Names

अकिलास

परिभाषा:

अकिलास पोन्टस प्रान्तका एक यहूदी ख्रीष्‍टियान थिए । यो प्रान्त काला समुद्रको उत्तरी तटनेर पथ्र्यो ।

  • अकिलास र प्रिस्किला केही समय इटालीको रोममा बसे । त्यसपछि रोमी सम्राट् क्लौडियसले सबै यहूदीहरूलाई रोम छाड्न बाध्य पारे ।
  • अकिलास र प्रिस्किला यात्रा गरी कोरिन्थमा आइपुगेपछि, त्यहाँ तिनीहरूले प्रेरित पावललाई भेटे ।
  • तिनीहरूले पावलसँगै पाल बनाउने काम गर्नुका साथै तिनको मिसनरी काममा पनि मदत गरे ।
  • अकिलास र प्रिस्किला दुवैले विश्‍वासीहरूलाई येशूको बारेमा भएको सत्यता सिकाए । ती विश्‍वासीहरूमध्ये अपोल्लोस वरदान प्राप्‍त शिक्षक थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अपोलोस, कोरिन्‍थी, रोम)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्‍थी १६ः१९-२०
  • २ तिमोथी ४ः१९-२२
  • प्रेरित १८ः२
  • प्रेरित १८ः२४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G02070

अजर्याह

परिभाषा:

अजर्याह पुरानो करारमा केही मानिसहरूको नाउँ थियो ।

  • एक जना अजर्याह निकै परिचित छन्, जसको बेबिलोनी नाउँ अबेद्नगो हो । नबूकदनेसरका सेनाद्वारा बेबिलोनी निर्वासनमा लगिने यहूदाका मनग्गे इस्राएलीहरूमध्ये तिनी एक थिए । अजर्याह र तिनका सङ्गी इस्राएलीहरू (हनन्याह र मीशाएल) ले बेबिलोनका राजाको पूजा गर्न इन्कार गरे । त्यसैले, राजाले दण्डस्वरूप तिनीहरूलाई बलिरहेको आगोको भट्टीमा फ्याँक्‍न लगाए । तर परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुभयो, र तिनीहरूलाई पटक्‍कै चोट लागेन ।
  • यहूदाका राजा उज्जिाह पनि “अजर्याह” भनी चिनिन्थे ।
  • अर्का अजर्याह पुरानो करारका प्रधान पूजाहारी थिए ।
  • यर्मिया अगमवक्ताको समयमा अजर्याह नाउँ गरेका मानिसले आ-आफ्ना मातृभूमि छाडी परमेश्‍वरप्रति अनाज्ञाकारी बन्‍न इस्राएलीहरूलाई गलत किसिमले अनुरोध गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, दानिएल, हनन्‍याह, मीखाएल, यर्मिया, उज्‍जियाह)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २ः३८

  • १ राजा ४ः२

  • २ इतिहास १५ः१

  • दानिएल १ः६०७

  • यर्मिया ४३ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5838

अतल्याह

परिभाषा:

अतल्याह यहूदाका राजा यहोरामकी दुष्‍ट पत्‍नी थिइन् । उनी इस्राएलका दुष्‍ट राजा ओम्रीकी नातिनी थिइन् ।

  • यहोरामको मृत्युपश्‍चात् अतल्याहका छोरा अहज्याह राजा भए ।
  • अतल्याहका छोरा अहज्याह मर्दा उनले राजाका बाँकी सबै परिवारलाई मार्ने षड्यन्‍त्र बुनिन् ।
  • तर अतल्याहका जवान नाति योआशलाई तिनकी काकीले लुकाएकीले तिनी मारिएनन् । पछि तिनी यहूदाका राजा बने ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अहज्‍याह, यहोराम, योआश, ओम्री)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास २२ः२
  • २ इतिहास २४ः६-७
  • २ राजा ११ः३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6271

अदन, अदनको बगैँचा

परिभाषा:

प्राचीन समयमा अदन नाम गरेको एउटा ठाउँमा एउटा बगैंचा थियो, जहाँ परमेश्‍वरले प्रथम स्‍त्री र पुरुषलाई राख्‍नुभएको थियो ।

  • उक्त बगैँचा अदनको एउटा भाग मात्र थियो ।
  • अदन कुन ठाउँमा पर्छ भनेर यकिन गर्न सकिएको छैनl
  • उक्त बगैंचालाई “याहोवेको बगैँचा” पनि भनिन्छ ।
  • “अदन” हिब्रू भाषाबाट आएको शब्द हो, जसको अर्थ हुन्‍छ “अत्यन्तै आनन्दित हुनु” ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आदम, यूफ्रेटिस, हव्‍वा)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल २८ः११-१३

  • उत्‍पत्ति २ः७-८

  • उत्‍पत्ति २ः१०

  • उत्‍पत्ति २ः१५

  • उत्‍पत्ति ४ः१६-१७

  • योएल २ः३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5729, H5731

अदोनियाह

परिभाषा:

अदोनियाह राजा दाऊदका चौथो छोरा थिए ।

  • अदोनियाहका दाजुहरू अब्शालोम र अमनोनको मृत्युपछि तिनी इस्राएलको राजा हुन खोजे ।
  • तर परमेश्‍वरले दाऊदका छोरा सोलोमनलाई सिंहासन दिने प्रतिज्ञा गर्नुभएको थियो । त्यसैले, अदोनियाहको षड्यन्‍त्र विफल पारी सोलोमनलाई सिंहासन दिइयो ।
  • अदोनियाहले दोस्रो पटक आफैलाई राजा बनाउने प्रयत्‍न गर्दा, सोलोमनले तिनलाई मारे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः दाउद, शोलोमन)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0138

अन्द्रियास

तथ्यहरूः

येशूले आफ्ना सबैभन्दा नजिकका चेलाहरू (जसलाई पछि प्रेरितहरू भनियो) बन्‍न छान्‍नुभएका बाह्र मानिसमध्ये अन्द्रियास एक थिए ।

  • अन्द्रियासका भाइ सिमोन पत्रुस थिए । ती दुवै जना मछुवाहरू थिए ।
  • येशूले पत्रुस र यूहन्‍नालाई उहाँका चेलाहरू हुन बोलाउनुहुँदा तिनीहरू गालील समुद्रमा माछा मार्दै थिए ।
  • पत्रुस र अन्द्रियासले येशूलाई भेट्नुअघि तिनीहरू बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू थिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, चेला, बाह्र जना)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G04060

अपोल्लोस

परिभाषा:

अपोल्लोस ग्रिसमा पर्ने अलेक्जेन्ड्रिया सहरका यहूदी थिए, जससित मानिसहरूलाई येशूको बारेमा सिकाउने विशेष खुबी थियो ।

  • अपोल्लोस हिब्रू धर्मशास्‍त्रका ज्ञाता थिए, र वरदान प्राप्‍त वक्ता थिए ।
  • एफिससमा अकिलास र प्रिस्किला नाउँ गरेका दुई जना ख्रीष्‍टियानले तिनलाई निर्देशन दिए ।
  • पावलले जोड दिए, कि तिनी र अपोल्लोस, अनि अन्य सुसमाचार प्रचारकहरू र शिक्षकहरू मानिसहरूले येशूमाथि विश्‍वास गरून् भनेर तिनीहरूलाई मदत पुर्‍याउने उही लक्ष्यको लागि काम गर्दै थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अकिलास, एफिसस, प्रिस्‍का, परमेश्‍वरको वचन)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्‍थी १ः१३
  • १ कोरिन्‍थी १६ः१२
  • प्रेरित १८ः२५
  • तीतस ३ः१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G06250

अबनेर

परिभाषा:

पुरानो करारमा अबनेर राजा शाऊलका नातेदार थिए ।

  • अबनेर शाऊलका सेनाका प्रधान सेनापति थिए । दाऊदले बडेमानको जिउ भएको गोल्यतलाई मारेपछि अबनेरले जवान दाऊदलाई शाऊलसित परिचित गराएका थिए ।
  • राजा शाऊलको मृत्युपश्‍चात् अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई इस्राएलमा राजा नियुक्त गरे, भने यहूदामा दाऊद राजा नियुक्त गरिए ।
  • पछि दाऊदका प्रधान सेनापति योआबले अबनेरलाई धोका दिई तिनको हत्या गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास  २६ः२६-२८
  • १ राजा २ः५-६
  • १ राजा २ः३२
  • १ शामूएल १७ः५५-५६
  • २ शामूएल ३ः२२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0074

अबिया

तथ्यहरूः

अबिया यहूदाका एक जना राजाको नाउँ थियो, जसले ई.पू. ९१५-९१३ सम्म शासन गरे । तिनी रहबामका छोरा थिए । पुरानो करारमा अरू केही मानिसहरूका नाउँ पनि अबिया थियो ।

  • शमूएलका छोराहरू अबिया र योएल बेर्शेबामा इस्राएलका मानिसहरूमाथि अगुवाहरू थिए । अबिया र तिनका भाइ बेइमान र लोभी भएकाले तिनीहरूको साट्टामा राजा नियुक्त गर्न मानिसहरूले शमूएललाई अनुरोध गरे ।
  • अर्का अबिया राजा दाऊदको शासनकालमा मन्दिरमा सेवा गर्ने एक पुजारी थिए ।
  • अबिया राजा यरोबामका छोराहरूमध्ये एक जनाको नाउँ थियो ।
  • अबिया एक जना मुख्य पुजारीको नाउँ पनि थियो, जो बेबिलोनी निर्वासनबाट यरूबाबेलसँगै यरूशलेम फर्केका थिए ।

(अनुवादका निम्ति सुझावहरू: नाउँहरू अनुवाद गर्नु)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0029, G00070

अबियाथार

परिभाषा:

अबियाथार राजा दाऊदको समयमा इस्राएल जातिका लागि प्रधान पूजाहारी थिए ।

  • राजा शाऊलले पूजाहारीहरूको हत्या गर्दा, अबियाथार भागे, र उजाड-स्थानमा दाऊदकहाँ गए ।
  • दाऊदको शासनकालभर अबियाथार र सादोक नाउँका अर्का प्रधान पूजाहारीले विश्‍वाससाथ दाऊदको सेवा गरे ।
  • दाऊदको मृत्युपश्‍चात् अबियाथारले सोलोमनको साटो अदोनियाहलाई राजा बन्‍न कोसिस गर्न मदत पुर्‍याए ।
  • यही कारणले गर्दा, राजा सोलोमनले अबियाथारलाई पूजाहारी पदबाट हटाइदिए ।

(हेर्नुहोस्ः सादोक, शाऊल (पुरान करार), दाऊद सोलोम, अदोनियाह)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २७ः३२-३४
  • १ राजा १ः७
  • १ राजा २ः२२-२३
  • २ शामूएल १७ः१५
  • मर्कुस २ः२५-२६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0054, G00080

अबीमेलेक

परिभाषा:

अबीमेलेक एक पलिश्ती राजा थिए । अब्राहाम र इसहाक कनान देशमा बस्दा तिनले गरारमा शासन गरिरहेका थिए ।

  • सारा आफ्नी पत्‍नी नभई बहिनी हुन् भनेर अब्राहामले अबीमेलेकलाई छल गरे ।
  • बेर्शेबामा भएका इनारहरूको स्वामित्वको सम्बन्धमा अब्राहाम र अबीमेलेकले एउटा सहमति जनाए ।
  • वर्षौंपश्‍चात् रिबेका आफ्नी पत्‍नी नभई बहिन् हुन् भनेर इसहाकले पनि अबीमेलेक र गरारका मानिसहरूलाई छल गरे ।
  • आफूलाई झुट बोलेकामा राजा अबीमेलेकले अब्राहाम र पछि इसहाकलाई हप्काए ।
  • अबीमेलेक नाउँ भएका अर्का मानिस गिदोनका छोरा र योतामका भाइ थिए । तिनी राजा अबीमेलेकभन्दा फरक व्‍यक्‍ति हुन् भनी प्रस्ट पार्न केही अनुवादहरूले तिनको नाउँको लागि अलि फरक हिज्जेको प्रयोग गर्न सक्छन् ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेर्शेबा, गरार, गिदोन, योताम, पलिश्‍तीहरू)

बाइबलका सन्दर्भहरूः

  • २ शामूएल ११ः२१

  • उत्‍पत्ति ११ः२१

  • उत्‍पत्ति २०ः५

  • उत्‍पत्ति २१ः२२

  • उत्‍पत्ति २६ः११

  • न्‍यायकर्ताहरू ९ः५४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0040

अब्राहाम, अब्राम

तथ्यहरूः

अब्राम ऊर सहरका कल्दी मानिस थिए, जसलाई परमेश्‍वरले इस्राएलीहरूका पुर्खा बन्‍न चुन्‍नुभयो । परमेश्‍वरले तिनको नाउँ “अब्राहाम”मा परिवर्तन गर्नुभयो ।

  • “अब्राम” नाउँको अर्थ हुन्छ, “उच्‍च पारिएका पिता ।”
  • “अब्राहाम” को अर्थ हुन्छ, “धेरैका पिता ।”
  • अब्राहामका धेरै सन्तानहरू हुने थिए, जो एउटा ठुलो जाति हुने थिए भनी परमेश्‍वरले तिनीसित प्रतिज्ञा गर्नुभयो ।
  • अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे र उहाँको आज्ञा पालन गरे । परमेश्‍वरले अब्राहामलाई कल्दीयाबाट कनान देशमा जान अगुवाइ गर्नुभयो ।
  • अब्राहाम र तिनकी पत्‍नी सारा कनान देशमा बस्दा तिनीहरू निकै पाका भइसकेका थिए, जुन बेला तिनीहरूले छोरो इसहाकलाई जन्म दिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू अनुवाद गर्नु)

(यो पनि हेर्नुहोस्: कनान, कल्दीया, सारा, इसहाक)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ४ः६ जब अब्राम कनानमा आइपुगे, परमेश्‍वरले भन्‍नुभयो, "तेरो वरिपरि हेर् । तैँले देख्‍न सक्‍ने यो सबै भूमि मैले तँलाई र तेरा सन्‍तानहरूलाई तेरो पैतृक सम्‍पत्तिको रूपमा दिनेछु ।"
  • ५ः४ तब परमेश्‍वरले __अब्राम__को नाम __अब्राहाम__मा परिवर्तन गर्नुभयो, जसको अर्थ "धेरैका पिता" हुन्छ ।
  • ५ः५ लगभग एक बर्ष पछि, जब अब्राहाम १०० वर्षको पुगे र सारा ९० वर्षको पुगिन्, साराले __अब्राहाम__को निम्‍ति एउटा छोरो जन्‍माइन् ।
  • ५ः६ जब इसहाक जवान भए, परमेश्‍वरले __अब्राहाम__को विश्‍वासको जाचँ गर्नुभयो, "तेरो एक मात्र छोरो इसहाकलाई लिएर मलाई बलिदानको रूपमा अर्पण गर् ।"
  • ६ः१ जब अब्राहाम धेरै बुढो भइसकेका थिए र तिनको छोरा, इसहाक, जवान भइसकेका थिए, __अब्राहाम__ले आफ्‍नो एक जना नोकरलाई आफ्‍नो छोरा इसहाकको लागि पत्‍नी खोज्‍नका लागि आफ्‍नो नाता-कुटुम्‍बहरू बस्‍ने भूमिमा पठाए ।
  • ६ः४ लामो समयपछि, __अब्राहाम__को मृत्‍यु भयो र परमेश्‍वरले तिनीसँग करार बाँधेर गर्नुभएका सबै प्रतिज्ञाहरू इसहाकलाई प्राप्‍त भयो ।
  • २१ः२ तिनीद्वारा संसारका सबै मानिस समूहहरूले आशिष् पाउनेछन् भनी पमेश्‍वरले __अब्राहाम__लाई प्रतिज्ञा गर्नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0087, H0085, G00110

अब्शालोम

परिभाषा:

अब्शालोम राजा दाऊदका तेस्रा छोरा थिए । तिनी आफ्नो सुन्दर चेहरा र अग्‍निमय रिसको लागि परिचित थिए ।

  • अब्शालोमकी बहिनी तामारलाई तिनीहरूका सौतेनी भाइ अमनोनले बलत्कार गर्दा अब्शालोमले अमनोनलाई मार्ने योजना बनाए ।
  • अमनोनको हत्यापश्‍चात् अब्शालोम गशूरको क्षेत्रमा भागेर गए (तिनकी आमा माका त्यहीँकी थिइन्), जहाँ तिनी तिन वर्ष बसे । त्यसपछि राजा दाऊदले तिनलाई यरूशलेम फर्केर आउन आज्ञा गरे, तर दुई वर्षसम्म दाऊदले तिनलाई तिनको उपस्थितिमा आउने अनुमति दिएनन् ।
  • अब्शालोमले केही मानिसहरूलाई राजा दाऊदको विरुद्धमा उक्साई तिनको विरुद्धमा विद्रोह गरे ।
  • दाऊदका सेनाले अब्शालोमको विरुद्धमा लडाइँ गरी तिनलाई मारे । यस घटनाले दाऊदलाई निकै शोकित तुल्यायो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः गेशूर, अम्‍नोन)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास  ३ः१-३

  • १ राजा १ः६

  • २ शामूएल १५ः२

  • २ शामूएल १७ः१-४

  • २ शामूएल१८ः१८

  • भजनसंग्रह ३ः१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0053

अमनोन

परिभाषा:

अमनोन राजा दाऊदका जेठा छोरा थिए, जसकी आमा अहीनोम थिइन् ।

  • अमनोनले आफ्नी सौतेली बहिनी तामारलाई बलत्कार गरे, जो अब्शोलमकी बहिनी थिइन् ।
  • यही कारणले गर्दा, अब्शालोमले अमनोनको विरुद्धमा षड्यन्‍त्र रची तिनको हत्या गर्न लगाए ।

(हेर्नुहोस्ः दाऊद, अबशालोम)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः१-३
  • २ शामूएल १३ः२
  • २ शामूएल १३ः७-९

शब्‍दको आंकडाः

  • Strong’s: H0550

अमस्याह

परिभाषा:

आफ्ना पिता राजा योआश मारिएपछि अमस्याह यहूदा राज्यको राजा बने ।

  • राजा अमस्याहले यहूदामाथि २९ वर्ष अर्थात् ७९६-७६७ ख्रीष्‍टपूर्वसम्म शासन गरे ।
  • तिनी एक असल राजा थिए । तर तिनले मूर्तिहरूको पूजा गरिने उच्‍च स्थानहरूलाई भने भत्काएनन् ।
  • आफ्ना पिताको हत्याको लागि जिम्मेवार सबै मानिसहरूलाई अन्त्यमा अमस्याहले मारे ।
  • तिनले विद्रोही एदोमीहरूलाई पराजित गरे, र तिनीहरूलाई यहूदा राज्यको नियन्‍त्रणमुनि ल्याए ।
  • तिनले इस्राएलका राजा यहोआशलाई युद्धको लागि चुनौती दिए, तर तिनी हारे । यरूशलेमका पर्खालहरूको भाग नष्‍ट पारिए, अनि मन्दिरमा भएका चाँदी र सुनका भाँडाहरू चोरिए ।
  • वर्षौंपश्‍चात् राजा अमस्याह यहोवे परमेश्‍वरबाट तर्के, र यरूशलेममा भएका केही मानिसहरू मिलेर षड्यन्‍त्र गरी तिनको हत्या गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः योआश, एदोम)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः१०-१२

  • १ इतिहास ४ः३४

  • २ इतिहास २५ः९-१०

  • २ राजा १४ः१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0558

अमालेक, अमालेकी

परिभाषा:

अमालेकीहरू घुमन्ते जाति थिए, जो नेगेब उजाड-स्थानदेखि अरब देशसम्म कनानको दक्षिणी भागमा बस्थे । यो जाति एसावका नाति अमालेकका सन्तानहरूबाट बनेको थियो ।

  • इस्राएलीहरू पहिलो पटक कनानमा बस्‍न आएको समयदेखि नै अमालेकीहरू तिनीहरूका कटु शत्रुहरू थिए ।
  • सबै अमालेकीहरूलाई जनाउन कहिले काहीँ “अमालेक” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस्ः अङ्गाङ्गी अलङ्कार)
  • अमालेकीहरूको विरुद्धमा भएको एउटा युद्धमा मोशाले आफ्ना हात माथि उचाल्दा इस्राएलीहरू विजयी हुन्थे । थाकेर तिनले आफ्ना हात तल झार्दा तिनीहरू हार्न थाल्थे । त्यसैले, इस्राएली सेनाले अमालेकीहरूलाई पराजित नगरेसम्म हारून र हूरले मोशाका हात थामिराख्‍न मदत गरे ।
  • राजा शाऊल र राजा दाऊद दुवैले अमालेकीहरूको विरुद्धमा सैनिक अभियानलाई अगुवाइ गरे ।
  • एक पटक अमालेकीहरूमाथि विजय हासिल गरेपछि लुटका केही मालहरूलाई सुरक्षित राखेर र परमेश्‍वरले आज्ञालाई नमानी अमालेकी राजालाई नमारेर शाऊलले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अरेबिया, दाउद, एसाव, नेगेव, शाऊल (पुरानो करार))

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ४ः४३
  • २ शामूएल १ः८
  • प्रस्‍थान १७ः१०
  • गन्‍ती १४ः२३-२५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6002, H6003

अम्मोन, अम्मोनीहरू, अम्मोनी स्‍त्री

परिभाषा:

“अम्मोनका मानिसहरू” वा “अम्मोनीहरू” कनानमा बस्‍ने एउटा जाति थियो । तिनीहरू बेन-अमीका सन्तानहरू थिए । बेन-अमी लोत र तिनकी कान्छी छोरीबाट जन्मेका सन्तान थिए ।

  • “अम्मोनी स्‍त्री” ले खास गरी नारी अम्मोनीलाई जनाउँछ । यसलाई “अम्मोनी महिला” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • अम्मोनीहरू यर्दन नदीको पूर्वमा बसोबास गर्थे, र तिनीहरू इस्राएलीहरूका शत्रुहरू थिए ।
  • एक पटक अम्मोनीहरूले इस्राएललाई सराप दिन बालाम अगमवक्तालाई भाडामा लिए, तर परमेश्‍वरले त्यसो हुने अनुमति दिनुभएन ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः श्राप, यर्दन नदी, लोत)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १९ः१०३
  • इजकिएल २५ः२
  • उत्‍पत्ति १९ः३८
  • यहोशू १२ः१-२
  • न्‍यायकर्ता ११ः२७
  • सपन्‍याह २ः८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5983, H5984, H5985

अय्यूब

परिभाषा:

अय्यूब यस्ता मानिस थिए जसलाई बाइबलले परमेश्‍वरको सामु निर्दोष र धर्मी भनी बयान गर्छ । भयङ्कर दुःखकष्‍ट र शोकको घडी भएर जानुपर्दा पनि तिनी परमेश्‍वरमाथि विश्‍वासमा अडिग रहेका थिए भन्‍ने सम्बन्धमा तिनी निकै परिचित छन् ।

  • अय्यूब उज देशमा बस्‍थे, जुन कनान देशको पूर्वमा, सम्‍भवतः एदोमीहरूको इलाका नजिकै अवस्‍थित थियो।

  • यो मानिन्‍छ कि उनी एसाव र याकूबको समयमा बाँचिरहेका थिए किनभने अय्‍यूबका साथीहरू मध्‍ये एक "तेमानी" थिए, जुन एसावको नातिको नाममा राखिएको एउटा समूह थियो।

  • अय्‍यूबको पुरानो करारको पुस्‍तकले अय्‍यूब र अरूले तिनको पिडाप्रति कस्‍तो प्रतिक्रिया देखाए भनेर बताउँछ। यसले ब्रह्माण्‍डको सार्वभौम सृष्‍टिकर्ता र शासकको रूपमा परमेश्‍वरको दृष्‍टिकोण पनि दिन्‍छ।

  • सबै विपत्तहरू पछी, परमेश्‍वरले अन्‍ततः अय्‍यूबलाई निको पार्नुभयो र उनलाई धेरै सन्‍तान र धनसम्‍पत्ति दिनुभयो।

  • अय्‍यूबको पुस्‍तकले बताउँछ कि तिनको मृत्‍यु हुदाँ तिनी धेरै वृद्ध थिए।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, एसाव, जलप्रलय, याकूब, नोआ, मानिसको समूह)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल १४ः१२-१४

  • याकूब ०५:९-११

  • अय्यूब १ः१

  • अय्यूब ०३:५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0347, G24920

अरब, अरबी

परिभाषा:

करिब ३० लाख वर्ग किलोमिटर क्षेत्र ओगट्दै अरब संसारकै सबैभन्दा ठुलो प्रायद्वीप हो। यो इस्राएलको दक्षिण-पूर्वमा अवस्थित छ र लाल समुद्र, अरबी समुद्र र फारसको खाडी द्वारा सिमाना गरिएको छ ।

  • अरबमा बस्‍ने व्‍यक्‍ति वा अरबसित सम्बन्धित कुनै पनि कुरोलाई जनाउन “अरबी” शब्दको प्रयोग गरिन्छ ।
  • अरबमा बस्‍ने सबैभन्दा अगिल्ला मानिसहरू शेमका नातिहरू थिए । अरबमा बस्‍ने सुरु-सुरुका अन्य मानिसहरूमा अब्राहामका छोरा इश्माएल र तिनका सन्तान, साथै एसावका सन्तानहरू पर्थे ।
  • इस्राएलीहरू ४० वर्ष भौतारिएको उजाड-स्थानको क्षेत्र यही अरबमा पर्थ्यो ।
  • येशूमा विश्‍वास गरेपछि, प्रेरित पावलले अरबको उजाड-स्थानमा केही वर्ष बिताए ।
  • गलातियामा भएका ख्रीष्‍टियानहरूलाई लेखिएको आफ्नो पत्रमा, सीनै पर्वत अरबमा पर्थ्यो भनी पावलले उल्लेख गरे ।

(अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एसाव, गलातिया, इश्‍माएल, शेम, सीनै)

बाइबलिय सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong's: H6152, H6153, H6163, G06880, G06900

अराबा

परिभाषा:

पुरानो करारको शब्द “अराबा” ले अक्सर ज्यादै ठुलो उजाड-स्थान र मैदानको क्षेत्रलाई जनाउँछ । यसमा यर्दन नदीको वरिपरि भएको बेँसी पथ्र्यो, र यो क्षेत्र लाल समुद्रको उत्तरी शिखरको दक्षिणसम्म फैलिएको छ ।

  • इस्राएलीहरूले मिश्रबाट कनान देशसम्म यात्रा गर्दा तिनीहरू यही उजाड-स्थानको क्षेत्र भएर गए ।
  • “अराबाको समुद्र” लाई “अराबा उजाड-स्थानको क्षेत्रमा अवस्थित समुद्र” भनेर अनुवाद गर्न सकिन्छ । यस समुद्रलाई अक्सर “खारा समुद्र” वा “मृत सागर” भनी उल्लेख गरिएको छ ।
  • “अराबा” शब्द कुनै पनि उजाड-स्थानको क्षेत्रलाई जनाउने सामान्य सन्दर्भ पनि हुन सक्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

हेर्नुहोस्ः मरुभूमी, लाल समुद्र, कनान, मृत सागर, मिश्र)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल २३ः२४-२५
  • २ राजा २५ः४-५
  • २ शामूएल २ः२९
  • यर्मिया २ः४-६
  • अय्‍यूब २४ः५-७
  • जकरिया १४ः१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1026, H6160

अराम, अरामी, आरमेइक

परिभाषा:

“अराम” पुरानो करारमा दुई जना मानिसको नाउँ हो । यो कनानको उत्तर-पूर्वमा पर्ने क्षेत्रको नाउँ पनि थियो, जहाँ आधुनिक सिरिया अवस्थित छ ।

  • अराममा बस्‍ने मानिसहरू “अरामीहरू” भनेर चिनिए, र तिनीहरूले “आरमेइक” भाषा बोल्थे । येशू र उहाँका समयका अन्य यहूदीहरूले पनि आरमेइक भाषा नै बोल्थे ।
  • शेमका एक जना छोराको नाउँ अराम थियो । अराम नाउँ भएका अर्का मानिस रिबेकाका नातेदार थिए । यी दुईमध्ये कुनै एक जनाको नाउँबाट नै अराम क्षेत्रको नाउँ राखिएको हुन सक्छ ।
  • अरामलाई पछि ग्रिक नाउँ “सिरिया” बाट चिनियो ।
  • “पद्दन-अराम” शब्दको अर्थ हुन्छ, “अरामको मैदान ।” यो अरामको उत्तरी क्षेत्रमा पथ्र्यो ।
  • अब्राहामका केही नातेदारहरू हारान सहरमा बस्थे, जुन “पद्दन-अराम” मा पथ्र्यो ।
  • पुरानो करारमा कहिले काहीँ “अराम” र “पद्दन-अराम” शब्दहरू अझै सामान्य रूपमा प्रयोग गरिएका छन्, जसले उही क्षेत्रलाई जनाउँछन् ।
  • “अराम-नहराइम” शब्दको अर्थ हुन सक्छः “दुई नदीको अराम ।” यो क्षेत्र मेसोपोटामियाको उत्तर र “पद्दन-अराम” को पूर्वमा पथ्र्यो ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः मेसोपोटामिया, पद्दन अराम, रिबेका, शेम, सिरिया)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १ः१७-१९
  • २ शामूएल ८ः६
  • आमोस १ः५
  • इजकिएल २७ः१६
  • उत्‍पत्ति ३१ः१९-२१
  • होशे १२ः१२
  • भजनसंग्रह ६०ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0130, H0726, H0758, H0761, H0762, H0763, H1834, H7421

अर्तासास्त

परिभाषा:

अर्तासास्त ४६४-४२४ ख्रीष्‍टपूर्वसम्म फारस साम्राज्यमाथि शासन गर्ने एक राजा थिए ।

  • अर्तासास्तको शासनकालमा यहूदाका इस्राएलीहरू बेबिलोनमा निर्वासित थिए । त्यस बेला बेबिलोन फारसको नियन्‍त्रणमा थियो ।

  • अर्तासास्तले पूजाहारी एज्रा र अन्य यहूदी अगुवाहरूलाई बेबिलोन छाडेर यरूशलेममा फर्केर जाने अनुमति दिए, ताकि तिनीहरूले इस्राएलीहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउन सकून् ।

  • बेबिलोन फारसको शासनमुनि रहेकोले अर्तासास्तलाई कहिले काहीँ “बेबिलोनका राजा” भनिएको छ ।

  • बेबिलोन फारसको शासनको अधीनमा भएको कारणले गर्दा अर्तासास्‍तलाई कहिलेकाहिँ "बेबिलिनको राजा" भनिन्‍थ्‍यो।

  • अर्तासास्त र जर्सिस (अहासुरस) उही व्‍यक्‍ति होइन ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः अहासूरस, बेबिलोन, दाखमध टक्राउने, फारस)

बाइबलका सन्दर्भहरूः

  • एज्रा ४ः७-८
  • एज्रा ७ः१-५
  • नहेम्‍याह २ः१
  • नहेम्‍याह १३ः६-७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0783

अशेरा, अशेरा स्तम्भहरू, अश्तोरेत

परिभाषा:

अशेरा एक देवीको नाउँ थियो, जसलाई पुरानो करारको समयमा कनानी भनेर चिनिने जातिले पूजा गर्थे । “अश्तोरेत” “अशेरा” को अर्को नाउँ हुन सक्छ, वा यो अर्कै देवीको नाउँ पनि हुन सक्छ जुन “अशेरा” सित निकै समान थियो ।

  • पदावली “अशेराका स्तम्भहरू” ले खोपेर बनाइएका काठका मूर्तिहरू वा अशेरा देवीको प्रतिनिधित्व गर्न खोपिएका रुखहरूलाई जनाउँछ ।
  • अशेराका स्तम्भहरू अक्सर झुटो देवता बालको नजिकै खडा गरिन्थे, जसलाई अशेराको पति ठानिन्थ्यो । केही जातिहरूले बाललाई सूर्य देव र अशेरालाई चन्द्र देवीको रूपमा पुज्थे ।
  • खोपेर बनाइएका अशेराका सबै मूर्तिहरूलाई नष्‍ट गर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
  • गिदोन, राजा आसा र राजा योशियाहजस्ता केही इस्राएली अगुवाहरूले परमेश्‍वरको आज्ञा मानी यी मूर्तिहरूको विनाश गर्न मानिसहरूलाई अगुवाइ गरे ।
  • तर राजा सोलोमन, राजा मनश्शे र राजा आहाबजस्ता अन्य इस्राएली अगुवाहरूले अशेराका स्तम्भहरूलाई हटाएनन् । बरु, यी मूर्तिहरूको पूजा गर्न तिनीहरूले मानिसहरूलाई प्रभाव पारे ।

(हेर्नुहोस्ः झूटा देवता, बाल, गिदोन, छवि, सोलोमन)

बाइबलका सन्दर्भहरूः

  • २ राजा १८ः४
  • २ राजा २१ः३
  • यशैया २७ः९
  • न्‍यायकर्ताहरू ३ः७-८
  • मीका ५ः१४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0842, H6252, H6253

अश्कलोन

परिभाषा:

बाइबलको समयमा अश्कलोन एउटा मुख्य पलिश्ती सहर थियो, जुन भूमध्य सागरको तटमा अवस्थित थियो । यो इस्राएलमा आज पनि अस्तित्वमा छ ।

  • अश्कलोन पाँचवटा सर्वाधिक महत्त्वपूर्ण पलिश्ती सहरमध्ये एक थियो । अन्य चारवटामा अश्दोद, एक्रोन, गात र गाजा पर्छन् ।
  • यहूदा राज्यले अश्कलोनको पहाडी देशलाई आफ्नो कब्जामा लिए तापनि इस्राएलीहरूले अश्कलोनका मानिसहरूमाथि पूर्ण रूपमा विजय हासिल गरेनन् ।
  • चार सय वर्षसम्म अश्कलोनमा पलिश्तीहरूको नै बसोबास रहेको थियो ।

अनुवादका लागि सुझावहरूः(नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः अश्‍दोद कनान, पक्रोन, गाथ, गाजा, पलिश्‍ती, भूमध्‍य)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल ६ः१७-१८
  • आमोस १ः८
  • यर्मिया २५ः१९-२१
  • यहोशू १३ः-३
  • न्‍यायकर्ताहरू १ः१८-१९
  • जकरिया ९ः५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0831

अश्दोद

परिभाषा:

अश्दोद पलिश्तीहरूका पाँचवटा सर्वाधिक महत्त्वपूर्ण सहरमध्ये एक थियो । यो भूमध्यसागरको नजिकै दक्षिण-पश्‍चिम कनानमा अवस्थित थियो, अर्थात् गाजा र योप्पा सहरको बिचमा पथ्र्यो ।

  • पलिश्तीहरूको झुटो देवता दागोनको मन्दिर अश्दोदमा नै थियो ।
  • पलिश्तीहरूले करारको सन्दुकलाई चोरी त्यसलाई अश्दोदस्थित गैरयहूदी मन्दिरमा राख्दा परमेश्‍वरले अश्दोदका मानिसहरूलाई कडा दण्ड दिनुभयो ।
  • यस सहरलाई ग्रिक भाषामा अजोटुस भनिन्थ्यो । सुसमाचार प्रचारक फिलिपले प्रचार गरेका ठाउँहरूमध्ये यो एउटा थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एक्रोन, गाथ, गाजा, जोप्‍पा, फिलिप, पलिश्‍तीहरू

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल ५ः१-३
  • प्रेरित ८ः४०
  • आमोस १ः८
  • यहोसू १५ः४५-४७
  • जकरिया ९ः६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0795, G01080

अश्शूर, अश्शूरी, अश्शूरी साम्राज्य

परिभाषा:

इस्राएलीहरू कनान देशमा बस्दा अश्शूर एउटा शक्तिशाली राज्य थियो । अश्शूरी साम्राज्य अश्शूरी राजाद्वारा शासित राज्यहरूको एउटा समूह थियो ।

  • अश्शूर देश वर्तमान इराकको उत्तरी क्षेत्रमा पर्ने ठाउँमा अवस्थित थियो ।
  • इतिहासमा अश्शूरीहरू विभिन्‍न समयमा इस्राएलको विरुद्धमा लडे ।
  • ७२२ ख्रीष्‍टपूर्वमा अश्शूरीहरूले इस्राएल राज्यमाथि पूर्ण जित हासिल गरे, र कैयौँ इस्राएलीहरूलाई अश्शूरमा जान बाध्य पारे ।
  • बाँकी रहेका इस्राएलीहरूले अश्शूरीहरूद्वारा सामरियाबाट इस्राएलमा ल्याइएका विदेशीहरूसित अन्तरजातिय विवाह गरे । यी अन्तरजातिय विवाह गर्नेहरूबाट जन्मेका सन्तानहरू पछि सामारीहरू भनेर चिनिए ।

(हेर्नुहोस्ः सामरिया)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति १०ः११

  • उत्‍पत्ति २५ः१७-१८

  • यशैया ७ः१६-१७

  • यर्मिया ५०ः१७

  • मीका ७ः११-१३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २०ः२ यसकारण परमेश्‍वरले दुबै राज्‍यहरूलाई तिनीहरूका शत्रुहरूलाई तिनीहरूलाई नष्‍ट गर्न अनुमति दिनुभयो। इस्राएल राज्‍य एक शक्‍तिशाली, क्रुर राष्‍ट्र अश्‍शूर साम्राज्‍यद्वारा नष्‍ट भएको थियो। अश्‍शूरीहरूले इस्राएलको राज्‍यमा धेरै मानिसहरूलाई मारे, मूल्‍यवान सबै चिजहरू लगे र देशको धेरै भाग जलाइदिए।

  • २०ः३ अश्‍शूरीहरूले सबै अगुवाहरू, धनी मानिसहरू र सीप भएका मानिसहरूलाई भेला गरे र तिनीहरूलाई अश्‍शूरमा लगे।

  • २०ः४ तब अश्‍शूरीहरूले विदेशीहरूलाई इस्राएलको राज्‍य भएको भूमिमा बस्‍न ल्‍याए।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0804, H1121

अहज्याह

परिभाषा:

अहज्याह दुई जना राजाको नाउँ थियोः एक जनाले इस्राएल राज्यमाथि शासन गरे, भने अर्कोले यहूदा राज्यमाथि ।

  • यहूदाका राजा अहज्याह यहोरामका छोरा थिए । तिनले एक वर्ष (८४१ ख्रीष्‍टपूर्व) शासन गरे । त्यसपछि तिनी येहूद्वारा मारिए । अन्त्यमा, अहज्याहका जवान छोरा योआशले तिनको ठाउँ लिए अर्थात् तिनी राजा बने ।
  • इस्राएलका राजा अहज्याह राजा आहाबका छोरा थिए । तिनले दुई वर्ष (८५०-८४९ ख्रीष्‍टपूर्व) सम्म शासन गरे । आफ्नो दरबारमा लडेर चोट लागेकोले तिनको निधन भयो । त्यसपछि तिनका भाइ योराम राजा बने ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः येहू, आहाब, यरोबाम, योआश)

बाइबलका सन्दर्भहरूः

  • १ राजा २२ः३९-४०
  • २ इतिहास २२ः २
  • २ इतिहास २५ः२३-२४
  • २ राजा ११ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0274

अहासूरस

परिभाषा:

अहासूरस प्राचीन फारस राज्यमा बिस वर्षसम्म शासन गर्ने एक राजा थिए ।

  • तिनले निर्वासित यहूदीहरू बेबिलोनमा छँदा शासन गरेका थिए । तर त्यस बेला बेबिलोन फारसको अधीनमुनि आइसकेको थियो ।
  • यी राजाको अर्को नाउँ जर्सिस भएको हुन सक्छ ।
  • रिसको झोँकमा आफ्नी रानीलाई हटाएपछि राजा अहासूरसले आफ्नी नयाँ पत्‍नी र रानी बन्‍न एस्तर नाउँ गरेकी यहूदी स्‍त्रीलाई छाने ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, एस्‍तर, इथियोपिया, निर्वासन, फारसी)

बाइबलका सन्दर्भहरूः

  • दानिएल ९ः१
  • एस्‍तर १०ः१-२
  • एज्रा ४ः७-८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0325

अहियाह

परिभाषा:

पुरानो करारमा अहियाह नाउँ गरेका केही मानिसहरू छन् । तल तिनीहरूमध्ये केहीको बारेमा उल्लेख गरिएको छः

  • अहियाह शाऊलको समयमा भएका एक जना पूजाहारीको नाउँ थियो ।
  • राजा सोलोमनको शासनकालमा अहियाह नाउँ गरेका मानिस सचिव थिए ।
  • शीलोका एक जना अगमवक्ता पनि अहियाह थिए । इस्राएल राज्य दुई भागमा विभाजित हुने थियो भनी तिनले भविष्यवाणी गरे ।
  • इस्राएलका राजा बाशाका पिताको नाउँ पनि अहियाह नै थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बाशा, शिलो)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १५ः२७-२८

  • १ राजा २१ः२१-२२

  • १ शामूएल १४ः१९

  • २ इतिहास १०ः१५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0281

आइकोनियन

परिभाषा:

आइकोनियन वर्तमान टर्की देशको दक्षिणी भागको मध्यमा अवस्थित सहर थियो ।

  • पावलको पहिलो सुसमाचारीय यात्रामा यहूदीहरूले पावल र बारनाबासलाई एन्टिओखिया सहर छाड्न जबरजस्ती गरेपछि तिनीहरू आइकोनियनमा गए ।
  • त्यसपछि विश्‍वास नगर्ने यहूदीहरू र गैरयहूदीहरूले आइकोनियनमा पनि पावल र तिनका सहकर्मीहरूलाई ढुङ्गाले हान्‍ने योजना बनाए, तर तिनीहरू नजिकैको लुस्‍त्रा सहरमा भागेर गए ।
  • त्यसपछि एन्टिओखिया र आइकोनियन दुवै सहरका मानिसहरू लुस्‍त्रामा आई तिनीहरूले पावललाई ढुङ्गाले हान्‍न मानिसहरूलाई उक्साए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एन्टिओखिया, बारनाबास, लुस्‍त्रा, ढुङ्गा, ढुङ्गाले हान्‍नु)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ०३:१०-१३
  • प्रेरित १४:१-२
  • प्रेरित १४:१९-२०
  • प्रेरित १६ः१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G24300

आदम

परिभाषा:

आदम प्रथम व्‍यक्‍ति थिए, जसलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो । तिनी र तिनकी पत्‍नी हव्वा परमेश्‍वरको स्वरूपमा बनाइए ।

  • परमेश्‍वरले आदमलाई धूलोबाट बनाउनुभयो, र तिनमा जीवन फुकिदिनुभयो ।
  • आदमको नाउँ “रातो धूलो” वा “भूमि” को लागि प्रयोग गरिने हिब्रू शब्दसित उस्तै सुनिन्छ ।
  • “आदम” को नाउँ र “मानव-जाति” वा “मानवीय प्राणी” को लागि प्रयोग गरिने पुरानो करारको शब्द उही नै हो ।
  • सबै मानिसहरू आदम र हव्वाका सन्तानहरू हुन् ।
  • आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरे । यसले तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्‍यो । परिणामस्वरूप संसारमा पाप र मृत्यु आए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मृत्‍यु, सन्‍तान, हव्‍वा, परमेश्‍वरको स्‍वरूप, जीवन)

बाइबलका सन्दर्भहरूः

  • १ तिमोथी २ः१४

  • उत्‍पत्ति ३ः१७

  • उत्‍पत्ति ५ः१

  • उत्‍पत्ति ११ः५

  • लूका ३ः३८

  • रोमी ५ः१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १ः९ तब परमेश्‍वरले भन्‍नुभयो, "हाम्रो स्‍वरूपमा मानिसहरूलाई हामीजस्‍तै बनाऔँ।"

  • १ः१० यो मानिसहरको नाउँ आदम थियो। परमेश्‍वरले आदम बस्‍न सक्‍ने एउटा बगैँचा बनाउनुभयो र त्‍यसको हेरचाह गर्नलाई त्‍यहाँ मानिसहलाई राख्‍नुभयो।

  • १ः१२ तब परमेश्‍वरले भन्‍नुभयो, "मानिसहरू एक्‍लो हुन राम्रो होइन।" तर कुनै पनि जनावर आदमको सहयोगी हुन सकेन।

  • २ः११ अनि  परमेश्‍वरले आदम र हव्‍वालाई जनावरको छाला पहिराउनुभयो।

  • २ः१२ त्‍यसैले परमेश्‍वरले आदम र हव्‍वालाई सुन्‍दर बगैँचाबाट टाढा पठाउनुभयो।

  • ४९ः८ जब आदम र हव्‍वाले पाप गरे, यसले तिनीहरूका सबै सन्‍तानलाई असर गर्यो।

  • ५०ः१६ किनभने आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन् र यस संसारमा पाप ल्‍याए, परमेश्‍वरले तिनीहरूलाई श्राप दिनुभयो र यसलाई नष्‍ट गर्ने निर्णय गर्नुभयो।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0120, G00760

आमोज

परिभाषा:

सत्यताहरूः आमोज यशैया अगमवक्ताका पिता थिए ।

  • बाइबलमा एक पटक मात्र तिनको उल्लेख भएको छ, जहाँ यशैयाको परिचयको लागि “आमोजका छोरा” भनिएको छ ।
  • यो नाउँ आमोस अगमक्ताको नाउँभन्दा फरक हो । त्यसैले, यसको हिज्जो फरक हुनुपर्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आमोस, यशैया)

अनुवादका लागि सुझावहरूः

  • २ राजा १९ः२
  • यशैया ३७ः१-२
  • यशैया ३७ः२१-२३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0531

आमोस

परिभाषा:

आमोस एक इस्राएली अगमवक्ता थिए, जो यहूदाका राजा उज्जियाहको समयमा जिए ।

  • अगमवक्ताको रूपमा बोलाइनुअगि आमोस सुरुमा गोठाला र अञ्जिरको खेती गर्ने एक किसान थिए । तिनी यहूदा राज्यमा बस्थे ।
  • मानिसहरूलाई गरेको अन्यायी व्यवहारको सम्बन्धमा समृद्ध उत्तरी राज्य इस्राएलको विरुद्धमा आमोसले अगमवाणी बोले ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः नेभारा, यहूदा, इस्राएलको राज्‍य, गोठालो, उज्‍जियाह)

बाइबलका सन्दर्भहरूः

  • आमोस १ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5986

आरारात

परिभाषा:

बाइबलमा “आरारात” भूमि, राज्य र पर्वत मालालाई दिइएको नाउँ हो ।

  • “आरारातको भूमि” सम्भवतः आधुनिक टर्की देशको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित थियो ।
  • आरारात पानीको महा-प्रलय सुरु हुन लागेपछि नोआको जहाज अडिएको पर्वतको नाउँको रूपमा निकै प्रसिद्ध छ ।
  • आधुनिक समयमा “आरारातको पर्वत” भनिने पहाड बाइबलकै “आरारात पर्वत” को स्थान हो भनी अक्सर विचार गरिएको छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

हेर्नुहोस्ः जहाज, नोआ)

बाइबलका सन्दर्भहरूः

  • २ राजा १९ः३५-३७
  • उत्‍पत्ति ८ः४-५
  • यशैया ३७ः३८
  • यर्मिया ५१ः२७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0780

आशेर

तथ्यहरूः

आशेर याकूबका आठौँ छोरा थिए । तिनी जिल्पाका माहिला छोरो थिए । तिनका सन्तानहरू इस्राएलका कुलहरूमध्ये एउटा थिए ।

  • तिनका सन्तानबाट बनेका कुललाई "आशेरको कुल" वा "आशेर" भनिन्थ्यो ।
  • तिनको नाउँ हिब्रूको “खुसी” वा “धन्य”सँग मिल्दोजुल्दो छ ।
  • आशेरको कुलले भूमध्यसागरमा कनानको उत्तर-पश्‍चिममा बसोबास गरे । यसलाई भूमि क्षेत्रको नाउँको रूपमा प्रयोग गर्दा "आशेर" शब्दले आशेरको कुललाई जनाउँछ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: इस्राएलका बाह्र कुल, याकूब, जिल्पा)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0836

आसा

परिभाषा:

आसा एक राजा थिए, जसले यहूदा राज्यमाथि चालिस वर्ष (९१३-८७३ ख्रीष्‍टपूर्व) सम्म शासन गरे ।

  • आसा असल राजा थिए, जसले झुटा देवताहरूका धेरै मूर्तिहरूलाई हटाए, र इस्राएलीहरूलाई फेरि यहोवेको आराधना गर्न लगाए ।
  • अरू जातिहरूको विरुद्धमा युद्ध गर्दा यहोवेले राजा आसालाई सफलता दिनुभयो ।
  • तथापि, आफ्नो शासनको पछिल्लो समयमा राजा आसाले यहोवेमाथि भरोसा गर्न छाडे, र तिनी रोगले ग्रस्त भए जसले अन्त्यमा तिनको ज्यानै लियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास ९ः१४-१६
  • १ राजा १५ः७-८
  • २ इतिहास १४ः३
  • यर्मिया ४१ः९
  • मत्ती १ः७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0609

आसाप

परिभाषा:

आसाप एक लेवीय पूजाहारी र सिपालु सङ्गीतकार थिए, जसले राजा दाऊदका लागि भजनहरू रचे । तिनले आफ्नै भजनहरू पनि लेखे ।

  • राजा दाऊदद्वारा नियुक्त गरिएका तिन जना सङ्गीतकारमध्ये आसाप एक थिए । मन्दिरमा आराधनाको लागि गीतहरू उपलब्ध गराउनु यी सङ्गीतकारहरूको जिम्मेवारी थियो । यी केही गीतहरू भविष्यवाणीहरू पनि थिए ।
  • आसापले आफ्ना छोराहरूलाई तालिम दिए, र तिनीहरूले साङ्गीतिक वाद्यवादनहरू बजाएर र मन्दिरमा भविष्यवाणी गरेर यस जिम्मेवारीलाई सम्हाले ।
  • वीणा, तुरही वा झ्याली केही साङ्गीतिक वाद्यवादनहरू थिए ।
  • भनिन्छ, भजनसंग्रह ५० र ७३-८३ का भजनहरू आसापका हुन् । यीमध्ये केही भजनहरूलाई तिनको परिवारका सदस्यहरूले लेखेका हुन सक्छन् ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः वंशज, वीणा, अगमवक्‍ता, भजन, तुरही)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ६ः३९-४३
  • २ इतिहास ३५ः१५
  • नहेम्‍याह २ः८
  • भजनसंग्रह ५०ः१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0623

आहाज

परिभाषा:

आहाज एक दुष्‍ट राजा थिए, जसले यहूदा राज्यमाथि ७३२-७१६ ख्रीष्‍टपूर्वसम्म शासन गरे । यो इस्राएल र यहूदाका धेरै मानिसहरू बेबिलोनमा कैदी बनाइएर लगिनुभन्दा झण्डै १४० वर्षअगिको कुरो थियो ।

  • आहाजले यहूदामाथि शासन गर्दा तिनले अश्शूरीहरूका झुटा देवताहरूलाई पूज्‍न एउटा वेदी बनाए, जसको कारणले गर्दा मानिसहरू एक मात्र साँचो परमेश्‍वर यहोवेबाट तर्केर गए ।
  • आहाजले यहूदामाथि शासन गर्न लाग्दा तिनी २० वर्षका थिए, र तिनले १६ वर्ष राज्य गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ८ः३५-३७
  • २ इतिहास २८ः१
  • २ राजा १६ः२०
  • होशे १ः१
  • यशैया १ः१
  • यशैया ७ः४
  • मत्ती १ः९-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0271

आहाब

परिभाषा:

आहाब अति नै दुष्‍ट राजा थिए, जसले ८७५-८५४ ख्रीष्‍टपूर्वसम्म उत्तरी राज्य इस्राएलमाथि शासन गरे ।

  • झुटा देवताहरूको पूजा गर्न राजा आहाबले इस्राएलका मानिसहरूलाई प्रभाव पारे ।
  • एलिया अगमवक्ताले आहाबको सामना गरे, र आहाबले इस्राएललाई गर्न लगाएका पापको दण्डस्वरूप साँढे तिन वर्षसम्म कठिन अनिकाल पर्ने थियो भनी अगमवक्ताले राजालाई बताए ।
  • आहाब र तिनकी पत्‍नी ईजेबेलले निर्दोष मानिसहरूको हत्या गर्न आफ्नो शक्तिलाई दुरुपयोग गर्नुका अतिरिक्त अन्य धेरै दुष्‍ट कामहरू गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बाल, एलिया,ईजबेल, इस्राएलको राज्‍य, याहोवे)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १८ः१-२

  • १ राजा २०ः१-३

  • २ इतिहास २१ः६

  • २ राजा ९ः८

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १९ः२ आहाब इस्राएलको राज्‍यम राजा हुदाँ एलिया अगमवक्‍ता थिए। आहाब एक दुष्‍ट मानिस थिए जसले मानिसहरूलाई बाल नामको झूटा देवताको उपासना गर्न लगाउथेँ।

  • १९ः३ आहाब र तिनका सेनाहरूले एलियालाई खोजे, तर तिनीहरूले उहाँलाई भेट्टा‍उन सकेनन्।

  • १९ः५ साढे तीन बर्षपछि, परमेश्‍वरले एलियालाई इस्राएलको राज्‍यमा फर्कन र आहाबसगँ कुरा र्न भन्‍नुभयो किनभने उसले फेरि पानी पारनको लागि प्रार्थना गर्ने थियो।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0256

इजकिएल

परिभाषा:

इजकिएल यहूदीहरूलाई बेबिलोनमा निर्वासित गरिएको बेलाका अगमवक्ता थिए ।

  • इजकिएल यहूदामा बस्‍ने पूजाहारी थिए जुन बेला उनलाई र अन्य यहूदीहरूलाई बेबिलोनिहरूले कैद गरेर लगेका थिए ।
  • बिस वर्षभन्दा बढी समयसम्म उनी आफ्नी श्रीमतीसँग बेबिलोनको नदीको किनारामा बसेका थिए र यहूदीहरू भविष्यवाणीसम्बन्धी ज्ञानको लागि उनीकाहाँ आउने गर्थे ।
  • इजकियलले धेरै भविष्यवाणीहरू गर्नुका साथै यरूशलेम र मन्दिरको विनाश र पुनर्निमाणको बारेमा पनि अगमवाणी गरेका थिए ।
  • उनले मसीहको भावी राज्यको बारेमा पनि भविष्यवाणी गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, ख्रीष्‍ट, निर्वासन, अगमवक्‍ता)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल १ः३
  • इजकिएल २४ः२४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3168

इथियोपिया, इथियोपियाली

परिभाषा:

इथियोपिया मिश्रको दक्षिणमा पर्ने एउटा अफ्रिकी देश थियो, जसको पश्‍चिममा नाइल नदी र पूर्वमा लाल समुद्र थियो । इथियोपियाको मानिसलाई “इथियोपियाली” भनिन्छ ।

  • प्राचीन इथियोपियाले अहिलेको सुडान, आधुनिक इथियोपिया, सोमालिया, केन्या, युगान्डा, मध्य अफ्रिकी गणतन्‍त्र र चाडजस्ता अफ्रिकी देशहरू भएका सबै ठाउँ ओगटेको थियो ।
  • बाइबलमा इथियोपियालाई कहिले काहीँ “कूश” वा “नुबिया” भनेर चिनिन्छ ।
  • इथियोपियाका देसहरू (कूश) र मिश्रदेशलाई बाइबलमा सँगसँगै उल्लेख गरिएको पाइन्छ । सायद यी देसहरू सँगसँगै भएको कारण वा यिनीहरूका पुर्खाहरू एकै भएको कारण यसो गरिएको हुन सक्छ ।
  • परमेश्‍वरले प्रचारक फिलिपलाई मरूभूमिमा पठाउनुभयो, जहाँ उनले इथियोपियाली नपुंसकलाई येशूको बारेमा बताए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कुश, मिश्र, नपुंसक, फिलिप)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ८ः२७
  • प्रेरित ८ः३०
  • प्रेरित ८ः३२-३३
  • प्रेरित ८ः३६-३८
  • यशैया १८ः१-२
  • नहूम ३ः९
  • सपन्‍याह ३ः९-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G01280

इश्माएल

परिभाषा:

इश्माएल अब्राहाम र मिश्री दासी हागारका छोरा थिए । पुरानो करारमा अन्य केही मानिसहरूका नाउँ पनि इश्माएल छन् ।

  • “इश्माएल” नाउँको अर्थ हुन्छ‒ “परमेश्‍वरले सुन्‍नुहुन्छ ।”
  • परमेश्‍वरले अब्राहामका पुत्र इश्माएललाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो, तर परमेश्‍वरले आफ्नो करार स्थापित गर्ने प्रतिज्ञा गर्नुभएको छोरा तिनी थिएनन् ।
  • हागार र इश्माएललाई मरुभूमिमा पठाइँदा परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुभयो ।
  • इश्माएल पारानको मरुभूमिमा बस्दा तिनले एक मिश्री स्‍त्रीसित बिहे गरे ।
  • नतन्याहका छोरा इश्माएल यहूदाका सैनिक अफिसर थिए जसले बेबिलोनी राजा नबूकदनेसरद्वारा नियुक्‍त शासकलाई मार्न मानिसहरूको एउटा समूहलाई अगुवाइ गरे ।
  • पुरानो करारमा चार जना अन्य मानिसको नाउँ पनि इश्माएल छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, बेबिलोन, बेबिलोनी, करार, मरुभूमि, उजाड-स्थान, मिश्र, मिश्री, हागार, इसहाक, नबूकदनेसर, पारान, सारा, साराई)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास  १ः२८-३१

  • २ इतिहास  २३ः१

  • उत्पत्ति १६:११-१२

  • उत्पत्ति २५:९-११

  • उत्पत्ति २५:१३-१६

  • उत्पत्ति ३७:२५-२६

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०५-०२) त्यसैले, अब्रामले हागारसित बिहे गरे । हागारले एउटा छोरो जन्माइन्, अब्रामले तिनको नाउँ इश्माएल राखे ।
  • (०५-०४) “म इश्माएललाई पनि एउटा ठुलो जाति बनाउनेछु, तर मेरो करारचाहिँ इसहाकसित नै हुनेछ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3458, H3459

इसहाक

तथ्यहरूः

इसहाक अब्राहाम र साराका एक मात्र छोरो थिए । तिनीहरू धेरै वृद्धवृद्धा भइसकेका भए तापनि परमेश्‍वरले तिनीहरूलाई एउटा छोरो दिने प्रतिज्ञा गर्नुभएको थियो ।

  • “इसहाक” नाउँको अर्थ “ऊ हाँस्छ” हुन्छ । साराले एउटा छोरो जन्माउछिन् भनी परमेश्‍वरले अब्राहामलाई बताउनुहुँदा अब्राहाम हाँसेका थिए, किनकि तिनीहरू दुवै जना निकै वृद्ध भइसकेका थिए । केही समयपश्‍चात् यो खबर सुन्दा सारा पनि हाँसिन् ।
  • तर परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो, अनि अब्राहाम र साराले आफ्नो बुढेस्कालमा इसहाक जन्माए ।
  • परमेश्‍वरले अब्राहामसँग बाँध्‍नुभएको करार इसहाक र तिनका सन्तानहरूका निम्ति पनि सदासर्वदा रहनेछ भनी परमेश्‍वरले अब्राहामलाई बताउनुभयो ।
  • इसहाक जवान भएपछि तिनको बलिदान गर्न आज्ञा गरेर परमेश्‍वरले अब्राहामको विश्‍वासको जाँच गर्नुभयो ।
  • इसहाकका छोरा याकूबका बाह्र जना छोरा थिए, जोपछि इस्राएल जातिका बाह्र कुल बने ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: अब्राहाम, सन्तान, अनन्तता, पूरा हुनु, याकूब, सारा, इस्राएलका बाह्र कुल)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ५ः४ “तिम्री पत्‍नी साराईले एउटा छोरा जन्माउनेछिन्, जो प्रतिज्ञाको छोरा हुने छ । तिनको नाउँ इसहाक राख्‍नू ।”
  • ५ः६ इसहाक जवान भएपछि परमेश्‍वरले यसो भन्दै अब्राहामको जाँच गर्नुभयो, “तिम्रा एक मात्र छोरा __इसहाक__लाई लिएर जाऊ र तिनलाई मेरो निम्ति बलिदानस्वरूप चढाऊ ।”
  • ५ः९ परमेश्‍वरले __इसहाक__को सट्टामा बलिदानको लागि भेडा उपलब्ध गराउनुभयो ।
  • ६ः१ अब्राहाम निकै वृद्ध भएपछि र उनका छोरा इसहाक जवान भएपछि अब्राहामका पुत्र __इसहाक__को निम्ति पत्‍नी खोज्‍न तिनले आफ्नो एक जना नोकरलाई आफ्ना आफन्तहरू बसेको देशमा पठाए ।
  • ६ः५ __इसहाक__ले रिबेकाको निम्ति प्रार्थना गरे, र परमेश्‍वरले उनलाई जुम्ल्याहासहित गर्भवती बन्‍ने तुल्याउनुभयो ।
  • ७ः१० त्यसपछि इसहाक मरे, अनि याकूब र एसावले तिनलाई गाडे । परमेश्‍वरले अब्राहाम अनि त्यसपछि __इसहाक__सित गर्नुभएका प्रतिज्ञाहरू अब याकूबमा सरे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3327, H3446, G24640

इस्राएलको राज्य

परिभाषा:

सुलेमान राजा मरिसकेपछि, इस्राएल दुई भागमा विभाजन भयो । इस्राएलको राज्य भनेको इस्राएलको दश कुलहरू मिलेर बनेको उत्तरी राज्य थियो ।

  • उत्तर इस्राएलको राज्‍यमा दश कुलहरू थिए, र दक्षिणमा यहूदाको राज्‍यमा दुईवटाकुलहरू थिए।

  • इस्राएल राज्‍यको राजधानी सामरिया थियो। यो यहूदा राज्‍यको राजानी सहर यरूशलेमबाट करिब ५० किलोमिटर टाढा थियो।

  • इस्राएली राज्यको सबै राजाहरू दुष्‍ट थिए । यरुशलेमको मन्दिरमा गएर परमेश्‍वरको आराधना नगर्न तिनीहरूले सबैलाई उक्साए । बरु, मूर्तिहरू तथा झुटा देवताहरूको सेवा गर्न उत्साह दिए ।

  • त्यसैले तिनीहरूलाई आक्रमण गर्न र बन्दी बनाउन परमेश्‍वरले अश्शूरीहरूलाई पठाउनुभयो । धेरै इस्राएलीहरूलाई कैद गरी अश्‍शूरमा बस्‍न लागे।

  • इस्राएली राज्यको बाँकी रहेका मानिसहरूसँग रहनको लागि अश्शूरीहरूले परदेशीहरूलाई पनि ल्याए । यी परदेशीहरूले इस्राएलीहरूसँग अन्तरविवाह गरे र उनीहरूबाट जन्मिएका सन्तानहरू नै सामरीहरू भए ।

(हेर्नुहोस्ः अश्शूरी, इस्राएल, यहूदा, यरूशलेम, राज्‍य, सामरीया)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास ३५ः१८
  • यर्मिया ५ः११
  • यर्मिया ९ः२६

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • रहबामको विरुद्ध विद्रोह गर्ने इस्राएल देशका अरू दश कुलहरूले यारोबाम नाम गरेको मानिसलाई तिनीहरूका राजा हुनको निम्ति नियुक्त गरे । तिनीहरूले त्यस क्षेत्रको उत्तरी भागमा तिनीहरूको राज्य खाडा गरे र तिनीहरूलाई इस्राएलको राज्य भनियो ।
  • यहूदा र इस्राएलका राज्यहरू एक अर्काको शत्रु भए र कैयौं पटक एक अर्काको विरुद्धमा युद्ध गरे ।
  • इस्राएलको नयाँ राज्यमा सबै राजाहरू दुष्‍ट थिए ।
  • इस्राएल र यहूदाका राज्यहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे ।
  • एउटा शक्तिशाली, क्रूर देश, अश्शूरी साम्राज्यद्वारा इस्राएलको राज्य नष्‍ट भएको थियो । इस्राएलको राज्यको धेरै मानिसहरूलाई अश्शुरीहरूले मारे, मुल्यवान कुराहरूसबै लगे, र त्यस देशको धेरै भाग जलाइदिए ।
  • इस्राएलको राज्य भएको स्थानमा अश्शूरीहरू परदेशीहरूलाई बसोबास गर्न ल्याए । ती परदेशीहरूले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बाँकी रहेका इस्राएलीहरूसंग विवाह गरे । यसरी परदेशीहरूसंग विवाह गरेर आएका सन्तानहरूलाई सामरी भनेर भनिन्थ्यो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3478, H4410, H4467, H4468

इस्साखार

परिभाषा:

इस्साखार याकूबका पाँचौँ छोरा थिए । उनी लेआका पाचौँ छोरा थिए। तिनका सन्‍तानहरू इस्राएलका कुलहरू मध्‍ये एक भए।

  • उनीबाट आएको कुललाई "इस्साखारको कुल" वा "इस्साखार" भनेर चिनि्‍थ्‍यो।
  • इस्साखारको नामको अर्थ अज्ञात छ, तर यो एक हिब्रू शब्‍दसगँ मिल्‍दोजुल्‍दो छ जसको अर्थ "इनाम, किरायामा " भन्‍ने हुन्‍छ।
  • इस्साखारको कुल गालील समुन्‍द्रको दक्षिण-पश्‍चिमको मध्‍य कनानमा बसोबास गरे। इस्साखारको सिमानामा नप्‍ताली, जबूलून, मनश्शे र गादको भूमिसगँ जोडिएको थियो।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः गाद, मनश्शे, नप्‍ताली, इस्राएलका बार्‍ह कुल, जबूलून)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ३०:१८
  • प्रस्‍थान १ः१-५
  • इजकिएल ४८ः२३-२६
  • यहोशू १७ः१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3485, G24660

ईजेबेल

परिभाषा:

ईजेबेल इस्राएलका राजा आहाबकी दुष्‍ट पत्‍नी थिई ।

  • ईजेबेलले आहाब र बाँकी इस्राएललाई मूर्तिहरूको पूजा गर्न प्रभाव पारी ।
  • त्यसले परमेश्‍वरका कैयौँ अगमवक्‍ताहरूलाई पनि मारी ।
  • आहाबले नाबोतको दाखबारी हडप्‍न सकोस् भन्‍नाका लागि त्यसले निर्दोष मानिस नाबोतलाई पनि मार्न लगाई ।
  • आफूले गरेका सबै दुष्‍ट कुराको कारणले गर्दा अन्त्यमा ईजेबेल मारिई । त्यो कसरी मर्ने थिई भनी एलियाले भविष्यवाणी गरेका थिए र तिनको भविष्यवाणीमुताबिक नै त्यो मरी ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः आहाब, एलिया, मूर्ति, मूर्तिपूजक)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १६ः३१-३३
  • १ राजा १९ः१-३
  • २ राजा ९ः७
  • २ राजा ९ः३१
  • प्रकाश २ः२०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0348, G24030

उज्जियाह, अजर्याह

परिभाषा:

८०० ख्रीष्‍टपूर्वतिर १६ वर्षको उमेरमा उज्जियाह यहूदाका राजा बने । तिनले यरूशलेममा ५२ वर्ष राज्य गरे, जुन असाधारण रूपमा लामो शासन थियो । उज्जियाहलाई “अजर्याह” भनेर पनि चिनिन्थ्यो ।

  • आफ्नो सङ्गठित र दक्ष सेनाका लागि राजा उज्जियाह प्रसिद्ध थिए । सहरको सुरक्षाको निम्ति तिनले धरहराहरू बनाउन लगाएका थिए, र काँडहरूसाथै ठुला-ठुला ढुङ्गाहरू हान्‍न ती धरहराहरूमा विशेष किसिमले तयार पारिएका हातहतियारहरू पनि थुपारेका थिए ।
  • जबसम्म उज्जियाहले प्रभुको सेवा गरे तबसम्म तिनको उन्‍नति भइरह्‍यो । तर तिनको शासनको अन्त्यतिर तिनी घमन्डी बने र मन्दिरमा धूप बाली तिनले प्रभुको आज्ञा उल्लङ्घन गरे किनकि त्यो काम पूजाहारीले मात्र गर्न सक्थ्यो ।
  • यही पापको कारणले गर्दा उज्जियाहलाई कुष्‍ठरोग लाग्यो, र आफ्नो शासनको अन्त्यसम्म तिनी अरू मानिसहरूबाट अलग्गै बस्‍नुपर्‍यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यहूदा, राजा, कुष्ठरोग, राज्य, हेर्ने पर्खाल)

बाइबलका सन्दर्भहरू:

  • २ राजा १४ः२१
  • आमोस १ः१
  • होसे १ः१
  • यशैया ६ः१-२
  • मत्ती १:७-८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5818, H5838, H5839

उरियाह

परिभाषा:

उरियाह एक धर्मी मानिस र राजा दाऊदका उत्कृष्‍ट सिपाहीहरूमध्ये एक थिए । उसलाई अक्सर "उरियाह हित्ती" भनेर चिनिन्छ।

  • उरियाहकी बतशेबा नाउँ गरेकी एक सुन्दर पत्‍नी थिइन् ।
  • दाऊदले उरियाहकी पत्‍नी बतशेबासित व्यभिचार गरे, र उनले दाऊदको बच्‍चा बोकिन् ।
  • आफ्नो पापलाई ढाक्‍न दाऊदले उरियाहलाई युद्धमा मार्न लगाए । त्यसपछि दाऊदले बतशेबासित बिहे गरे ।
  • राजा आहाजको समयमा उरिया नाउँ गारेका अर्का मानिस पुजारी थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आहाज, बतशेबा, दाऊद, हित्ती)

बाइबलका सन्‍दर्भहरू:

  • १ राजा १५ः५
  • २ शामुयल ११ः३
  • २ शामुयल ११ः२६-२७
  • नेहेम्या ३ः४

बाइबलका कथाहरूबाट उदाहरणहरू:

  • (१७ः१२) उरियाह नाउँ गरेका बतशेबाका पति दाऊदका उत्‍कृष्‍ट सिपाहीहरूमध्ये एक थिए । दाऊदले उरियाहलाई युद्धबाट बोलाए र आफ्नी पत्‍नीकहाँ जान आज्ञा गरे । तर बाँकी सिपाहीहरू युद्धमा नै भएकाले उरियाहले घर जान इन्कार गरे । त्यसैले, दाऊदले उरियाहलाई युद्धमा फिर्ता पठाए, र तिनी मारिऊन् भनेर तिनलाई शत्रुहरूको पक्‍कड रहेको क्षेत्रमा राख्‍न सेनापतिलाई आज्ञा दिए ।
  • (१७ः१३) उरियाह मारिएपछि दाऊदले बतशेबासित बिहे गरे ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0223, G37740

ऊर

परिभाषा:

ऊर प्राचीन कल्दी क्षेत्रमा यूफ्रेटिस नदीको तीरमा पर्ने एउटा महत्त्वपूर्ण सहर थियो । यो भूमि वर्तमान इराक देशको क्षेत्रमा अवस्थित थियो ।

  • अब्राहाम ऊरका बासिन्दा थिए, र परमेश्‍वरले तिनलाई यही ठाउँ छाडेर कनान देशमा जान आज्ञा दिनुभयो ।
  • अब्राहामका भाइ र लोतका पिता हारान ऊरमा नै मरे । यही कारणले गर्दा लोतलाई ऊर छाडी अब्राहामसँगै जान प्रभावित तुल्याएको थियो होला ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, कनान, कल्दीहरू, यूफ्रेटिस खोला, हरान, लोत, मेसोपोटामिया)

बाइबलका सन्‍दर्भहरूः

  • उत्पति ११ः२७-२८
  • उत्पति ११ः ३१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0218

एक्रोन

परिभाषा:

एक्रोन भूमध्य सागरबाट नौ माइलभित्र पर्ने पलिश्तीहरूको एक प्रमुख सहर थियो ।

  • झुटो देवता बालजिबुलको मन्दिर एक्रोनमा थियो ।
  • जब पलिश्तीहरूले करारको सन्दूकलाई  कब्जा गरे, तिनीहरूले यसलाई अश्‍दोदमा लगे र त्‍यसपछि यसलाई गाथ र एक्रोनमा लागियो किनभने जुन-जुन ठाउँमा त्‍यो सन्‍दुक लगियो त्‍यस ठाउँहरूमा, परमेश्‍वरले मानिसहरूलाई बिरामी पर्न र मर्न दिनु भएको थियो। अन्‍ततः पलिश्‍तीहरूले सन्‍दुकलाई इस्राएलमा नै फिर्ता पठाए।
  • जब राजा अहज्‍याह आफ्‍नो घरको छतबाट खसेर घाइते भए, उनले एक्रोनका झूटा देवता बाल-जिबूलबाट यस घाउबाट उनि मर्छन् कि मर्दैनन् भनेर पत्ता लगाउने प्रयास गरेर उनले परमेश्‍वरको दृष्‍टिमा पाप गरे। यस पापको कारणले, यहोवाले भन्‍नुभयो कि उनी मर्नेछन्।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः अहज्‍याह, करारको सन्‍दुक, अश्‍दोद, बालजिबूल, झूटा देवता, गाथ, पलिश्‍तीहरू)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल ५ः१०
  • यहोशू १३ः२-३
  • न्‍यायकर्ता १ः१८-१९
  • जकरीया ९ः५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6138, H6139

एज्रा

परिभाषा:

एज्रा इस्राएली पूजाहारी थिए र यहूदी व्यवस्थाका ज्ञाता थिए । उनले इस्राएलीहरू बेबिलोनबाट ७० वर्षको कैदपछि यरूशलेम फर्केको इतिहास लेखेका थिए ।

  • एज्राले इतिहासको यो खण्डलाई बाइबलको पुस्तक एज्रामा समेटे । नहेम्याहको पुस्तक पनि उनैले लेखेका हुन सक्छन् किनकि यी पुस्तकहरू पहिले एउटै पुस्तक थिए ।
  • एज्राले यरूशलेम फर्केपछि व्यवस्थाको पुनर्स्थापना गरे, किनकि इस्राएलीहरूले विश्रामको दिन मान्‍न छाडेका थिए र मूर्तिपूजा गर्ने स्‍त्रीहरूसँग विवाह गरेका थिए ।
  • उनले बेबिलोनीहरूले यरूशलेममाथि विजय हासिल गर्दा नष्‍ट गरेको मन्दिर पुनर्निर्माण गर्न सहयोग गरे ।
  • पुरानो करारमा एज्रा नाम गरेका अन्य दुई जना मानिसहरू छन् ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन निर्वासन, यरूशलेम, व्‍यवस्‍था, नहेम्‍याह, मन्‍दिर)

बाइबलका सन्दर्भहरूः

  • एज्रा ७ः६
  • नहेम्‍याह ८ः१-३
  • नहेम्‍याह १२ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0250, H5830, H5831

एदोम, एदोमी, सेइर, तेमान

परिभाषा:

एसावको अर्को नाम एदोम थियो। उनी बसेको क्षेत्रलाई “एदोम” भनियो र पछि “इदुमिया” भनियो । एदोमीहरू उनका वंश हुन् ।

  • एदोमको क्षेत्रले समुहसगैँ स्‍थानहरू परिवर्तन गर्यो। यो प्रायः इस्राएलको दक्षिणमा अवस्‍थित थियो र अन्‍ततः दक्षिणी यहूदामा विस्‍तार भयो।

  • नयाँ करारको समयमा, एदोमले यहूदिया प्रान्‍तको दक्षिणी आधा भाग ओगटेको थियो। ग्रीकहरूले यसलाई "इदुमिया" भनिन्‍थ्‍यो।

  • एदोम नामको अर्थ “रातो” हुन्छ, जसले एसाव जन्‍मँदा रातो कपालले ढाकेको थियो भन्‍ने तथ्‍यलाई जनाउन सक्‍छ। वा  यसले रातो दालको झोललाई बुझाउन सक्ए‍छ जसको लागि एसावले आफ्सा‍नो जन्‍नसिद्ध अधिकारको सम्‍झौँता गरे।

  • पुरानो करारमा एदोम देशलाई इस्राएलीहरूको शत्रुको रूपमा लिइएको छ ।

  • परमेश्‍वरले पुरानो करारका अगमवक्ताहरूलाई एदोमको विरुद्धमा धेरै नकारात्मक भविष्यवाणी गर्न लगाउनुभयो । ओबदियाको सम्पूर्ण पुस्तकमा एदोमको विनाशको बारेमा लेखिएको छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः विरोधी, जन्‍मसिद्ध, अधिकार, एसाव, ओबदिया, अगमवक्‍ता)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति २५ः३०

  • उत्‍पत्ति ३२ः३

  • उत्‍पत्ति ३६ः१

  • यशैया ११ः१४-१५

  • यहोशू ११ः१६-१७

  • ओबेद १ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0123, H0130, H8165, G24010

एन-गदी

परिभाषा:

एन-गदी यरूशलेमको दक्षिण-पूर्वमा पर्ने उजाड-स्थानमा अवस्थित सहर हो ।

  • एन-गदी खारा समुद्रको पश्‍चिमी किनारमा अवस्थित थियो ।
  • यो नामको अर्थ “फोहरा” हुन्छ । यसले सहरबाट समुद्रमा बग्‍ने पानीलाई जनाउँछ ।
  • एन-गदीलाई सुन्दर दाखबारीहरू र उब्जाउ भूमि भएको ठाउँको रूपमा चिनिन्थ्यो । सायद लगातार बग्‍ने पानीको कारणले यस्तो भएको हुन सक्छ ।
  • एन-गदीमा किल्लाहरू थिए जहाँ राजा शाऊलले खेदाएको बेला दाऊद भागेर गएका थिए ।

(हेर्नुहोस्ः दाऊद, मरुभूमि, झरना, यहूदा, विश्राम, नुनको समुन्‍द्र, शाऊल (पु.क), गढ, दाखबारी)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास २०ः२
  • श्रेष्‍ठगित १ः१२-१४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5872

एन्टिओखिया

परिभाषा:

नयाँ करारमा एन्टिओखिया दुईवटा सहरको नाउँ थियो । एउटा भूमध्य सागरको तट नजिकै सिरियामा पथ्र्यो । अर्को कलस्से सहरको नजिकै पिसिदियामा पथ्र्यो ।

  • सिरियाको एन्टिओखियामा भएका स्थानीय मण्डली पहिलो ठाउँ थियो, जहाँ येशूमाथि विश्‍वास गर्नेहरूलाई “ख्रीष्‍टियान” भनियो । अन्यजातिहरूकहाँ सुसमाचार पुर्‍याउनको लागि त्यहाँको मण्डली मिसनरीहरूलाई पठाउन पनि सक्रिय थियो ।
  • पावल, बारनाबास र यूहन्‍ना मर्कूस सुसमाचार बाँड्न पिसिदियाको एन्टिओखियामा यात्रा गरे । अरू सहरहरूका केही यहूदीहरू त्यहाँ आए, र तिनीहरूले सङ्कष्‍ट खडा गरी पावललाई मार्न खोजे । तर अन्य धेरै मानिसहरू अर्थात् यहूदी र अन्यजातिहरू दुवैले त्यस शिक्षालाई सुनी येशूमाथि विश्‍वास गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बारनाबास, कलस्‍से, यूहन्‍ना मर्कुस, पावल, प्रान्‍त, रोम, सिरिया)

बाइबलका सन्दर्भहरूः

  • २ तिमिथी ३ः१०-१३
  • प्रेरित ६ः५-६
  • प्रेरित ११ः१९-२१
  • प्रेरित ११ः२६
  • गलाती २ः११-१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G04910

एप्रात/एप्राता, एप्राती

परिभाषा:

""एप्रात" र "एप्राथा" शब्दहरू सम्भवतः "एप्रैम" नाउँबाट लिइएको हुन सक्छ, जो यूसुफका सन्तानहरूमध्ये एक थिए र इस्राएलका १२ कुलहरूमध्ये एकका कुलका कुलपिता बने। फरक

  • बेथेल शहर नजिकै राहेलको मृत्यु भएको इलाकाको नाउँ "एप्रता" हो।
  • ओटीमा "एप्रात" नाउँ गरेकी एउटी स्त्री छ, जो कालेबकी पत्नी थिइन्।
  • बेतलेहेम र किर्जात-यारीम दुवै शहरहरूलाई "एप्राथा" पनि भनिन्छ, यद्यपि यी दुवै शहरहरू माथि वर्णन गरिएको भन्दा फरक क्षेत्रमा छन् (बेथेल नजिकै)।

(अनुवाद सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: [बेतलेहेम] (../names/bethlehem.md), बोअज, कालेब, दाऊद, इस्राएल)

बाइबलका सन्दर्भहरूः

शब्‍दको आंकडाः

  • Strong’s: H0672, H0673

एफिसस

परिभाषा:

एफिसस अहिलेको टर्की नामक देशको पश्‍चिमी तटमा अवस्थित एक ग्रिक सहर थियो ।

  • आदि ख्रीष्‍टियानहरूको समयमा एफिसस एसियाको राजधानी थियो, जुन समयमा यो एउटा सानो रोमी प्रान्तको नाम थियो ।
  • यो ठाउँ अवस्थितिको दृष्‍टिले व्यापार र यात्राको लागि महत्त्‍वपूर्ण केन्द्र थियो ।
  • प्रख्यात आर्तेमिस देवीको मन्दिर एफिससमा नै थियो ।
  • पावलले दुई वर्ष भन्दा धेरै समय एफिससमा बसेर काम गरे र पछि उनले त्‍यहाँका विश्‍वासीहरूको रेखदेख गर्न तिमोथीलाई नियुक्त गरे ।
  • नयाँ करारमा भएको एफिसीको पुस्तक पावलले एफिससका विश्‍वासीहरूको लागि लेखेको पत्र हो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एशिया, पावल, तिमोथी)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्‍थी १५ः३२
  • १ तिमोथी १ः३
  • २ तिमोथी ४ः११-१३
  • प्रेरित १९ः१
  • एफिसी १ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G21790, G21800, G21810

एफ्राइम

परिभाषा:

एफ्राइम योसेफको दोस्रा छोरा थिए । उनका वंशजहरूलाई एफ्राइम भनिन्थ्यो र यो बाह्र कुल मध्ये एक कुल थियो ।

  • एफ्राइमको कुल इस्राएलको उत्तरमा बसोबास गर्ने दश कुलमध्ये एक थियो ।
  • बाइबलमा कहिले काहीँ इस्राएलको सम्पूर्ण उत्तरी भागलाई जनाउनको लागि यो शब्दको प्रयोग गरिएको पाइन्छ ।
  • एफ्राइम पहाडी मूलुक थियो । कुनै-कुनै अनुवादमा यसलाई “एफ्राइमको पहाडी मूलुक” वा “एफ्राइमका पहाडहरू” भनेर चिनिन्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः योसेफ, मनश्‍शे, इस्राएलको राज्‍य, इस्राएलकोबाह्र कुलहरू)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ६ः६६-६९
  • २ इतिहास १३ः४-५
  • इजकिएल ३७ः१६
  • उत्‍पत्ति ४१ः५२
  • उत्‍पत्ति ४८ः१-२
  • यूहन्‍ना ११ः५४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0669, H0673, G21870

एमोरी

परिभाषा:

एमोरीहरू एउटा शक्तिशाली जाति थियो, जो नोआका नाति कनानका सन्तानहरू थिए ।

  • तिनीहरूको नाउँको अर्थ हुन्छ‒ “उच्‍च जन/ठाउँ ।” यसले तिनीहरू बस्‍ने पहाडी क्षेत्रहरूलाई उल्लेख गर्न सक्छ, वा शारीरिक उचाइको लागि तिनीहरू प्रसिद्ध थिए भन्‍ने सत्यतालाई पनि उल्लेख गर्न सक्छ ।
  • एमोरीहरू यर्दन नदीको दुवैपट्टिको किनाराका क्षेत्रहरूमा बसोबास गर्थे ।
  • ऐ सहरमा एमोरीहरू नै बस्थे ।
  • परमेश्‍वरले “एमोरीहरूको पाप” भनी उल्लेख गर्नुभएको छ, जसमा तिनीहरूले झुटा देवताहरूलाई गरेको पूजा र त्यसमा सम्मिलित पापपूर्ण अभ्यासहरू पर्छन् ।
  • परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार एमोरीहरूलाई नष्‍ट गर्न यहोशूले इस्राएलीहरूलाई अगुवाइ गरे ।

बाइबलका सन्दर्भहरूः

  • आमोस २ः९

  • इजकिएल १६ः३

  • उत्‍पत्ति १०ः१६

  • उत्‍पत्ति १५ः१४-१६

  • यहोशू ९ः१०

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १५ः७ केही समय पछि, कनानमा अर्को समूहका मानिसहरूका राजा, एमोरीहरूले , गिबोनीहरूले इस्राएलीहरूसँग शान्‍ति सन्‍धि गरेको सुने, त्‍यसैले तिनीहरूले आफ्‍ना सेनाहरूलाई एउटा ठूलो सेना बनाएर गिबोन माथि आक्रमण गरे।

  • १५ः८ बिहानै तिनीहरूले एमोरी सेनाहरूलाई छक्‍क पारे र तिनीहरूलाई आक्रमण गरे।

  • १५ः९ त्‍यस दिन परमेश्‍वरले इस्राएलको निम्ति लड्नुभयो। उहाँले एमोरीहरूलाई अलमलमा पार्नुभयो र उहाँले ठूला-ठूला असिनाहरू पठाउनुभयो जसले धेरै एमोरीहरूलाई मारे।

  • १५ः१० परमेश्‍वरले सूर्यलाई आकाशमा एकै ठाउँमा स्‍थिर राख्‍नुभयो ताकि इस्राएलले एमोरीहरूलाई पूर्ण रूपमा पराजित गर्न पर्याप्‍त समय मिलोस्।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0567,

एलाजार

परिभाषा:

बाइबलमा एलाजार नाम गरेका धेरै मानिसहरू छन् ।

  • एलाजार मोशाका दाजु हारूनका तेस्रा छोरा थिए । हारूनको मृत्युपछि एलाजार इस्राएलका प्रधान पूजाहारी बने ।
  • दाऊदका शक्‍तिशाली मानिसहरू मध्ये एकजनाको नाम पनि “एलाजार” थियो ।
  • येशूका एकजना पुर्खाको नाम पनि एलाजार थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरूकसरीअनुवाद गर्ने)

(हेर्नुहोस्ः हारून, प्रधान पूजहारी, दाऊद, शक्‍तिशाली)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २४ः३
  • न्‍यायकर्ता २०ः२७-२८
  • गन्‍ती २६ः१-२
  • गन्‍ती ३४ः१६-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0499, G16480

एलाम

परिभाषा:

एलाम शेमका छोरा र नोआका नाति थिए ।

  • एलामका वंशलाई “एलामी” भनिन्थ्यो र उनीहरू एलाम नाम गरेको इलाकामा बस्थे ।
  • एलामको इलाका टाइग्रिस नदीको दक्षिण-पूर्वमा पर्थ्यो, जुन ठाउँमा अहिले पश्‍चिमी इरान पर्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः नोआ, शेम)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १ः१७-१९
  • प्रेरित २ः९
  • एज्रा ८ः४-७
  • यशैया २२ः६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5867, H5962, G16390

एलिया

तथ्यहरूः

एलिया परमप्रभुका धेरै महत्त्वपूर्ण अगमवक्ताहरूमध्ये एक थिए । एलियाले आहाब लगायत इस्राएल र यहूदाका केही राजाहरू शासनकालमा भविष्यवाणी गरे ।

  • परमेश्‍वरले एलियाद्वारा मृत केटालाई जीवित पार्ने लगायतका धेरै आश्‍चर्यकर्महरू गर्नुभयो ।
  • बाल देवाताको पूजा गरेकोमा एलियाले आहाबलाई हप्काए ।
  • परमप्रभु मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी साबित गर्ने एउटा जाँचको निम्ति एलियाले बालका अगमवक्ताहरूलाई चुनौती दिए ।
  • एलियाको जीवनको अन्तिम समयमा परमेश्‍वरले तिनलाई आश्‍चर्यपूर्ण रूपमा स्वर्ग उठाइलानुभयो ।
  • सयौँ वर्षपछि मोशासँगै एलिया येशूकहाँ देखा परे र उनीहरूले येशूको कष्ट र यरूशलेममा उहाँको मृत्युबारे सँगै कुराकानी गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: आश्‍चर्यकर्म, अगमवक्ता, परमप्रभु)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १९ः२ आहाब इस्राएलको राज्‍यमा राजा हुदाँ एलिया अगमवक्‍ता थिए ।
  • १९ः२ __एलिया__ले आहाबलाई भने, "मैले नभनेसम्‍म इस्राएलको राज्‍यमा पानी वा शीत पर्नेछैन ।"
  • १९ः३ परमेश्‍वरले __एलिया__लाई आहाबबाट बच्‍नको लागि उजाडस्‍थानको खोलामा जान भन्‍नुभयो, जसले तिनलाई मार्न चाहन्थे । हरेक बिहान र हरेक साझँ पक्षीहरूले उनलाई रोटी र मासु ल्‍याउँथे ।
  • १९ः४ तर तिनीहरूले __एलिया__को हेरचाह गरे, र परमेश्‍वरले तिनीहरूलाई जुटाउनुभयो ताकि तिनीहरूको पीठोको भाँडो र तिनीहरूको तेलको भाँडो कहिल्‍यै खाली नहोस् ।
  • १९ः५ साढे तीन वर्षपछि, परमेश्‍वरले __एलिया__लाई इस्राएलको राज्‍यमा फर्कन र आहाबसगँ कुरा गर्न भन्‍नुभयो किनभने उहाँले फेरि पानी पठाउन लाग्‍नु भएको थियो ।
  • १९ः७ तब __एलिया__ले बालका अगमवक्‍ताहरूलाई भने, "एउटा साढेँ मारेर बलिदानको रूपमा तयार गर, तर आगो नबाल ।"
  • १९ः१२ तब __ऐलिया__ले भने, "बालका अगमवक्‍ताहरूमध्‍ये कोही पनि भाग्‍न नपाओस् ।"
  • ३६ः३ तब मोशा र अगमवक्‍ता एलिया देखा परे । यी मानिसहरू सयौँ वर्षअघि बाँचेका थिए । तिनीहरूले येशूसगँ उहाँको मृत्‍युको बारेमा कुरा गरे जुन यरूशलेममा चाडैँ हुनेवाला थियो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0452, G22430

एलीशा

तथ्यहरूः

एलीशा आहाब, अहज्याह, यहोराम, येहू, यहोआहाज र येहोआश राजाहरूको शासनकालमा इस्राएलका अगमवक्ता थिए ।

  • एलीशालाई अगमवक्ताको रूपमा नियुक्त गर्न परमेश्‍वरले एलियालाई भन्‍नुभयो ।
  • जब एलियालाई अग्‍नमय रथहमा स्वर्ग लगिए, तब एलीशा इस्राएलका राजाहरूका निम्ति परमेश्‍वरका अगमवक्ता भए ।
  • एलीशाले सिरियाको कुष्‍ठरोगीलाई निको पार्ने र शूनम्मीको छोरो निको पार्नेजस्ता धेरै आश्‍चर्यकर्महरू गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: एलिया, नामान, अगमवक्ता)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0477

एलीशिबा

तथ्यहरूः

एलीशिबा बप्‍तिस्‍मा दिने यूहन्‍नाकी आमाको नाम थिइन् । उनका पतिका नाउँ जकरिया थियो ।

  • जकरिया र एलीशिबाले कहिल्यै पनि सन्तान जन्माउन सकेका थिएनन्, तर उनीहरूका वृद्धअवस्था एलीशिबाले सन्तान जन्माउने छिन्उ भनी परमेश्‍वरले जकरियालाई प्रतिज्ञा गर्नुभयो ।
  • परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो र एलीशिबाले एउटा छोरो जन्माइन् । उनीहरूले त्यो बलकको नाउँ यूहन्‍ना राखे ।
  • एलीशिबा येशूकी आमा मरियमकी आफन्त थिइन् ।

(अनुवादका निम्ति सुझावहरू नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: (बप्‍तिस्मा दिने) यूहन्‍ना, जकरिया (न.का.))

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G16650

एल्याकीम

तथ्यहरूः

पुरानो करारमा एल्याकीम नाम गरेका दुई जना मानिसहरू थिए ।

  • एल्याकीम नाम गरेका एक जना मानिस राजा हिजकियाको दरबारका प्रबन्धक थिए ।
  • एल्याकीम नाम गरेका अर्का व्‍यक्‍ति राजा योशियाहका छोरा थिए । मिश्रका फारो नेकोले उनलाई यहूदाका राजा बनाएका थिए ।
  • नेकोले एल्याकीमको नाम परिवर्तन गरेर यहोयाकीम राखिदिए ।

(अनुवादका लागि सुझावहरूः नामहरू अनुवाद गर्नु)

(यो पनि हेर्नुहोस्: हिजकिया, यहियाकीम, योशियाह, फारो)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0471, G16620

एसाव

परिभाषा:

एसाव इसहाक र रिबेका का जुम्ल्याहा सन्तान मध्ये एक थिए । उनी जेठा छोरा थिए र उनका जुम्ल्याहा भाइ याकूब थिए ।

  • एसावले एक कचौरा खानामा आफ्नो जेष्‍ठ अधिकार आफ्ना भाइ याकूबलाई बेचे ।
  • पहिले जन्मेको हुनाले उनका पिताले उनलाई विशेष आशिष्‌‌ दिनुपर्थ्यो । तर याकूबले उनको त्यो अधिकार चोरी गरे । सुरुमा त उनी धेरै रिसाए र याकूबलाई मार्न खोजे तर पछि क्षमा गरिदिए ।
  • एसावका धेरै छोराछोरी र नाति नातिनाहरू जन्‍मे र उनका सन्‍तानहरू कनानाको भूभागमा बसोबास गर्ने एउटा ठुलो समूह जाति बन्‍यो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एदोम, इसहाक, याकूब, रिबेका)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति २५ः२६
  • उत्‍पत्ति २५ः२९-३०
  • उत्‍पत्ति २६ः३४
  • उत्‍पत्ति २७ः११-१२
  • उत्‍पत्ति ३२ः५
  • हिब्रू १२ः१७
  • रोमी ९ः१३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ६ः७ जब रिबेकाका छओराछोरीहरू जन्‍मिए, जेठो छोरो रातो र कपालै कपाल भएको जन्‍मिए, र तिनीहरूले उसको नाउँ एसाव राखेँ।

  • ७ः२ त्‍यसैले__ एसाव__ ले याकूबलाई जेठो छोराको रूपमा आफ्‍नो अधीकार दिए।

  • ७ः४ जब इसहाकले बाख्राको रौँ  छोए र लुगाको गन्‍ध सुंघे, उनले यो एसाव रहेछ भनी सोचे र आशिर्वाद दिए।

  • ७ः५ एसावले याकूबलाई घृणा गरे किनभने याकूबले जेठो छओराको रूपमा उसको अधीकार र आशिष् पनि चोरेर लग्‍यो।

  • ७ः१० तर__ एसाव__ ले पहिले नै याकूबलाई क्षमा गरिसकेका थिए, र उनीहरू एकअर्कालाई फेरि भेट्न पाउँदा खुसी थिए।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6215, G22690

एसिया

परिभाषा:

बाइबलको समयमा “एसिया” रोमी साम्राज्यको प्रान्तलाई दिइएको नाउँ थियो । यो आधुनिक टर्की देशको पश्‍चिम भागमा अवस्थित थियो ।

  • पावलले एसियामा यात्रा गरी त्यहाँका विभिन्‍न सहरहरूमा सुसमाचार बाँडे । एफिसस र कलस्से ती सहरहरूमध्ये थिए ।
  • आधुनिक एसियासित भ्रममा नपरोस् भन्‍नाका लागि यसलाई “एसिया भनिने प्राचीन रोमी प्रान्त” वा “एसिया प्रान्त” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।
  • प्रकाशको पुस्तकमा उल्लिखित सबै मण्डलीहरू रोमी प्रान्तको एसियामा थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः रोमि, पावल, एफिसी)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्‍थी १६ः१९-२०
  • १ पत्रुस १ः१-२
  • २ तिमोथी १ः१५-१८
  • प्रेरित ६ः८-९
  • प्रेरित २७ः१-२
  • प्रकाश १ः४-६
  • रोमी १६ः५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G07730

एस्तर

परिभाषा:

एस्तर यहूदी स्‍त्री थिइन् जो यहूदीहरू बेबिलोनमा कैद भएर लागिएको बेलामा फारसी राज्यकी रानी बनेकी थिइन् । "एस्‍तर" उनको फारसी नाम थियो, र उनको हिब्रू नाम "हदस्‍सा" थियो।

  • एस्तरको पुस्तकले एस्तर कसरी फारसका राजा अहासूरसकी रानी बनिन् र परमेश्‍वरले कसरी यहूदीहरूलाई बचाउनको लागि उनको प्रयोग गर्नुभयो भन्‍नेकुरा बताउँछ ।
  • एस्तर टुहुरी थिइन्, जसलाई मोर्दकै नाम गरेका एक धार्मिक र नातामा दाजु पर्ने व्‍यक्‍तिले हुर्काएका थिए ।
  • आफूलाई धर्मपुत्रीको रुपमा हुर्काउने पिता प्रतिको आज्ञा पालनले उनलाई परमेश्‍वार प्रति आज्ञाकारी बनायो ।
  • एस्तरले परमेश्‍वरको आज्ञा पालन गरिन् र यहूदीहरूलाई बचाउनको निम्ति आफ्नो जीवन नै जोखिममा हालिन् ।
  • एस्तरको कथाले परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउनको लागि कसरी इतिहासका घटनाहरूलाई नियन्‍त्रण गर्नुहुन्छ र उहाँको आज्ञा पालन गर्नेको जीवनमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा बताउँछ ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः अहासूरस, मोर्दकै, फारसी)

बाइबलका सन्दर्भहरूः

  • एस्तर २ः७

  • एस्तर २ः१५

  • एस्तर ७ः१

  • एस्तर ८ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0635

परिभाषा:

पुरानो करारको समयमा ऐ कनानी नगरको नाउँ थियो, जुन बेथेलको दक्षिणपट्टि र यरीहोभन्दा ८ किलोमिटर उत्तर-पश्‍चिममा अवस्थित थियो ।

  • यरीहोलाई पराजित गरेपछि यहोशूले इस्राएलीहरूलाई ऐमाथि आक्रमण गर्न अगुवाइ गरे । तर तिनीहरू सजिलै सित पराजित भए, किनकि परमेश्‍वर तिनीहरूसित प्रसन्‍न हुनुभएको थिएन ।
  • आकान नाउँ गरेका एक इस्राएलीले यरीहोबाट लुटिएको माललाई चोरेका थिए । त्यसैले, तिनी र तिनको परिवार मारिऊन् भनी परमेश्‍वरले आज्ञा दिनुभयो । त्यसपछि ऐका मानिसहरूलाई पराजित गर्न परमेश्‍वरले इस्राएलीहरूलाई मदत गर्नुभयो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेथेल, यरिहो)

बाइबलका सन्दर्भहरूः

  • एज्रा २ः२७-३०

  • उत्‍पत्ति २ः२७-३०

  • उत्‍पत्ति १३ः३-४

  • यहोशू ७ः३

  • यहोशू ८ः१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5857

ओबदिया

परिभाषा:

ओबदिया पुरानो करारका एक अगमवक्ता थिए जसले एदोमका मानिसहरू विरुद्ध अगमवाणि गरेका थिए, जो एसावका सन्‍तान थिए। पुरानो करारमा ओवेदिया नाउँ भएका अरू धेरै मानिसहरू पनि थिए।

  • ओबदियाको पुस्‍तक पुरानो करारको सबैभन्‍दा छोटो पुस्‍तक हो र ओबदियाले परमेश्‍वरबाट दर्शनद्वारा प्राप्‍त गरेको अगमवाणि बताएका छन्।

  • ओबदिया कहिले बाचेँ र अगमवाणि गरे यो प्रष्‍ट छैन। योराम, अहज्‍याह, योआश र अतल्‍याहले यहूदामा शासन गरेको युगहरूमा भएको हुन सक्‍छ। अगमवक्‍ताहरू दानिएल, इजकिएल र यर्मियाले पनि यस समयमा अगमवाणि गरिरहेका थिए।

  • ओबदिया राजा सिदकियाहको शासनकाल र बेबिलोनी कैदको समयमा वा पछिको अवधिमा बाँचेका हुन सक्‍छन्।

  • ओबदिया नाउँ भएका अन्‍य मानिसहरूमा सौँका सन्‍तान थिए; एक गादी जो दाऊदका मानिसहरू मध्‍ये एक बने, राजा आहाबको लागि दरबार प्रशासन, राजा यहोशापातका एक अधिकारी, राजा योशियाहको समयमा मन्‍दिरको मर्मतमा मदत गर्ने एक व्‍यक्‍ति, र एक लेवी जो नहेम्को‍याहको समयमा द्वारपाल पनि थिए

  • यो हुनसक्छ कि, ओबदियाको पुस्‍तकको लेखक यी मानिसहरू मध्‍ये एक थिए।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आहाब, बेबिलोन, दाऊद, एदोम, एसाव, इजकिएल,दानिएल, गाद, यहोशापात, योशीयाह, लेवी, शाऊल (पु.क), सिदकियाह)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः२१
  • १ इतिहास ८ः३८-४०
  • एज्रा ८ः८-११
  • ओबदिया १ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5662

ओम्री

परिभाषा:

ओम्री सैनिकको एक उच्‍च पदका व्‍यक्‍ति थिए जो इस्राएलका छैटौं राजा बने ।

  • ओम्रीले १२ बर्षसम्म तिर्साको सहरमा राज्य गरे ।
  • इस्राएलका अन्य राजाहरू जस्तै, ओम्री पनि दुष्‍ट राजा थिए जसले मानिसहरूलाई मूर्ति पुजा गर्नको लागि झनै धेरै लगाउँथे ।
  • ओम्री दुष्‍ट राजा आहाबका बुबा थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आहाब, इस्राएल, यरोबाम, तिर्जा)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास २२ः१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6018

कनान, कनानी

परिभाषा:

कनान हामका छोरा थिए । हाम नोआका छोराहरूमध्ये एक थिए । कनानीहरू कनानका सन्तानहरू थिए ।

  • “कनान” वा “कनान देश” ले यर्दन नदी र भूमध्य सागरबिचको भूमिलाई पनि जनाउँथ्यो । यो दक्षिणमा मिश्रको सिमानासम्म फैलिएको थियो भने उत्तरमा सिरियाको सिमानासम्म ।
  • यस देशमा कनानीहरूका अतिरिक्त अन्य विभिन्‍न जातिहरू बसोबास गर्थे ।
  • परमेश्‍वरले कनान देश अब्राहाम र तिनका सन्तानहरू अर्थात् इस्राएलीहरूलाई दिने प्रतिज्ञा गर्नुभयो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हाम, प्रतिज्ञा गरिएको भूमी

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १३ः१९-२०
  • प्रश्‍थान ३ः७-८
  • उत्‍पत्ति ९ः१८
  • उत्‍पत्ति १०ः१९-२०
  • उत्‍पत्ति १३ः७
  • उत्‍पत्ति ४७ः२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ४ः५ अब्रामले आफ्‍नी पत्‍नी साराईलाई आफ्‍ना सबै सेवकहरू र आफू सगँ भएका सबै थोक लिएर परमेश्‍वरले देखाउनुभएको देश, कनान देशमा गए।

  • ४ः६ जब अब्राम कनानमा आइपुगे, परमेश्‍वरले भन्‍नुभयो, "तेरो वरिपरि हेर्। म तलाई र तेरा सन्‍तानलाई तैँले पैतृक सम्‍पतिको रूपमा देख्‍न सक्‍ने सबै भूमि दिनेछु।"

  • ४ः९ "म तेरा सन्‍तानलाई कनान देश दिन्छु‍।"

  • ५ः३ "म तँ र तेरा सन्‍तानहरूलाई कनान देश तिनीहरूको अधिकारको रूपमा दिनेछु र म सदासर्वदा तिनीहरूको परमेश्‍वर हुनेछु।"

  • ७ः८ कनानमा आफ्‍नो घर छोडेर बीस वर्षपछि, याकूब आफ्‍नो परिवार, आफ्‍नो कमाराहरू र आफ्‍ना सबै पशुहरूका साथमा त्‍यहाँ फर्के।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3667, H3669, G54780

कफर्नहुम

तथ्यहरूः

कफर्नहुम गालील समुद्रको उत्तर-पश्‍चिमी तटमा अवस्थित एउटा माछा मार्ने गाउँ थियो ।

  • येशूले गालीलमा सिकाउनुहुँदा उहाँ कफर्नहुममा बस्‍नुहुन्थ्यो ।
  • उहाँका केही चेलाहरू कफर्नहुमका थिए ।
  • मरेकी केटीलाई पुनः जीवित पार्नुका अतिरिक्त येशूले यस सहरमा धेरै आश्‍चर्यकर्महरू गर्नुभयो ।
  • येशूले सार्वजनिक रूपमा हप्काउनुभएका तीन सहरमध्ये कफर्नहुम एक थियो, किनकि त्यहाँका मानिसहरूले उहाँलाई इन्कार गरे र उहाँको सन्देशमाथि विश्‍वास गरेनन् । तिनीहरूको अविश्‍वासको लागि परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुने थियो भनी येशूले तिनीहरूलाई चेताउनी दिनुभयो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: गालील, गालील समुद्र)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G25840

कयिन

परिभाषा:

कयिन र तिनका भाइ हाबिल बाइबलमा उल्लिखित आदम र हव्वाका प्रथम छोराहरू थिए ।

  • कयिन फसल भित्र्याउने किसान थिए भने हाबिल भेडाको रेखदेख गर्ने गोठाला थिए ।
  • कयिनले डाह गरेर आफ्ना भाइ हाबिललाई मारे । किनभने परमेश्‍वरले हाबिलको बलिदान स्वीकार गर्नुभएको थियो, तर कयिनको बलिदान स्वीकार गर्नुभएको थिएन ।
  • परमेश्‍वरले दण्डस्वरूप तिनलाई अदनबाट निकालिदिनुभयो, र भन्‍नुभयो कि भूमिले अब फेरि तिनको लागि फसल उत्पादन गर्नेथिएन ।
  • कयिन भौँतारिदा अरू कसैद्वारा तिनको हत्या हुनबाट रोक्‍नको लागि परमेश्‍वरले तिनको निधारमा एउटा चिन्ह राखिदिनुभयो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

हेर्नुहोस्ः आदम, बलिदान)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ३ः१२
  • उत्‍पत्ति ४ः२
  • उत्‍पत्ति४ः९
  • उत्‍पत्ति ४ः१५
  • हिब्रू ११ः४
  • यहूदा १ः११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7014, G25350

करेतीहरू

परिभाषा:

करेतीहरू मानिसहरूको एउटा समूह थियो, जो सम्भवतः पलिश्तीहरूको एउटा हिस्सा थिए ।

  • “करेतीहरू र पलेतीहरू” राजा दाऊदका सेनामा भएका सिपाहीहरूको एउटा विशेष समूह थियो, जो तिनका अङ्गरक्षकहरूका रूपमा खास तवरले समर्पित थिए ।
  • यहोयादाका छोरा बनायाह जो दाऊदको प्रशासनिक टुकडीका सदस्य थिए, तिनी करेतीहरू र पलेतीहरूका अगुवा थिए ।
  • अब्शालोमको विद्रोहको कारणले दाऊद यरूशलेमबाट भाग्‍नुपर्दा करेतीहरू दाऊदसँगै रहे ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्‍शालोम, बनायाह, दाऊद, पलिश्‍तीहरू

बाइबलका सन्दर्भहरूः

  • सपन्‍याह २ः५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3774

कर्नेलियस

परिभाषा:

कर्नेलियस एक अन्यजाति अर्थात् गैरयहूदी मानिस थिए । तिनी रोमी सेनामा एक सैनिक अधिकारी थिए ।

  • तिनले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्थे, र गरिबहरूलाई दिनमा तिनी निकै उदार थिए ।
  • कर्नेलियस र तिनको परिवारले पत्रुसद्वारा वर्णित सुसमाचारलाई सुनेपछि तिनीहरू येशूलाई ग्रहण गर्ने विश्‍वासीहरू बने ।
  • कर्नेलियसको घरानाका मानिसहरू नै विश्‍वासीहरू बन्‍ने प्रथम गैरयहूदी मानिसहरू थिए ।
  • गैरयहूदीलगायत सबै मानिसहरूलाई बचाउन येशू आउनुभएको थियो भनी यस घटनाले येशूका अनुयायीहरूलाई देखायो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः प्रेरित, विश्‍वास, अन्‍यजाति, सुसमाचार, ग्रीक, कप्‍तान)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १०ः१
  • प्रेरित १०ः८
  • प्रेरित १०ः१८
  • प्रेरित १०ः२२
  • प्रेरित १०ः२४
  • प्रेरित १०ः२६
  • प्रेरित १०ः३०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स:  G28830

कर्मेल, कर्मेल डाँडा

परिभाषा:

“कर्मेल डाँडा” ले एउटा पर्वत मालालाई जनाउँछ, जुन शारोनको मैदानको उत्तरपट्टि भूमध्य सागरको तटमा अवस्थित थियो । यसको उच्‍चतम टाकुरा ५४६ मिटर अग्लो छ ।

  • “कर्मेल” भनिने नगर पनि थियो, जुन खारा समुद्रको दक्षिणमा यहूदामा अवस्थित थियो ।
  • धनी भूस्वामी नाबाल र तिनकी पत्‍नी अबीगेल कर्मेल नगर नजिकै बस्थे, जहाँ दाऊद र तिनका मानिसहरूले नाबालका भेडाहरूका ऊन काट्नेहरूलाई सुरक्षा दिन मदत गरे ।
  • यहोवे मात्र एक साँचो परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्नका लागि प्रतियोगितामा भाग लिन कर्मेल डाँडामा नै एलियाले बालका अगमवक्ताहरूलाई चुनौती दिए ।
  • यो केवल एउटा पहाड थिएन भनी प्रस्ट पार्न “कर्मेल डाँडा” लाई “कर्मेल पर्वत मालामा भएको डाँडा” वा “कर्मेल पर्वत माला” भनी अनुवाद गर्न सकिन्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बाल, एलिया, यहूदा, मृत सागर)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १८ः१८-१९
  • १ शामूएल १५ः१२
  • यर्मिया ४६ः१८
  • मीका ७ः१४-१५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3760, H3761, H3762

कलस्से, कलस्सीहरू

परिभाषा:

कलस्से नयाँ करारको समयमा रोमी प्रान्त फ्रिगियामा अवस्थित थियो, जुन क्षेत्र अहिले टर्की देशको दक्षिण-पश्‍चिममा पर्छ । कलस्सेमा बस्‍ने मानिसहरूलाई कलस्सीहरू भनिन्थ्यो ।

  • भूमध्य सागरबाट करिब १०० माइल टाढा अवस्थित कलस्से एफिसस सहर र यूफ्रेटिस नदीको बिचमा पर्ने एउटा महत्त्पूर्ण व्यापारिक मार्ग थियो ।
  • रोमको झ्यालखानामा हुँदा पावलले कलस्सेका विश्‍वासीहरूका बिचमा देखा परेका झुटा शिक्षाहरूलाई सच्‍च्याउन “कलस्सीहरू” लाई एउटा पत्र लेखे ।
  • पावलले यो पत्र लेख्दा तिनी अझै पनि कलस्सेको मण्डलीमा पुगेका थिएनन, तर तिनका सहकर्मी इपाफ्रासबाट तिनले त्यहाँका विश्‍वासीहरूको बारेमा सुनेका थिए ।
  • एपाफ्रास सम्भवतः कलस्सेको मण्डली सुरु गर्ने एक ख्रीष्‍टियान सेवक थिए ।
  • फिलेमोनको पुस्तक पावलद्वारा कलस्सेका दासको मालिकलाई सम्बोधन गरिएको पत्र थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एफिसी, पावल)

बाइबलका सन्दर्भहरूः

  • कलस्‍सी १ः३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स:  G28570

कल्दी

परिभाषा:

कल्दी मेसोपोटामिया वा बेबिलोनको दक्षिणी भागमा अवस्थित क्षेत्र थियो । यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कल्दीहरू भनिन्थ्यो ।

  • ऊर सहर जहाँबाट अब्राहाम आएका थिए, त्यो कल्दीमा अवस्थित थियो । यसलाई अक्सर “कल्दीहरूको ऊर” भनी उल्लेख गरिएको छ ।
  • बेबिलोनका राजाहरू बन्‍ने मनग्गे कल्दीहरूमध्ये नबूकदनेसर एक थिए ।
  • वर्षौंपश्‍चात् लगभग ६०० ख्रीष्‍टपूर्वतिर “कल्दी” को अर्थ “बेबिलोन” हुन आयो ।
  • दानिएलको पुस्तकमा “कल्दी” शब्दले उच्‍च शिक्षा हासिल गरेका र ताराहरूको अध्ययन गर्ने विशेष मानिसहरूको वर्गलाई पनि जनाउँछ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, बेबिलोन, शिनार, उर)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ७ः४-५
  • इजकिएल १ः१
  • उत्‍पत्ति ११ः२७-२८
  • उत्‍पत्ति१५ः६-८
  • यशैया १३ः१९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3679, H3778, H3779, G54660

कादेश

परिभाषा:

कादेश वा कादेश-बार्निया भनेको इस्राएलको इतिहासको महत्वपूर्ण सहर हो र अहिले यो सिरियामा पर्दछ ।

  • कादेश भनेको जीन मरुभूमिको बीचमा रहेको समुद्र थियो ।
  • अब्राहामले कादेश हुँदो यात्रा गरेका थिए ।
  • मरुभूमिको यात्रामा इस्राएलले कादेशमा बसोबास गरेको थियो ।
  • चट्टानबाट पानी निकाल्ने सम्बन्धमा परमेश्‍वरले दिनुभएको निर्देशनप्रति अनाज्ञाकारी रहेको कारण कादेशमा रहेको प्रतिज्ञाको भूमिमा प्रवेश गर्नबाट मोशालाई इन्कार गरिएको थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मरुभूमी, एदोम, पवित्र)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल ४८ः२८

  • उत्‍पत्ति १४ः७-९

  • उत्‍पत्ति १६ः१४

  • उत्‍पत्ति २०ः१-३

  • यहोशू १०ः४०-४१

  • गन्ती २०ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4809, H6946, H6947

कादेश

परिभाषा:

कादेश भनेको कनानी सहर थियो जुन कनानमा प्रवेश गर्ने क्रममा इस्राएलद्वारा लिइएको थियो ।

  • कादेश इस्राएलको उत्तरी भागमा पर्दथ्यो र नप्‍तालीहरूको जातिलाई त्यो दिइएको थियो ।
  • कादेश भनेको शरणार्थीको सहरको रूपमा अलग गरिएको थियो र त्यो लेवी पूजाहारीहरूको निम्ति बस्‍ने एउटा सहर पनि थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, हेब्रोन, लेवी, नप्‍ताली, पूजारी, शरणस्‍थान, शेकेम, इस्राएलका बाह्र कुल)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ६ः७२
  • यहोशू १९ः३७
  • न्‍यायकर्ता ४ः१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6943, H7191

काना

परिभाषा:

काना गालील प्रान्तमा पर्ने एउटा गाउँ वा नगर थियो । यो नासरतभन्दा नौ माइल उत्तरमा अवस्थित थियो ।

  • काना नथानेलको गृहनगर थियो, जो बाह्‍मध्ये एक थिए ।
  • येशू कानाको विवाह भोजमा उपस्थित हुनुभयो । पानीलाई दाखमद्यमा परिणत गरी त्यहीँ नै उहाँले आफ्नो पहिलो आश्‍चर्यकर्म गर्नुभयो ।
  • त्यसको केही समयपश्‍चात् येशू कानामा फर्कनुभयो, र आफ्नो छोरोको चङ्गाइको निम्ति अनुरोध गर्ने कफर्नहुमका एक अधिकारीलाई उहाँले त्यहाँ भेट्नुभयो ।

(हेर्नुहोस्ः कफर्नहुम, गालील, बाह्र जना)

बाइबलका सन्दर्भहरूः

  • यूहन्‍ना २ः१-२
  • यूहन्‍ना ४ः४६-४७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G25800

कालेब

परिभाषा:

कनान देशको अन्वेषण गर्न मोशाद्वारा पठाइएका बाह् जना इस्राएली गुप्‍तचरमध्ये कालेब एक थिए ।

  • कनानीहरूलाई पराजित गर्न परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ भनी तिनी र यहोशूले मानिसहरूलाई बताए ।
  • आफ्नो पुस्ताका मानिसहरूका बिचमा यहोशू र कालेब मात्र यस्ता मानिसहरू थिए, जसले कनानको प्रतिज्ञात देशमा जाने अनुमति पाए ।
  • हेब्रोन देश कालेब र तिनको परिवारलाई दिइओस् भनी तिनले अनुरोध गरे । त्यहाँ बसोबास गर्ने मानिसहरूलाई पराजित गर्न परमेश्‍वरले तिनलाई मदत गर्नुहुने थियो भनी तिनी जान्दथे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हेब्रोन, यहोसू)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ४ः१३
  • यहोशू १४ः६-७
  • न्‍यायकर्ता ३२ः१०-१२
  • गन्‍ती ३२ः१०-१२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १४ः४ जब इस्राएलीहरू कनानको छेउमा पुगे, मोशाले इस्राएलका प्रत्‍यक कुलबाट एक-एक जना  गरि बाह्र जना मानिसहरूलाई छनोट गरे। तिनले मानिसहरूलाई त्‍यस ठाउँ कस्‍तो छ भनेर हेर्न भूमिमा भेद लिने निर्देशन दिए।
  • १४ः६ तुरुन्‍तै कालेब र यहोशू, अरू दुई जासुसले भने, "यो सत्‍य हो कि कनानका मानिसहरू अग्‍ला र बलिया छन्, तर हामी तिनीहरूलाई पक्‍कै हराउन सक्‍छौँ। परमेश्‍वरले हाम्रो लागि लड्नुहुनेछ।"
  • १४ः८ "यहोशू र कालेब बाहेक, बीस वर्ष वा माथीका सबैजना त्‍यहाँ मर्नेछन् र प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नेछैनन्।"

ताकि तिनीहरू त्‍यस भूमिमा शान्‍तिसगँ बस्‍न सकून्।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3612, H3614

किद्रोन खोल्छा

परिभाषा:

यो येरुशलेम सहरको पूर्वीय पर्खाल र जैतून डाँडाको बीचको खोल्छा हो ।

  • यो खोल्छा १००० मिटर भन्दा धेरै गहिरो र करीब ३२ किलोमिटर लामो छ ।
  • जब दाऊद राजा आफ्ना छोरा अब्शालोमबाट भागिरहेका थिए, उनी किद्रोन खोल्छा हुँदै जैतून डाँडामा पुगे ।
  • राजा योशियाह र यहूदाका राजा आशाले झुटा ईश्‍वरहरूका स्थानहरू र वेदीहरू नष्‍ट गर्न र जलाउन आज्ञा दिए र सबै खरानी किद्रोन खोल्छामा फालिएका थिए ।
  • राजा हिजकियाको शासनको समयमा पूजाहारीहरूले किद्रोन खोल्छामा मन्दिरबाट निकालिएका अशुद्ध कुराहरू फ्याँक्थे ।
  • दुष्‍ट रानी अतल्याह तिनले गरिका दुष्‍ट कामहरूका कारण यस खोल्छामा मारिएकी थिईन् ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्‍शालोम, आशा, अतल्‍याह, दाऊद, झूटा देवता, हिजकिया, उच्‍च स्‍थानहरू, योशियाह,यहूदा, जैतूनको पहाड)

बाइबलका सन्दर्भहरूः

  • यूहन्‍ना १८ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5674, H6939, G27480, G54930

किलिकिया

परिभाषा:

किलिकिया अहिलेको आधुनिक टर्की देशको दक्षिण-पूर्वमा अवस्थित एउटा सानो रोमी प्रान्त थियो । यसको सिमाना ईजियन समुद्र पर्छ।

  • प्रेरित पावल किलिकियामा पर्ने टार्सस सहरका नागरिक थिए ।
  • दमस्कसको बाटोमा येशूसित जम्काभेट गरेपछि पावलले किलिकियामा केही वर्ष बिताए ।
  • स्तिफनसको सामना गरी तिनलाई मृत्युमा पुर्‍याउने गरी ढुङ्गाले हान्‍न मानिसहरूलाई प्रभावित तुल्याउनेहरूमध्ये केही किलिकियाका यहूदीहरू पनि थिए ।

(अनुवादका लागि सुझावहरूः  नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्ः पावल, स्‍तिफनस, टार्सस)

बाइबलिय सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G27910

कुरेनी

तथ्यहरूः

कुरेनी भूमध्य सागरमा अफ्रिकाको उत्तरी तटमा पर्ने एउटा ग्रिक सहर थियो, जुन क्रेट टापुको सिधै दक्षिणमा पर्थ्यो ।

  • नयाँ करारको समयमा यहूदी र ख्रीष्‍टियानहरू दुवै नै कुरेनीमा बस्थे ।
  • बाइबलमा कुरेनी सम्भवतः येशूको क्रुस बोक्‍ने सिमोन नाउँका मानिसको गृहनगरको रूपमा बढी परिचित छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: क्रेट)

बाइबलका खण्डहरूः​ ​

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G29560, G29570

कूश

परिभाषा:

कूश नोआका छोरा हामका जेठा छोरा थिए । तिनी निम्रोदका पुर्खा पनि थिए । तिनका दुई जना भाइका नाउँ मिश्र र कनान थिए ।

  • पुरानो करारको समयमा “कूश” इस्राएलको दक्षिणपट्टि पर्ने विशाल क्षेत्रको नाउँ पनि थियो । हामका छोरा कूशको नाउँमा नै यस ठाउँको नाउँ राखिएको हुन सक्छ ।
  • प्राचीन कूश क्षेत्रले त्यस भूमिलाई ओगट्थ्यो, जसमा विभिन्‍न समयमा सुडान, मिश्र, इथियोपिया र सम्भवतः साउदी अरबजस्ता आधुनिक देशहरू समावेश भएका हुन सक्छन् ।
  • भजनसंग्रहको पुस्तकमा कूश नाउँ गरेका अर्का मानिसको पनि उल्लेख भएको छ । तिनी एक बेन्यामीनी थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अरब, कनान, मिश्र, इथियोपिया)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १ः८-१०
  • इजकिएल २९ः१०
  • उत्‍पत्ति २ः१३
  • उत्‍पत्ति १०ः६-७
  • यर्मिया १३ः२३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स:  H3568, H3569, H3570, 3571

केदार

परिभाषा:

केदार इस्माएलको माइलो छोरो थियो र ऊबाट एउटा ठुलो जाति निस्किेको थियो । त्यसरी नै केदार नामक एउटा महत्वपूर्ण सहर पनि रहेको थियो ।

  • पलिश्तिीको दक्षिणी सीमानाको नजीक रहेको अरबको उत्तरी भागमा केदार नामक सहर अवस्थित थियो । बाइबलीय समयमा, त्यसको महानता तथा सुन्दरताले यो सहर प्रख्यात थियो ।
  • “केदारको अन्ध्यारो तम्बू,” भन्‍ने वाक्याँशले बाख्राको कालो रौंबाट बनाइएका तम्बूहरूलाई सङ्केत गर्दछ जसमा केदारका मानिसहरू बस्दथे ।
  • “केदारको महिमा,” भन्‍ने वाक्याँशले उक्त सहर तथा त्यसमा रहेका मानिसहरूको महानतालाई सङ्केत गर्दछ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अरब, बाख्रा, इश्‍माएल, बलिदान)

बाइबलका सन्दर्भहरूः

  • श्रेष्‍ठगित १ः५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6938

कैयाफा

तथ्यहरूः

कैयाफा बप्‍तिस्मा-दिने यूहन्‍ना र येशूको समयमा इस्राएलका प्रधान पुजारी थिए ।

  • येशूको जाँच पडताल र दण्डाज्ञामा कैयाफाले मुख्य भूमिका निभाए ।
  • एक जना लङ्गडो मानिसलाई चङ्गाइ गरेपछि पत्रुस र यूहन्‍ना पक्राउ पर्दा प्रधान पुजारीहरू हन्‍नास र कैयाफा तिनीहरूका जाँच पडतालमा उपस्थित थिए ।
  • सारा जाति नष्‍ट हुनुभन्दा सारा जातिको लागि एक जना मानिस मर्नु उत्तम हुन्छ भनी बताउने व्‍यक्‍ति कैयाफा नै थिए । कसरी आफ्ना मानिसहरूलाई बचाउन येशू मर्नुहुने थियो भनी परमेश्‍वरले कैयाफालाई भविष्यवाणीको रूपमा यसो भन्‍न लगाउनुभएको थियो ।

(अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: हन्‍नास, प्रधान पुजारी)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G25330

कैसर

तथ्यहरूः

“कैसर” रोमी साम्राज्यका धेरै शासकहरूद्वारा प्रयोग गरिएको नाउँ वा उपाधि थियो । बाइबलमा यस नाउँले तीन बेग्लाबेग्लै रोमी शासकलाई जानउँछ ।

  • कैसर नाम गरेका पहिलो रोमी शासक “कैसर अगस्टस” थिए, जसले येशू जन्मनुहुँदा शासन गरिरहेका थिए ।
  • करिब तिस वर्षपश्‍चात् बप्‍तिस्मा-दिने यूहन्‍नाले प्रचार गरिरहेको समयमा कैसर तिबेरिअस रोमी साम्राज्यका शासक थिए ।
  • येशूले जे कैसरको हो, त्यो कैसरलाई नै दिनू र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई नै दिनू भनी मानिसहरूलाई बताउनुहुँदा कैसर तिबेरिअसले अझै शासन गरिरहेका थिए ।
  • पावलले कैसरकहाँ अपिल गर्दा यसले रोमी सम्राट् नेरोलाई उल्लेख गरेको थियो । तिनले पनि “कैसर” उपाधि धारण गरेका थिए ।
  • “कैसर” लाई उपाधिको रूपमा प्रयोग गरिँदा यसलाई “सम्राट्” वा “रोमी शासक” भनी अनुवाद गर्न सकिन्छ ।
  • कैसर अगस्टस वा कैसर तिबेरिअसजस्ता नाउँहरूमा “कैसर” शब्दलाई राट्रिय भाषाहरूमा उही हिज्जेको प्रयोग गर्न सकिन्छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: राजा, पावल, रोम)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G25410

कैसरिया, कैसरिया फिलिप्पी

परिभाषा:

कैसरिया भूमध्य सागरको तटमा अवस्थित एउटा महत्त्वपूर्ण सहर थियो, जुन कर्मेल पहाडबाट करिब ३९ किलोमिटर दक्षिणमा पथ्र्यो । कैसरिया फिलिप्पी हेर्मोन डाँडा नजिकै इस्राएलको उत्तर-पूर्वमा अवस्थित सहर थियो ।

  • रोमी साम्राज्यमाथि शासन गर्ने कैसरहरूको नाउँमा यी सहरहरूका नाउँ राखिए ।
  • तटवर्ती कैसरिया येशूको समयतिर रोमी प्रान्त यहूदियाको राजधानी सहर बन्यो ।
  • प्रेरित पत्रुसले पहिलो पटक कैसरियामा नै गैरयहूदीहरूलाई प्रचार गरे ।
  • पावलले कैसरियादेखि टार्सससम्म सामुद्रिक यात्रा गरे, र आफ्ना दुईवटा प्रचार यात्रामा तिनी यस सहर भएर गए ।
  • येशू र उहाँका चेलाहरूले कैसरिया फिलिप्पीको क्षेत्रमा यात्रा गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कैसर, अन्‍यजाति, समुन्‍द्र, कार्मेल, हेर्मोन डाडाँ, रोम, टार्सस)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ९ः३०

  • प्रेरित १०ः१-२

  • प्रेरित २५ः१

  • प्रेरित २५ः१४

  • मर्कुस ८ः२७

  • मत्ती १६ः१३-१६

शब्‍दको आंकडाः

  • Strong’s: G25420, G53760

कोरह, कोरहका छोराहरू

परिभाषा:

कोरह भनेको पुरानो नियममा भएको तीन जना व्‍यक्‍तिहरुका नाउँ हुन् ।

  • एसाबको छोराहरूमध्ये एकजनाको नाउँ कोरह थियो । उनी आफ्नो समुदायको अगुवा थिए ।
  • कोरह भनेको लेवीको सन्तान पनि थिए जसले पवित्रवासस्थानमा पूजाहारीको भूमिका निभाएका थिए । अनि परमेश्‍वरले हारुन तथा मोशालाई दिनुभएको अख्तियारप्रति उनी डाही भएका थिए ।
  • अनि परमेश्‍वरद्वारा दिइएका अगुवाहरूविरुद्ध आवाज उठाउनको लागि उनले दातान र अबीरामसँग मिलेर षड्यन्‍त्र गरेका थिए ।

(हेर्नुहोस्ःहारून, अधिकार, कालेब, वंशज, एसाव, यहूदा, पुजाहारी)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7141

कोरिन्थ, कोरिन्थीहरू

परिभाषा:

कोरिन्थ एथेन्सबाट करिब ५० माइल पश्‍चिममा पर्ने ग्रिस देशको एउटा सहर थियो । कोरिन्थीहरू कोरिन्थमा बस्‍ने मानिसहरू थिए ।

  • आदि ख्रीष्‍टियान मण्डलीहरूमध्ये एउटा कोरिन्थमा थियो ।
  • नयाँ करारका दुईवटा पुस्तक १ कोरिन्थी र २ कोरिन्थी कोरिन्थमा रहेका ख्रीष्‍टियानहरूलाई पावलद्वारा लिखित पत्रहरू थिए ।
  • आफ्नो दोस्रो मिसनरी यात्रामा पावल कोरिन्थमा करिब अठार महिना बसे ।
  • पावल कोरिन्थमा छँदा तिनले विश्‍वासीहरू अकिलास र प्रिस्किलालाई भेटे ।
  • कोरिन्थसित सम्बन्धित आदि मण्डलीका अन्य अगुवाहरूमा तिमोथी, तीतस, अपोल्लोस र सिलास थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अपोल्‍लोस, तिमोथी, तीतस)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्‍थी १ः३
  • २ कोरिन्‍थी १ः२३-२४
  • प्रेरित १८ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स:  G28810, G28820

कोरेस

परिभाषा:

कोरेस फारसका राजा थिए, जसले ५५० ख्रीष्‍टपूर्वतिर सैनिक विजयद्वारा फारसी साम्राज्य खडा गरे । इतिहासमा तिनलाई कोरेस महान् भनेर पनि चिनिन्थ्यो ।

  • राजा कोरेसले बेबिलोन सहरमाथि विजय हासिल गरे, जसले गर्दा त्यहाँ निर्वासनमा रहेका इस्राएलीहरू मुक्त हुन पाए ।
  • आफूले विजय हासिल गरेका राज्यका मानिसहरूप्रति सहनशील मनोवृत्तिको लागि कोरेस परिचित थिए । यहूदीहरूप्रति भएको तिनको दयाको कारणले निर्वासनपश्‍चात् यहूदीहरूलाई यरूशलेमको पुनर्निर्माणतर्फ डोर्‍यायो ।
  • दानिएल, एज्रा र नहेम्याह बाँचेको समयमा कोरेसले शासन गर्दै थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः दानिएल, दारा, एज्रा, नहेम्‍याह, फारसी)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास ३६ः२३
  • दानिएल १ः२१
  • एज्रा ५ः१३
  • यशैया ४४ः२८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3566

क्रेट, क्रेटबासी

परिभाषा:

क्रेट ग्रिसको दक्षिणी तटमा अवस्थित एउटा टापु हो । यस टापुमा बस्‍ने मानिसलाई “क्रेटबासी” भनिन्छ ।

  • आफ्ना मिसनरी यात्राहरूमा प्रेरित पावलले क्रेट टापुमा यात्रा गरे ।
  • ख्रीष्‍टियानहरूलाई सिकाउन र मण्डलीमा अगुवाहरूको नियुक्ति गर्न पावलले आफ्ना सहकर्मी तीतसलाई यही टापुमा छाडेका थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित २ः११
  • प्रेरित २७ः८
  • आमोस ९ः७-८
  • तीतस १ः१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स:  G29120, G29140

खारा समुद्र, मृत सागर

परिभाषा:

खारा समुद्र (मृत सागर पनि भनिन्छ) दक्षिणी एस्राएलको पश्‍चिम र मोआबको पुर्व बीचमा अवस्थित थियो ।

  • येदन नदी खारा समुद्रभित्र दक्षिणतिर बग्‍छ ।
  • यि धेरैजसो सुद्रहरूभन्दा सानो भएकोले यसलाई “खारा ताल” भन्‍न सकिन्छ ।
  • यि समुद्रमा खनिजहरूको (नुन) चाप उच्‍च छ, जसको तात्पर्य यसको पानीमा कुनै पनि कुरा बाँच्‍न सक्दैन । त्यसैबाट “मृत सागर” नाउँ आउँछ ।
  • अरबा र नेगेव नजिकैको क्षेत्रहरूम परेको हुनाले पुरानो करारमा यो समुद्रलाई “अरबाको समुद्र” र “नेगेवको समुद्र” पनि भनिन्थ्यो ।

(अनुवादका निम्ति सुझावः नामहरू अनुवाद गर्नुहोस्)

हेर्नुहोस्ः अम्मोन, अम्मोनीहरू, अम्मोनी महिलाहरू, अरबा, यर्दन नदी, मोआब, मोआबी, मोहाबी महिलाहरू, नेगेव)

बाइबल खण्डहरूः

  • २ इतिहास २०ः१-२
  • व्‍यवस्‍था ३ः१७
  • यहोशू ३ः१४-१६
  • गन्‍ती ३४ः१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3220, H4417

गब्रिएल

तथ्यहरू:

गब्रिएल परमेश्‍वरका स्वर्गदूतहरूमध्ये एउटाको नाउँ हो । पुरानो र नयाँ करार दुवैमा तिनको नाउँ केही पटक उल्लेख भएको पाइन्छ ।

  • दानिएलले देखेको दर्शनको अर्थ बताउन परमेश्‍वरले गब्रिएललाई तिनीकहाँ पठाउनुभयो ।
  • अर्को पल्ट, दानिएलले प्रार्थना गरिरहँदा, गब्रिएल स्वर्गदूत तिनीकहाँ उडेर आए, र तिनले भविष्यमा हुने कुराबारे भविष्यवाणी गरे । दानिएलले तिनलाई “मानिस” भनी उल्लेख गरेका छन् ।
  • नयाँ करारमा जकरियाकी वृद्धा पत्‍नी एलिशीबाले यूहन्‍ना नाउँ गरेको छोरो जन्माउने थिइन् भनी भविष्यवाणी गर्न गब्रिएल जकरियाकहाँ आए भनी उल्लेख गरेको पाइन्छ ।
  • त्यसको छ महिनापश्‍चात् परमेश्‍वरले मरियमलाई बालक गर्भधारण गर्न सक्षम तुल्याउनुहुनेछ, जो परमेश्‍वरको पुत्र हुनुहुनेछ भनी बताउन गब्रिएललाई मरियमकहाँ पठाइन्छ । तिनको नाउँ “येशू” राख्‍नू भनी गब्रिएलले मरियमलाई भने ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: स्वर्गदूत, दानिएल, एलिशीबा, (बप्‍तिस्मा दिने) यूहन्‍ना, मरियम, अगमवक्ता, परमेश्‍वरको पुत्र, जकरिा (न.का))

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H1403, G10430

गमोरा

तथ्यहरु:

गमोरा सदोम नजिकै पर्ने प्रशस्त उब्जाउ हुने बेँसीमा अवस्थित एउटा सहर थियो, जहाँ अब्राहामका भतिजो लोतले बस्‍ने छनोट गरे।

  • गमोरा र सदोमको वास्तविक स्थान अज्ञात छ, तर यी सहरहरू सिद्दीमको बेँसी नजिकै पर्ने खारा समुद्रको सिधै दक्षिणपट्टि अवस्थित थिए कि भन्‍ने सङ्केतहरू छन् ।
  • सदोम र गमोरा रहेको क्षेत्रहरुमा धेरै राजाहरू युद्धमा थिए।
  • सदोम र अन्य सहरहरू बीच लडाइँ हुँदा लोतको परिवार कैदी बनाइएर लगिएपछि अब्राहाम र तिनका मानिसहरूले तिनीहरूलाई छुटकारा दिए ।
  • त्यसको केही समय पनि बित्‍न नपाउँदै, सदोम र गमोरामा बस्‍ने मानिसहरूको दुष्‍टताको कारणले परमेश्‍वरले ती सहरहरूलाई नष्‍ट गर्नुभयो ।

अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, बेबिलोन, लोत, नूनको समुद्र, सदोम))

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6017

गरार

परिभाषा:

गरार कनानको एउटा सहर र क्षेत्र थियो, जुन हेब्रोनेको दक्षिण-पश्‍चिम र बेर्शेबाको उत्तर-पश्‍चिमपट्टि पथ्र्यो ।

  • अब्राहाम र सारा गरारमा बस्दा राजा अबीमेलेक त्यहाँका शासक थिए ।
  • इस्राएलीहरू कनानमा बस्दा पलिश्तीहरूले गरारको क्षेत्रमाथि प्रभुत्व जमाएका थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अबीमेलेक, बेर्शेबा, हेब्रोन, पलिश्‍तीहरू)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास १४ः१२-१३

  • उत्‍पत्ति २०ः१-३

  • उत्‍पत्ति २६ः१

  • उत्‍पत्ति  २६ः६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1642

गलगथा

परिभाषा:

“गलगथा” एउटा ठाउँको नाउँ हो, जहाँ येशूलाई क्रुसमा टाँगिएको थियो । आरमेइक शब्दबाट व्युत्पन्‍न भएको यस शब्दको अर्थ हुन्छ, “खप्पर” वा “खप्परे स्थान ।”

  • गलगथा यरूशलेम सहरको बाहिरपट्टि नजिकै कतै अवस्थित थियो । सायद, यो जैतून पर्वतको भिरमा पथ्र्यो ।
  • बाइबलका केही पुराना संस्करणहरूमा गलगथालाई “कलवरी” भनी अनुवाद गरिएको छ, जुन “खप्पर” को लागि प्रयोग गरिएको ल्याटिन शब्दबाट आउँछ ।
  • धेरै बाइबल संस्करणहरूले “गलगथा” जस्तै देखिने वा उच्‍चारणमा यसको जस्तै ध्वनि आउने शब्दको प्रयोग गर्छन्, किनकि बाइबलकै पाठ्यांशमा यसको अर्थलाई पहिले नै व्याख्या गरिएको छ । बाइबलका नाउँहरूलाई कसरी अनुवाद गर्ने भन्‍ने बारेमा तलको लिङ्कमा जानुस् ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आराम, जैतुनको डाडाँ)

बाइबलका सन्दर्भहरूः

  • यूहन्‍ना १९ः१७
  • मर्कुस १५ः२२
  • मत्ति २७ः३३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G11150

गलातीया

परिभाषा:

नयाँ करारको समयमा गलातीया एउटा विशाल रोमी प्रान्त थियो, जुन अहिले टर्की भनेर चिनिने देशको मध्य भागमा अवस्थित थियो ।

  • गलातीयाको एउटा भाग दक्षिणपट्टि काला समुद्रको सिमाना थियो । यो एसिया, बिथिनिया, कापाडोकिया, किलिकिया र पामफिलियाजस्ता प्रान्तहरूको पनि सिमाना थियो ।
  • प्रेरित पावलले गलातीया प्रान्तमा बस्‍ने ख्रीष्‍टियानहरूलाई एउटा पत्र लेखे । नयाँ करारमा यस पत्रलाई “गलातीहरू” भनिन्छ ।
  • गलातीहरूलाई यस पत्र लेख्‍नुको एउटा कारण कामहरूबाट नभई अनुग्रहबाट उपलब्ध उद्धारको सुसमाचारलाई पुनः जोड दिनु थियो ।
  • विश्‍वासीहरूले केही यहूदी व्यवस्थाहरूलाई पालन गर्नु आवश्यक छ भनी यहूदी ख्रीष्‍टियानहरूले गलातीयाका अन्यजाति ख्रीष्‍टियानहरूलाई सिकाउँदै थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एशिया, विश्‍वास, किलिकिया, सुसमाचार, पावल, कार्यहरू)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १६ः१-२
  • १ पत्रुस १ः१-२
  • २ तिमोथी ४ः९-१०
  • प्रेरित १६ः६-८
  • गलाती १ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G10530, G10540

गशूर

परिभाषा:

राजा दाऊदको समयमा गशूर एउटा सानो राज्य थियो, जुन गालील समुद्रको पूर्वपट्टि, इस्राएल र अराम देशहरूका बिचमा अवस्थित थियो ।

  • राजा दाऊदले गशूरका राजाकी छोरी माकासित बिहे गरे, र उनले दाऊदको निम्ति छोरो अब्शालोमलाई जन्माइन् ।
  • आफ्ना सौतेला भाइ अमनोनको हत्या गरेपछि, अब्शालोम यरूशलेमबाट उत्तर-पूर्वमा पर्ने गशूरमा भागेर गए । यो ठाउँ यरूशलेमदेखि ८८ माइल टाढा थियो । अब्शालोम तिन वर्षसम्म त्यहीँ बसे ।

(हेर्नुहोस्ः अभ्‍शालोम, अम्‍नोन, अराम, गालील सागर)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २ः२३
  • २ शामूएल ३ः२-३
  • व्‍यवस्‍था १२ः३-५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1650

गाजा

परिभाषा:

बाइबलको समयमा गाजा एउटा समृद्ध पलिश्ती सहर थियो । भूमध्य सागरको तटमा अवस्थित यो सहर अश्दोदबाट ३८ किलोमिटर दक्षिणमा पथ्र्यो । यो पलिश्तीहरूका पाँचवटा मुख्य सहरमध्ये एक थियो ।

  • यसको अवस्थितिको कारणले गाजा एउटा मुख्य बन्दरगाह थियो, जहाँ धेरै विभिन्‍न किसिमका जातिहरू र राज्यहरूका बिचमा व्यापारिक गतिविधिहरू हुन्थे ।
  • आज यो सहर गाजा स्ट्रिपमा एउटा अझै पनि महत्त्वपूर्ण बन्दरगाह हो । गाजा स्ट्रिप भूमध्य सागरको तटमा अवस्थित क्षेत्र हो जसको उत्तर र पूर्वमा इस्राएल पर्छ भने दक्षिणमा मिश्र ।
  • पलिश्तीहरूले शिमशोनलाई पक्रेपछि तिनीहरूले तिनलाई गाजा सहरमा नै लगेका थिए ।
  • सुसमाचार प्रचारक फिलिपले इथियोपियाली नपुंसकलाई भेट्दा तिनी मरुभूमिको बाटो हुँदै गाजा गएका थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः  अश्‍दोद, फिलिप, पलिश्‍ती, कूश, गात)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ४ः २४-२५
  • प्रेरित ८ः२६
  • उत्‍पत्ति १०ः१९
  • यहोशू १०ः४०-४१
  • न्‍यायकर्ताहरू ६ः३-४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5804, H5841, G10480

गात

परिभाषा:

गात पलिश्तीहरूका पाँचवटा मुख्य सहरमध्ये एउटा थियो । यो एक्रोनको दक्षिण अनि अश्दोद र अश्कलोनको पूर्वमा पथ्र्यो ।

  • पलिश्ती योद्धा गोल्यत गात सहरको थियो ।
  • शमूएलको समयमा पलिश्तीहरूले इस्राएलबाट करारको सन्दुक चोरेर यसलाई अश्दोदस्थिति तिनीहरूको मन्दिरमा राखे । त्यसपछि यसलाई गातमा लगियो र त्यहाँबाट एक्रोनमा । तर परमेश्‍वरले ती सहरहरूका मानिसहरूलाई रोग पठाएर दण्ड दिनुभयो । तसर्थ, तिनीहरूले सन्दुकलाई इस्राएलमा नै फर्काइदिए ।
  • दाऊद राजा शाऊलबाट उम्कँदै गर्दा तिनी गातमा भागे, जहाँ केही समयको लागि तिनी आफ्ना दुई पत्‍नी र आफ्ना छ सय बफादार अनुयायीसँगै बसे ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः अश्‍दोद, अश्‍कलोन, एक्रोन, गाजा, गोल्‍यात, पलिश्‍तीहरू)

बाइबलका सन्दर्भहरूः

  • १ राजा २ः३९
  • १ शामूएल ५ः८-९
  • २ इतिहास २६ः६-८
  • यहोशू ११ः२१-२२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1661, H1663

गाद

परिभाषा:

गाद याकूबका सातौँ छोरा थिए। तिनी जिल्‍पाका जेठा छोरा थिए। तिनका सन्‍तानहरू इस्राएलका कुलहरू मध्‍ये एक थिए।

  • उनीबाट आएको जाति "गादको कुल" वा "गाद" वा "गाद" भनेर चिनिन्‍थ्‍यो।
  • गाद नाम हिब्रू शब्‍द "भाग्‍यमानी" सगँ मिल्‍दोजुल्‍दो छ।
  • गाद कुल गालील समुन्‍द्र र मृत सागरको बिचमा यर्दन नदीको पूर्वी भागमा बसोबास गर्थ्‍यो। यो रुबेनको उत्तरमा र मनश्‍सेको कुलको आधा दक्षिणमा थियो। भूमिको क्षेत्रको नामको रूपमा प्रयोग गर्दा, "गाद" शब्‍दले गादको कुललाई दिइएको भूमिलाई जनाउँछ।
  • बाइबलमा अर्का मानिसको नाउँ पनि गाद छ, जो अगमवक्ता थिए । इस्राएलीहरूको जनगणना लिई पाप गरेकोले राजा दाऊदको सामना गर्ने गाद यिनै थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएलका बाह् कुल, याकूब, जिल्‍पा)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ५ः१८
  • प्रस्‍थान १ः१-५
  • उत्‍पत्ति ३०ः११
  • यहोशू १ः१२
  • यहोशू २१ः३८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1410, H1425, G10450

गालील समुद्र, किन्‍नरेत समुद्र, गनेसरेत समुद्र, तिबेरियास समुद्र

तथ्यहरूः

गालील समुद्र पूर्वी इस्राएलको एउटा ताल हो । पुरानो करारमा यसलाई "किन्‍नरेत समुद्र" भनिन्थ्यो ।

  • यो तालको पानी दक्षिणतिर हुँदै बगेर खारा समुद्रमा जन्छ ।
  • नयाँ करारको समयमा गालील समुन्‍द्रमा अवस्‍थित केही सहरहरू कफर्नहुम, बेथसेदा, गनेसरेत र तिबेरियास थिए ।
  • येशूका जीवनका धेरै घटनाहरू गालील समुन्‍द्रको छेउमा वा नजिक भएका थिए ।
  • गालील समुद्रलाई “तिबेरियास समुद्र” र “गनेसरेत ताल” भनी उल्लेख गरिन्छ ।
  • यो शब्‍दलाई "गालीलको क्षेत्रको ताल" वा "गालील ताल" वा "तिबेरियास (गनेसरेत) नजिकैको ताल" भनेर पनि अनुवाद गर्न सकिन्‍छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: कफर्नहुम, गालील, यर्दन नदी, खारा समुद्र)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3220, H3672, G10560, G10820, G22810, G30410, G50850

गालील, गालीली

तथ्यहरू:

गालील इस्राएलको सुदूर उत्तरी क्षेत्र र सामरियाको उत्तरमा थियो । गालीलीचाहिँ गालीलमा बसोबास गर्ने व्‍यक्‍ति थियो ।

  • नयाँ करारको समयमा गालील, सामरिया र यहूदिया इस्राएलका तीन वटा मुख्य प्रान्तहरू थिए ।
  • गालीलको पूर्वपट्टि “गालील समुद्र” भनेर चिनिने ठुलो ताल थियो ।
  • येशू गालीलको नासरत नगरमा हुर्कनुभयो, र उहाँ त्यहीँ बस्‍नुहुन्थ्यो ।
  • येशूका अधिकांश आश्‍चर्यकर्महरू र शिक्षाहरू गालील क्षेत्रमा भए ।

(यो पनि हेर्नुहोस्: नासरत, सामरिया, गालील समुद्र)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २१ः१० अगमवक्‍ता यशैयाले मसीह __गालील__मा बस्‍नुहुनेछ, टुटेको हृदय भएका मानसिहरूलाई सान्‍त्‍वना दिनुहुनेछ, र बन्दीहरूलाई स्‍वतन्‍त्रता र कैदीहरूलाई छुट्काराको घोषणा गर्नुहुन्‍छ भनी अगमवाणी गरे ।
  • २६ः१ शैतानको परिक्षामाथि वजयी भएर येशू पवित्र आत्‍माको शक्‍तिमा __गालील__को क्षेत्रमा फर्कनुभयो उहाँ त्यहीँ बस्‍नुभयो ।
  • ३९ः६ अन्‍तमा, मानिसहरूले भने, "हामीलाई थाहा छ, तिमीहरू येशूसँग थियौ, किनभने तिमीहरू दुवै __गालील__का हौ ।"
  • ४१ः६ तब स्‍वर्गदूतले स्‍त्रीहरूलाई भने, "जाओ र चेलाहरूलाई भन, येशू मृत्‍युबाट जीवित हुनुभएको छ र उहाँ तिनीहरूका अघी अघि __गालील__मा जानुहुने छ ।"

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H1551, G10560, G10570

गिदोन

परिभाषा:

गिदोन इस्राएलका मानिस थिए । इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट छुटकारा दिन परमेश्‍वरले तिनलाई खडा गर्नुभयो ।

  • गिदोन बाँचेको समयमा मिद्यानीहरू भनेर चिनिने जातिले इस्राएलीहरूमाथि आक्रमण गरिरहे, र तिनीहरूले उनीहरूका फसलहरू नष्‍ट पारिरहे ।
  • गिदोन डराए तापनि मिद्यानीहरूसित लडाइँ गरी तिनीहरूलाई पराजित गर्न परमेश्‍वरले तिनलाई इस्राएलीहरूको अगुवाको रूपमा प्रयोग गर्नुभयो ।
  • झुटा देवताहरू बाल र अशेराका वेदीहरू भत्काएर पनि गिदोनले परमेश्‍वरको आज्ञा माने ।
  • गिदोनले इस्राएलीहरूका शत्रुहरूलाई पराजित गर्न तिनले आफ्ना मानिसहरूलाई अगुवाइ मात्र गरेनन्, तर एक मात्र साँचो परमेश्‍वर यहोवेको आज्ञा पालन गर्न र उहाँको आराधना गर्न तिनीहरूलाई उत्साह दिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बाल, अशेरा, उद्धार, मिधान, यहोवा)

बाइबलका सन्दर्भहरूः

  • हिब्रू ११ः३२-३४

  • न्‍यायकर्ता ६ः११

  • न्‍यायकर्ता ६ः२३

  • न्‍यायकर्ता  ८ः१७

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १६ः५ परमप्रभूका दूत गिदोन कहाँ आए र भने, "हे शक्‍तिशाली योद्धा, परमेश्‍वर तिमीसगँ हुनुहुन्‍छ।" जाऊँ र इस्राएललाई मिधानीहरूबाट बचाऊँ।

  • १६ः६ गिदोनला बुबाको एउटा मूर्तिलाई समर्पित गरेको वेदी थियो। परमेश्‍वरले गिदोनलाई त्‍यो वेदी भत्‍काउन भन्‍नुभयो।

  • १६ः८ तिनीहरू (मिधानीहरू) यति धेरै थिए कि तिनीहरूको गणना गर्न सकिँदैन थियो।

  • १६ः८ गिदोनले इस्राएलीहरूलाई तिनीहरूसगँ लड्न एकसाथ बोलाए। गिदोनले परमेश्‍वरलाई दुईवटा चिन्‍हहरू मागेका थिए ताकि परमेश्‍वरले उनलाई इस्राएललाई बचाउन प्रयोग गर्नुहुनेछ भन्‍ने कुरा निष्‍चित हुन सकोस्।

  • १६ः१० ३२००० इस्राएली सिपाहिहरू गिदोनमा आए, तर परमेश्‍वरले उनिहरूलाई भन्‍नुभयो कि यो धेरै सिपाहिहरू भए।

  • १६ः१२ तब गिदोन आफ्‍ना सिपाहिहरूकहाँ फर्के र तिनीहरू प्रत्‍यकलाई एउटा सिङ, माटोको भाँडो र एउटा मशाल दिए।

  • १६ः१५ मानिसहरू गिदोनलाई आफ्‍नो राजा बनाउन चाहन्‍थे।

  • १६ः१६ त्‍यसपछि गिदोनले सुन प्रधान पूजहारीले लगाउने जस्‍तै विशेष लुगा बनाउन प्रयोग गरे। तर मानिसहरूले त्यसलाई मूर्ति जस्‍तै पूज्‍न थाले।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1439, H1441

गिबा

परिभाषा:

गिबा एउटा सहरको नाउँ हो, जुन यरूशलेमको पश्‍चिम र बेथेलको दक्षिणमा पथ्र्यो ।

  • गिबा बेन्यामीन कुलको इलाकामा पथ्र्यो ।
  • यो बेन्यामीनीहरू र इस्राएलबिच भएको विशाल युद्धको क्षेत्र थियो ।

(अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेन्‍जामिन, बेथेल, यरूशलेम)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल १०ः२६-२७
  • २ शामूएल २१ः६
  • होशे ९ः९
  • न्‍यायकर्ताहरू १९ः१२-१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1387, H1389, H1390, H1394

गिबोन, गिबोनी

परिभाषा:

गिबोन यरूशलेमदेखि करिब १३ किलोमिटर उत्तर-पश्‍चिममा अवस्थित एउटा सहर थियो । गिबोनमा बस्‍ने मानिसहरूलाई गिबोनीहरू भनिन्थ्यो ।

  • इस्राएलीहरूले कसरी यरीहो र ऐ सहरहरूलाई नष्‍ट पारे भनी गिबोनीहरूले सुनेपछि तिनीहरू भयभीत भए ।
  • तसर्थ, गिबोनीहरू गिलगालमा इस्राएलका अगुवाहरूकहाँ आए, र तिनीहरूले धेरै टाढाको देशबाट आएका मानिसहरू भएको अभिनय गरे ।
  • इस्राएलका अगुवाहरू छलमा परे, र तिनीहरूले गिबोनीहरूको सुरक्षा दिई तिनीहरूलाई नष्‍ट नगर्ने सहमति जनाए ।

(हेर्नुहोस्ः गिलगाल, यरिहो, यरूशलेम)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ८ः२९
  • १ राजा ३ः४-५
  • २ शामूएल २ः१२-१३
  • यहोशू ९ः३-५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १५ः६ तर गिबोनी भनिने कनाकी मानिसहरूको एउटा समूहले यहोशूलाई झुटो बोल्‍यो र भन्‍यो कि तिनीहरू कनानबाट टाढाको भएको ठाउँबाट आएका थिए।

  • १५ः७ केहि समय पछि, कनानका अर्को मानिसहरूको समूहको राजाहरू, एमोरीहरूले, गिबोनीहरूले इस्राएलीहरूसगँ शान्‍तिको सन्‍धि गरेको सुने, त्‍यसैले तिनीहरूले आफ्‍ना सेनाहरूलाई एउट ठूलो सेना बनाएर गिबोनीमाथि आक्रमण गरे।

  • १५ः८ यसकारण यहोशूले इस्राएली सेनाहरू जम्‍मा गरे र तिनीहरू गिबोनीहरूसम्‍म पुग्‍न रातभरि हिडेँ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1391, H1393

गिर्गाशीहरू

परिभाषा:

गिर्गाशीहरू कनान देशमा गालील समुद्रको नजिकै बस्‍ने एउटा जाति थियो ।

  • तिनीहरू हामका छोरा कनानका सन्तानहरू थिए । त्यसैले, “कनानीहरू” भनेर चिनिने धेरै जातिहरूमध्ये तिनीहरू एक थिए ।
  • गिर्गाशीहरू र अन्य कनानी जातिहरूलाई पराजित गर्न परमेश्‍वरले इस्राएलीहरूलाई मदत गर्नुहुने थियो भनी उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभयो ।
  • सबै कनानी जातिहरूले झैँ गिर्गाशीहरूले पनि झुटा देवताहरूलाई पुज्थे, र तिनीहरूको पुजाको हिस्साको रूपमा तिनीहरूले अनैतिक कामहरू गर्थे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, हाम, नोआ)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १ः१४
  • व्‍यवस्‍था ७ः१
  • उत्‍पत्ति १०ः१६
  • यहोशू ३ः९-११
  • यहोशू २४ः११-१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1622

गिलगाल

परिभाषा:

गिलगाल यरीहोको उत्तरमा पर्ने नगर थियो । कनान प्रवेशको लागि यर्दन नदी पार गरेपछि इस्राएलीहरूले पहिलो पटक यहीँ नै पाल टाँगेका थिए ।

  • इस्राएलीहरूले भर्खरै पार गरेको यर्दन नदीको सुक्खा पिँधबाट लिइएका बाह् ओटा पत्थरलाई यहोशूले गिलगालमा खडा गरे ।
  • एलिया र एलीशाले यर्दन पार गरी गिलगाल छाडे, जुन बेला एलिया स्वर्ग लगिए ।
  • पुरानो करारमा अन्य केही ठाउँहरूलाई पनि “गिलगाल” भनिएको छ ।
  • “गिलगाल” शब्दको अर्थ हुन्छ, “पत्थरहरूको वृत्त ।” सायद, यसले वृत्ताकार वेदी निर्माण गरिएको ठाउँलाई उल्लेख गथ्र्यो ।
  • अङ्ग्रेजी भाषाको पुरानो करारमा यो शब्दसित प्रायः सधैँ आर्टिकल “द” (द गिलगाल) आउँछ । यसले यो कुनै विशेष ठाउँ नभएर कुनै ठाउँको बयान थियो कि भनी अङ्कित गर्दछ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एलिया, एलिशा, यरिहो, यर्दन नदी)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल ७ः१५-१७
  • २ राजा २ः१-१२
  • होशे ४ः१५
  • न्‍यायकर्ता २ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1537

गिलाद

परिभाषा:

गिलाद यर्दन नदीको पूर्वमा पर्ने पहाडिया क्षेत्रको नाउँ हो, जहाँ इस्राएलका कुलहरू गाद, रूबेन, मनश्शे बस्थे ।

  • यस क्षेत्रलाई “गिलादको पडाडि मुलुक” वा “गिलाद पहाड” को रूपमा पनि उल्लेख गरिन्थ्यो ।
  • पुरानो करारमा केही मानिसहरूका नाउँ पनि “गिलाद” थिए । गिलाद नाउँ भएको एक जना मानिस मनश्शेको नाति थियो । अर्को गिलाद यिप्‍ताको पिता थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः गाद, योप्‍पा, मनश्‍शे, रूबेन, इस्राएलको बाह्र कुल)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २ः२२
  • १ शामूएल ११ः१
  • आमोस १ः३
  • व्‍यवस्‍था २ः३६-३७
  • उत्‍पत्ति ३१ः२१
  • उत्‍पत्ति ३७ः२५-२६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1568, H1569

गेतसमनी

परिभाषा:

गेतसमनी यरूशलेमको पूर्वमा पर्ने जैतून रुखहरू भएको एउटा बगैँचा थियो । यो किद्रोन खोल्साभन्दा पारि र जैतून पर्वतको नजिकै पथ्र्यो ।

  • यही गेतसमनीको बगैँचामा नै येशू र उहाँका चेलाहरू भिडहरूबाट टाढा भई एकान्तमा विश्राम गर्न जान्थे ।
  • यहूदी अगुवाहरूबाट गिरफ्तार हुनुअगि यही गेतसमनीको बगैँचामा नै येशूले बडो शोकपूर्वक प्रार्थना गर्नुभयो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यहूदा इस्‍करियत, किद्रोन उपत्‍यका, जैतूनको पहाड)

बाइबलका सन्दर्भहरूः

  • मर्कुस १४ः३२
  • मत्ती २६ः३६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G10680

गोल्यत

परिभाषा:

गोल्यत पलिश्तीहरूको सेनामा अत्यन्तै अग्लो र ठुलो ज्यान भएको सिपाही थियो, जो दाऊदद्वारा मारियो ।

  • गोल्यत दुईदेखि तिन मिटरसम्म अग्लो थियो । त्यसको ठुलो आकारको कारणले गर्दा त्यसलाई प्रायः बडेमान भनी उल्लेख गरिएको छ ।
  • दाऊदसितभन्दा गोल्यतसित राम्रा हतियारहरू भए तापनि र त्यो तिनीभन्दा ठुलो भए तापनि, त्यसलाई पराजित गर्न परमेश्‍वरले दाऊदलाई शक्ति र क्षमता दिनुभयो ।
  • दाऊदले गोल्यतमाथि जित हासिल गरेसँगै पलिश्तीहरूमाथि इस्राएलीहरूको विजय घोषणा गरियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः दाऊद, पलिश्‍ती)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २०ः४-५
  • १ शामूएल १७ः४-५
  • १ शामूएल २१ः८-९
  • १ शामूएल २२ः९-१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1555

गोशेन

परिभाषा:

गोशेन एउटा प्रदेशको नाउँ हो, जुन मिश्र देशको उत्तरी भागमा अवस्थित थियो ।

  • योसेफ मिश्रमा शासक हुँदा तिनका पिता र तिनका दाजुहरू अनि तिनीहरूका परिवारहरू कनानमा आइपरेको अनिकालबाट बच्‍न गोशेनमा बस्‍न आए ।
  • तिनीहरू र तिनीहरूका सन्तानहरू गोशेनमा ४०० वर्षभन्दा बढी समय राम्ररी बसे । तर त्यसपछि भने मिश्रका फारोले तिनीहरूलाई जबरजस्ती दासदासीहरू बनाए ।
  • अन्ततः, गोशेनलाई छाडी यस दासत्वबाट छुटकारा पाऊन् भन्‍ने उद्देश्यले परमेश्‍वरले इस्राएलीहरूलाई मदत गर्न मोशालाई पठाउनुभयो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मिश्र, अनुकाल, मोशा, निल नदि)

बाइबलका सन्दर्भहरूः

  • प्रस्‍थान ८ः२२-२४
  • उत्‍पत्ति ४५ः११
  • उत्‍पत्ति ४७ः२
  • उत्‍पत्ति ५०ः७-९
  • यहोशू १०ः४०-४१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1657

ग्रिक, ग्रिसेली, युनानवादी

परिभाषा:

"ग्रीक" शब्दले ग्रीस देशमा बोलिने भाषालाई जनाउँछ, यसले ग्रीस देशको मानिसलाई पनि जनाउँछ । ग्रिक रोमी साम्राज्यभरि बोलिने भाषा थियो । “ग्रिसेली” शब्दको अर्थ “ग्रीक बोल्ने” हुन्छ ।

  • रोमी साम्राज्‍यका अधिकांश गैर-यहूदी मानिसहरूले ग्रीक भाषा बोल्‍ने भएकोले, गैरयहूदीहरूलाई नयाँ करारमा विशेष गरी यहूदीहरूसँग भिन्‍नता छुट्टाउँदा "ग्रीकहरू" भनी उल्लेख गरिन्थ्यो ।
  • "ग्रीसेली यहूदीहरू" वा "युनानवादीहरू" शब्दावलीले "हिब्रू यहूदीहरू"को विपरित हिब्रू वा अरामेइक मात्र बोइ्ने यहूदीहरूको विपरित ग्रीक बोल्‍ने यहूदीहरूलाई जनाउथ्यो । "युनानवादी" शब्‍द ग्रीक बोल्‍नेहरूका निम्ति प्रयोग गरिएको शब्द‍को उच्‍चारणबाट आउँछ ।
  • “ग्रिसेली” लाई “ग्रीक बोल्ने” वा “सांस्कृतिक रूपमा ग्रीक” वा “ग्रीक” भनेर अनुवाद गर्न सकिन्छ ।
  • गैर-यहूदीहरूलाई उल्‍लेख गर्दा, "ग्रीक" लाई "गैरयहूदी" भनेर अनुवाद गर्न सकिन्‍छ ।

(अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्: अराम, गैरयहूदी, ग्रीस, हिब्रू, रोम)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3125, G16720, G16730, G16740, G16750, G16760

ग्रिस/युनान

परिभाषा:

नयाँ करारको समयमा ग्रिस रोमी साम्राज्यको एउटा प्रान्त थियो ।

  • वर्तमान ग्रिस देशजस्तै यो एउटा प्रायद्धीपमा अवस्थित थियो जसका सिमानाहरू भूमध्य सागर, एजन समुद्र र आइनोएिन समुद्र थिए ।
  • प्रेरित पावल ग्रिसका विभिन्‍न सहरहरूमा गए, र तिनले कोरिन्थ, थेसलोनिके, फिलिप्पी र सम्भवतः अन्य ठाउँहरूमा मण्डलीहरू स्थापना गरे ।
  • ग्रिसका मानिसहरूलाई “ग्रिकहरू” भनिन्छ र तिनीहरूको भाषालाई “ग्रिक” भनिन्छ । धेरै यहूदीहरूलगायत अन्य रोमी प्रान्तका मानिसहरूले पनि ग्रिक बोल्थे ।
  • कहिले काहीँ अन्यजातिलाई जनाउन “ग्रिक” शब्दको प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कोरिन्‍थी, अन्‍यजाति, ग्रीक, हिब्रू, फिलिप्‍पी, थेसलोनीका)

बाइबलका सन्दर्भहरूः

  • दानिएल ८ः२१
  • दानिएल १०ः२०-२१
  • दानिएल ११ः१-२
  • जकरीया ९ः१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3120, G16710

जकरिया (न.का.)

तथ्यहरू:

नयाँ करारमा जकरिया एक यहूदी पुजारी थिए, जो बप्‍तिस्मा दिने यूहन्‍नाका पिता भए ।

  • जकरियाले परमेश्‍वरलाई प्रेम गरे र उहाँको आज्ञा पालन गरे ।
  • जकरिया र तिनकी पत्‍नी एलीशिबाले एउटा बालक पाउनलाई धेरै वर्षसम्म जोडदार प्रार्थना गरे, तर एउटै पनि पाएका थिएनन् । उनीहरू धेरै वृद्ध भएपछि, परमेश्‍वरले उनीहरूका प्रार्थनाको जवाफ दिनुभयो, र उनीहरूलाई एउटा छोरा दिनुभयो ।
  • जकरियाले उनका छोरा यूहन्‍ना मसीहका निम्ति मार्ग तयार पार्ने र घोषणा गर्ने अगमवक्‍ता हुनेछन् भनी भविष्यवाणी गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: ख्रीष्ट, एलीशिबा, अगमवक्ता)

बाइबलका सन्‍दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरू:

  • २२ः१ जकरिया नाम गरेका एक जना वृद्ध पुजारीकहाँ परमेश्‍वरको सन्देशसहित अचानक एउटा स्वर्गदूत आए । जकरिया र तिनकी पत्‍नी एलीशिबा धार्मिक मानिसहरू थिए, तर तिनले बालक पाउन सकिकी थिइनन् ।
  • २२ः२ स्वर्गदूतले __जकरिया__लाई भने, “तिम्री पत्‍नीले छोरा पाउने छिन् । तिमीले त्यसको नाम यूहन्‍ना राख्‍ने छौ ।”
  • २२ः३ जकरिया तुरून्तै बोल्न नसक्‍ने भए ।
  • २२ः७ त्यसपछि परमेश्‍वरले __जकरिया__लाई फेरि बोल्न सक्‍ने बनाउनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G21970

जकरिया (पु.क.)

तथ्यहरू:

जकरिया एक अगमवक्ता थिए जसले फारसका राजा दाराको शासनकालमा भविष्यवाणी गरेका थिए। जकरियाको पुरानो नियमको पुस्तकमा उहाँका भविष्यवाणीहरू छन्, जसले निर्वासनबाट  फर्केकाहारूलाई मन्दिरको पुननिर्माण गर्न आग्रह गरेका थिए ।

  • अगमवक्ता जकरिया एज्रा, नेहेम्या, येरूब्बाबेल र हाग्गैको रूपमा उही समय अवधिमा बाचे। तिनीहरूलाई येशूले पुरानो नियमको समयमा मारिएका अगमवक्ताहारूमध्ये अन्तिम अगमवक्ताहरूको रूपमा पनि उल्लेख गर्नुभएको थियो ।

  • दाउदको समयमा भेट हुने पालमा जकरिया नाउँ गरेका अर्का मानिस द्वारपाल थिए ।

  • राजा यहोशापातको एउटा छोरा, जसको नाम जकरिया थियो जसलाई उनका भाइ यहोरामले हत्या गरेका थिए  ।

  • जकरिया एक पुजारिको नाम थियो जसले मानिसहरूले उनीहरूका मूर्तीपुजाको निम्ति मानिसहरूलाई हप्‍काउँदा उनीहरूले तिनलाई ढुङ्गाले हानेर मारेका थिए ।

  • राजा जकरिया यारोबामका छोरा थिए र हत्या हुनु अगि उनले इस्राएलमा मात्र ६ माहिना शासन गरे ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः दारा, एज्रा, यहोशापात, यारोबाम नहेम्याह, यरूबाबेल)

बाइबलका सन्‍दर्भहरू:

  • एज्रा ५ः१-२
  • मत्ती २३ः३४-३६
  • जकरिया १ः१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2148

जखायस

तथ्यहरू:

जखयास यरीहोका एक कर उठाउने मानिस थिए, जो टुलो भिडले घेरिएका येशूलाई हेर्न रूखमा चढेका थिए ।

  • येशूमा विश्‍वास गरेपछि जखयास पूर्ण रूपमा परिवर्तन भए ।
  • तिनले गरिबलाई आफ्नो आधा सम्पत्ति दिने प्रतिज्ञा गरे ।
  • तिनले मानिसहरूबाट उनीहरूका करभन्दा बढी लिएका कुराको उनीहरूलाई नै चार गुणा बढी फर्ता दिने प्रतिज्ञा पनि गरे ।

(अनुवादका निम्ति सुझाव: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: विश्‍वास गर्नु, प्रतिज्ञा, पश्‍चताप गर्नु, पाप, कर, कर उठाउने)

बाइबलका सन्‍दर्भहरू:

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G21950

जबूलून

तथ्यहरू:

जबूलून याकूबका दशाै र लेआबाट जन्मिएका छाैटो छोरा थिए र इस्राएलका बाह्र कुल मध्ये एउटाको नाम हो ।

  • उहाँबाट आएको कुललाई "जुबुलुनको कुल" वा "जुबुलुन" भनेर चिनिन्थ्यो ।

  • जुबुलुनको नामको अर्थ, थाहा छैन, तर यो हिब्रू शब्दसँग मिल्दोजुल्दो छ जसको अर्थ "सम्मान" वा "बास गर्नु" हो ।

  • जुबुलुनको कुल नप्ताली, इस्साकार, मनश्शे र आशेरको भूमिसँग जोडिएको उत्तरपश्चमी कनानमा बसोबास गर्थो ।

(अनुवादका सुझाबहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएलका बाह्र कुल, याकूब, लेआ)

बाइबलका खण्डहरू:

  • प्रस्थान १ः१-५
  • उत्पत्ति ३०:२०
  • यशैया ९ः१
  • न्यायकर्ताहरू ४ः१०
  • मत्ती ४:१३
  • मत्ती ४:१६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2074, H2075, G21940

जब्दिया

तथ्यहरू:

जब्दिया गालीलका माछा मार्ने मानिस थिए जो उनका छोराहरू याकूब र यूहन्‍नाका कारण चिन्छन् जो येशूका चेलाहरू थिए  । तिनीहरूलाई नयाँ नियममा प्रायः "जब्दियाका छोराहरू"को रूपमा चिनिन्छन् ।

  • जब्दियाका छोराहरू पनि मछुवाहरू थिए र  तिनीसँगै माछा मार्ने काम गर्थे ।
  • याकूब र यूहन्‍नाले आफ्नो बाबु जब्दियाको माछा मार्ने काम छोडे र येशूको पछि लागे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: चेला, मछुवा, याकूब (जब्दियाका छोरा), यूहन्‍ना (बप्‍तिस्‍मा दिने))

बाइबलका खण्डहरू:

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G21990

जिल्पा

तथ्‍यहरू:

जिल्पा याकूबकी पत्नीहरूमध्ये एक थिइन् । तिनी याकूबका दुई छोरा गाद र आशेरकी आमा थिइन्।

  • लेआले याकूबसँग विवाह गर्दा लाबानले जिल्पाले लेआलाई दासको रूपमा दिए।
  • लेआले सान्तान जन्माउन छोडेपछि, तिनले जिल्पालाई याकूबलाई पत्नीको रूपमा दिइन् र तिनको लागि थप सान्तान जन्माइन्

(अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्ः याकूब, लेआ, गाद, आशेर)

बाइबलका सन्दर्भहरू:

  • उत्पत्ति २९ः२३
  • उत्पत्ति ३०ः९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2153

जैतून डाँडा

परिभाषा:

जैतून डाँडा यरूशलेम सहरको पूर्वतर्फ अवस्थित एउटा पर्वत वा ठुलो डाँडा हो । यो लगभग ७८७ मिटर अग्लो छ ।

  • पुरानो करारमा, यो पहाडलाई कहिलेकाहीँ "यरूशलेमको पूर्वमा पर्ने पहाड" भनेर उल्लेख गरिन्छ ।
  • नयाँ करारले, येशू र उहाँका चेलाहरू केही पटक जैतुन डाँडा प्रार्थना र विश्राम गर्न जानुभएको कुरा उल्लेख गर्छ ।
  • येशूलाई गेतसमनीको बगैँचामा पक्राउ गरिएको थियो, जुन जैतून डाँडामा नै अवस्थित छ ।
  • यसलाई "जैतून डाडाँ" वा "जैतून रूखहरूको पहाड" भनेर पनि अनुवाद गर्न सकिन्‍छ ।

(यो पनि हेर्नुहोस्: नामहरू अनुवाद गर्नु)

(यो पनि हेर्नुहोस्: गेतसमनी, जैतून)

बाइबलका सन्‍दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H2022, H2132, G37350, G16360

जोनाथन

परिभाषा:

यो “जोनाथन” नाउँ पुरानो करारमा धेरै पटक प्रयुक्‍त हुन्छ । यसको अर्थ हुन्छ‒ “यहोवेले दिनुभएको छ ।”

  • जोनाथन नाउँ गरेका सबैभन्दा परिचित मानिस राजा शाऊलका जेठा छोरा थिए । तिनी दाऊदका सबैभन्दा घनिष्‍ठ मित्र थिए ।
  • पुरानो करारमा उल्लिखित जोनाथन नाउँ गरेका अन्य मानिसहरू यस प्रकार छन्ः मोशाका नाति, राजा दाऊदका भतिजो, दाऊदको सेवा गर्ने पूजाहारी अबियाथारका छोरा, सचिव जसको घरमा यर्मियालाई थुनिएको थियो र अन्य धेरै ।

(हेर्नुहोस्ः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अबियाथार, दाऊद, मोशा, यर्मिया, पूजहारी, शाऊल (पु.क), लेखक)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १ः४१-४२
  • १ शामूएल १४ः१
  • १ शामूएल २०ः२
  • २ शामूएल १ः३-५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3083, H3129

टार्सस

परिभाषा:

टार्सस रोमी प्रान्त किलिकियामा अवस्थित प्राचीन र समृद्ध सहर थियो । यो अहिले मध्य टर्कीको दक्षिणपट्टि पर्छ ।

  • मुख्य नदी र भूमध्य सागरको तटको नजिकै रहेकोले यो व्यापारको लागि एउटा महत्त्वपूर्ण मार्ग थियो ।
  • इतिहासको एउटा क्षणमा यसलाई किलिकियाको राजधानी सहर भनेर चिनिएको थियो ।
  • टार्सस प्रेरित पावलको जन्मस्थान थियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः पावल, शाऊल, प्रदेश, समुन्द्र)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ९:११
  • प्रेरित ९:३०
  • प्रेरित ११:२५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G50180, G50190

टुरोस

तथ्यहरूः

टुरोस भूमध्य सागरको तटमा अवस्थित प्राचीन कनानी सहर थियो, जुन आधुनिक लेबनान देश क्षेत्रमा पर्छ । यसका बासिन्दाहरूलाई "टुरोसीहरू" भनिन्थ्यो ।

  • सहरको केही भागचाहिँ मुख्य भुमिबाट करिब एक किलोमिटर टाढा रहेको समुन्द्रको एउटा टापुमा अवस्थित थियो ।
  • यसको अवस्थिति र देवदारुजस्ता मूल्यवान् स्रोतहरूको कारणले टुरोस सहर एउटा समृद्ध व्यापारिक उद्योगको हिस्सा र निकै धनी सहर थियो ।
  • टुरोसका राजा हिरामले राजा दाऊदको लागि दरबार निर्माण गर्न देवदारुका रूखहरू र दक्ष कामदारहरू पठाए ।
  • वषाैँपछि, हिरामले पनि मन्दिर निर्माणमा सहायता गर्न राजा सोलोमनलाई काठ र दक्ष कामदारहरू पठाए । सोलोमनले उनलाई ठुलो मात्रामा गहुँ र जैतूनको तेल दिए ।
  • टुरोसलाई अक्सर नजिकैको प्राचीन सीडोन सहरसित जोडिन्थ्यो । यी सहरहरू फोनिके भनिने कनान क्षेत्रमा सबैभन्दा महत्वपूर्ण सहरहरू थिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: कनान, देवदारु, इस्राएल, समुद्र, फोनेसिया, सीदोन)

बाइबलका सन्‍दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H6865, H6876, G51830, G51840

तर्शीश

परिभाषा:

बाइबलीय समयमा, तर्शीश भूमध्य सागरमा अवस्थित एउटा बन्दरगाह सहर थियो तर यो कहाँ थियो भनी अज्ञात छ । साथै पुरानो करारमा तर्शीश नामका दुई फरक-फरक मानिसहरूलाई उल्लेख गरेको छ।

  • तर्शीश बन्दरगाहको सहर पनि थियो । राजा सोलोमनले तर्शीशसित व्यापार गरे । बेचबिखनको लागि त्यहाँबाट ल्याइने मूल्यवान् उत्पादनहरूको आधारमा भन्‍नुपर्दा यो एउटा समृद्ध सहर थियो ।

  • तर्शीश जाने जहाजमा चढेर पुरानो करारका अगमवक्‍ता योनाले परमेश्‍वरको आज्ञाबाट भाग्‍ने कोसिस गरे ।

  • तर्शीश नोआका छोरा यापेतका नाति थिए ।

  • तर्शीश, राजा आहाशूरसका ज्ञानी मानिसहरूमध्य एकको नाम पनि हो।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एस्तर, येपेत, योना, निनवे फोनिके, ज्ञानी मानिस)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १०:२-५
  • यशैया २ः१६
  • योना १:३
  • भजनसंग्रह ४८ः७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8659

तामार

तथ्यहरू:

तामार पुरानो करारमा केही स्‍त्रीहरूको नाउँ हो । यो इजकिएलको पुस्तकमा उल्लिखित एउटा ठाउँको नाउँ पनि हो ।

  • तामार यहूदाकी बुहारी थिइन् । उनले फारेसलाई जन्म दिइन्, जो येशू ख्रीष्‍टका पुर्खा बने ।
  • दाऊदका छोरीहरूमध्ये एक जनाको नाउँ तामार थियो । उनका सौतेला दाजु अमनोनले उनलाई बलत्कार गरी दूषित पारे ।
  • अब्शालोमको पनि तामार नाँउको छोरी थियो।
  • "हजेजोन तामार" भनिने सहर नुन सागरको पश्चिमी किनारमा रहेको एन्गेडी सहर जस्तै थियो। त्यहाँ"बाल तामार" पनि छ र "तामार" भन्ने ठाँउको सामान्य सन्दर्भहरू जुन शहरहरू भन्दा फरक हुन सक्छ ।

(यो पनि हेर्नुहोस्: अब्शालोम, पूर्वज, [अम्नोन] (../names/amnon.md), [दाऊद] (../names/david.md), [पूर्वज] (../other/father.md), [यहूदा] (../names/judah.md), खारा समुद्र)

(अनुवाद सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • [१ इतिहास 2:4] (rc://en/tn/help/1ch/02/04)
  • [२ शमूएल 13:2] (rc://en/tn/help/2sa/13/02)
  • [२ शमूएल 14:25-27] (rc://en/tn/help/2sa/14/25)
  • [उत्पत्ति 38:6-7] (rc://en/tn/help/gen/38/06)
  • [उत्पत्ति 38:24] (rc://en/tn/help/gen/38/24)
  • [मत्ती 1:1-3] (rc://en/tn/help/mat/01/01)

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1193, H2688, H8412, H8559

तिमोथी

परिभाषा:

तिमोथी लुस्‍त्राका जवान मानिस थिए, जो तिनको नगरमा पावलको सेवा-कार्यको परिणामस्वरूप ख्रीष्‍टमा ग्रहण गर्ने विश्‍वासी बने । तिनी केही मिसनरी यात्राहरूमा पावलसँगै गए र तिनले विश्‍वासीहरूका नयाँ समुदायहरूको रेखदेख गर्न मदत गरे ।

  • तिनकी बज्यै लोइस र तिनकी आमा युनिस दुवै ख्रीष्‍टलाई ग्रहण गर्ने यहूदी विश्‍वासीहरू थिए । तर तिनका पिता भने ग्रिक थिए ।
  • तिमोथी आंशिक रूपमा यहूदी भएकाले पावलले तिनको खतना गरे ताकि यहूदीहरूलाई चोट नपुर्‍याईकन तिनले तिनीहरूलाई भेट्न सकून् र तिनीहरूका बिचमा सेवा गर्न सकून् ।
  • एल्डरहरू र पावलले तिमोथीमाथि आ-आफ्ना हात राख्‍नुका साथै प्रार्थना गरेर तिनलाई सेवा-कार्यको निम्ति औपचारिक रूपमा नियुक्‍त गरे ।
  • नयाँ करारमा दुईवटा पुस्तक (१ तिमोथी र २ तिमोथी) पावलद्वारा लेखिए । स्थानीय मण्डलीहरूका जवान अगुवाको रूपमा तिमोथीलाई मार्गदर्शन दिन पावलले यी पत्रहरू लेखेका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोसः नियुक्त, विश्वास, चर्च, ग्रिक, सेवक)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ३:२
  • १ तिमोथी १:२
  • प्रेरित १६:३
  • कलस्सी १:१
  • फिलेमोन १:१
  • फिलिप्पी १:१
  • फिलिप्पी २:१९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G50950

तिर्सा

परिभाषा:

तिर्सा एउटा महत्त्वपूर्ण कनानी सहर थियो, जुन पछि उत्तरी राज्य इस्राएलका अस्थायी राजधानी सहरहरूमध्ये एक बन्यो । यो गिलादकि छोरीको नाम पनि हो, जो मनश्शेका सन्तान थिए ।

  • तिर्सा सहर मनश्शे कुलद्वारा कब्जा गरिएको क्षेत्रमा अवस्थित थियो । यो सहर शकेम सहरदेखि १० माइल उत्तरमा पर्थ्यो भन्‍ने विचार गरिएको छ ।
  • वर्षैँ पछि, तिर्सा इस्राएल चार राजाहरूको शासनकालमा इस्राएलको उत्तरी राज्यको अस्थायी राजधानी शहर भयो।
  • तिर्सा मनश्शेका एक नातिनीको नाउँ पनि थियो, जसले देशमा पैत्तृक सम्पत्तिको माग गरे किनकि सामान्य चालचलनअनुसार त्यो पैत्तृक सम्पत्ति अधिकार गर्ने तिनीहरूको कुनै दाजुभाइ थिएन ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, कनानी, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी, इस्राएल राज्य, मनश्शे, शकेम)

बाइबलका सन्‍दर्भहरूः

  • गन्ती २७ः१
  • गन्ती ३६ः११
  • श्रेष्ठगीत ६ः४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8656

तीतस

परिभाषा:

तीतस गैरयहूदी थिए। तिनी प्रारम्भिक मण्डलीका अगुवा थिए, जसले प्रेरित पावलद्वारा तालिम पाए ।

  • नयाँ करारको एउटा पुस्तकको नाउँ हो‒ तीतस । यो पावलद्वारा तीतसलाई लेखिएको पत्र थियो ।
  • यो पत्रमा पावलले तीतसलाई क्रेटमा मण्डलीका अगुवाहरू नियुक्‍ति गर्ने जिम्मा दिइयो ।
  • ख्रीष्टीयनहरूलाई लेखेका अरू केहि पत्रहरूमा, पावलले तितसलाई प्रोत्साहन दिने र आनन्द दिने व्यक्तिको रूपमा उल्लेख गरेका छन्।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोसः नियुक्त, विश्वास, चर्च, खतना, क्रेट, एल्डर, प्रोत्साहन, निर्देशन, सेवक )

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ४:१०
  • गलाती २:१-२
  • गलाती २:३-५
  • तीतस १:४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G51030

तुखिकस

परिभाषा:

तुखिकस सुसमाचारका सङ्गी सेवकहरूमध्ये एक थिए ।

  • पावल आफ्ना मिसनरी यात्राहरूमा एसियामा जाँदा कम से कम एक पटक तुखिकस पनि तिनीसँगै गएका थिए ।
  • पावलले तिनलाई “प्रिय” र “विश्‍वासयोग्य” भनी बयान गरेका छन् ।
  • तुखिकसले नै पावलका पत्रहरूलाई एफिसस र कलस्सेमा लगेका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोसः एशिया, प्रिय, कलस्से, एफिसस, विश्‍वासयोग्य, सुसमाचार, सेवक)

बाइबलका सन्‍दर्भहरूः

  • २ तिमोथी ४:११-१३
  • कलस्सी ४:९
  • तीतस ३:१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G51900

तूबल

परिभाषा:

पुरानो नियममा "तूबल" भन्ने नाउँ भएका धेरै मानिसहरू थिए।

  • तूबल नोआका छोरा यापेतका छोरा थिए ।

  • यी मानिस तूबल-कयिनभन्दा फरक थिए, जो लेमेखका छोरा थिए

  • तूबल यशैया र इजकिएलद्वारा उल्लिखित जातिको नाउँ पनि हो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कयिन, वंश, इजिकिएल, यशैया, यापेत, लेमेक, मानिसको समुह, अगमवक्ता)

बाइबलका सन्‍दर्भहरूः

  • १ इतिहास १ः५
  • इजिकिएल २७ः१२-१३
  • उत्पत्ति १०:२-५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8422, H8423

तेरह

तथ्यहरूः

तेरह नोआका छोरा शेमका सन्तान थिए । तिनी अब्राम, नाहोर र हारानका पिता थिए ।

  • कनान देशमा जानका लागि तेरहले आफ्ना छोरा अब्राम, तिनका भतिजा लोत र अब्रामकी पत्‍नी साराईसँगै ऊरमा भएको आफ्नो घर छोडे ।
  • कनान जाँदै गर्दा तिनीहरू केही समयको लागि मेसोपोटामिया स्थित हारान सहरमा बसे, जहाँ २०५ वर्षको उमेरमा तेरहको मृत्यु भयो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: अब्राहाम, कनान, हारान, लोत, मेसोपोटामिया, नाहोर, सारा, शेम, ऊर)

बाइबलका सन्दर्भहरूः

उत्पत्ति ११ः३१-३२

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H8646, G22910

त्रोआस

परिभाषा:

त्रोआस सहर प्राचीन रोमी साम्राज्यमा पर्ने एसिया प्रान्तको उत्तर-पश्‍चिममा अवस्थित बन्दगरगाह थियो ।

  • आफ्ना मिसनरी यात्राहरूमा पावल कस से कम तिन पटक त्रोआस गए ।
  • तिनी एक पटक त्यहाँ हुँदा तिनले राती अबेरसम्म प्रचार गरे र युटिकस नाउँ गरेका जवान मानिस निद्रामा परे । उनी खुला झ्यालमा बसेकाले झ्यालबाट खसेर उनको मृत्यु भयो । परमेश्‍वरको शक्‍तिद्वारा परमेश्‍वरले यी जवान मानिसलाई फेरि जीवित पारे ।
  • पावल रोममा हुँदा तिनले त्रोआसमा छाडेका आफ्ना मुट्ठाहरू र आफ्नो खास्टो ल्याउन तिनले तिमोथीलाई अनुरोध गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एसिया, प्रचार, प्रदेश, उठ्नु, रोम, मुट्ठा, तिमोथी )

बाइबलका सन्दर्भहरूः

  • २ कोरन्थी २ः१३
  • २ तिमोथी ४ः११-१३
  • प्रेरित १६ः८
  • प्रेरित २०ः५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G51740

थेसलोनिके, थेसलोनिकीहरू

परिभाषा:

नयाँ करारको समयमा थेसलोनिके प्राचीन रोमी साम्राज्यमा माकेडोनियाको राजधानी सहर थियो । त्यस सहरमा बस्‍ने मानिसहरूलाई “थेसलोनिकीहरू” भनिन्थ्यो ।

  • थेसलोनिके सहर एउटा महत्त्वपूर्ण बन्दरगाह थियो, र यो मुख्य लोकमार्गमा पनि अवस्थित थियो जसले रोमलाई रोमी साम्राज्यको बाँकी पूर्वी भागलाई जोड्ने काम गर्थ्यो ।
  • आफ्नो दोस्रो मिसनरी यात्रामा पावल, सिलास र तिमोथी थेसलोनिकेमा गए । परिणामतः त्यहाँ एउटा फस्टाउने मण्डली स्थापित भयो । पछि आफ्नो तेस्रो मिसनरी यात्रामा पनि पावल यस ठाउँमा गए ।
  • थेसलोनिकेमा भएका ख्रीष्‍टियानहरूलाई पावलले दुईवटा पत्र लेखे । यी दुईवटै पत्र अर्थात् १ थेसलोनिकी र २ थेसलोनिकी नयाँ करारमा समावेश छन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः माकेडोनिया, पावल, रोम)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी १:१
  • २ थेसलोनिकी १:१
  • २ तिमोथी ४ः ९-१०
  • प्रेरित १७ः१
  • फिलिप्पी ४:१४-१७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G23310, G23320

थोमा

तथ्यहरूः

थोमा बाह्र जनामध्ये एक थिए जसलाई येशूले उहाँका चेलाहरू हुन र पछि प्रेरित हुन बोलाउनुभयो । थोमाको अर्को नाउँ "दिदुमस" पनि थियो जसको अर्थ “जुम्ल्याहा” हुन्छ ।

  • येशूको जीवनको अन्त नजिकहुँदा, उहाँ पितासँग हुन जाँदै हुनुहुन्छ र उहाँसँग बस्‍नको लागि उनीहरूलाई ठाँउ तयार गर्नेछु भनी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो । थोमाले येशूलाई उहाँ कहाँ जाँदै हुनुहुन्छ भन्‍ने पनि थाहा नपाई उनीहरूले त्यहाँ पुग्‍ने बाटो कसरी थाहा पाउन सक्छन् भनी सोधेका थिए ।
  • येशू मर्नुभएपछि र फेरि जीवित हुनुभएपछि, थोमाले येशूलाई घाईते भएका घाउहरू नदेखेसम्म र नछोएसम्म येशू वास्तवमा फेरि जीवित हुनुहुन्थ्यो भनी विश्‍वास गर्दैनन् भनेका थिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, चेला, पिता परमेश्‍वर, बाह्र जना)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G23810

दमस्कस

तथ्यहरू:

दमस्कस सिरिया देशको राजधानी शहर हो । यो अहिले पनि त्यहि स्थानमा छ जुन बाइबलको समयमा थियो।

  • दमस्कस संसारमा सबैभन्दा पुरानो, लगातार रूपमा बसोबास गरिएको शहरहरूमध्ये एक हो ।
  • अब्राहामको समयमा, दमस्कस आराम राज्यको राजधानी थियो (जुन अहिले सिरियामा अवस्थित छ ) ।
  • पुरानो करार भरिनै, दमस्कसका बासिन्दाहरू र इस्राएलका मानिसहरूको बिच अन्तरक्रियाहरू भएको धेरै सन्दर्भहरू छन्।
  • धेरै बाइबलिय अगमवाणीहरूले दमस्कसको विनाशको बारेमा भविष्यवाणी गर्छन् । यी भविष्यवाणीहरू पुरानो करारको समयमा जब अश्शूरले दमस्कसलाई आक्रमण गरेको बेलामा पुरा भएका हुन सक्छन्, वा हुनसक्छ भविष्यमा पनि छ, यो शहरको धेरै पूर्ण विनाश।
  • नयाँ करारमा, फरिसी शाऊल (पछि पावल नामले चिनिए) दमस्कस शहरमा भएका ख्रीष्‍टियानहरूलाई पक्रनलाई जाँदै गर्दा येशूसँग उनको भेट भयो र उनलाई विश्‍वासी बनाइयो ।

(अनुवादका सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आराम, अश्‍शूर, विश्‍वास, सिरिया)

बाइबलका सन्दर्भहरूः ​ ​

  • [२ इतिहास २४:२३-२४] (rc://en/tn/help/2ch/24/23)
  • [प्रेरित ९:१-२] (rc://en/tn/help/act/09/01)
  • [प्रेरित ९:३] (rc://en/tn/help/act/09/03)
  • [प्रेरित २६:१२] (rc://en/tn/help/act/26/12)
  • [गलाती १:१५-१७] (rc://en/tn/help/gal/01/15)
  • [उत्‍पत्ति १४:१५-१६] (rc://en/tn/help/gen/14/15)

शब्‍द विवरण :

  • Strong's: H1834, G11540

दलीला

परिभाषा:

दलीला शिमशोनले प्रेम गर्ने एक पलिश्ती स्‍त्री थिइन्, तर श्रीमतीचाहिँ होइन ।

  • शिमशोनलाई कसरी कमजोर बनाउन सकिन्छ भन्‍ने कुरा छक्याएर जान्‍नको लागि पलिश्तीहरूले दलीलालाई घुस खुवाए । जब उनको ताकत गयो पलिश्तीहरूले उनलाई पक्रे ।
  • दलीलाले शिमशोनलाई भन्दा पैसालाई प्रेम गरिन् ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः घूस, पलिश्‍ती, शिमशोन)

बाइबलका सन्दर्भहरूः

  • न्‍यायकर्ताहरूः १६ः४-५
  • न्‍यायकर्ताहरूः १६ः६-७
  • न्‍यायकर्ताहरूः १६ः१०
  • न्‍यायकर्ताहरूः १६ः१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1807

दाऊद

परिभाषा:

दाऊद इस्राएलका दोस्रो राजा थिए र उनले परमेश्‍वरलाई प्रेम गर्थे र उहाँकै सेवा गर्थे । उनी भजनसँग्रहका एक प्रमुख लेखक थिए ।

  • जब दाऊद एक जबान केटाको रूपमा परिवारका भेडाहरूको हेरचाह गर्दै थिए, परमेश्‍वरले उनलाई इस्राएलको भावी राजाको रूपमा छान्‍नुभयो ।
  • दाऊद महान योद्धा बने र इस्राएलका सेनाहरूलाई उनीहरूका शत्रुहरूको विरुद्ध लड्न नेतृत्व गरे । उनले पलिश्ती गोल्‍यतलाई हराएको कुरा प्रख्यात छ ।
  • शाऊलले दाऊदलाई मार्ने प्रयास गरे, तर परमेश्‍वरले उनको सुरक्षा गर्नुभयो, र शाऊलको मृत्यु पछाडि उनलाई राजा बनाउनुभयो ।
  • दाऊदले परमेश्‍वरको विरुद्ध पाप गरे, तर उनले पश्‍चाताप गरे अनि परमेश्‍वरले उनलाई क्षमा दिनुभयो ।
  • येशू मसीहलाई “दाऊदका पुत्र” भनिन्छ किनकि उहाँ दाऊदको घरानामा जन्मनुभयो ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः गोल्‍यत, पलिश्‍तीहरू, शाऊल (पु.क))

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल १७ः१२-१३
  • १ शामूएल २०ः३४
  • २ शामूएल ५ः२
  • २ तिमिथी २ः८
  • प्रेरित २ः२५
  • प्रेरित १३ः२२
  • लूका १ः३२
  • मर्कुस २ः२६

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः२ परमेश्‍वरले दाऊद नाउँ गेको जवान इस्राएलीलाई शाऊलको पछि राजा हुन चुन्‍नुभयो। दाऊद बेथलेहेम सहरका गोठाला थिए। … दाऊद एक नम्र र धर्मी मानिस थिए जसले परमेश‍वरमा भरोसा गर्थे र उहाँको आज्ञापालन गर्थे।

  • १७ः३ दाऊद पनि एक महान सिपाही र अगुवा थिए। जब दाऊद अझै जवान भए, तिनले गोल्‍यात नामक दानवसगँ लडाई गरे।

  • १७ः४ दाऊदप्रति मानिसहरूको प्रेम देखेर शाऊल ईर्ष्‍यालु भए। शाऊलले उनलाई मार्न धेरै पटक प्रयास गरे, त्‍यसैले दाऊद शाऊलबाट लुके।

  • १७ः५ परमेश‍वरले दाऊदलाई आशिष् दिनुभयो र उनलाई सफल बनाउनुभयो। दाऊदले धेरै लडाइहरू लडे र परमेश्‍वरले उनलाई इस्राएलका शत्रुहरूलाई पराजित गर्न मदत गर्नुभयो।

  • १७ः६ दाऊद एउटा मन्‍दिर बनाउन चाहन्‍थे जहाँ सबै इस्राएलीहरूले परमेश्‍वरको आराधना गर्न र उहाँलाई बलिदान चढाउन सकून्।

  • १७ः९ दाऊदले धेरै वर्षसम्‍म न्‍याय र विश्‍वासका साथ शासन गरे, र परमेश्‍वरले उनलाई आशिष् दिनुभयो। यधपी, आफ्‍नो जीवनको अन्‍त्‍यतिर उनले परमेश्‍वरको विरुद्धमा भयानक पाप गरे।

  • १७ः१३ दाऊदले गरेको कामको लागि परमेश्‍वर धेरै क्रोधित हुनुभयो, त्‍यसैले उहाँले नातान अगमवक्‍तालाई दाऊदकहाँ उनको पाप कति खराब थियो भनेर बताउन पठाउनुभयो। दाऊदले आफ्‍नो पापको पश्‍चाताप गरे र परमेश्‍वरले उनलाई क्षमा गर्नुभयो। आफ्‍नो बाँकी जीवनको लागि, दाऊदले कठिन समयमा पनि परमेश्‍वरलाई पछ्‍याए र उहाँको आज्ञापालन गरे।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स:H1732, G11380

दाऊदको घराना

तथ्यहरूः

“दाऊदको घराना” ले राजा दाऊका परिवार वा सन्तानहरूलाई जनाउँछ ।

  • यसलाई “दाऊदका सन्तानहरू” वा “दाऊदको परिवार” वा “राजा दाऊदको वंश” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • येशू दाऊदका सन्तान हुनुभएकाले उहाँ “दाऊदको घराना” को हिस्सा हुनुहुन्थ्यो ।
  • कहिलेकाहीँ “दाऊदको घराना” वा “दाऊदको परिवार” ले दाऊदको परिवारमा बाँचिरहेका मानिसहरूलाई जनाउँछ ।
  • कति पटक यो शब्दावलीले आम रूपमा पहिले मरिसकेका लगायतका तिनका सबै सन्तानहरूलाई जनाउँछ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: दाऊद, सन्तान, घराना, येशू, राजा)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H1004, H1732, G11380, G36240

दाऊदको सहर

तथ्यहरूः

“दाऊदको सहर” यरूशलेम र बेथलेहेम दुवैको अर्को नाउँ हो ।

  • दाऊदले इस्राएलमाथि शासन गर्दा तिनी यरूशलेममा बसेका थिए ।
  • बेथलेहेमचाहिँ तिनको जन्म थलो थियो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: दाऊद, बेथलेहेम, यरूशलेम)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H1732, H5892, G11380, G41720

दान

परिभाषा:

दान याकूबका पाँचौँ छोरा थिए। उनी बिल्‍हाका जेठा छोरा थिए। यो इस्राएलका बाह्र कुलहरूमध्ये एक कुल पनि थियो ।

  • उनको नाम हिब्रू शब्‍द जसको अर्थ "न्‍याय" हो त्‍यससगँ मिल्‍दोजुल्‍दो छ।
  • दानको कुल कनानको उत्तरी भागमा बसोबास गर्थे। ठाउँको नामको रूपमा प्रयोग गर्दा, दानका कुलहरूले बसोबास गरेको भूभागलाई पनि दान भन्‍ने गरिन्थ्यो ।
  • यरूशलेमबाट ६० माईल, उत्तरमा रहेको इस्राएली सहरको नाम "दान" थियो। पुरानो करारको समयमा, दान, सहरले इस्राएल देशको उत्तरी सिमानाको लागि सेवा गर्‍यो, बेर्शेबा सहरको विपरीत दक्षिणी सिमानाको लागि सिमा चिन्‍हको रूपमा  रह्यो।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएलका बाह्र कुल, याकूब, बिल्‍हा)

बाइबलका सन्दर्भहरूः ​ ​ ​

  • १ इतिहास १२ः३५
  • १ राजा ४ः२५
  • प्रस्‍थान १ः१-५
  • उत्‍पत्ति १४ः१४
  • उत्‍पत्ति ३०ः६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1835, H1839, H2051

दानिएल

परिभाषा:

दानिएल इस्राएलका एक अगमवक्ता थिए जसलाई ई. पू. ६०० मा उनको जबान अवस्थामा बेबिलोनका राजा नबूकदनेसरले बन्दी बनाएर लगेका थिए ।

  • यो समयमा यहूदाका अन्य धेरै इस्राएलीहरू बेबिलोनाद्वारा ७० वर्षसम्म बन्दी बनाइएका थिए ।
  • दानिएललाई बेलतसजर (बेबिलोनी नाम) नाम दिइएको थियो ।
  • दानिएल परमेश्‍वरको आज्ञा पालन गर्ने एक आदरणीय र धर्मी जबान थिए ।
  • परमेश्‍वरले दानिएललाई बेबिलोनका राजाहरूका थुप्रै सपना र दर्शनहरूको अर्थ खोल्ने क्षमता दिनुभयो ।
  • उनको यो क्षमता र उनको आदरणीय चरित्रको कारणले दानिएललाई बेबिलोनमा उच्‍च तहमा नेतृत्व गर्ने मौका दिइयो ।
  • धेरै वर्षपछि दानिएलका शत्रुहरूले बेबिलोनका राजा दारालाई राजाबाहेक अरू कसैको पनि आराधना गर्न नपाउने गरी नियम बनाउन उक्साए । दानिएलले निरन्तर रूपमा परमेश्‍वरसँग प्रार्थना गरे । यसैकारण, उनलाई पक्राउ गरियो र सिंहको खोरभित्र फालियो । तर परमेश्‍वरले उनको उद्धार गर्नुभयो र उनलाई केही पनि भएन ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, नबूकदनेसर)

बाइबलका सन्दर्भहरूः

  • दानिएल १ः६-७
  • दानिएल ५ः२९
  • दानिएल ७ः२८
  • इजकिएल १४ः१२-१४
  • मत्ती २४ः१५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1840, H1841, G11580

दारा

परिभाषा:

दारा फारस देशका राजाहरूलाई दिइने एउटा नाम थियो । दारा नाम नभएर कुनै एउटा उपाधि पनि हुन सक्छ ।

  • परमेश्‍वरको आराधना गरेको कारण देखाई अगमवक्ता दानिएललाई सिंहको खोरमा हाल्नलाई उक्साइएका राजा “मादी राजा दारा” थिए ।
  • एज्रा र नहेम्याहको समयमा यरूशलेमको मन्दिर पुनर्स्थापना गर्न सहायता गर्ने राजा “फारसका राजा दारा” थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः  फारस, बेबिलोन, दानिएल, एज्रा, नहेम्‍याह)

बाइबलका सन्दर्भहरूः

  • एज्रा ४ः४-६
  • हाग्‍गै १ः१
  • नहेम्‍याह १२ः२२
  • जकरीया १ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1867, H1868

नप्‍ताली

परिभाषा:

नप्‍ताली याकूबका छैटौँ छोरा थिए । उनका बंशहरू पछि नप्‍तालीको कुल बने, जुन इस्राएलको बाह्र कुलहरू मध्ये एउटा कुल हो ।

  • नप्‍ताली इस्राएलको उत्तरी भागमा बस्‍ने एउटा कुल हो ।
  • यो कुलको बारेमा बाइबलमा पुरानो नियम र नयाँ नियम दुवैमा उल्लेख गरिएको छ ।
  • नप्‍ताली भन्‍ने नामलाई ती मानिसहरू बस्‍ने ठाउँलाई जनाउनको निम्ति पनि प्रयोग गरिन्छ । यसलाई “नप्‍ताली कुलको भूमि” वा “नप्‍तालीका बंशहरू बस्‍ने भूमि “भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • नप्‍ताली नामको अर्थ “कुस्ति गर्नु” हो ।
  • अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएलको बाह्र कुल, याकूब, बिल्‍हा

बाइबलका सन्‍दर्भहरूः

  • १ राजा ४ः१५
  • व्‍यवस्‍था २७ः१३-१४
  • इजकिएल  ४८ः१-३
  • उत्‍पत्ति ३०ः८
  • न्‍यायकर्ता १ः३३
  • मत्ती ४ः१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5321, G35080

नबूकदनेसर

परिभाषा:

नबूकदनेसर बेबिलोनको साम्राज्यको बेलामा एउटा राजा थिए । त्यो समयमा इस्राएल र यहूदाको राज्यमा यो साम्राज्य धेरै नै शक्तिशाली थियो ।

  • नबूकदनेसरको नेतृत्वमा, बेबिलोनका सैनिकहरूले यहूदाको राज्युलाई आक्रमण गरेर परास्त गरे, र त्यो समयमा यहूदाका मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे । यस “बेबिलोनको निवास” करीब ७० बर्ष लामो भयो ।

  • निर्वासितहरूमध्‍ये एक, दानिएलले राजा नबूकदनेसरका केही सपनाहरूको व्‍याख्‍या गरे।

  • कैद गरिएका अन्‍य तीन जना इस्राएलीहरू, हनन्‍याह, मिशाएल र अजर्याहलाई  नबूकदनेसरले बनाएको सुनको विशाल मूर्तिलाई दण्‍डवत गर्न अस्‍विकार गर्दा आगोको भट्टीमा फालियो।

  • राजा नबूकदनेसर धेरै अहंकारी थिए र झूटा देवताहरूको पूजा गर्थे। जब तिनले यहूदामाथि विजु हासिल गरे, तिनले यरूशलेमको मन्‍दिरबाट धेरै सुन र चादिँका वस्‍तुहरू चोरे।

  • नबूकदनेसर घमण्‍डी थिए र झूटा देवताहरूको उपासना गर्नबाट पछि हट्न इन्‍कार गरेको कारंले, यहोवाले तिनलाई जनावरजस्‍तै जिवन बिताएर सात वर्षसम्‍म निराधार बनाउनुभयो। सात वर्षपछि, परमेश्‍वरले नबूकदनेसरलाई पुनर्स्‍थापित गर्नुभयो जब उनले आफैलाई नम्र बनाए र एक साचोँ परमेश्‍वर, यहोवाको प्रशंसा गरे।

  • नबूकदनेसरसँग धेरै नै सैनिक थिए र उनले अरुहरू धेरै समूहहरूलाई पराजय गरेका थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अहंकारी, अजर्याह, बेबिलोन, हनन्‍याह, मीशाएल)

बाइबलका सन्‍दर्भहरूः

  • १ इतिहास ६ः१५
  • २ राजा २५ः१-३
  • दानिएल १ः२
  • दानिएल ४ः४
  • इजकिएल २६ः८

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • २०ः६ अश्शूरीहरूले इस्राएलको राज्यलाई नष्‍ट गरेको करीब १०० बर्ष पछि, परमेश्‍वरले नाबूकदनेसर, बेबिलोनीहरूका राजालाई यहूदाको राज्यलाई आक्रमण गर्न पठाउनुभयो ।
  • २०ः६ यहूदाका राजाले नाबूकदनेसरको नोकर हुन र उनलाई वर्षेनी धेरै रकम तिर्न राजी भए ।
  • २०ः८ विद्रोह गरेको कारण, यहूदाको राजालाई दण्ड दिन नाबूकदनेसरका सेनाहरूले तिनको छोरालाई तिनकै अगाडि मारे र त्यसपछि तिनलाई अन्धो बनाइदिए ।
  • २०ः९ नाबूकदनेसर र तिनका सेनाले यहूदा राज्यको सबै जसो मानिसलाई बेबिलोन लगे, र केवल जमिनमा खेती गर्नको निम्ति दरिद्र मानिसहरूलाई छोडिदिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5019, H5020

नर्कटहरूको समुन्द्र, लाल समुद्र

परिभाषा:

नर्कटहरूको समुन्द्र मिश्र र अरब बिच अवस्थित पानीको समूह थियो । यसलाई अहिले लाल समुद्र भनिन्छ ।

  • लाल समुन्द्र लामो र साँघुरो छ । यो तल वा नदीभन्दा ठुलो छ, तर महासागरभन्दा सानो छ ।
  • मिश्र देशबाट भाग्दा इस्राएलीहरूले लाल समुन्द्र पार गर्नु पर्‍यो । परमेश्‍वरले आश्‍चर्यकर्म गर्नुभयो, र मानिसहरू सुख्‍खा जमिनमा हिँड्न सकून् भनेर समुद्रको पानीलाई विभाजन हुन लगाउनुभयो ।
  • कनानको मुलुक यो समुद्रको उत्तरमा पर्थ्यो ।
  • यसलाई “लाल समुद्र” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्: अरब. कनान, मिश्र)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • १२:४ इस्राएलीहरूले मिश्री सेनाहरू आइरहेका देख्दा, तिनीहरू फारोका सेनाहरू र लाल समुद्र बिचमा फसे भन्‍ने ठाने ।
  • १२:५ तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई __लाल समुद्र__तिर जानलाई आज्ञा दे ।”
  • १३:१ परमेश्‍वरले इस्राएलीहरूलाई __लाल समुद्र__भएर लानुभएपछि, उहाँले उजाडस्थानहुँदै सिनै पर्वततिर डोर्‍याउनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3220, H5488, G20630, G22810

नहूम

परिभाषा:

नहूम एउटा अगमवक्ता थिए, र उनले यहूदाको राज्यमा राजा मनास्सेको पालामा प्रचार गर्दथे ।

  • नहूम एल्कोशको सहरबाट आएका थिए, त्यो सहर यरूशलेमबाट करीब २० माइल टाढा थियो ।
  • नहूमको किताबमा अश्शूरीहरूको सहर निनवेको बिनाशको बारेमा उनले गरेका भविष्यबाणी अभिलेख गरिएको छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अश्‍शूर, मनश्‍शे, अगमवक्‍ता, निनवे)

बाइबलका सन्‍दर्भहरूः

  • नहुम १ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5151, G34860

नहेम्याह

परिभाषा:

इस्राएल र यहूदाका मानिसहरूलाई बेबिलोनीहरूले बन्दी बनाएको समयमा, नहेम्याह बिबिलोनको साम्राज्यमा बस्‍ने एक इस्राएली थिए ।

  • फारसका राजा अर्तासास्तको उनी मुख्य पियाउने हुँदा,नहेम्याहले यरूशलेम फर्कन पाऊँ भनी आग्रह गरे ।
  • बेबिलोनीहरूले नष्‍ट गरेका यरूशलेमका पर्खालहरूको पुनर्निर्माणको लागि उनले इस्राएलीहरूलाई अगुवाई गरे ।
  • राजाको दरबारमा फर्कनु भन्दा अगि, बाह्र वर्षसम्म तिनी यरूशलेमका राज्यपाल थिए ।
  • पुरानो नियमको पुस्तक नहेम्याहले पर्खाल निर्माणको उनको कार्य र यरूशलेममा उनले मनिसहरूलाई संचालन गरेका कुराहरूबारे बताउँछ
  • पुरानो नियममा नहेम्याह नाम गरेका अरू व्‍यक्‍तिहरू पनि थिए । यी भिन्‍न मानिसहरूको नाममा तिनीहरूका पिताका नाम पनि जोडिएका थिए, जस्तै “नहेम्याह, हकालियाका छोरा ।”

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अर्तासास्त, बेबिलोन, यरूशलेम, छोरा)

बाइबलका सन्‍दर्भहरूः

  • एज्रा २ः१-२
  • नहेम्‍याह १ः२
  • नहेम्‍याह १०ः३
  • नहेम्‍याह १२ः४६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5166

नाइल नदी, मिश्री नदी

परिभाषा:

नाइल नदी अफ्रीकाको उतरपूर्वी भागमा रहेको धेरै लामो र फराकिलो नदी हो । यो नदीलाई मिश्र (इजिप्‍ट)को मुख्य नदी भनेर पनि चिनिन्छ ।

  • नाइल नदी मिश्रको उत्तरबाट बगेर भूमध्य सागरमा पुगेर मिसिन्छ ।
  • यो भूभागमा अन्‍नबालीहरू धेरै राम्रोसँग उब्जन्छन् ।
  • धेरै मिश्रीहरू नाइल नदीको किनारमा बस्दछन् किनकी पानी र खाद्य बालीको लागि यो मुख्य स्रोत हो ।
  • इस्राएलीहरू गोशेन भूमिमा बस्‍थे, जुन धेरै उर्वर थियो किनभने यो नील नदीको छेउमा थियो।
  • मोशा सानो बच्‍चा हुँदा उनलाई टोकरीमा हालेर नाइल नदीको किनारमा छोडिएको थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मिश्र, गोशेन, मोशा)

बाइबलका सन्‍दर्भहरूः

  • आमोस ८ः८
  • उत्‍पत्ति ४१ः१-३
  • यर्मिया ४६ः८

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • 8:4 मिश्र, नाइल नदीको किनारमा अवस्थित ठुलो र शक्तिशालीदेश थियो ।
  • 9:4 इस्राएलीहरूले धेरै बच्‍चा जन्माएको देखेर फारोले आफ्ना मानिसहरूलाई इस्राएलीहरूका जन्मिएका छोराहरूलाई नाइल नदीमा फालेर मार्न आज्ञा गरे ।
  • 9:6 जब त्यस बालकका आमा-बुबाले त्यसलाई लुकाउन नसक्‍ने अवस्थामा आइपुगे, तब त्यसलाई मारिनबाट बचाउनको निम्ति तिनीहरूले त्यसलाई एउटा टोकरीमा राखी नाइल नदीको किनारमा नर्कटको झाडीमा लुकाए ।
  • 10:3 परमेश्‍वरले नाइल नदीलाई रगतमा परिणत गर्नुभयो, तर फारोले अझैपनि इस्राएलीहरूलाई जान दिएनन् ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0216, H2975, H4714, H5104

नातान

तथ्यहरूः

दाऊद इस्राएलको राजा हुँदा नातान परमेश्‍वरका एक विश्‍वासयोग्य अगमवक्ता थिए ।

  • दाऊदले उरियाहको विरूद्ध गम्भीर पाप गरेपछि परमेश्‍वरले नातानलाई दाऊदको सामना गर्न पठाउनु भयो ।
  • दाऊद राजा भएतापनि नातानले उनलाई हप्काए ।
  • नातानले राजा दाऊदको सामान गरेपछि, उनले आफ्नो पापको निम्ति पश्‍चताप गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: दाऊद, विश्‍वासयोग्य, अगमवक्ता, उरियाह)

बाइबलका सन्‍दर्भहरूः

बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः७ परमेश्‍वरले यस्तो सन्देशसहित नातान अगवक्तालाई दाऊदकहाँ पठाउनुभयो, “तँ युद्ध गर्ने मानिस भएको हुनाले, तैँले मेरो निम्ति यो मन्दिर निर्माण गर्ने छैनस् ।”
  • १७ः१३ दाऊदले गरेका काम देखेर तिनीदेखि परमेश्‍वर साह्रै क्रोधित हुनुभयो, त्यसैले उहाँले अगमवक्ता __नातन__लाई दाऊदको पाप कति दुष्‍ट थियो भनेर बताउन तिनीकहाँ पठाउनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H5416, G34810

नामान

तथ्यहरूः

पुरानो करारमा, नामान आरामी सेनाको सेनापति थिए ।

  • नामानको कुष्ठरोग नाम गरेको निको हुन नसक्ने छालाको डरलाग्दो रोग थियो ।
  • नामानको घरमा एक यहूदी दासले उनलाई अगमवक्‍ता एलिशाकहाँ गएर निको पार्नको निम्ति आग्रह गर्नुहोस् भनिन् ।
  • एलीशाले नामानलाई यर्दन नदीमा सात पटक नुहाऊ भने । जब उनले आज्ञा पालन गरे उनलाई परमेश्‍वरले निको पार्नुभयो ।
  • परिणामस्वरूप, नामानले एक मात्र साँचो परमप्रभु परमेश्‍वरमा विश्‍वास गरे ।
  • याकूबका छोरा बेन्‍यामीनका नामान नाउँ गरेका अरू दुई जना सन्‍तानहरू पनि थिए ।

(अनुवादको निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: आराम, यर्दन नदी, कुष्ठरोग, अगमवक्ता)

बाइबलका सन्‍दर्भहरूः

बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरू

  • १९ः१४ शत्रुका सेनापति नामान, जसको छालाको डरलाग्दो रोग थियो, उनलाई अश्‍चर्यकर्महरूमध्ये एउटा भयो ।
  • १९ः१५ शुरूमा नामान रिसाए र त्यो मूर्खतापूर्ण देखिएको हुनाले उनले त्यो गर्न चाहेनन् । तर पछि उनले आफ्नो मन परिवर्तन गरे र यर्दन नदीमा सात पटक डुबुल्की मारे ।
  • २६ः६ “उनले (एलीशाले) इस्राएलको शत्रु सेनापति, __नामान__को छालाको रोग मात्र निको पारे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H5283, G34970

नासरत, नासरी

तथ्यहरूः

नासरत उत्तरी इस्राएलमा पर्ने गालीलको एउटा सहर हो । यो यरूशलेमदेखि लगभग १०० किलोमिटर उत्तरमा अवस्थित छ र पैदल हिँडर जान लगभग ३-५ दिन लाग्छ ।

  • योसेफ र मरियम दुवै जना नासरतका थिए, र उनीहरूले येशूलाई यहाँ नै हुर्काएका थिए । त्यसैले येशू "नासरी"को रूपमा चिनिनुभयो ।
  • नासरतका धेरै यहूदीहरूले येशूको शिक्षालाई आदर गरेनन्, किनकी उहाँ तिनीहरूसँगै हुर्कनुभएको थियो, र तिनीहरूले उहाँलाई एउटा साधारण मानिस हुन भन्‍ने ठाने ।
  • एक पटक, येशूले नासरतको सभाघरमा सिकाउदैँ गर्नहुँदा, त्‍यहाँका यहूदीहरूले उहाँलाई मार्न खोजे, किनभने उहाँले आफू मसीह भएको दाबी गर्नुभएको थियो र उहाँलाई अस्‍वीकार गरेकोमा उहाँले तिनीहरूलाई हप्‍काउनुभएको थियो ।
  • येशू नासरतका हुनुहुन्‍थ्‍यो भन्‍ने सुनेपछि नथानेलले गरेको टिप्‍पणीले यो सहरलाई धेरै उच्‍च मानिएको थिएन भनेर संकेत गर्छ ।

(यो पनि हेर्नुहोस्: ख्रीष्ट, गालील, योसेफ (न.का), मरियम)

बाइबलका सन्‍दर्भहरूः

बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २३ः४ योसेफ र मरियमले उनीहरू बस्‍ने ठाउँ नासरत__देखि बेथलहेमसम्मको लामो यात्रा गर्नुपर्‍यो, किनभने उनीहरूका पुर्खा दाऊद गृहनगर बेथलहेम थियो । *२६ः२__ आफ्नो बाल्यकालमा बनुभएको ठाउँ नासरत सहरमा येशू जानुभयो ।
  • २६ः७ __नासरत__का मानिसहरूले येशूलाई आरधना गर्ने ठाउँबाट घिस्याएर बाहिर निकाले र उहाँलाई मार्नको निम्ति पहाडको छेउसम्म उहाँलाई फ्याँक्‍नलाई ल्याए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G34780, G34790, G34800

नाहोर

तथ्यहरूः

नाहोर अब्राहामका हजुरबुबा र भाइ गरी दुई आफन्‍तहरूको नाम थियो ।

  • अब्राहामका भाइ नाहोर इसाहककी पत्‍नी रिबेकाको हजुरबुबा थिए ।
  • “नाहोरको सहर” भन्‍नाले “नाहोर नाम गरेको सहर” “वा “नाहोर बसेका सहर” वा “नाहोरको सहर” भन्‍ने अर्थ लाग्‍न सक्छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: अब्राहाम, रिबेका)

बाइबलका सन्‍दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H5152, G34930

निनवे, निनवेका मानिस

परिभाषा:

निनवे अश्शूरको राजधानी सहर हो । निनवेमा बस्‍ने मानिसलाई निनवेको मानिस भनिन्छ ।

  • परमेश्‍वरले योना अगमवक्तालाई निनवेमा भएका मानिसहरूलाई आफ्ना दुष्‍ट चालहरूबाट फर्कन भनी चेतावनी दिन पठाउनुभयो । उनीहरू त्यो माने, र परमेश्‍वरले निनवेलाई बचाउनुभयो ।
  • अश्शूरीहरले पछि परमेश्‍वरको सेवा गरेनन् । तिनीहरूले इस्राएललाई परास्त गरे र त्यहाँका मानिसहरूलाई निनवेमा लगे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अश्‍शेरा, योना, पश्‍चाताप, फर्कनु)

बाइबलका सन्‍दर्भहरूः

  • उत्‍पत्ति १०ः११-१४
  • योना १ः३
  • योना ३ः३
  • लूका ११ः३२
  • मत्ती १२ः४१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5210, G35350, G35360

निर्माणकर्ता

परिभाषा:

सामान्यतया, “निर्माणकर्ता” भन्‍नाले कुनै कुरा सृजना गर्ने वा बनाउने व्यक्त्ति भन्‍ने बुझिन्छ ।

  • बाइबलमा, “निर्माणकर्ता” शब्दलाई यहोवे को नाम वा पदको रूपमा प्रयोग गरिएको छ, किनकि उहाँले नै सबै थोक सृष्‍टि गर्नुभएको हो ।
  • प्रायः यो शब्दलाई “उसको” वा “मेरो” वा “तिम्रो” सँगसँगै प्रयोग गरिन्छ ।

अनुवादका लागि सुझावहरू

  • “निर्माणकर्ता” शब्दलाई “सृष्‍टिकर्ता” वा “सृष्‍टिकर्ता परमेश्‍वर” वा “सबै थोक सृष्‍टि गर्नुहुने” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “उसलाई बनाउनुहुने” भन्‍ने शब्दलाई “उसलाई सृष्‍टि गर्नुहुने” वा “उसलाई सृष्‍टि गर्नुहुने परमेश्‍वर” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • त्यसैगरी, “तिम्रा निर्माणकर्ता” र “मेरा निर्माणकर्ता” लाई पनि त्यसरी नै अनुवाद गर्न सकिन्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः सृष्‍टि, यहोवा)

बाइबलका सन्दर्भहरूः

  • होशे ८ः१३-१४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3335, H6213, H6466

नेगेव

परिभाषा:

नेगेव इस्राएलको दक्षिण भागको एउटा मरूभुमी  र मृत सागरको दक्षिण-पश्‍चिम हो।

  • वास्तविक शब्दको अर्थ “दक्षिण” भएको हुनाले केहि अङ्ग्रेजी संस्करणमा दक्षिण भन्‍ने शब्दद्वारा अनुवाद गरिएको पाउन सकिन्छ ।

  • यो दक्षिणी भाग, वर्तमान समयको नेगेव मरूभुमी भएको स्थानमा नपर्नसक्छ ।

  • जब अब्राहाम कादेशमा बस्दथे, उनी नेगेव वा दक्षिणी क्षेत्रमा थिए ।

  • जब रिबेका इसहाकलाई भेट्‍न र उनकी पत्‍नि बन्‍न यात्र गर्दा इसहाक नेगेवमा बस्दथे।

  • यहूदाका कुलहरू र सिमियोन दक्षिणी भागमा बस्‍ने गर्थे ।

  • नेगेव क्षेत्रको सबैभन्दा ठुलो सहर भनेको बर्शेबा हो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, बेर्शेबा, इस्राएल, यहूदा, कादेश, मृत सागर, सिमोन)

बाइबलका सन्‍दर्भहरूः

  • उत्‍पत्ति १२ः९
  • उत्‍पत्ति २०ः१-३
  • उत्‍पत्ति २४ः६२
  • यहोशू ३ः१४-१६
  • गन्‍ती १३ः१७-२०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5045, H6160

नोआ

तथ्यहरूः

नोआ ४००० बर्ष पहिले परमेश्‍वरले यस संसारका सबै दुष्‍ट मानिसहरूलाई नष्‍ट गर्नको निम्ति जलप्रलय ल्याउनुहुँदा जिउने एक जना मानिस थिए । परमेश्‍वरले नोआलाई एउटा भीमकाय जहाज बनाउन भन्‍नुभयो जहाँ जलप्रलयको पानीले पृथ्वीलाई ढाक्दा उनी र उनका परिवारका सदस्यहरू बस्‍न सक्दथे ।

  • नोआ परमेश्‍वरको सबै आज्ञा पालन गर्ने एक धर्मी मानिस थिए ।
  • परमेश्‍वरले नोआलाई त्यो भीमकाय जहाज बनाउनू भन्‍नुहुँदा उहाँले भन्‍नुभए जसरी नै नोआले यसलाई बनाए ।
  • त्यो जहाजभित्र, नोआ र उनका परिवारका सदस्यहरू सुरक्षित राखियो र पछि तिनीहरूका नाती र पनातीहरूले यो पृथ्वीलाई फेरि ढाके ।
  • जलप्रलयपछि जन्मेका सबै नोआका सन्तानहरू हुन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरू अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: सन्तान, जहाज)

बाइबलका सन्‍दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३ः२ तर __नोआ__ले परमेश्‍वरबाट कृपादृष्‍टि प्राप्‍त गरे ।
  • ३ः४ __नोआ__ले परमेश्‍वरको आज्ञा माने । उनी र उनका तीन छोराहरूले परमेश्‍वरले भन्‍नुभए जसरी नै त्यो जहाज बनाए ।
  • ३ः१३ दुई महिनापछि परमेश्‍वरले __नोआ__लाई भन्‍नुभयो, “तँ, तेरा परिवारहरू र सबै जनावरहरूले अब जहाज छोडेर बाहिर निस्कन सक्छन् । धेरै छोराछोरीहरू र नातिनातिनाहरू पाओ र पृथ्वीलाई भर ।” यसैले नोआ र उनको परिवार जहाजबाट बाहिर आए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H5146, G35750

पत्रुस, सिमोन पत्रुस, केफास

तथ्यहरूः

पत्रुस येशूका बाह्र चेलाहरूमध्येका एक थिए । उनी प्रारम्भिक मण्डलीका एक जना महत्त्वपूर्ण अगुवा थिए ।

  • येशूले उहाँको चेला हुन बोलाउनअघि, पत्रुसको नाउँ सिमोन थियो ।
  • पछि, येशूले उनलाई केफास नाउँ दिनुभयो, जसको अर्थ अरामेइक भाषामा “ढुंगा” वा “चट्टान” हुन्छ । ग्रीकमा पत्रुसको अर्थ पनि "ढुङ्गा" वा "चट्टान" नै हुन्छ ।
  • परमेश्‍वरले पत्रुसद्वारा मानिसहरूलाई निको पर्ने र येशूको बारे सुसमाचार प्रचार गर्ने काम गर्नुभयो ।
  • पत्रुसले सङ्गी विश्‍वासीहरूलाई उत्साह दिन र सिकाउनलाई लेखेका नयाँ करारका दुई वटा पुस्तकहरू उनका पत्रहरू हुन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: चेला, प्रेरित)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २८ः९ पत्रुस__ले येशूलाई भने, “हामीले सबै थोक छोडेर तपाईंलाई पछयाएका छौँ । हाम्रो इनाम के हुनेछ ?” *२९ः१__ एक दिन __पत्रुस__ले येशूलाई सोधे, “प्रभु, मेरो भाइले मेरोविरूद्ध पाप गर्दा मैले उसलाई कति पटक क्षमा दिनु पर्छ ? के सात पटकसम्म हो ?”
  • 31:5 तब __पत्रुस__ले येशूलाई भने, “प्रभु, यदि तपाई नै हुनुहुन्छ भने, पानीमा आउन मलाई आज्ञा दिनुहोस् ।” येशूले __पत्रुस__लाई भन्‍नुभयो, “आऊ ।”
  • ३६ः१ एक दिन येशूले उहाँका तीन जना चेलाहरू पत्रुस, याकूब र यूहन्‍नालाई उहाँसँगै लानुभयो ।
  • ३८ः९ __पत्रुस__ले जवाफ दिए, “अरू सबैले तपाईंलाई त्यागे तापनि मैले तपाईंलाई त्यग्‍ने छैन ।” तब येशूले __पत्रुस__लाई भन्‍नुभयो, “शैतानले तिमीहरू सबैलाई वशमा राख्‍न चाहन्छ, तर पत्रुस, मैले तिम्रो निम्ति प्रर्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तैपनि आज राती नै तिमीले मलाई चिन्दैनौ भनी भाले बास्‍नअगि नै तीन पटक इन्‍कार गर्नेछौ ।”
  • ३८ः१५ जसो सिपाहीहरूले येशूलाई पक्रे, पत्रुस__ले आफ्नो तरवार थुते, र प्रधान पुजारीका नोकरको कान काटी दिए । *४३ः११__ __पत्रुस__ले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरू सबैले पश्‍चताप गर्नुपर्छ, र येशू ख्रिष्‍टको नाउँमा बप्‍तिस्‍मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईंहरूका सबै पापहरू क्षमा गर्नुभएको होस् ।”
  • ४४ः८ __पत्रुस__ले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिले निको भएको यो मानिस तपाईंहरूको सामु खडा छ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G27860, G40740, G46130

पद्दन-आराम

परिभाषा:

अब्राहाम कनानको भूमिमा जानअगि उनको परिवार बस्‍ने क्षेत्रको नाउँ पद्दन-आराम थियो । यसको अर्थ "आरामको मैदान" हो।

  • जब अब्राहामले कनान देशमा यात्रा गर्न पद्दन-आराममा हारान छोडे, तब उनको परिवारमा अधिकांश सहद्‍य हारानमै बसे।
  • धेरै वर्ष पछि, अब्राहामको नोकर पद्दन-आराममा अब्राहामको आफन्‍तहरूको बिच इसहाकको लागि पत्‍नी खोज्‍न ग‍ र त्‍यहाँ बतुएलकी नातिनी रिबेकालाई भेट्टाए।
  • इसहाक र रिबेकाका छोरा याकूब पनि टद्दन-आराम गए र हारानमा बस्‍ने रिबेकाका भाई लाबानका दुई छोरीहरूसगँ विवाद गरे।
  • आराम, टद्दन-आराम, र आराम-नहारियम, सबै एउटै क्षेत्रका भाग थिए जुन अहिले सितियाको आधुनिक देश भएको छ।

(अनुवादका निम्ति सुझावहरुः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हारान, रिबेका, अब्राहाम, अब्राम, कनान, कनानी)

बाइबलका खण्डहरूः

  • उत्‍पत्ति २८ः२

  • उत्‍पत्ति ३५ः९

  • उत्‍पत्ति ४६ः१२-१५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6307

परमेश्‍वरका जन

परिभाषा:

“परमेश्‍वरका जन” भन्‍ने शब्द योहवेका अगमवक्त्तालाई जनाउने एक आदरार्थी तरिका हो ।

  • पुरानो करारका धेरै जना अगमवक्त्ताहरूलाई यो आदरार्थी सम्मान दिइएको थियो ।
  • यसलाई “परमेश्‍वरका मानिस” वा “परमेश्‍वरले चुन्‍नु भएको मानिस” वा “परमेश्‍वरको सेवा गर्ने मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः स्‍वर्गदूत, आदर, अगमवक्‍ता)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २३ः१२-१४
  • १ राजा १२ः२२
  • १ शामूएल ९ः९-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0376, H0430, G04440, G23160

परिज्‍जी

परिभाषा:

परिज्‍जीहरू इस्राएलीहरूले पलिश्‍तमा धेरै पटक भेटेका एउटा मानिस समूह थियो । यो समूहलाई तिनीहरुको परिचयसहित वा तिनीहरू कुन क्षेत्रमा बसोवास गर्थे भन्‍ने कहिल्यै उल्लेख गरिएको छैन ।

  • तिनीहरुलाई न्यायकर्ताको पुस्तकमा बार-बार उल्लेख गरिएका छन् जहाँ पेरिज्‍जीहरूले इजरायलीहरूसँग अन्तरविवाह गरे र तिनीहरूका झुटो देवताहरूका सेवा गर्न प्रभाव पारे भनी बताइएको छ ।
  • परिज्‍जीहरू फारेसीहरूभन्दा अर्कै मानिस समूह थिए । यसलाई स्पष्‍ट पार्नलाई नाउँहरूलाई फरक तवरले उच्‍चारण गर्नु आवश्यक हुनसक्छ (तर नेपाली यसो गर्न आवश्यक छैन किनभने दुवैको उच्‍चारण स्पष्‍ट रूपा फरक नै छ) ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, झूटा देवता)

बाइबलका खण्डहरूः

  • १ राजा ९ः२०-२१
  • २ इतिहास ८ः७-८
  • प्रस्‍थान ३ः१६-१८
  • उत्पत्ति १३:५-७
  • यहोशू ३ः९-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6522

पलिश्त

परिभाषा:

पलिश्त भूमध्य सागरको तटमा अवस्थित कनानको भूभागको ठुलो क्षेत्रको नाउँ हो ।

  • यो क्षेत्र उत्तरमा योप्पाबाट दक्षिणमा गाजासम्म फैलिएर रहेको धेरै उब्जनी हुने तटीय मैदान थियो । यो करिब ६४ कि.मि. लामो, र १६ कि.मि. चौडा थियो ।
  • पलिश्त इस्राएलका बार-बारका शत्रु एउटा शक्‍तिशाली मानिस समूह “पलिश्‍ती” हरूले ओगटेका थिए ।

(हेर्नुहोस्ः पलिश्तीहरू, गाजा, योप्‍पा)

बाइबलका खण्डहरूः

  • १ इतिहास १०ः९-१०
  • योएल ३ः४
  • भजनसंग्रह ६०ः८-९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0776 H6429 H6430

पलिश्‍तीहरू

परिभाषा:

पलिश्‍तीहरू पलिश्‍त नाउँले चिनिएको भूमध्य सागरको तटीय क्षेत्र ओगटेर बसेका एउटा मानिस समूह थिए । तिनीहरूका नाउँको अर्थ “समुद्रका मानिसहरु” हो ।

  • त्‍यहाँ पाचँवटा प्रमुख पलिश्‍ती सहरहरू थिएः अश्‍दोद, अश्‍कलोन, एक्रोन, गाथ, र गाजा।

  • अश्‍दोत सहर पलिश्‍तको उत्तरमा पर्थ्यो, र गाजा सहर दक्षिणी भूभागमा पर्थ्यो ।

  • पलिश्‍तीहरू इस्राएलसँग धेरै वर्षसम्म लडेका थिए भन्‍ने सम्भवतः सुप्रशिद्ध छन् ।

  • न्‍यायकर्ता शमशोन परमेश्‍वरबाटको अलौकिक शक्‍ति प्रयोग गरेर, पलिश्‍तीहरूको विरुद्ध लड्ने एक प्रसिद्ध योद्धा थिए, ।

  • राजा दाऊदले प्रायः पलिश्‍तीहरूविरूद्ध युद्ध लडे, जवान हुँदा समेत पलिश्‍ती लडाकु गोल्यतलाई हराएका थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अश्दोत, गात, गाजा, गोल्यात)

बाइबलका खण्डहरूः

  • १ इतिहास १८ः९-११
  • १ शामूएल १३ः४
  • २ इतिहास ९ः२५-२६
  • उत्पत्ति १०:११-१४
  • भजनसंग्रह ५६ः१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6429, H6430

पारान

परिभाषा:

पारानको मरुभूमि मिश्रको पूर्वी र कनानको दक्षिणी क्षेत्र थियो । त्यहाँ पारान पर्वत पनि थियो जुन सिनै पर्वतको अर्को नाउँ पनि हुनसक्छ ।

  • साराहले अब्राहामलाई हागार र उनको छोरा इस्माएललाई पठाइदिन आदेश दिएपछि उनीहरू पारानको मरुभूमिमा गएर बसे ।
  • मोशाले इस्राएलीहरुलाई मिश्रबाट लिएर आउँदा, तिनीहरु पारानको मरुभूमि भएर आए ।
  • पारानको मरुभूमिको कादेशबाट कनानको भेद पत्ता लगाउन र प्रतिवेदन ल्याउनलाई मोशाले बाह्र जना गुप्‍तचरहरू पठाएका थिए ।
  • जीनको मरुभूमि सायद पारानको मरुभूमिको ठुलो हिस्सा थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कादेश, सीनै, सीनै पर्वत, मिश्र, मिश्री, कनान, कनानी)

बाइबलका खण्डहरूः

  • १ राजा ११ः१८
  • १ शामूएल २५ः१
  • उत्‍पत्ति २१ः१९-२१
  • गन्‍ती १०ः११-१३
  • गन्‍ती १३ः३-४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0364, H6290

पावल, शाऊल

परिभाषा:

पावल अरू मानिस समूहहरूकहाँ येशूले सु-समचार प्रचार गर्न पठाउनुभएको प्रारम्भिक मण्डलीका एक अगुवा थिए ।

  • पावल रोमी शहर टार्ससमा जन्मिएका एक यहूदी र एक रोमी नागरिक पनि थिए ।
  • पावललाई मौलिक रूपमा उनका यहूदी नाउँ शाऊलद्वारा बोलाइन्थ्यो ।
  • शाऊल यहुदी धार्मिक अगुवा भए र ख्रीष्‍टियन भएका यहूहदीरूलाई पक्रे, किनभने उनले येशूमा विश्‍वास गर्दैन थिए ।
  • येशू अन्धो नै बनाउने प्रकाशमस शाऊलकहाँ आउनुभयो, र ख्रीष्‍टियनहरूलाई चोट पुर्‍याउन छोड भन्‍नुभयो । येशूले शाऊललाई सिकाउन एक जना ख्रीष्‍टियन पठाउनुभयो, र उनले येशूमा विश्‍वास गरे ।
  • सर्वप्रथम शाऊलले यहूदीहरूलाई येशूको बारेमा सिकाए ।
  • पछि, परमेश्‍वरले रोमी शहरहरूका अन्य मानिस समूहहरूलाई येशूको बारे सिकाउन शाऊललाई पठाउनु भयो । त्यस पछि उनले रोमी नाउँ पावल प्रयोग गर्न थाले ।
  • पावलले विभिन्‍न शहरहरूका ख्रीष्यनहरूलाई सिकाउन र उत्साह दिनको लागि पत्रहरु लेखे । उनका केही पत्रहरू बाइबलमा छन् ।

(अनुवादका निम्ति सुझावहरुः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः रोम, यहूदी अगुवाहरू, ख्रीष्‍टियन)

बाइबलका खण्डहरूः

  • १ इतिहास १ः३
  • प्रेरित ०८:१-३
  • प्रेरित ०९:२६-२७
  • प्रेरित १३:१३:९-१०
  • गलाती ०१:१-२
  • फिलेमोन १ः८

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (४५-०६) स्तिफनसलाई मार्ने मानिसहरूसँग जवान पावल पनि सहमत भए, र तिनीहरूले उनलाई ढुङ्गाले हान्दा तिनले तिनीहरूका लुगा कुरे ।
  • (४६-०२) शाऊल दमस्कसतिर जाँदा बाटोमा उसको वरिपरि स्वर्गबाट चहकिलो प्रकाश चम्कियो, र ऊ भुइँमा लडे । शाऊलले कसैले यसो भनेका सुने, “शाऊल, शाऊल, तैँले किन मलाई सताउँछस् ?”
  • (४६-०५) त्यसैले हननिया शाऊलकहाँ गए, उनमाथि हात राखे अनि भने, “तिमीले आफ्नो दृष्‍टि पुनः प्राप्‍त गर, र पवित्र आत्माले भरिओ भनेर तिमी यहाँ आउँदा बाटोमा देखा पर्ने येशूले मलाई पठाउनु भएको छ ।” शाऊल तत्कालै फेरि देख्‍न सक्‍ने भए, र हननियाले उनलाई बप्‍तिस्मा दिए ।
  • (४६-०६) त्यसपछि शाऊलले “येशू नै परमेश्‍वरका पुत्र हुनहुन्छ” भनी दमस्कसमा भएका यहूदीलाई प्रचार गर्न थाले ।
  • (४६-०९) बारनाबास र शाऊल नयाँ विश्‍वासीहरूलाई येशूबारे सिकाउन र मण्डलीलाई बलियो बनाउनलाई एन्टिओखियामा गए ।
  • (४७-०१) शाऊल रोमी साम्राज्यभरि यात्रा गर्दा उनका रोमी नाउँ “पावल” प्रयोग गर्न थाले ।
  • (४७-१४) पावल र अरू ख्रीष्‍टियन अगुवाहरू येशूको बारे सुसमाचार प्रचार गर्दै धेरै सहरहरूमा यात्रा गरे ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G39720, G45690

पिलातस

परिभाषा:

पिलातस येशूलाई मृत्युदण्ड दिने रोमी राज्यपाल थिए ।

  • पिलातास राज्यपाल भएकाले ऊसँग अपराधीलाई मृत्युदण्ड दिने अधिकार थियो ।
  • यहूदी धार्मिक अगुवाहरूले पिलातासले येशूलाई क्रुसमा झुण्ड्याएको चाहे, त्यसैले येशू अपराधी हुनुहुन्छ भनी तिनीहरूले झुट बोले ।
  • येशू दोषी हुनुहुन्थ्यो भन्‍ने पिलातासले महसुस गरे, तर उनी भिडदेखि डराए, त्यसैले उनले आफ्ना सिपाहीहरूलाई येशूलाई फाँसी दिन आदेश दिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने

(हेर्नुहोस्ः रोम, रोमी, क्रुसम टाँग्‍नु, दोष, दोषी, राज्यपाल, शासन गर्नु)

बाइबलका खण्डहरूः

  • प्रेरित ०४:२७
  • प्रेरित १३:२८
  • लूका २३:२
  • मर्कूस १५:२
  • मत्ती २७:१३
  • मत्ती २७:५८

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (३९-०९) यहूदी अगुवाहरूले येशूलाई बिहान सबेरै रोमी राज्यपाल पिलातसकहाँ ल्याए । पिलातसले येशूलाई दोषी ठहर्‍याउनेछन्, र उहाँलाई मृत्युदण्ड दिनेछन् भनी तिनीहरूले आशा गरे । पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?”
  • (३९-१०) पिलातसले भने, “सत्य के हो ?”
  • (३९-११) येशूसँग कुरा गरेपछि पिलातस भीडकहाँ गए, र भने, “मैले यो मानिसमा कुनै दोष भेट्टाइन ।” तर तर यहूदी अगुवाहरू र भीड यसो भनेर चिच्‍याए, “त्यसलाई कर्समा टाँग् !” पिलातसले जवाफ दिए, “ऊ दोषी छैन ।” तर तिनीहरू अझै चर्को सोरमा चिच्‍याए । पिलातसले तेस्रो पटक पनि भने, “ऊ दोषी छैन ।”
  • (३९-१२) भीडले हुलदङ्गा गर्न थाल्लान् भनी पिलातस डराए, त्यसैले उनले आफ्ना सिपाहीहरूलाई येशूलाई क्रुसमा टाँग्‍नलाई आदेश दिए ।
  • (४०-०२) पिलातसले येशूका टाउकोमाथि “यहूदीहरूका राजा” भन्‍ने चिन्ह राख्‍नलाई आदेश दिए ।
  • (४१-०२) पिलातसले भने, “केही सिपाहीहरू लैजाऊ, र चिहनालाई जति सक्दो सुरक्षित बनाऊ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G40910, G41940

पीनहास

परिभाषा:

पीनहासस पुरानो करारमा दुई मानिसहरुको नाउँ थियो ।

  • एक जना इस्राएलमा झुटा देवता पूजाको तीव्र विरोध गर्ने पीनहास नाउँ गरेका पूजाहारी हारूनका नाति थिए ।
  • मिद्यानी केटीहरूसँग विवाह गरेका र तिनीहरूका झुटा देवताको पूजा गरेकामा याह्वेले पठाउनुभएको दण्डबाट पीनहासले इस्राएलीहरूलाई बचाए ।
  • पीनहास मिद्यानीहरूलाई विनाश पार्न धेरै पटक इस्राएली सेनाहरूसँग गएका थिए ।
  • पुरानो करारमा उल्लेख गरिएका अर्का पीनहास शमूएल अगमवक्‍ताको समयमा एलीका दुष्‍ट छोराहरूमध्ये एक जना थिए ।
  • पलिश्‍तीहरूले इस्राएललाई आक्रमण गरेर करारका सन्दूक कब्जा गरेर लाँदा पीनहास र होप्‍नी दुवै मारिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः करारका सन्दूक, करार उर्दीका सन्दूक, याह्वेका सन्दूक, यर्दन नदी, मद्यान, मिद्यनी, पलिश्तीहरू, शमूएल)

बाइबलका खण्डहरूः

  • १ शामूएल ४ः४
  • एज्रा ८ः२
  • यहोशू २२ः१३-१४
  • गन्‍ती २५ः६-७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6372

पोतीफर

परिभाषा:

याकूब, उनका श्रीमतीहरू, र उनका छोराछोरीहरू कनानमा हुँदा पोतीफर मिश्रका फारोका निम्ति एउटा महत्त्पूर्ण अधिकृत थिए ।

  • पोतीफरले याकूबका छोरा योसेफलाई दासको रूपमा किने, र उनलाई उनका घरानाका मुख्य कारिन्दा नियुक्‍त गरे ।
  • जब योसेफलाई खारबी गरेको कुराको दोष गलत तवरले लगाइयो, पोतीफरले योसेफलाई जेलमा हाल्न लगाए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः योसेफ (पु क), याकूब, इस्राएल, मिश्र, मिश्री, फारो, मिश्रका राजा)

बाइबलका खण्डहरूः

  • उत्पत्ति ३७:३४-३६

  • उत्पत्ति ३९ः२

  • उत्पत्ति  ३९ः१४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6318

पोन्टस

परिभाषा:

रोमी साम्राज्य र प्रारम्भिक मण्डलीको समयमा पोन्टस एउटा रोमी प्रान्त थियो । यो कालो समुद्रको तट अर्थात् अहिलेको टर्की देशको उत्तरी भागमा पर्थ्यो ।

  • पेन्तिकोसको दिनमा प्रेरितहरूमाथि पवित्र आत्मा पहिलो पटक आउनुहुँदा यरूशलेममा पोन्टस प्रान्तबाट आएका मानिसहरू पनि थिए ।
  • ग्रीक ख्रीष्‍टियन अपोल्लोस पोन्टसका थिए ।
  • पत्रुसले पोन्टस लगायतका प्रदेशहरूमा छरिएर रहेका ख्रीष्‍टियनहरूलाई पत्र लेखे ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अपोल्लोस, पेन्तिकोस, साताहरूका चाड)

बाइबलका खण्डहरूः

  • १ पत्रुस १ः१-२
  • प्रेरित २ः९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G41930, G41950

पोर, पोर पर्वत, बाल पोर

परिभाषा:

पोर खारा समुन्द्रको पूर्वतिर पर्ने मोआब क्षेत्रको एउटा पर्वतको नाम हो । यो त्यो भूमि थियो जहाँ रूबेनको कुल बस्थे ।

  • “बेथ पोर” पोर सहरको नाउँ थियो , सायद त्‍यो पहाडमा वा यसको नजिकै अवस्‍थित थियो। परमेश्‍वरले उनलाई प्रतिज्ञा गरिएको भूमि देखाउनुभएपछि मोशाको मृत्‍यु यहिँ भएको भयो।
  • “बाल पोर” पोर पर्वतमा आराधना गर्ने मोआबीहरूको एउटा झुटो देवता थियो । एस्राएलिहरूले पनि यो मूर्तिको पूजा गर्न थाले र परमेश्‍वरले उनिहरूलाई सजाय दिनुभयो।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः खारा समुद्र, मृत सागर, मोआब, मोआबी, मोआबी महिला, बाल, झुटो देवता, विदेशी देवता, देवता,देवी, पूजा\आराधना)

बाइबलका खण्डहरूः

  • गन्‍ती २३ः२८-३०
  • गन्‍ती ३१ः१६-१७
  • भजनसंग्रह १०६:२८-२९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1047, H1187, H6465

प्रचारक फिलिप

परिभाषा:

फिलिप यरूशलेमको प्रारम्भिक ख्रीष्‍टियन मण्डलीमा गरिब र खाँचोमा परेका ख्रीष्‍टियनहरूको विशेष गरी विधवाहरूको वास्ता गर्न छानिएका सात जना अगुवाहरूमध्येका एक थिए ।

  • परमेश्‍वरले फिलिपलाई गाजाबाट यरूशेलेम जाने सडकमा भेटेका एक जना इथियोपियाली मानिस लगायत यहूदीया र गालील प्रान्तका विभिन्‍न सहरहरूमा सुसमाचार प्राचार गर्नलाई प्रयोग गर्नुभयो ।
  • बर्षौंपछि फिलिप कैसरियामा बसोवास गरिरहेका थिए, अनि पावल र उनका साथीहरू यरूशलेम फर्कने क्रममा तिनीहरू उनका घरमा बसे ।
  • धेरै बाइबल विद्वानहरूले प्रचारक फिलिप त्यही नाउँ गरेका येशूका प्रेरित थिएनन् भनी ठान्छन् । यी दुई मानिसहरु फरक हुन् भनी स्पष्‍ट पार्न कुनै भाषाहरुले हल्का फरक हिज्‍जेहरू रुचाउन सक्छन् ।

(अनुवादका निम्ति सुझावहरूः नाहरू कसरी अनुवाद गर्न सकिन्छ)

(हेर्नुहोस्ः प्रेरित फिलिप)

बाइबलका खण्डहरूः

  • प्रेरित ०६:५-६
  • प्रेरित ०८:६
  • प्रेरित ०८:१३
  • प्रेरित ०८:३१
  • प्रेरित ०८:३६
  • प्रेरित ०८:४०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G53760

प्रिस्किला

परिभाषा:

प्रिस्किला उनका श्रीमान अकिलाससँगै पावलका मिसिनरी यात्रामा काम गर्ने पहिलो शताब्दीका यहूदी ख्रीष्‍टियन थिइन ।

  • पावलले अकिलास र प्रिस्किलालाई कोरिन्थमा भेटे ।
  • अकिलास र प्रिस्किला केही समयमा रोममा बसे ।
  • ती जोडीले पावलसँग पाल बनाउने काम गर्थे, साथै उनलाई उनको मिसिनरी काममा पनि सहायता गर्थे ।
  • अकिलास र प्रिस्किला दुवैलाई नयाँ करारमा पावलको सहयोगीहरूका रूपमा धेरै पटक उल्लेख गरिएको छ ।
  • प्रिस्किलालाई प्रारम्भिक मण्डलीको एउटा महिला शिक्षकको उदाहरणको रूपमा उल्लेख गरिएको छ ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः विश्‍वास, ख्रिष्‍टियन, कोरिन्‍थ, एफिसस, पावल, रोम, सिरिया)

बाइबलका खण्डहरूः

  • १ कोरिन्‍थी १६ः१९-२०
  • २ तिमोथी ४ः१९-२२
  • प्रेरित १८ः१
  • प्रेरित १८ः२४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G42520, G42510

प्रेरित फिलिप

तथ्यहरूः

प्रेरित फिलिप येशुका बाह्र जना मौलिक चेलाहरूमध्ये एक थिए । तिनी बेथसेदा निवासी थिए ।

  • तिनले येशूसँग भेटघाट गराउन नथानेललाई ल्याए ।
  • ५००० जना मानिसहरूलाई खाना कसरी उपलब्ध गराउने भनी येशूले फिलिपलाई सोध्‍नुभयो ।
  • येशूले उहाँका चेलाहरूसँग खानुभएको अन्तिम निस्तार भोजमा उहाँका पिता परमेश्‍वरबारे बताउनुभयो । फिलिपले तिनीहरूलाई पिता देखाइदिनुहोस् भनी येशूसँग आग्रह गरे ।
  • केही भाषाहरुले यो फिलिपको नाउँलाई अर्को फिलिपभन्दा फरक देखाउन र अन्योलताबाट बच्‍न भिन्‍न प्रकारले उल्लेख गर्न रुचाउन सक्छन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: फिलिप)

बाइबलका खण्डडहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G53760

फारस, फारसीहरु

परिभाषा:

फारस फारस महान्ले ५५० ख्रीष्‍ट पूर्वमा स्थापना गरेका एउटा सम्राज्य हो । यसको केन्द्र हालको आधुनिक इरान देशमा थियो । फरासका मानिसहरुलाई फारसीहरु भनिन्थ्यो ।

  • फारस साम्राज्य धेरै ठुलो र शक्तिशाली थियो ।
  • राजा कोरेसको उर्दीमा, यहूदीहरू बेबिलोनको निर्वासनबाट स्वतन्‍त्र भए, र फारस साम्राज्यद्वारा दिएको कोषले यरूशलेम मन्दिर पुनःर्निर्माण गरिएको थियो ।
  • एज्रा नहेम्याह यरूशलेमको पर्खालहरु पुनः निर्माण गर्न जाँदा राजा अर्तासास्त फारस साम्राज्यको शासक थिए ।
  • राजा अहासूररससँग विवाह गरेपछि एस्तर फारस साम्राज्यको रानी भइन् ।

(हेर्नुहोस्ः आहासुरस, अर्तासास्‍त,अश्‍शेरा, बेबिलोन, कोरेस, एज्रा, नहेम्याह, एस्तर)

बाइबलका खण्डहरूः

  • २ इतिहास ३६ः२०
  • दानिएल १०ः१३
  • एस्‍तर १ः३-४
  • इजकिएल २७ः१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6539, H6540, H6542, H6543

फारो, मिश्रका राजा

परिभाषा:

प्रचीन समयमा मिश्र देशमा शासन गर्ने राजाहरूलाई फारो भनिन्थ्यो ।

  • २,००० वर्षभन्दा बढी अवधिमा ३०० भन्दा बढी फारोहरुले मिश्रमा राज्य गरे ।
  • यी मिश्री राजाहरू धेरै धनी र शक्‍तिशाली थिए ।
  • यी फारोहरुमध्ये धेरैलाई बाइबलमा उल्लेख गरिएका छन् ।
  • प्रायः यो पदवीलाई पदवीको रूपमा प्रयोग नगरी नामको रूपमा प्रयोग गरिएको छ ।

(अनुवादका निम्त सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मिश्र, मिश्री, राजा)

बाइबलका खण्डहरूः

  • प्ररित ०७:९-१०
  • प्रेरित ०७:१३
  • ०७:२१
  • उत्पत्ति १२:१५
  • उत्पत्ति ४०:७
  • उत्पत्ति ४१:२५

बाइबलका कथाहरुबाट उदाहरणहरूः

  • (०८-०६) एक रात फारोले अर्थात मिश्रीहरूले उनीहरूका राजालाई यसो नै भन्छन्, दुई वटा सपना देखे जसले उनलाई निकै परल्यो ।
  • (०८-०८) फारो योसेफप्रति प्रभावित भए, र उनले तिनलाई मिश्रभरिमा दोस्रो शक्‍तिशाली मानिसको रूपमा नियुक्‍त गरे ।
  • (०९-०२) त्यसैले त्यस बेला मिश्रमा शासन गरिरहेका फारोले इस्राएलीहरूलाई मिश्रको दासहरू बनाए ।
  • (०९-१३) “मैले तँलाई मिश्रमा पठाउनेछु, ताकि तैँले इस्राएलीहरूलाई मिश्रको तिनीहरूका दासत्वबाट ल्यान सक् ।”
  • (१०-०२) यी विपतिहरूद्वारा परमेश्‍वरले फारोलाई उहाँ फारो र मिश्रका सबै देवताहरूभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ भनी देखउनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4428, H4714, H6547, G53280

फिलिप्‍पी, फिलिप्पीहरू

तथ्य:

फिलिप्‍पी प्रचीन ग्रीसको उत्तरी क्षेत्रमा माकेडोनियामा अवस्थित एउटा प्रमुख सहर र रोमी बस्‍ती थियो। फिलिप्‍पीका मानिसहरूलाई फिलिप्‍पीहरू भनिन्‍थ्यो ।

  • पावल र सिलासले त्यहाँका मानिसहरूलाई येशूको प्रचार गर्न फिलिप्पीको यात्रा गरे ।
  • फिलिप्‍पीमा हुदाँ, पावल र सिलास पक्राउ परे, तर परमेश्‍वरले तिनीहरूलाई अचम्मले छुट्टाउनुभयो ।
  • नयाँ करारमा फिलिप्पीको पुस्तक एक पत्र हो जो प्रेरित पावलले फिलिप्‍पीमा भएको मण्डलीका ख्रीष्‍टियनहरूलाई लेखे।
  • याद राख्‍नुहोस् कि यो कैसरिया फिलिप्‍पी भन्‍दा फरक शहर हो जुन उत्तरपूर्वी इस्राएलमा हर्मोन पर्वत नजिकै अवस्‍थित छ।

(यो पनि हेर्नुहोस्ः कैसरिया, ख्रीष्‍टियन, मण्डली, माकेडोनिया, पावल, सिलास)

बाइबलिय सन्दर्भहरू:

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • __४७:१__एक दिन, पावल र उनका मित्र सिलास येशूको बारे सुसमाचार प्रचार गर्न फिलिप्‍पी सहरमा गए ।
  • ४७:१३ भोलिपल्ट सहरका अगुवाहरूले पावल र सिलासलाई झ्यालखानाबाट निकाले, र _फिलिप्पी छोड़ी जान अनुरोध गरे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G53740, G53750

फोनिके

परिभाषा:

प्राचीन समयमा, फोनिके भूमध्य सागरको तटमा रहेको एउटा धनी देश थियो । यो हालको लेबनान देशको पश्‍विमी क्षेत्रमा पर्थ्यो ।

  • फोनिकेले हालको लेबनान देशको पश्‍चिमी क्षेत्र रेको भूमिको क्षेत्र ओगटेको थियो।

  • नयाँ करारको समयमा, फोनिकेको राजधानी टुरोस थियो । फोनिकेको अर्को महत्त्वपूर्ण सहर सिदोन थियो ।

  • फोनिके देवदारुको रुख र बैजनी रङ्ग, साथै तिनीहरुका यात्रा र समुद्री व्यापारको खुबीका लागि प्रख्यात थियो । तिनीहरू जहाज बनाउन निकै सिपालु थिए ।

  • प्रारम्‍भिक अक्षरहरू मध्‍ये एक फोनिकि मानिसहरू द्वारा सिर्जना गरिएको थियो। तिनीहरूको वर्णमाला व्‍यापक रूपमा प्रयोग भएको थियो किनभने तिनीहरूले व्‍यापार मार्फत धेरै व्‍यक्‍ति समूहहरूसगँ सम्‍पर्क राखेका थिए।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः सिदोन, सिदोनीहरू, टुरोस)

बाइबलका खण्डहरूः

  • प्रेरित ११:१९-२१

  • प्रेरित १५:३-४

  • प्रेरित २१ः२

  • यशैया २३ः१०-१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3667, G49490, G54030

बतशेबा

परिभाषा:

बतशेबा राजा दाऊदको सेनामा भर्ती भएका सिपाही उरियाहकी पत्‍नी थिइन् । उरियाहको मृत्युपश्‍चात् उनी दाऊदकी पत्‍नी र सोलोमनकी आमा बनिन् ।

  • बतशेबा उरियाहकी पत्‍नी छँदा दाऊदले उनीसित व्यभिचार गरे ।
  • बतशेबा दाऊदबाट गर्भवती भएपछि दाऊदले उरियाहलाई मार्न लगाए ।
  • त्यसपछि दाऊदले बतशेबासित बिहे गरे, र उनले एउटा बच्‍चा जन्माइन् ।
  • बच्‍चा जन्मेको केही दिनपश्‍चात् त्यसलाई मारी परमेश्‍वरले दाऊदको पापको लागि तिनलाई दण्ड दिनुभयो ।
  • पछि, बतशेबाले अर्का छोरा सोलोमनलाई जन्माइन्, जो दाऊदपश्‍चात् राजा बने ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

हेर्नुहोस्ः दाउद, शोलोमन,उरियाह)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः४-५
  • १ राजा १ः११
  • २ शामूएल ११ः३
  • भजनसंग्रह ५१ः१-२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः१० एक दिन, जब दाऊदका सबै सिपाहीहरू घरबाट टाढा लडाईमा थिए, उनी दिउसँको निद्राबाट बिउझिँए र एउटी सन्‍दरी स्‍त्रीलाई नुहाउँदै गरेको देखे। उनको नाउँ बतशेबा थियो।

  • १७ः११ केही समयपछि बतशेबाले दाऊदलाई आफू गर्भवती भएको सन्‍देश पठाइन्।

  • १७ः१२ बतशेबा पति, उरियाह नाउँ भएका मानिस, दाऊदका उत्‍कृष्‍ट सिपाहीहरूमध्‍ये एक थिए।

  • १७ः१३ उरियाह मारिएपछि दाऊदले बतशेबासँग विवाह गरे।

  • १७ः१४ पछी, दाऊद र बतशेबाको अर्को छोरो भयो, र तिनीहरूले उसको नाम शोलोमन राखे।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1339

बतूएल

परिभाषा:

बतूएल अब्राहामका भाइका छोरा थिए ।

  • बतूएल रिबेका र उनका दाजु लाबानका पिता थिए ।
  • बतूएल नाउँको नगर पनि थियो, जुन दक्षिणी यहूदामा अवस्थित भएको हुन सक्छ, जुन बेर्शेबाभन्दा धेरै टाढा थिएन ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेर्शेबा, लाबान, नाहोर, रिबेका)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ४ः३०
  • उत्‍पत्ति २८ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1328

बनायाह

परिभाषा:

बनायाह पुरानो करारमा केही मानिसहरूका नाउँ थियो ।

  • यहोयादाका छोरा बनायाह दाऊदका शक्तिशाली मानिसहरूमध्ये एक थिए । तिनी सिपालु योद्धा थिए, र तिनलाई दाऊदको अङ्गरक्षकको जिम्मा दिइयो ।
  • सोलोमन राजा बनाइँदै गर्दा तिनका शत्रुहरूलाई पराजित गर्न बनायाहले तिनको मदत गरे । अन्त्यमा, तिनी इस्राएली सेनाका सेनापति बने ।
  • पुरानो करारमा बनायाह नाउँ गरेका अन्य मानिसहरूमा तिन जना लेवी पर्छन्ः पूजाहारी, सङ्गीतकार र आसापका सन्तान ।

(हेर्नुहोसः आसाप, यहोआइदा, लेवी, शलोमोन)

बाइबलका सन्दर्भहरू:

  • १ इतिहास ४ः३६
  • १ राजा १ः८
  • २ शामुयल २३ः२०-२१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1141

बाबेल

परिभाषा:

बाबेल मेसोपोटामियाको दक्षिणी भागमा पर्ने शिनार क्षेत्रको मुख्य सहर थियो । शिनारलाई पछि बेबिलोन भनियो ।

  • हामका पनाति निम्रोदले बाबेल सहर स्थापित गरेका थिए, जसले शिनारको क्षेत्रमाथि शासन गर्थे ।
  • शिनारका मानिसहरू घमन्डी बने, र तिनीहरूले स्वर्गसम्मै पुग्‍ने एउटा अग्लो धरहरा बनाउने निधो गरे । यसलाई पछि “बाबेलको धरहरा” भनेर चिनियो ।
  • परमेश्‍वरको आज्ञामुताबिक धरहरा बनाउने मानिसहरू फैलन नचाहेकाले तिनीहरूले बोलेका कुरा एक अर्काले नबुझून् भनेर उहाँले तिनीहरूको भाषा खल्बल्याइदिनुभयो । तिनीहरू बाध्य भएर पृथ्वीका विभिन्‍न भूभागहरूमा गएर बस्‍न लागे ।
  • “बाबेल” को लागि प्रयोग गरिने मूल शब्दको अर्थ हुन्छ, “भ्रम ।” परमेश्‍वरले मानिसहरूको भाषा खल्बल्याइदिनुहुँदा त्यस ठाउँको नाउँ बाबेल रहेको थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, हाम, मेसोपोटामिया)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति १०ः८-१०
  • उत्‍पत्ति ११ः९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0894


बारथोलोमाइ

तथ्यहरूः

बारथोलोमाइ येशूका बाह्र प्रेरितमध्ये एक थिए ।

  • अन्य प्रेरितहरूसँगै बारथोलोमाइलाई पनि सुसमाचार सुनाउन र येशूको नाउँमा आश्‍चर्यकर्महरू गर्न पठाइएको थियो ।
  • येशूलाई स्वर्ग फर्कनुभएको देख्‍नेहरूमध्ये तिनी पनि एक थिए ।
  • त्यसको केही हप्‍तापछि पवित्र आत्मा ओर्लनुहुँदा पेन्तिकोसको दिनमा यरूशलेममा तिनी पनि अन्य प्रेरितहरूसँगै थिए ।

(अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, सुसमाचार, पवित्र आत्मा, आश्‍चर्यकर्म, पेन्तिकोस, बाह्र जना)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G09180

बारनाबास

परिभाषा:

बारनाबास सुरूका ख्रीष्‍टियानहरूमध्ये एक थिए, जो प्रेरितहरूको समयका थिए ।

  • बारनाबास इस्राएलको लेवी कुलका थिए र उनी साइप्रस टापुका थिए ।
  • शाऊल (पावल) ख्रीष्‍टियान हुँदा तिनलाई सङ्गी विश्‍वासीको रूपमा स्वीकार गर्न बारनाबासले अरू चेलाहरूलाई अनुरोध गरे ।
  • बारनाबास र पावलले विभिन्‍न सहरहरूमा सुसमाचार सुनाउन सँगसँगै यात्रा गरे ।
  • तिनको नाउँ योसेफ थियो, तर तिनलाई “बारनाबास” भनियो, जसको अर्थ “उत्साहको पुत्र” हुन्छ ।

(अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्: ख्रीष्टियन, साइप्रस, सुसमाचार, लेवी, पावल)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ४६:८ त्‍यसपछि बारनाबास नाउँ भएका एक जना विश्‍वासीले शाऊललाई प्रेरितहरूकहाँ लगे र शाऊलले दमस्‍कसमा कसरी साहसपूर्वक प्रचार गरे भनी बताए ।

*४६:९ बारनाबास र शाऊल ती नयाँ विश्‍वासीहरूलाई येशूको बारेमा अझ बढी सिकाउन र मण्‍डलीलाई बलियो बनाउन त्‍यहाँ गए ।

  • ४६:१० एक दिन, जब एन्‍टिओखियाका विश्‍वासीहरूले उपवाससहित प्रार्थना गरिरहेका थिए, पवित्र आत्‍माले तिनीहरूलाई भन्‍नुभयो, "मैले तिनीहरूलाई बोलाएको काम गर्नको लागि बारनाबास र शाऊललाई मेरो लागि अलग गर ।" त्‍यसैले एन्‍टिओखियाको मण्‍डलीले बारनाबास र शाऊलको लागि प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G09210

बारब्बा

तथ्यहरूः

येशू पक्राउ पर्नुभएको बेला बारब्बा यरूशलेममा एक कैदी थियो ।

  • बारब्बा हत्या र रोमी सरकारविरुद्ध विद्रोहको अपराध गरेका एक अपराधी थिए ।
  • पन्तियस पिलातसले बारब्बा र येशूमध्ये कसलाई छाड्ने भनी प्रस्ताव राख्दा मानिसहरूले बारब्बालाई रोजे ।
  • त्यसैले, पिलातसले बारब्बालाई छाडिदिए, तर येशूलाई मृत्युको लागि दोषी ठहराए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: पिलातस, रोम)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G09120

बारूक

परिभाषा:

बारूक पुरानो करारमा केही मानिसहरूका नाउँ हो ।

  • एक जना बारूक (जब्बैका छोरा) ले यरूशलेमका पर्खालहरू मर्मत गर्न नहेम्याहसँगै काम गरे ।
  • नहेम्याहकै समयमा अर्का बारूक (कलहजका छोरा) एक अगुवा थिए, जो यरूशलेमका पर्खाहरू पुनर्निर्माण भएपछि यरूशलेममा बसे ।
  • अर्का फरक बारूक (नेरियाहका छोरा) यर्मिया अगमवक्ताका सहयोगी थिए । परमेश्‍वरले यर्मियालाई दिनुभएका सन्देशहरू लेख्‍ने र मानिसहरूका निम्ति तिनलाई पढ्नेजस्ता विभिन्‍न व्यावहारिक कामहरूमा बारूकले यर्मियालाई सहायता गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः चेला, यर्मिया, यरूशलेम, नहेम्‍याह, अगमवक्‍ता)

बाइबलका सन्दर्भहरूः

  • यर्मिया ३२ः१२

  • यर्मिया ३६ः४

  • यर्मिया ४३ः१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1263

बाल

परिभाषा:

“बाल” को अर्थ “प्रभु” वा “मालिक” हुन्छ । बाल कनानीहरूद्वारा पूजिने मुख्य झुटो देवताको नाउँ थियो ।

  • केही स्थानीय झुटा देवताहरूको नाउँमा पनि “बाल” जोडिएको थियो, जस्तैः “पोरको बाल ।” कहिले काहीँ यी सबै देवताहरूलाई “बालहरू” भनी उल्लेख गरिन्थ्यो ।
  • केही मानिसहरूका नाउँमा पनि “बाल” समावेश थियो ।
  • बालको पूजामा बाल बलिसाथै वेश्यावृत्तिहरूजस्ता दुष्‍ट अभ्यासहरू समावेश हुन्थे ।
  • इस्राएलीहरूको इतिहासको विभिन्‍न कालखण्डमा तिनीहरूका वरिपरि भएका गैरयहूदी जातिहरूको उदाहरणको अनुसरण गर्दै तिनीहरू पनि बालको पूजामा बढी नै संलग्‍न भए ।
  • बाल अस्तित्वमा छैन र यहोवे मात्र एक साँचो परमेश्‍वर हुनुहुन्छ भनी मानिसहरूलाई प्रमाणित गर्न राजा आहाबको समयमा परमेश्‍वरका अगमवक्ता एलियाले एउटा जाँच गरे । परिणामस्वरूप, बालका अगमवक्ताहरू मारिए, र मानिसहरूले फेरि यहोवेको आराधना गर्न थाले ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः आहाब, अशेराह, एलिया, झूटा देवता, वेश्‍या, यहोवा)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १६ः३१
  • १ शामूएल ७ः३-४
  • यर्मिया २ः७-८
  • न्‍यायकर्ताहरू २ः११
  • गन्‍ती २२ः४१

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १९ः२ आहाब एक दुष्‍ट मानिस थिए जसले मानिसहरूलाई बाल नामको झूटा देवताको उपासना गर्न कर लगाउथेँ।

  • १९ः६ बालका ४५० अगमवक्‍ताहरू सहित सम्‍पूर्ण इस्राएल राज्‍यका सबै मानिसहरू कर्मेल पर्वतमा आए। एलियाले मानिसहरूलाई भने, "कहिलेसम्‍म तिमीहरू आफ्‍नो मन परिवर्तन गरिरहनेछौ? यदि यहोवा परमेश्‍वर हुनुहुन्‍छ भने, उहाँको सेवा गर! यदि बाल ईश्‍वर हो भने, उहाँको सेवा गर।"

  • १९ः७ तब एलियाले बालका अगमवक्‍ताहरूलाई भने, "एउटा साढेँ मारेर बलिदानको रूपमा तयार गर, तर आगो नबाल।"

  • १९ः८ तब बालका अगमवक्‍ताहरूले बाललाई प्रार्थना गरे, "हे बाल, हाम्रो कुरा सुन्‍नुहोस"

  • १९ः१२ यसरी मानिसहरूले बालका अगमवक्‍ताहरूलाई पक्रे। तब एलियाले तिनीहरूलाई त्‍यहाँबाट लगेर मारे।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1120, G08960

बालजिबुल

तथ्यहरूः

बालजिबुल शैतान वा दियाबलसको अर्को नाउँ हो । यसलाई कहिलेकाहीँ “बालजिबब” पनि लेखिन्छ ।

  • यसको शाब्दिक अर्थ “झिँगाहरूको मालिक” हो, जसको अर्थ “भूतात्माहरूका शासक” हो । यसको अर्थलाई अनुवाद गर्नुभन्दा यसको मौलिक हिज्जेसित नजिकको शब्दमा अनुवाद गर्नु उत्तम हुन्छ ।
  • कसलाई जनाइँदै छ भनी प्रस्ट पार्न यसलाई “बालजिबुल शैतान” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यो नाउँ एक्रोनको झुटो देव “बाल-जिबब” सित सम्बन्धित छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: भूतात्मा, एक्रोन, शैतान)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G09540

बालाम

तथ्यहरु:

बालाम एक गैरयहूदी अगमवक्ता थिए । कनान देशमा प्रवेश गर्ने तयारी गर्दै गर्दा उत्तरी मोआबको यर्दन नदीमा शिविर खडा गरी बसेका इस्राएलीहरूलाई सराप दिन राजा बालाकले बालामलाई भाडामा लिए ।

  • बालाम पतोर सहरका थिए, जुन मोआबभन्दा चार समय माइल टाढा यूफ्रेटिस नदीको क्षेत्रवरिपरि अवस्थित थियो ।
  • मिद्यानका राजा बालाक इस्राएलीहरूको शक्ति र सङ्ख्यादेखि डराए । त्यसैले, तिनले उनीहरूलाई सराप दिन बालामलाई भाडामा ल्याए ।
  • जसै बालाम इस्राएलतर्फ यात्रा गर्दैथिए परमेश्‍वरका एक स्वर्गदूत तिनको बाटोमा यसरी खडा भए, कि बालामको गधा रोकियो । परमेश्‍वरले गधालाई बालामसित बोल्ने क्षमता दिनुभयो ।
  • इस्राएलीहरूलाई सराप दिन परमेश्‍वरले बालामलाई अनुमति दिनुभएन । त्यसको साटो, तिनीहरूलाई आशिष् दिन उहाँले तिनलाई आज्ञा दिनुभयो ।
  • तरै पनि पछि बालामले इस्राएलीहरूलाई झुटो देवता बाल-पोरलाई पूजा गर्न प्रभावित तुल्याउँदा तिनीहरूमाथि खराबी ल्याए ।

अनुवादका लागि सुझावहरूः नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः आशिर्वाद, कनान, श्राप, गधा, यूफ्रेटिस नदी, यर्दन नदी, मिधान, मोआब, पोर)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1109, G09030

बाशा

परिभाषा:

बाशा इस्राएलका दुष्‍ट राजाहरूमध्ये एक थिए, जसले इस्राएलीहरूलाई मूर्तिहरूको पूजा गर्न प्रभाव पारे ।

  • बाशा इस्राएलका तेस्रा राजा थिए, र तिनले आसा यहूदाका राजा हुँदा चौबिस वर्ष राज्य गरे ।
  • तिनी सैनिक सेनापति थिए । अगिल्ला राजा नादाबको हत्या गरी तिनी राजा बनेका थिए ।
  • बाशाको शासनकालमा इस्राएल र यहूदा राज्यका बिचमा धेरै युद्धहरू भए । खास गरी, यहूदाका राजा आसासित युद्ध भएको थियो ।
  • बाशाका धेरै पापको कारणले गर्दा परमेश्‍वरले तिनलाई तिनको मृत्युद्वारा पदबाट हटाइदिनुभयो ।

अनुवादका लागि सुझावहरूः(नामहरू अनुवाद गर्ने)

हेर्नुहोस्ः आसा, झूटा देवता)

बाइबलका सन्दर्भहरूः

  • १ राजा १५ः१७
  • २ राजा ९ः९
  • यर्मिया ४१ः९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1201

बाशान

परिभाषा:

बाशान गालील समुद्रको पूर्वपट्टि पर्ने एउटा क्षेत्र थियो । यसले त्यस क्षेत्रलाई ओगट्थ्यो, जुन अहिले सिरिया र गोलान हेइट्सको भागमा पर्छ ।

  • “गोलान” भनिने पुरानो करारको शरण नगर बाशानको क्षेत्रमा अवस्थित थियो ।
  • बाशान निकै उर्वरायुक्त क्षेत्र थियो, र यो फलाँटका रुखहरूसाथै जनावरहरूको गौचरणको लागि परिचित थियो ।
  • उत्पत्ति १४ अध्यायले अभिलिखित गर्छ, कि बाशान केही राजाहरू र तिनीहरूका देशहरूबिच युद्ध हुने क्षेत्र थियो ।
  • इस्राएलीहरू मिश्रबाट आएपछि उजाड-स्थानमा भौतारिँदा तिनीहरूले बाशानको क्षेत्रको एउटा भागलाई आफ्नो कब्जामा लिए ।
  • वर्षौंपश्‍चात् राजा सोलोमनले त्यस क्षेत्रबाट खाद्य सामग्री प्राप्‍त गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मिश्र, ओक, गालिलको समुन्‍द्र, सिरिया)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ४ः१३
  • आमोस ४ः१
  • यर्मिया २२ः२०-२१
  • यहोशू ९ः१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1316

बिल्‍हा

Facts:

बिल्‍हा याकूबकी पत्‍निहरूंध्‍ये एक थिएन्। तिनले याकूबका दुई छोराहरू दान र नप्‍तालीलाई जन्‍म दिइन् जसका सन्‍ताहरू इस्राएलका कुलहरू बने।

  • राहेलले याकूबसगँ विवाह गर्दा लाबनले बिल्‍हालाई राहेललाई कमारीको रूपमा दिए।
  • राहेलको सन्‍तान नभएको कारणले, तिनले बिल्‍हालाई याकूबलाई पत्‍निको रूपमा दिइन् ताकि तिनको लागि सन्‍तान जन्‍माउन  सकून्।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः याकूब, राहेल, दान, नप्‍तालि)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति २९ः२९
  • उत्‍पत्ति ३०ः४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1090

बेथ-शेमेश

परिभाषा:

बेथ-शेमेश एउटा कनानी सहरको नाउँ थियो, जुन यरूशलेमभन्दा लगभग ३० किलोमिटर पश्‍चिममा पथ्र्यो ।

  • यहोशूको नेतृत्वको समयमा इस्राएलीहरूले बेथ-शेमेशलाई कब्जा गरे ।
  • बेथ-शेमेश सहरलाई लेवीय पूजाहारीहरूको बासस्थानको लागि अलग गरियो ।
  • पलिश्तीहरूले कब्जामा लिइएको करारको सन्दुकलाई यरूशलेममा फर्काउँदा तिनीहरू पहिलो पटक बेथ-शेमेशमा नै सन्दुकसहित रोकिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)

(हेर्नुहोस्ः करारको सन्‍दूक, कनान, यरूशलेम, यहोशू, लेवि, पलिश्‍तीहरू)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ४ः९
  • १ शामूएल ६ः९
  • यहोशू १९ः२०-२२
  • न्‍यायकर्ता १ः३३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1053

बेथलेहेम, एप्राता

तथ्यहरूः

बेथलेहेम यरूशलेम सहर नजिकै रहेको इस्राएल देशको एउटा सानो सहर थियो । यसलाई “एप्राता” भनेर पनि चिनिन्थ्यो, जुन सम्भवतः यसको मौलिक नाउँ थियो ।

  • राजा दाऊद बेथलेहेममा जन्मेकाले यसलाई “दाऊदको सहर” भनिएको छ ।
  • मसीह “बेथलेहेम एप्राता” बाट आउनुहुने थियो भनी मीका अगमवक्ताले भविष्यवाणी गरे ।
  • त्यस भविष्यवाणीलाई पुरा गर्नुहुँदै वर्षौंपश्‍चात् येशू बेथलेहेममा जन्मनुभयो ।
  • “बेथलेहेम” नाउँको अर्थ “रोटीको घर” वा “भोजनको घर” हो ।

(यो पनि हेर्नुहोस्: कालेब, दाऊद, मीका)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः२ दाऊद बेथलेहेम सहरका एक जना गोठाला थिए ।

  • २१ः९ अगमवक्‍ता यशैयाले मसीह कन्‍याबाट जन्‍मनुहुनेछ भनी अगमवाणी गरे । अगमवक्‍ता मीकाले उहाँको जन्‍म बेथलेहेम सहरमा हुने छ भनी बताए ।

  • २३ः४ योसेफ र मरियम बसेका ठाउँ नासरतबाट उनीहरूले __बेथलेहेम__सम्‍मको लामो यात्रा गर्नुपर्‍यो किनभने तिनीहरूका पुर्खा दाऊदको गृहनगर बेथलेहेम थियो ।

  • २३ः६ "मसीह, प्रभु, __बेथलेहेम__मा जन्‍मनुभएको छ ।"

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0376, H0672, H1035, G09650

बेथानिया

तथ्यहरूः

बेथानिया नगर यरूशलेमबाट करिब २ माइल पूर्वमा जैतून पर्वतको पूर्वीय भिरको आधारमा अवस्थित थियो ।

  • बेथानिया यरूशलेम र यरीहोको बिच भएर जाने सडकको नजिकै थियो ।
  • येशू अक्सर बेथानिया जानुभयो, जहाँ उहाँका घनिष्‍ठ मित्रहरू लाजरस, मार्था र मरियम बस्थे ।
  • बेथानिया खास गरी येशूले लाजरसलाई मृतकहरूबाट जीवित पार्नुभएको ठाउँको रूपमा परिचित छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: यरिहो, यरूशलेम, लाजरस, मार्था, मरियम (मर्थाकी दिदी), जैतून पर्वत)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G09630

बेथेल

परिभाषा:

बेथेल कनान देशमा यरूशलेमको उत्तरपट्टि अवस्थित सहर थियो । यसलाई पहिले “लूज” भनिन्थ्यो ।

  • पहिलो पटक परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्‍त गरेपछि अब्राम (अब्राहाम) ले बेथेल नजिकै उहाँको निम्ति एउटा वेदी खडा गरे । त्यस बेला यस सहरको वास्तविक नाउँ अझै बेथेल भइसकेको थिएन, तर यसलाई “बेथेल” भनिन थालियो जुन नाउँबाट यो ठाउँ परिचित भयो ।
  • आफ्ना दाजु एसावबाट भाग्दा याकूबले यही सहर नजिकै रात बिताएका थिए, र तिनी खुला मैदानमा नै सुतेका थिए । सुतिरहँदा तिनले एउटा सपना देखे, जसमा आकाससम्मै खडा गरिएको भर्‍याङमा स्वर्गदूतहरू तल झर्ने र माथि उक्लने गर्दै थिए ।
  • याकूबले यस ठाउँलाई “बेथेल” नाउँ नराखेसम्म यसको नाउँ बेथेल भएको थिएन । यसलाई प्रस्ट पार्न अब्राहामको बारेमा भएका खण्डहरू र याकूब पहिलो पटक आउँदा बयान गर्ने खण्डहरू (तिनको नाउँ परिवर्तन गरिनुअगि) केही अनुवादहरूले यसलाई “लूज (पछि बेथेल भनिएको)” भनी अनुवाद गर्न सक्छन् ।
  • पुरानो करारमा बेथेल अक्सर उल्लेख भएको छ, र यही ठाउँमा नै धेरै महत्त्वपूर्ण घटनाहरू घटे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, वेदी, याकूब, यरूशलेम)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति १२ः८-९
  • उत्‍पत्ति ३५ः१
  • होशे १०ः१५
  • न्‍यायकर्ताहरू १ः२३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1008

बेन्यामीन, बेन्यामीनी

तथ्यहरू:

बेन्यामीन याकूबका बाह्रौ छोरा थिए। तिनी राहेलका दोस्रो छोरा थिए। तिनका सन्तानहरू इस्राएलको एक कुल बने।

  • उनीबाट आएको कुललाई "बेन्यामीनको कुल" वा "बेन्यामीन" वा "बेन्यामीनीहरू" भनेर चिनिन्‍थ्‍यो।

  • हिब्रूमा, बेन्यामीन नामको अर्थ "मेरो दाहिने हातको छोरो" हो।

  • बेन्यामीनको कुल मृत सागरको उत्तरपश्चिममा, यरूशलेमको उत्तरमा बसोबास गर्यो।

  • राजा शाऊल बेन्यामीन कुलबाटै थिए ।

  • प्रेरित पावल बेन्यामीन कुलकै थिए ।

(अनुवादका लागि सुझावहरूःनामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्ः इस्राएलका बाह्र कुलहरू, याकूब, राहेल)

बाइबलिय सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H1144, G09580

बेबिलोन, बेबिलोनी

परिभाषा:

बेबिलोन सहर प्राचीन बेबिलोनी साम्राज्यको बेबिलोन क्षेत्रको राजधानी थियो जुन चाहिँ बेबिलोनियन साम्राज्‍यको एक भाग हो।

  • बेबिलोन यूफ्रेटिस नदीनेर अवस्थित थियो । यही क्षेत्रमा वर्षौंपश्‍चात् बाबेलको धरहरा बनाइएको थियो ।
  • कहिले काहीँ “बेबिलोन” शब्दले सारा बेबिलोनी साम्राज्यलाई जनाउँछ । उदाहरणको लागि, “बेबिलोनका राजा” ले सहरमाथि मात्र नभएर सारा साम्राज्यभरि शासन गरे ।
  • बेबिलोनीहरू शक्तिशाली जाति थिए, जसले यहूदा राज्यमाथि आक्रमण गरे र त्यहाँका मानिसहरूलाई सत्तरी वर्षसम्म बेबिलोनी निर्वासनमा राखे ।
  • यस क्षेत्रको एउटा भागलाई “कल्दी” भनिन्थ्यो, र त्यहाँ बस्‍ने मानिसहरूलाई “कल्दीहरू” भनिन्थ्यो । परिणामस्वरूप, बेबिलोनलाई जनाउन अक्सर “कल्दी” शब्दको प्रयोग गरियो । (हेर्नुहोस्ः अङ्गाङ्गी अलङ्कार)

(हेर्नुहोस्ः बाबेल, बेबिलोनी, यहूदा, नबूकदनेसर)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ९ः१
  • २ राजा १७ः२४-२६
  • प्रेरित ७ः४३
  • दानिएल १ः२
  • इजकिएल १२ः१३
  • मत्ती १ः११
  • मत्ती १ः१७

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २०ः६ अश्‍शञरहरूले इस्राएलको राज्‍यलाई नष्‍ट गरेको लगभग १०० वर्ष पछि, परमेश्‍वरले बेबिलोनीहरूलाई राजा नबूकदनेसरलाई यअुदाको राज्‍यमाथि आक्रमण गर्न पठाउनुभयो। बेबिलोन एक शक्‍तिशाली साम्राज्‍य थियो।
  • २०ः७ तर केहि वर्षपछि, यहूदाला राजाले बेबिलोनको विरुद्धमा विद्रोह गरे। त्‍यसैले, बेबिलोनीहरू फर्केर आए र यअुदाको राज्‍यमाथि आक्रमण गरे् तिनीहरूले यरूशलेम सहर कब्‍जा गरे, मन्‍दीर भत्‍काए र सहर र मन्‍दिरका सबै बहुमुल्‍य कुराहरू लगे।
  • २०ः९  नबूकदनेसर र तिनको सेनाले यहूदाको राज्‍यका लगभग सबै मानिसहरूलाई बेबिलोनमा लगे, केवल गरीब मानिसहरूलाई खेतहरू रोप्‍न छोडे।
  • २०ः११ लगभग सत्तरी वर्षपछि, फारसीहरूका राजा कोरेसले बेबिलोनलाई पराजित गरे।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3778, H3779, H8152, H0894, H0895, H0896, G08970

बेरिया

परिभाषा:

नयाँ करारको समयमा बेरिया माकेडोनियाको दक्षिण-पूर्वमा अवस्थित एउटा समृद्ध ग्रिक सहर थियो, जुन थेसलोनिकेभन्दा करिब असी किलोमिटर दक्षिणमा पथ्र्यो ।

  • थेसलोनिकेमा पावल र सिलासको जीवनमा समस्या ल्याउने केही यहूदीहरूबाट भाग्‍न त्यहाँका सङ्गी ख्रीष्‍टियानहरूले तिनीहरूलाई मदत गरेपछि तिनीहरू भागेर बेरिया सहरमा गए ।
  • बेरियामा बसोबास गर्ने मानिसहरूले पावलले प्रचार गरेको सुनेपछि तिनले प्रचार गरेका कुराहरू साँचा थिए वा थिएनन् भनी पुष्‍टि गर्न तिनीहरूले धर्मशास्‍त्रमा खोजी गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः माकेडोनिँया, पावल, शिलास, थेसलोनिका)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १७ः११

  • प्रेरित १७ः१३-१५

  • प्रेरित २०ः४

शब्‍दको आंकडाः

  • स्‍ट्रोंग्‍स: G09600

बेर्शेबा

परिभाषा:

पुरानो करारको समयमा बेर्शेबा एउटा सहर थियो । यो यरूशलेमदेखि लगभग ४५ माइल टाढा दक्षिण-पश्‍चिममा मरुभूमिको क्षेत्रमा अवस्थित थियो । त्यस क्षेत्रलाई अहिले नेगेब भनी चिनिन्छ ।

  • बेर्शेबा वरिपरिको क्षेत्र उजाड-स्थान थियो, जहाँ अब्राहामले हागार र इश्माएललाई तिनीहरूका पालबाट निकालेपछि तिनीहरू भौँतारिएका थिए ।
  • यस सहरको नाउँको अर्थ हुन्छ, “शपथको इनार ।” अब्राहामको एउटा इनारलाई अबीमेलेकका मानिसहरूले नियन्‍त्रणमा लिँदा तिनले उनीहरूलाई दण्ड नदिने शपथ खाएको बेलामा यो नाउँ राखिएको थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

हेर्नुहोस्ः अबीमेलेक, अब्राहाम, हागार, इश्‍माएल, यरूशलेम, शपथ)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल ३ः२०

  • २ शामूएल १७ः११

  • उत्‍पत्ति २१ः१४

  • उत्‍पत्ति २१ः३१

  • उत्‍पत्ति ४६ः१

  • नहेम्‍याह ११ः३०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0884

बोअज

तथ्यहरूः

बोअज इस्राएलमा न्‍यायकर्ताहरूले शासन गरेको समयमा बस्‍ने एक इस्राएली मानिस थिए । तिनले रूथ नाउँकी मोआबी स्‍त्रीसँग विवाह गरे र राजा दाऊदका हजुरबुबा र येशू ख्रीष्‍टका पुर्खा दुवै बने ।

  • तिनी नाओमी नाउँ गरेकी इस्राएली स्‍त्रीका नातेदार थिए, जो मोआबमा आफ्ना पति र छोराहरूको निधन भएपछि इस्राएल फर्केकी थिइन् ।
  • तिनले नाओमीकी विधवा बुहारी रूथलाई बिहे गरी उनलाई पति र सन्तानहरूसँगै भविष्य दिलाए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: मोआब, उद्धार गर्नु, रूथ)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H1162

मत्ती, लेवी

तथ्यहरूः

मत्ती प्रेरित हुनलाई येशूले चुन्‍नुभएका बाह्र जनामध्ये एक थिए । तिनी अल्फयसका छोरा लेवीको रूपमा चिनन्थे ।

  • येशूलाई भेट्नुभन्दा पहिले लेवी(मत्ती) कफर्नहुमका एक जना कर उठाउने व्यक्ति थिए ।
  • मत्तीले आफ्नै बहन गर्ने सुसमाचारको पुस्तक लेखे ।
  • बाइबलमा  लेवी नामका अरू केही पुरुषहरू छन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, लेवीहरू, कर उठाउने)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G30170, G31560

मनश्शे

परिभाषा:

योसेफको जेठो छोराको नाम मनश्शे थियो । मनश्शेका सन्तानहरू इस्राएलका एक कुल बने ।

  • मनश्‍शे नाम हिब्रू शब्‍दसगँ मिल्‍दोजुल्‍दो छ जसको अर्थ "बिर्सनु" हो।

  • मनश्शेको कुललाई “मनश्शेको आधा कुल” पनि भनिन्थ्यो किनभने त्यो कुलको आधा भाग मात्रै यर्दन नदीको पश्‍चिमतर्फ कनान देशमा बसोबास गरे । अर्को भाग यार्दनको पूर्वतर्फ बसोबास गरे ।

  • राजा मनश्शे एक दुष्‍ट राजा थिए जसले आफ्नै छोराछोरीलाई झूटा ईश्‍वरहरूका लागि बलिदान गरे ।

  • परमेश्‍वरले शत्रु सेनाको हातमा पक्राउ पर्न दिएर राजा मनश्शेलाई दण्ड दिनुभयो । मनश्शे परमेश्‍वरतर्फ फर्के अनि मूर्तिहरूको पूजा गरिने वेदीहरू नष्‍ट गरे ।

  • पुरानो करारमा मनश्‍शे नामका अन्‍य तीन जना पुरुषहरू उल्‍लेख गरिएको छ। तिनीहरूमध्‍ये एक जना केही दानिएटहरूका हजुरबुबा थिए जो झूटा देवताहरूका पुजारी थिए। अन्‍य दुई जना पुरुषहरू थिए जो एज्राको समयमा बाचिरहेका थिए र उनीहरूलाई झूटा देवताको उपासना गर्न प्रेरित गर्ने आफ्‍ना मूर्तिपूजक पत्‍नीहरूलाई सम्‍बन्‍धविच्‍छेद गर्न आवश्‍यक थियो।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

हेर्नुहोस्ः योशेफ, एफ्राइम, इस्राएलका बाह्र कुल)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास १५ः९

  • व्‍यवस्‍था ३ः१२-१३

  • उत्‍पत्ति ४१ः५१

  • उत्‍पत्ति ४८ः१-२

  • न्‍यायकर्ता १ः२७-२८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4519, H4520, G31280

मरियम (मार्थाकी बहिनी)

तथ्यहरूः

मरियम येशूलाई पछ्याउने बेथानिया निवासी स्‍त्री थिइन् ।

  • मरियमकी मार्था नाम गरेकी एउटी दिदी र लाजरस नाम गरेका एक जना भाइ थिए, तिनले पनि येशूलाई पछ्याउँथे ।
  • मरियम जे उत्तम छ सो चुनेकी छिन् भनी येशूले भन्‍नुभयो किनकि तिनले मार्थाले जस्तै उहाँको निम्ति भोजन तयारी गर्ने कुरोको चुन्ता गर्नुको सट्टा उहाँको वचन सुन्‍न नै तिनले रोजेकी थिइन् ।
  • येशूले मरियमको भाइ लाजरसलाई मृतकबाट जीवित पार्नुभयो ।
  • त्यसको केही समयपछि, येशू बेथानियामा कसैको घरमा खाना खइरहनुहुँदा उहाँको आराधना गर्न मरियमले उहाँको पाउमा बहुमूल्य अत्तर खन्याइन् ।
  • येशूले यसो गरेकोमा तिनको प्रशंसा गर्नुभयो र तिनले उहाँको शरीरलाई दफनको निम्ति तयार पारिरहेकी थिइन् भन्‍नुभयो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बेथानिया, अत्तर, लाजरस, मार्था)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G31370

मरियम मग्दलिनी

तथ्यहरूः

मरियम मग्दलिनी येशूमा विश्‍वास गर्ने र उहाँको सेवाकार्यमा उहाँलाई पछ्याउने केही स्‍त्रीहरूमध्ये एक जना थिइन् । तिनलाई नियन्‍त्रणमा राख्‍ने सात वटा भूतहरूबाट येशूले निको पार्नुभएको स्‍त्रीको रूपमा तिनलाई चिनिन्‍थ्‍यो ।

  • मरियम मग्दलिनी र अन्य केही स्‍त्रीहरूले येशू र उहाँका प्रेरितहरूलाई आर्थिक सहायता गर्थे ।
  • येशू मृतकबाट जीवित भई उठ्नुभएपछि पहिले देख्‍ने केही स्‍त्रीहरूमध्ये तिनी पनि एक जना थिइन् ।
  • मरियम मग्‍दलिनी रित्तो चिहान बाहिर उभिरहँदा, तिनले येशूलाई त्‍यहाँ उभिरहनुभएको देखिन् र उहाँ फेरि जीवित हुनुभएको कुरा बताउन उहाँले तिनलाई अन्य चेलाहरूकहाँ जाऊ भन्‍नुभयो ।

(अनुवदका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: भूतात्मा, भूतात्मा लागेको)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G30940, G31370

मरियम, येशूकी आमा

तथ्यहरूः

मरियम नासरत सहरमा बस्‍ने एउटी युवती थिइन् जसलाई योसेफ नाउँका मानिससगँ विवाह गर्ने वचन दिएका थिए । परमेश्‍वरले मरियमलाई येशू मसीह, परमेश्‍वरको पुत्रको आमा हुन रोज्‍नुभयो ।

  • पवित्र आत्माले कन्या मरियमलाई आश्‍चर्यजनक रूपमा गर्भवती हुने तुल्याउनु भयो ।
  • उनीबाट जन्‍मिने बालक परमेश्‍वरको पुत्र थिए र उहाँको नाउँ येशू राख्‍नू भनी एक स्‍वर्गदूतले मरियमलाई बताए ।
  • मरियमले परमेश्‍वरलाई प्रेम गरिन् र उनीप्रति अनुग्रही हुनुभएकोमा उहाँको प्रशंसा गरिन् ।
  • योसेफले मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार गरे, तर बालकको जन्म नभएसम्म तिनी कुमारी नै रहिन् ।
  • गोठालाहरूले बालक येशूकाबारे भनेका अचम्मका कुरालाई मरियमले आफ्नो मनमा गहन रूपमा लिइन् ।
  • मरियम र योसेफले बालक येशूलाई मन्‍दिरमा अर्पण गर्न लगे । पछि तिनीहरूले बालकलाई मार्ने राजा हेरोदको षड्‍यन्‍त्रबाट बच्‍न उहाँलाई मिश्रमा लगे । अन्‍ततः तिनीहरू नासरत फर्किए ।
  • जब येशू वयस्‍क हुनुभयो, उहाँले कानामा भएको विवाहमा पानीलाई दाखमद्यमा परिवर्तन गर्दा मरियम उहाँसगैँ थिइन् ।
  • येशू क्रूसमा मर्नुहुँदा मरियम त्यहीँ छेउमा थिइन् भनी सुसमाचारका पुस्‍तकहरूले उल्‍लेख गर्छ । उहाँको आमालाई आफ्‍नै आमालाईझैँ हेरचाह गर्नू भनी आफ्‍नो चेला यूहन्‍नालाई उहाँले भन्‍नुभयो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: काना, मिश्र, हेरोद महान्‌, येशू, योसेफ (न.का), परमेश्‍वरको पुत्र, कन्या)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २२ः४ जब एलीशिबा छ महिनाको गर्भवती थिइन्, मरियम नाम गरेकी तिनकी नातेदारकहाँ देखा परेका उही स्वर्गदूत एलीशिबाकहाँ देखा परे । तिनी कन्या थिइन् र योसेफ नाम गरेका मानिससँग विवाहको निम्ति तिनको मगनी भएको थियो । स्वर्गदूतले भने, “तिमी गर्भवती हुने छौ र तिमीले एउटा पुत्र जन्माउने छौ । तिमीले उहाँको नाउँ येशू राख्‍नु र उहाँ मसीह हुनुहुने छ ।”
  • २२ः५ स्वर्गदूतले व्याख्या गरे, “पवित्र आत्मा तिमीकहाँ आउनुहुने छ, र परमेश्‍वरको शक्तिले तिमीलाई ढाक्‍ने छ । त्यसैले, बालक पवित्र हुनुहुने छ र परमेश्‍वरका पुत्र हुनुहुने छ ।” स्वर्गदूतले भनेका कुरा __मरियम__ले विश्‍वास गरिन् र उहाँको कुरा स्विकार गरिन् ।
  • २२ः६ स्वर्गदूत __मरियम__सँग बोलेपछि, लगत्तै तिनी एलीशिबालाई भेट्न गइन् । एलीशिबाले __मरियम__को अभिवादन सुन्‍ने बित्तिकै, एलीशिबाको बच्‍चा गर्भमा नै उफ्रियो ।
  • २३ः२ स्वर्गदूतले भने, “योसेफ, __मरियम__लाई आफ्नी पत्‍नी बनाउन नडराऊ । उसको गर्भमा रहेको बच्‍चा पवित्र आत्माबाट आउनुभएको हो ।”
  • २३ः४ योसेफ र __मरियम__ले तिनीहरू बस्‍ने ठाउँ नासरतदेखि बेथलेहेमसम्मको लामो यात्रा गर्नुपर्‍यो, किनकि तिनीहरूका पुर्खा दाऊदको गृहनगर बेथलेहेमका थियो ।
  • ४९ः१ तिनले परमेश्‍वरको पुत्रलाई जन्म दिने छिन् भनी एउटा स्वर्गदूतले मरियम नाम गरेकी एउटी कन्यालाई भने । त्यसैले तिनले कन्या छँदै एउटा छोरो जन्माइन् र उहाँको नाउँ येशू राखिन् ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G31370

मलाकी

परिभाषा:

मलाकी इस्राएलका लागि परमेश्‍वरका अगमवक्त्ताहरूमध्ये एक थिए ।

  • मलाकीले बेबिलोनको निर्वासनबाट फर्केपछि इस्राएलको मन्दिर पुनर्निर्माण भइरहेको अवधिमा अगमवाणी गरे ।
  • सम्भवतः नहेम्याह र एज्रा जीवित रहेकै समयमा मलाकी पनि जीवित थिए ।
  • मलाकीको पुस्तक पुरानो करारको अन्तिम पुस्तक हो र यसलाई परम्परागत रूपमा “साना अगमवक्त्ताहरू” का पुस्तकहरूमध्ये मानिन्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, कैदी, एज्रा, यहूदा, नहेम्‍याह, अगमवक्‍ता, पश्‍चात, पालो)

बाइबलका सन्दर्भहरूः

  • मलाकी १ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4401

मल्किसेदेक

परिभाषा:

अब्रामको समयमा, मल्किसेदेक शालेमका राजा थिए जसलाई पछि गएर यरूशलेम भनियो ।

  • मल्किसेदेक नामको अर्थ “धार्मिकताका राजा” हो र उनको उपाधि “शालेमका राजा” को अर्थ “शान्तिका राजा” हो ।
  • उनलाई “सर्वोच्‍च परमेश्‍वरका पूजाहारी” पनि भनिन्थ्यो ।
  • शक्त्तिशाली राजाहरूको शक्त्तिबाट अब्रामले आफ्ना भतिजा लोतको उद्धार गरेपछि, मल्किसेदेकले अब्रामलाई रोटी र दाखमद्य दिएका घटनामा पहिलो पटक बाइबलमा मल्किसेदेकलाई उल्लेख गरिएको छ । तब अब्रामले मल्किसेदेकलाई विजयको लूटका सामानको दशांश दिए ।
  • नयाँ करारमा, येशूलाई “मल्किसेदेकको दर्जाबमोजिमको पूजाहारी” भनिएको छ । अरू सबै इस्राएली पूजाहारी झैँ येशू लेवीको वंशको हुनुहुन्‍न । वहाँ परमेश्‍वरबाटको पूजाहारी हुनुहुन्छ ।
  • बाइबलमा उनको विषय भएका यी वर्णनहरूका आधारमा, मल्किसेदेक एक मानवीय पूजाहारी थिए जो शान्ति र धार्मिकताका अनन्त राजा र हाम्रा महान् उच्‍च पूजाहारी येशूलाई प्रतिनिधित्व गर्न वा येशूको बाटो हेर्न परमेश्‍वरबाट खटाइएका थिए ।
  • बाइबलमा उहाँका यी विवरणहरूको आधारमा, मल्किसेदेक एक मानव पूजहारी थिए, जसलाई शान्‍ति र धार्मीकता अनन्‍त राजा र हाम्रा महान प्रधान पूजहारी येशूलाई प्रतिनिधित्‍व गर्न वा औँल्‍याउन परमेश्‍वरले चुनेका थिए।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अनन्‍त, प्रधान, पूजहारी, यरूशलेम, लेवी, पूजहारी, धर्मी)

बाइबलका सन्‍दर्भहरूः

  • उत्‍पत्ति १४ः१८
  • हिब्रू ६ः२०
  • हिब्रू ७ः१७
  • भजनसंग्रह ११०ः४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4442, G31980

माका

परिभाषा:

माका नाहोर र तिनकी भित्रिनी रूमाका छोरा थिए । पूरानो नियममा अरू धेरै मानिसहरूका पनि यही नाम थियो ।

  • माका वा बेथ माका सहर  इस्राएलका सुदूर उत्तरमा नप्‍ताली कुलले ओगटेको क्षेत्रमा अवस्‍थित थियो।

  • यो एक महत्‍वपूर्ण सहर थियो र धेरै अवसरहरूमा शत्रुहरूले आक्रमण गरेको थियो।

  • दाऊदका छोरा अब्‍शालोमकी आमा लगायत धेरै स्‍त्रीहरूको नाम माका थियो।

  • राजा आसाले आफ्‍नी हजुरआमा माकालाई रानीको पदबाट हटाउनुभयो किनभने उनीले अशेरा देवताको उपासना गर्न बढावा दिएकि थिएन्।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आसा, अशेरा, नाहोर, नप्‍ताली, इस्राएलका बाह्र कुल)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4601

मादी

परिभाषा:

मादी अश्शूर र बेबिलोनियाको पूर्वतर्फ अनि एलाम र पर्सियाको उत्तरतर्फ अवस्थित एक प्राचीन साम्राज्य थियो । यसको भूभाग अहिलेको टर्की, इरान, सिरिया, इराक र अफगानिस्तानसम्म फैलिएको थियो ।

  • संचार साम्राज्‍यले वर्तमान टर्की, इरान, सिरिया, इसाक, र अफगानिस्‍तानका भागहरू समावेश गर्दछ।

  • मादीहरू पर्सियासँग घनिष्‍ठ रूपमा सम्बन्धित थिए र यी दुई साम्राज्यका संयुक्त्त शक्त्तिले बेबिलोनी साम्राज्यमाथि विजय प्राप्‍त गरे ।

  • अगमवक्त्ता दानिएल त्यहाँ रहेको समयमा मादी राजा दाराले बेबिलोनमा आक्रमण गरे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अश्‍शूर, बेबिलोन, कोरेस, दानिएल, दारा, एलाम, फारस)

बाइबलका सन्‍दर्भहरूः

  • २ राजा १७ः६
  • प्रेरित २ः९
  • दानिएल ५ः२८
  • एस्‍तर १ः३-४
  • एज्रा ६ः१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4074, H4075, H4076, H4077, G33700

मार्था

तथ्यहरूः

मार्था बेथानियामा बसोबास गर्ने स्‍त्री थिइन् जसले येशूलाई पछ्याएकी थिइन् ।

  • मार्थाकी मरियम नाम गरेकी बहिनी र लाजरस नाम गरेका भाइ थिए, तिनीहरूले पनि येशूलाई पछ्याएका थिए ।
  • एक पटक येशूले शिक्षा दिनुहुँदा मार्थाको ध्यान खाना तयार गर्ने कुराले बिथोलियो, तर तिनकी बहिनीले येशूको छेउमा बसेर उहाँको शिक्षा सुनिन् ।
  • लाजरसको मृत्यु हुँदा, येशू परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा तिनले विश्‍वास गर्थिन् भनी मार्थाले येशूलाई भनिन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: लाजरस, मरियम (मर्थाकी बहिनी)))

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G31360

मिखाएल

#तथ्यहरु:

मिखाएल परमेश्‍वरका सबै पवित्र, आज्ञाकारी स्वर्गदूतहरूमध्ये प्रमुख स्वर्गदूत हुन् । परमेश्‍वरका “प्रधान स्वर्गदूत” भनी स्पष्‍ट तोकिएर बताइएका एक मात्र स्वर्गदूत उनीमात्रै हुन् ।

  • “प्रधान स्वर्गदूत” भन्‍ने शब्दको शाब्दिक अर्थ “मुख्य स्वर्गदूत” वा “शासन गर्ने स्वर्गदूत” भन्‍ने हो ।
  • मिखाएल एक योद्धा हो जसले परमेश्वरका शत्रुहरू विरुद्ध लड्छ र परमेश्वरका मानिसहरूलाई बचाउँछ।
  • मिखाएलले फारसीहरूका विरूद्धमा इस्राएलीहरूलाई नेतृत्व गरेका थिए; दानिएलको पुस्तकमा अगमवाणी गरिएझैँ उनले नै दुष्‍टका शक्त्तिहरूको विरूद्धको अन्तिम युद्धमा इस्राएलका सेनाहरूको नेतृत्व गर्नेछन् ।
  • बाइबलमा मिखाएल नाउँ भएका धेरै मानिसहरू पनि छन्। धेरै मानिसहरू "मिखाएलको छोरा" भनेर चिनिन्छन्।

अनुवादका लागि सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः स्‍वर्गदूत, दानिएल, सन्देशवाहक, फारस)

बाइबलका सन्‍दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4317, G34130

मिध्यानी, मिध्यानका मानिस

परिभाषा:

मिध्यानीहरू कनान देशको दक्षिणपट्टि अरेबियाली मरूभूमिको उत्तरी भागमा बसोबास गर्ने मानिसहरू थिए । त्यस समूहका मानिसहरूलाई मिध्यानका मानिस भनेर भनिन्थ्यो ।

  • मिध्यानीहरू इशा पूर्व १९ औँ शताब्दीदेखि इशा पूर्व ११ औँ शताब्दीसम्म अस्तित्वमा रहे ।
  • योसेफलाई दासहरूको व्यापार गर्ने मिध्यानीहरूको एउटा समूहले मिश्रमा लागेको थियो ।
  • धेरै वर्षपछि मिध्यानीहरूले कनान देशका इस्राएलीहरूलाई आक्रमण गरे । गिदोनले तिनीहरूलाई पराजित गर्न इस्राएलीहरूको नेतृत्व गरे ।
  • आधुनिक अरेबियाका धेरै जातिहरू यही समुदायका सन्तानहरू हुन् ।

(हेर्नुहोस्ः अरब, मिश्र, बगाल, गिदोन, यित्रो, मोशा)

बाइबलका सन्‍दर्भहरूः

  • प्रेरित ७ः३०
  • प्रस्‍थान २ः१६
  • उत्‍पत्ति २५ः१-४
  • उत्‍पत्ति ३७ः२८
  • न्‍यायकर्ता ७ः१

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • 16:3 तर त्यसपछि मानिसहरूले परमेश्‍वरलाई बिर्से र मूर्तिपूजा गर्न थाले । त्यसैले परमेश्‍वरले, नजिकको शत्रु समूह, मिध्यानका मानिसहरूलाई तिनीहरूलाई पराजय गर्न दिनुभयो ।
  • 16:4 इस्राएलीहरू धेरै त्रसित भए, र तिनीहरूलाई मिध्यानका मानिसहरूले नभेटाउन् भनेर ओडारहरूमा लुके ।
  • 16:11 त्यस मानिसको साथिले भन्यो, “यो सपनाको अर्थ गिदोनका सेनाले मिध्यानी सेनालाई पराजय गर्नेछ भन्‍ने हो ।”
  • 16:14 परमेश्‍वरले मिध्यानका मानिसहरूलाई अलमल्याईदिनुभयो, र तिनीहरूले आफैँ-आफैलाई आक्रमण गरी मार्न थाले ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4080, H4084, H4092

मिरियम

परिभाषा:

मिरियम हारून र मोशाकी दिदी थिइन् ।

  • तिनी सानै हुँदा,मिरियमलाई तिनकी आमाले नाइल नदीमा एउटा टोकरीमा नर्कटको घारीमा राखिएको तिनका बालक भाइ मोशाको हेरचाह गर्न खटाएकी थिइन । जब फारोकी छोरीले उक्त्त बालकलाई भेटिन्, र आफ्नो तर्फबाट उसको हेरचाह गर्न कोही एक जना खोजिन्, तब मिरियमले चलाखी साथ आफ्नी आमालाई त्यो काम गर्नका लागि ल्याइन् ।
  • इस्राएलीहरूले मिश्रीहरूबाट उम्केर लाल समुद्र पार गरेपछि, मिरियमले इस्राएलीहरूलाई आनन्द गर्ने र परमेश्‍वरलाई धन्यवाद दिने नाचमा अगुवाइ गरिन् ।
  • वर्षौंपछि, इस्राएलीहरू मरूभूमिमा भौंतारिएको समयमा, मोशाले एउटी कुशी स्‍त्री विवाह गरेकोमा मिरियम र हारून बेखुसी भए र उनको आलोचना गरे ।
  • मोशाको विरूद्धमा बोलेर विद्रोह गरेको कारण, परमेश्‍वरले मिरियमलाई कुष्‍ठरोगले प्रहर गर्नुभयो । तर मोशाले तिनको लागि अन्तर्विन्ति गरेपछि, परमेश्‍वरले तिनलाई निको बनाउनुभयो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हारून, कूश, ंध्‍यस्‍थता, मोशा, नील नदी, फारो, वोद्रोही)

बाइबलका सन्‍दर्भहरूः

  • १ इतिहास ६ः१-३
  • व्‍यवस्‍था २४ः८-९
  • मीका ६ः४
  • गन्‍ती १२ः२
  • गन्‍ती २०ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4813

मिशाएल

परिभाषा:

पुरानो करारमा मिशाएल नामका तीन जना मानिस छन् ।

  • मिशाएल हारूनका एक जना काकाका छोरा थिए, जसले वेदी अपवित्र गर्दा मारिएका दुई जना मानिसका लास अर्को एक जनासँग मिलेर ठेगान लगाए ।
  • एज्राले परमप्रभुको पुनःभेटिएको व्यवस्थाको पुस्तक सबैलाई पढेर सुनाउँदा उनको छेऊमा मिशाएल नाम गरेका अर्का व्यक्त्ति खडा भएका थिए ।
  • मिशाएल बेबिलोनमा निर्वासित दानिएलका तिन जना मित्रमध्ये एक थिए जसलाई बेबिलोनीहरूले मेशक नाम दिएका थिए । उनले आफ्ना मित्रहरू शद्रक र अबेदनेगोसँगै राजाको मूर्तिलाई आराधना गर्न इन्कार गर्दा, उनीहरूलाई एउटा बल्दो आगोको भट्टीमा फ्याँकिएको थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हारून, अजर्याह, बेबिलोन, दानिएल, हनन्‍याह)

बाइबलका सन्‍दर्भहरूः

  • दानिएल १ः६-७
  • दानिएल २ः१७-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4332, H4333

मिश्र, मिश्री

##तथ्यहरू:

मिश्र अफ्रिकाको उत्तर-पूर्वमा र कनान देशको दक्षिण-पश्‍चिममा पर्ने एउटा देश हो। मिश्र देशमा जन्मेको र पुर्खाहरू मिश्रमा भएको मानिसलाई मिश्री भनिन्छ ।

  • प्राचीनकालमा मिश्र एउटा शक्‍तिशाली र धनी देश थियो ।

  • मिश्र पहिले तल्लो (उत्तरी भाग जहा नाइल नदी बग्दै भूमध्य सागरमा मिल्न जाने ठाउँमा पर्थ्यो ) र माथिल्लो (दक्षिणी भाग) गरी दुई भागमा विभाजित थियो । पुरानो करारमा, यी ठाउँहरूलाई यसको मूल भाषामा "मिश्र" वा "पाथ्रोस"  भनिन्‍थ्‍यो।

  • कनानमा थोरै खाना हुँदा धेरै पटक, इस्राएलका पुर्खाहरू आफ्ना परिवारका लागि खाना किन्न मिश्रतिर गए।

  • केहि सयौँ वर्षको लागि, इस्राएलीहरू मिश्रको दासत्‍वमा थिए।

  • हेरोदबाट बच्‍नको लागि योसेफ र मरियम येशूलाई लिएर मिश्रमा गएका थिए ।

अनुवादका लागि सुझावहरूः [नामहरू कसरी अनुवाद गर्ने] (rc://en/ta/man/translate/translate-names))

(हेर्नुहोस्ः: हेरोद महान, [योशेफ (न.क)] (../names/josephnt.md), निल नदी, पितापुर्खा)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • __8:4__दास व्‍यापारीहरूले योसेफलाई मिश्रमा लगे। मिश्र नील नदिको छेउमा अवस्‍थित एउटा ठूलो, शक्‍तिशाली राष्‍ट्र थियो।

  • __8:8__फारो योसेफबाट यति प्रभावित भए कि तिनलाई मिश्रको सबैभन्‍दा दोस्रो शक्‍तिशाली मानिस नियुक्‍त गरे।

  • 8:14 त्‍यसैले याकूबले आफ्‍ना जेठा छोरालाई खाना किन्‍न मिश्रमा पठाए।

  • __8:14__याकूब एक वृद्ध मानिस भए तापनि, तिनी आफ्‍नो सबै परिवारसगँ मिश्र गए, र तिनिहरू सबै त्‍यहाँ बसोबास गरे।

  • __9:1__योसेफको मृत्‍युपछि उनका सबै आफन्‍तहरू मिश्रमा बसे।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4713, H4714, G01240, G01250

मिस्पा

परिभाषा:

मिस्पा पुरानो करारमा उल्लेख गरिएका धेरैवटा सहर मध्ये एक थियो । यसको अर्थ, “हेर्ने ठाउँ” वा “धरहरा” हो ।

  • शाऊलले खेदेको समयमा, दाऊदले आफ्ना आमाबुबालाई मोआबका राजाको सुरक्षामा मिस्पामा छोडेका थिए ।
  • मिस्पा नामको एउटा सहर यहूदा र इस्राएल राज्यका बिचको सिमानामा अवस्थित थियो । यो एउटा प्रमुख सैनिक केन्द्र थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः दाऊद, यहूदा, इस्राएलको राज्‍य, मोआब, शाऊल (पु.क))

बाइबलका सन्‍दर्भहरूः

  • १ राजा १५ः२०-२२
  • १ शामूएल ७ः५-६
  • १ शामूएल ७ः१०-११
  • यर्मिया ४०ः५-६
  • न्‍यायकर्ता १०ः१७-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4708, H4709

मीका

परिभाषा:

मीका ख्रीष्‍ट भन्दा ७०० वर्ष अगाडि यहूदाका अगमवक्त्ता थिए, जुन समयमा यशैया अगमवक्त्ताले पनि यहूदामा सेवा-कार्य गरिरहेका थिए । मीका नाउँ गरेको अर्का मानिस न्‍यायकर्ताहरूको समयमा बस्‍थे

  • मीकाको पुस्तक पुरानो करारको अन्त्यतिर छ ।
  • मीकाले अश्शूरीहरूद्वारा सामरियाको विनाश हुने कुराको भविष्यवाणी गरे ।
  • मीकाले यहूदका मानिसहरूलाई परमेश्‍वरप्रति अनाज्ञाकारी भएकोमा दोषी ठहरयाए र उनीहरूका शत्रुहरूले उनीहरूलाई आक्रमण गर्नेछन् भन्‍ने चेतावनी दिए ।
  • उनको भविष्यवाणी विश्‍वासयोग्य र आफ्ना मानिसहरूलाई बचाउनुहुने परमेश्‍वरमा आशाको सन्देशसित अन्त्य हुन्छ ।
  • न्‍यायकर्ताको पुस्‍तकमा, एफ्राइममा बस्‍ने मीका नामक मानिसको कथा छ हसले चादिँको मूर्ति बनाएको थियो। उनीसगँ बस्‍न आएका एक जवान लेवी पुजारीले मूर्ति र अन्‍य कुराहरू चोरेर दानका मानिसहरूको एउटा समूह लगे। अन्‍ततः दानाइटहरू र पुजारीहरू लेश सहरमा बसे र तिनीहरूले त्‍यहि चादिँको मूर्तिलाई पूजा गर्न स्‍थापना गरे।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अश्‍शूर, दान, एफ्राइम, झूटा देवता, यशैया, यहूदा, न्‍याय, लेवी, पुजारी, अगमवक्‍ता, सामरिया, चादीँ)

बाइबलका सन्‍दर्भहरूः

  • यर्मिया २६ः१८-१९
  • मीका १ः१
  • मीका ६ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4318

मेम्फिस

परिभाषा:

मेम्फिस मिश्रमा नाइल नदीको किनारमा अवस्थित एउटा प्राचीन राजधानी सहर थियो ।

  • मेम्फिस तल्लो मिश्रमा, नाइल नदीले बगाएर ल्याएको भूभागमा अवस्थित थियो जहाँको माटो धेरै मलिलो थियो र जहाँ प्रशस्त अन्‍न उब्जनी हुन्थ्यो ।
  • यसको उर्वर माटो र माथिल्‍लो र तल्‍लो मिश्र बिचको महत्‍चपूर्ण स्‍थानले मेमफिसलाई व्यापार र वाणिज्‍यको एक प्रमुख सहर बन्‍नपुग्यो ।

अनुवादका लागि सुझावहरूः (नामहरूकसरीअनुवाद गर्ने)

(हेर्नुहोस्ः मिश्र, निल नदि)

बाइबलका सन्‍दर्भहरूः

  • होशे ९ः६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4644, H5297

मेशेक

परिभाषा:

मेशेक नोआका छोरा येपेतका एक जना छोराको नाम थियो ।

  • एक जना मेशेक येपेतका छोरा थिए।

  • मेशेक नाम गरेको अर्को एक जना व्यक्त्ति नोआका छोरा शेमको नाति थियो ।

  • मेशेक भूमिको एक क्षेत्रको नाम पनि थियो, जुन सम्‍भवतः यी मानिसहरू मध‍ये एकको नामबाट राखिएको थियो।

  • मेशेकको क्षेत्र अहिले टर्की देशको भागमा अवस्‍थित हुन सक्‍छ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः येपेथ, नोआ, शेम)

बाइबलका सन्‍दर्भहरूः

  • १ इतिहास १ः५-७
  • एजकिएल २७ः१२-१३
  • उत्‍पत्ति १०ः२-५
  • भजनसंग्रह १२०ः५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4851, H4902

मेसोपोटामिया, आराम नहराइम

परिभाषा:

मेसोपोटामिया टाइग्रिस र युफ्रेटिस नदीको बिचको भूभाग हो । आधुनिक इराक देशको इलाकामा यो अवस्थित छ ।

  • पुरानो करारमा, यो इलाकालाई “आराम नहराइम” भनिन्थ्यो ।
  • “मेसोपोटामिया” भन्‍ने शब्दको अर्थ “नदीहरूका बिच” हो । “आराम नहराइम” भन्‍ने वाक्यांशको अर्थ “दुईवटा नदीहरूको” भन्‍ने हुन्छ ।
  • कनान देशमा जानुभन्दा पहिले अब्राहाम मेसोपोटामियाका उर र हारान सहरमा बसोबास गर्थे ।
  • बेबिलोन मेसोपोटामियाको अर्को एउटा महत्त्वपूर्ण सहर थियो ।
  • “कल्दीहरूको” देश भन्‍ने ठाउँ मेसोपोटामियाकै एकभाग थियो ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अराम, बेबिलोन, काल्‍देश, यूफ्रेटिस नदि)

बाइबलका सन्‍दर्भहरूः

  • प्रेरित २ः९
  • प्रेरित ७ः१-३
  • उत्‍पत्ति २४ः१०-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0763, G33180

मोआब, मोआबी

तथ्यहरू:

"मोआब" शब्दले साल्ट सागरको पूर्वमा बस्ने मानिसहरूको समूहलाई बुझाउँछ। उत्पत्तिको पुस्तकले यस जनसमूहलाई लूतकी जेठी छोरीको छोरो "मोआब" नाउँ गरेको एक जना मानिसको सन्तानको रूपमा वर्णन गरेको छ।

  • रूथको पुस्तकमा एलीमेलेक र तिनको परिवार बेतलेहेम वरपरको अनिकालका कारण मोआबमा बस्न गए।
  • रूथ मोआबदेशमा जन्मिएकी र त्यही मानिसहरूसमूहकी भएकोले तिनलाई "मोआबी स्त्री" भनिन्छ।

(अनुवाद सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बेतलेहेम, [यहूदिया] (.. /नाम/यहूदिया.एमडी), लूत, रूथ, नमक सागर)

बाइबल सन्दर्भहरू:

  • [उत्पत्ति 19:37] (rc://en/tn/help/gen/19/37)
  • [उत्पत्ति 36:34-36] (rc://en/tn/help/gen/36/34)
  • [रूथ 1:1-2] (rc://en/tn/help/rut/01/01)
  • रूथ 1:22

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4124, H4125

मोर्दकै

परिभाषा:

मोर्दकै पेर्सियामा बसोबास गर्ने एक यहूदी थिए । उनी आफ्नी बहिनी एस्तरका अभिभावक थिए, जो पछि गएर पर्सियाका राजा अहासूरसकी पत्‍नी भइन् ।

  • राजाको दरबारमा काम गरेको समयमा, मोर्दकैले राजा अहासूरसको हत्या गर्नलाई केही मानिसहरूले षड्यन्‍त्र गरिरहेका सुने । उनले यो कुराको खबर दिए र यसरी ती राजाको जीवन जोगियो ।
  • केही समयपछि, मोर्दकैले पर्सियाको साम्राज्यका सबै यहूदीहरूको हत्या गर्ने योजना पनि थाहा पाए । उनले एस्तरलाई आफ्ना मानिसहरूलाई बचाउन राजाकहाँ अपिल वा निवेदन गर्न सुझाव दिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ःअहाशुरस, बेबिलोन, एस्‍तर, फारस)

बाइबलका सन्‍दर्भहरूः

  • एस्‍तर २ः६
  • एस्‍तर ३ः६
  • एस्‍तर  ८ः२
  • एस्‍तर  १०ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4782

मोलेख, मोलोख

परिभाषा:

मोलेख कनानीहरूले आराधना गर्ने एउटा झुटो ईश्‍वरको नाम थियो । यसको अन्य नाम “मोलोख” र “मोलेक” हो ।

  • मोलेखको आराधना गर्ने मानिसहरूले आफ्ना छोराछोरीहरूलाई उसको लागि आगोमा बलिदान गर्थे ।
  • कतिपय इस्राएलीहरूले एक सत्य परमेश्‍वर, याह्वेको आराधना गर्नुको सट्टा मोलेखको आराधना गर्थे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, दुष्‍ट, झूटा देवता, ईश्‍वर, झूटा देवता, बलिदान, सत्‍य, उपासना, यहोवा)

बाइबलका सन्‍दर्भहरूः

  • १ राजा ११ः७
  • २ राजा २३ः१०
  • प्रेरित ७ः४३
  • यर्मिया ३२ः३३-३५
  • लेवी १८ः२१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4428, H4432, G34340

मोशा

परिभाषा:

मोशा ४० वर्ष भन्दा बढी समयसम्म इस्राएलीहरूका अगमवक्त्ता र अगुवा थिए । प्रस्‍थान पुस्‍तकमा वर्णन गरिएझैँ उनी मिश्रबाट इस्राएलीहरूलाई बाहिर निकाल्‍ने नेता थिए।

  • जब  मिशा सानो थिए, मोशाका आमाबुबाले उनलाई मिश्री फारोबाट लुकाउन नील नदिको नर्कटमा टोकरीमा राखे। त्‍यहाँ मोशाकी दिदि मिरियमले तिनको हेरचाह गरिन्। फारोकी छोरीले उनलाई भेट्टाए र आफ्‍नो छोराको रूपमा हुर्काउन दरबारमा लगेर मोशाको जीवन बचेको थियो।

  • परमेश्‍वरले मिश्रको दासत्वबाट इस्राएलीहरूलाई छुटकारा दिन र उनीहरूलाई प्रतिज्ञाको भूमिसम्म अगुवाइ गर्न मोशालाई चुन्‍नुभयो ।

  • मिश्रीबाट  इस्राएलीहरू भागेपछि र तिनीहरू मरुभूमिमा भट्किरहेका बेला, परमेश्‍वरले इस्राएलीहरूका निम्ति मोशाद्वारा आज्ञाहरू भएको शीलापाटी दिनुभयो ।

  • उनको जीवनको अन्त्यमा, मोशाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरेको कारण उनी कनानको प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न पाएनन् ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मिरियम, प्रतिज्ञा गरिइको भूमि, दश आज्ञा)

बाइबलका सन्‍दर्भहरूः

  • प्रेरित ७ः२१

  • प्रेरित ७ः३०

  • प्रस्‍थान २ः१०

  • प्रस्‍थान ९ः१

  • मत्ती १७ः४

  • रोमी ५ः१४

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • ९ः१२ एक दिन जब मोशाले आफ्ना भेडाहरूको हेरचाह गरिरहेका थिए, उनले एउटा झाडीमा देखे जसमा आगो लागिरहेको थियो ।
  • १२ः५ मोशाले इस्राएलीहरूलाई भने, “भयभीत हुन छोड ! परमेश्‍वर तिमीहरूका निम्ति आज युद्ध गर्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”
  • १२ः७ परमेश्‍वरले मोशालाई समुद्रमाथि आफ्नो हात उचालेर पानीलाई विभाजन गर्न भन्‍नुभयो ।
  • १२ः१२ जब इस्राएलीहरूले मिश्रीहरू मरेको देखे, तिनीहरूले परमेश्‍वरमा भरोसा गरे र मोशा परमेश्‍वरका अगमवक्ता रहेछन् भनी विश्‍वास गरे ।
  • १३ः७ परमेश्‍वरले त्यसपछि यी दश आज्ञाहरू दुईवटा शीलापाटीमा लेख्‍नुभयो र ती मोशालाई दिनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4872, H4873, G34750

म्याकेडोनिया

परिभाषा:

नयाँ करारको समयमा म्याकेडोनिया प्राचीन ग्रीसको ठीक उत्तरतर्फ अवस्थित एक रोमी प्रान्त थियो ।

  • बाइबलमा उल्लेख गरिएका केही महत्त्वपूर्ण म्याकेडोनियाका सहरहरूमा बेरिया, फिलिप्पी र थेसलोनिके पर्दथे ।

  • दर्शनको माध्‍यमबाट, परमेश्‍वरले पावललाई माकेडोनियाका मानिसहरूलाई सुसमाचार प्रचार गर्न भन्‍नुभयो।

  • प्रेरितहरू सुसमाचार प्रचार गर्न र ख्रीष्‍टियान समुदायहरू स्थापित गरेर त्यहाँका नयाँ विश्‍वासीहरूलाई परमेश्‍वरको आराधना गर्न तथा परमेश्‍वरको शिक्षाबाट एकआपसमा सिक्‍न सहायता गर्न ती सहरहरूमा गए ।

  • पावलले फिलिप्पी र थेसलोनिकेका विश्‍वासीहरूलाई लेखेका पत्रहरू बाइबलमा छन् ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः विश्‍वास, बेरिया, विश्‍वास, सुसमाचार, ग्रिस, फिलिप्‍पी, थेसलोनिकी)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी १ः६-७

  • १ थेसलोनिकी ४ः१०

  • १ तिमिथी १ः३-४

  • प्रेरित १६ः१०

  • प्रेरित २०ः१-३

  • फिलिप्‍पी ४ः१४-१७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G31090, G31100

यबूसीहरू, यबूस

परिभाषा:

यबूसीहरू एउटा जाति थिए, जो कनान देशमा बस्थे । तिनीहरू कनानका छोरा हामका सन्तानहरू थिए ।

  • यबूसीहरू यबूस सहरमा बस्थे । राजा दाऊदले यस सहरलाई कब्जा गरेपछि यसको नाउँ यरूशलेम राखियो ।
  • शालेमका राजा मल्कीसेदेक सम्भवतः यबूस सहरका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, कनानी, हाम, यरूशलेम, मल्कीसेदेक, अन्य)

बाइबलका सन्दर्भहरूः

  • १इतिहास १ः१४
  • १ राजा ९ः२०-२१
  • प्रस्‍थान ३ः७-८
  • उत्पत्ति १०:१५-१८
  • यहोशू ३ः९-११
  • न्‍यायकर्ता १ः२०-२१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2982, H2983

यरीहो

तथ्यहरूः

यरीहो कनान देशको एउटा शक्‍तिशाली सहर थियो । यो यर्दन नदीको पश्‍चिममा र खारा सागर(मृत सागर)को उत्तरमा अवस्‍थित थियो ।

  • कनान देशका सबै मानिसहरूले जस्तै यरीहो सहरका मानिसहरूले पनि झुटो देवता पुज्थे । लाई कब्जा गर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
  • परमेश्‍वरले इस्राएलीहरूलाई जित्‍नू भनी भन्‍नुभएको कनान देशको पहिलो सहर थियो ।
  • यहोशूले यरीहोको विरुद्धमा इस्राएलीहरूको नेतृत्व गर्दा यस सहरको पराजयमा तिनीहरूलाई मदत गर्न परमेश्‍वरले ठुलो आश्‍चर्यकर्म गर्नुभयो ।

(यो पनि हेर्नुहोस्: कनान, यर्दन नदी, यहोशू, आश्‍चर्यकर्म, खारासागर(मृतसागर))

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १५ः१ यहोशूले कनानी सहर __यरीहो__मा दुई जना गुप्‍तचर पठाए ।
  • १५ः३ मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर __यरीहो__माथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।
  • १५ः५ त्यसपछि __यरोहो__को वरिपरि भएका पर्खालहरू भत्किए । परमेश्‍वरको आज्ञामुताबिक इस्राएलीहरूले सहरभित्र रहेको हरेक थोक नष्‍ट पारे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3405, G24100

यरुबाबेल

तथ्यहरू:

यरुबाबेल पुरानो नियममा दुई इस्राएली मानिसहरूका नाम थियो ।

  • यिनीहरूमध्ये एक जना यहोयाकीम र सिदकियाहका सन्तान थिए ।
  • फरासका राजा कोरेसले इस्राएलीहरूलाई उनीहरूका निर्वासनबाट छुटकारा दिँदा शालतिएलका छोरा (अर्कै) यरुबाबेल यहूदाका कुलका प्रमुख थिए ।
  • यरुबाबेल र पुजारी यहोशू परमेश्‍वरको मन्दिर र वेदी पुननिर्माणमा मदत गर्नेहरू मध्येका थिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बेबिलोन, कैद, कोरेस, एज्रा, प्रधान पुजारी, यहोयाकीम, यहोशू, यहूदा, नहेम्याह, फारस, सिदकियाह)

बाइबलका सन्‍दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H2216, H2217, G22160

यरूशलेम

तथ्यहरूः

सुरुमा यरूशलेम एउटा कनानी सहर थियो जुन पछि इस्राएलमै सर्वाधिक महत्त्वपूर्ण सहर बन्यो । यो खारा सागर(मृत सागर)को पश्‍चिमतिर लगभग ३४ किलोमिटर र बेथलेहेमको उत्तरतिर पर्छ । यो अहिले पनि वर्तमान इस्राएलको राजधानी सहर हो ।

  • "यरूशलेम" नामलाई यहोशूको पुस्तकमा पहिलो पटक उल्लेख गरिन्छ । पुरानो करारमा यस सहरको अन्य नामहरू "शालेम," "यबूसको सहर," र "सियोन" हुन् । "यरूशलेम" र "शालेम" दुवैको मूलरूपको अर्थ "शान्ति" हुन्छ ।
  • यरूशलेमलाई मौलिक रूपमा "सियोन" भनिने यबूसी किल्ला थियो जसलाई राजा दाऊदले कब्जा गरे र त्यसलाई आफ्नो राजधानी सहर बनाए ।
  • दाऊदका पुत्र सोलोमनले यरूशलेमको मोरीयाह पर्वतमा पहिलो मन्दिर निर्माण गरे जहाँ अब्राहामले आफ्ना छोरा इसहाकलाई परमेश्‍वरको निम्ति बलि चढाएउन गएका थिए । बेबिलोनीहरूले यरूशलेमलाई नष्‍ट पारेपछि फेरि त्‍यस मन्‍दिरको पुनर्निर्माण गरियो ।
  • मन्दिर यरूशलेममा नै भएकोले प्रमुख यहूदी चाडपर्वहरू त्यहाँ नै मनाइन्थ्यो ।
  • यरूशलेम इस्राएलका पर्वतहरूमाथि अवस्थित भएकोले मानिसहरूले यरूशलेम जाँदा साधारणतया “माथि यरूशलेम जाने” भनी उल्लेख गर्थे ।

(यो पनि हेर्नुहोस्: बेबिलोन, ख्रीष्ट, दाऊद, यबूसीहरू, येशू, सोलोमन, मन्दिर, सियोन)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः५ दाऊदले __यरूशलेम__लाई कब्जा गरी यसलाई आफ्नो राजधानी सहर बनाए ।
  • १८ः२ __यरूशलेम__मा सोलोमनले मन्दिर निर्माण गरे जसको लागि तिनका पिता दाऊदले योजना बनाई सामग्रीहरू थुपारेका थिए ।
  • २०ः७ तिनीहरू (बेबिलोनीहरू) ले यरूशलेम सहर कब्जा गरे; मन्दिरलाई नाश पारे र सहरसाथै मन्दिरका सबै खजानाहरू लिएर गए ।
  • २०ः१२ त्यसैले, सत्तरी वर्षको निर्वासनपश्‍चात् यहूदीहरूको एउटा सानो समूह यहूदास्थित यरूशलेम सहरमा फर्के ।
  • ३८ः१ येशूले पहिलो पटक सार्वजनिक रूपमा प्रचार गर्न र सिकाउन थाल्नुभएको लगभग तीन वर्षपश्‍चात् येशूले __यरूशलेम__मा आफ्ना चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहनुहुन्थ्यो र त्यहीँ नै उहाँ मारिनुहुन्थ्यो भनी उहाँले तिनीहरूलाई बताउनुभयो ।
  • ३८ः२ येशू र चेलाहरू __यरूशलेम__मा आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गए र रुपियाँ-पैसा लिई येशूलाई धोका दिने प्रस्ताव राख्‍यो ।
  • ४२ः८ “धर्मशास्‍त्रमा यो पनि लेखिएको थियो, कि हरेकले पाप क्षमा पाउनको लागि उसले पश्‍चात्ताप गर्नुपर्छ भनी मेरा चेलाहरूले घोषणा गर्ने छन् । तिनीहरूले __ यरूशलेम__ मा यसको थालनी गर्ने छन् र सबै मानिस समूहहरूकहाँ जाने छन् ।”
  • ४२ः११ येशू मृतकहरूबाट पुनरुत्थान हुनुभएको चालिस दिनपश्‍चात् उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा तिमीहरूमा आउनुभएर तिमीहरूले शक्‍ति नपाउञ्‍जेलसम्म तिमीहरू __यरूशलेम__मा नै बसिराख ।”

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3389, H3390, G24140, G24150, G24190

यर्दन नदी

तथ्यहरूः

यर्दन नदी उत्तरदेखि दक्षिणतर्फ बहने नदी हो र यसले कनान देशको पूर्वी सिमानाको काम गर्छ ।

  • आज यर्दन नदीले इस्राएलको पश्‍चिमपट्टि जोर्डनबाट जोर्डनको पूर्वपट्टि इस्राएलबाट सीमा छुट्टाएको छ ।
  • यर्दन नदीको पानी गालील समुद्र हुँदै मृत सागरमा गएर अन्त हुन्छ ।
  • यहोशूले इस्राएलीहरूलाई नेतृत्व गरेर कनानमा लैजाँदा उनीहरूले यो नदी तर्नुपर्थ्यो । नदी सामान्य रूपमा तर्नको निति अति गहिरो थियो, तर परमेश्‍वरले आश्‍चर्यपूर्ण तवरले नदीको बहावलाई रोकिदिनुभयो ताकि मानिसहरू पार तरेर किनारासम्म पुग्‍न सकून् ।
  • प्रायः बाइबलमा यर्दन नदीलाई "यर्दन" भनी उल्लेख गरिन्छ ।

(यप पनि हेर्नुहोस्: कनान, खारासागर (मृतसागर), गालील समुद्र)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

*१५ः२ प्रतिज्ञाको देशमा प्रवेश गर्न इस्राएलीहरूले यर्दन नदी पार गर्नुपर्‍यो ।

  • १५ः३ मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।
  • १९ः१४ एलियाले तिन (नामान) लाई यर्दन नदीमा सात पटक डुबुल्की मार्न लगाए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3383, G24460

यर्मिया

परिभाषा:

यर्मिया यहूदा राज्यमा परमेश्‍वरका एक अगमवक्‍ता थिए । यर्मियाको पुरानो करारको पुस्‍तकमा उनले लेखेका भविष्‍यवाणीहरू छन्।

  • अधिकांश अगमवक्‍ताहरूलेझैँ यर्मियाले पनि अक्सर मानिसहरूको पापको कारणले गर्दा परमेश्‍वरले तिनीहरूलाई दण्ड दिँदै हुनुहुन्थ्यो भनी चेताउनी दिनुपर्‍यो ।
  • बेबिलोनीहरूले यरूशलेमलाई कब्जा गर्ने थिए भनी यर्मियाले भविष्यवाणी गरे, जसले गर्दा यहूदाका केही मानिसहरू तिनीदेखि रिसाए । त्यसैले, तिनीहरूले तिनलाई एउटा सुक्खा इनारमा राखी त्यहीँ मरून् भनी त्यसै छाडिदिए । तर यहूदाका राजाले तिनलाई इनारबाट छुटकारा दिन आफ्ना नोकरहरूलाई आदेश दिए ।
  • यर्मियाले आफ्‍ना मानिसहरूको विद्रोह र पीडाहरूप्रति गहिरो दुःख व्‍यक्‍त गर्नका लागि आफ्‍ना आँखाहरू "आँसुको मुहान" बन्‍न सकून भनि लेखे।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, यहूदा, अगमवक्‍ता, विद्रोह, दुःख, राम्रो)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास ३५ः२५
  • यर्मिया १ः२
  • यर्मिया ११ः१
  • मत्ती ०२:१७-१८
  • मत्ती १६:१३-१६
  • मत्ती २७:९-१०

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१९-१७) एक पटक, यर्मिया अगमवक्‍तालाई सुक्खा इनारमा राखी तिनी त्यहीँ मरून् भनी त्यसै छाडियो । तिनी इनारको फेदमा भएको दलदले माटोमा डुबे । तर राजाले तिनीमाथि कृपा देखाए र तिनको मृत्यु हुनुभन्दा पहिले नै तिनलाई इनारदेखि बाहिर ल्याउन आफ्ना नोकरहरूलाई आदेश दिए ।
  • (२१-०५) यर्मिया अगमवक्‍ताद्वारा परमेश्‍वरले नयाँ करारको निर्माण गर्नुहुने थियो भनी प्रतिज्ञा गर्नुभयो जुन सीनैमा परमेश्‍वरले इस्राएलसित बाँध्‍नुभएको करारजस्तो हुने थिएन ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3414, G24080

यशैया

तथ्यहरूः

यशैया परमेश्‍वरका एक अगमवक्‍ता थिए जसले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा अगमवाणी गरे ।

  • हिजकियाको शासनकालमा अश्शूरीहरूले यरूशलेममाथि आक्रमण गर्दा यशैया उक्‍त सहरमा बस्थे ।
  • पुरानो करारको यशैयाको पुस्तक बाइबलका मुख्य पुस्तकहरूमध्ये एक हो ।
  • यशैयाले लेखेका धेरै भविष्यवाणीहरू तिनकै जीवनकालमा पूरा भए ।
  • यशैयाले मसीहको बारेमा लेखेका भविष्यवाणीहरूका निम्ति तिनी खास गरी प्रख्यात छन्, जुन भविष्यवाणीहरू ७०० वर्षपश्‍चात् येशू पृथ्वीमा जिउनुहुँदा साँचो साबित भयो ।
  • मानिसहरूलाई मसीहको बारेमा सिकाउन येशू र उहाँका चेलाहरूले यशैयाका भविष्यवाणीहरूलाई उद्धृत गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हे्र्नुहोस्: आजाह, अश्‍शूर, ख्रीष्ट, हिजकिया, योताम, यहूदा, अगमवक्ता, उज्जियाह)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २१ः९ मसीहको जन्म कन्याबाट हुनेथियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • २१ः१० मसीह गालीलमा बस्‍नुहुने थियो; उहाँले हृदय टुटेका मानिसहरूलाई सान्त्वना दिनुहुने थियो; बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्नुहुने थियो र कैदीहरूलाई छुटकारा दिनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • २१ः११ विनाकारण मसीहलाई घृणा गरिने थियो र इन्कार गरिने थियो भनेर पनि यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • २१ः१२ मानिसहरूले मसीहलाई थुक्‍ने थिए; गिल्ला गर्ने थिए र पिट्ने थिए भनी __यशैया__ले भविष्यवाणी गरे ।
  • २६ः२ तिनीहरूले उहाँ (येशू) लाई यशैया अगमवक्‍ताको मुट्ठा दिए ताकि उहाँले त्यसबाट पढून् । येशूले त्यसलाई खोलेर त्यसको एउटा भाग मानिसहरूका निम्ति पढ्नुभयो ।
  • ४५ः८ जब फिलिप रथको नजिक पुगे, इथियोपियालीले यशैया अगमवक्‍ताले लेखेको वचन पढिरहेको तिनले सुने ।
  • ४५ः१० __यशैया__ले येशूको बारेमा लेख्दै थिए भनी फिलिपले इथियोपियालीलाई व्याख्या गरिदिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3470, G22680

यहूदा

तथ्यहरूः

यहूदा याकूबका काइलो छोरो थिए । तिनी लेआका काइलो छोरो थिए । तिनका सन्‍तानहरू इस्राएलका कुलहरूमध्ये एक बने ।

  • यहूदाका सन्तानहरूलाई "यहूदा कुल" वा "यहूदा"को रूपमा चिनिन्छ ।
  • उनको नाम हिब्रू शब्‍दको अर्थ "प्रशंसा"सँग मिल्दोजुल्दो छ ।
  • यहूदाको कुल यरूशलेम सहरको दक्षिणमा पर्ने पहाडी क्षेत्र समेत कनानको दक्षिणी भागमा बसोबास गरे । भूमिको क्षेत्रको नामको रूपमा प्रयोग गर्दा, "यहूदा" शब्‍दले यहूदाको कुललाई दिइएको भूमिलाई बुझाउँछ ।
  • पुरानो करारमा, यहूदा नामलाई कहिलेकाहीँ इस्राएलको सम्‍पूर्ण दक्षिणी राज्‍यलाई जनाउन प्रयोग गरिन्‍छ (जसरी एफ्राइमलाई पनि कहिलेकाहीँ सम्‍पूर्ण उत्तरी राज्‍यलाई जनाउन प्रयोग गरिन्‍छ ।)।
  • राजा दाऊद, राजा सोलोमन र दक्षिणी राज्‍यका सबै राजाहरू यहूदाका सन्‍तानहरू थिए । येशू पनि यहूदाका सन्‍तान हुनुहुन्‍थ्‍यो ।
  • “यहूदी” र "यहूदिया" शब्द “यहूदा” नाउँबाट आउँछ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: इस्राएलका बाह्र कुलहरू, यहूदा(राज्य), यहूदी, यहूदिया, याकूब, लेआ)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3063

यहूदा (याकूबका छोरा)

तथ्यहरूः

याकूबका छोरा यहूदा येशूका बाह्र जना नजिकका चेलाहरूमध्ये एक थिए । यिनी र यहूदा स्करियोत उही मानिस होइनन् भन्‍ने ख्याल गर्नुहोस् ।

  • अक्सर बाइबलमा उही नाउँ धारण गरेका मानिसहरूलाई छुट्टाउन तिनीहरू कसका छोराहरू थिए भनी उल्लेख गरिन्थ्यो । यहाँ यहूदालाई याकूबका छोरा भनेर पहिचान गरिएको छ ।
  • यहूदा नाउँ गरेका अर्का मानिस येशूका भाइ थिए ।
  • “यहूदा” भनिने नयाँ करारको पुस्तक सम्भवतः येशूका भाइ यहूदाद्वारा लेखिएको तियो, किनकि तिनले आफैलाई “याकूबका भाइ” भनी चिनाउँछन् । याकूब येशूका अर्का भाइ थिए ।
  • याकूबका छोरा यहूदा अर्थात् येशूका चेलाद्वारा पनि यहूदाको पुस्तक लेखिएको हुन सक्छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू अनुवाद गर्नु)

(यो पनि हेर्नुहोस्: याकूब (जब्दियाका छोरो), यअूदा स्करियोत, छोरो, बाह्र जना)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G24550

यहूदा इस्करियोत

तथ्यहरूः

यहूदा इस्करियोत येशूका बाह्र जना प्रेरितमध्ये एक थियो । येशूलाई विश्‍वासघात गरेर यहूदी अगुवाहरूकहाँ सुम्पिने त्यही नै थियो ।

  • “इस्करियोत” नाउँको अर्थ “करियोतबाट वा को” हुन सक्छ, सायद यसले यहूदा त्यो सहरमा हुर्केका थिए भन्‍ने दर्शारहेको छ ।
  • यहूदा इस्करियोतले प्रेरितहरूको रुपियाँ-पैसाको बन्दोवस्त गर्थ्यो र त्यसबाट आफ्नो निम्ति प्रयोग गर्न नियमित रूपमा चोर्ने गर्थ्यो ।
  • येशू कहाँ हुनुहुन्थ्यो भनी धार्मिक अगुवाहरूलाई जानकारी गराएर यहूदाले येशूलाई धोका दियो ताकि तिनीहरूले उहाँलाई पक्रनु सकून् ।
  • धार्मिक अगुवाहरूले येशूलाई मृत्युदण्ड दिएपछि येशूलाई धोका दिएकोमा यहूदाले पछुतो लाग्यो, त्यसैले, त्यसले विश्‍वासघातको रुपियाँ-पैसा यहूदी अगुवाहरूलाई दियो आत्महत्या गर्‍यो ।
  • येशूका अन्‍य प्रेरितहरूमध्‍ये एक जना याकूबका छोरा यहूदा थिए । उनी यहूदा इस्‍करियोत होइनन् ।
  • येशूको एक जना भाईको नाउँ पनि यहूदा थियो । पछि उनी "यहूदा" भनेर चिनिए । उनी पनि यहूदा इस्‍करियोत थिएनन् ।

(अनुवादका निम्ति सुझावहरू: नाहरू अनुवाद गर्नु)

(यो पनि हेर्नुहोस्: प्रेरित, विश्‍वासघात गर्नु, यहूदी अगुवाहरू, याकूबका छोरा यहूदा)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३८ः२ येशूका चेलाहरूमध्ये एक जनाको नाउँ यहूदा थियो । … येशू र चेलाहरू यरूशलेम आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गयो र रुपियाँ-पैसा पाउने सर्तमा त्यसले येशूलाई धोका दिने प्रस्ताव राख्यो ।
  • ३८ः३ प्रधान पूजाहारीद्वारा नेतृत्व गरिएका यहूदी अगुवाहरूले येशूलाई धोका दिन __यहूदा__लाई चाँदीका तिस टुक्रा दिए ।
  • ३८ः१४ यहूदा यहूदी अगुवाहरू, सिपाहीहरू र ठुलो भिड लिएर आयो । तिनीहरू सबैले तरवार र लाठाहरू बोकेका थिए । यहूदा येशूकहाँ र भन्यो, “गुरुज्यू, अभिवादन !” र त्यसले उहाँलाई चुम्बन गर्‍यो ।
  • ३९ः८ त्यति नै खेर धोकेबाज __यहूदा__ले यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्डको लागि सुम्पिएको देख्यो । त्यो शोकाकुल भयो अनि गएर त्यसले आत्महत्या गर्‍यो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G24550, G24690

यहूदा, यहूदाको राज्य

परिभाषा:

इस्राएलको बाह्र कुलहरूमध्ये यहूदा चाँहि सबै भन्दा ठुलो थियो । सोलोमन राजा मरिसकेपछि, इस्राएलीहरू दुईवटा राज्यमा विभाजन भएः इस्राएल र यहूदा ।

  • सोलोमन राजाको मृत्य‍ुपछि, इस्राएल राष्‍ट्र दुई राज्‍यहरूमा विभाजित भयोः इस्राएल र यहूदा। यहूदाको राज्‍य मृत सागरको पश्‍चिममा अवस्‍थित दक्षिणी राज्‍य थियो।

  • यहूदाको राज्यको राजधानी सहर यरुशलेम थियो ।

  • यहूदाको आठ राजाहरूले परमप्रभुको आज्ञा पालन गरे र मानिहरूलाई उहाँको आराधना गर्न अगुवाइ गरे। तर यहूदाका धेरै राजाहरू दुष्‍ट थिए र मानिसहरूलाई मूर्ती पूजा गर्न लगाए।

  • इस्राएललाई (उत्तरी राज्य) अश्शूरले पराजय गरेको १२० वर्ष पछि, यहूदालाई बेबिलोन देशले परास्त गर्यो । बेबिलोनीहरूले सहर र मन्दिरलाई नष्‍ट गरे र यहूदाको राज्यको धेरै जसो मानिसहरूलाई बन्दी बनाई बेबिलोन लागे ।

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल ३०ः२६-२८
  • २ शामूएल १२ः८
  • होशे ५ः१४
  • यर्मिया ७ः३३
  • न्‍यायकर्ता १ः१६-१७

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • १८ः७ केवल दुई कुलहरूमात्र उनीप्रति (रहोबाम) बफादार रहे । यी दुई कुलहरू यहूदाको राज्य भए ।
  • १८ः१० यहूदा र इस्राएलका राज्यहरू एक अर्काको शत्रु भए र कैयौं पटक एक अर्काको विरुद्धमा युद्ध गरे ।
  • १८ः१३ यहूदाका राजाहरू दाऊदका सन्तानहरू थिए । यी राजाहरूमध्ये केही असल थिए जसले न्यायपूर्ण रूपमा शासन गरे र परमेश्‍वरको आराधना गरे । तर धेरै जसो यहूदाका राजाहरू दुष्‍ट, भ्रष्‍ट थिए, र मूर्तिपूजा गर्थे ।
  • २०ः१ इस्राएल र यहूदाका राज्यहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे ।
  • २०ः५ परमेश्‍वरमा विश्‍वास नगरेको र वहाँका आज्ञाहरू नमानेको कारण वहाँले इस्राएलको राज्यको मानिसहरूलाई दण्डित गर्नुभएको यहूदाको राज्यको मानिसहरूले देखे । तर तिनीहरूले अझैपनि मूर्तिपूजा गरिरहे जसमा कनानीहरूका ईश्‍वरहरू पनि थिए ।
  • २०ः६ अश्शूरीहरूले इस्राएलको राज्यलाई नष्‍ट गरेको करीब १०० वर्ष पछि, बेबिलोनीहरूका राजा नबूकदनेसरलाई यहूदाको राज्यलाई आक्रमण गर्न परमेश्‍वरले पठाउनुभयो ।
  • २०ः९ नबूकदनेसर र तिनका सेनाले यहूदाको राज्यको सबै जसो मानिसहरूलाई बेबिलोन लगे, र जमिनमा रोपाईं गर्नको निम्ति मात्र सबै भन्दा दरिद्र मानिसहरूमात्र त्यहीँ छोडिदिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4438, H3063

यहूदिया

तथ्यहरूः

“यहूदिया” शब्दले प्राचीन इस्राएलको भूमिको एउटा क्षेत्रलाई जनाउँछ । यसलाई कहिलेकाहीँ साँघुरो र व्यापक दुवै अर्थमा प्रयोग गरिन्छ ।

  • प्राचीन इस्राएलको दक्षिणी भाग अर्थात् मृत सागरको पश्‍चिममा अवस्थित प्रान्तलाई मात्र जनाउन कहिलेकाहीँ साँघुरो अर्थमा “यहूदिया” शब्दलाई प्रयोग गरिन्छ । केही अनुवादहरूले यसलाई “यहूदिया” प्रान्त भन्छन् ।
  • कति पल्ट “यहूदिया” शब्दलाई व्यापक अर्थमा प्रयोग गरिन्छ र यसले गालील, सामरिया, पेरिया, इदुमिआ र यहूदिया (यहूदा) लगायतका प्राचीन इस्राएलका सम्पूर्ण प्रान्तहरूलाई जनाउँछ ।
  • अनुवादकहरूले भिन्‍नतालाई प्रस्ट पार्न चाहन्छन् भने व्यापक अर्थमा यसलाई "यहूदिया देश" भनी अनुवाद गर्न सकिन्छ र साँघुरो अर्थमा यसलाई “यहूदिया प्रान्त” वा "यहूसा प्रान्त" भनी अनुवाद गर्न सकिन्छ, किनकि यो प्राचीन इस्राएल देशको एउटा भाग थियो जहाँ सुरुमा यहूदा कुल बस्‍ने गर्थ्यो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: गालील, एदोम, यहूदा, यहूदा, सामरिया)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G24530

यहोयाकीन

परिभाषा:

यहोयाकीन एक राजा थिए जसले यहूदा राज्यमाथि शासन गरे ।

  • यहोयाकीन राजा हुँदा तिनी १८ वर्षका थिए । तिनले केवल तिन महिना राज्य गरे, र त्यसपछि तिनी बेबिलोनी सेनाद्वारा कब्जा गरिएर बेबिलोनमा लगिए ।
  • तिनको छोटो शासनकालमा तिनले आफ्ना हजुरबुबा राजा मनश्शे र आफ्ना पिता राजा यहोयाकीमले गरेझैँ दुष्‍ट कुराहरू गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, यहोयाकीम, यहूदा, मनश्शे)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास ३६ः८
  • २ राजा २४ः१५-१७
  • एस्‍तर २ः६
  • इजकिएल १ः१-३
  • यर्मिया २२ः२४
  • यर्मिया ३७ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3078, H3112, H3204, H3659

यहोयाकीम

परिभाषा:

यहोयाकीम एक दुष्‍ट राजा थिए, जसले करिब ६०८ ख्रीष्‍टपूर्वदेखि यहूदा राज्यमाथि शासन गर्न थाले । तिनी राजा योआशका छोरा थिए । तिनको पहिलेको नाउँ एल्याकीम थियो ।

  • मिश्री फारो नेकोले एल्याकीमको नाउँ बद्लेर यहोयाकीम राखी तिनलाई यहूदाका राजा बनाएका थिए ।
  • नेकोले यहोयाकीमलाई मिश्रलाई बढी करहरू तिर्न बाध्य पारे ।
  • पछि राजा नबूकदनेसरद्वारा यहूदामाथि हमला हुँदा बेबिलोनमा लगिनेहरूमध्ये यहोयाकीम पनि थिए ।
  • यहोयाकीम एक ईश्‍वरहीन राजा थिए, जसले यहूदालाई यहोवेबाट तर्काए । यर्मिया अगमवक्‍ताले तिनको विरुद्धमा भविष्यवाणी गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, एल्याकीम, यर्मिया, यहूदा, यहूदा राज्य, नबूकदनेसर)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः१५-१६
  • २ राजा २३ः३४-३५
  • २ राजा २४ः१
  • दानिएल १ः२
  • यर्मिया १ः३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3079

यहोयादा

परिभाषा:

यहोयादा एक पूजाहारी थिए जसले राजा अजर्याहका छोरा योआश राजा घोषित हुने उमेरको नहोउञ्‍जेलसम्म तिनलाई लुकाएर राख्‍न मदत गरे ।

  • जवान योआशलाई मानिसहरूले मन्दिरमा राजा घोषणा गर्दा यहोयादाले तिनको सुरक्षाको लागि सैयौँ अङ्गरक्षकहरू तैनाथ गरे ।
  • झुटो देवता बालका सबै वेदीहरूलाई भत्काउन यहोयादाले मानिसहरूलाई अगुवाइ गरे ।
  • आफ्नो बाँकी जीवनभर पूजाहारी यहोयादाले राजा योआशलाई परमेश्‍वरप्रति आज्ञाकारी हुन र मानिसहरूमाथि बुद्धिमानीपूर्वक शासन गर्न सल्लाह दिए ।
  • यहोयादा नाउँ गरेका अर्का मानिस बनायाहका पिता थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अजर्याह, बाल, बनायाह, योआश)

बाइबलका सन्दर्भहरूः

  • २ राजा ११ः४
  • २ राजा १२ः१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3077

यहोराम

परिभाषा:

यहोराम पुरानो करारमा दुई जना बेग्लाबेग्लै राजाका नाउँ थियो। दुवै राजाहरूलाई "योराम" भनेर चिनिन्‍थे।

  • एक जना राजा यहोरामले यहूदाको राज्‍यमा आठ बर्ष शासन गरे। तिनी राजा यहहोशापातका छोरा थिए। यो त्‍यहि राजा हो जसलाई प्रायः यहोराम भनेर चिनिन्‍छ।
  • अर्को राजा यहोरामले इस्राएलको राज्‍यमा बाह्र वर्ष शासन गरे। तिनी राजा आहाबका छोरा थिए।
  • अगमवक्‍ता यर्मिया, दानिएल, ओबदिया र इजकिएलले यहूदाको राज्‍यमा अगमवाणी गरिरहेको बेला यहूदाका राजा यहोरामले शासन गरेका थिए।
  • आफ्‍ना पिता यहोशापातले यहूदामा शासन गरिरहेको बेलामा राजा यहोरामले पनि शासन गरे।
  • केहि अनुवादहरूले इस्राएलको यो राजाको उल्‍लेख गर्दा "यहोराम" नाम र यहूदाला राजाको लागि "योराम" नाम लगातार प्रयोग गर्न चाहेका छन्।
  • प्रत्‍येकलाई स्‍पष्‍ट रूपमा पहिचान गर्ने अर्को तरिका भनेको आफ्‍नो बुबाको नाम समावेश गर्नु हो।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यहोशापात, योराम, यहूदा, आहाब, इस्राएल राज्य)

बाइबलका सन्दर्भहरूः

  • १ राजा २२ः४८-५०
  • २ इतिहास २१ः३
  • २ राजा ११ः१-३
  • २ राजा १२ः१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3088, H3141, G24960

यहोशापात

परिभाषा:

यहोशापात पुरानो करारमा कम से कम दुई जनाको नाउँ छ ।

  • यस नाउँ धारण गरेका निकै परिचित व्यक्‍ति राजा यहोशापात थिए, जो यहूदा राज्यमाथि शासन गर्ने चौथा राजा थिए ।
  • तिनले यहूदा र इस्राएलका बिचमा शान्तिको पुनस्थापना गरे र झुटा देवहरूका वेदीहरूलाई भत्काइदिए ।
  • अर्का यहोशापात राजा दाऊद र राजा सोलोमनका लागि प्रशासनिक सहयोगी थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः पूजाहारी, पूजाहारीको वेदी, दाऊद, सोलोमन, यहूदा, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, झुटो देव, विदेशी देव, देव, देवी)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः१०-१२
  • १ राजा ४ः१७
  • २ इतिहास १७ः१
  • २ राजा १ः१७
  • २ शामूएल ८ः१५-१८
  • मत्ती १ः७-८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3092, G24980

यहोशू

परिभाषा:

बाइबलमा यहोशे नाउँ गरेका केही इस्राएली मानिसहरू थिए । तीमध्ये सबैभन्दा परिचित नूनका छोरा यहोशू हुन्, जो मोशाका सहायक थिए । पछि तिनी नै परमेश्‍वरको जातिको महत्त्वपूर्ण अगुवा बने ।

  • मोशाद्वारा प्रतिज्ञात देशको अन्वेषण गर्न पठाइएका बार्‍ह जना गुप्‍तचरमध्ये यहोशू एक थिए ।

  • प्रतिज्ञाको देशमा प्रवेश गरी कनानीहरूलाई पराजित गरेर परमेश्‍वरको आज्ञा मान्‍न यहोशूले इस्राएलीहरूलाई उत्साह दिँदा कालेबसँगै तिनले आफ्नो साहस देखाए र परमेश्‍वरमाथि भरोसा गरे ।

  • धेरै वर्षपश्‍चात् मोशाको मृत्युभएपछि इस्राएलीहरूलाई प्रतिज्ञाको देशमा पुर्‍याउन परमेश्‍वरले यहोशूलाई नियुक्‍त गर्नुभयो ।

  • कनानीहरूको विरुद्धमा पहिलो र सर्वाधिक महत्त्वपूर्ण युद्धमा परमेश्‍वरले भन्‍नुभएमुताबिक यहोशूले इस्राएलीहरूको नेतृत्व गरी तिनले यरीहो सहरलाई पराजित गरे ।

  • यहोशूको पुस्तक तिनको नेतृत्वमा घटेका घटनाहरूको बारेमा लेखिएको पुस्तक हो । यहाँ प्रतिज्ञात देशको कब्जा र इस्राएलका कुलहरूको लागि देशको विभाजनबारे पढ्न पाइन्छ ।

  • हाग्गै र जकरियाको पुस्‍तकहरूमा यहोशू नाउँ गरेको मानिस उल्‍लेख गरिएको छ; उनिएक प्रधान पूजहारी थिए जसले यरूशलेमको पर्खालहरू पुननिर्माण गर्न मदत  गरे।

  • वंशावली र बाइबलमा अरू ठाउँहरूमा उल्‍लेख गरिएको यहोशू नामका हरू थुप्रै पुरुषहरू छन्।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, हाग्‍गै,  यरीहो,, मोशा, प्रतिज्ञा गरिएको देश, जकरीया (पु.क))

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ७ः२५-२७
  • व्‍यवस्‍था ३ः२१
  • प्रस्‍थान १७ः१०
  • यहोशू १ः३
  • गन्‍ती २७ः१९

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१४-०४) जब इस्राएलीहरू कनानको छेउमा पुगे, मोशाले इस्राएलको हरेक कुलबाट एक-एक गरी बार्‍ह जना मानिस छाने । त्यो देश कस्तो थियो भनी त्यसको भेद लिन जान तिनले ती मानिसहरूलाई निर्देशन दिए ।
  • (१४-०६) तुरुन्तै अन्य दुई जना गुप्‍तचर कालेब र यहोशूले भने, “यो साँचो हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्‍चय नै हामी तिनीहरूलाई पराजित गर्न सक्छौँ ।”
  • (१४-०८) यहोशू र कालेबबाहेक बिस वर्ष र सोभन्दा माथिको हरेक व्यक्‍ति त्यहीँ मर्नेछ र कहिल्यै प्रतिज्ञात देशमा प्रवेश गर्नेछैन ।”
  • (१४-१४) अब मोशा निकै वृद्ध भइसकेका थिए । त्यसैले, मानिसहरूको नेतृत्वको लागि तिनीहरूलाई मदत गर्न परमेश्‍वरले यहोशूलाई चुन्‍नुभयो ।
  • (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा राख्थे र उहाँप्रति आज्ञाकारी हुन्थे ।
  • (१५-०३) मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3091, G24240

याकूब (अल्फयसका छोरा)

तथ्यहरूः

अल्फयसका छोरा याकूब येशूका बाह्र जना प्रेरितमध्ये एक थिए ।

  • उनको नाउँ मत्ती, मर्कूस र लूकाका सुसमाचारको पुस्‍तकहरूमा येशूका चेलाहरूको सूचीमा उल्लेख गरिएको छ ।
  • येशू स्‍वर्गमा जानुभएपछि यरूशलेममा सगैँ प्रार्थना गरिरहेका एघार चेलाहरूमध्‍ये एकको रूपमा उनलाई प्रेरितको पुस्‍तकमा पनि उल्‍लेख गरिएको छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, चेला, याकूब (येशूका भाइ)), याकूब(जब्दियाका छोरा), बाह्र जना)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G23850

याकूब (जब्दियाका छोरा)

तथ्यहरूः

जब्दियाका छोरा याकूब येशूका बाह्र प्रेरितमध्ये एक थिए । तिनका यूहन्‍ना नाउँ गरेका एक जना भाइ थिए र तिनी पनि येशूका प्रेरितहरूमध्ये एक थिए ।

  • याकूब र तिनका भाइ यूहन्‍नाले तिनीहरूका पिता जब्दियासँगै माछा मार्ने काम गर्थे ।
  • याकूब र यूहन्‍नालाई “गर्जनका छोराहरू” उपनाम दिइएको थियो, सायद, तिनीहरू चाँडै नै रिसाउने भएकाले हुन सक्छ ।
  • पत्रुस, याकूब र यूहन्‍ना येशूका सबैभन्‍दा नजिकका चेलाहरू थिए साथै येशू एलिया र मोशासगँ पहाडको टुप्‍पोमा हुँनुहुँदा  र येशूले मरेको सानी ठिटीलाई जीवित पार्ने जस्ता आश्‍चार्यपूर्ण घटनाहरू हुँदा उहाँसँगै थिए ।
  • यी याकूब बाइबलमा पुस्तक लेख्‍ने याकूबभन्दा फरक हुन् । ती दुई जना फरक-फरक मानिसहरू थिए भनी प्रस्ट पार्न केही भाषाहरूले तिनीहरूका नाउँ नै फरक किसिमले लेख्‍नुपर्ने हुन सक्छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, एलिया, याकूब (येशूका भाइ)), याकूब (अल्फयसका छोरा)), मोशा)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G23850

याकूब (येशूका भाइ)

परिभाषा:

याकूब मरियम र योसेफका छोरा थिए । तिनी येशूका भाइहरूमध्ये एक थिए ।

  • येशूका अन्य भाइहरूका नाउँ योसेफ, यहूदा र सिमोन थिए ।
  • येशूको जीवनकालमा येशू मसीह हुनुहुन्थ्यो भनी याकूब र उहाँका अन्य भाइहरूले विश्‍वास गरेका थिएनन् ।
  • पछि, येशू मरेकाहरूबाट जीवित हुनुभएपछि याकूबले उहाँमाथि विश्‍वास गरे, र तिनी यरूशलेम मण्डलीको अगुवा बने ।
  • नयाँ करारको याकूबको पुस्तक सतावटबाट उम्‍कन अन्य देशहरूमा बसिरहेका ख्रीष्‍टियानहरूलाई याकूबले लेखेका एउटा पत्र हो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्: प्रेरित, ख्रीष्ट, मण्डली, याकूबका भाइ यहूदा, सताउनु)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G23850

याकूब, इस्राएल

तथ्यहरूः

इसहाक र रिबेकाबाट जन्मेका जुम्ल्याहा छोराहरूमध्ये याकूब कान्छो थिए । परमेश्‍वरले उनको नाम "इस्राएल" मा परिवर्तन गर्नुभयो। उनका सन्‍तानहरू इस्राएल जाति भए ।

  • याकूब इस्राएली जातिका तीन कुलपिताहरू अब्राहाम, इसहाक, र याकूबमध्‍येका अन्‍तिम हुन् । याकूबका बाह्र छोराहरू इस्राएलका बाह्र कुलहरू बने ।
  • याकूबको नाउँ हिब्रू शब्‍द "कुर्कुच्‍चो"सगँ मिल्‍दोजुल्‍दो छ । याकूबको जन्‍म हुदाँ, उनले आफ्‍नो जुम्‍ल्‍याहा दाजु एसावको कुर्कुच्‍चो समातेर जन्‍मेका थिए । पुरानो करारको समयमा, कुर्कुच्‍चो आक्रमण र व्‍यक्तिको शरिरको पछाडिको भाग दुवैसगँ सम्‍बन्‍धित थियो । याकूबको हिब्रू नाउँ सम्भवतः कसैलाई पछाडिबाट आक्रमण गर्ने धारणासगँ सम्‍बन्‍धित थियो ।
  • धेरै बर्षपछि, परमेश्‍वरले  याकूबको नाउँ "इस्राएल" मा परिवर्तन गर्नुभयो, जसको अर्थ "उनले परमेश्‍वरसगँ संधर्ष गर्छन्" हुन सक्‍छ ।
  • याकूबले लाबानका दुई छोरीहरू लेआ र राहेल, साथै तिनीहरूका कमारीहरू जिल्‍पा र बिल्‍हासगँ विवाह गरे । यी चार महिलाहरू बाह्र छोराहरूको आमा बने जोपछि गएर इस्राएलका बाह्र कुलका पुर्खाहरू बने ।
  • नयाँ करारमा, मत्तीको पुस्‍तकको वंशावलीमा योसेफको बुबाको रूपमा याकूब नाम गरेका विभिन्‍न व्‍यक्‍तिहरूको सूची दिइएका छन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: इस्राएल, इस्राएलका बाह्र कुलहरू, लेआ, राहेल, जिल्‍पा, बिल्लाह, छल गर्नु, एसाव, इसहाक, रिबेका, लाबान)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ७ः१ केटाहरू हुर्कंदै गर्दा रिबेकाले __ याकूब__ लाई प्रेम गरिन् भने इसहाकले एसावलाई । __ याकूब__ घरमै बस्‍न मन पराउँथे भने एसाव शिकार गर्न मन पराउँथे ।
  • ७ः७ याकूब त्यहाँ धेरै वर्षसम्म बसे, र त्यस समय अवधिमा तिनले बिहे गरे र तिनका बाह्र जना छोरा र एक छोरी भए । परमेश्‍वरले तिनलाई ज्यादै धनी बनाउनुभयो ।
  • ७ः८ कनानमा भएको आफ्नो घरबाट बिस वर्षसम्म टाढा बसेपछि याकूब आफ्नो परिवार, आफ्ना नोकर-चाकरहरू र आफ्ना सबै गाइवस्तु लिएर त्यहाँ फर्के ।
  • ७ः१० परमेश्‍वरले अब्राहामसित बाँध्‍नुभएको करार र त्यसपछि इसहाकसित बाँध्‍नुभएको करार अब __याकूब__मा सर्‍यो ।
  • ८ः१ धेरै वर्षपश्‍चात् जब याकूब वृद्ध भइसकेका थिए, तिनले आफूले मन पराएका छोरा योसेफलाई तिनका दाजुहरूमध्ये कसरी गाइवस्तुको हेरचाह गरिरहेका थिए भनी जाँच गर्न पठाए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3290, G23840

यारोबाम

परिभाषा:

नबातका छोरा यारोबाम करिब ९००-९१० ख्रीष्‍टपूर्वमा उत्तरी राज्य इस्राएलका प्रथम राजा बने । यहोआशका छोरा यारोबाम नाउँका अर्का राजाले इस्राएलमाथि १२० वर्षपछि राज्य गरे । कहिले काहीँ तिनीहरूलाई “यारोबाम प्रथम” र “यारोबाम द्वितीय” भनिन्छ ।

  • जब सोलोमनको मृत्‍यु भयो,  इस्राएलका दस उत्तरी कुलले सोलोमनको छोरा रहबामको विरुद्धमा विद्रोह गरे र यारोबामलाई राजा बनाए, रहबामलाई केवल दक्षीणी दुई कुलहरू, यहूदा र बेन्‍जामिनको कुलहरूले राजाको रूपमा छोडे।
  • लाई बाँकी इस्राएलबाट छुट्टिन लगाई आफूलाई तिनीहरूका शासकको रूपमा पछ्याउन लगाए । तिनी ज्यादै दुष्‍ट राजा थिए । तिनले इस्राएल राज्यका मानिसहरूलाई यहोवेलाई पुज्‍नुको साटो मूर्तिहरूलाई पुज्‍न उत्साह दिए ।
  • यारोबाम एक दुष्ट राजा बने जसले मानिसहरूलाई यहोवाको उपासना गर्नबाट टाढाँ लगे र तिनीहरूको निम्‍ति पूजा गर्न मूर्तिहरू स्‍थापना गरे। इस्राएलका अरू सबै राजाहरूले यारोबामको उदाहरण पछ्‍याए र उनी जस्तै दुष्‍ट भए।
  • झण्डै १२० वर्षपश्‍चात् यारोबाम नाउँका अर्का राजाले उत्तरी राज्य इस्राएलमा शासन गर्न थाले । यी यारोबाम यहोआशका छोरा थिए र तिनी पनि इस्राएलका अगिल्ला राजाहरूझैँ दुष्‍ट थिए ।
  • यी सबैका बाबजुत पनि परमेश्‍वरले इस्राएलमाथि कृपा देखाउनुभयो र यी राजा यारोबामलाई देश प्राप्‍त गरी त्यसको सिमाना स्थापित गर्न मदत गर्नुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः झूटा देवताहरू, इस्राएल राज्य, यहूदा, सोलोमन)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ५ः१६-१७
  • १ राजा १२ः२
  • २ इतिहास ९ः२९
  • २ राजा ३ः१-३
  • आमोस १ः१

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१८-०८) रहबामको विरुद्धमा उत्रने इस्राएलका अन्य दस कुलले यारोबामलाई तिनीहरूका राजाको रूपमा नियुक्‍त गरे ।
  • (१८-०९) यारोबामले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे र मानिसहरूलाई पाप गर्न लगाए । यहूदा राज्यको मन्दिरमा तिनले दुईवटा मूर्ति स्थापना गरे र मानिसहरूलाई यहोवेलाई पुज्‍न लगाउनुको साटो तिनै मूर्तिहरूलाई पुज्‍न लगाए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3379

यिजरेल

परिभाषा:

यिजरेल इस्साखार कुलको इलाकामा पर्ने एउटा महत्त्वपूर्ण इस्राएली सहर थियो । यो खारा समुद्रबाट दक्षिण-पश्‍चिममा अवस्थित थियो ।

  • मगिद्दोको मैदानमा यिजरेल सहर पश्‍चिमी केन्द्रबिन्दु थियो र यसलाई यिजरेलको बेँसी पनि भनिन्थ्यो ।
  • इस्राएलका केही राजाहरूले यहाँ आफ्ना दरबार बनाएका थिए ।
  • नाबोतको दाखबारी यिजरेलमा नै पर्थ्यो र यो राजा आहाबको दरबार नजिकै थियो । एलिया अगमवक्‍ताले त्यहाँ आहाबको विरुद्धमा भविष्यवाणी गरे ।
  • आहाबकी पत्‍नी ईजेबेल यिजरेलमा नै मारिई ।
  • केही युद्धहरूलगायत अन्य धेरै महत्त्वपूर्ण घटनाहरू यही सहरमा घटे ।

(हेर्नुहोस्ः आहाब, एलिया, इस्साखार, यिजरेल, दरबार, खारा समुद्र, मृत सागर)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ४ः१२
  • १ शामूएल २५ः४३-४४
  • २ राजा ८ः२८-२९
  • २ शामूएल २ः१-३
  • न्‍यायकर्ता ६ः३३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3157, H3158, H3159

यित्रो, रूएल

परिभाषा:

यित्रो र रूएल दुवै नाउँ मोशाकी पत्‍नी सिप्पोराका पितालाई उल्लेख गर्न प्रयोग गरिएका छन् । सायद, रूएल तिनको कुटुम्बको नाउँ थियो ।

  • मोशा मिद्यान देशमा गोठालो हुँदा तिनले रूएल नाउँका एक जना मिद्यानीकी छोरीसित बिहे गरे । तिनलाई पछि “मिद्यानका पूजाहारी यित्रो” भनी उल्लेख गरिएको छ ।

  • एक पटक मोशाले यित्रोका भेडाहरूको रेखदेख गरिरहँदा परमेश्‍वरले जलिरहेको पोथ्राबाट तिनीसित बोल्नुभयो ।

  • केही समयपश्‍चात् अर्थात् परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिनुभएपछि यित्रो उजाड-स्थानमा मोशाकहाँ आए र मानिसहरूका कामकाजको कसरी न्याय गर्ने भन्‍ने विषयमा तिनलाई राम्रो सल्लाह दिए ।

  • परमेश्‍वरले मिश्रमा गर्नुभएका सबै आश्‍चर्यकर्महरूको बारेमा सुनेपछि यित्रोले परमेश्‍वरमा विश्‍वास गरे ।

  • एसावका छोराहरूमध्‍ये एक जनाको नाउँ रूएल थियो।

  • बेबिलोनको कैद समाप्‍त भएपछि यहूदामा पुनः बसिबास गर्न फर्केका इस्राएलीहरूको वंशावलीमा रूएल नामको अर्को व्‍यक्‍ति पनि उल्‍लेख गरिएको छ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कैद, कुल, मरुभूमि, मिश्र, एसाव, आश्‍चर्यकर्म, मोशा, उजाड-स्‍थान)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १ः३४-३७

  • प्रस्थान ०२:१८-२०

  • प्रस्थान ०३:१-३

  • प्रस्थान १८ः३

  • गन्‍ती १०ः२९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3503, H7467

यिप्‍ता

परिभाषा:

यिप्‍ता गिलादका एक योद्धा थिए, जसले इस्राएलका न्यायकर्ता वा शासकको रूपमा सेवा गरे ।

  • आफ्ना मानिसहरूलाई छुटकारा दिनेहरूमध्ये यिप्‍ता एक मुख्य उद्धारकर्ता थिए भनी हिब्रू ११:३२ मा तिनको प्रशंसा गरिएको छ ।
  • तिनले इस्राएलीहरूलाई अम्मोनीहरूबाट छुटाए र एफ्राइमीहरूलाई पराजित गर्न आफ्ना मानिसहरूलाई अगुवाइ गरे ।
  • तथापि, तिनले परमेश्‍वरको सामु एउटा मूर्ख र हतारको भाकल गरे जसले गर्दा तिनले आफ्नी छोरीको बलिदान गर्नुपर्‍यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अम्‍मोन, उद्धार, एफ्राइम, न्‍यायकर्ता, भाकल)

बाइबलका सन्दर्भहरूः

  • हिब्रू ११ः३२-३४
  • न्‍यायकर्ता ११ः१-३
  • न्‍यायकर्ता ११ः३५
  • न्‍यायकर्ता १२ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3316

यिशै

तथ्यहरूः

यिशै राजा दाऊदका पिता अनि रूथ र बोअजका नाति थिए ।

  • यिशै यहूदा कुलका थिए ।
  • उनी "एप्राती" थिए, जसको अर्थ उनी एप्राता क्षेत्रका थिए । बेथलेहेम सहर एप्राता क्षेत्रमा अवस्‍थित थियो ।
  • "यिशैको वंश" बाट आउने "मुना" वा "हागाँ" र फलाउने फलबारे यशैयाले अगमवक्‍ताले अगमवाणी गरेका थिए । यसले येशूलाई जनाउँछ, जो यिशैका सन्‍तानबाट हुनुहुन्‍थ्‍यो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बेथलेहेम, बोअज, सन्तान, येशू, राजा, अगमवक्ता, रूथ, इस्राएलका बाह्र कुल)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3448, G24210

यूफ्रेटिस नदी

परिभाषा:

यूफ्रेटिस अदनको बगैँचा भएर बग्‍ने चार नदीहरू मध्ये एक नदीको नाम हो । यो नदीको बारेमा बाइबलमा धेरै पटक लेखिएको छ ।

  • अहिलेको आधुनिक यूफ्रेटिस नदी मध्यपूर्वमा पर्छ र यो एसियाको सबै भन्दा लामो र महत्त्‍वपूर्ण नदी हो ।
  • टाइग्रिस नदी जस्तै यूफ्रेटिस नदी पनि मेसोपोटामियाको सिमानामा पर्छ ।
  • अब्राहाम बसेको प्राचीन सहर यूफ्रेटिस नदीको मुहान थियो ।
  • परमेश्‍वरले अब्राहामलाई दिने प्रतिज्ञा गरेको भूमिको सिमाना पनि यही नदी थियो (उत्पति १५:१८) ।
  • कति पटक यसलाई “नदी” मात्र भनिएको छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ५ः७-९
  • २ इतिहास ९ः२५-२६
  • प्रस्‍थान २३ः३०-३३
  • उत्‍पत्ति २ः१३-१४
  • यशैया ७ः२०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5104, H6578, G21660

यूहन्‍ना (प्रेरित)

तथ्यहरूः

यूहन्‍ना येशूका बाह्र जना चेलाहरूमध्ये एक थिए र तिनी येशूका नजिकका चेलाहरूमध्ये पनि एक थिए ।

  • यूहन्‍ना र तिनका दाजु याकूब मछुवा जब्दियाका छोराहरू थिए ।
  • उनले येशूको जीवनको बारेमा लेखेको सुसमाचारमा, यूहन्‍नाले आफूलाई "येशूले प्रेम गर्ने चेला" भनी उल्‍लेख गरेका छन् । यसले यूहन्‍ना येशूको विशेष घनिष्‍ट मित्र थिए भन्‍ने कुराको संकेत गर्छ ।
  • प्रेरित यूहन्‍नाले नयाँ करारका पाचँ वटा पुस्तकहरू लेखेः यूहन्‍नाको सुसमाचार, येशू ख्रिष्‍टको प्रकाश, र अन्‍य विश्‍वासीहरूलाई लेखिएका तीन पत्रहरू ।
  • यूहन्‍ना बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा फरक व्यक्‍ति थिए भन्‍ने ख्याल गर्नुहोस् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, प्रकट गर्नु, याकूब(जब्दियाका छोरो), (बप्‍तिस्मा दिने) यूहन्‍ना, जब्दिया)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ३६ः१ एक दिन येशूले आफ्ना तीन जना चेलाहरू पत्रुस, याकूब र __यूहन्‍ना__लाई आफूसँगै लैजानुभयो । (यूहन्‍ना नाउँ गरेका चेला र येशूलाई बप्‍तिस्मा दिने व्यक्‍ति उही होइनन् । ) तिनीहरू आफै उच्‍च पहाडमा उक्ले ।
  • ४४ः१ एक दिन पत्रुस र यूहन्‍ना मन्दिरतिर जाँदै थिए । तिनीहरू मन्दिरको ढोकामा नजिकिँदै गर्दा तिनीहरूले एक जना लङ्गडो मानिसलाई देखे जसले रुपियाँ-पैसा माग्दै थियो ।
  • ४४ः६ पत्रुस र __यूहन्‍ना__ले भनेका कुराहरू सुनेर मन्दिरका अगुवाहरू निकै दुःखित भए । त्यसैले, उनीहरूले तिनीहरूलाई पक्राउ गरी झ्यालखानमा हालिदिए ।
  • ४४ः७ अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र __यूहन्‍ना__लाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए । तिनीहरूले पत्रुस र __यूहन्‍ना__लाई सोधे, “तिमीहरूले कुनचाहिँ शक्‍तिले यो लङ्गडो मानिसलाई निको पार्‍यौ?”
  • ४४ः९ पत्रुस र यूहन्‍ना साधारण र अशिक्षित भए तापनि तिनीहरूले साहसपूर्वक बोलेको देखेर अगुवाहरू छक्‍क परे । तर यी मानिसहरू येशूसितै थिए भन्‍ने तिनीहरूले सम्झे । तिनीहरूले पत्रुस र __यूहन्‍ना__लाई धम्काएपछि तिनीहरूलाई जान दिए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G24910

यूहन्‍ना (बप्‍तिस्मा-दिने)

तथ्यहरूः

यूहन्‍ना जकरिया र एलीशिबाका छोरा थिए । “यूहन्‍ना” एउटा प्रचलित नाउँ भएकोले प्रेरित यूहन्‍नाजस्ता अन्य यूहन्‍ना नाउँ गरेका मानिसहरूबाट छुट्टयाउन तिनलाई अक्सर “बप्‍तिस्मा दिने यूहन्‍ना” भनिएको छ ।

  • यूहन्‍ना अगमवक्‍ता थिए जसलाई मसीहमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन मानिसहरूलाई तयार पार्न परमेश्‍वरले पठाउनुभयो ।
  • आ-आफ्ना पाप स्वीकार गरी परमेश्‍वरकहाँ फर्कन र पाप गर्न छाड्न यूहन्‍नाले मानिसहरूलाई आव्हान गरे, ताकि उनीहरू मसीहलाई ग्रहण गर्न तयार होऊन् ।
  • मानिसहरू आ-आफ्ना पापका निम्ति दुःखित थिए र तिनीहरू पापबाट फर्केका थिए भन्‍ने चिन्हस्वरूप यूहन्‍नाले धेरै मानिसहरूलाई पानीमा बप्‍तिस्मा दिए ।
  • यूहन्‍नाले धेरै मानिसहरूलाई बप्‍तिस्मा दिएकाले तिनलाई “बप्‍तिस्मा-दिने यूहन्‍ना” भनियो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बप्‍तिस्मा दिनु, जकरिया (न.का))

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २२ः२ स्वर्गदूतले जकरियालाई भने, “तिम्री पत्‍नीले एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नेछौ । तिनी पवित्र आत्माले भरिनेछन्, र तिनले मसीहको निम्ति बाटो तयार पार्नेछन् ।”
  • २२ः७ एलीशिबाले छोरो जन्माएपछि स्वर्गदूतको आज्ञाअनुसार जकरिया र एलीशिबाले बच्‍चाको नाउँ यूहन्‍ना राखे ।
  • २४ः१ जकरिया र एलीशिबाका छोरा यूहन्‍ना हुर्के र अगमवक्‍ता बने । तिनी उजाड-स्थानमा बस्थे; तिनले जङ्गली मह र सलहहरू खान्थे अनि ऊँटको रौँबाट बनेका वस्‍त्रहरू लगाउँथे ।
  • २४ः२ धेरै मानिसहरू __यूहन्‍ना__को कुरा सुन्‍न उजाड-स्थानमा आए । तिनले यसो भन्दै उनीहरूलाई प्रचार गरे, “पश्‍चात्ताप गर, किनभने परमेश्‍वरको राज्य नजिकै छ ।”
  • २४ः६ अर्को दिन येशू __यूहन्‍ना__द्वारा बप्‍तिस्मा लिन आउनुभयो । __यूहन्‍ना__ले उहाँलाई देखेपछि तिनले भने, “हेर ! संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा ।”

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G09100 G24910

यूहन्‍ना मर्कूस

परिभाषा:

मर्कूस पनि भनेर चिनिने यूहन्‍ना मर्कूस पावलका मिसनरी यात्राहरूमा तिनीसँगै यात्रा गर्ने मानिसहरूमध्ये एक थिए । तिनी मर्कूसको सुसमाचारका लेखक हुनुपर्छ ।

  • पहिलो मिसनरी यात्रामा यूहन्‍ना मर्कूस र तिनका भतिजा बारनाबास पावलसँगै गएका थिए ।
  • पत्रुसलाई झ्यालखानामा राखिँदा त्यहाँका विश्‍वासीहरू यूहन्‍ना मर्कूसकी आमाको घरमा जम्मा भई तिनको लागि प्रार्थना गर्दै थिए ।
  • मर्कूस येशूका बार्‍हमध्ये एक थिएनन्, तर पावल र पत्रुस दुवैले तिनलाई सिकाएका थिए र तिनले तिनीहरूसँगै सेवा गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः पावल, शाऊल, बारनाबास)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ०४:११-१३
  • प्रेरित १२:२४-२५
  • प्रेरित १३:४-५
  • प्रेरित १३:१३-१५
  • प्रेरित १५:३६-३८
  • प्रेरित १५:३९-४१
  • कलस्सी ०४:१०-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G24910, G31380

येपेत

परिभाषा:

येपेत पुरानो करारमा उल्लिखित नोआका तिन जना छोरामध्ये एक थिए ।

  • सारा पृथ्वीलाई ढाक्‍ने विश्‍वव्यापी जलप्रलयको समयमा येपेत र तिनका दाजुभाइहरू आ-आफ्ना पत्‍नीहरूसाथै नोआसँगै जहाजमा थिए ।
  • नोआका छोराहरूलाई सामान्‍यतया "शेम, हाम र येपेत" को रूपमा सूचीबद्ध गरिन्‍छ। यसले संकेत गर्छ कि येपेत कान्‍छो भाई थिए।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः जहाज, जमप्रलय, हाम, नोआ, शेम)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १ः४
  • उत्पत्ति ०५:३२
  • उत्पत्ति ०६:९-१०
  • उत्पत्ति ०७:१३-१४
  • उत्पत्ति १०:१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3315

येहू

परिभाषा:

येहू पुरानो करारमा दुई जना मानिसका नाउँ हुन् ।

  • हनानीका छोरा येहू नाउँका एक जना मानिस इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापातको शासनकालमा अगमवक्‍ता थिए ।

  • यहोशापातका छोरा येहू (वा वंश) इस्राएली सेनाका एक सेनापति थिए जसलाई अगमवक्‍ता एलिशाको आदेशद्वारा राजा अभिषेक गरिएको थियो।

  • येहू नाउँका एक सेनापति पनि थिए, जो यहूदाका राजा बने र तिनले २८ वर्षसम्म शासन गरे ।

  • तिनले आहाबसित सम्बन्धित दुई जना दुष्‍ट राजा (इस्राएलका योराम र यहूदाका अहज्याह) लाई पनि मारे ।

  • येहूले दुष्‍ट रानी ईजेबेललगायत साविक राजा आहाबका सबै आफन्तहरूलाई मारे ।

  • राजा येहूले सामरियामा बाल पूजा गर्ने सबै ठाउँहरू नष्‍ट गरे र बालका सबै अगवक्‍तहरूलाई मारे।

  • राजा येहूले एकमात्र साचोँ परमेश्‍वर, यहोवाको सेवा गरे र अठ्ठाइस वर्षसम्‍म इस्राएलमाथि शासन गरे।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः आहाब, अहज्याह, बाल, एलिशा, यहोशापात, येहू, ईजेबेल, योराम, यहूदा, सामरिया)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ४ः३५
  • १ राजा १६ः२
  • २ इतिहास १९ः१-३
  • २ राजा १०ः९
  • होशे १ः४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3058

योआब

परिभाषा:

राजा दाऊदको शासनकालभरि नै योआब तिनको लागि एक महत्त्वपूर्ण सैनिक अगुवा थिए ।

  • दाऊद राजा हुनुभन्दा पहिले योआब पहिले नै तिनका भक्‍त अनुयायी बनिसकेका थिए ।
  • पछि, दाऊदले राजाको रूपमा इस्राएलमाथि शासन गर्दा योआब राजा दाऊदका सेनाको सेनापति बने ।
  • योआबकी आमा सरूयाह थिइन् जो राजा दाऊदकी बहिनी थिइन् । तसर्थ, योआब दाऊदका भतिजा पर्थ्यो ।
  • दाऊदका छोरा अब्शालोमले दाऊदको शासन हत्याउन तिनलाई धोका दिँदा राजालाई रक्षा गर्नका लागि योआबले अब्शालोमलाई मारे ।
  • योआब निकै आक्रामक योद्धा थिए र तिनले इस्राएलका धेरै शत्रुहरूलाई मारे ।

(हेर्नुहोस्ः अब्शालोम, दाऊद)

बाइबलका सन्दर्भहरूः

·

  • १ इतिहास २ः१६-१७
  • १ राजा १ः७
  • १ शामूएल २६ः६-८
  • २ शामूएल २ः१८
  • नहेम्‍याह ७ः११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3097

योआश

परिभाषा:

योआश पुरानो करारमा केही मानिसहरूका नाउँ थिए ।

  • एक जना योआश इस्राएली उद्धारकर्ता गिदोनका पिता थिए ।
  • योआश नाउँ गरेका अर्का मानिस याकूबका कान्छा छोरा बेन्यामीनका सन्तान थिए ।
  • सबैभन्दा परिचित योआश सात वर्षको उमेरमा यहूदाका राजा बने । तिनी यहूदाका राजा अहज्याहका छोरा थिए । तिनका पिताको हत्या गरिएको थियो ।
  • योआश बालकै छँदा तिनका आफन्तले तिनलाई मारिनबाट बचाएकी थिइन् । तिनी राजा अभिषेक हुने उमेरसम्म नआइपुञ्‍जेलसम्म उनले तिनलाई लुकाइराखिन् ।
  • आफ्नो शासनको आरम्भमा राजा योआशले परमेश्‍वरको आज्ञा माने । तर पछि तिनले परमेश्‍वरको आज्ञा मानेनन् र इस्राएलीहरूले फेरि मूर्तिहरूको पूजा गर्न लागे ।
  • युद्धमा घाइते भएपछि राजा योआशलाई धोका दिइयो र तिनकै दुई जना कर्मचारीले तिनको हत्या गरे ।
  • तिनकै समयतिर इस्राएलमाथि शासन गर्ने यहोआशभन्दा यिनी फरक राजा हुन् भनी ख्याल राख्‍नुहोस् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः अहज्‍याह, वेदी, बेन्‍जामिन, झूटा देवता, गिदोन, उच्‍च स्‍थानहरू, झूटा देवता)

बाइबलका सन्दर्भहरूः

·

  • १ इतिहास ३ः१०-१२

  • २ इतिहास १८ः२५-२७

  • २ राजा ११ः३

  • आमोस १ः१

  • न्‍यायकर्ता ६ः११-१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3101, H3135

योएल

परिभाषा:

योएल एक अगमवक्‍ताको थिए, जो सम्भवतः यहूदाका राजा योआशको शासनकालमा बाँचेका थिए। पुरानो करारमा योएल नाउँ भएका अरू धेरै मानिसहरू पनि थिए।

  • योएलको पुस्तक पुरानो करारको बार्‍हवटा साना अगमवक्‍तामध्ये एउटा हो। ।  ती बार्‍हवटा पुस्तक पुरानो करारको अन्तिम भाग हुन् ।

  • योएल अगमवक्‍ताको बारेमा हामीसित भएको एउटै मात्र व्यक्‍तिगत जानकारी भनेको तिनका पिता पतुएल थिए ।

  • पेन्तिकोसको दिनमा पत्रुसले प्रवचना दिँदा तिनले योएलको पुस्तकबाट उद्धृत गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः योआश, यहूदा, पेन्तिकोस)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ६ः३३-३५
  • १ शामूएल ८ः१-३
  • प्रेरित ०२:१६
  • एज्रा १०ः४३
  • योएल १ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3100, G24930

योताम

परिभाषा:

पुरानो करारमा योताम नाउँ गरेका तिन जना मानिस छन् ।

  • योताम नाउँ गरेका एक जना मानिस गिदोनका कान्छा छोरा थिए । योतामले आफ्ना दाजु अबीमेलेकलाई पराजित गर्न मदत गरे । अबीमेलेकले छलपूर्वक आफ्ना बाँकी सबै दाजुभाइको हत्या गरेका थिए ।
  • योताम नाउँ गरेका अर्का मानिस यहूदाका राजा थिए जसले सोर्‍ह वर्ष राज्य गरे । तिनी आफ्ना पिता उज्जियाह (अर्थात् अजर्याह) को मृत्युपश्‍चात् राजा बनेका थिए ।
  • आफ्ना पितालेझैँ राजा योतामले परमेश्‍वरको आज्ञा माने र तिनी एक असल राजा थिए ।
  • तथापि तिनका पितालेझैँ तिनले पनि मूर्तिपूजा गर्ने स्थानहरूलाई हटाएनन् जसले गर्दा तिनका मानिसहरू पछि फेरि परमेश्‍वरबाट तर्के । मूर्तिपूजाको अर्को नतिजा यही थियो कि योतामका छोरा आहाज दुष्‍ट राजा बने ।
  • योताम मत्तीको पुस्तकमा अभिलिखित येशू ख्रीष्‍टको वंशावलीमा सूचीकृत पूर्वजहरूमध्ये एक हुन् ।

(हेर्नुहोस्ः गिदोन, उज्जियाह, अजर्याह, आहाज, अबीमेलेक)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास २६ः२१
  • २ राजा १५ः५
  • यशैया १ः१
  • न्‍यायकर्ता ९ः५-६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3147

योना

परिभाषा:

योना पुरानो करारमा एक हिब्रू अगमवक्‍ता थिए ।

  • कसरी परमेश्‍वरले योनालाई निनवेमा पठाउनुभयो भनी योनाको पुस्तकले बताउँछ ।

  • निनवेमा गई त्यहाँका मानिसहरूलाई पापबाट फर्कन घोषणा गर्न परमेश्‍वरले योनालाई बताउनुभयो ।

  • योनाले इन्कार गरे र तिनी एउटा जहाज चढेर अर्कै देश गए ।

  • परमेश्‍वरले त्‍यो जहाजमा ठूलो आधिँ ल्‍याउनुभयो।

  • योनाले जहाजमा यात्रा गरिरहेका मानिसहरूलाई आफू परमेश्‍वरबाट भागिरहेको कुरा बताए र तिनीहरूले उनलाई समुन्‍द्रमा फालिदिने सुझाव दिए। जब तिनीहरूले त्‍यसो गरे, आधीँ शान्‍त भयो र त्‍यहाँ भएका मानिसहरूले परमप्रभुलाई बलिदान चढाए।

  • योनालाई एउटा ठुलो माछाले निल्यो र तिनी त्‍यो माछाको पेट भित्र तीन दिन र रान सम्‍म बसे।

  • त्य‍सपछि, योना निनवेमा गए र त्‍यहाँका मानिसहरूलाई प्रचार गरे र मानिसहरूले एकअर्कालाई हिंसक व्‍यवहार गर्न छोडे।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अनाज्ञाकारी, निनवे, फर्कनु)

बाइबलका सन्दर्भहरूः

  • योना ०१:१-३
  • लूका ११:२९-३०
  • मत्ती १२:३८-४०
  • मत्ती १६:३-४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3124, G24950

योप्पा

परिभाषा:

बाइबलको समयमा योप्पा सहर भूमध्य सागरको तटमा अवस्थित एउटा महत्त्वपूर्ण वाणिज्यसम्बन्धी बन्दरगाह थियो । यो यरूशलेमबाट करिब ३० माइल उत्तर पश्‍चिममा पर्थ्यो ।

  • प्राचीन योप्पाको क्षेत्र भनेको वर्तमान सहर जाफा हो । यो अहिले तेल अभिभ सहरको भाग बनेको छ ।
  • पुरानो करारमा योना यही सहरमा जहाजमा चढीमा तर्शिश गएका थिए ।
  • नयाँ करारमा तबीता नाउँ गरेकी ख्रीष्‍टियान स्‍त्री योप्‍पामा मरिन र पत्रुसले तिनलाई पुनः जीवित पारेका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः समुन्द्र, यरूशलेम, शारोन, तर्सिश)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०९:३७
  • प्रेरित १०:८
  • प्रेरित ११:४-६
  • प्रेरित ११:११
  • योना ०१:१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3305, G24450

योराम

परिभाषा:

योरामलाई यहोराम पनि भनिन्छ । आहाब र ईजेबेलका छोरा तिनी इस्राएलका राजा थिए ।

  • योरामले त्यही समयमा शासन गरेका थिए जुन बेला यहूदाका राजा यहोरामले शासन गरेका थिए ।

  • योराम एक दुष्‍ट राजा थिए जसले झुटा देवको पूजा गरे र इस्राएललाई पाप गर्न लगाए ।

  • इस्राएलका राजा योरामले  अगमवक्‍ता एलिया र ओबदियाहको समयमा पनि शासन गरे।

  • दाऊद राजा हुदाँ योराम नाउँ गरेका अर्का मानिसह हमातका राजा तोउका छोरा थिए।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः आहाब, दाऊद, एलिया, हमात, यहोराम, इस्राएलको राज्‍य, यहूदा, ओबदिया, अगमवक्‍ता)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः१०-१२
  • २ इतिहास २२ः४-५
  • २ राजा १ः१७
  • २ राजा ८ः१६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3088, H3141, G24960

योशियाह

परिभाषा:

योशियाह एक ईश्‍वरीय राजा थिए जसले यहूदा राज्यमाथि एकतिस वर्ष राज्य गरे । यहूदाका मानिसहरूलाई पश्‍चात्तापमा डोर्‍याई यहोवेको आराधनाको लागि उत्साह दिन तिनले धेरै कुराहरू गरे ।

  • तिनका पिता आमोसको हत्या गरिएपछि आठ वर्षको उमेरमा योशियाह यहूदाको राजा बने ।
  • आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले प्रधान पूजाहारी हिल्कियाहलाई परमप्रभुको मन्दिर पुनर्निर्माण गर्न आज्ञा दिए । पुनर्निर्माणको क्रममा व्यवस्थाको पुस्तक भेट्टाइएको थियो ।
  • योशियाहको निम्ति व्यवस्थाको पुस्तक पढिँदा तिनका मानिसहरू कसरी परमेश्‍वरप्रति अनाज्ञाकारी भएका रहेछन् भनी थाहा पाएर तिनी दुःखित भए । मूर्तिपूजा गर्ने स्थानहरू नष्‍ट पारिऊन् र झुटा देवहरू मारिऊन् भनी तिनले आज्ञा दिए ।
  • फेरि निस्तार-चाडको उत्सव मनाइयोस् भनेर पनि तिनले आज्ञा दिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः मूर्ति, मूर्तिपूजा, यहूदा, व्यवस्था, सिद्धान्त, निस्तार-चाड, मन्दिर)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः१३-१४
  • २ इतिहास३३ः२४-२५
  • २ इतिहास ३४ः३
  • यर्मिया १ः३
  • मत्ती १ः११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2977, G25020

योसेफ (न.का.)

तथ्यहरूः

योसेफ येशूका पार्थिव पिता हुनुहुन्थ्यो जसले उहाँलाई आफ्ना पुत्रको रूपमा हुर्काए । उनी सकर्मीको काम गर्ने एक धर्मी मानिस थिए ।

  • मरियम नाउँ गरेकी कन्यासित योसेफको मगनी भएको थियो । उनीहरूको मगनी भएपछि परमेश्‍वरले उनलाई येशू मसीहकी आमा हुन चुन्‍नुभएको थियो ।
  • पवित्र आत्माले आश्‍चर्यपूर्ण रूपमा मरियमलाई गर्भवती हुने तुल्याउनुभएको थियो र मरियमको बच्‍चा परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो भनी स्वर्गदूतले योसेफलाई बताए ।
  • हेरोदबाट बच्‍नको निम्ति बालक येशू र मरियमलाई लगेर मिश्र भागेर जान स्वर्गदूतले योसेफलाई चेताउनी दिए ।
  • योसेफ र तिनको परिवार पछि गालीलको नासरत सहरमा बसे, जहाँ उनले सिकर्मीको काम गरेर जीविकोपार्जन गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: ख्रीष्ट, गालील, येशू, नासरत, परमेश्‍वरको पुत्र, कन्या)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २२ः४ उनी (मरियम) कन्या थिइन् र बिहेको लागि योसेफ नाउँका पुरुषसित उनको मगनी भएको थियो ।
  • २३ः१ योसेफ अर्थात् जुन पुरुषसित मरियमको मगनी भएको थियो, तिनी धार्मी मानिस थिए । जब तिनले मरियम गर्भवती भएको सुने, तब यो तिनको बच्‍चा थिएन भनेर तिनलाई थाहा थियो । तिनले उनलाई शर्ममा पार्न चाहेनन्, त्यसैले तिनले उनलाई गुप्‍तमै त्याग्‍ने विचार गरे ।
  • २३ः२ स्वर्गदूतले भने, “योसेफ, मरियमलाई तिम्री पत्‍नीको रूपमा स्वीकार गर्न नडराऊ । उनको गर्भमा भएको बच्‍चा पवित्र आत्माबाट आएको हो । उनले एउटा छोरो जन्माउने छिन् । तिमीले उहाँको नाउँ येशू राख्‍नू (जसको अर्थ हुन्छ, ‘परमप्रभुले बचाउनुहुन्छ’), किनकि उहाँले मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ ।”
  • २३ः३ त्यसैले, योसेफ__ले मरियमसित बिहे गरे र उनलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार गरी घरमा लगे, तर उनले बच्‍चा नजन्माउञ्‍जेलसम्म तिनी उनीसित सुतेनन् । *२३ः४__ योसेफ र मरियमले उनीहरू बसोबास गरेको नासरतदेखि बेथलेहेमसम्म जान लामो यात्रा गर्नुपर्‍यो, किनकि तिनीहरूका पुर्खा दाऊदको गृहनगर बेथलेहेम थियो ।
  • २६ः४ येशूले भन्‍नुभयो, “मैले तिमीहरूका बिचमा भर्खरै पढेको वचन ठिक अहिल्यै पूरा हुँदै छ ।” सबै मानिस छक्‍क परे । तिनीहरूले भने, “के यिनी __योसेफ__का पुत्र होइनन् र ?”

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G25010

योसेफ (पुक)

परिभाषा:

योसेफ याकूबका एघारौँ छोरा थिए र तिनी आफ्नी आमा राहेलका जेठा छोरा थिए । तिनका  दुई छोराहरू एफ्राइन र मनश्‍शेका सन्‍तानहरू इस्राएलका ुई कुलहरू भए।

  • हिब्रू नाम योशेफ  दुबै हिब्रू शब्‍द जसको अर्थ "थप्‍नु, बढाउनु" र अर्को हिब्रू शब्‍दको अर्थ "बटुल्‍नु, लैजानु" सगँ मिल्‍दोलुल्‍दो छ।

  • उत्‍पत्तिको पुस्‍तकको ठूलो भाग योसेफको कथामा समर्पित छ, कसरी उनले आफ्‍ना कठिनाईहरूमा परमेश्‍वप्रति वफादार रहनुभयो र मिश्रमा दास हुन बेचेका आफ्‍ना भाईहरूलाई क्षमा गर्नुभयो।

  • अन्‍ततः परमेश्‍वरले योसेफलाई मिश्रको दोस्रो सर्वोच्‍च स्‍थानमा राख्‍नुभयो र उनलाई मिश्र र वरपरका राष्‍ट्रहरूका मानिसहरूलाई बचाउनको लागि प्रयोग गर्नुभयो जब त्‍यहाँ खानाको भोकमारी थियो। योसेफले आफ्‍नो परिवारलाई भोकै मर्नबाट बचाउन मदत गरे र तिनीहरूलाई मिश्रमा आफूसगैँ बस्‍न ल्‍याए।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएलका बाह्र कुल, एफ्राइम, मनश्‍शे, याकूब, राहेल)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ३०:२२-२४
  • उत्पत्ति ३३:१-३
  • उत्पत्ति ३७:१-२
  • उत्पत्ति ३७:२३-२४
  • उत्पत्ति ४१:५५-५७
  • यूहन्‍ना ०४:४-५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०८-०२) योसेफका दाजुहरूले तिनलाई घृणा गर्थे, किनकि तिनका पिताले तिनलाई सबैभन्दा बढी माया गर्थे र योसेफले आफू तिनीहरूका शासक भएको सपना देखेका थिए ।
  • (०८-०४) दासदासीको व्यापार गर्नेहरूले योसेफलाई मिश्रमा लिगे ।
  • (०८-०५) झ्यालखानामा पनि योसेफ परमेश्‍वरप्रति विश्‍वासयोग्य रहे र परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो ।
  • (०८-०७) परमेश्‍वरले योसेफलाई सपनाहरूको अर्थ खोल्ने क्षमता दिनुभएको थियो । त्यसैले, फारोले योसेफलाई झ्यालखानाबाट झिकाए ।
  • (०८-०९) सात वर्षसम्म फसल राम्रो हुँदा योसेफले मानिसहरूलाई अन्‍न थुपार्न लगाए ।
  • (०९-०२) मिश्रीहरूले योसेफ र तिनले उनीहरूलाई गरेको सहयोगलाई सम्झेनन् ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3084, H3130, G25000, G25010

रब्बा

परिभाषा:

रब्बा अम्मोनीहरूका एउटा धेरै महत्त्वपूर्ण शहर थियो ।

  • प्रायः अम्मोनीहरूसँग युद्ध हुँदा रब्बा सहरलाई आक्रमण गरिन्थ्यो ।
  • दाऊद राजाले रब्बा सहरलाई उनो अन्तिम विजयको रूपमा कब्जा गरेका थिए ।
  • आजको आधुनिक अम्मन जोर्डान सहरमा नै रब्बा रहेको थियो ।

(हेर्नुहोस्ः दाऊद, अम्मोन)

बाइबलका खण्डहरूः

  • १ इतिहास २०ः१
  • २ शामूएल १२ः२६
  • व्‍यवस्‍था ३ः११
  • इजकिएल २५ः३-५
  • यर्मिया ४९ः१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7237

रहबाम

परिभाषा:

रहबाम राजा सोलोमनमा एक छोरो थिए, र उनी सोलोमनको मृत्युपछि इस्राएल राष्‍ट्रको राजा भए ।

  • जब रहबाम इस्राएलीहरूसँग अति क्रूरपूर्वक बोले, दश कुलहरूले उउको विरुद्धमा विद्रोह गरे । यसले गर्दा इस्राएल राष्‍ट्र दुई वटा राज्यमा विभाजित भयोः उत्तरमा इस्राएल राज्य, र दक्षिणमा यहूदा राज्य ।
  • रहबाम उनीप्रति बफदार रहेका दुई कुलहरूले बनेको यहूदा राज्यका राजा भइरहे ।
  • रहबाम याह्वेको आज्ञा पलन नगर्ने, तर झुटा देवताहरू पूज्‍ने एक दुष्‍ट राजा थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः सोलोमन, यहूदा, इस्राएलको राज्य)

बाइबलका खण्डहरूः

  • १ इतिहास ३ः१०
  • १ राजा ११ः४१-४३
  • १ राजा १४ः२१
  • मत्ती १ः७

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१८ः५) सोलोमनको मृत्युपछि उनका छोरो रहबाम राजा भए । रहबाम मूर्ख राजा थिए ।
  • (१८ः६) रहबामले मूर्खतापूर्वक जवाफ दिए, तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूलाई कठोर काम गर्न लगाए जस्तो लाग्‍यो, तर मैले तिमीहरूलाई उनले गर्न लगाएकाभन्दा कठोर काम गर्न लगाउनेछु, र मैले उनले भन्दा अझ बढी कठोर दण्ड दिनेछु ।”
  • (१८ः७) इस्राएलका दश कुलहरूले रहबामविरुद्ध विद्रोह गरे । दुई कुलहरू मात्र उनीप्रति बफदार रहे ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7346, G44970

रामा

परिभाषा:

रामा गिबोन नजिक बेन्यामीनमा रहेको यरूशलेमको ८ किलोमीटर उत्तरमा पर्ने एउटा इस्राएली प्राचीन सहर थियो ।

  • रामा याकूबकी पत्‍नी राहेलका सन्तानहरू बसोवास गरेको क्षेत्रमा पर्थ्यो ।
  • इस्राएलीहरूलाई बेबिलोनको कैदमा लगिँदा, तिनीहरूलाई बेबिलोनमा लैजानु भन्दाअगि रामामा ल्याइयो ।
  • रामामा शमूएलका बुबाआमाको घर थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेन्जामीन, इस्राएलका ब्राह कुल)

बाइबलका खण्डहरूः

  • १ इतिहास २७ः२७
  • १ शामूएल २ः११
  • २ इतिहास १६ः१
  • यर्मिया ३१ः१५
  • यहोशू १८ः२५-२८
  • मत्ती २:१७-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7414, G44710

रामोत

परिभाषा:

रामोत गिलाद पर्वतको एउटा महत्त्वपूर्ण शहर थियो । यसलाई रामोत गिलाद पनि भनिन्थ्यो ।

  • रामोत इस्राएलीको गाद कुलको अधिनमा थियो र यसलाई शरण-नगर नामाकरण गरिएको पनि थियो ।
  • इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापातले अरामका राजा विरुद्ध रामोतमा युद्ध छेडेका थिए । त्यस युद्धमा राजा आहाब मारिएका थिए ।
  • पछि राजा अहज्‍याह र राजा योरामले रामोत शहरलाई अरामका राजाबाट लिन कोसिस गरे, तर राजा योराम घाइते भए । दुवैजना येहूद्वारा मारिए र जसलाई इस्राएलको रामोतमा राजा अभिषेक गरियो ।
  • रामोत गिलाद त्‍यो ठाउँ थियो जहाँ इस्राएलका राजा येहू अभिषेक भएका थिए।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः आहाब, अहज्‍याह, आराम, गाद, यहोशापात, येहू, जोराम, यर्दन नदि, यहूदा, शरणस्‍थान)

बाइबलका खण्डहरूः

  • १ इतिहास ६ः७३
  • १ राजा २२ः३
  • २ इतिहास १८ः३
  • २ राजा ८ः२८-२९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7216, H7418, H7433

राहाब

परिभाषा:

राहाब इस्राएलीहरूले यरिहो आक्रमण गर्दा त्यस सहरमा बसोवास गर्ने एक महिला थिइन् । तिनी एक वेश्य थिइन् ।

  • इस्राएलीहरूले यरिहो आक्रमण गर्नुभन्दा अगि त्यहाँको भेद लिन आएका दुईजना इस्राएलीहरूलाई राहाबले लुकाएर राखेकी थिइन् । तिनले ती गुप्‍तचरहरूलाई उम्केर इस्राएलीहरूको शिविरमा फर्कन सहायता गरेकी थिइन् ।
  • इस्राएलीहरूले यरिह विनाश पार्दा राहाब याह्वे परमेश्‍वरमा विश्‍वास गर्ने भइन् अनि तिनी र तिनका परिवार बचाइएका थिए । तिनीहरू इस्राएलीहररूसँग बस्‍न आए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यरिहो, इस्राएल, इस्राएलीहरू, व्यव्यीचारिणी)

बाइबलका खण्डहरूः

  • हिब्रू ११ः२९-३१
  • याकूब २:२५
  • यहोशू २ः२१
  • यहोशू ६ः१९
  • मत्ती १:५

बाइबलका कथाहरूबाट उदाहरणहरू:

  • (१५ः१) त्यस सहरमा राहाब नाउँ गरेकी एक जना वेश्या बस्थीन्, जसले गुप्‍तचरहरूलाई लुकाइन्, र पछि तिनीहरूलाई उम्कनलाई सहायता गरिन् । तिनले यसो गरिन्, किनभने तिनले परमेश्‍वरमा विश्‍वास गरिन् । इस्राएलीहरूले यरिहो विनाश गर्दा तिनी र तिनका परिवारलाई सुरक्षा दिने प्रतिज्ञा तिनीहरूले गरे ।
  • (१५ः५) परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले त्यो सहरका सबै थोकलाई नष्‍ट पारे । त्यो सहरमा तिनीहरूले नमारेका मानिसहरू राहाब र तिनका परिवार मात्र थिए । तिनीहरू इस्राएलीहरूका हिस्सा बने ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7343, G44600

राहेल

तथ्यहरू:

राहेल याकूबकी एक पत्नी थिइन्। तिनी यूसुफ र बिन्यामीनकी आमा थिइन्। तिनीहरूका सन्तानहरू इस्राएलका बाह्र कुलसमूहहरूमध्ये तीन जना भए।

  • राहेल र तिनकी बहिनी लेआ याकूबका काका लाबानकी छोरीहरू थिए।
  • धेरै वर्षसम्म राहेलले कुनै सन्तान जन्माउन सकिनन् । त्यसपछि परमेश् वरले तिनलाई यूसुफलाई जन्म दिन सक्षम पार्नुभयो ।
  • वर्षौंपछि राहेलले बिन्यामीनलाई जन्म ाइन् । याकूबले तिनलाई बेतलेहेमनजिकै गाडे।

(अनुवाद सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बेतलेहेम, याकूब, लाबान, लेआ, [जोसेफ (ओटी)] (../names/josephot.md), इस्राएलका बाह्र कुलहरू)

बाइबलका खण्डहरूः

  • [उत्पत्ति 29:6] (rc://en/tn/help/gen/29/06)
  • [उत्पत्ति 29:19-20] (rc://en/tn/help/gen/29/19)
  • [उत्पत्ति 29:30] (rc://en/tn/help/gen/29/30)
  • [उत्पत्ति 31:6] (rc://en/tn/help/gen/31/06)
  • [उत्पत्ति 33:1-3] (rc://en/tn/help/gen/33/01)
  • [मत्ती 2:18] (rc://en/tn/help/mat/02/18)

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7354, G44780

रिबेका

परिभाषा:

रिबेका अब्राहामका भतिजाका छोरी थिइन् । तिनको बाजे अब्राहामका दाजु थिए ।

  • परमेश्‍वरले रिबेकालाई अब्राहामका छोरो इसहाकको पत्‍नी हुनलाई चुन्‍नुभयो ।
  • रिबेकाले आफ्नो देशलाई छाडिन् र इसहाकको देशमा जानलाई अब्राहामका दाससँग गइन्, इसहाकसँग विवाह गरिन्, अनि त्यहाँ उनका परिवारसँग बसिन् ।
  • लामो समयसम्म रिबेकाबाट सन्तान भएन, तर अन्तमा परमेश्‍वरले तिनलाई जुम्याहा बालकहरू अर्थात् एसाव र याकूबसँगै आशिष्‌ दिनुभयो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, इसहाक, याकूब, इस्राएल, एसाव, नाहोर, नेगेब)

बाइबलका खण्डहरूः

  • उत्पत्ति २४:१५
  • उत्पत्ति २४:४५
  • उत्पत्ति २४:५६
  • उत्पत्ति २४:६4
  • उत्पत्ति २५:२८
  • उत्पत्ति २६:८

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (६ः२) अब्राहामका नातेदारहरू बसोवास गरेका मुलुकसम्म लामो यात्रा गरेपछि, परमेश्‍वरले नोकरलाई रिबेकाकहाँ डोर्‍याउनुभयो । तिनी अब्राहामका दाजुका नातिनी थिइन् ।
  • (६ः६) परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो, “तिमीभित्र दुई जातिहरू छन् ।”
  • (७ः१) छोराहरू हुर्के, रिबेकाले याकूबलाई माया गर्थिन्, तर इसहाकले एसावलाई माया गर्थे ।
  • (७ः३) इसहाकले उनको आशिष् एसावलाई दिन चाहे । तर उनले तिनलाई आशिष् दिनअगि नै याकूबले एसाव भएको नटक गरेर रिबेका र याकूबले उनलाई छल गरे ।
  • (७ः६) तर रिबेकाले एसावको योजना सुनिन् । त्यसैले तिनले याकूबलाई तिनकी नातेदारहरू बसोवास गर्ने ठाउँतिर पठाइदिइन् ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7259

रिम्मोन

परिभाषा:

रिम्मोन एउटा मानिसको र धेरै बाइबलमा उल्लेख गरिएका स्थानहरूको नाउँ हो । यो एउटा झुटा देवताको पनि नाउँ पनि हो । यसको अर्थ “दारिम” हो ।

  • जबुलूनका भएको बेरोत सहरका बेन्यामिनी कुलका रिम्मोन नाउँ गरेका एक मानिस थिए । यस मानिसका छोरोले जोनाथनका लङ्गडा छोरो ईश्बोशेतको हत्या गरे ।
  • रिम्मोन यहूदाको दक्षिणी भागमा पर्ने एउटा सहरको नाउँ थियो । रिम्मोनको चट्टान एउटा सुरक्षित ठाउँ थियो, जहाँ बेन्यामिनीहरू मारिनबाट बच्‍नलाई गए ।
  • "रिम्‍मोनको चट्टान" एक सुरक्षित स्‍थान थियो जहाँ बेन्‍यामिनहरू युद्ध गर्दा  मारिनबाट बच्‍न गएको ठाउँ थिए।
  • रिम्मोन-फारेस यहूदियाको उजाड्स्थानको एउटा अज्ञात स्थान थियो ।
  • सिरियाली सेनापति नामानले झूटा देवता रिम्‍मोनको मन्दिरको बारेमा भने, जहाँ सिरियाका राजाले पूजा गर्थे।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः बेन्जामीन, नामान, सिरिया हूदीया, जबुलून)

बाइबलका खण्डहरूः

  • २ राजा ५ः१८
  • २ राजा ४ः५-७
  • न्‍यायकर्ताहरु २०ः४५-४६
  • न्‍यायकर्ताहरु २१ः१३-१५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7417

रूथ

तथ्यहरू:

रूथ मोआबी स्त्री थिइन् जो न्यायकर्त्ताहरूले इस्राएलको नेतृत्व गरिरहेको समयमा बाँचेकी थिइन्। मोआबमा तिनले महलोन नाउँ गरेका एक इस्राएली पुरुषसित विवाह गरिन्। इस्राएलमा अनिकालको कारण तिनको परिवार त्यहाँ बसाइँ सरेको थियो। महलोनको मृत्यु भयो अनि त्यसको केही समयपछि तिनले मोआबलाई आफ्नी सासू नाओमीसँग इस्राएलको बेतलेहेम शहरफर्कन छोडिन्।

  • रूथ नाओमीप्रति वफादार थिइन् र तिनलाई खानाको प्रबन्ध गर्न कडा मिहिनेत गरिन् ।
  • तिनले इस्राएलका एक मात्र साँचो परमेश् वरको सेवा गर्ने प्रतिबद्धता पनि जनाइन् ।
  • रूथले बोअज नाउँ गरेका इस्राएली व्यक् तिसित विवाह गरिन् र ओबेद नाउँको छोरो जन्माइन् । ओबेद राजा दाऊदका हजुरबुबा थिए र राजा दाऊद येशूका पुर्खा थिए।

(अनुवाद सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बेतलेहेम, [बोअज] (../names/boaz.md), [डेविड] (../names/david.md), इन्‍साफ गर्नेछु)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7327, G45030

रूबेन

परिभाषा:

रूबेन याकूबका जेठो छोरो थिए । उनका आमा लेआ थिइन् ।

  • उनका भाइहरूले तिनीहरूका सानो भाइ योसेफलाई मार्ने योजना बनाउँदै गर्दा, रूबेनले योसेफलाई मार्नुभन्दा बरु खाल्डोमा हालौं भनेर उनको ज्यान बचाएका थिए ।
  • पछि रूबेन योसेफलाई उद्धार गर्न आए, तर अरु भाइहरूले योसेफलाई त्यहाँबाट गइरहेका व्यापारीहरूलाई दासको रूपमा बेचि सकेका थिए ।
  • रूबेनका सन्तानहरू इस्राएलको बाह्र कुलहरूमध्ये एउटा कुल भए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएलका बाह्र कुलहरू, याकूब, लेआ)

बाइबलका खण्डहरूः

  • उत्पत्ति २९:३२
  • उत्पत्ति ३५:२१-२२
  • उत्पत्ति ४२:२२
  • उत्पत्ति ४२:३७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7205, H7206, G45020

रोम, रोमी

परिभाषा:

तत्कालीन, रोम इटालीको राजधानी सहर हो ।

  • येशू र प्रेरितहरूको समयमा रोम रोमी साम्राज्यको केन्द्र थियो ।
  • रोमी साम्राज्यले इस्राएल लगायत भूमध्य सागरको वरिपरी रहेका सबै क्षेत्रहरूमाथि शासन गरेको थियो ।
  • “रोमी” शब्दले रोमी नागरिकहरू र रोमी अधिकारीहरू लगायत रोमको सरकारले नियन्‍त्रण गरेका क्षेत्रहरूसँग सम्बन्धित कुनै थोकलाई जनाउछ ।
  • प्रेरित पावल रोमको सहरमा कैदीको रूपमा लागिएका थिए, किनभने उनले येशूको बारेमा सुसमाचार प्रचार गरेका थिए ।

(हेर्नुहोस्ः पिलातस, पावल, शाऊल, शुभ खबर, सुसमाचार)

बाइबलका खण्डहरूः

  • २ तिमोथी १ः१५-१८
  • प्रेरित २२:२५
  • प्रेरित २८:१४
  • यूहन्‍ना ११ः४८

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२३ः४) मरियमको बालक जन्माउने बेला नजिक हुँदा, हरेक तिनीहरूका पुर्खाहरूका नगरमा जनगणनाको निम्ति जानलाई रोमी सरकारले आदेश जारी गर्‍यो ।
  • (३२ः६) तब येशूले भूतलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो ? उनले जवाफ दिए, “मेरो नाउँ फौज हो, किनभने हामी धेरै छौं ।” (रोमी सेनामा “लिजन” भनेको हजारौं सिपाहीहरूको एउटा समूह हुन्थ्यो । )
  • (३९ः९) भोलिपल्ट बिहानै, यहूदी अगुवाहरूले येशूलाई मार्न लगाउने आशा गर्दै रोमी राज्यपाल पिलातसकहाँ लयाए ।
  • (३९ः१२) रोमी सिपाहीहरूले येशूलाई कोर्रा लगाए, रजसी पोशाक पहिराइदिए, र काँडाको मुकुट लगाइदिए । तब तिनीहरूले उहाँलाई यसो भन्दै खीसी गरे, “हेर, यहूदीहरूका राजा “

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G45140, G45160

लबान

परिभाषा:

पुरानो नियममा, लबान याकूबका ससुरा थिए । याकूबले लबानकी छोरी राहेललाई विवाह गर्न चाहेका थिए ।

  • याकूब लबानको परिवारसँग पदान आराममा बस्थे । अनि लबानको छोरीलाई विवाह गर्ने शर्तमा तिनका भेडाबाख्राहरूको रेखदेख गर्थे ।

  • लबानको छोरी राहेललाई आफ्‍नी पत्‍नी बनाउन याकूबको प्राञमिकता थियो।

  • लबानले उनको आफ्नो जेठी छोरी लेहालाई राहेलको सट्टामा विवाह गरिदिए र तिनलाई छक्‍काए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः याकूब, नाहोर, लेआ, राहेल)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति २४ः३०
  • उत्‍पत्ति २४ः५०
  • उत्‍पत्ति २७ः४३
  • उत्‍पत्ति २८ः१-२
  • उत्‍पत्ति २९ः५
  • उत्‍पत्ति २९ः१३
  • उत्‍पत्ति ३०ः२६
  • उत्‍पत्ति ४६ः१६-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3837

लाजरस

परिभाषा:

लाजरस र तिनका दुईवटा दिदीहरू मरियम र मार्था, येशूका विशेष मित्रहरू थिए। येशू प्रायः तिनीहरूसगँ बेथानीमा तिनीहरूको घरमा बस्‍नुभयो।

  • लाजरस धेरै दिनसम्‍म चिहानमा राखिएपछि येशूले उनलाई मरेकाबाट जीवित पार्नुभयो भन्‍ने तथ्‍यका लागि उनी प्रसिद्ध छन्।
  • यहूदी अगुवाहरू येशूसगँ रिसाए र उहाँले यो आश्‍चार्यकाम गर्नुभयो भनेर ईर्ष्‍या गरे, र तिनीहरूले येशू र लाजरस दुवैलाई मार्न खोज्‍ने प्रयास गरे।
  • येशूले गरिब भिखारी र धनी मानिसको बारेमा एउटा दृष्‍टान्‍त पनि बताउनुभयो जसमा भिखारी "लाजरस" नामक अर्कै मानिस थिए।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः माग्‍ने, यहूदि अगुवाहरू, मार्था, मरियम, उठ्नु)

बाइबलका सन्दर्भहरूः

  • यूहन्‍ना ११ः११
  • यूहन्‍ना १२ः१-३
  • लूका १६ः२१

बाइबलका घटनाहरूबाट उदाहरणहरूः

  • ३७ः१ एक दिन येशूले लाजरस बिरामी छन् भन्‍ने ससन्देश पाउनुभयो । लजारस र उनका दुई दिदीहरू, मरियम र मार्था, येशूका नजिकका साथीहरू थिए ।
  • ३७ः२ येशूले भन्‍नु भयो,” हाम्रा प्रिय लाजरस निदाएका छन्, र मैले उसलाई उठाउनेछु ।
  • ३७ः३ येशूका चेलाहरूले उत्तर दिए,” प्रभु, यदि लाजरस निदाईरहेका हुन् भने उनी ठिक हुनेछन् ।” येशूले तिनीहरूलाई स्पष्‍टसंग भन्‍नु भयो,” लाजरस मरिसक्यो ।”
  • ३७ः४ जब येशू लाजरस बस्‍ने सहरमा आइपुग्‍नुभयो, लाजरस मरेको चार दिन भइसकेको थियो ।
  • ३७ः६ येशूले तिनीहरूलाई सोध्‍नुभयो,” तिमीहरूले लाजरसलाई कहाँ राखेका छौ ?”
  • ३७ः९ त्यसपछि येशूले ठुलो सोरमा भन्‍नुभयो,” लाजरस बाहिर आऊ !”
  • ३७ः१० र लाजरस बाहिर आए ! उनी चिहानका लुगाहरू सहित आए ।
  • ३७ः११ तर यहूदीहरूका धर्म गुरूहरूले इर्ष्या गरे, र येशू र लाजरसलाई कसरी मर्ने भनेर योजना बनाउन तिनीहरू भेला भए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G29760

लुस्‍त्रा

परिभाषा:

लुस्‍त्रा भनेको एसिया माइनरमा भएको एउटा प्राचीन सहर थियो जहाँ पावल आफ्नो मिसनेरी यात्रामा गएका थिए । यो लाइकोनिया क्षेत्रमा पर्दथ्यो र आधुनिक समयको टर्की भन्‍ने देशमा यो पर्दछ ।

  • आइकोनियमका यहूदीहरूले धम्की दिँदा पावल र तिनका साथीहरू डर्बि र लुस्‍त्रमा भागे।

  • लुस्‍त्राको यात्रामा, पावलले तिमोथीलाई भेटेका थिए जो उनको सङ्गी प्रचारक तथा मण्डली स्थापक भए ।

  • पावलले हिंड्न नसक्‍ने व्‍यक्‍तिलाई निको पारिसकेपछि, लुस्‍त्राका मानिसहरूले पावल र बारनाबासलाई ईश्‍वरहरूका रूपमा मान्‍न थालेका थिए, तर प्रेरितहरूले तिनीहरूलाई हप्काए र रोके ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः सुसमाचार प्रचार गर्ने, आइकोनियम, तोमोथी)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ३ः१०-१३

  • प्रेरित १४ः६

  • प्रेरित १४ः८

  • प्रेरित १४ः२१-२२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G30820

लूका

परिभाषा:

लूका नयाँ नियमको दुईवटा पुस्तकहरूको लेखक थिएः लूकाको पुस्तक तथा प्रेरितको पुस्तक ।

  • कलस्सीको पत्रमा, पावलले लूका चिकित्सक भएको बताएका छन् । पावलले लूकाबारे अन्य दुईवटा पत्रहरूमा पनि उल्लेख गरेका छन् ।

  • यो मानिन्‍छ कि लूका एक ग्रीक र एक अन्‍यजाति थिए जसले ख्रिष्‍टलाई चिने। उनको सुसमाचारमा, लूकाले यहूदी र अन्‍यजाति दुवै मानिसहरूलाई येशूको प्रेमलाई हाइलाइट गर्ने धेरै विवरणहरू समावेश गर्दछ।

  • पावलको दुईवटा मिसनरी यात्रामा लूका सँगै गएका थिए र उनलाई सहायता गरेका थिए ।

  • कतिपय प्रारम्भिक मण्डलीका साहित्यहरूमा, लूका सिरियाको एन्टिओखिया सहरमा जन्मिएको बताइएको छ

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एन‍टिओक, पावल, सिरिया)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ४ः११-१३
  • कलस्‍सी ४ः१२-१४
  • फिलेमोन १ः२४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G30650

लेबानन

परिभाषा:

लेबानान भनेको उत्तरी इस्राएलको भूमध्यसागरको तटीय क्षेत्रमा रहेको सुन्दर पवर्तहरूले भरिएको क्षेत्र हो । बाइबलीय समयमा, यो क्षेत्रचाहिँ रुखपातले लटरम्म ढाकिएको थियो । परमेश्‍वरको भवनलाई निर्माण गर्नको लागि राजा सुलेमानले देवदारुका काठपातहरूलाई ल्याउनको निम्ति आफ्ना मानिसहरूलाई लेबाननतिर पठाएका थिए । प्राचीन लेबाननमा फोनिकेहरूले बसोबास गर्दथे र उनीहरू जहाजहरू बनाउनमा सिपालु थिए र ती जहाजहरूद्वारा व्यापारलाई प्रवर्दन गर्थे । टायर तथा सिदोनका सहरहरू लेबाननमा नै थिए । अनि यिनै सहरहरूमा पहिलोपटक बहुमूल्य गुलाबी रंगलाई प्रयोग गरिएको थियो ।

  • King Solomon sent workers to Lebanon to harvest cedar trees for use in building God’s temple.
  • Ancient Lebanon was inhabited by Phoenician people, who were skilled builders of ships that were used for a successful trading industry.
  • The cities of Tyre and Sidon were located in Lebanon. It was in these cities that a valuable purple dye was first used.

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः देवदार, साइप्रस, फिर, फोनिसिया)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ४ः३२-३४
  • २ इतिहास २ः८-१०
  • व्‍यवस्‍था १ः७-८
  • भजनसंग्रह २९ः३-५
  • जकरीया १०ः८-१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3844

लेबियाथान

परिभाषा:

“लेबियाथान” भन्‍ने शब्दले एकदमै ठुलो दुर्लभ पशुहरूलाई बुझाउँछ र पुरानो नियमको प्रारम्भिक लेखहरूमा यस्ता पशुहरूबारे उल्लेख गरिएको थियो ।

  • लेबियाथानलाई एउटा ठुलो, बलियो तथा डरलाग्दो पशु भनी वर्णन गरिएको छ किनकि त्यसले आफ्नो वरिपरि भएको पानीलाई समेत “उमाल्न सक्दथ्यो” । तसर्थ, डाइनोसरको झैँ यसलाई पनि वर्णन गरिएको छ ।

  • यशैया अगमवक्ताले लेबियाथानलाई “उड्ने सर्प” को रूपमा सङ्केत गरेको छ ।

  • अय्युबले लेबियाथानबारे राम्रो जानकारी भए झैँ गरी लेखेका छन् र यसरी ती पशुहरू उनका पालामा जीवित थिए भन्‍ने अनुमान गर्न सकिन्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यशैया, अय्‍यूब, सर्प)

बाइबलका सन्दर्भहरूः

  • अय्‍यूब ३ः८
  • भजनसंग्रह १०४ः२५-२६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3882

लेमेख

तथ्यहरूः

उत्पत्तिको पुस्तकमा दुई जना व्‍यक्‍तिहरूका नाउँ लेमेख थियो ।

  • उल्लेख गरिएको पहिलो लेमेख कैयिनको सन्तान थिए । आफूलाई चोट पुर्‍याएकोमा एक जना मान्छेलाई मारेको बारे उसले आफ्नो दुई पत्‍नीहरूसँग गर्व गरे ।
  • दोस्रो लमेख शेतको सन्तान थियो । उनी नोआ पिता पनि थिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: कयिन, नोआ, शेत)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3929, G29840

लेवी, लेवीहरू

तथ्यहरूः

लेवी याकूबका साइँलो छोरो थिए । तिनी लेआका साइँलो छोरो थिए । तिनका सन्‍तानहरू इस्राएका कुलहरूमध्‍ये एक भए ।

  • तिनका सन्तानहरूलाई "लेवी कुल" वा "लेवीहरू" भनेर चिनिन्‍थ्‍यो ।
  • लेवी नाम हिब्रू शब्‍द "सगँ जोडिनु"सँग मिल्‍दोजुल्‍दो छ ।
  • अन्‍य कुलहरूजस्‍तो, लेवी कुलले कनानमा एकिकृत भूमिको उत्तराधिकार पाएनन् । बरु, तिनीहरूले अन्‍य जातिहरूका क्षेत्रहरूमा छरिएका विभिन्‍न सहरहरू पाए ।
  • लेवीको कुलले पवित्र वासस्थान (र पछि, मन्‍दिर) को हेरचाह गर्न र इस्राएली मानिसहरूको लागि बलिदान चढाउने र प्रार्थनाहरू गर्ने लगायतका धार्मिक विधिहरू संचालन गर्न जिम्‍मेवार थियो ।
  • पुरानो करारमा, "लेवी" शब्‍दले सामान्‍यतया लेवीको वंशलाई जनाउँछ वा विशेष गरी मन्‍दिरमा पुजारीहरूलाई मदत गर्ने व्‍यक्‍तिलाई जनाउँछ भन्‍ने सदैव स्पष्ट छैन ।
  • परानो करारको व्‍यवस्‍थाले ठहराएअनुसार सबै पुजारीहरू लेवी कुलबाट छान्‍नुपर्थ्यो । लेवी पुजारीहरूलाई मन्‍दिरमा परमेश्‍वरको सेवा गर्ने विशेष कामको लागि अलग र अर्पण गरिन्थ्यो ।
  • "लेवी" नाम गरेको अरू दुई जना मानिस येशूका पुर्खाहरू थिए । तिनीहरूका नामहरू लूकाको सुसमाचारको पुस्‍तकको वंशावलीमा उल्लेख गरिएका छन् ।
  • येशूका चेला मत्तीलाई पनि लेवी पनि भनिन्‍थ्‍यो ।

(यो पनि हेर्नुहोस्: इस्राएलका बाह्र कुलहरू, पुजारी, बलि, मन्दिर, याकूब, लेआ, मत्ती)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3878, H3879, H3881, G30170, G30180, G30190, G30200

लेहा

तथ्यहरू:

लेआ याकूबकी एक पत्नी थिइन्। तिनी राहेलकी जेठी बहिनी थिइन् र याकूबका छ जना छोराहरू रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार र जबूलूनकी आमा थिइन्। तिनी याकूबकी छोरी दीनाकी आमा पनि थिइन्।

  • उत्पत्तिको पुस्तकले लेआका पिता लाबानले राहेलसित विवाह गर्नुअघि नै याकूबलाई कसरी विवाह गर्न बहकाए भन्ने कथा बताउँछ।
  • पति याकूबले राहेललाई तिनलाई भन्दा बढी प्रेम गरे तापनि परमेश् वरले लेआलाई धेरै सन्तान दिएर प्रशस्त आशिष् दिनुभयो ।
  • लेआ राजा दाऊद र येशू दुवैकी पुख्र्यौली आमा हुन् ।

(अनुवाद सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(See also: Jacob, रूबेन, शिमियोन, लेवी, Judah, इस्‍साखार, जबूलून, लाबान, राहेल, इस्राएलका बाह्र कुल)

बाइबलका सन्दर्भहरूः

  • [उत्पत्ति 29:17] (rc://en/tn/help/gen/29/17)
  • [उत्पत्ति 29:28] (rc://en/tn/help/gen/29/28)
  • [उत्पत्ति 31:6] (rc://en/tn/help/gen/31/06)
  • रूथ 4:11

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3812

लोत

तथ्यहरूः

लोत अब्राहामको भतिजो थिए ।

  • तिनी अब्राहामका भाई हारानका छोरा थिए ।
  • लोत अब्राहामसगैँ कनान देशमा गए र सदोम सहरमा बसे ।
  • लोत मोआबी र अम्‍मोनीहरूमा पुर्खा थिए ।
  • शत्रु राजाहरूले सदोममाथि आक्रमण गर्दा र लोतलाई कब्‍जा गर्दा, अब्राहाम केही सय मानिसहरू लिएर लोतलाई बचाउन र उनका सम्‍पत्ति फिर्ता लिन आए ।
  • सदोम सहरमा बस्‍ने मानिसहरू धेरै दुष्‍ट थिए, त्‍यसैले परमेश्‍वरले त्‍यो सहरलाई नष्‍ट गर्नुभयो । तर उहाँले पहिले लोत र उसको परिवारलाई सहर छोड्न भन्‍नुभयो ताकि तिनीहरू भाग्‍न सकून् ।

(अनुवादका निम्ति सुझावदहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: अब्राहाम, अम्मोन, हारान, मोआब, सदोम)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H3876, G30910

वश्ती

परिभाषा:

पुरानो करारको पुस्तक एस्तरमा वश्ती फारसका राजा अहासूरसकी पत्‍नी थिइन् ।

  • राजा अहासूरसले राखेको बेलुकी रात्री भोजमा आई तिनका मातेका पाहुनाहरूलाई उनको सौन्दर्य देखाउन इन्कार गरेकीले वश्ती रानीबाट इन्कार गरिएकी थिइन् ।
  • परिणामस्वरूप नयाँ रानीको खोजी गरियो, र अन्त्यमा एस्तर राजाकी नयाँ रानी बनिन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः अहासूरस, एस्तर, फारस, फारसीहरू)

बाइबलका सन्‍दर्भहरू:

  • एस्तर १ः९-११

  • एस्तर २ः१-२

  • एस्तर २ः१७-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2060

शकेम

परिभाषा:

शकेम यरूशलेमबाट करिब ४० माईल उत्तरमा रहेको एउटा सहर हो । शकेम पुरानो नियमका एक जना मनिसका नाउँ पनि हो ।

  • शकेम याकूब उनका दाजु एसावसँघ भेटेपछि बसोवास गरेका ठाउँ हो ।
  • याकूबले हामोरका छोराहरूबाट शकेममा जमिन किने, जुनपछि उनका परिवारको समाधीस्थल बन्यो र उनका छोराहरूले याकूबलाई त्यहीँ गाडे ।
  • हामोरको छोरो शकेमले याकूबकी छोरी दिनालाई बलात्‍कार गरे, फलस्‍वरूप याकूबका छोराहरूले शकेम सहरका सबै मानिसहरूलाई मारे।

(अनुवादका निम्ति सुझावहरूः हामोर)

(हेर्नुहोस्ः कनान, एसाव, हामोर,हिब्‍बी, याकूब)

बाइबलका खण्डहरूः

  • प्रेरित ७:१४-१६
  • उत्पत्ति १२:६-७
  • उत्पत्ति ३३:१९
  • उत्पत्ति ३७:१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7928, H7930

शमूएल

परिभाषा:

शमूएल एउटा अगमवक्‍ता र इस्राएलका अन्तिम न्यायकर्ता थिए; तिनले शाऊल र दाऊद दुवैलाई इस्राएलका राजा अभिषेक गरे ।

  • शमूएल रामा सहरका एल्काना र हन्‍नाहको कोखमा जन्मेका थिए ।
  • हन्‍नाह बाँझी थिइन्, तर परमेश्‍वरले तिनलाई एउटा बालक दिनुभएकोहोस् भनी तिनले गरेकी प्रार्थनाको जवाफस्वारूप शमूएल जन्मेका थिए ।
  • हन्‍नाहले प्रार्थना गर्दा तिनले तिनकी छोरालाई परमप्रभुलाई अर्पण गर्नेछिन् भनी प्रतिज्ञा गरेकी थिइन् ।
  • शमूएल सानो हुँदा नै, हन्‍नाहले तिनलाई मन्दिरका पूजाहारी एलीलाई सहायता गर्नलाई उनले प्रार्थनामा प्रतिज्ञा गरेझैँ तिनलाई पठाईन् ।
  • परमेश्‍वरले शामूएललाई महान् अगनवक्‍ताको रूपमा उठाउनुभयो।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हन्‍नाह, न्यायकर्ता, न्याय, अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादीनी)

बाइबलका खण्डहरूः

  • १ शामूएल १ः१९

  • १ शामूएल ९ः२४

  • १ शामूएल १२ः१७

  • प्रेरित ३ः२४

  • प्रेरित १३:२०

  • हिब्रू ११ः३२-३४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8050, G45450

शाऊल (पु क)

परिभाषा:

शाऊल परमेश्‍वरले इएस्राएलका पहिलो राजा हुनलाई चुन्‍नुभएको इस्राएली थिए ।

  • शाऊल अग्‍ला, सुन्दर र एउटा शक्‍तिशाली सिपाही थिए । तिनी इस्राएलीहरूले तिनीहरूका राजा हुनलाई चाहेका किसिमका व्यक्‍ति थिए ।
  • तिनले पहिला परमेश्‍वरको सेवा गरे तापनि, तिनी पछि घमण्डी भए र परमेश्‍वरप्रति अनाज्ञाकारी भए । परिणामस्वरूप, परमेश्‍वरले शाऊलको ठाउँ लिनलाई दऊदलाई राजा नियुक्‍त गर्नुभयो ।
  • सयौँ वर्षपछि, अर्का शाऊल नाउँ गरेका अर्का व्यक्‍ति थिए, तर तिनका नाम येशूलाई चिनेपछि पावलमा बद्‌लियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः राजा)

बाइबल खण्डहरूः

  • १ इतिहास १०ः१-३
  • २ शमूएल ९:१
  • २ शमूएल १ः१-२
  • प्रेरित १३:२२
  • भजनसंग्रह १८ः१

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१७ः१) शाऊल इस्राएलका राजा थिए । तिनी मानिसहरूले चाहेजस्तै अग्‍लो र सुन्दर थिए । शाऊल तिनले इस्राएलमाथि शासन गरेका केही वर्षसम्म एउटा असल राजा थिए । तर त्यसपछि तिनी परमेश्‍वरको आज्ञा पालना नगर्ने एउटा दुष्‍ट मानिस बने, त्यसैले परमेश्‍वरले कुनै दिन तिनको बद्लामा राजा हुने अर्को व्यक्‍तिलाई चुन्‍नुभयो ।
  • (१७ः४) शाऊल दाउदका निम्ति मानिसहरुका प्रेमप्रति डाही बने । शाऊलले तिनलाई धैरै पटक मार्ने कोसिस गरे, त्यसैले दाऊद शाऊलबाट लुके ।
  • (१७ः५) अन्त्यमा, शाऊल युद्धमा मरे, र दाऊद राजा भए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7586, G45490

शारोन, शारोनको मैदान

परिभाषा:

शारोन कार्मेल पहाडको दक्षिणपट्टि रहेको भू-मध्य सागरको तटमा अवस्थित उर्वरा भूमि वा मैदानको नाउँ हो । यसलाई “शारोनको मैदान” को रूपमा पनि चिनिन्छ ।

  • बाइबलमा उल्लेख गरिएका यप्पा, लुड्‌डा र कैसरिया लगायतमा सहरहरू शारोनको मैदानमा नै अवस्थित थिए ।
  • यसलाई “शारोन भनिने मैदान” वा “शारोन मैदान” भनी अनुवाद गर्न सकिन्छ ।
  • शारोन क्षेत्रमा बस्‍ने मानिसहरूलाई “शारोन वासी” भनिन्थ्यो ।

(अनुवादका निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कैसर, कार्मेल, योप्‍पा, समुन्‍द्र)

बाइबलका खण्डहरूः

  • १ इतिहास ५ः१६-१७
  • प्रेरित ९:३५
  • यशैया ३३ः९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8289, H8290

शिनार

परिभाषा:

शिनारको अर्थ “दुई नदीका देश” भन्‍ने हुन्छ, र यो मेसापोटामियाको दक्षिणी मैदान वा प्रदेशको नाउँ थियो ।

  • शिनारलाई पछि कल्दिया र त्यसपछि बेबिलोन भनियो ।
  • शिनारको सबैभन्दा प्रसिद्ध सहर बाबेल सहर नै थियो, जहाँ त्यहाँ बस्‍ने प्रचीन मानिसहरूले अग्‍लो धरहरा बनाएका थिए ।
  • अब्राहाम यस क्षेत्रको ऊर सहरबाट आएका थिए, जसलाई त्यस बेलासम्ममा कल्दिया भनि सकिएको थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बाबेल, बेबिलोन, बेबिलोनी, कल्दिया, कल्दी, मेसापोटामिया, अराम नहरियम, ऊर)

बाइबलका खण्डहरूः

  • उत्पत्ति १०:८-१०

  • उत्पत्ति १४:१

  • उत्पत्ति १४ः७-९

  • यशैया ११ः१०-११

  • जकरीया ५ः११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8152

शिमशोन

परिभाषा:

शिमशोन इस्राएलका न्यायकर्ता वा उद्धारक थिए । तिनी दान कूलका थिए ।

  • परमेश्‍वरले शिमशोनलाई अलौकिक मानविय सार्थ्य दिनुभयो, जसलाई तिनले इस्राएलका शत्रु पलिश्तीहरूविरुद्ध लड्नलाई प्रयोग गरे ।
  • शिमशोन कहिल्यै कपाल नकाट्ने र दाखमद्य वा मत्ताएको मद्य नपिउने भाकलमा थिए ।
  • तिनले तिनकी विश्‍वासघाती पत्‍नी दलीलाको याचनाप्रति आत्मासमर्पण गरे, र उनले तिनको कपाल काटीन् भने तिनको सामर्थ्य गुम्थ्यो भनी उनलाई तिनको सामर्थ्यको रहस्य बताए ।
  • शिमशोन कैदमाहुँदा परमेश्‍वरले तिनलाई सामर्थ्य पुनः प्राप्‍त गर्नलाई सक्षम तुल्याउनुभयो, र तिनलाई कयौं पलिश्तिहरूसहित झुटो देवता दागोनको मन्दिरलाई नष्‍ट पार्ने अवसर दिनुभयो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः उद्धारकर्ता, पलिश्‍ती, इस्राएलका बाह्र कुल)

बाइबलका खण्डहरूः

  • हिब्रू ११ः३२-३४

  • न्‍यायकर्ता १३ः२५

  • न्‍यायकर्ता १६ः२

  • न्‍यायकर्ता १६ः३१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8123, G45460

शिमी

परिभाषा:

पुरानो करारमा शिमी नाउँका धेरै मानिसहरू छन् ।

  • दाऊद यरूशलेम र उनका छोरा अब्सालोमबाट भाग्‍दै गर्दा उनलाई सराप्‍ने र ढुङ्गाले हान्‍ने गेराका छोरा शिमी बन्यामिन कुलका थिए ।
  • पुरानो करारमा लेवी पूजाहारीका रूपमा सेवा गर्ने शिमी नाउँका धेरै मानिसहरू थिए ।

(हेर्नुहोस्ः अब्सालोम, बेन्यामिन, लेवीवंशी, लेवी)

बाइबलका खण्डहरूः

  • १ इतिहास ६ः१७
  • १ राजा १ः८
  • २ शामूएल १६ः१३
  • जकरीया १२ः१२-१४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8096, H8097

शीलो

परिभाषा:

शीलो यहोशूको नेतृत्वमा कब्जा गरिएको पर्खालले घेरिएको एउटा कनानी सहर थियो ।

  • शिलो सहर यर्दन नदीको पश्‍चिम र बेथेल सहरको उत्तर-पुर्वीमा अवस्थित थियो ।
  • यहोशूले नेतृत्व गरेका समयमा शीलो सहर इस्राएलीहरू भेटघाट गर्ने ठाउँ थियो ।
  • बह्र कुलहरू हरेकलाई कुन-कुन कानानी भूमि दिइएको थियो भनी सुन्‍नलाई इस्राएलीहरू शीलोमा भेला भए ।
  • यरूशलेममा कुनै पनि मन्दिर बनाउनअगि शीलो इस्रएलीहरूले परमेश्‍वरलाई बलिदान चढाउने ठाउँ थियो ।
  • शमूएलकी आमा हन्‍नाहले उनलाई बालकको रूपमा परमप्रभुलाई अर्पण गर्न शीलो लगिन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेथेल, समर्पण, हन्‍ना यर्दन नदि, पूजहारी, बलिदान, मन्‍दिर, शमूएल, यरूशलेम)

बाइबलका खण्डहरूः

  • १ राजा २ः२६-२७
  • १ शामूएल १ः९-१०
  • यहोशू १८ः१-२
  • न्‍यायकर्ता १८ः३०-३१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7886, H7887

शेत

तथ्यहरूः

उत्पत्तिको पुस्तकमा शेत आदम र हव्वाका साइँलो छोरो थिए ।

  • शेत उनका दाजुले हत्या गरेका हाबिलको सट्टामा दिइएको थिए भनी हव्वाले भनिन् ।
  • नोआ शेतका सन्तान थिए त्यसैले जलप्रलयपछि जिउने सबै जना शेतकै सन्तानहरू हुन् ।
  • शेत र तिनका परिवार नै “परमप्रभुको नाउँ पुकार्ने” पहिलो मानिसहरू थिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यसलाई पनि हेर्नुहोस्: हाबिल, कयिन, पुकार्नु, सन्तान, पुर्खा, जलप्रलय, नोआ)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H8352, G45890

शेबा

परिभाषा:

प्राचीन समयमा शेबा एक प्राचित सभ्‍यता वा भूमिको क्षेत्र थियो जुन दक्षिण अरबमा अवस्थितथियो ।

  • शेबाको क्षेत्र वा देश सायद अहिलेको यमन र इथियोपियाका देशहरू नजिकै अवस्‍थित हुनपर्छ।

  • सम्भवतः यसका बासिन्दाहरू हामका सन्तानहरू थिए ।

  • सोलोमनको धन र बुद्धिबारे सुनेर शेबाकी रानी उनलाई भेट्न आए ।

  • पुरानि करारमा “शेबा” नाउँ गरेका धेरै मानिसहरू थिए । यो सम्‍भव छ कि शेबाको क्षेत्रको नाम यी मानसिहरू मध्‍ये एकबाट आएको हो।

  • पुरानो करारमा एक पटक बेर्शेबा सहरको नामलाई  छोटो परेर शेबा भनिन्‍थ्‍यो।

(अनुवादका निम्ति सुझावहरूः नाउँहरू अनुवाद गर्नु)

(हेर्नुहोस्ः अरब, अरबिया, इथियोपिया, सोलोमन)

बाइबलका खण्डहरूः

  • १ इतिहास १ः८-१०
  • १ राजा १०ः१-२
  • यशैया ६०ः६-७
  • भजनसंग्रह ७२ः१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5434, H7614

शेम

तथ्यहरूः

शेम उत्पतिको पुस्तकमा वर्णन गरिएको विश्‍वव्यापी बाढीको समयमा नोआसँगै जहाजभित्र जाने उनका तीन छोराहरूमध्ये एक थिए ।

  • शेम अब्राहाम र तिनका सन्तानका पुर्खा थिए ।
  • शेमका सन्‍तानहरूलाई "शेमी" भनेर चिनिन्‍थ्‍यो; तिनीहरू हिब्रू र अरबी जस्‍ता "सेमिटिक" भाषाहरू बोल्‍दथे ।
  • शेम लगभग ६०० वर्षतिर भएको बाइबलले देखाउँछ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: अब्राहाम, अरब, जहाज, जलप्रलय, नोआ)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H8035, G45900

सदोम

परिभाषा:

सदोम कनानको दक्षिणी भागमा रहेको एउटा सहर थियो, जहाँ लोत तिनका पत्‍नी र छोराछोरीहरूसँग बस्थे ।

  • सदोम त्यस वरिपरिका भूमिहरू पानी धेरै भएका र मलिलो ठाउँहरू थिए, त्यसैले लोत कनानमा बस्दा उनले बसोबास गर्न त्यो ठाउँ रोजे ।
  • परमेश्‍वरले सदोम र नजिकैको गमोरा सहरमा बस्‍ने मानिसहरूका दुष्‍ट कामहरूका लागि दण्ड दिँदा यसलाई र यस वरिपरिका सहरहरूलाई पूर्ण रूपमा नष्‍ट पार्नुभएकोले यसको ठिक स्थानचाहिँ अज्ञात रहेको छ ।
  • सदोम र गमोराका मानिसहरूले गरेका सबैभन्दा ठुलो पाप समलिङ्गीयता नै थियो ।

(यो पनि हेर्नुहोस्: कनान, गमोरा)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H5467, G46700

सनहेरीब

परिभाषा:

सनहेरीब निनवेलाई धनी र महत्त्वपूर्ण सहर बनाउने अश्शूरका एक जना शक्‍शाली राजा थिए ।

  • सनहेरीब उनले बेबिलोन र यहूदा राज्यविरुद्ध गरेका युद्धहरूद्वारा चिनिन्छन् ।
  • उनी धेरै अहङ्कारी राजा थिए, र उनले याह्वेको पनि उपहास गरे ।
  • सनहेरीबले राजा हिजकिया र अगमवक्‍ता यशैयाको समयमा यरूशलेम आक्रमण गरे ।
  • याह्वेले सनहेरीबका सेनाहरूको विनाश गराउनुभयो ।
  • पुरानो करारका राजा र इतिहासका पुस्तकहरूले उनका शासनकालका केही घट्नाहरूका अभिलेख राखेका छन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अश्शूर, अश्‍शूरी, अश्‍शूरी साम्राज्य, बेबिलोन, बेबिलोनी, यहूदा, यहूदा राज्य, निनवे, निनवेवासी)

बाइबलाका खण्डहरूः

  • २ इतिहास ३२ः१
  • २ इतिहास ३२ः१६-१७
  • २ राजा १८ः१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5576, H5623

सपन्याह

परिभाषा:

सपन्याह, कुशिका छोरा  एक अगमवक्‍ता जो यरूशलेममा बस्थे र तिनले यहूदाका राजा योशियाहका शासनकालमा भविष्यवाणी गरे । तिनी यर्मियाको समय अवधिमा बाँचे ।

  • सपन्याहले झुटा देवताहरूको पूजा गरेकामा यहुदाका मानिसहरूलाई हप्काए । उनका अगमवाणी पुरानो करारको सपन्याको पुस्तकमा छ।
  • सपन्याह नाम गारेका अगमवक्‍तासहित पुरानो नियममा धेरै मानिसहरूका नाम थियो । प्राय जसो पजारी हुने गर्थे ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस् )

(हेर्नुहोस्ः यर्मिया, योशियाह, पुजारी)

बाइबलका सन्‍दर्भहरू:

  • २ राजा २५ः१८
  • यर्मिया ५२ः २४-२५
  • जकरिया ६ः९-११
  • सपन्याह १ः३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6846

समुद्र, विशाल समुद्र, पश्‍चिमी समुद्र, भूमध्यसागर

परिभाषा:

बाइबलमा, “विशाल समुद्र” वा “पश्‍चिमी समुद्र” ले वर्तमान समयको भूमध्यसागरलाई जनाउँछ, जुन बाइबलको समयका मानिसहरूलाई थाहा भएको एक मात्र विशाल पानीको संकलन थियो ।

  • विशाल (भूमध्य) समुद्रको सीमामा इस्राएल (पूर्व), बेलायत (उत्तर र पश्‍चिम), र अफ्रिका (दक्षिण) रहेका छन् ।
  • यो समुद्रको सीमा धेरै देशहरूसँग जोडिएका हुनाले प्राचीन समयमा यो समुद्र व्यापार र यात्राको लागि धेरै महत्त्वपूर्ण थियो । यस समुद्रको किनारका क्षेत्रमा रहेका सहरहरू र मानिसहरू धेरै धनी थिए किनकि तिनीहरूका निम्ति अरू देशहरूबाट डुंगाको माध्यमबाट सर-सामानहरू ल्याउन धेरै सजिलो थियो ।
  • यो विशाल समुद्र इस्राएलको पश्‍चिममा रहेको हुनाले, यसलाई कहिलेकाँही “पश्‍चिमी समुद्र” पनि भनिन्छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएल, मानिसको समूह, समृद्धि)

शब्‍दको आंकडाः

  • इजकिएल ४७ः१५-१७

  • इजकिएल ४७ः१८-२०

  • यहोशू १५ः३-४

  • गन्‍ती १३ः२७-२९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0314, H1419, H3220

साइप्रस

परिभाषा:

साइप्रस भूमध्य सागरमा अवस्थित एउटा टापु हो, जुन आधुनिक टर्की देशको करिब ६४ किलोमिटर दक्षिणमा पर्छ ।

  • बारनाबास साइप्रसका थिए । त्यसैले, सम्भवतः तिनका भतिजा यूहन्‍ना मर्कूस पनि त्यही ठाउँका थिए ।
  • पावल र बारनाबासले तिनीहरूको पहिलो मिसनरी यात्राको आरम्भमा साइप्रस टापुमा सँगसँगै प्रचार गरे । त्यस यात्रामा यूहन्‍ना मर्कूस सहायता गर्न आए ।
  • पछि, बारनाबास र मर्कूस फेरि साइप्रसमा गए ।
  • पुरानो करारमा साइप्रसलाई सल्लाका रुखहरूको पर्याप्‍त स्रोतको रूपमा उल्लेख गरिएको छ ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बारनाबास, यूहन्‍ना मर्कुस, समुन्‍द्र)

बाइबलका सन्दर्भहरूः ​

  • प्रेरित ४ः३६-३७

  • प्रेरित १३ः५

  • प्रेरित १५ः४१

  • प्रेरित २७ः४

  • इजकिएल २७ः६-७

  • यशैया २३ः१०-१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G29530, G29540

सादोक

तथ्यहरू:

सादोक राजा दाऊदको शासनकालमा इस्राएलका एक जना महत्त्वपूर्ण पूजाहारीको नाम थियो ।

  • अब्शालोमले दाऊदका विरुद्ध विद्रोह गर्दा सादोकले उनको समर्थन गरे र यरूशलेममा करारको सन्दूक ल्याउन मदत गरे ।
  • वर्षौंपछि, दाऊदको छोरा सोलोमानलाई राजाको रूपमा अभिषेक गर्न समारोहमा सहभागी भए ।
  • नहेम्याहको समयमा, सादोक नाम गरेका दुई जना पुरुषहरूले यरूशलेमको पर्खाल पुननिर्माण गर्न मदत गरे ।
  • राजा योथामको हजुरबा नाउँ पनि सादोक थियो ।

(अनुवदको निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः करारको सन्दुक, दाऊद, योथाम, नहेम्याह, राज्य, सोलोमान)

बाइबलको खण्डहरू:

  • १ इतिहास २४ः१-३
  • १ राजा १ः२६-२७
  • २ शामुयल १५ः २४-२६
  • मत्ती १:१२-१४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6659, G45240

सामरिया, सामरी

तथ्यहरूः

सामरिया एउटा सहरको नाम र इस्राएलको उत्तरी भागको वरिपरिको क्षेत्रको हो । पश्‍चिममा शारोनको मैदान र पूर्वमा यर्दन नदीको बिचमा यो अवस्थित थियो ।

  • पुरानो करारमा, सामरिया इस्राएलको उत्तरी राज्यको राजधानी सहर हो । पछि यस वरिपरिका क्षेत्रलाई पनि सामरिया भनियो ।
  • अश्शूरीहरूले उत्तरी इस्राएल राज्यलाई जितेपछि, तिनीहरूले सामरिया सहरलाई कब्जामा लिए, र उत्तरी इस्राएलीहरूलाई त्यो क्षेत्र छोड्नलाई कर लागाए र अश्शूरको विभिन्‍न सहरहरूमा लगे ।
  • अश्शूरीहरूले त्यहाँबाट लगिएका इस्राएलीहरूको सट्टामा बसोबास गर्नलाई सामरियामा धेरै विदेशीहरू ल्याए ।
  • त्यस क्षेत्रमा नै रहेका केही इस्राएलीहरूले त्यहाँ आएका विदेशीहरूसँग विवाह गरे, र तिनीहरूका सन्तानहरूलाई सामरीहरू भनियो ।
  • सामरीहरू आंशिक रूपमा मात्र यहूदीहरू भएका र तिनीहरूले अन्य देवताहरूको पूजा गरेका हुनाले यहूदीहरूले तिनीहरूलाई घृणा गर्थे ।
  • नयाँ करारको समयमा सामरियाको उत्तरतिर गालील र दक्षिणतिर यहूदिया प्रदेश पर्थ्यो ।

(यो पनि हेर्नुहोस्: अश्‍शूर, गालील, यहूदिया, शारोन, इस्राएलको राज्य)

बाइबलका खण्डहरूः

बाइलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २०ः४ त्यसपछि इस्राएलको राज्य भएको ठाउँमा बस्‍न अश्शूरीहरूले विदेशीहरूलाई ल्याए । ती विदेशीहरूले नष्‍ट पारिएका सहरहरूलाई पुनः निर्माण गरे, र त्यहाँ छोडिएका इस्राएलीहरूसँग विवाह गरे । विदेशीहरूसँग बिहे गर्ने इस्राएलीहरूका सन्तानहरूलाई सामरीहरू भनियो ।
  • २७ः८ “त्यो बाटो भएर आउने अर्को व्यक्‍ति सामरी थिए । (सामरीहरू अर्को राष्‍ट्रबाट आएका मानिसहरूसँग बिहे गर्नेहरूका सन्तानहरू थिए । सामरीहरू र यहूदीहरूले एकले अर्कालाई घृणा गर्थे । )” *२७ः९ “त्यो सामरी__ले ती मानिसलाई ‍उठाएर तिनको गधामाथि राखे, र त्यसको हेरचाह गर्नलाई बाटो छेउको पाटीमा लगे ।” *४५ः७__ तिनी (फलिप) __सामरिया__मा गए र येशूको बारे प्रचार गरे, अनि धेरै मानिसहरूले बचाइए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H8111, H8115, H8118, G45400, G45410, G45420

सारा, साराई

परिभाषा:

  • सारा अब्राहामका पत्‍नी थिइन् ।
  • साराकी खास नाउँ “साराई” थियो, तर परमेश्‍वरले तिनकी नाउँ बद्‌लनुभयो ।
  • साराले तिनलाई र अब्राहामलाई प्रतिज्ञा गर्नुभएको छोरा जन्माईन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, इसहाक)

बाइबलका खण्डहरूः

  • उत्पत्ति ११:३०
  • उत्पत्ति ११:३१
  • उत्पत्ति १७:१५
  • उत्पत्ति २५:९-११

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (५ः१) “त्यसैले अब्रामकी पत्‍नी साराईले भनिन्, “परमेश्‍वरले मलाई सन्तान जन्माउन दिनुभएको छैन, र म अहिले सन्तान जन्माउनलाई अति वृद्धा भइसकेकी छु, यहाँ मेरी नोकर हागार छिन् । तिनलाई विवाह गर्नुहोस्, ताकि तिनले मेरो निम्ति बालक जन्माउनेछिन् ।”
  • (५ः४) “तिम्री पत्‍नी साराईले एउटा छोरो जन्माउनेछिन्-ऊ प्रतिज्ञाको छोरा हुनेछ ।”
  • (५ः४) “परमेश्‍वरले साराईकी नाउँलाई सारामा बदल्नुभयो, जसको अर्थ “राजकुमारी” हुन्छ ।
  • (५ः५) “झण्डै एक वर्षपछि, अब्राहाम १०० वर्षका र सारा ९० वर्षकी हुँदा, साराले अब्राहाको निम्ति छोरो जन्माईन् । तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई भनेअनुसार तिनको नाउँ इसहाक राखे ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H8283, H8297, G45640

सिदकियाह

परिभाषा:

सिदकियाह, योशियाहका छोरा जो यहूदा को अन्तिम राजा थिए (५९७-५८७ ई.पू.) । पुरानो नियममा सिदकियाह नाउँ गरेका अन्य धेरै मानिसहरू पनि छन् ।

  • राजा नबूकदनेसरले राजा यहोयाकिनलाई कब्जा गरेर बेबिलोनमा लागेपछि सिदिकियाहलाई यहूदा राजा बनाए। सिदिकियाह पछि विद्रोह गरे र पारिणाम स्वरूप नबूकदनेसरले उनलाई कब्जा गरे र सम्पूर्ण यरूशलेमलाई नष्ट गरे ।
  • केनानका छोरा सिदकियाह इस्राएलका राजा आहाबको समयमा झूटा अगमवक्ता थिए।
  • नेहेम्याहको समयमा प्रभुसँग एउटा सम्झाौतामा हस्ताक्षर गर्नेहरूमध्ये सिदिकियाह नाउँ भएका थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः आहाब, बेबिलोन, इजकिएल,इस्राएलको राज्य, यहोयाकीन, यर्मिया, योशियाह, यहूदा, नबूकदनेसर, नेहेम्याह )

बाइबलका सन्‍दर्भहरू:

  • १ इतिहास ३ः१५-१६
  • यर्मिया ३७ः१-२
  • यर्मिया ३९ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6667

सिनै, होरेब

तथ्यहरू:

सिनै पर्वत वा होरेबको पर्वत एउटा पर्वत हो, जुन सम्भवतः हालको सिनै प्रायद्विपको दक्षिणी भागमा अवस्थित थियो तर यो पर्वतको सही स्‍थान भने थाहा छैन।

  • यो सम्‍भव छ कि "होरेब" पहाडको वास्‍तविक नाम थियो र "सिनै पर्वत"ले साधारणतय "सिनैको पर्वत" अर्थ दिन्छ, होरेब पर्वत सिनैको मरुभूमिमा अवस्‍थित थियो भन्‍ने तथ्‍यलाई जनाउँछ।
  • यसलाई "परमेश्‍वरको पर्वत" पनि भनिन्‍छ।
  • यो त्‍यहि ठाउँ हो जहाँ मोशाले भेडा चराउँदै गर्दा जलिरहेको पोथ्रा देखे।
  • यो त्‍यहि ठाउँ हो जहाँ परमेश्‍वरले इस्राएलीहरूलाई ढुङ्गाका पाटीहरूमा आफ्‍ना आज्ञाहरू लेखेर आफ्‍नो करार प्रकट गर्नुभयो।
  • यो त्‍यहि ठाउँ पनि हो जहाँ पछि परमेश्‍वरले मोशालाई इस्राएलीहरू मरुभूमिमा भट्किरहेको बेला पानी उपलब्‍ध गराउन चट्टानमा प्रहार गर्न भन्‍नुभयो।

(यो पनि हेर्नुहोस्ः मरूभुमि, दश आज्ञाहरू)

बाइबलिय सन्दर्भहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • __१३:१__परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्र भएर लानुभएपछि, उहाँले तिनीहरूलाई मरुभूमि हुँदै सिनै भनिने पर्वततिर डोर्‍याउनुभयो ।
  • __१३:३ ___तीन दिन पछि, मानिसहरूले आफैँलाई आत्मिक रूपमा तयार पारे पछि, परमेश्‍वर ___सिनै पर्वत___को टाकुरोमा गर्जन, चट्याङ, धुवाँ र तुरहीको चरकों आवाजसहित ओर्लाउनुभयो ।
  • १३:११ परमेश्‍वरसँग कुरा गर्दै मोशा सिनै पर्वतको टाकुरोमाथि नै धेरै दिनसम्म रहे । *__१५:१३__त्यसपछि परमेश्‍वरले इस्रएलीहरूसँग ___सिनै___मा गर्नुभएको करार पालना गर्नु पर्ने तिनीहरूका कर्त्तव्य यहोशूले मानिसहरूलाई याद गराए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H2722, H5514, G37350, G46140

सिमियोन

तथ्यहरूः

सिमियोन याकूबका महिला छोरा थिए । तिनी लेआका महिला छोरा थिए । तिनका सन्‍तानहरू इस्राएलका कुलहरूमध्‍ये एक भए ।

  • तिनको सन्तानहरूला‌ई "सिमियोनको कुल" भनेर चिनिन्‍छ ।
  • सिमियोन नाम हिब्रू शब्‍द "सुन्‍नु"सँग मल्‍दोजुल्‍दो छ ।
  • सिमियोनका कुलले प्रेतिज्ञाको मुलुक कनानको सुदूर दक्षिणी क्षेत्र ओगटे । यसको भूमि पूर्णतया यहूदाको भूमिले घेरिएको थियो । जमिनको क्षेत्रको नामको रूपमा प्रयोग गर्दा "सिमोन" शब्दले समियोनको कुललाई दिइएको भूमिलाई जनाउँछ ।
  • योसेफ र मरियमले बालक येशूलाई यरूशलेम मन्दिरमा अर्पण गर्नलाई ल्याउँदा त्यहाँ सिमियोन नाउँ गरेका एक जना वृद्ध मानिस थिए जसले मसीह दिनुभएकोमा परमेश्‍वरको प्रशंसा गरे ।
  • अर्को समियोन नाम  लूकाको पुस्‍तकमा भएको येशूको वंशावलिमा उल्लेख गरिएको छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: इस्राएलका बाह्र कुलहरू, याकूब, लेआ)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H8095, H8099, G48260

सिमोन कनानी

तथ्यहरूः

सिमोन कनानी येशूका बाह्र जना चेलाहरूमध्ये एक जना थिए ।

  • सिमोनलाई येशूका चेलाहरूको सूचीमा तीन पटक उल्लेख गरिएको छ, तर तिनको बारे कम मात्र जानकारी छ ।
  • येशू स्वर्ग फर्कनुभएपछि यरूशलेममा सँगै प्रार्थना गर्न भेट्ने एघार जनामध्ये सिमोन एक थिए ।
  • "जिलट(कनानी)" शब्दले तिनी "जिलट" नामक रोमी सरकारको तीव्र विरोधी र मोशाको व्यवस्थाको पक्षपाती यहूदी धार्मिक पार्टीको सदस्य भएको देखाउन सक्छ ।
  • वा,"जिलट" भन्नाले सिमोनको धार्मिक जोसलाई जनाउदै "जोसिलो व्यक्ति" भन्‍न सकिन्छ ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रेरित, चेला, बाह्र जना)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G22080, G25810, G46130

सिरिया

तथ्यहरूः

सिरिया इस्राएलको उत्तरपूर्वीमा रहेको एउटा देश हो । नयाँ करारको समयमा यो रोमी साम्राज्यको एउटा प्रान्त थियो ।

  • पुरानो करारको समयमा, सिरियालीहरू इस्राएलको बलियो सैनिक शत्रुहरू थिए ।
  • नामान सिरियाली सैनिकका सेनापति थिए, जसलाई एलीशा अगमवक्‍ताले कुष्‍ठरोगबाट निको पारेका थिए ।
  • सिरियाका धेरैजसो बासिन्दाहरू अरामका सन्तानहरू थिए, जो नोआका छोरो शेमबाट जन्मेका थिए ।
  • सिरियाको राजधानी दमस्कसलाई बाइबलमा धेरै पटक उल्लेख गरिएको छ ।
  • शाऊल ख्रीष्‍टियनहरूलाई सताउन दमस्कसको सहरमा गएका थिए, तर येशूले उसलाई रोक्‍नुभयो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: आराम, सेनापति, दमस्कस, सन्तान, एलीशा, कुष्ठरोग, नामान, सताउनु, अगमवक्ता)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0758, H0804, G49470, G49480

सिलास, सिल्भानस

तथ्यहरूः

सिलास यरूशलेमका विश्‍वासीहरू बिच एउटा अगुवा थिए ।

  • यरूशलेम मण्डलीका एल्डरहरूले सिलासलाई पावल र बारनाबाससँग एन्टिओखिया सहरमा पत्र लिएर जानलाई चुनेका थिए ।
  • पछि सिलास मानिसहरूलाई येशूबारे सिकाउनलाई पावलसँग अरू सहरहरूतिर पनि गए ।
  • पावल र सिलासलाई फलिप्पीको झ्यालखानमा थुनिए । उनीहरू त्यहाँ हुँदा उनीहरूले परमेश्‍वरको प्रशंसा गरे र परमेश्‍वरले उनीहरूलाई झ्यालखानबाट छुटाउनुभयो । उनीहरूको गवाहीको परिणामस्वरूप, झ्यालखानाको हाकिम ख्रीष्टियन भए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्: एन्टिओखिया, बारनाबास, यरूशलेम, पावल, फिलिप्पी, झ्यालखान, गवाही)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • __४७:१__एक दिन, पवल र तिनका साथी सिलास फिलिप्पी सहरमा येशूको बारे सुसमाचार प्रचार गर्न गए ।
  • ४७:२ तिनले(लिडिया) पावल र __सिलास__लाई तिनको घरमा निम्त्याईन्, उनीहरू तिनी र तिनका परिवारसँग बसे ।
  • ४७:३ पावल र सिलास प्रार्थना गर्ने ठाउँमा प्रायः मानिसहरूसँग भेट्थे ।
  • ४७:७ त्यसैले केटी दासकी मालिकहरूले पावल र __सिलास__लाई रोमी अधिकृतहरूकहाँ लगे, तिनीहरूले उनीहरूलाई पिटे र झ्यालखाना हाले ।
  • ४७:८ तिनीहरूले पावल र __सिलास__लाई झ्यालखानाको सबैभन्दा सुरक्षित भागमा राखे र उनीहरूका खुट्टाहरू पनि बाँधे ।
  • ४७:११ झ्यालखानाका हाकिम पावल र __सिलास__कहाँ डरले काँप्दै आए र भने, “मैले उद्धार पाउन के गर्नुपर्छ ?”
  • ४७:१३ अर्को दिन सहरका अगुवाहरूले पावल र __सिलास__लाई झ्यालखानाबाट छोडिदिए र फिलिप्पीबाट जानलाई आग्रह गरे । पावल र __सिलास__ले लिडिया र अरू केही साथीहरूलाई भेटे र त्यो सहरबाट हिँडे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G46090, G46100

सीदोन, सीदोनीहरू

तथ्यहरूः

सीदोन कनानका जेठो छोरो थिए । सीदोन भन्‍ने कनानी सहर पनि थियो सम्भवतः कनानका छोरोको नामबाट राखिएको हुन सक्छ ।

  • सीदोन सहर वर्तमान लेबनान क्षेत्र पर्ने भू-मध्य सागरको तटमा उत्तर-पश्‍चिममा अवस्थित छ ।
  • “सीदोनीहरू” प्रचीन सिदोन र यस वरपरा बस्‍ने फोनिसियालीहरू मानिसहरू समूहहरू हुन् ।
  • बाइबलमा सीदोन र टुरोस सहरको नजिकी सम्बन्ध थियो र यी दुवै सहरहरू यिनीहरूका सम्पत्ति र यिनका मानिसहरूका अनैतिकताको निम्ति प्रसिद्ध थिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: कनान, नोआ, फोनिसिया, समुद्र, टुरोस)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H6721, H6722, G46050, G46060

सुक्‍कोत

परिभाषा:

सुक्‍कोत पुरानो करारका दुई वटा सहहरूका नाउँहरू हो ।” सुक्‍कोत” को अर्थ “आश्रय” भन्‍ने हुन्छ ।

  • सुक्‍कोत भनिने पहिलो सहर यर्दन नदीको पुर्वतिर अवस्थित थियो ।
  • याकूब उनका परिवार र बगालसहित तिनीहरूका निम्ति बस्‍ने ठाउँ बनाएर सुक्‍कोतमा बसे ।
  • सयौँ वर्षपछि मिद्यानीहरूलाई लखेट्दै गर्दा गिदोन र उनका थकित मानिसहरू सुक्‍कोतमा रोकिएका थिए, तर त्यहाँका मानिसहरूले उनीहरूलाई खाने कुराहरू दिन इन्कार गरे ।
  • दोस्रो सुक्‍कोत मिश्रको उत्तरी किनरामा थियो, र जहाँ इस्राएलीहरू मिश्रको दासत्वबाट निस्कँदै गर्दा लाल समुद्र तरेपछि उनीहरू रोकिएका थिए ।

बाइबलका खण्डहरूः

  • १ राजा ७ः४६
  • प्रस्थान १२ः३७-४०
  • योहोशू १३ः२७-२८
  • न्यायकर्ताहरू ८ः४-५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5523, H5524

सोअर

परिभाषा:

पुरानो नियममा सोअर एक सानो सहर थियो, जहाँ परमेश्‍वरले सदोम र गमोराको नाश गर्नुहुँदा लोत भागे ।

  • सोअरको प्राचीन अर्थ सानो हो ।
  • सोअर मृत सागरको दक्षिणी किनारमा अवस्थित भएको मानिन्छ ।

(अनुवादहरूका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः लोत, सदोम, गमोरा)

बाइबलका सन्‍दर्भहरूः

  • व्‍यवस्‍था ३४ः१-३
  • उत्पत्ति १३:१०-११
  • उत्पत्ति १४:१-२
  • उत्पत्ति १९:२२
  • उत्पत्ति १९:२३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6820

सोलोमन

तथ्यहरूः

सोलोमन राजा दाऊदका छोराहरूमध्येका एक जना थिए । उनको आमा बतशेबा थिइन् ।

  • सोलोमन राजा हुँदा उनले चाहेका कुरा माग भनी परमेश्‍वरले भन्‍नुभयो । त्यसैले सोलोमनले मानिहरूमाथि न्यापूर्वक र राम्ररी शासन गर्नलाई बुद्धि मागे । परमेश्‍वर सोलोमनसँग प्रशन्‍न हुनुभयो र उनलाई बुद्धि र सम्पत्ति दुवै दिनुभयो ।
  • सोलोमन यरूशलेममा निर्माण गरेका परमेश्‍वरको भव्य मन्दिरको निम्ति पनि प्रख्यात छन् ।
  • सोलोमनले सुरुका वर्षहरूमा बुद्धिमतापूर्वक शासन गरे तापनि पछि उनले मूर्खतापूर्वक विदेशी महिलाहरूसँग विवाह गरे, र तिनीहरूका देवताहरू पुज्‍न सुरु गरे ।
  • सोलोमनको बेइमानीको कारणले परमेश्‍वरले उनको मृत्युपछि इस्राएलीहरूलाई इस्राएल र यहूदा गरी दुई वटा राज्यहरूमा विभाजन गर्नुभयो । यी राज्यहरू प्रायः एक अर्कामा युद्ध गर्थे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बतशेबा, दाऊद, इस्राएल, यहूदा, इस्राए राज्य, मन्दिर)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः१४ पछि दाऊद र बतशेबाका एउटा छोरो भयो, र उनीहरूले तिनका नाउँ सोलोमन राखे । *__१८ः१__धेरै वर्षपछि दाऊद मरे, र उनका छोरो __सोलोमन__ले शासन गर्न सुरु गरे । परमेश्‍वर __सोलोमन__सँग बोल्नुभयो र उनलाई सबैभन्दा बढी चाहेका कुरा माग भन्‍नुभयो । जब __सोलोमन__ले बुद्धि मागे, उहाँ तिनीसँग प्रशन्‍न हुनुभयो, र तिनलाई संसारको सबैभन्दा बढी बुद्धिमान बनाउनुभयो । __सोलोमन__ले धेरै कुराहरू सिके, र अति बुद्धिमानी न्यायकर्ता भए । परमेश्‍वरले उनलाई धैरै धनी पनि बनाउनुभयो ।
  • १८ः२ __सोलोमन__ले उनका बाबु दाऊदले परमेश्‍वरको निम्ति मन्दिर निर्माण गर्न योजना बनाएका मन्दिर यरूशलेममा बनाए ।
  • १८ः३ तर __सोलोमन__ले अन्य देशहरूका विदेशी महिलाहरूलाई प्रेम गरे । … सोलोमन वृद्ध भएपछि, उनले तिनीहरूका देवताहरू पुजे ।
  • १८ः४ परमेश्‍वर __सोलोमन__सँग रिसाउनुभयो, र __सोलोमन__को बेइमानीको दण्डस्वरूप __सोलोमन__को मृत्युपछि इस्राएल राज्यलाई दुई भागमा विभाजन गर्ने प्रतिज्ञा गर्नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H8010, G46720

स्तिफनस

परिभाषा:

स्तिफनस पहिलो ख्रीष्‍टियन सहिदको रूपमा अर्थात् येशूमा विश्‍वास गरेको कारण मारिएका पहिलो व्यक्‍तिको रूपमा सम्झिन्छ । उनका जीवनबारेका तथ्यहरू प्रेरितको पुस्तकमा उल्लेख गरिएको छ ।

  • स्तिफनस प्ररम्भिक मण्डलीले विधवाहरू र अन्य खाँचामा परेकाहरूलाई खाना दिएर डिकनको रूपमा सेवा गर्नलाई चुनिएका थिए ।
  • केही यहूदीहरुले स्तिफनसले परमेश्‍वर र मोशाको व्यवस्थविरुद्ध बोले भनी झुटो दोष लगाए ।
  • स्तिफनसले परमेश्‍वरले इस्राएलसँग गर्नुभएका कुराहरूका इतिहासबाट सुरु गरी येशू मसीहको बारेको सत्य साहसका साथ बोले ।
  • यहूदी अगुवाहरू स्तिफनससँग क्रुद्ध भए र सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे ।
  • पछि पावल भनिने शाऊलले उनको मृत्युको गवाही दिए ।
  • स्तिफनस मर्ने बेलामा तिनले भनेका अन्तिम शब्दहरू “प्रभु, यो पापको दोष उनीहरूविरुद्ध नलागोस्” ले पनि परिचित छन्, जसले अरूप्रति तिनको प्रेमलाई देखाउँदछ ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः नियुक्ती, पावल, डुंगा, सत्य, यरूशलेम, डिकन)

बाइबलका खण्डहरूः

  • प्रेरित ६:५
  • प्रेरित ६:९
  • प्रेरित ६:१०-११
  • प्रेरित ६ः१२
  • प्रेरित ७:५९
  • प्रेरित ११:१९
  • प्रेरित २२:२०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G47360

हननिया

परिभाषा:

पुरानो करारमा केही मानिसहरूका नाउँ हननिया थियो ।

  • बेबिलोनमा बन्दी बनाइएका इस्राएलका एक जना हननिया थिए, जसको नाउँ “शद्रक” मा परिवर्तन गरियो ।
  • तिनका उत्कृष्‍ट चरित्र र क्षमताहरूको कारणले तिनलाई दरबारमा काम गर्ने सेवकको ओहोदा प्रदान गरियो ।
  • एक पटक हननिया (शद्रक) र अन्य दुई जना इस्राएली जवान आगोको भट्टीमा फ्याँकिए, किनभने तिनीहरूले बेबिलानी राजाको पुजा गर्न इन्कार गरेका थिए । तिनीहरूलाई हानि हुनदेखि सुरक्षा दिएर परमेश्‍वरले आफ्नो शक्ति देखाउनुभयो ।
  • हननिया नाउँ गरेका अर्का मानिस राजा सोलोमनको सन्तानको रूपमा सूचीकृत छन् ।
  • अर्को हननिया पनि थियो, जो यर्मिया अगमवक्ताको समयमा झुटो अगमवक्ता थियो ।
  • हननिया नाउँ गरेका अर्का व्‍यक्‍ति पूजाहारी थिए, जसले नहेम्याहको समयमा उत्सवको अगुवाइ गर्न मदत पुर्‍याए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः अजर्याह, बेबिलोन, बेबिलोनी, दानिएल, झुटो अगमवक्ता, यर्मिया, मिशाएल)

बाइबलका सन्दर्भहरूः

  • दानिएल ०१:६-७

  • दानिएल २ः१७-१८

  • यर्मिया २८ः१

  • यर्मिया २८ः५-७

  • यर्मिया २८ः१५-१७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2608

हनोक

तथ्यहरूः

पुरानो करारमा दुई जना मानिसहरूको नाउँ हनोक थियो ।

  • एक जना हनोक शेतका सन्तान थिए । तिनी नोआका हजुरबुबा थिए ।
  • यो हनोकको परमेश्‍वरकोसँग घनिष्ठ सम्बन्ध थियो र तिनी ३६५ वर्षका हुँदा परमेश्‍वरले तिनलाई जिउँदै स्वर्ग लानुभयो ।
  • कयिनको पनि हानोक नाम गरेका छोरा थियो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: कयिन, शेत)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H2585, G18020

हन्‍नास

तथ्यहरूः

ईश्‍वी संवत ६-१५ सम्म लगभग १० वर्ष हन्‍नास यरूशलेममा यहूदी प्रधान पुजारी थिए । त्यसपछि तिनलाई रोमी सरकारद्वारा प्रधान पुजारीको पदबाट हटाइयो, यद्यपि यहूदीहरूका बिचमा तिनी अझै पनि एक प्रभावशाली अगुवा बनिरहे ।

  • हन्‍नास कैयाफाका ससुरा थिए, जो येशूको सेवा-कार्यको समयका आधिकारिक प्रधान पुजारी थिए ।
  • येशूलाई गिरफ्तार गरिँदा हन्‍नासका जुवाइँ कैयाफा आधिकारिक पुजारी थिए । हन्‍नासलाई पनि प्रधान पुजारी भनियो किनकि तिनी पहिलेका प्रधान पुजारी भएका हुनाले मानिसहरूमाथि तिनको अधिकार र शक्ति अझै रहेको थियो ।
  • यहूदी अगुवाहरूको सामु येशूको जाँच पडतालको समयमा सोधपुछको लागि येशूलाई पहिले हन्‍नासकहाँ ल्याइयो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: प्रधान पुजारी, पुजारी)

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G04520

हन्‍नाह

परिभाषा:

हन्‍नाह शमूएल अगमवक्ताका आमा थिइन् । उनी एल्कानाका दुई पत्‍नीमध्ये एक थिइन् ।

  • हन्‍नाहले बच्‍चा जन्माउन सकेकी थिइनन्, जुन उनको लागि बडो शोकको कुरो थियो ।
  • मन्दिरमा एक छोरो दिनुहोस् भनी हन्‍नाहले परमेश्‍वरलाई इमान्दरीपूर्वक प्रार्थना गरिन् । उनले ती छोरालाई परमेश्‍वरको सेवामा अर्पण गर्ने प्रतिज्ञा पनि गरिन् ।
  • परमेश्‍वरले उनको अनुरोध सुन्‍नुभयो, र उपयुक्त समय आएपछि उनले शमूएललाई मन्दिरमा सेवाका लागि ल्याइन् ।
  • त्यसपछि परमेश्‍वरले हन्‍नाहलाई अन्य सन्तानहरू पनि दिनुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः गर्भ धारण गर्नु, गर्भ धारण, शमूएल)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल १ः१-२
  • १ शामूएल २ः१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2584

हबकूक

परिभाषा:

हबकूक पुरानो करारका एक अगमवक्ता थिए, जो यहूदामाथि शासन गर्ने राजा यहोयाकीमको समयतिर बाँचेका थिए । यर्मिया अगमवक्ता पनि यही समतिर नै बाँचेका थिए ।

  • बेबिलोनीहरूले यरूशलेममाथि विजय हासिल गरी यहूदाका कैयौँ मानिसहरूलाई निर्वासनमा लैजाँदा, ६०० ख्रीष्‍टपूर्वतिर यी अगमवक्ताले हबकूकको पुस्तक लेखे ।
  • कसरी कल्दीहरू (बेबिलोनीहरू) आएर यहूदाका मानिसहरूमाथि विजय हासिल गर्ने थिए भन्‍ने बारेमा परमेश्‍वरले हबकूकलाई भविष्यवाणी दिनुभयो ।
  • यो हबकूकको एउटा निकै प्रसिद्ध भनाइ होः “धर्मी व्‍यक्‍ति उसको विश्‍वासद्वारा जिउनेछ ।”

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, यहोयाकीम, यर्मिया)

बाइबलका सन्दर्भहरूः

  • हबकूक १ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2265

हमात, लेबो हमात, हमातीहरू

परिभाषा:

हमात कनान देशको उत्तरमा अवस्थित सिरियाको उत्तरपट्टि पर्ने एउटा महत्त्वपूर्ण सहर थियो । हमातीहरू नोआका छोरा कनानका सन्तानहरू थिए ।

  • “लेबो हमात” ले सम्भवतः हमात सहरको नजिकै भएर जाने पर्वतलाई जनाउँछ ।
  • केही संस्करणहरूले “लेबो हमात” लाई “हमातको लागि प्रवेश” भनी अनुवाद गर्छन् ।
  • राजा दाऊदले हमातका राजा तोऊका शत्रुहरूलाई पराजित गरे, जसले तिनीहरूको सम्बन्ध निर्माणमा भूमिका खेल्यो ।
  • हमात सोलोमनको एउटा भण्डारण गर्ने सहर थियो, जहाँ खाद्य पदार्थहरू राखिन्थे ।
  • हमात देशमा नै राजा नबूकदनेसरद्वारा राजा सिदकियाहको हत्या गरिएको थियो र मिश्री फारोद्वारा राजा यहोआहाजलाई समातिएको थियो ।
  • “हमातीहरू” भन्‍ने शब्दलाई “हमातका मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, कनान, कनानी, नबूकदनेसर, सिरिया, सिदकिया)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास १८ः३-४
  • २ शामूएल ८ः९
  • आमोस ६ः१-२
  • इजकिएल ४७ः१५-१७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2574, H2577

हमोर

परिभाषा:

हमोर एक कनानी थिए । याकूब र तिनको परिवार सुक्‍कोत नजिकै बस्दा हमोर शकेम सहरमा बस्थे ।

  • याकूबले हमोरका छोराहरूबाट आफ्नो परिवारको अन्त्येष्‍टिको लागि जग्गा किने ।
  • तिनीहरू त्यहाँ हुँदा हमोरका छोरा शकेमले याकूबकी छोरी दीनालाई बलत्कार गरे ।
  • दीनाका दाजुहरूले हमोरको परिवारसँग बदला लिई शकेममा भएका सबै पुरुषहरूलाई मारे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, कनानी, याकूब, शेकेम, सुक्‍कोत)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:१४-१६

  • उत्‍पत्ति ३४ः२

  • उत्‍पत्ति ३४ः२१

  • यहोशू २४ः३२-३३

  • न्‍यायकर्ता ९ः२८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2544

हव्वा

परिभाषा:

परमेश्‍वरलेयो नाम प्रथम स्‍त्रीलाई दिनुभयो । उनको यो नामको अर्थ “जीवन” वा “जीवित” हुन्छ ।

  • परमेश्‍वर आफैँले हव्वालाई आदमको करङबाट बनाउनुभयो ।
  • हव्वालाई आदमको “सहयोगी” हुनको लागि सृजना गरिएको थियो । आदमलाई परमेश्‍वरले दिनुभएको काम गर्नलाई सहायता गर्न हव्वाले साथ दिइन् ।
  • हव्वालाई सर्प (शैतान) ले परीक्षा गर्‍यो र उनी परमेश्‍वरले नखानू भनेको फल खाएर पाप गर्ने पहिलो व्‍यक्‍ति बनिन् ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आदम, जीवन, शैतान)

बाइबलका सन्दर्भहरूः

  • १ तिमिथी २ः१३
  • २ कोरिन्‍थी ११ः३
  • उत्‍पत्ति ३ः२०
  • उत्‍पत्ति ४ः२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १ः१३ तब परमेश्‍वरले आदमको करङहरू मध्‍ये एउटा लिनुभयो र त्‍यसबाट स्‍त्री बनाउनुभयो र उनलाई तिनिकहाँ ल्‍याउनुभयो।

  • २ः२ तर बगैँचामा एउटा धूर्त सर्प थियो। त्‍यसले स्‍त्रीलाई सोध्‍यो, "के परमेश्‍वरले तिमिलाई बगैँचाको कुनै पनि रूखको फल नखान भन्‍नुभएको छ?"

  • २ः११ मानिसले आफ्‍नी पत्रीको नाम हव्‍वा राखे, जसको अर्थ "जीवन दिने" हो, किनभने उनी सबै मानिसहरूकी आमा हुन्।

  • २१ः१ परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो कि हव्‍वाको सन्‍तान जन्‍मनेछ जसले सर्पको टाउको कुल्‍चनेछ।

  • ४८ः२ हव्‍वालाई छल गर्न शैतान बगैँचामा सर्पको माध्‍यमबाट  बोल्‍यो।

  • ४९ः८ हब आदम र हव्‍वाले पाप गरे, यसले तिनीहरूला सबै सन्‍तानलाई असर गर्यो।

  • ५०ः१६ किनभने आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन् र यस संसारमा पाप ल्‍याए, परमेश्‍वरले त्‍यसलाई श्राप दिनुभयो र त्‍यसलाई नष्‍ट गर्ने निर्णय गर्नुभयो।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2332, G20960

हागार

तथ्यहरू:

हागार एक मिश्री स्‍त्री थिई, जो साराईकी व्‍यक्‍तिगत कमारी थिई ।

  • जब साराईले बच्‍चा जन्माउन नसक्ने भइन्, आफ्ना पतिद्वारा बच्चा जन्माउनको लागी उनले आफ्नो कमारी हागारलाई आफ्ना पति अब्रामकहाँ दिइन् ।
  • हागार गर्भवती भई, र अब्रामको छोरो इश्माएललाई जन्म दिई ।
  • हागारले मरुभूमिमा कष्‍ट भोग्दा परमेश्‍वरले त्यसको वास्ता गर्नुभयो, र त्यसका सन्तानहरूलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, सन्तान, इश्माएल, सारा,, कमारा)

बाइबलिय सन्दर्भहरूः

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • _५:१ त्यसैले, अब्रामकी पत्‍नी साराईले तिनलाई भनिन्, “परमेश्‍वरले मलाई छोराछोरी जन्माउन अनुमति नदिनुभएकोले र म छोराछोरी जन्माउनै नसक्‍ने गरी बुढी भएकीले, यहाँ मेरी कमारी छे, हागार । उसलाई पनि बिहे गर्नुहोस्, ताकि उसले मेरो लागि बच्‍चा जन्माओस् ।”
  • ५:२ __ हागारले__ बालक जन्माई, र अब्रामले तिनको नाउँ इश्माएल राखे ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H1904

हाग्गै

परिभाषा:

यहूदीहरू बेबिलोनी निर्वासनबाट आफ्नो घरमा फर्केपछिको समयमा हाग्गै यहूदाका अगमवक्ता थिए ।

  • हाग्गैले अगमवाणी बोलेको समयमा राजा उज्जियाहले यहूदामाथि शासन गर्दै थिए ।
  • त्यस बेला जकरिया अगमवक्ताले पनि अगमवाणी बोल्दै थिए ।
  • मन्दिर पुनर्निर्माणको निम्ति हाग्गै र जकरियाले यहूदीहरूलाई प्रेरित गरे, जुन मन्दिरलाई राजा नबूकदनेसरको समयमा बेबिलोनीहरूले नष्‍ट पारेका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, यहूदा, यहूदा राज्य, नबूकदनेसर, उज्जियाह, अजर्याह, जकरिया)

बाइबलका सन्दर्भहरूः

  • एज्रा ५ः१-२
  • एज्रा ६ः१३-१५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2292

हाबिल

तथ्यहरूः

हाबिल आदम र हव्वाका माहिला छोरा थिए । तिनी कयिनका भाइ थिए ।

  • हाबिल गोठाला थिए ।
  • हाबिलले भेटीस्वरूप आफ्ना केही जनावरहरू परमेश्‍वरको निम्ति बलिदान चढाए ।
  • परमेश्‍वर हाबिल र तिनका भेटीहरूमा प्रसन्‍न हुनुभयो ।
  • आदम र हव्वाका जेठा छोरा कयिनले हाबिलको हत्या गरे ।

(अनुवादका निम्ति सुझावहरू: नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: कयिन, बलि, गोठालो)

बाइबलका खण्डहरू

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H1893, G00060

हाम

परिभाषा:

हाम नोआका तिन जना छोरामध्ये माहिला थिए ।

  • सारा पृथ्वीलाई ढाक्‍ने विश्‍वव्यापी जलप्रलयको समयमा हाम र तिनका दाजुभाइ नोआसँगै जहाजमा थिए । तिनीहरू सबैका पत्‍नीहरू पनि तिनीहरूसँगै जहाजमा गएका थिए ।
  • जलप्रलयपश्‍चात् एउटा यस्तो अवसर आयो, जहाँ हामले आफ्ना पिता नोआलाई ज्यादै अनादर गर्दै थिए । परिणामस्वरूप नोआले हामका छोरा कनान र तिनका सबै सन्तानहरूलाई सराप थिए, जो अन्त्यमा कनानीहरू भनेर चिनिन पुगे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः नोआको जहाज, कनान, अनादर, अनादरयोग्य)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ०५:३२
  • उत्पत्ति ०६:९-१०
  • उत्पत्ति ०७:१३-१४
  • उत्पत्ति १०:१
  • उत्पत्ति १०:१९-२०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2526

हारान

परिभाषा:

हारान अब्राहामका भाइ र लोतका पिता थिए ।

  • हारान एउटा नगरको नाउँ पनि थियो, जहाँ ऊर सहरदेखि कनान देशमा यात्रा गर्ने क्रममा अब्राम र तिनको परिवार केही समयको लागि बसे ।
  • हारान नाउँ गरेका अर्का मानिस कालेबका छोरा थिए ।
  • बाइबलमा हारान नाउँ गरेका तेस्रो मानिस लेवीका सन्तान थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, कालेब, कनान, लेवीय, लेवी, लोत, तेरह, ऊर)

बाइबलका सन्दर्भहरूः

  • २ राजा १९ः१२
  • प्रेरित ०७:१-३
  • उत्पत्ति ११:३१-३२
  • उत्पत्ति २७:४३-४५
  • उत्पत्ति २८:१०-११
  • उत्पत्ति २९:४-६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2039

हारून

तथ्यहरूः

हारून मोशाका दाजु थिए । परमेश्‍वरले हारूनलाई इस्राएलका मानिसहरूका पहिलो प्रधान पुजारी हुन चुन्‍नुभयो ।

  • इस्राएलीहरूलाई जान दिन फारोसित बोल्न हारूनले मोशालाई मदत गरे ।
  • इस्राएलीहरूले उजाड-स्थानमा यात्रा गर्दा, हारूनले मानिसहरूका निम्ति पूजा गर्न एउटा मूर्ति बनाएर पाप गरे ।
  • परमेश्‍वरले हारून र तिनका सन्तानहरूलाई इस्राएलका मानिसहरूको पुजारीहरू बन्‍नलाई नियुक्त गर्नुभयो ।

(अनुवादका निम्ति सुझावहरू: नामहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: पुजारी, मोशा, इस्राएल)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ९ः१५ फारो जिद्दी हुनेछ भनी परमेश्‍वरले मोशा र हारून__लाई चेतावनी दिनुभयो । *१०ः५__ फारोले मोशा र __हारून__लाई बोलाए र तिनीहरूलाई भने, यदि तिनीहरूले विपत्ति रोके भने, इस्राएलीहरूले मिश्र छोड्न सक्‍छन् ।
  • १३ः९ परमेश्‍वरले मोशाका दाजु __ हारून__ र __ हारून__ का सन्‍तानहरूलाई उहाँको पुजारी हुन छान्‍नुभयो ।
  • १३ः११ त्‍यसैले तिनीहरू (इस्राएलीहरूले) __हारून__कहाँ सुन ल्‍याए र सयबाट तिनीहरूको लागि एउटा मूर्ति बनाउन आग्रह गरे ।
  • १४ः७ तिनीहरू (इस्राएलीहरू) मोशा  __हारून__सँग रिसाए र भने, "ओहो, तपाईंहरूले हामीलाई यो डरलाग्दो ठाउँमा किन ल्‍याउनुभयो?"

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: H0175, G00020

हिजकिया

परिभाषा:

हिजकिया यहूदा राज्यका तेर्‍हौँ राजा थिए । तिनी परमेश्‍वरमाथि भरोसा गर्ने र उहाँप्रति आज्ञाकारी हुने राजा थिए ।

  • आफ्ना दुष्‍ट पिता राजा आहाजको विपरीत राजा हिजकिया असल राजा थिए, जसले यहूदियामा भएका सबै मूर्तिपूजा गर्ने स्थानहरूलाई नष्‍ट पारे ।
  • एक पटक हिजकिया बिरामी परेर मर्नै लाग्दा तिनले आफ्नो जीवन बचाइदिनुहोस् भनी परमेश्‍वरलाई इमान्दारीपूर्वक बिन्ती गरे । परमेश्‍वरले तिनलाई चङ्गाइ दिनुभयो, र तिनलाई थप १५ वर्ष बाँच्‍ने अनुमति दिनुभयो ।
  • यो हुने नै थियो भन्‍ने चिन्हको रूपमा परमेश्‍वरले एउटा आश्‍चर्यकर्म गर्नुभयो, र समयलाई पछाडि सारिदिनुभयो ।
  • हिजकियाका मानिसहरूमाथि आक्रमण गर्ने अश्शूरका राजा सनहेरीबबाट तिनीहरूलाई बचाइदिनुहोस् भन्‍ने हिजकियाको प्रार्थनालाई पनि परमेश्‍वरले सुन्‍नुभयो ।

(हेर्नुहोस्ः आहाज, अश्शूर, अश्शूरी, अश्शूरी साम्राज्य, मूर्ति, मूर्तिपूजक, यहूदा, सनहेरीब)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ३ः१३-१४
  • २ राजा १६ः१९-२०
  • होशे १ः१
  • मत्ती १ः९-११
  • हितोपदेश २५ः१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2396, H3169, G14780

हित्ती

परिभाषा:

हित्तीहरू हामका छोरा कनानका सन्तानहरू थिए । तिनीहरू हाल टर्की र प्यालेस्टाइन भनेर चिनिने क्षेत्रमा अवस्थित एउटा ठुलो साम्राज्य बने ।

  • आफ्नी मृत पत्‍नी सारालाई गुफामा गाड्न अब्राहामले हित्ती एप्रोनबाट जग्गाको टुक्रा किने । अन्त्यमा अब्राहाम र तिनका केही सन्तानहरू पनि त्यही गुफामा गाडिए ।
  • एसावले दुई हित्ती स्‍त्रीसित बिहे गरेकाले तिनका बुबा आमा दुःखित भए ।
  • दाऊदका एक शक्तिशाली मानिसको नाउँ हित्ती उरियाह थियो ।
  • सोलोमनले बिहे गरेका केही विदेशी स्‍त्रीहरू हित्तीहरू थिए । ती स्‍त्रीहरूले पूज्‍ने झुटा देवताहरूको कारणले तिनीहरूले सोलोमनको ह्दयलाई परमेश्‍वरबाट पर लगे ।
  • हित्तीहरू शारीरिक र आत्मिक दुवै रूपमा अक्सर यहूदीहरूका लागि त्रास थियो ।

(हेर्नुहोस्ः सन्तान, एसाव, विदेशी, विदेश, परदेशी, हाम, शक्तिशाली, शक्ति, सोलोमन, उरियाह)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ९ः२०-२१
  • प्रस्थान ०३:७-८
  • उत्पत्ति २३:१०-११
  • उत्पत्ति २५:९-११
  • यहोशू १ः४-५
  • नहेम्‍याह ९ः८
  • गन्‍ती १३ः२७-२९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2850

हिल्कियाह

परिभाषा:

हिल्कियाह राजा योशियाहको शासनकालका प्रधान पूजाहारीको नाउँ थियो ।

  • मन्दिरको मर्मत गरिँदा प्रधान पूजाहारी हिल्कियाहले व्यवस्थाको पुस्तक भेट्टाए, र त्यसलाई राजा योशियाहकहाँ ल्याइयोस् भनी आज्ञा दिए ।
  • योशियाहको सामु व्यवस्थाको पुस्तक पाठ गरिएपछि तिनी दुःखित भए, र तिनले यहूदाका मानिसहरूलाई पुनः यहोवेको आराधना गरी उहाँको व्यवस्था पालन गर्न लगाए ।
  • हिल्कियाह नाउँ गरेका अर्का मानिस एल्याकीमका छोरा थिए, जसले राजा हिजकियाको समयमा दरबारमा काम गर्थे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एल्याकीम, हिजकिया, प्रधान पूजाहारी, योशियाह, यहूदा, यहूदा राज्य, व्यवस्था, सिद्धान्त, आराधना, यहोवे)

बाइबलका सन्दर्भहरूः

  • २ राजा १८:१६-१८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2518

हिव्वी

परिभाषा:

हिव्वीहरू कनान देशमा बसोबास गर्ने सात मुख्य जातिमध्ये एक थिए ।

  • यी सबै जातिहरूझैँ हिव्वीहरू पनि नोआका नाति कनानका सन्तानहरू थिए ।
  • हिव्वी शकेमले याकूबकी छोरी दीनालाई बलत्कार गर्‍यो । त्यसैले, उनका दाजुहरूले बदलास्वरूप धेरै हिव्वीहरूलाई मारे ।
  • यहोशूले इस्राएलीहरूलाई कनान देश कब्जा गर्न अगुवा गर्दा हिव्वीहरूमाथि विजय हासिल गर्नुको साटो तिनीहरूसित सम्झौता गर्न इस्राएलीहरूलाई छल गरियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः कनान, कनानी, हमोर, नोआ, शकेम)

बाइबलका सन्दर्भहरूः

  • २ इतिहास ८ः७-९
  • प्रस्‍थान ३ः७-८
  • उत्‍पत्ति ३४ः२
  • यहोशू ९ः१-२
  • न्‍यायकर्ता ३ः१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स:H2340

हेब्रोन

परिभाषा:

हेब्रोन यरूशलेमबाट करिब २० माइल दक्षिणमा अवस्थित एउटा सहर थियो । यो उच्‍च ठाउँमा चट्टानका पर्वतहरूमा खडा थियो ।

  • अब्रामको समयमा लगभग २,००० ख्रीष्‍टपूर्वतिर नै यो सहर निर्माण गरिएको थियो । पुरानो करारमा अभिलिखित ऐतिहासिक विवरणहरूमा यसको धेरै पटक उल्लेख गरिएको छ ।
  • राजा दाऊदको जीवनमा हेब्रोनको महत्त्वपूर्ण भूमिका रहेको थियो । अब्शालोमलगायत तिनका केही छोराहरू त्यहीँ नै जन्मेका थिए ।
  • करिब ख्रीष्‍टाब्द ७० मा रोमीहरूद्वारा यस सहरलाई नष्‍ट पारियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्शालोम)

बाइबलका सन्दर्भहरूः

  • २ शामूएल  २ः१०-११
  • उत्पत्ति १३:१६-१८
  • उत्पत्ति २३:१-२
  • उत्पत्ति ३५:२६-२७
  • उत्पत्ति ३७:१२-१४
  • न्‍यायकर्ता १ः१०
  • गन्‍ती १३ः२२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2275, H2276

हेरोद महान्

तथ्यहरूः

येशू जन्मनुहुँदा हेरोद महान्‌ले यहूदियामा शासन गरिरहेका थिए । रोमी साम्राज्यहरूका प्रान्तहरूमाथि शासन गर्ने केही एदोमी शासकहरूमध्ये उनी पहिलो थिए ।

  • तिनका पुर्खाहरू यहूदी भए र तिनी यहूदीको रूपमा हुर्के ।
  • कैसर अगस्टसले तिनलाई "राजा हेरोद" भने तथापि तिनी साँचो राजा थिएनन् । तिनले यहूदियामा भएका यहूदीहरूमाथि ३३ वर्ष शासन गरे ।
  • यरूशलेमस्थित यहूदी मन्दिरको पुनर्निर्माणलगायत सुन्दर भवनहरूको निर्माणका निम्ति हेरोद महान् प्रख्यात थिए ।
  • यी हेरोद अति क्रूर थिए, र तिनले धेरै मानिसहरूको हत्या गर्न लगाएका थिए । बेथलेहेममा "यहूदीहरूका राजा" जन्मेका थिए भनी सुनेपछि तिनले त्यस सहरका सबै बालकहरूको हत्या गर्न लगाए ।
  • तिनका छोराहरू हेरोद एन्टिपास र हेरोद फिलिप अनि तिनको नाति हेरोद अग्रिपा पनि यहूदियाका शासकहरू बने । तिनका पनाति हेरोद अग्रिपा द्वितीय (जसलाई “हेरोद अग्रिपा” भनिएको छ) ले पनि यहूदियाको सारा क्षेत्रमाथि शासन गरे ।

(हेर्नुहोस् नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: हेरोद एन्टिपास, यहूदिया, राजा, मन्दिर)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G22640

हेरोद, हेरोद एन्टिपास

तथ्यहरू:

येशूको जीवनकालमा, हेरोद एन्टिपास गालील प्रान्तलाई समेट्ने रोमी साम्राज्यको हिस्साको शासक थिए ।

  • उनका पिता हेरोद महान्‌जस्तै, एन्टिपास पनि वास्तविक राजा नभए पनि तिनलाई कहिलेकाहीँ राजा भनी उल्लेख गरिन्छ ।
  • हेरोद एन्टिपासले एस्राएलका एक-चौथाइ इलाकामाथि शासन गर्थे, त्यसैले तिनलाई “हेरोद टेट्रार्क" भनिन्थ्यो । देशको एक चौथाइ भागमा शासन गर्ने शसकलाई "टेट्रार्क" भनिन्थ्यो ।
  • एन्टिपास तिनै हेरोद थिए, जसले बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर काट्ने आज्ञा दिएका थिए ।
  • येशूको क्रुसारोहणअघि उहाँलाई प्रश्‍न गर्ने हेरोद पनि यिनी नै थिए ।
  • नयाँ करारका अन्य हेरोदहरूमा एन्टिपासका छोरा (अग्रिपा) र नाति (अग्रिपा द्वितीय) हुन् जसले प्रेरितहरूको समयमा शासन गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: क्रुसमा टाँग्‍नु, हेरोद महान्, (बप्‍तिस्मा दिने) यूहन्‍ना, राजा, रोम)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G22640, G22650, G22670

हेरोदियास

तथ्यहरू:

बप्‍तिस्मा-दिने यूहन्‍नाको समयमा हेरोदियास यहूदीयाका हेरोद एन्टिपासकी पत्‍नी थिइन् ।

  • सुरुमा हेरोदियास हेरोद एन्टिपासको भाइ फिलिपकी पत्‍नी थिइन्, तर पछि उसले अवैधानिक रूपमा हेरोद एन्टिपाससित बिहे गरिन् ।
  • हेरोद र हेरोदियासको अवैधानिक बिहेको लागि बप्‍तिस्मा-दिने यूहन्‍नाले तिनीहरूलाई हप्काए । यही कारणले गर्दा हेरोदले तिनलाई झ्यालखानामा थुने र अन्त्यमा हेरोदियाको कारण शिर कटाएर तिनको हत्या गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: हेरोद एन्टिपास, (बप्‍तिस्मा दिने) यूहन्‍ना)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strong’s: G22660

हेर्मोन पर्वत

परिभाषा:

हेर्मोन पर्वत इस्राएलको सबै भन्दा उच्‍च पहाडको नाम हो ।

  • यो गालील समुद्रको उत्तरतर्फ, इस्राएल र सिरिया बिचको उत्तरी सीमा नजिक पर्छ ।
  • हेर्मोन पर्वतलाई अरू मानिसहरूले दिएका नाम “सिरियोन पर्वत” र “सेनिर पर्वत” थिए ।
  • हेर्मोन पर्वतमा तिन वटा प्रमुख टाकुरा छन् । सबैभन्‍दा अग्‍लो शिखर लगभग २,८०० मिटर अग्‍लो छ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएल, गालीलको समुन्‍द्र, सिरिया)

बाइबलका सन्‍दर्भहरूः

  • १ इतिहास ५ः२३-२४
  • इजकिएल २७ः४-५
  • यहोशू ११ः१६-१७
  • भजनसंग्रह ४२ः६
  • श्रेष्‍ठगित ४ः८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2022, H2768, H2769, H8149

होरेब

परिभाषा:

होरेब पर्वत सीनै पर्वतको अर्को नाउँ हो, जहाँ परमेश्‍वरले मोशालाई दस आज्ञा लेखिएका शिला पाटीहरू दिनुभयो ।

  • होरेब पर्वतलाई “परमेश्‍वरको पर्वत” भनिएको छ ।
  • मोशाले भेडाहरू चराइरहँदा जलिरहेको पोथ्रा देखेको ठाउँ होरेब नै थियो ।
  • परमेश्‍वरले इस्राएलीहरूलाई आफ्ना करारहरू प्रकट गराउनुभएको र आफ्ना आज्ञाहरू लेखिएका शिला पाटीहरू तिनीहरूलाई दिनुभएको ठाउँ पनि होरेब नै थियो ।
  • इस्राएलीहरू मरुभूमिमा भौँतारिदा तिनीहरूलाई पानी उपलब्ध गराउन परमेश्‍वरले मोशालाई चट्टानमा हिर्काउनू भनी आज्ञा दिनुभएको ठाउँ यही नै थियो ।
  • यो पर्वतको वास्तविक स्थान अज्ञात छ, तर यो ठाउँ हाल सीनै प्रायद्वीप भनेर चिनिने वर्तमान क्षेत्रको दक्षिणमा भएको हुन सक्छ ।
  • सम्भवतः “होरेब” पर्वतको वास्तविक नाउँ थियो, र “सीनै पर्वत” को अर्थचाहिँ “सीनैको पर्वत” हो र यसले सीनै मरुभूमिमा पवर्तको अवस्थितिलाई जनाउँछ ।

(हेर्नुहोस्ः करार, इस्राएल, मोशा, सीनै, आज्ञाहरू)

बाइबलका सन्दर्भहरूः

  • १ राजा ८ः९-११
  • २ इतिहास ५ः९-१०
  • व्‍यवस्‍था १ः२
  • प्रस्थान ०३:१-३
  • भजनसंग्रह १०६ः१९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2722

होशिया

परिभाषा:

होशिया इस्राएलका राजासाथै पुराना करारमा केही मानिसहरूको नाउँ थियो ।

  • यहूदाका राजाहरू आहाज र हिजकियाको शासनकालमा एलाहका छोरा होशिया नौ वर्षसम्म इस्राएलका राजा भए ।
  • नूनका छोरा यहोशूको पहिलेको नाउँ होशिया थियो । कनानीहरूको देशमा यहोशू र अन्य एघार जनालाई भेद लिन पठाउनुभन्दा पहिले मोशाले होशियाको नाउँ यहोशूमा बद्लेका थिए ।
  • मोशाको मृत्युपश्‍चात् कनान देश कब्जा गर्न यहोशूले इस्राएलका मानिसहरूलाई अगुवाइ गरे ।
  • होशिया नाउँ गरेका अर्का मानिस अजज्याहका छोरा थिए, जो एफ्राइमीहरूका अगुवाहरूमध्ये एक थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः आहाज, कनान, कनानी, एफ्राइम, हिजकिया, यहोशू, मोशा)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २७ः२०
  • २ राजा १५ः३०
  • २ राजा १७ः३
  • २ राजा १८ः१
  • २ राजा १८ः९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1954

होशे

परिभाषा:

होशे इस्राएलका एक अगमवक्ता थिए, जसले ख्रीष्‍टको आगमनभन्दा करिब ७५० वर्षअगि भविष्यवाणी गरे ।

  • तिनको सेवा-कार्य धेरै वर्षसम्म लम्बियो । तिनले यरोबाम, जकरिया, योताम, आहाज, होशिया, उज्जियाह र हिजकियाजस्ता राजाहरूको शासनकालमा सेवा गरे ।
  • परमेश्‍वरले होशेलाई गोमेर नाउँ गरेकी वेश्यासित बिहे गर्न र ऊ होशेप्रति अविश्‍वासयोग्य रहे तापनि उसलाई प्रेम गरिरहन आज्ञा दिनुभयो ।
  • यो परमेश्‍वरका अविश्‍वासयोग्य जाति इस्राएलप्रति उहाँको प्रेमको तस्बिर थियो ।
  • होशेले इस्राएलका मानिसहरूका पापको कारणले तिनीहरूको विरुद्धमा अगमवाणी गरे । तिनले उनीहरूलाई मूर्तिपूजाहरूबाट फर्केर आउन चुनौती दिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः आहाज, हिजकिया, होशिया, यरोबाम, योताम, उज्जियाह, अजर्याह, जकरिया)

बाइबलका सन्दर्भहरूः

  • होशे १:१-२

  • होशे  १ः३-५

  • होशे १ः६-७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1954, G56170