खेतको मालिकले ज्यालादारीमा काम गर्नको निम्ति बिहानै नियुक्त गरेका कामदारहरूलाई एक दिनको ज्याला एक दिनार दिन राजी भए । [२०:१-२]

खेतको मालिकले जे उचित छ त्यो तिनीहरूलाई दिनेछु भनेर भने । [२०:४]
पाँच बजेतिर नियुक्त गरिएका कामदारहरूले एक दिनार ज्याला नै पाए । [२०:९]
तिनीहरूले दिनभरि नै काम गरेका थिए, तर केवल एक घण्टा काम गरेकाहरूले पाए जति ज्याला मात्र तिनीहरूले पाए भनेर ती कामदारहरूले असन्तोष प्रकट गरे । [२०:११-१२]

खेतका मालिकले आफूले कामदारहरूलाई कुनै पनि खराबी नगरेको र तिनीहरूलाई जति तिर्नुपर्ने थियो त्यति नै दिएको भनेर भने । [२०:१३-१४]

येशूले आफू मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछ; उहाँलाई मृत्युदण्डको दोष लगाइनेछ; क्रुसमा टाँगिनेछ, र तेस्रो दिनमा जीवित पारिनेछ भनेर आफ्ना चेलाहरूलाई भन्नुभयो । [२०:१७-१९]

येशूको राज्यमा आफ्ना दुई छोरामध्ये एउटा उहाँको दाहिने हातपट्टि र अर्को देब्रे हातपट्टि बस्न पाऊन् भनेर तिनले उहाँसँग बिन्ती गरिन् । [२०:२०-२१]

येशूले भन्नुभयो, कि यी स्थान तिनीहरूका निम्ति पिताले तयार गरिसक्नुभएको छ जसलाई उहाँले छान्नुभएको छ । [२०:२३]
जो महान् हुन चाहन्छ, ऊ सेवक हुनुपर्छ भनेर येशूले भन्नुभयो । [२०:२६]
येशू सेवा गर्न र धेरैको छुटकाराको मोलस्वरूप आफ्नो प्राण दिन आउनुभएको हो भनेर उहाँले भन्नुभयो । [२०:२८]
ती दुई दृष्टिविहीन मानिस यसो भनी चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।” [२०:३०]
येशू दयाले भरिनुभएर उहाँले ती दुई दृष्टिविहीन मानिसलाई निको पार्नुभयो । [२०:३४]