1
त्यति बेला विश्रामको दिनमा येशू अन्नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्न टिप्दै खान लागे ।
2
तर जब फरिसीहरूले त्यो देखे, तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे विश्रामको दिनमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
24 तर जब फरिसीहरूले यस आश्चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
25 तर येशूले तिनीहरूको विचार जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “आफैंमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैंमा विभाजित भएको हरेक सहर वा घराना टिक्नेछैन ।” 26 यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैंमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला? 27 अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् । 28 तर यदि म परमेश्वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूमा आएको छ ।
29 कुनै मानिसले एक बलियो व्यक्तिलाई पहिले नबाँधेसम्म त्यसको घरमा छिरेर त्यसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्तिलाई बाँधेपछि त्यसको घरका सामानहरू त्यसले चोर्नेछ ।
30 जो मसित छैन त्यो मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन त्यसले छरपष्ट पार्छ ।
31 त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन । 32 अनि जसले मानिसका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने त्यसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ, त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ ।
33 कि त रूखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रूखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रूख त्यसको फलद्वारा चिनिनेछ । 34 ए सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ । 35 एउटा असल व्यक्तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्ट व्यक्तिले आफ्नो हृदयमा रहेको दुष्ट कुराले जे दुष्ट छ त्यो नै बाहिर ल्याउँछ । 36 र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् । 37 किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
38 त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिए र भने, “गुरुज्यू, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौं ।”
39 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन । 40 किनकि जसरी योना तीन दिन र तीन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनेछन् । 41 निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चात्ताप गरेका थिए, तर हेर, योनाभन्दा अझै महान् कोही यहाँ छ । 42 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छ ।
43 जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन । 44 अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ । 45 त्यसपछि त्यो गएर आफूभन्दा दुष्ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
46 जब येशू भीडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँका भाइहरू उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे । 47 कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहेका छन् ।”
48 तर येशूले उत्तर दिनुभयो र त्यसो भन्ने व्यक्तिलाई भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?” 49 अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्! 50 किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्छ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”