाई “राजाको अधिकारी” वा “सरकारी अधिकारी” वा “उच्‍च घरानामा जन्मिएको व्‍यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

उच्‍चमा, सर्वोच्‍च ठाउँमा

परिभाषा:

“उच्‍चमा” र “सर्वोच्‍च ठाउँमा” भन्‍ने शब्दहरूको मतलब “स्वर्गमा” भन्‍ने हो ।

  • “सर्वोच्‍च स्थानमा” भन्‍ने वाक्यांशको अर्को अर्थ “प्रशंसनीय व्‍यक्‍ति” पनि हुनसक्छ ।
  • “उच्‍चमा” भन्‍ने शब्दले आकाशमा जस्तै उच्‍चमा हुनु भनेर जनाउन सक्छ, जस्तै उच्‍चमा भएको चराको गुण । यो कुरालाई यो सन्दर्भमा, “आकाशको उच्‍च ठाउँमा” वा “अग्लो रूखको चुचुरोमा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “उच्‍च” भन्‍ने शब्दले उच्‍च स्थान, वा व्‍यक्‍तिको वा कुनै कुराको महत्त्वलाई जनाउँछ ।
  • “उच्‍च स्थानबाट” भन्‍ने शब्दलाई “स्वर्गबाट” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

उछिन्‍नु / उछिने

परिभाषा:

“उछिन्‍नु” भन्‍नाले कुनै कुरामा वा केही बस्तु माथि नियन्‍त्रण गर्ने कुरालाई बुझिन्छ । कुनै कुरा प्राप्‍त गर्न कोसिस गरेपछि त्यसलाई पूरा नै गर्ने अवधारणा यसमा समावेश हुन्छ ।

  • “उछिने” भन्‍ने शब्दलेले बिगतमा भएको कार्यहरूलाई व्यक्त गर्दछ ।
  • जब सैनिकहरूले शत्रुहरूलाई “उछिन्छन्”, यसको मतलब तिनीहरूले शत्रुहरूलाई युद्धमा हराए भन्‍ने हुन्छ ।
  • जब शिकारी जनावरले आफ्नो शिकारलाई उछिन्छ, यसको मतलब त्यसले त्यो शिकारको पिछा गर्छ र त्यसलाई समात्छ ।
  • यदि कुनै श्रापले कसैलाई “उछिन्यो” भने, यसको मतलब त्यसलाई दिइएको श्राप त्यसमाथि लाग्‍ने छ ।
  • सन्दर्भ अनुसार, “उछिन्‍नु” लाई “पराजय गर्नु” वा “नियन्‍त्रण गर्नु” वा “हराउनु” वा “पूरा गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “उछिने” भन्‍ने शब्दलाई “पराजय गरे” वा “हराए” वा “पूरा गरे” वा “नजिक आए” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

उजाड पार्नु, उजाड

परिभाषा:

“उजाड पार्नु” र “उजाड” शब्दले बसोबास भइरहेको क्षेत्रलाई बस्‍न नमिल्ने गरी नष्‍ट गर्ने अवस्थालाई जनाउँछ ।

  • मानिसको सन्दर्भमा कुरा गर्दा यो शब्दले नाश हुने अवस्था, एक्लोपन, वा शोकलाई जनाउँछ ।
  • बालीनाली उभि रहेको जग्‍गालाई उजाड पारियो भने यसको अर्थ किराहरू वा आक्रमण गर्ने सेनाले यसलाई नष्‍ट परेका छन् भन्‍ने हुन्‍छ ।
  • “उजाड क्षेत्र” भनेर थोरै मानिसहरू बस्‍ने र थोरै मात्र रूखपात भएको ठाउँलाई चिनिन्छ ।
  • “उजाड जमिन” वा “उजाड-स्थान” मा समाजबाट बाहिर निकालिएका (जस्तैः कुष्‍टरोगीहरू) र डरलाग्दा जनावरहरू बस्‍ने गर्थे ।
  • कुनै सहरलाई “उजाड बनाउनु” भन्‍नाले त्यसका भवनहरू र सरसामानहरूलाई नष्‍ट गर्नु वा चोरी गर्नु, त्यहाँका बासिन्दाहरूलाई मार्नु वा पक्रेर लैजानु भन्‍ने अर्थ लाग्छ । यसकारण, त्यो सहर “खाली” र “नष्‍ट” हुन्छ ।
  • सन्दर्भअनुसार यसलाई “नाश गरिएको” वा “नष्‍ट गरिएको” वा “खेर फालिएको” वा “एकलो र बहिस्कृत गरिएको” भनेर अनुवाद गर्न सकिन्छ ।

उँट

परिभाषा:

उँट एउटा ठुलो चार-खुट्टे जनावर हो, जसको पिठिऊँमा एक वा दुईवटा जुरो हुन्छन् ।

  • बाइबलको समयमा उँट इस्राएल र वरिपरिका क्षेत्रहरूमा पाइने सबैभन्दा ठुलो जनावर थियो ।
  • खास गरी मानिस र भारीहरू बोक्‍न उँटको प्रयोग गरिन्थ्यो ।
  • केही जातिहरूले उँटलाई मासुको लागि पनि प्रयोग गर्थे, तर इस्राएलीहरूले त्यसो गर्दैनथ्ये । किनभने उँट अशुद्ध थियो र त्यो खान योग्य थिएन भनी परमेश्‍वरले तिनीहरूलाई बताउनुभएको थियो ।
  • उँटहरू मूल्यवान् थिए, किनकि तिनीहरू बालुवामा द्रुत गतिमा चल्न सक्थे, अनि खाना र पानीविना केही दिनसम्म बाँच्‍न सक्थे ।

उठाइ लगिएको

परिभाषा:

पदावली “उठाइ लगिएको” ले परमेश्‍वरद्वारा अकस्मात्, आश्‍चर्यमय तरिकाले कसैलाई स्वर्गमा लैजाने कामलाई जनाउँछ ।

  • क्रियामूल “उछिनेर जानु” ले कसैकहाँ पुग्‍न हतारमा जानु भनी जनाउँछ ।
  • प्रेरित पावलले तेस्रो स्वर्गमा एठाइएर लगिएको विषयमा बताए । यसलाई “माथि लगिएको” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • ख्रीष्‍ट फर्केर आउनुहुँदा ख्रीष्‍टियानहरू उहाँलाई भेट्न बादलमा सँगसँगै “उठाइ लगिनेछन्” भनी पावलले बताए ।
  • “मेरा पापले मलाई पक्रेका छन्” भन्‍ने आलङ्कारिक अभिव्‍यक्‍तिलाई “मैले मेरो पापका नतिजाहरू भोगिरहेको छु” वा “मेरो पापको कारणले मैले दुःख भोग्दै छु” वा “मेरो पापले मलाई दुःख दिँदै छ” भनी अनुवाद गर्न सकिन्छ ।

उठाउनु, उठेर खडा हुनु, उठेर खडा भएको, उठ्नु, उठ्यो

परिभाषा:

उठाउनु, माथि उठाउनु सामान्यतयाः “उठाउनु” को अर्थ “उचाल्नु” वा “उच्‍च पार्नु” हुन्छ ।

  • आलङ्कारिक वाक्यंश “माथि उठाउनु” को अर्थ कुनै थोकलाई अस्तित्वमा ल्यउनु वा देखा पर्न लगाउनु हो । यसको अर्थ कसैलाई नियुक्‍त गर्नु पनि हुन्छ ।
  • कहिले काहीँ “माथि उठाउनु” को अर्थ “पुनर्स्थापना गर्नु” वा “पुनःनिर्माण गर्नु” पनि हुन्छ ।
  • “मृतकबाट उठाउनु” भन्‍ने वाक्यांशमा “उठाउनु” को अर्थ विशिष्‍टिकृत अर्थ छ । यसको अर्थ मृत व्यक्‍तिलाई फेरि जीवित तुल्याउनु हो ।
  • कहिले काहीँ “माथि उठाउनु” को अर्थ केहीलाई वा कसैलाई “उच्‍च पार्नु(प्रशंसा गर्नु)” हुन्छ ।

उठेर खडा हुनु, उठ्नु “उठेर खडा हुनु” वा “उठ्नु” भनेको “माथि जानु” वा “खडा हुनु” हो ।” उठेर खडा भएको”, “उठेर खडा भयो” र “उठ्यो” भूतकाल जनाउने अभिव्यक्‍कि हुन् ।

  • जब कोही कतै जानलाई खडा हुन्छ, यसलाई कहिले काहीँ “ऊ उठ्यो र गयो” वा “ऊ उठेर गयो” भनी व्यक्‍त गरिन्छ ।
  • यदि कुनै थोक “उठ्छ” भने यसको अर्थ यो “(घटना)घटछ” वा “(घटना)घटन थाल्छ” हुन्छ ।
  • येशूले भविष्यवाणी गर्नुभयो, कि उहाँ “मृत्युबाट उठेर खडा हुनुहुनेछ” । येशू मर्नुभएको तिन दिनपछि, तिन स्वर्गदूतले भने, “उहाँ उठेर खडा हुनुभएको छ” ।

अनुवादका निम्ति सुझावहरूः

  • “उठ्नु” वा “माथि उठ्नु” लाई “माथि उचाल्नु” वा “उच्‍च पार्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “माथि उठ्नु” लाई पनि “देखा पर्न लगाउनु” वा “नियुक्‍त गर्नु” वा “अस्तित्वमा ल्याउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तिमीहरूका शत्रुहरूका सामर्थ्य उठाउनु” लाई “तिमीहरूका शत्रुहरूलाई बलियो तुल्यउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कसैलाई मृतकबाट उठाउनु” लाई “कसैलाई मृत्युबाट जीवनमा फर्कन लगाउनु” वा “कसैलाई मृत्युबाट जीवनतिर फिर्ता आउन लगाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार, “माथि उठ्नु” लाई “प्रादन गर्नु” वा “नियुक्‍त गर्नु” वा “पाउने तुल्याउनु” वा “निर्माण गर्नु” वा “पुनःनिर्माण गर्नु” वा “मरम्मत गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “उठ्यो र गयो” लाई “खडा भयो र गयो” वा “गयो” भनी अनुवाद गर्न सकिन्छ ।
  • “खडा भएर उठ्यो” लाई सन्दर्भअनुसार “सुरु गर्‍यो” वा “थालनी गर्‍यो” वा “खडा भयो” वा “उभियो” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पुरुत्थान, नियुक्‍त गर्नु, नियुक्‍त गरिएको, उच्‍च पार्नु, उच्‍च\प्रशंसा) बाइबलका खण्डहरूः

  • २ इतिहास ०६:४०-४२
  • २ शमूएल ०७:१२-१४
  • प्रेरित १०:३९-४१
  • कलस्सी ०३:१-४
  • व्यवस्था १३:१-४
  • न्यायकर्ता ०२:१८-१९
  • यर्मिया ०२:०६:१-३
  • लूका ०७:२१-२३
  • मत्ती २०:१७-१९

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२१-१४) मसीह मर्नुहुनेथियो, र परमेश्‍वरले उहाँलाई मृत्युबाट उठाउनु हुनेथियो भनी अगवक्‍ताहरूले अगमवाणी गरे ।
  • (४१-०५) “येशू यहाँ हुनुहुन्‍न । उहाँ उहाँले भनेअनुसार मृतकबाट जीवित हुनुभएको छ ।”
  • (४३-०७) “येशू मर्नुभए तापनि परमेश्‍वरले उहाँलाई मृतकबाट उठाउनुभयो । यसले ‘तपाईंले तपाईंका पवित्रजनलाई चिहानमा कुहुन दिनुहुन्‍न’ भन्‍ने अगमवाणी पुरा गर्छ । परमेश्‍वरले येशूलाई फेरि जीवनमा उठाउनुभएको तथ्यको साक्षी हामी छौँ ।”
  • (४४-०५) “तपाईंहरूले जीवनको स्रष्‍टालाई मार्नुभयो, तर परमेश्‍वरले उहाँलाई मृतकबाट उठाउनुभयो ।”
  • (४४-०८) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिद्वारा निको पारिएको यो मानिस तपाईंहरूको सामु खडा छ । तपाईंहरूले येशूलाई क्रुसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवनमा उठाउनुभयो ।”
  • (४८-०४) यसको आशय शैतानले मसीहलाई मार्नेथियो, तर परमेश्‍वरले फेरि जीवनमा उठाउनु हुनेथियो, र मसीहले शैतानको शक्‍ति सदाको लागि कुल्चनुहुनेथियो ।
  • (४९-०२) उहाँ( येशू) पानीमाथि हिँड्नुभयो, आँधीलाई शान्त पार्नुभयो, धेरै बिरामीहरूलाई निको पार्नुभयो, दुष्‍टआत्माहरू धपाउनुभयो, मृतकलाई जीवनमा उठाउनुभयो, पाँच वटा रोटी र दुई वटा माछालाई ५,००० जनाको लागि पुग्‍ने बनाउनुभयो ।
  • (४९-१२) येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ, उहाँ तपाईंको सट्टा क्रुसमा मर्नुभयो, र परमेश्‍वरले उहाँलाई फेरि जिवित पारेर उठाउनुभयो भनी तपाईंहरूले विश्‍वास गर्नुपर्छ ।

उत्तराधिकारी

परिभाषा:

मरेको व्‍यक्‍तिका सम्पत्ति वा रुपियाँ-पैसा वैधानिक रूपमा प्राप्‍त गर्ने व्‍यक्‍ति नै “उत्तराधिकारी” हो ।

  • बाइबलको समयमा मुख्य उत्तराधिकारी जेठो छोरो हुन्थ्यो, जसले उसको पिताका अधिकांश सम्पत्ति र रुपियाँ-पैसा प्राप्‍त गथ्र्यो ।
  • बाइबलले ख्रीष्‍टियानहरूलाई जनाउन “उत्तराधिकारी” शब्दलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरेको छ । परमेश्‍वर ख्रीष्‍टियानहरूका आत्मिक पिता हुनुहुन्छ, जसबाट तिनीहरूले आत्मिक लाभ प्राप्‍त गर्छन् ।
  • परमेश्‍वरका सन्तानको रूपमा ख्रीष्‍टियानहरूलाई येशू ख्रीष्‍टसँगै “साझे-उत्तराधिकारीहरू” भनिएको छ । यसलाई “सह-उत्तराधिकारीहरू” वा “सङ्गी उत्तराधिकारीहरू” वा “सँगैका उत्तराधिकारीहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “उत्तराधिकारी” शब्दलाई “लाभ प्राप्‍त गर्ने व्‍यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ । वा बुबा आमा अथवा अन्य नातेदारहरूको मृत्युपश्‍चात् सम्पत्ति र अन्य थोकहरू प्राप्‍त गर्ने व्‍यक्‍तिको लागि अर्थ दिने कुनै पनि अभिव्‍यक्‍ति प्रयोग गर्न सकिन्छ ।

(हेर्नुहोस्ः जेठो, उत्तराधिकारी हुनु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी)

बाइबलका सन्दर्भहरूः

  • गलाती ०४:१-२
  • गलाती ०४:६-७
  • उत्पत्ति १५:१-३
  • उत्पत्ति २१:१०-११
  • लूका २०:१३-१४
  • मत्ती २१:३८-३९
  • मर्कूस १२:६-७

उत्साह दिनु, उत्साह

परिभाषा:

कुनै मानिसमा आराम, आशा, आत्मविश्‍वास र साहस उत्पन्‍न गर्ने तरिकाले कुनै कुरा गर्ने र भन्‍ने कामलाई “उत्साह दिनु” र “उत्साह” भनिन्छ ।

  • यसको लागि प्रयोग गरिने अर्को शब्द “प्रोत्साहन” हो, जसको अर्थ कसैलाई गलत काम गर्नबाट रोक्‍न र राम्रो गर्नलाई सल्लाह दिनु भन्‍ने हुन्‍छ ।
  • प्रेरित पावल र नयाँ करारका अन्य लेखकहरूले एक अर्कालाई उत्साह दिन र प्रेम गर्न सिकाएका छन् ।

उद्धार, उद्धारकर्ता

परिभाषा:

कसैलाई “उद्धार गर्नु” भनेको उसलाई बचाउनु हो । “उद्धारकर्ता” भनेको मानिसहरूलाई दासत्व, अत्याचार, वा अन्य खतराबाट बचाउने मानिस हो ।

  • पूरानो करारमा परमेश्‍वरले इस्राएलीहरूलाई आक्रमण गर्न आउने मानिसहरूको विरुद्ध युद्धको नेतृत्व गरेर बचाउनको लागि उद्धारकर्ताहरूलाई नियुक्त गर्नु भयो ।
  • यी उद्धारकर्ताहरूलाई “न्यायकर्ताहरू” पनि भनिन्थ्यो र पुरानो करारमा भएको न्यायकर्ताको पुस्तकले न्यायकर्ताहरूले इस्राएलमाथि शासन गरेको बेलाको इतिहासलाई समेटेको छ ।
  • परमेश्‍वरलाई “उद्धारकर्ता” पनि भनिन्छ । उहाँले इस्राएलको इतिहासभरि आफ्ना मानिसहरूलाई शत्रुहरूबाट छुटकारा दिनुभयो ।
  • केही सन्दर्भहरूमा यो अङ्ग्रेजी शब्द (deliver) को अर्थ शत्रुकहाँ सुम्पिदिनु भन्‍ने अर्थ पनि लाग्छ, जस्‍तो यहूदाले येशूलाई यहूदी अगुवाहरूकहाँ सुम्पिदियो ।

उपवास

परिभाषा:

एक दिन वा त्योभन्दा बढी समयसम्म खाना नखाई वा कुनै विशेष किसिमको खाना वा पेय पदार्थ नखाई बस्‍ने प्रक्रियालाई उपवास बस्‍नु भनिन्छ ।

  • उपवासले मानिसहरूलाई खानेकुराबाट ध्यान हटाएर पूर्ण रुपले परमेश्‍वरमा ध्यान लगाउन सहयोग गर्छ ।
  • येशूले यहूदी अगुवाहरूको निन्दा गर्नुभयो किनकि उनीहरू गलत उद्धेश्यको लागि उपवास बस्थे । उनीहरू अरू मानिसहरूको अगाडि आफूलाई धार्मिक देखाउनको लागि उपवास बस्थे ।
  • कहिले काहीँ मानिसहरू आफू दुःखी भएको वा शोकमा परेको देखाउनलाई पनि उपवास बस्छन् ।
  • यसलाई “खाना नखानु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

उर्दी

परिभाषा:

उर्दी सबै मानिसहरूको लागि सार्वजनिक रूपमा गरिएको घोषणा वा कानुन हो ।

  • परमेश्‍वरका व्यवस्थाहरूलाई पनि उर्दी, कानुन वा आज्ञाहरू भनिन्छ ।
  • उर्दीहरू अनिवार्य रूपमा पालना गरिनुपर्छ ।
  • कैसर अगस्टसले सम्पूर्ण रोमी साम्राज्यमा बसोबास गर्नेहरूलाई आफ्नो आफ्नो पुर्खाको सहरमा गएर नाउँ दर्ता गर्न गरेको घोषणालाई मानवीय शासकले निकालेको उर्दीको उदाहरणको रूपमा लिन सकिन्छ ।
  • उर्दी गर्नु भनेको पालना गर्नु पर्ने गरी दिइएको आदेश हो । यसलाई “आदेश दिनु” वा “आज्ञा दिनु” वा “औपचारिक रुपले गर्नुपर्ने कुरा” वा “सार्वजनिक रूपमा कानुन बनाउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • कुनै कुरा हुनको लागि “उर्दी जारी गरेको” भन्‍नाले “त्यो काम अवश्य हुन्छ” वा “त्यो निर्णय गरी सकियो र कुनै पनि हालतमा परिवर्तन हुन सक्दैन” वा “पूर्ण रुपले जारी गरिएको र त्यो अवश्य हुन्छ” भन्‍ने बुझिन्छ ।

एल्डर

परिभाषा:

एल्डरहरू आत्मिक रूपमा परिपक्‍व मानिसहरू हुन् जससित परमेश्‍वरको जातिको बिचमा आत्मिकसाथै व्यावहारिक नेतृत्वका कर्तव्यहरू हुन्छन् । एल्डरहरू मौलिक रूपमा पाका मानिसहरू थिए जससित तिनीहरूको उमेर र अनुभवको कारणले बढी बुद्धि हुन्थ्यो भन्‍ने सत्यताबाट शब्द “एल्डर” को उदय भएको थियो । पुरानो करारमा एल्डरहरूले सामाजिक न्याय र मोशाको व्यवस्थाजस्ता विषयहरूमा इस्राएलीहरूलाई मदत पुर्‍याए । नयाँ करारमा यहूदी एल्डरहरू तिनीहरूका समुदायहरूमा अगुवाहरू भइरहे र तिनीहरू मानिसहरूका न्यायाधीशहरू पनि हुन्थे । आदि ख्रीष्‍टियान मण्डलीहरूमा ख्रीष्‍टियान एल्डरहरूले विश्‍वासीहरूका स्थानीय सभाहरूमा आत्मिक नेतृत्व प्रदान गरे । यी मण्डलीहरूमा भएका एल्डरहरूमा युवाहरू पनि थिए जो आत्मिक रूपमा परिपक्‍व थिए ।


ओक

परिभाषा:

ओक भनेको अग्लो, धेरै हाँगा फिँजिएको र ठुलो रूख हो ।

  • ओकको रूखको काठ बलियो र कडा हुन्छ जसलाई जहाज, हलो, गोरूका जुवाहरू र बुढाबुढीहरू हिँड्नको लागि लट्ठीहरू बनाउन प्रयोग गरिन्थ्यो ।
  • ओकको रूखको बिउलाई कटुस पनि भनिन्छ ।
  • ओकको रूखको कुनै लट्ठाहरू करिब ६ मिटर चौँडा सम्म हुने गर्दछन् ।
  • ओकको रूखले लामो जीवनलाई संकेत गर्थ्यो र अन्य आत्मिक अर्थहरू पनि यस रूखमा थियो । बाइबलमा, तिनीहरू प्रायः पवित्र ठाउँसँग सम्बन्धित थिए ।

अनुवाद सुझावहरू

  • धेरै अनुवादहरूमा “ओक” को साटोमा “ओकको रूख” भनेर अनुवाद गरिनुपर्छ ।
  • यदि लक्षित क्षेत्रका मानिसहरूलाई ओकको रूखको विषयमा कुनै ज्ञान हुँदैन भने, यसलाई “ओक, ठुलो छायाँ भएको रूख ..” भनेर पनि अनुवाद गर्न सकिन्छ र स्थानीय स्तरमा यस्तै बिशेषता भएको रूख छ भने त्यही नाम पनि दिन सकिन्छ ।

कटनी

परिभाषा:

“कटनी” शब्दले बोटमा उम्रिरहेका पाकेका फलफुल वा सागसब्जीलाई जम्मा पार्ने कुरोलाई जनाउँछ ।

  • साधारणतया उम्रने ऋतुको अन्त्यमा कटनी गर्ने काम हुन्छ ।
  • बाली भित्र्याउने उत्सव मनाउन इस्राएलीहरूले “कटनीको चाड” वा “फसल भित्र्याउने चाड” मनाउँथे । यी बालीको पहिलो फल बलिदानस्वरूप परमेश्‍वरलाई चढाउन उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
  • आलङ्कारिक अर्थमा शब्द “कटनी” ले येशूमा विश्‍वास गर्न आउने मानिसहरूको आगमन वा व्यक्‍तिको आत्मिक वृद्धिलाई उल्लेख गर्न सक्छ ।
  • आत्मिक बालीको कटनीको अवधारणा फलको आलङ्कारिक तस्बिर ईश्‍वरीय चरित्रका गुणहरूको तस्बिर भएको कुरोसित मेल खान्छ ।

अनुवादका लागि सुझावहरूः

  • अनुवाद गरिएको भाषामा बालीको कटनीलाई जनाउन सामान्य रूपमा प्रयोग गरिने शब्दले अनुवाद गर्नु उत्तम हुन्छ ।
  • कटनीको कार्यलाई “बाली भित्र्याउने समय” वा “फल टिप्‍ने समय” भनी अनुवाद गर्न सकिन्छ ।
  • क्रियापद “कटनी गर्नु” लाई “भित्र्याउनु” वा “टिप्‍नु” वा “जम्मा गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पहिलो फल, चाड, अन्य)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०९:९-११
  • २ शमूएल २१:७-९
  • गलाती ०६:९-१०
  • यशैया १७:१०-११
  • याकूब ०५:७-८
  • लेवी १९:९-१०
  • मत्ती ०९:३७-३८
  • रूथ ०१:२२

कटनी गर्नु, कटनी गर्ने

परिभाषा:

कटनी गर्नु भनेको अन्‍नबाली भित्र्याउनु हो । अन्‍नबाली भित्र्याउने व्यक्‍तिलाई कटानी गर्ने भनिन्छ ।

  • प्रायः बाइबलमा कटनी गर्नुको अवधारणालाई मानिसहरूलाई येशूको बारेमा सुसमाचार प्रचार गरेर र तिनीहरुलाई परमेश्‍वरको परिवारमा ल्याउनुलाई जनाउन आलङ्कारिक रूपमा प्रोयोग गरिएको छ ।
  • यसलाई “मानिसले जे रोप्छ, त्यसैको कटनी गर्छ” मा जस्तो व्यक्‍तिको कामहरूबाट आएको परिणामहरूलाई जनाउन पनि प्रयोग गरिएको छ ।

(हेर्नुहोस्ः कटनी) बाइबलका खण्डहरूः

  • गलाती ०६:६-८
  • गलाती ०६:९-१०
  • मत्ती ०६:२५-२६
  • मत्ती १३:२९-३०
  • मत्ती १३:३६-३९
  • मत्ती २५:२४-२५

कडा पेय पदार्थ

परिभाषा:

“कडा पेय पदार्थ” ले “मदिराजन्य” भनिने मत्ताएको मद्यलाई जनाउछ ।

  • मदिराजन्य पेय पादर्थहरू अन्‍न वा फलफूलहरूबाट बनाइन्छ, र मत्त्याउने प्रकृयामा लगिन्छ । कडा पेय पदार्थहरूमा दाखमद्य, जाँड, बियर, स्याउबाट बनेको मदिरा, र खजूरबाट बनेको मद्य पर्छन् ।
  • “नाजिरीको भाकल” गर्नेहरू र पूजाहारीहरूलाई मत्ताएको मद्य पिउन निषेध थियो ।

(हेर्नुहोस्ः दाखमद्य) बाइबलका खण्डहरूः

  • लूका ०१:१४-१५

कडा, कठोरता

परिभाषा:

सन्दर्भमा आधारित रहेर “कडा” शब्दका विभिन्‍न अर्थहरू छन् । यसले साधारणतया त्यस्तो कुरोलाई बयान गर्छ, जुन कठिन, दृढ वा नझुक्‍नेवाला छ ।

  • टुक्‍काहरू “कडा ह्दय” वा “भावुकतातिर नबग्‍ने” ले हठी भएर पश्‍चात्ताप नगर्ने मानिसहरूलाई जनाउँछन् । यी अभिव्‍यक्‍तिहरूले परमेश्‍वरको आज्ञा उल्लङ्घनमा लागिरहने मानिसहरूको बयान गर्छन् ।
  • आलङ्कारिक अभिव्‍यक्‍तिहरू “ह्दयको कठोरता” र “तिनीहरूका ह्दयको कठोरता” ले पनि हठी अनाज्ञाकारितालाई जनाउँछन् ।
  • अङ्ग्रेजीमा यस शब्द (हार्ड) लाई क्रिया विशेषणको रूपमा प्रयोग गर्दा यसको अर्थ हुन्छः कुनै कुरो दृढतापूर्वक वा परिश्रमपूर्वक गर्नु, जसमा निकै राम्ररी गर्ने प्रयत्‍न गरिएको हुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “कडा” शब्दलाई “कठिन” “हठी” वा “चुनौतीपूर्ण” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “कठोरता” वा “ह्दयको कठोरता” वा “कडा ह्दय” लाई “हठीपना” वा “दृढ विद्रोह” वा “विद्रोही मनोवृत्ति” वा “हठी अनाज्ञाकारिता” वा “हठी भएर पश्‍चात्ताप नगर्ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • “भावुकतारित नबग्‍ने” वा “कडा ह्दय” लाई “हठी अनाज्ञाकारी” वा “अटुट अनाज्ञाकारी” वा “पश्‍चात्ताप गर्न इन्कार गर्ने” वा “सधैँ विद्रोह गर्ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • यस शब्द (अङ्ग्रेजीमा हार्ड) लाई क्रिया विशेषणको रूपमा प्रयोग गर्दा यसलाई “परिश्रमपूर्वक” वा “लगनसहित” भनी अनुवाद गर्न सकिन्छ ।
  • “... को विरुद्धमा कडा दबाब दिनु” लाई “शक्तिले धकेल्नु” वा “... को विरुद्धमा कडापूर्वक धकेल्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कडा परिश्रमले मानिसहरूलाई थिचोमिचो गर्नु” लाई “मानिसहरूले दुःख पाउने गरी तिनीहरूलाई कठोरतासाथ जबरजस्ती काम गर्न लगाउनु” वा “मानिसहरूलाई जबरजस्ती ज्यादै कठिन काम गर्न लगाएर दुःख दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • बच्‍चा जन्माउनै खोज्‍ने स्‍त्रीद्वारा बेग्लै किसिमको “कडा परिश्रम” (अर्थात् प्रसुती वेदना) को अनुभव गरिन्छ । तल उल्लिखित प्रसुती वेदनामा हेर्नुहोस् ।

(हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता, दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता, ह्दय, प्रसूति वेदना, परिश्रममा)


कन्या

परिभाषा:

यौन सम्बन्ध नराखेकी स्‍त्रीलाई कन्या भनिन्छ ।

  • मसीह कन्याबाट जन्मनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • मरियमले येशूलाई गर्भमा बोक्दा उनी कन्या नै थिइन् । उहाँको कुनै मानवीय पिता थिएन ।

(हेर्नुहोस्ः यशैया, ख्रीष्‍ट, मसीह, मरियम, येशूकी आमा, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति २४:१५-१६
  • लूका ०१:२६-२९
  • लूका ०१:३४-३५
  • मत्ती ०१:२२-२३
  • मत्ती २५:१-४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२१-०९) मसीह कन्याबाट जन्मनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • (२२-०४) उनी (मरियम) कन्या थिइन्, र योसेफ नाउँ गरेका मानिससित उनको मगनी भएको थियो ।
  • (२२-०५) मरियमले जवाफ दिइन्, “म कन्या नै भएकीले यो कसरी हुन सक्छ र ?”
  • (४९-०१) मरियम नाउँ गरेकी कन्याले परमेश्‍वरका पुत्रलाई जन्म दिने थिइन् भनी एक जना स्वर्गदूतले उनलाई भने । त्यसैले, उनी कन्या छँदा नै उनले एक छोरो जन्माइन् र उहाँको नाउँ येशू राखिन् ।

कबुल गर्नु

परिभाषा:

कबुल गर्नु वा बाचा गर्नुको अर्थ केही गर्ने वा केही दिने औपचारिक र गम्भीर प्रतिज्ञा हो ।

  • पुरानो करारमा इस्राएलका अधिकृतहरूले राजा दऊदप्रति बफदार हुने कबुल गरे ।
  • “कबुल गर्नु” भन्‍नाले ऋण तिरिनेछ भनी ग्यारेन्टी वा प्रतिज्ञाको रूपमा दिइने वस्तुलाई पनि जनाउँछ ।
  • कबुलको रूपमा दिइएको वस्तु प्रतिज्ञा पुरा भएपछि फिर्ता दिइन्छ ।

(हेर्नुहोस्ः प्रतिज्ञा, भाकल) बाइबलका खण्डहरूः


कब्जा गर्नु, कब्जा

परिभाषा:

“कब्जा गर्नु” र “कब्जा” ले समन्यातयाः केही थोक स्वामित्वमा लिनुलाई जनाउछ । तिनीहरूको अर्थ कुनै भुभागलाई नियन्‍त्रणमा लिनु वा ओगट्नु पनि हुन्छ । तिनीहरूलाई बाइबलमा यसरी प्रायोग गरिएका छन् ।

  • पुरानो करारमा यसलाई प्रायः कुनै भूभाग “कब्जा गर्ने” वा “स्वामित्वमा लिने” सन्दर्भमा प्रयोग गरिएको छ ।
  • याह्वेहले एस्राएलीहरूलाई कनानको भूभागलाई “कब्जा गर्न” लाई आज्ञा दिनुको अर्थ तिनीहरु त्यस भूभागभित्र जानु, र बसोवास गर्नु भन्‍ने हो । यसमा प्रायः पहिला त्यस भूभागमा बसेका कनानीहरूलाई जित्‍ने कुरा पर्थ्यो ।
  • याह्वेहले इस्राएलीहरूलाई कनानीहरूका भूभागलाई तिनीहरूका “सम्पत्ति” को रूपमा दिनुभएको छ भनी बताउनुभयो, जसको अर्थ उहाँले तिनीहरूलाई कनानीहरूलाई जित्‍न र तिनीहरूका भूमि ओगट्‍न सहायता गर्नुहुन्छ भन्‍ने हो ।
  • इस्राएलका मानिसहरूलाई यह्वेहका “विशेष सम्पत्ति” पनि भनिन्थ्यो । यसको अर्थ तिनीहरू उहाँका मानिसहरूका रूपमा उहाँका थिए, जसलाई उहाँले उहाँको आराधना गर्न, र उहाँद्वारा शासित हुनलाई विशेष रूपमा बोलाउनुभयो ।

अनुवादका निम्ति सुझावहरुः

  • “कब्जा गर्नु” वा “कब्जा” लाई “नियन्‍त्रणमा लिनु” वा “ओगट्नु” वा “जिउँनु” भनी सन्दर्भअनुसार अनुवाद गर्न सकिन्छ ।
  • कुनै भाषाले सम्पत्ति वा कुनै वस्तु कब्जामा लिनुलाई फरक देखाउने शब्दहरूमा अनुवाद गर्न सक्छन् ।
  • “मेरा विशेष सम्पत्ति” लाई “मेरा विशेष मानिसहरू” वा “मेरा स्वामित्वमा भएका मानिसहरू” वा “मैले प्रेम र शासन गरेका मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तिनीहरू उनीहरूका सम्पत्ति हुनेछन्” भन्‍ने वाक्यले भूमिलाई जनाएमा “तिनीहरूले त्यो भूभाग ओगट्ने छन्” वा “त्यो भूभाग तिनीहरूका कब्जामा हुनेछ” भन्‍ने अर्थ लाग्‍छ ।
  • “उहाँको स्वामित्वमा पाइयो” भन्‍ने वाक्यांशलाई “उहाँले समातिरहनुभएको” वा “उहाँसँग भएको” भनी अनुवाद गर्न सकिन्छ ।
  • “स्वामित्व” ले कसैको अधिनमा रहेको थोकलाई जनाएमा “जायदात” वा “श्रीस्पत्ति” वा “स्वामित्वमा भएका थोकहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तपाईंको सम्पत्ति स्वरूप” लाई “तपाईंको अधिनमा रहेका थोकहरू” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः कनान, कनानी) बाइबलका खण्डहरूः

  • मत्ती १३:४४-४६

कमान्डर, आज्ञा दिनु

परिभाषा:

“कमान्डर” शब्दले सेनाको अगुवालाई जनाउँछ, जो सिपाहीहरूको निश्‍चित समूहलाई अगुवाइ गर्न र आज्ञा दिन जिम्मेवार हुन्छ ।

  • सेनालाई “आज्ञा दिनु” को अर्थ हुन्छः सेनालाई अगुवाइ गर्नु र उसको जिम्मा लिनु ।
  • कमान्डर सिपाहीहरूको सानो समूह वा ठुलो समूह (जस्तैः एक हजार मानिसको समूह) को जिम्मेवार हुन सक्छ ।
  • स्वर्गदूतहरूको समूहको कमान्डरको रूपमा यहोवेलाई जनाउन यस शब्दलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ ।
  • “कमान्डर” लाई “अगुवा” वा “कप्‍तान” वा “अधिकारी” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सेनालाई “आज्ञा दिनु” भन्‍ने पदावलीलाई “अगुवाइ गर्नु” वा “... को जिम्मेवारी हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

कम्मर

परिभाषा:

“कम्मर” ले तल्लो करङ तथा हिपको हाडहरूबीच रहेको भागलाई बुझाउँछ र यो पशुहरू वा मानिसहरू दुवैमा हुन्छ । यसलाई तल्लो पेट भनेर पनि भन्‍ने गरिन्छ । बाइबलमा मानिसको सन्तानको स्रोतका रूपमा प्रजनन् अंगहरूलाई साङ्केतिक तथा अप्रत्यक्ष रूपमा “कम्मर” भनेर प्रायः देखाइन्छ । “कम्मर कस” भन्‍ने वाक्यले कठोर परिश्रमको निम्ति तयार रह भन्‍ने कुरालाई सङ्केत गर्छ । सजिलैसँग कुद्न वा हिँड्नको लागि आफ्नो वस्‍त्रको छेऊलाई कम्मरमा भएको पेटी वा डोरीमा अड्काउने प्रचलनबाट नै यो अभिव्‍यक्‍ति आएको थियो । कम्मरहरूलाई शक्तिको स्रोतका रूपमा हेरिन्छ । “कम्मर” भन्‍ने शब्दलाई बाइबलमा प्रायः बलिदानमा चढाइने पशुहरूको तल्लो ढाडलाई सङ्केत गर्नको लागि प्रयोग गरिएको छ । “तिम्रो कम्मरबाट आउनेछु,” भन्‍ने वाक्याँशलाई “तिम्रो सन्तान हुनेछु,” भनी अनुवाद गर्न सकिन्छ । वा “तिम्रो बिऊबाट जन्मिनेछु,” वा “तिमीबाट परमेश्‍वरले जन्माउनुहुनेछ,” भनेर पनि अनुवाद गर्न सकिन्छ ।


कर उठाउने

परिभाषा:

कर उठाउनेहरूको काम जनताहरूले सरकारलाई तिर्नुपर्ने रुपियाँ-पैसा लिई त्यसलाई सरकारलाई दिनु थियो ।

  • येशू र प्रेरितहरूको समयमा रोमी सरकारले यहूदीहरूबाट करहरू उठाउँथ्यो ।
  • रोमी सरकारको निम्ति करहरू उठाउने मानिसहरूले अक्सर जनताहरूबाट सरकारले माग गरेभन्दा बढी रुपियाँ-पैसा असुल गर्थे । कर उठाउनेहरूले अतिरिक्‍त रुपियाँ-पैसा आफ्नै लागि राख्थे ।
  • यहूदीहरूले कर उठाउनेहरूलाई सबैभन्दा खराब पापीहरूमध्येमा पर्थे भनी ठान्थे किनकि तिनीहरूले मानिसहरूलाई ठग्थे र तिनीहरूले विदेशी रोमी सरकारको लागि काम गर्थे । यसले गर्दा कर उठाउनेहरूलाई आफ्नै मानिसहरूका निम्ति धोकेबाजहरूको रूपमा हेरिन्थ्यो ।

(हेर्नुहोस्ः रोमी, रोम, यहूदी, यहूदीहरू)

बाइबलका सन्दर्भहरूः

  • लूका ०३:१२-१३
  • लूका ०५:२७-२८
  • मत्ती ०५:४६-४८
  • मत्ती ०९:१०-११
  • मत्ती ११:१८-१९
  • मत्ती १७:२६-२७
  • मत्ती १८:१७

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (३४-०६) उहाँले भन्‍नुभयो, “दुई जना मानिस प्रार्थना गर्न मन्दिरमा गए । तीमध्ये एक जना कर उठाउने थियो भने अर्कोचाहिँ धार्मिक अगुवा थियो ।”
  • (३४-०७) धार्मिक अगुवाले यसरी प्रार्थना गर्‍यो, ‘परमेश्‍वरलाई धन्यवाद होस्, कि म चोरहरू, अधर्मी मानिसहरू, व्यभिचारीहरू र यही कर उठाउनेजस्तो पापी छैनँ ।’
  • (३४-०९) तर कर उठाउनेचाहिँ धार्मिक शासकभन्दा टाढै उभियो र उसले स्वर्गतर्फ पनि हेरेन । बरु, उसले आफ्नो छाति पिटी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, मलाई कृपा देखाउनुहोस्, किनकि म पापी हुँ ।’
  • (३५-०१) त्यसपछि येशूले भन्‍नुभयो, “म तिमीहरूलाई सत्यता बताउँछु, कि परमेश्‍वरले कर उठाउनेको प्रार्थना सुन्‍नुभयो र उसलाई धर्मी ठहराउनुभयो ।”
  • (३५-०१) एक दिन, येशूले कर उठाउनेहरू र अन्य पापीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो, जो उहाँको वचन सुन्‍न जम्मा भएका थिए ।

कर, करहरू

परिभाषा:

शब्दहरू “कर” र “करहरू” ले जनताहरूद्वारा सरकारको अधीनमा रहेका मानिसहसहरूलाई तिरिने रुपियाँ-पैसा वा सरसामानहरूलाई जनाउँछन् ।

  • करको लागि तिरिने रुपियाँ-पैसा साधारणतया वस्तुको मूल्य वा व्यक्‍तिको सम्पत्तिको मूल्यमा आधारित हुन्थ्यो ।
  • करहरू नतिरिएको खण्डमा सरकारी रुपियाँ-पैसा असुल गर्न सरकाले व्यक्‍ति वा व्यापारको विरुद्धमा कानुनी कार्यावाही चलाउन सक्छ ।
  • “करहरू” शब्द “करहरू उठाउनु” वा “करहरू तिर्नु” जस्ता पदावलीहरूमा प्रयुक्‍त छ । यसलाई “सरकारलाई रुपियाँ-पैसा तिर्नु” वा “सरकारको निम्ति रुपियाँ-पैसा उठाउनु” वा “तोकिएको भुक्‍तानि तिर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • जनताहरूले सरकारलाई तिर्नुपर्ने रुपियाँ-पैसा उठाउन सरकारको निम्ति काम गर्ने व्यक्‍ति नै “कर उठाउने” हो ।

(हेर्नुहोस्ः कर उठाउनेहरू)

बाइबलका सन्दर्भहरूः

  • लूका २०:२१-२२
  • मत्ती ०९:७-९

करूब, करूबहरू

परिभाषा:

“करूब” र यसको बहुवचन रूप “करूबहरू” ले परमेश्‍वरले सृजनुभएका विशेष किसिमको स्वर्गीय प्राणीहरूलाई जनाउँछन् । करूबका पखेटाहरू र ज्वालाहरू हुन्छन् भनी बाइबलले वर्णन गर्छ ।

  • करूबहरूले परमेश्‍वरका महिमा र शक्तिको प्रदर्शन गर्छन्, र तिनीहरू पवित्र थोकहरूको रक्षकजस्ता देखिन्छन् ।
  • आदम र हव्वाले पाप गरेपछि अदनको बगैँचाको पूर्वतिर परमेश्‍वरले अग्‍निमय तरवारहरू बोकेका करूबहरूलाई राख्‍नुभयो, ताकि मानिसहरू फेरि जीवनको रुखसम्म पुग्‍न नसकून् ।
  • करारको सन्दुकको प्रायश्‍चित्तको ढकनीमाथि आमनेसामने हुने गरी दुई करूबको प्रतिमा बनाउन परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
  • पवित्र वासस्थानका पर्दाहरूमा करूबहरूका चित्रहरू बुन्‍न पनि उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
  • केही खण्डहरूमा यी प्राणीहरूमा चारवटा अनुहार थिए भनी बयान गरिएको छः मानिस, सिंह, गोरु र चिलको अनुहार ।
  • करूबहरू स्वर्गदूतहरू नै थिए भनी कहिले काहीँ व्यक्त गरिएको जस्तो देखिन्छ, तर बाइबलले यसलाई प्रस्टसित बताउँदैन ।

कष्‍ट भोग्‍नु, कष्‍ट

परिभाषा:

“कष्‍ट भोग्‍नु” वा “कष्‍ट” ले बिरामी, पीडा वा अन्य कठिनाइ जस्ता केही धेरै अप्रिय कुराको अनुभवलाई जनाउछ ।

  • मानिसहरू सताइँदा वा बिरामी हुँदा, उनीहरूले कष्‍ट भोग्‍छन् ।
  • काहिले काहीँ मानिसहरू तिनीहरूले गरेका गलत कुराहरूका कारण कष्‍ट भोग्छन्, अरू समयमा उनीहरू संसारका पाप र रोगका कारणले कष्‍ट भोग्‍छन् ।
  • कष्‍ट पीडा वा बिरामीपनको महसुस गर्ने जस्ता शारीरिहुन सक्छ । यो डर, निराशापन वा एकलोपन जस्ता संवेगात्मक पनि हुनसक्छ ।

अनावदका निम्ति सुझावहरूः

  • “कष्‍ट भोग्‍नु” लाई “पीडा महसुस गर्नु” वा “कठिनाइ भोग्‍नु” वा “कठिनाइ अनुभव गर्नु” वा “कठिनाइ वा पीडादायी अनुभव भएर जानु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कष्‍ट” लाई सन्दर्भअनुसार “अत्यधिक कठिन परिस्थितिहरू” वा “उग्र कठिनाइहरू” वा “कठिनाइको अनुभव गर्दै” वा “पीडादयी अनुभवका समय” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • १ थेसलोनिकी ०२:१४-१६
  • २ थेसलोनिकी ०१:३-५
  • २ तिमोथी ०१:८-११
  • प्रेरित ०७:११-१३
  • यशैया ५३:१०-११
  • यर्मिया ०६:६-८
  • भजनसंग्रह ०२२:२४-२५
  • प्रकाश ०१:९-११
  • रोमी ०५:३-५

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०९-१३) परमेश्‍वरले भन्‍नुभयो, “मैले मेरा मानसहरूका कष्‍ट देखेको छु ।”
  • (३८-१२) येशूले तिन पटक प्रार्थना गर्नुभयो, “पिता, सम्भव भए, कष्‍टको यो कचौरा मलाई पिउन नदिनुहोस् ।”
  • (४२-०३) उहाँ (येशू)ले मसीहले कष्‍ट भोग्‍नुहुने थियो, मारिनुहुने थियो र तेस्रो दिनमा पुनः जीवित हुनुहुनेथियो भनी अगमवक्‍ताहरूले भनेका कुराहरू तिनीहरूलाई याद दिलाउनु भयो ।
  • (४२-०७) उहाँ (येशू)ले भन्‍नुभयो, “मसीहले कष्‍ट भोग्‍नु हुन्थ्यो, मर्नुहुन्थ्यो र तेस्रो दिनमा मृत्युबाट पुनः जीवित हुनुहुने थियो भनी लेखिएको लामो समय भएको थियो ।”
  • (४४-०५) “तपाईंहरूले के गरिरहनुभएको थियो भन्‍ने थाहा नभए पनि, मसीहले कष्‍ट भोग्‍नुहुने थियो र मर्नुहुने थियो भन्‍ने अगमवाणीहरू पुरा गर्नलाई परमेश्‍वरले तपाईंहरूका कार्यहरूलाई प्रयोग गर्नुभयो ।
  • (४६-०४) परमेश्‍वरले भन्‍नुभयो, “मैले उसलाई (शाऊल) उद्धार नपाएहरूलाई मेरो नाउँ घोषणा गर्नलाई चुनेको छु । उसले मेरो निम्ति कति कष्‍ट भोग्‍नुपर्छ भनी मैले उसलाई देखाउनेछु ।”
  • (५०-१७) उहाँ (येशू)ले सबै आँशु पुछ्नुहुनेछ, र त्यहाँ कुनै कष्‍ट, निराशापन, रुवाइ, दुष्‍टता, पीडा वा मृत्यु कुनै पनि हुनेछैन ।

कष्‍ट, कष्‍टहरू, कष्‍टमा परेको

परिभाषा:

“कष्‍ट” शब्दले जीवनमा यस्ता अनुभवहरूलाई जनाउँछ जुन निकै कठिन र बेचैन तुल्याउने हुन्छन् । “कष्‍टमा परेको” पदावलीको अर्थ हुन्छः केही कुरोबारे दुःख वा बैचनको अनुभव गर्नु ।

  • कष्‍टहरू शारीरिक, भावनात्मक र आत्मिक कुराराहरू हुन सक्छन्, जसले व्यक्‍तिलाई चोट पुर्‍याउँछन् ।
  • बाइबलमा कष्‍टहरू अक्सर परमेश्‍वरले जाँच गर्नुहुने समयहरू हुन् । विश्‍वासीहरूलाई परिपक्‍व बनाउन र तिनीहरूलाई विश्‍वासमा बढ्न मदत गर्न उहाँले यी समयहरूलाई प्रयोग गर्नुहुन्छ ।
  • पुरानो करारमा “कष्‍ट” ले न्यायलाई पनि उल्लेख गर्थ्यो जुन अनैतिक र परमेश्‍वरलाई इन्कार गर्ने जातिहरूमाथि आउँथ्यो ।

अनुवादका लागि सुझावहरूः

  • “कष्‍ट” वा “कष्‍टहरू” लाई “खतरा” वा “आइपर्ने दर्दनाक कुराहरू” वा “सतावट” वा “कठिन अनुभवहरू” वा “हैरानी” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कष्‍टमा परेको” लाई “हैरानी महसुस गरेको” वा “भयानक विपत्ति महसुस गरेको” वा “चिन्तित” वा “चिन्तामा परेको” वा “बैचन भएको” वा “आतङ्कित” वा “व्याकुल भएको” भन्‍ने जस्ता शब्द वा शब्दहरूले अनुवाद गर्न सकिन्छ ।
  • पदावली “कष्‍टको दिन” वा “कष्‍टको समय” लाई “तपाईंले हैरानी महसुस गर्नुहुँदा” वा “तपाईंको जीवनमा कठिन कुराहरू आइपर्दा” वा “परमेश्‍वरले तपाईंमा व्याकुल तुल्याउने कुराहरू ल्याउनुहुँदा” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कष्‍टमा पार्नु” वा “कष्‍ट ल्याउनु” लाई “व्याकुल तुल्याउने कुराहरू घटाउनु” वा “कठिनाइहरू ल्याउनु” वा “तिनीहरूलाई ज्यादै कठिन कुराहरूको अनुभव गर्न लगाउनु” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • लूका २४:३८-४०
  • मत्ती २४:६-८
  • मत्ती २६:२६-३८

काँडा, सिउँडी

परिभाषा:

काँडाका घारीहरू र सिउँडीहरू त्यस्ता बिरुवाहरू हुन्, जसमा स-साना काँडाका हाँगाहरू लाग्छन् र फुलहरू फल्छन् । यी बिरुवाहरूले फल फलाउँदैनन् न त कुनै उपयोगी कुरो उत्पादन गर्छन् ।

  • काँडा बिरुवाको हाँगा वा डाँठमा उम्रने कडा, तिखो वस्तु हो । “काँडाको झाडी” सानो रुख वा पोथ्राको किसिम हो जसका हाँगाहरूमा धेरै काँडा हुन्छन् ।
  • सिउँडी स-साना काँडे डाँठ र पातहरू भएको बिरुवा हो । अक्सर यसका फलहरू बैजनी रङका हुन्छन् ।
  • काँडा र सिउँडीका बिरुवाहरू छिट्टै बढ्छन् र तिनले अन्य बिरुवाहरू वा फसलहरूलाई बढ्नबाट रोक्‍न सक्छन् । यो पापले कसरी एउटा व्यक्‍तिलाई असल फल फलाउनबाट रोक्‍न सक्छ भन्‍ने तस्बिर हो ।
  • येशूलाई क्रुसमा टाँग्‍नुभन्दा पहिले उहाँको शिरमा काँडाका हाँगाहरूबाट बनेको मुकुट पहिराइएको थियो ।

(हेर्नुहोस्ः मुकुट, मुकुट पहिराउनु)

बाइबलका सन्दर्भहरूः

  • मत्ती १३:७-९
  • मत्ती १३:२२-२३

कामुकता

परिभाषा:

कामुकता भनेको विशेष गरी पापी वा अनैतिक कुराको चाहाको प्रसंगमा हुने प्रबल चाहनालाई देखाउन प्रयोग गरिने शब्द हो । बाइबलमा, “कामुकता” भन्‍ने शब्दलाई आफ्नो दाम्पत्तिभन्दा बाहेक अरूसँगको यौनजन्य चाहनालाई संकेत गर्न प्रयोग गरिएको पाइन्छ । यसलाई “गलत किसिको यौन चाहना” वा “प्रबल अनैतिक चाहना” वा “पापको निम्ति प्रबल चाहना” भनेर पनि अनुवाद गर्न सकिन्छ ।


काम्‍नु

परिभाषा:

“काम्‍नु” शब्दको अर्थ हुन्छ‒ डर वा गहिरो दुःखबाट थरथराउनु वा हल्लिनु ।

  • “ज्यादै भयभीत हुनु” भन्‍ने अर्थ जाहेर गर्न यसलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।
  • कहिले काहीँ काम्‍नुले ठुलो आवाजलाई उल्लेख गर्छ जसमा जमिन नै हल्लिन्छ ।
  • बाइबलले बताउँछ कि प्रभुको उपस्थितिमा पृथ्वी काम्‍नेछ । यसको अर्थ हुन सक्छ, कि पृथ्वीका मानिसहरू परमेश्‍वरको डरको कारणले गर्दा हल्लिनेछन् वा पृथ्वी आफै नै हल्लिनेछ ।
  • सन्दर्भमा आधारित रहेर यस शब्दलाई “भयभीत हुनु” वा “परमेश्‍वरदेखि डराउनु” वा “हल्लिनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः डर, भय, यहोवेको भय)

बाइबलका सन्दर्भहरूः

  • यर्मिया ०५:२०-२२
  • लूका ०८:४७-४८

काँसो

परिभाषा:

“काँसो” शब्दले एक किसिमको धातुलाई जनाउँछ । तामा र टिनलाई सँगसँगै पगालेर यसको निर्माण गरिन्छ । यसको रङ गाढा खैरो र हल्का रातो हुन्छ ।

  • काँसोले पानीबाट खिया लाग्‍नदेखि रोक्छ, र यो तापको राम्रो परिचालक हो ।
  • प्राचीन समयमा औजार, हतियार, कलाकृति, वेदी, पकाउने भाँडो र सिपाहीको कवच आदि बनाउनका लागि काँसोको प्रयोग गरिन्थ्यो ।
  • पवित्र वासस्थान र मन्दिरका लागि प्रयोग गरिएका थुप्रै सामग्रीहरू काँसोबाट नै बनेका थिए ।
  • झुटा देवताहरूका मूर्तिहरू अक्सर काँसो धातुबाट नै बनाइन्थे ।
  • पहिले काँसोलाई पगालिन्थ्यो, अनि यसलाई कुनै आकृतिमा परिणत गरी काँसाका वस्तुहरू बनाइन्थे ।

किल्ला, गढ, किल्लाबन्दी गरेको

परिभाषा:

“किल्‍ला” वा “गढ” ले शत्रु सिपाहीहरू आक्रमाणबाट सुरक्षित राख्‍ने वा सजिलै प्रतिरक्षा गर्न सक्‍ने ठाउँलाई जनाउछ । कुनै पनि सहर वा किल्लालाई अझ सुरक्षित पार्न पर्खाल वा अन्य संरचनाहरूले बलियो बनाउनु नै “किल्ला बन्दी गरेको” हो ।

  • किल्‍ला वा गढ कुनै पनि बलियो भवन, प्रतिरक्षात्मक पर्खाल वा चट्टनी भिर वा अग्‍लो पहाड जस्ता प्राकृतिक रोकावटहरू हुनसक्छन् ।
  • यो शब्द उहाँमा भरोसा गर्नेहरूका निम्ति परमेश्‍वरलाई शरणस्थान वा किल्‍लाको रूपमा जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।
  • “गढ” ले कसैले झुट देवतामा सुरक्षाको निम्ति गलततवरले भरोसा गर्ने केही त्यस्तो कुरालाई पनि आलङ्कारिक रूपमा जनाउन सक्छ ।
  • “किल्लाबन्दी गर्नु” लाई “सुरक्षित पार्नु” को रूपमा अनुवाद गर्न सकिन्छ ।
  • “गढ” वा “किल्ला” लाई “सुरक्षित रूपमा बलियो ठाउँ” वा “बलियोसँग सुरक्षित राखिएको ठाउँ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः मूर्ती, मूर्तीपूजक, शरणस्थान, आश्रय, झुटो देवता, विदेशी देवता, देवता, देवी) बाइबलका खण्डहरूः


किसिम, किसिमहरू

परिभाषा:

“किसिम” र “किसिमहरू” भन्‍ने शब्दहरूले एउटै समूह वा वर्गीकरणमा पर्ने सामान्य गुणहरू भएका वस्तुहरू वा कुराहरूलाई बुझाउँछन् ।

  • परमेश्‍वरले संसारलाई सृष्‍टि गर्नुहुँदा बनाउनुभएका पशुहरू तथा वनस्पतिहरूको विशेष वर्गीकरणलाई सङ्केत गर्नको लागि यो शब्द बाइबलमा प्रयोग गरिएको छ ।
  • अनि प्रत्येक “किसिम” भित्र विभिन्‍न प्रकार वा प्रजातिका थप विभाजनहरू हुन्छन् । उदाहरणको लागिः घोडाहरू, जेब्राहरू तथा गधाहरू आदि सबै नै उही “किसिम” का सदस्यहरू हुन्, तर तिनीहरू फरक-फरक प्रजातिहरू हुन् ।
  • यसरी प्रत्येक “किसिम” लाई फरक समूहको रूपमा पहिचान गराउने प्रमुख विशेषता भनेको उक्त समूहमा रहेका सदस्यहरूले उही “किसिम” का प्रजातिहरूलाई पुनरुत्पादन गर्ने शक्ति हो ।

अनुवाद सुझावहरू

  • यो शब्दलाई “किसिम” वा “वर्ग” वा “समूह” वा “वर्गीकरण” भनी अनुवाद गर्न सकिन्छ ।
  • तसर्थ “प्रजातिहरू” भनी यो शब्दलाई अनुवाद गर्नु सठीक हुनेछैन किनकि “किसिम” भनेको विभिन्‍न प्रजातिहरू भएको व्यापक वर्गीकरण हो ।

(टिपोटः यो शब्द दयासँग सम्बन्धित शब्द होइन) ।


कुटुम्ब

परिभाषा:

“कुटुम्ब” शब्दले उही पूर्खाबाट आउने बिस्तारित परिवारका सदस्यहरूलाई जनाउँछ ।

  • पुरानो करारमा इस्राएलीहरू तिनीहरूका कुटुम्बहरूअनुसार वा पारिवारिक समूहहरूअनुसार गणना गरिन्थे ।
  • साधारणतया तिनीहरूका सबैभन्दा परिचित पुर्खाको नाउँमा कुटुम्बका नाउँहरू राखिन्थे ।
  • एकल व्‍यक्‍तिलाई कहिले काहीँ तिनीहरूको कुटुम्बको नाउँद्वारा उल्लेख गरिन्थ्यो । उदाहरणको लागि, मोशाका ससुरा यित्रोलाई कहिले काहीँ तिनको कुटुम्बको नाउँ रूएलद्वारा उल्लेख गरिएको छ ।
  • कुटुम्बलाई “पारिवारिक समूह” वा “बिस्तारित परिवार” वा “नातेदारहरू” भनी अनुवाद गर्न सकिन्छ ।

कुरा काट्नु

परिभाषा:

कुरा काट्नुले अरूको व्‍यक्‍तिगत कामकाजबारे मानिसहरूलाई बताउनु भन्‍ने जनाउँछ । यो साधारणतया नकारात्मक र अनुत्पादक तरिकाले गरिन्छ । अक्सर, जेको विषयमा कुरा गरिन्छ, त्यो साँचो भएको पुष्‍टि हुँदैन ।

  • मानिसहरूको बारेमा नकारात्मक जानकारी फैलाउनु गलत हो भनी बाइबलले बताउँछ । कुरा काट्नु र बदख्याइँ गर्नु यस किसिमका नकारात्मक बोलीवचनका उदाहरणहरू हुन् ।
  • कुरा कटाइ जसको बारेमा कुरा काटिएको छ, उसको लागि हानिकारक हुन्छ, किनकि यसले प्रायः अरू मानिसहरूसित भएको उसको सम्बन्धलाई बिगार्छ ।

कुल

परिभाषा:

कुल मानिसहरूको समूह हो, जो साधारणतया एउटै पुर्खाका सन्तानहरू हुन्छन् ।

  • उही कुलबाट आएका मानिसहरूले साधारणतया उही भाषा बोल्छन् र तिनीहरूको संस्कृति उही हुन्छ ।
  • पुरानो करारमा परमेश्‍वरले इस्राएलका मानिसहरूलाई बार्‍ह कुलमा विभाजन गरिदिनुभयो । हरेक कुल याकूबका छोरा वा नातिका सन्तानहरू थिए ।
  • कुल जातिभन्दा सानो र कुटुम्बभन्दा ठुलो हुन्छ ।

(हेर्नुहोस्ः कुटुम्ब, जाति, मानिसहरूको समूह, मानिसहरू, इस्राएलका बार्‍ह कुल) बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति २५:१३-१६
  • उत्पत्ति ४९:१६-१८
  • लूका ०२:३६-३८

कुल्चनु

परिभाषा:

“कुल्चनु” को अर्थ हुन्छ‒ केही कुरामाथि चढी खुट्टाले थिच्‍नु वा धुलोपिठो पार्नु । परमेश्‍वरद्वारा घमन्डी, विद्रोही मानिसहरूलाई विनम्र तुल्याउने वा तिनीहरूलाई दण्ड दिने कार्यलाई जनाउन अक्सर बाइबलमा यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • गौचरनमा दौडेर आउने मानिसहरूको ठुलो समूहले मैदानको घाँसलाई “कुल्चन्छ ।”
  • प्राचीन समयमा अङ्गुरबाट जुस निकाली कुल्चेर मद्य बनाइन्थ्यो ।
  • मानिसहरूको अपमान गरी तिनीहरूलाई दण्ड दिने अर्थमा अक्सर “कुल्चनु” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ, जस्तैः खलो बनाउन माटो कुल्चने आलङ्कारिक प्रस्तुतीमा ।
  • बेबिलोन वा आफ्नो जाति इस्राएलका घमन्डीसाथै विद्रोही ओहोदालाई खसाली कसरी यहोवेले तिनीहरूलाई दण्ड दिनुहुनेछ भनी व्यक्‍त गर्न “कुल्चनु” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
  • सन्दर्भमा आधारित रहेर यसलाई “खुट्टाले दबाउनु” वा “खुट्टाले धुलोपिठो पार्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही सन्दर्भहरूमा आलङ्कारिक भाषालाई राख्‍न सम्भव छैन भने यसलाई “होच्याउनु” वा “दण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः होच्याउनु, होच्याइ, झाँट्नु, झाँट्ने काम)

बाइबलका सन्दर्भहरूः


कुष्‍ठरोग, कुष्‍ठरोगी, कुष्‍ठरोग

परिभाषा:

बाइबलमा “कुष्‍ठरोगी” भन्‍ने शब्द विभिन्‍न किसिमको छालाको रोगको निम्ति प्रयोग गरिएको छ । जब कुनै व्‍यक्‍तिलाई यस्ता किसिमको छालाको रोग लाग्दछ, उसलाई अशुद्ध व्‍यक्‍ति भनेर हेरिन्छ । कुष्‍ठरोगी भनेको कुष्‍ठरोग लागेको व्‍यक्‍ति हो । अनि कुष्‍ठरोग भन्‍ने शब्दले कुष्‍ठरोग लागेको व्‍यक्‍ति वा कुष्‍ठरोग लागेको अंशलाई सङ्केत गर्छ । बाइबलीय समयमा, यस्ता रोग लागेका मानिसहरूलाई शिविर वा सहरबाट बाहिर राखिन्थ्यो । अनुवाद सुझावहरू बाइबलमा “कुष्‍ठरोग” भन्‍ने शब्दलाई “छालाको रोग” वा “डरलाग्दो चर्म रोग” भनी अनुवाद गरिएको छ । त्यसैले “कुष्‍ठरोग” लाई “कुष्‍ठरोगले भरिएको,” “छालाको रोग लागेको” वा “चर्म रोगमले भरिएको” भनी अनुवाद गर्न सकिन्छ ।


कैद, कैदी

परिभाषा:

“कैद” शब्दले अपराधीहरूलाई तिनीहरूका अपराधको दण्ड स्वरूप राखिने ठाउँलाई जनाउछ । कैदा राखिएको व्‍यक्‍ति नै कैदी हो ।

  • एउटा व्यक्‍तिले न्यायिक पुर्पच्छेको प्रतिक्षा गरिरहँदा पनि कैदमा राख्‍न सकिन्छ ।
  • धेरै अगमवक्‍ताहरू र अरू परमेश्‍वरका सेवकहरूलाई तिनीहरूले कुनै गल्ती नै नगरे तापनि कैदमा राकियो ।

अनुवादका निम्ति सुझावहरुः

  • “कैद” को अर्को शब्द “झ्यालखाना” हो ।
  • कैद जमिनमुनि वा दरबार वा भवनको मुनि भएको सन्दर्भमा “भुइँमुनिको कारागार” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कैदीहरू” शब्दले साधारणतयाः शत्रुहरूले कब्जा गरेर उनीहरूका इच्छा विपरित कहीँ राखिएका मनिसहरूलाई जनाउन पनि सक्छ । अर्को तरिकाले अनुवाद गर्दा यसको अर्थ “बन्दीहरू” हुन्छ ।

बाइबलका खण्डहरूः

  • प्रेरित २५:४-५
  • ऐफिसी ०४:१-३
  • लूका १२:५७-५९
  • लूका २२:३३-३४
  • मत्ती ०५:२५-२६
  • मत्ती १४:३-५
  • मत्ती २५:३४-३६
  • मर्कूस ०६:१६-१७

कोरली

परिभाषा:

बाछा वा बाछी नजन्माएको प्रौढ गाईलाई कोरली भनिन्छ ।

(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः गाई, बाछा/बाछी, साँढे, गाईबस्तु)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १५:९-११

क्रोध

परिभाषा:

क्रोध नियन्‍त्रण भन्दा बाहिरको रिस हो । जब कोही क्रोधित हुन्छ, यसको आशय त्यो व्यक्‍तिले रिसलाई विनाशक तरिकाले व्यक्‍त गरिरहेको हुन्छ ।

  • रिसको संवेगले आत्मसंयमलाई कुल्चँदा, क्रोध उत्पन्‍न हुन्छ ।
  • मानिसहरूले क्रोधको अधिनमा भएर विनाशक थोकहरू गर्छन् र भन्छन् ।
  • “उग्र हुनु” ले “प्रचण्ड” हुरी वा “तेज” समुद्री छाल जस्ता शक्‍तिशाली चालहरूलाई पनि जनाउछ ।

बाइबलका खण्डहरूः

  • दानिएल ०३:१३-१४
  • ला ०४:२८-३०

खजुर

परिभाषा:

“खजुर” शब्दले लामो र नरम पङ्खाको संरचनामा पातैपात भएका अग्लो रुखलाई जनाउछ ।

  • बाइबलमा सामान्यतयाः “डेट” भनिने फल फलाउने किसिमको खजुरलाई खजुरको रुख भनी जनाउछ ।
  • येशू गधामा चढेर येरूशलेम प्रवेश गरिरहनु हँदा, मानिसहरुले उहाँको अगि-अगि जमिनमा खजुरको हाँगाहरु बिछ्याएका थिए ।
  • खजुरका हाँगाहरुले शान्ति र विजय उत्सवको संकेत गर्थे ।
  • याद रहोस् अङ्ग्रजी भाषामा “पाल्म” को अर्थ हत्केला पनि हुन्छ । कुनचाहिँ अर्थ भन्‍न खोजिएको हो भन्‍ने सन्दर्भले नै स्पष्‍ट पार्नेछ ।

बाइबलका खण्डहरूः


खप्पर

परिभाषा:

खप्पर भनेको मानिसको टाउकाको हड्‍डी अर्थात् कङ्कालको संरचना हो ।

  • जनावरहरूका पनि खप्पर हुन्छ ।
  • गलगथाको अर्को नाउँ “खप्परे” पनि हो जहाँ येशूलाई क्रुसमा टाँगिएको थियो ।

(हेर्नुहोस्ः गलगथा) बाइबलमा खण्डहरूः

  • मत्ती २७:३२-३४

खमिर, दाउन

परिभाषा:

खमिर रोटीको पिठोलाई फुलाउने तत्व हो । यसलाई कहिले काहीँ दाउन(खमिर) पनि भनिन्छ ।

  • पुरानो नियमको समयमा, पीठोलाई केहीबेरसम्म रहिरहन दिएर खमिर वा फुलाउने पदार्थ उत्पादन गरिन्थ्यो । पिठोको पहिलेको डल्लोबाट पिठोको सानो भाग, अर्को पीठोको डल्लोलाई खमिरा बनाउनको निम्ति राखिन्थ्यो ।
  • इस्राएलीहरू मिश्रदेशबाट भाग्दा, रोटी बनाउने पिठोलाई फुलाउनको लागि पर्खिने समय उनीहरूसँग थिएन, यसकारण उनीहरूले उनीहरूका यात्रामा लानको निम्ति विनाखमिरको रोटी बनाए । यसको सम्झाना स्वरूप, यहूदीहरूले विनाफुलाउने तत्वको रोटी मात्र खाएर निस्तार चाड मनाउँछन् ।
  • अंग्रेजी अनुवादहरूमा, खमिरलाई “यिस्ट्” भनी अनुवाद गरिन्छ, यो रोटीलाई सेकाउनअगि रोटीलाई ग्यासका फोकाहरूले भर्छ र पिठोलाई फुलाउँछ । खमिरलाई पिठोको सम्पूर्ण डल्लोभरि नपुगेसम्म मुछिन्छ ।
  • बाइबलमा “दाउन” वा “खमिर” शब्दलाई मानिसको जीवनबाट पाप कसरी फैलिन्छ वा पापले अर्काको जीवनमा कसरी प्रभाव पार्छ भन्‍ने कुराको रूपमा आलङकारिकतवरले प्रयोग गरिएको छ । यसले झुटा शिक्षालाई पनि जनाउन सक्छ ।
  • परमेश्‍वरको राज्यको प्रभाव व्‍यक्‍तिबाट व्‍यक्‍तिमा कसरी फैलिन्छ भनी वर्णन गर्न सकरात्मक तरिकाले प्रयोग गरिएको छ ।
  • यदि तपाईंको संस्कृतिमा बेकिङ सोडा वा बेकिङ पाउडर, वा रोटीलाई फुलाउन कुनै अन्य पदार्थहरू प्रयोग गरिन्छ भने तपाईंले आफ्नो अनुवादमा त्यो शब्द प्रयोग गर्न चाहनु होला ।

अनुवादका निम्ति केही सुझावहरू

  • यसलाई “यिस्ट” वा “पिठोलाई फुलाउने पदार्थ” को रूपमा अनुवाद गर्न सकिन्छ ।” फुलिनु” लाई “फैलिनु” वा “ठुलो-ठुलो हुनु” वा “फुल्नु” को रूपमा व्यक्त गर्न सकिन्छ ।
  • रोटीलाई फुलाउनलाई कुनै स्थानीय फुलाउने पदार्थ प्रयोग गरिन्छ भने, त्यो शब्द प्रयोग गर्न सकिन्छ ।

बाइबल खण्डहरूः

  • गलातीः ५:९-१०
  • लूका १२:१
  • लूका १३:२०-२१
  • मत्ती १३:३३
  • मत्ती १६:५-८

खरानी, खरानीहरू, धुलो

परिभाषा:

“खरानी” वा “खरानीहरू” ले मसिनो पदार्थलाई जनाउँछन् । काठलाई जलाएपछि खरानी बन्छ । अर्थहीन वा बेकम्मा कुरोलाई जनाउन यसलाई कहिले काहीँ आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • बाइबलमा खरानीको बारेमा बताउँदा कहिले काहीँ “धुलो” को प्रयोग गरिएको छ । यसले सुक्खा जमिनमा देखा पर्ने मसिनो, खुला धुलोलाई पनि जनाउन सक्छ ।
  • “खरानीको थुप्रो” खरानीहरूको रास हो ।
  • प्राचीन समयमा खरानीमा बस्‍ने काम शोक वा विलापको चिन्ह थियो ।
  • शोक गर्दा खस्रो, दर्फर्‍याउने भाङ्ग्रा लगाई खरानीमा बस्‍ने वा खरानीलाई शिरमा फ्याँक्‍ने चलन थियो ।
  • शिरमा खरानी राख्‍ने अभ्यास विनम्रता वा लाजको चिन्ह पनि थियो ।
  • कसैले बेकम्मा कुरोको लागि प्रयत्‍न गर्दा यसलाई “खरानीमा खुवाउनु” जस्तै भनिन्छ ।
  • “खरानी” लाई अनुवाद गर्दा काठ जलेपछि बाँकी रहेको भागलाई जनाउने शब्दलाई प्रयोग गर्नुहोस् ।
  • “खरानीको रुख” बिलकुलै फरक पदावली हो भनी ख्याल गर्नुहोस् ।

खाडल

परिभाषा:

खाडल जमिनमा खनिएको एउटा गहिरो खाल्डो ।

  • खाडलहरु जनावरहरू समात्‍ने वा पानी पत्ता लगाउने उद्देश्यले खन्‍न सकिन्छ । तिनीहरू कैदीहरूलाई अस्थायी रूपमा राख्‍ने ठाउँको रूपमा पनि प्रयोग गर्न सकिन्थ्यो ।
  • यहुदी व्यवस्थामा मानिस होस् वा घरपालुवा जनावर उसको जग्‍गामा पर्ने खाडलमा खसेर चोटपटक लागेमा त्यसको निम्ति त्यो व्यक्‍ति नै जिम्मेवार हुन्थ्यो ।
  • कहिले काहीँ “खाडल” ले चिहान वा नरकलाई पनि बुझाउँछ ।
  • धेरै गहिरो खाडललाई कहिले काहीँ “जलासश” भनिन्छ ।

(हेर्नुहोस्ः पाताल, कैद, कैदी, नरक, आगोको तलाउ) बाइबलका खण्डहरूः

  • लूका ०६:३९-४०

खामो, स्तम्भ

परिभाषा:

” खामो” शब्दले छानो वा भवनको अन्य भागहरूलाई थाम्‍ने ठुलो ठाडो संरचनालाई बुझाउँछ ।” खामो” को निम्ति अर्को शब्द “स्तम्भ” हो ।

  • पुरानो करारमा शिमसोनलाई पलिश्तीहरूले कब्जा गर्दा, उनले तिनीहरुका अयहूदी मन्दिरलाई थाम्‍ने खामोलाई ठेलेर सम्पूर्ण संरचना नै विध्वांश्‍व पारे ।
  • कहिले काहीँ खामोललाई चिहानको याद दिलाउने चिन्ह वा कुनै महत्त्वपूर्ण घटना घटेको ठाउँ देखाउने चिन्हको रूपमा प्रयोग गरिन्थ्यो ।
  • बाइबलको समयमा, सामान्यतयाः भवनहरूलाई थाम्‍ने खामाहरू एउटै ढुङ्गाबाट बनाइएका हुन्थे ।
  • प्रायः स्मारक स्तम्भ सामान्यतयाःयसको टुप्‍पामा ठुलो ढुङ्गा वा ठुलो चट्टान भएको हुन्थ्यो ।
  • कहिले काहीँ “खामो” शब्दले झुटा देवता पूज्‍नलाई खडा गरिएको “मूर्ती” लाई जनाउछ । यो “कुँदिएको मूर्ती” को अर्को नाउँ हो, यसलाई “प्रतिमा” भनी अनुवाद गर्न सकिन्छ ।
  • “खामो” ले खामो जस्तो देखिने कुनै पनि आकारलाई जनाउन सक्छ, जस्तै इस्राएलीहरूलाई उजाडस्थानमा डोर्‍याउने “आगोको खामो”, वा “लोतकी श्रीमतिले पछाडी फर्केर सहरतिर हेर्दा बनेको “नुनको खामो” आदि ।
  • सन्दर्भअनुसार, यसलाई “प्रतिमा” वा “ढुंगाको आड” वा “स्मारक” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः जग, जग बसालिएको, मूर्ती, मूर्तीपूजक, प्रतिरूप, कुँदिएको प्रतिरूप, कुँदिएको आकृति, ढालिएको धातु, आकृति) बाइबलका खण्डहरूः

  • उत्पत्ति ३१:४५-४७

खुर, खुर भएको, खुरहरू

परिभाषा:

यी शब्दहरूले ऊँट, गाईबस्तु, मृग, घोडा, गधा, सुँगुर, गोरु, भेडा र बाख्राजस्ता जनावरहरूका खुट्टाको तल्लो भागलाई ढाक्‍ने कडा सामग्रीलाई जनाउँछन् ।

  • जनावर हिँड्दा त्यसका खुरहरूले त्यसलाई सुरक्षा दिन्छन् ।
  • केही जनावरहरूका खुरहरू दुई भागमा चिरिएका हुन्छन् भने केहीका हुँदैनन् ।
  • खुर चिरिएका र चपाएर खाने जनावरहरू खानलाई शुद्ध थिए भनी परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो । यसमा गाईबस्तु, भेडा, मृग र गोरु पथ्र्ये ।

(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः ऊँट, गाई, बाछो/बाछी, साँढे, गाईबस्तु, गधा, खच्‍चड, बाख्रा, पाठो, गोरु, गोरुहरू, सुँगुर, बुँगुर, भेडा, बरुवाल, भेडी)

बाइबलका सन्दर्भहरूः


खोज्‍नु, खोज्यो

परिभाषा:

“खोज्‍नु” को अर्थ कसैको वा कुनै कुरोको तलास गर्नु हो । यसको भूतकाल “खोज्यो” हुन्छ । यसको अर्थ कुनै कुरा गर्नलाई “अझ कोसिस गर” वा “प्रयास गर” पनि हुनसक्छ ।

  • अवसर “खोज्‍नु” वा “तलास गर्नु” को अर्थ कुनै कुरा गर्नलाई “समय पाउने कोसिस गर्नु” हो ।
  • “याह्वेलाई खोज्‍नु” को अर्थ “याह्वेलाई समय र शक्‍ति दिनु र उहाँको आज्ञा पालन गर्न सिक्‍नु” हो ।
  • “न्याय खोज्‍नु” को अर्थ “मानिसहरूलाई न्यायोचित तवरले वा उचित तवरले व्यवहार गरिएको देख्‍न प्रयास गर्नु” हो ।
  • “सत्यता खोज्‍नु” को अर्थ “सत्य को हो भनी पत्ता लगाउने प्रयास गर्नु” हो ।
  • “कृपा खोज्‍नु” भनेको “कृपा पाउन कोसिस गर्नु” वा “कसैलाई तपाईंलाई सहायता गर्न लगाउने कुराहरू गर्नु” हो ।

(हेर्नुहोस्ः न्यायी, न्याय, न्यायोचित तवरले, सत्य, सत्यता) बाइबल खण्डहरूः


गधा, खच्‍चर

परिभाषा:

गधा कामका लागि प्रयोग गरिने चार-खुट्टे जनावर हो । यो घोडाजस्तै तर केही लामा कान भएको र सानो जनावर हो ।

  • खच्‍चर भाले गधा र पोथी घोडाबाट जन्मेको जीवित पाउन नसक्‍ने जनावर हो ।
  • खच्‍चरहरू धेरै बलिया हुन्छन् । यसैले, यिनीहरू काम गर्नका लागि उपयोगी जनावर हुन् ।
  • गधा र खच्‍चर दुवैको प्रयोग भारी र मानिस बोक्‍नलाई प्रयोग गरिन्छ ।
  • क्रूसारोहण भन्दा एक हप्‍ता अगाडि येशू गधाको बछेडामा चढेर यरूशलेम जानुभयो ।
  • बाइबलको समयमा राजाहरूले शान्तिको समयमा गधा चढ्ने गर्थे; घोडाहरूको प्रयोग युद्धको समयमा गरिन्थ्यो ।
  • बालाम अगमवक्ताले गधा चढ्थे जुन गधालाई परमेश्‍वरले कुराकानी गर्ने बनाउनुभयो ।

गन्धक

परिभाषा:

“गन्धक” भनेको आगोमा बल्दा ज्वलनशील तरल बन्‍ने पहेँलो रङ हुने एउटा पदार्थको नाउँ हो ।

  • गन्धकको कुहेको अण्डाको जस्तो कडा गन्ध हुन्छ ।
  • बाइबलमा जलिरहेको गन्धक अधर्मी र विद्रोही मानिसहरूमाथि परमेश्‍वरको न्यायको संकेत हो ।
  • परमेश्‍वरले दुष्‍ट सहरहरू सदोम र गमोरामाथि आगो र गन्धक वर्षाउनुभयो ।
  • केही अङ्ग्रजी बाइबलहरूमा गन्धक(सल्फर)लाई “ब्रिमस्टोन(गन्धक)” भनी उल्लेख गरिएको छ जसको शाब्दिक अर्थ “बलिरहेको ढुङ्गा” हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यो शब्दको सम्भावित अनुवादहरूमा “बल्ने पहेँलो ढुङ्गा” वा “बल्ने पहेँलो चट्टान” पर्छन् ।

(हेर्नुहोस्ः सदोम, गमोरा) बाइबलका खण्डहरूः

  • उत्पत्ति १९:२३-२५
  • लूका १७:२८-२९

गभर्नर, शासन गर्नु

परिभाषा:

राज्य, प्रान्त वा इलाकामाथि शासन गर्ने व्‍यक्‍ति नै गभर्नर हो । क्रियापद “शासन गर्नु” को अर्थ हुन्छ, “अगुवाइ गर्नु, नेतृत्व गर्नु वा मानिसहरूको प्रबन्ध गर्नु ।”

  • बाइबलको समयमा गभर्नरहरू राजा वा सम्राट्द्वारा नियुक्त गरिन्थे, र तिनीहरू उसकै अधिकारमुनि रहन्थे ।
  • तिनीहरू त्यस राजा वा सम्राट्को अधिकारमुनि रहन्थे ।

गरिमा

परिभाषा:

“गरिमा” शब्दले प्रायः कुनै राजासंग सम्बन्धित महानता वा भव्यतालाई जनाउँछ ।

  • बाइबलमा “गरिमा” शब्दले निरन्तर परमेश्‍वरको महानतालाई जनाउँछ, जो यस सारा जगतको सर्वोच्‍च राजा हुनुहुन्छ ।
  • “मौसूफ” भनेर राजालाई सम्बोधन गर्ने तरिका हो ।

अनुवाद सुझावहरूः

  • यस शब्दलाई “राजकीय महानता” वा “शाही भव्यता” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “मौसूफ” लाई “सर्वोच्‍च” वा “महामहिम” वा लक्षित भाषामा सामान्यतया सम्बोधनको लागि प्रयोग हुने शब्दको प्रयोग गरी अनुवाद गर्न सकिन्छ ।

गर्भ

परिभाषा:

“गर्भ” भन्‍ने शब्दले आमा भित्र शिशुको विकास हुने स्थानलाई जनाउँछ ।

  • यो एउटा पूरानो शब्द हो र कहिलेकाँही नम्र र अप्रत्यक्ष हुनको निम्ति यसको प्रयोग गरिन्छ ।
  • गर्भको लागि अझ बढी आधुनिक शब्द भनेको “पाठेघर” हो ।
  • केही भाषाहरूले स्‍त्रीको गर्भ वा पाठेघरलाई जनाउनको निम्ति “गर्भाशय” भन्‍ने शब्दको प्रयोग गर्छन् ।
  • यस शब्दको लागि लक्षित भाषामा राम्रोसँग परिचित, व्यवहारिक, र स्वीकार्य तरिकाको शब्दको प्रयोग गर्नुहोस् ।

गर्भवती हुनु, गर्भ धारण

परिभाषा:

शब्दहरू “गर्भवती हुनु” र “गर्भ धारण” ले साधारणतया बच्‍चा बोक्‍ने कार्यलाई जनाउँछन् । पेट बोक्‍ने जनावरहरूका लागि पनि यसको प्रयोग गरिन्छ ।

  • क्रियापद “बच्‍चा बोक्‍नु” लाई “गर्भवती हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ, वा यसलाई जनाउने गरी कुनै स्वीकारयोग्य तरिका पनि प्रयोग गर्न सकिन्छ ।
  • सम्बन्धित पदावली “गर्भ धारण” लाई “गर्भवतीको आरम्भ” वा “बच्‍चा बोकाइको क्षण” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यी शब्दहरूले कुनै कुराको सृजना वा कुनै कुराको सोचाइलाई पनि जनाउन सक्छन्, जस्तैः कुनै अवधारणा, योजना वा काम । सन्दर्भमा आधारित रहेर यसलाई “... को बारेमा सोच्‍नु” वा “योजना बनाउनु” वा “रचना गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यसलाई कहिले काहीँ आलङ्कारिक रूपमा पनि प्रयोग गर्न सकिन्छ, जस्तैः “जब पापले गर्भ धारण गर्छ,” जसको अर्थ हुन्छ‒ “जब पापको बारेमा पहिलो पटक सोचिन्छ” वा “पापको आरम्भमा नै” वा “पाप पहिलो पटक सुरु हुँदा ।”

गलत, गलत व्यवहार, चोट पुर्याउनु

परिभाषा:

गल्ति गर्नु, गलत व्यवहार गर्नु वा चोट पुर्याउनु भनेको कसैलाई शारीरिक, भावनात्मक, वा कानूनी चोट पुर्याउनु हो ।

  • कसैको विरुद्ध गल्ति गर्नु भनेको त्यस व्‍यक्‍तिलाई अन्यायपूर्वक वा कपटी रूपमा व्यवहार गर्नु हो ।
  • कुनै मानिसलाई गलत व्यवहार गर्नु भनेको त्यस व्‍यक्‍तिलाई नराम्रोसँग वा रुखो व्यवहार गर्नु हो ।
  • कुनै व्‍यक्‍तिलाई चोट पुर्याउनु भनेको त्यस व्‍यक्‍तिलाई शारीरिक वा भावनात्मक दुःख पुर्याउनु हो ।
  • यी शब्दहरूलाई कुनै मानिसहरूको समूहलाई गरिएको गलत व्यवहारलाई जनाउन प्रयोग गर्न सकिन्छ ।

गहुँ

परिभाषा:

गहुँ भनेको एक प्रकारको घाँस, वा अन्‍न हो, जुन भोजनका निम्ति मानिसले उब्जाउँछन् ।

  • गहुँको बोटको माथि त्यसको बिऊ उम्रिन्छ ।
  • गहुँको कटनी गरिसकेपछि, बिऊलाई बोटको डाँठबाट छुट्टयाइन्छ । यसलाई “झाट्नु” भनिन्छ ।
  • गहुँको बोटको डाँठ, वा पराललाई प्रायः जीवजन्तु सुत्‍नको निम्ति जमिनमै राखिन्छ ।
  • बिऊलाई घेर्ने बोक्रालाई “भुस” भनिन्छ । ती केही कामको हुँदैन र ती फ्याँकिन्छन् ।
  • मानिसहरूले त्यो बिऊलाई पिटेर मैदा बनाउँछन्, र त्यसलाई रोटी बनाउन प्रयोग गरिन्छ ।

गाई, बाछा/बाछी, साँढे, गाईबस्तु

परिभाषा:

“गाईबस्तु” शब्दले ठुलो, चार-खुट्टे जनावरको किसिमलाई जनाउँछ, जसले घाँस खान्छ । खास गरी यसको मासु र दुधको लागि यसको पालन गरिन्छ ।

  • यस किसिमको जनावरको पोथीलाई “गाई” भनिन्छ । यसको भाले भने “साँढे” हो । यिनीहरूका बच्‍चालाई “बाछा या बाछी” भनिन्छ ।
  • कहिले काहीँ सबै किसिमका गाईबस्तुलाई उल्लेख गर्न “गाई” शब्दलाई सामान्य तरिकाले प्रयोग गरिन्छ ।
  • केही संस्कृतिहरूमा सरसामानहरूको साटफेरमा गाईबस्तुको व्यापार गरिन्छ । कहिले काहीँ पुरुषले बिहे गर्न इच्छा गरेको जवान स्‍त्रीको बुबा आमालाई गाईबस्तु उपहारस्वरूप दिइन्छ ।
  • बाइबलमा यहूदी मानिसहरूले गाईबस्तुलाई बलिदानको लागि प्रयोग गर्थे, खास गरी रातो कोरली भनिने जनावरलाई ।
  • बाछा या बाछी नजन्माएको गाईलाई “कोरली” भनिन्छ ।
  • “गोरु” विशेष किसिमको साँढे हो, जसलाई खेत खन्‍नेजस्ता कृषिसम्बन्धी कामको लागि प्रयोग गरिन्छ ।

गोठाला, गोठाला गर्नु

परिभाषा:

गोठाला भेडाको हेरचाह गर्ने एउटा व्यक्‍ति हो ।” गोठाला गर्नु” को अर्थ भेडाको हेर्चाह गर्नु वा वास्त गर्नु भन्‍ने हुन्छ ।

  • गोठालाहरूले भेडाहरूलाई राम्रो खाना र पानी भएको ठाउँमा डर्‍याएर हेरचाह गर्छन् । गोठालाहरूले भेडाहरूलाई हराउन र जङ्गली जनावरबाट बचाउँछन् ।
  • यो शब्दलाई बाइबलमा मानिसहरूको आत्मिक आवश्यकताहरूको वास्ता गर्ने कुरालाई जनाउनलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । यसमा बाइबलमा परमेश्‍वरले सिकाउनु भन्‍नुभएको कुरा सिकाउने र तिनीहरू जाने ठाउँतिर अगुवाइ गर्ने कुराहरू पर्छन् ।
  • पुरानो करारमा परमेश्‍वरलाई मानिसहरूका “गोठाला” भनिइको छ, किनभने उहाँले उनीहरूका खाँचाहरूको वास्ता गर्नुहुन्छ, र उनीहरूलाई संरक्षण गर्नुहुन्छ । उहाँले डोर्‍याउनुहुन्छ र अगुवाइ गर्नुहुन्छ ।
  • मोशाले इस्राएलीहरूलाई याह्वेको आराधनामा उनीहरूलाई आत्‍मिक रूपमा अगुवाइ गर्दा र उनीहरूलाई कानानको भूमितिर तिनीहरूका यात्रमा शरीरिक रूपमा डोर्‍याउँदा उनी इस्राएलीहरूका गोठाला थिए ।
  • नयाँ करारमा येशूले आफैँलाई “असल गोठाला” भन्‍नुभयो ।
  • नयाँ करारमा अन्य विश्‍वासीहरूका आत्मिक अगुवाहरूलाई जनाउन पनि “गोठाला” शब्द प्रयोग गरिएको ।

अनुवादका निम्ति सुझावहरू

  • यो शब्दलाई शाब्दिक रूपमा “भेडाको वास्ता गर्ने व्यक्‍ति” वा “भेडा हेर्ने” वा “भेडाको हेरचाह गर्ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई आलङ्कारिक रूपमा अनुवाद गर्ने अरू विभिन्‍न तरिकाहरूमा “आत्मिक गोठाला” वा “आत्मिक अगुवा” वा “गोठालो जस्तो व्यक्‍ति” वा “गोठालोले आफ्ना भेडाहरूलाई वास्ता गरे जस्तो आफ्ना मानिसहरूको वास्ता गर्ने” वा “गोठालोले उनको भेडाहरूलाई अगुवाइ गरे जस्तो उनका मानिसहरूलाई डोर्‍याउने” वा “परमेश्‍वरका मानिसहरूको वास्ता गर्ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • कुनै सन्दर्भमा “गोठालो” लाई “अगुवा” वा “पथप्रदर्शक” वा “हेरचाह गर्ने” भनी अनुवाद गर्न पनि सकिन्छ ।
  • “(बगालको) गोठाला गर्नु” भन्‍ने वाक्यांशलाई “को वास्ता गर्नु” वा “आत्मिक रूपमा पोस्‍नु” वा “अगुवाइ गर्नु र सिकाउनु” वा “(गोठालाले भेडालाई वास्ता गरे जस्तो) डोर्‍याउनु र को वास्ता गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • आलङकारिक रूपमा प्रयोग गर्दा पनि “गोठालो” शब्दलाई अनुवाद गर्दा शाब्दिक रूपमा ल्याउनु वा प्रयोग गर्नु नै उत्तम हुन्छ ।

(हेर्नुहोस्ः विश्‍वासी, पास्टर, भेडा, साँढ) बाइबलका खण्डहरूः

  • उत्पत्ति ४९:२४
  • लूका ०२:८-९
  • मत्ती ०२:४-६
  • मत्ती ०९:३५-३६
  • मत्ती२५:३१-३३
  • मत्ती २६:३०-३२
  • मर्कूस ०६:३३-३४
  • मर्कूस १४:२६-२७

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०९-११) मिश्रदेखि टाढामा भएको मरूभूमिमा मोशा गोठालो भए ।
  • (१७-०२) दाऊद बेथेलेहेम सहरका गोठाला थिए । उनका बुबाका भेडाहरू गोठाला गर्दा उनले भेडाहरूलाई आक्रमण गर्ने सिंह र भालुहरूलाई मारेका थिए ।
  • (२३-०६) त्यस रात उनीहरूका भेडाहरू हरिरहेका केही गोठालाहरू नजिकैको मैदानमा थिए ।
  • (२३-०८) गोठालाहरू येशू हुनुभएको ठाउँमा आइपुगे, र तिनीहरूले स्वर्गदूतले भनेझैँ उहाँलाई डुँडमा सुतिरहनुभएको देखे ।
  • (३०-०३) येशूका लागि यी मानिसहरू गोठाला नभएका भेडाहरू जस्ता थिए ।

गोबर, दिसा

परिभाषा:

मानिस वा जनावरको मललाई “गोबर र दिसा” भनिन्छ । यसलाई मलमूत्र वा विष्‍ठा पनि भनिन्छ ।

  • माटोलाई मलिलो पार्नको लागि प्रयोग गरिएको गोबरलाई मल पनि भनिन्छ ।
  • सुकेको गोबरलाई इन्धनको रूपमा पनि प्रयोग गरिन्छ ।
  • कुनै पनि कम मूल्यको कुरालाई जनाउनको लागि आलंकारिक रुपले “गोबर” भनिने गरिन्छ ।
  • “पृथ्वीमा गोबरजस्तै भएर बाँच्‍नु” भन्‍नाले “जमिनमा छरिएको व्यर्थको गोबरजस्तै” भन्‍ने बुझिन्छ ।
  • सायद यरूशलेमको दक्षिणी पर्खालमा भएको “फोहोरी ढोका (Dung gate)” मा फोहोर मैला थुपार्ने गरिन्थ्यो र त्यहाँबाट त्यसलाई सहरबाहिर लगिने गरिन्थ्यो ।

गोरू, गोरूहरू

परिभाषा:

गोरू भनेको एक प्रकारको जनावर हो जुन खेतीको कामको लागि तयार पारिएको हुन्छ । गोरूको बहुवचन गोरूहरू हो । प्राय गरेर गोरूहरू भाले प्रजाति हुन्छन्र र तिनीहरू सन्तान उत्पादन गर्न नसक्‍ने बनाइएका हुन्छन् ।

  • बाइबलमा, गोरूहरूलाई जुवा लगाइएको र गाडा वा हलो तान्‍नको लागि प्रयोग गरिने जनावरको रूपमा देखाइएको पाइन्छ ।
  • एउटै जुवामा बाँधिएर काम गर्ने गोरूहरू भन्‍ने वाक्यांश बाइबलमा धेरै पटक प्रयोग भएको पाउँछौँ जसको कारण कडा परिश्रम र मिहेनतलाई सांकेतिक रूपमा जनाउनको निम्ति “जुवामा नारिनु” भन्‍ने वाक्यांश प्रयोग गरिन्छ ।
  • साँढे पनि भाले जातिको घरपालुवा जनावर हो, तर यसलाई नपुंसक बनाइएको हुँदैन र यसलाई काम गर्नको लागि तालिम दिइएको हुँदैन ।

घडी

परिभाषा:

कुनै कुरो कहिले र कति लामो समयम्म भयो भनी जनाउन प्रयोग गर्नुका अतिरिक्‍त यस “घडी” शब्दलाई केही आलङ्कारिक अर्थहरूमा पनि प्रयोग गरिन्छ ।

  • कहिले काहीँ “घडी” ले केही कुरो गर्ने (जस्तैः प्रार्थनाको घडी) नियमित, तालिकाबद्ध समयलाई जनाउँछ ।
  • येशूको दुःख भोग्‍ने र मृत्यु वरण गर्ने “घडी आएको थियो” भनी खण्डले बताउँदा यसको अर्थ हुन्छ, कि यो हुनु नै थियो भनी लामो समय अगिदेखि परमेश्‍वरले यसलाई नियुक्‍त गर्नुभएको थियो ।
  • “त्यस क्षणमा” वा “ठिक त्यही बेला” भन्‍ने अर्थमा पनि “घडी” शब्दलाई प्रयोग गरिएको छ ।
  • खण्डले “घडी” अबेर भएको विषयमा बताउँदा, यसको अर्थ हुन्छ कि सूर्य अस्ताउन लाग्दा त्यो दिन ढल्किसकेको थियो ।

अनुवादका लागि सुझावहरूः

  • आलङ्कारिक रूपमा प्रयोग गरिँदा यस “घडी” शब्दलाई “समय” वा “क्षण” वा “नियुक्‍त गरिएको समय” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “ठिक त्यही घडीमा” वा “उही घडीमा” लाई “त्यस क्षणमा” वा “त्यस समयमा” वा “तुरुन्तै” वा “ठिक त्यही बेला” भनी अनुवाद गर्न सकिन्छ ।
  • अभिव्यक्‍ति “घडी अबेर भयो” लाई “त्यो दिन अबेर भयो” वा “चाँडै नै अँध्यारो हुँदै छ” वा “दिन बित्‍नै लाग्यो” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः समय)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी १५:२९-३०
  • प्रेरित १०:३-६
  • प्रेरित १०:९-१२
  • प्रेरित १०:३०-३३
  • मर्कूस १४:३५-३६

घमण्डी, घमण्ड, घमण्डपूर्ण

परिभाषा:

“घमण्ड” र “घमाण्डी” शब्दहरूले आफैँलाई अति उच्‍च र आफूलाई अरुभन्दा राम्रो ठान्‍ने व्‍यक्‍तिलाई जनाउछ ।

  • घमण्डी मानिसले प्रायः आफनो गल्ती स्विकार गर्दैन । ऊ नम्र हुदैन ।
  • घमण्ड अर्कै तरिकाले परमेश्‍वरप्रति अनाज्ञाकारी बन्‍नेतिर डोर्‍याउन सक्‍छ ।
  • “घमण्ड” र “घमण्डी” शब्दलाई सकारात्मक अर्थमा पनि प्रयोग गर्न सकिन्छ, जस्ते कसैले कुनै कुरा हासल गरेकोमा “घमण्ड\गर्व गर्नु” र तपाईंका छोराछोरीहरूप्रति “घमण्ड\गर्व गर्नु” ।” तपाईंको काममा गर्व गर्नुहोस्” भन्‍ने अभिव्यक्‍तिको अर्थ तपाईंको काम राम्ररी गर्नुभएकोमा आनन्दित हुनु हो ।
  • कोही घमण्डपूर्ण नभइ आफूले गरेको काममा गर्व गर्न सक्छ ।
  • “घमण्डी” शब्द “अहङ्कारी” वा “दम्भी” वा “स्व-महत्त्वपूर्ण” जस्ता अर्थहरूले सदैव नकारात्मक हुन्छ ।
  • नाम शब्द “घमण्ड” लाई “अहङ्कार” वा “दम्भ” वा “स्व-महत्त्व” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः नम्र, नम्रता) बाइबल खण्डहरूः

  • २ तिमोथी ०३:६-७
  • गलाती ०६:३-५
  • लूका ०१:५०-५१

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०४-०२) तिनीहरू धेरै घमण्डी थिए, र तिनीहरूले परमेश्‍वर भन्‍नुभएको कुरा ख्याल गर्दैन थिए ।
  • (३४-१०) तब येशूले भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्छु, परमेश्‍वरले कर उठाउनेको प्रार्थना सुन्‍नुभयो, र उनलाई धर्मि घोषणा गर्नुभयो । तर उहाँले धार्मिक अगुवाको प्रार्थना रुचाउनुभएन । परमेश्‍वरले हरेक घमण्डीलाई नम्र तुल्याउनुहुन्छ, र उहाँले नम्रलाई उठाउनुहुन्छ ।”

घमन्डी

परिभाषा:

“घमन्डी” शब्दको अर्थ हुन्छ—साधारणतया स्पष्‍ट, बाहिरी तरिकाले अभिमानी हुनु ।

  • एउटा घमन्डी व्‍यक्‍तिले अक्सर आफ्नै बारेमा अहङ्कार गर्छ ।
  • घमन्डी हुने कुरामा साधारणतया अरू मानिसहरू आफूजत्तिकै महत्त्वपूर्ण वा प्रतिभावान् छैनन् भन्‍ने सोच पर्दछ ।
  • परमेश्‍वरलाई आदर नगर्ने र उहाँको विरुद्धमा विद्रोह गर्ने मानिसहरू घमन्डी हुन्, किनकि परमेश्‍वर कति महान् हुनुहुन्छ भनी तिनीहरूले मानिलिँदैनन् ।

घर

परिभाषा:

बाइबलमा “घर” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • कहिले काहीँ यसको अर्थ “घराना” हुन्छ, जसले एउटै घरमा सँगसँगै बस्‍ने मानिसहरूलाई जनाउँछ ।
  • अक्सर “घर” ले व्‍यक्‍तिका सन्तानहरू वा अन्य नातेदारहरूलाई जनाउँछ । उदाहरणको लागि, “दाऊदको घर (वा घराना)” ले राजा दाऊदका सबै सन्तानहरूलाई जनाउँछ ।
  • पदावलीहरू “परमेश्‍वरको घर” र “यहोवेको घर” ले पवित्र वासस्थान वा मन्दिरलाई जनाउँछन् । यी अभिव्‍यक्‍तिहरूले साधारणतया जहाँ परमेश्‍वर हुनुहुन्छ वा उहाँ बास गर्नुहुन्छ त्यस ठाउँलाई पनि जनाउन सक्छन् ।
  • हिब्रू ३ मा “परमेश्‍वरको घर” एउटा रूपक हो, जसले परमेश्‍वरका मानिसहरू वा परमेश्‍वरसित सम्बन्धित कुनै पनि कुरोलाई जनाउँछ ।
  • पदावली “इस्राएलको घर (वा घराना)” ले साधारणतया पुरै इस्राएल जाति वा खास गरी इस्राएलको उत्तरी राज्यका कुलहरूलाई जनाउन सक्छ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “घर” शब्दलाई “घराना” वा “जाति” वा “परिवार” वा “सन्तानहरू” वा “मन्दिर” वा “बस्‍ने ठाउँ” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “दाऊदको घर (वा घराना” लाई “दाऊदको कुटुम्ब” वा “दाऊदको परिवार” वा “दाऊदका सन्तानहरू” भनी अनुवाद गर्न सकिन्छ । सम्बन्धित अभिव्‍यक्‍तिहरूलाई पनि उही किसिमले अनुवाद गर्न सकिन्छ ।
  • “इस्राएलको घर (वा घराना)” लाई “इस्राएलका मानिसहरू” वा “इस्राएलका सन्तानहरू” वा “इस्राएलीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “यहोवेको घर” लाई “यहोवेको मन्दिर” वा “यहोवेलाई आराधना चढाइने ठाउँ” वा “आफ्ना मानिसहरूसित यहोवेले भेट गर्नुहुने ठाउँ” वा “जहाँ यहोवे बस्‍नुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वरको घर” लाई पनि उही किसिमले अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः दाऊद, सन्तान, घराना, इस्राएल राज्य, पवित्र वासस्थान, मन्दिर, यहोवे)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:४१-४२
  • प्रेरित ०७:४७-५०
  • उत्पत्ति ३९:३-४
  • उत्पत्ति ४१:३९-४१
  • लूका ०८:३८-३९
  • मत्ती १०:५-७
  • मत्ती १५:२४-२६

घराना

परिभाषा:

“घराना” शब्दले एउटा घरमा सँगसँगै बस्‍ने सबै मानिसहरूलाई जनाउँछ । यसमा परिवारका सदस्यहरूसाथै घरका नोकरहरू पनि पर्छन् ।

  • कसैले घरानाको प्रबन्ध गर्छ भने यसमा नोकरहरूलाई निर्देशन दिनेसाथै सम्पत्तिको हेरचाह गर्ने कुरा पनि पर्छ ।
  • कहिले काहीँ “घराना” ले आलङ्कारिक रूपमा कसैको पुरै पारिवारिक वंशलाई जनाउन सक्छ, खास गरी उसका सन्तानहरूलाई ।

(हेर्नुहोस्ः घर)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:९-१०
  • गलाती ०६:९-१०
  • उत्पत्ति ०७:१-३
  • उत्पत्ति ३४:१८-१९
  • मत्ती १०:२४-२५
  • मत्ती १०:३४-३६
  • फिलिप्पी ०४:२१-२३

घिनलाग्दो, घिन लाग्‍ने

परिभाषा:

“घिनलाग्दो” शब्दले कुनै पनि मन नपराइएको र अस्वीकार गरिएको कुरालाई जनाउँछ । कुनै कुरामा “घिनाउनु” भन्‍नाले कुनै कुरालाई पटक्‍कै मन नपराउनु भन्‍ने बुझिन्छ ।

  • बाइबलमा यो शब्दलाई दुष्‍टलाई इन्कार गर्ने सन्दर्भमा प्रयोग गरिएको पाइन्छ ।
  • परमेश्‍वरले यो शब्द झुटो ईश्‍वरलाई पूजा गर्ने दुष्‍ट कामलाई जनाउनलाई प्रयोग गर्नु भयो ।
  • इस्राएलीहरूलाई उनीहरूका छिमेकी जातीले गरेका घिनलाग्दा क्रियाकलापहरूलाई घृणा गर्नलाई आदेश दिइएको थियो ।
  • परमेश्‍वरले सबै किसिमका गलत यौन क्रियाकलापलाई “घिनलाग्दा” भन्‍नुभयो ।
  • भविष्य हेर्ने, टुनामुना र बालबलिहरू परमेश्‍वरको लागि “घिनलाग्दा” कामहरू हुन् ।
  • “घिन लाग्‍नु” भन्‍ने शब्दलाई “कडा रुपले अस्‍वीकार गर्नु” वा “घृणा गर्नु” वा “अत्यन्तै दुष्‍ट भनेर मानिलिनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “घिनलाग्दो” भन्‍ने शब्दलाई “भयानक दुष्‍ट” वा “घृणित” वा “अस्‍वीकार गर्न लायक” भनेर अनुवाद गर्न सकिन्छ ।
  • धर्मीहरू दुष्‍टताबाट “घिनाउनु” भन्‍ने शब्दलाई “अत्यन्तै मन नपराइएको” वा “तिरस्कार गरिएको” भनेर अनुवाद गर्न सकिन्छ ।

घुम्टो

परिभाषा:

शब्द “घुम्टो” ले साधारणतया पातलो वस्‍त्रको टुक्रालाई जनाउँछ जसलाई शिर वा अनुहार ढाक्‍नको लागि प्रयोग गरिन्छ ।

  • मोशा यहोवेको उपस्थितिमा हुँदा तिनले घुम्टोले आफ्नो अनुहार ढाके, ताकि तिनको अनुहारको चमक तिनका मानिसहरूले देख्‍न नसकून् ।
  • बाइबलमा स्‍त्रीहरू सार्वजनिक स्थानमा हुँदा वा पुरुषहरूको उपस्थितिमा हुँदा तिनीहरूले आफ्ना शिर र अक्सर आफ्ना अनुहार ढाक्‍न घुम्टो ओढ्थे ।
  • क्रियापद “घुम्टो लगाउनु” को अर्थ हुन्छ‒ घुम्टोले कुनै कुरो ढाक्‍नु ।
  • केही अङ्ग्रेजी संस्करणहरूमा महा-पवित्रस्थानको प्रवेशलाई ढाक्‍ने ठुलो पर्दालाई जनाउन शब्द “घुम्टो” को प्रयोग गरिएको छ । तर त्यस सन्दर्भमा “पर्दा” अझै सठिक शब्द हो किनकि यसले गर्‍हुङ्गो र बाक्लो वस्‍त्रको टुक्रालाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “घुम्टो” लाई “पातलो वस्‍त्रको ढकनी” वा “वस्‍त्रको ढकनी” वा “शिरको ढकनी” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही संस्कृतिहरूमा स्‍त्रीहरूको घुम्टोको लागि प्रयोग गरिने शब्द पहिले नै अस्तित्वमा भएको हुन सक्छ । मोशाको लागि प्रयोग गरिँदा अर्कै शब्द पत्ता लगाउनुपर्ने हुन सक्छ ।

(हेर्नुहोस्ः मोशा) बाइबलका सन्दर्भहरूः

  • २ कोरिन्थी ०३:१२-१३
  • २ कोरिन्थी ०३:१४-१६
  • इजकिएल १३:१७-१८
  • यशैया ४७:१-२
  • श्रेष्‍ठगीत ०४:३

घुस

परिभाषा:

“घुस” दिनुको अर्थ कुनै बेइमान काम गर्नका लागि कसैलाई प्रभावित तुल्याउने उद्देश्यले उसलाई रुपियाँ-पैसाजस्ता मूल्यवान् कुरा दिनु हो ।

  • जे भएको थियो, त्यसबारे झुट बोल्न येशूको रित्तो चिहान रुँग्‍ने सिपाहीहरूलाई रुपियाँ-पैसाको घुस दिइयो ।
  • कहिले काहीँ अपराधको बेवास्ता गर्न वा निश्‍चित तवरले मत हाल्न सरकारी कर्मचारीलाई घुस दिइन्छ ।
  • घुस दिने र लिने कामलाई बाइबलले निषेध गर्छ ।
  • “घुस” शब्दलाई “बेइमाइन धनमाल” वा “झुट लागि दिइएको भुक्तानि” वा “नियमहरू भङ्ग गरेको मूल्य” भनी अनुवाद गर्न सकिन्छ ।
  • “घुस दिनु” लाई “प्रभावित तुल्याउन (कसैलाई) तिर्नु” वा “बेइमान कार्म गराउन तिर्नु” वा “कामको लागि तिर्नु” भन्‍नेजस्ता वाक्यांशहरूद्वारा अनुवाद गर्न सकिन्छ ।

घेराबन्दी, घेर्नु

परिभाषा:

“घेराबन्दी” शब्दले आक्रमणकारी सेनाहरूले सहरलाई घेर्छ र यसलाई कुनै पनि खाना र पानीको आपूर्ती प्राप्‍त गर्नबाट विमुख पार्नुलाई जनाउँछ ।” घेर्नु” को अर्थ सहरलाई घेराबन्दीमा पार्नु भन्‍ने हुन्छ ।

  • बेबिलोनीहरू इस्राएललाई आक्रमण गर्न आउँदा, तिनीहरूले सहरभित्रका मानिसहरूलाई कमजोर बनाउन यरूशलेम सहरविरुद्ध घेराबन्दीको रणनीति अप्‍नाए ।
  • घेराबन्दी गरेर आक्रमण गर्ने समयमा, आक्रमण गरिरहेका सेनाहरूलाई सहरको पर्खाल नाघेर सहरलाई आक्रमण गर्नलाई सक्षम तुल्याउन फोहोरको भर्‍याङ निर्माण गरिन्थ्यो ।
  • “घेरा हाल्नु” को अर्थ घेराबन्दी गर्ने काम हो । यसको अर्थ “घेर्नु” को जस्तै हो ।
  • “घेराबन्दीमा” भन्‍नाले शत्रु सेनाहरूले सहर घरेको कुरालाई दर्शाउँछ । सहर घरिनुपर्छ ।

बाइबलखा खण्डहरूः


घोडचढीहरू

परिभाषा:

बाइबलको समयमा “घोडचढीहरू” ले युद्धमा घोडा चढेर जाने मानिसहरूलाई जनाउँथ्ये ।

  • घोडाले तान्‍ने रथहरूमा चढ्ने योद्धाहरूलाई पनि “घोडचढीहरू” भनिएको हुन सक्छ, यद्यपि साधारणतया यस शब्दले वास्तवमा घोडाहरूमाथि चढ्ने मानिसहरूलाई जनाउँछ ।
  • युद्धमा घोडाहरूको प्रयोग गर्नुले यहोवेमाथि नभई तिनीहरूले आफ्नै शक्तिमाथि भर परेको जनाउने भएकोले इस्राएलीहरूले धेरै घोडचढीहरूको प्रयोग गरेनन् ।
  • यस शब्दलाई “घोडा चढ्नेहरू” वा “घोडामाथि बस्‍ने मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः रथ, घोडा)

बाइबलका सन्दर्भहरूः


घोडा

परिभाषा:

घोडा एउटा ठुलो, चार-खुट्टे जनावर हो । बाइबलको समयमा यसलाई अधिकांशतः कृषिसम्बन्धी काम र मानिसहरूलाई ओसारपसार गर्नको लागि प्रयोग गरिन्थ्यो ।

  • केही घोडाहरू गाडा वा रथहरू तान्‍नको लागि प्रयोग गरिन्थे भने अरू घोडाहरूलाई मानिसहरूको ओसारपसारको लागि प्रयोग गरिन्थ्यो ।
  • घोडालाई अगुवाइ गर्न सकियोस् भनेर त्यसको मुखमा मुखरी र लगाम लगाइन्छन् ।
  • खास गरी युद्धमा घोडाहरूको प्रयोग हुने भएकाले बाइबलमा घोडाहरूलाई मूल्यवान् सम्पत्तिको रूपमा हेरिन्थ्यो र तिनीहरू सम्पत्तिको मापन पनि थिए । उदाहरणको लागि, सोलोमनको विशाल सम्पत्तिको भाग हजारौँ घोडा र रथहरू पनि थिए ।
  • घोडासित मिल्दोजुल्दो जनावरहरूमा गधा र खच्‍चड पर्छन् ।

(हेर्नुहोस्ः रथ, गधा, खच्‍चड, सोलोमन)

बाइबलका सन्दर्भहरूः


घोप्‍टो पर्नु

परिभाषा:

“घोप्‍टो पर्नु” को अर्थ अनुहारलाई जममिनमा राखेर लमपन्‍न पर्नु वा अचानक धेरै तल झुक्‍नु हो ।

  • कसैको अगि “घोप्‍टो पर्नु” वा “आफैँ घोप्‍टो पर्नु” को अर्थ त्यो व्‍यक्‍तिको सामु अचानक झुक्‍नु वा शिर झुकाउनु हो ।
  • सामान्यतयाः कुनै चमत्कारिक का भएकोले आघात, आश्‍चर्य र डरको प्रतिकृया स्वरूप घोप्‍टो पर्नु मुद्रा हो । यसले निहुरेर आदर र सम्मान गरेको पनि देखाउँछ ।
  • घोप्‍टो पर्नु पनि परमेश्‍वरलाई आराधना गर्ने एउटा तरिका थियो । येशूले आश्‍चर्यकर्म गर्नुहुँदा वा उहाँलाई महान् शिक्षकको रूपमा मानिसहरूले कृतज्ञाता जाहेर गर्दा र आराधना गर्दा यसो गर्थे ।
  • सन्दर्भअनुसार, “घोप्‍टो परे” लाई “अनुहारले भुइँ नै छुने गरी निहुरे” वा “उहाँको अगि लम्पसार परेर आराधना गरे” वा “आश्‍चर्यमा जमिनमा नै लमतन्‍न परे” वा “आराधना गर्‍यो” भनी अनुवाद गर्न सकिन्छ ।
  • “हामी आफैँ घोप्‍टो हुनेछेनौँ” लाई “आराधना गर्नेछैन” वा “आराधनामा मुहार निहुराउनेछैन” वा “निहुरने र आराधना गर्नेछैन” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः निहुरनु, झुक्‍नु) बाइबल खण्डहरूः

  • प्राकाश १९:३-४

घोषणा गर्नु, घोषणा

परिभाषा:

“घोषणा गर्नु” र “घोषणा” ले कुनै कुरालाई विशेष जोड दिनुपर्दा गरिने औपचारिक वा सार्वजनिक वक्तव्यलाई जनाउँछ ।

  • बाइबलका भविष्‍यवाणीहरूलाई परमेश्‍वरले नै भन्‍नु भए झै (’म घोषणा गर्छु’) अभिलिखित गरिएको छ त्‍यसको अर्थ हुन्‍छ, ‘म जोड दिएर भन्‍दछु । ‘
  • “घोषणा” ले घोषित गरिएको कुराको महत्त्वमाथि ध्यान गर्छ ।

घोषणा गर्नु, घोषणा

परिभाषा:

घोषणा गर्नु भनेको केही कुरा सार्वजनिक रूपमा वा उच्‍च सोरले उदघोष गर्नु वा जनाउ दिनु हो ।

  • बाइबलमा प्रायः “घोषणा गर्नु” को अर्थ परमेश्‍वरले आज्ञा गर्नुभएको कुरा सार्वजिक रूपमा उदघोष गर्नु वा परमेश्‍वर र उहाँ कति महान् हुनुहुन्छ भनी बताउनु हो ।
  • नयाँ करारमा, प्रेरितहरूले येशूबारेको सुसमाचार धेरै विभिन्‍न सहरहरू र प्रदेशहरूका मानिसहरूलाई बताए ।
  • “घोषणा गर्नु” लाई राजाको उर्दी वा दुष्‍टको सार्वजनिक रूपा निन्दा गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।
  • “घोषणा गर्नु” लाई अनुवाद गर्ने अरू तरिकाहरूमा “उदघोष गर्नु” वा “सार्वजनिक रूपमा प्रचार गर्नु” “आम प्राचार” पर्छन् ।
  • “घोषणा” लाई “उदघोष” वा “आम प्रचार” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः प्रचार गर्नु) बाइबलका खण्डहरूः

  • प्रेरित ०८:४-५
  • प्रेरित ०९:२०-२२
  • प्रेरित ०९:२८-३०
  • प्रेरित १३:३८-३९
  • योना ०३:१-३
  • लूका ०४:१८-१९
  • मत्ती १०:२६-२७
  • मर्कूस ०१:१४-१५
  • फिलिप्‍पी ०१:१८-१९

चङ्गाइ गर्नु, निको पार्नु

परिभाषा:

“चङ्गाइ गर्नु” र “निको पार्नु” को अर्थ हुन्छ‒ बिरामी, चोट लागेको वा अशक्त व्‍यक्‍तिलाई पुनः स्वस्थ बनाउनु ।

  • “चङ्गाइ गरिएको” वा “निको पारिएको” व्‍यक्‍तिलाई “स्वस्थ बनाइन्छ ।”
  • परमेश्‍वरले हाम्रा शरीरहरूलाई विभिन्‍न किसिमका घाउ र रोगहरूबाट स्वस्थ हुने क्षमता दिनुभएकोले प्राकृतिक रूपमा पनि चङ्गाइ हुन सक्छ । साधारणतया यस्तो किसिमको चङ्गाइ बिस्तारै हुन्छ ।
  • तथापि अन्धोपना वा पक्षाघातजस्ता अवस्थाहरू र कुष्‍टरोगजस्ता गम्भीर रोगहरू भने आफै निको हुँदैनन् । मानिसहरूले यी कुराहरूबाट चङ्गाइ प्राप्‍त गर्दा यसलाई आश्‍चर्यकर्म भनिन्छ, जुन साधारणतया अकस्मात् हुन्छ ।
  • उदाहरणको लागि, येशूले धेरै दृष्‍टिविहीन वा लङ्गडा वा रोगीहरूलाई निको पार्नुभयो, र तिनीहरू तुरुन्तै स्वस्थ भए ।
  • प्रेरितहरूले पनि मानिसहरूलाई आश्‍चर्यपूर्ण तवरले निको पारे, जस्तैः पत्रुसले लङ्गडो मानिसलाई तुरुन्तै हिँड्न सक्‍ने बनाए ।

(हेर्नुहोस्ः आश्‍चर्यकर्म, आश्‍चर्य, चिन्ह)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०५:१४-१६
  • प्रेरित ०८:६-८
  • लूका ०५:१२-१३
  • लूका ०६:१७-१९
  • लूका ०८:४३-४४
  • मत्ती ०४:२३-२५
  • मत्ती ०९:३५-३६
  • मत्ती १३:१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१९-१४) डरलाग्दो रोग भएका शत्रुका कमान्डर नामानको जीवनमा एउटा आश्‍चर्यकर्म भयो । तिनले एलीशाको बारेमा सुनेका थिए । त्यसैले, तिनी एलीशालाई चङ्गाइको लागि अनुरोध गर्न उनीकहाँ गए ।
  • (२१-१०) मसीहले बिरामी मानिसहरू र सुन्‍न नसक्‍ने, देख्‍न नसक्‍ने, बोल्न नसक्‍ने र हिँड्न नसक्‍नेहरूलाई चङ्गाइ गर्नुहुने थियो भनेर पनि तिन (यशैया) ले भविष्यवाणी गरे ।
  • (२६-०६) येशूले भन्‍न जारी राख्‍नुभयो, “एलीशा अगमवक्ताको समयमा इस्राएलमा छालाको रोग लागेका मानिसहरू धेरै थिए । तर एलीशाले तिनीहरूमध्ये कसैलाई पनि निको पारेनन् । तिनले इस्राएलका शत्रुहरूका कमान्डर नामानलाई मात्र निको पारे, जसलाई छालाको रोग थियो ।”
  • (२६-०८) तिनीहरूले देख्‍न नसक्‍ने, हिँड्न नसक्‍ने, सुन्‍न नसक्‍ने वा बोल्न नसक्‍नेलगायत धेरै बिरामी र अशक्त मानिसहरूलाई ल्याए, र येशूले तिनीहरूलाई निको पार्नुभयो ।
  • (३२-१४) येशूले धेरै बिरामी मानिसहरूलाई निको पार्नुभएको थियो भनी उनले सुनेकी थिइन् । त्यसैले, उनले सोचिन्, “मैले येशूका वस्‍त्रहरूलाई छोएँ भने मात्र म पनि निको हुनेछु भन्‍ने कुरामा म निश्‍चित छु ।”
  • (४४-०३) तुरुन्तै परमेश्‍वरले त्यस लङ्गडो मानिसलाई निको पार्नुभयो, र तिनी चारैतिर हिँड्न र उफ्रन अनि परमेश्‍वरको प्रशंसा गर्न थाले ।
  • (४४-०८) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्तिद्वारा यी मानिस तपाईंहरूका सामु चङ्गाइ प्राप्‍त व्‍यक्‍तिको रूपमा खडा छ ।”
  • (४९-०२) येशूले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो जसले उहाँ परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्छन् । उहाँ पानीमाथि हिँड्नुभयो; उहाँले आँधीलाई शान्त पार्नुभयो; धेरै बिरामी मानिसहरूलाई निको पार्नुभयो; भूतात्माहरू निकाल्नुभयो; मरेकाहरूलाई जीवित पार्नुभयो र पाँचवटा रोटी अनि दुईवटा माछाले पाँच हजारभन्दा बेसी मानिसलाई पर्याप्‍त हुने गरी खुवाउनुभयो ।

चप्पल\जुत्ता

परिभाषा:

यो खुट्टा वा गोलीगाँठोमा फित्ताले बाँधेर खुट्टामा लगाउने सधारण जुत्ता हो, यसलाई महिला र पुरुष दुवैले लगाउछन् ।

  • जुत्तालाई कुनै वैधानिक कारोबारलाई पक्‍का गर्नलाई प्रयोग गरिन्थ्यो, जस्तै, सम्पत्ति बेचबिखनमा एउटाले आफ्नो जुत्ता फुकालेर अर्कोलाई दिन्थ्यो (रूथ ४:७) ।
  • विशेष गरी परमेश्‍वरको उपस्थितिमा, जुत्ता फुकाल्नु आदर र सम्मानको संकेत थियो ।
  • यूहन्‍नाले तिनी येशूको जुत्ताको फित्ता फुकाल्न योग्यका पनि छैनन् भनी बताए, जुन तुच्छ दास वा नोकारको काम थियो ।

बाइबलका खण्डहरूः

  • प्रेरित ०७:३३-३४
  • यूहन्‍ना ०१:२६-२८
  • मर्कूस ०६:७-९

चाड

परिभाषा:

सामन्यतया कुनै एक समुदायका मानिसहरू मिलेर मनाउने उत्सवलाई चाड भनिन्छ ।

  • पुरानो करारमा “चाड” शब्दको शाब्दिक अर्थ “तोकिएको समय” हुन्छ ।
  • इस्राएलीहरूले मनाउने चाडहरू परमेश्‍वरद्धारा विशेष रूपमा तोकिएको समयमा मनाउनको लागि, आज्ञा गर्नुभएको थियो ।
  • यो कुरालाई जनाउनको लागि धेरै अङ्ग्रेजी अनुवादहरूमा “भोज” भन्‍ने शब्दको प्रयोग गरिएको पाइन्छ किनकि यो समयमा ठुलो भोजको पनि आयोजना गरिन्थ्यो ।
  • इस्राएलीहरूले प्रत्येक वर्ष मनाउने धेरै चाडहरू थिएः
  • निस्तार-चाड
  • अखमिरी रोटीको चाड
  • अगौटे फलको चाड
  • सा‍ताहरूको चाड (पेन्तिकोस)
  • तुरहीको चाड
  • प्रायश्‍चित्तको दिनको चाड
  • छाप्रोवासको चाड
  • यी चाडहरूको उद्देश्य परमेश्‍वरलाई धन्यवाद दिनु र आफ्ना मानिसहरूलाई बचाउन, सुरक्षा गर्न र जुटाउनको लागि उहाँले गर्नुभएका अचम्मका कामहरू सम्झनु थियो ।

चाँदी

परिभाषा:

चाँदी सिक्‍का, गहना, भाँडा र सजावटका सधनहरू बनाउनलाई प्रयोग गरिने चम्किलो र सेतो-खैरो बहुमूल्य धातु हो ।

  • यरूशलेम मन्दिरमा चाँदीका भाँडाहरू थिए । बेबिलोनीहरूले ख्रीष्‍टपूर्व ५८६मा यरूशलेमलाई आक्रमण गरी धेरै इस्रएलीहरूलाई कब्जा गर्दा यी भाँडाहरू चोरेर लगे ।
  • भाँडाहरूमा चाँदीका कचौराहरु र बटुकाहरू साथै पकाउन, खान वा पस्कन प्रयोग गरिने अन्य थोकहरू पनि थिए ।
  • बाइबलको समया चाँदीका सिक्‍काहरू वा शेकेल भनिने तौल प्रयोग गरिन्थ्यो ।
  • येशूलाई विश्‍वासघात गर्दा यहूदालाई ३० चाँदीका सिक्‍काहरू दिइयो ।

बाइबलका खण्डहरूः

  • मत्ती २६:१४-१६

चारैतिर बेर्नु

परिभाषा:

यो एउटा क्रियापद हो, जसको अर्थ हुन्छ‒ कुनै कुरोलाई त्यसको वरिपरि बेर्नु । यसले प्रायः लबेदा वा कुनै वस्‍त्रलाई त्यसको ठाउँमा अड्याउन पेटी वा पटुकाको प्रयोग गरी कम्मरको वरिपरि बाँध्‍ने कामलाई उल्लेख गर्दछ ।

  • “पटुकाले कम्मर कस” भन्‍ने सामान्य बाइबलीय टुक्‍काले वस्‍त्रको तल्लो भागलाई पेटीमा लगेर दोबार भन्‍ने कुरोलाई जनाउँथ्यो । यसो गर्दा व्‍यक्‍ति अझै खुला किसिमले चलहल गर्न सक्थ्यो, खास गरी काम गर्नको लागि ।
  • यस टुक्‍काको अर्थ कुनै कठिन काम गर्न तयार हुनु भन्‍ने पनि हुन्छ ।
  • टुक्‍का “पटुकाले कम्मर कस” लाई अनुवाद गरिएको भाषामा समान अर्थ भएको टुक्‍काकै प्रयोग गरी अनुवाद गर्न सकिन्छ । वा यसलाई सामान्य अर्थमा पनि अनुवाद गर्न सकिन्छ, जस्तैः “कामको लागि आफैलाई तयार पार्नुहोस्” वा “आफै तयार हुनुहोस् ।”
  • “... ले बेर्नु” लाई “... ले घेर्नु” वा “... ले बाँध्‍नु” वा “... ले कस्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

चिठ्ठा, चिठ्ठा हाल्नु

परिभाषा:

“चिठ्ठा” भनेको चिन्ह लगाइएको वस्तु हो जसलाई उस्तै देखिने वस्तुहरूबाट पक्षपातबिना गरिने छनोट वा निर्णयको निम्ति प्रयोग गरिन्छ । “फ्याँक्‍नु,” वा “खसाल्नु” भन्‍नाले चिठ्ठा हाल्ने वा पार्ने कुरा बुझिन्छ र परमेश्‍वरले मानिसहरूबाट के चाहनुभएको छ त भनी थाहा पाउनको लागि, यस्ता अभ्यास गर्ने चलन थियो । मन्दिरमा कुनचाहिँ पूजाहारीले कुनचाहिँ काम गर्नुपर्ने छ त भनी तय गर्नको लागि चिठ्ठा हाल्ने चलन थियो । येशूलाई क्रुसमा चढाउने सेनाहरूले येशूको वस्‍त्रलाई कसले लिने हो भनी तय गर्नको लागि, चिठ्ठा हालेका थिए । चिठ्ठा हाल्ने कार्यमा स-साना ढुङ्गाहरू वा टुक्रिएको माटोको भाँडोमा चिन्ह लगाएर माथि हुर्याउने वा गुडाउने चलन हुन्थ्यो । अनि चिन्ह लगाइएको टुक्रालाई भेट्याउने व्‍यक्‍ति नै छानिने गरिन्थ्यो । कतिपय सँस्कृतिमा परालको झुप्पालाई चिठ्ठा हाल्ने कार्यमा प्रयोग गरिन्छ । कसैले त्यसलाई पक्रिने गर्छन् र त्यो कतिको लामो छ भन्‍ने उसलाई थाहा हुँदैन । त्यसैले जसले सबैभन्दा लामो वा छोटो पराललाई समात्‍न पुग्छ, त्यही नै छानिन्छ । “चिठ्ठा हाल्नु” लाई “चिठ्ठा आकाशितिर हुर्याउनु” वा “चिठ्ठा तान्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ वा त्यसलाई गुडाउनु भनेर पनि भन्‍न सकिन्छ । तर धेरै टाढासम्म चिठ्ठा हुर्याइन्छ भन्‍ने भान आउने किसिमले अनुवाद नगर्नुहोला ।


चिढ्याउनु

परिभाषा:

“चिढ्याउनु” को अर्थ कसैलाई नकरात्मक प्रतिक्रिया वा भावना अनुभव गराउनु हो ।

  • कसैलाई रिसाउनलाई चिढ्याउनु भनेको त्यो व्यक्‍ति रिसाउने कुनै थोक गर्नु हो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “रिस उठ्न लगाउनु” वा “रिसाउनु” ।
  • “उनलाई नचिढ्याऊ” लाई “उनको रिस नउठाऊ” वा “उनलाई तपाईंसँग रिसाउन नलगाऊ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः रिसाएको, रिस) बाइबल खण्डहरूः

  • इजकिएल २०:२७-२९

चितुवा

परिभाषा:

चितुवा भनेको बिरालोजस्तै देखिने खैरो र कालो रंगको पाटेदार भुत्ला भएको ठूलो जनावर हो । चितुवाहरूले अरू पशुहरूलाई मारेर खाने गर्दछन् । त्यसैले त्यसको डरलाग्दो तथा तीब्र स्वभावलाई अचानक आइपर्ने आपत्तिसँग तुलना गरिएको छ । दानिएल तथा यूहन्‍नालाई दिइएका दर्शनमा, ती पशुहरूमध्ये एउटाचाहिँ चितुवाजस्तै देखिने कुरा समावेश छ ।


चिल

परिभाषा:

चिल ठुलो र शक्‍तिशाली सिकारी चरा हो । यसले माछा, मुसा, सर्प र कुखुराजस्ता साना जनावरहरू खान्छ ।

  • चिललाई स्वतन्‍त्रता र शक्‍तिको चिन्हको रूपमा लिइने गरिन्छ ।
  • बाइबलमा सेनाहरूका गति र शक्‍तिको बारेमा बताउनको लागि चिलले शिघ्र रूपमा आफ्नो सिकार समाउने वा यो शिघ्र रूपमा काशमा धेरै माथि सम्‍म जाने कुरासँग तुलना गरिएको छ ।
  • यशैयाले लेखेका छन् कि परमेश्‍वरमा भरोसा गर्ने मानिसहरू चिलझैँ माथि-माथि उड्नेछन् । यो आलंकारिक भाषा हो, जसले परमेश्‍वरमा भरोसा र उहाँको आज्ञा पालाना गर्ने मानिसहरूले पाउने स्वतन्‍त्रता र शक्‍तिको बारेमा बताउँछ ।
  • दानिएलको पुस्तकमा नबूकदनेसरको कपालको लम्बाईलाई चिलको प्वाँखसँग तुलना गरिएको छ, जसको लम्बाइ ५६ सेन्टिमिटर लामो हुन्छ ।

चिहान, गाड्ने ठाउँ

परिभाषा:

“चिहान” शब्दले मरेको मानिसको शरीर राखिने ठाउँलाई जनाउँछ । “गाड्ने ठाउँ” अझै सामान्य पदावली हो जसले उही कुरोलाई जनाउँछ ।

  • यहूदीहरूले कहिले काहीँ प्राकृतिक गुफालाई चिहानको रूपमा प्रयोग गर्थे, भने कहिले काहीँ डाँडाको चट्टानमा गुफा बनाउँथे ।
  • नयाँ करारको समयमा चिहानलाई बन्द गर्न त्यसको मुखमा ठुलो, गर्‍हुङ्गो ढुङ्गो गुडाइदिनु सामान्य अभ्यास थियो ।
  • यदि “चिहान” शब्दले लाश राखिने जमिनमुनिको खाडललाई मात्र जनाउन सक्छ भने यसलाई “गुफा” वा “डाँडामा बनाइएको खाडल” भनी अनुवाद गर्न सकिन्छ ।
  • मृत्युको अवस्था वा मरेका मानिसहरूको आत्मा जाने ठाउँलाई जनाउन “चिहान” शब्दलाई अक्सर सामान्य वा आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

(हेर्नुहोस्ः मृत्यु, मर्नु, मृत, गाड्नु, गाडिएको, गाड्ने)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०२:२९-३१
  • उत्पत्ति २३:५-६
  • उत्पत्ति ५०:४-६
  • लूका ०८:२६-२७
  • लूका २३:५२-५३
  • लूका २४:१-३
  • मत्ती ०८:२८-२९
  • मत्ती २३:२७-२८
  • मत्ती २७:५१-५३
  • मर्कूस ०५:१-२
  • रोमी ०३:१३-१४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (३२-०४) त्यो मानिस त्यस क्षेत्रका चिहानहरूमा बस्थ्यो ।
  • (३७-०६) येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले लाजरसलाई कहाँ राखेका छौ ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “चिहानमा । आउनुहोस् र हेर्नुहोस् ।”
  • (३७-०७) त्यो चिहान एउटा गुफा थियो, जसको मुखमा ढुङ्गो गुडाएर राखिएको थियो ।
  • (४०-०९) त्यसपछि येशू नै मसीह हुनुहुन्थ्यो भनी विश्‍वास गर्ने दुई जना यहूदी अगुवा योसेफ र निकोदेमसले पिलातससँग येशूको शरीर मागे । तिनीहरूले उहाँको शरीरलाई कपडामा बेर्‍हे, र चट्टानमा खोपिएर बनाइएको चिहानमा राखे । त्यसपछि चिहानको मुखलाई बन्द गर्न तिनीहरूले मुखमा एउटा ठुलो ढुङ्गो गुडाएर राखे ।
  • (४१-०४) तिन (स्वर्गदूत) ले चिहानको प्रवेशद्वारलाई ढाक्‍ने ढुङ्गो हटाए, र तिनी त्यसमाथि बसे । चिहान रुँग्‍ने सिपाहीहरू भयभीत भए, र मरेका मानिसहरूजस्तै भुइँमा ढले ।
  • (४१-०५) जब स्‍त्रीहरू चिहानमा आइपुगे, स्वर्गदूतले तिनीहरूलाई भने, “भयभीत नहोओ । येशू यहाँ हुनुहुन्‍न । उहाँ आफूले भन्‍नुभएजस्तै गरी मरेकाहरूबाट जीवित हुनुभएको छ । चिहान हेरेर पक्‍का गर ।” स्‍त्रीहरूले चिहानमा हेरे, र येशूको शरीर राखिएको ठाउँलाई देखे । उहाँको शरीर त्यहाँ थिएन ।

चुम्बन

परिभाषा:

चुम्बन भनेको स्‍नेह अभिव्‍यक्‍ति हो र एउटा व्‍यक्‍तिले आफ्नो ओठलाई अर्को व्‍यक्‍तिको ओठ वा गालामा स्पर्श गरेर यसलाई प्रकट गरिन्छ ।

  • कतिपय सँस्कृतिमा अभिवादन वा विदाइको समयमा गालामा एक-अर्कालाई चुम्बन गर्ने गर्छन् ।
  • चुम्बनले दुई व्‍यक्‍तिबीच रहेको गहिरो प्रेमलाई संचार गर्छ, जस्तै कि पति र पत्‍नी ।

चेताउनीको घन्टी, त्रसित

परिभाषा:

मानिसहरूलाई हानि पुर्‍याउन सक्‍ने केही कुरोबारे चेताउनी दिने कुरो नै चेताउनीको घन्टी हो । “त्रसित हुनु” को अर्थ कुनै खतरनाक वा भयभीत पार्ने कुरोबारे चिन्तित हुनु वा डराउनु हो ।

  • मोआबीहरूले यहूदा राज्यमाथि आक्रमण गर्ने योजना बनाउँदै थिए भनी जब राजा यहोशापातले सुने, तिनी त्रसित भए ।
  • येशूका चेलाहरूले अन्त्यका दिनहरूमा घट्ने विपत्तिहरूबारे सुन्दा तिनीहरू त्रसित हुनुहुँदैन भनी उहाँले तिनीहरूलाई बताउनुभयो ।
  • “चेताउनीको घन्टी बजाऊ” भन्‍ने टुक्‍काको अर्थ हुन्छ, चेताउनी दिनु । प्राचीन समयमा तुरही फुकेर वा घन्टी बजाएर आवाज निकाली व्‍यक्‍तिले चेताउनी दिन्थ्यो । चेताउनीको आवाज निकाल्नुको अर्थ मानिसहरूलाई खतराबारे जानकारी गराई तिनीहरूलाई सजग गराउनु पनि हुन्छ । (हेर्नुहोस्ः टुक्‍का)

चोर, चोरहरू, डाँकु

परिभाषा:

“चोर” वा “डाँकु” त्यो व्यक्‍ति हो जसले अरू मानिसबाट रुपियाँ-पैसा वा सम्पत्ति चोर्छ । “चोर” को बहुवचन “चोरहरू” हो ।

  • चोरहरू अक्सर थोकहरू लैजाने मौकाको खोजीमा ढुकी बस्छन् । तिनीहरूले गर्ने कामलाई ढाकछोप गर्न तिनीहरू अक्सर अन्धकारको समयलाई प्रयोग गर्छन् ।
  • कहिले काहीँ “डाँकु” ले त्यस्तो व्यक्‍तिलाई जनाउँछ, जसले अरूलाई चोट पुर्‍याउँछ । येशूसँगै क्रुसमा टाँगिने मानिसहरूलाई कहिले काहीँ “डाँकुहरू” वा “अपराधीहरू” भनिएको छ ।
  • आलङ्कारिक अर्थमा नयाँ करारले शैतानलाई चोर्न, मार्न र नष्‍ट पार्न आउने चोरको रूपमा बयान गर्छ । यसको अर्थ हुन्छ, कि परमेश्‍वरका मानिसहरूलाई उहाँको आज्ञा पालन गर्नदेखि रोक्‍न र तिनीहरूका निम्ति परमेश्‍वरले योजना बनाउनुभएका असल थोकहरू तिनीहरूबाट खोस्‍न कोसिस गर्नु शैतानको योजना हो ।
  • जसरी चोर मानिसले अपेक्षा नगरेको समयमा आउँछ, त्यसै गरी येशू ख्रीष्‍ट मानिसले अपेक्षा नगरेको समयमा फर्कनुहुनेछ । उहाँ अकस्मात् र अपेक्षा नगरेको समयमा आउनुहुने भएकोले उहाँका चेलाहरू उहाँको आगमनको प्रतीक्षा गर्दै हर समय तयार रहनुपर्छ भनी उहाँले तिनीहरूलाई बताउनुभयो ।

(हेर्नुहोस्ः आशिष् दिनु, धन्य, आशिष्, अपराध, नष्‍ट गर्नु, शैतान, दुष्‍ट जन)

बाइबलका सन्दर्भहरूः

  • लूका १२:३३-३४
  • प्रकाश ०३:३-४

छरपष्‍ट पार्नु, छरपष्‍ट

परिभाषा:

मानिसहरू वा सामानहरू विभिन्‍न दिशामा छर्ने कामलाई “छरपष्‍ट पार्नु” र “छरपष्‍ट” भनिन्छ ।

  • नयाँ करारमा यो शब्दको प्रयोग सतावटको कारण आफ्नो घर छोडेर विभिन्‍न ठाउँमा गएका विश्‍वासीहरूलाई जनाउनको लागि प्रयोग गरिएको पाइन्छ ।
  • “छरपष्‍ट” शब्दलाई “विभिन्‍न ठाउँमा भएका विश्‍वासीहरू” वा “छरिएर रहेका विश्‍वासीहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “छरपष्‍ट पार्नु” शब्द “पठाउनु” वा “टाढा पठाउनु” वा “छर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।

छर्नु, छर्ने

परिभाषा:

छर्नुको अर्थ बिरुवाहरू बढाउनलाई जमिनमा बिउ राख्‍नु हो । छर्ने भनेको बिउ छर्ने व्यक्‍ति हो ।

  • छर्ने वा रोप्‍ने विधि फरक पर्न सक्छ, तर एउटा तरिकाचाहिँ हातभरि बिउ लिएर जमिनमा छर्नु हो ।
  • “छर्नु” को निम्ति अर्को शब्द “रोप्‍नु” हो ।

अनुवादका निम्ति सुझावहरूः

  • “मानिसले जे छर्छ त्यही कटनी गर्छ” मा जस्तै “छर्नु” लाई आलङकारिक रूपमा प्रयोग गर्न सकिन्छ । यसको अर्थ मानिसले कुनै खराब काम गर्‍यो भने उसले त्यसको नकारात्मक परिणाम पाउनेछ भन्‍ने हो । यसको अर्थ मानिसले असल काम गर्छ भने उसले सकरात्मक परिणाम पाउँछ भन्‍ने पनि हुन्छ ।
  • यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ “जसरी खास किसिमको बिउले खास किसिमको बिरुवा उत्पादन गर्छ, त्यसै गरी मानिसले असल वा खराब जे गर्छ त्यही किसिमको परिणाम उत्पन्‍न गर्छ ।”
  • अङ्ग्रजीमा “छर्नु\sow” शब्दलाई बिउ राख्‍नुको लागि मत्र प्रयोग गरिन्छ, तर “रोप्‍नु” लाई बिउ रोप्‍नु साथै रुख जस्ता ठुला-ठुला थोकहरू रोप्‍नको लागि पनि प्रयोग गर्न सकिन्छ ।
  • “छर्ने” शब्दलाई “रोप्‍ने” वा “किसान” भनी अनुवाद गर्न पनि सकिन्छ ।

बाइबलका खण्डहरूः

  • गलाती ०६:६-८
  • लूका ०८:४-६
  • मत्ती ०६:२५-२६
  • मत्ती १३:३-६
  • मत्ती १३:१८-१९
  • मत्ती २५:२४-२५

छल गर्नु, छल, छलछाम/कपट, छली

परिभाषा:

कुनै व्‍यक्‍तिलाई झुटो कुरोमा विश्‍वास गर्ने बनाउनुलाई “छल गर्नु” भानिन्छ । कसैलाई धोखा दिने कामलाई “छल” भनिन्छ ।

  • “छलछाम/कपट” ले पनि कुनै व्‍यक्‍तिलाई झुटो कुरोमा विश्‍वास गर्ने बनाउने कामलाई नै जनाउँछ ।
  • कसैलाई झुटो कुरोमा विश्‍वास गर्न लगाउने व्‍यक्‍तिलाई “धोकेबाज/छली” भनिन्छ । उदाहरणको रूपमा, शैतानलाई “धोकेबाज/छली” भनिएको कुरालाई लिन सकिन्छ । त्‍यसले नियन्‍त्रण गरेर राखेको दुष्‍ट आत्माहरूलाई पनि “धोकेबाज/छली” भनिन्छ ।
  • असत्य व्‍यक्‍ति, काम वा सन्‍देशलाई पनि “छली” को रूपमा व्याख्या गर्न सकिन्छ ।
  • “कपट” र “छल” को एउटै अर्थ लाग्छ, तर तिनीहरूको प्रयोगमा केही भिन्‍नता छ ।
  • “कपटी” र “छली” को एउटै अर्थ लाग्छ र तिनीहरू एउटै सन्दर्भमा प्रयोग गरिन्छन् ।

छाँट्नु, चाल्नु

परिभाषा:

“छाँट्नु” वा “चाल्नु” भन्‍ने शब्दहरूको अर्थ अनावश्यक सामाग्रीहरूबाट खाद्य अन्‍न अलग गर्नु हो । बाइबलमा, यी दुवै शब्दहरूलाई मानिसहरूलाई छुट्याउनु वा विभाजन गर्नु भन्‍ने अर्थ दिनको निम्ति आलंकारिक रूपमा प्रयोग गरिएको छ ।

  • छाँट्नुको अर्थ अनावश्यक भूसबाट अन्‍न छुट्याउन अन्‍न र भूस दुवैलाई हावामा विस्तारै उफार्नु हो, र यसको गर्नाले हावाले भूसलाई उडाउँछ र ती छुट्टिन्छन् ।
  • “चाल्नु” भन्‍ने शब्दको अर्थ छाँटिएको अन्‍नलाई छान्‍नेमा राखी अन्‍नबाट बाँकी अनावश्यक वस्तुहरू जस्तै माटो वा ढुङ्गा निकाल्न यसलाई हल्लाउनु हो ।
  • पूरानो नियममा, “छाँट्नु” र “चाल्नु” भन्‍ने शब्दहरू धर्मी मानिसहरूलाई अधर्मीहरूबाट छुटाउनको निम्ति आवश्यक कष्‍टलाई आलंकारिक रूपमा वर्णन गर्नको निम्ति प्रयोग गरिएका छन् ।
  • एक पटक येशूले सिमोन पत्रुसलाई उनी र अरू चेलाहरूका विश्‍वासको कसरी परीक्षा हुनेछ भन्‍ने विषयमा बताउने क्रममा वहाँले पनि “चाल्नु” भन्‍ने शब्दलाई आलंकारिक रूपमा प्रयोग गर्नुभएको थियो ।

छाति-पाता

परिभाषा:

छाति-पाता युद्धको समयमा सिपाहीको रक्षा गर्न छाति ढाक्‍ने कवचको एउटा भाग थियो । इस्राएली प्रधान पूजाहारीले लगाउने विशेष किसिमको वस्‍त्रको नाउँ पनि छाति-पाता नै थियो ।

  • सिपाहीहरूद्वारा लगाइने छाति-पाता काठ, धातु वा छालाबाट बनाइन्थ्यो । काँड, भाला वा तरवारबाट छाति नघोचोस् भनी सिपाहीले यसलाई लगाने गथ्र्यो ।
  • इस्राएली प्रधान पूजाहारीद्वारा लगाइने छाति-पाता वस्‍त्रबाट बनाइएको थियो, जसमा मूल्यवान् पत्थरहरू गाँसिका थिए । मन्दिरमा परमेश्‍वरको निम्ति आफ्ना सेवाका जिम्मेवारीहरू पुरा गर्दा पूजाहारीले यसलाई पहिरने गथ्र्यो ।
  • पूजाहारीले लगाउने छाति-पातालाई “कवच” पनि भनिएको छ ।

छाया

परिभाषा:

“छाया” शब्दले प्रकाशलाई कुनै कुराले छेक्दाको अँध्यारोलाई जनाउँछ । यसको धेरै आलङकारिक अर्थहरू छन् ।

  • “मृत्युको छाया” को अर्थ व्यक्‍ति छायाको जति नजिक छ मृत्यु त्यति नै नजिक वा उपस्थित छ भन्‍ने हो ।
  • बाइबलमा धेरै पटक मानव जातिको जीवनलाई धेरै लामो समय नरहने र कुनै ठोस कुरा नभएको छायासँग तुलना गरिएको छ ।
  • कहिले काहीँ “छाया” लाई “अन्धकार” को निम्ति वैकल्पिक शब्दको रूपमा प्रयोग गरिएको छ ।
  • बाइबलले परमेश्‍वरको पखेटा वा बाहुलीको छाया लुकाइएको वा सुरक्षित राखिएको बारे बताउँछ । यो खतराबाट सुरक्षित राखिएको वा लुकाइएको कुराको तस्वीर हो । छायालाई अनुवाद गर्ने अरू तरिकाहरूमा “ओझेल” वा “सुरक्षा” वा “संरक्षण” पर्छन् ।
  • “छाया” लाई स्थानिय स्तरमा खास छायालाई जनाउन प्रयोग गरिने शब्दलाई नै प्रयोग गरी अनुवाद गर्न उत्तम हुन्छ ।

बाइबल अनुवादः

  • उत्पत्ति १९:६-८

छिमेकी

परिभाषा:

छिमेकी भनेको सामान्यतया हाम्रा नजीक बस्‍ने मानिसहरू हुन् । यसले सामान्यतया त्यस्तो व्‍यक्‍तिलाई पनि जनाउँछ जो एउटै समुदाय वा समूहमा बसोबास गर्दछन् ।

  • छिमेकी शब्दले त्यस्तो व्‍यक्‍तिलाई जनाउँछ जो हाम्रो समुदायको एउटा भाग भएको हुनाले हामी तिनीहरूको सुरक्षा गर्न चाहन्छौँ र दयापूर्ण व्यवहार गर्छौँ ।
  • नयाँ नियममा असल सामरीको कथामा, येशूले सांकेतिक रूपमा “छिमेकी” शब्दको प्रयोग गरी, सारा मानव जाती र हामीले शत्रु भनेर मानेका सबैलाई पनि यसमा समावेश गर्नुभएको छ ।
  • दश आज्ञाहरू मध्ये छैटौँ आज्ञाले अरूलाई प्रेम गर्नु, आफ्नो छिमेकीलाई आफूलाई जस्तै माया गर्नु भनेर जोड दिएको छ ।
  • सम्भव भए यसलाई “नजिकमा बस्‍ने व्‍यक्‍ति” भनेर अनुवाद गर्दा उत्कृष्‍ट हुन्छ ।

छेड्नु

परिभाषा:

“छेड्नु” को अर्थ केही धारिलो अर्थात चुचो वस्तुले केही थोकलाई घोच्‍नु हो । यो कसैलाई गहिरो भावनात्मक चोट पुर्‍यएको जनाउनलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।

  • येशू क्रुसमा झुण्डिरहनु हुँदा एक जना सिपाहीले उहाँको कोखामा छेडे ।
  • बाइबलको समयमा स्वतन्‍त्र गरिएको दासले उनका मालिकसँग नै बस्‍न र उनका निम्ति अझ काम गरी दिन चुनेका चिन्हको रूपमा उसको कान छेड्न लगाउँथे ।
  • शिमियोनले मरियमलाई भनीन् कि रतवारले तिनकी हृदय छेड्नेछ, जसको अर्थ तिनकी छोरो येशूलाई आइपर्ने कुराले तिनले गम्भीर पीडा भोग्‍नेछिन् ।

(हेर्नुहोस्ः क्रुस, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, नोकर, दास, दासत्व) बाइबलका खण्डहरूः

  • भजनसंग्रह ०२२:१६-१७

जग, स्थापित

परिभाषा:

कुनै कुरालाई आधार बनाएर केही कुरा निर्माण गर्ने कामलाई “स्थापित” भनिन्छ । जग भन्‍नाले कुनै कुरा निर्माण गर्नको लागि तयार गरिएको आधार हो ।

  • घरको जग बलियो र सम्पूर्ण संरचनालाई धान्‍न सक्‍ने हुनुपर्छ ।
  • कुनै कुराको सुरुवात वा पहिलो पटक गरिएको सिर्जनालाई पनि “जग” भनिन्छ ।
  • आलंकारिक रूपमा विश्‍वासीहरूलाई पनि प्रेरितहरू र अगमवक्ताहरूको शिक्षाको जगमा निर्माण गरिएको भवन भनिएको पाइन्छ, जुन भवनको जग येशू आफैँ हुनुहुन्छ ।
  • “कुने ढुङ्गो” जगमा हालिने ढुङ्गो थियो । सम्पूर्ण भवनलाई धान्‍न सकोस् भनेर यी ढुंगाहरूलाई परीक्षण गरिएको हुन्थ्यो ।

जनगणना

परिभाषा:

“जनगणना” शब्दले देश वा साम्राज्यमा मानिसहरूको औपचारिक गणनालाई जनाउँछ ।

  • पुरानो करारको अभिलेखअनुसार इस्राएलका मानिसहरूको गणना गरियोस् भनी परमेश्‍वरले विभिन्‍न समयमा आज्ञा दिनुभयो, उदाहरणको लागिः इस्राएलीहरूले पहिलो पटक मिश्र छाड्दा र तिनीहरू कनान प्रवेश गर्नुभन्दा ठिक अगि ।
  • अक्सर जनगणनाको उद्देश्य कति मानिसहरूले करहरू तिरेका थिए भनी जान्‍नको लागि थियो ।
  • उदाहरणको लागि, एक पटक प्रस्थानको पुस्तकमा इस्राएलका मानिसहरूको गणना गरियो, ताकि मन्दिरको सुरक्षाको लागि हरेक मानिसले आधा सेकेल (छ ग्राम) तिरोस् ।
  • येशू शिशु हुनुहुँदा रोमी सरकारले तिनीहरूको साम्राज्यभर बसोबास गर्ने मानिसहरूले कर तिरून् भन्‍ने उद्देश्यले तिनीहरूको जनगणना लियो ।

जलारी, माछा मार्ने मानिसहरू

परिभाषा:

पैसा कमाउने उद्देश्यले पानीबाट माछा समात्‍ने मानिसहरूलाई “जलारी” भनिन्छ । नयाँ करारमा जलारीहरूले माछा समाउनको लागि जालको प्रयोग गर्थे ।

  • येशूले बोलाउनु भन्दा अगाडि पत्रुस र अन्य चेलाहरूले माछा मार्ने काम गर्थे ।
  • इस्रायालको भूमिमा पानीको नजिक भएको हुनाले बाइबलमा माछा र माछा मार्ने मानिसहरूको सन्दर्भ धेरै ठाउँमा पाइन्छ ।
  • यो शब्दलाई “माछा मार्ने मानिसहरू” वा “माछा मारेर पैसा कमाउने मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

जस्तै, उस्तै

परिभाषा:

“उस्तै” किसिमका मानिसहरू तथा कुराहरूको एकआपसी मिल्दोजुल्दो कुराहरू हुने गर्दछन् । “कुनै कुरा जस्तै” हुनु भनेको त्यसअनुसार मिल्दोजुल्दो हुनु तथा उस्तै किसिमका गुणहरू एकआपसमा रहनु हो । मानिसहरूलाई परमेश्‍वरको स्वरूपमा उहाँजस्तै सृष्‍टि गरियो । उहाँको “स्वरूपमा” तथा उहाँको जस्तै गुणहरू र स्वभावहरू हुने गरी सृष्‍टि गरियो ।

अनुवाद सुझावहरू “उहाँको मृत्युमा झैँ,” भन्‍ने वाक्याँशलाई “उहाँको मृत्युको अनुभव गर्ने गरी,” वा “उहाँसँगै उहाँको मृत्युलाई अनुभव गर्ने गरी” भनेर पनि अनुवाद गर्न सकिन्छ । “पापी देहजस्तै,” भन्‍ने वाक्याँशलाई “पापी मानिस झैँ” वा “मानिस हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ । यो वाक्यांशलाई यस्तो प्रकारले अनुवाद गर्नुहोस् कि जसले येशू पापी हुनुहुन्थ्यो भन्‍ने कदापि पनि अभिव्यक्त नहोस् । “नष्‍ट भएर जाने मानिस, चराचुरुगी, चार खुट्टे जनावर वा घस्रने पशुहरूजस्तै” भन्‍ने अभिव्‍यक्‍तिलाई “नष्‍ट भएर जाने मानिसहरू झैँ वा पशुहरू झैँ जस्तै कि चराचुरुगी, पशुहरू वा घस्रने जीवहरू झैँ देखिने मूर्तिहरू,” भनी अनुवाद गर्न सकिन्छ ।


जाँच पडताल

परिभाषा:

“जाँच पडताल” ले एउटा अवस्थालाई जनाउँछ जसमा कुनै कुरो वा व्यक्‍तिलाई जाँच्‍ने वा अनुसन्धान गर्ने काम गरिन्छ । न्यायिक सुनुवाइमा न्यायाधीश वा न्यायाधीश मण्डलको सामु साक्षी पेस गरिन्छ अनि त्यही साक्षीको आधारमा व्यक्‍तिलाई दोषी वा निर्दोष ठहराइन्छ । जाँच पडतालहरू सहन नसक्‍ने कठिन अवस्थाहरू पनि हुन सक्छन् जसमा त्यस व्यक्‍तिको प्रतिक्रियामा आधारित रहेर ऊ योग्य वा अयोग्य पाइन्छ ।

  • जाँच पडताल न्यायिक सुनुवाइ हुन सक्छ, जसमा गलत कामको लागि निर्दोष या दोषी छ भन्‍ने प्रमाण पेस गरिन्छ ।
  • परमेश्‍वरले व्यक्‍तिको विश्‍वासको जाँच गर्नुहुँदा त्यस व्यक्‍ति कठिन परिस्थिति भएर जाने अवस्थालाई पनि “जाँच पडताल” ले जनाउन सक्छ । यसको लागि प्रयोग गरिने अन्य शब्दहरू “परीक्षा” वा “जाँच” हुन् ।
  • परमेश्‍वरप्रति आज्ञाकारी भई विश्‍वासमा लागिरहन्थे वा रहन्थेनन् भनी हेर्नलाई बाइबलमा धेरै मानिसहरू जाँचिए । तिनीहरूको विश्‍वासको कारणले तिनीहरूको जाँच पडताल गरियो, जसमा तिनीहरू कुटिए, झ्यालखानामा हालिए वा मारिए ।

(हेर्नुहोस्ः परीक्षा गर्नु, परीक्षा, जाँच, निर्दोश, दोष, दोषी)

बाइबलका सन्दर्भहरूः


जादु, जादुगर

परिभाषा:

“जादु” भन्‍ने शब्दले त्यस्ता अलौकिक शक्त्ति प्रयोग गर्ने अभ्यासलाई जनाउँछ जुन परमेश्‍वरबाट आएको होइन । जादुगर भनेको जादु अभ्यास गर्ने व्यक्त्ति हो ।

  • मिश्रमा परमेश्‍वरले मोशाद्वारा अचम्मका कामहरू गर्नुहुँदा, मिश्री फारोका जादुगरहरूले पनि तीमध्ये केही कामहरू गर्न सके, तर तिनीहरूको शक्त्ति परमेश्‍वरबाट आएको थिएन । परमेश्‍वरले मोशाद्वारा गर्नुभएका अचम्मका कामहरू तिनीहरूले गरिरहन सकेनन् ।
  • जादुमा प्रायः कुनै अलौकिक कुरा गराउन टुनामुना वा मन्‍त्रतन्‍त्र गर्ने काम संलग्‍न हुन्छ ।
  • मूर्तिपूजक भविष्यवाणी गर्नेहरूले आत्मिक संसारबाट सूचना वा जानकारी प्राप्‍त गर्न विभिन्‍न तरिका प्रयोग गर्ने गर्थे, जस्तै जनावरको आन्द्रा भुँडी निरीक्षण गर्ने वा जनावरका हाडहरू जमिनमा फ्याँकेर तिनमा कुनै निश्‍चित ढाँचा खोज्‍ने आदि ।
  • भविष्यवाणी गर्नेहरूले यस्ता ढाँचालाई तिनीहरूका झूटा ईश्‍वरहरूबाटका चिन्ह वा मार्गदर्शनका रूपमा अर्थ लगाउँथे ।
  • परमेश्‍वरले आफ्ना मानिसहरूलाई यस्ता जादु वा भविष्यवाणीका कुनै पनि काममा संलग्‍न नहुन आज्ञा दिनुभएको छ ।

जादु, जादुगर, मन्‍त्रतन्‍त्र

परिभाषा:

“जादु” वा “मन्‍त्रतन्‍त्र” ले दुष्‍ट आत्माहरूका सहायताले कामहरू गर्नलाई टुना मुनाको प्रयोगलाई जनाउछ ।” जादुगर” ले यी शक्‍तिसाली वा टुना मुनाका कामहरू गर्छ ।

  • टुना मुना र जादुको प्रयोगमा लाभदायक थोकहरू (जस्तै कोहीलाई निको पार्ने) वा हानिकारक थोकहरू (जस्तै कसैलाई सराप दिने) पर्न सक्छन् । तर सबै किसिमका जादु गलत हुन्, किनभने तिनीहरूले दुष्‍ट आत्माहरूका शक्‍ति प्रयोग गर्छन् ।
  • बाइबलमा परमेश्‍वरले जादुको प्रयोग व्यभिचार, मूर्तीपूजा र बाल बलिजस्ता भयानक पापहरू जस्तै दुष्‍टता हो भन्‍नुहुन्छ ।
  • “जादु” र “मन्‍त्रतन्‍त्र” लाई “दुष्‍ट आत्माको शक्‍ति” वा “कालो टुना मुना” वा “मन्‍त्र गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “जादुगर” लाई “टुना मुना गर्ने” वा “मन्‍त्र जप्‍ने” वा “दुष्‍ट आत्मा प्रयोग गरेर अचम्मका कामहरू गर्ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • ख्याल गर्नुहोस् कि “जादु” आत्माको संसारसँग सम्पर्क गर्नुलाई जनाउने “जोखना” भन्दा भिन्‍न शब्द हो । जोखना परमेश्‍वरले घृणा गर्नुहुने अर्को दुष्‍ट अभ्यास हो ।

(हेर्नुहोस्ः व्यभिचार, व्यभिचारपूर्ण, व्यभिचारी, व्यभिचारी स्‍त्री, दियाबलास, दुष्‍ट आत्मा, अशुद्ध आत्मा, जोखना, जोखना हेर्ने, ज्योतिष, ज्योतिषी, टुना मुना, टुना मुन गर्ने, बलि, भेटी) बाइबलका खण्डहरूः

  • प्रेरित ०८:९-११
  • गलाती ०५:१९-२१

जान्‍नु, ज्ञान, परिचित गराउनु

परिभाषा:

कुनै कुरा “जान्‍नु” भनेको कुनै कुरालाई बुझ्‍नु वा यथार्थबारे सचेतन हुनु हो । “परिचित गराउनु,” भन्‍ने वाक्याँश भनेको टुक्‍का हो र यसले जानकारी बताउनु भन्‍ने अर्थ दिन्छ ।

  • “ज्ञान” भन्‍ने शब्दले कुनै कुरासम्बन्धी मानिसहरूको जानकारीलाई बुझाउँछ । यसले भौतिक तथा आत्मिक दुवै क्षेत्रका कुराहरूबारेको जानकारीलाई सङ्केत गर्छ ।
  • मानिसहरूले उहाँलाई चिन्‍न सकून् भनेर परमेश्‍वरले आफ्नो विषयमा यथार्थहरूलाई प्रकट गरिदिनुभयो ।
  • हामीले एकअर्कासँग कुराकानी गर्दा तथा एकअर्कामा रहेका कुराहरूलाई अवलोकन गर्दा नै मानिसहरूबारे जानकारी थाहा पाउन सक्छौं ।
  • त्यसरी नै हामीले विज्ञान, कला तथा जीवनका अन्य क्षेत्रहरूबारे अध्ययन तथा अवलोकनद्वारा थाहा पाउने गर्छौं ।
  • परमेश्‍वरको इच्छा जान्‍नु भनेको उहाँले आज्ञा दिनुभएको कुराबारे सचेतन हुनु वा मानिसबाट उहाँले के चाहनुहुन्छ भन्‍नेबारे थाहा पाउनु हो ।
  • “व्यवस्था जान्‍नु,” भनेको परमेश्‍वरले दिनुभएको आज्ञाबारे सचेतन हुनु वा परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्यवस्थामा रहेका निर्देशनहरूलाई बुझ्‍नु हो ।
  • कहिलेकाहीँ “ज्ञान” लाई “बुद्धि” को पर्यायवाची शब्दको रूपमा प्रयोग गरिन्छ र परमेश्‍वरलाई मनपर्दो ढंगबाट जिउने कुरा यसमा समावेश हुन्छ ।
  • “परमेश्‍वरको ज्ञान” लाई कहिलेकाहीँ “यहोवाको भय,” को पर्यायवाची शब्दको रूपमा पनि प्रयोग गरिन्छ ।

अनुवाद सुझावहरू

  • प्रसङ्गअनुसार, “जान्‍नु,” भन्‍ने शब्दले “बुझ्‍नु,” वा “परिचित हुनु” वा “सचेतन हुनु,” वा “थाहा पाउनु,” वा “सम्बन्धमा रहनु,” भन्‍ने बुझाउन सक्दछ ।
  • कहिलेकाहीँ “जान्‍नु” भन्‍ने शब्दको लागि दुई फरक शब्दहरू भाषामा प्रयोग गरिन्छन् र कुनै कुराहरू वा मानिसहरू सम्बन्धी “जानकारी” अनुसार शब्दको प्रयोग फरक पर्न सक्दछ । त्यसैले प्रसङ्गअनुसार सही शब्द छानेको निश्‍चित गराउनुहोला ।
  • “परिचित गराउनु,” भन्‍ने शब्दलाई “प्रकट गराउनु,” वा “बारे बताउनु,” वा “वर्णन गर्नु,” भनी अनुवाद गर्न सकिन्छ ।
  • कुनै कुराबारे जान्‍नु भन्‍ने शब्दलाई “बारे सचेतन हुनु” वा “सँग परिचित हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कसरी गर्न जान्‍नु,” भन्‍ने वाक्याँशको अर्थ कुनै कुरा कसरी गरिन्छ भन्‍ने तरिका वा प्रक्रियालाई बुझ्‍नु हो । यसलाई “को निम्ति सक्षम हुनु,” वा “को निम्ति दक्ष हुनु,” भनी अनुवाद पनि गर्न सकिन्छ ।

जिब्रो

परिभाषा:

बाइबलमा “जिब्रो” का केही आलङ्कारिक अर्थहरू छन् ।

  • बाइबलमा यस शब्दको सबैभन्दा सामान्य आलङ्कारिक अर्थ हुन्छः “भाषा” वा “बोलीवचन ।”
  • “जिब्रो” ले पृथ्वीमा कुनै जातिद्वारा सामान्य तवरले बोलिने भाषालाई जनाउन सक्छ ।
  • यस शब्दले पवित्र आत्माद्वारा दिइने अलौकिक भाषालाई पनि जनाउन सक्छ ।
  • अभिव्यक्‍ति आगोका “जिब्राहरू” ले आगोका “ज्वालाहरू” लाई जनाउँछ ।
  • “मेरो जिब्रो हर्षित हुन्छ” वा “झुट बोल्ने जिब्रो” जस्ता अन्य आलङ्कारिक अभिव्यक्‍तिहरूले पुरै व्यक्‍तित्व वा व्यक्‍तिको आवाज वा बोलीवचनलाई जनाउन सक्छ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “जिब्रो” शब्दलाई अक्सर “भाषा” वा “अलौकिक भाषा” भनी अनुवाद गर्न सकिन्छ । अर्थ प्रस्ट छैन भने यसलाई “भाषा” भनी अनुवाद गर्नु उत्तम हुन्छ ।
  • यस शब्दले आगोलाई जनाउँदा यसलाई “ज्वालाहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • अभिव्यक्‍ति “मेरो जिब्रो हर्षित हुन्छ” लाई “म हर्षित हुन्छ र परमेश्‍वरको प्रशंसा गर्छु” वा “म हर्षित हुँदै परमेश्‍वरको प्रशंसा गर्दै छु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “झुट बोल्ने जिब्रो” लाई “झुट बोल्ने व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तिनीहरूका जिब्राहरू” जस्ता पदावलीहरूलाई “तिनीहरूले जे भन्छन् त्यसद्वारा” वा “तिनीहरूका वचनहरूद्वारा” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०३:१६-१८
  • प्रेरित ०२:२५-२६
  • फिलिप्पी ०२:९-११

जीवनको पुस्तक

परिभाषा:

पदावली “जीवनको पुस्तक” ले त्यसलाई जनाउँछ, जहाँ परमेश्‍वरले आफूले छुटकारा दिई अनन्त जीवन दिनुभएका सबै मानिसहरूका नाउँ लेख्‍नुभएको छ ।

  • प्रकाशको पुस्तकले यसलाई “थुमाको जीवनको पुस्तक” भनेको छ । यसलाई “परमेश्‍वरका थुमा येशूको जीवनको पुस्तक” भनी अनुवाद गर्न सकिन्छ । क्रुसमा येशूको बलिदानले मानिसहरूका पापको भुक्तानि चुकायो, ताकि उहाँमाथि विश्‍वास गरेर तिनीहरूले अनन्त जीवन पाउन सकून् ।
  • “पुस्तक” को लागि प्रयोग गरिएको शब्दको अर्थ “मुट्ठा” वा “पत्र” वा “लेख” वा “कानुनी कागजात” पनि हुन सक्छ । यो शाब्दिक वा आलङ्कारिक हुन सक्छ ।

जुवा

परिभाषा:

“जुवा” त्यस्तो केही कुरा हो जसलाई दुईवटा थोहरूलाई सँगसँगै काम गर्ने उद्देश्यले जोड्न प्रयोग गरिन्छ ।” जुवामा नारिनु” भनेको केही थोक वा कसैसँग आबद्ध हुनु हो ।

  • भौतिक जुवा हलो वा गाडा तान्‍ने उद्देश्यले दुई वा त्यसभन्दा बढी जनावरहरूलाई परस्पर जोड्ने एउटा काठ वा धातुको टुक्रा हो ।
  • जुवाका धेरै आलङकारिक अर्थहरू छन्ः
  • यसले दासत्वमा हुनुको उत्पिडन वा क्रूर शासकबाट सतावट भोग्‍नुलाई पनि जनाउँछ ।
  • यसले विवाह वा व्यापार वा येशूको सेवामा जस्तो कुरामा साझा उद्देश्यको निम्ति सँगै काम गर्नुलाई आलङकारिकतवरले जनाउँन सक्छ ।
  • यदि सम्भव भए, खेती गर्नको लागि प्रयोग गरिने जुवाको निम्ति स्थानीय शब्द नै प्रयोग गरेर शाब्दिकरूपमा अनुवाद गर्नु नै उत्तम हुन्छ । यो शब्दलाई लङकारिकरूपमा “अत्याचारी भार” वा “गह्रौं भार” भनी अरू तरिकाले अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • प्रेरित १५:१०-११
  • गलाती ५:१-२
  • उत्पत्ति २७:३९-४०
  • मत्ती ११:२८-३०
  • फिलिप्‍पी ४:१-३

जैतून

परिभाषा:

जैतून भनेको जैतूनको रूखको सानो, अन्डा आकारको जस्तो फल हो, जुन भूमध्य सगरको वरिपरीको क्षेत्रमा पाइन्छ ।

  • जैतूनको रूखहरू ठुलो पात भएको सदावहार सेतो फुल फुल्ने सानो रूख हो । तिनीहरू तातो वातावरणमा पाइन्छन् र थोरै पानीमा पनि बच्‍न सक्छन् ।
  • जैतूनको रूखको फलको रंग हरियो हुन्छ, र त्यो पाकेपछि त्यसको रंग कालो हुन्छ । जैतूनको फलहरू खान र तेल निकाल्नको लागि प्रयोग गरिन्छ ।
  • जैतूनको तेल पकाउनको लागि मात्र प्रयोग हुँदैन, तर यसको प्रयोग कुनै पनि धार्मिक कार्यहरूमा र बत्ती बाल्नको लागि प्रयोग गरिन्छ ।
  • बाइबलमा, जैतूनको रूख र यसका हाँगाहरू मानिसहरूलाई जनाउनको निम्ति सांकेतिक रूपमा प्रयोग गरिएको छ ।

जोखना हेर्ने काम, ज्योतिषी, भविष्य हेर्ने,

परिभाषा:

अलौकिक आत्माहरूको सहयोगमा कुनै जानकारी लिने कामलाई “जोखना हेर्ने काम” वा “भविष्य हेर्ने” भनिन्छ । यस्तो काम गर्ने मानिसलाई ज्योतिषी भनिन्छ ।

  • जोखना हेर्ने तरिकाहरूमध्ये जनावरको हड्‍डीमा नमुनाहरू हेर्नु वा खाइसकेको कचौरामा बाँकी रहेको पेश पदार्थको अर्थ खोल्‍ने तरिकाहरू पनि पर्छन् ।
  • परमेश्‍वरले आफ्नो व्यस्थामा इस्राएलीहरूलाई जोखना हेर्ने वा भविष्य हेर्ने कामहरू नगर्नू भन्‍नुभयो ।
  • परमेश्‍वरले मानिसहरूलाई ऊरीम र तुम्मीमको प्रयोग गर्ने अनुमति दिनुभयो, ती प्रधान पूजाहारीहरूले कुनै उद्देश्‍यको लागि प्रयोग गर्नलाई ढुंगाबाट बनाइएका थिए । तर उहाँले आफ्ना मानिसहरूलाई दुष्‍टात्माको सहायता लिन अनुमति दिनुभएन ।
  • “तन्‍त्रमन्‍त्र”, “जादु” र “टुनामुना” गर्दा दुष्‍टत्माको शक्‍तिमा जादु, मन्‍त्र र अन्य चमत्कारहरू गर्ने कामहरू पर्दछन् । यस्ता क्रियाकलापहरूलाई परमेश्‍वरले निन्दा गर्नुभयो ।

जौ

परिभाषा:

“जौ” शब्दले अन्‍नको एउटा किसिमलाई जनाउँछ, जसलाई रोटी बनाउन प्रयोग गरिन्छ ।

  • जौको बोटको लामो डाँठ हुन्छ, जसको टुप्पोमा बाला लाग्छ जहाँ दाना अर्थात् अन्‍न फल्छ ।
  • जौ न्यानो मौसममा राम्ररी फल्छ । त्यसैले, यसलाई अक्सर वसन्त वा ग्रीष्म ऋतुमा कटनी गरिन्छ ।
  • जौलाई चुट्दा खानयोग्य दानाहरूलाई बेकम्मा भुसबाट अलग गरिन्छ ।
  • जौको दानालाई पिसेर पिठो बनाइन्छ, जसमा पानी वा तेल मिसाई रोटी बनाइन्छ ।
  • जौ अज्ञात छ भने यसलाई “जौ भनिने अन्‍न” वा “जौ अन्‍न” भनी अनुवाद गर्न सकिन्छ ।

ज्ञानी मानिस

परिभाषा:

“ज्ञानी मानिस” भन्‍ने शब्दहरू विशेष ज्ञान र क्षमताहरू भएका मानिसलाई जनाउन प्रयोग गरिन्थ्यो र तिनीहरू प्राय राजकीय न्यायालयका सदस्यहरू हुन्थे ।

  • केही ज्ञानी मानिसहरू ताराहरूको अध्ययन गर्थे र आकाशमा ती ताराहरूको अवस्था हेरी अर्थ बताउँथे ।
  • ज्ञानी मानिसहरूलाई प्रायः सपनाहरूका अर्थहरू खोल्न डाकिन्थ्यो । दानिएल नबुकदनेसर राजाका एक ज्ञानी मानिस थिए र परमेश्‍वरले तिनलाई राजाको सपनाको अर्थ खोल्ने क्षमता दिनुभयो ।
  • केही भूमध्यसागरीय राष्‍ट्रहरूमा, ज्ञानी मानिसहरूलाई पेशागत विद्वान भनेर हेरिन्थ्यो ।
  • कहिलेकाँही ज्ञानी मानिसहरू जादुगरी कलाहरूका प्रयोगकर्ताहरू हुन्थे, जस्तै कि भविष्यवानी वा अन्य क्रियाकलाप जसको निम्ति तिनीहरूले दुष्‍ट आत्माबाट शक्ति पाउँथे ।
  • नयाँ नियममा पूर्वीय क्षेत्रबाट येशूको आराधना गर्न आएका मानिसहरूको समूहलाई “ज्योतिषीहरू” वा “ज्ञानी मानिसहरू” भनेर भनिएको छ । यी मानिसहरू ताराहरूको अध्ययन गर्ने ज्योतिषीहरू हुने धेरै सम्भावना छ । यी मानिसहरू दानिएल बेबिलोनमा हुँदा तिनले सिकाएका ज्ञानी मानिसहरूको सन्तान हुनुपर्छ भनेर धेरैले विचार गर्छन् ।

ज्ञानी मानिसहरू, ज्योतिषीहरू

परिभाषा:

ख्रीष्‍टको जन्मसम्बन्धी मत्तीको विवरणमा, यी “ज्ञानी” वा “शिक्षित” मानिसहरू भनेका “बुद्धिमानी मानिसहरू” थिए । उनीहरूले येशू जन्मनुभएको केही समयपश्‍चात् बेथलेहेममा उपहारहरू लिएर आएका थिए । ती मानिसहरू आकाशका तारामण्डललाई अध्ययन गर्ने “ज्योतिषीहरू” हुन सक्छन् । यी मानिसहरू कुनै राष्‍ट्रबाट लामो यात्रा गर्दै इस्राएलको पूर्वतिर आइपुगेका थिए । ती कहाँबाट आए र उनीहरू को थिए त भन्‍नेबारेमा यकिनसाथ कसैले पनि बताउन सकेका छैनन् । तर उनीहरू तारामण्डलको अध्ययन गर्ने विद्वानहरू थिए भन्‍नेबारेमा कुनै शंका छैन । ती मानिसहरू भनेका दानिएलको समयमा बेबिलोनको राजाहरूको सेवा गर्ने बुद्धिमानी मानिसहरू हुन सक्छन् किनकि उनीहरूलाई ताराहरूसम्बन्धी अध्ययन गर्ने तथा सपनाहरू उल्था गर्ने तालीमलगायत थुप्रै कुराहरू सिकाइएको थियो । उनीहरूले येशूसमक्ष तीनओटा उपहारहरू ल्याएका हुनाले ती मानिसहरू तीजना थिए भन्‍ने परम्परागत मान्यता रहेको छ । जेहोस्, संख्या त्योभन्दा बढी हुने सम्भावना पनि उत्तिकै रहेको छ ।


झगडा

परिभाषा:

“झगडा” शब्दले मानिसहरू बिचको शरीरिक वा संवेगात्मक विवादलाई जनाउछ ।

  • झगडा गराउने व्यक्‍तिले मानिसहरू बिच खरो असहमति ल्याउने केही थोक गर्छ ।
  • झगडाले कहिले काहीँ रिस वा तिक्‍तता जस्ता खरो संवेगहरूलाई जनाउछ ।
  • यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छः “असहमति” वा “विवाद” वा “विरोध” ।

बाइबलका खण्डहरूः

  • फिलिप्पी ०१:१५-१७

झाँट्नु, झाँटने काम

परिभाषा:

“झाँट्नु” र “झाँट्ने काम” ले गहुँको बिरुवाबाट गहुँलाई अलग गर्ने प्रक्रियालाई जनाउँछन् ।

  • पराललाई दाना र भुसबाट अलग गर्न झाँटिने बिरुवाहरूलाई पहिले चुटिन्छ (वा गोरुले कुल्चन्छ) । अनि दाना र भुसलाई हावामा बत्ताइन्छ । यसरी बतासले भुसलाई उडाएर लैजान्छ भने दाना खलोमा झर्छ ।
  • “खलो” अन्‍नलाई झाँट्न प्रयोग गरिने एउटा ठुलो, कडा, समथर क्षेत्र हो ।
  • बाइबलको समयमा खलो ठुलो समथर चट्टान वा माटोले लिपेको क्षेत्र हुन्थ्यो । कडा जमिनमा अन्‍नको मुट्ठालाई बजार्दा दानाहरू उछिटिएर आउँथे ।
  • अन्‍नलाई कुल्ची त्यसलाई भुसबाट अलग गर्न “झाँट्ने गाडा” वा “झाँट्ने पाङ्ग्रा” को प्रयोग गरिन्थ्यो ।
  • अन्‍नलाई छुट्ट्याउन “झाँट्ने वाहन” वा “झाँट्ने फलेक” को पनि प्रयोग गरिन्थ्यो । यसलाई काठको फलेकबाट बनाइएको हुन्थ्यो जसको टुप्पोमा धातुका चुच्‍चा काँटाहरू जडान गरिएका हुन्थे ।

(हेर्नुहोस्ः भुस, अन्‍न)

बाइबलका सन्दर्भहरूः

  • लूका ०३:१७
  • मत्ती ०३:१०-१२
  • रूथ ०३:१-२

झुक्‍नु, दण्डवत् गर्नु

परिभाषा:

झुक्‍नुको अर्थ हुन्छ‒ कसैलाई विनम्रतापूर्वक आदर र सम्मान प्रकट गर्न निहरनु । “दण्डवत् गर्नु” को अर्थ हुन्छ‒ अक्सर अनुहार र हातहरू भुइँतिर पसारी निहरनु वा घुँडा टेक्‍नु ।

  • “घुँडा टेक्‍नु” वा “शिर झुकाउनु” (अर्थ हुन्छः विनम्र आदर वा शोकमा शिरलाई अगाडि निहुराउनु) अन्य अभिव्यक्‍तिहरू हुन् ।
  • शिर झुकाउनु शोक वा सङ्कष्‍टको चिन्ह पनि हुन सक्छ । “शिर झुकाइएको” व्यक्‍तिलाई अपमानको तल्लो अवस्थामा ल्याइएको हुन्छ ।
  • अक्सर व्यक्‍तिले राजा वा अन्य शासकहरूजस्ता उच्‍चतर ओहोदा वा महानतर महत्त्वका मानिसहरूको उपस्थितिमा दण्डवत् गर्नेछन् ।
  • परमेश्‍वरको सामु दण्डवत् गर्ने काम उहाँलाई चढाइने आराधनाको अभिव्यक्‍ति हो ।
  • बाइबलमा येशूका आश्‍चर्यकर्म र शिक्षाहरूबाट उहाँ परमेश्‍वरबाट पठाइनुभएका जन हुनुहुन्थ्यो भनी मानिसहरूले बुझेपछि तिनीहरूले उहाँलाई दण्डवत् गरे ।
  • बाइबलले बताउँछ कि येशू कुनै दिन फर्केर आउनुहुँदा हरेकले उहाँलाई आराधना गर्न घुँडा टेक्‍नेछ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर यसलाई “शिर झुकाउनु” वा “घुँडा टेक्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • क्रियापद “दण्डवत् गर्नु” लाई “घुँडा टेक्‍नु” वा “लम्पसार पर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर यसलाई अनुवाद गर्न केही भाषाहरूमा एकभन्दा बेसी तरिकाहरू छन् ।

(हेर्नुहोस्ः विनम्र, विनम्रता, आराधना)

बाइबलका सन्दर्भहरूः

  • २ राजा ०५:१७-१९
  • प्रस्थान २०:४-६
  • उत्पत्ति २४:२६-२७
  • उत्पत्ति ४४:१४-१५
  • यशैया ४४:१९
  • लूका २४:४-५
  • मत्ती ०२:११-१२
  • प्रकाश ०३:९-११

झुटो अगमवक्ता

परिभाषा:

परमेश्‍वरबाट आएको सन्‍देश हो भनेर गलत तरिकाले दाबी गर्ने मानिसलाई झुटो अगमवक्ता भनिन्छ ।

  • झुटो अगमवक्ताले गरेको अगमवाणी पुरा हुँदैन ।
  • झुटा अगमवक्‍ताहरूको सन्‍देश बाइबलको सन्‍देशसँग आंशिक वा पूर्ण रूपमा बाझिन्छ ।
  • यो शव्दलाई “आफूलाई परमेश्‍वरको प्रवक्ता भनेर झुटो तरिकाले दाबी गर्ने मानिस” वा “झुटो देवताको अगमवक्ता” भनेर अनुवाद गर्न सकिन्छ ।

झुटो साक्षी, भ्रष्‍ट साक्षी, झुटो गवाही, झुटो प्रतिवेदन

परिभाषा:

कुनै पनि व्‍यक्‍ति वा घटनाको बारेमा झुटो कुरा गर्ने मानिसलाई “झुटो साक्षी” भनिन्छ । यौ प्राय अदालत जस्तो औपचारिक परिस्थितिमा प्रयोग गरिन्छ ।

  • बोलिएको झुटो कुरालाई “झुटो साक्षी” वा “झुटो प्रतिवेदन” भनिन्छ ।
  • झुटो कुरा बोल्ने कामलाई “झुटो साक्षी दिनु” वा “झुटो प्रतिवेदन दिनु” भनिन्छ ।
  • कुनै मानिसलाई सजाय दिनलाई वा मार्नको लागि झुटो साक्षीहरू भाडामा लिइएको कुरा बाइबलमा धेरै ठाउँमा उल्लेख गरिएको पाइन्छ ।

झुण्ड्याउनु

परिभाषा:

झुण्ड्याउनु शब्दको अर्थ हुन्छ‒ कुनै कुरो वा व्‍यक्‍तिलाई जमिनभन्दा माथि टाँग्‍नु ।

  • साधारणतया झुण्ड्याएर दिइने मृत्युमा डोरीलाई सुर्केनी पारेर कसिन्थ्यो । रुखको खाँबोजस्ता खडा गरिएको वस्तुमा व्‍यक्‍तिलाई राखी त्यस डोरीलाई व्‍यक्‍तिको घाँटीको चारैतिर बाँधिन्थ्यो । यहूदाले आफैलाई झुण्ड्याएर मार्‍यो ।
  • येशूलाई काठको क्रुसमा झुण्ड्याएर फरक किसिमले मृत्यु दिइएको थियोः सिपाहीहरूले उहाँका हात (वा नाडी) र पाउमा काँटी ठोकी उहाँलाई क्रुसमा झुण्ड्याएका थिए ।
  • कसैलाई झुण्ड्याउनुले सधैँ घाँटीको चारैतिर डोरी बाँधी उसलाई टाँगेर मार्ने कुरोलाई जनाउँछ ।

(हेर्नुहोस्ः अन्य)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १०:३९-४१
  • गलाती ०३:१३-१४

टोकरी

परिभाषा:

“टोकरी” शब्दले बुनिएको सामग्रीबाट निर्मित भाँडोलाई जनाउँछ ।

  • बाइबलको समयमा सम्भवतः रुखका हाँगाहरू वा डाँठबाट निकालिएका बोक्राहरूजस्ता काठलाई मजबुत बिरुवाका सामग्रीहरूसित गाँसेर टोकरीहरू बनाइन्थे ।
  • टोकरी तैरन सकोस् भनेर यसमा पानी नछिर्ने पदार्थले लेप लगाउन सकिन्थ्यो ।
  • मोशा शिशु छँदा तिनकी आमाले पानी नछिर्ने टोकरी बनाई मोशालाई त्यसैमा राखेर नील नदीका नर्कट झाडीहरूका बिचमा बगाइदिइन् ।
  • त्यस कथामा अनूदित “टोकरी” शब्द र नोआले निर्माण गरेको “जहाज” को लागि जनाउने शब्द उही नै हुन् । यी दुवै सन्दर्भमा यसको प्रयोगको साझा अर्थ “तैरने भाँडो” हुन सक्छ ।

ठट्टा गर्नु, गिल्ला गर्नु, हाँसो उडाउनु

परिभाषा:

“ठट्टा गर्नु”, “गिल्ला गर्नु” र “हाँसो उडाउनु” भन्‍ने शब्दहरूले विशेष गरी क्रुरता साथ कसैको उपहास गर्नु भन्‍ने अर्थ दिन्छन् ।

  • ठट्टा गर्ने काममा प्रायः मानिसहरूलाई सरममा पार्न वा उनीहरूप्रति घृणा देखाउन उनीहरूका शब्द वा कृयाकलापलाई नक्‍कल गरिन्छ ।
  • रोमी सिपाहीहरूले येशूलाई पोशाक लगाइदिएर उहाँलाई राजाको रूपमा आदर गरेको अभिनय गर्दा तिनीहरूले उहाँको ठट्टा गरे वा गिल्ला गरे ।
  • एक हुल ठिटाहरूले एलीशाको चिन्डे टाउकोको गिल्ला गर्दै उनको हाँसो उडाउँदा, उनको गिल्ला गरे ।
  • “हाँसो उडाउनु” भन्‍ने शब्दले विश्‍वास गर्न नसकिने वा महत्त्वपूर्ण नठानिने कुनै विचारको गिल्ला गर्ने कुरालाई पनि जनाउँछ ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • मानिसहरूले मसीहलाई थुक्‍नेछन्, वहाँको गिल्ला गर्नेछन्, र वहाँलाई पिट्नेछन् भनेर यशैयाले अगमवाणी गरे ।
  • सबै यहूदी अगुवाहरूले उच्‍च पूजाहारीलाई उत्तर दिए, “यो मर्न योग्य छ !” त्यसपछि तिनीहरूले येशूका आँखाहरू छोपे, वहाँलाई थुके, पिटे र वहाँको गिल्ला गरे ।
  • सैनिकहरूले येशूलाई कोर्रा लगाए, राजकीय पोशाक र काँडाको मुकुट वहाँलाई पहिराए । त्यसपछि तिनीहरूले यसो भन्दै वहाँको ठट्टा गरे, “हेर, यहूदी हरूका राजा !”
  • येशूलाई दुई चोरहरूको बिचमा क्रुसमा टाँगियो । दुईमध्ये एक जनाले वहाँको ठट्टा गर्यो, तर अर्कोले भन्यो, “के तँलाई परमेश्‍वरको भय छैन ?”
  • यहूदी अगुवाहरू र भीडमा भएका अरू मानिसहरूले येशूको ठट्टा गरे । तिनीहरूले वहाँलाई भने, “यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, त्यो क्रुसबाट ओर्लेर तल आऊ र आफैँलाई बचाऊ ! र हामी तिमीलाई विश्‍वास गर्नेछौँ ।”

ठेस लाग्‍नु

परिभाषा:

“ठेस लाग्‍नु” को शब्दिक अर्थ हिँड्दा वा दौडँदा झण्डै-झण्डै लड्नु भन्‍ने हुन्छ । यसमा सामान्यतयाः कुनै कुरामा अल्झिनु पनि पर्छ ।

  • “ठेस लाग्‍नु” को लङ्कारिक अर्थ पाप गर्नु, विश्‍वासम लरबरिनु, वा पाप गरेर विश्‍वासलाई जोखोममा डाल्नु भन्‍ने हुन्छ ।
  • “ठेस लग्‍नु” लाई कहिले काहीँ सतावटमा परेकाहरूका लागि आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “ठेस लग्‍नु” लाई त्यही भाषामा भएका उस्तै अर्थ लाग्‍ने वाक् पद्धतिमा आलङ्कारिक रूपमा अनुवाद गर्न सकिन्छ ।
  • यस वाक् पद्धतिलाई यसरी पनि अनुवाद गर्न सकिन्छः “पाप गरेर ठेस लाग्‍नु” वा “विश्‍वास नगरेकोले ठेस खानु” ।

(हेर्नुहोस्ः ठेस लाग्‍ने बाधा, ठेस लाग्‍ने ढुङ्गा) बाइबलका खण्डहरूः

  • मत्ती ११:४-६
  • मत्ती १८:७-८

ठेस लाग्‍ने बाधा, ठेस लाग्‍ने ढुङ्गा

परिभाषा:

“ठेस लाग्‍ने बाधा” वा “ठेस लाग्‍ने ढुङ्गा” ले मानिसलाई अल्झाउने र लडाउने भौतिक वस्तुलाई जनाउछ ।

  • नयाँ करारमा यसले शाब्दिक रूपमा कुनै जनावरले पासो वा जालमाथि ठेस खाँदा यसलाई उक्‍त जनावरमाथि एक्‍कासि आइपर्न लगाउने लट्‌ठी वा कुनै थोकलाई जनाउथ्यो ।
  • आलङ्कारिक ठेस लग्‍ने बाधा भनेको व्यक्‍तिलाई नैतिक वा आत्मिक सवालमा चुक्‍न लगाउने कुनै पनि थोक हो ।
  • “ठेस लाग्‍ने बाधा” वा “ठेस लाग्‍ने ढुङ्गा” आलङ्कारिक रूपमा कसैलाई येशूमा विश्‍वास गर्नबाट रोक्‍ने वा कसैलाई आत्मिक रूपमा वृद्धि हुन नदिने कुनै पनि कुरा हुनसक्छ ।
  • आफूलाई वा अरूहरूलाई ठेस लाग्‍ने बाधा प्रायः पाप नै हो ।
  • कहिले काहीँ उहाँविरुद्ध विद्रोह गर्ने मानिसहरूका मार्गमा ठेस लाग्‍ने बाधा परमेश्‍वरले नै राख्‍नु हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • उक्‍त भाषामा पासोलाई चलाइदिने कुनै वस्तु छ भने त्यही शब्दलाई प्रयोग गरेर यो शब्दलाई अनुवाद गर्न सकिन्छ ।
  • यो शब्दलाई यसरी पनि अनुवाद गर्न सकिन्छः “बाधा दिने ढुङगा” वा “कसैलाई विश्‍वास गर्न नदिने केही थोक” वा “शङ्का गराउने बाधा” वा “विश्‍वासप्रति बाधा” वा “कसैलाई पाप गराउने कुनै थोक” ।

(हेर्नुहोस्ः ठेस लग्‍नु, पाप, पापपूर्ण, पापी, पाप गरिरहने) बाइबलका खण्डहरूः

  • गलाती ०५:११-१२
  • मत्ती ०५:२९-३०
  • मत्ती १६:१६:२१-२३

ढाल

परिभाषा:

ढाल वाण र अन्य किसिमका शत्रुहरूका आक्रमणबाट बचाउन एउटा सिपाहीले लडाइँमा समात्‍ने एउटा साधन हो ।

  • ढाल विभिन्‍न स्वरूपका हुन्थेम तर प्रायः वर्गाकार वा अण्डाकार हुन्थे ।
  • तिनीहरू तरवार वा वाणले नछेड्ने छाला, काठ वा धातु जस्ता मजबुत सामग्रीहरूबाट बनाइन्थ्यो ।
  • यो शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, बाइबलले परमेश्‍वरलाई उहाँका मानिसहरूका सुरक्षा ढालको रूपमा दर्शाउँछ ।
  • पावलले विश्‍वासीहरूलाई शैतानको आत्मिक आक्रमणबाट बचाउने “विश्‍वासको ढाल” बारे बताउँछन् ।

बाइबलका खण्डहरूः


ढुकुर, परेवा

परिभाषा:

ढुकुर र परेवाहरू एकै प्रकारका गुण भएका दुई किसिमका खैरो रङ्गका चराहरू हुन् । ढुकुर परेवाभन्दा फिक्‍का रङ्गको लगभग सेतो हुन्छ ।

  • कुनै कुनै भाषामा यी दुई चराहरूको फरक फरक नाम हुन्छ तर कुनैमा एउटै नाम हुन्छ ।
  • ठुला जनावर किन्‍न नसक्‍ने मानिसहरूले ढुकुर र परेवाहरूलाई परमेश्‍वरको निम्ति बलिदान चढाउनको लागि प्रयोग गर्थे ।
  • बाढीको पानी घट्दै गएपछि एउटा ढुकुरले जैतूनको पात टिपेर नोआलाई ल्याइदिएको थियो ।
  • ढुकुरलाई कहिलेकाहीँ शुद्धता, निर्दोषता, वा शान्तिको प्रतीकको रूपमा लिइन्छ ।
  • यदि अनुवाद गरिएको ठाउँमा परेवाहरू र ढुकुरहरू छैनन् भने “ढुकुर नाम गरेको खैरो रङ्गको एउटा चरा” वा “(कुनै पनि स्थानीय चराजस्तै) एउटा सानो खैरो चरा” भनेर अनुवाद गर्न सकिन्छ ।
  • कुनै पदहरूमा यदि दुवै नामहरू प्रयोग गरिएको छन् भने (उदाहरणको लागि बलिदानको लागि ढुकुर वा परेवा ल्याउने कुरा गर्दा) यी दुवै नामहरू प्रयोग गर्नुपर्छ ।

ढोकाको चौकोस

परिभाषा:

ढोकाको दुवैपट्टि भएको ठाडो काठलाई “ढोकाको चौकोस” भनिन्छ, जसले ढोकाको माथिल्लो भागलाई टेवा दिने गर्छ ।

  • परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर निकाल्न सहायता गर्नु भन्दा अगाडि उनीहरूलाई एउटा थुमा मारेर त्यसको रगत उनीहरूको ढोकाको चौकोसमा लगाउन भन्‍नुभयो ।
  • पुरानो करारको समयमा कुनै पनि नोकरले आफ्नो कान ढोकाको चौकोसमा राख्‍ने गर्थ्यो र उसको मालिकले त्यस नोकरको कानलाई फलामको किलालाई हथौडाले हानेर प्वाल पार्ने गर्थ्यो । यसपछि त्यो नोकर सदाको लागि उसको हुन्थ्यो ।

तरवार

परिभाषा:

तरवार काट्न वा घोच्‍न प्रयोग हुने चेप्‍टो धार भएको धातुको हतियार हो । यसको समात्‍ने ठाउँ र लामो र काट्ने धारिलो धार हुन्छ ।

  • प्राचीन तरवारहरू ६० देखि ९१ सेन्टिमिटर लामो धार भएका हुन्थे ।
  • केही तरवारहरूका दुवैतिर धार हुन्थ्यो, र त्यसलाई “दुई-धारे” तरवार भनिन्थ्यो ।
  • येशूका चेलाहरूले आफ्नो प्रतिरक्षाको लागि प्रयोग गर्ने योजना बनाएका तरवार उनीहरूसँग थियो । पत्रुसले प्रधान पूजाहारीका नोकरको कान काट्न उनको तरवार चलाए ।
  • बप्‍तिस्‍मा दिने यूहन्‍ना र प्रेरित यूहन्‍ना दुवै तरवारले मारिएका थिए ।

अनुवादका निम्ति सुझावहरूः

  • तरवार परमेश्‍वरको वचनको निम्ति अलङ्कारको रूपमा प्रयोग गरिन्छ । बाइबलका परमेश्‍वरको शिक्षाहरूले मानिसहरूका अन्तस्करणको विचारहरूलाई प्रकट गर्छ, र तिनीहरूका पापको दोषी ठहराउँछ । त्यसै गरी तरवारले पीडा दिएर गहिरो गरी काट्छ ।
  • यो आलङ्कारिक प्रयोगलाई “गहिरो काट्ने र पापलाई प्रकट गर्ने तरवार जस्तो परमेश्‍वरको वचन” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसको अर्को आलङ्कारिक प्रयोग भजनसंग्रहको पुस्तकमा छ जहाँ मानिसहरूका जिब्रो र बोलिलाई तरवारसँग तुलना गरिएको छ, जसले मानिसलाई चोट पुर्‍याउन सक्छ ।
  • तपाईंको संस्कारमा तरवार भनेर चिनिदैन भने यसलाई काट्न वा घोच्‍नलाई प्रयोग गरिने लामो धार भएको हतियारको नाउँ प्रयोग गरेर अनुवाद गर्न सकिन्छ ।
  • तरवारलाई “धारिलो हतियार” वा “लामो चक्‍कु” भनेर पनि वर्णन गर्न सकिन्छ । कुनै अनुवादहरूमा तरवेको चित्र राख्‍न पनि सकिन्छ ।

(हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने) बाइबलका खण्डहरूः

  • प्रेरित १२:१-२
  • उत्पत्ति २७:३९-४०
  • उत्पत्ति ३४:२४-२६
  • लूका ०२:३३-३५
  • लूका २१:२३-२४
  • मत्ती १०:३४-३६
  • मत्ती २६:५५-५६
  • प्रकाश ०१:१४-१६

तारे बाजा (वीणा र गीतार)

परिभाषा:

परमेश्‍वरको आराधनामा इस्राएलीहरूले प्रयोग गर्ने सानो किसिमको तारे बाजा । यो एक किसिमको वीणाजस्तो सानो हुन्छ र यसको मुख खुल्ला प्रकारको हुन्छ र तारलाई हिर्काउँदा आवाज निस्किन्छ । त्यसरी नै वीणाजस्तो अर्को वाजाचाहिँ आधुनिक किसिमको ध्वनी निकाल्ने गीतार जस्तै हुन्छ । जसको ध्वनीलाई निकाल्ने काठको बाकस हुन्छ भने, लामो आकारको घाँटीमा तारहरू जडित हुन्छन् । यस्ता किसिमको बाजाहरूलाई बजाउनको लागि हिजोआज, एउटा हातका औंलाहरूले ताराहरूलाई थिच्‍ने र अर्को हातले तारहरूमा हिर्काउने गरिन्छ । यस्ता बाजाहरूलाई विशेष गरी मन्द गतिमा हिर्काएर वा एक-एकवटा बजाएर ध्वनि निकाल्ने गरिन्छ । तारको संख्या फरक हुन सक्छन्, तर पुरानो नियममा समावेश यस्ता बाजाहरू दश तारे हुन्थे ।


तिरस्कार, तिरस्कारयोग्य

परिभाषा:

शब्द “तिरस्कार” ले कुनै कुरो वा व्‍यक्‍तिप्रति देखाइने गम्भीर अनादर वा अवहेलना हो । कुनै कुरो ज्यादै अनादरयोग्य छ भने त्यसलाई “तिरस्कारयोग्य” भनिन्छ ।

  • परमेश्‍वरलाई खुला अनादर देखाउने व्‍यक्‍ति वा व्यवहारलाई पनि “तिरस्कारयोग्य” भनिन्छ, र यसलाई “ज्यादै अनादरपूर्ण” वा “पूर्णतः अनादरयोग्य” वा “उपेक्षाको योग्य” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तिरस्कारको लागि राख्‍नु” को अर्थ हुन्छ‒ कसैलाई कम मूल्यको ठान्‍नु वा कसैलाई आफूभन्दा कम मूल्यको ठानी उसको न्याय गर्नु ।
  • तलका अभिव्‍यक्‍तिहरूले उही अर्थ दिन्छन्ः “... को लागि तिरस्कार गर्नु” वा “... को लागि तिरस्कार देखाउनु” वा “तिरस्कारपूर्ण तवरले व्यवहार गर्नु ।” यी सबैको अर्थ हुन्छ‒ भनिएको वा गरिएको कुराद्वारा कुनै कुरो वा व्‍यक्‍तिलाई “ज्यादै अनादर गर्नु” वा “ज्यादै अवहेलान गर्नु ।”
  • राजा दाऊदले व्यभिचार र हत्या गरी पाप गर्दा दाऊदले परमेश्‍वरलाई “तिरस्कार गरेका” थिए भनी उहाँले तिनलाई भन्‍नुभयो । यसको अर्थ हुन्छ, कि त्यसो गरेर तिनले परमेश्‍वरलाई ज्यादै अनादर गरेका थिए र अवहेलना गरेका थिए ।

तुरही

परिभाषा:

“तुरही” शब्दले सङ्गीत उत्पादन गर्ने अर्थात् कुनै सूचना वा बैठकको लागि जम्मा हुन मानिसहरूलाई बोलाउन प्रयोग गरिने बाजालाई जनाउँछ ।

  • तुरही साधारणतया धातु, सिपी वा जनावरको सिङबाट बनाइन्थ्यो ।
  • युद्धका लागि मानिसहरूलाई एकै ठाउँमा भेला हुन र इस्राएलका सार्वजनिक भेलाहरूमा जम्मा हुन तुरहीहरू बजाइन्थे ।
  • प्रकाशको पुस्तकले अन्त्यको समयमा देखा पर्ने दृश्यको बयान गर्छ, जसमा पृथ्वीमा परमेश्‍वरको क्रोध खन्याउने सङ्केत दिन स्वर्गदूतहरूले तिनीहरूका तुरहीहरू फुक्‍नेछन् ।

(हेर्नुहोस्ः सिङ, सिङहरू)

बाइबलका सन्दर्भहरूः

  • मत्ती ०६:१-२
  • मत्ती २४:३०-३१

तेल

परिभाषा:

तेल बाक्लो तरल पदार्थ हो जुनकुरा केही बिरूवा वा फलबाट निकाल्न सकिन्छ । बाइबलमा, तेल बिशेष गरेर जैतूनबाट निकालिन्थ्यो ।

  • जैतूनको तेल प्राय गरेर पकाउन, अभिषेक गर्न, चढाउन, बत्ति बाल्न र औषधीको रूपमा प्रयोग गरिन्थ्यो ।
  • प्राचीन समयमा, जैतूनको तेल धेरै नै महँगो हुन्थ्यो र त्यो तेल हुनु भनेको धन हुनु बारबार थियो ।
  • यसको अनुवाद गर्दा यो तेल शब्दले पकाउनको लागि मात्र प्रयोग हुने तेल भन्‍ने अर्थ दिओस् भन्‍ने निश्‍चय गर्नुहोस् तर गाडीमा हाल्ने तेल भने होइन । यी विभिन्‍न किसिमका तेलहरूको निम्ति कुनै-कुनै भाषामा भिन्‍नै शब्दहरू प्रयोग गरिन्छन् ।

त्रास, त्रसित

परिभाषा:

शब्द “त्रास” ले डर र आतङ्कको ज्यादै तीव्र अनुभूतिलाई जनाउँछ । त्रासको अनुभव गरिरहेको व्‍यक्‍तिलाई “त्रसित” भएको भनिन्छ ।

  • त्रास सामान्य डरभन्दा बढी नाटकीय र तीव्र हुन्छ ।
  • साधारणतया कोही त्रसित हुँदा ऊ स्तब्ध हुन्छ वा उसले आघात महसुस गर्छ ।

(हेर्नुहोस्ः डर, भय, यहोवेको डर, आतङ्क, आतङ्कित पार्नु)

बाइबलका सन्दर्भहरूः


दण्ड दिनु, दण्ड

परिभाषा:

“दण्ड दिनु” को अर्थ कसैले गलत कार्य गरे बापत नकरात्मक परिणाम भोग्‍न लगाउनु हो ।

  • इस्राएलीहरूले परमेश्‍वरको अवज्ञा गर्दा उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्थ्यो, विशेष गरी तिनीहरूले झुटो देवताको पूजा गर्दा ।
  • परमेश्‍वरले इस्राएलीहरूलाई दण्ड दिनुभएझैँ प्रायः दण्ड व्यक्‍तिलाई पाप गर्न छोड्नलाई अभिप्रेरित गर्नलाई दिइन्छ
  • हरेकले गरेका दुष्‍टताको लगि येशूलाई दण्ड दिइयो । उहाँले कुनै पनि खराबी नगर्नु भए तापनि र उहाँ त्यो दण्डको योग्‍य नहुनु भए तापनि उहाँले हरेकको दण्ड आफैँमाथि लिनुभयो
  • “विनासजाय जानु” र “विनासजाय छोड्नु” भन्‍ने वाक्य-पद्धतिले मानिसहरूले गरेका खराबीका लागि तिनीहरूलाई दण्ड नदिने निर्णय गरेको कुरालाई जनाउछ ।

बाइबलका खण्डहरूः

  • १ यूहन्‍ना ०४:१७-१८
  • २ थेसलोनिकी ०१:९-१०
  • प्रेरित ०४:२१-२२
  • प्रेरित ०७:५९-६०
  • उत्पत्ति ०४:१३-१५
  • लूका २३:१५-१७
  • मत्ती २५:४४-४६

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१३-०७) परमेश्‍वरले पालना गर्नलाई धेरै व्यवस्थाहरू र नियमहरू दिनुभयो । मानिसहरूले यी व्यवस्थाहरू पालना गरे भने परमेश्‍वरले उनीहरूलाई आशिष् दिने र सुरक्षा दिने प्रतिज्ञा गर्नुभयो । तिनीहरूले अवज्ञा गरे भने परमेश्‍वरले उनीहरूलाई दण्ड दिनुहुनेथियो ।”
  • (१६-०२) इस्राएलीहरूले परमेश्‍वरको अवज्ञा गरिरहेका हुनाले, उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूद्वारा पराजित हुन दिनुभयो ।
  • (१९-१६) यदि उनीहरूले दुष्‍टता गर्न छोडेर परमेश्‍वरको आज्ञा पालन गरेनन् भने परमेश्‍वरले उनीहरूलाई दोषीको रूपमा न्याय गर्नुहुनेथियो, र उहाँले उनीहरूलाई दण्ड दिनुहुनेथियो भनी अगमवक्‍ताहरूले मानिसहरूलाई चेतावनी दिए ।
  • (४८-०६) येशू सिद्ध प्रधान पूजाहारी हुनुहुन्थ्यो, किनभने उहाँले हरेकले गरेका पापको निम्ति दण्ड भोग्‍नुभयो ।
  • (४८-१०) जब कसैले येशूमा विश्‍वास गर्छ, त्यस व्यक्‍तिको पाप येशूको रगतले पखाल्छ र परमेश्‍वरको दण्डले उसलाई निस्तार गरेर जानेछ ।
  • (४९-०९) तर परमेश्‍वरले संसारलाई यति प्रेम गर्नुभयो, कि उहाँले उहाँको एक मात्र पुत्रलाई दिनुभयो, ताकि येशूमा विश्‍वास गर्ने हरेकले उसले गरेको पापको दण्ड नपाओस्, तर सदासर्वदा परमेश्‍वरसँग बसोस् ।
  • (४९-११) येशूले कहिल्यै पाप गर्नुभएन, तर तपाईंहरूका पापहरू र संसारका हरेकले गरेका पापलाई लानलाई सिद्ध बलिको रूपमा मर्न र दण्ड भोग्‍न चुन्‍नुभयो ।

दफन गर्नु, दफन गरेको, अन्त्येष्‍टि

परिभाषा:

“दफन गर्नु” क्रियामूलले साधारणतया मृत शरीरलाई खाडल वा दफन गर्ने स्थानमा राख्‍ने कुरोलाई जनाउँछ । “अन्त्येष्‍टि” ले दफन गर्ने क्रियाकलापलाई जनाउँछ । कुनै कुरोलाई गाड्ने ठाउँको व्याख्या गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।

  • अक्सर मानिसहरूले मृत शरीरलाई जमिनमा खाडल खनी गाड्थे, र त्यसलाई माटोले ढाक्थे ।
  • कहिले काहीँ मृत शरीरलाई दफन गर्नुअगि कफिनजस्तो काठको बाकसभित्र राखिन्थ्यो ।
  • बाइबलको समयमा मृत शरीरलाई अक्सर गुफा वा त्यस्तै किसिमको ठाउँमा दफन गरिन्थ्यो । येशू मर्नुभएपछि उहाँको शरीरलाई कपडाहरूले बेरी ढुङ्गाको चिहानमा राखियो, जसलाई ठुलो पत्थरले छाप लगाइयो ।
  • “गाड्ने ठाउँ” वा “गाड्ने कोठा” वा “गाड्ने कक्ष” वा “गाड्ने गुफा” जस्ता सबै पदावलीहरूले मृत शरीरलाई गाडिने ठाउँलाई जनाउँछन् ।
  • अन्य थोकहरू पनि गाड्न सकिन्छन्, जस्तैः आकानले यरीहोबाट चोरेका चाँदी र अन्य थोकहरूलाई गाड्यो ।
  • “आफ्नो अनुहार गाड्यो” भन्‍ने पदावलीको सामान्य अर्थ हुन्छः “आफ्ना हातले आफ्नो अनुहार ढाक्यो ।”
  • कहिले काहीँ “लुकाउनु” को अर्थ “गाड्नु” हुन्छ, जस्तैः आकानले यरीहोबाट लुटिएका थोकहरूलाई जमिनमा लुकायो । यसको अर्थ हुन्छ, कि उसले तिनलाई जमिनमा लुकायो ।

दमन गर्नु, दमन, दमन गर्ने व्‍यक्‍ति

परिभाषा:

“दमन गर्नु” र “दमन” भन्‍ने शब्दले कुनै पनि मानिसलाई नराम्रोसँग व्यवहार गर्नु भनेर जनाउँछ । “दमन गर्ने व्‍यक्‍ति” त्यो हो जसले अरूमाथि दमन गर्छ ।

  • “दमन गर्नु” भन्‍ने शब्दले बिशेष गरेर शक्तिशाली अहोदामा भएकाहरूले आफ्नो अधीनमा भएका मानिसहरूलाई गलत व्यवहार गर्ने वा दासत्वमा राख्‍ने वा कसैलाई दमन गर्ने भनेर जनाउँछ ।
  • “दमनमा भएका” भन्‍ने वाक्यांशले दुर्व्यवहार गरिएका मानिसहरूलाई जनाउँछ ।
  • प्राय गरेर इस्राएलका मानिसहरूको लागि तिनीहरूका शत्रु राष्‍ट्रहरू वा तिनीहरूका शासन गर्ने व्‍यक्‍तिहरू नै दमन गर्नेहरू हुन् ।

अनुवाद सुझावहरू

  • प्रसङ्ग अनुसार, “दमन” भन्‍ने शब्दलाई “धेरै दुर्व्यवहार गर्नु” वा “ठुलो बोझले दबाउनु” वा “कसैलाई दुखदायी दासत्वमा राख्‍नु” वा “कठोरसँग राज्य गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “दमन” लाई “चर्को दबाव र दासत्व “वा “कसैलाई स्वामित्वमा राख्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “दमन गरिएका” भन्‍ने वाक्यांशलाई “दमन गरिएका मानिसहरू” वा “भयानक दासत्वमा भएका मानिसहरू” वा “कठोर व्यवहार गरिएका मनिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “दमन गर्ने व्‍यक्‍ति” भन्‍ने शब्दलाई “त्यो व्‍यक्‍ति जसले दमन गर्दछ” वा “त्यो राष्‍ट्र जसले मानिसहरूलाई कठोर रूपमा नियन्‍त्रण गर्दै राज्य गर्दछ” वा “मानिसहरूलाई सताउने व्‍यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

दरबार

परिभाषा:

“दरबार” शब्दले राजा आफ्ना परिवार र नोकरहरू बस्‍ने घर वा भवनलाई जनाउछ ।

  • नयाँ करारमा उल्लेख भएअनुसार मुख्य पुजारी पनि दरबारको भवनमा बस्दथे ।
  • दरबारहरु सुन्दर वास्तुकला र सजावटका सामग्रीहरूले धेरै सजाइएका हुन्थे ।
  • दरबारका भवनहरू र सजवाटका सामग्रीहरू ढुंगा वा काठको बनाइएका हुन्थे र प्रायः महँगो काठ, सुन, वा हात्तिको दाँतले मोहोरेका हुन्थे ।
  • धेरै अरु मानिसहरू पनि दरबारमा बस्थे र काम गर्थे, जसमा सामान्यतया धेरै भवनहरु र चोकहरु पर्थे ।

बाइबलका खण्डहरूः

  • दानिएल ०५:५-६
  • मत्ती २६:३-५

दर्द

परिभाषा:

“दर्द” शब्दले कडा पीडा वा चोटलाई जनाउँछ ।

  • दर्द शारीरिक अथवा भावनात्मक पीडा वा चोट हुन सक्छ ।
  • अक्सर अत्यधिक दर्दमा भएका मानिसहरूले तिनीहरूका अनुहार र व्यवहारमा यसलाई देखाउँछन् ।
  • उदाहरणको लागि, कडा पीडा वा दर्दमा भएको व्‍यक्‍तिले दार्‍हा किट्न सक्छ वा चिच्‍च्याउन सक्छ ।
  • “दर्द” शब्दलाई “भावनात्मक चोट” वा “गहन शोक” वा “कडा पीडा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

दर्शन

परिभाषा:

“दर्शन” शब्दले व्यक्‍तिले देख्‍ने कुनै कुरोलाई जनाउँछ । यसले खास गरी मानिसहरूलाई सन्देश दिन परमेश्‍वरले तिनीहरूलाई देखाउनुहुने असाधारण वा अलौकिक कुरोलाई जनाउँछ ।

  • साधारणतया, व्यक्‍ति जागा हुँदा दर्शनहरू देखिन्छन् । तथापि व्यक्‍ति सुतिरहेको बेलमा उसले सपनामा पनि दर्शन देख्‍न सक्छ ।
  • मानिसहरूलाई निकै महत्त्वपूर्ण कुरो बताउन परमेश्‍वरले दर्शनहरू पठाउनुहुन्छ । उदाहरणको लागि, पत्रुसले गैरयहूदीहरूलाई स्वागत गरेको परमेश्‍वर चाहनुहुन्थ्यो भनी बताउन उहाँले पत्रुसलाई दर्शन दिनुभयो ।

अनुवादका लागि सुझावहरूः

  • वाक्यांश “दर्शन देख्यो” लाई “परमेश्‍वरबाट आएको असाधारण कुरो देख्यो” वा “परमेश्‍वरले उसलाई विशेष कुरो देखाउनुभयो” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा “दर्शन” र “सपना” को लागि बेग्लाबेग्लै शब्दहरू नहुन सक्छन् । त्यसैले, “दानिएलले सपनाहरू र दर्शनहरू देखे” भन्‍ने वाक्यलाई “दानिएल सुतिरहेको बेलामा तिनले सपना देख्दै थिए, र परमेश्‍वरले तिनलाई असाधारण कुराहरू देखाउनुभयो” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः सपना)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०९:१०-१२
  • प्रेरित १०:३-६
  • प्रेरित १०:१७-१८
  • प्रेरित ११:४-६
  • प्रेरित १२:९-१०
  • लूका ०१:२१-२३
  • लूका २४:२२-२४
  • मत्ती १७:९-१०

दस आज्ञाहरू

परिभाषा:

परमेश्‍वरले मोशालाई धेरै आज्ञाहरू दिनुभयो जसलाई इस्राएलीहरूले पालन गरेको उहाँ चाहनुहुन्थ्यो । उहाँले दस आज्ञालाई दुईवटा शिला-पाटीमा लेखेर दिनुभयो ।

  • दस आज्ञा विशेष आज्ञाहरू थिए जुन परमेश्‍वरलाई प्रेम गर्न, आराधना गर्न र अरू मानिसहरूलाई प्रेम गर्न सहायता गर्नका लागि दिइयो ।
  • यी आज्ञाहरू परमेश्‍वरले आफ्ना मानिसहरूसित बाँध्‍नुभएको करारका भाग थिए । परमेश्‍वरले तिनीहरूलाई दिनुभएका आज्ञाहरू पालन गरेर इस्राएलका मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्थे र तिनीहरू उहाँका मानिसहरू थिए भनी तिनीहरूले देखाउँथे ।

(हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवेको व्यवस्था)

बाइबलका सन्दर्भहरूः

  • लूका १८:१८-२१

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१३-०७) तब परमेश्‍वरले दुईवटा शिला-पाटीमा यी दस आज्ञा लेख्‍नुभयो, र ती मोशालाई दिनुभयो ।
  • (१३-१३) मोशा पर्वतबाट तल झरेपछि तिनले मूर्तिलाई देखे । तिनी यति रिसाए, कि परमेश्‍वरले दस आज्ञा लेख्‍नुभएका शिला-पाटीहरूलाई धुजैधुजा बनाइदिए ।
  • (१३-१५) भाँचिएका शिला-पाटीहरूको सट्टामा मोशाले नयाँ शिला-पाटीहरूमा दस लेखे ।

दसौँ, दशांश

परिभाषा:

शब्दहरू “दसौँ” वा “दशांश” ले रुपियाँ-पैसा, फसल, गाईबस्तु वा अन्य सम्पत्तिहरूको दसौँ भागलाई जनाउँछन् ।

  • पुरानो करारमा परमेश्‍वरलाई धन्यवाद ज्ञापनको भेटीस्वरूप चढाउन उहाँले इस्राएलीहरूलाई तिनीहरूका सम्पत्तिको दसौँ भाग छुट्ट्याउन आाज्ञा दिनुभयो ।
  • पवित्र वासस्थान वा मन्दिरको पूजाहारी र रखवालाहरू भएर इस्राएलीहरूको सेवा गर्ने इस्राएलको लेवी कुललाई सहयोग गर्न यस भेटीको प्रयोग गरिन्थ्यो ।
  • नयाँ करारले परमेश्‍वरलाई दशांश दिनुपर्छ भनी बताउँदैन, तर ख्रीष्‍टियान सेवाको काम र गरिबहरूको मदतको लागि उदारचित्तले र खुसी भएर दिनुपर्ने कुरारामा जोड दिन्छ ।
  • यसलाई “एक-दसौँ” “दस भागको एक भाग” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः मल्कीसेदेक)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १४:१९-२०
  • उत्पत्ति २८:२०-२२
  • लूका ११:४२
  • लूका १८:११-१२
  • मत्ती २३:२३-२४

दाख पेल्ने कोल

परिभाषा:

बाइबलमा, दाख पेल्ने कोल यस्तो स्थान थियो जहाँ दाखबाट रस निकाली त्यसबाट मद्य बनाइन्थ्यो ।

  • इस्राएलमा, दाख पेल्ने कोलहरू प्रायः जमिन मुनि ठुला, फराकिला खाल्डो खनेर बनाइन्थे । दाखका झूप्पाहरू खाल्डोको तल्लो समतल भागमा राखिन्थ्यो र मानिसहरूले दाखको रस बाहिर प्रवाह होस् भनी त्यसलाई कुल्चन्थे ।
  • राष्‍ट्रहरूमाथि परमेश्‍वरको क्रोध खनिएको कुरालाई आलंकारिक रूपमा जनाउनको निम्ति पनि दाख पेल्ने कोल भन्‍ने शब्दहरू प्रयोग गरिन्छन् ।

दाख/अङ्गुर

परिभाषा:

दाख सानो, गोलो, चिल्लो बोक्रा भएको एउटा रसिलो फल हो, जुन दाखका बोटहरूका झुप्पामा फल्छ । दाखको रसलाई दाखमद्य बनाउनमा प्रयोग गरिन्छ ।

  • दाखका विभिन्‍न रङ हुन्छन्, जस्तैः हरियो, बैजनी वा रातो आदि ।
  • एउटा दाखको आकार एकदेखि तिन सेन्टिमिटरसम्म गोलो हुन सक्छ ।
  • मानिसहरूले बगैँचामा दाख उमार्छन्, जसलाई दाखबारी भनिन्छ । साधारणतया दाखबारीमा दाखका बोटहरू लहरै रोपिएका हुन्छन् ।
  • बाइबलको समयमा दाख निकै महत्त्वपूर्ण खाना थियो, र दाखबारीहरू भएका मानिसहरू धनीवर्गमा गनिन्थे ।
  • दाखलाई सड्नदेखि बचाउन मानिसहरूले त्यसलाई अक्सर सुकाउँथे । सुकेको दाखलाई “किसमिस” भनिन्छ, र यसलाई किसमिस केक बनाउन प्रयोग गरिन्थ्यो ।
  • आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यको विषयमा सिकाउन येशूले एउटा दाखबारीको दृष्‍टान्त भन्‍नुभयो ।

दाखको बोट

परिभाषा:

दाखको बोट एउटा बिरुवाको नाउँ हो, जुन कि जमिनमा टाँसिएर बढ्छ कि भने अरू बिरुवा वा संरचनाहरूमा चढेर बढ्छ । बाइबलमा “दाखको बोट” ले केवल फल फलाउने दाखका बोटहरू र खास गरी अङ्गुरका बोटहरूलाई जनाउँछ ।

  • बाइबलमा दाख उत्पादन गर्न मानिसहरूले दाखको बोट लगाउने गर्थे ।
  • दाखको बोटको डाँठबाट हाँगाहरू बढ्छन् र तिनले डाँठबाट आएका पोषणहरू पाई ताकत प्राप्‍त गर्छन् ।
  • येशूले आफैलाई दाखको बोट र उहाँका मानिसहरूलाई हाँगाहरू भन्‍नुभयो । यहाँ “दाखको बोट” लाई “दाखको बोटको डाँठ” वा “डाँठ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः दाख, दाखबारी)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ४०:९-११
  • उत्पत्ति ४९:११-१२
  • लूका २२:१७-१८
  • मत्ती २१:३५-३७
  • मर्कूस १२:१-३

दाखबारी

परिभाषा:

दाखबारी बगैँचा वा उद्यान हो, जहाँ दाखका बोटहरू रोपिन्छन् र दाखहरू उमारिन्छन् ।

  • दाखबारी बनाउन निकै मेहनत गर्नुपर्छ ।
  • चोरहरू र जनावरहरूबाट जोगाउन अक्सर दाखबारीको चारैतिर पर्खाल लगाइन्छ ।
  • परमेश्‍वरले इस्राएल जातिलाई दाखबारीसित तुलना गर्नुभयो । यसको अर्थ हुन्छ, कि उहाँले इस्राएलको होसियारीपूर्वक हेरचाह गर्नुभयो र पनि यसले असल फल फलाएन ।
  • दाखबारीलाई “दाखको बोटको बगैँचा” वा “अङ्गुर उद्यान” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः दाखको बोट, अङ्गुर)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ०९:२०-२१
  • लूका १३:६-७
  • लूका २०:१५-१६
  • मत्ती २०:१-२
  • मत्ती २१:४०-४१

दाखमद्य

परिभाषा:

दाखमद्य एउटा खमिर (मर्चा) मिसाइएको पेय पदार्थ हो जसलाई दाख (अङ्गुर) भन्‍ने फलको रसबाट बनाइन्छ । यो शब्दलाई खमिर नहालिएको दाखको रसलाई जनाउन पनि प्रयोग गरिन्थ्यो ।

  • दाखमद्य बनाउन दाखलाई निचरेर त्यसको रस निकालिन्छ । त्यो रसमा विस्तारै रासायनिक परिवर्तन आउँछ र त्यो मद्यमा परिणत हुन्छ ।
  • बाइबलीय समयमा, भोजनसँग मद्य एउटा सामान्य पेय पदार्थ थियो । वर्तमान समयमा जति रक्सिको मात्रा हुन्छ त्यस रसमा त्यति मात्रामा रक्सि हुँदैन थियो ।
  • र मद्यलाई टक्र्याउन अगि त्यसमा पानी मिसाइन्थ्यो ।
  • यदि तपाईंको संस्कृतिमा मद्य परिचित छैन भने, यसलाई “खमिर मिसाइएको दाख रस” वा “दाख भनिने फलबाट बनाइएको खमिरयुक्त पेय पदार्थ” वा, सामान्य रूपमा “खमिरयुक्त पेय पदार्थ” भनेर अनुवाद गर्न सकिन्छ ।

दान

परिभाषा:

“दान” ले गरिब मानिसहरूलाई सहयोग गर्न दिइने रुपियाँ-पैसा, खाना वा अन्य थोकहरूलाई जनाउँछ ।

  • अक्सर दान दिने काम धर्मी हुनका लागि धर्मले चाहेबमोजिम दिने केही कुरोको रूपमा देखिन्थ्यो ।
  • अरू मानिसहरूको ध्यान खिँच्‍ने गरी सार्वजनिक रूपमा दान दिने काम गर्नुहुँदैन भनी येशूले बताउनुभयो ।
  • यस शब्दलाई “रुपियाँ-पैसा” वा “गरिब मानिसहरूका उपहारहरू” वा “गरिबहरूका लागि सहायता” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

दार्‍हा किट्नु

परिभाषा:

दार्‍हा किट्नुको अर्थ मुखभित्रका दाँतहरूलाई एक आपसमा जोडी तिनीहरूलाई दायाँ बायाँ रगड्नु हो । यसले अक्सर अत्यधिक दर्द वा रिसलाई देखाउँछ ।

  • दार्‍हा किटाइ नरकमा हुनेहरूले तिनीहरूको भयानक कष्‍टमा गर्ने एउटा कुरो हो भनी बाइबलले हामीलाई बताउँछ ।
  • यसलाई “एक अर्काको विरुद्धमा दाँतहरूको लडन्त” भनेर पनि अनुवाद गर्न सकिन्छ । यस कामको अर्थ के हो भनी प्रस्ट नभएमा यसलाई “दर्दमा दाँतहरूको घर्षण” वा “पीडामा दाँतहरूको घर्षण” भनेर पनि व्यक्त गर्न सकिन्छ ।

दासत्वमा पार्नु, बन्धनमा

परिभाषा:

कसैलाई “दासत्वमा पार्नु” भन्‍नाले उसलाई जबरजस्ती मालिकको वा शासन गर्न देशको सेवा गर्ने लगाउने कामलाई जनाउँछ । केही कुराको वा कसैको अधीनमा रहनुलाई “दास बनाइनु” वा “बन्धक बनाइनु” भनिन्छ ।

  • कसैको दासत्वमा परेको मानिसले कुनै तलवविना सेवा गर्नुपर्छ, उसले जस्तो चाह्‍यो त्यस्तै गर्न पाउँदैन ।
  • “दासत्वमा पार्नु” ले कसैको स्वतन्‍त्रता हनन गर्नुलाई पनि जनाउँछ ।
  • “बन्धन” लाई दासत्व पनि भनिन्छ ।
  • मानिसहरूलाई येशूले पापको बन्धन र शक्‍तिबाट स्वतन्‍त्र नपारुन्जेल सम्म मानिसहरू पापको “बन्धन” मा छन् ।
  • जब कुनै मानिसले येशूमा नयाँ जीवन प्राप्‍त गर्छ, ऊ पापको दास होइन तर धार्मिकताको दास हुन्छ ।

दिदी-बहिनी

परिभाषा:

दिदी-बहिनी भनेको एउटै शरीरिक बाबु-आमा भएको अर्को महिला व्यक्‍ति हो ।

  • नयाँ करारमा, “दिदी-बहिनी” लाई येशू ख्रिष्‍टमा महिला सङ्गी विश्‍वसीलाई जनाउन आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
  • कहिले काहीँ “दाजु-भाइ र दिदी-बहिनी” भन्‍ने वाक्यांशलाई ख्रिष्‍टमा रहेका सबै महिला र पुरुष विश्‍वासीहरूलाई जनाउन प्रयोग गरिन्छ । पुरानो करारको श्रेष्‍ठ गीतमा “बहिनी” ले प्रमिका वा जिवन सङ्गिनीलाई जनाउछ ।

अनुवादका निम्ति सुझावहरूः

  • यसले गलत अर्थ ननदिएसम्म, लक्षित भाषामा स्वभाविक वा शारीरिक बहिनीलाई जनाउन प्रयोग गरिने ठेट शब्दमा अनुवाद गर्नु उत्तम हुन्छ ।
  • यसलाई अनुवाद गर्ने अरू तरिकाहरूमा “ख्रीष्‍टमा दिदी\बहिनी” वा “आत्मिक दिदी\बहिनी” वा “येशूमा विश्‍वास गर्ने महिला” वा “सङ्गी महिला विश्‍वासी” पर्छन् ।
  • सम्भव भएमा पारिवारमा प्रयोग गरिने शब्दावली चलाउनु उत्तम हुन्छ ।
  • यदि त्यो भाषामा “विश्‍वासी” लाई जनाउने स्‍त्रीलिङ्ग शब्द छ भने त्यहि शब्द प्रयोग गरेर अनुवाद गर्नु सम्भावित उपाय हुनसक्छ ।
  • प्रेमिका वा पत्‍नीलाई जनाउनलाई “प्यारी” वा “प्रियसी” जस्ता स्‍त्रीलिङ्ग रूप प्रयोग गरेर अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः ख्रिष्‍टमा, येशूमा, प्रभुमा, आत्मामा, आत्मिक भाइ) बाइबलका खण्डहरूः


दुलहा

परिभाषा:

दुलहा विवाह समारोहमा दुलहीलाई बिहे गर्ने पुरुष हो ।

  • बाइबलको समयमा यहूदी संस्कृतिमा समारोह आफ्नी दुलही लिन आउने दुलहाको वरिपरि केन्द्रित हुन्थ्यो ।
  • बाइबलमा येशूलाई आलङ्कारिक रूपमा “दुलहा” भनिएको छ, जो कुनै दिन आफ्नी “दुलही” अर्थात् मण्डलीको लागि आउनुहुनेछ ।
  • येशूले आफ्ना चेलाहरूलाई दुलहाका साथीहरूसित तुलना गर्नुभयो, जसले दुलहा तिनीहरूसित हुँदा उत्सव मनाउँछन्, तर उसको प्रस्थानपश्‍चात् तिनीहरू उदास हुनेछन् ।

दुलही

परिभाषा:

विवाह समारोहमा दुलही एक स्‍त्री हो, जसले दुलहासित बिहे गर्दै छे ।

  • येशूका विश्‍वासीहरू अर्थात् मण्डलीलाई जनाउन “दुलही” शब्दलाई रूपकको रूपमा प्रयोग गरिएको छ ।
  • येशूले मण्डलीलाई आलङ्कारिक रूपमा “दुलही” भन्‍नुभयो । (हेर्नुहोस्ः रूपक)

दुष्कर्मी

परिभाषा:

पापमय र दुष्‍ट काम गर्ने मानिसहरूलाई जनाउनलाई “दुष्कर्मी” शब्द प्रयोग गरिन्छ ।

  • यो शब्द परमेश्‍वरको आज्ञा पालना नगर्ने मानिसको लागि पनि प्रयोग गरिन्छ ।
  • यो शब्दलाई कुनै कुरा “गर्ने” वा “बनाउने” वा “हुन दिने” अर्थमा “दुष्‍ट” वा “अधर्मी” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

देवदारु

परिभाषा:

देवदारुले ठुलो सल्लाको रुखलाई जनाउँछ, र यो साधारणतया रातो-खैरो काठ हो । अन्य सल्लाका रुखहरूका पातजस्तै यसका पातहरू पनि पिँधमा ठुलो भएर टुप्पोतर्फ साँघुरिँदै गएका हुन्छन् ।

  • पुरानो करारले अक्सर देवदारुका रुखहरूलाई लेबनानसितै उल्लेख गर्छ । त्यहाँ देवदारुका रुखहरू प्रशस्त मात्रामा उम्रन्थे ।
  • यरूशलेमको मन्दिर निर्माणमा देवदारुको काठ प्रयोग गरिएको थियो ।
  • बलिदानहरू चढाउन र शुद्धिकरणका भेटीहरूका लागि पनि यसको प्रयोग गरिन्थ्यो ।

देवदारू

परिभाषा:

“देवदारू” सियोजस्ता पात भएको सदाबहार हरियो रहने रूख हो र यसका बिउहरू शंख आकारको वस्तुभित्र सुरक्षित हुन्छन् ।

  • देवदारूको रूखलाई “सदाबहार” रूख पनि भनिन्छ ।
  • प्राचीन कालमा देवदारूको काठ सङ्गितका साधन बनाउन र डुङ्गाहरू, घरहरू र मन्दिर बनाउनको लागि प्रयोग गरिन्थ्यो ।
  • बाइबलमा प्रयोग गरिएको देवदारूका रूखहरू सल्ला, देवदारू, सरू र जुनिपरहरू हुन् ।

दोष लगाउनु, दोष, दोष लगाउने

परिभाषा:

“दोष लगाउनु” वा “दोष” शब्दहरूले गलत काम गरेकोले कसैलाई आरोप लगाउनु भन्‍ने जनाउँछ । जसले अरूलाई दोश्याउँछ, त्यही व्‍यक्‍ति नै “दोष लगाउने” व्‍यक्‍ति हो ।

  • कसैको विरुद्धमा लगाइएको आरोप साँचो छैन भने त्यो झुटो दोष हुन्छ, जस्तो यहूदी अगुवाहरूद्वारा गलत काम गरेको भनी येशूलाई झुटो दोष लगाइएको थियो ।
  • नयाँ करारमा भएको प्रकाशको पुस्तकमा शैतानलाई “दोष लगाउने” जन भनिएको छ ।

दोषबलि

परिभाषा:

दोषबलि एउटा भेटी वा बलिदान थियो । इस्राएलीहरूले संयोगवश गलत काम (जस्तैः परमेश्‍वरलाई अनादर गर्नु वा अर्को व्‍यक्‍तिको सम्पत्तिमा क्षति पुर्‍याउनु) गरेको खण्डमा तिनीहरूले यस बलिलाई चढाउनुपथ्र्यो भनी परमेश्‍वरले भन्‍नुभयो ।

  • यस बलिमा जनावरको बलिदान र चाँदी वा सुनको हर्जाना तिर्नुपथ्र्यो ।
  • यसका अतिरिक्त, आफूले क्षति पुर्‍याएको कुनै पनि कुराको भुक्तानि तिर्न दोषी व्‍यक्‍ति जिम्मेवार हुन्थ्यो ।

दौडनु, दौड

परिभाषा:

“दौडनु” को शाब्दिक अर्थ हिँडेकोभन्दा छिटो गोडाहरूलाई छिटो-छिटो चलाउनु हो ।

  • “दौडनु” को प्रथमिक अर्थहरूका निम्ति आलङ्कारिक प्रयोगहरू पनि छन्ः
  • “इनाम जित्‍ने प्रकारले दौडनु” -दौड दौडनु र ख्रीष्‍टियन जीवनमा सहने कुराको तुलना गर्छ ।
  • “तपाईंको आज्ञाको मार्गमा दौडनु” -यसको अर्थ परमेश्‍वरका शिक्षाहरूप्रति खुसीसाथ र उल्लासका साथ आज्ञाकारी हुनु हो ।
  • “अरु देवताहरूको पछि दौडनु\लाग्‍नु” -यसको अर्थ अरु देवताहरूको पूजा गर्नुमा लाग्‍नु हो ।
  • “म लुक्‍नलाई तपाईंकहाँ दौडन्छु” -यसको अर्थ कोही शरण र सुरक्षाको निम्ति परमेश्‍वरकहाँ द्रुत गतिमा गइरहेको छ ।
  • “दौडनु\बग्‍नु” (अङ्ग्रेजीमा एउटै शब्द प्रयोग गरिए पनि नेपालीमा भिन्‍ना-भिन्‍नै शब्दहरू प्रयोग गरिन्छ, जसले अन्योलता नै रहँदैन) शब्दको गौण अर्थहरूः
  • पानी, आँशु, रगत र पसिना जस्ता तरल पदार्थ “बग्‍नु” लाई पनि अंग्रेजीमा “रनिङ्ग” शब्द चलाइन्छ ।
  • किनारहरूलाई नदीसँगै “दौडिएको” भनिन्‍छ ।
  • नदीहरू र झरनाहरू “सुख्खा हुन्‍छन्” को अर्थ त्यसमा कुनै पानी नै छैन भनेको हो ।
  • भोजका दिनहरू “का पालो पुरा गर्नु” को अर्थ तिनीहरूले पार गरेका वा सिध्याएका भन्‍ने हो ।

बाइबलका खण्डहरूः

  • गलाती ०२:१-२
  • गलाती ०५:५-८

दौरा

परिभाषा:

दौरा कुमदेखि कम्मर वा घुँडासम्म आउने एउटा वस्‍त्र हो ।

  • दौरा सर्ट वा ब्लाउजजस्तै हुन्छ ।
  • दौरा अलखाजस्ता लामो वस्‍त्रभित्र लगाइन्छ ।

बाइबलका सन्दर्भहरूः

  • लूका ०३:१०-११
  • मत्ती ०५:४०-४२
  • मर्कूस ०६:७-९

धकेल्नु

परिभाषा:

“धकेल्नु” को शाब्दिक अर्थ बल प्रयोग गरेर केही थोकलाई हटाउनु हो । यो शब्दको धेरै आलङ्कारिक अर्थहरू छन् ।

  • “धकेली पठाउनु” को अर्थ “इन्कार गर्नु” वा “सहायता गर्न इन्कार गर्नु “हुनसक्छ ।
  • “तल धकेल्नु” को अर्थ “अत्याचार गर्नु” वा “सताउनु” वा “हराउनु” हुनसक्छ ।
  • “कसैलाई बाहिर धकेल्नु” को अर्थ “बाट मुक्‍त हुनु” वा “पठाइ दिनु” हुन्छ ।
  • “अगाडी धकेल्नु” को अर्थ यो उचित वा सुरक्षित छ वा छैन भनी ख्यालै नगरी केही थोकलाई निरन्तर अगि बढाउनु हो ।

(हेर्नुहोस्ः अत्याचार गर्नु, अत्याचार, अत्याचारी, सताउनु, सतावट, इन्कार गर्नु) बाइबलका खण्डहरूः


धनसार

परिभाषा:

“धनसार” खाना वा अन्य कुनै कुराहरू भण्डारन गर्ने ठुलो घर हो ।

  • बाइबलमा “धनसार” लाई अनिकालको कारणले खाद्यन्‍नहरू अभाव हुँदा चलाउनलाई अतिरिक्‍त अन्‍न र अन्‍य खाने कुराहरू भण्डारन गर्नलाई प्रेयोग गरिन्थ्यो ।
  • “धनसार” लाई कहिले काहीँ परिवारमा धन कमाउने तरिकाको रूपमा पनि प्रयोग गरिन्थ्यो ।
  • यो शब्द परमेश्‍वरले उहाँका मनिसहरूलाई दिन चाहनुहुने सबै असल कुराहरूलाई जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्थ्यो ।
  • याह्वेको भवनको धनसार पराजित शत्रुहरूबाट कब्जा गरिएका र याह्वेलाई अर्पाण गरिका वा चढाइएका बहुमूल्य थोकहरूले भरिएको थियो । यी थोकहरू मन्दिर मरम्मत गर्न मदत गर्नलाई जगेर्ना गरिन्थ्यो । कहिले काहीँ यसलाई “ढुकुटी” को रूपमा पनि अनुवाद गरिन्छ ।
  • “धनसार” लाई अनुवाद गर्ने अरू उपायहरूमा “अन्‍न भण्डार गर्ने भवन” वा “खाने कुराहरू राख्‍ने ठाउँ” वा “बहुमूल्य थोकहरू सुरक्षित राख्‍ने ठाउँ” पर्छन् ।

बाइबलका खण्डहरूः

  • लूका ०३:१७

धनु र काँड

परिभाषा:

यो एक किसिमको हतियार हो, जसमा धागो गाँसिएको धनुबाट काँड हानिन्छ । बाइबलको समयमा शत्रुहरूको विरुद्धमा लड्न र भोजनको लागि जनावरहरूलाई मार्न यसको प्रयोग गरिन्थ्यो ।

  • काठ, हाड, धातु वा अन्य कडा सामग्री (जस्तैः मृगको सिङ) बाट धनु बनाइन्छ । यो घुमाउरो आकारको हुन्छ र यसका दुईवटा टुप्पालाई धागो, डोरी वा लहराले जोडिन्छ ।
  • काँड पातलो बिँड भएको तिखो, चुच्‍चो सामग्री हो । प्राचीन समयमा काठ, हाड, ढुङ्गा वा धातुजस्ता विभिन्‍न सामग्रीहरूबाट काँड बनाउन सकिन्थ्यो ।
  • धनु र काँड सिकारीसाथै योद्धाहरूद्वारा प्रयोग गरिन्छन् ।
  • शत्रुको आक्रमण वा ईश्‍वरीय न्यायलाई जनाउन बाइबलमा “काँड” शब्दलाई कहिले काहीँ आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

धनुर्धारी

परिभाषा:

“धनुर्धारी” शब्दले धनु र काँडलाई हतियारको रूपमा प्रयोग गर्ने सिप भएको मानिसलाई जनाउँछ ।

  • बाइबलमा धनुर्धारी साधारणतया एक सिपाही हो, जसले सेनामा लडाइँ गर्न धनु र काँडको प्रयोग गर्दछ ।
  • धनुर्धारीहरू अश्शूरी सैनिक शक्तिको एउटा महत्त्वपूर्ण हिस्सा थिए ।
  • केही भाषाहरूमा यसको लागि “धनु चलाउने” शब्द हुन सक्छ ।

धर्मी ठहराउनु, धर्मीकरण

परिभाषा:

शब्दहरू “धर्मी ठहराउनु” र “धर्मीकरण” ले दोषी व्यक्‍तिलाई धर्मी बनाउने कार्यलाई जनाउँछन् । परमेश्‍वरले मात्र मानिसहरूलाई साँचो रूपमा धर्मी ठहराउन सक्‍नुहुन्छ ।

  • जब परमेश्‍वरले मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ, तब उहाँले तिनीहरूका पाप क्षमा गरिदिनुहुन्छ र तिनीहरूले पाप नै नगरेझैँ व्यवहार गर्नुहुन्छ । येशूले मानिसहरूका पापबाट बचाउन सक्‍नुहुन्छ भनी जब पापीहरूले पश्‍चात्ताप गरी उहाँमाथि भरोसा गर्छन्, तब उहाँले तिनीहरूलाई धर्मी ठहराउनुहुन्छ ।
  • “धर्मीकरण” ले परमेश्‍वरको त्यस कार्यलाई उल्लेख गर्छ जब उहाँले व्यक्‍तिका पापहरू क्षमा गरिदिनुहुन्छ र त्यो व्यक्‍ति उहाँको दृष्‍टिमा धर्मी छ भनी घोषणा गर्नुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • “धर्मी ठहराउनु” लाई “(कसैलाई) धर्मी घोषण गर्नु” वा “(कसैलाई) धर्मी बनाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “धर्मीकरण” लाई “धर्मी ठहराइएको अवस्था” वा “धर्मी हुनु” वा “मानिसहरूलाई धर्मी बनाउने कार्य” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “धर्मीकरणमा लैजानु” लाई “ताकि परमेश्‍वरले धेरै मानिसहरूलाई धर्मी ठहराउनुभयो” वा “जसले गर्दा परमेश्‍वरले मानिसहरूलाई धर्मी ठहराउनुभयो” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “हाम्रो धर्मीकरणको निम्ति” लाई “हामी परमेश्‍वरद्वारा धर्मी ठहरिन सकौँ भनेर” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः क्षमा दिनु, क्षमा, दोष, दोषी, धर्मी, धार्मिकता)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १३:३८-३९
  • गलाती ०३:६-९
  • गलाती ०३:१०-१२
  • गलाती ०५:३-४
  • उत्पत्ति ४४:१६-१७
  • याकूब ०२:२१-२४
  • लूका १८:१३-१४
  • मत्ती ११:१८-१९
  • रोमी ०४:१-३
  • तीतस ०३:६-७

धूप

परिभाषा:

शब्द “धूप” ले मसिना अत्तरहरूको मिश्रणलाई जनाउँछ जसलाई सुगन्ध उत्पादन गर्न बालिन्छ ।

  • परमेश्‍वरले उहाँलाई भेटीस्वरूप धूप बाल्न इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
  • परमेश्‍वरले निर्देशन गर्नुभएमुताबिक नै उही मात्रामा पाँच विशेष किसिमका अत्तरलाई मिसाई धूप बनाइनुपर्थ्यो । यो पवित्र धूप थियो । त्यसैले, तिनीहरूले यसलाई अन्य कुनै पनि उद्देश्यको लागि प्रयोग गर्न मिल्दैनथ्यो ।
  • “धूपको वेदी” विशेष किसिमको वेदी थियो जसलाई धूप बाल्नको लागि मात्र प्रयोग गरिन्थ्यो ।
  • हरेक दिन कम से कम चार पटक प्रार्थनाको समयमा धूप बाल्ने गरिन्थ्यो । हरेक पटक होमबलि चढाउँदा पनि धूप बाल्ने गरिन्थ्यो ।
  • धूप बाल्ने कामले परमेश्‍वरका मानिसहरूद्वारा चढाइएका प्रार्थना र आराधना माथि उहाँकहाँ गइरहेका थिए भनी सङ्केत गर्छ ।
  • “धूप” लाई “टुक्राटाक्री अत्तरहरू” वा “सुगन्ध दिने बिरुवाहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः धूपको वेदी, होमबलि, आगोको बलि, रेसिन)

बाइबलका सन्दर्भहरूः

  • लूका ०१:८-१०

धूपको वेदी

परिभाषा:

धूपको वेदी काठको एउटा टुक्रा थियो, जसमाथि पूजाहारीले परमेश्‍वरलाई चढाइने बलिदानस्वरूप धूप बाल्थ्यो ।

  • धूपको वेदी काठबाट बनाइएको थियो, र यसको माथिल्लो भाग र किनाराहरूलाई सुनले मोहोरिन्थ्यो । यो करिब आधार मिटर लामो, आधा मिटर चौडा र एक मिटर उच्‍च थियो ।
  • सुरुमा यसलाई पवित्र वासस्थानमा राखियो । त्यसपछि यसलाई मन्दिरमा राखियो ।
  • हरेक बिहान र बेलुका पूजाहारीले यसमाथि धूप बाल्ने गथ्र्यो ।
  • यसलाई “धूप बाल्ने वेदी” वा “सुनको वेदी” वा “धूप बाल्ने” वा “धूपको टेबुल” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

धूर्त

परिभाषा:

“धूर्त” ले व्यवहारिक रूपमा बुद्धिमानी र चलाख व्यक्‍तिलाई दर्शाउँछ ।

  • धूर्त मानिस अरूलाई भन्दा पनि आफैँलाई मात्र सहायता गर्नमा बढी केन्द्रित हुन्छ ।
  • “धूर्त” शब्दको अर्थ आंशिक रूपमा नकरात्मक हुन्छ, किनभने यो प्रायः स्वर्थमा लाग्‍छ ।
  • यो शब्दलाई अणुवाद गर्ने अन्य तरिकाहरूमा “चनाखो” वा “चतुर” वा “बाठो” वा “चलाख” पर्छन् ।

बाइबलका खण्डहरूः


धैर्य, धैर्यता

परिभाषा:

“धैर्य” र “धैर्यता” ले कठिन परिस्थितिहरूमा सहनु वा दृढ रहनुलाई जनाउछ । प्रायः धैर्यतामा प्रतिक्षा पर्छ ।

  • जब मानिसहरूले कसैसित धैर्य धारण गर्छन्, यसको अर्थ तिनीहरुले त्यो व्यक्‍तिलाई माया गर्दैछन्, र त्यो व्यक्‍तिसँग भएको दोषलाई क्षमा दिँदैछन् भन्‍ने हुन्छ ।
  • कठिनाइहरूको सामना गर्दा र एक अर्कामा धैर्य धारण गर भनी परमेश्‍वरका मानिसहरूलाई बाइबलले सिकाउँछ ।
  • मानसहरू दण्ड पाउने तोग्यका पापीहरू भए तापनि उहाँको दयाको कारणले परमेश्‍वर मानिसरूसँग धैर्यवान हुनुहुन्छ ।

(हेर्नुहोस्ः क्षमा गर्नु, क्षमा, खप्‍नु, खपाइ, सहनु, सहशीलता) बाइबलका खण्डहरूः

  • मत्ती १८:२८-२९

धोका दिनु, धोकेबाज

परिभाषा:

क्रियापद “धोका दिनु” को अर्थ हुन्छः कसैलाई छल्ने वा हानि पुर्‍याउने तरिकाले काम गर्नु । “धोकेबाज” त्यो व्यक्‍ति हो, जसले उसमाथि भरोसा गर्ने व्यक्‍तिलाई धोका दिन्छ ।

  • यहूदा “धोकेबाज” थियो, किनकि येशूलाई कसरी पक्रने भनी त्यसले यहूदी अगुवाहरूलाई बतायो ।
  • यहूदाको धोका खास तवरले दुष्‍ट थियो, किनकि त्यो येशूको एक प्रेरित थियो जसले येशूको अन्यायपूर्ण मृत्युमा पुर्‍याउने जानकारी दिन यहूदी अगुवाहरूबाट रुपियाँ-पैसा लियो ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर क्रियापद “धोका दिनु” लाई “छल गरेर हानि पुर्‍याउनु” वा “शत्रुकहाँ सुम्पुन” वा “छलपूर्ण तवरले व्यवहार गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “धोकेबाज” शब्दलाई “धोका दिने व्यक्‍ति” वा “दोहोरो चालको” वा “विश्‍वासघाती” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः यहूदा इस्करियोत, यहूदी अगुवाहरू, धार्मिक अगुवाहरू, प्रेरित, बार्‍ह, एघार)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:५१-५३
  • यूहन्‍ना ०६:६४-६५
  • यूहन्‍ना १३:२१-२२
  • मत्ती १०:२-४
  • मत्ती २६:२०-२२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२१-११) मसीहलाई मार्नेहरूले उहाँका वस्‍त्रहरूका लागि चिट्ठा हाल्ने थिए, र एक मित्रले उहाँलाई धोका दिने थियो भनी अन्य अगमवक्‍ताहरूले भविष्यवाणी गरे । मसीहलाई धोका दिएबापत त्यस मित्रलाई भुक्‍तानिस्वरूप तिस चाँदीका सिक्‍का दिइने थियो भनी जकरिया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • (३८-०२) येशू र चेलाहरू यरूशलेममा आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गयो, र रुपियाँ-पैसा पाउने सर्तमा त्यसले येशूलाई धोका दिने प्रस्ताव राख्यो ।
  • (३८-०३) येशूलाई धोका दिन प्रधान पूजाहारीद्वारा अगुवाइ गरिएका यहूदी अगुवाहरूले यहूदालाई तिस चाँदीका सिक्‍का दिए ।
  • (३८-०६) त्यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछौ ।” ... येशूले भन्‍नुभयो, “मैले जसलाई यो रोटीको टुक्रा दिन्छु, त्यही नै धोकेबाज हो ।”
  • (३८-१३) उहाँ तेस्रो पटक फर्केपछि उहाँले भन्‍नुभयो, “जागा रहो ! मेरो धोकेबाज यहीँ छ ।”
  • (३८-१४) त्यसपछि येशूले भन्‍नुभयो, “ए यहूदा, के तिमी मलाई चुम्बनले धोका दिन्छौ ?”
  • (३९-०८) त्यही बेला यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्ड तोकेको धोकेबाज यहूदाले देख्यो । त्यो अपशोचले भरिएर गयो, अनि त्यसले आत्महत्या गर्‍यो ।

ध्यान मग्‍न

परिभाषा:

ध्यान मग्‍न मनको अवस्था हो, जसमा व्यक्‍ति जागा रहन्छ, तर उसको वरिपरि के भइरहेको हुन्छ भन्‍ने कुरारामा ऊ सचेत हुँदैन किनकि उसले केही कुरो देख्दै छ र अनुभव गर्दै छ ।

  • नयाँ करारमा यस शब्दले मनको अलौकिक अवस्थालाई बयान गर्छ । परमेश्‍वर दर्शनमा पत्रुस र पावलसित बोल्नुहुँदा तिनीहरूले यसलाई अनुभव गरेका थिए ।
  • प्रत्येकमा पत्रुस र पावलले यस ध्यान मग्‍न अवस्थाको अनुभव गर्दा तिनीहरू प्रार्थनामा थिए ।
  • परमेश्‍वरले नै तिनीहरूलाई ध्यान मग्‍न अवस्थामा रहन लगाउनुभएको थियो ।
  • “ध्यान मग्‍न अवस्था” “दर्शन” भन्दा बेग्लै अवस्था हो । त्यसैले, यसलाई फरक किसिमले अनुवाद गरिनुपर्छ ।
  • पदावली “ध्यान मग्‍न अवस्थामा पुग्‍नु” को अर्थ हुन्छ‒ जागै रहँदा “अकस्मात् निदाएको जस्तो अवस्थामा हुनु ।”

(हेर्नुहोस्ः दर्शन)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १०:९-१२
  • प्रेरित ११:४-६

ध्वंस पार्नु, ध्वंस

परिभाषा:

“ध्वंस पारिएको” वा “ध्वंस” भन्‍ने शब्दले कुनै पनि मानिसको सम्पत्ति वा जग्गा जमिन नियन्‍त्रणमा लिनु वा नष्‍ट गर्नु भन्‍ने बुझाउँछ ।

  • यो शब्दले गम्भीर तरिकाले र सम्पूर्ण रूपले नष्‍ट गर्नु भन्‍ने जनाउँछ ।
  • सदोम र गमोरामा बस्‍ने मानिसहरूको पापको कारण परमेश्‍वरले दण्डस्वरूप यी सहरहरूलाई सम्पूर्ण रूपले नष्‍ट गर्नुभयो ।

नजराना

परिभाषा:

नजराना खास गरी दुई मुलुकहरूबिच असल सम्बन्ध स्थापित गर्न र सुरक्षाको दृष्‍टिले एउटा शासकले अर्को शासकलाई दिने उपहार हो ।

  • नजरानाले सरकार वा शासकले जनताहरूबाट माग गर्ने शुल्क वा करलाई पनि जनाउन सक्छ ।
  • बाइबलको समयमा यात्रा गर्ने राजा वा शासकहरूले सुरक्षाको खातिर तिनीहरू यात्रा गरिरहेको क्षेत्रका राजालाई नजराना तिर्ने गर्थे ।
  • अक्सर नजरानामा रुपियाँ-पैसाका अतिरिक्‍त खाना, मर मसला, महङ्गा वस्‍त्रसाथै महङ्गा धातुहरू (उदाहरणको लागि, सुन) जस्ता अन्य थोकहरू पनि पर्थे ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “नजराना” लाई “औपचारिक उपहार” वा “विशेष कर” वा “माग गरिएको भुक्‍तानि” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः कर, करहरू)

बाइबलका सन्दर्भहरूः


नम्र, नम्रताले

परिभाषा:

“नम्र” तथा “नम्रता” भन्‍ने शब्दले गरिबी वा सानो प्रतिष्‍ठाको भनी बुझाउँछ । येशूले आफैँलाई नम्र पारेर तल्लो वा सानो प्रतिष्‍ठाको मानिस तथा सेवक बनाउनुभयो । उहाँको जन्म नै नम्र किसिमको थियो किनकि उहाँ दरबारमा जन्मिनुभएन, तर गोठमा जन्मिनुभयो । “नम्रता” को निम्ति अर्को शब्द भनेको “शिष्‍ट” पनि हुन्छ । नम्र स्वभाव हुनु भनेको अहंकारको विपरित हो ।


नयाँ करार

परिभाषा:

“नयाँ करार” भन्‍ने शब्दले परमेश्‍वरले आफ्नो पुत्र येशू ख्रीष्‍टको बलिदानबाट उहाँको मानिस र परमेश्‍वर बीच भएको सम्झौतालाई बुझिन्छ ।

  • परमेश्‍वरको “नयाँ करारलाई” बाइबलको एउटा भागमा व्याख्या गरिएको छ जसलाई “नयाँ नियम” भनिन्छ ।
  • नयाँ करार, परमेश्‍वरले पुरानो नियममा इस्राएलीहरूसंग गर्नुभएको “पुरानो” वा “भुतपूर्व” करारको विपरित हो ।
  • नयाँ करार पुरानो करार भन्दा धेरै राम्रो छ, किनकी यो कुरा येशूको बलिदानमा आधारित छ, जुन कुरा मानिसका पापहरूको पूर्ण बलिदानको रुपमा भएको छ । पुरानो नियमको समयमा गरिएका बलिदानहरूले यस्तो गरेनन् ।
  • परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूको हृदयमा नयाँ करार लेखिदिनुभयो । यसको कारण तिनीहरू परमेश्‍वरको आज्ञा पालन गर्ने र पवित्र जीवन जिउनेहरू हुनेछन् ।
  • नयाँ करार, परमेश्‍वरले अन्त्यको समयमा आफ्नो राज्य यो पृथ्वीमा स्थापना गर्नुभएपछि पूरा हुनेछ । त्यो समयपछि हरेक कुराहरू फेरी पहिलेको जस्तै असल हुनेछन्, जसरी परमेश्‍वरले यो पृथ्वीलाई पहिलोपटक सृष्‍टि गर्नुहुँदा सबै कुराहरू असल थिए ।

अनुवाद सुझावहरू

  • “नयाँ करार” भन्‍ने शब्दलाई “नयाँ औपचारिक सहमती” वा “नयाँ समझदारी” वा “नयाँ सम्झौता” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • नयाँ भन्‍ने शब्दले “ताजा” वा “कुनै नयाँ किसिमको” वा यस्तै “अन्य” नयाँ कुराहरू भन्‍ने अर्थ दिन्छ ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • यर्मिया अगमवक्ताद्वारा परमेश्‍वरले नयाँ करार स्थापना गर्छु भनेर प्रतिज्ञा गर्नुभयो, तर सिनै पर्वतमा इस्राएलसंग गर्नुभएको प्रतिज्ञा जस्तो भने होइन । नयाँ करारमा, परमेश्‍वरले वहाँका नियमहरू मानिसहरूका हृदयमा लेखिदिनुहुनेछ, मानिसहरूले व्‍यक्‍तिगत रूपमा परमेश्‍वरलाई चिन्‍नेछन्, तिनीहरू परमेश्‍वरका मानिसहरू हुनेछन्, र परमेश्‍वरले तिनीहरूका पाप क्षमा गर्नुहुनेछ । यो नयाँ करारलाई मसीहले स्थापना गर्नुहुनेछ ।
  • मसीहको मृत्यु र पुनरुत्थानद्वारा, पापीहरूलाई बचाउने र नयाँ करारलाई स्थापना गर्ने योजनालाई परमेश्‍वरले पूरा गर्नुहुनेछ ।
  • अनि येशूले कचौरा लिएर भन्‍नुभयो, “यो पीऊ । यो तिमीहरूका पापहरूका निम्ति बगाइएको नयाँ करारमा मेरो रगत हो । तिमीहरूले हरेक पटक यो पिउने गर्दा मेरो सम्झनामा गर ।”
  • तर परमेश्‍वरले नयाँ करार स्थापना गर्नुभएको छ जो सबैको निम्ति हो । यस नयाँ करारको कारण, जुनसुकै जातीका मानिसहरूपनि येशू माथि विश्‍वास गरेर परमेश्‍वरको मानिस हुनसक्छ ।

नयाँ जुन (औंसी)

परिभाषा:

“नयाँ जुन” भनेको जुनले यो पृथ्वीको कक्षलाई घुम्‍न सुरू गर्दा देखिने पहिलो वा सुरूवातको अवस्था हो । यस अवस्थामा जुन पूर्णरूपमा अँध्यारो हुन्छ वा यसको किनारमा अर्द्धचन्द्र आकारको सानो चम्किलो प्रकाश हुन्छ ।

  • बाइबलमा, “नयाँ जुन” ले त्यो किनारमा अर्द्धचन्द्र आकारको सानो चम्किलो प्रकाश भएको अवस्थालाई जनाउँछ ।
  • नयाँ जुनले कुनै समयावधिको सुरूवातलाई जनाउँछ ।
  • इस्राएलीहरूले तुरही बजाएर नयाँ जुनको चाड मनाउँथे ।
  • बाइबलमा धेरैपटक यो शब्दले “महिनाको सुरूवात” भनेर जनाउँछ ।

नर्कट, नर्कटहरू

परिभाषा:

“नर्कट” ले पानीमा अर्थात् सामान्यतयाः नदी वा खोलाको किनारमा उम्रने लामो डाँठ भएको बिरुवालाई जनाउछ ।

  • सानो हुँदा मोशालाई लुकाइएका नील नदीको नर्कटलाई “निगालो” भनिन्थ्यो । तिनीहरू नदीको पानीमा अग्ला-अग्ला र खोक्रा डाँठ भएका बाक्लो समूहमा उम्रिन्थे ।
  • यी रेशादार बिरुवाहरू प्राचीन मिश्रीहरूले कागजहरू, टोकरीहरू, र डुँगाहरू बनाउन प्रयोग गर्थे ।
  • नर्कटका डाँठहरू लचकदार हुन्छन् र यसलाई हावालेसहजै बङ्ग्‍याउँछ ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्) (हेर्नुहोस्ः मिश्रा, मिश्री, मोशा, नील नदी, मिश्रको नदी) बाइबलका खण्डहरूः बाइबलका खण्डहरूः

  • मत्ती ११:७-८

नष्‍ट गर्ने, विनाश गर्ने

परिभाषा:

“विनाश गर्ने” शब्दावलीको शाब्दिक अर्थ “नाश गर्ने व्‍यक्‍ति” हुन्छ ।

  • पुरानो करारमा अरू मानिसहरूको विनाश गर्ने आक्रमणकारी सेनाहरूलाई जनाउनलाई यो शब्दावली प्रयोग गरिन्छ ।
  • “विनाशको पुत्र” लाई पनि “विनाश गर्ने” भनेर भनिन्छ किनकि यसको अर्थ पनि “नाश गर्ने मानिस” वा “मृत्यु र पीडा ल्याउने मानिस” हुन्छ । यसले शैतान वा उसलाई पछ्याउनेहरूलाई जनाउँछ ।
  • परमेश्‍वरले मिश्रका पहिले जन्मेका पुरुषहरूलाई मार्नलाई पठाइएको स्वर्गदूतलाई पनि “पहिले जन्मेका सन्तानलाई नष्‍ट गर्ने” भनेर चिनिन्छ । यो शब्दलाई “जेठो छोरालाई मार्ने स्वर्गदूत” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

नागरिक

परिभाषा:

नागरिक भनेको कुनै विशेष सहर, देश वा साम्राज्यमा बस्‍ने व्‍यक्‍ति हो । यसले खास गरी त्यस्तो व्‍यक्‍तिलाई जनाउँछ, जो त्यस ठाउँको कानुनी रूपमा मान्यता प्राप्‍त बासिन्दा हुन्छ ।

  • सन्दर्भमा आधारित रहेर यसलाई “बासिन्दा” वा “औपचारिक निवासी” भनी अनुवाद गर्न सकिन्छ ।
  • एउटा नागरिक कुनै क्षेत्रमा बसोबास गर्न सक्छ, जुन ठुलो राज्य वा साम्राज्यको भाग हुन्छ, जसलाई राजा, सम्राट् वा अन्य शासकले शासन गर्छ । उदाहरणको लागि, पावल रोमी साम्राज्यका नागरिक थिए, जुन धेरै बेग्लाबेग्लै प्रान्तहरू मिलेर बनेको थियो । पावल ती प्रान्तहरूमध्ये एउटामा बस्थे ।
  • आलङ्कारिक अर्थमा ख्रीष्‍टलाई ग्रहण गर्ने विश्‍वासीहरूलाई स्वर्गका “नागरिकहरू” भनिएको छ । यसो भन्‍नुको कारणचाहिँ कुनै दिन तिनीहरू त्यहाँ बस्‍नेछन् । देशको नागरिकजस्तै ख्रीष्‍टियानहरू परमेश्‍वरका राज्यका नागरिकहरू हुन् ।

नातेदार

परिभाषा:

नातेदार भनेको रगतको सम्बन्ध भएको व्‍यक्‍ति हो । “पुरुष नातेदार,” भन्‍ने शब्दले विशेष गरी पुरुष नातेदारलाई सङ्केत गर्दछ ।

  • नातेदार भन्‍नाले घनिष्‍टसम्बन्ध रहेको व्‍यक्‍तिलाई सङ्केत गर्दछ, जस्तै बाबाआमा, हजुरबाबाआमा वा नातेदार वा अलि टाढाको नातेदार काका, काकी वा अन्य ।
  • प्राचीन इस्राएलमा, यदि कुनै मान्छे मर्दथ्यो भने, उसको नजीकको पुरुष नातेदारले उसको विधवालाई विवाह गर्ने, सम्पत्तिको रेखदेख गर्ने तथा उसको वंशलाई कायम राख्‍ने अपेक्षा गरिन्थ्यो ।

नाश, निर्जन

परिभाषा:

कुनै कुरालाई नाश गर्नुको अर्थ त्यसलाई वास्ता नगरी फ्याँक्‍नु वा त्यसलाई अबुद्धिमतापूर्वक प्रयोग गर्नु हो । “नाश गरिएको कुरा” ले बर्बाद वा नष्‍ट भएको अवस्थालाई जनाउँछ ।

  • नाश भएको वस्तु वा “निर्जन” ले खालीपनलाई जनाउँछ, जस्तै कि बेकार भएको सहर जहाँ कोहीपनि वसोवास गर्दैनन् ।
  • कुनै सहर वा जमिनलाई “बर्बाद” गर्नु भनेको त्यसलाई नष्‍ट गर्नु हो ।

निगरानी गर्नु, पहरेदार

परिभाषा:

“निगरानी गर्नु” भन्‍ने वाक्यांशले कुनै कुरामाथि उत्सुकता साथ हेर्नु वा कुनै कुरालाई नजिकबाट वा ध्यानपूर्वक हेर्नु अर्थ दिन्छ । यस शब्दको धेरै आलंकारिक अर्थहरू हुन्छन्ः

  • “आफ्नो जीवन र सिद्धान्तलाई नजिकबाट निगरानी गर” भन्‍ने आज्ञाले बुद्धिमतापूर्वक जिउनु र झुटा शिक्षाहरू माथि विश्‍वास नगर्नु भन्‍ने अर्थ दिन्छ ।
  • “ध्यान दिएर हेर्नु” भन्‍ने वाक्यांशले कुनै खतरा वा हानिजन्य प्रभावबाट टाढा रहनु भन्‍ने अर्थ दिन्छ ।
  • “हेर्नु” वा “नजर लगाउनु” को अर्थ चनाखो हुनु वा पाप र दुष्‍टबाट बच्‍न होसियार हुनु हो । यसको अर्थ तयार हुनु पनि हुनसक्छ ।
  • “...माथि नजर लगाउनु” वा “नजिकबाट नजर लगाउनु” को अर्थ रक्षा गर्नु, सुरक्षा दिनु वा कोही वा कसैको हेरविचार गर्नु भन्‍ने हो ।
  • “निगरानी गर्नु” लाई “नजिकबाट ध्यान दिनु”, “सावधान हुनु” वा “धेरै विचारशील हुनु” वा “होसियार हुनु” भनेर अनुवाद गर्न सकिन्छ ।

निद्रा, निदाएको, निदाउनु

परिभाषा:

यी शब्दहरूका मृत्युको सम्बन्धमा आलङकारिक अर्थहरू छन् ।

  • “सुत्‍नु” वा “मस्त निगाउनु” भन्‍ने शब्दहरू “मृत हुनु” को निम्ति एउटा आलङकारिक अर्थ हुन सक्छ । (हेर्नुहोस्ः अलङकार)
  • “निदाउनु” भन्‍ने वाक्य पद्धतिले कोही सुत्‍न थालेको क्षणलाई वा यसको आलङकारिक अर्थमा कोही मरेको क्षणलाई जनाउछ ।
  • “पिताहरूसँगै सुत्‍नु” को अर्थ कसैको पुर्खाहरूझैँ मर्न भन्‍ने हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • केही सन्दर्भहरूमा “सुत्‍नु” वा “निदाउनु” भन्‍न शब्दहरूलाई “मर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “निदाउनु” लाई “अचानक निदाउनु” वा “सुत्‍न सुरु गर्नु” वा “मर्नु” भनी सन्दर्भअनुसार अनुवाद गर्न सकिन्छ ।
  • नोटः श्रोताहरुले अर्थ नबुझेका सन्दर्भहरूमा आलङकारिक अभिव्यक्‍तिनै कायम गर्नु महत्त्वपूर्ण हुन्छ । उदाहरणको लागि, येशूले लाजरस “सुतिरहेका” छन् भनी उहाँका चेलाहरूलाई भन्‍नु हुँदा, उनीहरूले उनी स्वभाविकरूपमा नै निदाइरहेका छन् भन्‍ने उनीहरूले बुझे । यो सन्दर्भमा, “उनी मरे” भनेर अनुवाद गर्दा अर्थ दिँदैन ।
  • यदि लक्षित भाषामा “सुत्‍नु” वा “निदाउनु” भन्‍ने वाक्य पद्धतिले अर्थ दिँदैन भने कुनै भाषाहरूमा मृत्यु वा मर्नुको निम्ति प्रयोग गर्न सकिने अरू वाक्य पद्धतिहरू हुन सक्छन् ।

बाइबलका खण्डहरूः

  • १ राजा १८:२७-२९
  • १ थेसलोनिकी ०४:१३-१५
  • प्रेरित ०७:५९-६०
  • दानिएल १२:१-२
  • भजनसंग्रह ०४४:२३-२४
  • रोमी १३:११-१२

निन्दा गर्नु

परिभाषा:

निन्दा गर्नु भनेको त्यो व्यक्‍तिको चरित्र वा व्यवहारको आलोचना गर्नु वा अनुचित ठान्‍नु हो । निन्दा कुनै पनि व्यक्‍तिबारेकको नकरात्मक टिप्पणी हो ।

  • कुनै पनि व्यक्‍तिलाई “निन्दारहित” वा “निन्दाबाहिरको” वा “निन्दाविहीन” भन्‍नु, त्यो व्यक्‍तिले परमेश्‍वरलाई आदर दिने तवरले व्यवहार गर्छ, र उनको आलोचना गर्ने थोरै वा कुनै पनि कुरा छैन भन्‍ने हो ।
  • “निन्दा” लाई “शर्म” वा “अपमान” भनेर पनि अनुवाद गर्न सकिन्छ । यसकारण, कसैको निन्दा गर्नु भनेको तिनीहरूमाथि शर्म वा अपमान ल्याउनु हो ।

बाइबलका खण्डहरूः

  • १ तोमोथी ०५:७-८
  • १ तिमोथी ०६:१३-१४
  • मत्ती ०५:११-१२

निन्दा गर्नु, निन्दा गर्ने

परिभाषा:

निन्दा गर्नुको अर्थ अर्को व्यक्‍तिको बारे नकरात्मक अर्थात् बद्‍नाम गर्ने कुराहरू भन्‍नु हो ।

  • निन्दा सत्य प्रतिवेदन वा झुटा दोष हुनसक्छ, तर यसको असरचाहिँ अरूहरूलाई त्यो व्यक्‍तिको बारे नकरात्मक थोक सोच्‍न लगाउनु हो ।
  • “निन्दा गर्नु” लाई यसरी अनुवा दगर्न सकिन्छः “विरुद्धमा बोल्नु” वा “खराब खबर फैलाउनु” वा “बद्‍नाम गर्नु” ।
  • निन्दा गर्नेलाई “जानकारीकर्ता” वा “कुरौटे” पनि भनिन्छ ।

(हेर्नुहोस्ः इश्‍वरनिन्दा, इश्‍वरनिन्दा गर्नु) बाइबलका खण्डहरूः

  • मर्कूस ०७:२०-२३

निभाउनु

परिभाषा:

“निभाउनु” को अर्थ निस्तेज पार्नु वा तृप्‍त हुन खोजिरहेको कुनै थोकलाई रोक्‍नु हो ।

  • यो शब्दलाई प्रायः तिर्खालाई तृप्‍त पार्ने सन्दर्भमा प्रयोग गरिन्छ ।
  • यो आगो निभाउने कार्यको लागि पनि प्रयोग गर्न सकिन्छ ।
  • तिर्खा र आगो दुवैलाई पानीले निभाउँछ ।

बाइबलका खण्डहरूः

  • यशैया ०१:३१

नियति, अघिबाटै नियुक्त गरिएको, भविष्यमा हुने कुराको निर्क्यौल

परिभाषा:

“नियति” वा “अघिबाटै नियुक्त गरिएको” भन्‍नाले मानिसहरूको भविष्यमा हुने कुरालाई जनाउँछ । यदि कुनै मानिसलाई कुनै कुरा गर्नको लागि अघिबाटै नियुक्त गरिएको छ भने यसले उक्त व्‍यक्‍तिले भविष्यमा गर्ने कुराको निर्णय भइसकेको छ भन्‍ने कुरालाई जनाउँछ ।

  • इस्राएल र यहूदा राज्यले परमेश्‍वरको आज्ञा पालना गरेनन् । त्‍यसैले, उनीहरूको नियति वा परमेश्‍वरले राखिदिनुभएको कुरा बेबिलोनद्वारा गरिने निर्वासन थियो ।
  • प्रत्येक मानिसको लागि दुईटा कुराहरू निश्‍चित गरिएका छन् कि त ऊ अनन्तसम्म येशूसँग रहन्छ या त अनन्तको लागि येशू विना नरकमा जान्छ ।
  • बप्‍तिस्मा दिने यूहन्‍नालाई परमेश्‍वरको राज्यको बारेमा प्रचार गर्नको लागि नियुक्त गरिएको थियो, जसले मानिसहरूलाई या त परमेश्‍वरलाई इन्कार गर्न या त पश्‍चात्ताप गरेर फर्कनलाई बाध्य पार्थे । परमेश्‍वरले यूहन्‍नाले त्यो गर्नेछन् भनेर अघिबाटै नियुक्त गर्नुभएको थियो ।
  • यहूदा नाश गरिनको लागि “अघिबाटै नियुक्त गरिएको थियो” । यो उसको विद्रोहको कारणले हुने थियो । परमेश्‍वरलेनै उसलाई यस्तो सजाय दिने निर्णय गर्नुभयो ।

नियम, नियमहरू

परिभाषा:

नियम मानिसहरूलाई जिउनलाई मार्गदर्शन दिने लिखित कानुन हो ।

  • “नियम” शब्द “अध्यादेश” वा “आज्ञा” वा “कानुन” वा “आदेश” को अर्थसँग मिल्छ । यी सबैमा परमेश्‍वरले मानिसहरूलाई दिनुभएको निर्देशनहरू र शर्तहरू पर्छन् ।
  • राजा दाऊद याह्वेको नियममा आनन्दित हुन्थे भनी बताउँछन् ।
  • “नियम” लाई “निदिष्‍ट आज्ञा” वा “निर्दिष्‍ट आदेश” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः आज्ञा, आज्ञा गर्नु, हुकुम, आदेश, व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, याह्वेको व्यवस्था, अध्यादेश) बाइबलका खण्डहरूः


नियुक्त गर्नु

परिभाषा:

नियुक्त गर्नु भनेको कुनै व्‍यक्‍तिलाई औपचारिक रूपमा बिशेष भूमिकामा नियुक्त गर्नु हो । यसले औपचारिक रूपमा नियम बनाउनु वा आदेश दिनु भन्‍ने कुरालाई पनि जनाउँछ ।

  • “नियुक्त गर्नु” भन्‍ने शब्दले प्राय कुनै व्‍यक्‍तिलाई पूजाहारी, सेवक, वा गुरूको रूपमा नियुक्त गर्ने कुरालाई जनाउँछ ।
  • परमेश्‍वरले हारून र उनको वंशलाई पुजाहारीहरू हुनको निम्ति नियुक्त गर्नुभयो ।
  • यसबाट कुनै कुरालाई विधिवत रूपमा शुरू गर्नु वा स्थापना गर्नु भन्‍ने कुरा पनि बुझिन्छ, जस्तै कुनै धार्मिक समारोह वा प्रतिज्ञा पत्र ।
  • सन्दर्भ अनुसार, “नियुक्त गर्नु” भन्‍ने शब्दलाई “जिम्मा लगाउनु” वा “नियुक्ती दिनु” वा “आदेश दिनु” वा “नियम बनाउनु” वा “स्थापना गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

नियुक्त गर्नु, नियुक्त गरिएको

परिभाषा:

शब्दहरू “नियुक्त गर्नु” वा “नियुक्त गरिएकोले” ले कुनै विशेष काम गर्न कसैलाई दिइने जिम्मालाई जनाउँछन् ।

  • राजा शाऊलले इस्राएलका उत्कृष्‍ट जवान मानिसहरूलाई सेनामा सेवा गर्न “नियुक्त गर्ने थिए” भनी शमूएल अगमवक्ताले भविष्यवाणी गरे ।
  • मोशाले इस्राएलका बाह् कुलमध्ये हरेकलाई कनान देशको कुनै भाग “नियुक्त गरिदिए” अर्थात् दिए, ताकि तिनीहरू त्यहाँ बस्‍न सकून् ।
  • पुरानो करारको व्यवस्थामुनि इस्राएलका निश्‍चित कुलहरू पूजाहारी, कलाकार, गायककार र निर्माणकर्ताहरूको रूपमा नियुक्त गरिन्थे ।
  • सन्दर्भमा आधारित रहेर “नियुक्त गर्नु” लाई “दिनु” वा “सुम्पनु” वा “... को लागि छान्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “नियुक्त गरिएको” लाई “जिम्मेवारी सुम्पिएको” वा “काम दिइएको” भनी अनुवाद गर्न सकिन्छ ।

निरीक्षक

परिभाषा:

“निरीक्षक” शब्दले निरीक्षण गर्न व्‍यक्‍ति वा कुनै काम वा अरू मानिसहरूको कल्याणको जिम्मा पाएको व्‍यक्‍तिलाई जनाउँछ ।

  • पूरानो नियममा, निरीक्षकको काम भनेको तिनको अधीनमा कार्य गर्नेहरूले ठिकसँग काम गरे कि गरेनन् भनेर जाँच्‍ने थियो ।
  • नयाँ नियममा, यो शब्दलाई शुरूका मण्डलीहरूका अगुवाहरूलाई वर्णन गर्न प्रयोग गरिएको छ । तिनीहरूका काम भनेको विश्‍वासीहरूका आत्मिक आवश्यकताहरू के-के छन् भनेर निरीक्षण गर्ने र त्यसलाई पूरा गर्ने थियो, र विश्‍वासीहरूले सही बाइबलीय शिक्षा पाइरहेका छन् भनेर पनि तिनीहरूले निश्‍चय गर्नुपर्थ्यो ।
  • पावलले निरीक्षकलाई गोठालो रूपमा जनाउन खोजेका छन, जसले स्थानीय मण्डलीहरूमा विश्‍वासीहरूको हेरचाह गर्छन्, जो तिनका “बगाल” हुन् ।
  • निरीक्षक, एउटा गोठालो हुन्, जसले आफ्नो बथानको हेरचाह गर्दछन् । तिनले विश्‍वासीहरूलाई गलत आत्मिक शिक्षा र अन्य दुष्‍टकुराहरूको असरबाट बचाउँछ ।
  • येशूलाई मण्डलीहरूका मुख्य निरीक्षक भनेर बर्णन गरिएको छ ।
  • बाइबलले “निरीक्षक” “एल्डर”, र “गोठालो/पास्टर” भन्‍ने शब्दले एउटै आत्मिक अगुवाहरूलाई जनाउने भिन्‍न तरिकाहरू हुन् भनेर संकेत गर्दछ ।

अनुवाद सुझावहरू

  • यो शब्दलाई “पर्यवेक्षक” वा “रेखदेख गर्ने व्‍यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यस शब्दले परमेश्‍वरका मानिसहरूको स्थानीय समूहका गतिविधिहरूलाई निरीक्षण गर्ने कामलाई जनाओस् भनेर स्पष्‍ट गर्नको निम्ति, “आत्मिक निरीक्षण”, वा “विश्‍वासीहरूका समूहका आत्मिक आवश्यकताहरूको ख्याल राख्‍ने व्‍यक्‍ति” वा “मण्डलीका आत्मिक आवश्यताहरूको निरीक्षण गर्ने व्‍यक्‍ति” जस्ता वाक्यांशहरू प्रयोग गर्न सकिन्छ ।

निर्देशन दिनु, निर्देशन

परिभाषा:

शब्दहरू “निर्देशन दिनु” र “निर्देशन” ले के गर्ने भन्‍ने सम्बन्धमा दिइने विशेष आदेशलाई जनाउँछन् ।

  • येशूले चेलाहरूलाई मानिसहरूलाई वितरण गर्न रोटी र माछा दिनुहुँदा त्यो कसरी गर्ने भने उहाँले तिनीहरूलाई विशेष निर्देशनहरू दिनुभयो ।
  • सन्दर्भमा आधारित रहेर “निर्देशन दिनु” लाई “बताउनु” वा “अगुवाइ गर्नु” वा “सिकाउनु” वा “आदेश दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “निर्देशन” लाई “आदेश” वा “व्याख्या” वा “तिमीलाई उसले गर्नु भनेको कुरो” भनी अनुवाद गर्न सकिन्छ ।
  • यहोवेको सन्दर्भमा प्रयोग गरिँदा “निर्देशन” को अर्थ “आदेश” वा “आज्ञा” पनि हुन सक्छ ।

(हेर्नुहोस्ः आदेश, आदेश दिनु, आज्ञा, सिकाउनु, शिक्षण, शिक्षक)

बाइबलका सन्दर्भहरूः

  • मत्ती १०:५-७
  • मत्ती ११:१-३
  • हितोपदेश ०१:२८-३०

निर्दोष ठहराउनु

परिभाषा:

क्रियामूल “निर्दोष ठहराउनु” को अर्थ हुन्छः दोष लगाइएको व्‍यक्‍ति अवैधानिक वा अनैतिक व्यवहारको दोषी छैन भनी औपचारिक रूपमा घोषणा गर्नु ।

  • बाइबलमा पापीहरूलाई क्षमा दिने सम्बन्धमा कहिले काहीँ यसको प्रयोग गरिएको छ ।
  • अक्सर सन्दर्भचाहिँ गलत किसिमले निर्दोष ठहराउने मानिसहरूको विषयमा हो, जो दुष्‍ट छन् र परमेश्‍वरको विरुद्धमा जान्छन् ।
  • यसलाई “निर्दोष घोषणा गर्नु” वा “दोषी छैन भनी न्याय गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

निर्वास, निर्वासन

परिभाषा:

“निर्वास” र “निर्वासन” शब्दहरूले मानिसहरूलाई पक्राउ गरी तिनीहरू बस्‍न नचाहने ठाउँ (जस्तैः विदेशी मुलुक) मा तिनीहरूलाई जबरजस्ती बस्‍न लगाउने कामलाई जनाउँछन् ।

  • यहूदा राज्यका इस्राएलीहरूलाई बेबिलोनी राज्यमा ७० वर्षसम्म निर्वासनमा राखियो ।
  • निर्वासनमा लैजाने मानिसहरू वा मुलुकको लागि निर्वासितहरूले अक्सर काम गर्नुपर्ने हुन्थ्यो ।
  • दानिएल र नहेम्याह इस्राएली निर्वासितहरू थिए, जसले बेबिलोनी राजाको निम्ति काम गरे ।
  • “निर्वासनमा लिनु” कसैलाई पक्राउ गर्ने विषयमा व्यक्त गर्ने अर्को टुक्‍का हो ।
  • “तिमीलाई निर्वासनमा लैजानु” भन्‍ने अभिव्‍यक्‍तिलाई “तिमीलाई जबरजस्ती निर्वासितको रूपमा जिउन लगाउनु” वा “कैदीको रूपमा अर्को देशमा लैजानु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आलङ्कारिक अर्थमा हरेक विचारलाई “निर्वासनमा लिई” त्यसलाई ख्रीष्‍टप्रति आज्ञाकारी बनाउनुपर्छ भनी प्रेरित पावल ख्रीष्‍टियानहरूलाई बताउँछन् ।
  • पापले एउटा व्‍यक्‍तिलाई कसरी “निर्वासनमा लैजान” सक्छ भन्‍ने विषयमा पनि तिनले बताएका छन् । यसको अर्थ हुन्छ, कि ऊ पाप “बाट नियन्‍त्रित” छ ।

निर्वासन, निर्वासित

परिभाषा:

मानिसहरूलाई आफ्नो देशभन्दा बाहिर बस्‍न बाध्य पारिने कामलाई “निर्वासन” भनिन्छ ।

  • मानिसहरूलाई सजायको लागि वा राजनीतिक कारणले निर्वासनमा पठाइन्छ ।
  • युद्धमा जितेका मानिसहरूलाई जित्‍ने देशका आमाले निर्वासित बनाएर लाने गर्थे र काम लगाउने गर्थे ।
  • “बेबिलोनी निर्वासन” बाइबल इतिहासको एउटा कालखण्ड हो जुनबेला यहूदामा बसोबास गर्ने यहूदीहरूलाई बेबिलोनमा बस्‍न बाध्य पारिएको थियो ।
  • निर्वासनमा भएका व्‍यक्‍तिहरूलाई “निर्वासितहरू” भनिन्छ, जो आफ्नो देशबाट टाढा हुन्छन् ।

निल्नु, हसुर्नु

परिभाषा:

“हसुर्नु” भन्‍ने शब्दले एकदमै आक्रामक तरिकाले वा हतारमा खानु भन्‍ने जनाउँछ ।

  • पावलले यो शब्दको आलंकारिक प्रयोग गर्दै विश्‍वासीहरूलाई एकअर्कालाई ननिल भनेका छन्, यसको अर्थ एक अर्कालाई वचनले र कामले आक्रमण नगर्नु भन्‍ने लाग्छ (गलाती ५:१५) ।
  • “निल्ने/हसुर्ने” शब्दको प्रयोग एक राष्‍ट्रले अर्को राष्‍ट्रलाई निल्ने कामलाई वा त्यहाँका मानिसहरूलाई निल्ने र भवनहरूलाई नष्‍ट गर्ने कामलाई जनाउन आलंकारिक रुपले गरिन्छ, जसले “पूर्ण नष्‍ट गर्नु” भन्‍ने अर्थ पनि दिन्छ ।
  • यो शब्दलाई “पूर्ण रुपले उपभोग गर्नु” वा “पूर्ण रुपले नष्‍ट पार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

निश्‍चितता, निश्‍चित

परिभाषा:

शब्दहरू “निश्‍चितता” र “निश्‍चित” ले कुने कुरो साँचो हो वा पक्‍का हुनेछ भन्‍ने कुरोलाई जनाउँछ । तिनमा साहसपूर्वक वा निर्भीकतासाथ कुनै कुरो गर्ने अर्थ पनि हुन सक्छ ।

  • परमेश्‍वरले कहिल्यै झुट नबोल्नुहुने भएकोले र उहाँले सधैँ आफ्नो वचन पुरा गर्नुहुने भएकोले विश्‍वासीहरू उहाँका प्रतिज्ञाहरूमा निश्‍चित हुन सक्छन् ।
  • कठिन कुराहरू आइपर्दा निश्‍चितताले परमेश्‍वरमा भर पर्छ ।
  • कुनै कुरो निश्‍चय नै हुनेछ भन्‍ने बोधको अर्थसहित अन्य अङ्ग्रेजी संस्करणहरूमा अक्सर “आशा” को रूपमा उल्लिखित शब्दको अनुवाद गर्न युएलबी बाइबलमा “निश्‍चितता” को प्रयोग गरिएको छ ।
  • अक्सर “निश्‍चितता” शब्दले खास तवरले परमेश्‍वरका पक्‍का प्रतिज्ञाहरूलाई जनाउँछ । विशेष गरी येशूमा ग्रहण गर्ने सबै विश्‍वासी कुनै दिन स्वर्गमा सदासर्वदा परमेश्‍वरसित हुनेछ भन्‍ने निश्‍चयतालाई यसले जनाउँछ ।
  • “परमेश्‍वरमा निश्‍चितता हुनु” को अर्थ हुन्छ‒ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुरा प्राप्‍त गर्न वा अनुभव गर्न पूर्ण रूपमा अपेक्षा गर्नु ।

अनुवादका लागि सुझावहरूः

  • “निश्‍चित” शब्दलाई “विश्‍वस्त” वा “निकै पक्‍का” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “निश्‍चित हुनुहोस्” लाई “पूर्णतः भरोसा गर्नुहोस्” वा “बारेमा पूर्णतः पक्‍का हुनुहोस्” वा “कुनै कुरो हुनेछ भनी विनाशङ्का थाहा पाउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “निश्‍चितता” लाई “पूर्ण भरोसा” वा “पक्‍का अपेक्षा” वा “निश्‍चित प्रतीक्षा” वा “निश्‍चित अपेक्षा” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, आशा, भरोसा, भरोसायोग्य, भरोसायोग्यता)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०३:१९-२२
  • १ पत्रुस ०३:१५-१७
  • अय्यूब ०४:४-६
  • फिलिप्पी ०१:२५-२७
  • हितोपदेश १४:२६-२७
  • रोमी ०५:१-२

निष्कासन गर्नु

परिभाषा:

“निष्कासन गर्नु” को अर्थ हुन्छ‒ मुख्य समूहबाट हटाउनु, निकाल्नु वा एकलो बनाउनु । यसले पापको कारणले ईश्‍वरीय न्यायस्वरूप मारिने कार्यलाई पनि जनाउन सक्छ ।

  • पुरानो करारमा परमेश्‍वरको आज्ञा उल्लङ्घनले उहाँका मानिसहरू र उहाँको उपस्थितिबाट निष्कासनमा पुर्‍याउँथ्यो वा अलग गरिन्थ्यो ।
  • गैरइस्राएली जातिहरूले परमेश्‍वरको आराधना नगरेकाले वा उहाँप्रति आज्ञाकारी नभएकाले र तिनीहरू इस्राएलका शत्रुहरू भएकाले उहाँले तिनीहरूलाई “निष्कासन गर्नुहुने थियो” वा नष्‍ट गरिदिनुहुने थियो भनी उहाँले बताउनुभयो ।
  • परमेश्‍वरले नदी बहनबाट रोक्‍न लगाउनुभएको कार्यलाई जनाउन पनि यसको प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • “निष्कासित” लाई “निकालिएको” वा “हटाइएको” वा “बाट अलग गरिएको” वा “मारिएको” वा “नष्‍ट गरिएको” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “निष्कासन गर्नु” लाई “नष्‍ट पार्नु” वा “हटाउनु” वा “बाट अलग गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पानीको प्रवाहलाई निष्कासन गरिएको सन्दर्भमा यसलाई “रोकियो” वा “प्रवाह हुनबाट रोकियो” वा “विभाजन गरियो” भनी अनुवाद गर्न सकिन्छ ।
  • कुनै कुरोलाई चक्‍कुले काट्नु (निष्कासन गर्नु) भन्‍ने शाब्दिक अर्थलाई यसको आलङ्कारिक प्रयोगबाट छुट्टयाइनुपर्छ ।

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १७:१२-१४
  • न्यायकर्ता २१:६-७
  • हितोपदेश २३:१७-१८

निष्खोट

परिभाषा:

“निष्खोट” शब्दको शाब्दिक अर्थ हुन्छ‒ “खोट नभएको ।” ह्दयदेखि नै परमेश्‍वरको आज्ञा मान्‍ने व्यक्‍तिलाई जनाउन यस शब्दको प्रयोग गरिन्छ, तर यसको अर्थ त्यो व्यक्‍ति पापरहित छ भन्‍ने होइन ।

  • अब्राहाम र नोआलाई परमेश्‍वरका सामु निष्खोट ठानियो ।
  • “निष्खोट” भएको ख्याति कमाउने व्यक्‍तिले परमेश्‍वरलाई आदर गर्ने हिसाबले व्यवहार गर्छ ।
  • एउटा पदअनुसार निष्खोट व्यक्‍ति “त्यो हो जो परमेश्‍वरदेखि डराउँछ र दुष्‍ट्याइँबाट फर्कन्छ ।”

अनुवादका लागि सुझावहरूः

  • यसलाई “उसको चरित्रमा दोष नभएको” वा “परमेश्‍वरप्रति पूर्णतः आज्ञाकारी” वा “पापलाई हटाउने” वा “दुष्‍ट्याइँबाट अलग रहने” भनी अनुवाद गर्न सकिन्छ ।

(बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०२:१०-१२
  • १ थेसलोनिकी ०३:११-१३
  • २ पत्रुस ०३:१४-१६
  • कलस्सी ०१:२१-२३
  • उत्पत्ति १७:१-२
  • फिलिप्पी ०२:१४-१६
  • फिलिप्पी ०३:६-७

नोकर, दास, दासत्व

परिभाषा:

नोकर भनेको अर्को व्यक्‍तिको निम्ति आफ्नै इच्छाले वा बलजफ्तिले काम गर्ने हो ।” दास” को अर्थ पनि “नोकर” हुन सक्छ । त्यो सन्दर्भमा कुन शब्द बढी मिल्छ भन्‍ने वरिपरिका खण्डहरूले स्पष्‍ट पार्छन् ।

  • बाइबलको समयमा नोकर वा दास तिनीहरूका मालिकका घरनाका महत्त्वपूर्ण हिस्सा थिए, र धेरैले तिनीहरूलाई परिवारका सदस्यहरू जस्तै व्यवहार गर्थे । पुरानो करारमा कसैले जीवनकाल भरि नै उसको मालिकको नोकर बन्‍नलाई रोज्‍न सक्थ्यो ।
  • दास त्यसले काम गर्ने व्यक्‍तिको सम्पत्ति हुने किसिमको नोकर हो । दास किन्‍ने व्यक्‍तिलाई उसको “स्वामी” वा “मालिक” भनिन्छ । केही मालिकहरूले उनीहरूका दासहरूसँग निर्दयतापूर्वक व्यावहार गर्छन, जब कि अरू मालोकहरूले राम्रो व्यवहार गर्थे ।
  • प्राचीन समयमा केही मानिसहरू उनीहरूले ऋण लिएका व्यक्‍तिको ऋण तिर्नलाई पनि स्वेच्‍छाले दास बन्थे ।
  • काहिले काहीँ बाइबलमा “म तपाईंको दास” भने वाक्यंशलाई आदर र सेवाको संकेतको रूपमा पनि प्रयोग गरिएको छ ।
  • पुरानो करारमा ‍परमेश्‍वरका अगमवक्‍ताहरू र परमेश्‍वरका आराधना गर्ने मानिसहरूलाई प्रायः उहाँका “दासहरू” का रूपमा जनाइन्थ्यो ।
  • नयाँ करारमा, ख्रीष्‍टमा विश्‍वासद्वारा परमेश्‍वरको आज्ञा पालन गर्ने मानिसहरूलाई उहाँका “सेवकहरू” भनिन्छ । एउटा दासले उनका मालिकको आज्ञा पालन गर्ने प्रतिबद्धता जनाए जस्तै परमेश्‍वरका आज्ञा पालन गर्ने प्रतिबद्धतासँग तुलना गर्ने अलङ्कारको रूपमा ख्रीष्‍टियनहरूलाई “धार्मिकताका दास” पनि भनिन्छ ।

(हेर्नुहोस्ः सेवा गर्नु) बाइबल खण्डहरूः

  • प्रेरित ०४:२९-३१
  • प्रेरित १०:७-८
  • कलस्सी ०१:७-८
  • कलस्सी ०३:२२-२५
  • उत्पत्ति २१:१०-११
  • लूका १२:४७-४८
  • मत्ती १०:२४-२५
  • मत्ती १३:२७-२८
  • मर्कूस ०९:३३-३५

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०६-०१) अब्राहाम धेरै वृद्ध भएर उनका छोरो इसहाक वयस्क हुँदा, उनले उनका एक जना नोकरलाई उनका छोरोका निम्ति पत्‍नी खोज्‍नलाई उनका नातेदारहरू भएका भूमीतिर पठाए ।
  • (०८-०४) दास व्यपारीहरूले योसेफलाई एक जना धनी सरकारी अधिकृतकहाँ दासको रूपमा बेचे ।
  • (०९-१३) “मैले (परमेश्‍वर) तँलाई (मोशा) मिश्रको दास्त्वमा भएका इस्राएलीहरूलाई तिनीहरूका दासत्वबाट निकल्न सक भनी फारोकहाँ पठाउनेछु ।”
  • (१९-१०) एलियाले प्रर्थना गरे, “हे याह्वे, अब्राहाम, एसहाक र याकूबका परमेश्‍वर तपाईं इस्रएलका परमेश्‍वर हुनुहुन्छ र म तपाईंको दास हुँ भन्‍ने आज हामीलाई देखाउनुहोस् ।”
  • (२९-०३) “नोकरले उसको ऋण तिर्न नसकेको हुनाले, राजाले भने ‘उसको ऋण चुक्‍ता गर्को लागि यो मानिस र यसको परिवारलाई बेच’ ।”
  • (३५-०६) “मेरा पिताका सबै नोकरहरुलाई खानलाई प्रशस्त छ, तैपनि मचाहिँ यहा भोकै छु ।”
  • दसिनी उनीहरू हिड्दा चिच्याइरहिन्, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकाहरू हुन् ।”
  • (५०-०४) येशूले पनि भन्‍नुभयो, “नोकर उसका मालिकभन्दा महान् हुदैन ।”

न्यायकर्ता

परिभाषा:

नागरिक, कानुनी वा आत्मिक विषयहरूमा के ठिक र के बेठिक भनी निधो गर्ने व्यक्‍ति नै न्यायकर्ता हो ।

  • बाइबलमा अक्सर परमेश्‍वरलाई न्यायकर्ता भनी उल्लेख गरिएको छ, किनकि उहाँ एक सिद्ध न्यायकर्ता हुनुहुन्छ जसले के ठिक र के बेठिक हो भन्‍ने विषयमा अन्तिम निर्णय गर्नुहुन्छ ।
  • इस्राएलीहरू प्रतिज्ञात देशमा प्रवेश गरेपछि र तिनीहरूका बिचमा राजाहरू हुनुभन्दा पहिले परमेश्‍वरले सङ्कष्‍टको घडीमा तिनीहरूलाई अगुवाइ गर्न न्यायकर्ताहरू नियुक्‍त गर्नुभयो । अक्सर न्यायकर्ताहरूले इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट छुटाउँथे ।

(हेर्नुहोस्ः न्यायकर्ता, न्याय)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ०४:६-८
  • लूका ११:१८-२०
  • लूका १२:१३-१५
  • लूका १८:१-२
  • मत्ती ०५:२५-२६
  • रूथ ०१:१-२

न्यायसङ्गत (कानुनी)

परिभाषा:

यदि नियम वा सम्झौताअनुरूप कुनै कुरा गरिएको छ भने, त्यो न्यायसङ्गत (कानुनी) हुन्छ । बाइबलमा कुनै कुरा “न्यायसङ्गत” छ भनी भनिएको छ भने, त्यो कुरा परमेश्‍वरको नैतिक व्यवस्था वा मोशाको व्यवस्था तथा यहूदी व्यवस्थाद्वारा स्वीकृत छ भन्‍ने बुझिन्छ । “न्यायसङ्गत” भन्‍ने शब्दलाई “स्वीकृत” वा “कानुनी” वा “परमेश्‍वरको व्यवस्था अनुसार,” वा “हाम्रो व्यवस्था अनुरूप रहेको” भनी अनुवाद पनि गर्न सकिन्छ ।


पक्‍का गर्नु, पक्‍का

परिभाषा:

शब्दहरू “पक्‍का गर्नु” वा “पक्‍का” ले कुनै कुरो साँचो छ वा निश्‍चित छ वा भरोसायोग्य छ भनी बताउनु हो ।

  • पुरानो करारमा परमेश्‍वर आफ्ना मानिसहरूलाई भन्‍नुहुन्छ, कि उहाँले आफ्नो करार तिनीहरूसित “पक्‍का गर्नुहुनेछ ।” यसको अर्थ हुन्छ, कि उहाँले त्यस करारमा गर्नुभएका प्रतिज्ञाहरू उहाँले पुरा गर्नुहुनेछ भनी उहाँ भन्दै हुनुहुन्छ ।
  • राजाको “पक्‍का गरिएको” छ भन्दा यसको अर्थ हुन्छ, कि उसलाई राजा बनाउने निर्णयमा सहमत भएको छ र जनताहरूद्वारा त्यसको समर्थन गरिएको छ ।
  • कसैले लेखेको कुरालाई पक्‍का गर्नुको अर्थ लेखिएको कुरो साँचो छ भनी उल्लेख गर्नु हो ।
  • सुसमाचारको “पक्‍का” को अर्थ हुन्छ, कि येशूको बारेमा भएको शुभ खबर मानिसहरूलाई यसरी सिकाउनुपर्छ कि यो साँचो हो भनी तिनीहरूले देख्‍न सकून् ।
  • “पक्‍का” हो भनी शपथ खानुको अर्थ हुन्छ, कि कुनै कुरो साँचो वा भरोसोयोग्य छ भनी गम्भीर रूपमा कसम खानु हो ।
  • “पक्‍का गर्नु” लाई सन्दर्भमा आधारित रहेर “सत्यताको रूपमा व्यक्त गर्नु” वा “भरोसायोग्य छ भनी प्रमाणित गर्नु” वा “... सित सहमति जनाउनु” वा “निश्‍चित गर्नु” वा “प्रतिज्ञा गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।

पक्‍डनु\पक्रनु

परिभाषा:

“पक्‍डनु” भनेको कसैलाई वा कुनै कुरालाई बलले लिनु वा कब्जा गर्नु हो । यसको अर्थ कसैलाई पराजित गर्नु र नियन्‍त्रण गर्नु पनि हुन्छ ।

  • जब सहरलाई सेनाकोबलमा कब्जा गरिन्थ्यो, सिपाहीहरूले तिनीहरूले जितेका मानिसहरूका बहुमूल्य थोकहरू जफत गर्थे ।
  • आलङ्कारिक रूपमा प्रयोग गर्दा, एक जनालाई “डरले समात्थ्यो” । यसको तात्पर्य त्यो व्यक्‍तिलाई अचानक “डरले पराजित गर्नु” हो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ “अचानक भयभित धेरै डरायो” ।
  • एक जना महिलालाई प्रसव वेदना “लग्‍नु” भन्‍ने सन्दर्भमा, यसको अर्थ पीडाहरू अचानक र असहाय बनाउने भन्‍ने हो ।
  • यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ “को नियन्‍त्रणमा लिनु” वा “अचानक लिनु” वा “पक्रनु” ।
  • “समात्यो र तिनीसँग सुत्यो” भन्‍ने अभिव्‍यक्‍तिलाई “तिनीमाथि आफैँले बलजफ्ति गरे” वा “तिनलाई बलात्कार गरे” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • लूका ०८:२८-२९
  • मत्ती २६:४७-४८

पग्लनु

परिभाषा:

“पग्लनु” भन्‍ने शब्दले कुनै थोकलाई तताउँदा त्यो वस्तु तरल बन्‍ने कामलाई जनाउँछ । यसलाई आलंकारिक रूपमा पनि प्रयोग गरिन्छ ।

  • विभिन प्रकारका धातुहरूलाई तताएर पगालिन्छ र साँचाहरूमा ढालेर हतियार वा मूर्तिहरू बनाइन्छ ।
  • मैन बत्ती बल्दा, यसको मैन पग्लन्छ र तपतप झर्छ । प्राचीन समयमा, प्रायः चिठी-पत्रहरूको किनारमा पग्लेको मैन चुहाएर सिलबन्दी गरिन्थ्यो ।
  • “पग्लनु” को आलंकारिक अर्थ पग्लेको मैन जस्तै कोमल र कम्जोर बन्‍नु भन्‍ने हो ।
  • “तिनीहरूका हृदयहरू पग्लनेछन्” भन्‍ने वाक्यांशको अर्थ तिनीहरू डरको कारण कमजोर हुनेछन् भन्‍ने हो ।
  • “तिनीहरू पग्लेर जानेछन्” भनी आलंकारिक अभिव्यक्त्तिको अर्थ तिनीहरू त्यहाँबाट जान बध्य हुनेछन् वा तिनीहरू कमजोर देखिनेछन् र पराजित भएर जान बाध्य हुनेछन् भन्‍ने हुन्छ ।
  • “पग्लनु” लाई “तरल बन्‍नु” वा “तरल बनाउनु” वा “तरल बन्‍न लगाउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “पग्लनु” का आलंकारिक अर्थहरूलाई अनुवाद गर्ने अन्य तरिका भनेका “नरम बन्‍नु” वा “कमजोर बन्‍नु” वा “पराजित हुनु” हुन सक्छन् ।

पठाउनु, बाहिर पठाउनु

परिभाषा:

“पठाउनु” भनेको कसैलाई वा कुनै थोकलाई कहीँ जान लगाउनु हो ।” बाहिर पठाउनु” भनेको कसैले त्यो व्यक्‍तिलाई काम वा मिशनमा जानलाई भन्‍नु हो ।

  • सामान्यतयाः कसैलाई बाहिर पठाउनुमा उद्देश्य हन्छ । प्रायः “बाहिर पठाइने” व्यक्‍तिलाई एउटा निर्दिष्‍ट कामको निम्ति नियुक्‍त गरिएको हुन्छ ।
  • “जारी पठाउनु” वा “विपत्ति पठाउनु” जस्ता वाक्यांशहरूका अर्थ “आउन लगाउनु” भनेको हो । यस्ता किसिमका अभिव्यक्‍तिहरू सामान्यतयाः यी कुराहरूलाई हुन लगाउने परमेश्‍वरको सन्दर्भमा प्रयोग गरिन्छ ।
  • “पठाउनु” भन्‍ने शब्दावली “वचन पठाउनु” वा “सन्देश पठाउनु” भन्‍ने अभिव्यक्‍तिहरूमा पनि प्रोयोग गरिन्छ, जसको अर्थ कोही अरूहरूलाई भन्‍नलाई खबर दिनु भन्‍ने हुन्छ ।
  • कसैलाई जनावर वा अन्य उपाहारहरू पठाउनु भन्‍नुको अर्थ कसैलाई त्यो थोक दिनु हो, सामान्यतयाः त्यो व्यक्‍तिले पाउनलाई केही दुरी पाः र गर्छ ।

(हेर्नुहोस्ः अन्य) बाइबलका खण्डहरूः

  • प्रेरित ०७:३३-३४
  • प्रेरित ०८:१४-१७
  • मत्ती ०९:३७-३८
  • मत्ती १०:५-७
  • मत्ती १०:४०-४१
  • मत्ती २१:१-३

पत्र, प्रेरितीयपत्र

परिभाषा:

सामान्यतया लेखकबाट टाढा रहेका व्‍यक्‍ति वा समूहलाई लेखिएको लिखित सन्देशलाई पत्र भनी भनिन्छ । तर प्रेरितीयपत्र भनेको विशेष किसिमको अधिकार भएको पत्र हो र यस्ता पत्रहरू औपचारिक रूपले राम्रोसँग शैलीबद्ध ढंगले विशेष उद्देश्यसाथ लेखिन्छ; जस्तैः सिकाउनको लागि । नयाँ नियमको समयमा, यस्ता पत्रहरूलाई पशुका छालाहरू वा पातहरूमा लेखिन्थ्यो । रोमी साम्राज्यका विभिन्‍न सहरहरूमा भएका प्रारम्भिक इसाईहरूलाई उत्साह तथा हौसला दिनको लागि, नयाँ नियमको समयमा पावल, यूहन्‍ना, यहूदा तथा पत्रुसले यस्ता पत्रहरू लेखेका थिए ।


परम्परा

परिभाषा:

परम्पराले लामो समयदेखिको चालचलन र अभ्यासहरूलाई जनाउँछ, जुन पछिल्ला पुस्ताका मानिसहरूलाई हस्तान्तरण गरिन्छ ।

  • यहूदीहरूले अभ्यास गरेका अधिकांश परम्पराहरू पुरानो करारको व्यवस्थाद्वारा माग गरिएको थिएन, तर समयको मार्गमा ती धार्मिक अगुवाहरूद्वारा थपिए ।
  • केही पदहरूमा “मानिसहरूका परम्पराहरू” वा “मानवीय परम्पराहरू” भनी लेखिएको छ, जसले प्रस्ट पार्छ कि यसले थपिएका यहूदी परम्पराहरूलाई मात्र जनाउँछ, परमेश्‍वरको व्यवस्थालाई होइन ।
  • कहिले काहीँ “परम्परा” शब्दलाई निकै सामान्य तवरले प्रयोग गरिएको छ, जसमा परमेश्‍वरले चाहनुभएको व्यवस्था र मानव निर्मित धार्मिक परम्पराहरू पर्छन् ।
  • आज ख्रीष्‍टियान मण्डलीहरूले अभ्यास गर्ने धेरै परम्पराहरू धर्मशास्‍त्रअनुसार छैनन्, तर ती ऐतिहासिक रूपमा स्वीकार गरिएका चालचलन र अभ्यासहरूको नतिजा हुन् ।

(हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवेको व्यवस्था)

बाइबलका सन्दर्भहरूः

  • २ थेसलोनिकी ०३:६-९
  • कलस्सी ०२:८-९
  • गलाती ०१:१३-१४
  • मत्ती १५:१-३
  • मर्कूस ०७:२-४

पराधीन, पराधीनतामा हुनु, को पराधीनतामा

परिभाषा:

“पराधीन” ले कसेको अधिनको मातहत रहने कुरालाई जनाउछ ।” पराधीनतामा हुनु” भनेको “आज्ञा पालन गर्नु” वा “को अधिकारमा रहनु” भन्‍ने आज्ञा हो ।

  • “को अधीनतामा राख्‍नु” ले मानिसहरूलाई अगुवा वा शासकको अधिकारमा रहनु लागउनुलाई जनाउछ ।
  • “कसैलाई केही थोकको अधीनमा राख्‍नु” को अर्थ त्यो व्यक्‍तिलाई दण्ड जस्ता केही नकरात्मक थोकको अनुभव गर्न लागाउनु भन्‍ने हुन्छ ।
  • कहिले काहीँ अङ्ग्रेजीमा यसलाई कुनै थोकको विषय वा केन्द्र भएको जनाउन पनि प्रयोग गरिन्छ, जस्तै “तिमी हाँसोको विषय हुनेछौ” ।
  • “को पराधीनतामा हुनु” को अर्थ “अधीनतामा हुनु” वा “को अधीनमा रहनु” जस्तै हुन्छ ।

(हेर्नुहोस्ः अधीनमा रहनु, अधीनतामा) बाइबलका खण्डहरूः


परामर्श, परामर्शदाता, सल्लाह, सल्लाहकार

परिभाषा:

शब्दहरू “परामर्श” र “सल्लाह” को अर्थ उही हुन्छ, र यी शब्दहरूले निश्‍चित परिस्थितिमा के गर्ने भन्‍ने सम्बन्धमा बुद्धिमानीपूर्वक निर्णन लिन कसैलाई मदत गर्ने विषयमा बताउँछन् ।

  • राजाहरूसित अक्सर औपचारिक सल्लाहकार वा परामर्शदाताहरू हुन्छन्, र आफूले शासन गरिरहेका मानिसहरूलाई प्रभाव पार्ने महत्त्वपूर्ण विषयहरूबारे निर्णय लिन ती परामर्शदाताहरूले राजाहरूलाई सहयोग गर्छन् ।
  • कहिले काहीँ दिइएको सल्लाह वा परामर्श असल हुँदैन । दुष्‍ट सल्लाहकारहरूले राजालाई यस्तो आदेश दिन लगाउँछन् वा काम गर्न लगाउँछन् जसले जनताहरूलाई हानि पुर्‍याउनेछन् ।
  • सन्दर्भमा आधारित रहेर “सल्लाह” वा “परामर्श” लाई “निर्णय लिनमा गरिने सहायता” वा “चेताउनी” वा “अर्ती” वा “मार्गदर्शन” भनी अनुवाद गर्न सकिन्छ ।
  • क्रियापद “परामर्श दिनु” लाई “सल्लाह दिनु” वा “सुझावहरू दिनु” वा “अर्ती दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “सल्लाह” भनेको “परिषद्” भन्दा बेग्लै शब्द हो, जसले मानिसहरूको समूहलाई जनाउँछ भनी याद गर्नुहोस् ।

परिवार

परिभाषा:

बाइबलिय परिवार भन्‍नाले विवाहद्वारा जोडिएको समुदाय वा आजको सयुंक्त परिवारलाई बुझाउँछ ।

  • हिब्रू परिवार, आराधना र शिक्षालाई परम्पराको रूपमा एक पुस्तादेखि अर्को पुस्तामा सिकाउँदै आएको एक धार्मिक समुदाय थियो ।
  • प्राय गरेर बुबा परिवारको प्रमुख व्‍यक्‍ति हुन्थे ।
  • नोकर चाकर, रखौटी र विदेशीहरूलाई पनि परिवारको सदस्यको रूपमा लिइने गरिन्थ्यो ।
  • कुनै-कुनै भाषाहरूमा फराकिलो अर्थ लाग्‍ने “कूल” वा “घराना” जस्ता शब्दहरूको प्रयोग गरिन्छ । अभिभावक र छोराछोरीहरू बाहेकका मानिसहरूलाई पनि परिवारको रूपमा लिने परम्परा भएको समाजमा यो शब्द प्रयोग गर्न सान्दर्भिक नै हुन्छ ।

परिषद्

परिभाषा:

परिषद् महत्त्वपूर्ण विषयहरूबारे छलफल गर्न, सरसल्लाह गर्न र निर्णय लिन जम्मा हुने मानिसहरूको समूह हो ।

  • साधारणतया परिषद् विशेष उद्देश्यको लागि औपचारिक र केही हदसम्म स्थायी तरिकाले गठन गरिएको हुन्छ, जस्तैः वैधानिक विषयहरूबारे निर्णय लिन ।
  • सर्वाधिक महत्त्वपूर्ण यहूदी परिषद्लाई महासभा भनेर पनि चिनिन्थ्यो । महासभामा ७० जना सदस्य हुन्थे, जसमा मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्‍त्रीहरू, फरिसीहरू र सदूकीहरूजस्ता यहूदी अगुवाहरू पनि समावेश हुन्थे ।
  • सुसमाचार प्रचार गरेकोले पक्राउ पर्दा प्रेरित पावललाई रोमी परिषद्सामु ल्याइयो ।
  • सन्दर्भमा आधारित रहेर “परिषद्” शब्दलाई “वैधानिक भेला” वा “राजनीतिक भेला” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “परिषद्‍मा हुनु” को अर्थ हुन्छः कुनै निर्णय लिन विशेष बैठकमा हुनु ।
  • ख्याल गर्नुहोस्, कि यो “परामर्श दिनु” भन्दा फरक शब्द हो, जसको अर्थ हुन्छः “सल्लाह दिनु ।”

पर्दा

परिभाषा:

बाइबलमा “पर्दा” शब्दले पवित्र वासस्थान र मन्दिर निर्माणमा प्रयोग गरिएको ज्यादै बाक्लो, गर्‍हुङ्गो सामग्रीको टुक्रालाई जनाउँछ ।

  • छाना र किनारहरूका लागि चार तहका पर्दाहरूको प्रयोग गरी पवित्र वासस्थानको निर्माण गरिएको थियो । यी पर्दाका ढकनीहरू वस्‍त्र वा जनावरका छालाहरूबाट बनाइएका थिए ।
  • पवित्र वासस्थानको आँगन वरिपरिको भित्ताको निर्माणको लागि पनि वस्‍त्रका पर्दाहरू बनाइएका थिए । यी पर्दाहरू “मलमल” को कपडाबाट बनाइएका थिए, जुन सनपाटबाट बनेका हुन्थे ।
  • पवित्र वासस्थान र मन्दिरको भवन दुवैमा पवित्रस्थान र महा-पवित्रस्थानको बिचमा बाक्लो पर्दा झुण्ड्याइएको हुन्थ्यो । येशू मर्नुहुँदा यही पर्दा आश्‍चर्यपूर्ण तवरले दुई भागमा च्यातिएको थियो ।

पवित्र

परिभाषा:

“चढाइएको” शब्दले परमेश्‍वरलाई आदर गर्नलाई अलग गरिएको र पवित्र केही त्यस्तै कुरालाई जनाउछ ।

  • धर्मशास्‍त्र परमेश्‍वरको वचन भएकोले पवित्र हो ।
  • शबाथ परमेस्‍वरको विश्राम गर्ने दिन भएकोले पवित्र हो ।
  • पवित्रस्थान परमेश्‍वर उहाँका मानिसहरूसँग भेट्ने हुनाले पवित्र थियो ।
  • “पवित्र” मानिएको वस्तुको मूल्य थियो, किनभने तिनीहरू परमेश्‍वरको निम्ति प्रयोग गर्न अलग गरिएको छ ।
  • यो शब्दलाई झुटा देवताहरू पूजा गर्नको निम्ति प्रयोग गरिने धर्मिक वस्तुहरूको वर्णन गर्न पनि प्रयोग गर्न सकिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यस शब्दलाई अनुवाद गर्न सकिने अन्य शब्दहरूमा “अर्पण गरिएको” वा “अलग गरिएको” वा “समर्पण गरिएको” पर्छन् ।
  • केही सन्दर्भहरूमा परमेश्‍वरको प्रयोग र आदरको निम्ति अलग गरिएको अर्थमा पनि अनुवाद गर्न सकिन्छ ।
  • यो शब्दचाहिँ मानिसहरूको निम्ति होइन, सदैव वस्तुहरू निम्ति प्रयोग गरिन्छ भन्‍ने कुरा ख्याल गर्नुहोस् ।

(हेर्नुहोस्ः पवित्र, पवित्रता, अर्पण गर्नु)


पवित्र सहर

परिभाषा:

बाइबलमा पदावली “पवित्र सहर” ले यरूशलेम सहरलाई जनाउँछ ।

  • प्राचीन यरूशलेम सहरसाथै परमेश्‍वर बस्‍नुहुने र आफ्ना मानिसहरूका बिचमा उहाँले शासन गर्ने नयाँ स्वर्गीय यरूशलेमलाई जनाउन यसको उल्लेख गरिएको छ ।
  • यसलाई “पवित्र” र “सहर” शब्दलाई जोडेर पनि अनुवाद गर्न सकिन्छ, जस्तो बाँकी अनुवादमा गरिएको छ ।

(हेर्नुहोस्ः सहर, स्वर्ग, आकाश, स्वर्गहरू, स्वर्गीय, पवित्र, यरूशलेम)

बाइबलका सन्दर्भहरूः

  • मत्ती ०४:५-६
  • मत्ती २७:५१-५३

पहिराउनु, पहिराइएको

परिभाषा:

बाइबलमा आलङ्कारिक रूपमा प्रयोग गर्दा “ले पहिराउनु” को अर्थ हुन्छ‒ कुनै कुरोले सुसज्जित पार्नु । कुनै कुरोले कसैलाई “पहिराउनु” को अर्थ हुन्छः निश्‍चित विशेषता प्राप्‍त गर्न खोज्‍नु ।

  • त्यसै गरी, पहिराउने कुरो तपाईंको शरीरको लागि बाहिरी हो र यो सबैको लागि दृश्यवान् हुन्छ । तपाईंलाई कुनै विशेषताले “पहिराउँदा” अरूहरूले यसलाई प्रस्ट रूपमा देख्‍न सक्छन् । “आफैलाई दयाले पहिराउनु” को अर्थ हुन्छ, कि तपाईंका क्रियाकलापहरू दयाद्वारा यसरी चित्रित होऊन् कि हरेकले यसलाई सजिलैसित देख्‍न सकोस् ।
  • “माथिबाटको शक्‍ति पहिराइनु” को अर्थ हुन्छः तपाईंलाई शक्‍ति दिइनु ।
  • नकारात्मक अनुभवहरू व्यक्‍ति गर्न पनि यसलाई प्रयोग गरिएको छ, जस्तैः “लाजले पहिराउनु” वा “भुलले पहिराउनु ।”

अनुवादका लागि सुझावहरूः

  • सम्भव भएसम्म “ले आफैलाई पहिराउनु” अलङ्कारलाई शाब्दिक रूपमा नै राख्‍नु उत्तम हुन्छ । यदि यसले कपडा पहिरने कुरोलाई उल्लेख गर्दै छ भने यसलाई “लगाउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • त्यसले सही अर्थ दिँदैन भने “ले पहिराउनु” लाई “देखाउनु” वा “प्रदर्शन गर्नु” वा “ले भर्नु” वा “विशेषता धारण गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “ले आफैलाई पहिराउनु” लाई “ले आफैलाई ढाक्‍नु” वा “देख्‍ने गरी व्यवहार गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • लूका २४:४८-४९

पहिलो फल

परिभाषा:

“पहिलो फल” भन्‍नाले फसलको समयमा बटुलेको फलफूल र तरकारीहरूको पहिलो भागलाई जनाउँछ ।

  • इस्राएलीहरूले पहिलो फाल परमेश्‍वरलाई बलिदानको रूपमा चढाउँने गर्थे ।
  • बाइबलमा पहिले जन्मेको छोरोलाई परिवारको “पहिलो फल” लाई जनाउनको लागि आलंकारिक रूपमा प्रयोग गरिएको पाइन्छ । परिवारको नाम र सम्मानलाई जोगाइराख्‍ने काम पहिलो जन्मेको छोरोको नै हुन्थ्यो ।
  • येशू मृत्युबाट जीवित हुनु भएको कारण उहाँमा सुतेकाहरूमा उहाँ “पहिलो फल” हुनुहुन्छ, जो कुनै दिन जीवनमा फर्कनेछन् ।
  • येशूमा विश्‍वास गर्ने मानिसहरूलाई पनि सम्पूर्ण “सृष्‍टिको पहिलो फल” भनिन्छ । यो उहाँमा विश्‍वास गर्ने, उद्धार पाएका र उहाँका मानिसहरूहरूलाई दिइएको विशेष अधिकार र पद हो ।

पहिलो सन्तान, ज्येष्‍ठपुत्र

परिभाषा:

“पहिलो सन्तान” ले जनावर र मानिसको पहिले जन्मेको सन्तानलाई बुझाउँछ ।

  • बाइबलमा “पहिलो सन्तान” ले पहिलो छोरोलाई जनाउँछ ।
  • बाइबलको समयमा पहिले जन्मेको छोरोले प्रतिष्‍ठा पाउँथ्यो र अन्य छोराहरू भन्दा दोब्बर सम्पत्तिको उत्तराधिकारी हुन्थ्यो ।
  • प्राय गरेर परमेश्‍वरलाई बलिदान चढाउँनको लागि पहिले जन्मेको भाले जनावरको प्रयोग गरिन्थ्यो ।
  • यसको आलंकारिक प्रयोग पनि गरिन्छ । उदाहरणको लागिः इस्राएल राज्यलाई परमेश्‍वरको पहिलो सन्तान भनिएको छ किनकि परमेश्‍वरले यस राज्यलाई अरूलाई भन्दा विशेष मौका दिनुभयो ।
  • परमेश्‍वरका पुत्र येशूलाई परमेश्‍वरको पहिलो पुत्र भनिएको कारण उहाँको सबैभन्दा ठुलो महत्त्व र अधिकारको कारणले नै हो ।

पाउदान

परिभाषा:

बसेको बेलामा खुट्टा राख्‍नको लागि प्रयोग गरिने सामग्रीलाई “पाउदन” भनिन्छ । कुनै तल्लो तहको कुरा र समर्पणलाई जनाउनको लागि पनि यसको आलंकारिक प्रयोग गरिन्छ ।

  • बाइबलको समयका मानिसहरूले खुट्टालाई कम आदरको मान्थे । यसैले पाउदान माथि खुट्टा राखिएको हुनाले यसलाई झनै कम आदरको वस्तु मानिन्‍थ्यो ।
  • परमेश्‍वरले “म मेरा शत्रुहरूलाई मेरा खुट्टाको पाउदान बनाउँछु” भन्‍नुहुँदा, उहाँले आफ्ना विरोधीहरूमाथिको शक्‍ति, नियन्‍त्रण र विजयको घोषणा गर्दै हुनुहुन्छ । यसपछि उनीहरू नम्र तुल्याइन्छन् र परमेश्‍वरको इच्छा पुरा गर्न तयार हुने अवस्थामा पुर्याइन्छन् ।
  • “परमेश्‍वरको पाउदानमा आराधना गर्नु” भन्‍नाले उहाँ आफ्नो सिंहासनमा बस्‍नु भएको बेला उहाँको अगाडि झुक्‍नु भन्‍ने बुझिन्छ । यसले परमेश्‍वरप्रति प्रकट गरिएको विनम्रता र आज्ञापालनलाई जनाउँछ ।
  • दाऊद मन्दिरलाई परमेश्‍वरको “पाउदान” भन्छन् । यसले आफ्ना मानिसहरूमाथिको उहाँको सर्वाधिकारलाई जनाउँछ । यसले परमेश्‍वर आफ्नो सिंहासनमा बस्‍नुभएको र उहाँको खुट्टा पाउदानमा राखिएको कुरालाई पनि देखाउन सक्छ, जसले सबै कुरा उहाँका अधीनमा छ भन्‍ने देखाउँछ ।

पाउनु

परिभाषा:

सामान्यतयाः “पाउनु” को अर्थ कुनै पनि दिइएको, प्रस्ताव गरिएको वा प्रस्तुत गरिएको कुरालाई स्वीकार गर्नु हो ।

  • “उसले जे गरेको थियो, त्यसको निम्ति उसले दण्ड पायो” भन्‍नेमा जस्तो “पाउनु” को अर्थ भोग्‍नु वा अनुभव गर्नु भन्‍ने पनि हुनसक्छ ।
  • कुनै व्यक्‍तिलाई “पाउनु\आउन दिनु” मा विशेष अर्थ हुनसक्छ । उदाहरणको लागि पाहुनाहरू वा आगन्तुकहरू “पाउनु” को अर्थ तिनीहरूलाई स्वागत गर्नु र तिनीहरूसँग असल सम्बन्ध स्थापित गर्नको निम्ति तिनीहरूको सेवा सत्कार गर्नु हो ।
  • “पवित्र आत्माको वरदान पाउनु” को अर्थ हामीले पवित्र आत्मालाई हाम्रो जीवनम स्वागत गर्नु र उहाँलाई हामीमा र हामीद्वारा काम गर्न दिनु हो ।
  • “येशूलाई पाउनु” को अर्थ येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको मुक्‍तिको प्रस्तावलाई स्वीकार गर्नु हो

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार “पाउनु” लाई “स्वीकार गर्नु” वा “स्वागत गर्नु” वा अनुभव गर्नु” वा “दिइनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तिमीहरूले शक्‍ति पाउनेछौ” लाई “तिमीहरूलाई शक्‍ति दिइनेछ” वा “परमेश्‍वरले तिमीहरूलाई शक्‍ति दिनुहुनेछ” वा “तिमीहरूलाई (परमेश्‍वरद्वारा) शक्‍ति दिइनेछ” वा “परमेश्‍वरले पवित्र आत्मालाई तिमीहरूमा शक्‍तिशाली रूपमा का गराउनुहुनेछ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, प्रभु, मालिक, महाशय, बाचाउनु, सुरक्षा) बाइबलका खण्डहरूः

  • १ यूहन्‍ना ०५:९-१०
  • १ थेसलोनिकी ०१:६-७
  • १ थेसलोनिकी ०४:१-२
  • प्रेरित ०८:१४-१७
  • यर्मिया ३२:३३-३५
  • लूका ०९:५-६
  • मलाकी ०३:१०-१२
  • भजनसंग्रह ०४९:१४-१५

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२१-१३) मसीह सिद्ध अर्थात् पापरहित हुनुहुनेथियो भनी अगमवक्‍ताहरूले भने । उहाँ अरू मानिसहरूका पापको निम्ति दण्ड पाउनलाई मर्नुहुनेथियो । उहाँको दण्डले परमेश्‍वर र मानिस बिच शान्ति ल्याउने थियो ।
  • (४५-०५) स्तिफनस मर्नैलाग्दा, यसो भनेर चिच्‍याए, “येशू, मेरो आत्मा प्राप्‍त गर्नुहोस् ।”
  • (४९-०६) उहाँले (येशूले) भन्‍नुभयो, कि केही मानिसहरूले उहाँलाई पाउनेछन्, र बचाइनेछन्, तर अरूहरूलाई बाचइनेछैनन् ।
  • (४९-१०) येशू क्रुसमा मर्नुहुँदा, उहाँले तपाईंहरूको दण्ड पाउनुभयो ।
  • (४९-१३) येशमा विश्‍वास गर्ने र उहाँलाई उनीहरूका मालिकको रूपमा पाउने (ग्रहण गर्ने) हरेकलाई परेश्‍वरले बचाउनुहुनेछ ।

पानी, पानीहरू

परिभाषा:

“पानी” शब्दको मूल अर्थ भन्दा अतिरिक्त, यसले प्रायः पानीबाट बनेको आकृति जस्तै सागर, समुद्र, ताल, वा नदीलाई जनाउँछ ।

  • “पानीहरू” भन्‍ने शब्दले पानीको आकृति वा पानीको श्रोतहरूलाई जनाउँछ । पानीको ठुलो मात्रालाई जनाउने साधारण संकेत हुनसक्छ ।
  • “पानीहरू” लाई आलंकारिक रूपमा ठुलो पीडा, कठिनाइहरू, र भोगेका कष्‍टहरूलाई जनाउन प्रयोग गरिन्छ । उदाहरणको लागि, परमेश्‍वरले प्रतिज्ञा गर्नुहुन्छ कि हामी “पानीहरूबाट भएर जाँदा” वहाँ हामीसित रहनुहुनेछ ।
  • “धेरै पानीहरू” ले कठिनाइहरू कति ठुलो छ भन्‍ने कुरालाई जोड दिन्छ ।
  • पशु र अरू जन्तुहरूलाई “पानी दिनु” भनेको तिनीहरूका निम्ति “पानी उपलब्ध गराउनु” हो । बाइबलीय समयमा, पानी दिँदा इनारबाट बाल्टीको प्रयोग गरी पानी निकाल्ने र पशुप्राणीहरूलाई पिउन दिनको निम्ति एउटा गर्त वा अर्को भाँडोमा खन्याउने गरिन्थ्यो ।
  • पूरानो नियममा, परमेश्‍वरलाई वहाँको मानिसको निम्ति छहरा वा “जीवित पानीहरू” को फोहोराको रूपमा संकेत गरिएको छ ।
  • नयाँ नियममा, येशूले “जीवित पानी” भन्‍ने वाक्यांशलाई कुनै मानिसको जीवनलाई परिवर्तन गरी पवित्र आत्माद्वारा नयाँ जीवन दिने कुरालाई जनाउनको निम्ति प्रयोग गर्नुभयो ।

अनुवाद सुझावहरूः

  • “पानी तान्‍नु” भन्‍ने वाक्यांशलाई “इनारबाट बाल्टीले पानी तान्‍नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “तिनीहरूबाट जीवित पानीका खोलाहरू बग्‍नेछन्” भन्‍ने वाक्यांशलाई “पवित्र आत्माको शक्ति र आशिषहरू तिनीहरूबाट पानीका खोलाहरू झैँ बग्‍नेछन्” भनेर अनुवाद गर्न सकिन्छ । “आशिषहरू” को सट्टामा “वरदानहरू” वा “फलहरू” वा “परमेश्‍वरको जस्तै चरित्र” भन्‍ने शब्दहरू प्रयोग गर्न सकिन्छ ।
  • येशू इनारको छेऊमा सामरी स्‍त्रीसँग कुरा गरिरहनुहुँदा, “जीवित पानी” भन्‍ने वाक्यांशलाई “पानी जसले जीवन दिन्छ” वा “जीवन दिने पानी” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “पानीहरू” वा “धेरै पानीहरू” लाई “ठुलो दुःख (जसले पानी झैँ घेर्छ)” वा “भारी कठिनाइ” (पानीको बाढी झैँ) भनेर अनुवाद गर्न सकिन्छ ।

पाप बलि

परिभाषा:

पाप बलि पाप क्षमाको निम्ति गरिने बलिदान हो ।

  • हिब्रू ९:२२ ले भन्छ कि पापबाट शुद्ध हुनको निम्ति गरिएको पापको मूल्य चुकाउनलाई रगत बगाउनुपर्छ ।
  • पुरानो करारमा, जनावरहरूलाई पाप बलिको रूपमा बलि चढाउनु पर्थ्यो तर यओ बलिदानहरूले बारम्बार गर्थ्यो र यसले स्थायी रूपमा पापको क्षमा गर्न सकेन ।
  • नयाँ करारमा येशू सिद्ध पाप बलि हुनुभयो । क्रुसमाथिको उहाँको मृत्युले पापको दण्ड सदाको निम्ति तिरिदिनुभयो ।

(हेर्नुहोस्ः पाप, पापी, पाप गर्ने, पाप गरिरहने) बाइबलका खण्डहरूः


पाल

परिभाषा:

पाल ओसारपसार गर्न सकिने आश्रय-स्थल हो । यसलाई बुनेको बाक्लो कपडाबाट बनाइएको हुन्छ, जसले खम्बाहरूको संरचनालाई ढाक्‍नुका साथै यसलाई तिनैमा अड्काइएको हुन्छ ।

  • धेरै मानिसहरूका लागि पाल स्थायी वासस्थानको रूपमा प्रयोग गरिन्छ । उदाहरणको लागि, अब्राहामको परिवार धेरै वर्षसम्म ठुलोसाथै टिकाउ हुने पालहरूमा बसे ।
  • इस्राएलीहरू सीनैको उजाड-स्थानमा भौँतारिदा तिनीहरू पालहरूमा नै बस्थे ।
  • पवित्र वासस्थानको घर कपडाका पर्दाहरूबाट बनेका पर्खालहरू भएको एउटा विशाल पाल थियो ।
  • सुसमाचार बाँड्दै एउटा सहरदेखि अर्को सहरमा जाँदा प्रेरित पावलले आफ्नै पालन-पोषणको लागि रुपियाँ-पैसा कमाउन पालहरू बनाउँथे ।
  • शब्द “पालहरू” लाई कहिले काहीँ मानिसहरू बसोबास गर्ने ठाउँलाई जनाउन आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । यसलाई “घरहरू” वा “वासस्थानहरू” वा “भवनहरू” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः अङ्गाङ्गी अलङ्कार)

(हेर्नुहोस्ः पर्दा, पवित्र वासस्थान, अब्राहाम, अब्राम, सीनै, सीनै पर्वत)


पाल्तु पशुहरू

परिभाषा:

“पाल्तु पशुहरू,” ले ती जनावरहरूलाई सङ्केत गर्दछ जुन मासु खान तथा अन्य प्रयोगकारी उत्पादनको निम्ति प्रयोग गरिन्छ । कतिपय यस्ता पशुहरूलाई काम गर्ने पशुहरूका रूपमा पनि तालिम दिइन्छ । यस्ता किसिमका पाल्तु पशुहरूमा भेडा, बाख्रा, गाई गोरु, घोडाहरू तथा गधाहरू पर्छन् । बाइबलीय समयमा, एउटा व्‍यक्‍तिको सम्पत्तिलाई ऊसँग भएको पशुहरूका आधारमा तौल्ने गरिन्थ्यो । यस्ता उत्पादनशील पशुहरूलाई ऊन, दूध, चिज, घिऊ, लत्ता कपडा आदिको निम्ति प्रयोग गरिन्छ । यसलाई “पालिने पशुहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।


पासो, जाल

परिभाषा:

“जाल” र “पासो” जनावरहरूलाई पक्रेर भग्‍न नदिनलाई प्रयोग गरिने साधन हो । सामान्यतयाः जाल वा पासोलाई लुकाएर राखिन्छ ताकि यो यसको सिकारमाथि अचानक आइपरोस् ।

  • यी शब्दहरूलाई आत्मिक मार्गमा एउटा व्यक्‍तिलाई अल्झाउने वा जालमा पार्ने कुनै पनि कुरालाई जनाउन पनि आलङ्कारिक रूपमा प्रयोग गरिन्छ ।
  • “पासो” को सामान्यतयाः डोरी वा तारको सुर्काउनी हुन्छ, जुन जनावरले टेक्दा यसको खुट्टालाई पासोमा पारेर तुरुन्तै कसिन्छ ।
  • “जाल” धातु वा काठको दुई भागहरु मिलेर बनेको हुन्छ, जुन जनावरको कुनै पनि शरीरको अङ्गलाई पक्रेर फुत्केर जान नदिनलाई एकै पटकमा छिटो र शक्‍तिकासाथ बन्द हुन्छन् ।
  • बाइबलमा पाप र परिक्षाहरू मानिसहरूलाई जालमा फसाउनलाई कसरी पासो जस्ता हुन्छन् भन्‍ने बारे बताउनलाई यी शब्दहरूलाई आलङ्कारिक रूपमा प्रयोग गरिएका छन् ।
  • शैतान र दुष्‍ट मानिसले मानिसहरूलाई पाप गर्न लगाउनलाई जाल र पासोहरू राख्‍न सक्छन् भनी बाइबलले बताउँछ ।
  • “जाल तयार पार्नु” को अर्थ कसैलाई जालमा पार्नलाई जाल तयार बनाउनु भन्‍ने हो ।
  • “जालमा पर्नु” को अर्थ कोही यसमा खसोस् भनेर खनिएको वा लुकाइएको गहिरो खाल्डो वा खाडलमा खस्‍नुलाई जनाउछ ।
  • आलङ्कारिक प्रयोगहरूमा गरिएको तुलना पासो वा जालमा परे जस्तै पाप वा परिक्षामा फस्‍ने कुरा चाँडो र बलजफ्तिसाथ आइपर्छ र पासोमा परेको व्यक्‍तिलाई अचानक लान्छ ।
  • पापको पासो वा जालमा परेको व्यक्‍तिप्रति यसको परिणाम अति हानिकारक हुन्छ ।

(हेर्नुहोस्ः परिक्षा गर्नु, परिक्षा, शैतान, दियाबलस, दुष्‍ट) बाइबलका खण्डहरूः

  • लूका २१:३४-३५

पिता, पूर्वज

परिभाषा:

शाब्दिक अर्थमा “पिता” शब्दले पुरुष अभिभावकलाई जनाउँछ । यो शब्दका अनेकौं आलंकारिक प्रयोगहरू पनि छन् ।

  • “पिता” र “पूर्वज” कुनै व्‍यक्‍ति वा समूहको पुर्खालाई जनाउनलाई प्रयोग गर्ने गरिन्छ । यसलाई “पुर्खा” वा “पिता पुर्खा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आलंकारिक रूपमा कसैलाई अगुवा वा कुनै कुराको स्रोत हो भन्‍ने देखाउनको लागि “को पिता” भन्‍ने अभिव्‍यक्‍ति प्रयोग गरिन्छ । उदाहरणको लागि, उत्पति ४ मा “पालमा बस्‍नेहरूका पिता” भनेर “पालमा बस्‍ने पहिला मानिसहरूका कुलका अगुवा” लाई भनिएको हो ।
  • पावलले आफूले सुसमाचार सुनाएर ख्रीष्‍टियान बन्‍न सहयोग गरेका मानिसहरूको लागि आफू एक आलंकारिक “पिता” भएको बताउँछन् ।

पीडा दिनु, पीडा

परिभाषा:

क्रियापद “पीडा दिनु” को अर्थ हुन्छ‒ कसैलाई दुःख दिनु वा हैरान पार्नु । “पीडा” रोग, भावनात्मक शोक वा यसबाट उत्पन्‍न हुने अन्य विपत्तिहरू हुन् ।

  • परमेश्‍वरका मानिसहरूले पश्‍चात्ताप गरी तिनीहरू उहाँकहाँ फर्कून् भन्‍ने हेतुले उहाँले तिनीहरूलाई रोग वा अन्य दुःखकष्‍टहरूले पीडा दिनुभयो ।
  • मिश्रीहरूका राजाले परमेश्‍वरको आज्ञा मान्‍न इन्कार गरेकाले परमेश्‍वरले तिनीहरूमाथि पीडा वा विपत्तिहरू ल्याउनुभयो ।

अनुवादका लागि सुझावहरूः

  • कसैलाई “पीडा दिनु” लाई “कसैलाई कष्‍टको अनुभव गर्न लगाउनु” वा “कसैलाई दुःख दिनु” वा “कसैको जीवनमा दुःखकष्‍ट आउनु दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • निश्‍चित सन्दर्भहरूमा “पीडा दिनु” लाई “हुन आउनु दिनु” वा “आउन दिनु” वा “दुःखकष्‍ट ल्याउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कसैलाई कुष्‍ठरोगले पीडा दिनु” भन्‍नेजस्ता पदावलीलाई “कसैलाई कुष्‍ठरोगले बिरामी पार्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • जब मानिसहरू वा जनावरहरूलाई “पीडा दिन” कुनै विपत्ति वा प्रकोप पठाइन्छ, तब यसलाई “दुःखकष्‍ट ल्याउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “पीडा” लाई “विपत्ति” वा “रोग” वा “दुःखकष्‍ट” वा “ठुलो आपत्” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः कुष्‍ठरोग, कुष्‍ठरोगी, कुष्‍ठरोगसम्बन्धी, दुःखकष्‍ट दिनु, दुःखकष्‍ट)

बाइबलका सन्दर्भहरूः

  • २ थेसलोनिकी ०१:६-८
  • आमोस ०५:१२-१३
  • कलस्सी ०१:२४-२७
  • प्रस्थान २२:२२-२४
  • उत्पत्ति १२:१७-२०
  • उत्पत्ति १५:१२-१३
  • उत्पत्ति २९:३१-३२

पुर्खाहरु

परिभाषा:

पुरानो करारमा “पुर्खाहरू” भन्‍नाले यहुदीका संस्थापकहरू-अब्राहाम, इसहाक र याकूबलाइ जनाउछ ।

  • यसले इस्राएलका १२ कुलहरुको १२ जना पुर्खाहरू बन्‍ने याकूबका छोराहरुलाई पनि जनाउछ ।
  • “पुर्खा” शब्दको अर्थ “पूर्वज” सँग मिल्छ, तर यसले विशेष गरी मानिसको समूहका धेरै परिचित अगुवाहरूलाई जनाउछ ।

(हेर्नुहोस्ः पितापुर्खा, पिता, पूर्वज) बाइबल खण्डहरूः

  • प्रेरित ०७:६-८
  • प्रेरित ०७:९-१०

पुस्ता

परिभाषा:

यो “पुस्ता” शब्दले उही समय अवधितिर जन्मेका मानिसहरूको समूहलाई जनाउँछ ।

  • माता पिताहरू र तिनीहरूका सन्तानहरू दुई ओटा बेग्लाबेग्लै पुस्ताबाट आउँछन् ।
  • पुस्ता कुनै एउटा समयको अवधि पनि हुन सक्छ । बाइबलको समयमा एउटा पुस्तालाई साधारणतया ४० वर्षको अवधि ठानिन्थ्यो ।
  • बाइबलमा उही किसिमका चरित्रहरू भएका मानिसहरूलाई जनाउन पनि “पुस्ता” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

पूर्वज्ञान

परिभाषा:

“पूर्वज्ञान” शब्द “पहिले नै थाहा पाउनु” भन्‍ने क्रियापदबाट आएको हो जसको अर्थ हुन्‍छ केही कुरा हुनुभन्दा अगाडि थाहा पाउनु ।

  • समयको दृष्‍तिकोणबाट परमेश्‍वार असीमित हुनु हुन्‍छ । उहाँलाई भूत, वर्तमान र भविष्यमा हुने सबै कुरा थाहा छ ।
  • येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गरेर बचाइने मानिसहरूको बारेमा परमेश्‍वरलाई पहिले नै थाहा हुन्छ भन्‍ने सन्दर्भमा यो शब्दको, प्रयोग गरिन्छ ।

पृथ्वी

परिभाषा:

“पृथ्वी” का धेरै अर्थहरू छन् ।

  • यसले मानव-जातिहरू र अन्य जीवहरू बस्‍ने संसारलाई जनाउँछ ।
  • जमिनलाई ढाक्‍ने माटोलाई पनि “पृथ्वी” भनिन्छ ।

प्रकाश

परिभाषा:

बाइबलमा प्रकाश भन्‍ने शब्दलाई विभिन्‍न प्रकारले साङ्केतिक अर्थमा प्रयोग गरिएको पाउँछौँ । यसलाई प्रायः धार्मिकताको, पवित्रताको तथा सत्यताको रूपकको रूपमा पनि प्रयोग गरिन्छ । (जस्तैः)

  • येशूले, “म संसारको ज्योति हुँ,” भन्‍ने अभिव्‍यक्‍तिद्वारा पापमय अन्धकारमा रहेका मानिसहरूलाई छुटकारा दिनको लागि परमेश्‍वरको साँचो सन्देशलाई लिएर यस संसारमा भएको कुरा बताउनुभयो ।
  • इसाईहरूलाई “ज्योतिमा हिँड्न” उत्साह दिइएको छ किनकि परमेश्‍वरले चाहनुभए अनुसार उनीहरूले जिउन् र दुष्‍टतालाई छोडून् भन्‍ने उहाँले चाहनुहुन्छ ।
  • “परमेश्‍वर ज्योति हुनुहुन्छ” र उहाँमा कत्ति पनि अँध्यारो छैन भनि प्रेरित यूहन्‍नाले उल्लेख गरे ।
  • ज्योति र अन्धकार भनेको पूर्ण रूपले विपरीत कुरो हो । अन्धकार भनेको प्रकाशको अनुपस्थिति हो ।
  • येशूले आफू “संसारको ज्योति” भएको कुरा उल्लेख गर्नुभयो र आफ्ना चेलाहरू पनि संसारमा ज्योति झैँ चम्किनुपर्ने बताउनुभयो किनकि त्यसरी मात्र परमेश्‍वर कतिको महान् हुनुहुन्छ भन्‍ने कुरा स्पष्‍ट हुन सक्छ ।
  • “परमेश्‍वरको ज्योतिमा हिँड्नु” भनेको सही र असल ढंगले परमेश्‍वरलाई मनपर्दो जीवन जिउनु हो । अन्धकारमा हिँड्नु भन्‍नाले परमेश्‍वरको विरुद्ध दुष्‍ट कामहरू गर्दै हिँड्नु हो ।

अनुवाद सुझावहरू

  • साङ्केतिक अर्थमा प्रयोग हुँदा पनि “प्रकाश” तथा “अन्धकार” लाई तिनीहरूका शाब्दिक अर्थमा नै प्रयोग गर्नु महत्वपूर्ण हुन्छ ।
  • पाठमा भएको तुलनालाई वर्णन गर्नु उपयुक्त हुन्छ होला । उदाहरणको लागि, “ज्योतिका सन्तान झैँ हिँड्,” भन्‍ने भनाइलाई “घामको ज्योतिमा खुल्ला प्रकारले हिँडे झैँ एउटा धर्मीजन झैँ खुल्लमखुल्ला प्रकारले जिउनु” भनि अनुवाद गर्न सकिन्छ ।
  • “प्रकाश” भन्‍ने शब्दले प्रकाश दिने वस्तुलाई सङ्केत गर्र्दैन । जस्तै कि बत्ती । यो शब्दको अनुवाद गर्दा यसले ज्योतिलाई सङ्केत गर्नुपर्दछ ।

प्रचार गर्नु

परिभाषा:

मानिसहरूको समूहलाई परमेश्‍वरको बारे सकाउँदै र उहाँको आज्ञा पालन गर्नलाई आग्रह गर्दै तिनीहरूसित बोल्नु ।

  • सामान्यतयाः प्रचार भनेको एक जनाले मानिसहरूका ठुलो समूहलाई गरिने कुरा हो ।
  • “प्रचार” र “शिक्षण” मिल्दोजुल्दो कुरा हुन् तर उही भने होइनन् ।” प्रचार” ले आत्मिक वा नैतिक सत्यतालाई सार्वजनिक रूपमा घोषणा गर्नु र मानिसहरूलाई प्रतिकृया दिनलाई आग्रह गर्नुलाई जनाउँछ ।” शिक्षण” ले शिक्षा अर्थात् सिक्‍नेलाई ज्ञान वा सीप दिनुलाई जोष दिन्छ ।
  • बप्‍तिस्मा दिने यूहन्‍ना, येशू, र प्रेरितहरूले प्रायः मानिसहरूले पश्‍चताप गरून् भनी तिनीहरूलाई प्रचार गरे ।

(हेर्नुहोस्ः यूहन्‍ना (बप्‍तिस्मा दिने), येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, परमेश्‍वरको राज्य, स्वर्गको राज्य) बाइबलाक खण्डहरूः

  • २ तिमोथी ०४:१-२
  • प्रेरित १०:४२-४३
  • प्रेरित १४:२१-२२
  • प्रेरित २०:२५-२७
  • लूका ०४:४२-४४
  • मत्ती ०३:१-३
  • मत्ती १२:४१
  • मत्ती २४:१२-१४

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२४-०२) उनले (यूहन्‍नाले) तिनीहरूलाई प्रचार गरे, “पश्‍चताप गर, किनभने परमेश्‍वरको राज्य नजिक छ ।”
  • (३०-०१) येशूले उहाँका प्रेरितहरूलाई धेरै विभिन्‍न गाउँका मानिसहरूलाई प्राचार गर्न पठाउनुभयो ।
  • (३८-०१) येशूले खुलमखुल्ला प्रचार गर्न सुरु गर्न थाल्नुभएको तिन वर्षपछि । उहाँले उहाँका चेलाहरूलाई भन्‍नुभयो, कि उहाँले यो निस्तार चाड तिनीहरूसँग यरूशेलममा मनाउन चाहेको, र उहाँलाई त्यहाँ मारिने थियो भनी उहाँले बताउनुभयो ।
  • (४५-०६) तरै पनि, तिनीहरू जहाँ-जहाँ गए तिनीहरूले येशूको बारे प्रचार गरे ।
  • (४५-०७) उनी (फिलिप) सामरिया गए जहाँ उनले येशूको बारेमा प्राचार गरे, र धेरै जनाले उद्धार पाए ।
  • (४६-०६) शाऊलले तुरुन्तै दमस्कसमा भएका यहूदीहरूलाई “येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ” भन्दै प्रचार गर्न सुरु गरे ।
  • (४६-१०) तब तिनीहरूले उनीहरूलाई अरू धेरै ठाउँहरूमा येशूको सुसमाचार प्राचार गर्न पठाए ।
  • (४७-१४) पावल र अरू ख्रीष्‍टियन अगुवाहरू येशूको सुसमाचार प्राचार गर्दै र सिकाउँदै धेरै सहरहरूमा यात्रा गरे ।
  • (५०-०२) येशू यस संसारमा हुनुहुँदा उहाँले भन्‍नुभयो, “मेरा चेलाहरूले संसारका सबैतिरका मानिसहरूलाई परमेश्‍वरका राज्यको सुसमाचार प्राचार गर्नेछन्, र अन्त्य आउनेछ ।”

प्रतिबद्धता जनाउनु, प्रतिबद्ध, प्रतिबद्धता

परिभाषा:

शब्दहरू “प्रतिबद्धता जनाउनु” र “प्रतिबद्धता” ले कुनै कुरा गर्ने निर्णय वा प्रतिज्ञालाई जनाउँछन् ।

  • कुनै कुरा गर्न प्रतिज्ञा गर्ने व्‍यक्‍तिलाई त्यो कुरा गर्न प्रतिबद्ध व्‍यक्‍ति भनेर पनि बयान गरिन्छ ।
  • कुनै व्‍यक्‍तिलाई कुनै काम “दिनु” को अर्थ उसलाई त्यो काम सुम्पनु भन्‍ने हुन्छ । उदाहरणको लागि, २ कोरिन्थीमा पावल भन्छन्, कि मानिसहरूलाई परमेश्‍वरसित मिलाप गराउनका लागि मदत गर्ने सेवा-कार्य परमेश्‍वरले हामीलाई दिनुभएको छ ।
  • “गर्नु” र “प्रतिबद्ध” शब्दहरूले अक्सर गलत क्रियाकलाप गर्ने कुराहरूलाई पनि जनाउन सक्छन्, जस्तैः “पाप गर्नु” वा “व्यभिचार गर्नु” वा “हत्या गर्नु ।”
  • अभिव्‍यक्‍ति “उसलाई काम दिइयो” लाई “उसलाई जिम्मा दिइयो” वा “उसलाई काम सुम्पियो” वा “उसलाई काम तोकियो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “प्रतिबद्धता” लाई “दिइएको काम” वा “गरिएको प्रतिज्ञा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

प्रतिमा, खोपिएको प्रतिमा, खोपिएको चित्र, धातुको चित्र

परिभाषा:

झुटो देवको पूजा गर्नलाई बनाइएका मूर्तिहरूलाई जनाउन यी शब्द वा पदावलीहरूको प्रयोग गरिन्छन् । मूर्तिहरूको पूजा गर्ने सन्दर्भमा “प्रतिमा” शब्द “खोपिएको प्रतिमा” को संक्षिप्‍त रूप हो ।

  • “खोपिएको प्रतिमा” वा “खोपिएको चित्र” एउटा काठको वस्तु हो जसलाई खोपेर जनावर, व्यक्‍ति वा कुनै चिजजस्तै बनाइन्छ ।
  • “धातुको चित्र” धातुलाई पगालेर यसलाई ठोस रूपमा बदली कुनै वस्तु, जनावर वा व्यक्‍तिको आकारमा प्रतिमा बनाइन्छ ।
  • यी काठ र धातुका वस्तुहरू झुटा देवहरूको पूजा गर्नमा प्रयोग गरिन्थे ।
  • मूर्तिलाई उल्लेख गर्दा “प्रतिमा” शब्दले काठ वा धातुको वस्तुलाई जनाउन सक्छ ।

अनुवादका लागि सुझावहरूः

  • मूर्तिलाई उल्लेख गर्दा “प्रतिमा” शब्दलाई “सालिक” वा “कुँदिएको मूर्ति” वा “खोपेर बनाइएको धार्मिक वस्तु” भनी अनुवाद गर्न सकिन्छ ।
  • मूल ग्रन्थमा शब्दहरू “प्रतिमा” वा “चित्र” मात्र भएका ठाउँहरूमा पनि केही भाषाहरूमा सधैँ “खोपिएको प्रतिमा” वा “धातुको चित्र” जस्ता वर्णनात्मक पदावलीहरूको प्रयोग गर्नु अझै प्रस्ट हुन सक्छ ।
  • परमेश्‍वरको स्वरूपमा हुनु भनेको फरक कुरो हो भन्‍ने कुरो प्रस्ट छ भनी तपाईं निश्‍चित हुनुपर्छ ।

(हेर्नुहोस्ः झुटो देव, विदेशी देव, देव, देवी, परमेश्‍वर, मूर्ति, मूर्तिपूजा, परमेश्‍वरको स्वरूप, प्रतिमा)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:४३
  • मत्ती २२:२०-२२
  • रोमी ०१:२२-२३

प्रतिवेदन

परिभाषा:

प्रतिवेदन भनेको कुनै व्यक्‍ति वा समूहले अर्को व्यक्‍ति वा समूहलाई कुनै विशेष घटनाबारे लिखित वा मौखिक रूपमा भनेको विवरण हो । बाइबलका खण्डहरूः

  • प्रेरित ०५:२२-२३
  • लूका ०५:१५-१६
  • लूका ०८:३४-३५
  • मत्ती २८:१४-१५

प्रभु

परिभाषा:

“प्रभु” भन्‍ने शब्दले त्यो व्‍यक्‍तिलाई बुझाउँछ जसको अधीनता वा अख्तियारमा अन्य मानिसहरू रहेका हुन्छन् । अग्रेजी शब्दको पहिलो हिज्जे ठुलो लेखिएको खण्डमा, त्यसले परमेश्‍वरलाई सङ्केत गर्छ ।

  • पुरानो नियममा, यो शब्दलाई परमेश्‍वरको सन्दर्भमा प्रयोग गरिन्छ जस्तै कि “परमप्रभु परमेश्‍वर” वा “यहोवा परमेश्‍वर” वा “यहोवा प्रभु” ।
  • नयाँ नियममा, प्रेरितहरूले यो शब्दलाई “प्रभु येशू,” तथा “प्रभु येशू ख्रीष्‍ट” भन्‍ने अभिव्‍यक्‍तिमा प्रयोग गरे र यसले येशू नै परमेश्‍वर हुनुहुन्छ भनि देखाउँछ ।
  • नयाँ नियममा “प्रभु” भन्‍ने शब्दले विशेष गरी पुरानो नियमबाट उद्दृत गरिएका खण्डहरूमा परमेश्‍वरलाई नै जनाउँछ । उदाहरणको लागि, पुरानो नियमको खण्डमा यस्तो छ, “यहोवाको नाममा आउने धन्यको हो” र नयाँ नियमको खण्डमा यस्तो छ, “प्रभुको नाममा आउने धन्यको हो ।”
  • यूएलबी तथा यूडिबीमा, “प्रभु” भन्‍ने शीर्षकलाई वास्तविक रूपमा प्रभु भनि बुझाउने हिब्रू तथा ग्रीक शब्दलाई अनुवाद गर्नको निम्ति प्रयोग गरिएको छ । अन्य संस्करणहरूमा झैँ परमेश्‍वर (यहोवा) को नाउँलाई अनुवाद गर्नको निम्ति यो कहिल्यै पनि प्रयोग भएन ।

अनुवाद सुझावहरू

  • कतिपय भाषाहरूमा यो शब्दलाई “मालिक” वा “शासनकर्ता” को निम्ति वा मालिकत्व वा सर्वोच्‍च शासनकर्ता संचार गर्नको निम्ति अनुवाद भएको पाइन्छ ।
  • अनि थुप्रै संस्करणमा परमेश्‍वरलाई संकेत गर्नको निम्ति अंग्रेजीको पहिलो अक्षरलाई ठुलोमा लेख्‍ने प्रचलन रहेको छ ।
  • पुरानो नियमबाट नयाँ नियममा उद्दृत गरिएका खण्डहरूमा, परमेश्‍वरलाई स्पष्‍टसंग चिनाउनको निम्ति “परमप्रभु परमेश्‍वर” भनेर प्रयोग गर्न सकिन्छ ।

प्रवेशद्वार, प्रवेशद्वारको बार

परिभाषा:

बार वा पर्खालले चारैतिर घेरिएको घर वा सहरभित्र प्रवेश गर्न कुनै एक ठाउँमा कब्जा ठोकी जडान गरिएको अवरोधलाई नै “प्रवेशद्वार” भनिन्छ । “प्रवेशद्वारको बार” ले काठ वा धातुले बनेको बारलाई जनाउँछ जसलाई प्रवेशद्वार बन्द गर्न चाहिएको ठाउँमा लैजान सकिन्छ ।

  • मानिस, जनावर र सरसामानहरूलाई सहरबाट भित्र र बाहिर लैजान सहरको प्रवेशद्वार खुला गरिन्छ ।
  • सहरको सुरक्षाको लागि यसका पर्खालहरू र प्रवेशद्वारहरू चौडा र मजबुत बनाइन्थे । सहरमा शत्रुका सिपाहीहरूलाई प्रवेश गर्नबाट रोक्‍न प्रवेशद्वारहरूलाई धातु वा काठको बार लगाई बन्द गरिन्थ्यो ।
  • सहरका पर्खालहरू निकै चौडा र तीमाथि बस्‍न मिल्ने संरचनाहरू हुन्थे जहाँ प्रचण्ड घामको किरणलाई रोक्‍ने छहारी भएकाले अक्सर यी ठाउँहरूमा मानिसहरू खबर बाँडचुँड गर्न, काम गर्न र कानुनी गतिविधिहरू गर्नका लागि जम्मा हुने गर्थे ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “प्रवेशद्वार” लाई “ढोका” वा “पर्खाल खोल्ने” वा “तगारो” वा “प्रवेशमार्ग” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “प्रवेशद्वारका बारहरू” लाई “प्रवेशवद्वारका नटहरू” वा “प्रवेशद्वारलाई बन्द गर्ने काठका बिमहरू” वा “धातूबाट निर्मित प्रवेशद्वार बन्द गर्ने रडहरू” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०९:२३-२५
  • प्रेरित १०:१७-१८
  • व्यवस्था २१:१८-१९
  • उत्पत्ति १९:१-३
  • उत्पत्ति २४:५९-६०
  • मत्ती ०७:१३-१४

प्रशंसा

परिभाषा:

कसैको प्रशंसा गर्नु भनेको त्यो व्‍यक्‍तिको तारिफ र सम्मान व्यक्‍त गर्नु हो ।

  • सृष्‍टिकर्ता र मुक्‍तिदाताको रूपमा उहाँले गर्नुभएको चमात्कारिक थोकहरू र उहाँको महान्‌ताको कारणले मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्छन् ।
  • परमेश्‍वरको प्रशंसामा प्रायः उहाँले गर्नुभएको कुराको निम्ति धन्यावादी हुने कुरा पर्छ ।
  • परमेश्‍वरको प्रशंसामा प्रायः सङ्गीत र गीत प्रयोग गरिन्छ ।
  • परमेश्‍वरप्रति निर्देशित “प्रशंसा” प्रायः “आराधना” को हिस्सामा पार्छ ।

(हेर्नुहोस्ः आराधना) बाइबलका खण्डहरूः

  • प्रेरित ०२:४६-४७
  • प्रेरित १३:४८-४९
  • उत्पत्ति ४९:८
  • याकूब ०३:९-१०
  • यूहन्‍ना ०५:४१-४२
  • लूका ०१:४६-४७
  • लूका १९:३७-३८
  • मत्ती ११:२५-२७
  • मत्ती १५:२९-३१

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१२-१३) इस्राएलीहरूले तिनीहरूका नयाँ स्वतन्‍त्रताको उत्सव मनाउन र परमेश्‍वरको प्रशंसा गर्नलाई धेरै भजनहरू गाए, किनभने उहाँले तिनीहरूलाई मिश्री सेनाहरूदेखि बचाउनुभएको थियो ।
  • (१७-०८) जब दाऊदले यो कुरा सुने, उनले परमेश्‍वरलाई तत्कालै धन्यवाद दिए, किनभने उहाँले दाऊदलाई यति महान् सम्मान र धेरै आशिष्‌हरू प्रतिज्ञा गर्नुभएको थियो ।
  • (२२-०७) जकरियाले भने, “परमेश्‍वरको स्तुति होस्, किनभने उहाँले उहाँका मानिसहरूलाई सम्झनुभएको छ ।”
  • (४३-१३) तिनीहरूले (चेलाहरूले) सँगसँगै परमेश्‍वरको प्रशंसा गर्नमा आनन्द मनाए, र तिनीहरूसँग भएका सबै कुरा बाँड्चुँड गरे ।
  • (४७-०८) तिनीहरूले पावल र सिलासलाई झ्यालखानाको सबैभन्दा सुरक्षित ठाउँमा राखे, र तिनीहरूका खुट्टाहरू पनि बाँधे । तैपनि मध्ये रातमा, तिनीहरूले गाउँदै परमेश्‍वरको प्रशंसा गरिरहेका थिए ।

प्रशासन, प्रशासक

परिभाषा:

“प्रशासन” शब्दले उचित किसिमले काम गर्न मदत गर्ने गरी कुनै देशका मानिसहरूलाई शासन गर्नु वा बन्दोवस्त गर्नु भनी जनाउँछ । प्रशासन चलाउने व्‍यक्‍ति नै “प्रशासक” हो ।

  • बेबिलोनका केही भागहरूमा प्रशासकहरू वा सरकारी कर्मचारीहरू बन्‍न दानिएल र अन्य यहूदी जवान मानिसहरू नियुक्त गरिए ।
  • नयाँ करारमा पवित्र आत्माको एउटा वरदानको रूपमा उल्लेख गर्न “प्रशासन” शब्दलाई प्रयोग गरिएको छ ।
  • प्रशासनको आत्मिक वरदान भएको व्‍यक्‍तिमा मानिसहरूलाई अगुवाइ गरी शासन गर्नुका साथै भवनहरूको मर्मत र अन्य सम्पत्तिको रेखदेख गर्ने क्षमता हुन्छ ।

प्रसिद्धि, प्रसिद्ध

परिभाषा:

“प्रसिद्धि” ले चिरपरिचित भएको र प्रशंसायोग्‍य प्रतिष्‍ठा हुनुलाई जनाउछ ।

  • “प्रसिद्धि” ले विशेष गरी लामो समयदेखि नै व्यापक रूपमा परिचित सुप्रतिष्‍ठालाई जनाउछ ।
  • “प्रसिद्ध” व्यक्‍ति चिरपरिचित र उच्‍च सम्मानित व्यक्‍ति हो ।
  • “प्रसिद्ध” सहर प्रायः यसको धन-सम्पत्ति र समृद्धिको चिरपरिचित हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “प्रसिद्धि” लाई “कीर्ति” वा “सम्मानित प्रतिष्‍ठा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “प्रसिद्ध” लाई “चिरपरिचित र उच्‍च सम्मानित” वा “उत्कृष्‍ट प्रतिष्‍ठा भएको” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “इस्राएलमा परमप्रभुको नाउँ प्रसिद्ध होस्” भन्‍ने वाक्यांशलाई “परमप्रभुको नाउँ प्रसिद्ध होस् र इस्राएलका मानिसहरूले सम्मान गरून्” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “प्रसिद्धिका मानिसहरू” लाई “तिनीहरूका साहसको निम्ति परिचित मानिसहरू” वा “प्रख्यात योद्धाहरू” वा “उच्‍च सम्मानित मानिसहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “तपाईंको प्रसिद्धि सबै पुस्ताहरूसम्म रहन्छ” भन्‍ने अभिव्यक्‍तिलाई “तपाईं कति महान् हुनुहुन्छ भन्‍नेबारे मानिसहरूले सुन्‍ने वर्षभरि” वा “तपाईंको महान्‌ता प्रत्येक पुस्ताले सुन्‍नेछन्, र देख्‍नेछन्” भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • उत्पत्ति ०६:४

प्रहरी धरहरा, धरहरा

परिभाषा:

“प्रहरी धरहरा” भन्‍ने शब्दले एउटा अग्लो संरचनालाई जनाउँछ जुन कुनै खतरामाथि सुरक्षाकर्मीले निरिक्षण गर्नको निम्ति बनाइएको हुन्छ । यी धरहराहरू ढुङ्गाद्वारा बनाइन्थे ।

  • जग्गाधनीहरूले कहिलेकाँही सुरक्षा धरहराहरू बनाउँथे जहाँबाट तिनीहरूले आफ्ना फसलको सुरक्षा गर्थे र आफ्ना सामानहरू चोरी हुनबाट बचाउँथे ।
  • यस धरहरामा कोठाहरूपनि हुन्थे जहाँ सुरक्षाकर्मी र उसको परिवार फसलको दिनरात सुरक्षा गर्नको निम्ति बस्थे ।
  • सहरको निम्ति प्रहरी धरहरा बनाउँदा सुरक्षाकर्मीले त्यस सहरलाई कोही शत्रुले आक्रमण गर्न आउँदैछन् कि भनेर हेर्नसकोस् भनेर त्यो धरहरा सहरका पर्खालहरू भन्दा अग्लो बनाइन्थ्यो ।
  • प्रहरी धरहरा शत्रुहरूबाट सुरक्षाको एउटा चिन्ह थियो ।

प्राणी

परिभाषा:

“प्राणी” शब्दले परमेश्‍वरले सृष्‍टि गर्नुभएका सबै जीवित प्राणीहरू (मानिससाथै जनावर दुवै) लाई जनाउँछ ।

  • परमेश्‍वरको महिमाको दर्शनमा इजकिएल अगमवक्ताले “जीवित प्राणीहरू” देखे भनी बयान गरेका छन् । ती के थिए भनी तिनलाई थाहा नभएकाले तिनले यी सामान्य शब्दहरू प्रयोग गरेका हुन् ।
  • “सृष्‍टि” शब्दमा परमेश्‍वरले सृष्‍टि गर्नुभएका सजीव र निर्जीव वस्तुहरू (भूमि, पानी, ताराहरू आदि) सबै पर्ने भएकोले यसको अर्थ बेग्लै छ । “प्राणी” शब्दमा केवल सजीव वस्तुहरू पर्छन् ।

प्रान्त, प्रान्तीय

परिभाषा:

प्रान्त एउटा राष्‍ट्रको जिल्ला वा खण्ड हो । प्रान्तसँग सम्बधित कुनै पनि कुरालाई “प्रान्तीय” भनिन्छ ।

  • पुरानो करारमा राजा आहाबको शासनकालमा र एस्तरको समयमा इस्राएलका खण्डहरू नै प्रान्तहरू थिए ।
  • नयाँ करारमा, रोमी साम्राज्यलाई माकेडोनिया, साइप्रस, एशिया, सिरिया, मिश्र र गलातिया प्रान्तहरूमा विभाजन गरिएको थियो ।
  • हरेक प्रान्तको आफ्नै शासकिय अधिकारी थियो, जो राष्‍ट्रको राजा वा शासकको अधिनमा हुन्थ्यो ।
  • यी शब्दहरूलाई “क्षेत्र” र “क्षेत्रिय” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • दानिएल ०६:१-३

प्रेमी

परिभाषा:

“प्रेमी” भन्‍ने शब्दले शाब्दिक अर्थमा, “प्रेम गर्ने व्‍यक्‍ति” भन्‍ने बुझाउँछ । सामान्यतया एकअर्कासँग यौनसम्बन्ध राख्‍न सक्‍ने व्‍यक्‍तिलाई यो शब्दले बुझाउने गर्छ । पति र पत्‍नीबीच यौनसम्बन्ध राख्‍नु भनेको परमेश्‍वरको इच्छा हो । जब बाइबलमा प्रेमी भन्‍ने शब्दलाई प्रयोग गरिन्छ, तब यसले अविवाहित व्‍यक्‍तिले अविवाहित व्‍यक्‍तिसँग राखेको यौनजन्य सम्बन्धलाई संकेत गर्छ । इस्राएलीहरूले मूर्तिपूजा गरेर परमेश्‍वरको अनाज्ञाकारी रहेको कुरालाई देखाउनको निम्ति बाइबलले यस प्रकारको गलत यौनसम्बन्धलाई संकेत गरेको छ । त्यसरी नै “प्रेमीका” भन्‍ने शब्दलाई पनि इस्राएलीहरूले आराधना गरेका मूर्तिहरूलाई संकेत गर्नको लागि पनि सांकेतिक रूपमा प्रयोग गरिएको पाइन्छ । यी प्रसंगहरूमा, यो शब्दलाई “अनैतिक साथीहरू” वा “व्यभिचार गर्ने साथीहरू” वा “मूर्तिहरू” भनी अनुवाद गरिएको छ । पैसालाई प्रेम गर्नेहरू भनेका तिनै हुन् जसले पैसा कमाउने र धनी हुने कुरालाई जोड दिन्छन् । पुरानो नियमको श्रेष्‍ठ गीतमा, “प्रेमीका” भनी सकारात्मक अर्थमा प्रयोग गरिएको पाइन्छ ।


फर्कनु, अस्वीकार गर्नु, छोडेर जानु

परिभाषा:

“फर्कनु/फर्काउनु” को अर्थ हुन्छ‒ शारीरिक रूपमा दिशा परिवर्तन गर्नु वा कसैलाई दिशा परिवर्तन गर्न लगाउनु ।

  • “अस्वीकार गर्नु” को अर्थ हुन सक्छ‒ कसैलाई इन्कार गर्नु ।
  • “छोडेर जानु” को अर्थ हुन्छ‒ कुनै काम गर्न छाड्नु ।
  • कसै “तिर फर्कनु” को अर्थ हुन्छ‒ त्यस व्यक्‍तिलाई सिधै हेर्नु ।
  • “फर्केर छाड्नु” वा “छाड्न पिठिऊँ फर्काउनु” को अर्थ हुन्छ‒ “छाडेर जानु ।”
  • “फर्केर आउनु” को अर्थ हुन्छ‒ “कुनै कुरो फेरि गर्न थाल्नु ।”
  • “बाट फर्कनु” को अर्थ हुन्छ‒ “कुनै कुरो गर्न छाड्नु ।”

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “फर्कनु” लाई “दिशा परिवर्तन गर्नु” वा “जानु” वा “अगाडि बढ्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही सन्दर्भहरूमा “फर्कनु” लाई (कसैलाई) केही गर्न लगाउनु भन्‍ने पनि हुन्छ ।
  • पदावली “परमेश्‍वरबाट फर्कनु” लाई “परमेश्‍वरको आराधना गर्न छाड्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “फेरि परमेश्‍वरमा फर्कनु” लाई “फेरि परमेश्‍वरको आराधना गर्न थाल्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • शत्रुहरू “फर्कंदा” यसको अर्थ हुन्छ, तिनीहरू “पछि हट्नु ।” “शत्रुलाई फर्काउनु” को अर्थ हुन्छ “शत्रुलाई पछि हटाउनु ।”
  • आलङ्कारिक रूपमा प्रयोग गर्दा, इस्राएलीहरू झुटा देवहरूकहाँ “फर्के” भन्‍नुको अर्थ हुन्छ, कि तिनीहरूले उनीहरूको “पूजा गर्न थाले ।” तिनीहरू मूर्तिहरू “बाट फर्कंदा” तिनीहरूले तिनको “पूजा गर्न छाडे ।”
  • जब परमेश्‍वर आफ्ना विद्रोही मानिसहरू “बाट फर्कनुभयो”, तब उहाँले तिनीहरूलाई “सुरक्षा दिन छाड्नुभयो” वा “मदत गर्न छाड्नुभयो ।”
  • वाक्यांश “पिताहरूका ह्दय तिनीहरूका सन्तानहरूकहाँ फर्काउनुहोस्” लाई “पिताहरूलाई फेरि तिनीहरूका सन्तानहरूको हेरचाह गर्न लगाउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • अभिव्यक्‍ति “मेरो इज्जतलाई लाजमा फर्काइदनुहोस्” लाई “मेरो इज्जतलाई लाजमा परिणत गरिदिनुहोस्” वा “मलाई लज्जित पार्ने हिसाबले मेरो अनादार गर्नुहोस्” वा “(जे दुष्‍ट छ त्यो गरेर) मलाई लाजमा पारिदिनुहोस् ताकि मानिसहरूले फेरि मलाई आदर नगरून्” भनी अनुवाद गर्न सकिन्छ ।
  • “म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा फर्काइदिनेछु” लाई “म तिनीहरूका सहरहरूलाई नष्‍ट पारिदिनेछु” वा “म शत्रुहरूलाई तिमीहरूका सहरहरू नष्‍ट गर्न लगाउनेछु” भनी अनुवाद गर्न सकिन्छ ।
  • मोशाको लौरो सर्प बन्दा यो सर्पमा “परिणत” भएको थियो । यसलाई सर्पमा “परिवर्तन” भयो भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः मूर्ति, कुष्‍ठ रोग, कुष्‍ठ रोगी, आराधना)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ११:१-२
  • प्रेरित ०७:४१-४२
  • प्रेरित ११:१९-२१
  • यर्मिया ३६:१-३
  • लूका ०१:१६-१७
  • मलाकी ०४:४-६
  • प्रकाश ११:६-७

फल, फलदायी

परिभाषा:

सामान्यतया “फल” शब्दले कुनै पनि रूखको खान मिल्ने भागलाई बुझाउँछ । बाइबलमा कुनै पनि मानिसको भित्री स्वभावलाई बाहिर प्रकट गर्ने कामलाई आलंकारिकरूपमा फल भनिएको छ ।

  • प्रशस्‍त फल भएको मानिस वा वस्तुलाई “फलदायी” भनिन्छ ।
  • बाइबलमा प्राय “फलदायी” शव्‍दलाई आलंकारिक अर्थमा प्रयोग गरिे‍एको छ जसको अर्थ धेरै सन्तान वा वंश उत्पादन भन्‍ने हुन्छ ।
  • “समृद्ध” वा “प्रभावकारी” वा “धेरै रामा परिणाम ल्याउनु” लाई पनि “फलदायी” हुनु भनिन्छ ।
  • खाने फलमा अरू फल उत्पादन गर्न सक्‍ने बिउ पनि हुन्छ ।
  • “रूखको फल” वा “लहराको फल” भन्‍ने वाक्पद्धतीमा फल शब्दले स्याउ, अंगुर, खजुर वा केराजस्ता फलहरूलाई जनाउँछ ।
  • सामान्य अर्थमा “जमिनको फल” भन्‍नाले उक्त जमिनमा उत्पादन हुने र मानिसहरूले खान मिल्ने सबै किसिमका फलहरू, सागसब्जीहरू, काष्‍ठ फलहरू र अन्‍नलाई जनाउँछ ।
  • कुनै मानिसको आत्मिक अवस्थालाई देखाउने उसको फल वा कामहरूलाई जनाउनको लागि पनि यसको आलंकारिक प्रयोग गरिन्छ ।
  • बाइबलमा परमेश्‍वरको आज्ञा पालन गर्ने मानिसलेहरूको जीवनमा परमेश्‍वरले फलाउने आत्मिक फलहरूको सूची दिएइको छः प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्‍वासनीयता, नम्रता र संयम ।

फुलेको

परिभाषा:

“फुलेको” शब्द घमण्डी वा अहङ्कारी भएको जनाउने वाक्य-पद्धति हो ।

  • यो शब्दले अरुहरूभन्दा श्रेष्‍ठ भएको मनोभावलाई जनाउछ ।
  • धेरै जानकारी वा तथ्यहरूका ज्ञान हुनाले “फुलेको” वा घमण्डी हुनतिर डोर्‍याँउछ भनी पावले कोरिन्थीहरूलाई सिकाउँछन् ।

बाइबलका खण्डहरूः


फोहरा, छहरा

परिभाषा:

प्राकृतिक रुपले जमिनबाट वा कुनै बगिरहेको स्रोतबाट पानीको मुहानबाट माथि आउने पानीलाई “फोहरा”, र “छहरा” भनिन्छ ।

  • यी शब्दहरू बाइबलमा परमेश्‍वरको आशिष्‌को स्रोतलाई जनाउनको लागि आलंकारिक रूपमा प्रयोग गरिएका छन् ।
  • वर्तमान समयमा, यसले मानिसहरूद्वारा पानी पिउनको लागि बनाइएको फोहरालाई जनाउँछ । यसैले, यो शब्दको प्रयोग पानीको प्राकृतिक स्रोतलाई जनाउनलाई मात्र प्रयोग गरेमा राम्रो हुन्छ ।
  • जकरिया १३:१ ले भन्छ, “त्यस दिन तिनीहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूको निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ” ।
  • मर्कूस ५:२९ मा रगत बग्‍ने व्यथा लागेकी महिलाको बारेमा भनिएको छ “अनि तुरुन्तै त्यसको रगत बग्‍ने बन्द भइहाल्‍यो” ।

बगाल, बथान

परिभाषा:

बाइबलमा “बगाल” शब्दले भेडा वा बाख्राहरूको समूहलाई जनाउँछ र “बथान” शब्दले गाईवस्तु, गोरु वा सुँगुरहरूको समूहलाई जनाउँछ ।

  • अङ्ग्रेजीमा “बथान” शब्द भेडा बाख्राको लागि पनि प्रयोग गर्न सकिन्छ तर बाइबलमा यसको प्रयोग यसरी गरिएको छैन ।
  • “बगाल” को प्रयोग सुँगुर, गोरु वा गाईवस्तुको लागि गर्न मिल्दैन । अन्य भाषाहरूमा यी दुई शब्दहरूको प्रयोगसम्बन्धी एउटै किसिमको नियम हुन सक्छ ।

बञ्‍चरो

परिभाषा:

बञ्‍चरो रुख वा काठ काट्न वा गेँड्न प्रयोग गरिने औजार हो ।

  • साधारणतया बञ्‍चरोमा एउटा लामो काठको बेँड हुन्छ, जसको अन्त्यमा एउटा ठुलो धारिलो धातु जोडिएको हुन्छ ।
  • तपाईंको संस्कृतिमा बञ्‍चरोजस्तै कुनै औजार छ भने त्यस औजारलाई “बञ्‍चरो” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “रुख काट्ने औजार” वा “धार भएको काठको औजार” वा “लामो बेँड भएको काठ काट्ने औजार” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • पुरानो करारको एउटा घटनामा बञ्‍चरोको धार नदीमा खस्छ । त्यसैले, वर्णन गरिएको औजारमा जोडिएको धार बेँडबाट फुस्कन सक्छ भने त्यो उत्तम हुन्छ ।

बडेमान

परिभाषा:

बडेमानले साधारणतया उचाइ र शक्तिमा असाधारण रूपमा विशाल भएको व्‍यक्‍तिलाई जनाउँछ ।

  • दाऊदसित लडाइँ गर्ने पलिश्ती सिपाही गोल्यतलाई बडेमानको भनियो, किनकि त्यो ज्यादै अल्गो, ठुलो र बलियो मानिस थियो ।
  • कनान देशमा बसोबास गरिरहेका मानिसहरू बडेमान थिए भनी त्यस देशको अन्वेषण गर्ने इस्राएलका गुप्‍तचरहरूले बताए ।

बढार्नु, बढार्‍यो

परिभाषा:

“बढार्नु” वा “बढार्‍यो” शब्दहरूले कसिंगारहरू हटाउनलाई कुचो वा झाडु प्रयोग गर्ने व्यापक वा चाँडो कामलाई जनाउछ । यी शब्दहरूलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ ।

  • “बढर्नु” शब्दलाई कसरी सेनाहरूले द्रुत, निर्णायक र व्यापक अभियामहरूसहित आक्रमण गर्छन् भनी बताउनलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ ।
  • उदारणको लागि, अश्शूरीहरूले यहूदा राज्यलाई “बढार्ने छन्” भनी यशैयाले अगमवाणी गरे । यसको अर्थ तिनीहरूले यहूदालाई विनाश गर्ने थिए र यसका निसहरूलाई कब्जा गर्ने थिए ।
  • “बढार्नु” शब्दलाई द्रुत गतिमा बगिरहेको पानीले त्यहाँ भएका थोकहरूलाई हुत्याउने र तिनीहरूलाई टाढा-टाढासम्म जोडसँग फ्याँक्‍ने तरिकालाई वर्णन गर्न पनि प्रयोग गर्न सकिन्छ ।
  • कुनै थोक एउटा व्‍यक्‍तिमाथि “अचानक आइपर्नु” को अर्थ उसलाई कुनै गाह्रो वा कठिन कुरा आइपर्नु हो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नु) (हेर्नुहोस्ः अश्‍शूर, अश्शूरी, अश्‍शूरी साम्राज्य, यशैया, यहूदा) बाइबलका खण्डहरुः

  • दानिएल ११:४०-४१

बत्ती

परिभाषा:

बाइबलीय समयमा प्रयोग गरिने बत्ती भनेको दियो बत्ती हुने गर्दथ्यो र त्यसमा तेल हालेर सलेदो बाल्ने गरिन्थ्यो । यस्ता दियोहरू भनेका प्रायः माटोबाट बनेका हुन्थे । धर्मशास्‍त्रमा, बत्तीलाई प्रकाश र जीवनको सङ्केतका रूप प्रयोग गरिन्छ ।


बदला लिनु, प्रतिशोध लिनु, बदला

परिभाषा:

“बदला लिनु” वा “प्रतिशोध लिनु” भनेको कसैले चोट पुर्‍याएको कारणले उसलाई पनि चोट पुर्‍याउन दण्ड दिनु हो । बदला लिने कामलाई “प्रतिशोध वा बदला” भनिन्छ ।

  • साधारणतया “बदला” लिने काममा न्याय कायम भएको वा गलत गर्न पाउने अधिकार कार्यान्वयन भएको देख्‍ने मनसाय हुन्छ ।
  • मानिसहरूलाई जनाउँदा क्रियापदहरू “बदला लिनु” वा “प्रतिशोध लिनु” मा साधारणतया चोट पुर्‍याउने व्यक्‍तिलाई चोट पुर्‍याउने चाहना सामेल भएको हुन्छ ।
  • जब परमेश्‍वरले “बदला लिनुहुन्छ” उहाँले धार्मिकताअनुसार त्यसो गर्नुहुन्छ, किनकि उहाँले पाप र विद्रोहलाई दण्ड दिँदै हुनुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • कसैलाई “बदला लिनु” लाई कसैलाई “गलत गर्न पाउने अधिकारलाई कार्यान्वयन गर्नु” वा “न्याय कायम गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • मानव-जातिलाई उल्लेख गर्दा “बदला लिनु” लाई “फिर्ता दिनु” वा “दण्ड दिन चोट पुर्‍याउनु” वा “फर्काउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “बदला” लाई “दण्ड” वा “पापको दण्ड” वा “गलत कामको भुक्‍तानि” भनी अनुवाद गर्न सकिन्छ । यदि “प्रतिशोध” शब्दको प्रयोग गरिएको छ भने यो मानव-जातिको लागि मात्र प्रयोग हुन्छ ।
  • परमेश्‍वरले “बदला लिनेछु” भन्‍नुहुँदा यसलाई “मेरो विरुद्धमा गरेका गलत कामहरूका लागि दण्ड दिनेछु” वा “तिनीहरूले मेरो विरुद्धमा पाप गरेकाले तिनीहरूमा खराबी ल्याउनेछु” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरको बदलालाई उल्लेख गर्दा पापको दण्डको लागि परमेश्‍वर सही हुनुहुन्छ भन्‍ने कुरोलाई प्रस्ट पार्नुहोस् ।

(हेर्नुहोस्ः दण्ड दिनु, न्याय, धर्मी, धार्मिकता, अन्य)

बाइबलका सन्दर्भहरूः

  • १ शमूएल २४:१२-१३
  • प्रेरित ०७:२२-२५
  • इजकिएल २५:१५-१७
  • यशैया ४७:३-५
  • लेवी १९:१७-१८
  • भजनसंग्रह १८:४६-४७
  • रोमी १२:१९-२१

बबुल

परिभाषा:

“बबुल” सामान्य झाडी वा रुखको नाउँ हो, जुन प्राचीन समयमा कनान देशमा उम्रन्थ्यो । यो आज पनि त्यस क्षेत्रमा प्रशस्त मात्रामा पाइन्छ ।

  • सुन्तला-खैरो रङको बबुल रुख निकै कडा र टिकाउ हुन्छ । यो निर्माण कार्यको लागि उपयोगी सामग्री हो ।
  • यो काठ सितिमिति गल्दैन, किनकि यो यति बाक्लो हुन्छ कि यसमा पानी छिर्न पाउँदैन । यसमा प्राकृतिक रूपमा संरक्षण गर्ने क्षमता हुन्छ, जसको कारणले गर्दा किराहरूले यसलाई खान सक्दैनन् ।
  • बाइबलमा पवित्र वासस्थान र करारको सन्दुक बनाउन बबुल काठको नै प्रयोग गरिएको थियो ।

बल, बलियो बनाउनु

परिभाषा:

” बल” ले शारीरिक रूपमा, संवेगात्मक रूपमा र आत्मिक रूपमा बलियो भएको अवस्थालाई जनाउछ ।” बलियो बनाउनु” को कसैलाई वा केहीलाई अझ बलियो पार्नु भन्‍ने अर्थ लाग्‍छ ।

  • “बल” ले कुनै किसिमका विरोधी शक्‍तिविरुद्ध खडा हुन सक्षम हुनुलाई पनि जनाउछ ।
  • कोही परिक्षाको सामना गर्न सक्षम हुन्छ भने उसको इच्छा शक्‍ति हुन्छ ।
  • भजनसंग्रहका एक लेखकल याह्वेलाई उनका बल भन्छन्, यसको अर्थ परमेश्‍वरले उनलाई बलियो हुन सहायता गर्नुहन्छ ।
  • पर्खाल वा भवनहरू जस्ता भौतिक संरचनाहरू बलियो बनाउनु भनेको मानिसहरूले त्यो संरचना अरू ढुङ्गा वा इँटहरूले आक्रमणलाई धान्‍न सक्‍ने बनाउनलाई पुनः निर्माण गरिरहेका छन् भन्‍ने हो ।

अनुवादका निम्ति सुझावहरूः

  • सामान्यतयाः “बलियो पार्नु” लाई “बलियो गारउनु” वा “अझ शक्‍तिशाली बनाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • यो शब्दको प्रयोगहरूका निम्ति सुझावसहितका अनुवादहरूः
  • “पेटीझैँ ममाथि बल राख्‍नु हुन्छ” को अर्थ “मेरो कम्मर घेर्ने पेटीलेझैँ मलाई पूर्ण रूपमा बलियो तुल्याउनु हुन्छ” भन्‍न हुन्छ ।
  • “मौनता र भरोसामा नै तिमीहरूको बल छ” को अर्थ “शान्तसाथ काम गर्नु र परमेश्‍वरमा भरोसा गर्नुले तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउँछ” भन्‍ने हो ।
  • “तिमीहरुको बल नयाँ पार्नुहुनेछ” को अर्थ “फेरि पनि अझ बलियो हुनेछौ” भन्‍ने हो ।
  • “मेरो बल र मेरो बुद्धिले काम गरेँ” को अर्थ “मैले यो सबै गरेको छु, किभने म यति बलियो र बुद्धिमान छु” भन्‍ने हो ।
  • “पर्खाल बलियो बनाऊ” को अर्थ “पर्खाल सुदृढ पार” वा “पर्खाल पुनःनिर्माण गर” भन्‍ने हो ।
  • “मेले तँलाई बलियो बनाउनेछु” को अर्थ “म तँलाई बलियो गराउनेछु” भन्‍न हो ।
  • “याह्वेमा मात्र मुक्‍ति र बल छ” को अर्थ “याह्वेले मात्र बलियो पार्नु हुन्छ र बचाउनुहुन्छ” भन्‍ने हो ।
  • “तिम्रो बलको चट्टान” को अर्थ “तिमीलाई बलियो बनाउन इमानदार” भन्‍ने हो ।
  • “उहाँको दाहिने बाहुलीको उद्धार गर्ने बलले” को अर्थ “उहाँले उहाँको बलियो हातले सुरक्षितसाथ समात्‍नेले झैँ कष्‍टहरूबाट तिमीलाई बचाउनुहुन्छ” भन्‍ने हो ।
  • “थोरै बल” को अर्थ “कमजोर” वा “धेरै बलियो नहुनु” भन्‍ने हो ।
  • “मेरो बलले” को अर्थ “मेरो उकृष्‍ट मेहनत प्रयोग गरेर” वा “बलियो तवरले र पूर्ण रूपमा” भन्‍ने हो ।

(हेर्नुहोस्ः इमानदार, इमानदारिता) बाइबलका खण्डहरूः


बलिदान, भेटी

परिभाषा:

“भेटी” शब्द परमेश्‍वरलाई वा मूर्तीलाई दिइएको कुनै पनि कुरालाई जनाउने सामान्य शब्द हो । बलिदान उस्तै शब्द हो, तर यसले सामान्यतयाः मारेर परमेश्‍वरलाई वा मूर्तीलाई चढाउनुलाई जनाउछ ।

  • बाइबलमा भेटी र बलिदानहरू परमेश्‍वरलाई आराधना स्वरूप दिइन्थ्यो ।
  • परमेश्‍वरले इस्राएलीहरूलाई विभिन्‍न किसिमका बलिदानहरू र भेटीहरू चढाउन लगाउनुभयो । यसमा पाप क्षमा माग्‍ने भेटीहरू र आशिष्‌हरूका निम्ति उहाँलाई धन्यवाद दिने भेटीहरू पर्थे । यस मध्ये केही भेटीहरूमा “होम बलि”, “पाप बलि”, “अन्‍न बलि” र “अर्घ बलि” हुन् ।
  • बलिको नाउँ कुन उद्देश्यको निम्ति चढाइएको हो त्यसैमा निर्भर हुन्थ्यो ।
  • परमेश्‍वरको सिद्ध र पापरहित पुत्र येशूको बलिदानले मत्र मानिसहरूलाई पापबाट शुद्ध पार्न सक्छ । पशुहरूका बलिदानले त्यो कहिल्यै गर्न सक्दैन ।

अनुवादका निम्ति सुझावहरूः

  • “भेटी” लाई “परमेश्‍वरलाई दिइएको उपहार” वा “परमेश्‍वरलाई दिइएको केही कुरा” वा “परमेश्‍वरलाई चढाइएको केही मूल्यावन कुरा” वा “पवित्र उहार” भनी अनुवाद गर्न सकिन्छ ।
  • “बलिदान” लाई “पशु मारेर परमेश्‍वरलाई दिनु” वा “परमेश्‍वरलाई चढाइएको मांस” वा “मूर्तीलाई दिइएको मांस” भनी अनुवाद गर्न सकिन्छ ।
  • (हेर्नुहोस्ः पूजाहारी, वेदी, होम बलि, आगोद्वारा चढाइएको बलि, पाप बलि, अर्घ बलि)

बाइबल खण्डहरूः

  • २ तिमोथी ०४:६-८
  • प्रेरित ०७:४१-४२
  • प्रेरित १४:११-१३
  • प्रेरित २१:२५-26
  • उत्पत्ति ०४:३-५
  • याकूब ०२:२१-२४
  • मत्ती ०५:२३-२४
  • मत्ती ०९:१२-१३
  • मत्ती १२:७-८
  • मर्कूस ०१:४३-४४
  • मर्कूस १४:१२-१४
  • फिलिप्‍पी ०२:१७-१८
  • फिलिप्‍पी ०४:१८-२०

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०३-१४) नोआ डुङ्गाबाट निस्केर, उनले एउटा वेदी बनाए, र बलिको निम्ति प्रयोग गर्न सकिने हरेक किसिमका पशुको बलि चढाए । परमेश्‍वर बलिदानसँग खुसी हुनभयो, र ना र उनला परिवारलाई आशिष् दिनुभयो ।
  • (०५-०६) “तेरो छोरा इसाहकलाई लेऊ र उसलाई मारेर मेरो निम्ति बलिदा चढा ।” फेरि अब्राहले परमेश्‍वरको आज्ञा पालन गरे र उनका छोरालाई बलिदान चढाउन तयारी गरे ।
  • (०५-०९) परमेश्‍वरले इसहाकको सट्टामा बलिदान चढउनलाई थुमा दिनुभएको थियो ।
  • (१३-०९) परमेश्‍वरको व्यवस्था भङ्ग गर्ने जोकोहीले भेट हुने पालमा एउटा पशु परमेश्‍वरको निम्ति बलिदानको रूपमा ल्याउन सक्थ्यो । पूजाहारीले पशु मार्थे र वेदीमा चढाउँथे । बलिदान चढाएको पशुको रगतले त्यो व्यक्‍तिको पापलाई ढाक्थ्यो र त्यो व्यक्‍तिलाई परमेश्‍वरको दृष्‍टिमा शुद्ध बनाउथ्यो ।
  • (१७-०६) दाऊदले सबै इस्राएलीहरूले परमेस्‍वरको आराधना गर्न सक्‍ने र उहाँलाई बलिदान चढाउन सक्‍ने मन्दिर बनाउन चहान्थे ।
  • (४८-०६) येशू महान् प्रधान पूजाहारी हुनुहुन्छ । उहाँले अरू पूजाहारी जस्तो गर्नुभएन, तर संसारका सबै पापीहरूका पापलाई लान सक्‍ने एक मात्र बलिदानको रूपमा आफैँलाई अर्पण गर्नुभयो ।
  • (४८-०८) तर परमेश्‍वरले हाम्रो बद्‌लिमा मर्नलाई येशू अर्थात् परमेश्‍वरको थुमा दिनुभयो ।
  • (४९-११) येशू बलिदान हुनुभएकोले परमेश्‍वरले कुनै पनि पाप अर्थात् अझ धेरै डर लाग्‍दो पाप पनि क्षमा गर्न सक्‍नुहुन्छ ।

बाइबलीय समयः घडी

परिभाषा:

कुन समयमा कुन घटना घट्यो भनी अझै निर्दिष्‍ट रूपमा बताउन बाइबलमा अक्सर घडी शब्दको प्रयोग गरिएको छ ।

  • यहूदीहरूको गणनाअनुसार सूर्योदय (लगभग बिहान ६ बजे) मा दिनको प्रकाशको घडी आरम्भ हुन्थ्यो । उदाहरणको लागि, “नवौँ घडी” को अर्थ हुन्छः “दिउँसोको तिन बजेतिर ।”
  • रातको घडी सूर्यास्त (बेलुकाको लगभग ६ बजे) मा सुरु हुन्थ्यो । उदाहरणको लागि, “रातको तेस्रो घडी” को अर्थ हुन्छः आधुनिक प्रणालीअनुसार “रातको नौ बजेतिर ।”
  • बाइबलमा अभिलिखित समयका सन्दर्भहरू आधुनिक समय प्रणालीसित दुरुस्त अनुरूप नहुने भएकाले “करिब नौ बजे” वा “करिब ६ बजे” भन्‍ने जस्ता पदावलीहरू प्रयोग गर्न सकिन्छन् ।
  • दिनको कुनचाहिँ घडीको विषयमा बताइएको हो भनी प्रस्ट पार्न केही अनुवादहरूले “साँझमा” वा “बिहानीमा” वा “मध्यान्हमा” भन्‍नेजस्ता पदावलीहरूको प्रयोग गर्न सक्छन् ।

बाइबलीय समयः दिन

परिभाषा:

“दिन” शब्दले शाब्दिक रूपमा २४ घन्टाको समय अवधिलाई जनाउँछ । यसलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ ।

  • इस्राएली र यहूदीहरूका लागि दिन एउटा दिनको सूर्योदयमा सुरु भई अर्को दिनको सूर्यास्तमा अन्त्य हुन्थ्यो ।
  • “यहोवेको दिन” वा “अन्त्यका दिनहरू” जस्ता लामो समय अवधिलाई जनाउन कहिले काहीँ “दिन” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
  • केही भाषाहरूले यी आलङ्कारिक प्रयोगहरूलाई अनुवाद गर्न बेग्लै टुक्‍काको प्रयोग गर्छन् वा “दिन” लाई आलङ्कारिक रूपमा प्रयोग नगरी सामान्य रूपमा नै प्रयोग गर्छन् ।
  • सन्दर्भमा आधारित रहेर “दिन” लाई “समय” वा “ऋतु” वा “अवसर” वा “घटना” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलीय समयः प्रहर

परिभाषा:

बाइबलको समयमा “प्रहर” रातको समय अवधि थियो, जुन बेला पहरेदार वा रक्षक आफ्नो जिम्मामा हुन्थ्यो । उसले शत्रुबाट कुनै खतरा आएको थियो कि भनी हेर्ने गथ्र्यो ।

  • पुरानो करारमा इस्राएलीहरूका तिन ओटा प्रहर थिए, जसलाई “सुरु” (सूर्योदयदेखि बिहान १० बजेसम्म), “मध्य” (बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म) र “बिहान” (दिउँसो २ बजेदेखि सूर्योदयसम्म) प्रहर भनिन्थ्यो ।
  • नयाँ करारको समयमा यहूदीहरूले रोमी प्रणालीलाई पछ्याए, जसमा चार ओटा प्रहर थिएः “पहिलो” (सूर्यास्तदेखि राती ९ बजेसम्म), “दोस्रो” (राती ९ बजेदेखि १२ बजेसम्म), “तेस्रो” (राती १२ बजेदेखि बिहान ३ बजेसम्म) र “चौथो” (बिहान ३ बजेदेखि सूर्योदयसम्म ।
  • जुन प्रहरको बारेमा उल्लेख गरिएको छ, त्यसमा आधारित रहेर तिनलाई “साँझको पछिल्लो समयतिर” वा “मध्य रातमा” वा “बिहान सबेरै” भन्‍नेजस्ता सामान्य अभिव्‍यक्‍तिहरूद्वारा अनुवाद गर्न सकिन्छ ।

बाइबलीय समयः महिना

परिभाषा:

“महिना” शब्दले लगभग चार हप्‍ताको समय अवधिलाई जनाउँछ । चन्द्र वा सौर्य पात्रोमध्ये कुनचाहिँ पात्रो प्रयोग गरिएको छ, त्यसको आधारमा हरेक महिनामा हुने दिनहरू फरक-फरक हुन्छन् ।

  • चन्द्र पात्रोमा चन्द्रमालाई पृथ्वीको एक फन्को मार्न जति समय लाग्छ (करिब २९ दिन), त्यसैको आधारमा हरेक महिनाको अवधि तोकिन्छ । यस प्रणालीमा वर्षमा १२ वा १३ महिना हुन्छ ।
  • “औँसी” अर्थात् चन्द्रमाको चाँदीको जस्तो प्रकाशको प्रारम्भिक स्वरूपसँगै सौर्य पात्रोमा हरेक महिनाको थालनी हुन्छ ।
  • बाइबलमा उल्लिखित महिनाका सबै नाउँहरू चन्द्र पात्रोका हुन्, किनकि इस्राएलीहरूले यही प्रणालीलाई प्रयोग गर्थे । धार्मिक उद्देश्यहरूका लागि आधुनिक यहूदीहरूले अझै पनि यही पात्रोको प्रयोग गर्छन् ।
  • पृथ्वीलाई सूर्यको परिक्रमा गर्न जति समय लाग्छ (करिब ३६५ दिन), त्यसैको आधारमा आधुनिक सौर्य पात्रो निर्मित छ । यस प्रणालीमा वर्षलाई सधैँ १२ महिनामा विभाजित गरिन्छ, जसमा हरेक महिना २८ देखि ३१ दिनसम्मको हुन्छ ।

बाइबलीय समयः वर्ष

परिभाषा:

शाब्दिक रूपमा प्रयोग हुँदा बाइबलमा “वर्ष” शब्दले ३५४ दिनको समय अवधिलाई जनाउँछ । यो चन्द्र पात्रोको प्रणालीअनुसार हो, जुन चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दा लाग्‍ने समयमा आधारित छ ।

  • आधुनिक सौर्य पात्रोको वर्षमा ३६५ दिन हुन्छ, जसलाई १२ महिनामा विभाजित गरिएको छ । यो प्रणाली पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा लाग्‍ने समय अवधिमा आधारित छ ।
  • दुवै पात्रोको प्रणालीमा हरेक वर्षमा १२ महिना हुन्छ । सौर्य पात्रोभन्दा चन्द्र पात्रोमा ११ दिन कम भएकोले चन्द्र पात्रोको वर्षमा कहिले काहीँ एउटा अतिरिक्त महिना थपिन्छ । यसले एक अर्कालाई मिलाउन दुवै पात्रोलाई मदत पुर्‍याउँछ ।
  • विशेष घटना घट्दा सामान्य समयलाई जनाउनु पर्दा बाइबलमा “वर्ष” शब्दलाई आलङ्कारिक अर्थमा पनि प्रयोग गरिएको छ । “यहोवेको वर्ष” वा “अनिकालको वर्ष” वा “प्रभुको मनपर्ने वर्ष” यसका उदाहरणहरू हुन् । यी सन्दर्भहरूमा “वर्ष” लाई “समय” वा “ऋतु” पा “समय अवधि” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलीय समयः साता

परिभाषा:

“साता” शब्दले शाब्दिक रूपमा सात दिनको अवधिलाई जनाउँछ ।

  • समयलाई गणना गर्ने यहूदी प्रणालीमा शनिबारको सूर्यास्तमा साताको थालनी भई अर्को शनिबारको सूर्यास्तमा अन्त्य हुन्छ ।
  • बाइबलमा कहिले काहीँ “साता” लाई समयको सातवटा अवधिको समूहको लागि रूपकको रूपमा पनि प्रयोग गरिएको छ ।
  • “साताहरूको चाड” कटनीको उत्सव थियो, जुन निस्तार-चाडको सात सातापछि आउँछ । यसलाई “पेन्तिकोस” पनि भनिन्छ ।

बाख्रा, बाख्राको पाठो

परिभाषा:

बाख्रा मध्यम आकारको चार-खुट्टे जनावर हो, जुन भेडाजस्तै हुन्छ । मूलतः दूध र मासुको लागि यसको पालन गरिन्छ । बाख्राको बच्‍चालाई “पाठो” भनिन्छ ।

  • भेडाजस्तै बाख्राहरू बलिदानका लागि महत्त्वपूर्ण जनावरहरू थिए, खास गरी निस्तार-चाडमा ।
  • बाख्रा र भेडा ज्यादै समान हुन सक्‍ने भए तापनि तिनीहरूमा यी निम्‍नलिखित केही भिन्‍नताहरू पाइन्छन्ः
  • बाख्राको खस्रो रौँ हुन्छ, तर भेडाको ऊन हुन्छ ।
  • बाख्राको पुच्छर माथि उठ्छ, तर भेडाको पुच्छर तल झर्छ ।
  • भेडा साधारणतया त्यसको बगालसित बस्‍न मन पराउँछ, तर बाख्रा बढी नै स्वतन्‍त्र हुन्छ, र त्यो आफ्नो बगालबाट तर्कन खोज्छ ।
  • बाइबलको समयमा इस्राएलमा बाख्राहरू प्रायः दूधको मुख्य स्रोत थिए ।
  • पालको ढकनी र दाखमद्य राख्‍ने मसक बनाउन बाख्राका छालाहरू प्रयोग गरिन्थे ।
  • सायद बाख्राहरूको रेखदेख गर्ने व्‍यक्‍तिबाट तिनीहरूमा तर्केर जाने झुकाव भएकोले पुरानो करार र नयाँ करार दुवैमा अधर्मी मानिसहरूको प्रतीकको लागि बाख्राको प्रयोग गरिन्थ्यो ।
  • इस्राएलीहरूले पनि बाख्राहरूलाई पाप बोक्‍नेहरूको प्रतीकको रूपमा प्रयोग गर्थे । पूजाहारीले एउटा बाख्रालाई बलिदान गर्दा दोस्रो जीवित बाख्रामाथि आफ्ना हात राख्थ्यो, र त्यसलाई उजाड-स्थानमा पठाउँथ्यो । यसले जनावरले मानिसहरूका पाप बोकेको प्रतीकको रूपमा काम गथ्र्यो ।

बाँझो

परिभाषा:

“बाँझो” हुनुको अर्थ हुन्छः उर्बरायुक्‍त वा फलदायी नहुनु ।

  • बाँझो जमिन वा माटोले कुनै फल फलाउन सक्दैन ।
  • बाँझी स्‍त्रीले पनि शारीरिक रूपमा बच्‍चा गर्भ धारण गर्न वा जन्माउन सक्दिन ।

अनुवादका लागि सुझावहरूः

  • “बाँझो” शब्द जमिनलाई उल्लेख गर्न प्रयोग गरिँदा यसलाई “उर्बरारहित” वा “फल नफलाउने” वा “बिरुवाविनाको” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसले बाँझी स्‍त्रीलाई जनाउँदा यसलाई “सन्तानविहीन” वा “छोराछोरी जन्माउन असक्षम” वा “बच्‍चा गर्भ धारण गर्न असक्षम” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • १ शमूएल ०२:५
  • गलाती ०४:२६-२७
  • उत्पत्ति ११:२९-३०
  • अय्यूब ०३:६-७

बाटो बिराउनु, बरालिनु, पथभ्रष्‍ट हुनु, गलत बाटोतिर डोर्‍याइनु

परिभाषा:

शब्दहरू “बाटो बिराउनु” वा “बरालिनु” को अर्थ हुन्छः परमेश्‍वरको इच्छालाई नमान्‍नु । “गलत बाटोतिर डोर्‍याइएका” मानिसहरूले परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्नका लागि प्रभावित हुन अरू मानिसहरू वा परिस्थितिहरूलाई अनुमति दिएका हुन्छन् ।

  • “बाटो बिराउनु” ले गलत बाटो वा खतरनाक बाटोमा जान सफा बाटो वा सुरक्षाको बाटोलाई छाडेको तस्बिर प्रदान गर्छ ।
  • आफ्नो गोठालोको गौचरन छाडी भेडाहरूले “बाटो बिराएका” छन् । परमेश्‍वरले पापिष्‍ठ मानिसहरूलाई उहाँलाई छाडी “बाटो बिराएका” भेडाहरूसित तुलना गर्नुभएको छ ।

अनुवादका लागि सुझावहरूः

  • पदावली “बाटो बिराउनु” लाई “परमेश्‍वरबाट टाढिनु” वा “परमेश्‍वरको इच्छाबाट तर्की गलत बाटोमा लाग्‍नु” वा “परमेश्‍वरको आज्ञा मान्‍न छाड्नु” वा “परमेश्‍वरबाट टाढा भएर जिउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कसैलाई पथभ्रष्‍ट बनाउनु” लाई “कसैलाई परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्न लगाउनु” वा “कसैलाई परमेश्‍वरको आज्ञा पालन नगर्नलाई प्रभावित तुल्याउनु” वा “कसैलाई गलत मार्गमा डोर्‍याउनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता, गोठालो, रेखदेख गर्नु)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०३:७-८
  • २ तिमोथी ०३:१०-१३
  • प्रस्थान २३:४-५
  • इजकिएल ४८:१०-१२
  • मत्ती १८:१२-१४
  • मत्ती २४:३-५
  • भजनसंग्रह ५८:३-५
  • भजनसंग्रह ११९:१०९-११०

बाढी

परिभाषा:

सम्पूर्ण जमिनलाई ढाक्‍नेगरी आएको पानीलाई “बाढी” भनिन्छ । कुनै कुरा अचानक र धेरै मात्रामा हुन्छ भने यसलाई जनाउनको लागि आलंकारिक रुपले पनि यसको प्रयोग गरिन्छ ।

  • नोआको समयमा मानिसहरू यति दुष्‍ट भए कि परमेश्‍वरले सम्पूर्ण पृथ्वीलाई नै ढाक्‍ने गरी बाढी पठाउनुभयो, जसले पहाडका चुचुराहरूलाई पनि ढाकेको थियो । अरू बाढीहरूले जमिनको सानो हिस्सालाई मात्र ढाक्छ ।
  • “मेरो ओछ्यान आँसुको बाढीले भिजाएँ” भनेर पनि यसको प्रयोग गर्न सकिन्छ ।

बाँसुरी, मुरली

परिभाषा:

बाइबलको समयमा बाँसुरीहरू हाडहरू वा काठबाट बनेका हुन्थे र आवाज बाहिर आउनको लागि प्वालहरू बनाइएका हुन्थे । धेरैजसो बाँसुरीहरूमा नर्कट जोडिएको हुन्थ्यो र फुक्दा खेरी यसमा कम्पन उत्पन्‍न हुन्थ्यो ।

  • एक किसिमको बाँसुरीमा नर्कट जोडिएको हुँदैनथ्यो ।
  • गोठालाहरूले आफ्ना भेडाहरूलाई शान्त गराउनको लागि यसको प्रयोग गर्थे ।
  • राजा नबूकदनेसरले आफ्नो प्रतिमालाई पूजा गर्न सूचना दिनको लागि बाँसुरी पनि बजाउनु भनेर हुकुम गरे ।
  • बाँसुरीहरू उदासीन वा हर्ष प्रकट गर्ने खालका सङ्गीत उत्पन्‍न गर्नलाई बजाउने गरिन्थ्यो ।

बिन्ती गर्नु, बिन्ती, नम्र निवेदन

परिभाषा:

“बिन्ती गर्नु” र “बिन्ती” ले कसैलाई केही कुरा गर्नलाई अत्यान्त जरुरीका रूपमा मागेको बुझाउँछ ।” नम्र निवेदन” ले जरुरी अनुरोधलाई जनाउछ ।

  • बिन्तीले प्रायः त्यो व्‍यक्‍तिले अत्यावश्यक भएको महसुस गरेको वा परमेश्‍वरले कसैलाई सहायता गर्नुभएको होस् भन्‍ने अत्याधिक चाहेको कुरालाई जनाउछ ।
  • जनताहरूले तिनीहरूका मुद्दामा कृपा पाउनका लागि राजा व शासकसँग बिन्ती गर्न सक्छन् ।
  • कहिले काहीँ न्यायधिशले कसैको मुद्दामा तिनीहरूलाई निर्दोष साबित गर्न वकालत गर्छ ।
  • यसलाई अनुवाद गर्ने अर्को तरिकाहरूमा “अनुनय गर्नु” वा “याचना गर्नु” वा “अनुरोध गर्नु” पर्न सक्छन् ।
  • “नम्र निवेदन” लाई “जरुरी अनुरोध” वा “व्यग्र आग्रह” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा यो शब्दले पैसा मागेको नजनाओस् भन्‍ने सन्दर्भमा यो स्पष्‍ट वा छैन ख्याल गर्नुहोस् ।

बाइबलका खण्डहरूः

  • लूका ०४:३-३९

बीउ

परिभाषा:

बीउ त्यस्तै किसिमका अरू बिरुवाहरू सत्पादन गर्नलाई जमिनमा रोपिने बिरुवाको हिस्सा हो । यसको धेरै आलङकारिक अर्थहरू पनि छन् ।

  • बीउलाई महिलाभित्र बालक बन्‍न लगाउने पुरुष वा महिलाभित्र रहेको सानो कोषलाई आलङकारिकरूपमा र आदरार्थी अभिव्यक्‍तिको रूपमा प्रयोग गरिएको छ ।
  • व्यक्‍तिको सन्तान वा सन्ततिहरूलाई जनाउन पनि “बीउ” सँग सम्बन्धित शब्द प्रयोग गरिन्छ ।
  • यो शब्दको प्रायः एउटा अन्‍नको दाना वा एउटा सन्तानभन्दा बढी जनाउने बहुवचको अर्थ हुन्छ ।
  • किसानले छरिरहेका बीउको दृष्‍टान्तमा, येशूले बीउलाई असल फलहरू उत्पादन गर्नलाई मानिसहरूका हृदयमा रोपिने परमेश्‍वरको वचनसँग तुलना गर्नुभयो ।
  • प्रेरित पावलले पनि परमेश्‍वरको वचनलाई जनाउन बीउ शब्द प्रयोग गर्छन् ।

अनुवादका निम्ति सुझावहरूः

  • शाब्दिक बीउको लागि, लक्षित भाषामा किसानले खेतमा रोप्‍ने “बीउ” लाई प्रयोग गर्ने शब्द नै प्रयोग गर्नु उत्तम हुन्छ ।
  • परमेश्‍वरको वचनलाई आलङकारिकरूपमा जनाउने सन्दर्भहरूमा पनि शाब्दिक शब्द प्रयोग गर्नुपर्छ ।
  • एउटै पारिवारिक वंशका मानिसहरूलाई जनाउने आलङकारिक प्रयोगहरूमा, बीउको सट्टामा “सन्तान” वा “सन्तानहरू” शब्दहरू प्रयोग गर्नु नै स्पष्‍ट हुनसक्‍छ । केही भाषाहरूमा “बालबच्‍चाहरू र नाति-नातिनाहरू” बुझाउने शब्द हुनसक्छ ।
  • पुरुष वा महिलाको बीउको निम्ति लक्षित भाषामा मानिसहरूलाई चोट नपुर्‍याउने वा अप्ठयारो नपार्ने गरी व्यक्‍त गर्ने उपायहरू विचार गर्नुहोस् । (हेर्नुहोस्ः शिष्‍टोक्‍ति)

(हेर्नुहोस्ः सन्तान, सन्तति) बाइबल खण्डहरूः


बुझ्‍नु, बुझाइ

परिभाषा:

“बुझ्‍नु” शब्दको अर्थ हुन्छ‒ जानकारी प्राप्‍त गरी त्यसको अर्थ के हो भनी जान्‍नु ।

  • “बुझाइ” शब्दले “ज्ञान” वा “बुद्धि” वा कुनै कुरो कसरी गर्ने भन्‍ने समझशक्‍तिलाई जनाउन सक्छ । कसैले कस्तो अनुभव गरिरहेको छ भन्‍ने बोधलाई पनि यसले जनाउन सक्छ ।
  • येशू इम्माउसको बाटोमा हिँडिरहनुहुँदा उहाँले चेलाहरूलाई मसीहको बारेमा धर्मशास्‍त्रको अर्थ बुझाइदिनुभयो ।
  • सन्दर्भमा आधारित रहेर “बुझ्‍नु” लाई “जान्‍नु” वा “विश्‍वास गर्नु” वा “बोध गर्नु” वा “(यसको) अर्थ के भनी जान्‍नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “बुझाइ” शब्दलाई अक्सर “ज्ञान” वा “बुद्धि” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः जान्‍नु, ज्ञान, ज्ञात गराउनु, बुद्धि, बुद्धिमान्, विश्‍वास गर्नु, माथि विश्‍वास गर्नु, विश्‍वास)

बाइबलका सन्दर्भहरूः

  • लूका ०२:४५-४७
  • लूका ०८:९-१०
  • मत्ती १३:१०-१२
  • मत्ती १३:१३-१४

बेखतने, बेखतना

परिभाषा:

शब्दहरू “बेखतने” वा “बेखतना” ले शारीरिक रूपमा खतना नगरिएको पुरुषलाई जनाउँछ ।

  • मिश्र एउटा यस्तो मुलुक थियो जहाँ खतना गरिन्थ्यो । त्यसैले, मिश्र “बेखतनेहरू” द्वारा पराजित भयो भनी परमेश्‍वरले बताउनुहुँदा उहाँले त्यस्ता मानिसहरूलाई उल्लेख गर्दै हुनुहुन्छ जसलाई मिश्रीहरूले खतना नगरेको कारणले तिरस्कार गर्थे ।
  • बाइबलले यस्ता मानिसहरूको चर्चा गर्छ जससित “बेखतने (अर्थात् खतना नगरिएको) ह्दय” छ वा जसको “ह्दयमा खतना भएको” छैन । यो यी परमेश्‍वरका मानिसहरू होइनन् र तिनीहरू उहाँप्रति हठी रूपमा अनाज्ञाकारी छन् भनी उल्लेख गर्ने आलङ्कारिक तरिका हो ।

अनुवादका लागि सुझावहरूः

  • अनुवादका गरिएको भाषामा खतनाको लागि कुनै शब्दको प्रयोग गरिएको छ वा त्यो शब्द ज्ञात छ भने “बेखतने” लाई “खतना नगरिएको” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर शब्द “बेखतनेहरू” लाई “खतना नगरिएका मानिसहरू” वा “ती मानिसहरू जो परमेश्‍वरका होइनन्” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई आलङ्कारिक रूपमा प्रयोग गर्दा “जो परमेश्‍वरका मानिसहरू होइनन्” वा “जो परमेश्‍वरका होइनन्, तिनीहरूजस्तै विद्रोहीहरू” वा “परमेश्‍वरका मानिसहरू हुन् भन्‍ने कुनै सङ्केत नभएको” भनी अनुवाद गर्न सकिन्छ ।
  • टुक्‍का “ह्दयको खतना नगरिएको” लाई “हठी रूपमा विद्रोही” वा “विश्‍वास गर्न इन्कार गर्ने” भनी अनुवाद गर्न सकिन्छ । तथापि सम्भव भएसम्म यस टुक्‍का वा उस्तै अभिव्यक्‍तिलाई जस्ताको तस्तै राख्‍नु उत्तम हुन्छ, किनकि आत्मिक खतना एउटा महत्त्वपूर्ण अवधारणा हो ।

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, खतना गर्नु, खतना)

बाइबलका सन्दर्भहरूः

  • २ शमूएल ०१:१७-२०
  • प्रेरित ११:१-३
  • कलस्सी ०२:१३-१५
  • एफिसी ०२:११-१२
  • प्रस्थान १२:४७-४८
  • इजकिएल ३२:२४-२५
  • न्यायकर्ता १५:१७-१८
  • यर्मिया ०९:२५-२६
  • लेवी २६:४०-४२
  • रोमी ०२:२५-२७

बैजनी

परिभाषा:

“बैजनी” शब्द निलो र रातो रङ्गको मिश्रणलाई बुझाउने रङ्गको नाउँ हो । यो रङ्ग उत्पादन गर्न समय लाग्‍ने र महँगो भएको हुनाले, बैजनी रङ्गको कपडालाई धन, विशिष्‍टता, र राजसीपनको चिन्हको रूपमा मानिन्थ्यो ।

  • प्रचीन समयहरुमा, बैजनी दुर्लभ र अति मूल्यवान थियो, जुन राजाहरू र अन्य उच्‍च अधिकृतहरूका पोशाकको निम्ति प्रयोग गरिन्थ्यो ।
  • बैजनी रङ्ग एक किसिमको समुद्री शङ्खे किराबाट निकालिन्थ्यो । यो रङ्ग शङ्खे किराहरूलाई जबजस्ती कुल्चेर निकालिन्थ्यो वा तिनीहरू जीवित हुदा नै यो रङ निकाल्न लागइन्थ्यो । यो धेरै महँगो प्रकृया थियो ।
  • रोमी सिपाहीहरुले येशूलाई क्रुसमा टाँग्‍नअगि यहूदीहरूका राजा हुँ भन्‍ने उहाँको दाबीको खील्ली उडाउन बैजनी राजसी पोशाक पहिर्‍याइ दिए ।
  • फिलिप्पी सहरका लिडिया नाउँ गरेकी महिलाले बैजनी कपडा बचेर तनकी जीविका गर्थीन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्) (हेर्नुहोस्ः फिलिप्‍पी, राजसी) बाइबलका खण्डहरूः

  • दानिएल ०५:७

बोक्‍नु

परिभाषा:

“बोक्‍नु” को शाब्दिक अर्थ केही कुरो “ओसार्नु” भन्‍ने हुन्छ । यस शब्दको अन्य धेरै आलङ्कारिक प्रयोग पनि छन् ।

  • बच्‍चा बोक्‍ने स्‍त्रीको बारेमा बोल्दा यसको अर्थ बच्‍चा “जन्माउनु” भन्‍ने हुन्छ ।
  • “बोझ बोक्‍नु” को अर्थ हुन्छ‒ “कठिन कुराहरूको अनुभव गर्नु ।” यी कठिन कुराहरूमा शारीरिक वा भावनात्मक दुःखकष्‍ट पर्न सक्छ ।
  • “फल बोक्‍नु” एउटा सामान्य अभिव्‍यक्‍ति हो, जसको अर्थ हुन्छः “फल फलाउनु” वा “फल उत्पादन गर्नु ।”
  • “साक्षी बोक्‍नु” भन्‍ने टुक्‍काको अर्थ हुन्छ‒ “गवाही दिनु” वा “आफूले देखेको वा अनुभव गरेको कुरोको प्रतिवेदन दिनु ।”
  • “छोरोले उसको पिताको अपराध बोक्‍नेछैन” भन्‍ने भनाइको अर्थ हुन्छः ऊ उसको पिताका पाप “को लागि जिम्मेवार हुनेछैन” वा त्यस “को लागि उसलाई दण्ड दिइनेछैन ।”

बोझ

परिभाषा:

बोझ गर्‍हुङ्गो भारी हो । यसले शाब्दिक रूपमा जनावरले बोक्‍ने भौतिक भारीलाई जनाउँछ । “बोझ” शब्दका केही आलङ्कारिक प्रयोगहरू पनि छन् ।

  • बोझले व्‍यक्‍तिले गर्नुपर्ने कठिन कर्तव्य वा महत्त्वपूर्ण जिम्मेवारीलाई पनि जनाउन सक्छ । उसले “गर्‍हुङ्गो बोझ” “बोकेको” वा “ओसारेको” भनिन्छ ।
  • एक क्रूर शासकले आफूले शासन गरिरहेका मानिसहरूमाथि कठिन बोझहरू हालिदिन सक्छ । उदाहरणको लागि, उसले तिनीहरूलाई जबरजस्ती धेरै करहरू तिर्न लगाउँछ ।
  • कसैको लागि बोझ हुन नचाहने व्‍यक्‍तिले त्यस व्‍यक्‍तिमा समस्या ल्याउन चाहँदैन ।
  • व्‍यक्‍तिको पापको दोष उसको लागि बोझ हुन्छ ।
  • “प्रभुको बोझ” ले आलङ्कारिक रूपमा “परमेश्‍वरबाट आएको सन्देश” लाई जनाउँछ, जुन अगमवक्ताले परमेश्‍वरका जनहरूलाई बताउनुपर्छ ।
  • सन्दर्भमा आधारित रहेर “बोझ” शब्दलाई “जिम्मेवारी” वा “कर्तव्य” वा “गर्‍हुङ्गो भारी” वा “सन्देश” भनी अनुवाद गर्न सकिन्छ ।

ब्वाँसो, ब्वाँसाहरू, जङ्गली कुकुरहरू

परिभाषा:

ब्वाँसो एक जङ्गली कुकुर सरह भयानक मांसहारी जनावर हो ।

  • ब्वाँसाहरूले समूहमा शिकार गर्छन् जसलाई हुलहरू भनिन्छ ।
  • जब यी ब्वाँसाहरूले शिकारको पिछा गर्छन् तिनीहरू धेरै धूर्त हुन्छन् र विस्तारै लुकेर शिकार गर्छन् ।
  • विश्‍वासीहरूका लागि झुटा शिक्षकहरू धेरै नै खतरनाक हुन्छन्, त्यसैले तिनीहरूलाई कहिलेकाँही भेडाहरूको नाश गर्ने ब्वाँसाहरूसँग तुलना गरिन्छ ।
  • विशेषतः ब्वाँसाहरूले भेडाहरूलाई सजिलै आक्रमण गरी खान सक्छन्, किनभने तिनीहरूसँग ब्वाँसाहरूका विरुद्ध कुनै आत्मरक्षा हुँदैन ।

भट्टी

परिभाषा:

धेरै तापक्रममा कुनै कुरालाई तताउनको लागि प्रयोग गरिने ठुलो चुलोलाई भट्टी भनिन्छ ।

  • पुरानो समयमा धेरैजसो भट्टीहरू धातुहरू पगालेर भाँडाहरू, गहनाहरू, हतियारहरू र मूर्तिहरू बनाउनको लागि प्रयोग गरिन्थ्यो ।
  • माटोको भाँडाहरू बनाउनको लागि पनि भट्टीको प्रयोग गरिन्थ्यो ।
  • अत्यन्तै तातो कुरालाई जनाउनलाई पनि भट्टी शब्दको प्रयोग गरिन्छ ।

भय, भययोग्य

परिभाषा:

“भय” शब्दले कुनै महान्, शक्तिशाली र वैभवशाली कुरोलाई देख्दा आउने आश्‍चर्यको अनुभूति र गहन आदरलाई जनाउँछ ।

  • “भययोग्य” शब्दले भयको अनुभूति उदय गराउने कुनै व्‍यक्‍ति वा वस्तुको बयान गर्दछ ।
  • इजकिएल अगमवक्ताद्वारा देखिएको परमेश्‍वरको महिमाको दर्शन “भययोग्य” वा “भयभीत तुल्याउने” थियो ।
  • परमेश्‍वरको उपस्थितिको भयलाई देखाउने साधारण मानवीय प्रतिक्रियाहरू यी नै हुन्ः डराउनु, शिर झुकाउनु वा घुँडा टेक्‍नु, अनुहार ढाक्‍नु र काँप्‍नु ।

भाङ्ग्रा

परिभाषा:

भङ्ग्रा बाख्रा वा उँटको रौँले बनेको एउटा लुगा थियो । यो लुगा धेरै खस्रो र घोच्‍ने खालको हुन्थ्यो ।

  • भङ्ग्राको लुगा प्रायः विलाप, शोक वा अपमान दाखाउने तरिकाले लगइन्थ्यो ।
  • खरानी लगउनु वा खरानीमा बस्‍नु पनि विलाप र अपमानको चिन्ह थियो ।
  • “भङ्ग्रा र खरानी” दुःख र पश्‍चतापको परम्परागत अभिव्यक्‍तिलाई जनाउने एउटा प्रचलित शब्द थियो ।

अनुवादका निम्ति सुझावहरूः

  • यसलाई “जनावरको रौँले बनेको खस्रो लुगा” वा “बाख्राको रौँले बनेको कपडा” वा “खस्रो, घोच्‍ने खालको कपडा” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “खस्रो, घोच्‍ने विलाप गर्ने कपडा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “भङ्ग्रा र खरानीमा बस्‍नु” लाई “घोच्‍ने खालको कपडा लगाएर र खरानीमा बसेर विलाप र अपमान भएको देखाउनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अज्ञातलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः बाख्रा,पाठो, उँट, विलाप गर्नु, विलाप, पश्‍चताप गर्नु, पश्‍चताप, चिन्ह, प्रमाण, याद दिलाउने, नम्र, नम्रता) बाइबल खण्डहरूः

  • उत्पत्ति ३७:३४-३६
  • योना ०३:४-५
  • लूका १०:१३-१५
  • मत्ती ११:२०-२२

भाला

परिभाषा:

भाला लामो समाउने र एकपट्टि धार भएको हतियार हो जसलाई लामो दुरिमा फ्याँकिन्छ ।

  • बाइबलको समयमा भाला लडाइँमा प्रयोग गरिन्थ्यो । आजभोलि पनि यसलाई मानिसहरूका समूहरू बिच विवाद पर्दा प्रयोग गरिन्छ ।
  • येशू क्रुसमाथि टाँगिइएका बेला एक रोमी सिपाहीले उहाँको कोखामा घोच्‍नलाई भाला प्रयोग गरे ।
  • कहिले काहीँ मानिसहरूले माछा पक्रन वा अन्य सिकारहरू गर्नलाई भाला हान्छन् ।

बाइबलका खण्डहरूः


भालु

परिभाषा:

भालु ठुलो, चार-खुट्टे भुवादार छाला भएको जनावर हो । यसको रौँ गाडा खैरो वा कालो र यसका तिखा दाँत र पञ्‍जाहरू हुन्छन् । बाइबलको समयमा भालुहरू इस्राएलमा सामान्य थिए ।

  • यी जनावरहरू जङ्गल वा पहाडी क्षेत्रहरूमा बस्छन् । तिनले माछा, किरा र बिरुवाहरू खान्छन् ।
  • पुरानो करारमा भालुलाई शक्‍तिको प्रतीकको रूपमा प्रयोग गरिएको छ ।
  • भेडाहरू चराउँदा गोठाला दाऊदले भालुसित लडाइँ गरी त्यसलाई पराजित गरे ।
  • जङ्गलबाट आएका दुईवटा भालुले एलीशा अगमवक्‍तालाई गिल्ला गर्ने केटाकेटीहरूको समूहलाई आक्रमण गरे ।

(हेर्नुहोस्ः दाऊद, एलीशा)

बाइबलका सन्दर्भहरूः


भालु

परिभाषा:

बाइबलमा “भालु” शब्द अक्सर “जनावर” को लागि व्यक्त गर्ने अर्को तरिका हो ।

  • जङ्गली भालु एक किसिमको जनावर हो, जुन जङ्गल वा खेतहरूमा स्वतन्‍त्र भएर जिउँछ, र त्यसलाई मानिसहरूबाट तालिम दिइएको हुँदैन ।
  • घरपालुवा भालु त्यस्तो जनावर हो, जुन मानिसहरूसँगै बस्छ । खाना र खेत जोत्‍नेजस्ता कामहरू गर्नको लागि यसलाई पाल्ने गरिन्छ । अक्सर यस्तो किसिमको जनावरलाई जनाउन “बस्तुभाउ” शब्दको प्रयोग गरिन्छ ।
  • पुरानो करारको पुस्तक दानिएल र नयाँ करारको पुस्तक प्रकाशले दर्शनको बयान गर्छन्, जसमा दुष्‍ट शक्तिहरू र परमेश्‍वरको विरोध गर्ने अधिकारहरूको प्रतिनिधित्व गर्ने भालुहरू छन् । (हेर्नुहोस्ः रूपक)
  • यी जनावरहरूमध्ये केहीका अनौठा विशेषताहरू छन्, जस्तैः तिनीहरूका केही शिर र धेरै सीङहरू छन् भनी बयान गरिएको छ । तिनीहरूसित अक्सर शक्ति र अधिकार छ, जसले देश, राज्य वा अन्य राजनीतिक शक्तिहरूलाई अङ्कित गर्न सक्छन् ।
  • पाठयांशमा आधारित रहेर यसलाई “जीव” वा “सृजित वस्तु” वा “जनावर” वा “जङ्गली जनावर” भनी अनुवाद गर्न सकिन्छ ।

भित्रिनी

परिभाषा:

भित्रिनी एक स्‍त्री हो, जो पहिले नै पत्‍नी भएको पुरुषको लागि माध्यमिक पत्‍नी हुन्छे । साधारणतया, भित्रिनी त्यस पुरुषसित वैधानिक रूपमा विवाह नगरिएकी स्‍त्री हुन्छे ।

  • पुरानो करारमा भित्रिनीहरू अक्सर स्‍त्री नोकर्नीहरू हुन्थे ।
  • सैनिक जित वा ऋण भुक्तानीमार्फत भित्रिनीलाई किन्‍न सकिन्थ्यो ।
  • राजाको लागि धेरै भित्रिनीहरू हुनु अक्सर शक्तिको चिन्ह हुन्थ्यो ।
  • भित्रिनी राख्‍ने अभ्यास परमेश्‍वरको इच्छाको विरुद्धमा हो भनी नयाँ करारले सिकाउँछ ।

भुस

परिभाषा:

भुस अन्‍नको गेडाको रक्षा गर्ने सुक्खा ढकनी हो । भुस भोजनको लागि उचित छैन । त्यसैले, मानिसहरूले यसलाई गेडाबाट अलग गरी फ्याँकिदिन्छन् ।

  • अक्सर अन्‍नका खोस्टाहरूलाई हावामा फाली भुसलाई गेडाबाट अलग गरिन्छ । बतासले भुसलाई उडाएर लैजान्छ, अनि गेडा भुइँमा खस्छ । यस प्रक्रियालाई “निफन्‍नु” भनिन्छ ।
  • बाइबलमा दुष्‍ट मानिसहरू, दुष्‍ट र बेकम्मा कुराहरूलाई जनाउन यस शब्दलाई आङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ ।

भेट हुने पाल

परिभाषा:

परमेश्‍वरले सीनै पर्वतमा आफ्ना व्यवस्थाहरू दिनुहुँदा उहाँले इस्राएलीहरूलाई भेट हुने पाल बनाउन आज्ञा दिनुभयो । यो पवित्र ठाउँ थियो जहाँ परमेश्‍वर तिनीहरूसित भेट गर्नुहुन्थ्यो । तिनीहरू उजाड-स्थानमा भौँतारिदा तिनीहरूले यसलाई आफूसँगै लैजान्थे र परमेश्‍वरले तिनीहरूलाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले यसलाई खडा गर्थे ।

  • भेट हुने पाल घरजस्तै थियो । काठको संरचनामाथि कपडाले ढाकेर यसको निर्माण गरिएको थियो ।
  • कपडा र काठले बनेका पर्खालहरूबाट घेरिएको ठुलो चोकको बिचमा भेट हुने पाल खडा गर्न परमेश्‍वरले तिनीहरूलाई आज्ञा दिनुभएको थियो ।
  • चोकको बिचमा खडा गरिएको भेट हुने पालको सामुन्‍ने वेदी राख्‍न परमेश्‍वरले तिनीहरूलाई आज्ञा दिनुभयो । परमेश्‍वरलाई भेटी र बलिदानहरू चढाउन मानिसहरू चोकमा जान सक्थे । काममा खटिएका पूजाहारीहरूले मानिसहरूले ल्याएको वस्तुलाई ग्रहण गर्थे र व्यवस्थाको मागअनुसार त्यसलाई बलिदानको लागि वेदीमा अर्पण गर्थे ।
  • भेट हुने पालभित्र एउटा झुण्डिएको बाक्लो पर्दा हुन्थ्यो, जसले दुईवटा कोठालाई विभाजन गर्थ्यो । मानिसहरूले भित्रपट्टिको कोठालाई नदेखून् र तिनीहरू त्यहाँ नजाऊन् भन्‍ने हेतुले त्यो पर्दा राखिएको थियो । पहिलो कोठा ज्यादै पवित्र थियो, त्यसैले त्यहाँ पूजाहारीहरू मात्र जान सक्थे । दोस्रो कोठा महा-पवित्रस्थान थियो, त्यसैले त्यहाँ प्रधान पूजाहारी मात्र जान सक्थ्यो ।

(हेर्नुहोस्ः पूजाहारी, पूजाहारीको पद, प्रधान पूजाहारी, बलिदान, भेटी)

बाइबलका सन्दर्भहरूः बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१३-०८) परमेश्‍वरले इस्राएलीहरूलाई तिनीहरूले बनाउनुपर्ने पालको सबिस्तार वर्णन दिनुभयो । यसलाई भेट हुने पाल भनिन्थ्यो, र यसको दुईवटा कोठा थिए, जसलाई एउटा ठुलो पर्दाबाट छुट्ट्याइएको थियो ।
  • (१३-०९) परमेश्‍वरको व्यवस्था तोड्ने जोकसैले पनि भेट हुने पालको सामुन्‍ने राखिएको वेदीमा परमेश्‍वरलाई चढाइने बलिदानस्वरूप जनावर ल्याउन सक्थ्यो ।
  • (१४-०८) परमेश्‍वर ज्यादै रिसाउनुभयो र उहाँ भेट हुने पालमा आउनुभयो ।
  • (१८-०२) अब मानिसहरूले परमेश्‍वरलाई भेट हुने पालमा आराधना र बलिदानहरू चढाउनुको साटो तिनीहरूले मन्दिरमा त्यसो गर्न थाले ।

भेडा, साँढ, भेडी

परिभाषा:

भेडा जिउभरि रौं\उन भएको एउटा मध्यम आकारको जनावर हो । भाले भेडालाई साँढ भनिन्छ । पोथी भेडालाई भेडी भनिन्छ ।

  • इस्राएलीहरूले विशेष गरी भाले र सानो भेडालाई बलिदानको निम्ति प्रयोग गर्थे ।
  • मानिसहरूले भेडाको मासु खान्थे, र उनबाट कपडाहरू र अन्य कुराहरू बनाउन प्रयोग गर्थे ।
  • भेडाहरू ज्यादै भरोसा गर्ने, कमजोर र कातर हुन्छन् । तिनीहरू सहजै प्रभावित बहकिन्छन् । तिनीहरूलाई ठिक दिशामा डोर्‍याउन, सुरक्षा दिन र खाना, पानी र आश्रय दिनलाई भेडाको आवश्यक पर्छ ।
  • बाइबलमा मानिसहरूलाई परमेश्‍वर तिनीहरूका गोठाला हुनुभएको भेडाहरूका रूपमा तुलना गरिएका छन् ।

(हेर्नुहोस्ः भेडा, थुमा, परमेश्‍वरको थुमा) बाइबलका खण्डहरूः

  • प्रेरित ०८:३२-३३
  • उत्पत्ति ३०:३१-३२
  • यूहन्‍ना ०२:१३-१४
  • लूका १५:३-५
  • मत्ती ०९:३५-३६
  • मत्ती १०:५-७
  • मत्ती१२:११-१२
  • मत्ती २५:३१-३३
  • मत्ती ०६:३३-३४

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०९-१२) एक दिन मोशाले भेडा हेरचाह गरिरहेका बेला, उनले आगो लागेको झाडी देखे ।
  • (१७-०२) दाऊद बेथेलेहेम सहरका गोठाला थिए । उनका बुबाका भेडाहरू गोठाला गर्दा उनले भेडाहरूलाई आक्रमण गर्ने सिंह र भालुहरूलाई मारेका थिए ।
  • (१७-०३) येशूका लागि यी मानिसहरू गोठालाविनाका भेडाहरू जस्ता थिए ।
  • (३८-०८) येशूले भन्‍नुभयो, “आज राति तिमीहरू सबैले मलाई त्याग्‍नेछौ । यस्तो लेखिएको छ, ‘मैले गोठालालाई प्रहार गर्छु, र सबै भेडाहरू छरपष्‍ट हुनेछन्’ ।”

भेला, भेला हुनु

परिभाषा:

“भेला” शब्दले साधारणतया समस्याहरूको छलफल गर्न, सरसल्लाह दिन र निर्णयहरू लिन एकै ठाउँमा जम्मा हुने मानिसहरूको समूहलाई जनाउँछ ।

  • सभा औपचारिक वा केही हदसम्म स्थायी तवरले सङ्गठन गरिएको समूह हुन सक्छ, वा यो विशेष उद्देश्य वा अवसरको लागि अस्थायी रूपमा जम्मा हुने मानिसहरूको समूह पनि हुन सक्छ ।
  • पुरानो करारमा “पवित्र सभा” भनिने विशेष किसिमको सभा थियो, जहाँ इस्राएलका मानिसहरू यहोवेको आराधना गर्न जम्मा हुने गर्थे ।
  • कहिले काहीँ “सभा” शब्दले सामान्य रूपमा इस्राएलीहरूलाई जनाउँथ्यो ।
  • शत्रुका सिपाहीहरूको ठुलो जमघटलाई पनि कहिले काहीँ “सभा” भनिएको छ । यसलाई “सेना” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • नयाँ करारमा कानुनी विषयहरूको न्याय गर्न र मानिसहरूका बिचमा भएका विवादहरूको छिनोफानो गर्न यरूशलेमजस्ता ठुला-ठुला सहरहरूमा ७० जना यहूदी अगुवाको सभा बस्थ्यो । यस सभालाई “महासभा” वा “परिषद्” भनिन्थ्यो ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “सभा” लाई “विशेष जमघट” वा “भेला” वा “परिषद्” वा “सेना” वा “ठुलो समूह” भनी अनुवाद गर्न सकिन्छ ।
  • जब “सभा” शब्दले साधारणतया पुरै इस्राएलीहरूलाई जनाउँछ त्यस बेला यसलाई “समुदाय” वा “इस्राएलका मानिसहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • पदावली “सबै सभा” लाई “सबै मानिसहरू” वा “इस्राएलका सारा समुदाय” वा “हरेक” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः अतिशयोक्‍ति)

(हेर्नुहोस्ः परिषद्)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ०८:१४-१६
  • प्रेरित ०७:३८-४०
  • प्रेरित १४:२३-२६
  • एज्रा १०:१२-१३
  • हिब्रू १२:२२-२४
  • लेवी ०४:२०-२१
  • नहेम्याह ०८:१-३

भोज

परिभाषा:

भोज एउटा ठुलो, औपचारिक भोजन हो, जसमा साधारणतया खानाका विभिन्‍न परिकारहरू समावेश हुन्छन् ।

  • प्राचीन समयमा राजनीतिक अगुवाहरू र अन्य महत्त्वपूर्ण पाहुनाहरूलाई मनोरञ्जन दिन राजाहरूले अक्सर भोजको आयोजना गर्थे ।
  • यसलाई “विशाल भोजन” वा “महत्त्वपूर्ण चाड” वा “विभिन्‍न परिकारका भोजन” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

भोज

परिभाषा:

मानिसहरू भेला भएर उत्सव मनाउँदै खाने कार्यक्रमलाई भोज भनिन्छ । “भोज खानु” भन्‍नाले धेरै विशेष किसिमको भोजन प्रशस्‍त मात्रामा खाने कामलाई जनाउँछ ।

  • परमेश्‍वरले यहूदीहरूलाई धार्मिक चाडहरू मान्‍नको लागि आज्ञा गर्नुभयो र यी धार्मिक चाडहरूमा भोज खाने काम पनि हुन्थ्यो । यसै कारणले गर्दा, यी चाडहरूलाई भोज” पनि भनिन्छ ।
  • राजाहरू र अन्य धनी मानिसहरूले भव्य भोज दिने गर्थे ।
  • हराएको छोराको कथामा उसको बाबुले छोरो फर्केर आएको खुसीमा विशेष भोज दिएका थिए ।
  • कहिले काहीँ यी भोजहरू धेरै दिनसम्म चल्ने गर्थे ।

भ्रष्‍ट, भ्रष्‍टाचार

परिभाषा:

शब्दहरू “भ्रष्‍ट” र “भ्रष्‍टाचार” ले कामकाजको त्यस अवस्थालाई जनाउँछन् जसमा मानिसहरू अनैतिक, बेइमान र दूषित भएका हुन्छन् ।

  • “भ्रष्‍ट” शब्दको शाब्दिक अर्थ हुन्छ‒ नैतिक रूपमा “बाङ्गो” वा “भाँचिएको” हुनु ।
  • भ्रष्‍ट व्यक्‍ति सत्यताबाट तर्केको हुन्छ, र उसले बेइमान र अनैतिक कामहरू गरिरहेको हुन्छ ।
  • कसैलाई भ्रष्‍ट बनाउनुको अर्थ हुन्छ कि त्यस व्यक्‍तिलाई बेइमान र अनैतिक कुराहरू गर्न प्रभावित तुल्याउनु ।

अनुवादका लागि सुझावहरूः

  • “भ्रष्‍ट बनाउनु” लाई “दुष्‍ट्याइँ गर्न प्रभावित तुल्याउनु” वा “अनैतिक हुन लगाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • भ्रष्‍ट व्यक्‍तिलाई “अनैतिक भएको व्यक्‍ति” वा “दुष्‍ट्याइँको अभ्यास गर्ने व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “खराब” वा “अनैतिक” वा “दुष्‍ट” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • भ्रष्‍टाचार शब्दलाई “दुष्‍ट्याइँको अभ्यास” वा “दुष्‍ट्याइँ” वा “अनैतिकता” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल २०:४२-४४
  • गलाती ०६:६-८
  • उत्पत्ति ०६:११-१२
  • मत्ती ०७:१८-२०
  • मत्ती १२:३३-३५
  • भजनसंग्रह १४:१

म, यहोवे; मलाई यहोवे

परिभाषा:

पुरानो करारमा धेरै पटक परमेश्‍वर आफ्नै बारेमा बोल्नुहुँदा उहाँले सर्वनामको साटो आफ्नै नाउँको प्रयोग गर्नुहुन्छ ।

  • उदाहरणको लागि, “मेरो आदर गर” भन्‍नुको साटो उहाँ भन्‍नुहुन्छ, “यहोवेको आदर गर ।”
  • परमेश्‍वर आफै नै बोल्दै हुनुहुन्छ भनी प्रस्ट पार्न युएलबीले यसलाई अक्सर “म यहोवेको आदर गर” वा “म यहोवे भन्दछु” भनी सर्वनामलाई थपेर अनुवाद गर्दछ ।
  • “म” वा “मेरो” जस्ता सर्वनामहरू थपेर परमेश्‍वर नै वक्‍ता हुनुहुन्छ भनी युएलबीले पाठकलाई अङ्कित गर्दै छ ।

अनुवादका लागि सुझावहरूः

  • केही भाषाहरूमा शाब्दिक पाठ्यांशलाई पछ्याई कुनै सर्वनामको प्रयोग नगरीकन “यहोवे” को मात्र प्रयोग गर्नु नै स्वाभाविक हुने भएकाले ती अनुवादकहरूले यसलाई त्यसरी नै अनुवाद गर्ने निधो गर्न सक्छन् ।
  • केही अनुवादकहरूले पाठ्यांशको आरम्भमा केही पटक मात्र यहोवेसित सर्वनाम प्रयोग गर्ने, तर बाँकी भागहरूमा सर्वनामलाई नलेख्‍ने निधो गर्न सक्छन् । युएलबीको उदाहरण व्यवस्था ५:९-१६ हो ।
  • पाठ्यांशमा शाब्दिक रूपमा यहोवे प्रयुक्‍त हुँदा सम्भव भएसम्म यसलाई यसरी नै राख्‍नु उत्तम हुन्छ, तर पाठ्यांशलाई बेसी स्वाभाविक र प्रस्ट पार्न केही अनुवादकहरूले केही ठाउँहरूमा सर्वनामलाई मात्र राख्‍ने निधो गर्न सक्छन्, ।
  • यो परमेश्‍वर स्वयम् बोल्नुहुँदा “यहोवे” लाई अनुवाद गर्ने सम्भाव्य तरिकाहरूको सारांश होः
  • “यहोवे” (शाब्दिक)
  • “म यहोवे”
  • “म” (वा “मलाई” )
  • “यहोवे यसो भन्‍नुहुन्छ” भन्‍नेजस्ता उद्धरणलाई परिचित गराउनुहोस् ।
  • प्रत्येक पटक नभई कहिले काहीँ मात्र सर्वनामलाई थप्‍नु अर्को विकल्प हुन सक्छ ।
  • लक्षित भाषामा यस पदावलीको अनुवाद स्वाभाविक हुनुपर्छ र यहोवे आफै नै यस बारेमा बोल्दै हुनुहुन्छ भनी प्रस्ट हुनुपर्छ ।

(हेर्नुहोस्ः यहोवे)

बाइबलका सन्दर्भहरूः


मजदूरी, मजदूर

परिभाषा:

मजदूरी भनेको कुनै पनि किसिमको कठोर परिश्रम हो । मजदूरी भनेको कुनै पनि किसिमको त्यो काम हो जसमा प्रशस्त मात्रामा शारीरिक शक्ति र सामर्थ्यको प्रयोग हुनेगर्दछ र प्रायः कठोर परिश्रमलाई सङ्केत गर्दछ । मजदूर भनेको त्यो व्‍यक्‍ति हो जसले कुनै पनि किसिमको मजदूरीमा सहभागी हुन्छ । प्रसुति प्रक्रियाको एउटा अंशलाई “कठोर परिश्रम” भनेर पनि सङ्केत गरिन्छ । “मजदूरी” लाई “काम” वा “कठोर परिश्रम” वा “कठिन परिश्रम” भनेर पनि अनुवाद गर्न सकिन्छ ।


मद्य टक्रयाउने

परिभाषा:

पुरानो करारको समयमा “मद्य टक्रयाउने” व्‍यक्‍ति राजाको नोकर हुन्थ्यो, जसलाई राजाकहाँ मद्यको कचौरा ल्याउने जिम्मा दिइएको हुन्थ्यो । मद्यमा विष राखिएको थियो वा थिएन भनी निश्‍चित गर्नका लागि साधारणतया उसले पहिले चाखेर ल्याउने गथ्र्यो ।

  • यस शब्दको शाब्दिक अर्थ हुन्छ‒ “मद्य ल्याउने” वा “मद्यको कचौरा ल्याउने व्‍यक्‍ति ।”
  • मद्य टक्रयाउने व्‍यक्‍ति आफ्नो राजाको लागि ज्यादै भरोसायोग्य र बफादार हुन्थ्यो ।
  • उसको भरोसायोग्य ओहोदाको कारणले शासकले लिने निर्णयहरूमा मद्य टक्रयाउनेले अक्सर प्रभाव पाथ्र्यो ।
  • केही इस्राएलीहरू बेबिलोनी निर्वासनमा हुँदा नहेम्याह फारसका राजा अर्तासास्तका लागि मद्य टक्रयाउने व्‍यक्‍ति थिए ।

मध्यस्थकर्ता

परिभाषा:

मध्यस्थकर्ता भनेको दुई पक्षलाई उनीहरूको मतभेद सुल्झाउन र मिलापमा आउन सहायता गर्ने व्यक्त्ति हो ।

  • पापको नतिजा परमेश्‍वरको क्रोध हो, अनि पापको दण्ड मृत्यु हो । पापको कारण परमेश्‍वर र उहाँका मानिसहरू बिचको सम्बन्ध टुटेको छ । येशू, परमेश्‍वर पिता र उहाँका मानिसहरू बिचको मध्यस्थकर्ता हुनुहुन्छ, जसले आफ्नो मृत्युद्वारा तिनीहरूको पापको मूल्य तिरेर त्यो टुटेको सम्बन्ध पुनर्स्थापना गर्नुहुन्छ ।

अनुवादका लागि सुझावहरू

  • “मध्यस्थकर्ता” लाई “बिचको व्यक्त्ति” वा “मिलापकर्ता” वा “शान्ति ल्याउने व्यक्त्ति” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यो शब्दलाई “पूजाहारी” भन्‍ने शब्दको अनुवादसँग तुलना गर्नुहोस् । यी दुईवटा शब्दलाई फरक-फरक तरिकाले अनुवाद गरिएमा उत्तम हुन्छ ।

मन

परिभाषा:

“मन” भन्‍ने शब्दले व्यक्त्तिको सोच्‍ने र निर्णय गर्ने भागलाई जनाउँछ ।

  • व्यक्त्तिको मस्तिष्क सोच्‍ने शारीरिक अङ्ग हो ।
  • प्रत्येक व्यक्त्तिको मन चाँहि उसको सोच र तर्कको समग्रता हो ।
  • “ख्रीष्‍टको मन हुनु” को अर्थ ख्रीष्‍टले जसरी सोच्‍नु र काम गर्नु हुन्थ्यो, त्यसरी नै सोच्‍नु र काम गर्नु हो । यसको अर्थ परमेश्‍वर पिताप्रति आज्ञाकारी हुनु, ख्रीष्‍टका शिक्षा पालन गर्नु, अनि यसो गर्न पवित्र आत्माको शक्त्तिद्वारा सामर्थ्य पाउनु भन्‍ने हुन्छ ।

अनुवादका लागि सुझावहरू

  • “मन” भन्‍ने शब्दलाई “सोचहरू” वा “तर्क” वा “विचार” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • “मनमा राख्‍नु” भन्‍ने टुक्‍कालाई “सम्झनु” वा “यसमा ध्यान दिनु” वा “यो कुरा पक्‍का गरी जान्‍नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “हृदय, प्राण, र मन” भन्‍ने वाक्यांशलाई “तपाईंले अनुभव गर्नुहुने, विश्‍वास गर्नुहुने र विचार गर्नुहुने कुरा” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “मनमा ल्याउनु” भन्‍ने वाक्यांशलाई “सम्झनु” वा “बारेमा विचार गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।

मनन गर्नु

परिभाषा:

“मनन गर्नु” शब्दको अर्थ कुनै कुराको बारेमा होसियारी पूर्वक र गहिरो रूपमा विचार गर्दै केही समय बिताउनु भन्‍ने हो ।

  • बाइबलमा यो शब्दलाई प्रायः परमेश्‍वर र उहाँको शिक्षाको बारेमा विचार गर्ने सन्दर्भमा प्रयोग गरिएको छ ।
  • भजन १ ले भन्दछ कि परमप्रभुको व्यवस्थामा “दिनरात” मनन गर्ने व्यक्त्तिले ठुलो आशिष पाउनेछ ।

अनुवादका लागि सुझावहरू

  • “मनन गर्नु” भन्‍ने शब्दलाई “होसियारी पूर्वक र गहिरो रूपमा सोच्‍नु” वा “विवेकशील तरिकाले विचार गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यसको नाम रूप “मनन” हो र यसलाई “गम्भीर सोच” भनेर अनुवाद गर्न सकिन्छ । “मेरो हृदयको मनन” लाई जुन कुराको बारेमा म गहिरोसँग विचार गर्छु” भनेर अनुवाद गर्न सकिन्छ ।

मरूभूमि, उजाड-स्थान

परिभाषा:

मरूभूमि वा उजाड-स्थान एकदमै थोरै मात्र बोटबिरुवाहरू उम्रन सक्‍ने सुख्खा र बाँझो ठाउँ हो ।

  • मरूभूमि सुख्खा मौसम भएको र थोरै मात्रामा बोटबिरुवा वा जनावरहरू भएको जमिन हो ।
  • अप्ठ्यारो अवस्थाले गर्दा कमै मात्र मानिसहरू मरूभूमिमा बसोबास गर्छन् । यसैले यसलाई “उजाड-स्थान” भनिएको हो ।
  • “उजाड-स्थान” ले मानिसहरूभन्दा टाढाको निर्जन र एकान्त ठाउँलाई जनाउँछ ।
  • यो शब्दलाई “त्यागिएको ठाउँ” वा “टाढाको स्थान” वा “बसोबास नभएको ठाउँ” भनेर अनुवाद गर्न सकिन्छ ।

मह, माहुरीको चाका

परिभाषा:

मह गुलियो, टाँसिने, खानयोग्य वस्तु हो, जसलाई माहुरीहरूले पुष्परसबाट बनाउँछन् । माहुरीको चाका मैनजस्तो चिल्लो संरचना हो, जहाँ माहुरीहरूले मह भण्डारण गर्छन् ।

  • माहुरीको किसिममा आधारित रहेर मह पहेँलो वा खैरो रङजस्तै हुन सक्छ ।
  • मह वनमा पाउन सकिन्छ, जस्तैः रुखको खोक्रो भागमा वा माहुरीहरूले घार बनाउने कुनै पनि ठाउँमा । खान वा बेच्‍ने उद्देश्यले मानिसहरूले मह उत्पादन गर्न घारमा पनि माहुरीहरू हुर्काउने गर्छन् । तर, सम्भवतः बाइबलमा उल्लिखित मह वन मह थियो ।
  • बाइबलले वन मह खाने तिन जना मानिसको नाउँ निर्दिष्‍ट रूपमा बताएको छः जोनाथन, शिमशोन र बप्‍तिस्मा-दिने यूहन्‍ना ।
  • गुलियो र निकै आरामदायक कुरोको बयान गर्न यस शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । उदाहरणको लागि, परमेश्‍वरका वचन र आदेशहरू “महभन्दा गुलिया” छन् भनी बताइएको छ । (हेर्नुहोस्ः उपमा, रूपक)
  • कहिले काहीँ व्‍यक्‍तिका वचनहरू महजस्तै गुलिया हुन्छन्, तर त्यसले अरूलाई ठग्‍ने र चोट पुर्‍याउने काम गर्छन् भनी बयान गरिएको छ ।

(हेर्नुहोस्ः बप्‍तिस्मा-दिने यूहन्‍ना, जोनाथन, पलिश्तीहरू, शिमशोन)

बाइबलका सन्दर्भहरूः


महिमा दिनु

परिभाषा:

“महिमा दिनु” को अर्थ हुन्छ‒ कुनै व्यक्‍ति वा वस्तु कति महान् वा महत्त्वपूर्ण छ भनी देखाउनु वा बताउनु ।

  • परमेश्‍वरले गर्नुभएका उदेकका कुराहरू बताएर मानिसहरूले उहाँलाई महिमा दिन सक्छन् ।
  • परमेश्‍वरलाई आदर दिने किसिमले जिएर र उहाँ कति महान् र वैभवशाली हुनुहुन्छ भन्‍ने देखाएर पनि मानिसहरूले उहाँको महिमा गर्न सक्छन् ।
  • परमेश्‍वरले आफैलाई महिमित तुल्याउनुहुन्छ भनी बाइबलले बताउँदा यसको अर्थ हुन्छ, कि अक्सर आश्‍चर्यकर्महरूद्वारा उहाँले आफ्नो उदेकको महानतालाई मानिसहरूकहाँ प्रकट गराउनुहुन्छ ।
  • पुत्र परमेश्‍वरका सिद्धता, वैभव र महानतालाई मानिसहरूकहाँ प्रकट गरी परमेश्‍वर पिताले पुत्रको महिमा गर्नुहुन्छ ।
  • ख्रीष्‍टमा विश्‍वास गर्ने हरेक उहाँसितै महिमित तुल्याइनेछ । तिनीहरू जीवनमा उठाइँदा तिनीहरू यसरी परिवर्तित हुनेछन् कि तिनीहरूले उहाँको महिमालाई प्रतिबिम्बित गर्नेछन् र सबै सृष्‍टिमा उहाँको अनुग्रहलाई प्रदर्शित गर्नेछन् ।

अनुवादका लागि सुझावहरूः

  • यसलाई “लाई महिमा दिनु” वा “महिमा ल्याउनु” वा “महान् भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “परमेश्‍वरलाई महिमा दिनुहोस्” लाई “परमेश्‍वरको स्तुति होस्” वा “परमेश्‍वरको महानताबारे चर्चा गर्नुहोस्” वा “परमेश्‍वर कति महान् हुनुहुन्छ भनी देखाउनुहोस्” वा “(परमेश्‍वरको आज्ञा पालन गरी) उहाँलाई आदर दिनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “महिमित हुनुहोस्” लाई “कति महान् हुनुहुन्छ भनी देखाइयोस्” वा “स्तुति होस्” वा “उचालिनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः उच्‍च पार्नु, उच्‍च, महिमा, महिमित, आज्ञाकारी हुनु, आज्ञाकारी, आज्ञाकारिता, स्तुति)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०६:१९-२०
  • १ पत्रुस ०४:१५-१६
  • प्रेरित ०३:१३-१४
  • यूहन्‍ना १२:२७-२९
  • लूका १८:४२-४३
  • प्रकाश १५:३-४
  • रोमी ०८:१६-१७

माग्‍नु, मगन्ते

परिभाषा:

“माग्‍नु” को अर्थ हुन्छः केही कुरोको लागि अनुरोध गर्नु । यसले अक्सर रुपियाँ-पैसाको अनुरोधलाई जनाउँछ ।

  • मानिसहरूलाई रुपियाँ-पैसाको लागि अनुरोध गर्न नियमित रूपमा सार्वजनिक स्थानमा बस्‍ने वा उभिने व्‍यक्‍ति नै “मगन्ते” हो ।
  • अक्सर अत्यन्तै खाँचोमा पर्दा मानिसहरू माग्‍ने गर्छन् । तर जससँग मागिएको छ, उसले दिन्छ कि दिँदैन भनी तिनीहरूलाई थाहा हुँदैन । यसलाई “बिन्ती गर्नु” वा “आकस्मिक अनुरोध गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • रुपियाँ-पैसाको अनुरोधलाई जनाउँदा “माग्‍नु” लाई “रुपियाँ-पैसाको माग गर्नु” वा “नियमित रूपमा रुपियाँ-पैसा माग्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

मातेको, पियक्‍कड

परिभाषा:

धेरै मात्रामा रक्सीजन्य पदार्थ खाएर नशामा डुबेकोलाई “मातेको” भनिन्छ ।

  • सामान्यतया सधैँ मात्‍ने मानिसलाई “पियक्‍कड” भनिन्छ । यसले “जँड्याहा” लाई पनि जनाउँछ ।
  • बाइबलले विश्‍वासीहरूलाई मद्य खाएर नमात्तिनू तर पवित्र आत्माले नियन्‍त्रित हुनू भनेको छ ।
  • बाइबलले पियक्‍कडपन बुद्धिहीनता हो र न्याय गर्ने विवेकलाई निकम्मा बनाउँछ भनेर भन्छ ।
  • “मात्‍नु” लाई “मतवाला हुनु” वा “नशामा डुब्‍नु” वा “धेरै रक्सी पिउनु” भनेर अनुवाद गर्न सकिन्छ ।

मानि समूह, मानिसहरू

परिभाषा:

“मानिसको समूह” भन्‍नाले सामान्यतयाः एउटै पुर्खाबाट जन्मेका र मिल्दो भाषा र संस्कृति भएका मानिसहरुलाई जनाउछ ।

  • एउटा मनिस समुहका सदस्यहरु प्रायः एउटा निश्‍चित भूमि वा क्षेत्रमा सँगै बस्छन् ।
  • एउटा मानिस समूह एउटै कुलका वा धेरै कुलका मिलेर बनेको हुनसक्छ ।
  • “मानिस समूह” लाई कहिले काहीँ “जाति” भनी अनुवाद गर्न सकिन्छ, तर यी दुवै शब्दहरूका अर्थ सदैव एउटै हुँदैन । कहिले काँही अङ्ग्रेजी भाषा नेशनको अर्थ “देश” पनि हुन्छ जबकि “मानिस समूह” ले मानिसहरू र तिनीहरुका संस्कृतिमा जोड दिन्छ ।
  • कहिले काहीँ “मानिसहरू” भन्‍ने शब्द “मनिस समूह” को अर्थमा प्रयोग गरिन्छ । उदाहरणको लागि, “तिम्रा मानिसहरु” को अर्थ “तिम्रा मानिस समूह” वा “तिम्रा परिवार” पनि हुनसक्छ ।

अनुवादका निम्ति सुझावहरुः

  • “मानिस समूह” लाई “सम्बन्धित परिवारिक समूहको ठुलो समुदाय” वा “कुल” वा “जातिय समूह” भनी अनुवाद गर्न सकिन्छ ।
  • जब एउटा व्‍यक्‍तिले “मेरा मानिसहरु” भन्दछ, यसलाई सन्दर्भअनुसार “मेरा नातेदारहरु” वा “मेरा सङ्गी इस्राएलीहरू” वा “मेरो परिवार” वा “मेरो मानिस समूह” भनी अनुवाद गर्न सकिन्छ भर पर्छ ।

(हेर्नुहोस्ः जाति, अन्य) बाइबल खण्डहरूः

  • उत्पत्ति ४९:१६-१८
  • मर्कूस १४:१-२
  • रूथ ०१:१६-१८

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१४-०२) परमेश्‍वरले अब्राहाम, इसहाक र याकूबलाई उहाँले तिनीहरूका सन्तानहरूलाई प्रतिज्ञाको मुलुक दिनुहुनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो, तर त्यसबेला त्यहाँ धेरै मानिस समूहरू बसिरहेका थिए ।
  • (२१-०२) अब्राहामद्वारा नै संसारका सबै जातिहरूले आशिष् पाउने थिए भनी परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो । भविष्यको कुनै समयमा मसीह आउनुभएर संसारका सबै मानिस समूहहरुबाटका मानिसहरूका निम्ति मुक्‍तिको मार्ग प्रदान गर्नु नै यो आशिष् थियो ।
  • (४२-०८) “धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको छ, कि हरेकले उनीहरूका पापहरूका निम्ति क्षमा पाउन पश्‍चताप गर्नुपर्छ भनी मेरा चेलाहरूले घोषणा गर्नेछन् । तिनीहरूले यो यरूशलेमबाट सुरु गरेर सबैतिरका सबै मानिस समूहहरूकहाँ जानेछन् ।
  • (४२-१०) “त्यसैले जाऊ र सबै मानिस समूहहरूलाई चेला बनाऊ, अनि पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा दिऊ, र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई पालना गर्न ।”
  • (४८-११) नयाँ करारको कारणले, कुनै पनि मानिस समूहका कोही पनि येशूमा विश्‍वास गरेर परमेश्‍वरका मानिसको हिस्सा बन्‍न सक्छ ।
  • (५०-०३) उहाँले (येशू) भन्‍नुभयो, “जाऊ, र सबै मानिस समूहहरूलाई चेला बनाओ ।” र “अन्‍नहरू कटानीको निम्ति पाकिसकेका छन् ।”

मानिलिनु

परिभाषा:

“मानिलिनु” शब्दको अर्थ हुन्छ‒ कुनै व्‍यक्‍ति वा वस्तुलाई उचित पहिचान दिनु ।

  • परमेश्‍वरलाई मानिलिने कुरोमा उहाँले भनेको कुरो सत्य छ भनी देखाउने काम पनि पर्दछ ।
  • परमेश्‍वरलाई मानिलिने मानिसहरूले उहाँको आज्ञा पालन गरी यसलाई देखाउँछ, जसले उहाँको नाउँमा महिमा ल्याउँछ ।
  • कुनै कुरोलाई मानिलिनुको अर्थ त्यसलाई कर्म र वचनहरूले पुष्‍टि गर्ने गरी त्यो साँचो हो भनी विश्‍वास गर्नु हो ।

माफी

परिभाषा:

“माफी” को अर्थ क्षमा गर्नु र पापको निम्ति दण्ड नदिनु हो ।

  • हामी पापको दोषी भए तापनि, येशू ख्रीष्‍टले उहाँको बलिदानिपूर्ण मृत्युले अनन्त नरकको जीवनबाट हामीलाई माफी दिनुभएको छ ।
  • कानुनी अर्थमा एउटा अधिकारीक व्यक्‍तिले अपराधको दोषीलाई माफी दिनसक्छ ।

अनुवादका निम्ति सुझावहरुः

  • यो शब्दलाई “क्षमा दिनु” र “क्षमा” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः क्षमा दिनु, क्षमा) बाइबलका खण्डहरूः


मुकुट, मुकुट पहिराउनु

परिभाषा:

मुकुट राजा वा रानीजस्ता शासकहरूको शिरमा पहिराइने सजावटी, वृत्ताकार श्रीपेच हो । “मुकुट पहिराउनु” को अर्थ हुन्छ‒ कसैको शिरमा मुकुट लगाइदिनु । आलङ्कारिक रूपमा यसको अर्थ हुन्छः “सम्मान गर्नु ।”

  • मुकुट साधारणतया सुन वा चाँदीबाट बन्छ र यसमा पन्‍ना, माणिक्यजस्ता रत्‍नहरू जडान गरिएका हुन्छन् ।
  • मुकुटलाई राजाको शक्ति र सम्पत्तिको प्रतीकको रूपमा हेरिन्थ्यो ।
  • यसको विपरीत, रोमी सिपाहीहरूले येशूको शिरमा पहिराइदिएका काँडाको मुकुटको अर्थ उहाँको गिल्ला गर्नु र उहाँलाई चोट पुर्‍याउनु थियो ।
  • प्राचीन समयमा खेलकुद प्रतियोगिताका विजेताहरूलाई जैतूनका हाँगाहरूबाट बनेको मुकुट इनामस्वरूप दिइन्थ्यो । तिमोथीलाई लेखिएको आफ्नो दोस्रो पत्रमा प्रेरित पावलले यस मुकुटको चर्चा गरेका छन् ।
  • आलङ्कारिक रूपमा प्रयोग गर्दा “मुकुट पहिराउनु” को अर्थ हुन्छः कसैलाई सम्मान गर्नु । परमेश्‍वरको आज्ञा पालन गरेर र उहाँको प्रशंसा गरेर हामी उहाँको सम्मान गर्छौं । यो भनेको उहाँको शिरमा मुकुट लगाई उहाँ राजा हुनुहुन्छ भनी मानिलिनुजस्तै हो ।
  • पावल आफ्ना सङ्गी विश्‍वासीहरूलाई तिनको “आनन्द र मुकुट” भन्छन् । तिनको अभिव्‍यक्‍तिमा “मुकुट” लाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ जसको अर्थ हुन्छ, कि परमेश्‍वरको सेवामा यी विश्‍वासीहरू कसरी विश्‍वासयोग्य रहेका छन् भन्‍ने कुराद्वारा पावलले अति नै आशिष् पाएका छन् र सम्मान पाएका छन् ।
  • आलङ्कारिक रूपमा प्रयोग गर्दा “मुकुट” लाई “पुरस्कार” वा “सम्मान” वा “इनाम” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मुकुट पहिराउनु” लाई आलङ्कारिक रूपमा प्रयोग गर्दा “सम्मान गर्नु” वा “सजावट गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • व्‍यक्‍तिलाई “मुकुट पहिराइएको” छ भने यसलाई “उसको शिरमा मुकुट लगाइयो” भनी अनुवाद गर्न सकिन्छ ।
  • अभिव्‍यक्‍ति “उसलाई महिमा र सम्मानको मुकुट पहिराइयो” लाई “उसलाई महिमा र सम्मान दिइयो” वा “उसलाई महिमा र सम्मान प्रदान गरियो” वा “उसलाई महिमा र सम्मान सुम्पियो” भनी अनुवाद गर्न सकिन्छ ।

मुक्ति

परिभाषा:

“मुक्ति” शब्दले दुष्‍ट वा खतराबाट उद्धार वा छुटकारा गरिएको कुरालाई जनाउछ ।

  • बाइबलमा “मुक्ति” ले उनीहरूका पापहरूका पश्‍चताप गर्ने र येशूमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले दिनुभएको आत्मिक र अनन्त छुटकारालाई जनाउँछ ।
  • बाइबलले परमेश्‍वरले आफ्ना मानिसहरूलाई उनीहरूका शारीरिक शत्रुहरूबाट पनि बचाउनु वा छुटकारा दिनुभऐको कुराहरूबारे बताउँछ ।

अनुवादका निम्ति सुझावहरुः

  • यो शब्दलाई “परमेश्‍वरले मानिसहरूलाई (उनीहरूका पापहरूका निम्ति दण्ड दिनबाट) बचाउनुहुन्छ” वा “परमेश्‍वरले मानिसहरूलाई (उनीहरूका शत्रुहरूबाट) छुटकारा दिनुहुन्छ” मा जस्तै “बचाउनु” वा “छुटकारा दिनु” भन्‍ने शब्दहरू प्रयोग गरेर अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्छ” लाई “मलाई बचाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तिमीहरूले मुक्‍तिको इनारबाट पानी निकाल्नेछौ” लाई “तिमीहरू पुनर्ताजगी हुनेछौ, किनभने परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिइरहनुभएको छ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः बचाउनु, सुरक्षा, मुक्‍ति) बाइबलका खण्डहरूः

  • प्रेरित ०४:११-१२
  • प्रेरित २८:२८
  • एफिसी ०६:१७-१८
  • उत्पत्ति ४९:१६-१८
  • लूका ०२:३०-३२
  • फलिप्‍पी ०१:२८-३०
  • प्रकाश १९:१-२
  • रोमी ०१:१६-१७
  • जकरिया ०९:९-१०

मुख्य

परिभाषा:

“मुख्य” शब्दले कुनै विशेष समूहको सबैभन्दा शक्तिशाली वा सबैभन्दा महत्त्वपूर्ण अगुवालाई जनाउँछ ।

  • यसका उदाहरणमा “मुख्य सङ्गीतकार,” “मुख्य पूजाहारीहरू,” “मुख्य कर उठाउने” र “मुख्य शासक” पर्दछन् ।
  • खास परिवारको प्रमुख व्‍यक्‍तिलाई जनाउन पनि यसको प्रयोग गर्न सकिन्छ, जस्तैः उत्पत्ति ३६ मा केही मानिसहरूलाई तिनीहरूको परिवारका “मुख्यहरू” भनिएको छ । यसलाई “अगुवाहरू” वा “प्रमुखहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • नामलाई बयान गर्न यसको प्रयोग गरिँदा यसलाई “प्रमुख” वा “शासन गर्ने” भनी अनुवाद गर्न सकिन्छ, जस्तैः “प्रमुख सङ्गीतकारहरू” वा “शासन गर्ने पूजाहारीहरू ।”

मुख्य पूजाहारीहरू

परिभाषा:

येशू पृथ्वीमा बाँच्‍नुभएको बेलामा मुख्य पूजाहारीहरू महत्त्वपूर्ण यहूदी अगुवाहरू थिए ।

  • मन्दिरमा आराधना सेवाको लागि आवश्यक हरेक कुरोको निम्ति मुख्य पूजाहारीहरू जिम्मेवार थिए । तिनीहरू मन्दिरमा दिइएका रुपियाँ-पैसाको लागि पनि जिम्मेवार मानिसहरू थिए ।
  • साधारण पूजाहारीहरूभन्दा तिनीहरू श्रेणी र शक्तिमा उच्‍चतर थिए । केवल प्रधान पूजाहारीसित मात्र अझै धेरै अधिकार हुन्थ्यो ।
  • येशूका मुख्य शत्रुहरूमध्ये मुख्य पूजाहारीहरू पनि थिए, र तिनीहरूले येशूको गिरफ्तार गरी उहाँको हत्या गर्न रोमी अगुवाहरूलाई निकै प्रभावित पारे ।

मूर्ति, मूर्तिपूजा

परिभाषा:

मूर्ति एउटा वस्तु हो, जसलाई मानिसहरूले पूजा गर्ने गर्छन् । एक साँचो परमेश्‍वरलाई भन्दा अर्को कुनै वस्तुलाई आदर दिइन्छ भने त्यहाँ मूर्तिपूजा भएको हुन्छ भनी बयान गरिन्छ ।

  • मानिसहरूले पूजा गर्ने झुटा देवहरूको प्रतिनिधित्व गर्न तिनीहरूले मूर्तिहरू बनाउँछन् ।
  • यी झुटा देवहरू अस्तित्वमा छैनन् । यहोवेबाहेक अर्को कुनै ईश्‍वर छँदैछैन ।
  • मूर्तिसित कुनै शक्‍ति नभए तापनि यसको शक्‍ति भएझैँ गरी कहिले काहीँ भूतात्माहरूले मूर्तिमार्फत काम गर्छन् ।
  • अक्सर सुन, चाँदी, पित्तल वा महङ्गो काठजस्ता मूल्यवान् सामग्रीहरूबाट मूर्तिहरू बनाइन्छन् ।
  • “मूर्तिपूजा गर्ने राज्य” को अर्थ हुन्छ, “मूर्तिहरूको पूजा गर्ने मानिसहरूको राज्य” वा “पार्थिव वस्तुहरूको पूजा गर्ने मानिसहरूको राज्य ।”
  • “खोपिएको प्रतिमा” वा “मूर्ति” को लागि पदावली “मूर्तिपूजासम्बन्धी चित्र” को प्रयोग गरिन्छ ।

(हेर्नुहोस्ः झुटो देव, विदेशी देव, देव, देवी, प्रतिमा, खोपिएको प्रतिमा, खोपिएको चित्र, धातुको चित्र, राज्य, पूजा)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०१:८-१०
  • प्रेरित ०७:४१-४२
  • प्रेरित ०७:४३
  • प्रेरित १५:१९-२१
  • कलस्सी ०३:५-८
  • गलाती ०५:१९-२१
  • रोमी ०२:२१-२२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१३-०५) “मूर्तिहरू नबनाओ वा तिनको पूजा नगर, किनकि म यहोवे डाही परमेश्‍वर हुँ ।”
  • (१३-२१) हारूनले सुनको बाछाको मूर्ति बनाए । मानिसहरूले अनियन्‍त्रित तवरले मूर्तिको पूजा गर्न थाले र यसलाई बलिदानहरू चढाउन थाले ।
  • (१४-०३) “तिमीहरूले तिनीहरूका सबै मूर्तिलाई पूर्ण रूपमा नष्‍ट गर्नुपर्छ । तिमीहरूले मैले भनेको मानेनौँ भने, तिमीहरूले मलाई पुज्‍नुको साटो तिनीहरूका मूर्तिहरूलाई पुज्‍नेछौ ।”
  • (१८-१२) इस्राएल राज्यका सबै राजा र अधिकांश मानिसहरूले मूर्तिहरूको पूजा गरे । यस्तो किसिमको पूजामा अक्सर यौनसम्बन्धी अनैतिकता र कहिले काहीँ बाल बलिको अभ्यास गरिन्थ्यो ।
  • (१९-१६) मूर्तिहरूको पूजा गर्न छाडी अरूहरूप्रति न्याय र कृपाको थालनी गर्न तिनीहरू सबै (अगमवक्‍ताहरू) ले मानिसहरूलाई बताए ।

मृग, मृगिणी, हरिण, सानो मृग, मृगको पाठो

परिभाषा:

हरिण जंगल वा पहाडहरूतिर बस्‍ने ठुलो र सुन्दर चारखुट्टे जनावर हो । भालेको शिरमा ठूला सिंगहरू हुन्छन् ।

  • “मृगिणी” पोथी मृर्ग हो र यसको जीवितलाई “मृगको पाठो” भनिन्छ ।
  • “हरिण” भाले मृग हो ।
  • “सानो मृग” एक प्रकारको भाले मृग हो र यो अरू भन्दा केही सानो हुन्छ ।
  • हरिणका साना र बलिया खुट्टा हुन्छन् जसले उसलाई धेरै माथि उफ्रन र चाँडो दौडन मद्दत गर्छन् ।
  • यिनीहरूका खुरहररू चिरिएका हुन्छन् जसको कारण यिनीहरू जस्तोसुकै जमिनमा पनि सजिलैसित हिड्न सक्छन् ।

मृत्यु, मर्नु, मृत

परिभाषा:

यो शब्दले शारीरिक र आत्मिक मृत्यु दुवैलाई जनाउँछ । शारीरिक मृत्युले कुनै व्‍यक्‍तिको भौतिक शरीर जिउन छोड्नुलाई जनाउँछ । आत्मिक मृत्युले पापीहरू उनीहरूको पापको कारण पवित्र परमेश्‍वरबाट अलग हुनुलाई जनाउँछ ।


मेट्नु, हटाउनु

परिभाषा:

“मेट्नु” र “हटाउनु” को अर्थ हुन्छः कुनै कुरो वा व्यक्‍तिलाई पूर्णतः नाश पार्नु वा उन्मूलन गर्नु ।

  • यी शब्दहरूलाई सकारात्मक अर्थमा पनि प्रयोग गर्न सकिन्छ, जस्तैः पापलाई क्षमा दिई तिनलाई नसम्झने रोजाइ गरेर परमेश्‍वरले पापलाई “मेटिदिनुहुन्छ ।”
  • यसलाई अक्सर नकारात्मक अर्थमा पनि प्रयोग गरिन्छ, जस्तैः मानिसहरूका पापको कारणले परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पारी तिनीहरूलाई “मेटिदिनुहुन्छ” वा “उन्मूलन गरिदिनुहुन्छ ।”
  • जीवनको पुस्तकबाट व्यक्‍तिको नाउँ “मेटिदिने” वा “हटाइदिने” विषयमा बाइबलले चर्चा गर्छ, जसको अर्थ हुन्छ कि त्यस व्यक्‍तिले अनन्त जीवन पाउनेछैन ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर यी शब्दहरूलाई “मुक्‍त गर्नु” वा “पूर्णतः नाश पार्नु” वा “पूर्णतः हटाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • जीवनको पुस्तकबाट कसैको नाउँ हटाउने कुरोलाई उल्लेख गर्दा यसलाई “बाट मिल्काइदियो” वा “मेटिदियो” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • व्यवस्था २९:२०-२१
  • प्रस्थान ३२:३०-३२
  • उत्पत्ति ०७:२३-२४
  • भजनसंग्रह ५१:१-२

मेलबलि

परिभाषा:

पुरानो करारमा मेलबलिको बारेमा लेखिएको पाइन्छ । यो बलिमा भाले र पोथी जनावरको बलि दिइन्थ्यो ।

  • यो बलि दिनुका विभिन्‍न कारणहरू थिए । परमेश्‍वरसँग गरेको भाकल पुरा गर्न वा परमेश्‍वरलाई धन्यवाद चढाउन यो बलि दिइने गरिन्थ्यो ।
  • बलिका केही हिस्सा परमेश्‍वरलाई चढाएपछि, मेलबलिलाई पूजाहारीहरू, बलि ल्याउने मानिस र अन्य इस्राएलीहरूका माझमा बाँड्ने गरिन्थ्यो ।
  • यो बलिसँग खमिर नहालेको रोटी खाइन्थ्यो ।

मेलबलि

परिभाषा:

“मेलबलि” परमेश्‍वरले इस्राएलीहरूलाई चढाउनलाई आज्ञा गर्नुभएको धेरै बलिहरूमध्ये एउटा थियो । यसलाई कहिले काँही “धन्यवादको बलि “वा “संगति बलि” पनि भनिन्थ्यो ।

  • यस बलिमा खोटरहित पशुको बलिदान, वेदीमा पशुको रगत छर्कने, र पशुको बोसो जलाउने, साथै बाँकी पशुलाई छुट्टै जलाउने कुराहरू पर्थ्यो ।
  • यो बलिमा दुवै अखमिरी र खमिरी रोटी थपिन्थ्यो, जसलाई जलिरहेको बलिमाथि जलाइन्थ्यो ।
  • पूजाहारी र बलि चढाउनेलाई बलि चढाइएको थोक बाँडेर खाने अनुमति थियो ।
  • यो बलिले परमेश्‍वर र उहाँका मानिसहरु बिचको सङ्गतिको सङ्केत गर्छ ।

(अनुवादका निम्ति सुझावहरूः नाम अनुवाद गर्नुहोस्) बाइबलका खण्डहरूः


मोहोर, मोहोर लगाउनु

परिभाषा:

मोहोर लगाउनु भनेको मोहोरलाई नतोडिकन कुनै कुरालाई खोल्न असम्भव हुनेगरी बन्द गर्नु हो ।

  • प्रायः मोहोर कसको हो भनी देखाउने गरी बनाइएको हुन्छ ।
  • सुरक्षित राख्‍नु पर्ने पत्रहरू वा दस्तावेजहरूलाई मोहोर लागाउन पगालेको मैन प्रयोग गरिन्थ्यो ।
  • कुनै किसिमका मोहोर येशूको चिहानअगिको ढुङ्गा कसैले नहटाओस् भनेर ढुङ्गामा मोहोर लगाइयो ।
  • हाम्रो मुक्‍ति सुरक्षित छ भनी देखाउनलाई पावलले पवित्र आत्मालाई होरको रूपमा जनाउछन् ।

(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, परमेप्रभुका आत्‍मा) बाइबल खण्डहरूः

  • मत्ती २७:६५-६६

यहूदी अगुवाहरू, यहूदी अधिकारीहरू, धार्मिक अगुवाहरू

परिभाषा:

यहूदी अगुवाहरू धार्मिक अगुवाहरू थिए, जस्तैः पूजाहारीहरू र परमेश्‍वरको व्यवस्थाका विशेषज्ञहरू ।

  • येशू मसीह र परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो भनी धेरै धार्मिक अगुवाहरूले विश्‍वास गर्दैनथ्ये । तिनीहरू येशूदेखि डाही बनेका थिए र अरूहरूले येशूमा विश्‍वास गरेको चाहँदैनथ्ये ।
  • केही धार्मिक अगुवाहरूले भने येशूमा विश्‍वास गरे, खास गरी उहाँ मृतकहरूबाट पुनरुत्थान हुनुभएपछि ।
  • धेरैजसो धार्मिक अगुवाहरूको विश्‍वास थियो कि तिनीहरू अन्य मानिसहरूभन्दा बढी धार्मिक थिए र तिनीहरू यति घमण्डी थिए कि तिनीहरूले आफ्ना पाप स्वीकार गर्दैनथ्ये । तिनीहरूले रोमी शासकहरूको सामु येशूको बारेमा झुट बोले र उहाँलाई क्रुसमा टाँगिनुपर्छ भनी माग गरे ।
  • धार्मिक अगुवाहरू पाखण्डी भएकोमा उहाँले तिनीहरूले निन्‍दा गर्नुभयो । तिनीहरूले परमेश्‍वरलाई चिनेको दाबी गर्थे, तर उहाँप्रति आज्ञाकारी हुँदैनथ्ये ।

(हेर्नुहोस्ः यहूदी, यहूदीहरू, पूजाहारी, पूजाहारीको पद)

बाइबलका सन्दर्भहरूः

  • यूहन्‍ना ०५:१०-११
  • लूका १९:४७-४८

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२४-०३) धेरै धार्मिक अगुवाहरू पनि यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन आए, तर तिनीहरूले आफ्ना पापको पश्‍चात्ताप गरेनन् वा स्वीकार गरेनन् ।
  • (३७-११) तर यहूदीहरूका धार्मिक अगुवाहरू डाही थिए । त्यसैले, तिनीहरूले येशू र लाजरसलाई कसरी मार्ने भनी सँगसँगै योजना बनाए ।
  • (३८-०२) येशू मसीह हुनुहुन्थ्यो भनी यहूदी अगुवाहरूले इन्कार गर्थे र तिनीहरूले उहाँलाई मार्ने योजना बनाउँदै थिए भनी त्यस (यहूदा) लाई थाहा थियो ।
  • (३८-०३) प्रधान पूजाहारीद्वारा नेतृत्व गरिएका यहूदी अगुवाहरूले येशूलाई धोका दिन यहूदालाई चाँदीका तिस टुक्रा दिए ।
  • (३९-०५) सबै यहूदी अगुवाहरूले प्रधान पूजाहारीलाई जवाफ दिए, “तिनी (येशू) मृत्युको लायक छन् ।”
  • (३९-०९) अर्को बिहान सबेरै यहूदी अगुवाहरूले येशूलाई रोमी हाकिम पिलातसकहाँ ल्याए ।
  • (३९-११) तर यहूदी अगुवाहरू र भिड चिच्‍च्‍याए, “उहाँलाई क्रुसमा टाँग्‍नुहोस् ।”
  • (४०-०९) त्यसपछि येशू नै मसीह हुनुहुन्थ्यो भनी विश्‍वास गर्ने दुई जना यहूदी अगुवा योसेफ र निकोदेमसले येशूको मृत शरीर मागे ।
  • (४४-०७) अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए ।

यहूदीवाद, यहूदी धर्म

परिभाषा:

यहूदीहरूद्वारा मानिने धर्म अर्थात् “यहूदी धर्म” लाई जनाउन नयाँ करारको समयदेखि हालसम्म “यहूदीवाद” शब्दको प्रयोग गरिएको छ ।

  • पुरानो करारको समयमा “यहूदीवाद” शब्दलाई प्रयोग गरिएको थिएन । बरु, त्यस बेला यहूदी (वा इस्राएलीहरू) को धर्मलाई “यहूदी धर्म” भनी उल्लेख गरिन्थ्यो ।
  • यहूदी धर्म (यहूदीवाद) मा परमेश्‍वरले इस्राएलीहरूलाई पालन गर्न दिनुभएका पुरानो करारका सबै व्यवस्था र निर्देशनहरू पर्छन् । समय बित्दै जाँदा यहूदी धर्ममा थपिएका चालचलन र परम्पराहरू पनि यसमा पर्छन् ।
  • अनुवाद गर्दा पदावलीहरू “यहूदी धर्म” वा “यहूदीहरूको धर्म” लाई पुरानो र नयाँ करार दुवैमा प्रयोग गर्न सकिन्छन् । शब्द “यहूदीवाद” लाई भने नयाँ करारमा मात्र प्रयोग गर्न सकिन्छ, किनकि त्योभन्दा अगि यो अस्तित्वमा थिएन ।

(हेर्नुहोस्ः इस्राएल, इस्राएलीहरू, इस्राएल जाति)

बाइबलका सन्दर्भहरूः

  • गलाती ०१:१३-१४

यातना

परिभाषा:

शब्द “यातना” ले भयानक दुःखकष्‍टलाई जनाउँछ । कसैलाई यातना दिनुको अर्थ हुन्छ‒ उसलाई अक्सर क्रूर तरिकाले दुःख दिनु ।

  • कहिले काहीँ “यातना” शब्दले शारीरिक दर्द र दुःखकष्‍टलाई जनाउँछ । उदाहरणको लागि, प्रकाशको पुस्तकले “पशु” का आराधकहरूले अन्त्यको समयमा भोग्‍ने शारीरिक यातनालाई व्याख्या गर्छ ।
  • आत्मिक र भावनात्मक पीडाबाट पनि दुःखकष्‍ट आउन सक्छ, जस्तो अय्यूबले अनुभव गरे ।
  • प्रकाशको पुस्तकअनुसार येशूलाई आफ्ना मुक्‍तिदाताको रूपमा स्वीकार नगर्ने मानिसहरूले अग्‍नि-कुण्डमा अनन्त आत्मिक यातना भोग्‍नेछन् ।
  • यस शब्दलाई “भयानक दुःखकष्‍ट” वा “कसैलाई बेसरी दुःख दिनु” वा “वेदना” भनी अनुवाद गर्न सकिन्छ । अर्थलाई प्रस्ट पार्न केही अनुवादकहरूले “शारीरिक” वा “आत्मिक” जस्ता शब्दहरू थप्‍न सक्छन् ।

(हेर्नुहोस्ः पशु)

बाइबलका सन्दर्भहरूः

  • लूका ०८:२८-२९
  • प्रकाश ११:१०-१२

योग्य ठहरिनु, योग्य ठहरिएको

परिभाषा:

“योग्‍य ठहरिनु” ले कुनै खास लाभहरू पाउनलाई अधिकार आर्जन गर्नु वा कुनै सीपहरू भएको हैसियतमा मान्य हुनुलाई जनाउछ ।

  • कुनै विशेष कामको निम्ति “योग्य ठहरिको” व्यक्‍तिसँग त्यो काम गर्नलाई आवश्यक सीपहरू र तालिम हुन्छ ।
  • कलस्सी मण्डलीलाई पत्र लेख्दा परमेश्‍वर पिताले विश्‍वासीहरूलाई ज्योतिको उहाँको राज्यमा सहभागी हुनलाई योग्य ठहराउनु भएको छ भनी प्रेरित पावल लेख्‍छन् ।
  • विश्‍वासीले परमेश्‍वरको राज्यको हिस्सा हुने अधिकार आर्जन गर्न सक्दैन । परमेश्‍वरले ख्रीष्‍टको रगतद्वारा उद्धार गर्नुभएको हुनाले मात्र ऊ योग्‍यको हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार, “योग्‍य ठहराएको” लाई “सुसज्‍जित पारिएको” वा “सीप भएको” वा “सक्षम बनाइएको” भनी अनुवाद गर्न सकिन्छ ।
  • कसैलाई योग्‍य ठहराउनुलाई “सुसज्‍जित पार्नु ।” वा “सक्षम बनाउनु” वा “सशक्‍त बबनाउनु” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः


योद्धा, सिपाही

परिभाषा:

“योद्धा” र “सिपाही” भन्‍ने शब्दहरू अर्थमा समान छन् किनभने तिनीहरू दुवैले सेनामा युद्ध गर्ने मानिसलाई जनाउँछन् ।

  • सामान्यतया “योद्धा” भन्‍ने शब्द युद्धमा वरदानयुक्त र साहसी मानिसलाई जनाउन प्रयोग गरिने साधारण, फराकिलो शब्द हो ।
  • यहोवेलाई आलंकारिक रूपमा “योद्धा” भनेर वर्णन गरिएको छ ।
  • “सैनिक” भन्‍ने शब्दले विशिष्‍ट रूपमा कुनै युद्ध वा कुनै सेनामा लडाई गर्ने मानिसलाई जनाउँछ ।
  • अनुवाद गरिने भाषामा अर्थ र प्रयोगमा भिन्‍नता हुने दुईवटा शब्दहरू छन् कि भनेर अनुवादकले ध्यान दिनुपर्छ ।

रक्तपात

परिभाषा:

“रक्तपात” शब्दले हत्या, युद्ध वा अन्य हिंसात्मक क्रियाकलापको कारणले मानवीय प्राणीको मृत्युलाई जनाउँछ ।

  • यस शब्दको शाब्दिक अर्थ हुन्छः “रगत बगाउनु ।” व्‍यक्‍तिको शरीरमा भएको चोटबाट रगत आउँदा यसको उल्लेख गरिन्छ ।
  • मानिसहरूको व्यापक हत्यालाई जनाउन अक्सर “रक्तपात” शब्दको प्रयोग गरिन्छ ।
  • हत्याको पापको लागि सामान्य सन्दर्भको रूपमा पनि यसको प्रयोग गरिन्छ ।

रथ

परिभाषा:

प्राचीन समयमा रथ हलुङ्गो, दुई-पाङ्ग्रे गाडा थियो, जसलाई घोडाहरूले तान्थे ।

  • युद्ध र यात्राको लागि प्रयोग गर्दै मानिसहरू रथहरूमा बस्‍ने या उभिने गर्थे ।
  • युद्धमा रथहरू हुने सेनासित रथहरू नहुने सेनासित भन्दा गति र चालको लागि बेसी मौका हुन्थ्यो ।
  • प्राचीन मिश्री र रोमीहरू घोडा र रथहरूको प्रयोगको लागि परिचित थिए ।

रहस्य, लुकेको सत्य

परिभाषा:

बाइबलमा, “रहस्य” भन्‍ने शब्दले यस्तो कुरालाई जनाउँछ जुन अज्ञात वा बुझ्‍न कठिन छ र जसलाई अब परमेश्‍वरले व्याख्या गर्दै हुनुहुन्छ ।

  • नयाँ करारले बताउँछ कि ख्रीष्‍टको सुसमाचारको रहस्य पहिलेका युगहरूमा प्रकट गरिएको थिएन ।
  • रहस्य भनी वर्णन गरिएको एउटा विशिष्‍ट कुरा भनेको यहूदी र गैरयहूदीहरू ख्रीष्‍टमा बराबर हुनेछन् भन्‍ने कुरा थियो ।
  • यो शब्दलाई “गोप्य” वा “छिपेका कुराहरू” वा “थाहा नपाइएको कुरा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

राजकुमार, राजकुमारी

परिभाषा:

“राजकुमार” राजाका छोरो हो । यो शब्द अरू किसिमका अगुवाहरूलाई अलङ्कारिक रूपमा जनाउन पनि प्रयोग गरिन्छ ।” राजकुमारी” राजाकी छोरी हुन् ।

  • “राजकुमार” शब्द प्रायः शासक, अगुवा वा अन्य शक्‍तिशाली व्यक्‍तिलाई सामान्य रूपमा जनाउन प्रयोग गररिन्छ ।
  • अब्राहामको सम्पत्ति र महत्त्वले गर्दा, हित्तीहरुको माझमा बस्दा उनलाई “राजकुमार\शासक” को रूपमा जनाइएको थियो ।
  • येशूलाई “शान्तिका राजकुमार” र “जीवनका राजकुमार” भनिन्छ ।
  • “प्रभु” र “राजकुमार” को अर्थमा समानता देखाउन प्रेरित २:३६ मा, येशूलाई “प्रभु र ख्रीष्‍ट” र प्रेरित ५:३१ मा उहाँलाई “मुक्‍तिदाता र राजकुमार” को रूपमा जनाइएको छ ।
  • दनिएलको पुस्तकमा “फरसका राजकुमार” र “ग्रीसका राजकुमार” जस्ता अभिव्यक्‍तिमा प्रयोग गरिएको “राजकुमार” शब्दले ती क्षेत्रहरूमाथि अधिकार वा शक्‍ति भएका दुष्‍ट आत्माहरूलाई जनाउछ ।
  • प्रधानदूत माइकललाई पनि दनिएलको पुस्तकमा “राजकुमार” को रूपमा जनाइएको छ ।
  • कहिले काहीँ शैतानलाई “यो संसारका राजकुमारको” रूपमा जनाइएको छ ।

अनुवादका निम्ति सुझावहरुः

  • सन्दर्भअनुसार यसलाई अणुवाद गर्ने सम्भावित तरिकाहरूमा यी पर्छन्ः “राजाका छोरा” वा “शासक” वा “अगुवा” वा “मुखिया” “कप्‍तान” ।
  • स्वर्गदूत वा दुष्‍ट आत्माहरूलाई जनाउँदा “आत्मा शासक” वा “स्वर्गदूत” वा “दुष्‍ट आत्मा शासक” वा “शक्‍तिशाली आत्मा प्रभु” भनी सन्दर्भअनुसार अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः स्वर्गदूत, प्रधान स्वर्गदूत, अधिकार, ख्रीष्‍ट, मसीह, दियाबलस, दुष्‍ट आत्मा, अशुद्ध आत्मा, प्रभु, मालिक, महाशय, शक्‍ति, शासक, शासकहरू, मुक्‍तिदाता, आत्मा, आत्मिक) बाइबलका खण्डहरूः

  • प्रेरित ०५:२९-३२
  • उत्पत्ति १२:१४-१६
  • उत्पत्ति ४९:२६
  • लूका ०१:५२-५३

राजदण्ड

परिभाषा:

“राजदण्ड” ले राजा जस्ता शासकले समाउने एउटा सिँगारिएको लट्ठी वा लहुरोलाई जनाउछ ।

  • राजदण्डहरू मौलिक रूपमा खोपेर सजाइएका रुखका हाँगा हुन्थे । पछि राजदण्डहरू सुन जस्ता बहुमूल्य धातुहरूका पनि बनाइए ।
  • राजदण्ड राजासँग सम्बन्धित मान र प्रतिष्‍ठाको संकेत गर्ने राजकीयता र अधिकारको संकेत थियो ।
  • पुरानो करारमा परमेश्‍वरलाई धार्मिकताको राजदण्ड लिनुभएको रूपमा वर्णन गरिएको छ ।
  • पुरानो करारको अगमवाणीले ख्रीष्‍टलाई सबै जातिहरूमाथि शासन गर्न इस्राएलबाट आउनुहुने एउटा सांकेतिक राजदण्डको रूपमा जनाउछ ।

(हेर्नुहोस्ः धार्मी, धार्मिकता) बाइबल खण्डहरूः


राजदूत, प्रतिनिधि

परिभाषा:

विदेशी मुलुकहरूको सम्बन्धमा आफ्नो मुलुकको प्रतिनिधित्व गर्न औपचारिक रूपमा चुनिएका व्‍यक्‍ति नै राजदूत हुन् । यसलाई आलङ्कारिक अर्थमा पनि प्रयोग गरिन्छ, र यसलाई कहिले काहीँ अझै सामान्य तवरले “प्रतिनिधि” भनी अनुवाद गरिन्छ ।

  • राजदूत वा प्रतिनिधिले आफूलाई पठाउने व्‍यक्‍ति वा सरकारको सन्देश मानिसहरूलाई दिन्छन् ।
  • अझै सामान्य शब्द “प्रतिनिधि” ले आफूले प्रतिनिधित्व गरिरहेको व्‍यक्‍तिको पक्षमा काम गर्ने वा बोल्ने अधिकार दिइएको व्‍यक्‍तिलाई जनाउँछ ।
  • पावलले सिकाए, कि ख्रीष्‍टियानहरू ख्रीष्‍टका “राजदूतहरू” वा “प्रतिनिधिहरू” हुन्, किनकि यस संसारमा तिनीहरूले ख्रीष्‍टको प्रतिनिधित्व गर्छन् र अरूलाई उहाँको सन्देश सिकाउँछन् ।
  • पाठयांशमा आधारित रहेर यस शब्दलाई “प्रशासकीय प्रतिनिधि” वा “नियुक्त गरिएका सन्देशवाहक” वा “छानिएका प्रतिनिधि” वा “परमेश्‍वरबाट नियुक्त गरिएका प्रतिनिधि” भनी अनुवाद गर्न सकिन्छ ।
  • “राजदूतहरूको प्रतिनिधि मण्डल” लाई “केही प्रशासकीय सन्देशवाहकहरू” वा “नियुक्त गरिएका प्रतिनिधिहरूको समूह” वा “सबै मानिसहरूका लागि बोल्न तयार पारिएको मानिसहरूको प्रशासकीय पार्टी” भनेर अनुवाद गर्न सकिन्छ ।

राजसी

परिभाषा:

“राजसी” शब्दले राजा वा रानीसँग सम्बन्धित कुनै पनि व्यक्‍तिहरू र थोकहरूलाई बताउँछ, जस्तै; तिनीहरूका सिँहासन, दरबार, तिनीहरूका पोशाक र तिनीहरूका छोराछोरीहरू आदि ।

  • “राजसी” भन्‍न सकिने उदाहरणहरू राजाका छोराछोरीहरू, पोशाक, दरबार, वा राजमुकुट आदि हुन् ।
  • राजदरबार राजा वा रानी बस्‍ने एउटा भव्य निवास हो ।
  • राजाले विशेष प्रकारको पोशाक पहिरन्छन्, जसलाई कहिले कहीँ “राजसी” पोशाकहरू भनिन्छ । प्रायः राजाका पोशाकहरू बैजनी रङ्गको हुन्थ्यो, जुनचाहिं दुर्लभ र महँगो किसिमको रङ्ग थियो ।

(हेर्नुहोस्ः राजा, रानी) बाइबलका खण्डहरूः


राजा

परिभाषा:

राजा भनेको एउटा स्वतन्‍त्र सहर, प्रान्त वा देशमाथि शासन गर्ने व्‍यक्‍ति हो ।

  • कहिलेकाहीँ मानिसहरूले कुनै व्‍यक्‍तिलाई आफ्नो राजाको रूपमा चाहेका हुनाले त्यो व्‍यक्‍ति राजा बन्दछ ।
  • सामान्यतया जब राजाको मृत्यु हुन्छ, तब उसको जेठो छोरा नै राजा बन्दछ ।
  • कहिलेकाहीँ राजगद्दीलाई पाउनको लागि कसैले राजालाई मार्ने गर्दछ ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • एक रात फारो (मिश्रीहरूले राजाहरूलाई यही नामले पुकार्थे) ले दुईवटा सपनाहरू देखे जसले तिनलाई धेरै चिन्तित बनायो ।
  • इस्राएलीहरूका निम्ति कुनै राजा थिएन, त्यसैले तिनीहरूलाई जे ठीक लाग्छ त्यही गरे ।
  • अरू सबै राष्‍ट्रहरूमा भए झैँ मानिसहरूले परमेश्‍वरसंग राजा मागे ।
  • अन्तमा, शाऊल युद्धमा मरे, र दाऊद इस्राएलको राजा बने । तिनी असल राजा थिए र मानिसहरूले तिनलाई माया गर्थे ।
  • परमेश्‍वरका अगमवक्ताहरूले पनि भने कि मसीह एक अगमवक्ता, एक पूजाहारी, र एक राजा हुनुहुनेछ ।
  • दाऊद इस्राएलका राजा थिए, तर येशू सारा विश्‍वकै राजा हुनुहुन्छ ।

राज्य

परिभाषा:

राज्य भनेको एउटा राजाद्वारा शासन गरिएको मानिसहरूको समूह हो । यसले राजा वा अन्य शासनकर्ता तथा अख्तियारद्वारा नियन्‍त्रणमा राखिएको क्षेत्र वा राजनैतिक परिसरलाई पनि सङ्केत गर्छ ।

  • राज्य कुनै पनि भौगोलिक आकारको हुन सक्छ । राजाले एउटा देश वा राष्‍ट्र वा केवल एउटा सानो सहरमाथि आफ्नो शासन जमाएको हुन सक्छ ।
  • “राज्य” भन्‍ने शब्दले “परमेश्‍वरको राज्य” शब्दमा आत्मिक शासन वा अख्तियारलाई सङ्केत गरेको हुन सक्छ ।
  • परमेश्‍वर सबै सृष्‍टिमाथिको शासनकर्ता हुनुहुन्छ, तर “परमेश्‍वर राज्य” भन्‍ने शब्दले विशेष गरी येशू ख्रीष्‍टमाथि विश्‍वास राखी उहाँको अख्तियारलाई स्वीकार गरेका मानिसहरूमाथि रहेको उहाँको शासन तथा अख्तियारलाई सङ्केत गर्दछ ।
  • अनि बाइबलले शैतानको “राज्य” पनि भएको कुरा उल्लेख गरेको छ जसअनुसार त्यसले यस पृथ्वीमाथिका धेरै कुराहरूमा अस्थायी रूपले आफ्नो प्रभुत्वलाई जमाएको हुन्छ । त्यसको राज्य दुष्‍ट छ र त्यसलाई “अन्धकार” भनेर भन्दछ भनिन्छ ।

अनुवाद सुझावहरू

  • एउटा राजाद्वारा शासन गरिएको भौगोलिक क्षेत्रलाई जब सङ्केत गरिन्छ, तब “राज्य” भन्‍ने शब्दलाई “राष्‍ट्र (राजाद्वारा शासन गरिएको)”, वा “राजाको प्रदेश” वा “राजाले राज्य गरेको भुभाग” भनेर पनि अनुवाद गरिन्छ ।
  • आत्मिक अर्थमा, “राज्य” लाई “शासन गर्नु” वा “अधिपत्य गर्नु” वा “नियन्‍त्रण गर्नु” वा “अधिकार गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “पूजाहारीहरूको राज्य” लाई “परमेश्‍वरद्वारा शासन गरिएका आत्मिक पूजाहारीहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “ज्योतिको राज्य” लाई “ज्योति झैँ असल परमेश्‍वरको राज्य” वा “परमेश्‍वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ, जो ज्योति हुनुहुन्छ” वा “परमेश्‍वरको राज्यको ज्योति र उत्कृष्‍टता” भनेर पनि अनुवाद गर्न सकिन्छ । यस वाक्यमा “ज्योति” शब्दलाई कायम राख्‍नको निम्ति यो सबै भन्दा उत्कृष्‍ट उपाय हो किनभने बाइबलमा यो धेरै महत्त्वपूर्ण शब्द हो ।
  • यो याद गर्नुहोस् कि “राज्य” र सम्राटले शासन गर्ने साम्राज्य भिन्‍न कुरा हुन् ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • परमेश्‍वरले मोशा र इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूले मेरा आज्ञा मान्यौ र मेरा करार पालन गर्यौ भने, तिमीहरू मेरो बहुमूल्य निज धन, पूजाहारीहरूको राज्य, र एउटा पवित्र राष्‍ट्र हुनेछौ ।”
  • सोलोमनसंग परमेश्‍वर क्रोधित हुनुभयो र, सोलोमनको आनाज्ञाकारिताको दण्ड स्वरूप, सोलोमनको मृत्युपछि परमेश्‍वरले इस्राएलको राष्‍ट्रलाई दुईवटा राज्यहरूमा विभाजन गर्ने प्रतिज्ञा गर्नुभयो ।
  • इस्राएलको राज्यको दशवटा कुलहरूले रहोबामको विरुद्ध विद्रोह गरे । केवल दुईवटा कुलहरू मात्र तिनको अगि विश्‍वासयोग्य रहे । यी दुई कुलहरू यहूदाको राज्य भए ।
  • रहबामको विरुद्ध विद्रोह गर्ने इस्राएल देशका अरू दश कुलहरूले यारोबाम नाम गरेको मानिसलाई तिनीहरूका राजा हुनको निम्ति नियुक्त गरे । तिनीहरूले त्यस क्षेत्रको उत्तरी भागमा तिनीहरूको राज्य खाडा गरे र तिनीहरूलाई इस्राएलको राज्य भनियो ।
  • राजा त्यो व्‍यक्‍ति हो जसले कुनै राज्य माथि शासन गर्छ र मानिसहरूको न्याय गर्छ ।

राज्य गर्नु

परिभाषा:

राज्य गर्नु भनेको एउटा कुनै देश वा राज्य, र यसमा रहेका मानिसहरूमाथि राजाको रूपमा शासन गर्नु हो । राजाले शासन गरिरहेने समय अवधि नै राजाको शासन हो ।

  • ब्रम्हाण्डका सृष्‍टिकर्ता सर्वशक्तिमान परमेश्‍वरले सारा संसारमाथि शासन गर्नुहुन्छ ।
  • जब इस्राएलीहरूले परमेश्‍वरलाई तिनीहरूका राजाको रूपमा इन्कार गरे उहाँले तिनीहरूमाथि शासन गर्न मानव राजाहरूलाई अनुमति दिनुभयो ।
  • बाइबलले भन्छ, कि जब येशू ख्रीष्‍ट फेरि आउनु हुन्छ, उहाँले समग्र संसारमाथि राजाको रूपमा शासन गर्नुहुनेछ, र ख्रीष्‍टियनहरूले उहाँसँगै राज्य गर्नेछन् ।

(हेर्नुहोस्ः राजा) बाइबलका खण्डहरूः

  • २ तिमोथी ०२:११-१३
  • उत्पत्ति ३६:३४-३६
  • लूका ०१:३०-३३
  • लूका १९:२६-२७
  • मत्ती ०२:२२-२३

रानी

परिभाषा:

रानी देशकी महिला शासक हुन् वा राजाकी पत्‍नी हुन् । (हेर्नुहोस्ः राजा) बाइबलका खण्डहरूः

  • प्रेरित ०८:२६-२८
  • लूका ११:३१
  • मत्ती १२:४२

राष्‍ट्र

परिभाषा:

राष्‍ट्र भनेको कुनै सरकारद्वारा राज्य गरिएको मानिसहरूको समूह हो । यसमा प्रायः एउटै जाती र साझा विशेषता भएका मानिसहरूको विशेष समूह हुन्छ ।

  • “राष्‍ट्र” भन्‍ने शब्दमा स्पष्‍ट रूपमा परिभाषित संस्कृति र क्षेत्रिय सीमाको अवधारणा समावेश हुन्छ ।
  • बाइबलमा, धेरै राष्‍ट्रहरू उल्लेख गरिएका छन्, तिनीहरूमध्ये इस्राएलीहरू, पलिश्तीहरू, अश्शूरीहरू, बेबिलोनीहरू, रोमीहरू र हिब्रूहरू हुन् ।
  • राष्‍ट्रले देशलाई पनि जनाउँछ, तर सँधै भने होइन । कहिलेकाँही यसले सामान्य अर्थमा मानिसहरूको समूहहरूलाई जनाउँछ, विशेष गरि यसलाई बहुवचनको रूपमा प्रयोग गरिएको छ भने । यसको सन्दर्भमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।

अनुवाद सुझावहरूः

  • सन्दर्भको आधारमा, “राष्‍ट्र” लाई “मानिसहरूको समूह” वा “मानिसहरू” वा “देश” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यदि कुनै भाषामा “राष्‍ट्र” भन्‍ने शब्द अरू शब्द भन्दा फरक हुन्छ भने, त्यो व्यावहारिक र सहि भएसम्म, बाइबलको खण्डमा जहाँ-जहाँ यो शब्दको प्रयोग भएको छ, त्यहाँ-त्यहाँ यसलाई प्रयोग गर्न सकिन्छ ।
  • “राष्‍ट्रहरू” भनेर बहुवचनमा यसको प्रयोग हुँदा “मानिसहरूको समूह” भनेर अनुवाद गर्न सकिन्छ ।

रिसाएको, रिस

परिभाषा:

“रिसाउनु” वा “रिस गर्नु” को अर्थ हुन्छ, कुनै कुराको बारेमा वा व्‍यक्‍तिको विरुद्धमा ज्यादै बेखुसी हुनु, चिढिनु वा चित्त दुखाउनु ।

  • मानिसहरू रिसाउँदा, त्यो अक्सर पापमय र स्वार्थी हुन्छ, तर कहिले काहीँ त्यो अन्याय र दमनको विरुद्धमा गरिने धार्मिक रिस पनि हुन्छ ।
  • परमेश्‍वरको रिस (जसलाई “क्रोध” पनि भनिन्छ) ले पापको सम्बन्धमा उहाँको कडा बेखुसीलाई व्यक्त गर्दछ ।
  • “रिसको लागि उत्तेजित पार्नु” को अर्थ हुन्छः “रिसाउने बनाउनु ।”

रुचि, पनपक्ष

परिभाषा:

“रुचि राख्‍नु” र “पनपक्ष गर्नु” ले कुनै व्‍यक्‍तिलाई अरूलाई भन्दा बढी महत्त्वपूर्ण भए जस्तो गरेर व्यवहार गर्ने छनौटलाई जनाउछ ।

  • यो पक्षपात गर्नु जस्तै हो, जसको अर्थ सामान्यतयाः कोही मानिसहरू अरूभन्दा बढी धनी वा सफल भएका हुनाले केहीलाई बढी दया गर्नु भन्‍ने हुन्छ ।
  • बाइबलले मानिसहरूलाई धनी मनिसहरु वा उच्‍च दर्जाकालाई पनपक्ष वा पक्षपात नगर्न आदेश दिन्छ ।
  • पावलले रोमीहरूला लेखेका पत्रमा, परमेश्‍वरले मानिसहरूका न्याय उचिततवरले वा विनापक्षपात गर्नु हुन्छ भनी उनले सिकउँछन् ।

(हेर्नुहोस्ः कृपा, अनुकूल, पक्षपात) बाइबलका खण्डहरूः


रुनु, चिच्‍च्याउनु,

परिभाषा:

“रुनु” को अर्थ हुन्छ‒ आँसु बगाउनु वा शोकमा ठुलो सोर निकालेर कराउनु ।

  • “चिच्‍च्याउनु” को अर्थ हुन्छः जोडले कराउनु, खास गरी सहायताको अपेक्षा राखेर ।
  • यसलाई “आकस्मिक रूपमा बोलाउनु” वा “सहायताको लागि अनुरोध गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • अभिव्‍यक्‍ति “म तपाईंको सामु चिच्‍च्याएँ” लाई “सहायताको लागि मैले तपाईंलाई पुकारेँ” वा “मेरो आपत्तिमा मैले तपाईंलाई सहायताको लागि आकस्मिक रूपमा पुकारेँ” भनी अनुवाद गर्न सकिन्छ ।

रोटी

परिभाषा:

रोटी एउटा खाना हो । मुछेको डल्लो बनाउन पिठोमा पानी र तेलको मिश्रण गरी यसको तयार पारिन्छ । त्यस डल्लोलाई पातलो बनाई तताइन्छ ।

  • रोटीको डल्लोमा साधारणतया खमिर हालेर फुलाउने गरिन्छ ।
  • नफुलोस् भनेर रोटीमा खमिर नहाल्न पनि सकिन्छ । बाइबलमा यसलाई “अखमिरी रोटी” भनिएको छ, र यसलाई यहूदीहरूको निस्तार-चाडको भोजनको लागि प्रयोग गरिन्थ्यो ।
  • बाइबलको समयमा रोटी धेरै मानिसहरूका मुख्य खाना भएकोले सामान्य खानालाई जनाउन पनि बाइबलमा यसको प्रयोग गरिएको छ । (हेर्नुहोस्ः अङ्गाङ्गी रूपक)
  • पदावली “उपस्थितिको रोटी” ले बाह्वटा रोटीलाई जनाउँथ्यो, जसलाई परमेश्‍वरको लागि बलिदानको रूपमा पवित्र वासस्थान वा मन्दिरको सुनौलो टेबुलमा राखिन्थ्यो । यी रोटीहरूले इस्राएलका बाह् कुलको प्रतिनिधित्व गर्थे, र यी पूजाहारीहरूले मात्र खान सक्थे । यसलाई “परमेश्‍वर तिनीहरूका बिचमा बास गर्नुहुन्थ्यो भनी देखाउने रोटी” भनेर अनुवाद गर्न सकिन्छ ।
  • आलङ्कारिक पदावली “स्वर्गबाट झरेको रोटी” ले “मन्‍न” भनिने विशेष किसिमको सेतो भोजनलाई जनाउँथ्यो । इस्राएलीहरू मरुभूमिमा भौँतारिदा परमेश्‍वरले तिनीहरूका निम्ति यो भोजन जुटाइदिनुभएको थियो ।
  • येशूले आफूलाई पनि “स्वर्गबाट ओर्लिआएको रोटी” वा “जीवनको रोटी” भन्‍नुभयो ।
  • येशूको मृत्युअगि उहाँ र उहाँका चेलाहरूले सँगसँगै निस्तार-चाडको भोज खाइरहँदा उहाँले अखमिरी निस्तार-चाडको रोटीलाई आफ्नो देहसित तुलना गर्नुभयो, जसलाई चोट लगाइन्थ्यो र क्रुसमा मारिन्थ्यो ।

लट्‌ठी

परिभाषा:

“लट्‌ठी” ले धेरै किसिमले प्रयोग गर्न सकिने सानो, ठोस, स्टिलजस्तो औजारलाई जनाउछ । यो सम्भवतः १ मीटर लामो हुन्थ्यो ।

  • काठको लट्‌ठी भेडाहरूलाई अरू जनावरहरूबाट सुरक्षा गर्न गोठालोले प्रयोग गर्थ्यो । यसलाई बगाल छोडेर भड्‌किएका भेडाहरूलाई बगालमा ल्याउन पनि प्रायोग गरिन्थ्यो ।
  • भजनसङ्ग्रह २३मा, दाऊद राजाले “लट्‌ठी” र “लहुरो” शब्दलाई परमेश्‍वरका मानिसहरूलाई उहाँको अगुवाइ र अनुशासनलाई जनाउन अलङ्कारको रूपमा प्रयोग गर्छन् ।
  • गोठालाका लट्‌ठी भेडाहरूलाई गन्‍न पनि प्रयोग गरिन्थ्यो ।” लट्‌ठीमुनि भएर जानु” भन्‍ने आलङ्कारिक अभिव्‍यक्‍तिको अर्थ “को अधिकारमा आउनु” हो ।
  • “फलामको लट्‌ठी” भन्‍ने अर्को आलङ्कारिक अभिव्यक्‍तिले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र दुष्‍ट थोकहरू गर्नेहरूका निम्ति उहाँको दण्डलाई जनाउछ ।
  • प्राचीन समयमा धातु, काठ, वा ढुङ्गाको लट्‌ठी भवन वा अरु कुनै वस्तुहरू नप्‍न प्रयोग गरिन्थ्यो ।
  • बाइबलमा काठको लट्‌ठीलाई बालबालिकाहरूलाई अनुशासन गर्ने औजारको रूपमा उल्लेख गरिएको छ ।

(हेर्नुहोस्ः लहुरो, भेडा, साँढ, गोठालो, गोठाला गर्नु) बाइबलका खण्डहरूः

  • प्रकाश ११:१-२

लबेदा

परिभाषा:

लबेदा भनेको पुरुष र महिला दुवैले लगाउन मिल्ने लामो बाहुला भएको बाहिरपट्टि लगाउने वस्‍त्र हो । यो कोट जस्तै हुन्छ ।

  • लवेदाहरू अगाडि पट्टि खुल्ला हुन्छन् र तुना वा पेटीले बाँधेर कसिन्छन् ।
  • तिनीहरूका लम्बाई लामो वा छोटो हुनसक्छ ।
  • बैजनी लवेदाहरू राजसीपन, धन-सम्पत्ति र प्रतिष्‍ठाको चिन्हको रूपमा राजाहरूले लगाउँथे ।

(हेर्नुहोस्ः दौरा) बाइबलका खण्डहरूः

  • लूका १५:२२-२४
  • मत्ती २७:२७-२९

लहुरो

परिभाषा:

लहुरो हिँड्नलाई प्रयोग गरिने काठको लामो लट्‍ठी वा छडी हो ।

  • याकूब वृद्ध हुँदा हिँड्नलाई सहायताको लागि उनले लहुरो प्रयोग गरे ।
  • परमेश्‍वरले फारोमाथि उहाँको शक्‍ति देखाउनलाई मोशाको लहुरोलाई सर्पमा परिणत गर्नुभयो ।
  • गोठालाहरूले उनीहरूका भेडाहरूलाई डोर्‍याउन वा तिनीहरू खस्दा वा बहकिँदा उद्धार गर्नलाई लहुरो प्रयोग गर्थे । लहुरो टुप्‍पा कुप्‍रो हुन्थ्यो, जुन गोठालोको लट्‍ठीभन्दा फरक थियो, जसलाई भेडाहरूलाई आक्रमण गर्ने जङ्गली जनावरहरूलाई हिर्काउन प्रयोग गरिन्थ्यो ।

(हेर्नुहोस्ः भेडा, साँढ, भेडी, गोठालो, गोठाला गर्नु) बाइबलका खण्डहरूः

  • लूका ०९:३-४
  • मत्ती २७:२७-२९
  • मत्ती १०:८-१०
  • मर्कूस ०६:७-९

लागिरहनु, लगनशीलता

परिभाषा:

लागिरहनुको अर्थ लामो समय लागे वा कठिनाइ नै भए तापनि कुनै विश्‍वास वा काममा निरन्तरता दिनु हो ।

  • लागिरहनुको अर्थ कठिन परिक्षाहरू वा परिस्थितिहरू भएर जाँदा पनि ख्रीष्‍ट जस्तै निरन्तर गरिरहनु भन्‍ने हुन्छ ।
  • लगनशिलता धेरै कठिन हुँदा पनि तिनीहरूले गर्नु पर्ने कुरा गरिरहन सक्षम बनाउने चरित्रिक गुण हो ।
  • “हठी” जस्ता शब्द प्रयोग गर्न होसियार हुनुहोस् जसले सामान्यतयाः नकारत्मक अर्थ दिन्छ ।

बाइबल खण्डहरूः

  • कलस्सी ०१:११-१२
  • एफिसी ०६:१७-१८
  • याकूब ०५:९-११
  • लूका ०८-१४-१५

लाज, लज्‍जास्पद, लज्‍जित

परिभाषा:

लाज उसले वा कसैले गरेको अनादर्निय वा अनुचित कुराले अपमानित गरिएको व्यक्‍तिको पीडादायी भावना हो ।

  • “लज्‍जास्पद” भनेको “अनुचित” वा “अनादर्निय” कुरा हो ।
  • “लज्‍जित” कसैले कुनै लज्‍जास्पद कार्य गर्दा एक व्यक्‍तिले कस्तो महसुस गर्छ भनी बताउने शब्द हो ।
  • “लज्‍जित पार्नु” भन्‍ने वाक्यांशले मानिसहरू पारजित भएका वा तिनीहरूका पापहरू प्रकट गरिएकोले, तिनीहरू आफैँले लज्‍जित भएको महसुस गर्नु भन्‍ने हुन्छ ।
  • अगमवक्‍ता यशैयाले मूर्ती बनाउने र पूज्‍नेहरू लाजमा पर्नेछन् भनी बताउँछन् ।
  • पश्‍चाताप नगर्ने व्यक्‍तिलाई परमेश्‍वरले उक्‍त व्यक्‍तिको पाप प्रकट गरेर र उसलाई अपानित गरेर लाजमा पार्न सक्‍नुहुन्छ ।

बाइबलका खण्डहरूः

  • लूका २०:११-१२
  • मर्कूस ०८:३८
  • मर्कूस १२:४-५

लाभ, लाभदायक

परिभाषा:

सामान्यतयाः “लाभ” शब्दले प्राप्‍त गरेको कुनै असल कुरालाई जनाउछ । यदि यसले तिनीहरूलाई राम्रो थोक ल्याउँछ वा यसले तिनीहरूलाई अरु मानिसहरूका लागि राम्रो थोक ल्याउन सहायता गर्छ भने केही थोक कसैका लागि “लाभदायक” हुन्छ ।

  • अझ विशेष गरी, “लाभ” शब्दले प्रायः व्यापार गरेर कमाएको पैसालाई जनाउछ । व्यपारले पैसा खर्चभन्दा बढी कमाउछ भने, यो “लाभदायक” हो ।
  • बाइबल आवश्यकभन्दा बढी पैसा तिर्न लगाएर धेरै नाफा असुल्नेविरुद्धमा बोल्छ ।
  • २ तिमोथी ३:१६ ले भन्छ, सम्पूर्ण धर्मशास्‍त्र सिकाउनलाई, अर्ती दिनलाई र धार्मिकतामा तालिम दिनलाई “लाभदायक” छ । यसको अर्थ बाइबलका शिक्षाहरू परमेश्‍वरको इच्छाअनुसार जिउनको लागि मानिसहरूलाई सिकाउन सहयोगी र उपयोगी छन् ।
  • १ कोरन्थी १०:२३ ले भन्छ ख्रिष्‍टियनहरूका लागि सबै थोक न्यायसङ्गत छन्, तर सबै थोक “लाभदायक” छैनन् । यसको अर्थ केही कुराका लागि अनुमति दिन सकिन्छ, तर यो परमेश्‍वरलाई प्रशन्‍न पार्ने तरिकाले जिउनमा ख्रीष्‍टियनहरूलाई प्रभाव पार्नमा सहयोगी नहुन सक्छ ।

अनुवादका निम्ति सुझावहरुः

  • सन्दर्भअनुसार “लाभ” लाई “नाफा” वा “सहयोग” वा “फाइदा” भनी अनुवाद गर्नु ।
  • “लाभदायक” लाई “उपयोगी” वा “फाइदाजनक” वा “सहयोगी” भनी अनुवाद गर्न सकिन्छ ।
  • “बाट लाभ” लाई “बाट फाइदा” वा “बाट प्राप्‍त पैसा” वा “बाट प्राप्‍त सहयोग” भनी अनुवाद गर्न सकिन्छ ।
  • व्यपारको सन्दर्भमा, “लाभ” लाई “प्राप्‍त गरेको पैसा” वा “थप पैसा” वा “अतिरिक्‍त पैसा” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • मत्ती १६:२४-२६
  • मर्कूस ०८:३५-३७
  • फिलेमन ०१:१०-१३

लेखिएको

परिभाषा:

“जस्तो लेखिएको छ” वा “के लेखिएको छ” भन्‍ने वाक्यांश नयाँ नियममा धेरै पटक प्रयोग भएको छ र यसले हिब्रू धर्मशास्‍त्रहरूमा लेखिएका आज्ञाहरू र अगमवाणीहरूलाई जनाउँछ ।

  • कहिलेकाँही “जस्तो लेखिएको छ” ले मोशाको व्यवस्थामा लेखिएका कुराहरूलाई जनाउँछ ।
  • अरू समयहरूमा पूरानो नियममा कोही अगमवक्ताहरूले भनेका कुराहरूको उद्धरण हो यो ।
  • यसलाई यसरी अनुवाद गर्न सकिन्छः “जस्तो मोशाको व्यवस्थामा लेखिएको छ” वा “जस्तो अगमवक्ताहरूले धेरै अगाडि लेखेका थिए” वा “मोशाले धेरै अगाडि लेखेका परमेश्‍वरका व्यवस्थाले जस्तो भन्छ ।”
  • अर्को तरिका भनेको “जस्तो लेखिएको छ” भन्‍ने वाक्यांशको प्रयोग गर्ने र पादटिप्पणीमा त्यसको अर्थ के हो भनेर व्याख्या गर्ने हो ।

लेख्‍ने पाता (चर्मपत्र)

परिभाषा:

प्राचीन समयमा लेख्‍ने पाता(चर्मपत्र) कुश व छालाको पाताबाट बनेको एक किसिमको पुस्तक थियो । मानिसहरूले यसमा लेखेपछि वा पढेपछि, यसको एक छेउमा भएको डण्डीमा बेर्थे ।

  • लेख्‍ने पाताहरू वैधानिक दस्तावेजहरू र धर्मशास्‍त्रको निम्ति प्रयोग गरिन्थ्यो ।
  • कसैले लेख्‍ने पातामा लेखिएका कुराहरूलाई कुनै समावारवाहकहरूद्वारा दिनु पर्दा, तिनले यसलाई मैलले लाहाछाप लगाउन सक्थ्यो । यसले समाचारवाहकलाई वा अरू कुनैलाई पनि यसलाई खोल्न र यसमा कुनै कुरा लेख्‍नबाट रोक्थ्यो । पाउने व्यक्‍तिले नतोडिएको लाहाचापलाई हेर्थ्यो र यसलाई कसैले खोलेको छैन भनी थाहा पाउँथ्यो ।

(हेर्नुहोस्ः परमेश्‍वरको वचन, याह्वेको वचन, परमप्रभुको वचन, धर्मशास्‍त्र) बाइबलका खण्डहरूः

  • लूका ०४:१६-१७

वचन

परिभाषा:

“वचन” ले अरू कसैले भनेको केही कुरालाई जनाउँछ ।

  • यसको एउटा उदाहरण यस्तो हुन सक्छ, जब स्वर्गदूतले जाकरियालाई भन्‍नुभयो, “तिमीले मेरो वचनमा विश्‍वास गरेनौ,” जसको अर्थ हो, “मैले भनेको कुरामा तिमीले विश्‍वास गरेनौ ।”
  • यो शब्दले प्राय जसो सम्पूर्ण सन्देशलाई जनाउँछ, एउटा शब्दलाई मात्र होइन ।
  • बाइबलमा प्रायः “वचन” भन्‍ने शब्दले परमेश्‍वरले भन्‍नुभएका वा आज्ञा गर्नुभएका सबै कुराहरूलाई जनाउँछ, जस्तै कि “परमेश्‍वरको वचन” वा “सत्यताको वचन ।”
  • कहिलेकाँही “वचन” ले साधारण रूपमा भाषण वा बोलीलाई जनाउँछ, जस्तै कि “वचन र कार्यमा शक्तिशाली” जसको अर्थ हो “बोली र व्यवहारमा शक्तिशाली ।”
  • यस शब्दको विशेष प्रयोग त्यति बेला हुन्छ जब येशूलाई “वचन” भनेर भनिन्छ ।

अनुवाद सुझावहरूः

  • “वचन” वा “वचनहरू” लाई भिन्‍न तरिकामा “शिक्षा” वा “सन्देश” वा “समाचार” वा “भनाई” वा “भनिएको कुरा” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यस शब्दले येशूलाई “वचन” भनेर जनाउने बेलामा, यसलाई “सन्देश” वा “भनाई” भनेर अनुवाद गर्न सकिन्छ ।

वर्ष

परिभाषा:

“वर्ष” ले व्‍यक्‍ति बाँचेको सालहरूको सङ्ख्यालाई जनाउँछ । साधारणतया समय अवधिलाई उल्लेख गर्न पनि यसको प्रयोग गरिन्छ ।

  • लामो समय अवधिलाई उल्लेख गर्न प्रयोग गरिने अरू शब्दहरूमा “काल” र “ऋतु” पर्दछन् ।
  • दुष्‍टता, पाप र अनाज्ञाकारिताले पृथ्वी भरिपूर्ण हुँदा येशूले वर्तमान समयलाई “यस युग” भन्‍नुभएको छ ।
  • एउटा भावी युग आउनेछ, जुन बेला नयाँ स्वर्ग र नयाँ पृथ्वीलाई धार्मिकताले शासन गर्नेछ ।

वंश

परिभाषा:

धेरै अगाडिको कुनै मानिसको सिधा रगतको नाता पर्ने मानिसलाई वंश भनिन्छ ।

  • उदाहरणको लागि अब्राहाम नोआका वंशका थिए ।
  • एउटा मानिसको वंश भनेको उसका छोराछोरी, नाति नातिना, पनाति पनातिनीहरू आदि हुन् ।

वापस आउनु

परिभाषा:

“वापस आउनु” को अर्थ फर्केर जानु वा कुनै थोक फिर्ता दिनु हो ।

  • “कुनै थोकतिर वापस आउनु” भनेको फेरि त्यही काम गर्न सुरु गर्नु हो ।
  • इस्राएलीहरू झुटा देवताहरूको पूजा गर्नतिर वापस आउँदा, तिनीहरूले फेरि उनीहरूलाई पूजा गर्न थालिरहेका थिए ।
  • तिनीहरू याह्वेतिर वापस आउँदा, तिनीहरूले पश्‍चाताप गरे, र याह्वेको फेरि आराधना गरिरहेका थिए ।
  • जमिन वा कुनै थोकतिर वापस आउनु भनेको कसैबाट लिइएको वा प्राप्‍त गरेको थोक त्यो सम्पत्ति जसको उसैलाई फिर्ता दिनु हो ।
  • “वापस आउनु” लाई “फर्केर जानु” वा “फिर्ता दिनु” वा “फेरि गर्न सुरु गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः फर्कनु, फर्केर जानु, फर्केर आउनु) बाइबलका खण्डहरूः


विकृत, विकृत रूपले

परिभाषा:

“विकृत” शब्द नैतिकरुपमा कुटिल वा टेढो व्यक्‍ति वा कामलाई बताउन प्रेयोग गरिन्छ ।” विकृत रूपले” शब्दले “विकृत तरिकाले” भन्‍ने अर्थ दिन्छ ।

  • कोही वा केही थोक विकृत हुनु भनेको असल र ठिकबाट भड्‌किएको हो ।
  • बाइबलमा, इस्राएलीहरूले परमेश्‍वरको अवज्ञा गर्दा विकृत रूपले काम गरे । तिनीहरुले प्रायः झुटा देवताहरूको पूजा गरेर यसो गरे ।
  • परमेश्‍वरको मापदण्ड वा व्यवहारविरुद्धका कुनै काम विकृत मानिन्छ ।
  • “विकृत” लाई सन्दर्भअनुसार अनुवाद गर्ने तरिकाहरूमा “नैतिक रुपमा टेढो” वा “अनैतिक” वा “परमेश्‍वरको सोझो मार्गबाट बरालिएको” पर्छन् ।
  • वाक्याम्स “विकृत बोलि” लाई “दुष्‍ट तरिकाले बोल्नु” वा “छलि कुराकानी” वा “अनैतिक तरिकको गफ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “विकृत मानिस” लाई “कुटिल मानिस” वा “नैतिक रुपमा विकृत मानिस” वा “सदैव परमेश्‍वरको अवज्ञा गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • “विकृत रूपले गर्नु” लाई “खराब तरिकाको व्यवहार गर्नु” वा “परमेश्‍वरको आज्ञा विपरित गर्ने” वा “परमेश्‍वरको शिक्षालाई इन्कार गर्ने तरिकाले जिउँनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः खराब, दुष्‍ट, दुष्‍टता, भड्किनु, भड्केर गएको, फर्केर आउनु, अन्य) बाएबलका खण्डहरूः

  • लूका २३:१-२
  • भजनसग्रह १०१:४-६

विदेशी, विदेश

परिभाषा:

आफ्नोभन्दा बाहिरको देशमा बस्‍ने मानिसलाई “विदेशी” भानिन्छ । पुरानो करारमा आफू बसोबास गरिरहेको मानिसहरूको समूहभन्‍दा बाहिरबाट आएको मानिसलाई विदेशी भनिन्थ्यो ।

  • आफ्नोभन्दा फरक भाषा र संस्कृति भएको मानिसलाई विदेशी भनिन्छ ।
  • पावलले एफिसीहरू ख्रीष्‍टलाई चिन्‍नुभन्दा अगाडि परमेश्‍वरको करारप्रति “विदेशीहरू” थिए भनेर लेख्छन् ।
  • “विदेशी” लाई “परदेशी” पनि भनिन्छ ।
  • यो शब्दलाई “नचिनेको मानिस” भनेर अनुवाद गर्न सकिन्छ ।

विद्रोह गर्नु, विद्रोही

परिभाषा:

विद्रोह गर्नु भनेको कसैको अधिकारमा रहन इन्कार गर्नु हो । अर्थात् अगुवाको आज्ञापालन गर्न इन्कार गर्नु हो ।

  • निष्क्रिय विद्रोह मानिसहरूले उनीहरूमाथिका अधिकारीहरूले आज्ञा गरेका कुरा गर्न इन्कार गर्दा हुन्छ ।
  • सक्रिय विद्रोहचाहिं मानिसहरूले तिनीहरुमाथिका अधिकारीहरूको प्रत्यक्ष्य रूपमा विरोध गर्दा वा अवज्ञा गर्दा हुन्छ ।
  • विद्रोह गर्नुले तिनीहरूमाथि शासन गर्ने सरकार वा अगुवाहरूविरुद्ध मानिसहरू युद्ध गर्न जानुलाई जनाउछ । मानिसहरूले सरकार वा अगुवाले तिनीहरूमाथि अन्यायपूर्वक शासन गरिरहेकाछन् भनी विश्‍वास गर्दा तिनीहरूले विद्रोह गर्छन् ।

बाइबलका खण्डहरूः

  • लूका २३:१८-१९

बइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१४-१४) इस्राएलीहरू चालिस वर्षसम्म उजाडस्थानमा घुमेपछि, परमेश्‍वरविरुद्ध विद्रिहगर्नेहरू सबै मरे ।
  • (१८-०७) इस्राएल जातिका दश कुलहरूले रहबामविरुद्ध विद्रोह गरे ।
  • (१८-०९) यारोबामले परमेश्‍वरविरुद्ध विद्रोह गरे, र मानिसहरूलाई पाप गर्न लगाए ।
  • (१८-१३) यहूदाका धेरैजसो मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह गरे, र अरू देवताहरूलाई पूजे ।
  • (२०-०७) तर केही वर्षपछि, यहूदाका राजाले बेबिलोनविरुद्ध विद्रोह गरे ।
  • (४५-०३) तब उनले (स्तिफनसले) भने, “तिमीहरूका पुर्खाहरूले परमेश्‍वरलाई सदैव इन्कार गरे, र उहाँका अगमवक्‍तालाई मारेजस्तै तिमीहरू हठी र विद्रोहीहरूले सदैव पवित्र आत्मालाई इन्कार गर्छौ ।

विनम्र, विनम्रता

परिभाषा:

“विनम्र” भन्‍ने शब्दले भद्र, अधीनमा रहने, र अन्याय सहन तयार व्‍यक्‍तिलाई जनाउँछ । विनम्रता भनेको कठोरता वा बलजफतको अवस्थामा समेत् भद्र वा नम्र रहने क्षमता हो ।

  • विनम्रता प्रायः नम्रतासँग सम्बन्धित छ ।
  • येशूले आफैँलाई विनम्र वा कोमल हृदयको भनी वर्णन गर्नुभएको छ ।
  • यो शब्दलाई “भद्र” वा “नम्र चालको” वा” मिजासिलो” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • “विनम्रता” भन्‍ने शब्दलाई “भद्रता” वा “नम्रता” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।

विनाश गर्नु, विनाशहरू

परिभाषा:

कुनै थोकलाई “विनाश गर्नु” भनेको नष्‍ट पार्नु, नाश गर्नु, वा अनुपयोगी बनाउनु हो ।” विनाश गर्नु” वा “विनाशहरू” शब्दहरूले नाश गरेर रहेका भग्‍नावशेषहरु र टुक्रा-टाक्रीलाई मे जनाउछ ।

  • सपन्याह अगमवक्‍ताले संसारको न्याय गर्दा र दण्ड दिँदा परमेश्‍वरको क्रोधको दिनलाई “विनाशको दिन” को रूपमा बताएका छन् ।
  • हितोपदेशको पुस्तकले भक्‍तिहीन मानिसहरूलाई विनाश र विध्वांसले पर्खन्छ भन्छ ।
  • सन्दर्भअनुसार “विनाश गर्नु” लाई “नष्‍ट गर्नु” वा “बिगार्नु” वा “अनुपयोगी बनाउनु” वा “तोड्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “विनाश” वा “विनाशहरू” लाई “भग्‍नावशेष” वा “भत्किएका भवनहरू’ वा “विनाश पारिएका सहरहरू” वा “विध्वांस’ वा “तोडोएको अवस्था” वा “बरवादी” भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः


विपत्ति

परिभाषा:

धेरै सङ्ख्यामा मानिसहरूलाई मार्ने वा कष्‍ट दिने रोग वा अन्य घट्नाहरू नै विपत्ति हो ।

  • धेरै विपत्तिहरू प्राकृतिक कारणबाट हुन्छन्, तर केहीचाहिँ मानिसहरूलाई पापको निम्ति दण्ड दिनलाई परमेश्‍वरद्वारा पठाइएका थिए ।
  • मोशाको समयमा, फारोले इस्राएलीहरूलाई मिश्रबाट जान दिओस् भनी मिश्रविरूद्ध दश वटा विपत्तिहरू पठाउनुभयो ।

(हेर्नुहोस्ः मोशा, मिश्र, मिश्री, फारो, मिश्रका राजा, एस्राएल, एस्राएलीहरू, इस्राएलको राज्य\जाति) बाइबलका खण्डहरूः

  • उत्पत्ति १२:१७-२०
  • लूका २१:१०-११

विवाहविच्छेद

परिभाषा:

विवाहलाई वैधानिक रुपले समाप्‍त गर्ने कामलाई विवाह विच्छेद भनिन्छ ।

  • कसैसँग विवाहविच्छेद गर्नु भन्‍नाले औपचारिक र वैधानिकरुपले विवाहलाई विच्छेद गर्ने कामलाई बुझाउँछ ।
  • “विवाह विच्छेद गर्नु” भन्‍ने शब्दलाई “आफूभन्दा टाढा पठाउनु” वा “खारेज गर्नु” वा “औपचारिकरूपमा छुट्टिनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “विवाह विच्छेदको प्रमाणपत्र” लाई “विवाह विच्छेद भएको प्रमाणित गर्ने कागत” भनेर अनुवाद गर्न सकिन्छ ।

विवेकशील

परिभाषा:

“विवेकशील” शब्दले आफ्नो काम बारे होसियारीपूर्वक विचार गर्ने र बुद्धिमतापूर्ण निर्णयहरू गर्ने व्‍यक्‍तिलाई बुझाउँछ ।

  • प्रायः विवेकले पैसा वा सम्पत्ति व्यवस्थापन जस्ता शारीरिक कुराहरुसँग सरोकार राख्छ ।
  • व्यक्‍ति विवेकशील भएर पैसा वा वस्तुको वचत गर्छ ।
  • “बुद्धि” शब्द अर्थमा “विवेक” सँग मिल्दो भए तापनि “बुद्धि” अझ साधारण र आत्मिक वा नैतिक कुरामा केन्द्रित हुन्छ ।
  • सन्दर्भअनुसार, यलाई “चलाख” वा “होसियार” वा “बुद्धिमान” भनी अनुवाद गर्न पनि सकिन्छ ।

(हेर्नुहोस्ः बुद्धिमान, बुद्धि) बाइबलका खण्डहरूः


विश्राम

परिभाषा:

“विश्राम गर्नु” को शाब्दिक अर्थ आराम गर्नु वा पुनः बल पाउनको लागि काम गर्न रोक्‍नु हो ।” बाँकी रहेका” ले कुने थोकको शेष अंशलाई जनाउछ ।

  • कुनै वस्तु कहीँ “विश्राम गरिरहेको” छ भन्‍नुको अर्थ त्यहाँ “खडा भइरहेको” वा “बसिरहेको” छ भन्‍ने हो ।
  • “डुङ्गा विश्राम गर्न आउँछ” भनेको “रोकियो” वा “उत्रियो” भन्‍नु हो ।
  • व्यक्‍ति वा पशुले विश्राम गर्छ भन्‍नुको तात्पर्य पुनर्ताजगीको लागि तिनीहरू बसिरहेका छन् वा ढल्किरहेका छन् भनेको हो ।
  • परमेश्‍वरले इस्राएलीहरूलाई हप्‍ताको सातौं दिनमा विश्राम गर्न आज्ञा दिनुभयो । यो काम नगर्ने दिनलाई “विश्रामको दिन” भनियो ।
  • कुनै थोक केही थोकमाथि विश्राम गर्नु भनेको त्यहाँ “राख्‍नु” वा “हाल्नु” हो ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार “विश्राम गर्नु” लाई “काम गर्न रोक्‍नु” वा “आफैँलाई पुनर्ताजगी गर्नु” वा “बोझ बोक्‍न छोड्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • कुनै थोक केही थोकमाथि “विश्राम गर्नु” लाई “राख्‍नु” वा “हाल्नु” “मिलाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • जब येशूले भन्‍नुभयो, “म तिमीहरूलाई विश्राम दिनेछु”, यसलाई पनि “म तिमीहरूलाई तिमीहरूका बोझहरू बोक्‍न छोड्न लगाउँछु” वा “म तिमीहरूलाई शान्तिमा रहन सहायता गर्छु” वा “म तिमीहरूलाई आराम गर्न र ममा भरोसा गर्न सक्षम तुल्याउनेछु” भनी अनुवाद गर्न सकिन्छ ।
  • जब परमेश्‍वरले भन्‍नुहुन्छ, “तिनीहरू मेरो विश्राममा प्रवेश गर्ने छैनन्” यसलाई “तिनीहरूले मेरो विश्रामको आशिष्‌को अनुभव गर्नेछैनन्” वा “तिनीहरूले ममा भरोसा गर्दा आउने आनन्द र शन्तिको अनुभव गर्ने छैनन्” भनी अनुवाद गर्न सकिन्छ ।
  • “बाँकी” लाई “रहनेहरू” वा “सबै बाँकी मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः बाँकी रहेकाहरू, विश्राम) बाइबलका खण्डहरूः

  • २ इतिहास ०६:४०-४२
  • उत्पत्ति ०२:१-३
  • यर्मिया ०६:१६-१९
  • मत्ती ११:२८-३०
  • प्रकाश १४:११-१२

विश्‍वासी

परिभाषा:

बाइबलमा “विश्‍वासी” शब्दले येशू ख्रीष्‍टलाई मुक्‍तिदाताको रूपमा विश्‍वास गरी उहाँमाथि भरोसा गर्ने व्यक्‍तिलाई जनाउँछ ।

  • “विश्‍वासी” शब्दको शाब्दिक अर्थ हुन्छ‒ “विश्‍वास गर्ने व्यक्‍ति ।”
  • अन्त्यमा “ख्रीष्‍टियान” शब्द नै विश्‍वासीहरूका लागि मुख्य उपाधि बन्‍न आइपुग्यो, किनकि तिनीहरूले ख्रीष्‍टमाथि विश्‍वास गरी उहाँका शिक्षाहरू पालन गर्छन् भनी यसले अङ्कित गर्छ ।

अनुवादका लागि सुझावहरूः

  • केही अनुवादहरूले “येशूलाई ग्रहण गर्ने विश्‍वासी” वा “ख्रीष्‍टलाई ग्रहण गर्ने विश्‍वासी” भन्‍न रुचाउँछन् ।
  • यस शब्दलाई त्यस्तो कुनै शब्द वा पदावलीद्वारा पनि अनुवाद गर्न सकिन्छ जसको अर्थ हुन्छः “येशूमाथि भरोसा गर्ने व्यक्‍ति” वा “येशूलाई चिनेर उहाँको निम्ति जिउने व्यक्‍ति ।”
  • “विश्‍वासी” शब्दलाई “येशूको अनुयायी” वा “येशूलाई चिनेर उहाँको आज्ञा पालन गर्ने व्यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “विश्‍वासी” शब्द ख्रीष्‍टलाई ग्रहण गर्ने कुनै पनि व्यक्‍तिको लागि सामान्य शब्द हो, जब कि “चेला” र “प्रेरित” शब्दहरू येशू जीवित हुनुहुँदा उहाँलाई चिन्‍ने मानिसहरूका लागि विशेष रूपमा प्रयोग गरिए । विभेद कायम राख्‍न यी शब्दहरूलाई फरक तवरले अनुवाद गर्नु उत्तम हुन्छ ।

(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम, विश्‍वास गर्नु, माथि विश्‍वास गर्नु, ख्रीष्‍टियान, चेला)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी ०९:३-६
  • प्रेरित ०६:५-६

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (४३-०१) येशू स्वर्ग फर्कनुभएपछि उहाँले आज्ञा गर्नुभएमुताबिक चेलाहरू यरूशलेममा बसे । त्यहाँ विश्‍वासीहरू निरन्तर रूपमा प्रार्थनाका लागि जम्मा हुन्थे ।
  • (४३-०३) विश्‍वासीहरू सबै एकै ठाउँमा भेला हुँदा अकस्मात् तिनीहरू बसेको घर ठुलो बतासको जस्तै आवाजले भरियो । त्यसपछि सबै विश्‍वासीहरूका शिरमा आगोका ज्वालाहरूजस्ता केही कुरो देखा पर्‍यो ।
  • (४३-१३) हरेक दिन धेरै मानिसहरू विश्‍वासी बन्थे ।
  • (४५-०६) त्यस दिन यरूशलेमका धेरै मानिसहरूले येशूका अनुयायीहरूलाई सताउन सुरु गरे । त्यसैले, विश्‍वासीहरू अन्य ठाउँहरूमा भागेर गए । तर यसको बाबजुत पनि तिनीहरू जहाँ गए पनि तिनीहरूले येशूको बारेमा प्रचार गरे ।
  • (४६-०१) शाऊल एक जवान मानिस थिए, जसले स्तिफनसलाई मार्ने मानिसहरूका वस्‍त्रहरूको रेखदेख गरे । तिनले येशूमाथि विश्‍वास गरेका थिएनन् । त्यसैले, तिनले विश्‍वासीहरूको खेदो गरे ।
  • (४६-०९) यरूशलेममा आएको सतावटबाट भागेका केही विश्‍वासीहरू एन्टिओखिया सहरसम्म पुगे, र तिनीहरूले येशूको बारेमा प्रचार गरे । ... एन्टिओखियामा नै येशूलाई ग्रहण गर्ने विश्‍वासीहरू पहिलो पटक “ख्रीष्‍टियानहरू” भनिए ।
  • (४७-१४) मण्डलीमा भएका विश्‍वासीहरूलाई उत्साह दिन र सिकाउन तिनीहरूले धेरै पत्रहरू पनि लेखे ।

वीणा

परिभाषा:

वीणा तार जडान गरिएको साङ्गीतिक बाजा हो । साधारणतया यसको ठुलो खुला संरचना हुन्छ र यसका तारहरू सिधा हुन्छन् ।

  • बाइबलको समयमा वीणा र अन्य साङ्गीतिक बाजाहरू बनाउन सल्लाको काठको प्रयोग गरिन्थ्यो ।
  • वीणालाई अक्सर हातमा लिइन्थ्यो र हिँड्दै गर्दा बजाइन्थ्यो ।
  • बाइबलका धेरै ठाउँहरूमा परमेश्‍वरको प्रशंसा र आराधनाका लागि प्रयोग गरिने बाजाको रूपमा वीणाको उल्लेख गरिएको छ ।
  • दाऊदले केही भजनहरू रचे, जुन वीणाको सङ्गीतको लागि थियो ।
  • राजा शाऊलको कष्‍ट भोगेको आत्मालाई शान्त पार्नलाई पनि दाऊदले वीणा बजाउने गर्थे ।

(हेर्नुहोस्ः दाऊद, सल्लो, भजन, शाऊल (पुक))

बाइबलका सन्दर्भहरूः


वृद्धि हुनु

परिभाषा:

“वृद्धि हुनु” भन्‍ने शब्दको अर्थ संख्यामा धेरै बढेर जानु भन्‍ने हो ।

  • परमेश्‍वरले जनावरहरू र मानिसहरूलाई “वृद्धि हुने” र पृथ्वीलाई भर्ने आदेश दिनुभयो । यो चाँहि उनीहरू जस्तै अरू धेरै सन्तान उत्पादन गर्नु भन्‍ने आज्ञा थियो ।
  • येशूले रोटी र माछाको संख्या बढाएर ५००० जनालाई खुवाउनु भयो । खानाको मात्रा वृद्धि हुँदै गयो र सबैलाई खुवाएर पनि खान उब्रियो ।
  • यो शब्दलाई “संख्यामा धेरै वृद्धि हुनु” वा “संख्यामा अझै धेरै हुनु” वा “संख्यामा बढेर जानु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

वेश्या, नगरनायिका

परिभाषा:

“वेश्या” र “नगरनायिका” दुवै शब्दले पैसा वा धार्मिक विधिका लागि यौन कृयाकलाप गर्ने व्यक्‍तिलाई जनाउछ । वेश्या वा नगरनायिकाले सामान्यतयाः महिलाहरू हुन्थे, तर केही पुरुषहरू पनि थिए ।

  • “वेश्या हुनु” को अर्थ यौनमा अनैतिक भएर वेश्याजस्तो क्रियाकलाप गर्नु हो ।
  • बाइबलमा, परमेश्‍वरले कहिले काहीँ “वेश्या” शब्दलाई झुटो देवता पूज्‍ने वा मन्‍त्रतन्‍त्र गर्नेलाई आलङ्कारिक रूपमा जनाउनलाई प्रयोग गर्नु भएको छ ।
  • “आफैँलाई वेश्या बनाउनु” को अर्थ यौनमा अनैतिक हुनु वा आलङ्कारिक रूपमा भन्दा झुटो देवतालाई पूजेर परमेश्‍वरप्रति बेइमान हुनु हो ।
  • प्रचीन समयमा, कुनै अयहूदी मन्दिरहरूमा तिनीहरुको विधिहरूको हिस्साको रूपमा पुरुष र महिला वेश्याहरूलाई प्रयोग गरिन्थ्यो ।
  • लक्षित भाषामा यो शब्दलाई यस्तो किसिमको व्यक्‍तिलाई जनाउने शब्द वा शब्द समूह प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । कुनै भाषाहरूमा यसलाई जनाउने शिष्‍टोक्‍ति पनि हुन सक्छ ।

(हेर्नुहोस्ः व्यभिचार, व्यभिचारपूर्ण, व्यभिचारी, व्यभिचारिनी, यौन अनैतिकता) बाइबलका खण्डहरूः

  • उत्पत्ति ३४:३०-३१
  • उत्पत्ति ३८:२१-२३
  • लूका १५:२८-३०
  • मत्ती २१:३१-३२

वैभव

परिभाषा:

“वैभव” शब्दले प्रायः धन र भव्य रुपरङ्गसँग सम्बन्धित अत्यधिक सुदरता र सौन्दर्यलाई जनाउछ ।

  • प्रायः वैभवलाई राजा उनका महँगा र सुन्दर पोशाकमा कस्ता देखिन्छन् भनी सम्पत्तिको वर्णन गर्नलाई प्रयोग गरिन्छ ।
  • वैभवलाई परमेश्‍वरले सृष्‍टि गर्नुभएका रुख, पहाडहरूका सुन्दरताको वर्णन गर्नलाई पनि प्रयोग गर्न सकिन्छ ।
  • कुनै सहरहरूलाई तिनीहरूका प्रकृति स्रोतहरू, भव्य महलहरू र सडकहरू, मानिसहरूका धन लगायत सुन, चाँदीहरूलाई जनाउन पनि वैभव भनिन्छ ।
  • सन्दर्भअनुसार यो शब्दलाई “भव्य सुन्दर” वा “अद्भुत ऐश्‍वर्य” वा “राजसी महानता” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः महिमा, महिमित, ऐश्‍वर्य, राजा) बाइबलका खण्डहरूः

  • लूका ०४:५-७

व्यभिचार, यौन अनैतिकता

परिभाषा:

कुनै पुरुष वा स्‍त्रीले आफ्नो विवाहबाहिर अरू कसैसँग यौन सम्बन्ध राख्‍ने कामलाई “व्यभिचार” भनिन्छ । यो अनैतिक र परमेश्‍वरको योजना विरुद्धको कुरा हो । यसलाई “यौन अनैतिकता” पनि भनिन्छ ।

  • समलिंगी क्रियाकलाप र अश्‍लील चित्र वा साहित्यजस्ता अनैतिक यौन क्रियाकलापलाई जनाउन पनि यो शब्दको प्रयोग गरिन्छ ।
  • परस्‍त्रीगमन एक प्रकारको व्यभिचार हो, जसमा आफ्नो श्रीमान र श्रीमतिभन्दा बाहिरको व्‍यक्‍तिसँग यौन सम्बन्ध राख्‍ने काम हुन्छ ।
  • वेश्यावृत्ति पनि व्यभिचार हो, यसमा कसैसँग यौन सम्बन्ध राखेबापत पैसा तिरिन्छ ।
  • इस्राएलले अन्य झुटो देवताहरूको पूजा गरेर परमेश्‍वरमाथि गरेको विश्‍वासघातलाई जनाउनलाई आलंकारिक रुपले यो शब्दको प्रयोग गरिएको छ ।

व्यर्थ, व्यर्थता

परिभाषा:

“व्यर्थ” शब्दले बेकम्मा वा उद्देश्यसरहित कुरोको बयान गर्छ । व्यर्थ कुराहरू खोक्रा र बेकम्म हुन्छन् ।

  • शब्द “व्यर्थता” ले बेकम्मा र खोक्रो अवस्थालाई जनाउँछ । यसले घमन्ड वा अहङ्कारलाई पनि जनाउन सक्छ ।
  • येशूले आफ्ना चेलाहरूलाई इमान्दारीपूर्वक प्रार्थना गर्न र “व्यर्थका कुराहरू” प्रयोग नगर्न आज्ञा दिनुभयो । “व्यर्थका कुराहरू” भन्‍नाले उही कुरोलाई घरीघरी दोहोर्‍याउनु हो, जसको कुनै अर्थ हुँदैन ।
  • पुरानो करारमा मूर्तिहरू व्यर्थका कुराहरू हुन् जसले छुटकारा दिन वा बचाउन सक्दैनन् भनी बयान गरिएको छ । तिनीहरू बेकम्मा हुन् र तिनीहरूको कुनै औचित्य वा उद्देश्य छैन ।
  • कुनै कुरो “व्यर्थमा” गरिएको थियो भने, यसको अर्थ हुन्छ कि यसले कुनै राम्रो नतिजा ल्याएन । प्रयास वा कामले कुनै कुरो सम्पन्‍न गरेन ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “व्यर्थ” शब्दलाई “खोक्रो” वा “बेकम्मा” वा “आशाविहीन” वा “अयोग्य” वा “अर्थहीन” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “व्यर्थमा” लाई “नतिजारहित” वा “नतिजा नभएको” वा “विनाकारण” वा “विनाउद्देश्य” भनी अनुवाद गर्न सकिन्छ ।
  • “व्यर्थता” शब्दलाई “घमन्ड” वा “कुनै उपयोगी नभएको अवस्था” वा “आशाविहीनता” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः मूर्ति, मूर्तिपूजक, योग्य, योग्यता, अयोग्य, बेकम्मा)

बाइबलका सन्दर्भहरूः

  • मत्ती १५:७-९

व्यवस्था, सिद्धान्त

परिभाषा:

व्यवस्था भनेको अख्तियारमा भएको व्‍यक्‍तिद्वारा लेखिएको तथा कार्यान्वयन गराइएको कानूनी नियम हो । सिद्धान्त भनेको निर्णय गर्नको निम्ति मार्गनिर्देशन वा मापदण्ड हो । “व्यवस्था,” तथा “सिद्धान्त” दुवैले एउटा व्‍यक्‍तिको व्यवहारलाई मार्गनिर्देशन गर्ने सामान्य नीति वा विश्‍वासलाई सङ्केत गर्दछ । “व्यवस्था” को अर्थ भनेको मोशाको व्यवस्थाभन्दा फरक रहेको छ । जब सामान्य व्यवस्थालाई सङ्केत गरिन्छ, तब “व्यवस्था” लाई “सिद्धान्त” वा “सामान्य नीति” भनी अनुवाद गर्न सकिन्छ ।


व्यवस्थापक, भण्डारे

परिभाषा:

बाइबलमा “व्यवस्थापक” वा “भण्डारे” भन्‍ने शब्दले आफ्नो मालिकको सम्पत्ति र व्यावसायिक कारोवार सम्हाल्ने जिम्मा पाएको नोकरलाई जनाउँछ ।

  • भण्डारेलाई अन्य नोकरहरूको काम निरीक्षण गर्ने लगायत धेरै जिम्मेवारी दिइन्थ्यो ।
  • “व्यवस्थापक” भन्‍ने शब्द भण्डारेलाई जनाउने आधुनिक शब्द हो; यी दुवैको अर्थ अरू कसैको व्यवहार सम्हाल्ने व्यक्त्ति भन्‍ने हुन्छ ।

अनुवादका लागि सुझावहरू

  • यो शब्दलाई “निरीक्षक” वा “व्यवस्थापक” वा “प्रबन्ध गर्ने व्यक्त्ति” वा “व्यवस्थापन गर्ने व्यक्त्ति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

व्यवस्थाविहीन, अराजकता

परिभाषा:

“व्यवस्थाविहीन” भन्‍नाले कुनै पनि नीति-नियमहरूलाई पालन नगर्ने व्‍यक्‍ति भनी बुझिन्छ । सामान्य अवस्थामा व्यवस्थाविहीन रहने व्‍यक्‍तिलाई “अराजक” भनी भनिन्छ । व्यवस्थाविहीन व्‍यक्‍ति भनेको विद्रोही हो र उसले परमेश्‍वरको व्यवस्थालाई मान्दैन । पावलले कसैलाई “अराजक,” वा “व्यवस्थाविहीन,” व्‍यक्‍ति भन्‍ने संज्ञा दिएका छन् र अन्त्यको समयमा दुष्‍ट काम गर्नको लागि शैतानले त्यसलाई प्रयोग गर्ने बताएका छन् । अनुवाद सुझावहरू “व्यवस्थाविहीन” भन्‍ने शब्दलाई “विद्रोही” वा “अनाज्ञाकारी” वा “व्यवस्था उलङ्घनकर्ता” भनेर पनि भन्‍न सकिन्छ । “अराजकता” भन्‍ने शब्दलाई “कुनै पनि व्यवस्था नमान्‍ने व्‍यक्‍ति,” वा “विद्रोही” भनेर पनि अनुवाद गर्न सकिन्छ । ” अराजक व्‍यक्‍ति” भन्‍ने वाक्यांशलाई “कुनै पनि व्यवस्था नमान्‍ने व्‍यक्‍ति” वा “परमेश्‍वरका सबै व्यवस्थाहरूको विरुद्ध विद्रोह गर्ने व्‍यक्‍ति” भनेर अनुवाद गर्न सकिन्छ । सम्भव भएसम्म, यस शब्दको प्रयोग गर्दा “व्यवस्था” को अवधारणा बचाईराख्‍नु महत्त्वपूर्ण हुन्छ ।


शत्रु, वैरी

परिभाषा:

कुनै मानिस वा वस्तुको विरोध गर्ने व्‍यक्‍ति वा समूह नै “शत्रु” हो ।

  • तपाईंको विरोध गरी हानि पुर्‍याउन खोज्‍ने व्‍यक्‍ति पनि शत्रु हुन सक्छ ।
  • एउटा मुलुक अर्को मुलुकको विरुद्धमा लड्दा त्यस मुलुकलाई “शत्रु” भन्‍न सकिन्छ ।
  • बाइबलमा शैतानलाई “शत्रु” र “वैरी” भनी उल्लेख गरिएको छ ।
  • शत्रुलाई “विरोधी” वा “वैरी” भनी अनुवाद गर्न सकिन्छ, तर यसले विरोधको कडा स्वरूपलाई अङ्कित गर्दछ ।

शपथ, कसम, को कसम

परिभाषा:

बाइबलमा, शपथ भनेको केही कुरा गर्नको लागि औपचारिक प्रतिज्ञा हो । शपथ लिने व्‍यक्‍तिले आफ्नो प्रतिज्ञालाई पुरा गर्न आवश्यक हुन्छ ।

  • बाइबलमा, “कसम” भनेको शपथ ग्रहण गर्नु हो ।
  • “को कसम “भन्‍ने शब्दको मतलब कसैलाई वा केहीकुरा वा कुनै शक्तिको नाममा शपथ लिनु भन्‍ने हुन्छ ।
  • कहिलेकाँही यी शब्दहरूलाई “कसमको शपथ” भनेर पनि प्रयोग गरिन्छ ।
  • अब्राहाम र अबीमेलेकले इनारको प्रयोगको विषयमा करार गर्दा शपथ खाए ।
  • अब्राहामले आफ्नो नोकरलाई (औपचारिक प्रतिज्ञा) अब्राहामको नातेदारहरूबाट इसाहकको निम्ति एउटा पत्‍नी खोजेर ल्याउनको निम्ति कसम खान भने ।
  • परमेश्‍वरले मानिसहरूका निम्ति प्रतिज्ञा गर्दा शपथ खानुभएको छ ।
  • अहिलेको समयमा, “कसम” भन्‍ने शब्दको अर्थ अभद्र भाषाको प्रयोग भनेर बुझिन्छ । बाइबलमा यो शब्दको अर्थ यस्तो होइन ।

अनुवाद सुझावहरू

  • सन्दर्भ अनुसार, “शपथ” लाई “वचन दिनु” वा “औपचारिक प्रतिज्ञा” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “कसम लिनु” भन्‍ने शब्दलाई “औपचारिक प्रतिज्ञा गर्नु” वा “वचन दिनु” वा “केही गर्न प्रतिबद्ध हुनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “मेरो नाममा शपथ लिनु” भन्‍ने वाक्यांशलाई “मेरो नामलाई साक्षी राखेर प्रतिज्ञा गर्नु” भनेर पनि अर्को तरिकाबाट अनुवाद गर्न सकिन्छ । “स्वर्ग र पृथ्वीको नाममा शपथ लिने” कुरालाई “केही गर्न स्वर्ग र पृथ्वीलाई साक्षी राख्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “कसम” वा “शपथ” भन्‍ने शब्दले श्राप दिनु भन्‍ने अर्थ दिँदैन । बाइबलमा यसको अर्थ यस्तो होइन ।

शरणस्थान, आश्रय

परिभाषा:

“शरणस्थान” ले संरक्षण र सुरक्षाको स्थान वा अवस्थालाई जनाउछ ।” आश्रय” ले मौसम वा खतराबाट सुरक्षा दिने भौतिक संरचनालाई जनाउछ ।

  • बाइबलमा प्रायः परमेश्‍वरलाई शरणस्थानकोरूपमा उल्लृख गरिएको छ, जहाँ उहाँका मानिसहरू सुरक्षित, संरक्षित र वास्तामा हुनसक्छन् ।
  • पुरानो करारमा “शरण-नगर” ले त्यस्ता सहरहरूलाई जनाउथ्यो, जहाँ कसैले अनजानमा कुनै पनि व्यक्‍तिलाई मार्‍यो भने त्यो व्यक्‍ति बदला लिन चाहने अरु मानिसहरूको आक्रमणबाट बच्‍नको निम्ति भागेर त्यो शरण-नगरमा सुरक्षाको निम्ति जानसक्थ्यो ।
  • प्रायः “आश्रय” भनेको मानिसहरू वा जनावरहरूलाई सुरक्षा प्रदान गर्ने भवन वा छाना जस्ता भौतिक संरचना हो ।
  • कहिलेकहीँ “आश्रय” को अर्थ “सुरक्षा” पनि हुन्छ, जसरी लोतले उनका पाहुनाहरू उनका छानाको “आश्रय मुनि” थिए भने । तिनीहरू उनका घरमा भएका हुनाले तिनीहरू सुरक्षित रहनुपर्छ भनिरहेका थिए ।

अनुवादका निम्ति सुझावहरूः

  • “शरणस्थान” लाई “सुरक्षित स्थान” वा “सुरक्षाको ठाउँ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार “आश्रय” लाई “सुरक्षा दिने कुनै थोक” वा “सुरक्षा” वा “सुरक्षित स्थान” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यदि यसले भौतिक संरचनालाई जनाउछ भने “आश्रय” लाई “सुरक्षा दिने भवन” भनी अनुवाद गर्न सकिन्छ ।
  • “सुरक्षित आश्रय भित्र” लाई “सुरक्षित स्थान भित्र’ वा “सुरक्षा दिने स्थान भित्र” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आश्रय पाउनु” वा “आश्रय लिनु” वा “शरण लिनु” लाई “सुरक्षाको स्थान पाउनु” वा “सुरक्षित स्थानमा राख्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • २ शमूएल २२:३-४
  • व्यवस्था ३२:३७-३८
  • यशैया २३:१३-१४
  • यर्मिया १६:१९-२१
  • गन्ती ३५:२४-२५
  • भजनसंग्रह ०२८:६-८
  • भजनसंग्रह ०४६:१-३

शान्ति, शान्तिपूर्ण

परिभाषा:

शान्ति कुनै पनि विवाद, डर, वा धम्कीरहित हुनु हो ।

  • शान्तिले मनिसका समूहहरू बिचको लडाइँबाट स्वतन्‍त्रता भन्‍ने बुझाउछ ।
  • मानिसका समूहहरू बिच कायम शान्ति राख्‍नु भनेको तिनीहरुको विरुद्धमा लड्न छोड्नु हो ।
  • शान्तिले मानिस-मानिसहरु बिच वा मानिस र परमेश्‍वर बिचको असल सम्बन्धलाई पनि जनाउछ ।
  • व्‍यक्‍तिगत शान्तिले विनाचिन्ता वा डरसहितको मनको शान्त अवस्थालाई जनाउछ ।

बाइबलका खण्डहरूः

  • १ थेसलोनिकी ०५:१-३
  • प्रेरित ०७:२६-२८
  • कलस्सी ०१:१८-२०
  • कलस्सी ०३:१५-१७
  • गलाती ०५:२२-२४
  • लूका ०७:४८-५०
  • लूका १२:५१-५३
  • मत्ती ०५:९-१०
  • मत्ती १०:११-१३
  • मर्कूस ०४:३८-३९

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१५-०६) परमेश्‍वेरले कनानका कुनै पनि जातिहरूसँग शान्ति सम्झौता नगर्नू भनी इस्राएलीहरुलाई आज्ञा गर्नुभयो ।
  • (१५-१२) त्यसपछि परमेश्‍वरले इस्राएललाई यसको चारैतिर शान्ति दिनुभयो ।
  • (१६-०३) तब परमेश्‍वरले तिनीहरूका शत्रुहरूबाट बचाउने, र मुलुकमा शान्ति ल्याउने एक जना उद्धारकर्ता दिनुभयो ।
  • (२१-१३) उहाँ (मसीह) अरू मानिसहरूका पापको निम्ति दण्ड भोग्‍न मर्नु हुनेथियो । उहाँको दण्डले परमेश्‍वर र मानिसहरू बिच शान्ति ल्यायो ।
  • (४८-१४) दाऊद इस्राएलका राजा थिए, तर येशू समग्र ब्रह्‍माण्डकै राजा हुनुहुन्छ । उहाँ फेरि आउनुहुनेछ, र उहाँको राज्यमा सदससर्वदा न्याय र शान्तिमा शासन गर्नुहुनेछ ।
  • (५०-१७) येशूले उहाँको राज्यमा न्याय र शान्तिमा शासन गर्नुहुनेछ, र उहाँ उहाँका मानिसहरुसँग सदासर्वदा रहनुहुनेछ ।

शासक, शासकहरू, शासन गर्नु

परिभाषा:

शासक एउटा देश, राज्य वा धार्मिक समूहको अगुवाको रूपमा अरू मानिसहरूमाथि अधिकार भएको कसैको निम्ति चलाइने एउटा सामान्य शब्दावली हो ।

  • प्रायः पुरानो करारमा “उनलाई इस्राएलमाथि शासक नियुक्‍त गरियो” जस्तो वाक्यांशमा राजालाई “शासक” को रूपमा उल्लेख गरिन्थ्यो ।
  • परमेश्‍वरलाई सबै शासकहरूमाथि शासन गर्ने चरम शासकको रूपमा उल्लेख गरिएको छ ।
  • नयाँ करारमा सभाघरका अगुवालाई “शासक’ भनिन्थ्यो ।
  • नयाँ करारमा एक प्रकारको सरकारी शासकलाई “राज्यपाल” भनिन्थ्यो ।
  • सन्दर्भअनुसार “शासक” शब्दलाई “अगुवा’ वा “अधिकार भएको व्यक्‍ति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “शासन गर्नु” भनेको “नेतृत्व गर्नु” वा “माथि आधिकार हुनु” हो । राजाको शासन बारे कुरा गर्दा यो प्रायः शासनको पर्यायवाची हुन्छ ।

(हेर्नुहोस्ः राजा, राज्यपाल, शासन गर्नु, सभाघर, अधिकार) बाइबलका खण्डहरूः

  • प्रेरित ०३:१७-१८
  • प्रेरित ०४:२६
  • प्रेरित ०७:३५-३७
  • प्रेरित १३:२६-२७
  • लूका १२:११-१२
  • लूका २३:३५
  • मत्ती ०९:३२-३४
  • मत्ती २०:२५-२८
  • मर्कूस १०:४१-४२
  • तीतस ०३:१-२

शिकार हुनु, शिकार बनाउनु

परिभाषा:

“शिकार हुनु” शब्दले सान्यतयाः खानाको निम्ति प्रयोग गरिने पशुलाई खेदिएको (मार्नलाई) कुरालाई जनाउछ ।

  • आलङ्कारिक अर्थमा “शिकार हुनु” ले एउटा व्यक्‍तिबाट शक्‍तिशाली व्यक्‍तिले फाइदा उठाउनु, दुर्व्यवहार गर्नु वा अत्याचार गर्नुलाई जनाउछ ।
  • मानिसहरूलाई “शिकार बनाउनु” को अर्थ तिनीहरूलाई दमन गरेर वा तिनीहरूका केही कुरा चोरेर फाइदा लिनु हो ।

(हेर्नुहोस्ः अत्याचार गर्नु । अत्याचार, अत्याचार गर्ने) बाइबलका खण्डहरूः

  • भजनसंग्रह १०४:२१-२२

शिक्षक, गुरु

परिभाषा:

अरू मानिसहरूलाई नयाँ जानकारी दिने व्यक्‍ति नै शिक्षक हो । शिक्षकहरूले अरूलाई ज्ञान प्राप्‍त गरी ज्ञान र सिपलाई प्रयोग गर्न मदत गर्छन् ।

  • बाइबलमा “शिक्षक” शब्दलाई परमेश्‍वरको बारेमा सिकाउने व्यक्‍तिलाई जनाउन विशेष अर्थमा प्रयोग गरिएको छ । यसले स्कुलको शिक्षकलाई जनाउँदैन ।
  • शिक्षकबाट सिक्‍ने मानिसहरूलाई “विद्यार्थीहरू” वा “चेलाहरू” भनिन्छ ।
  • यो नाउँ येशूलाई जनाउनको लागि प्रयोग गरिँदा केही बाइबल अनुवादहरूमा (जस्तैः अङ्ग्रेजीमा) यस शब्दको सुरुको अक्षरलाई ठुलो बनाइन्छ । (नोटः नेपाली भाषामा यो सम्भव छैन)

अनुवादका लागि सुझावहरूः

  • यस शब्दलाई अनुवाद गर्न शिक्षकको लागि प्रयोग गरिने सामान्य शब्दको प्रयोग गर्न सकिन्छ ।
  • केही संस्‍कृतिहरूमा “सर” वा “रब्बी” वा “वक्‍ता” जस्ता धार्मिक अगुवाहरूका लागि प्रयोग गरिने विशेष पद हुन सक्छन् ।

(हेर्नुहोस्ः चेला, प्रचार गर्नु)

बाइबलका सन्दर्भहरूः

  • उपदेशक ०१:१२-१५
  • एफिसी ०४:११-१३
  • गलाती ०६:६-८
  • हबकूक ०२:१८-२०
  • याकूब ०३:१-२
  • यूहन्‍ना ०१:३७-३९
  • लूका ०६:३९-४०
  • मत्ती १२:३८-४०

बाइबलका उदाहरणहरूबाट लिइएका कथाहरूः

  • (२७-०१) एक दिन यहूदी व्यवस्थाका ज्ञाता येशूकहाँ आई उहाँलाई जाँच गर्न यसो भनेर सोधे, “हे गुरु, अनन्त जीवनको उत्तराधिकारी हुन मैले के गर्नुपर्छ ?”
  • (२८-०१) एक दिन एक धनी जवान मानिस येशूकहाँ आई उसले सोध्यो, “हे असल गुरु, अनन्त जीवन पाउन मैल के गर्नुपर्छ ?”
  • (३७-०२) दुई दिन बितेपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “हामी यहूदिया फर्कौं ।” चेलाहरूले जवाफ दिए, “तर गुरु, केही समयअगि मात्र मानिसहरूले त्यहाँ तपाईंलाई मार्न चाहन्थे ।”
  • (३८-१४) यहूदा येशूकहाँ आयो र भन्यो, “अभिवादन, गुरु,” र त्यसले उहाँलाई चुम्बन गर्‍यो ।
  • (४९-०३) येशू महान् शिक्षक पनि हुनुहुन्थ्यो र उहाँले अधिकारसहित बोल्नुभयो, किनकि उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो ।

शिर

परिभाषा:

बाइबलमा “शिर” शब्दलाई केही आलङ्कारिक अर्थसहित प्रयोग गरिएको छ ।

  • अक्सर मानिसहरूमाथि अधिकार गर्ने अर्थमा यस शब्दको प्रयोग गरिएको छ, जस्तैः “तपाईंले मलाई जाति-जातिहरूको शिर तुल्याउनुभएको छ ।” यसलाई “... तपाईंले मलाई शासक बनाउनुभएको छ” वा “... माथि तपाईंले मलाई अधिकार दिनुभएको छ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • येशूलाई “मण्डलीको शिर” भनिएको छ । जसरी व्‍यक्‍तिको शिरले यसको देहका अङ्गहरूलाई अगुवाइ गर्ने र निर्देशन गर्ने काम गर्छ, त्यसै गरी येशूले उहाँको “देह” अर्थात् मण्डलीलाई अगुवाइ गर्ने र निर्देशन गर्ने काम गर्नुहुन्छ ।
  • नयाँ करारले सिकाउँछ, कि पति उसकी पत्‍नीको “शिर” अर्थात् अधिकार हो । आफ्नी पत्‍नी र परिवारको अगुवाइ गर्ने र नेतृत्व गर्ने जिम्मा उसलाई दिइएको छ ।
  • अभिव्‍यक्‍ति “उसको शिरमा कुनै छुरा लाग्‍नेछैन” को अर्थ हुन्छः “उसले कहिल्यै आफ्ना कपाल काट्न वा खौरन लगाउनेछैन ।”
  • “शिर” शब्दले कुनै कुरोको सुरुआत वा स्रोतलाई पनि जनाउन सक्छ, जस्तैः “सडकको शिर ।”
  • पदावली “अन्‍नका शिरहरू” ले गहुँ वा जौका माथिल्लो भागलाई जनाउँछ, जसमा अन्‍न लाग्दछ ।
  • “शिर” को अर्को आलङ्कारिक प्रयोग पनि छ । पुरै व्‍यक्‍तिको प्रतिनिधित्व गर्ने गरेर पनि यसको प्रयोग गरिन्छ, जस्तैः “यो फुलेको शिर” ले पाको व्‍यक्‍तिलाई जनाउँछ वा “योसेफको शिर” ले योसेफलाई जनाउँछ । (हेर्नुहोस्ः अङ्गाङ्गी अलङ्कार)
  • टुक्‍का “त्यसको रगत त्यसकै शिरमा परोस्” को अर्थ हुन्छ‒ त्यो मानिस उसको मृत्युको लागि जिम्मेवार छ, र त्यसको लागि उसले दण्ड पाउनेछ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “शिर” शब्दलाई “अधिकारी” वा “अगुवाइ गर्ने वा निर्देशन गर्ने व्‍यक्‍ति” वा “जिम्मेवारी भएको व्‍यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “... को शिर” ले पुरै व्‍यक्‍तित्वलाई जनाउन सक्छ । त्यसैले, यस पदावलीलाई व्‍यक्‍तिको नाउँ मात्र प्रयोग गरेर पनि अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि, “योसेफको शिर” लाई केवल “योसेफ” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “उसको आफ्नै शिरमा पर्नेछ” लाई “उसमाथि पर्नेछ” वा “... को लागि उसलाई दण्ड दिइनेछ” वा “... को लागि ऊ जिम्मेवार हुनेछ” वा “... को लागि उसलाई दोषी ठानिनेछ” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर यस शब्दलाई “आरम्भ” वा “स्रोत” वा “शासक” वा “अगुवा” वा “माथिल्लो” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अन्‍न)

बाइबलका सन्दर्भहरूः

  • कलस्सी ०२:१०-१२
  • कलस्सी ०२:१८-१९

शोक गर्नु, शोक

परिभाषा:

“शोक गर्नु” र “शोक” भन्‍ने शब्दले गहिरो पीडा, प्रायः कसैको मृत्युमा गरिने शोकलाई जनाउँछन् । धेरै संस्कृतिहरूमा, शोक गर्दा उदासी र शोकलाई जनाउनको निम्ति केही निश्‍चित बाहिरी क्रियाकलाप रहेको पाइन्छ ।

  • प्राचीन कालमा इस्राएलीहरू तथा अन्य जातिहरूले ठुलो सोरमा रोएर अनि विलाप गरेर शोक गर्दथे, जसरी आजका समाजहरूमा पनि गरिन्छ ।
  • पेशेवार शोककर्ताहरू ठुलो स्वरमा रून र विलाप गर्न भाडामा लिइन्थे, प्रायजसो मृत्यु भएको समयदेखि शरीर चिहानमा दफन नगरिए सम्मको लागि । यस्ता शोक गर्नेहरू प्रायः स्‍त्रीहरू हुन्थे ।
  • शोक गर्ने आम अवधि सात दिन हुन्थ्यो, तर यो तीस दिनसम्म पनि जान सक्थ्यो (जस्तो कि मोशा र हारूनका लागि) वा सत्तरी दिनसम्म (जस्तो कि याकूबका लागि) ।
  • बाइबलले “शोक गर्नु” भन्‍ने शब्दलाई आलंकारिक रूपमा पापको कारण शोक गर्ने कामलाई जनाउन पनि प्रयोग गर्छ । हाम्रो पापले परमेश्‍वरलाई, हामी आफैँलाई अनि अरू मानिसहरूलाई कति चोट पुर्याउँछ भन्‍ने कुराको गहिरो दुःखी समझलाई जनाउँछ ।

श्रद्धा

परिभाषा:

“श्रद्धा” शब्दले कसैप्रति वा कुनै थोकप्रतिको गहन र गहिरो आदरको भावलाई जनाउछ ।

  • श्रद्धा गरेको व्यक्‍तिलाई सम्मान गरेको श्रद्धाको भाव कामहरूमा देखिन्छ ।
  • परमप्रभुको भय परमेश्‍वरका आज्ञाहरूप्रतिको आज्ञाकारितामा प्रकट हुने एउटा भित्रि श्रद्धा हो ।
  • यलाई “भय र आदर” वा “सच्‍चा आदर” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः भय, भयभित, याह्वेको भय, आज्ञा पालन गर्नु, आज्ञाकारि, आज्ञाकारिता) बाइबलका खण्डहरूः


सखाप पार्नु

परिभाषा:

“सखाप पार्नु” को शाब्दिक अर्थ हुन्छः सबै सिद्धयाइदिनु । यसका केही आलङ्कारिक अर्थहरू पनि छन् ।

  • बाइबलमा क्रियापद “सखाप पार्नु” ले अक्सर चीजहरू वा मानिसहरूलाई नष्‍ट पार्ने कुरोलाई जनाउँछ ।
  • भनिन्छ, आगोले थोकहरूलाई सखाप पार्छ, जसको अर्थ हुन्छ‒ यसले तिनलाई जलाएर नष्‍ट पार्छ ।
  • परमेश्‍वर “भस्म पार्ने आगो” हुनुहुन्छ भनी बयान गरिएको छ । यो पापको विरुद्धमा भएको उहाँको रिसको वर्णन हो । पश्‍चात्ताप नगर्ने पापीहरूले उहाँको रिसको कारणले डरलाग्दो दण्ड भोग्‍नुपर्छ ।
  • खानालाई सखाप पार्नुको अर्थ त्यसलाई खानु वा पिउनु हो ।
  • पदावली “देशलाई सखाप पार्नु” लाई “देशलाई नष्‍ट पार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

सँग सम्बन्ध राख्‍नु, सँग सुत्‍नु, सँग सुत्‍यो, प्रेमालाप

परिभाषा:

बाइबलमा यी शब्दहरू यौन सम्बन्धहको निम्ति शिष्‍टोक्‍तिको रूपमा प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः शिष्‍टोक्‍ति)

  • कसै “सँग सुत्‍नु” यौन सम्बन्धलाई जनाउनलाई प्रयोग गर्नु सामान्य कुरा हो । यसलाई भूतकालमा “सँग सुत्यो” हुन्छ ।
  • “श्रेष्‍ठ गीत” मा यूएलबीले “प्रेम” शब्दलाई “प्रेमालाप” भनी अनुवाद गर्छ, जसले त्यस सन्दर्भमा यौन सम्बन्धलाई जनाउँछ । यसले “सँग प्रेम गर्नु” भन्‍ने अभिव्यक्‍तिलाई जनाउँछ ।

अनुवादका निम्ति सुझावहरूः

  • कुनै भाषाले यसलाई पति र पत्‍नी बिच वा कोही अरूसँग सम्बन्ध राखेको हो भनी जनाउनलाई सन्दर्भअनुसार फरक अभिव्यक्‍ति प्रयोग गर्न पनि सक्छन् । यो शब्दलाई हरेक सन्दर्भमा ठिक अर्थ लाग्‍ने गरी अनुवाद गरिएको छ भन्‍नेमा होसियारी हुनु महत्त्वपूर्ण छ ।
  • “सँग सुत्‍नु” लाई सन्दर्भअनुसार “सँग लेट्नु” वा “सँग प्रेम गर्नु” वा “सँग घनिष्‍ठ हुनु” जस्ता अभिव्यक्‍तिहरूमा अनुवाद गर्न सकिन्छ ।
  • “सँग सम्बन्ध राख्‍नु” लाई अन्य तरिकाले “सँग शारीरिक सम्बन्ध राख्‍नु” वा “सँग वैवाहिक सम्बन्ध राख्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “प्रेमालाप” लाई पनि “प्रेमिलो” वा “घनिष्‍टता” भनी अनुवाद गर्न सकिन्छ । अर्थात् लक्षित भाषामा यसलाई स्वभाविक तरिकाले अनुवाद गर्ने वाक्य पद्धति पनि हुनसक्छ ।
  • यो अवधारणा अनुवाद गर्नलाई प्रयोग गरिएको शब्द बाइबल प्रयोग गर्नेहरूलाई ग्रह्‍य छ वा छैन भनी जाँच्‍नु महत्त्वपूर्ण हुन्छ ।

(हेर्नुहोस्ः व्यभिचार, यौन नैतिकता) बाइबल खण्डहरूः

  • उत्पत्ति १९:४-५
  • लूका ०१:७६-७७

सङ्कष्‍ट

परिभाषा:

“सङ्कष्‍ट” शब्दले कठिनाइ, दुःखकष्‍ट र विपत्तिको समयलाई जनाउँछ ।

  • नयाँ करारले बताउँछ कि ख्रीष्‍टियानहरू ख्रीष्‍टका शिक्षाहरूको विरोध गर्ने संसारमा बाँचेकाले तिनीहरूले सतावट र अन्य किसिमका सङ्कष्‍टहरू भोग्‍नेछन् ।
  • येशूको दोस्रो आगमनअगि पृथ्वीमा केही वर्षसम्म परमेश्‍वरको क्रोध खन्याइने समय अवधिलाई व्याख्या गर्न बाइबलले “महासङ्कष्‍ट” शब्दको प्रयोग गरेको छ ।
  • “सङ्कष्‍ट” शब्दलाई “बडो दुःखकष्‍टको समय” वा “गहिरो विपत्ति” वा “कडा कठिनाइ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः क्रोध, झोँक)

बाइबलका सन्दर्भहरूः

  • मत्ती १३:२०-२१
  • मत्ती २४:९-११
  • मत्ती २४:२९
  • मर्कूस ०४:१६-१७
  • मर्कूस १३:१७-२०
  • रोमी ०२:८-९

सङ्गी

परिभाषा:

“सङ्गी” शब्दले मित्रता वा विवाहजस्ता कुराहरूमा कसैसित सँगै जाने व्‍यक्‍ति वा कसैसित सम्बन्धित हुने व्‍यक्‍तिलाई जनाउँछ ।

  • सङ्गीले सँगसँगै अनुभव गर्छ; सँगसँगै खाना बाँडचुँड गर्छ र एक अर्कालाई सहयोग गर्नुका साथै उत्साह दिन्छ ।
  • सन्दर्भमा आधारित रहेर यस शब्दलाई “मित्र” वा “सहयात्री” वा “सहयोग गर्ने व्‍यक्‍ति जो सँगै जान्छ” भन्‍ने जस्ता शब्द वा पदावलीहरूद्वारा अनुवाद गर्न सकिन्छ ।

सङ्घार

परिभाषा:

“सङ्घार” ढोकाको तल्लो भाग हो । भवनभित्र प्रवेश गर्दा सङ्घारलाई पार गर्नु आवश्यक हुन्छ ।

  • कहिले काहीँ सङ्घारमा भवनको ढोकाको नजिकैको भित्री भाग पनि पर्छ ।
  • द्वार (गेट) को पनि सङ्घार हुन्छ ।

(हेर्नुहोस्ः अन्य)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल ०९:३-४

सतर्क गराउनु

परिभाषा:

“सतर्क गराउनु” को अर्थ हुन्छ‒ कसैलाई दृढतापूर्वक चेताउनी दिनु वा सल्लाह दिनु ।

  • साधारणतया “सतर्क गराउनु” को अर्थ हुन्छः कसैलाई केही कुरो नगर्न सल्लाह दिनु ।
  • ख्रीष्‍टको देहमा पापलाई हटाई पवित्र जीवन जिउनका लागि एकले अर्कालाई सचेत गराउनुपर्छ भनी विश्‍वासीहरूलाई सिकाइएको छ ।
  • क्रियामूल “सचेत गराउनु” लाई “पाप नगर्न उत्साह दिनु” वा “पाप नगर्न बिन्ती गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।

सताउनु, सातवट

परिभाषा:

कसैलाई सताउनु भनेको उसलाई बार-बार आक्रमण गर्नु वा उससँग क्रूर व्यवहार गर्नु हो ।

  • एक व्यक्‍तिलाई, साना समूहका मानिसहरूलाई, वा ठुला सङ्ख्यामा भएका मानिसहरूलाई सताउन सम्भव छ ।
  • यहूदी धार्मिक अगुवाहरूले येशूलाई सताए, किनभने उहाँले सिकाउनु भएको कुरा तिनीहारूले मन पराएनन् ।
  • येशू स्वर्गमा फर्करे जानुभएपछि, यहूदी धार्मिक अगुवाहरू र रोमी सरकारले ख्रीष्‍टियनहरूलाई सताए । तैपनि विश्‍वासीहरूले प्रचार गर्न, र येशूको बारे सिकउन छोड्न इन्कार गरे, अनि मण्डली निरन्तर वृद्धि भयो ।
  • “सातावट” को निम्ति अरू शब्दहरू “दुर्व्यवहार” वा “दुरुपयोग” वा “अत्याचार” वा “शत्रुता” हुन् ।

(हेर्नुहहोस्ः यहूदी अगुवाहरू, यहूदी अधिकारीहरू, धार्मिक अगुवाहरू, रोम, रोमी, ख्रीष्‍टियन, मण्डली) बाइबलका खण्डहरूः

  • प्रेरित ०७:५१-५३
  • प्रेरित १३:५०-५२
  • गलाती ०१:१३-१४
  • यूहन्‍ना ०५:१६-१८
  • मत्ती ०५:९-१०
  • मत्ती १३:२०-२१
  • मर्कूस १०:२९-३१
  • फिलिप्‍पी ०३:६-७

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (३३-०७) “ढङ्गेनी जमिन त्यही व्यक्‍ति हो जसले परमेश्‍वरको वचन खुसीसाथ स्वीकार गर्छ । तर जब कठिनाइ वा सतावट भोग्‍छ, ऊ पछि हट्छ ।”
  • (४५-०६) त्यसदिन यरूशलेमका धेरै मानिसहरूले येशूका अनुयायीहरूलाई सताउन थाले, तयसैले विश्‍वासीहरू अन्य ठाउँहरूतिर भागे ।
  • (४६-०२) शाऊलले कसैले यसो भनेको सुने, “शाऊल, शाऊल, तैँले मलाई किन सताउँछस् ?” शाऊलले भने, “मालिक, तपाईं को हुनुहुन्छ ?” येशूल जवाफ दिनुभयो, “म येशू हुँ । तैँले मलाई सताइरहेको छस् ।”
  • तर हननियाले भने, “मालिक, यी मानिसले विश्‍वासीहरूलाई कसरी सताएका छन् भनी मैले सुनेको छु ।”

सत्यताको वचन

परिभाषा:

“सत्यताको वचन” भन्‍ने वाक्यांश परमेश्‍वरको वचन वा शिक्षालाई जनाउने अर्को तरिका हो ।

  • परमेश्‍वरको सत्यताको वचनमा परमेश्‍वरले वहाँको बारेमा, वहाँको सृष्‍टिको बारेमा र येशूको माध्यमबाट वहाँको मुक्तिको योजनाको बारेमा मानिसहरूलाई सिकाउनुभएको सबै कुराहरू संलग्‍न हुन्छन् ।
  • यस वाक्यांशले परमेश्‍वरले हामीलाई भन्‍नुभएको कुरा सत्य, विश्‍वासयोग्य र वास्तविक हो भन्‍ने तथ्यलाई जोड दिन्छ ।

अनुवाद सुझावहरूः

  • यसलाई “परमेश्‍वरको सत्य सन्देश” वा “परमेश्‍वरको वचन, जुन सत्य छ” भनेर अनुवाद गर्न सकिन्छ ।
  • यस वाक्यांशलाई अनुवाद गर्दा त्यो कुरा सत्य भएको अर्थलाई समावेश गर्नु महत्त्वपूर्ण हुन्छ ।

सत्यनिष्‍ठा

परिभाषा:

“सत्यनिष्‍ठा” शब्दले दृढ नैतिक सिद्धान्तहरू र व्यवहार भएको इमान्दारीलाई जनाउँछ ।

  • सत्यनिष्‍ठ हुनुको अर्थ कसैले नहेर्दा पनि इमान्दार र ठिक हुने रोजाइ गर्नु पनि हो ।
  • खराबी गर्न इन्कार गरी परमेश्‍वरको आज्ञा मान्‍न छनौट गर्दा योसेफ र दानिएलजस्ता बाइबलका केही पात्रहरूले सत्यनिष्‍ठा देखाए ।
  • भ्रष्‍ट र बेइमान भई धनी हुनुभन्दा सत्यनिष्‍ठ भई गरिब हुनु नै बेस हो भनी हितोपदेशको पुस्तकले बताउँछ ।

अनुवादका लागि सुझावहरू

  • शब्द “सत्यनिष्‍ठा” लाई “इमान्दारी” वा “नैतिक सोझोपन” वा “सत्यतापूर्वक गरिने व्यवहार” वा “भरोसायोग्य, इमान्दार ढाँचामा गरिने काम” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः दानिएल, योसेफ (पुक))

बाइबलका सन्दर्भहरू


सदस्य

परिभाषा:

“अङ्ग” भन्‍ने शब्दले कुनै जटिल वस्तु वा समूहको एक अंशलाई जनाउँछ ।

  • नयाँ करारले ख्रीष्‍टियानहरूलाई ख्रीष्‍टको शरीरका “अङ्गहरू” भन्दछ । ख्रीष्‍टमा विश्‍वासगर्नेहरू धेरै अङ्गहरूबाट बनेको समूहका सदस्य हुन् ।
  • येशू ख्रीष्‍ट शरीरको “शिर” हुनुहुन्छ अनि प्रत्येक विश्‍वासीहरू उक्त्त शरीरका अङ्गहरू हुन् । पवित्र आत्माले शरीरलाई राम्ररी काम गर्न सहायता गर्न प्रत्येक अङ्गलाई एउटा विशेष भूमीका दिनुहुन्छ ।
  • यहूदी सभा र फरिसीहरूका समूहमा सहभागी हुने व्यक्त्तिहरूलाई पनि यस्ता समूहका “सदस्यहरू” भनिन्छ ।

सदासर्वदा

परिभाषा:

बाइबलमा “सदासर्वदा” भन्‍ने शब्दले कहिल्‍यै अन्त नहुने समयलाई जनाउँछ । कहिले काहीँ “धेरै लामो समय” जनाउनलाई यसको आलंकारिक प्रयोग गरिन्छ ।

  • “सदासर्वदा” शब्दले सधैँ रहने कुरालाई जनाउँछ ।
  • अनन्तता र अनन्त जीवन कस्तो हुन्छ भनेर बताउनलाई “सदासर्वदा” को प्रयोग गरिन्छ । यसले कहिल्‍यै पनि अन्त नहुने समयलाई पनि जनाउँछ ।
  • परमेश्‍वारले दाऊदको सिंहासन सदाकाल रहनेछ भनेर भन्‍नुभयो । यसले दाऊदको वंशका येशूले सदासर्वदा राजाको हैसियतमा राज गर्नुहुन्छ भन्‍ने कुराको जानकारी दिन्छ ।

सन्तान

परिभाषा:

सन्तान भनेको सामान्यतया मानिस वा प्राणीहरूको जैविक वंशलाई जनाउने शब्द हो ।

  • बाइबलमा प्राय गरेर “सन्तान” को अर्थ “छोराछोरी” वा “वंशहरू “भन्‍ने हो ।
  • सांकेतिक रूपमा सन्तान भनेर जनाउनको निम्ति कहिलेकाँही “बिउ” भन्‍ने शब्दको प्रयोग गरिन्छ ।

सपना

परिभाषा:

मानिसहरू सुतेको बेला उनीहरूले देख्‍ने, सुन्‍ने र अनुभव गर्ने दिमागी प्रकिया हो ।

  • कतिपय अवस्थामा मानिसहरूले सपनामा देखेको कुरा वास्तविकजस्तो लागे तापनि वास्तविक हुँदैन ।
  • कहिले काहीँ परमेश्‍वरले शिक्षा दिनलाई मानिसहरूलाई सपना पठाउनुहुन्छ । कहिले काहीँ परमेश्‍वर मानिसहरूसँग सपनामा सिधै बोल्नुहुन्छ ।

समय

परिभाषा:

बाइबलमा कुनै निश्‍चित घटना भएको समय अवधिलाई जनाउन “समय” शब्दलाई अक्सर साङ्केतिक रूपमा प्रयोग गरिएको छ । “युग” वा “काल” वा “ऋतु” सित यसको उस्तै अर्थ छ ।

  • मिनेट, घन्टा, दिन वा महिनाजस्ता समयका मापनहरूभन्दा यसको फरक अर्थ रहेको छ ।
  • दानिएल र प्रकाश दुवैले पृथ्वीमा आउने महान् कष्‍ट वा महासङ्कष्‍टको “समय” बारे बताएका छन् ।
  • पदावली “समय, समयहरू र आधा समय” मा “समय” को अर्थ हुन्छ‒ “वर्ष ।” यस पदावलीले वर्तमान समयको अन्त्यमा हुने महासङ्कष्‍टको पछिल्लो साँढे तिन वर्षलाई जनाउँछ ।
  • “दोस्रो समय” वा “धेरै समयहरू” जस्ता पदावलीहरूले केही भएका घटनाहरूको सङ्ख्यालाई जनाउँछन् ।
  • “समयमा” हुनुको अर्थ हुन्छः अपेक्षा गरेको समयमा आइपुग्‍नु, ढिलो होइन ।

(हेर्नुहोस्ः युग, बाइबलीय समयः प्रकाशनको लागि होइन, महासङ्कष्‍ट)

बाइबलका सन्दर्भहरूः

  • दानिएल १२:१-२
  • मत्ती ०८:२८-२९

समर्पण गर्नु, समर्पण

परिभाषा:

कुनै कुरालाई निश्‍चित उद्धेश्यको लागि छुट्टयाएर राख्‍ने कामलाई समर्पण गर्नु भनिन्छ ।

  • दाऊदले आफ्ना सुन र चाँदी परमेश्‍वरमा समर्पण गरे ।
  • सामान्यतः “समर्पण” ले कुनै कुरालाई निश्‍चित उद्धेश्यको लागि छुट्टयाएर राख्‍नको लागि आयोजना गरिएको औपचारिक घटना वा समारोहलाई जनाउँछ ।
  • परमेश्‍वरको लागि बलि चढाउने कुरा पनि वेदीको समर्पण गर्ने कामभित्रै पर्दथ्यो ।
  • यरूशलेमको पर्खाल पुनर्निर्माण गरिसकेपछि नहेम्याहले इस्राएलीहरूलाई यसको समर्पण गर्नलाई अगुवाइ गरे । त्यस बखत भजन गाउने र बाजाहरू बजाउने काम पनि भएको थियो ।

समृद्ध हुनु, समृद्धि, समृद्ध

परिभाषा:

“समृद्ध हुनु” को अर्थ व्यक्‍ति वा मानिसहरूका समूह उनीहरूका जीवनमा सफल बन्‍नु हो । यो सफलता शारीरिक वा आत्मिक हुनसक्छ ।” समृद्धि” धन वा कुशलताको अवस्था हो ।

  • मानिसहरूले जीवनमा स्वास्थ्य वा धनमा राम्रो गरिरहँदा, तिनीहरू समृद्ध हुदैछन् भनिन्छ ।
  • “समृद्ध” शब्दले प्रायः सफलता र पैसा स्वमित्वमा पार्ने सफलतलाई जनाउँछ ।
  • बाइबलमा, “समृद्ध” शब्दमा सुस्वास्थ्य र बालबच्‍चाहरूका आशिष्‌ पनि पर्छन् ।
  • “समृद्ध” सहर वा देश भनेको धेरै पैसा आर्जन गर्ने धेरै मानिसहरू, राम्रो खाद्यान्‍न उत्पादन, र राम्रो व्यापार हुनु हो ।
  • परमेश्‍वरका शिक्षाहरू पालन गर्ने व्यक्‍ति आत्मि रूपमा सृमृद्ध हुनेछ भनी बाइबलले सिकाउछ । उनले आनन्द र शान्तिको आशिष्‌को पनि अनुभव गर्नेछ । परमेश्‍वरले मानिसहरूलाई सदैव प्रशस्त भौतिक सम्पत्ति दिनुहुन्‍न, तर जब तिनीहरूले उहाँको मार्गहरूलाई पछ्याउँछन् उहाँले तिनीहरूलाई आत्मिक रूपमा समृद्ध बनाउनुहुनेछ ।
  • सन्दर्भअनुसार, “समृद्ध हुनु” लाई “आत्मिक रूपमा सफल हुनु” वा “परमेश्‍वरद्वारा अशिषित हुनु” वा “असल थोकको अनुभव गर्नु” वा “राम्रो गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः आशिष् दिनु, आशिषित\धन्य, आशिष्, आत्मा, आत्मिक) बाइबलका खण्डहरूः


सम्झना, सम्झनाको भेटी

परिभाषा:

“सम्झना” भन्‍ने शब्दले कसैको वा केही कुराको सम्झना गराउने कुनै कार्य वा वस्तुलाई बुझाउँछ ।

  • यो शब्दलाई कुनै कुराको सम्झना गराउने एक विशेषणका रूपमा पनि प्रयोग गरिन्छ, जस्तैः “सम्झनाको भेटी” वा बलिदानको “सम्झनाको भाग” वा “सम्झनाका ढुङ्गाहरू” ।
  • पुरानो करारमा, परमेश्‍वरले इस्राएलीहरूका लागि गर्नुभएका कामहरू उनीहरूले सम्झना गरून् भनेर सम्झनाको भेटी चढाइन्थ्यो ।
  • परमेश्‍वरले इस्राएलका पूजाहारीहरूलाई सम्झनाका ढुङ्गा भएका विशेष पोशाक पहिरनलाई आज्ञा दिनुभयो-ती ढुङ्गाहरू जसमा इस्राएलका बाह्र कुलका नाम कुँदिएका हुन्थे । सायद यिनले उनीहरूलाई उनीहरूप्रति परमेश्‍वरको विश्‍वासयोग्यता सम्झना गराउँथे ।
  • नयाँ करारमा, गरिबहरूप्रति उनको दान सहायताको निम्ति परमेश्‍वरले कर्नेलियस नामका मानिसलाई आदर गर्नुभयो । उनका ती कामहरू परमेश्‍वरको सामुन्‍ने सम्झनाका रूपमा रहेका थिए ।

अनुवादका लागि सुझावहरू

  • यो शब्दलाई “रहिरहने सम्झना” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • “सम्झनाका ढुङ्गाहरू” लाई “उनीहरूलाई सम्झना गराउने ढुङ्गाहरू” भनेर अनुवाद गर्न सकिन्छ ।

सर्वनाश, सत्यनाश

परिभाषा:

“सर्वनाश” शब्दले पुनरावेदन गर्न वा उम्कन नपाउने न्यायको दण्डलाई जनाउँछ ।

  • जब इस्राएललाई बेबिलोनमा कैद गरेर लगियो अगमवक्ता इजकिएलले, “उनीहरूमाथि सर्वनाश आएको छ” भनेर भने ।
  • सन्दर्भ अनुसार यो शब्दलाई “विपत्ति” वा “सजाय” वा “नष्‍ट” भनेर अनुवाद गर्न सकिन्छ ।

सलह

परिभाषा:

“सलह” भन्‍ने शब्दले ठूलो किसिमको उड्ने फटेङ्ग्रालाई बुझाउँछ र कहिलेकाहीँ ती एकसाथ ठूलो समूहमा अर्थात् बथानमा देखिन्छन् र ती अति नै विनाशकारी हुन्छन् र आफ्नो मार्गमा आएका सबै तरकारीहरूलाई यसले नष्‍ट गरिदिन्छ । सलह तथा यस्ता फटेङ्ग्राहरू ठूला हुन्छन् र ती सिधा पखेँटा भएका लामा अकारका पछिल्लतिर जोर्नी भएका र खुट्टाहरू हुने कीराहरू हुन् र त्यसले गर्दा ती लामो दूरीसम्म उफ्रिन सक्छन् । पुरानो नियमभरि नै यस्ता सलहहरूलाई बालीनाली तथा पशुहरू नष्‍ट गर्ने विपत्तिको रूपमा देखाइएको छ । परमेश्‍वरले मिश्रीहरूको विरुद्ध दश विपत्तिहरूमध्ये एउटा यो पनि पठाउनुभएको थियो । बप्‍तिस्मा दिने यूहन्‍नाको लागि सलह मुख्य भोजन थियो भनी नयाँ नियममा उल्लेख गरिएको छ ।


सल्लो

परिभाषा:

“सल्लो” शब्दले एक किसिमको देवदारुको रुखलाई जनाउँछ, जुन बाइबलको समयमा मानिसहरू बसोबास गर्ने क्षेत्रहरूमा प्रशस्त मात्रामा पाइन्थ्यो । यो खास गरी भूमध्य सागरका सिमानामा रहेका मुलुकहरूमा पाइन्थ्यो ।

  • साइप्रस र लेबनान यस्ता दुई ठाउँहरू थिए, जहाँ सल्लाका रुखहरू प्रशस्त मात्रामा पाइन्थे भनी बाइबलमा विशेष रूपमा उल्लेख भएको छ ।
  • नोआले जहाज बनाउन प्रयोग गरेको काठ सल्लो नै भएको हुन सक्छ ।
  • सल्लोको काठ बलियो र दिगो हुने भएकोले डुङ्गासाथै अन्य सामग्रीहरू बनाउन प्राचीन समयका मानिसहरूले यसको प्रयोग गर्थे ।

सहनु, सहनशीलता

परिभाषा:

सहनुलाई “धैर्य गर्नु” वा “विश्‍वास गरिरहनु” वा “परमेश्‍वरले तपाईंले जे गरेको चाहनुहुन्छ त्यही गर्नु” वा “अडिग रहनु” भनेर अनुवाद गर्न सकिन्छ ।

  • कुनैकुनै सन्दर्भमा “सहनु” लाई “अनुभव गर्नु” वा “भएर जानु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • कुनै कुरा लामो समयसम्म रहनु भन्‍ने अर्थमा “सहनु” लाई प्रयोग गर्ने हो भने “टिक्‍नु” वा “रहिरहनु” भनेर पनि अनुवाद गर्न सकिन्छ । “सहन सक्‍ने छैन” भन्‍ने वाक्‍यांशलाई “टिक्‍न सक्‍ने छैन” वा “बाँचिरहन सक्‍ने छैन” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “सहनशीलता” लाई “धीरता” वा “विश्‍वास गरिरहनु” वा “विश्‍वासयोग्य रहिरहनु” भनेर अनुवाद गर्न सकिन्छ ।

संहार

परिभाषा:

“संहार” शब्दलाई जनावर वा मनिसहरूलाई ठुलो सङ्ख्यामा मारेको वा हिंस्रक रूपमा मारेको कुरालाई जनाउनलाई प्रयोग गरिन्छ । यसले खानलाई केही जनावरहरू मार्नुलाई पनि जनाउन सक्छ ।

  • जब अब्राहामले मरुभूमिमा तिन जना आगन्तुकहरूलाई स्वागत गरे, उनले उनका नोकरहरूलाई उनको पहुनाको लागि बलियो बाछो काटेर पकाउने आज्ञा दिए ।
  • अगमवक्‍ता इजकिएलले परमेश्‍वरको वचन पालना नगर्नेलाई संहार गर्न उहाँले स्वर्दूत पठाउनुभयो भनी अगमवाणी गर्छन् ।
  • १ शमूएलले ३०,००० इस्राएलीहरू उनीहरूका अनाज्याकारिताको कारणले उनीहरूका शत्रुले मारेका अभिलेख प्रस्तुत गर्छ ।
  • यो शब्दलाई “मार्नु” वा “हत्या गर्नु” भनी अनुवाद गर्न पनि सकिन्छ ।

(हेर्नुहोस्ः हत्या गर्नु, हत्या गरिएको) बाइबलका खण्डहरूः


साक्षी, प्रत्यक्षसाक्षी

परिभाषा:

“साक्षी” भन्‍ने शब्दले कुनै घटनालाई व्‍यक्‍तिगत रूपमा अनुभव गरेको मानिसलाई जनाउँछ । प्रायः साक्षी भनेको त्यो व्‍यक्‍ति पनि हो जसले कुनै कुरा सत्य हो भनी गवाही दिन्छ । “प्रत्यक्षसाक्षी” भन्‍ने शब्दले त्यो मानिस त्यस घटनाको समयमा त्यही थियो र उसले सबै कुरा प्रत्यक्ष देखेको छ भन्‍ने कुरालाई जोड दिन्छ ।

  • “साक्षी हुनु” भनेको घटना भएको देख्‍नु हो ।
  • सुनुवाईको समयमा, त्यो मानिसले “साक्षी दिन्छ” वा त्यो मानिस “साक्षी हुन्छ ।” यसको अर्थ गवाही दिनु हो ।
  • साक्षी दिनेहरूले उनीहरूले देखेका वा सुनेका कुरालाई सत्य रूपमा बताउनुपर्छ ।
  • जे भएको थियो त्यस कुराको विषयमा साँचो नबोल्ने साक्षीलाई “झुटो साक्षी” भनिन्छ । उसले “झुटो साक्षी दिएको” वा ऊ “झुटो साक्षी भएको” मानिन्छ ।
  • “कसैको बिच साक्षी हुनु” भन्‍ने अभिव्‍यक्‍तिले कुनै करार भएको कुराको कोही व्‍यक्‍ति वा केही कुरा प्रमाणको रूपमा हुनेछ भन्‍ने अर्थ दिन्छ । करारका हरेक पक्षले प्रतिज्ञा गरे झैँ गरोस् भनेर साक्षीले सुनिश्‍चित गर्छ ।

अनुवादका लागि केही सुझावहरू

  • “साक्षी” वा “प्रत्यक्षसाक्षी” लाई “यो-देख्‍ने-व्‍यक्‍ति” वा “एक जना व्‍यक्‍ति जसले त्यो भएको देख्यो” वा “ती जसले (ती कुराहरू) देखे र सुने” भन्‍ने अर्थ दिने शब्द वा वाक्यांशको प्रयोग गरी अनुवाद गर्न सकिन्छ ।
  • “साक्षी” लाई “जमानी”, “हाम्रो प्रतिज्ञाको चिन्ह” वा यो कुरा सत्य हो भनी गवाही दिने केही कुरा” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “तिमीहरू मेरा साक्षी हुनेछौ” भन्‍ने वाक्यांशलाई “तिमीहरूले अरू मानिसलाई मेरो विषयमा बताउनेछौ” वा “मैले तिमीहरूलाई सिकाएको सत्यता तिमीहरूले अरू मानिसलाई सिकाउनेछौ” वा मैले गरेका काम र मैले सिकाएका कुराहरूको विषयमा तिमीहरूले अरू मानिसलाई बताउनेछौ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “कसैको साक्षी हुनु” लाई “देखेको कुरा बताउनु” वा “गवाही दिनु” वा “जे भएको थियो त्यो बताउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • कुनै कुराको “साक्षी हुनु” लाई “कुनै कुरा देख्‍नु” वा “कुनै कुरा भएको अनुभव गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • घर भित्र, यहूदी अगुवाहरूले येशूलाई न्यायको निम्ति खडा गराए । तिनीहरूले येशूको विरुद्धमा झुटो बोल्नको निम्ति धेरै झुटा साक्षीहरू ल्याए ।
  • उच्‍च पूजाहारीले क्रोधमा आफ्नो लुगा च्याते र ठुलो सोरमा भने, “अब हामीलाई अरू कोही साक्षीको आवश्यकता छैन । यो मानिसले आफैँलाई परमेश्‍वरका पुत्र भनेको तपाईंहरूले नै सुन्‍नुभएको छ । अब तपाईंहरूको न्याय कस्तो हुन्छ ?”
  • धर्मशास्‍त्रमा पनि यो लेखिएको छ कि मेरा चेलाहरूले यो घोषणा गर्नेछन् कि सबैजनाले आफ्ना पापको क्षमा पाउनको निम्ति पश्‍चात्ताप गर्नुपर्छ । तिनीहरूले यो येरूशलेम देखि शुरु गर्नेछन्, र तिनीहरू सबै ठाउँका मानिस कहाँ पुग्‍नेछन् । तिमीहरू यी कुराहरूका साक्षीहरू हौ ।”
  • “परमेश्‍वरले येशूलाई पुनः जीवनमा उठाउनुभएको तथ्यको हामी साक्षी हौँ ।”

साँचो

परिभाषा:

साँचो भनेको काठ, धातु, वा माटोको खोक्रो टुक्रा हो जसलाई सुन, चाँदी, वा नरम बनाउन सकिने अन्य वस्तुबाट कुनै आकृति बनाउन प्रयोग गरिन्छ ।

  • साँचोहरू प्रयोग गरेर गहना, खानका लागि प्रयोग हुने भाँडाकुडा लगायत अन्य चिजहरू बनाउने गरिन्थ्यो ।
  • बाइबलमा, झूटा ईरश्‍वरहरूको पूजा गर्न प्रतिमाको रूपमा प्रयोग गरिने मूर्तिहरू ढाल्न प्रयोग गरिने सन्दर्भमा मात्र साँचोहरूको उल्लेख गरिएको छ ।
  • धातुहरूलाई पगालेर साँचोमा हाल्न वा खन्याउन सकियोस् भनेर तिनीहरूलाई तताइन्थ्यो ।
  • कुनै कुरालाई साँचोमा ढाल्नु भनेको कुनै वस्तुलाई एउटा निश्‍चित आकार वा आकृति दिनु हो ।

अनुवादका लागि सुझावहरू

  • यो शब्दलाई “रूप दिनु” वा “आकार दिनु” वा “निर्माण गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “साँचोमा ढाल्यो” भन्‍ने शब्दलाई “आकार दियो” वा “रूप दियो” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “साँचो” भन्‍ने वस्तुलाई “आकार दिइएको भाँडो” वा “खोपिएको भाँडो” भनेर अनुवाद गर्न सकिन्छ ।

सान्त्वना, सान्त्वना दिने

परिभाषा:

“सान्त्वना” र “सान्त्वना दिने” शब्दहरूले शारीरिक वा भावनात्मक दर्द भोग्‍ने व्‍यक्‍तिलाई दिइने सहायतालाई जनाउँछन् ।

  • जसले कसैलाई सान्त्वना दिन्छ, उसलाई “सान्त्वना दिने” व्‍यक्‍ति भनिन्छ ।
  • पुरानो करारमा परमेश्‍वर आफ्ना मानिसहरूप्रति कस्तो दयालु र प्रेमिलो हुनुहुन्छ, र तिनीहरू दुःखकष्‍टमा पर्दा उहाँले तिनीहरूको मदत गर्नुहुन्छ भनी व्याख्या गर्न “सान्त्वना” शब्दको प्रयोग गरिएको छ ।
  • नयाँ करारमा पवित्र आत्माद्वारा परमेश्‍वरले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुनेछ भनी बताइएको छ । सान्त्वना पाउनेहरू दुःखकष्‍टमा परिरहेकाहरूलाई उही किसिमको सान्त्वना दिन सक्षम तुल्याइन्छन् ।
  • अभिव्‍यक्‍ति “इस्राएलका सान्त्वना दिने” ले आफ्ना मानिसहरूलाई छुटकारा दिन आउनुहुने मसीहलाई जनाउँथ्यो ।
  • येशूले पवित्र आत्मालाई विश्‍वासीहरूलाई “सान्त्वना दिनुहुने” अर्थात् सल्लाहकार भनी उल्लेख गर्नुभयो ।

साँप, सर्प

परिभाषा:

“साँप” सर्पको अर्को नाउँ हो । यसैलाई अदनको बगैँचामा हव्वासँग बोल्दा शैतान पनि भनियो ।

  • साँपले हव्वालाई परिक्षामा पसाएपछि, यसअगि तिनीहरूका खुट्टाहरू थिए भन्‍ने आशय दिँदै त्यस उप्रान्त सबै सर्पहरू जमिनमा घस्रेर हिँड्नेछन् भनी परमेश्‍वरले त्यसलाई सराप दिनुभयो ।
  • विषालु सर्पको निम्ति बाइबलमा “करेत\विषालु सर्प” शब्द पनि आउँछ ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः शैतान, दियाबलस, दुष्‍ट) बाइबल खण्डहरूः

  • प्रेरित २८:३-४
  • उत्पत्ति ०३:१-३
  • उत्पत्ति ०३:४-६
  • उत्पत्ति ०३:१२-१३
  • मत्ती ०३:७-९
  • मत्ती २३:३२-३३

सामदान

परिभाषा:

बाइबलमा, “सामदान,” भन्‍ने शब्दले सामान्यतौरमा काठ वा धातुबाट बनाइएका संरचनालाई बुझिन्छ जसमा दियोहरू राखिएका हुन्छन् र कोठामा प्रकाशको लागि बालिन्छन् । विशेष प्रकारको सुनको सामदानलाई मन्दिरमा राखिन्थ्यो र त्यसमा सात दियोहरू हुने गर्दथे । बाइबलीय समयमा त्यस्ता दियोहरू भनेका माटोको हुने गर्दथे र त्यसमा जैतुनको तेल वा बोसो हालेर सलेदोको सहायतामा बालिन्थ्यो र उज्यालो होस् भनी खुल्ला ठाउँमा बालेर छोडिन्थ्यो । अनुवाद सुझावहरू यो शब्दलाई “बत्ती अड्याउने सामदान,” वा “बत्ती अड्याउने संरचना,” वा “बत्ती राख्‍ने स्ट्याण्ड,” भनी अनुवाद गर्न सकिन्छ । मन्दिरको सामदानको लागि, “सात बत्तीहरू भएको सामदान,” वा “सात बत्तीहरू भएको सुनको सामदान,” भनी अनुवाद गर्न सकिन्छ । त्यसरी नै अनुवादित बाइबलमा प्रत्येक प्रकारको सामदानको फोटो वा चित्रलाई समावेश गरेमा राम्रो हुनेछ ।


सामर्थी, सामर्थ्य

परिभाषा:

“सामर्थी” र “सामर्थ्य” भन्‍ने शब्दले ठुलो बल वा शक्त्तिलाई जनाउँछन् ।

  • “सामर्थी मानिसहरू” ले प्रायः युद्धमा साहसी र विजयी मानिसहरूलाई जनाउँछ । परमेश्‍वरलाई पनि “सामर्थी” भनेर सम्बोधन गरिन्छ ।
  • “सामर्थी कार्य” ले प्रायः परमेश्‍वरले गर्नुहुने अचम्मका कामहरू, विशेष गरी आश्‍चार्यकर्महरूलाई जनाउँछ ।
  • यो शब्द “सर्वशक्त्तिमान्” भन्‍ने शब्दसँग सम्बन्धित छ, जुन चाँहि परमेश्‍वरको एक प्रचलित वर्णन हो, जसको अर्थ उहाँसँग सम्पूर्ण शक्त्ति छ भन्‍ने हो ।

अनुवादका लागि सुझावहरू

  • सन्दर्भ अनुसार, “सामर्थी” भन्‍ने शब्दलाई “शक्त्तिशाली” वा “उदेकको” वा “धेरै बलियो” भनेर अनुवाद गर्न सकिन्छ ।
  • प्रेरित ७ मा, मोशालाई “वचन र कार्यमा सामर्थी” मानिसका रूपमा वर्णन गरिएको छ । यसलाई “मोशाले शक्त्तिशाली शिक्षा दिन्थे र उदेकका कामहरू गर्थे” भनेर वा “मोशाले परमेश्‍वरका वचन शक्त्तिशाली रूपमा बोल्थे र अचम्मका कामहरू गर्थे” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “सामर्थ्य” भन्‍ने शब्दलाई “शक्त्ति” वा “ठुलो बल” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भ अनुसार, “सामर्थी कार्य” लाई “परमेश्‍वरले गर्नुहुने उदेकका कुरा” वा “आश्‍चर्यकर्महरू” वा “परमेश्‍वरले शक्त्तिशाली रूपमा गर्नुहुने कामहरू” भनेर अनुवाद गर्न सकिन्छ ।

सास फुक्‍नु, सास

परिभाषा:

बाइबलमा जीवन दिने वा जीवन भएको कुरो जनाउन शब्दहरू “सास फुक्‍नु” वा “सास” लाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • बाइबलले सिकाउँछ कि परमेश्‍वरले आदममा जीवनको “सास फुकिदिनुभयो ।” त्यही बेला आदम जीवित प्राणी भए ।
  • येशूले चेलाहरूमा सास फुकी “पवित्र आत्मा लेओ” भन्‍नुहुँदा तिनीहरूमा पवित्र आत्माको आगमनलाई अङ्कित गर्न सम्भवतः उहाँले शाब्दिक रूपमा सास फुकिदिनुभएको थियो ।
  • कहिले काहीँ बोली वचनलाई जनाउन “सास फेर्नु” वा “सास” शब्दहरूको प्रयोग गरिएका छन् ।
  • आलङ्कारिक पदावली “परमेश्‍वरको सास” वा “यहोवेको सास” ले अक्सर विद्रोही वा ईश्‍वरविहीन जातिहरूमाथि परमेश्‍वरको क्रोध खन्याइएको कुरोलाई जनाउँछ । यसले उहाँको शक्‍तिलाई व्यक्‍त गर्छ ।

अनुवादका लागि सुझावहरूः

  • टुक्‍का “उसले अन्तिम सास फेर्‍यो” को अर्थ हुन्छः “ऊ मर्‍यो ।” यसलाई “उसले आफ्नो आखिरी सास फेर्‍यो” वा “उसले सास फेर्न छाड्यो र ऊ मर्‍यो” वा “उसले आखिरी पटक आफ्नो सास फेर्‍यो” भनी अनुवाद गर्न सकिन्छ ।
  • धर्मशास्‍त्रलाई “परमेश्‍वरले फुक्‍नुभएको” भन्‍नुको अर्थ हुन्छ, कि परमेश्‍वरले धर्मशास्‍त्रका वचनहरू बोल्नुभयो वा यसको प्रेरणा दिनुभयो जसलाई मानवीय लेखकहरूले लेखे । “परमेश्‍वरले फुक्‍नुभएको” पदावलीको वास्तविक अर्थ व्यक्‍त गर्न कठिन हुने भएकोले सम्भव भएसम्म यसलाई शाब्दिक रूपमा अर्थात् “परमेश्‍वरले फुक्‍नुभएको” भनेर नै अनुवाद गर्नु उत्तम हुन्छ ।
  • “परमेश्‍वरले फुक्‍नुभएको” भन्‍ने शाब्दिक अनुवाद स्वीकारयोग्य नभए यसलाई “परमेश्‍वरबाट प्रेरणा पाएको” वा “परमेश्‍वरद्वारा लेखिएको” वा “परमेश्‍वरद्वारा बोलिएको” भनी अनुवाद गर्न सकिन्छ । यसलाई “परमेश्‍वरले धर्मशास्‍त्रका वचनहरू फुक्‍नुभयो” भनेर पनि व्यक्‍त गर्न सकिन्छ ।
  • “मा सास फुक्‍नु” वा “भित्र जीवन हाल्नु” वा “लाई जीवन दिनु” भन्‍नेजस्ता अभिव्यक्‍तिहरूलाई “सास फेर्ने बनाउनु” वा “पुनः जीवित तुल्याउनु” वा “बाँच्‍न र सास फेर्न सक्षम तुल्याउनु” वा “लाई जीवन दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • सम्भव भए “परमेश्‍वरको सास” लाई अनुवाद गरिएको भाषामा “सास” को लागि प्रयोग गरिने शाब्दिक शब्दसहित अनुवाद गर्नु उत्तम हुन्छ । यदि परमेश्‍वरसित “सास” छ भनी व्यक्‍त गर्न सकिँदैन भने यसलाई “परमेश्‍वरको शक्‍ति” वा “परमेश्‍वरको बोली” को रूपमा अनुवाद गर्न सकिन्छ ।
  • टुक्‍का “मेरो सासलाई समात्‍नुहोस्” वा “मेरो सासलाई प्राप्‍त गर्नुहोस्” लाई “अझै बिस्तारै सास फेर्न आराम गर्नुहोस्” वा “सामान्य रूपमा सास फेर्न दगुर्न छाड्नुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • “सास मात्र बाँकी छ” भन्‍ने टुक्‍काको अर्थ हुन्छ‒ “थोरै समय मात्र टिक्छ ।”
  • त्यसै गरी, वाक्यांश “मान्छे एक मुठी सासको हो” को अर्थ हुन्छ‒ “मानिसहरू थोरै समय मात्र बाँच्छन्” वा “एक मुठी सासजस्तै मानिसहरूको जीवन निकै छोटो छ” वा “परमेश्‍वरको तुलनामा व्यक्‍तिको जीवन निकै छोटो छ ।”

(हेर्नुहोस्ः आदम, पावल, शाऊल, परमेश्‍वरको वचन, यहोवेको वचन, प्रभुको वचन, धर्मशास्‍त्र, जीवन, जिउनु, जीवनयापन, जीवित)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १७:१७-१८
  • उपदेशक ०८:८-९
  • अय्यूब ०४:७-९
  • प्रकाश ११:१०-१२
  • प्रकाश १३:१५-१७

साहस, साहसी

परिभाषा:

“साहस” शब्दले कठिन, भयभीत पार्ने वा खतरनाक कुरोलाई निर्भयतासाथ सामना गर्ने कुरोलाई जनाउँछ ।

  • “साहसी” शब्दले साहस देखाउने व्‍यक्‍तिलाई वर्णन गर्छ, जसले डरको महसुस गर्दा वा त्याग्‍ने दबाब हुँदा पनि सही कुरो गर्छ ।
  • व्‍यक्‍तिले भावनात्मक वा शारीरिक दर्दको सामना गर्दा उसले शक्ति र लगनसहित साहस देखाउँछ ।
  • टुक्‍का “साहस देखाऊ” को अर्थ हुन्छ‒ “भयभीत नहोऊ” वा “राम्रो हुनेछ भन्‍ने कुरामा निश्‍चित होऊ ।”
  • यहोशूले खतरनाक देश कनानमा जाने तयारी गरिरहँदा मोशाले तिनलाई “बलियो र साहसी” बन्‍न अर्ती दिए ।
  • “साहसी” शब्दलाई “बहादुर” वा “नडराउने” वा “निर्भीक” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “साहसी हुनु” लाई “भावनात्मक रूपमा बलियो हुनु” वा “निश्‍चित हुनु” वा “दर्‍हो हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “साहसपूर्वक बोल्नु” लाई “निर्भयतासाथ बोल्नु” वा “नडराईकन बोल्नु” वा “निश्‍चयतासाथ बोल्नु” भनी अनुवाद गर्न सकिन्छ ।

साहसी, साहसपूर्वक, साहस

परिभाषा:

यी सबै शब्दहरूले सत्यतालाई बताउने र कठिन वा खतरनाक अवस्था हुँदा पनि ठिक कुरा गर्ने उत्साह वा निश्‍चयतालाई जनाउँछन् ।

  • जे असल र ठिक छ, त्यसलाई भन्‍न र गर्नदेखि एउटा “साहसी” व्‍यक्‍ति डराउँदैन । दुव्र्यवहारमा परिरहेका मानिसहरूको पक्षमा बोल्न पनि ऊ डराउँदैन । यसलाई “उत्साही” वा “निर्भीक” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • नयाँ करारमा चेलाहरू झ्यालखानामा हालिने वा मारिने खतरामा हुँदाहुँदै पनि तिनीहरूले सार्वजनिक स्थानहरूमा ख्रीष्‍टको बारेमा “साहसपूर्वक” प्रचार गरिरहे । यसलाई “निश्‍चयतासाथ” वा “दृढ उत्साहसाथ” वा “साहस गरेर” भनी अनुवाद गर्न सकिन्छ ।
  • क्रुसमा ख्रीष्‍टको छुटकारामय मृत्युको शुभ खबर बताउनमा आदि चेलाहरूको “साहस” को कारणले सुसमाचार इस्राएल र नजिकका देशहरूसाथै अन्त्यमा संसारका बाँकी भागहरूमा पुग्यो । “साहस” लाई “निश्‍चित उत्साह” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः निश्‍चयता, निश्‍चित, शुभ खबर, सुसमाचार, छुटकारा दिनु, छुटकारा, उद्धारकर्ता)

बाइबलका सन्दर्भहरूः


सिकाउनु, शिक्षा, शिक्षक

परिभाषा:

शब्दहरू “सिकाउनु” र “शिक्षा” ले मानिसहरूले पहिले नजानेका जानकारी तिनीहरूलाई बताउने कुरारालाई जनाउँछन् । साधारणयता जानकारी औपचारिक वा व्यवस्थित तरिकाले दिइन्छ ।

  • सिकाउने व्यक्‍ति “शिक्षक” हो ।
  • परमेश्‍वरको बारेमा सिकाउने व्यक्‍तिको लागि सम्बोधनको आदरणीय रूपस्वरूप येशूका चेलाहरूले उहाँलाई “शिक्षक अर्थात्” भने ।
  • सिकाइएको जानकारीलाई देखाउन वा बताउन सकिन्छ ।
  • शिक्षाहरूले परमेश्‍वरको बारेमा भएका शिक्षाहरूको संग्रहलाई जनाउँदा “सिद्धान्त” शब्दलाई कहिले काहीँ “शिक्षाहरू” को लागि अनुवाद गरिएको छ ।

(हेर्नुहोस्ः शिक्षक, परमेश्‍वरको वचन, यहोवेको वचन, प्रभुको वचन, धर्मशास्‍त्र, निर्देशन दिनु, निर्देशन)

बाइबलका सन्दर्भहरूः

  • लूका ०४:३१-३२
  • मत्ती ०४:२३-२५
  • भजनसंग्रह १११:१०

सिङ, सिङहरू

परिभाषा:

सिङहरू गाईबस्तु, भेडा, बाख्रा र मृगजस्ता जनावरहरूको टाउकामा उम्रने स्थायी, कडा र चुच्‍चा भाग हुन् ।

  • भेडाको सिङबाट साङ्गीतिक बाजा बनाइन्थ्यो जसलाई “भेडाको सिङ” वा “बिगुल” भनिन्थ्यो । धार्मिक चाडपर्वहरूजस्ता विशेष कार्यक्रमहरूमा यसलाई फुकिन्थ्यो ।
  • धूप र पित्तलका वेदीहरूका चार कुनामध्ये हरेकको कुना सिङको आकारको बनाउनू भनी परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो । यी आकारहरूलाई “सिङहरू” भनिए तापनि ती वास्तवमा जनावरका सिङहरू थिएनन् ।
  • पानी वा तेल राख्‍न प्रयोग गरिने सिङजस्तै आकार भएको “बोतल” लाई जनाउन कहिले काहीँ “सिङ” शब्दको प्रयोग गरिएको छ । राजाको अभिषेकको लागि तेलको बोतलको प्रयोग गरिन्थ्यो, जस्तो शमूएलले दाऊदलाई गरे ।
  • तुरहीलाई जनाउने शब्दभन्दा यसलाई फरक किसिमले अनुवाद गरिनुपर्छ ।
  • शक्ति, ताकत, अधिकार र प्रतिष्‍ठाको प्रतीकको रूपमा यस शब्दलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरिएको छ ।

(हेर्नुहोस्ः अधिकार, गाई, बाछो/बाछी, साँढे, गाईबस्तु, मृग, मृगिणी, हरिण, हरिणको बच्‍चा, बाख्रा, पाठो, शक्ति, शक्तिहरू, भेडा, बरुवाल, भेडी, तुरही)

बाइबलका सन्दर्भहरूः


सिद्ध

परिभाषा:

बाइबलमा, “सिद्ध” शब्दको अर्थ हाम्रो ख्रीष्‍टियन जीवनमा परिपक्‍क हुनु हो । कुनै थोकलाई सिद्ध बनाउनुको अर्थ यो उत्कृष्‍ट र दागरहित नभएसम्म यसमा काम गर्नु हो ।

  • सिद्धि र परिपक्‍क हुनुको अर्थ पापरहित होइन ख्रिष्‍टियन आज्ञाकारी छ भन्‍ने हो ।
  • “सिद्ध” शब्दको अर्थ “पूर्ण” वा “पुरा” हुनु पनि हो ।
  • नयाँ करारको याकूबको पुस्तकले भन्दछ, कि कठिनाइहरू सहनाले विश्‍वासीमा पूर्णता र परिपक्‍कता उत्पन्‍न गर्दछ ।
  • जब ख्रीष्‍टियनहरूले बाइबल अध्ययन गर्छन् र यसको पालना गर्छन्, तिनीहरु आत्मिक रूपमा अझ सिद्ध र परिपक्‍क हुनेछन्, किनभने तिनीहरु तिनीहरुको चरित्रमा ख्रीष्‍टजस्तै हुनेछन ।

अनुवादका निम्ति सुझावहरुः

  • यो शब्दलाई “विनादोष” वा “विनागलतको” वा “दोषरहित” वा “विनागल्ती” वा “कुनै गल्ति नभएको” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • हिब्रू १२:१-३
  • याकूब ०३:१-२
  • मत्ती ०५:४६-४८
  • भजनसंग्रह ०१९:७-८

सिद्धान्त

परिभाषा:

“सिद्धान्त” को शाब्दिक अर्थ “शिक्षा” हो । यसले विशेष गरेर धार्मिक शिक्षालाई जनाउँछ ।

  • ख्रीष्‍टियान जीवनको कुनै विशेष क्षेत्रलाई समेटेर विश्‍वासी भइसकेका मानिसहरूलाई प्रदान गरिने शिक्षा वा अर्ती दिने कुरा ख्रीष्‍टियान सिद्धान्तभित्र पर्दछ । यसले उनीहरूलाई बलियो र विश्‍वासमा परिपक्‍क बनाउन सहयोग गर्छ ।
  • ख्रीष्‍टियान सिद्धान्तले विशेष गरेर परमेश्‍वर पिता, पुत्र र पवित्र आत्माका सबै गुणहरू र उहाँले गर्नु भएका सबै कुराहरूलाई समेट्छ । परमेश्‍वरको महिमाको लागि विश्‍वासीहरूलाई पवित्र जीवन कसरी जिउने भन्‍ने कुरा सिकाइएको परमेश्‍वरको शिक्षालाई पनि यसले जनाउँछ ।
  • कुनै अङ्ग्रेजी संस्करणहरूमा “सिद्धान्त” शब्दलाई मानव निर्मित झुटो वा सांसारिक धार्मिक शिक्षालाई जनाउन प्रयोग गरिएको पाइन्छ । यसको अर्थलाई यो शब्द प्रयोग गरिएको सन्दर्भ हेरेर बुझ्‍नु पर्ने हुन्छ ।
  • यो शब्दलाई “शिक्षा” भनेर अनुवाद गर्न सकिन्छ ।

सिला खोज्‍नु, सिला बटुल्ने काम

परिभाषा:

“सिला खोज्‍नु” को अर्थ खेतबारी वा बगैँचामा गएर कटनी गर्नेहरूले छाडेका अन्‍न वा फलफुललाई बटुल्नु हो

  • विधवाहरू, गरिब मानिसहरू र विदेशीहरूले आफ्ना लागि भोजन जुटाऊन् भन्‍ने उद्देश्यले तिनीहरूलाई सिला खोज्‍न दिनू भनी परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो ।
  • कहिले काहीँ खेतको मालिकले सिला खोज्‍नेहरूलाई कटनी गर्नेहरूको पछिपछि गई सिला बटुल्न अनुमति दिन्थ्यो । यसो गर्दा, तिनीहरूले धेरै अन्‍नको सिला बटुल्न सक्थे ।
  • यसले कसरी काम गथ्र्यो भन्‍ने बारेमा रूथको कथा एउटा प्रस्ट उदाहरण हो । कटनी गर्नेहरूका माझमा गएर रूथलाई उनका नातेदार बोअजका खेतहरूमा सिला खोज्‍नको लागि उदारतापूर्वक अनुमति दिइयो ।
  • “सिला खोज्‍नु” लाई “बटुल्नु” वा “जम्मा पार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

सिंह

परिभाषा:

सिंह भनेको ठूलो, चार खुट्टे जंगली जनावर हो र त्यसको तीखा दाँतहरू तथा पंजाहरूले आफ्ना शिकारलाई मार्ने र च्यात्‍ने काम गर्दछ । सिंहहरूका शक्तिशाली शरीरहरू तथा तीब्र गतिले आफ्ना शिकारलाई समात्‍न प्रयोग गर्छन् । भाले सिंहको शिरमा घुमाउरो किसिमको कपाल हुन्छ र त्यसले शिरलाई ढाक्‍ने गर्दछ । सिंहहरूले अन्य पशुहरूलाई मार्छन् र खाने गर्छन् र ती मानिसहरूका निम्ति पनि खतरा साबित हुन सक्छन् । जब राजा दाऊद ठीटो थिए, तब आफ्ना भेडाहरूलाई बचाउनको निम्ति उनले सिंहलाई मारेका थिए ।


सिंहासन

परिभाषा:

सिंहासन अक्सर महत्त्वपूर्ण विषयहरूबारे निर्णय गर्न राजा बस्‍ने विशेष कुर्सी हो ।

  • राजा, उसको शासन वा शक्‍तिलाई जनाउन “सिंहासन” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
  • बाइबलमा परमेश्‍वरलाई अक्सर सिंहासनमा विराजमान हुनुहुने राजाको रूपमा बयान गरिएको छ ।

(हेर्नुहोस्ः शासन, राजा)

(बाइबलका सन्दर्भहरूः

  • कलस्सी ०१:१५-१७
  • उत्पत्ति ४१:३९-४१
  • लूका ०१:३०-३३
  • लूका २२:२८-३०
  • मत्ती ०५:३३-३५
  • मत्ती १९:२८
  • प्रकाश ०१:४-६

सील

परिभाषा:

“सीलले” समुद्रमा पाइने घाँस र अन्य झारपात खाने ठुलो समद्री जनावरलाई जनाउछ ।

  • यो जनावरको खैरो बक्‍लो छाला हुन्छ । यसको पौडने अङ्गको साहाराले यो यताउता चल्छ ।
  • बाइबलका समयका मनिसहरूले सीलको छालालाई पालहरू बनाउनलाई प्रयोग गर्थे । यी जनावरहरूका छाला पवित्रस्थान ढाक्‍नलाई पनि प्रयोग गरियो ।
  • गाईले झैँ घाँस खाने हुनाले यसलाई “सील\ समुद्री गाई” नाम दिइएको हो, तर अन्य कुराहरूमा यिनीहरूको कुनै पनि कुरा मेल खाँदैन ।
  • सम्बन्धित जनावरहरू “ड्युगङ्” र “म्याटिनी” (झारपात खाने समुद्री स्तनधारी जनावर) हुन् ।

(हेर्नुहोस्ः अज्ञातहरूको कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः गाई, बाछो, साँढे, गाईवस्तु, गोरु, गोरुहरू) बाइबल खण्डहरूः


सुगन्धित धूप

परिभाषा:

रूखको चोपबाट बनाइएको सुगन्धित मसलालाई सुगन्धित धूप भनिन्छ । यसलाई अत्तर र धूप बनाउनको लागि प्रयोग गरिन्छ ।

  • यो मृत शरीरलाई गाड्न तयारीको लागि प्रयोग गरिने महत्त्‍वपूर्ण मसला हो । यसमा प्राकृतिक रूपमा निको पार्ने र शान्त पार्ने गुण पनि हुन्छ ।
  • पूर्वका ज्ञानी मानिसहरूले बेथलेहेमका येशूलाई भेट्न आउँदा ल्याएका तिनवटा उपहारमध्ये सुगन्धित धूप पनि एक थियो ।

सुँगुर, खसी पारेको सुँगुर

परिभाषा:

सुँगुर वा खसी पारेको सुँगुर मासु खनालाई पालिएको खुर भएको चार खुट्टे जनावर हो । यसको मासुलाई सुँगुरको मासु भनिन्छ ।

  • परमेश्‍वरले इस्राएलीहरूलाई सुँगुरको मासु नखानू, र यसलाई अशुद्ध ठान्‍नू भन्‍नुभयो । यहूदीहरुले आज पनि सुँगुरलाई अशुद्धको रूपमा नै हेर्छन् र सुँगुरको मासु खाँदैनन् ।
  • सुँगुरहरु र खसी पारेका सुँगुरहरू तिनीहरूका मासु अरू मानिसहरूलाई बेच्‍नको लागि फारममा पालिन्छन् ।
  • फारममा नपालिने किसिमका सुँगुर वा खसी पारेका सुँगुरहरू पनि हुन्छन् जुन जङ्गलमा बस्छ, यसलाई “जङ्गली बँदेल” भनिन्छ । बँदेलहरूका दाह्राहरू हुन्छन् र यिनीहरुलाई अति खतरनाक जनावरको मानिन्छ ।

बाइबलका खण्डहरूः

  • २ पत्रुस ०२:२०-२२
  • मत्ती ०७:६
  • मत्ती ०८:३०-३२
  • मर्कूस ०५:११-१३

सुत्केरी बेथा, सुत्केरी हुँदा

परिभाषा:

“सुत्केरी” हुँदा एउटा महिलाले यो पीडालाई अनुभव गरिरहेकी हुन्छिन् जसपश्‍चात् तिनले बच्‍चा जन्माउँछिन् । यही पीडालाई नै सुत्केरी बेथा भनेर भनिन्छ । प्रेरित पावलले यो शब्दलाई प्रयोग गर्दै विश्‍वासीहरूमा विकास हुनुपर्ने वा “जन्मनुपर्ने” चरित्रलाई वर्णन गरेका छन् । सुत्केरी बेथालाई साङ्केतिक भाषाको रूपमा प्रयोग गर्दै कसरी अन्त्यको समयमा, विभिन्‍न किसिमका विपत्तिहरू अत्याधिक शक्तिशाली भएर देखा पर्नेछन् भन्‍ने वर्णन गरेका छन् ।


सुन

परिभाषा:

सुन पहेँलो रङको उच्‍च गुणस्तरीय धातु हो, जसलाई गरगहना र धार्मिक रूपमा महत्त्वपूर्ण वस्तुहरू बनाउनको लागि प्रयोग गरिन्थ्यो । प्राचीन समयमा यो सर्वाधिक महत्त्वपूर्ण धातु थियो ।

  • बाइबलको समयमा सुनबाट विभिन्‍न किसिमका धेरै वस्तुहरू बनाइन्थे, वा तिनलाई सुनले मोहोरिन्थ्यो ।
  • ती वस्तुहरूमा कुण्डलसाथै अन्य गरगहनाहरू, मूर्तिहरू, वेदीहरू र पवित्र वासस्थान वा मन्दिरमा प्रयोग गरिएका अन्य थोकहरू (जस्तैः करारको सन्दुक) पर्थे ।
  • पुरानो करारको समयमा सुनलाई किनबेचको माध्यमको रूपमा प्रयोग गरिन्थ्यो । यसको मूल्य निर्धारण गर्न यसलाई तराजुमा जोखिन्थ्यो ।
  • पछि किनबेचको लागि सिक्‍काहरू बनाउन सुन र चाँदीजस्ता अन्य धातुहरू प्रयोग गरिए ।
  • सुनले पातलो गरी मोहोरिएको तर निखुर सुन नभएको कुरोलाई उल्लेख गर्न “सुनौलो” वा “सुनले ढाकिएको” वा “सुनले मोहोरिएको” जस्ता शब्द वा शब्दावलीहरूको प्रयोग गर्न सकिन्छ ।
  • कहिले काहीँ कुनै वस्तुलाई “सुनौले रङको” भनी बयान गरिन्छ, जसको अर्थ हुन्छ, कि यसमा सुनको पहेँलो रङ लगाइएको छ, तर वास्तवमा त्यो वस्तु सुनबाटै नबनेको हुन सक्छ ।

सृष्‍टि गर्नु, सृष्‍टि, सृष्‍टिकर्ता

परिभाषा:

क्रियापद “सृष्‍टि गर्नु” को अर्थ हुन्छ‒ कुनै कुरोलाई अस्तित्वमा ल्याउनु । जे सृष्‍टि गरिएको छ, त्यसलाई “सृष्‍टि” भनिन्छ । परमेश्‍वरलाई “सृष्‍टिकर्ता” भनिन्छ, किनकि सारा विश्‍वमा भएको हरेक कुरोलाई उहाँले नै अस्तित्वमा ल्याउनुभयो ।

  • यस शब्दले परमेश्‍वरले संसारलाई सृष्‍टि गर्नुभयो भनी उल्लेख गर्दा यसको अर्थ हुन्छ, कि उहाँले शून्यताबाट सृष्‍टि गर्नुभयो ।
  • मानव-जातिले कुनै कुरो “सृष्‍टि गर्दा” यसको अर्थ हुन्छ, कि तिनीहरूले पहिले नै अस्तित्वमा भएका थोकहरूबाट यसलाई बनाए ।
  • कहिले काहीँ कुनै अमूर्त कुरोलाई व्याख्या गर्न “सृष्‍टि गर्नु” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ, जस्तैः शान्तिको सृष्‍टि गर्नु वा कसैमा शुद्ध ह्दय सृजनु ।
  • “सृष्‍टि” शब्दले परमेश्‍वरले पहिलो पटक सबै कुराको सृष्‍टि गर्नुहुँदा संसारको आरम्भलाई पनि जनाउन सक्छ । परमेश्‍वरले सृजनुभएको हरेक कुरोलाई साधारण रूपमा जनाउन पनि यसको प्रयोग गर्न सकिन्छ । कहिले काहीँ “सृष्‍टि” शब्दले संसारमा भएका मानिसहरूलाई मात्र पनि जनाउँछ ।

सेला

परिभाषा:

“सेला” हिब्रू शब्द हो, जुन भजनसंग्रहको पुस्तकमा बढी आउँछ । यसका धेरै सम्भवित अर्थहरू छन् ।

  • यसको अर्थ “रोकिनु र प्रशंसा गर्नु” हुन सक्थ्यो, जसले भर्खरै भनिएका कुराहरूबारे स्रोतालाई होसियारपूर्वक सोच्‍नलाई आह्वान गर्छ ।
  • भजनसंग्रह गीतको रूपमा लेखिएका हुनाले, “सेला” ले गायकलाई केही बेर रोकिएर सङ्गीत मात्र बज्‍न दिनु वा गीतका शब्दहरूबारे श्रोताहरूलाई विचार गर्नलाई उत्साह दिनलाई प्रयोग गरिने साङ्गीतिक शब्दावली हुन सक्थ्यो ।

बाइबलका खण्डहरूः


सेवा गर्नु, सेवा

परिभाषा:

कसैको सेवा गर्नु भनेको त्यो व्यक्‍तिलाई फाइदा हुने कुरा गर्नु हो । कसैले सेवा गर्नु उसको कर्त्तव्य भएकोले सेवा गर्न सक्छ वा उनले सेवा गर्न चाहेकाले सेवा गर्न सक्छन् ।

  • “कसेको सेवा गर्नु” लाई “कसैको सेवा कार्य गर्नु” वा “कसैको निम्ति काम गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वरको सेवा गर्नु” लाई “परमेश्‍वरको आराधना गर्नु र आज्ञा पालना गर्नु” वा “परमेश्‍वरले दिनुभएको काम गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “टेबलको सेवा गर्नु” भनेको टेबलमा बसेका मानिसहरूलाई खाना दिनु हो ।
  • परमेश्‍वरबारे अरूहरूलाई सिकाउने मानिसहरूले परमेश्‍वर र तिनीहरूले सिकाउने दुवैको सेवा गेरेको भनिन्छ ।

(हेर्नुहोस्ः नोकर, दास, दसत्व) बाइबलका खण्डहरूः

  • २ तिमोथी ०२:३-५
  • प्रेरित ०६:२-४
  • उत्पत्ति २५:२३
  • लूका ०४:८
  • लूका १२:३७-३८
  • लूका २२:२६-२७
  • मत्ती ०६:२२-२४
  • मर्कूस ०८:५-६

सोझो, सोझोपन

परिभाषा:

शब्दहरू “सोझो” र “सोझोपन” ले परमेश्‍वरको व्यवस्थाको अनुसरण गर्ने तरिकाले क्रियाकलाप गर्ने कुरोलाई जनाउँछन् ।

  • यी शब्दहरूको अर्थमा सिधा खडा भएर प्रत्यक्ष रूपमा अगाडि हेर्ने अवधारणा पर्छ ।
  • “सोझो” व्यक्‍ति त्यो हो, जसले परमेश्‍वरका नियमहरूको पालना गर्छ र उहाँको इच्छाको विरुद्धमा भएका कुराहरू गर्दैन ।
  • “सत्यनिष्‍ठ” र “धर्मी” जस्ता शब्दहरूका अर्थ पनि उस्तै छन्, र तिनलाई कहिले काहीँ समानान्तरको संरचनामा प्रयोग गरिन्छ, जस्तैः “सत्यनिष्‍ठ र सोझोपन ।” (हेर्नुहोस्ः समानान्तरता)

अनुवादका लागि सुझावहरूः

  • शब्द “सोझो” लाई “ठिक किसिमले क्रियाकलाप गर्ने काम” वा “ठिक किसिमले क्रियाकलाप गर्ने व्यक्‍ति” वा “परमेश्‍वरको व्यवस्थाको अनुसरण” वा “परमेश्‍वरप्रति आज्ञाकारी” वा “ठिक तवरले व्यवहार गर्ने काम” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “सोझोपन” लाई “नैतिक शुद्धता” वा “असल नैतिक आचरण” वा “ठिकपना” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “सोझाहरू” लाई “ती मानिसहरू जो सोझा छन्” वा “सोझा मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः सत्यनिष्‍ठ, व्यवस्था, सिद्धान्त, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवेको व्यवस्था, आज्ञाकारी हुनु, आज्ञाकारी, आज्ञाकारिता, शुद्ध, शुद्ध पार्नु, शुद्देइँ, धर्मी, धार्मिकता)

बाइबलका सन्दर्भहरूः

  • उपदेशक १२:१०-११
  • अय्यूब ०१:६-८
  • भजनसंग्रह ४९:१४-१५
  • भजनसंग्रह १०७:४१-४३

सोधपुछ गर्नु

परिभाषा:

“सोधपुछ गर्नु” को अर्थ हुन्छ‒ जानकारीको लागि कसैलाई सोध्‍नु ।

  • पुरानो करारले केही उदाहरणहरूलाई प्रस्तुत गरेको छ जहाँ मानिसहरूले परमेश्‍वरसित सोधपुछ गरे ।
  • राजा वा सरकारी कर्मचारीले कार्यालयको लिखित अभिलेखहरूलाई खोज्‍ने सम्बन्धमा पनि यस शब्दलाई प्रयोग गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “सोधपुछ गर्नु” लाई “सोध्‍नु” वा “जानकारीको लागि अनुरोध गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • पदावली “यहोवेलाई सोधपुछ गर्नु” लाई “मार्गदर्शनको लागि यहोवेलाई सोध्‍नु” वा “के गर्ने भनी यहोवेलाई सोध्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “को बारेमा सोधपुछ गर्नु” लाई “को बारेमा प्रश्‍नहरू सोध्‍नु” वा “को बारेमा जानकारीको लागि अनुरोध गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • यहोवेले “तिमीहरूले मलाई सोधपुछ गर्नेछैनौ” भन्‍नुहुँदा यसलाई “मलाई जानकारी सोध्‍न म तिमीहरूलाई अनुमति दिनेछैनँ” वा “मबाट सहायता खोज्‍न तिमीहरूलाई अनुमति दिइनेछैन” भनी अनुवाद गर्न सकिन्छ ।

स्वतन्‍त्र, स्वतन्‍त्रता, स्वाधीनता

परिभाषा:

“स्वतन्‍त्र” वा “स्वतन्‍त्रता” शब्दले दासत्व वा कुनै किसिमको बन्धनमा नभएको अवस्थालाई जनाउँछ ।

  • “स्वाधीनता” र “स्वतन्‍त्रता” दुवै शब्दको अर्थ समान छ ।
  • “कसैलाई स्वतन्‍त्र गर्नु” भन्‍नाले उसलाई दासत्व र नियन्‍त्रणबाट बाहिर निस्कने बाटो छोडिदिनु भन्‍ने बुझिन्छ ।
  • बाइबलमा येशूमा विश्‍वास गर्ने मानिस पापको शक्‍तिबाट बाहिर हुन्छ भन्‍ने अर्थमा यी शब्दहरूको आलंकारिक प्रयोग भएको पाइन्छ ।
  • “स्वाधीनता” वा “स्वतन्‍त्रता” प्राप्‍त गर्नु भन्‍नाले अबदेखि मोशाको व्यवस्थाको अधीनमा बस्‍नुको साटो पवित्र आत्माका शिक्षा र अगुवाइद्धारा मुक्‍त भएको अवस्‍थालाई जनाउन सक्‍छ ।

स्वेच्छा भेटी

परिभाषा:

यहूदी व्यवस्थाले तोकेको भन्दा बढी दिइने भेटीलाई स्वेच्छा भेटी भनिन्थ्यो ।

  • यदि स्वेच्छा भेटीस्वरूप बलिदान चढाउने जनावरको आँखामा केही खराबी भएको भए पनि हुन्थ्यो, किनकि त्यो आफ्नो इच्छाले चढाएको स्वेच्छा भेटी थियो ।
  • इस्राएलीहरूले बलिदान चढाएको जनावरलाई उत्सवको भोजमा खाने गर्थे ।
  • एज्राको पुस्तकमा मन्दिर निर्माणको लागि चढाइएका विभिन्‍न किसिमका स्वेच्छा भेटीको बारेमा लेखिएको छ । ती भेटीहरूमा सुन, चाँदी र पूजाहारीले लगाउने लुगाहरू पनि सामेल थिए ।
  • स्वेच्छा भेटी इस्राएलीहरूको लागि रमाउने कारण थियो, किनकि यो प्रशस्‍त अन्‍न उत्पादन भइरहेको छ भन्‍ने कुराको चिन्ह थियो ।

हटाउनु, पन्छाउनु

परिभाषा:

कुनै व्‍यक्‍ति वा वस्तुलाई “हटाउनु” वा “पन्छाउनु” को अर्थ हुन्छ‒ त्यस व्‍यक्‍ति वा वस्तुलाई जबरजस्ती सार्नु ।

  • “फ्याँक्‍नु” को अर्थ हुन्छ, “हुत्त्याउनु ।” जाल फ्याँक्‍नुको अर्थ जाललाई पानीमा हुत्त्याउनु हो ।
  • आलङ्कारिक अर्थमा कसैलाई “हटाउनु” वा “पन्छाउनु” को अर्थ त्यस व्‍यक्‍तिलाई इन्कार गरी उसलाई पठाउनु हो ।

हठी, जिद्दी

परिभाषा:

“हठी” परमेश्‍वरको आज्ञा तोडिरहेने र उहाँले सच्याउँदा पनि ख्याल नगर्ने मानिसहरूलाई जनाउने शब्द हो । तिनीहरू धेरै घमण्डी छन् ।

  • इस्राएलीहरू मसीहको आगमनको भविष्वाणी गर्ने अगमवक्‍ताहरूप्रति तिनीहरूका मनोभावमा हठी थिए ।
  • तिनीहरू झुट देवताहरू पूज्‍नुमा लागिरहने कुराम पनि हठी र जिद्दी थिए ।
  • यसलाई “घमण्डपूर्ण जिद्दी” वा “अहङ्कारी र कठोर” भनी अनुवाद गर्न सकिन्छ ।
  • हठीले परमेश्‍वरको अधिकारको अधिनमा रहन इन्कार गर्छ ।
  • अरू भाषाहरूमा यसलाई जानाउने वाक्य पद्धति हुनसक्छ ।

(हेर्नुहोस्ः घमण्डी, घमण्ड, घमण्डपूर्ण) बाइबलका खण्डहरूः

  • प्रेरित ०७:५१-५३

हतियार

परिभाषा:

“हतियार” शब्दले सिपाहीले युद्धमा लडाइँको लागि र शत्रुहरूको आक्रमणबाट आफ्नो रक्षा गर्न प्रयोग गर्ने साधनलाई जनाउँछ । आत्मिक हतियारलाई जनाउन यसलाई आङ्कारिक तवरले पनि प्रयोग गरिएको छ ।

  • टोप, ढाल, छाति-पाता, गोडा ढकनी र तरवार सिपाहीका केही हतियारहरू हुन् ।
  • यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्दै प्रेरित पावलले शारीरिक हतियारलाई आत्मिक हतियारसित तुलना गरेका छन्, जुन विश्‍वासीलाई आत्मिक युद्धहरूमा मदत पुर्‍याउन परमेश्‍वरले उसलाई दिनुहुन्छ ।
  • पाप र शैतानको विरुद्धमा लड्न परमेश्‍वरले आफ्ना मानिसहरूलाई दिनुहुने आत्मिक हतियारमा सत्यता, धार्मिकता, शान्तिको सुसमाचार, विश्‍वास, उद्धार र पवित्र आत्मा पर्छन् ।
  • यस शब्दलाई “सिपाहीको संयन्‍त्र” वा “युद्धमा सुरक्षा दिने ढकनी” वा “सुरक्षा दिने ढकनी” वा “हतियारहरू” भनेर अनुवाद गर्न सकिन्छ ।

हत्या गर्नु, हत्या

परिभाषा:

“हत्या गर्नु” भनेको मानिस वा जनावरलाई मार्नु हो । प्रायः यसको अर्थ बलजफ्ति वा हिंस्रक तवरले मार्नु भन्‍ने हुन्छ ।

  • “हत्या गरिको” भन्‍नाले “हत्या गरिएको मानिसहरू” अर्थात् मारिएक मानिसहरूलाई जनाउछ ।
  • जनावर वा मानिसहरूका ठुलो समूहलाई जनाउन प्रायः “संहार” भन्‍ने शब्द प्रयोग गरिन्छ ।
  • “मार्नु” भन्‍ने शब्द पनि प्रयोग गर्न सकिन्छ ।

(हेर्नुहोस्ः संहार) बाइबलका खण्डहरूः


हप्काउनु

परिभाषा:

हप्काउनु भनेको त्यो व्यक्‍तिलाई पापबाट फर्कन सहायता गर्नलाई कडा मौखिक सुधार गर्नु हो ।

  • विश्‍वासीहरूले स्पष्‍ट रूपमा परमेश्‍वरको अवज्ञा गर्दा अन्य विश्‍वासीहरूलाई हप्‍काउन नयाँ करारले आज्ञा दिन्छ ।
  • हितोपदेशको पुस्तकले छोराछोरीहरू अनाज्ञाकारी हुँदा तिनीहरूलाई बाबुआमाले हप्‍काउन आदेश दिएको छ ।
  • हप्की अझ आफैँलाई पापमा मुछेर गल्ती गर्नेलाई रोक्‍न दिइएको हो ।
  • यलाई “कडा रुपमा सुधार गर्नु” वा “चेतावनी दिनु” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

  • मत्ती ०८:२६-२७
  • मत्ती १७:१७-१८
  • मर्कूस ०१:२३-२६

हलो

परिभाषा:

“हलो” खेतमा कुनै कुरा रोप्‍नलाई तयार पार्न माटो जोतेर फोर्नलाई प्रयोग हुने कृषीको औजार हो ।

  • माटो खन्‍न वा जोत्‍नलाई हलोहरूमा धारिलो फाली हुन्छ । हलो जोत्‍नेले समाएर हलोलाई चलाउनलाई यसको अनौ (समात्‍ने ठाउँ) हुन्छ ।
  • बाइबलको समयमा, हलोलाई समन्यातयाः गोरुको जोडीले वा अरू कुनै जनावरले तान्‍न लगाउँथे ।
  • काँसा वा फलामले बनेका चुच्‍चो भाग बाहेक धेरै जसो हलोहरू कडा काठले हुन्थे ।

(हेर्नुहोस्ः गोरु, गोरुहरू) बाइबलका खण्डहरूः

  • व्यवस्था २१:३-४
  • लूका ०९:६१-६२

हाकिम, हाकिमहरू

परिभाषा:

हाकिम भनेको न्यायाधीशको रूपमा काम गर्न नियुक्त्त गरिएको अधिकृत हो जसले कानुनका विषयमा निर्णय गर्छ ।

  • बाइबलको समयमा, हाकिमले मानिसहरूका बिचका मुद्दाहरू पनि मिलाउने काम गर्थे ।
  • यो शब्दलाई “न्यायाधीश” वा “कानुनी अधिकृत” वा “हाकिम” वा “शासक” का रूपमा अनुवाद गर्न सकिन्छ ।

हात, दाहिने हात, सुम्पनु

परिभाषा:

बाइबलमा “हात” लाई कति पटक आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • “हात” शब्दलाई अक्सर परमेश्‍वरको शक्ति र कामको सन्दर्भमा प्रयोग गरिएको छ, जस्तैः परमप्रभुले यसो भन्‍नुहुँदा, “के यी सबै थोक मेरा हातले नै बनाएका होइनन् र ?” (हेर्नुहोस्ः अङ्गाङ्गी अलङ्कार)
  • “... कहाँ सुम्पनु” वा “... को हातमा सुम्पनु” जस्ता अभिव्‍यक्‍तिहरूले कसैलाई अरूको नियन्‍त्रण वा शक्तिमुनि हुन दिनु भन्‍ने जनाउँछन् ।
  • कसैलाई केही कुरो “सुम्पनु” भन्‍नुको अर्थ त्यो कुरो उसलाई “दिनु” भन्‍ने हुन्छ ।
  • अभिव्‍यक्‍ति “हात राख्‍नु” ले एउटा व्‍यक्‍तिलाई परमेश्‍वरको सेवामा समर्पित गर्न वा चङ्गाइको लागि प्रार्थना गर्नका लागि उसमाथि हात राख्‍नु भन्‍ने जनाउँछ ।
  • “हात” का अन्य आलङ्कारिक प्रयोगहरू निम्‍निलिखित छन्ः
  • “हात नहाल” को अर्थ हुन्छ‒ “चोट नपुर्‍याऊ ।”
  • “... को हातबाट बचाउनु” को अर्थ हुन्छ‒ कुनै व्‍यक्‍तिलाई चोट पुर्‍याउनबाट कसैलाई रोक्‍नु ।
  • “हातको नजिकै हुनु” को अर्थ हुन्छ‒ “नजिकै हुनु ।”
  • कसैको “दाहिने हात हुनु” को अर्थ हुन्छ‒ “दाहिनेपट्टि बस्‍नु ।”
  • पदावली कसै “को हातद्वारा” को अर्थ हुन्छ‒ त्यस व्‍यक्‍तिको काम “द्वारा” वा “मार्फत ।” उदाहरणको लागि, “प्रभुको हातद्वारा” को अर्थ हुन्छ, कि केही कुरो हुन लगाउनुहुने प्रभु नै हुनुहुन्छ ।
  • पावलले “मेरो हातले लेखेको” भनी बताउँदा यसको अर्थ हुन्छ, कि त्यस पत्रको त्यो भागचाहिँ शारीरिक रूपमा तिनी आफैले लेखे, तिनले भनेर कसैले लेखेको होइन ।

अनुवादका लागि सुझावहरू

  • यी टुक्‍का र अलङ्कारहरूलाई उही अर्थ बोक्‍ने अन्य आलङ्कारिक अभिव्‍यक्‍तिहरूको प्रयोग गरेर पनि अनुवाद गर्न सकिन्छ । वा प्रत्यक्ष, शाब्दिक भाषाको प्रयोग गरी अर्थको अनुवाद गर्न सकिन्छ (माथि हेर्नुहोस्) ।
  • “हात” ले व्‍यक्‍तिलाई जनाउँदा, (जस्तैः “परमेश्‍वरको हातले यसो गर्‍यो” ) यसलाई “परमेश्‍वरले यसो गर्नुभयो” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पियो” वा “तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा जिम्मा लगाइयो” जस्ता वाक्यांशहरूलाई “तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गर्ने अनुमति दिइयो” वा “तिनीहरूलाई तिनीहरूका शत्रुहरूद्वारा कब्जा गरिन लगाइयो” वा “तिनीहरूमाथि नियन्‍त्रण जमाउन तिनीहरूका शत्रुहरूलाई शक्तिशाली बनाइयो” भनी अनुवाद गर्न सकिन्छ ।
  • “... को हातबाट मर्नु” लाई “...बाट मारिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “... को दाहिने हातपट्टि” लाई “... को दायाँपट्टि” भनी अनुवाद गर्न सकिन्छ ।
  • येशू “परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो” भन्‍ने वाक्यांशको सम्बन्धमा, यदि यसले अनुवाद गरिएको भाषामा उच्‍च सम्मान वा समान अधिकारको ओहोदालाई जनाउँदैन भने त्यो अर्थ प्रदान गर्ने फरक अभिव्‍यक्‍तिको प्रयोग गर्न सकिन्छ । वा छोटो व्याख्या थप्‍न सकिन्छः “परमेश्‍वरको दाहिनेपट्टि अर्थात् उच्‍चतम अधिकारको ओहोदामा ।”

(हेर्नुहोस्ः वैरी, शत्रु, निर्वासित, निर्वासन, सम्मान, सम्मान गर्नु, शक्ति, शक्तिहरू)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:२२-२५
  • प्रेरित ०७:४७-५०
  • प्रेरित ०८:१४-१७
  • प्रेरित ०८:१८-१९
  • प्रेरित ११:१९-२१
  • उत्पत्ति ०९:५-७
  • उत्पत्ति १४:१९-२०
  • मत्ती ०६:३-४
  • मत्ती १७:११-१३
  • मर्कूस ०७:३१-३२

हिउँ

परिभाषा:

“हिउँ” शब्दले अग्‍ला पहाडहरू वा संसारका सुदूर उत्तर वा सदूर दक्षिणी ध्रूवतिरका क्षेत्रहरूमा परेको वृष्‍टिपात जमेको डल्लाहरूलाई जनाउछ ।

  • हिउँद याममा यरूशलेममा प्रायः हिउँ पर्छ, तर सामान्यतयाः जमेर रहँदैन ।
  • हिउँलाई प्रायः सेतो रङको उदाहरणको रूपमा प्रयोग गरिन्छ ।
  • हिउँको सेतोपन शुद्धताको संकेत हो । धर्मशास्‍त्रले बताउँछ, “हाम्रा पापहरू हिउँजस्तै सेतो हुनेछन्” जसको आशय परमेश्‍वरले उहाँका मानिसहरूका पापहरूबाट पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ भन्‍ने हो ।
  • प्रकाशको पुस्तकमा महिमित ख्रीष्‍टको वर्णन गर्दा उहाँको “कपाल सेतो” थियो भनिएको छ ।
  • कुनै भाषामा हिउँलाई “जमेको पानी” वा “बरफको डल्लो” वा “जमेको डल्लो” रूपमा पनि जनाउन सकिन्छ ।

(हेर्नुहोस्ः अज्ञातहरू कसरी अनुवाद गर्ने) (अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नु) (हेर्नुहोस्ः शुद्ध, शुद्ध पार्नु, शुद्धिकरण) बाइबलका खण्डहरूः

  • मत्ती २८:३-४

हिंडडुल गर्नु

परिभाषा:

“हिंडडुल गर्नु” भन्‍ने शब्द प्रायः लाक्षणिक अर्थमा प्रयोग गरिन्छ जसको अर्थ “जिउनु” हो ।

  • “हनोक परमेश्‍वरसँग हिँडे” को अर्थ हनोक परमेश्‍वरसित घनिष्‍ठ सम्बन्धमा जिउँथे भन्‍ने हो ।
  • “आत्माद्वारा हिँड्नु” हिँड्नुको अर्थ हामीले गर्ने कुराले परमेश्‍वरलाई प्रसन्‍न र आदर गर्न पवित्र आत्माद्वारा निर्देशित हुनु हो ।
  • परमेश्‍वरका आज्ञाहरू वा परमेश्‍वरको तरिकामा “हिँड्नु” को मतलब, “उहाँका आदेशहरूका आज्ञा पालनमा जिउनु,” हो जसको अर्थ “उहाँका आदेशहरूका आज्ञा पालन गर्नु” वा “उहाँको इच्छा अनुसार गर्नु” हो ।
  • जब परमेश्‍वरले उहाँ आफ्ना मानिसहरूका “बीचमा हिँड्‍डुल” गर्नुहुनेछ भनेर भन्‍नुहुन्छ, यसको अर्थ उहाँ तिनीहरूका बीचमा वास गर्नुहुन्छ भन्‍ने हो ।
  • “विपरीत दिशातिर हिँड्नु” को अर्थ यस्तो तरिकामा जिउनु वा व्यवहार गर्नु हो जुन केहीकुरा वा कसैको विरुद्धमा छ ।
  • “पछि हिँड्नु” को अर्थ केहीकुरा वा कोहीको खोजी गर्नु वा पछि लाग्‍नु हो । कोही अरू जस्तै व्यवहार गर्नु पनि यसको अर्थ हुन्छ ।

अनुवादका लागि केही सुझावहरू

  • सही अर्थ बुझिएसम्म, “हिँड्नु” को शाब्दिक अनुवाद गर्न सबै भन्दा राम्रो हुन्छ ।
  • “हिँड्‍डुल गर्नु” लाई लाक्षणिक तरिकामा “जिउनु” वा “कार्य गर्नु” वा “व्यवहार गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “आत्माद्वारा हिँड्नु” वाक्यांशको यसरी अनुवाद गर्न सकिन्छ, “पवित्र आत्मा खुसी हुने तरिकाले व्यवहार गर”,वा “पवित्र आत्माले हामीलाई अगुवाई गर्नुभए अनुसार परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने कुराहरू गर ।”
  • “परमेश्‍वरको आज्ञामा हिँड्नु” लाई यसरी अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरका आज्ञाहरूलाई पालन गर” वा “परमेश्‍वरका आज्ञाहरू अनुसार जिउ ।”
  • “परमेश्‍वरसँगको हिँडाई” वाक्यांशलाई यसरी अनुवाद गर्न सकिन्छ, “उहाँको आज्ञापालन गर्दै र आदर गर्दै परमेश्‍वरसित नजिक सम्बन्धमा जिउ ।”

हितोपदेश

परिभाषा:

हितोपदेश केहि ज्ञान र सत्यता व्यक्‍त गर्ने एउटा छोटो कथन हो ।

  • हितोपदेशहरू शक्तिशाली हुन्छन्, किनकि तिनीहरू सम्झन र दोहोर्‍याउन सजिला हुन्छन् ।
  • प्राय हितोपदेशमा दैनिक जीवनबाट लिइएका उदाहरणहरू हुन्छन् ।
  • केही हितोपदेशहरू धेरै स्पष्‍ट र सरल हुन्छन्, जब कि अरुहरू बुझ्‍न धेरै कठिन हुन्छन् ।
  • राजा सोलोमन उनको ज्ञानका लागि प्रख्यात थिए र उनले १००० भन्दा बढी हितोपदेशहरू लेखे ।
  • येशूले मानिसहरूलाई सिकाउनुहुँदा प्रायः हितोपदेश वा दृष्‍टान्तहरू प्रयोग गर्नुहुन्थ्यो ।
  • “हितोपदेश” लाई “बुद्धिमतापूर्ण भनाइ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः बुद्धिमान, बुद्धि, सत्य, सत्यता) बाइबलका खण्डहरूः

  • २ पत्रुस ०२:२०-२२
  • लूका ०४:२३-२४

होच्याउनु, होच्याइ

परिभाषा:

“होच्याउनु” शब्दको अर्थ हुन्छः कसैलाई लाजमा पार्नु वा अपमान गर्नु । साधारणतया यो सार्वजनिक रूपमा गरिन्छ । कसैलाई होच्याउने कार्यलाई “होच्याइ” भनिन्छ ।

  • परमेश्‍वरले कसैलाई विनम्र तुल्याउनुहुँदा यसको अर्थ हुन्छ, कि घमन्डी व्‍यक्‍तिलाई उसको घमन्डमाथि विजय हासिल गर्न उहाँले त्यसलाई असफलताको अनुभव गर्न लगाउनुहुन्छ । यो कसैलाई होच्याउने कार्यभन्दा फरक कुरो हो, जुन अक्सर त्यस व्‍यक्‍तिलाई चोट पुर्‍याउने उद्देश्यले गरिन्छ ।
  • “होच्याउनु” लाई “लाजमा पार्नु” वा “लाजको महसुस गर्न लगाउनु” वा “लज्जित तुल्याउनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “होच्याइ” लाई “लाज” वा “अपमान” वा “सरम” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अपमान, अपमानजनक, विनम्र, विनम्रता, लाज, लज्जास्पद, लज्जित)

बाइबलका सन्दर्भहरूः


होमबलि, आगोद्वारा चढाइने बलि

परिभाषा:

“होमबलि” परमेश्‍वरलाई चढाइने एक किसिमको बलि थियो, जसलाई वेदीमा आगोले जलाइन्थ्यो । मानिसहरूका पापको प्रायश्‍चित्तको लागि यो बलिदान चढाइन्थ्यो । यसलाई “आगोद्वारा चढाइने बलि” पनि भनिन्थ्यो ।

  • यस बलिदानको लागि प्रयोग गरिएका जनावरहरू साधारणतया भेडाहरू वा बाख्राहरू हुन्थे, तर गोरुहरू वा चराचुरुङ्गी पनि प्रयोग गरिन्थे ।
  • यस बलिदानमा छालाबाहेक सम्पूर्ण जनावरलाई जलाइन्थ्यो । छालाचाहिँ पूजाहारीलाई दिइन्थ्यो ।
  • परमेश्‍वरले यहूदीहरूलाई दैनिक दुई पटक होमबलि चढाउन आज्ञा दिनुभयो ।