Genesis 2

Genesis 2:2

सातौं दिनमा परमेश्‍वरले के गर्नुभयो?

परमेश्‍वरले सातौं दिनमा आफुले गर्नुभएका सबै कामबाट विश्राम लिनुभयो र त्यस दिनलाई आशिष् दिएर पवित्र तुल्याउनुभयो ।

Genesis 2:3

सातौं दिनमा परमेश्‍वरले के गर्नुभयो?

परमेश्‍वरले सातौं दिनमा आफुले गर्नुभएका सबै कामबाट विश्राम लिनुभयो र त्यस दिनलाई आशिष् दिएर पवित्र तुल्याउनुभयो ।

Genesis 2:6

परमप्रभु परमेश्‍वरले पानी पार्न अगाडि पृथ्वीको कसरी भिज्थ्यो?

पृथ्वीबाट कुहिरो माथि उडिजान्थ्यो ।

Genesis 2:7

परमप्रभु परमेश्‍वरले मानिस कसरी बनाउनुभयो?

परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र ऊ भित्र जीवनको सास फुकिदिनुभयो ।

Genesis 2:8

परमप्रभु परमेश्‍वरले सर्वप्रथम मानिसलाई कहाँ राख्‍नुभयो?

अदनको बगैँचामा राख्‍नुभयो ।

Genesis 2:9

बगैँचाको बीचमा भएका दुई रूखहरू के-के थिए?

बगैँचाको बीचमा जीवनको रूख र असल अनि खराबको ज्ञान दिने रुखहरू थिए ।

Genesis 2:15

बगैँचामा मानिसले के काम गर्नुपर्थ्यो?

उनले बगैँचामा काम र त्यसको हेरचाह गर्नुपर्थ्यो ।

Genesis 2:16

के खाने भन्‍ने बारेमा परमप्रभु परमेश्‍वरले मानिसलाई कस्तो आज्ञा दिनुभयो?

असल अनि खराबको ज्ञान दिने रुखबाहेक तिमीले बगैँचामा भएका सबै रुखबाट ढुक्‍क भएर खान सक्छौ ।

Genesis 2:17

के खाने भन्‍ने बारेमा परमप्रभु परमेश्‍वरले मानिसलाई कस्तो आज्ञा दिनुभयो?

असल अनि खराबको ज्ञान दिने रुखबाहेक तिमीले बगैँचामा भएका सबै रुखबाट ढुक्‍क भएर खान सक्छौ ।

यदि मानिसले यो आज्ञा उल्ङ्घन गरेमा के हुनेछ भनी परमप्रभु परमेश्‍वरले भन्‍नुभयो?

जुन दिन मानिसले आज्ञा उल्ङ्घन गर्छ, त्यो दिन निश्‍चय नै ऊ मर्नेछ ।

Genesis 2:18

परमप्रभु परमेश्‍वरले के कुरा असल छैन भन्‍नुभयो?

उहाँले मानिस एक्लो रहनु असल छैन भन्‍नुभयो ।

Genesis 2:19

सबै जीवित प्राणीहरूलाई परमप्रभु परमेश्‍वरले के गर्न मानिसलाई दिनुभयो?

मानिसले सबै जीवित प्राणीलाई नाम दिए ।

Genesis 2:20

सबै जीवित प्राणीहरूको बीचमा के कुरा पाइएन्?

मानिसको निम्ति उनलाई सुहाउँदो सहयोगी पाइएन् ।

Genesis 2:22

परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई कसरी बनाउनुभयो?

परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र उनको करङहरूमध्येको एउटा निकाली त्यसबाट स्‍त्रीलाई बनाउनुभयो ।

Genesis 2:23

मानिसले तीनलाई किन "स्‍त्री" भने?

किनभने तिनी मानिसबाट निकालिएकी थिएन ।

Genesis 2:24

मानिस र स्‍त्री कसरी एउटै शरीर भए?

मानिस स्‍त्रीसँग मिल्छ र उनी तिनको पत्‍नी हुन्छिन् ।

Genesis 2:25

के मानिस र स्‍त्री नाङ्गा भएकामा लज्जित थिए?

लजाउदैन थिए ।