मत्तीको सुसमाचारको परिचय

भाग १: सामान्य परिचय

मत्तीको पुस्तकको रूपरेखा

१. येशू ख्रीष्‍टको जन्म र उहाँको सेवकाइको सुरुवात (१:१––४:२५) १. येशूको डाँडाको उपदेश (अध्याय ५:१––७:२८) १. येशूले चङ्गाइको कार्यहरूद्वारा परमेश्‍वरको राज्यको चित्रण गर्नुहुन्छ (८:१––९:३४) १. सुसमाचार प्रचारको लक्ष्य र राज्यको बारेमा येशूको शिक्षा (९:३५––१०:४२) १. परमेश्‍वरको राज्यको सुसमाचारको बारेमा येशूको शिक्षा । उहाँको विरुद्धमा उठेको विपक्षी (११:१––१२:५०) १. परमेश्‍वरको राज्यको बारेमा येशूका दृष्‍टान्तहरू (१३:१––५२) १. येशूको विरुद्धमा उठेको थप विपक्षी र परमेश्‍वरको राज्यको गलत बुझाइ (१३:५३––१७:५७) १. परमेश्‍वरको राज्यमा हुने जीवनको बारेमा येशूको शिक्षा (१८:१––३५) १. येशूले यहूदियामा सेवा गर्नुहुन्छ (१९:१––२२:४६) १. अन्तिम न्याय र उद्धारको बारेमा येशूको शिक्षा (२३:१––२५:४६) १. येशूलाई क्रूसमा टाँगेको, उहाँको मृत्यु र पुनरुत्थान (२६:१––२८:१९)

मत्तीको पुस्तक केको बारेमा हो ?

मत्तीको अनुसारको सुसमाचार नयाँ करारमा भएका चारवटा सुसमाचारहरूमध्येको एक हो जसले येशू ख्रीष्‍टको जीवनको केही अंशको वर्णन गर्छन्, तर विशेषगरी उहाँको सेवकाइमा ध्यानकेन्द्रित गर्छन् । चारवटा सुसमाचारहरूले येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्‍ने कुराको फरक-फरक पक्षहरूलाई जोड दिन्छन् । मत्तीले येशू इस्राएललाई बचाउन परमेश्‍वरद्वारा चुनिनुभएको मसिह हुनुहुन्थ्यो भन्‍ने कुरा देखाउन चाहे । मत्तीले उनका पाठकहरूलाई जब येशूले पुरानो करारको येशूको बारेमा भएका अगमवाणीहरू पूरा गर्नुभयो भनेर भने, यो कुरा स्‍पष्‍ट छ जस्तो देखिन्छ कि मत्तीको मनमा मुख्यगरी यहूदी पाठकहरू थिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#christ)

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ होला ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक नाम, “मत्तीको सुसमाचार,” वा “मत्तीको अनुसार रहेको सुसमाचार” भनेर अनुवाद गर्न छान्‍न सक्‍छन् । अथवा तिनीहरूले अझ बढी प्रस्‍ट हुने शीर्षक छान्‍न सक्छन्, उदाहरणको लागि, “येशूको बारेमा भएको सुसमाचार जुन मत्तीले लेखे ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

मत्तीको पुस्तक कसले लेखे ?

पुस्तकले पाठकलाई लेखकको नाम दिँदैन । सुरुका ख्रीष्‍टिएन समयदेखि नै, तापनि, यो कुरा सामान्य रूपमा विश्‍वास गरिएको छ कि लेखक मत्ती हुन्, जो येशूका चेलाहरूमध्येका एक थिए ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

“स्‍वर्गको राज्य” के हो ?

मत्तीले अरू सुसमाचारका लेखकहरूले परमेश्‍वरको राज्यको बारेमा कुरा गरेका जस्तै गरी “स्‍वर्गको राज्य”को बारेमा कुरा गर्छन् । यो एउटा शिक्षा हो कि परमेश्‍वरले एकदिन सबै मानिसहरू र सारा सृष्‍टिमाथि सबै ठाउँमा सिद्ध तरिकाले राज गर्नुहुनेछ । यसको अर्थ हो कि ती सबैले उहाँको शासनलाई पूर्णतया स्‍वीकार्नेछन् र सिद्ध ढङ्गले उहाँलाई प्रेम गर्नेछन् जसमा परमेश्‍वरको राज्यका आशिष्‌हरू आउँछन् ।

येशूका शिक्षा दिने शैलीहरू के थिए ?

येशू मानिसहरूद्वारा एक रब्बी, परमेश्‍वरको व्यवस्थाको एक शिक्षकको रूपमा मानिन पुग्‍नुभयो । उहाँले इस्राएलमा भएका अन्य धार्मिक शिक्षकहरूका केही स्तरीय शैलीहरूलाई पछ्याउनुभयोः उहाँका विद्यार्थीहरू थिए, जसलाई चेलाहरू भनिन्थ्यो; उहाँले पनि विभिन्‍न सिद्धान्तहरू सिकाउन दृष्‍टान्तहरू, अर्थात काल्‍पनिक कथाहरू बनाउनुभयो ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

किन मत्तीले येशूलाई धेरैपटक “मानिसको पुत्र” भनेर बताउँछन् ?

येशूले आफ्नै लागि यो नाम लिनुभएको भनेर मत्तीले देखाउँछन् । यो दानिएन ७:१३-१४ मा भएको कुरालाई जनाउनको लागि हो, जहाँ एकजना “मानिसको पुत्र” भनी वर्णन गरिनुभएको व्यक्ति, अर्थात मानव झैँ देखिनुहुने कोही व्यक्तिले जातिहरूमाथि सदाको लागि शासन गर्न, र सबै मानिसहरूद्वारा आराधना गरिनको लागि परमेश्‍वरबाट अधिकार पाउनभयो । मानव हुनुको अलावा, यो व्यक्ति चाहिँ परमेश्‍वर पनि हुनुपर्छ, किनभने परमेश्‍वरले कहिल्यै आफूबाहेक अरू कोहीलाई आराधना गरिन स्‍वीकृति दिनुहुने थिएन । किनकि येशूका समयका यहूदीहरूले कसैको लागि पनि “मानिको पुत्र” भन्‍ने नाम प्रयोग गर्दैनथे, येशूले उहाँ को हुनुहुन्थ्यो भनी साँचो रूपमा बुझ्‍नलाई सहायता गर्नको लागि यो नाम आफ्‍नो निम्ति प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#sonofman) “मानिसको पुत्र” भन्‍ने नामलाई अनुवाद गर्न कति भाषाहरूमा गाह्रो हुन सक्‍छ । एउटा शाब्दिक अनुवाद पाठकहरूद्वारा सजिलैसँग गलत बुझिन सक्छ । अनुवादकहरूले विकल्पहरूको बारेमा विचार गर्न सक्‍छन्, जस्तै, “मानव अवतारधारी” । एउटा व्याख्यात्मक पादटिप्‍पणी राख्‍नु पनि सहयोगी हुन सक्छ ।

मत्तीको पुस्तकको पाठ्यखण्‍डमा भएका प्रमुख विषयहरू के-के हुन् ?

केही अङ्ग्रेजी अनुवादका पाठ्यखण्‍डहरू के-के समावेश गर्ने भन्‍ने बारेमा सहमत हुँदैनन् । यो अझ ठीक पाण्‍डुलिपि फेला पर्न गएको कारणले गर्दा हो । यी निम्‍न बुँदाहरू मत्तीमा भएका सबैभन्दा विशेष विषयहरू हुन्ः

  • “तिमीहरूलाई सराप्‍नेलाई आशिष् देओ, तिमीहरूलाई हेला गर्नेलाई भलाइ गर” (५:४४)
  • “किनभने राज्‍य र पराक्रम र महिमा सदा तपाईंकै हुन् । आमेन्” (६:१३)
  • “धेरैजना बोलाइएका छन्, तर चुनिएकाहरू थोरै छन्” (२०:१६)
  • “तर यस किसिमको दुष्‍टात्मा चाहिँ प्रार्थना र उपवास बिना जाँदैन” (१७:२१)
  • “किनभने मानिसको पुत्र त्यसलाई बचाउन आयो जुन हराएको थियो” (१८:११)
  • “धिक्‍कार तिमीहरूलाई, फरिसीहरू र शास्‍त्रीहरू, पाखण्‍डीहरू ! किनभने तिमीहरूले विधवाहरूका घरहरू नाश पारिदिन्छौ, तापनि तिमीहरू लामो प्रार्थनाको ढोङ्ग गर्छौ । त्यसैले तिमीहरूले अझ बढी दण्‍ड पाउनेछौ ।” (२३:१४)

अनुवादकहरूलाई यी खण्‍डहरूको अनुवाद नगर्न सल्‍लाह दिइन्छ । तापनि, यदि तिनीहरूका क्षेत्रहरूमा बाइबलका पुराना संस्‍करणहरू छन् जसमा यी केही पदहरू छन् भने, तिनीहरूलाई अनुवाद गर्नु गलत होइन । यदि तिनीहरूको अनुवाद हुन्छ भने, तिनीहरू सम्भवतः मत्तीको सुसमाचारबाट लिइएको मौलिक कुरा होइन भनेर सङ्केत दिनको लागि तिनीहरूलाई ठूला कोष्‍ठकहरूभित्र([]) राखिनुपर्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-textvariants)

सिनोप्‍टिक(उस्‍तै विचारधारा राख्‍ने) सुसमाचारहरू के-के हुन् ?

मत्ती, मर्कूस, र लूकाको सुसमाचारहरूलाई सिनोप्‍टिक सुसमाचारहरू भनिन्छ किनभने तिनीहरूमा भएका थुप्रै पाठ्यसामग्रीहरू साझा छन् । तापनि, लेखकहरूले येशूको जीवन, सेवकाइ, र सन्देशका विभिन्‍न पक्षहरूलाई जोड दिनको निम्ति धेरैपटक उहि विवरणहरू र उहि शिक्षाहरूको प्रयोग गरे । जब दुई वा तीन सुसमाचारहरूमा भएका पाठ्य खण्‍डहरू दुरुस्तै एउटै वा लगभग उस्तै हुन्छ, तिनीहरूलाई “समान” भएको भनिन्छ । जब यी खण्‍डहरूको अनुवाद हुन्छ, लक्षित भाषामा भएको शब्दहरूको प्रयोग सकेसम्‍म एउटै हुनुपर्छ ।