1
त्यसैकारण, मेरा बालक,ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ ।
2
र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
3
ख्रीष्ट येशूको असल सिपाहीझैं मसँग कष्ट भोग ।
4
सिपाहीमा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि त्यसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
5
यदि कोही खेलाडीको रूपमा खेलमा भाग लिन्छ भने, त्यसले नियमअनुसार नखेली मुकुट जित्न सक्दैन ।
6
परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिलो भाग प्राप्त गर्नुपर्छ ।
7
मैले भनिरहेका कुरामा विचार गर, किनकि
प्रभुले तिमीलाई सबै कुरामा समझशक्ति दिनुहुनेछ ।
8
दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्टको सम्झना गर, जो मृतकबाट जीवित भई उठ्नुभयो । यो मैले सुसमाचारको सन्देशमा भनेअनुसार हो,
9
जुन कुराको लागि मैले अपराधीझैं बन्धनमा पर्ने अवस्थासम्म कष्ट भोगिरहेको छु । तर परमेश्वरको वचन बन्धनमा परेको छैन ।
10
त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्तको महिमाका साथ ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गरून् ।
11
यो भरोसायोग्य भनाइ होः “यदि हामी उहाँसँगै मरेका छौं भने, हामी उहाँसँगै जीवित पनि हुनेछौं ।
12
यदि हामी सहन्छौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं । यदि हामी उहाँलाई इन्कार गर्छौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ ।
13
यदि हामी उहाँमा विश्वासयोग्य छैनौं भनेतापनि उहाँ विश्वासयोग्य रहनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्न ।"
14
तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्वरको अगाडि चेतावनी देओ; यसले केही फाइदा गर्दैन र सुन्नेहरूलाई नोक्सान मात्र गर्छ ।
115
सत्यको वचनलाई ठीकसँग सिकाउने र शर्माउन नपर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरको उपस्थितिमा स्वीकारयोग्य तुल्याउन भरमग्दुर प्रयत्न गर ।
16
भक्तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्तिहीनतातर्फ डोर्याउँछ ।
17
तिनीहरूका कुरा निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्,
18
जो सत्यताबाट बहकिएका छन् ।तिनीहरूले पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्छन्, र केहीको विश्वासलाई नाश गर्छन् ।
19
तथापि परमेश्वरको दृढ जग स्थिर रहन्छ ।यसमा यस्तो छाप लागेको छ, “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ” र “जसले प्रभुको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहनुपर्छ ।"
20
सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् । त्यहाँ काठ र माटाका भाँडाहरू पनि हुन्छन् । यीमध्ये केही आदर र केही अनादरको निम्ति प्रयोग हुन्छन् ।
21
कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्छ भने, त्यो अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
22
जवानीको अभिलाषाबाट अलग बस । शुद्ध हृदयले प्रभुलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्वास, प्रेम, शान्तिको खोजी गर ।
23
तर मूर्ख र अज्ञानी प्रश्नहरूलाई इन्कार गर । तिमीहरूलाई थाहा छ कि तिनीहरूले वादविवादलाई ल्याउँछन् ।
24
प्रभुका सेवकहरूले झगडा गर्नुहुँदैन । बरु त्यो सबैप्रति दयालु, सिकाउन सक्ने र धैर्यवान् हुनुपर्छ ।
25
त्यसले आफ्ना विरोधीहरूलाई विनम्रतामा सिकाउनुपर्छ । सायद परमेश्वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्चात्ताप दिनुहुनेछ ।
26
तिनीहरू फेरि सचेत हुनेछन् र दुष्टको इच्छा पूरा गर्नको लागि तिनीहरू त्यसद्वारा पक्राउ भइसकेपछि त्यसको पासोबाट उम्कनेछन् ।
1केही महत्वपूर्ण र प्राचीन ग्रीकमा पाउँछौं,
तिनीहरूलाई प्रभुको अगाडि चेतावनी देओ
।