1
अब एन्टिओखियाको मण्डलीमा त्यहाँ केही अगमवक्ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्थ्यो), कुरेनीका लुसियस, मनेन (प्रान्तीय शासक हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
2
तिनीहरू प्रभुलाई आराधना गरिरहेका र उपवास बसिरहेका बेला, पवित्र आत्माले भन्नुभयो, “बारनाबास र शाऊललाई मेरो निम्ति अलग गर, जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
3
तिनीहरूले उपवास बसे, प्रार्थना गरे, र यी मानिसहरूमाथि आफ्ना हातहरू राखेपछि उनीहरूलाई पठाइदिए ।
4
त्यसैले पवित्र आत्माको आज्ञा बारनाबास र शाऊलले माने र तल सिलुसियामा गए; त्यहाँबाट तिनीहरू जहाज चढी साइप्रसको टापुतिर गए ।
5
तिनीहरू सलामिस सहरमा हुँदा, तिनीहरूले यहूदीहरूको सभाघरमा परमेश्वरको वचन घोषणा गरे । तिनीहरूको सहायको रूपमा यूहन्ना मर्कूस पनि तिनीहरूसँगै थिए ।
6
जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।
7
त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित यो जादुगर, एक विद्वान मानिस थिए । यस मानिस बारनाबास र शाऊललाई बोलाए, किनभने त्यसले परमेश्वरको वचन सुन्न चाहन्थे ।
8
तर एलुमास, ‘‘जादुगर’’ (यसरी नै त्यसको नाउँ अनुवाद गरिन्छ) ले तिनीहरूको विरोध गर्यो; त्यसले प्रान्तीय शासकलाई विश्वासबाट फर्काउन प्रयास गर्यो ।
9
तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, त्यसलाई एकटक लाएर हेरे
10
र भने, "तँ शैतानको छोरो, तँ सबै प्रकारको छल र दुष्टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैंले प्रभुको सोझो बाटोलाई बङ्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र?
11
अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अन्धो हुनेछस् । केही समयका लागि तैंले घाम देख्नेछैनस् ।’’ तुरुन्तै त्यहाँ तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो; हात समातेर डोर्याइदिन भनी मानिसहरूलाई आग्रह गर्न त्यो यताउति जान थाल्यो ।
12
प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि तिनले विश्वास गरे, किनभने तिनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
13
अब पावल र तिनका साथीहरू पाफोसबाट जहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्नाले तिनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।
14
पावल र तिनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ तिनीहरू विश्रामको दिनमा सभाघरमा गए र बसे ।
15
व्यवस्था र अगमवक्ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले तिनीहरूलाई यसो भन्दै सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्नुहोस् ।”
16
त्यसैले पावल उठे र आफ्नो हातले इसारा गरे; तिनले भने, “इस्राएलका मानिसहरू र तपाईंहरू जसले परमेश्वरलाई आदर गर्नुहुन्छ, सुन्नुहोस् ।
17
इस्राएलका यी मानिसहरूका परमेश्वरले हाम्रा पितापुर्खाहरूलाई चुन्नुभयो र मिश्रदेशमा रहँदा मानिसहरूको संख्या बढाउनुभयो, र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
18
उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा सहनुभयो।
119
कनान देशमा भएका सातवटा जातिहरूलाई उहाँले नाश गर्नुभएपछि, तिनीहरूको भूमि हाम्रा मानिसहरूलाई उत्तराधिकारका लागि दिनुभयो ।
20
४५० वर्षको अवधिमा यी सबै घटनाहरू घटे । यी सबै कुरापछि परमेश्वरले शमूएल अगमवक्ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
21
त्यसपछि मानिसहरूले एउटा राजाको माग गरे, र परमेश्वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति राजा हुनलाई दिनुभयो ।
22
परमेश्वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्वरले यी नै दाऊदको बारेमा भन्नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएको छु जसले मैले तिनले गरून् भनी चाहेका सबै काम गर्छन् ।’
23
यिनै मानिसका सन्तानहरूबाट परमेश्वरले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार उहाँले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
24
येशू आउनुभन्दा अगाडि, यूहन्नाले इस्राएलका सबै मानिसहरूलाई पश्चात्तापको बप्तिस्माको बारेमा घोषणा गरे ।
25
जसै यूहन्नाले आफ्नो काम पूरा गर्दै थिए, तिनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्छौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ता फुकाल्न म योग्यको छैनँ ।’
26
"भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्वरको भय मान्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।
27
किनकि यरूशलेममा बस्नेहरू, र तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्, र तिनीहरूले यसरी उहाँलाई दण्डको आज्ञा दिएर अगमवक्ताको वचनहरू पूरा गरे जुन हरेक विश्रामको दिनमा पढिन्छ ।
28
उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न बिन्ती गरे ।
29
जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई काठबाट ओराले र चिहानमा राखे ।
30
तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।
31
गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नुभयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।
32
त्यसैले हाम्रा पितापुर्खाहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको सुसमाचार हामी तपाईंहरूलाई भन्दैछौ
33
जुन उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभएर, हामी, तिनीहरूका सन्तानहरूका निम्ति पूरा गरिदिनुभयो । जसरी दोस्रो भजनमा लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’
34
उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्ने तथ्यबारे परमेश्वर यसरी बोल्नुभएको छः ‘म तिमीहरूलाई दाऊदलाई दिएको पवित्र र निश्चित आशिष्हरू दिनेछु ।’
35
यसैकारणले गर्दा उहाँले अर्को भजनमा पनि यसरी भन्नुहुन्छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिएको देख्न दिनुहुनेछैन ।’
36
किनकि दाऊदले तिनको पुस्तामा परमेश्वरको इच्छाअनुसार सेवा गरेपछि, तिनको मृत्य भयो; तिनलाई तिनका पितापुर्खाहरूसँगै राखियो र तिनको शरीर कुहियो ।
37
तर जसलाई परमेश्वरले जीवित पार्नुभयो उहाँको शरीर कुहिएन ।
38
त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।
39
विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जुन कुरामा मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
40
त्यसैले होसियार हुनुहोस्, अगमवक्ताहरूले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:
41
‘घृणा गर्नेहरू हो, हेर, र छक्क पर र त्यसपछि नष्ट भइजाओ; किनकि तिमीहरूको समयमा मैले काम गरिरहेको छु, जुन कामबारे यदि कसैले तिमीहरूलाईं घोषणा गरे पनि तिमीहरूले त्यसमा कहिल्यै विश्वास गर्ने छैनौ ।’”
42
जसै पावल र बारनाबास त्यहाँबाट गए, मानिसहरूले फेरि अर्को विश्रामको दिनमा यी नै वचनहरू बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे ।
43
जब सभाघरको सभा अन्त्य भयो, तब यहूदीहरू र यहूदी मत मान्ने भक्तहरूमध्ये धेरै जना पावल र बारनाबासको पछि लागे जसले तिनीहरूसँग बोले र परमेश्वरको अनुग्रहमा निरन्तर रहिरहन तिनीहरूलाई आग्रह गरे ।
44
अर्को विश्रामको दिनमा, लगभग पूरै सहर नै प्रभुको वचन सुन्नलाई सँगसँगै भेला भएको थियो ।
45
जब यहूदीहरूले भीडलाई देखे, तिनीहरू डाहले भरिए र पावलले भनेका कुराहरूको बिरुद्धमा बोले र तिनको अपमान गरे।
46
तर पावल र बारनाबासले साहससित बोले र भने, “परमेश्वरको वचन पहिले तपाईंहरूकहाँ बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट यसलाई धकेलिएको देखेर र आफूले आफैंलाई अनन्त जीवनको अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौं ।
47
किनकि प्रभुले यसो भन्दै हामीलाई आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेको छु, ताकि पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनुपर्छ ।”
48
जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र प्रभुको वचनको प्रशंसा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्वास गरे ।
49
प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि नै फैलियो ।
50
तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्त्रीहरू र सहरका मुख्य मानिसहरूलाई उक्साए । तिनीहरूले पावल र बारनाबासको विरुद्धमा सतावट ल्याउन उक्साए र उनीहरूलाई तिनीहरूको सिमाना बाहिर कटाइदिए ।
51
तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए ।
52
अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।
1केही प्राचीन प्रतिलिपिहरूमा
उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाडस्थानमा हेरचाह गर्नुभयो
छ ।