सर्वप्रथम सूचीकृत गरिएका दुई पुर्खा दाऊद र अब्राहाम हुन् । [१:१]
वंशावलीको अन्तमा नाम उल्लेख गरिएकी पत्नी योसेफकी पत्नी मरियम हुन् किनकि तिनीबाट नै येशू जन्मनुभएको थियो । [१:१६]
योसेफसँग आउनुभन्दा अगि मरियम पवित्र आत्माद्वारा गर्भवती भइन् । [१:१८]
योसेफ एक धर्मी मानिस थिए । [१:१९]
योसेफले मरियमसँग भएको मगनीलाई गुप्तमा नै अन्त गर्ने विचार गरे । [१:१९]
मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार्नू भनी एउटा स्वर्गदूतले योसेफलाई सपनामा बताए, किनकि तिनको गर्भमा हुनुभएका बालक पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको थियो । [१:२०]
बालकको नाम येशू राख्नू भनी योसेफलाई भनिएको थियो किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने थियो । [१:२१]
एउटी कन्याले बालक जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन् भनेर पुरानो करारको भविष्यवाणीले भनेको थियो, जसको अर्थ हुन्छ, “परमेश्वर हामीसित ।” [१:२३]
मरियमले येशूलाई नजन्माउन्जेलसम्म योसेफले तिनीसँग सहवास नगर्नको निम्ति तिनी होसियार भए । [१:२५]