24

1 येशूले मन्दिरको चोक छोड्‍नुभयो । उहाँ हिंड्‍दै गर्नुहुँदा, उहाँकाो चेलाहरू उहाँकहाँ आए र मन्दिरका भवनहरू कति धेरै सुन्दर छन् भन्‍ने बारेमा कुरा गर्न सुरु गरे । 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले हेर्दै गरेका यी भवनहरूका सत्‍यताको बारेमा म तिमीहरू भन्छुः सिपाहीको एउटा झुण्‍डले त्यसलाई पूर्णरुपले नाश गर्नेछ । यी भवनहरूमा भएका हरेक ढुंगालाई तिनीहरूले तल फाल्‍नेछन् । एउटा ढुंगा अर्को ढुंगामाथि रहने छैन ।” 3 त्यसपछि, जैतुन डाँडाको भिरालोमा येशू एक्लै बसिरहनुहुँदा, चेलाहरू उहाँकहाँ गए र उहाँलाई सोधे, “मन्दिरका भवनहरू कहिले त्‍यस्‍तो हुनेछन् ? र तपाईं फेरि आउनै लाग्‍नुभएको छ भनी दर्शाउनलाई र यो संसारको अन्त हुनै लागेको छ भनी दर्शाउनलाई के हुनेछ ?” 4 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई यत्ति भन्‍नेछु, निश्‍चत होओ कि के हुनेछ भन्‍ने बारेमा कसैले तिमीलाई छल नगरोस् !” 5 धेरैजना मानिसहरू आउनेछन् र तिनीहरू म नै हुँ भन्‍नेछन् । हो, तिनीहरूले वास्तवमै भन्‍नेछन्, “ख्रीष्‍ट म नै हुँ,’ र तिनीहरूले धेरै मानिसहरूलाई छल गर्नेछन् । 6 तिमीहरूले नजीकमा भएका युद्धहरू र टाढामा भएका युद्धहरूका बारेमा सुन्‍नेछौ, तर त्‍यसबाट तिमीहरू दुःखी नहोओ ! यो कुरा ध्‍यानमा राख कि ती कुराहरू हुनैपर्छ भनी परमेश्‍वरले भन्‍नुभएको छ । तर जब ती कुराहरू हुन्‍छन्, त्‍यसको अर्थ यो होइन कि संसारको अन्त आएको छ ! 7 मानिसहरूको समूहले एकअर्कामाथि आक्रमण गर्नेछन्, र राजाहरूले एकअर्काको विरुद्धमा सिपाहीहरूको नेतृत्‍व गर्नेछन् । धेरै ठाउँहरूमा अनिकालहरू र भूकम्पहरू हुनेछन् । 8 पहिले यिनै कुराहरू हुनेहुन्, तर शिशु जन्माउनअघि प्रस्रव पीडामा परेकी एकजना स्‍त्रीको जस्तै तिनीहरू हुनेछ । 9 झन् धेरै खराब कुराहरू हुनेछन् । तिमीहरूको विरोध गर्ने मानसिहरूले तिमीहरूलाई यातना दिन र मार्नलाई लैजानेछन् । सबै मानिसहरूका समूहमा बसोबास गर्ने मानिसहरूको समूहले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरू मलाई विश्‍वास गर्छौ । 10 अझै, तिनीहरूले पाएको सातवटको कारणले धेरै मानिसहरूले विश्‍वास छोड्नेछन् । तिनीहरूले आफ्‍नै विश्‍वासी मित्रलाई धोका दिनेछन्, र एक अर्कालाई घृणा गर्नेछन् । 11 धेरैजना आफैंलाई अगमवक्‍ताहरू हुन् भन्दै आउनेछन्, तर तिनीहरू झुटो बोल्‍नेछन्, र तिनीहरूले धेरै मानिसलाई छल गर्नेछन् । 12 धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको व्यवस्थालाई उल्लङ्घन गर्ने हुनाले, धेरैजना विश्‍वासीहरूले एकअर्कालाई प्रेम गर्ने छैनन् । 13 तर आफ्‍नो जीवनको अन्तसम्म विश्‍वास गरिरहनेहरू सबैलाई परमेश्‍वरले बचाउनुहुनेछ । 14 अझैधेरै, कसरी परमेश्‍वरले संसारको हरेक भागमा राज्‍य गर्दै हुनुहुन्‍छ भन्‍ने बारेमा, सबै मानव समूहहरूलाई घोषणा गर्ने उदेश्‍यले, विश्‍वासीहरूले सुसमाचार प्रचार गर्नेछन् । त्यसपछि संसारको अन्त आउनेछ ।” 15 “तर संसारको अन्त हुनु अघि, पवित्र मन्दिरलाई अशुद्ध बनाउनेछ र मानिसहरूलाई त्‍यो त्‍याग्‍न लगाउने घृणित व्‍यक्ति मन्‍दिरमा खडा हुनेछ । त्‍यसको बारेमा दानियल अगमवक्‍ताले धेरै अघि बोले र लेखे । यो पढ्ने हरेकले ध्यान देओस्, किनभने म तिमीहरूलाई चेतावनी दिंदैछु । 16 जब तिमीहरूले मन्दिरमा त्‍यो भएको देख्‍नेछौ, तिमीहरूमध्‍ये जो यहूदिया क्षेत्रमा हुनेहरू उच्‍च पहाडहरूतिर भाग्‍नुपर्छ ! 17 आफ्‍ना घरहरूबाहिर हुनेहरू आफू भग्‍नुअघि चीजबीजहरू लिनलाई फर्केर आफ्‍नो घरहरूभित्र जानुहुँदैन । 18 आफ्‍ना खेतबारीमा काम गर्नेहरू आफू भग्‍नुअघि आफ्‍नो बाहिरी वस्‍त्र लिनलाई फर्कनुहुँदैन । 19 त्‍यो समयमा गर्भवती महिलाहरू र आफ्ना शिशुहरूलाईो स्‍तनपान गराउने महिलाहरूको लागि कति भयानक हुनेछ, किनभने तिनीहरूलाई भाग्‍नलाई अत्‍यन्‍तै कठिन हुनेछ ! 20 तिमीहरू जाडो मौसममा भग्‍न नपरोस् जतिबेला यात्रा गर्न कठिन हुनेछ, वा शवाथ-दिन, विश्राम-दिन नपरोस् भनेर प्रार्थना गर; 21 किनभने यी कुराहरू हुँदा, मानिसहरूलाई असाध्यै दुःख हुनेछ । परमेश्‍वरले संसारको सृष्‍टि गर्नुभएको समयदेखि अहिलेसम्म मानिसहरूले त्‍यस्‍तो असह्‍य दुःख कदापि भोगेका छैनन् र कसैले पनि फेरि त्यस्‍तो दुःख कदापि भोग्‍नुपर्ने छैनन् । 22 जतिबेला मानिसहरू अत्‍यन्‍तै कष्‍ट भोग्‍नेछन्, परमेश्‍वरले त्‍यो समयलाई छोटो पार्ने निर्णय गर्नुभएको थिएन भने, हरेक व्‍यक्ति मर्ने थिए । तर उहाँले त्‍यसलाई छोटो पार्ने निर्णय गर्नुभएको छ, किनभने उहाँले चुन्‍नु भएका मानसिहरूको उहाँले ख्याल गर्नुहुन्छ ।” 23 त्यो समयमा, कसैले तिमीहरूलाई भन्‍छ, ‘हेर, ख्रीष्‍ट यहाँ छन् !’ वा कसैले भन्‍छ, ‘ख्रीष्‍ट त्‍यहाँ छन् !’ त्‍यसलाई विश्‍वास नगर । 24 मानिसहरूलाई झुक्याउनका लागि तिनीहरूले धेरै किसिमकाे आश्‍चर्यका कामहरू र अचम्मका कुराहरू गर्नेछन् । परमेश्‍वरले चुन्‍नुभएका तिमीहरू जस्ता मानिसहरूलाई पनि तिनीहरूले झुक्याउने कोसिस गर्नेछन् । 25 यो कुरा नबिर्स कि मैले तिमीहरूलाई यी हुनुभन्‍दा अघि नै यी सबै कुराको बारेमा चेतावनीका दिएको छु । 26 यसैले कसैले तिमीलाई यसो भन्छ भने, ‘हेर, ख्रीष्‍ट उजाड-स्थानमा हुनुहुन्छ !’ त्यहाँ नजाओ । यसरी नै कसैले तिमीलाई भन्छ भने, ‘हेर, उहाँ एउटा गुप्‍त कोठामा हुनुहुन्छ !’ त्‍यस व्‍यक्तिलाई विश्‍वास नगर, 27 किनभने जसरी पूर्वबाट पश्‍चिमसम्म बिजुली चम्कन्छ र मानिसहरूले त्‍यो देख्‍छन्, त्‍यसरी नै, जब मानिसको पुत्र फेरि आउनेछ, हरेक देख्‍नेछ । 28 जसरी गिद्धहरू जम्‍मा भएको ठाउँमा एउटा जनावरको सिनो हुन्‍छ भनी तिमीहरू जान्‍दछौ त्‍यसरी नै त्‍यो कुरा हरेकलाई स्पस्ट हुनेछ ।” 29 “त्यो समयमा मानिसहरूले कष्‍ट भोग्‍ने बित्तिकै, सुर्य अन्धकार हुनेछ । चन्द्रमाले चमक दिनेछैन । ताराहरू आकाशबाट खस्‍नेछन् । र आकाशलाई भएका सबै कुराहरूले आफ्नो ठाउँ छोडून् भनेर परमेश्‍वरले हल्लाउनुहुनेछ । 30 त्यसपछि, मानिसको पुत्र आकाशमा देखापरेको हरेकले देख्‍नेछ । तब पृथ्‍वीमा भएका सबै मानिसहरूको समूहका अविस्‍वासी मानिसहरूले विलाप गर्नेछन् किनभने तिनीहरू डराउनेछन् । म, मानिसको पुत्र शक्ति र ठूलो महिमामा बदलहरूमा आउँदै गरेको तिनीहरूले मलाई देख्‍नेछन् । 31 उनले आकाशको हरेक कुनाबाट आफ्‍ना स्वर्गदूतहरूलाई पृथ्वीमा पठाउनेछन् । जब तिनीहरूले तुरहीको चर्को स्वोर सुन्‍नेछन्, परमेश्‍वरले चुन्‍नुभएका -- उहाँका मानिसहरूलाई सम्‍पूर्ण पृथ्‍वीबाट -- तिनीहरूले एकसाथ जम्‍मा गर्नेछन् ।” 32 “अब अन्जिरका रूखहरू कसरी बढ्छन्, त्‍यसबाट केही कुरा सिक । जब अन्जिरका हाँगाहरू कोमल हुन्‍छन् र त्‍यसका पातहरू पलाउन थाल्छन्, गर्मीयाम नजिक आउँदैछ भनी तिमीहरू जान्‍दछौ । 33 यसरी नै, जब तिमीहरूले यी सबै कुराहरू हुँदै गरेको देख्‍नेछौ, तिमीहरू जन्‍नेछौ कि उनको पुनःआगमनको समय एकदमै नजिकै छ । 34 यो कुरा ध्‍यान देओः यी सबै घटनाहरू देखेका सबै मानिसहरूको मृत्‍यु हुनुअघि नै यी कुराहरू हुनेछन् । 35 मैले तिमीहरूलाई भनेका यी कुराहरू अवश्य हुन आउनेछन् भन्‍ने कुरामा तिमीहरू निश्‍चित होओ । एकदिन पृथ्वी र आकाश हराएर जानेछन्, तर जे म भन्छु त्‍यो सधैँ सत्य हुनेछ ।” 36 “तर अरू कुनै व्‍यक्तिले, न स्वर्गमा भएका कुनै स्‍वर्गदूतले, न पुत्रले नै कतिबेला यी कुराहरू हुनेछन् भनी त्‍यो दिन वा समयको बारेमा थाहा छ । परमेश्‍वर पितालाई मात्र थाहा छ ।” 37 नोआले जीवन बिताएको समयमा जे भयो तेस्तै हुनेछ । जलप्रलय नआएसम्‍म, मानिसहरूलाई कुनै नराम्रो कुरा हुन्छ भनी तिनीहरूलाई थाहा थिएन । तिनीहरू सधैंझैं खाँदै र पिउँदै थिए । 38 पुरुषहरूले विवाह गर्दै थिए, र बुबाआमाले आफ्ना छोरीहरूको विवाह पुरुषहरूसित गरिदिंदै थिए । 39 नोआ र तिनको परिवार एउटा ठूलो डुंगाभित्र पस्‍ने दिनसम्‍म नै तिनीहरू यो सब गर्दै थिए । र त्‍यसपछि जलप्रलय आयो र डुंगामा नभएका सबैलाई डुबाइदियो । त्यसरी नै, अविश्‍वासी मानिसहरूले मानिसको पुत्र कहिले फर्केर आउनेछ थाहा पउनेछैनन् । 40 जब त्‍यो हुन्‍छ, सबै मानिसलाई स्वर्गमा लगिनेछैन । उदाहरणको लागि, दुईजना खेतबारीमा हुनेछन् । तिनीहरूमध्‍ये एकजना स्वर्गमा लगिनेछ र अर्कोचाहिं दण्डको लागि यहाँ छोडिनेछ । 41 त्यसरी नै, दुई महिलाहरू जाँतोमा अन्‍न पिंधिरहेका हुनेछन् । तिनीहरूमध्‍ये एकजना स्वर्गमा लगिनेछ र अर्कोचाहिं छोडिनेछ । 42 यसैले, तिमीहरूका प्रभु कुन दिन यस पृथ्वीमा फर्केर आउनेछन् भनी तिमीहरूलाई थाहा नभएको कारणले तिमीहरू हरसमय तयार रहनु आवश्यक छ । 43 तिमीलाई थाहा छ कि घरको मालिकले रातको कुन समयमा चोरहरू आउँछन् भनेर थाहा पाएको भए, तिनी जागा रहन्‍थे र चोरहरूलाई भित्र आउनबाट रोक्‍ने थिए । त्‍यसरी नै मानिसको पुत्र एउटा चोरझैं अचानक आउनेछन् । 44 यसैले तिमीहरू तयार रहनु आवश्यक छ किनभने मानिसको पुत्र पृथ्वीमा तिमीहरूले उनी आउने आशा नगरेको समयमा पर्केर आउनेछन् ।” 45 “हरेक विश्‍वासयोग्य र बुद्धिमान नोकर कस्तो हुन्‍छ भन्‍ने बारेमा विचार गर । घरको मालिकले एकजना सेवकलाई अरू सेवकहरूको निरीक्षण गर्नलाई नियुक्ति गर्छ । तिनीहरूलाई ठिक समयहरूमा खान दिनलाई तिनले उसलाई भन्‍छन् । त्‍यसपछि तिनी एउटा लामो यात्रामा जान्‍छन् । 46 घरको मालिक फर्कंदा त्‍यस सेवकले त्‍यो काम गर्दै गरेको हुन्‍छ भने, घरका मालिक उससँग धेरै खुशी हुनेछन् । 47 यो कुरा विचार गरः घरका मालिकले त्यो सेवकलाई तिनका आफ्‍ना सारा धनदौलतमाथि निरीक्षक बनाउनेछन् । 48 तर दुष्‍ट सेवकले मनमनै यसो भन्‍न सक्‍छ, ‘मालिक लामो समयको लागि बाहिर गएका छन्, यसैले तिनी सायद चाँडै नै पर्केर आउनेछैनन् र म जे गर्दैछु, त्‍यो भेट्टाउने छैनन् ।’ 49 यसैले उसले अरू सेवकहरूलाई कुट्न सुरु गर्नेछ र मदिरा सेवन गरेकाहरूसँगै खान र पिउन थाल्‍नेछ । 50 त्‍यसपछि त्‍यो सेवकले आशा नगरेको समयमा घरको मालिक फर्केर आउनेछन् । 51 तिनले त्यो सेवकलाई असह्‍य दण्‍ड दिनेछन् र तिनले त्‍यसलाई कपटीहरू राखेको स्थानमा राख्‍नेछ । त्यो ठाउँमा मानिसहरू रुन्‍छन् र आफ्‍ना दाह्रा किट्छन् किनभने तिनीहरूले धेरै पीडा भोग्‍नेछन् ।”