Matthew 11

Matthew 11:1

सहरहरूमा सिकाउन र प्रचार गर्नलाई येशू जानुभन्दा अगि उहाँले के काम पुरा गर्नुभयो ?

सिकाउन र प्रचार गर्नलाई येशू जानुभन्दा अगि उहाँले आफ्‍ना बाह्रै चेलालाई निर्देशन दिने काम पुरा गर्नुभयो । [११:१]

Matthew 11:3

बप्‍तिस्मा-दिने यूहन्‍नाले येशूकहाँ पठाएको सन्देश के थियो ?

बप्‍तिस्मा-दिने यूहन्‍नाले यस्तो सन्देश पठाए, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?” । [११:३]

Matthew 11:5

आउनुहुनेवालाचाहिँ उहाँ नै हुनुहुन्थ्यो भन्‍ने प्रमाणस्वरूप येशूले के भइरहेको थियो भनेर भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि बिरामीहरू निको पारिएका छन्, मरेकाहरू जीवित पारिएका छन्‌, र खाँचोमा परेकाहरूलाई सुसमाचार प्रचार गरिँदैछ । [११:५]

Matthew 11:6

येशूलाई कहिल्यै बाधा नसम्झनेहरूका निम्ति उहाँले के प्रतिज्ञा गर्नुभयो ?

येशूलाई कहिल्यै बाधा नसम्झनेहरूका निम्ति उहाँले आशिष्‌को प्रतिज्ञा गर्नुभयो । [११:६]

Matthew 11:9

येशूको जीवनमा बप्‍तिस्मा-दिने यूहन्‍नाले के भूमिका खेले भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि बप्‍तिस्मा-दिने यूहन्‍ना अगमवाणी गरिएका समाचारवाहक हुन्‌, जसले आउनुहुनेवालाभन्दा अगि मार्ग तयार गर्नेछन् । [११:९-१०]

Matthew 11:10

येशूको जीवनमा बप्‍तिस्मा-दिने यूहन्‍नाले के भूमिका खेले भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि बप्‍तिस्मा-दिने यूहन्‍ना अगमवाणी गरिएका समाचारवाहक हुन्‌, जसले आउनुहुनेवालाभन्दा अगि मार्ग तयार गर्नेछन् । [११:९-१०]

Matthew 11:14

येशूले बप्‍तिस्मा-दिने यूहन्‍ना को थिए भन्‍नुभयो ?

बप्‍तिस्मा-दिने यूहन्‍ना एलिया थिए भनी येशूले भन्‍नुभयो। [११:१४]

Matthew 11:18

बप्‍तिस्मा-दिने यूहन्‍नाको विषयमा त्यस पुस्ताले के भने, जो रोटी खाँदै वा दाखमद्य पिउँदै आएनन्‌ ?

त्यस पुस्ताले बप्‍तिस्मा-दिने यूहन्‍नालाई भूत लागेको छ भनेर भन्यो । [११:१८]

Matthew 11:19

येशूको विषयमा त्यस पुस्ताले के भन्यो, जो खाँदै र पिउँदै आउनुभयो ?

त्यस पुस्ताले येशूलाई एउटा घिचुवा र पियक्‍कड, अनि कर उठाउनेहरू र पापीहरूको मित्र हो भनेर भन्यो । [११:१९]

Matthew 11:20

उहाँका महान् कार्यहरू गरिएका, तरै पनि पश्‍चात्ताप नगरेका सहरहरूका विषयमा येशूले के घोषणा गर्नुभयो ?

उहाँका महान् कार्यहरू गरिएका, तरै पनि पश्‍चात्ताप नगरेका सहरहरूलाई येशूले हकार्नुभयो । [११:२०]

Matthew 11:25

पिताले स्वर्गको राज्य कसबाट लुकाउनु भएकोमा येशूले उहाँको प्रशंसा गर्नुभयो ?

पिताले स्वर्गको राज्य बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभएकोमा येशूले उहाँको प्रशंसा गर्नुभयो । [११:२५]

पिताले स्वर्गको राज्य कसलाई प्रकट गर्नुभएको कारण येशूले उहाँको प्रशंसा गर्नुभयो ?

पिताले स्वर्गको राज्य साना बालकहरूजस्तै अनपढलाई प्रकट गर्नुभएको कारण येशूले उहाँको प्रशंसा गर्नुभयो । [११:२५]

Matthew 11:27

कसले पितालाई चिन्छ भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि उहाँले पितालाई चिन्‍नुहुन्छ, र जसलाई उहाँले पिता प्रकट गरिदिने इच्‍छा गर्नुहुन्छ त्यसले पनि चिन्छ । [१:२७]

Matthew 11:28

येशूले कसलाई विश्राम दिने प्रतिज्ञा गर्नुभयो ?

येशूले सबै परिश्रम गर्नेहरू र गह्रौँ बोझले लादिएकाहरूलाई विश्राम दिने प्रतिज्ञा गर्नुभयो । [११:२८]