सर्पले स्त्रीलाई “के परमेश्वरले साँच्चै तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भन्नुभएको छ?” भनी सोध्यो ।
सर्पले भन्यो, “तिमीहरू निश्चय नै मर्नेछैनौ ।”
सर्पले भन्यो, “तिमीहरू निश्चय नै मर्नेछैनौ ।”
स्त्रीले हेर्दा त्यो फल खानको लागि असल, आँखाको लागि आन्नदित र बुद्धि प्राप्त गर्नलाई रहरलाग्दो भएकोले आकर्षित गर्यो ।
स्त्रीले फल खाई र केही आफ्ना पतिलाई पनि खान दिई ।
जब उनीहरूले फल खाए, तब तिनीहरूको आँखा खुले र उनीहरूले आफुहरू नाङ्गै भएको थाहा पाएँ ।
तिनीहरूले आफैँलाई परमेश्वरको नजरबाट लुकाए ।
मानिस नाङ्गो र डराएका थिए, त्यसैले आफैलाई परमेश्वरबाट लुकाए ।
मानिसले स्त्री जिम्मेवार थियो भने ।
स्त्रीले सर्प जिम्मेवार थियो भनिन् ।
उनीहरूले एक-अर्कालाई घृणा गर्ने तुल्याउनेछु भनी परमेश्वरले भन्नुभयो ।
परमेश्वरले प्रसब बेदना निकै बढाइदिनुभयो ।
परमेश्वरले भूमिलाई श्राप दिनुभयो, ताकि कडा परिश्रम गरेर मात्र मानिसले त्यसबाट उब्जनी खाओस् ।
मानिसले स्त्रीलाई हव्वा नाम दिए किनभने उनी सबै जीवित प्राणीहरूकी आमा थिईन् ।
परमेश्वरले उनीहरूलाई लगाउनको लागि छालाको लुगा बनाइदिनुभयो ।
आदमले असल र खराबको ज्ञान पाइसकेको हुनाले उसले जीवनको रुखको फल खानु हुँदैन, किनभने ऊ सदाका लागि जीवित रहनेछ भनेर परमेश्वरले भन्नुभयो ।
आदमले जीवनको रुखबाट नखाओस् भनेर परमेश्वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभयो र जीवनको रुखतिर जाने बाटोलाई सुरक्षा दिन स्वर्गीय करुबहरू राखिदिनुभयो ।