Matthew 8

Matthew 8:4

निको पारिएको कुष्‍ठरोगीलाई पुजारीकहाँ गएर मोशाले आज्ञा गरेअनुसारका भेटीहरू चढाऊ भनेर येशूले किन भन्‍नुभयो ?

तिनीहरूका सामु गवाही होस् भनेर निको पारिएको कुष्‍ठरोगीलाई पुजारीकहाँ जाऊ भनेर येशूले भन्‍नुभयो । [८:४]

Matthew 8:7

कप्‍तानले पक्षाघात भएको आफ्नो नोकरको विषयमा बताउँदा, येशूले के गर्छु भन्‍नुभयो ?

कप्‍तानको घरमा येशू जानुहुनेछ र त्यस नोकरलाई निको पार्नुहुनेछ भनी उहाँले भन्‍नुभयो । [८:७]

Matthew 8:8

येशू त्यस कप्‍तानको घरमा आउन आवश्यक छैन भनी तिनले किन भने ?

कप्‍तानले भने, कि येशूलाई आफ्नो घरमा निम्त्याउनको निम्ति तिनी योग्यका छैनन्, र येशूले वचन मात्र बोलेर त्यस नोकरलाई निको पार्न सक्‍नुहुन्छ । [८:८]

Matthew 8:10

येशूले कप्‍तानलाई कसरी प्रशंसा गर्नुभयो ?

येशूले भन्‍नुभयो, कि त्यस कप्‍तानको जस्तो विश्‍वास भएको अरू कोही उहाँले इस्राएलमा पनि भेट्टाउनुभएको थिएन । [८:१०]

Matthew 8:11

स्वर्गको राज्यको भोजमा को-को आएर बस्‍नेछन् भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्‌, र स्‍वर्गको राज्‍यको भोजमा बस्‍नेछन्‌ । [८:११]

Matthew 8:12

रुवाबासी र दाह्रा किटाइ हुने बाहिरी अन्‍धकारमा कसलाई फालिनेछ भनी येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि राज्‍यका सन्‍तानहरू बाहिरी अन्‍धकारमा फालिनेछन्‌ । [८:१२]

Matthew 8:14

जब येशू पत्रुसको घरमा प्रवेश गर्नुभयो उहाँले कसलाई निको पार्नुभयो ?

जब येशू पत्रुसको घरमा प्रवेश गर्नुभयो उहाँले तिनकी सासूलाई निको पार्नुभयो । [८:१४-१५]

Matthew 8:15

जब येशू पत्रुसको घरमा प्रवेश गर्नुभयो उहाँले कसलाई निको पार्नुभयो ?

जब येशू पत्रुसको घरमा प्रवेश गर्नुभयो उहाँले तिनकी सासूलाई निको पार्नुभयो । [८:१४-१५]

Matthew 8:17

येशूले भूतात्मा लागेका मानिसहरू र बिरामीहरू सबैलाई निको पार्नुहुँदा यशैयाको कुन भविश्यवाणी पुरा भएको थियो ?

“उहाँ आफैँले हाम्रा बिमारीहरू लिनुभयो, र हाम्रा रोगहरू वहन गर्नुभयो” भन्‍ने यशैयाको अगमवाणी पुरा भएको थियो । [८:१७]

Matthew 8:20

एउटा शास्‍त्रीले येशूलाई पछ्याउनको निम्ति बिन्ती गर्दा, आफू कसरी जिउनुहुन्थ्यो भन्‍ने विषयमा उहाँले के भन्‍नुभयो ?

येशूको कुनै स्थायी घर छैन भनेर उहाँले भन्‍नुभयो । [८:२०]

Matthew 8:21

एउटा चेलाले येशूलाई पछ्याउनुभन्दा अगि आफ्नो बुबालाई गाड्ने अनुमति माग्‍दा, येशूले के भन्‍नुभयो ?

येशूले त्यस चेलालाई उहाँलाई पछ्याउन भन्‍नुभयो, र मुर्दाहरूले नै आफ्ना मुर्दाहरूलाई गाड्नको निम्ति छोडिदिन भन्‍नुभयो । [८:२१-२२]

Matthew 8:22

एउटा चेलाले येशूलाई पछ्याउनुभन्दा अगि आफ्नो बुबालाई गाड्ने अनुमति माग्‍दा, येशूले के भन्‍नुभयो ?

येशूले त्यस चेलालाई उहाँलाई पछ्याउन भन्‍नुभयो, र मुर्दाहरूले नै आफ्ना मुर्दाहरूलाई गाड्नको निम्ति छोडिदिन भन्‍नुभयो । [८:२१-२२]

Matthew 8:24

जब समुद्रमा ठुलो आँधी आएको थियो, येशू डुङ्गामा के गरिरहनुभएको थियो ?

जब समुद्रमा ठुलो आँधी आएको थियो, येशू डुङ्गामा निदाइरहनुभएको थियो । [८:२४]

Matthew 8:26

जब आफू मर्ने डरले चेलाहरूले येशूलाई बिउँझाए, तब येशूले तिनीहरूलाई के भन्‍नुभयो ?

येशूले चेलाहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू हो, तिमीहरू किन डराउँछौ ?” । [८:२६]

Matthew 8:27

जब सबै आँधी शान्त भयो, तब चेलाहरू येशूलाई देखेर किन अचम्मित भए ?

चेलाहरू येशूलाई देखेर अचम्मित भए, किनकि बतास र समुद्रले पनि उहाँको आज्ञा माने । [८:२७]

Matthew 8:28

जब येशू गदरिनीहरूको देशमा आउनुभयो, कस्ता प्रकारका मानिसहरूले उहाँलाई भेटे ?

येशूले भूतात्मा लागेका दुई जना मानिसलाई भेट्नुभयो, जो निकै हिंसात्मक थिए । [८:२८]

Matthew 8:29

त्यस मानिसभित्रबाट येशूसँग बोलिरहेका भूतात्माहरूको चिन्ता के थियो ?

तोकिएको समयभन्दा अगि नै येशू तिनीहरूलाई दुःख दिन आउनुभएको थियो भन्‍ने ती भूतात्माहरूको चिन्ता थियो । [८:२९]

Matthew 8:32

येशूले भूतात्माहरू धपाउनुभएपछि के भयो ?

येशूले भूतात्माहरू धपाउनुभएपछि तिनीहरू निस्‍केर सुँगुरहरूभित्र पसे, र ती सुँगुरहरू समुद्रमा खसे र मरे । [८:३२]

Matthew 8:34

जब सहरबाट येशूलाई भेट्न भनी मानिसहरू आए, तिनीहरूले उहाँलाई के बिन्ती गरे ?

ती मानिसहरूले येशूलाई तिनीहरूको इलाकाबाट जानको निम्ति बिन्‍ती गरे । [८:३४]