अध्याय १

1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु । 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको भलो हुन्छ त्यसरी नै सबै कुरामा तिम्रो भलो होस् र तिमी स्वस्थ्य होऊ । 3 किनकी जसरी तिमी सत्यतामा हिंड्छौ त्यसरी नै जब भाइहरू आए र तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । 4 मेरा छोराछोरीहरू सत्यतामा हिंड्छन् भनी सुन्‍नुभन्दा कुनै ठूलो आनन्द मसँग हुँदैन । 5 प्रिय, जब तिमी भाइहरू र परदेशीहरूको निम्ति काम गर्छौं तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिएका छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, 7 किनभने गैरयहूदीहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू बाहिर गए । 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौं । 9 मैले मण्डलीको निम्ति केही लेखें, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउँछन् तिनले हामीलाई स्वीकार गर्दैन । 10 यसकारण यदि म आएँ भने त्यसले हाम्रो विरुद्ध दुष्‍ट कुवाक्यहरू कुराहरू बोल्दै के गर्दैछन् म सम्झनेछु । त्यसबाट सन्तुष्‍ट नभएर, त्यो आफैंले भाइहरूलाई स्वागत् गर्न इन्कार मात्र गरेनन्, तर तिनीहरूलाई स्वागत् गर्ने चाहनेहरूलाई पनि त्यसले रोक्छ र तिनीहरूलाई मण्डलीबाट निकालिदिन्छ । 11 प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुकरण गर । जसले असल गर्छ त्यो परमेश्‍वरको हो; जसले खराबी गर्छ त्यसले परमेश्‍वरलाई देखेको छैन । 12 डेमेत्रियसको बारेमा सबैले र सत्यता आफैंले पनि गवाही दिएका छन् । हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ । 13 मैले तिमीहरूलाई लेख्‍नु धेरै कुराहरू थिए, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ । 14 तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौं । 15 तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । हाम्रा मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।