Genesis 1

Genesis 1:1

आदिमा परमेश्‍वरले के सृष्‍टि गर्नुभयो?

आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो ।

Genesis 1:2

आदिमा परमेश्‍वरको आत्मा के गर्दै हुनुहुन्थ्यो?

परमेश्‍वरको आत्मा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।

Genesis 1:3

परमेश्‍वरले उज्यालो कसरी सृष्‍टि गर्नुभयो?

परमेश्‍वरले भन्‍नुभयो “उज्यालो होस् ।”

Genesis 1:7

दोस्रो दिनमा परमेश्‍वरले के बनाउनुभयो?

परमेश्‍वरले पानीको बिस्तारलाई भाग गरी त्यसको बीचमा आकाश बनाउनुभयो ।

Genesis 1:8

दोस्रो दिनमा परमेश्‍वरले के बनाउनुभयो?

परमेश्‍वरले पानीको बिस्तारलाई भाग गरी त्यसको बीचमा आकाश बनाउनुभयो ।

Genesis 1:10

परमेश्‍वरले ओबानो भूमि र जम्मा भएको पानीलाई के भन्‍नुभयो?

परमेश्‍वरले ओबानो भूमिलाई 'पृथ्वी र जम्मा भएको पानीलाई ‘समुद्र’ भन्‍नुभयो ।

Genesis 1:11

परमेश्‍वरले ओबानो भूमि र जम्मा भएको पानीलाई के भन्‍नुभयो?

परमेश्‍वरले ओबानो भूमिलाई 'पृथ्वी र जम्मा भएको पानीलाई ‘समुद्र’ भन्‍नुभयो ।

Genesis 1:12

तेस्रो दिनमा परमेश्‍वरले कस्ता जीवित प्राणीहरू बनाउनुभयो?

तेस्रो दिनमा परमेश्‍वरले वनस्पति, फल-फलाउने रुखहरू बनाउनुभयो ।

Genesis 1:14

आकाशमा उज्यालोको उदेश्य के हो?

उज्यालोको उद्देश्य दिनलाई रातबाट छुट्याउनु, र ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू छुट्‍याउनु हो ।

Genesis 1:16

चौथो दिनमा परमेश्‍वरले के बनाउनुभयो?

परमेश्‍वरले दुई विशाल ज्योतिहरू र ताराहरू बनाउनुभयो ।

Genesis 1:21

पाँचौं दिनमा परमेश्‍वरले के बनाउनुभयो?

पाँचौं दिनमा परमेश्‍वरले जीवित प्राणी जलचरहरू र पंक्षीहरू बनाउनुभयो ।

Genesis 1:22

परमेश्‍वरले समुद्रका जीव-जन्तु र पक्षीहरूलाई के आज्ञा दिनुभयो?

“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ ।”

Genesis 1:26

परमेश्‍वरले आफ्नो स्वरूपमा के बनाउनुभयो?

परमेश्‍वरले आफ्नो स्वरूपमा मानिस बनाउनुभयो ।

के कुरामाथि मानिसलाई अधिकार दिइयो?

परमेश्‍वरले मानिसलाई समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पाल्तु पशुहरू, पृथ्वी र जमिनमा घिस्रे सबै कुराहरूमाथि अधिकार दिनुभयो ।

Genesis 1:27

परमेश्‍वरले मानिस बनाउनुहुँदा के फरक कुरा गर्नुभयो?

परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।

Genesis 1:28

मानिसलाई परमेश्‍वरले के आज्ञा दिनुभयो?

“फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ ।”

Genesis 1:29

खानलाई परमेश्‍वरले मानिसलाई के दिनुभयो?

परमेश्‍वरले मानिसलाई बिउ उमार्ने बोटहरू र सबै खाले फल फलाउने रुखहरू खानलाई दिनुभयो ।

Genesis 1:31

आफूले बनाउनुभएको सबै कुरा हेरिसकेपछि परमेश्‍वरले त्यसको बारेमा के सोच्नुभयो?

परमेश्‍वरलाई त्यो ज्यादै असल लाग्यो ।