फरिसीहरूले यस कुरामा असन्तोष प्रकट गरे, कि येशूका चेलाहरूले अन्नका बालाहरू टिपेर खाँदै थिए, जुन शबाथमा गर्न अनुचित थियो भनेर फरिसीहरूले विश्वास गर्थे । [१२:२]
मन्दिरभन्दा महान् उहाँ आफैँ हुनुहुन्छ भनेर येशूले भन्नुभयो । [१२:६]
मानिसका पुत्र येशू शबाथका प्रभु हुनुहुन्छ । [१२:८]
फरिसीहरूले येशूलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ ?” । [१२:१०]
येशूले शबाथमा असल गर्नु उचित छ भनेरभन्नुभयो । [१२:१२]
फरिसीहरू बाहिर गएर उहाँलाई कसरी नाश गरौँ भनेर उहाँको विरुद्धमा षड्यन्त्र रच्न थाले । [१२:१४]
गैरयहूदीहरूले परमेश्वरको न्याय सुन्नेछन्, र तिनीहरूले येशूमा आशा राख्नेछन् । [१२:१८]
येशूले सङ्घर्ष गर्नुहुनेछैन, ठुलो सोरले कराउनुहुनेछैन, कुनै फुटेको नर्कटलाई उहाँले भाँच्नुहुनेछैन, वा धिपधिप बलिरहेको सलेदोलाई निभाउनुहुनेछैन । [१२:१९-२०]

येशूले भन्नुभयो, कि यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यसको राज्य कसरी टिक्न सक्छ ? [१२:२६]
येशूले भन्नुभयो, कि यदि परमेश्वरका आत्माद्वारा उहाँले भूतहरू निकालिरहनुभएको भए, परमेश्वरको राज्य तिनीहरूमा आइसकेको थियो । [१२:२८]
पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन भनेर येशूले भन्नुभयो । [१२:३१]
रुख त्यसको फलद्वारा चिनिन्छ । [१२:३३]
तिनीहरूका वचनहरूद्वारा फरिसीहरूको न्याय हुनेछ र तिनीहरू दोषी ठहरिनेछन् । [१२:३७]
पृथ्वीको गर्भमा तिन दिन र तिन रात रहेर येशूले उहाँको पुस्तालाई योनाको चिन्ह दिनेछु भनेर उहाँले भन्नुभयो । [१२:३९-४०]

येशूले भन्नुभयो, कि योनाभन्दा महान् उहाँ नै हुनुहुन्थ्यो । [१२:४१]
निनवेका मानिसहरूले येशूको पुस्ताका मानिसहरूलाई दोषी ठहराउनेछन्, किनभने तिनीहरूले योनाद्वारा परमेश्वरको वचन सुने, तर येशूको पुस्ताका मानिसहरूले योनाभन्दा महान् मानिसका पुत्रलाई भने सुनेनन् । [१२:४१]
येशूले भन्नुभयो, कि सोलोमनभन्दा महान् उहाँ नै हुनुहुन्थ्यो । [१२:४२]
येशूको पुस्ता त्यो अशुद्ध आत्मा निस्केर गएको मानिसजस्तो हुनेछ किनकि त्यो अशुद्ध आत्मा अरू सातवटा आत्मासँग फर्कन्छ र त्यस मानिसको पछिल्लो अवस्था अगिल्लोभन्दा अझ खराब हुन्छ । [१२:४३-४५]

येशूले भन्नुभयो, कि जसले उहाँको पिताको इच्छा पालन गर्छन्, तिनीहरू नै उहाँका भाइ, उहाँकी बहिनी र उहाँकी आमा हुन् । [१२:४८-५०]