1
खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिएपछि, तिनी बिदा भएर माकेडोनिया जानका लागि हिंडे ।
2
तिनी ती क्षेत्रहरू भएर गई तिनीहरूलाई धेरै उत्साहका वचनहरू दिएपछि, तिनी ग्रीसमा आए ।
3
तिनले त्यहाँ तीन महिना बिताइसकेपछि, तिनले जहाज चढेर सिरिया जान लाग्दा, यहूदीहरूले तिनको विरुद्धमा एउटा षडयन्त्र रचे, त्यसैले तिनी माकेडोनिया भएर फर्कने निर्णय गरे ।
4
तिनलाई एसियासम्म बेरियाको पुरोसका छोरा सोपात्रोस; थेसलोनिकेका विश्वासीहरूबाट दुई जना, अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए ।
5
तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।
6
अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर गयौं र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौं । त्यहाँ हामी सात दिनसम्म बस्यौं ।
7
हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्नलाई एकसाथ भेला भएका थियौं, तब पावल विश्वासीहरूसँग बोले । तिनले त्यहाँबाट अर्को दिन हिंड्ने योजना गरिरहेकाले तिनी मध्यरातसम्मै बोलिरहे ।
8
हामीहरू एकसाथ भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।
9
युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रामा पर्यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट खस्यो र मृत अवस्थामा उठाइयो ।
10
तर पावल तल गएर त्यसमाथि लम्पसार परे र त्यसलाई अँगालो हाले । त्यसपछि तिनले भने “अब चिन्तित नहुनुहोस् किनकि त्यो जीवितै छ ।”
11
त्यसपछि तिनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म तिनीहरूसँग कुराकानी गरेपछि, तिनी त्यहाँबाट हिंडे ।
12
तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए ।
13
हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौं, जहाँबाट पावललाई जहाजमा ल्याउने हामीले योजना गर्यौं । तिनी आफैंले यस्तो चाहना गरे किनभने तिनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।
14
तिनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले तिनलाई जहाजमा चढायौं अनि मिटिलेनेमा गयौं ।
15
त्यसपछि हामी त्यहाँबाट जाहजमा यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्ने आइपुग्यौं । भोलिपल्ट सामोस टापुमा पुग्यौं अनि अर्को दिन हामी मिलेटस सहरमा आयौं ।
16
किनकि सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्नलाई हतार गरिरहेका थिए, त्यसैले तिनले एसियामा कुनै समय नबिताउन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
17
मिलेटसबाट तिनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका धर्म-गुरुहरूलाई आफूकहाँ बोलाए ।
18
तिनीहरू तिनीकहाँ आएपछि, तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैं जान्नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।
19
यहूदीहरूका षड्यन्त्रहरूको कारण ममा आईपरेका कष्टहरूमा, र आँशुसहित मनको सारा नम्रतामा, मैले प्रभुको सेवा गरिरहें ।
20
कुनै पनि भलाइको कुरा तपाईंहरूको बीचमा घोषणा गर्नदेखि मैले आफैंलाई रोकिनँ, अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले तपाईंहरूलाई शिक्षा दिएँ,
21
र यहूदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेको तपाईंहरूलाई थाहै छ ।
22
अब हेर्नुहोस्, म आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन ।
23
केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहन छन् ।
24
तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, परमेश्वरको अनुग्रहको सुसमाचारको दिनको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पूरा गर्न सकूँ ।
25
अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरिरहें, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्नुहुनेछैन ।
26
त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै पनि मानिसको रगतदेखि निर्दोष छु ।
27
किनकि मैले तपाईंहरूलाई परमेश्वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैंलाई रोकिनँ ।
28
त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई रेखदेख गर्ने तुल्याउनुभयो । परमेश्वरको मण्डलीको हेरचाह गर्न होसियार हुनुहोस् जसलाई उहाँले आफ्नै रगतले किन्नुभयो ।
129
मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बीचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्ने छैनन् ।
30
मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्नका लागि सत्यलाई भ्रष्ट पार्नेछन् ।
31
त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेकलाई निर्देशन दिन म रोकिनँ ।
32
अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र पवित्र भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।
33
मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ ।
34
तपाईंहरू आफैं जान्नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पूरा गरें ।
35
सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्ने उदाहरण दिएँ, उहाँ आफैंले यी वचनहरू भन्नुभयो, ʻलिनुभन्दा दिनु अझ आशिष्को कुरो हो ।ʼ”
36
तिनले यसरी बोलिसकेपछि तिनले घुँडा टेके र तिनीहरू सबै जनासँग प्रार्थना गरे ।
37
त्यहाँ धेरै रुवाबासी भयो र तिनीहरूले पावललाई अँगालो हाले र चुम्बन गरे ।
38
तिनीहरूले तिनको मुहार फेरि कहिल्यै पनि देख्ने छैनन् भनी तिनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले तिनलाई जहाजसम्म पुर्याए ।
1केही प्राचीन प्रतिलिपिहरूमा
उहाँले आफ्नै रगतले
को सट्टा
उहाँको आफ्नै छोराको रगतले
छ