1

1 यो येशू ख्रीष्‍टका पुर्खाहरू, अब्राहामका र राजा दाऊदका सन्‍तानको विवरण हो । 2 अब्राहाम इसहाकका बुबा थिए । इसहाक याकूबका बुबा थिए । याकूब यहूदा र तिनका दाजुभाइका बुबा थिए । 3 यहूदा फारेस र जाहेरका बुबा थिए, र तिनीहरूका आमा तामार थिइन् । फारेस हेस्रोनका बुबा थिए । हेस्रोन आरामका बुबा थिए । 4 आराम अम्‍मीनादाबका बुबा थिए । अम्‍मीनादाब नहशोनका बुबा थिए । नहशोन सल्‍मोनका बुबा थिए । 5 सल्मोन र तिनकीा पत्‍नी, एक गैर-यहूदी स्‍त्री, राहाब बोअजका बुबाआमा थिए । बोअज ओबेदका बुबा थिए । ओबेदकी आमा रूथ अर्की गैर-यहूदी स्‍त्री थिइन् । ओबेद यिशैका बुबा थिए । 6 यिशै राजा दाऊदका बुबा थिए । दाऊद सोलोमानको बुबा भए; सोलोमनकी आमा पहिले उरियाहकी पत्नी थिइन् । 7 शोलोमन रेहोवमका बुबा थिए रेहोवम अवियहरूको बुबा थिए । अबियह आशाको बुबा थिए । 8 आशा योसेसाफातका बुबा थिए । योसोसफात योहोरामको बुबा थिए योहोराम उज्जियाका पुर्खाहरू थिए । 9 उज्ज्जियहा योथामका बुबा थिए । योथाम आहजका बुबा थिए आहज हेज्कियाका बुबा थिए । 10 हिजकिया मनश्‍शेका बुबा थिए । मनश्‍शे अमोनका बुबा थिए । अमोन योशियाहका बुबा थिए । 11 योशियाह यकोनियास र तिनका भाइहरूका बुबा थिए । तिनीहरू बेबिलोनका सेनाले इस्राएलीहरूलाई कैदीहरूको रूपमा बेबिलोनको देशमा लगेको समयमा बस्‍थे । 12 बेबिलोनीहरूले इस्राएलीहरूलाई बेबिलोनमा निर्वासनमा लगेपछि यकोनियास शालतिएलका बुबा भए । शालतिएल यरूबाबेलका पुर्खा थिए । 13 यरूबाबेल अबिउदका बुबा थिए । अबिउद एल्‍याकीमका बुबा थिए । एल्‍याकीम आजोरका बुबा थिए । 14 आजोर सादोकका बुबा थिए । सादोक आखिमका बुबा थिए । आखिम एलिउदका बुबा थिए । 15 एलिउद एलोजारका बुबा थिए । एलाजार मत्तानका बुबा थिए । मत्तान याकूबका बुबा थिए । 16 याकूब योसेफका बुबा थिए । योसेफ मरियमकाा पति थिए, र मरियम येशूकीा आमा थिइन् । येशू नै हुनुहुन्‍छ जसलाई ख्रीष्‍ट भनिन्छ । 17 येशूका पुर्खाहरूका नामावली निम्‍नअनुसार छ : अब्राहाम बाँचेको समयदेखि राजा दाऊद बाँचेको समयसम्‍म तिनीहरूमध्‍ये चौधजना थिए । राजा दाऊद बाँचेको समयदेखि इस्राएलीहरू बेबिलोनमा गएको समयसम्म अरू चौधजना थिए, र त्‍यसपछि त्‍यो समयदेखि ख्रीष्‍टको जन्म भएको समयसम्‍म अझै अरू चौधजना थिए । 18 येशू ख्रीष्‍ट जन्मिनुभन्दा पहिले जे भएको थियो त्‍यसको वर्णन यही हो । उहाँकी आमा मरियमले योसेफसँग विवाह गर्ने प्रतिज्ञा गरेकी थिइन्, तर तिनीहरू पति पत्‍नीको रूपमा सँगसँगै बस्‍नुअघि नै उनी पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी तिनीहरूले थाहा पाए । 19 अब योसेफ, जो उनको पति बन्दै थिए, एकजना मानिस जसले परमेश्‍वरका आज्ञाहरू पालन गरे, यसैले तिनले उनलाई विवाह नगर्ने निर्णय गरे । तर तिनले उनलाई अरू मानिसहरूको सामु शर्ममा पार्न चाहेनन् । यसैले उनलाई विवाह गर्ने आफ्‍ना योजनाहरूलाई तिनले गुप्तमा नै त्‍याग्‍ने निर्णय गरे । 20 तिनले यस बारेमा गम्भिर रूपमा विचार गरिरहँदा, परमप्रभुले पठाउनुभएको एउटा स्वर्गदूत सपनामा तिनीकहाँ एक्‍कासि देखा परे । ती स्‍वर्गदूतले भने, “योसेफ, राजा दाऊदका सन्तान, मरियमलाई विवाह गर्न नडराऊ । तिनमा जो गर्भधारण हुनुभएको छ उहाँ पवित्र आत्माद्वारा हुनुहुन्‍छ । 21 तिनले एउटा छोरो जन्माउने छिन् । उहाँको नाम ‘येशू’ राख, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ ।” 22 परमप्रभुले धेरै पहिले यशैया अगमवक्‍तालाई जे लेख्‍न भन्‍नुभएको थियो, त्‍यो पुरा हुनलाई यी सबै हुन आए, 23 “सुन, एउटी कन्‍या गर्भवती हुने छिन् र एउटा छोरो जन्माउने छिन् । तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍ने छन्” जसको अर्थ “परमेश्‍वर हामीसित हुनुहुन्छ ।” 24 जब योसेफ निन्द्राबाट बिउँझे, स्वर्गदूतले तिनलाई जे गर्ने आज्ञा दिएका थिए तिनले त्‍यही गरे । तिनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा लिएर बस्‍न सुरु गरे । 25 तर उनले एउटा छोरोलाई जन्‍म नदिएसम्‍म तिनले उनीसँग सहवास गरेनन् । र योसेफले उहाँको नाम येशू राखे ।