Genesis 12

Genesis 12 General Notes

Special concepts in this chapter
Abram

When God said, "Go from your country, and from your relatives," he established several new people groups. These groups descended from Abram.

God's covenant with Abraham

God made a covenant with Abram. This covenant was not conditioned upon anything that Abraham needed to do, but the fulfillment of its promises is conditioned upon the actions of each generation of his descendants. It has not yet been fulfilled in its entirety. (See: /WA-Catalog/en_tw?section=kt#covenant, /WA-Catalog/en_tw?section=kt#fulfill and /WA-Catalog/en_tw?section=kt#promise)

Other possible translation difficulties in this chapter
"They will kill me"

Abram was afraid the Egyptians would see him as a foreigner and upon seeing his beautiful wife, they would try to kill him. This would free Sarai to marry someone else. Apparently, it would have been easy for them to kill a foreigner without punishment. If she was Abram's sister, they would have shown favor to him. (See: /WA-Catalog/en_tm?section=translate#figs-explicit and /WA-Catalog/en_tw?section=kt#favor).

<< | >>

Genesis 12:1

Now

This word is used to mark a new part of the story.

तेरो देश, तेरा नातेदारहरू ... जा

"तेरो देश, तेरा परिवारहरू ... जा"

म तँलाई ठुलो जाति बनाउनेछु

यहाँ "तँलाई" एकवचन हो र यसले अब्रामलाई जनाउँछ, तर अब्रामले तिनको सन्तानको प्रतिनिधित्व गर्छ । अर्को अनुवाद‍ः "म तँद्वारा एउटा ठूलो जाति सुरु गर्नेछु" अथवा "म तेरो सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तेरो नाउँ महान् हुनेछ

"नाउँ" शब्दले व्यक्तिको प्रतिष्‍ठालाई जनाउँछ । अर्को अनुवाद‍ः "तलाई प्रसिद्ध गराउनेछु" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तँ आशिष् हुनेछस्

"अरू मानिसहरूको लागि" शब्दहरू बुझिन्छ । अर्को अनुवाद‍ः "तँ अरू मानिसहरूको लागि आशिष् हुनेछस्" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-ellipsis)

तँलाई अनादर गर्नेलाई म सराप दिनेछु

"तँलाई शर्मशील तरिकाले व्यवहार गर्ने जोसुकैलाई म सराप दिनेछु" अथवा "यदि तँलाई कसैले व्यर्थको रूपमा व्यवहार गर्छ भने म त्यसलाई सराप दिनेछु"

तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन्

यसलाई कर्मवाच्य बनाउन सकिन्छ । उदाहरणको लागिः "तँद्वारा पृथ्वीका सबै परिवारहरूलाई आशिष् दिइनेछ" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

तँद्वारा

"तेरो कारणले" अथवा "किनभने मैले तँलाई आशिष् दिएको छु"

translationWords

Genesis 12:4

सम्पत्ति

यसले पशुहरू र भौतिक सम्पत्तिलाई समावेश गर्छ ।

प्राप्‍त गरेका मानिसहरू

सम्भावित अर्थहरू हुन्ः १) "तिनीहरूले जम्मा गरेका दासहरू" (EN-UDB) अथवा २) तिनीहरूले आफूहरूसँग राख्‍न जम्मा गरेका मानिसहरू"

translationWords

Genesis 12:6

अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए

अब्राम परिवारको शिर भएको कारण तिनको नाउँमात्र उल्लेख गरिएको छ । परमेश्‍वरले तिनलाई तिनको परिवार लिएर त्यहाँ जान आज्ञा गर्नुभएको थियो । अर्को अनुवाद‍ः "त्यसैले अब्राम र तिनको परिवार भूमि भएर गए ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

त्यो भूमि

"कनानको भूमि"

मोरेको फलाँटको रुख

मोरे शायद ठाउँको नाउँ थियो । (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#translate-names)

तिनीकहाँ देखा पर्नुहुने परमप्रभु

"परमप्रभु, किनभने उहाँ तिनीकहाँ देखा पर्नुभएको थियो"

translationWords

Genesis 12:8

जहाँ तिनले ... तिनको पाल टाँगे

जसै अब्राम यात्रा गर्थे, तिनीसँग धेरै मानिसहरू हुन्थे । एउटा ठाउँदेखि अर्को ठाउँ यात्रा गर्ने मानिसहरू पालहरूमा बस्थे । अर्को अनुवाद‍ः "तिनीहरूले आफ्ना पालहरू टाँगे"

परमप्रभुको नाउँको पुकारा गरे

"परमप्रभुको नाउँमा प्रार्थना गरे" अथवा "परमप्रभुलाई आराधना गरे"

अनि अब्रामले यात्रा गर्दै ... गए

तिनले आफूसित आफ्नो पाल लिएर गए भन्‍ने कुरालाई तपाईंले स्पष्‍ट पारिदिनुपर्छ। "अनि अब्रामले आफ्नो पाल उठाए र यात्र गर्दै ... गए ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

नेगेवतिर

"नेगेवको क्षेत्रतिर" अथवा "दक्षिणतिर" वा "दक्षिणमा नेगेव मरुभूमितिर"

translationWords

Genesis 12:10

अनिकाल लागेको थियो

त्यस वर्ष फसल राम्रोसँग उब्जेन । यसलाई अझ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद‍ः "त्यहाँ खानेकुराको अभाव थियो ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

भूमिमा

"क्षेत्रमा" वा "अब्राम बसिरहेको भूमिमा"

तिर झरे

सम्भावित अर्थहरू हुन्ः १) "अझ पर दक्षिणतिर गए" (EN-UDB) २) "कनानबाट टाढा ... तिर गए" । यसलाई कुनै अग्लो स्थानबाट तल्लो स्थानमा जाने कुरालाई जनाउने तपाईको सामान्य शब्दको प्रयोगद्वारा अनुवाद गर्नु राम्रो हुनेछ ।

तिनीहरूले मलाई मार्ने छन् ... तिमीलाईचाहिँ जीवितै

तिनीहरूले अब्रामलाई मार्ने कारणलाई यहाँ स्पष्‍ट पार्न सकिन्छः "तिनीहरूले मलाई मार्नेछन् ताकि तिनीहरू तिमीसँग विवाह गर्न सकून् ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

ताकि ... तिम्रो खातिर मेरो जीवन बाँचोस्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "ताकि ... तिम्रो कारण, मेरो जीवन बचाइनेछ ।" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

translationWords

Genesis 12:14

It came about that

Possible meanings are 1) This phrase is used here to mark where the action starts, and if your language has a way for doing this, you could consider using it here, or 2) "And that was what happened" .

फारोका अधिकारीहरूले तिनलाई देखे

"फारोका अधिकारीहरूले साराईलाई देखे" वा "राजाका अधिकारीहरूले तिनलाई देखे" (EN-UDB)

ती स्‍त्रीलाई फारोको घरानामा लगियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "फारोले तिनलाई आफ्नो घरानामा लगे" वा "फारोले तिनलाई आफ्नो घरानामा लैजान आफ्ना सैनिकहरूलाई लगाए" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

ती स्‍त्री

साराई

फारोको घराना

सम्भावित अर्थहरू हुन्ः १) "फारोको परिवार", अर्थात पत्‍नीको रूपमा, अथवा २) "फारोको घर" वा "फरोको दरबार", आफ्ना पत्‍नीहरू मध्ये एक बनाउन फारोकोलागि a euphemism (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-euphemism)

तिनको खातिर

"साराईको खातिर" वा "तिनको कारण"

translationWords

Genesis 12:17

अब्रामकी पत्‍नी साराईको कारण

यसलाई अझै स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद‍ः "किनभने फारोले अब्रामकी पत्‍नी साराईलाई आफ्नो पत्‍नी बनाउनको लागि लिने इरादा गरे" (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-explicit)

फारोले अब्रामलाई बोलाए

"फारोले अब्रामलाई आफूकहाँ आउन आदेश दिए"

तिमीले मलाई यो के गरेको ?

अब्रामले उनलाई गरेको कुरा बारे उनी कति रिसाएका थिए भनी देखाउन फारोले यो आलङ्कारिक प्रश्‍न प्रयोग गरे । यसलाई उद्‍गारको रूपमा पनि बताउन सकिन्छ । अर्को अनुवाद: "तिमीले मलाई ज्यादै खराबी गर्‍यो !" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/en_tm?section=translate#figs-rquestion)

अनि फारोले तिनको बारेमा आफ्‍ना मानिसहरूलाई आदेश दिए

"अनि फारोले अब्रामको बारे आफ्ना अधिकारीहरूलाई निर्देशन दिए"

तिनीहरूले तिनलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकसहित पठाए

"अधिकारीहरूले अब्रामलाई तिनकी पत्‍नी र तिनका सबै सम्पत्तिसहित फारोकहाँबाट पठाइदिए ।"

translationWords