1
धर्मगुरुबाट ती चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्यतामा प्रेम गर्छु—र मैले मात्र होइन, तर तिनीहरू सबैले पनि प्रेम गर्छन् जसले सत्यता जानेका छन्—
2
त्यस सत्यताको कारण जुन हामीभित्र छ र हामीसँग सदासर्वदा रहनेछ ।
3
परमेश्वर पिता र पिताका पुत्र येशू ख्रीष्टबाट हामीमा अनुग्रह, दया र शान्ति, सत्यता र प्रेममा रहनेछ ।
4
म अति आनन्दित छु कि मैले तिम्रा केही छोराछोरीहरू सत्यतामा हिंडिरहेको भेट्टाएको छु, जसरी हामीले यो आज्ञा पिताबाट प्राप्त गरेका छौं ।
5
अब हे महिला, म तिमीलाई बिन्ती गर्छु— मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो—कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
6
प्रेम यो हो, कि हामी उहाँका आज्ञाहरूअनुसार हिंड्नुपर्छ । तिमीहरूले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो, कि तिमीहरू यसमा हिंड्नुपर्छ ।
7
किनकि धेरै छलीहरू संसारमा गएका छन्, र येशू ख्रीष्ट शरीरमा आउनुभयो भनी तिनीहरू स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्ट विरोधी हो ।
8
आफैंलाई हेर, कि तिमीहरूले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौं, तर तिमीहरूले पूरा इनाम पाउन सक ।
9
जो अगाडि बढिरहन्छ र ख्रीष्टको शिक्षामा रहँदैन त्यससँग परमेश्वर हुनुहुन्न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।
10
यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिमीहरूको घरमा स्वागत नगर र त्यसलाई अभिवादन नगर ।
11
किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्ट कामहरूमा सहभागी हुन्छ ।
12
मैले तिमीहरूलाई धेरै कुराहरू लेख्नुछ, तर मैले ती कुराहरू कागज र मसीले लेख्ने इच्छा गरिनँ । तर पनि म तिमीहरूकहाँ आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् ।
13
तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।